अध्याय ११

मानवजातिको हरेक व्यक्तिले मेरो आत्माद्वारा सूक्ष्म रूपमा जाँचिन स्वीकार गर्नुपर्छ, उसको हरेक वचन र कार्यलाई नजिकबाट निरीक्षण गर्नुपर्छ, यसअलावा मेरा अचम्मका कार्यहरूलाई आदरसाथ हेर्नुपर्छ। पृथ्वीमा राज्यको आगमन हुँदाको समयमा तिमीहरूले कस्तो अनुभूति गर्छौ? जब मेरा छोराहरू र मानिसहरू मेरो सिंहासनतर्फ हूलका हूल अघि बढ्छन्, तब म ठूलो सेतो सिंहासनअघि औपचारिक रूपमा न्यायको आरम्भ गर्नेछु। भन्नुको मतलब, जब मैले स्वयम् उपस्थित भई पृथ्वीमा आफ्नो काम गर्न सुरु गर्छु र जब न्यायको युग अन्त्यतर्फ नजिकिन्छ, तब म मेरा वचनहरूलाई सम्पूर्ण ब्रह्माण्डतर्फ लक्षित गर्छु र मेरो आत्माको वाणीलाई सम्पूर्ण ब्रह्माण्डतर्फ छोडिदिन्छु। मेरा वचनहरूमार्फत, म सबै मानिसहरू र स्वर्ग र पृथ्वीमा रहेका सबै थोकलाई धोइपखाली गरी सफा पार्छु, ताकि यो भूमि अबउप्रान्त फोहोरी र छाडा नहोस्, बरु पवित्र राज्य होस्। म सबै थोकलाई नवीकरण गर्नेछु, ताकि तिनीहरू मेरो प्रयोगको लागि उपलब्‍ध होऊन्, ताकि तिनीहरूले अबउप्रान्त पार्थिव सास नबोकून्, र अबउप्रान्त भुइँको कुनै पनि विशेषताद्वारा दूषित नबनून्। पृथ्वीमा, मानिसले मेरा वचनहरूको लक्ष्य र उत्पत्तिको बारेमा छामछाम-छुमछुम गर्दै खोजी गरेको छ, र मेरा कार्यहरूलाई अवलोकन गरेको छ, तर कसैले पनि कहिल्यै मेरा वचनहरूको उत्पत्तिको बारेमा साँचो रूपमा जानेको छैन र कसैले पनि कहिल्यै मेरा कार्यहरूको आश्‍चर्यपनलाई साँचो रूपमा देखेको छैन। आज मात्रै म व्यक्तिगत रूपमा मानिसमाझ आउँदा र मैले मेरा वचनहरू बोल्दा मानिसले मेरो बारेमा थोरै ज्ञान प्राप्त गरेको छ, र यसरी उसको सोचहरूमा भएको “म” द्वारा ओगटेको स्थान खाली गरेको छ र यसको सट्टामा तिनीहरूको विवेकमा व्यावहारिक परमेश्‍वरको लागि एउटा ठाउँ सृजना गरेको छ। मानिससँग धारणाहरू छन् र ऊ उत्सुकताले भरिपूर्ण छ; कसले पो परमेश्‍वरलाई देख्न चाहँदैनथियो र? कसले पो परमेश्‍वरको सामना गर्न चाहँदैनथियो र? तैपनि मानिसहरूको हृदयमा ठाउँ ओगट्ने एउटै कुरो भनेको मानिसले अस्पष्ट र अमूर्त ठान्ने परमेश्‍वर हो। यदि मैले स्पष्टसित नबताएको भए, कसले पो यो कुरा महसुस गर्न सक्थ्यो र? कसले पो म वास्तवमै अस्तित्वमा छु भनेर निश्‍चयताका साथ र कुनै पनि शङ्काविना साँचो रूपमा विश्‍वास गर्थ्यो र? मानिसको हृदयमा भएको “म” र वास्तविकताको “म” बीचमा धेरै ठूलो भिन्नता छ, र कसैले पनि तिनीहरूको बीचमा तुलना गर्न सक्दैन। यदि म देह नबनेको भए, मानिसले कहिल्यै पनि मलाई चिन्दैनथ्यो, र उसले मलाई चिनेको नै थियो भने पनि, के त्यस्तो ज्ञान अझै धारणा नै हुँदैनथियो र? हरेक दिन म मानिसहरूको अटुट प्रवाहमाझ हिँड्छु, र हरेक दिन म हरेक व्यक्तिभित्र कार्य सञ्चालन गर्छु। जब मानिसले मलाई साँचो रूपमा देख्छ, तब उसले मेरा वचनहरूमा मलाई चिन्न सक्नेछ, र मैले जुन साधनहरूमार्फत बोल्छु ती साधनहरूका साथै मेरा अभिप्रायहरूको बारेमा बोध गर्नेछ।

जब राज्य औपचारिक रूपमा पृथ्वीमा आइपुग्छ, तब सबै थोकमाझ केचाहिँ चुपचाप रहँदैन र? सबै मानिसहरूमाझ कोचाहिँ डराउँदैन र? म ब्रह्माण्डरूपी संसारभरि जताततै हिँड्छु, र हरेक कुरालाई मैले व्यक्तिगत रूपमा बन्दोबस्त गरेको छु। यस समयमा, कसलाई मेरा कामहरू अद्भुत छन् भनी थाहा छैन र? मेरा हातहरूले सबै थोकलाई थाम्छन्, तैपनि म सबै थोकभन्दा माथि छु। आज, के मानिसको बीचमा भएको मेरो देहधारण र मेरो व्यक्तिगत उपस्थिति मेरो विनम्रता र लुप्तपनको साँचो अर्थ होइन र? बाह्य रूपमा, धेरै मानिसहरूले मलाई असल भनी सराहना गर्छन् र मलाई सुन्दर भनी प्रशंसा गर्छन्, तर कसले मलाई साँचो रूपमा चिन्छ र? आज, मैले किन तिमीहरूलाई मलाई चिन भनी भनिरहेको छु त? के मेरो उद्देश्य ठूलो रातो अजिङ्गरलाई सर्ममा पार्नु होइन र? म मानिसलाई मेरो प्रशंसा गर्न बाध्य पार्न चाहन्न, बरु म उसलाई मलाई चिन्न लगाउन चाहन्छु, जसमार्फत उसले मलाई प्रेम गर्नेछ र यसरी मेरो प्रशंसा गर्नेछ। त्यस्तो प्रशंसाचाहिँ प्रशंसा भन्न लायक हुन्छ, र त्यो खोक्रो कुराकानी हुँदैन; त्यस्तो प्रशंसा मात्र मेरो सिंहासनसम्म आइपुग्छन् र आकाशतिर उचालिन्छन्। मानिसलाई शैतानले परीक्षा लिएको र भ्रष्ट तुल्याएको छ, उसले धारणा र सोचहरू अपनाएको छ, त्यसैले सारा मानवजातिलाई विजय गर्नको लागि, मानिसका सबै धारणाहरूलाई खुलासा गर्नको लागि, र मानिसका सोचहरूलाई च्यात्नको लागि म देह बनेको छु। परिणामस्वरूप, मानिस मेरो अगाडि पहिले झैँ अहिले हिँड्दैन, उसले पहिले झैँ अहिले उसका आफ्नै धारणाहरू प्रयोग गरी मेरो सेवा गर्दैन, र यसरी मानिसको धारणाहरूको “म” पूर्ण रूपमा हराएको छ। जब राज्य आउँछ, तब मैले गर्ने सबैभन्दा पहिलो काम भनेको कामको यो चरणलाई सुरु गर्नु हो र म मेरा मानिसहरूमाझ यस्तो काम गर्छु। ठूलो रातो अजिङ्गरको देशमा जन्मेका मेरा मानिसहरूको रूपमा, तिमीहरूभित्र निश्चय नै त्यो ठूलो रातो अजिङ्गरको विषको अलिकति वा एक भाग मात्र पनि छैन। त्यसैले, मेरो कामको यो चरण प्राथमिक रूपमा तिमीहरूमा केन्द्रित छ, र चीनमा मेरो देहधारण हुनुको महत्त्वको एउटा पक्ष यही हो। धेरैजसो मानिसहरूले मैले बोल्ने वचनहरूको सानो टुक्रालाई समेत बुझ्न सक्दैनन्, जब तिनीहरूले बुझ्छन्, तब तिनीहरूको बुझाइ धमिलो र भ्रमपूर्ण हुन्छ। यो मैले बोल्ने शैलीको परिवर्तनको निर्णायक मोड हो। यदि सबै मानिसहरूले मेरा वचनहरू पढ्न र तिनका अर्थहरू बुझ्न सक्‍ने भए त, मानिसमाझ कसलाई मुक्ति दिन, र नरकमा नफाल्न सकिन्थ्यो र? जब मानिसले मलाई चिन्छ र मेरो आज्ञा पालन गर्छ, त्यो समय मैले विश्राम गर्ने समय हुनेछ र त्यही समय मानिसले मेरा वचनहरूको अर्थ बुझ्न सक्षम भएको समय पनि हुनेछ। आज, तिमीहरूको कद अति सानो छ—यो दयनीय रूपमा सानो छ, उचाल्न पनि लायक छैन—मेरो बारेमा तिमीहरूको ज्ञानको त कुरै नगरौं।

मेरा छोराहरू र मानिसहरूलाई गोठाला गर्नको लागि स्वर्गदूतहरूलाई पठाउन थालिएको छ भनी मैले भने पनि, कसैले पनि मेरा वचनहरूको अर्थ बुझ्न सक्दैनन्। जब म व्यक्तिगत रूपमा मानिसमाझ आउँछु, स्वर्गदूतहरूले गोठाला-कार्य सुरु गर्नेछन् र स्वर्गदूतहरूले गोठाला गर्दाको समय अवधिमा, सबै छोराहरू र मानिसहरूले परीक्षाहरू मात्र प्राप्त गर्नेछैनन्, बरु तिनीहरूले त आफ्नै आँखाले सबै प्रकारका ईश्‍वरीय दर्शनहरू देखा परेका पनि देख्न सक्नेछन्। मैले प्रत्यक्ष रूपले ईश्‍वरत्वमा काम गर्ने हुनाले, हरेक थोक नयाँ सुरुवातमा प्रवेश गर्नेछन्, र यो ईश्‍वरत्वले प्रत्यक्ष रूपले काम गर्ने भएकोले यसलाई मानवताले अलिकति पनि नियन्त्रित गर्नेछैन, र मानिसलाई यो स्वतन्त्र रूपले अलौकिक परिस्थितिमा सञ्चालित भएको जस्तो लाग्नेछ। तैपनि, मेरो लागि यो पूर्ण रूपले सामान्य हुन्छ (मानिसले यसलाई अलौकिक हो भन्‍ने विश्‍वास गर्छ किनभने उसले कहिल्यै पनि ईश्‍वरत्वलाई प्रत्यक्ष रूपमा सामना गरेको छैन); यसमा मानिसको कुनै पनि धारणाहरू हुँदैनन्, र मानव विचारहरूद्वारा यो दूषित भएको हुँदैन। मानिसहरू सबै सही बाटोमा प्रवेश गरेपछि मात्रै तिनीहरूले यसलाई देख्नेछन्; आज सुरुवात भएकोले, जब उसको प्रवेशको कुरा आउँछ, तब मानिसमा धेरै कमजोरी छन्, अनि ऊ असफलता, र अपारदर्शिताबाट विरलै टाढा हुन सक्छ। आज, मैले तिमीहरूलाई यो बिन्दुसम्म डोर्‍याएको हुनाले, मैले सुहाउँदो बन्दोबस्तहरू गरेको छु र मसँग मेरा आफ्नै उद्देश्यहरू छन्। यदि आज मैले तिनको बारेमा तिमीहरूलाई बताएँ भने, के तिमीहरूले तिनलाई साँचो रूपमा जान्न सक्थ्यौ? म मानिसको मस्तिष्कमा भएका सोचहरू र मानिसको हृदयमा भएका चाहनाहरूसँग राम्ररी नै परिचित छु: कसले चाहिँ कहिल्यै आफ्नै लागि उम्‍कने बाटो खोजेको छैन र? कसले चाहिँ कहिल्यै आफ्नै सम्भावनाको बारेमा सोचेको छैन र? तैपनि, मानिससँग प्रचुर र चम्किलो दिमाग भए पनि, युगौंयुगपछि वर्तमान जे-जस्तो देखा परेको छ त्यस्तो हुनेछ भनेर कसले नै भविष्यवाणी गर्न सक्थ्यो र? के यो साँच्चै तेरो आफ्नै व्यक्तिगत प्रयत्नहरूको प्रतिफल हो त? के यो तेरो अथक मेहनतको भुक्तानी हो त? के यो तैँले आफ्नो मस्तिष्कमा कल्पना गरेको सुन्दर झाँकी हो त? यदि मैले सारा मानवजातिलाई मार्गदर्शन नगरेको भए, कसले मेरा बन्दोबस्तहरूबाट आफैलाई छुट्याएर उम्कने नयाँ बाटो पत्ता लगाउन सक्थ्यो र? के उसलाई आजको दिनसम्‍म ल्याउने मानिसको कल्पना र चाहनाहरू नै हो त? धेरै मानिसहरू आफ्नो पूरै जीवनभर चाहनाहरू पूरा नभइकनै जिउँछन्। के यो वास्तवमै तिनीहरूको सोचमा भएको त्रुटिको कारणले हुन्छ र? धेरै मानिसहरूका जीवन अप्रत्याशित खुसी र सन्तुष्टिले भरिन्छन्। के यो वास्तवमै तिनीहरूले अति कम अपेक्षा गरेको कारणले हुन्छ र? सर्वशक्तिमान्‌को नजरमा, पूरै मानवजातिको कसलाई चाहिँ वास्ता गरिएको छैन र? सर्वशक्तिमान्‌को पूर्वनिर्धारित प्रबन्धमाझ कोचाहिँ जिउँदैन र? के मानिसको जीवन र मृत्यु उसको आफ्नै रोजाइमा हुन्छ र? के मानिसले आफ्नो भवितव्य आफैले नियन्त्रण गर्न सक्छ र? धेरै मानिसहरूले चिच्याएर मृत्युलाई बोलाउँछन्, तर यो तिनीहरूबाट धेरै टाढा हुन्छ; धेरै मानिसहरू जीवनमा बलिया रहेका व्यक्तिहरूजस्तो बन्न चाहन्छन् र मृत्युदेखि डराउँछन्, तर तिनीहरूलाई थाहै नभई तिनीहरूको मृत्युको दिन नजिक आउँछ र तिनीहरूलाई मृत्य-कुण्डमा धकेल्छ; धेरै मानिसहरूले आकाशमा हेर्छन् र गहिरो सुस्केरा हाल्छन्; धेरै मानिसहरूले ठूलो रोदन निकाल्छन्, बिलौनामा सुँक्कसुँक्क गर्छन्; धेरै मानिसहरू परीक्षाहरूको माझमा ढल्छन्; अनि धेरै मानिसहरू परीक्षाहरूको बन्दी बन्छन्। मानिसलाई स्पष्टसित मलाई देख्ने अवसर दिन म व्यक्तिगत रूपमा देखा पर्दिन, तैपनि धेरै मानिसहरू मेरो अनुहार हेर्न नै डराउँछन्, तिनीहरू मैले तिनीहरूलाई प्रहार गरी ढलाउँछु, मैले तिनीहरूलाई सिध्याइदिन्छु भनी एकदमै डराउँछन्। मानिसले मलाई साँचो रूपमा चिन्छ कि चिन्दैन? कसैले पनि निश्‍चयताका साथ भन्न सक्दैन। के यो यस्तै होइन र? तिमीहरू म र मेरो सजाय दुवैदेखि डराउँछौ, तैपनि तिमीहरू खडा हुन्छौ र खुल्लमखुल्ला मेरो विरोध गर्छौ र मेरो आलोचना गर्छौ। के अवस्था यही होइन र? मानिसले मलाई कहिल्यै पनि चिनेको छैन किनभने उसले मेरो अनुहार देखेको छैन वा मेरो सोर सुनेको छैन। यसरी, म मानिसको हृदयभित्र भए पनि, के कोही यस्ता पनि छन् जसको हृदयमा म धमिलो र अस्पष्ट छैन? के कोही यस्ता छन् जसको हृदयमा म एकदमै स्पष्ट छु? म मेरा मानिसहरूले पनि मलाई अस्पष्ट वा धमिलो रूपमा देखून् भन्ने चाहन्न, र यसरी म यो महान् काम प्रारम्भ गर्छु।

म चुपचाप मानिसमाझ आउँछु, र त्यसपछि बिस्तारै टाढा जान्छु। के कसैले कहिल्यै मलाई देखेको छ त? के सूर्यले यसको बलिरहेको ज्वालाको कारण मलाई देख्न सक्छ त? के चन्द्रले यसको उज्ज्वल स्पष्टताको कारण मलाई देख्न सक्छ त? के तारापुञ्जहरूले तिनीहरूको आकाशको स्थानको कारण मलाई देख्न सक्छन् त? जब म आउँछु, तब मानिसले थाहा पाउँदैन, र सबै थोक अज्ञानी नै रहन्छन्, र जब म प्रस्थान गर्छु, तब पनि मानिस अझै अनभिज्ञ नै रहन्छन्। कसले मेरो साक्षी दिन सक्छ त? के यो पृथ्वीको मानिसले गरेको प्रशंसा हुन सक्छ त? के यो जङ्गलमा फुलिरहेका कमलको फूलहरू हुन सक्छ त? के यो आकाशमा उड्ने चराहरू हुन सक्छ त? के यो पहाडहरूमा गर्जने सिंहहरू हुन सक्छ त? कसैले पनि मेरो साक्षी पूर्ण रूपमा दिन सक्दैन। कसैले पनि मैले गर्ने काम गर्न सक्दैन! तिनीहरूले यो काम गरे पनि, यसको के प्रभाव हुन्थ्यो र? हरेक दिन म धेरै मानिसहरूको हरेक कार्य अवलोकन गर्छु, र हरेक दिन म धेरै मानिसहरूका मन र मस्तिष्कहरू जाँच गर्छु; कोही पनि मेरो न्यायबाट उम्केको छैन, र कसैले पनि आफूलाई मेरो न्यायको वास्तविकताबाट वञ्चित गरेको छैन। म आकाशमाथि उभिन्छु र टाढा-टाढा हेर्छु: मैले असंख्य मानिसहरूमाथि प्रहार गरेको छु, तर अनगिन्ती मानिसहरू पनि मेरो कृपा र प्रेमिलो-दयामा जिउँछन्। के तिमीहरू पनि यस्तै परिस्थितिहरूमा जिउँदैनौ र?

मार्च ५, १९९२

अघिल्लो: अध्याय १४

अर्को: परिचय

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

प्रस्तावना

धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि, थोरैले मात्र परमेश्‍वरप्रतिको विश्‍वासको अर्थ के हो र परमेश्‍वरको इच्छा अनुरूप हुन...

धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ

सारा ब्रह्माण्डमा आफ्नो कामको सुरुवातदेखि नै, परमेश्‍वरले धेरै मानिसहरूलाई उहाँको सेवा गर्न अघिबाटै नियुक्त गरिसक्‍नु भएको छ, जसमा जीवनका...

जब झर्ने पातहरू तिनको जराहरूमा फर्कन्छन्, आफूले गरेका सबै दुष्ट कामका निम्ति तैँले पछुतो गर्नेछस्

मैले तिमीहरूका बीचमा गरेका कामहरू तिमीहरूले आफ्नै आँखाले देखेका छौ, मैले बोलेका वचनहरू तिमीहरू आफैले सुनेका छौ, र तिमीहरूप्रतिको मेरो आचरण...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्