२. सिपाहीको सुसमाचार फैलाउने पथका उतारचढावहरू

२०२१ मा, मैले परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार स्विकारेलगत्तै सुसमाचार फैलाउन थालेँ। एक पटक, मैले २० जनाभन्दा बढी कामरेडलाई प्रवचन सुन्न आमन्त्रण गरेँ। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेर, र उहाँका आखिरी दिनहरूको कामबारे सङ्गति गरी त्यसको गवाही दिएपछि, उनीहरू सबैले अन्त्यमा सर्वशक्तिमान् परमेश्‍वरलाई स्विकारे। म अत्यन्तै खुसी थिएँ, र ममा सुसमाचार प्रचारलाई जारी राख्ने आत्मविश्‍वास जाग्यो।

मैले सुसमाचार प्रचार गर्न थालेको केही समयपछि मेरो पल्टन अगुवाले मलाई सताउन थाल्यो। उसले म परमेश्‍वरमाथिको आस्थालाई लिएर अति पर पुगेको भन्यो, र उसले फौजको अगाडि यस्तो पनि भन्यो: “म तिमीलाई सम्वर्द्धन गरी दस्ता अगुवा बनाउने सोचमा थिएँ, तर अब तिमी परमेश्‍वरमा विश्‍वास गर्छौ र मेरो कुरा सुन्दैनौ—तिमीलाई यसको पछुतो हुनेछ! भविष्यमा तिम्रा आमाबुबा नै बिते पनि, म तिमीलाई छुट्टी दिनेछैन।” पल्टनको अगुवाको कुरा सुनेपछि, कतिपय कामरेडहरूले पनि मलाई उपहास गरे: “हरव्यक्तिले बुद्धमा विश्‍वास गर्छ; परमेश्‍वरमा विश्‍वास गरेर, तिमी हाम्रो आस्थाको अपमान गरिरहेका छौ।” धेरै मानिसहरूको उपहास र अपमान सामना गरेपछि, मलाई अलि कमजोर महसुस हुन थाल्यो, र म हतार-हतार त्यहाँबाट हिँडेँ। मैले एउटा शान्त ठाउँ भेट्टाएँ, घुँडा टेकेर परमेश्‍वरलाई प्रार्थना गरेँ: “परमेश्‍वर, पल्टन अगुवाले मलाई गाली र अपमान गर्यो, र मेरा कामरेडहरूले मलाई उपहास गरे। म अत्यन्तै कमजोर छु; तपाईंले मलाई विश्‍वास र शक्ति दिनुहोस्। मलाई थाहा छ कि मेरो परीक्षा भइरहेको छ, र मैले त्यसलाई मलाई प्रभावित पार्न वा मेरो कर्तव्यमा हस्तक्षेप गर्न दिनु हुँदैन।” यसलगत्तै, अग्रपङ्क्तिका सेना युद्धमा गए, र फौजले कोठाहरूको पहरेदारी गरे। एक रात, म नयाँ विश्‍वासीहरूलाई मलजल गर्न जाने तयारी गर्दै थिएँ, तर दिमागमा आयो कि पछिल्लो समय हामीमाथि कडाइ गरिँदै छ, र जो लुकीछिपी बाहिर निस्कन्छ ऊ दण्डित हुनेछ। उसले कुटाइ र गाली खानेछ वा उसलाई बाँधेर रातभरि बाहिर राखिनेछ। पल्टनको अगुवाले म बारम्बार बाहिर निस्केको थाहा पायो भने, उसले मलाई निश्चय नै फेरि पनि गाली गर्नेछ, कुट्नेछ, र अपमान गर्नेछ भनेर म चिन्तित थिएँ। यो सोचेर, मैले बाहिर गएर नवप्रवेशीहरूलाई मलजल गर्ने आँट गरिनँ। मैले आफ्ना विचारहरू मेरो जोडी कार्टरलाई सुनाएँ। कार्टरले भन्यो: “तिमी आफ्नो ख्यातिबारे धेरै चासो राख्छौ। परमेश्‍वरले हामी यसलाई कसरी अनुभव गर्छौँ, र हामीले कुनै पाठहरू सिक्न सक्छौँ सक्दैनौँ भनी हेर्न हाम्रा लागि यस्तो परिवेशको बन्दोबस्त गर्नुभएको छ। तिमीले अझ बढी परमेश्‍वरलाई प्रार्थना र आत्मचिन्तन गर्नुपर्छ। यदि तिमी आफ्नो आडम्बर र आत्मसम्मानद्वारा शासित छौ र अरूले गरेको उपहासलाई सम्हाल्न नसकेर आफ्नो कर्तव्यलाई त्याग्छौ भने, यो कस्तो समस्या हो? यदि तिमी गाउँका ती सबै नवप्रवेशीलाई मलजल गर्न जाँदैनौ भने, के तिमी आफ्नो कर्तव्यलाई हल्का रूपमा लिएर गैरजिम्मेवार भइरहेको छैनौ र?” उनले मलाई परमेश्‍वरका वचनको एउटा खण्ड पनि पठाए। “परमेश्‍वरका आज्ञाहरूलाई तैँले कसरी लिन्छस् भन्‍ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ, र त्यो एकदमै गम्भीर विषय हो! यदि परमेश्‍वरले मानिसहरूलाई सुम्‍पनुभएको कुरा तैँले पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तँलाई सजाय दिइनुपर्छ। परमेश्‍वरले सुम्पनुभएका आज्ञाहरूलाई मानिसहरूले पूरा गर्नुपर्छ भन्‍ने कुरा पूर्ण रूपमा स्वभाविक र न्यायोचित हो। यो मान्छेको सर्वोच्च उत्तरदायित्व हो, र यो कुरा तिनीहरूको जीवन जत्तिकै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्‍वरका आज्ञाहरूलाई गम्भीरताका साथ लिँदैनस् भने तैँले उहाँलाई सबैभन्दा घोर रूपले धोका दिइरहेको हुन्छस्। यसमा, तँ यहूदाभन्दा पनि बढी विलापमय हुन्छस्, र तँ श्रापित हुनुपर्छ। मानिसहरूले आफूलाई परमेश्‍वरले जे सुम्‍पनुहुन्छ सो कुराप्रति कस्तो व्यवहार गर्ने भन्‍नेबारेमा पूर्ण बुझाइ हासिल गर्नुपर्छ र तिनीहरूले कम्तीमा पनि उहाँले मानवजातिलाई सुम्पिनुभएका आज्ञाहरू परमेश्‍वरले दिनुभएको बढाइ र विशेष निगाहहरू हुन् र ती सबैभन्दा महिमामयी कुराहरू हुन् भनेर बुझ्‍नुपर्छ। अन्य सबै कुराहरूलाई त्याग्न सकिन्छ। यदि व्यक्तिले आफ्नो जीवन नै बलिदान दिनुपर्छ भने पनि, उसले परमेश्‍वरका आज्ञाहरू पूरा गर्नैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्‍वरका वचनहरूको यो खण्ड पढेर, मैले आफ्नो कर्तव्य पूरा गर्न आफैलाई जिम्मेवार बनाउने मनोवृत्ति अत्यन्तै महत्त्वपूर्ण छ भन्‍ने बुझेँ। परमेश्‍वरले मलाई उत्थान गर्नुभयो र मेरो कर्तव्य गर्ने अवसर दिनुभयो, त्यसैले मैले आफ्नो कर्तव्यमा अडिन र त्यसलाई पूरा गर्न सक्दो प्रयास गर्न जरूरी छ। म सृष्टि गरिएको प्राणी हुँ, र मैले परमेश्‍वरका धेरै वचनहरू खाएको र पिएको छु र परमेश्‍वरको अभिप्राय र मागहरू बुझेको छु, तर अहिले केही कठिनाइ आउने गर्नेबित्तिकै म आफ्नो कर्तव्यलाई त्याग्छु। मैले परमेश्‍वरलाई विश्‍वासघात गरेको छु। मैले यहाँका सर्वसाधारणका बारेमा सोचेँ जसलाई जुनसुकै बेला युद्ध आइपर्न सक्थ्यो, र जो हरदिन चिन्ताको स्थितिमा हुन्थे। ढिला नगरी यी मानिसहरूमा सुसमाचार फैलाउन, र यी नयाँ विश्‍वासीहरूलाई राम्ररी मलजल गराउनका लागि परमेश्‍वरले मलाई यस्तो परिवेशमा राख्नुभयो, ताकि तिनीहरूले साँचो मार्गमा जग बसाल्न र मुक्ति पाउन, अनि विपत्तिको समयमा परमेश्‍वरको सुरक्षा पाउन सकून्। परमेश्‍वर मेरो बफादारी हेर्ने र म आस्था राख्न र आफ्नो गवाहीमा खरो उत्रिन सक्छु भन्‍ने आशा गर्नुहुन्छ, र म आफ्नो कर्तव्य निर्वाह गर्दा हडबडाएको हेर्न चाहनुहुन्न, तर म अपमान सहन सक्दिनथेँ, र मैले आफ्नो कर्तव्यलाई हल्का रूपमा लिन्थेँ र जिम्मेवारी लिदिनथेँ। यो परमेश्‍वरप्रतिको विश्‍वासघात हो, जुन यहूदाको भन्दा गम्भीर छ, र म श्रापित हुन लायक छु। परमेश्‍वरका वचनहरू देखेर, मैले बुझेँ कि जस्तोसुकै परिस्थिति भए पनि, मैले जति दुःख पाए पनि वा जति अपमान भोगे पनि, र त्यसबाट मेरो ज्यानै गए पनि, परमेश्‍वरले मलाई अह्राउनुभएको सबै काम मैले पूरा गर्नैपर्छ। मैले पूरा गर्नुपर्ने जिम्मेवारी र कर्तव्य यही हो। त्यसपछि, मैले सुसमाचार प्रचार गर्न र नवप्रवेशीहरूलाई मलजल गर्न मेरा दुई ब्रदरहरूसित सहकार्य गरेँ। एक महिनामा २७ जनाले सुसमाचार स्विकारे, र पछि उनीहरूलाई मण्डलीको जिम्मा लगाइयो। म परमेश्‍वरको मार्गदर्शनप्रति अत्यन्तै आभारी थिएँ, र मलाई हृदयमा शान्ति महसुस भयो।

पछि, हाम्रो फौज स्थानान्तरण भयो र म अर्को ठाउँमा सरेँ। पल्टनको अगुवाले परमेश्‍वरका विश्‍वासीहरूलाई सताउँछ भनेर कतिपय नयाँ विश्‍वासीलाई थाहा थिएन, त्यसैले उनीहरूले उसलाई सुसमाचार सुनाउने प्रयास गरे, र पल्टनको अगुवाले गाउँलेहरूलाई कसले सुसमाचार प्रचार गरिरहेको छ भनी अनुसन्धान गर्न थाल्यो। म त्रसित भएँ: “के मैले गाउँलेहरूलाई सुसमाचार प्रचार गरेको कुरा खुलासा हुनेछ? के फौजको अगुवाले मलाई पक्राउ गरेर जेल पठाउनेछ? त्यसो भयो भने मैले निश्चय नै दुःख र अपमान भोग्नेछु। हामीले सुसमाचार प्रचारलाई जारी राख्न बढी स्वतन्त्रता हुन्जेल पर्खेको भए राम्रो हुनेथ्यो। त्यसो गरेको भए, म पक्राउमा पर्दिनथेँ; म फेरि पनि अपमानित हुन चाहन्नँ।” त्यसैले, म तीन दिनसम्म सुसमाचार प्रचार गर्न बाहिर गइनँ। म हररात अनलाइन भेलाहरूमा सहभागी भए पनि, मलाई भित्र खोक्रो महसुस हुन्थ्यो। मलाई पहिले आफ्नो कर्तव्य गर्दाजस्तो सहज महसुस भएन।

पछि, मेरा एक सिस्टरले मेरो स्थितिबारे थाहा पाई र मलाई परमेश्‍वरका वचनको एउटा खण्ड पठाई। “तिमीहरू आफूमा मप्रति अत्यधिक इमानदारिता र वफादारिता छ भनी विश्‍वास गर्छौ। तिमीहरूलाई आफू अति कृपालु, अति करुणामय भएको, र मलाई अत्यन्तै धेरै कुरा समर्पित गरेको जस्तो लाग्छ। तिमीहरूलाई तिमीहरूले मेरो लागि जति गर्नुपर्ने हो त्योभन्दा बढी नै गरेको जस्तो लाग्छ। तर के तिमीहरूले कहिल्यै यसलाई आफ्ना कार्यहरूसँग तुलना गरेका छौ? म भन्छु, तिमीहरू अत्यन्तै अहङ्कारी, अत्यन्तै लोभी, अत्यन्तै झारातिरुवा छौ; मलाई झुक्याउने तिमीहरूका युक्तिहरू अत्यन्तै चतुर छन्, र तिमीहरूमा प्रशस्तै घृणास्पद अभिप्राय र घृणास्पद विधिहरू छन्। तिमीहरूको बफादारिता अत्यन्तै थोरै छ, तिमीहरूको तत्परता अत्यन्तै नगण्य छ, र तिमीहरूको विवेक झनै कम छ। … जब तैँले आफ्‍नो कर्तव्य निभाउँछस्, तैँले आफ्‍नै हितहरू, आफ्‍नै व्यक्तिगत सुरक्षा, आफ्नै परिवारका सदस्यहरूको बारेमा सोचिरहन्छस्। तैँले मेरो लागि कहिले के गरेको छस्? तैँले कहिले मेरो बारेमा विचार गरेको छस्? कहिले तैँले आफूलाई हरहालतमा मेरो लागि र मेरो कामको लागि समर्पित गरेको छस्? मप्रति तेरो अनुकूलताको प्रमाण कहाँ छ? मप्रति तेरो वफादारिताको वास्तविकता कहाँ छ? मप्रति तेरो समर्पणको वास्तविकता कहाँ छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ)। मैले परमेश्‍वरका वचनहरू पढेँ र त्यसपछि आफूमाथि चिन्तन गरेँ। पहिले, मलाई म आफूलाई परमेश्‍वरको निम्ति पर्याप्त मात्रामा समर्पित र अर्पित गरिरहेको छु भन्‍ने लाग्थ्यो। मैले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, म सधैँ सुसमाचार प्रचार गरिरहेको हुन्थेँ, र अग्रपङ्क्तिमा भएको भए पनि त्यो काम गर्थेँ। एक पटक, म नवप्रवेशीहरूलाई मलजल गरेर फर्केँ, र मेरो कमाण्डरलाई म शत्रु हुँ भन्‍ने लागेर मलाई गोली हान्न तयार गर्दैथियो। भाग्यवश, मेरा एकजना ब्रदरले तुरुन्तै मलाई चिनेछ, त्यसैले उसले गोली चलाएन। मलाई विश्‍वास थियो कि यसरी सुसमाचार प्रचार गर्नु र आफूलाई परमेश्‍वरप्रति अर्पित गर्नु अनि धेरै दुःख पाउनु र सँगसँगै केही मानिसहरू पनि प्राप्त गर्नुले म परमेश्‍वरप्रति बफादार छु भन्‍ने देखाइसक्यो, र उहाँ सन्तुष्ट हुनुपर्छ। तर वास्तवमा, म बिलकुलै बफादार थिइनँ। आफ्नो कर्तव्य गर्दा, मैले सोच्ने पहिलो कुरा मेरो आफ्नै ख्याति र रूचिहरू हुन्थ्यो। म सुसमाचार प्रचार गर्न बाहिर गएको फेला परेमा पल्टनको अगुवाले मलाई कुट्नेछ, गाली गर्नेछ र अपमान गर्नेछ भनेर म त्रसित थिएँ; मलाई इज्जत गुम्ने डर थियो। त्यसैले, मैले आफ्नो कर्तव्य गर्न छोडेँ र त्यसउप्रान्त सुसमाचार प्रचार गर्ने वा नवप्रवेशीहरूलाई मलजल गर्ने काम गरिनँ। गाउँलेहरूलाई कसले सुसमाचार प्रचार गरिरहेको छ भनेर पल्टनको अगुवाले अनुसन्धान गर्यो, र उसले त्यो म भएको थाहा पाउनेछ र तिनीहरूले मलाई पक्राउ गरेर थुनामा राख्नेछ भनेर मलाई डर लाग्थ्यो, त्यसैले मैले फेरि पनि आफ्नो कर्तव्य गर्न छोडेँ। बारम्बार यस्ता परिस्थितिहरू सामना गर्नुपर्दा, म मेरो ख्यातिबारे मात्र सोच्थेँ। जब कुनै कुरामा मेरो ख्याति वा केही अपमान संलग्न हुन्थ्यो, म आफ्नो कर्तव्यलाई पाखा लगाउँथेँ र त्यो गर्न छोड्थेँ। मैले म परमेश्‍वरको निम्ति आफूलाई अर्पित गर्न इच्छुक भए पनि, जब मेरा आफ्नै रूचिहरू संलग्न हुन्छन्, तब म आफूलाई रक्षा गर्न रोज्छु र मण्डलीको कामलाई बिलकुलै रक्षा गर्दिनँ भन्‍ने देखेँ। म कर्तव्य निर्वाहमा जिम्मेवार थिइनँ, र मसँग कुनै विवेक वा समझ थिएन। अहिले मैले अन्त्यमा थाहा पाएँ कि म बफादारी थिइनँ, म परमेश्‍वरप्रति पर्याप्त मात्रामा इमानदार थिइनँ, र म अत्यन्तै स्वार्थी र निन्दनीय थिएँ!

त्यसबेला, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ र म निकै प्रेरित भएँ। “सुसमाचार फैलाउनु सबैको कर्तव्य र दायित्व हो। हामीले जे सुने पनि, वा जे देखे पनि, वा हामीले जस्तोसुकै व्यवहारको सामना गर्न परे तापनि कुनै पनि समय हामीले सधैँ सुसमाचार फैलाउने यो जिम्मेवारी परिपालन गरिरहनुपर्छ। कुनै पनि परिस्थितिमा हामीले नकारात्मकता वा कमजोरीको कारण यो कर्तव्य छोड्न सक्दैनौँ। सुसमाचार फैलाउने कर्तव्य धेरै सजिलो हुँदैन, तर जोखिमले भरिएको हुन्छ। जब तिमीहरू सुसमाचार फैलाउँछौ, तिमीहरूले स्वर्गदूतहरू, वा एलियन्स, वा रोबोटहरूको सामना गर्दैनौ। तिमीहरूले दुष्ट र भ्रष्ट मानवजाति, जीवित भूतात्माहरू, पशुहरूको मात्रै सामना गर्नेछौ—तिनीहरू सबै यस दुष्ट ठाउँ, यस दुष्ट संसारमा जिइरहेका मानव हुन् जो शैतानद्वारा गहिरो रूपमा भ्रष्ट पारिएका छन् र परमेश्‍वरको प्रतिरोध गर्छन्। त्यसैले सुसमाचार फैलाउने प्रक्रियामा निश्‍चय नै हरप्रकारका जोखिमहरू हुन्छन्, सानातिना निन्दा, खिसीटिउरी र गलत बुझाइहरूको कुरै छोडौँ, ती त सामान्य घटनाहरू हुन्। यदि तैँले सुसमाचार फैलाउने कार्यलाई साँच्चै नै एउटा जिम्मेवारी, आफ्‍नो एउटा दायित्व, तेरो कर्तव्य मान्छस् भने, तैँले यी कुराहरूलाई सही ढङ्गबाट सम्मान गर्न र तिनलाई सही ढङ्गले सम्हाल्न सक्नेछस्। तैँले कुनै पनि समय आफ्नो जिम्मेवारी र दायित्व छोड्नेछैनस्, न त यी कुराहरूको कारण तँ सुसमाचार फैलाउने र परमेश्‍वरलाई साक्षी दिने आफ्नो मूल उद्देश्यबाट तर्केर जान्छस्, र तैँले कहिल्यै पनि यस जिम्मेवारीलाई पन्छाउनेछैनस्, किनकि यो तेरो कर्तव्य हो। यो कर्तव्यलाई कसरी बुझ्नुपर्छ? यो मानव जीवनको मूल्य-मान्यता र मूल दायित्व हो। आखिरी दिनहरूमा परमेश्‍वरको कामको शुभ समाचार र परमेश्‍वरको कामको सुसमाचार फैलाउनु मानव जीवनको मूल्य-मान्यता हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार सुनाउनु सबै विश्‍वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले सुसमाचार प्रचार गर्न सहज छैन भन्‍ने बुझेँ। हामी भ्रष्ट मानवजातिसँग सामना गरिरहेकाले, सुसमाचार प्रचार गर्ने क्रममा हामीले निश्चय नै विविध खतराहरू सामना गर्नेछौँ, जस्तै कुटाइ र गाली खाने, बेइज्जत, उपहास र अपमान भोग्ने—यो अपरिहार्य छ। सुसमाचार फैलाउनु परमेश्‍वरमा विश्‍वास गर्ने सबैले पन्छाउनै नमिल्ने कर्तव्य हो। आफूमाथि जस्तोसुकै सतावट आइपरोस्, र अरूले आफूलाई जतिसुकै अपमान र उपहास गरून्, व्यक्तिले आफ्नो कर्तव्य त्याग्न मिल्दैन, र जब सबैभन्दा महत्त्वपूर्ण क्षण आउँछ, यदि उसले आफ्नो कर्तव्य राम्ररी गर्छ भने मात्र परमेश्‍वरद्वारा सम्झिन सकिन्छ। परमेश्‍वरले मलाई दिनुभएको कर्तव्य र जिम्मेवारी सबैभन्दा महत्त्वपूर्ण छ, र मैले आफ्नो आडम्बर र आत्मसम्मान् त्यागेर सुसमाचार फैलाउन र परमेश्‍वरको निम्ति गवाही दिन जारी राख्नुपर्छ, र मेरो जिम्मेवारी पूरा गर्न परमेश्‍वरसामु अझ धेरै मानिसहरूलाई ल्याउनुपर्छ। परमेश्‍वरको निम्ति गवाही दिने र शैतानलाई अपमान गर्ने यो नै सबैभन्दा उत्तम उपाय हो। पल्टनको अगुवाले मलाई जतिसुकै गाली वा अपमान गरोस्, मेरा कामरेडहरूले मलाई जतिसुकै उपहास गरून्, र तिनीहरूले मलाई बाँधेर रूखमा झुण्डाए पनि, मैले अझै सुसमाचार फैलाउन र परमेश्‍वरको निम्ति गवाही दिन जरूरी छ।

पछि, हाम्रो फौज फेरि पनि अर्को ठाउँमा सारियो, र त्यहाँ मेरो लागि बाहिर गएर सुसमाचार फैलाउने उपाय नै थिएन, त्यसैले मैले मेरा धेरै सैन्य ब्रदरहरूसित अनलाइनमार्फत सुसमाचार प्रचार गरेँ। मैले आफ्नो फोनमा एउटा ग्रुप बनाएँ र यी ब्रदरहरूलाई त्यस ग्रुपमा जोडेँ। मैले ध्यान अन्तै गएको बेला पल्टन अगुवाले अचानक मेरो फोन लियो, र उसले मलाई भन्यो: “यदि तिमीले परमेश्‍वरमा विश्‍वास नगर्ने भनी लिखित प्रतिज्ञाको रूपमा प्रमाणित गर्यौ भने, म तिम्रो फोन फिर्ता दिनेछु।” मैले भने: “मैले केही पनि गल्ती गरेको छैन, तर तपाईंले किन मेरो फोन खोस्नुभो?” पल्टनको अगुवाले भन्यो: “तिमीले परमेश्‍वरमाथिको आस्थालाई ज्यादै विस्तार गरेका छौ। वाका मानिसहरू तिनीहरूको पार्टीमा आस्था राख्छन्—परमेश्‍वरमा विश्‍वास गर्नु गैरकानुनी हो!” यसो भन्दै उसले एउटा बेल्चा टिपेर मलाई हान्यो। भोलिपल्ट, पल्टनको अगुवाले मेरो फोनमा मेरा ब्रदरहरू र मबीचको कुराकानीको इतिहास भेट्टायो, र परमेश्‍वरका वचनका साथै मण्डलीका चलचित्र र भिडियोहरू पनि भेट्टायो। उसले मुख्यालयका उच्च पदाधिकारीलाई यो कुरा सुनायो। कमाण्डरले मलाई सोध्यो: “तिमीले सर्वशक्तिमान् परमेश्‍वरलाई कहाँ स्विकार्यौ? मण्डलीमा तिम्रो पद के हो? तिमीले कसलाई सुसमाचार सुनाएका छौ? हाम्रा फौजमा कतिजना विश्‍वासी छन्?” तिनीहरूले मलाई प्रश्न गरिरहँदा, म डराएको थिएँ, र मेरो शरीर अलि काँपिरहेको थियो। मैले सोचेँ: “यदि मैले सत्यता बताएँ भने, म यहूदालेझैँ परमेश्‍वरलाई विश्‍वासघात गरिरहेको हुन्छु, तर बताइनँ भने, कमाण्डर र अरू मानिसहरू गएर यी ब्रदरहरूलाई तिनीहरूलाई कसले सुसमाचार सुनायो भनी सोध्नेछन्, र तिनीहरूले मैले सुनाएको भनेर भनेमा, मेरो भाग्य निश्चय नै झन् नराम्रो हुनेछ।” म हृदयमा परमेश्‍वरलाई मलाई मार्गदर्शन गर्नुहोस् र आफ्नो गवाहीमा खरो उत्रिने शक्ति दिनुहोस् भनी उहाँलाई बारम्बार प्रार्थना गरिरहेको थिएँ, ताकि मैले जतिसुकै अपमान र दुःख भोगे पनि, मैले मेरा ब्रदर-सिस्टरहरूलाई यहूदालेझैँ धोका नदिऊँ। त्यसपछि, मैले भनेँ: “सर्वशक्तिमान् परमेश्‍वरमा मेरो विश्‍वास भनेको भेला हुने र परमेश्‍वरलाई आराधना गर्ने हो।” त्यसपछि मैले तिनीहरूका कुनै पनि प्रश्नको जवाफ दिइनँ।

अन्त्यमा, तिनीहरूले मलाई फिर्ता पठाए र कारावासमा राखे। तिनीहरूले म र अरू तीनजनालाई खुट्टामा एउटै साङ्लोले बाँधे। हामी चारैजना सँगै खाने, सुत्ने र शौचालय जाने गर्थ्यौँ, र हिँड्न पनि गाह्रो हुन्थ्यो। मेरो हृदय अलि कमजोर भयो: “मलाई कारावासमा हथकडी र साङ्लोले बाँधेर राखिएको छ। गैरविश्‍वासी दौँतरीहरूले मलाई देखेमा, तिनीहरूले के सोच्लान्? के तिनीहरूले पनि मैले परमेश्‍वरमाथिको आस्थालाई हदै सम्म लगेको भन्‍नेछन्?” जब म यी कुराहरूबारे सोच्थेँ, मलाई लज्जित महसुस हुन्थ्यो र मेरो ख्याति बिग्रियो भन्‍ने लाग्थ्यो। मेरो मानसिक स्थिति खल्बलिनै लागेको थियो। म परमेश्‍वरले मलाई यस परिवेशबाट मुक्त हुन मद्दत गर्नुहोस् भन्‍ने चाहन्थेँ, र यसरी थप अपमानित हुन चाहन्नथेँ। खानेबेलामा मैले हथकडी लगाउनुपर्थ्यो, र अरू सिपाहीहरू मेरो उपहास गर्थे: “तिमी किन तिम्रो परमेश्‍वरलाई हथकडी हटाउन अनुरोध गर्दैनौ?” म शिर झुकाएर खान्थेँ, माथि हेर्ने आँट गर्दिनथेँ, र हृदयमा चुपचाप प्रार्थना गर्थेँ: “परमेश्‍वर, म पीडामा छु। मेरो कद ज्यादै सानो छ। तपाईंले मलाई मार्गदर्शन गर्नुहोस् र विश्‍वास र शक्ति दिनुहोस् ताकि मैले अरूको अपमान सामना गर्न सकूँ।” प्रार्थना गरेपछि, मलाई म अझ बलियो भएको महसुस भयो, र मैले “पछुतोरहित निर्णय” भन्‍ने भजनबारे सोचेँ:

१  इसाईहरूलाई पक्राउ गर्दै र सताउँदै, जब शैतानको दुष्टता बढ्दै जान्छ, जब सहर अँध्यारो हुन्छ र म भाग्‍नु पर्छ, जब निर्दयी पूर्वक मानव अधिकार खोसिन्छ, जब मेरो एक मात्र साथ लामो पीडादायी रात हुन्छ, म मेरो विश्‍वासमा डगमगाउनेछैन, न त सृष्टिकर्तालाई धोका नै दिन्छु। सर्वशक्तिमान्‌ साँचो परमेश्‍वर, मेरो हृदय त तपाईंकै हो। जेलले त मेरो शरीर मात्रै राख्‍न सक्छ, तर तपाईंलाई पछ्याउनबाट मलाई रोक्‍न सक्दैन। कष्टको अप्ठेरो बाटोमा, तपाईंको वचन साथमा हुँदा, छैन डर। तपाईंको प्रेमको साथ पाउँदा, मेरो हृदय तृप्त हुन्छ।

२  शैतानको यातना झन्-झन् प्रचण्ड हुँदै जान्छ। बढ्दो पीडा र वेदना आखिरमा शिखर पुग्छ। अन्तिम पलमा जब मेरो जीवनलाई लगिन्छ, तब म ठूलो रातो अजिङ्गरमा समर्पित हुनेछैन, अनि लाजमर्दो यहूदा बन्‍नेछैन। सर्वशक्तिमान्‌ साँचो परमेश्‍वर, म मृत्युसम्‍मै निष्ठावान हुनेछु। शैतानले मेरो देहलाई यातना दिन र मार्न सक्छ, तर तपाईंप्रतिको मेरो विश्‍वास र प्रेम रहिरहन्छ। जीवन र मृत्यु तपाईंकै हातमा छ। तपाईंको गवाही दिनको लागि म सबै थोक त्याग्‍नेछु। शैतानलाई लाजमा पार्न सक्छु भने त, म गुनासो नगरी मर्नेछु।

जीवनमा ख्रीष्‍टलाई पछ्याउनु अनि परमेश्‍वरको प्रेम खोज्‍नु कस्तो सौभाग्य! मसँग हृदय र प्राण भएको हुनाले, मैले परमेश्‍वरको प्रेमको ऋण तिर्नुपर्छ। परमेश्‍वरको गवाही दिन म सबै थोक त्याग्‍न तयार छु। मेरो सबै थोक परमेश्‍वरलाई दिनु मैले कहिल्यै पछुतो नगर्ने निर्णय हो।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

यस गीतले मलाई विश्‍वास दियो। अरूले मलाई जस्तो व्यवहार गरे पनि, मैले परमेश्‍वरलाई विश्‍वासघात गर्न मिल्दैनथ्यो। परमेश्‍वरलाई पछ्याउनु मैले जीवनभर नपछुताउने निर्णय हो। परमेश्‍वरको निम्ति आफ्नो गवाहीमा खरो उत्रिनलाई मैले आफ्नो ख्यातिलाई त्याग्न र सबथोक जोखिममा राख्न जरूरी छ।

विगतमा, मलाई सधैँ परमेश्‍वरको विश्‍वासी भएर उत्पीडित हुनु अपमानजनक कुरा हो भन्‍ने लाग्थ्यो, तर पछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड सम्झेँ जसले मेरो दृष्टिकोणलाई बदल्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तँ सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। यदि तैँले परमेश्‍वरको आराधना गर्दैनस् तर आफ्नै फोहोर देहमा जिउँछस् भने, के तँ मानिसको वस्त्र धारण गरेको पशु हुँदैनस् र? तँ मानिस भएकोले तैँले आफूलाई परमेश्‍वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र निर्धक्कसाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। यस संसारमा, मानिसले शैतानको वस्त्र लगाउँछ, शैतानबाट खानेकुरा लिएर खान्छ, र शैतानकै फोहोरमा कुल्चीमिल्ची भई त्यसकै अधीनमा रही काम र सेवा गर्दछ। यदि तैँले जीवनको अर्थ बुझ्दैनस् वा साँचो मार्ग प्राप्त गर्दैनस् भने, यस्तो प्रकारले जिउनुको के महत्त्व हुन्छ र? तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्ग पछ्याउँछन्, जसले सुधार खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्‍वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (२))। परमेश्‍वरका वचनमार्फत, मैले बुझेँ कि इसाईहरूलाई पक्राउ गर्ने र सताउने दियाबलसहरू परमेश्‍वरका शत्रु हुन्, र तानाशाही सरकारहरूले मानिसहरूलाई परमेश्‍वरलाई विश्‍वास गर्न र पछ्याउन दिँदैनन्, उनीहरूलाई बुद्ध र राष्ट्रपतिको आराधना गर्न र संयुक्त वा राज्य पार्टीमा विश्‍वास गर्न मात्र अनुमति दिन्छन्। तिनीहरू मानिसहरूलाई उनीहरूका आफ्नै दुई हातमा भरोसा गरेर राम्रो भविष्य कोर्न, र अध्ययन गरेर र पैसा कमाएर आफ्नो भाग्य बदल्न लगाउँथे। यस्तो ठाउँमा सुसमाचार प्रचार गर्दा सतावट र अवरोधहरू आइपर्छन्। यहाँ, जो परमेश्‍वरमा विश्‍वास गर्छन् र सुसमाचार प्रचार गर्छन् उनीहरूले सतावट, उपहास, कुटाइ र गाली, अनि जेल सजाय समेत भोग्नेछन्। तर यो सतावट धार्मिकताको लागि हो—यो दुःख अर्थपूर्ण छ। मैले यातना, उपहास र अपमान भोगिरहँदा, यदि मलाई मैले इज्जत गुमाएको छु भन्‍ने महसुस भयो र म कसैलाई पनि आँखा जुधाएर हेर्न सक्दिनँ भने, कामकुराप्रति मेरो दृष्टिकोण ठिक छैन। म एक सृष्टि गरिएको प्राणी हुँ, र परमेंश्‍वरलाई विश्‍वास र आराधना गर्नु पूर्णतया स्वाभाविक र न्यायोचित कुरा हो। सुसमाचार फैलाउनु र परमेश्‍वरको गवाही दिनु भनेको हामीलाई सृष्टिकर्ताले दिनुभएको मिसन र जिम्मेवारी हो, र यो सम्पूर्ण मानवजातिमा सबैभन्दा न्यायोचित कुरा हो। सुसमाचार फैलाउँदा सतावटमा पर्नु अपमानजनक कुरा होइन—यो धार्मिकताको लागि सताइनु हो। यो अय्यूब र पत्रुसको कथा जस्तै हो। अय्यूबले परीक्षाहरू सामना गर्दा, उनको पारिवारिक सम्पति लुटेराहरूले चोरे, उनका छोराछोरी बिते, र उनलाई शरीरभरि घाउ आयो। गैरविश्‍वासीहरूले उनलाई उपहास गरे, र उनले विश्‍वास गर्ने परमेश्‍वर झूटो हो भने, र उनकी श्रीमतीले समेत उनलाई परमेश्‍वरलाई त्याग्न र मर्न भनी, तर उनले उहाँको नाउँको उच्च प्रशंसा गर्दै अनि उहाँप्रतिको गवाहीमा खरो उत्रेर परमेश्‍वरलाई प्रार्थना गरिरहे। सुसमाचार प्रचार गर्दा पत्रुसले पनि सतावट भोगे, र अन्त्यमा, उनलाई क्रूसमा उँधोमुन्टो टाँगियो, तर उनले यो अपमानजनक कुरा हो भन्‍ने महसुस गरेनन्। उल्टै, उनले आफू भ्रष्ट मानवजातिको हिस्सा भएको र प्रभु येशूझैँ क्रूसमा टाँगिन योग्य नभएको सोचे, त्यसैले उनले क्रूसमा उँधोमुन्टो टाँगिएर प्रस्ट रूपमा परमेश्‍वरको साक्षी दिन रोजे। उनीहरूको जीवन सबैभन्दा अर्थपूर्ण जीवन थियो; परमेश्‍वरद्वारा धर्मी कहलाइनु नै सबैभन्दा ठूलो सम्मान् हो। म पनि परमेश्‍वरको अभिप्राय बुझ्छु। म आफ्नो ख्यातिबारे ज्यादै चासो राख्थेँ, र अपमानित हुने डरले आफ्ना कर्तव्यहरू गर्ने आँट गर्दिनथेँ। मेरो लागि यस्तो परिवेश बन्दोबस्त गरेर, परमेश्‍वरले मलाई मेरो आफ्नै भ्रष्ट स्वभाव अनि यी परिवेशहरूमा कामकुरामाथि मेरो गलत दृष्टिकोण चिन्न र समाधान गर्न मद्दत गरिरहनुभएको थियो। यसको उद्देश्य मलाई सिद्ध पार्नु र मुक्ति दिनु थियो, र यसले मलाई वा जनताको सरकार सत्यतालाई घृणा गर्ने र परमेश्‍वरलाई प्रतिरोध गर्ने पिशाच थियो, र तिनीहरूले मलाई जति सताए र अवरोध गरे पनि, मैले तिनीहरूसामु झुक्न मिल्दैनथ्यो भन्‍ने पनि देखायो। परमेश्‍वर यस संसार र मानवजातिको रेखदेखकर्ता हुनुहुन्छ, र मेरो भाग्य उहाँको हातमा छ। कुनै पनि देशको सरकारले मेरो भाग्य वा भविष्य बदल्न सक्दैन। मैले चिन्ता लिनु आवश्यक छैन। चाहे त्यो जतिसुकै कठिन होस्, म सधैँ परमेश्‍वरलाई पछ्याउनेछु र उहाँप्रतिको मेरो गवाहीमा खरो उत्रिनेछु। मैले यो कुरा थाहा पाएपछि, मलाई परमेश्‍वरमा विश्‍वास गर्नु र सबै दुःख जायज थियो छ भन्‍ने लाग्यो। अब ममा अरू मानिसहरूले मलाई उपहास र अपमान गर्ने डर थिएन, र खाना खान जाँदा, मलाई अरूलाई हेर्न लाज लाग्दैनथ्यो। म प्राय: परमेश्‍वरलाई प्रार्थना गर्थेँ र उहाँ मेरो साथमै हुनुहुन्छ भन्‍ने अनुभूति गर्थेँ, र हरदिन म अघिल्लो दिनभन्दा खुसी थिएँ।

आधा महिना कारावासमा बसेपछि, मलाई कोभिड-१९ सङ्क्रमण भएको पत्ता लाग्यो, त्यसैले तिनीहरूले मलाई क्वारेन्टाइनमा राख्न ब्रिगेडको हेडक्वार्टरमा लगे। जब म हेडक्वार्टर जाँदै थिएँ, तिनीहरूले मलाई एउटा हत्यारालाई भन्दा नराम्रो व्यवहार गरे। तिनीहरूले मेरा खुट्टामा तीनवटा साङ्लो बाँधे। पल्टनको अगुवा र अरू सबैले मेरो उपहास गरे: “के तिमी परमेश्‍वरमा विश्‍वास गर्दैनौ र? त्यसोभए तिमीलाई कसरी कोभिड-१९ लाग्यो? तिमी परमेश्‍वर छ भन्छौ, तर यो संसारमा कुनै परमेश्‍वर छँदै छैन।” यी कुराहरू सुन्दा, मैले खासै कमजोर महसुस गरिनँ। चाहे पल्टनको अगुवा र अरूले मलाई जतिसुकै उपहास गरून्, र अरू मानिसहरूले मलाई जुन रूपमा हेरून्, म समर्पित हुन तत्पर थिएँ। त्यसपछि, पल्टनको अगुवाले मलाई सुरक्षा शाखामा कैदमा राख्ने बतायो। मेरो हृदय डरले भरियो, किनकि सुरक्षा शाखा अत्यन्तै कठोर थियो, र म जेलमा अपमानित हुने कुराले पनि चिन्तित थिएँ। साथै, म जेल परेको भए घर जान सक्दिनथेँ। त्यो समयमा, म एउटा कोठाभित्र थुनिएँ। मसित आफ्नो फोन थिएन, र मैले परमेश्‍वरका वचनहरू पढ्न सकिनँ। त्यहाँ एउटा गितार थियो, र मैले गर्न सक्ने भनेकै गितार बजाउने र भजनहरू गाउने थियो। म परमेश्‍वरका वचनहरू खुब पढ्न चाहन्थेँ, र मैले त्यसबाट उम्कने उपाय दिनुहोस् भनेर उहाँलाई प्रार्थना गर्थेँ। धेरै दिनपछि, मैले मेरा ब्रदर इभानको फोन मागेँ र “मेरो कथा, हाम्रो कथा” भन्‍ने चलचित्र हेरेँ। चलचित्र भित्रका ब्रदरहरू परमेश्‍वरमा विश्‍वास गरेका र सुसमाचार प्रचार गरेकाले चिनियाँ कम्युनिष्ट पार्टीद्वारा पक्राउ गरिएका थिए। उनीहरूले गम्भीर यातना र सास्ती भोगे, र धेरै मानिसहरूले उनीहरूलाई अपमान गरे। उनीहरूलाई कैदको सजाय दिइयो र धेरै वर्षसम्म बन्दी बनाइयो; कतिपयलाई १० वर्षभन्दा बढी थुनियो। उनीहरूसँग कुनै स्वतन्त्रता थिएन, र हरदिन तिनीहरूलाई अधिक काम गराइन्थ्यो, तर जेलमा उनीहरू अझै पनि परमेश्‍वरलाई प्रार्थना गर्न र परमेश्‍वरका वचनहरू एकअर्कासम्म पुर्याउन सक्षम थिए। उनीहरू परमेश्‍वरलाई पालना गर्ने मनोवृत्ति राख्थे र जीवनमा सही मार्गमा हिँडिरहेको छु भन्‍ने थाहा पाउँथे। उनीहरू सबै आस्था राख्थे र परमेश्‍वरप्रतिको गवाहीमा खरो उत्रन्थे। उनीहरूले परमेश्‍वरका वचनहरू पढेको सुन्दा म अत्यन्तै भावुक भएँ। मैले उनीहरूलाई साँच्चै प्रशंसा गरेँ। उनीहरूले ज्यादै दुःख भोगे तर पनि उनीहरू आफ्नो आस्थामा अडिग रहन, परमेश्‍वरलाई पछ्याउन र कहिल्यै पछि नहट्न सक्षम थिए। तर जब मैले अरूको अपमान, कुटाइ र गाली पाएँ, मैले त्यो सहनै सकिनँ। मलाई कैद गरिने डर थियो, र म अलिकति दुःख पाउनेबित्तिकै आफ्नो इच्छाशक्ति गुमाउँथेँ, परमेश्‍वरले मलाई यस्तो परिवेशबाट मुक्त हुन मद्दत गर्नुहोस् भन्‍ने चाहन्थेँ। मलाई म परमेश्‍वरप्रति ऋणी छु भन्‍ने लाग्यो, र मैले परमेश्‍वरले मलाई थप एउटा मौका दिनुहुनेछ भन्‍ने आशा गरेँ। मलाई जतिसुकै वर्ष कैद गरिए पनि, र जति ठूलो अपमान भए पनि, म समर्पित भएर त्यसलाई सामना गर्नेथिएँ। म १० दिनभन्दा बढी क्वारेन्टाइनमा बसेपछि, अग्रपङ्क्तिबाट फर्केकाहरूले निर्धारित एक महिने छुट्टी लिने समय भयो। सेनाले मलाई पनि यो छुट्टी दिनेछ भनेर मैले अपेक्षा गरेको थिइनँ। एउटा गैरविश्‍वासी दौँतरीले भन्यो: “हेर त, आइडनले एउटा गल्ती गर्यो र ऊ श्रम सुधारमा छ, तर उसको छुट्टी हाम्रोभन्दा चाँडो आएछ।” म परमेश्‍वरप्रति निकै कृतज्ञ थिएँ। मलाई म धेरै वर्ष थुनामा रहनेछु भन्‍ने लागेथ्यो, र छुट्टी लिएर घर फर्कन सक्छु भन्‍ने मैले अपेक्षा गरेको थिइनँ। मैले परमेश्‍वरका अचम्मका कार्यहरू देखेँ, र उहाँको सर्वशक्तिमानता र शासन देखेँ। म जानुभन्दा पहिले, कमाण्डरले मलाई घर गएर सुसमाचार प्रचार नगर्न भन्यो। मैले सोचेँ: “मैले सेनाहरूलाई सुसमाचार प्रचार गर्दा, तैँले मलाई नियन्त्रणमा राखिस् र कुटिस्। अब त म घर जाँदै छु, मसित परमेश्‍वरलाई गवाही दिने यस्तो राम्रो अवसर छ—म यसलाई कसरी गुमाउन सक्छु? म आफ्नो सारा ऊर्जा सुसमाचार प्रचार गर्नमा खर्चनेछु; म तैँले भनेको एउटा सानो कुराद्वारा पनि प्रभावित हुनेछैन।” घर पुगेपछि, मैले एउटा गाउँमा गएर सुसमाचार फैलाउन मेरा ब्रदर-सिस्टरहरूलाई भेला गर्न थालेँ। त्यो समयमा, परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकार्ने मानिसहरू ६ जना थिए। म सेनामा फर्केको १० दिनभन्दा बढी भएपछि, पल्टन अगुवाले मलाई एउटा चेकप्वाइन्टको पहरेदारको पदमा सरुवा गर्यो। म परमेश्‍वरप्रति निकै कृतज्ञ थिएँ। पहिले, म सेनामा निकै व्यस्त हुन्थेँ, र सुसमाचार प्रचार गर्न मसित धेरै समय हुँदैनथ्यो। म यस पदमा आइपुगेपछि, अब म त्यति व्यस्त थिइनँ, र सुसमाचार प्रचार गर्न मसित प्रशस्त समय थियो। सेनाको सतावट कहिल्यै नरोकिए पनि, म सुसमाचार प्रचार गर्न र परमेश्‍वरको गवाही दिनमा अझै लागिपरेँ, र परमेश्‍वरको मुक्ति प्राप्त गर्न उहाँसामु अझ धेरै मानिसहरू ल्याएँ।

सुसमाचार प्रचार गर्ने क्रममा, मैले केही दुःख भोगेको, अपमान, कुटाइ र गाली सहेको, र मलाई कारावासमा पनि राखिएको भए पनि, मैले मेरो आफ्नै भ्रष्टता र मेरो कमीकमजोरीका साथै परमेश्‍वरको प्रेम देखेँ। मैले जेजस्ता परिस्थितिहरू सामना गरे पनि, परमेश्‍वरका वचनहरूले हरेक पटक मलाई मार्गदर्शन गर्थे, र मलाई मेरो आडम्बर र ख्यातिलाई त्याग्न र अघि बढिरहने आस्था र शक्ति राख्न लगाउँथे। यी अनुभवहरूले मलाई सुसमाचार प्रचार गर्ने नाममा दुःख र सतावट भोग्नु अर्थपूर्ण कुरा हो भनेर प्रत्यक्ष देखाए। परमेश्‍वरलाई पछ्याउनु, आफूलाई उहाँप्रति अर्पित गर्नु, र आफ्नो कर्तव्य पूरा गर्नु नै व्यक्तिले पाउन सक्ने सबैभन्दा अर्थपूर्ण जीवन हो।

अर्को: ३. आशिष् पछ्याउँदा आएको जागरण

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६४. पतनअघि अहङकार आउँछ

क्षिन्‍जिए, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले...

१५. झुटहरू पश्‍चात्

चेन शी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा,...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्