विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्

सेवा गर्नेहरूको काम विजयको कामको पहिलो चरण थियो। आज विजयको कामको दोस्रो चरण हो। विजयको काममा पनि किन त्यहाँ सिद्ध बनाइने कुरा उल्लेख छ? यो भविष्यका लागि आधार निर्माण गर्नलाई हो। आज विजयको कामको अन्तिम चरण हो; मानवजातिलाई सिद्ध बनाउने कार्यको औपचारिक सुरुआत गर्ने महासङ्कष्टको अनुभव गर्ने समय त्यसपछि आउनेछ। अहिले मुख्य विषय विजय हो, तर अहिले सिद्धताको प्रक्रियाको पहिलो चरणको समय पनि हो। यो पहिलो चरणले मानिसहरूको ज्ञान र आज्ञाकारीतालाई सिद्ध बनाउनु आवश्यक हुन्छ, जसले वास्तवमा विजयको कामका लागि आधार तयार गर्दछ। यदि तँ सिद्ध पारिने हो भने, तँ भविष्यको महासङ्कष्टको बीचमा दृढ भएर खडा रहन सक्नुपर्छ र कामको अर्को चरणलाई फैलाउन तेरा सबै थोक दिनुपर्छ; सिद्ध पारिनुको अर्थ यही हो, र अनि यस्तो समय परमेश्‍वरले मानिसहरूलाई पूर्ण रूपमा प्राप्त गरिने समय पनि हो। आज हामी विजय गरिने बारेमा कुरा गर्दैछौं, जुन सिद्ध बनाइने बारेमा कुरा गर्नुजस्तै हो। तर आज गरिने काम भविष्यमा सिद्ध बनाउनुको आधार हो; सिद्ध बनाइनका लागि, मानिसहरूले विपत्तिको अनुभव गर्नैपर्छ, र विपत्तिको यो अनुभवको आधार जितिएको कुरामा हुनुपर्दछ। यदि मानिसहरू आजको जगविना छन् भने—यदि तिनीहरू पूर्ण रूपमा जितिएका छैनन् भने—कामको अर्को चरणमा तिनीहरूलाई दृढ भएर खडा हुन गाह्रो हुनेछ। जितिनु मात्रै अन्तिम लक्ष्य होइन। यो शैतानको अगाडि परमेश्‍वरको गवाही दिने एउटा चरण मात्र हो। सिद्ध बनाइनु नै अन्तिम लक्ष्य हो, र यदि तँलाई सिद्ध बनाइएन भने, तँ नष्ट हुनेछस्। भविष्यमा कठिनाइको सामना गर्नु पर्दा मात्र तेरो वास्तविक कद देखिनेछ; भन्नुको अर्थ, तब मात्र परमेश्‍वरप्रतिको तेरो प्रेमको शुद्धताको स्तर स्पष्ट हुनेछ। आज मानिसहरूले भन्ने गरेका कुरा यो हो: “परमेश्‍वरले जेसुकै गर्नुभए पनि हामीले उहाँको आज्ञापालन गर्नैपर्छ। त्यसैले हामी प्रतिभार हुन इच्छुक छौं जसले परमेश्‍वरको महान् शक्ति र परमेश्‍वरको स्वभावको प्रकट गर्न सक्दछ। परमेश्‍वर हामीप्रति दयालु हुनुभए पनि वा उहाँले हामीलाई सराप दिनुभए पनि, वा उहाँले हाम्रो न्याय गर्नुभए पनि, हामी अझै पनि परमेश्‍वरप्रति धन्यवादी छौं।” तैँले यसो भन्नुले तँमा केही मात्रामा ज्ञान छ भन्ने मात्र देखाउँछ, तर यस्तो ज्ञान वास्तविकतामा प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा यो ज्ञान वास्तविक हो कि होइन भन्ने कुरामा निर्भर गर्दछ। आज मानिसहरूमा त्यस्तो अन्तर्दृष्टि र ज्ञान हुनु भनेको विजयको कामको प्रभाव हो। तँ सिद्ध पारिन सक्छस् कि सक्दैनस् भन्ने कुरा विपत्तिको सामना गर्नु पर्दा मात्र देख्न सकिन्छ, र त्यस बेला तैँले आफ्नो हृदयबाट परमेश्‍वरलाई साँच्चै प्रेम गर्छस् कि गर्दैनस् भन्‍ने देखिनेछ। यदि तेरो प्रेम साँच्चै शुद्ध छ भने, तैँले यसो भन्नेछस्: “हामी प्रतिभार हौं, हामी परमेश्‍वरका हातका प्राणीहरू हौं।” जब तैँले अन्यजाति राष्ट्रहरूमा सुसमाचार फैलाउँछस्, तब तैँले भन्नेछस्, “म सेवा मात्रै गर्दैछु। हामीभित्रको भ्रष्ट स्वभावहरू प्रयोग गरेर, परमेश्‍वरले हामीलाई उहाँको धार्मिक स्वभाव देखाउन यी सबै कुरा भन्नुभएको छ; यदि उहाँले त्यस्ता कुराहरू नभन्नुभएको भए, हामी परमेश्‍वरलाई देख्न सक्नेथिएनौं, उहाँको बुद्धि बुझ्न सक्नेथिएनौं, न त त्यति ठूलो मुक्ति र त्यति महान् आशिष्‌हरू पाउन नै सक्नेथियौं।” यदि तँसँग साँच्चै यो व्यावहारिक ज्ञान छ भने, त्यो पर्याप्त छ। तापनि तैँले आज भन्‍ने धेरैजसो कुरामा कुनै ज्ञान छैन, र त्यो नाराहरू मात्र हो: “हामी प्रतिभार र सेवाकर्ताहरू हौं; हामी जितिन र परमेश्‍वरका निम्ति गहन गवाही दिन चाहन्छौं।” चिच्याएर मात्र त्यसको अर्थ तँसँग वास्तविकता छ भन्ने हुँदैन, न त यसले तँसँग कद छ भनी प्रमाणित नै गर्दछ; तँसित वास्तविक ज्ञान हुनुपर्दछ, र तेरो ज्ञानलाई जाँच गरिनु पर्छ।

परमेश्‍वरले समयको यस अवधिमा व्यक्त गर्नुभएका यी वाणीहरूलाई तैँले अझै धेरै पढ्नुपर्छ, र त्यसको तुलनामा तेरा कार्यहरूलाई हेर्नुपर्छ: यो साँच्चै सत्य हो कि तँ साँच्चै र वास्तवमा नै एक प्रतिभार होस्! आज तेरो ज्ञानको सीमा कति छ? तेरा उपायहरू, तेरा विचारहरू, तेरा व्यवहार, तेरा बोलीवचन र कामहरू—के यी सबै अभिव्यक्तिहरू परमेश्‍वरको धार्मिकता र पवित्रताका निम्ति तुलनाको आधार होइनन् र? के तिमीहरूका अभिव्यक्तिहरू परमेश्‍वरका वचनहरूद्वारा प्रकट गरिएको भ्रष्ट स्वभावका अभिव्यक्तिहरू होइनन् र? तेरा सोचाइ र विचारहरू, तेरा प्रेरणाहरू, र तँमा प्रकट भएको भ्रष्टताले के परमेश्‍वरको धर्मी स्वभाव, साथै उहाँको पवित्रतालाई देखाउँदैन र। परमेश्‍वर पनि फोहोरको देशमा जन्मिनुभएको थियो, तर उहाँ फोहोरद्वारा कलङ्कित नभई रहनुभयो। उहाँ तँ जस्तै त्यही फोहोर संसारमा बस्नुहुन्छ, तर उहाँमा विवेक र समझ छ, र उहाँले फोहोरलाई घृणा गर्नुहुन्छ। सायद तैँले आफ्नो बोलीवचन र काममा रहेको कुनै फोहोर फेला पार्न सक्दैनस्, तर उहाँले त्यसो गर्न सक्नुहुन्छ, र उहाँले तँलाई ती देखाउनुहुन्छ। तेरा ती पुराना थोकहरू—तँमा भएको विकास, समझ र ज्ञानको कमी, र तेरो पछाडिएको जीवन शैली—ती सबैलाई कसरी आजको प्रकाशले ज्योतिमा ल्याएको छ; परमेश्‍वर यसरी काम गर्न पृथ्वीमा आउनुभयो भने मात्रै मानिसहरूले उहाँको पवित्रता र धर्मी स्वभावलाई देख्छन्। उहाँले तेरो न्याय गर्नुहुन्छ र तँलाई सजाय दिनुहुन्छ, जसले गर्दा तैँले समझ प्राप्त गर्छस्; कहिलेकहीँ, तेरो शैतानी प्रकृति प्रकट हुन्छ, र उहाँले त्यो तँलाई देखाउनुहुन्छ। उहाँले आफ्नो हत्केलालाई जस्तै मानिसको सारलाई जान्नुहुन्छ। उहाँ तिमीहरूको बीचमा जिउनुहुन्छ, उहाँले तैँले खाने जस्तै भोजन खानुहुन्छ, र उहाँ उही वातावरणमा बस्नुहुन्छ—तर पनि, उहाँले अझ धेरै कुरा जान्नुहुन्छ; उहाँले तँलाई खुलासा गर्न सक्नुहुन्छ र मानवताको भ्रष्ट सारलाई देख्न सक्नुहुन्छ। उहाँले जिउनेसम्बन्धी मानिसका सिद्धान्तहरू र कुटिलता र छलीपनलाई भन्दा बढी अरू कुनै कुरालाई घृणा गर्नुहुन्न। उहाँले विशेष गरी मानिसहरूका शारीरिक अन्तरक्रियाहरूलाई घृणा गर्नुहुन्छ। उहाँ मानिसको जिउने सिद्धान्तहरूसित परिचित नहुन सक्‍नुहुन्छ, तर मानिसहरूले प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई उहाँले स्पष्ट रूपमा देख्न र पर्दाफास गर्न सक्नुहुन्छ। उहाँ यी कुराहरूका माध्यमबाट मानिससँग बोल्‍न र उसलाई सिकाउन काम गर्नुहुन्छ, मानिसहरूको न्याय गर्न, अनि उहाँको आफ्नै धर्मी र पवित्र स्वभाव प्रकट गर्न उहाँले यी कुराहरूको प्रयोग गर्नुहुन्छ। यसरी मानिसहरू उहाँको कामका निम्ति प्रतिभारहरू अर्थात् तुलना गर्ने आधारहरू बन्छन्। केवल देहधारी परमेश्‍वरले मात्र मानिसको भ्रष्ट स्वभाव र शैतानका सबै कुरूप अनुहारहरूलाई स्पष्ट पार्न सक्नुहुन्छ। उहाँले तँलाई दण्ड नदिनुभए पनि, र तँलाई उहाँको धार्मिकता र पवित्रताका लागि प्रतिभार वा तुलनाको आधारको रूपमा प्रयोग गर्नुभए पनि, तैँले लज्जित महसुस गर्छस् र लुक्‍ने कुनै ठाउँ पाउँदैनस्, किनकि तँ अति नै फोहोरी छस्। उहाँले मानिसमा प्रकट भएका थोकहरू प्रयोग गरेर बोल्नुहुन्छ, र जब यी थोकहरू प्रकाशमा ल्याइन्छन् तब मात्र मानिसहरूले परमेश्‍वर कत्तिसम्म पवित्र हुनुहुन्छ भनी जान्दछन्। उहाँले मानिसहरूमा भएको थोरै अपवित्रतालाई समेत नदेखेको जस्तो गर्नुहुन्न, चाहे ती तिनीहरूको हृदयमा भएका फोहोर विचारहरू नै किन नहोऊन्; यदि मानिसहरूका बोलीवचन र कामहरू उहाँको इच्छासँग मिल्दैनन् भने, उहाँले तिनीहरूलाई क्षमा गर्नुहुन्न। उहाँका वचनहरूमा, मानिस वा अरू कुनै थोकको फोहोरको निम्ति कुनै ठाउँ छैन—यो सबैलाई प्रकाशमा ल्याइनुपर्छ। तब मात्र तैँले उहाँ साँच्चै मानिस जस्तो हुनुहुन्न भनी देख्नेछस्। यदि मानिसहरूमा थोरै मात्र पनि फोहोर छ भने, उहाँले तिनीहरूलाई पूर्ण रूपमा घृणा गर्नुहुन्छ। कहिलेकहीँ यस्ता समयहरू पनि हुन्छन् जब मानिसहरूले बुझ्न सक्दैनन् र भन्छन्, “परमेश्‍वर, तपाईं किन त्यति धेरै रिसाउनुहुन्छ? तपाईं किन मानिसका कमजोरीहरूबारे विचार गर्नुहुन्न? तपाईं किन मानिसहरूप्रति थोरै क्षमाशील हुन सक्नुहुन्न? तपाईं किन मानिसको बारेमा विचार गर्नुहुन्न? मानिसहरू कुन हदसम्म भ्रष्ट छन् भनी तपाईं स्पष्ट जान्नुहुन्छ, तापनि तपाईं किन अझै उनीहरूसँग यस्तो व्यवहार गर्नुहुन्छ?” उहाँले पापलाई घृणा गर्नुहुन्छ, त्यसप्रति उहाँ घिनाउनुहुन्छ, र तँमा अनाज्ञाकारिताको कुनै लक्षण छ भने उहाँले विशेष गरी घृणा गर्नुहुन्छ। जब तँ विद्रोही स्वभाव प्रकट गर्छस्, उहाँले त्यो देख्नुहुन्छ र अत्यन्तै घिनाउनुहुन्छ—असाधारण रूपमा घिनाउनुहुन्छ। यिनै कुराहरूद्वारा उहाँको स्वभाव र परमेश्‍वर के हुनुहुन्छ भन्ने कुरा प्रकट हुन्छन्। जब तँ आफैलाई तुलना गर्दै माथि उठाउँछस्, तब उहाँले मानिसले जस्तै खाने कुरा खानुभए पनि, त्यस्तै लुगाफाटो लगाउनुभए पनि, तिनीहरूले जस्तै तिनै कुराहरूमा रमाउनुभए पनि र तिनीहरूका साथमा जिउनु र बस्नुभए पनि, उहाँ मानिसजस्तो हुनुहुन्न भन्‍ने कुरा तैँले देख्छस्। के यो प्रतिभारको महत्त्व होइन? यिनै मानवीय थोकहरूद्वारा नै परमेश्‍वरको शक्तिलाई देखाइन्छ; अन्धकारले नै ज्योतिको अनमोल अस्तित्वलाई तय गर्दछ।

अवश्य नै, परमेश्‍वरले तिमीहरूलाई यसैको खातिर मात्र प्रतिभार बनाउनुहुन्न। बरु, जब यो कामले फल फलाउँछ तब मात्र मानिसको विद्रोह परमेश्‍वरको धर्मी स्वभावका लागि एउटा प्रतिभार हो भन्ने स्पष्ट हुन्छ, र तिमीहरू प्रतिभारहरू भएकाले मात्र तिमीहरूसित परमेश्‍वरको धार्मिक स्वभावको प्राकृतिक अभिव्यक्ति जान्ने मौका हुन्छ। तिमीहरूको विद्रोहको कारण तिमीहरूलाई न्याय गरिन्छ र सजाय दिइन्छ, तर तिमीहरूको विद्रोहको कारणले गर्दा पनि तिमीहरू प्रतिभार बनाउँछ, र तिमीहरूको विद्रोहको कारण नै परमेश्‍वरले तिमीहरूमाथि प्रदान गर्नुहुने ठूलो अनुग्रह तिमीहरू प्राप्त गर्दछौ। तिमीहरूको विद्रोह परमेश्‍वरको सर्वशक्ति र बुद्धिका निम्ति एउटा प्रतिभार हो, र तिमीहरूको विद्रोहको कारणले नै तिमीहरूले यति ठूलो मुक्ति र आशिष् प्राप्त गरेका छौ। तिमीहरूलाई बारम्बार मैले न्याय गरेको भए पनि, मानिसले पहिले कहिल्यै नपाएको ठूलो मुक्ति तिमीहरूले पाएका छौ। यो काम तिमीहरूका लागि अत्यन्त महत्त्वपूर्ण छ। एउटा “प्रतिभार” हुनु पनि तिमीहरूका लागि मूल्यवान् कुरा हो: तिमीहरूले मुक्ति पायौ र मुक्तिको अनुग्रह प्राप्त गऱ्यौ, किनकि तिमीहरू प्रतिभार हौ, त्यसैले के प्रतिभार अत्यन्त मूल्यवान् छैन र? के यो ठूलो महत्त्वको कुरा होइन? तिमीहरू परमेश्‍वर बस्नुभएकै क्षेत्रमा, त्यही फोहोर देशमा बस्छौ, यसैले तिमीहरू प्रतिभार हौ र सबैभन्दा ठूलो मुक्ति प्राप्त गर्छौ। यदि परमेश्‍वर देह नबन्‍नुभएको भए, तिमीहरू जस्तो तुच्छ मानिसहरूप्रति को दयालु हुन्थ्यो होला, र कसले तिमीहरूजस्तो नीच मानिसहरूलाई हेरचाह गर्थ्यो होला? कसले तिमीहरूलाई वास्ता गर्थ्यो होला? यदि परमेश्‍वर तिमीहरूको बीच काम गर्न देह नबन्नुभएको भए तिमीहरूले यो मुक्ति कहिले पाउनेथियौ, जुन तिमीहरूभन्दा अघिका मानिसहरूले कहिल्यै पाएनन्? यदि म तिमीहरूको हेरचाह गर्न, तिमीहरूका पापहरूको न्याय गर्न देह नबनेको भए, के तिमीहरू धेरै अघि नै पातालमा पर्नेथिएनौ र? यदि म देह नबनेको भए र तिमीहरूको माझमा आफैलाई नम्र नबनाएको भए, तिमीहरू परमेश्‍वरको धार्मिक स्वभावको एक प्रतिभार कसरी हुन सक्थ्यौ र? के मैले मानिसको रूप धारण गरेकोले र तिमीहरूले महान् मुक्ति प्राप्त गर्न सक्षम बनाउन तिमीहरूको माझमा आएकोले नै तिमीहरू प्रतिभार भएका होइनौ र? के म मानिस बनेकोले नै तिमीहरूले यो मुक्ति प्राप्त गरेका होइनौ र? यदि परमेश्‍वर तिमीहरूसँग बस्नका लागि मानिस नबन्नुभएको भए, के तिमीहरूले अझै पनि मानव नरकमा कुकुर र सुँगुरभन्दा तुच्छ जीवन जिउँदैछौ भनी थाहा पाउनेथियौ? के तिमीहरू देहको मेरो कामको प्रतिभार भएकोले तिमीहरूलाई सजाय दिइएको र न्याय गरिएको छैन र? तिमीहरूका निम्ति प्रतिभारको कामभन्दा उपयुक्त अर्को काम छैन, किनकि तिमीहरू प्रतिभारहरू भएकाले तिमीहरूलाई न्यायको माझमा बचाइएको छ। के तिमीहरूलाई तिमीहरू प्रतिभारको रूपमा काम गर्न योग्यको हुनु तिमीहरूको जीवनको आशिष हो जस्तो लाग्दैन? तिमीहरू केवल प्रतिभारको काम गर्दछौ, तैपनि तिमीहरूले यस्तो मुक्ति प्राप्त गर्छौ, जुन तिमीहरूले पहिले कहिल्यै न त पाएका, न त कल्पना गरेका थियौ। आज, तिमीहरूको कर्तव्य एक प्रतिभार हुनु हो, र तिमीहरूले पाउने इनामचाहिँ भविष्यमा पाउने अनन्तका आशिष्‌हरू हुन्। तिमीहरूले पाएका मुक्ति कुनै क्षणिक जानकारी वा आजका लागि बितेर जाने ज्ञानको केही भाग मात्र होइन, बरु त्यो ठूलो आशिष्‌ हो: जीवनको अनन्त निरन्तरता। मैले तिमीहरूलाई जित्न “प्रतिभार” प्रयोग गरेको भए पनि, तिमीहरूले यो बुझ्नुपर्छ, कि यो मुक्ति र आशिष् तिमीहरूलाई प्राप्त गर्नका लागि दिइएको हो; यो विजयको लागि हो, तर यसले तिमीहरूलाई अझ राम्ररी बचाओस् भनेर पनि हो। “प्रतिभार” तथ्य हो, तर तिमीहरू प्रतिभार हुनुको कारण तिमीहरूको विद्रोहीपन हो, र यसैकारण तिमीहरूले ती आशिषहरू प्राप्त गरेका छौ, जुन अरू कसैले कहिल्यै प्राप्त गरेको छैन। आज तिमीहरूलाई हेर्न र सुन्न दिइएको छ; भोलि तिमीहरूले प्राप्त गर्नेछौ, र त्योभन्दा बढी, तिमीहरूले ठूलो आशिष् पाउनेछौ। यसैले, के प्रतिभारहरू ठूलो मूल्यका छैनन् र? आजको विजयको कामका प्रभावहरूलाई प्रतिभारको रूपमा काम गर्ने तिमीहरूका विद्रोही स्वभावहरूद्वारा प्राप्त गरिन्छ। अर्थात्, सजाय र न्यायको दोस्रो घटनाको चरमोत्कर्ष भनेको तिमीहरूको फोहोर र विद्रोहलाई एक प्रतिभारको रूपमा प्रयोग गर्नु हो, जसले तिमीहरूलाई परमेश्‍वरको धार्मिक स्वभाव देखाउँछ। जब तिमीहरूले न्याय र सजायको दोस्रो घटनामा आफैलाई फेरि आज्ञाकारी बनाउँछौ, तब परमेश्‍वरको धार्मिक स्वभावको सम्पूर्णता तिमीहरूलाई खुल्लमखुल्ला प्रकट हुन्छ। भन्नुको अर्थ, जब तिमीहरूले विजयको कामलाई स्वीकार गर्ने कार्य अन्त्य गर्छौ, त्यसै बेला तिमीहरूले प्रतिभारको कर्तव्य पूरा गर्ने काम पनि समाप्त हुन्छ। तिमीहरूलाई नामहरू दिने मेरो उद्देश्य होइन। बरु, म विजयको कामको पहिलो घटनालाई पूरा गर्न परमेश्‍वरको धार्मिक र उल्‍लङ्घन गर्न नसकिने स्वभाव प्रकट गर्दै तिमीहरूको सेवा-कर्ताहरूको भूमिकालाई प्रयोग गर्दैछु। तिमीहरूका तुलनात्मक कुराद्वारा, प्रतिभारको रूपमा काम गर्ने तिमीहरूका विद्रोहीपनद्वारा विजयको कामको दोस्रो घटनाका प्रभावहरू हासिल हुन्छन्, यसरी परमेश्‍वरको धार्मिक स्वभाव त्यसको पूर्णतामा तिमीहरूलाई देखाइन्छ, जसलाई पहिलो घटनामा पूर्ण रूपमा प्रकट गरिएको थिएन, र तिमीहरूलाई परमेश्‍वरको धर्मी स्वभाव, उहाँ जे हुनुहुन्छ त्यो सबै, जसमा बुद्धि, आश्चर्य, र उहाँको कामको सुरुको पवित्रता छ त्यसलाई त्यसको पूर्णतामा देखाइन्छ। यस्तो कार्यको प्रभाव विभिन्न अवधिमा गरिएका विजयद्वारा र विभिन्‍न हदका न्यायद्वारा हासिल गरिन्छ। न्याय यसको चरमोत्कर्षको जति नजिक पुग्छ, त्यति नै बढी त्यसले मानिसहरूको विद्रोही स्वभावहरू प्रकट गर्दछ, र विजय पनि उत्ति नै बढी प्रभावकारी हुन्छ। विजयको यो कामको अवधिमा परमेश्‍वरको सम्पूर्ण धार्मिक स्वभावलाई स्पष्ट पारिन्छ। विजयको कामलाई दुई चरणमा विभाजन गरिएको छ, र यसका भिन्नाभिन्नै चरणहरू र हदहरू छन्, अवश्य नै, हासिल गरिने प्रभावहरू पनि फरक-फरक छन्। भन्नुको अर्थ, मानिसहरूको समर्पणताको ह अझै गहन बन्छ। यसपछि मात्र मानिसहरूलाई सिद्धताको सही मार्गमा पूर्ण रूपमा ल्याइन्छ; विजयका सबै काम पूरा भएपछि मात्र (जब दोस्रो चरणको न्यायले त्यसको अन्तिम प्रभाव हासिल गरेको हुन्छ) मानिसहरूको न्याय गरिँदैन, तर जीवनको अनुभव गर्ने सही मार्गमा प्रवेश गर्ने अनुमति दिइन्छ। किनकि न्याय विजयको एक प्रतिनिधित्व हो, र विजयले न्याय र सजायको रूप लिन्छ।

परमेश्‍वर सबैभन्दा पछौटे र फोहर ठाउँमा देह बन्नुभयो, र यस्तो तरिकाले मात्र परमेश्‍वरले उहाँको पवित्र र धर्मी स्वभावको सम्पूर्णता स्पष्ट रूपमा देखाउन सक्नुहुन्छ। अनि उहाँको धर्मी स्वभाव कुन माध्यमबाट देखाइन्छ? यो त्यस बेला देखाइन्छ जब उहाँले मानिसको पापको न्याय गर्नुहुन्छ, जब उहाँले शैतानको न्याय गर्नुहुन्छ, जब उहाँले पापलाई घृणा गर्नुहुन्छ, र जब उहाँको विरोध गर्ने र उहाँको विरुद्धमा विद्रोह गर्ने शत्रुहरूलाई तुच्छ ठान्नुहुन्छ। मैले आज बोल्ने वचनहरू मानिसका पापको न्याय गर्न, मानिसको अधर्मको न्याय गर्न, मानिसको अनाज्ञाकारितालाई श्राप दिनका निम्ति हुन्। मानिसको कुटिलपन र कपट, मानिसका बोली-वचनहरू र कामहरू—जुन सबै परमेश्‍वरको विरोधाभासमा छन्, ती सबलाई न्यायको दायरामा ल्याउनुपर्छ, र मानिसको अनाज्ञाकारितालाई पापको रूपमा भर्त्सना गरिनुपर्छ। उहाँका वचनहरू न्यायका सिद्धान्तहरूमा नै केन्द्रित हुन्छन्; उहाँले आफ्नै धार्मिक स्वभाव प्रकट गर्न मानिसको अधर्मको न्याय, मानिसको विद्रोहीपनको श्राप, र मानिसको कुरूप अनुहारको खुलासालाई प्रयोग गर्नुहुन्छ। पवित्रता उहाँको धार्मिक स्वभावको प्रतिनिधित्व हो, र वास्तवमा परमेश्‍वरको पवित्रता उहाँको धार्मिक स्वभाव नै हो। तिमीहरूका भ्रष्ट स्वभावहरू नै आजका वचनहरूको सन्दर्भ हुन्—म तिनलाई बोल्‍न र न्याय गर्न, अनि विजयको काम पूरा गर्नको लागि प्रयोग गर्दछु। वास्तविक काम यही मात्र हो, र यो यसले मात्र परमेश्‍वरको पवित्रतालाई पूर्ण रूपमा चम्कने तुल्याउँछ। यदि तँमा भ्रष्ट स्वभावको कुनै छाप छैन भने, परमेश्‍वरले तँलाई न्याय गर्नुहुनेछैन, न त उहाँले तँलाई उहाँको धर्मी स्वभाव नै देखाउनुहुनेछ। तँमा एक भ्रष्ट स्वभाव भएकोले, परमेश्‍वरले तँलाई त्यसै छोड्नुहुनेछैन, र यसैद्वारा नै उहाँको पवित्रतालाई देखाइन्छ। यदि परमेश्‍वरले मानिसको अपवित्रता र विद्रोहीपन अति ठूलो भएको देख्नुभयो र पनि उहाँ बोल्नुभएन वा तेरो न्याय गर्नुभएन, न त तेरो अधर्मका लागि तँलाई सजाय नै दिनुभयो, तब त्यसले उहाँ परमेश्‍वर हुनुहुन्न भन्ने प्रमाणित गर्छ, किनकि उहाँमा पापप्रति कुनै घृणा हुनेथिएन, उहाँ मानिस झैं फोहोर हुनुहुनेथियो। आज तेरो फोहोरकै कारण म तेरो न्याय गर्दछु, र तेरो भ्रष्टता र विद्रोहीपनको कारण म तँलाई सजाय दिन्छु। मैले वाहवाही पाउन वा जानी-जानी तिमीहरूलाई दमन गर्नका निम्ति मेरो शक्तिको प्रयोग गरिरहेको छैनँ; यस फोहोर देशमा जन्मेका तिमीहरू फोहोरद्वारा नराम्रोसँग दूषित भएका हुनाले म यी कुराहरू गर्छु। तिमीहरूले आफ्नो सत्यनिष्ठता र मानवता हराएका छौ र तिमीहरू संसारको सबैभन्दा फोहोर कुनाहरूमा जन्मेका सुँगुरहरूजस्ता भएका छौ, र त्यसैले गर्दा तिमीहरूको न्याय गरिन्छ र म तिमीहरूमाथि मेरो क्रोध पोखाउँछु। ठीक यही न्यायको कारण तिमीहरूले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वर पवित्र परमेश्‍वर हुनुहुन्छ भनी बुझ्न सकेका छौ; उहाँको यही पवित्रता र धार्मिकताको कारण नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ र तिमीहरूमाथि उहाँको आफ्नो क्रोध पोखाउनुहुन्छ। उहाँले मानिसहरूको विद्रोहपन देख्दा उहाँको धर्मी स्वभाव प्रकट गर्न सक्नुहुने भएकोले, र उहाँले मानिसको फोहोर देख्दा उहाँको पवित्रता प्रकट गर्न सक्नुहुने भएकोले, यही नै उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ, जो पवित्र र मौलिक अवस्थाको हुनुहुन्छ, तापनि उहाँ फोहोरको देशमा बस्नुहुन्छ भनी देखाउन पर्याप्त हुन्छ। यदि व्यक्ति अरूसँग हिलोमा लडबडिन्छ, र उसमा केही पनि पवित्र छैन भने, र ऊसँग कुनै धार्मिक स्वभाव छैन भने, ऊ मानिसको अधर्मको न्याय गर्न योग्यको हुँदैन, न त ऊ मानिसको न्याय गर्न नै योग्यको हुन्छ। यदि कुनै व्यक्तिले अर्को व्यक्तिको न्याय गर्ने हो भने, के त्यो उनीहरूले आफैलाई अनुहारमा झापड हानेको जस्तो हुनेथिएन र? एक-अर्कामा एकसमान रूपले फोहोर रहेका व्यक्तिहरू आफूजस्तै व्यक्तिहरूको न्याय गर्न कसरी योग्य हुन सक्छन्? पवित्र परमेश्‍वर स्वयम् मात्र सम्पूर्ण फोहोर मानव जातिको न्याय गर्न सक्षम हुनुहुन्छ। मानिसले कसरी मानिसकै पापहरूको न्याय गर्न सक्छ? मानिसले कसरी मानिसका पापहरू देख्न सक्दछ, र ती पापहरूलाई दोषी ठहराउन मानिस कसरी योग्यको हुन सक्छ? यदि परमेश्‍वर मानिसका पापहरूको न्याय गर्न योग्य हुनुहुन्‍नथियो भने, उहाँ कसरी धर्मी परमेश्‍वर स्वयम्‌ हुन सक्नुहुन्थ्यो? जब मानिसहरूका भ्रष्ट स्वभावहरू प्रकट हुन्छन्, परमेश्‍वर मानिसहरूको न्याय गर्नका निम्ति बोल्नुहुन्छ र मात्र मानिसहरूले उहाँ पवित्र हुनुहुन्छ भनी देख्छन्। जब उहाँले मानिसका पापहरू प्रकट गर्दै मानिसलाई उसका पापहरूका निम्ति न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, कुनै पनि व्यक्ति वा थोक यस न्यायबाट उम्कन सक्दैन; सबै फोहोर कुराहरूलाई उहाँले नै न्याय गर्नुहुन्छ, र यसरी मात्र उहाँको स्वभावलाई धर्मी भन्न सकिन्छ। यदि यो अन्यथा थियो भने, तिमीहरू नाउँ र तथ्य, दुवैमा प्रतिभार हौ भनी कसरी भन्न सकिन्थ्यो?

इस्राएलमा गरिएको काम र आजको कामको बीचमा ठूलो भिन्नता छ। यहोवाले इस्राएलीहरूको जीवनलाई डोऱ्याउनुभयो र त्यहाँ त्यति धेरै सजाय र दण्ड थिएन, किनकि त्यसबेला मानिसहरूले संसारलाई थोरै मात्र बुझेका थिए, र भ्रष्ट स्वभावहरू थोरै थिए। त्यसबेला, इस्राएलीहरूले पूर्ण रूपमा यहोवाको आज्ञा पालन गर्थे। जब उहाँले तिनीहरूलाई वेदीहरू बनाउनू भनी भन्नुभयो, तब तिनीहरूले तुरुन्तै वेदीहरू निर्माण गरे; जब उहाँले तिनीहरूलाई पूजाहारीको पोसाक लगाउनू भनी भन्‍नुभयो, तिनीहरूले आज्ञापालन गरे। ती दिनहरूमा, यहोवा भेडाको बगाललाई हेरचाह गर्ने गोठालो झैं हुनुहुन्थ्यो, भेडाहरू गोठालोको अगुवाइमा हिँड्थे र चरनका घाँसहरू खान्थे; के खाने, कसरी लुगा लगाउने, कसरी बस्ने अनि कसरी यात्रा गर्ने भनी बताउँदै यहोवाले तिनीहरूको जीवनलाई डोऱ्याउनुभयो। त्यो परमेश्‍वरको स्वभाव स्पष्ट पार्ने समय थिएन, किनकि त्यस समयको मानवजाति भर्खर जन्मेको थियो; त्यहाँ विद्रोही र विरोधीहरू थोरै थिए, मानवजातिको बीचमा त्यति फोहोर थिएन, यसैले मानिसहरूले परमेश्‍वरको स्वभावको प्रतिभारको रूपमा काम गर्न सक्दैनथिए। त्यो फोहोरको देशबाट आएकै मानिसहरूद्वारा परमेश्‍वरको पवित्रतालाई देखाइन्छ; आज, उहाँले फोहोर देशका यी मानिसहरूमा प्रकट भएको फोहोर प्रयोग गर्नुहुन्छ, र उहाँले न्याय गर्नुहुन्छ, र न्यायको बीचमा उहाँले यही कुरा प्रकट गर्नुहुन्छ। उहाँले किन न्याय गर्नुहुन्छ? उहाँले न्यायको वचनहरू बोल्न सक्नुहुन्छ, किनकि उहाँले पापलाई घृणा गर्नुहुन्छ; यदि उहाँले मानवजातिको विद्रोहीपनलाई घृणा गर्नु हुँदैनथियो भने उहाँले कसरी त्यत्ति रिसाउन सक्नुहुन्थ्यो? यदि उहाँभित्र कुनै घृणा, कुनै इन्कार थिएन भने, यदि उहाँले मानिसहरूको विद्रोहलाई ध्यान नदिनुभएको भए, त्यसले उहाँलाई मानिस जस्तै फोहोर साबित गर्नेथियो। उहाँले मानिसको न्याय गर्न र मानिसलाई सजाय दिन सक्नुहुन्छ, किनकि उहाँ फोहोरलाई घृणा गर्नुहुन्छ, र उहाँले जुन कुरालाई घृणा गर्नुहुन्छ त्यो उहाँमा छँदैछैन। यदि उहाँमा पनि विरोध र विद्रोह भएको भए, उहाँले विरोधी र विद्रोहीहरूलाई तुच्छ मान्नुहुने थिएन। यदि आखिरी दिनहरूको काम इस्राएलमा गरिएको भए त्यसको कुनै अर्थ हुने थिएन। आखिरी दिनहरूको काम किन चीनमा भइरहेको छ, जुन सबैभन्दा अन्धकार र पछौटे ठाउँ हो? यो उहाँको पवित्रता र धार्मिकता प्रदर्शन गर्नका लागि हो। संक्षेपमा, ठाउँ जति धेरै अन्धकार हुन्छ परमेश्‍वरको पवित्रता त्यत्ति नै बढी स्पष्ट रूपमा देखाउन सकिन्छ। वास्तवमा, यी सबै परमेश्‍वरको कामका लागि हो। आज मात्र तिमीहरूले परमेश्‍वर स्वर्गबाट तिमीहरूको बीचमा खडा हुन तल आउनुभयो, तिमीहरूको फोहोर अवस्था र विद्रोहीपन देखाउनुभयो भन्‍ने थाहा पायौ, र अहिले मात्र तिमीहरूले परमेश्‍वरलाई चिन्यौ। के यो सबैभन्दा ठूलो उत्थान होइन र? वास्तवमा, तिमीहरू चीनका मानिसहरूको त्यो समूह हौ जसलाई चुनिएको थियो। तिमीहरू चुनिएकाले र तिमीहरूले परमेश्‍वरको अनुग्रहको आनन्द पाएकाले, अनि तिमीहरू त्यत्ति ठूलो अनुग्रहको आनन्द लिन योग्य नभएका हुनाले, यसले यो प्रमाणित गर्दछ कि यी सबै तिमीहरूको सर्वोच्च उत्थान हो। परमेश्‍वर तिमीहरूको सामु देखापर्नुभएको छ, र तिमीहरूलाई उहाँको सम्पूर्ण स्वभाव देखाउनुभएको छ, र उहाँले तिमीहरूलाई सबै कुरा दिनुभएको छ, र तिमीहरूले आनन्द लिन सक्ने सबै आशिषहरू दिनुभएको छ। तिमीहरूले परमेश्‍वरको धार्मिक स्वभावको स्वाद मात्र पाएका छैनौ, तर त्यसबाहेक, तिमीहरूले परमेश्‍वरको मुक्तिको, परमेश्‍वरको छुटकाराको र परमेश्‍वरको असीमित, अनन्त प्रेमको स्वाद पनि पाएका छौ। तिमीहरू जो सबैभन्दा फोहोर छौ, तिमीहरूले त्यत्ति ठूलो अनुग्रह उपभोग गरेका छौ भने, के तिमीहरू आशिषित होइनौ र? के यो परमेश्‍वरले तिमीहरूलाई उचाल्नुभएको होइन र? तिमीहरूको हैसियत सबैभन्दा कम छ; तिमीहरू अन्तर्निहित रूपले नै त्यस्तो ठूलो आशिष्‌ पाउन अयोग्य छौ, तरै पनि परमेश्‍वरले अपवादको रूपमा तँलाई उचाल्नुभयो। के तँलाई लाज लाग्दैन? यदि तँ आफ्नो कर्तव्य पूरा गर्न असमर्थ छस् भने, तँ अन्त्यमा आफै लाजमा पर्नेछस्, र तैँले आफैलाई दण्ड दिनेछस्। आज, तँ अनुशासनमा परेको छैनस्, न त तैँले दण्ड नै पाएको छस्; तेरो देह सुरक्षित र स्वस्थ छ—तर अन्त्यमा, यी वचनहरूले तँलाई लाजमा पार्नेछन्। आजको दिनसम्म मैले कसैलाई खुल्लमखुल्ला सजाय दिएको छैनँ; मेरा वचनहरू कठोर हुन सक्छन्, तर मैले मानिसहरूसित कसरी व्यवहार गर्ने? म तिनीहरूलाई सान्त्वना दिन्छु, र तिनीहरूलाई प्रोत्साहन दिन्छु, र तिनीहरूलाई स्मरण गराउँछु। तिमीहरूलाई बचाउनु बाहेक अरू कुनै पनि कारणले म यो गर्दिनँ। के तिमीहरू साँच्चै मेरो इच्छा बुझ्दैनौ? मैले के भनेको छु त्यो तिमीहरूले बुझ्नुपर्छ र त्यसबाट उत्प्रेरित हुनुपर्छ। अहिले मात्र बुझ्‍ने मानिसहरू धेरै छन्। के यो प्रतिभार हुनुको आशिष् होइन र? के प्रतिभार हुनु सबैभन्दा ठूलो आशिषको कुरा होइन र? अन्त्यमा, जब तिमीहरू सुसमाचार फैलाउन जान्छौ, तिमीहरू यसो भन्छौ: “हामी आम किसिमका प्रतिभारहरू हौं।” तिनीहरूले तँलाई सोध्नेछन्, “तिमी प्रतिभार हौ भन्‍नुको अर्थ के हो?” र तैँले भन्नेछस्: “हामी परमेश्‍वरको कामको, र उहाँको महान् शक्तिको प्रतिभार हौं। हाम्रो विद्रोहीपनद्वारा परमेश्‍वरको सम्पूर्ण धार्मिक स्वभाव प्रकाशमा ल्याइन्छ; हामी आखिरी दिनहरूको परमेश्‍वरको कार्यको सेवा गर्ने वस्तुहरू हौं, हामी उहाँका कामका थप भागहरू हौं, र यसका साधनहरू पनि हौं।” जब तिनीहरूले त्यो सुन्नेछन्, तिनीहरू छक्‍क पर्छन्। त्यसपछि तैँले भन्नेछस्: “हामी परमेश्‍वरले सम्पूर्ण ब्रह्माण्डको काम पूरा गर्नुभएको, र उहाँले सारा मानवजातिलाई जित्नुभएको तथ्यका नमुनाहरू र उदाहरणहरू हौं। हामी पवित्र वा फोहोर जे भए पनि, समग्रमा, हामी तिमीहरूभन्दा अझै बढी आशिषित् छौं, किनकि हामीले परमेश्‍वरलाई देखेका छौं, र उहाँले हामीमाथि विजय हासिल गर्ने मौकाको माध्यमद्वारा परमेश्‍वरको महान् शक्तिलाई देखाइएको छ; हामी फोहोर र भ्रष्ट भएकाले गर्दा मात्रै उहाँको धार्मिक स्वभाव प्रकट भएको छ। के तिमीहरूले त्यसरी नै परमेश्‍वरको अन्तिम दिनको कामको साक्षी दिन सक्छौ? तिमीहरू योग्यका छैनौ! यो अरू केही नभएर परमेश्‍वरले हामीलाई उच्च पार्नुभएको तथ्य हो! हामी अहङ्कारी नभए पनि, हामीले गर्वसाथ परमेश्‍वरको प्रशंसा गर्न सक्छौं, किनकि त्यस्तो महान् प्रतिज्ञाको हकदार कोही पनि हुन सक्दैन, र कसैले पनि त्यस्तो ठूलो आशिष्‌ उपभोग गर्न सक्दैन। हामी असाध्यै कृतज्ञ छौं किनभने, हामी यति फोहोरी भएर पनि परमेश्‍वरको व्यवस्थापनको अवधिमा प्रतिभारको रूपमा काम गर्न सक्छौं।” र जब तिनीहरूले सोध्छन्, “नमुनाहरू र उदाहरणहरू के-के हुन्?” तैँले भन्नेछस्, “हामी सबैभन्दा विद्रोही र फोहोरी मानवजाति हौं; हामी शैतानद्वारा गहन रूपले भ्रष्ट पारिएका छौ, देहमा हामी सबैभन्दा पछौटे र तुच्छ छौं। हामी शैतानद्वारा प्रयोग गरिएकाहरूको उत्कृष्ट उदाहरण हौं। आज, हामी परमेश्‍वरद्वारा जितिने मानवजातिको माझमा पहिलो मानिसहरूको रूपमा चुनिएका छौं, र हामीले परमेश्‍वरको धार्मिक स्वभावलाई देखेका छौं र उहाँको प्रतिज्ञा पाएका छौं; हामी धेरै मानिसलाई जित्न प्रयोग भइरहेका छौं, त्यसैले हामी मानवजातिमा जितिएका मानिसहरूको नमूना र उदाहरण हौं।” यी वचनहरूभन्दा अझ राम्रो साक्षी अरू छैन, र यो तेरो सर्वोत्तम अनुभव हो।

अघिल्लो: काम र प्रवेश (५)

अर्को: अभ्यास (८)

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ

तैँले किन परमेश्‍वरमा विश्‍वास गर्छस्? धेरै व्यक्तिहरू यस प्रश्नद्वारा अलमलमा पर्छन्। व्यावहारिक परमेश्‍वर र स्वर्गमा हुनुहुने परमेश्‍वरका...

परमेश्‍वर स्वयम् अद्वितीय ९

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (३)यस समयावधिमा हामीले परमेश्‍वरलाई पहिचान गर्ने सम्बन्धमा धेरै चीजका बारेमा कुरा...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्