अध्याय ३८

मानिसले अनुभव गरेको कुरामा, मेरो नामनिसान पनि कहिल्यै रहेको छैन, मेरा वचनहरूको अगुवाइ पनि कहिल्यै रहेको छैन। परिणामस्वरूप, मैले मानिसलाई सधैँ टाढा राखेँ, र पछि गएर मैले उसलाई त्यागेँ। म मानवजातिको अवज्ञालाई घृणा गर्छु। किन हो भन्‍ने मलाई थाहा छैन; यस्तो लाग्छ मैले मानिसलाई सुरुदेखि नै घृणा गरेको छु, तैपनि मलाई उप्रति गहन सहानुभूति छ। यसरी, मानिसहरूले सधैँ मप्रति दुई प्रकारको मनोवृत्ति धारण गर्ने गरेका छन्—किनभने म मानिसलाई प्रेम गर्छु, र म उसलाई घृणा पनि गर्छु। मानिसहरूको बीचमा को मेरो प्रेमप्रति साँचो रूपमा सचेत छ? अनि मेरो घृणाप्रति को सचेत छ? मेरो नजरमा, मानिस सबै थोकमाझ रहेको माटोको मूर्तिजस्तै, जीवनरहित, मृत वस्तु हो। उसको अवज्ञाको कारण, मानिसले समय-समयमा मलाई क्रोधित तुल्याउँछ। जब म मानिसहरूका बीचमा जिउँछु, तब म अचानक आइपुग्दा तिनीहरूले मलाई मन्द मुस्कान दिन्छन्, किनभने तिनीहरूले सधैँ मलाई सचेत रूपमा “खोजी” गरिरहेका हुन्छन्, मानौं म पृथ्वीको मानवजातिसँग खेलिरहेको छु। तिनीहरूले मलाई कहिल्यै पनि गम्‍भीर रूपमा लिँदैनन्, र मप्रतिको तिनीहरूको मनोवृत्तिको कारण, मसँग मानवजातिको “कार्य एकाइ” बाट “अवकाश लिने” बाहेक अरू कुनै विकल्‍प छैन। तैपनि, म के कुरा उल्‍लेख गर्न चाहन्छु भने, मैले “अवकाश लिए” पनि मेरो “पेन्सन” मा एक पैसा पनि कमी हुनु हुँदैन। मानवजातिको “कार्य एकाइ” मा रहेको मेरो “वरिष्ठता” को कारण, मैले तिनीहरूबाट पाउनुपर्ने रकम म निरन्तर मागिरहन्छु। तिनीहरूले मलाई त्यागेका भए पनि, तिनीहरू मेरो पकडबाट कसरी उम्कन सक्छन् र? मैले एक पटक मानिसहरूलाई तिनीहरूको देहका इच्‍छाहरूमा स्वतन्त्र भई लिप्त हुन दिँदै निश्‍चित हदसम्‍म तिनीहरूमाथिको पकडलाई खुकुलो बनाएको थिएँ—अनि यसैको कारण तिनीहरूले कुनै संयमता नअपनाई बेलगाम रूपमा व्यवहार गर्ने आँट गरे, जसबाट तिनीहरूले मलाई साँचो रूपमा प्रेम गर्दैनन् भन्‍ने देखिन्छ, किनभने तिनीहरू सबै देहमा जिइरहेका छन्। के साँचो प्रेम देहको सट्टामा दिइन्छ भन्‍ने हुन सक्छ? के मैले मानिसलाई माग्‍ने भनेको देहको “प्रेम” मात्रै हो भन्‍ने हुन सक्छ? यदि यो कुरा साँच्‍चै यस्तै थियो भने, मानिसको मूल्य के हुनेथियो र? मानिसहरू सबै रद्दीका टोकरी हुन्! मेरो सहनशीलताको “विशेष शक्तिहरू” नभएको भए, मैले धेरै पहिले नै मानवजातिलाई छोडिसकेको हुनेथिएँ—तिनीहरूसँग बसेर “हेपाइ” सहने झमेला किन गर्नुपर्थ्यो र? म अझै सहन्छु। म मानिसको “व्यवसाय” को पिँधमा पुग्‍न चाहन्छु। पृथ्वीको मेरो काम समाप्त भएपछि, म सबै थोकको “मालिक” को न्याय गर्न उच्‍च आकाशमा आरोहण गर्नेछु; मेरो प्राथमिक कार्य यही हो, किनभने मानिसप्रतिको मेरो तिरस्कार पहिले नै निश्‍चित बिन्दुमा पुगिसकेको छ। कसले आफ्‍नो दुश्‍मनलाई घृणा गर्दैन र? कसले आफ्‍नो शत्रुलाई नाश गर्दैन र? स्वर्गमा, मेरो शत्रु शैतान नै हो; पृथ्वीमा, मेरो शत्रु मानिस नै हो। स्वर्ग र पृथ्वीबीचको एकताको कारण, म तिनीहरू सबैलाई नौं पुस्तासम्‍म दोषी ठहर्‍याउनेछु, अनि एक जनालाई पनि माफी हुनेछैन। कसले तिनीहरूलाई मेरो विरोध गर्नु भनी भनेको थियो र? कसले तिनीहरूलाई मेरो अवज्ञा गर्नु भनी भनेको थियो र? किन मानिसहरूले आफ्‍नो पुरानो प्रकृतिसँगको रहिरहेको सम्‍बन्धलाई तोड्न सक्दैनन्? किन तिनीहरूको देह सधैँ तिनीहरूभित्र फस्टाइरहन्छ? यो सबै मैले मानिसलाई गर्ने मेरो न्यायको प्रमाण हो। तथ्यहरूमा समर्पित नहुने आँट कसले गर्छ? मेरो न्याय भावुकताले रङ्गिएको छ भनेर भन्‍ने आँट कसले गर्छ? म मानिसभन्दा फरक छु, त्यसकारण म उसलाई त्याग्छु, किनभने म मानवजातिमध्ये एक होइन।

मैले गर्ने सबै कुराको लागि एक आधार हुन्छ, एउटा जग हुन्छ; जब मानिसले आफ्‍नो मुखले “साँचो तथ्यहरू” “प्रकट गर्छ”, म उसलाई “मृत्युदण्ड दिइने ठाउँ” मा लैजान्छु, किनभने मानवजातिको अपराध मेरो सजाय पाउनको लागि पर्याप्त छ। अनि, म अन्धाधुन्ध सजाय दिँदिन, तर मानिसहरूलाई तिनीहरूको अपराधको साँचो परिस्‍थितिको आधारमा सजाय दिन्छु। नत्र, तिनीहरूको विद्रोहीपनको कारण, मानवजातिले कहिल्यै पनि मेरो सामु झुकेर आफ्‍नो दोष स्वीकार गर्नेथिएनन्। तिनीहरू मामलाहरूको वर्तमान स्थितिमा आइपुगेका हुनाले, मानिसहरू सबैले मन नलागी-नलागी आफ्‍नो शिर झुकाउँछन्—तर तिनीहरूको हृदयमा, तिनीहरू अविश्‍वस्त अवस्थामा नै रहन्छन्। मैले मानिसहरूलाई “बेरियम घोल” पिउन दिएको छु, त्यसकारण तिनीहरूका भित्री अङ्गहरू “फ्‍लोरोस्कोप” मा राम्रो र स्पष्ट देखिन्छन्। मानिसहरूको पेटबाट फोहोर र अशुद्धता हटाइएको छैन; तिनीहरूको नसामा अनेक किसिमका फोहोरहरू बग्छन्, तसर्थ तिनीहरूको शरीरभित्रको विष झन्-झन् बढ्दै जान्छ। मानिसहरू यस्तो परिस्‍थितिमा धेरै वर्षदेखि जिएका हुनाले, तिनीहरूलाई ती कुराको बानी परिसकेको छ र तिनीहरूलाई ती कुरा अनौठो लाग्‍न छोडेको छ। परिणामस्वरूप, तिनीहरूभित्रका कीटाणुहरू परिपक्‍व भई तिनीहरूको प्रकृति बन्छन्, र सबै जना ती कीटाणुहरूको नियन्त्रणमा जिउँछन्। यही कारणले गर्दा, मानिसहरू जङ्गली घोडाहरूजस्तो जताततै दौडिहिँड्छन्। तैपनि, तिनीहरूले यस कुरालाई पूर्ण रूपमा स्वीकार गर्दैनन्; तिनीहरूले आफ्‍नो सहमति जनाउन आफ्‍नो शिर मात्रै हल्लाउँछन्। सत्यता के हो भने, मानवजातिले मेरा वचनहरूलाई हृदयमा राख्दैनन्। यदि तिनीहरूले मेरा वचनहरूलाई राम्रो निवारणको रूपमा लिन्थे भने, तिनीहरूले “डाक्टरका आज्ञाहरूलाई पालन” गर्नेथिए, र तिनीहरूले आफूभित्रको रोग निको पार्न यो उपचार लागू गर्नेथिए। तर, मेरो विचारमा, तिनीहरूले गर्ने व्यवहारले यस इच्‍छालाई पूरा गर्न सक्दैन, त्यसकारण मैले गर्न सक्‍ने भनेको “फलामको चिउरा चपाउनु” र तिनीहरूले सुने पनि नसुने पनि बोल्‍ने कार्यलाई जारी राख्‍नु मात्रै हो: मैले मेरो कर्तव्य मात्रै पूरा गरिरहेको छु। मानवजाति मेरा आशिष्‌हरूमा आनन्द लिन इच्‍छुक छैनन्, बरु नरकको कष्ट भोग्‍न चाहन्छन्—त्यसकारण, मैले गर्न सक्‍ने भनेको तिनीहरूको अनुरोधलाई स्वीकार गर्नु मात्रै हो। तैपनि, नरकमा मेरो नाम र मेरो आत्मा लज्जित नहोस् भनेर, म तिनीहरूलाई सुरुमा अनुशासन कारबाही गर्नेछु, त्यसपछि तिनीहरू “प्रसन्‍नताले भरिऊन्” भनेर तिनीहरूको इच्‍छामा “समर्पित” हुनेछु। मानिसलाई मेरो झण्डा बोकेर कुनै पनि समय वा स्थानमा मलाई लज्जित पार्न दिन म इच्‍छुक छैन, त्यसकारण म उसलाई बारम्‍बार अनुशासन कारबाही गर्नेछु। मेरा कडा वाणीहरूको पावन्दीविना, मानिस कसरी आजको दिनसम्‍म मेरो अघि निरन्तर खडा हुन सक्नेथियो र? के म गइहाल्‍नेछु भनेर डराएको कारण मात्रै मानिसहरू पापबाट अलग बस्दैनन् र? तिनीहरूले सजायको डर मान्‍ने हुनाले मात्रै तिनीहरूले गुनासो गर्दैनन् भन्‍ने कुरा साँचो होइन र? के पूर्ण रूपमा मेरो योजनाको खातिर नै संकल्प गर्ने कोही छ? सबै मानिसहरूले मेरो प्रकृति ईश्‍वरीय प्रकृति हो जसमा “बौद्धिक गुण” को कमी छ भन्‍ने ठान्छन्, तर मेरो मानवताद्वारा म सबै कुरा देख्‍न सक्छु भन्‍ने कुरालाई कसले बुझ्‍न सक्छ? मानिसहरूको भनाइ छ, “काँटी ठोक्‍नको लागि किन ढुङ्गा फुटाउने घनको प्रयोग गर्ने?” मानिसहरूले मप्रतिको तिनीहरूको प्रेम जन्‍मजात भएर होइन, बरु सजायको डरले मलाई “प्रेम” गर्छन्। मानिसहरूका बीचमा कसले मलाई जन्‍मदै प्रेम गर्थ्यो र? के मलाई आफ्‍नै हृदयजस्तो गरी व्यवहार गर्ने कोही छ र? त्यसकारण, म यस कुरालाई मानव संसारको लागि यो उक्तिद्वारा सारांशित गर्छु: मानिसहरूका बीचमा, मलाई प्रेम गर्ने कोही पनि छैन।

मैले पृथ्वीको मेरो कार्यलाई समाप्त गर्न चाहेको हुनाले मात्रै मैले मेरो कामको गतिलाई यसरी तीव्र बनाएको हुँ, नत्र म मानिसहरूलाई टाढा फ्याँक्‍नेथिएँ, यति टाढा कि तिनीहरू असीमित सागरमा पर्नेथिए। मैले मामलाको सत्यता अग्रिम रूपमा बताएको हुनाले नै तिनीहरू केही हदसम्‍म सतर्क छन्। यसो नभएको भए, के आँधी आउन लागेको मौसममा जहाजको पाल फिँजाउने को हुनेथियो र? सबै जना सावधानी अपनाउने कार्यमा लागेका छन्। यो यस्तो छ मानौं तिनीहरूको हृदयमा, म डाँकु बनेको छु। मैले तिनीहरूको घरबाट सबै कुरा जफत गर्छु भन्‍ने डर तिनीहरूलाई छ, त्यसकारण म अचानक भित्र पस्‍नेछु भन्‍ने भयले तिनीहरूले निकाल्‍न सक्‍ने सबै सामर्थ्य निकालेर भित्रबाट आफ्‍नो घरको ढोका ठेल्छन्। तिनीहरूले डरपोक मुसाहरूजस्तो व्यवहार गरेको देख्दा, म चुपचाप बिदा हुन्छु। मानिसहरूको कल्‍पनामा, संसार विनाश हुन लागेको देखिन्छ, त्यसकारण तिनीहरू डरले थर-थर काम्दै आत्तिएर भागिहिँड्छन्। यति बेला मात्रै म पृथ्वीमा जताततै प्रेतहरू हिँडडुल गरिरहेको देख्छु। म मेरो हाँसो रोक्‍न सक्दिन, र मेरो हाँसोको आवाज सुनेर मानिस चकित र भयभीत हुन्छ। त्यसपछि मात्रै मैले मामलाको सत्यतालाई बुझ्छु, त्यसकारण म मेरो मुस्कानलाई रोक्छु, अनि पृथ्वीमा के भइरहेको छ त्यसलाई हेर्न छोड्छु, बरु यसको साटो मेरो मूल योजनाअनुसार काम गर्न फर्कन्छु। अबउप्रान्त म मानवजातिलाई मेरो अनुसन्धानको वस्तुको रूपमा काम गर्ने नमुनाको रूपमा लिँदिन, किनभने तिनीहरू फोहोरबाहेक केही पनि होइनन्। मैले तिनीहरूलाई त्यागेपछि, त्यसउप्रान्त तिनीहरूको कुनै प्रयोग हुँदैन—तिनीहरू फोहोरका टुक्राहरू हुन्। यस बिन्दुमा, म तिनीहरूलाई सर्वनाश गर्छु र तिनीहरूलाई आगोमा हालिदिन्छु। मानवजातिको नजरमा, मेरो कृपा र प्रेमिलो-दयालुपन मेरो न्याय, प्रताप, र क्रोधभित्र लुकेका हुन्छन्। तर तिनीहरूलाई के कुरा थाहा छैन भने, तिनीहरूका कमजोरीहरूलाई मैले बेवास्ता गरेको धेरै भइसक्यो, र मैले मेरो कृपा र प्रेमिलो-दयालुपनलाई फिर्ता गरेको धेरै भइसक्यो, त्यही कारणले गर्दा तिनीहरू अहिलेको स्थितिमा छन्। कसैले मलाई चिन्‍न सक्दैन, न त तिनीहरूले मेरा वचनहरूलाई बुझ्‍न वा मेरो अनुहारलाई देख्‍न वा मेरो इच्‍छालाई बोध गर्न नै सक्छन्। के मानिस यस्तै स्थितिहरूमा छैनन् र? अनि, मसँग कृपा र प्रेमिलो-दयालुपन छ भनेर कसरी भन्‍न सकिन्छ? म मानिसको कमजोरीलाई ध्यान दिँदिन, न त म उसका अपर्याप्तताहरूलाई नै “वास्ता गर्छु।” के यो अझै पनि मेरो कृपा र प्रेमिलो-दयालुपन हुन सक्छ? कि यो मानवजातिप्रतिको मेरो प्रेम हुन सक्छ? सबै मानिसहरूलाई मैले “खोक्रा तर सुखद सुनिने शब्‍दहरू” बोलिरहेको छु भन्‍ने लाग्छ, त्यसकारण तिनीहरू मैले बोल्‍ने वचनहरूमा विश्‍वास गर्दैनन्। तर यो कुरा जान्‍ने कोही छ: “यो फरक युग भएको हुनाले, मेरो कृपा र प्रेमिलो-दयालुपन वर्तमान दिनमा अस्तित्वमा छैन; तैपनि, म सदासर्वदा आफूले भनेको कुरा गर्ने परमेश्‍वर नै रहिरहन्छु”? जब म मानवजातिको बीचमा हुन्छु, मानिसहरूले आफ्‍नो मनमा मलाई सबैभन्दा सर्वोच्‍च ठान्छन्, त्यसकारण म मेरो बुद्धिबाट बोल्‍न मन पराउँछु भन्‍ने तिनीहरूलाई लाग्छ। यसले गर्दा, तिनीहरूले सधैँ मेरो वचनलाई गलत ठान्छन्। तर के मेरो बोली-वचनभित्रका नियमहरूलाई बुझ्‍न सक्‍ने कोही छ? अथवा मेरा वचनहरूको उत्पत्तिलाई बुझ्‍न सक्‍ने कोही छ? के मैले वास्तवमा के हासिल गर्न चाहन्छु त्यस कुरालाई बुझ्‍न सक्‍ने कोही छ? अथवा मेरो व्यवस्थापन योजनाको समाप्तिका विवरणहरूलाई बुझ्न सक्‍ने को छ? को मेरो विश्‍वासपात्र बन्‍न सक्छ? सबै थोकमाझ, मैले वास्तवमा के गरिरहेको छु भन्‍ने कुरा कसले जान्‍न सक्छ? अनि, मेरो अन्तिम उद्देश्य के हो भनेर कसले जान्‍न सक्छ?

अप्रिल ३०, १९९२

अघिल्लो: अध्याय ३७

अर्को: अध्याय ३९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्