अध्याय ११

मानवजातिमध्ये हरेक व्यक्तिले मेरो आत्माद्वारा गरिने छानबिनलाई स्वीकार गर्नुपर्छ, आफ्नो हरेक शब्द र कार्यलाई नजिकबाट नियाल्नुपर्छ र अझ, मेरा आश्चर्यजनक कार्यहरू हेर्नुपर्छ। तिमीहरू राज्य पृथ्वीमा आइपुग्ने बेला कस्तो अनुभूति गर्छौ? जब मेरा पुत्रहरू र मानिसहरू मेरो सिंहासनतर्फ ओइरिन्छन्, तब म महान् सेतो सिंहासनअगाडि औपचारिक रूपमा न्याय सुरु गर्छु। अर्थात्, जब म व्यक्तिगत रूपमा पृथ्वीमा आफ्नो काम सुरु गर्छु, र न्यायको युग अन्त्यतिर पुग्छ, तब म सम्पूर्ण ब्रह्माण्डतर्फ आफ्ना वचनहरू लक्षित गर्न थाल्छु, र सम्पूर्ण ब्रह्माण्डमा आफ्नो आत्माको आवाज जारी गर्छु। म आफ्ना वचनहरूमार्फत, स्वर्ग र पृथ्वी अनि यावत् थोकमाझ रहेका हरेक व्यक्ति र कुरालाई पखालेर सफा पार्नेछु, ताकि यो भूमि अब फोहोर र व्यभिचारी नरहोस्, बरु पवित्र राज्य होस्। म सबै कुरा नयाँ बनाउनेछु, ताकि ती मेरो प्रयोगका लागि उपलब्ध होऊन्, ताकि तिनमा उप्रान्त माटोको गन्ध नहोस्, र ती उप्रान्त जमिनको स्वादले कलङ्कित नहोऊन्। पृथ्वीमा, मानिसले मेरा वचनहरूको लक्ष्य र उत्पत्तिको खोजतलास गरेको छ, र मेरा कार्यहरूलाई अवलोकन गरेको छ, तर कसैले पनि मेरा वचनहरूको उत्पत्ति साँच्चै थाहा पाएको छैन, र मेरा कार्यहरूमा भएको आश्चर्यपनलाई कसैले पनि साँच्चिकै देखेको छैन। आज मात्र, म व्यक्तिगत रूपमा मानिसमाझ आएर आफ्ना वचनहरू बोल्दा मानिसले मेरा बारेमा थोरै ज्ञान पाएको छ, जसले उसको सोचाइमा “मैले” ओगटेको स्थानलाई हटाएको छ, र त्यसको साटो उसको चेतनामा व्यावहारिक परमेश्‍वरका लागि स्थान बनाएको छ। मानिससँग धारणाहरू हुन्छन् र ऊ जिज्ञासाले भरिएको हुन्छ; परमेश्‍वरलाई देख्न कसले चाहँदैन र? परमेश्‍वरसँग सम्पर्क गर्न कसले चाहँदैन र? तैपनि मानिसले अस्पष्ट र अमूर्त भएको महसुस गर्ने परमेश्‍वरले मात्रै मानिसको हृदयमा निश्चित स्थान ओगट्नुहुन्छ। यदि मैले तिनीहरूलाई स्पष्ट रूपमा नभनेको भए यो कसलाई थाहा हुनेथ्यो र? म वास्तवमै अस्तित्वमा छु भनी कसले साँच्चै विश्‍वास गर्नेथियो र? के तिनीहरूले यसबारे साँच्चै अलिकति पनि शङ्का गर्नेथिएनन् र? मानिसको हृदयमा भएको “म” र वास्तविकताको “म” बीच ठूलो भिन्‍नता छ, र कसैले पनि तीबीच तुलना गर्न सक्दैन। यदि म देहधारी नबनेको भए, मानिसले मलाई कहिल्यै चिन्नेथिएन, र यदि उसले मलाई चिनिहाले पनि, के त्यस्तो ज्ञान अझै पनि एउटा धारणा नै हुनेथिएन र? हरेक दिन म मानिसहरूको अटुट भिडमाझ हिँड्छु, र हरेक दिन म हरेक व्यक्तिभित्र काम गर्छु। जब मानिसले मलाई साँच्चै देख्छ, तब उसले मेरा वचनहरूमा मलाई चिन्न सक्नेछ, साथै मेरो बोल्ने तरिका र मेरा अभिप्रायहरू पनि बुझ्नेछ।

जब राज्य औपचारिक रूपमा पृथ्वीमा आइपुग्छ, तब यावत् थोकमध्ये कुन कुरा मौन हुँदैन र? असङ्ख्य मानिसहरूमध्ये को डराएको हुँदैन र? म ब्रह्माण्डको संसारभरि जताततै हिँड्छु, र सबै कुराको व्यवस्था व्यक्तिगत रूपमा म नै गर्छु। यस समय, मेरा कार्यहरू आश्चर्यजनक छन् भनी कसलाई थाहा हुँदैन र? मेरो हातले सबै कुरा थाम्छ, तैपनि म यावत् थोकभन्दा माथि पनि छु। आज, म देहधारी बनेको छु र व्यक्तिगत रूपमा मानिसमाझ आएको छु—के यो मेरो विनम्रता र गुप्तपनको साँचो अर्थ होइन र? बाहिरी रूपमा, धेरै मानिस मलाई असल भनेर जयजयकार र सुन्दर भनेर प्रशंसा गर्छन्, तर मलाई साँच्चै कसले चिन्छ र? आज, म किन तिमीहरूले मलाई चिन्नुपर्छ भनेर भन्छु? के मेरो उद्देश्य ठूलो रातो अजिङ्गरलाई लज्जित पार्नु होइन र? म मानिसलाई मेरो प्रशंसा गर्न बाध्य पारियोस् भन्‍ने चाहन्नँ, बरु मानिसले मलाई चिनोस्, जसको माध्यमबाट उसले मलाई प्रेम गर्न थालोस्, र यसरी मेरो प्रशंसा गरोस् भन्‍ने चाहन्छु। यस्तो प्रशंसा आफ्नो नामको योग्य हुन्छ, र यो खोक्रो कुरा होइन; यस्तो प्रशंसा मात्र मेरो सिंहासनसम्म पुग्न र आकाशमा उड्न सक्छ। मानिसलाई शैतानले परीक्षामा पारेको र भ्रष्ट तुल्याएको हुनाले, ऊमाथि धारणाहरू र सोचाइ हाबी भएको हुनाले, म सम्पूर्ण मानवजातिलाई व्यक्तिगत रूपमा विजय गर्न, मानिसका सारा धारणा खुलासा गर्न, र मानिसको सोचाइलाई छिन्नभिन्न पार्न देहधारी बनेको छु। फलस्वरूप, मानिस अब मेरो अगाडि फुर्ती लगाउँदै हिँड्न छोड्छ, र आफ्नै धारणाहरू प्रयोग गरेर मेरो सेवा गर्न छोड्छ, र यसरी मानिसका धारणाहरूमा भएको “म” पूर्ण रूपमा हट्छ। जब राज्य आउँछ, तब मैले गर्ने पहिलो कुरा भनेको कामको यो चरण सुरु गर्नु हो, र म यो काम मेरा मानिसहरूमाझ गर्छु। ठूलो रातो अजिङ्गरको देशमा जन्मेका मेरा मानिसहरू भएका नाताले, तिमीहरूभित्र ठूलो रातो अजिङ्गरको विष पक्कै पनि अलिकति वा एक भाग मात्रै छैन। त्यसकारण, मेरो कामको यो चरण मुख्यतया तिमीहरूमाथि केन्द्रित छ, र चीनमा मेरो देहधारण हुनुको महत्त्वको एउटा पक्ष यही हो। अधिकांश मानिस मैले बोल्ने वचनहरूको एक अंश पनि बुझ्न सक्दैनन्, र बुझे पनि तिनीहरूको बुझाइ धमिलो र अन्योलपूर्ण हुन्छ। यो मैले बोल्ने तरिकामा आएको मोड हो। यदि सबै मानिसले मेरा वचनहरू पढ्न र तिनको अर्थ बुझ्न सक्ने भए, कुन चाहिँ मानिस पातालमा फालिनेथियो र? जब मानिसले मलाई चिन्छ र ऊ मप्रति समर्पित हुन्छ, त्यो नै मैले विश्राम गर्ने समय हुनेछ, र त्यही समय मानिसले मेरा वचनहरूको अर्थ बुझ्न सक्नेछ। आज, तिमीहरूको कद अत्यन्तै सानो छ—यो दयनीय रूपमै सानो छ, यतिसम्म कि यसलाई उचाल्नसमेत सकिँदैन—झन् मेरा बारेमा तिमीहरूको ज्ञानको त कुरै छोडौँ।

मैले मेरा पुत्र र मानिसहरूलाई गोठालो गर्न स्वर्गदूतहरू पठाइन थालिएको छ भनेर भनेँ पनि, मेरा वचनहरूको अर्थ कसैले पनि बुझ्न सक्दैन। जब म व्यक्तिगत रूपमा मानिसमाझ आउँछु, तब स्वर्गदूतहरू एकैसाथ गोठालो गर्न सुरु गर्छन्, र स्वर्गदूतहरूले गोठालो गर्ने समयमा, सारा पुत्र र मानिसले परीक्षाहरू र गोठालो गर्ने काम ग्रहण मात्रै गर्दैनन्, तिनीहरू आफ्नै आँखाले सबै प्रकारका दर्शनहरू देखा परेको हेर्न पनि सक्छन्। मैले प्रत्यक्ष रूपमा ईश्‍वरत्वमा काम गर्ने हुनाले, सबथोक नयाँ सुरुवातमा प्रवेश गर्छ, र यस ईश्‍वरत्वले प्रत्यक्ष रूपमा काम गर्ने हुनाले, यो मानवताद्वारा अलिकति पनि बाँधिँदैन, अनि बरु यसले मानिसले अलौकिक परिस्थितिहरू ठानेको कुराअन्तर्गत स्वतन्त्र रूपमा काम गर्छ। तैपनि, मेरा लागि यो पूर्ण रूपमा सामान्य हो (मानिस यसलाई अलौकिक मान्छ किनभने उसले कहिल्यै प्रत्यक्ष रूपमा ईश्‍वरत्व सामना गरेको हुँदैन); यसमा मानिसका कुनै पनि धारणाहरू हुँदैनन्, र यो मानव विचारहरूद्वारा कलङ्कित हुँदैन। सबै मानिस सही मार्गमा प्रवेश गरेपछि मात्र तिनीहरूले यो कुरा प्रस्ट रूपमा बुझ्नेछन्; यो अब सुरुवात भएकाले, आफ्नो प्रवेशको कुरा आउँदा मानिसमा धेरै कमजोरी हुन्छन्, अनि असफलताहरू र अस्पष्टतालाई बिरलै टार्न सकिन्छ। आज, मैले तिमीहरूलाई यस बिन्दुसम्म अगुवाइ गरेको हुनाले, उपयुक्त प्रबन्धहरू गरेको छु, र मेरा आफ्नै उद्देश्यहरू छन्। यदि मैले आज तिमीहरूलाई तीबारे बताएँ भने, के तिमीहरूले साँच्चै ती चिन्न सक्नेछौ र? म मानिसको दिमागका सोचहरू र मानिसको हृदयका इच्छाहरू राम्रोसँग चिन्दछु: कसले आफ्ना लागि निकासको बाटो कहिल्यै खोजेको हुँदैन र? कसले आफ्ना सम्भावनाहरूबारे कहिल्यै सोचेको हुँदैन र? तर मानिसमा प्रशस्त र प्रचुर सोच भए पनि, हजारौँ वर्षपछि वर्तमान समय यस्तो हुनेछ भनेर कसले पूर्वानुमान गर्न सकेको थियो र? के यो साँच्चै तेरा आफ्नै व्यक्तिगत प्रयासहरूको फल हो? के तेरो सम्पूर्ण प्रयासको पारिश्रमिक यही हो? के तेरो दिमागले कल्पना गरेको सुन्दर दृश्य यही हो? यदि मैले सम्पूर्ण मानवजातिलाई मार्गदर्शन नगरेको भए, मेरा प्रबन्धहरूबाट आफूलाई अलग गर्न र अर्को निकास खोज्न कसले सक्नेथियो र? के मानिसका कल्पना र इच्छाहरूले नै उसलाई आजको दिनसम्म ल्याइपुर्‍याएको हो? धेरै मानिसका इच्छाहरू जीवनभर पूरा हुँदैनन्। के यो साँच्चै तिनीहरूको सोचाइमा भएको त्रुटिका कारणले हो? धेरै मानिसको जीवन अप्रत्याशित खुसी र सन्तुष्टिले भरिएको हुन्छ। के यो साँच्चै तिनीहरूको अपेक्षा ज्यादै कम भएर हो? सम्पूर्ण मानवजातिमध्ये कसले सर्वशक्तिमान्‌को नजरमा हेरचाह प्राप्त गर्दैन र? को चाहिँ सर्वशक्तिमान्‌को पूर्वनिर्धारणमा जिउँदैन? के मानिसको जीवन र मृत्यु उसको आफ्नै रोजाइअनुसार हुन्छ र? के मानिसको भवितव्य उसकै नियन्त्रणमा हुन्छ? धेरै मानिस मृत्युलाई पुकार्छन्, तर यो तिनीहरूबाट धेरै टाढा हुन्छ; धेरै मानिस जीवनमा बलियो हुन चाहन्छन् र तिनीहरू मृत्युको डर मान्छन्, तर तिनीहरूलाई थाहै नभई, तिनीहरूको मृत्युको दिन नजिकिन्छ, र तिनीहरू मृत्युको खाडलमा धकेलिन्छन्; धेरै मानिस आकाशतिर हेर्छन् र लामो सुस्केरा हाल्छन्; धेरै मानिस डाँको छोडेर रुन्छन्; धेरै मानिस परीक्षाहरूमाझ ढल्छन्; र धेरै मानिस परीक्षामाझ बन्दी बन्छन्। मानिसले मलाई स्पष्ट रूपमा देखोस् भन्नका लागि म व्यक्तिगत रूपमा देखा नपरे पनि, धेरै मानिस मेरो मुहार हेर्न डराउँछन्, मैले तिनीहरूलाई ढाल्ने र नामेट पार्ने हो कि भनेर अत्यन्तै डराउँछन्। मानिसले मलाई साँच्चै चिन्छ कि चिन्दैन? कसैले पनि निश्चित रूपमा भन्न सक्दैन। के यसै होइन र? तिमीहरू म र मेरो सजाय दुवैको डर मान्छौ, तर तिमीहरू खडा भएर खुलेआम मेरो विरोध गर्ने र मलाई गलत ठहराउने पनि गर्छौ। के कुरा यही होइन र? मानिसले मलाई कहिल्यै नचिन्नुको कारण उसले मेरो मुहार कहिल्यै नदेखेको र मेरो आवाज कहिल्यै नसुनेको भएर हो। त्यसकारण, म मानिसको हृदयभित्र भए पनि, के कोही छ जसको हृदयमा म धमिलो र अस्पष्ट छैनँ? के म कसैको हृदयमा पूर्ण रूपमा प्रस्ट छु? म मेरा मानिसहरूले पनि मलाई अस्पष्ट र धमिलो देखून् भन्‍ने चाहन्नँ, त्यसैले म यो महान् काममा लाग्छु।

म सुटुक्क मानिसमाझ आउँछु, र त्यसपछि म सुस्तरी गइहाल्छु। के कसैले मलाई कहिल्यै देखेको छ र? के सूर्यले आफ्नो दन्किँदो ज्वालाका कारण मलाई देख्न सक्छ र? के चन्द्रमाले आफ्नो चम्किलो उज्यालोका कारण मलाई देख्न सक्छ र? के नक्षत्रहरूले आकाशमा भएको आफ्नो स्थानका कारण मलाई देख्न सक्छन् र? म आउँदा मानिसलाई त्यो थाहा हुँदैन, र सबै कुरा अनजान रहन्छन्, र म जाँदा पनि मानिस बेखबर नै हुन्छ। मेरा लागि कसले गवाही दिन सक्छ? के पृथ्वीका मानिसहरूको प्रशंसा मेरो गवाही हुन सक्छ? के उजाडस्थलमा फुलिरहेका लिली फूलहरू मेरा गवाही हुन सक्छन्? के आकाशमा उडिरहेका चराहरू मेरा गवाही हुन्? के पहाडहरूमा गर्जिरहेका सिंहहरू मेरा गवाही हुन्? कसैले पनि पूर्ण रूपमा मेरो गवाही दिन सक्दैन! मैले गर्ने काम कसैले पनि गर्न सक्दैन! तिनीहरूले यो काम गरे पनि, यसले के प्रभाव पार्नेथियो र? हरेक दिन म धेरै मानिसको हरेक कार्य अवलोकन गर्छु, र हरेक दिन म धेरै मानिसको हृदय र मन छानबिन गर्छु; मेरो न्यायबाट कहिल्यै कोही पनि उम्केको छैन, र कसैले पनि मेरो न्यायको वास्तविकताबाट आफूलाई कहिल्यै मुक्त गरेको छैन। म आकाशमाथि उभिन्छु र टाढासम्म हेर्छु: असङ्ख्य मानिस मद्वारा ढालिएका छन्, तैपनि, त्यसैगरी मेरो कृपा र प्रेमिलो दयालुपनमा पनि अनगिन्ती मानिस जिउँछन्। के तिमीहरू पनि यस्ता परिस्थितिहरूमा जिउँदैनौ र?

मार्च ५, १९९२

अघिल्लो: राज्यको स्तुतिगान

अर्को: अध्याय १२

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्