सत्यतालाई अभ्यास गर्नु नै सामञ्जस्यतापूर्ण समन्वयको कुञ्जी हो

डोङ्गफेङ्ग, अमेरिका

अगस्त २०१८ मा, मेरो काम ब्रदर वाङसित फिल्मसम्बन्धी सरसामग्री बनाउनु थियो। पहिले त, मैले नजानेको कति धेरै कुरा छ भनी मैले महसुस गरेँ, त्यसैले मैले हरसमय ब्रदर वाङसित सहायता मागेँ। केही समयपछि, मैले कामको बारेमा बुझेँ। साथै, मैले इन्टेरियर डिजाइन अध्ययन गरेको थिएँ र भवन-निर्माणसम्बन्धी काम गरेको थिएँ, अनि मसित सिकर्मीको केही अनुभव पनि थियो। त्यसैले मैले धेरै समय नलगाइकनै आफैले फिल्मको सरसामग्री बनाउन सकेँ। तब मैले महसुस गरेँ कि ब्रदर वाङ इन्टेरियर सेट डिजाइन गर्नमा सिपालु हुनुहुन्छ, तर फिल्मको वास्तविक सरसामग्री बनाउनु उहाँको विशिष्टता थिएन। त्यसैले त्यस सम्बन्धमा जब हाम्रा भिन्न भिन्न विचारधाराहरू भए, मैले उहाँको कुरा सुन्न चाहिनँ। फिल्मका सरसामग्री बनाउनुमा म उत्तम छु र मेरा योजनाहरू उहाँका भन्दा उत्तम छन् भनी मैले सधैँ सोच्ने गर्थें। विस्तारै, हामीबीच धेरैभन्दा धेरै मतभिन्नता हुन थाल्यो अनि कहिलेकाहीँ एउटा सानो टुक्रा काठलाई के गर्ने भन्ने विषयमा हामी लामो समयसम्म झगडा गर्थ्यौं। हाम्रो सम्बन्धको खातिर म प्रायः झुक्थेँ, तर म सही थिएँ भनी मैले सधैँ महसुस गरेँ। केही समयपछि मैले साँच्चिकै दयनीय महसुस गरेँ, अनि उहाँसित कति पनि काम गर्न चाहिनँ।

एक समयमा जब एउटा फिल्मको लागि हामीलाई एउटा खरको छत भएको झुपडी बनाउनुपर्यो तर हामीसित खम्बाको लागि कुनै टिकाऊ काठ थिएन, त्यसैले त्यसलाई हामी आफैले बनाउनुपर्यो। यसको लागि हामीले आफ्ना विचारहरूमाथि छलफल गर्यौं। मैले भनेँ हामीले खम्बाको लागि पहिले ढाँचा बनाउनुपर्छ, त्यसपछि त्यसमा रोडाहरू हाल्नुपर्छ अनि ती मजबुत हुनेछन्। तर ब्रदर वाङले भन्नुभयो कि खम्बाहरू अति नरम हुनेछन्, अनि यथार्थपरक हुनेछैनन्, र यदि हामीले कुनै रद्दी कपडा प्रयोग गर्यौं भने हामीले रूखको मुढाको ढाँचा र नमूना नक्कल गर्न सक्थ्यौँ। मैले सोचेँ, “मैले भवन-निर्माणमा काम गरेको छु र सिमेन्टको खम्बामा त्यस्तो कपडा प्रयोग गरेको मैले कहिल्यै देखेको छैनँ। त्यो जस्तोसुकै देखिएतापनि त्यसको मोटाइलाई नियन्त्रण गर्न गाह्रो हुनेछ अनि यो धेरै मजबुत हुनेछैन।” त्यसैले मैले उहाँको विचारलाई इन्कार गरेँ, तर उहाँले त्यसलाई अझै कोशिश गर्न चाहेको कुरा भन्नुभयो। जब उहाँले मेरो सुझाव स्वीकार नगर्नुभएको मैले देखेँ, तब म प्रतिरोधी भएँ। मैले सोचेँ, “किन तपाईं मेरो कुरा सुन्नुहुन्न? यसले केही फरक पर्दैन—जे भएपनि म नै ठीक छु। परिणामहरू आफैले बोल्नेछ। यदि यो ढल्छ र असफल हुन्छ भने मैले चेतावनी दिइनँ भनी नभन्नुहोला।” हामी सहमतिमा पुग्न सकेनौँ, त्यसैले हामी दुवै निस्क्यौँ र आफ्नै प्रकारले काम गर्यौं। मैले मध्यान्हभरि काम गरेँ र एउटा खम्बा बनाउन लगाएँ। ब्रदर वाङको खम्बा कस्तो देखिने हो, अनि हामी दुवैका खम्बाहरू उस्तै देखिन्छ की भनेर म सोचिरहेको थिएँ किनकि हामी दुवैले आ-आफ्नै प्रकारले काम गरेका थियौँ। यसरी विचार गर्दा मैले अलि असजिलो महसुस गरेँ, त्यसैले म उहाँको खम्बा हेर्न गएँ। जब म त्यहाँ पुगेँ, मैले उहाँको खम्बा साँच्चिकै कति पनि राम्रो देखिनँ। त्यस समयमा मैले सोचेँ, “मैले तपाईंलाई त्यसले काम गर्नेछैन भनेर भनेको थिएँ तर तपाईंले मेरो कुरा सुन्नुभएन, अब मेरो विचार तपाईंको भन्दा उत्तम छ भनी प्रष्ट भएको छ।” तब मैले ब्रदर वाङलाई भनेँ, “ब्रदर वाङ, यो खम्बा मोटो जस्तो छ। हामीले बनाउँदै गरेको खरको झुपडी ठुलो छैन, के यो उपुयुक्त होला त? त्यसमा थुप्रै चिराहरू पनि छन्, यो धेरै मजबुत देखिँदैन। हामी प्रत्येकले बनाएको खम्बाहरू अति फरक देखिन्छन्। हामीले कसरी त्यसलाई फिल्मांकनको लागि प्रयोग गर्न सक्छौँ र? यसलाई यस्तो प्रकारले नगरिराख्नुहोस्। के हामीले मेरो विचारअनुसार काम गर्न हुँदैन र?” उहाँले यसो भनेको सुन्दा म छक्कै परेँ, “मेरो खम्बा अलि मोटो छ, तर यो त्यति ठूलो कुरा होइन। तपाईंको सिमेन्टको खम्बा रूखको मुढा जस्तो देखिँदैन। यसमा पछि अझ धेरै काम गर्नुपर्नेछ।” जब मैले देखेँ कि उहाँ मेरो कुरा ग्रहण नगर्ने मात्र होइन तर उहाँले त मैले राम्रो काम गरेको छैन भनेर भन्नुभयो, मैले साँच्चिकै अप्ठ्यारो महसुस गरेँ। मैले सोचेँ, “तपाईंसित कुरा गर्न किन यति विघ्न गाह्रो छ? तपाईंसित काम गर्न असम्भव छ!” बेलुकीको खानापछि म कम्प्युटरको छेउमा बसेँ अनि दिनभरिको कुरा सम्झेँ। मैले अलि उदास महसुस गरेँ। मैले सोचेँ कि ब्रदर वाङ स्पष्ट रूपले भुलमा हुनुहुन्छ अनि उहाँ सधैँ मसित टक्कर लिँदै हुनुहुन्छ। म उहाँसित अब साँच्चि नै कुनै काम गर्न चाहन्न थिएँ। तर त्यसबेला मैले चाल पाएँ कि म एउटा कुरादेखि पन्छिदै थिएँ, म अधीनतामा बसेको थिइनँ। मैले धेरै नै विवादित र उदास महसुस गरेँ, त्यसैले म प्रार्थनामा परमेश्‍वरको सामु आएँ, आफैलाई जान्नको निम्ति डोर्याउनुहोस् ताकि ब्रदर वाङसित म राम्रोसित काम गर्न सकूँ भनेर परमेश्‍वरसित विन्ती गरेँ।

त्यसपछि म मण्डलीको वेबसाइटमा गएँ र समन्वयात्मक सेवाको बारेमा परमेश्‍वरका केही वचनहरू पढेँ। परमेश्‍वर भन्नुहुन्छ: “आजभोलि धेरै मानिसहरूले अरूसित सहकार्य गर्दा के-कस्ता पाठहरू सिक्नुपर्छ भनेर ध्यान दिँदैनन्। तिमीहरूमध्ये धेरैले अरूसित सहकार्य गर्दा पाठहरू सिक्न सक्दैनौ भनेर मैले पत्ता लगाएको छु; तिमीहरूमध्ये धेरै जना तिमीहरूका आफ्नै विचारहरूमा लागिरहन्छौ। मण्डलीमा काम गर्दा, तँ आफ्नो विचार पोख्छस् अनि अरू कसैले तिनीहरूका आफ्नै विचारहरू पोख्छन्, अनि एउटाको अर्कोसित कुनै सम्बन्ध हुँदैन; तिमीहरूले वास्तवमा केही सहकार्य नै गर्दैनौ। सानो मात्रामा नै भएपनि जीवनको खोजी नगरिकन तिमीहरू सबै केवल आफ्नै अन्तर्दृष्टिहरूलाई व्यक्त गर्नुमा वा तिमीहरूले आफूभित्र बोकेका ‘बोझहरू’ लाई फुकाउनुमा नै मग्न हुन्छौ। अरू कसैले के भन्छ वा गर्छ भन्ने कुराको पर्बाह नगरी तँ सधैँ आफ्नै बाटोमा हिँड्नुपर्छ भनी विश्‍वास गर्दै तैँले झारा टार्ने हिसाबले मात्रै काम गरिरहेको देखिन्छ; अरूका परिस्थितिहरू जस्तोसुकै भए तापनि त्यसलाई पर्बाह नगरीकन, पवित्र आत्माले अगुवाइ गर्नुभएअनुसार तैँले सङ्गति गर्नुपर्छ भन्‍ने तँलाई लाग्छ। तँ अरूका बलिया पक्षहरू पत्ता लगाउन सक्षम छैनस्, अनि न त तँ आफैलाई जाँच्न सक्षम छस्। तिमीहरू जसरी काम-कुराहरूलाई स्वीकार गर्छौ, त्यो साँच्चि नै पथभ्रष्ट र भ्रमपूर्ण छ। यसो भन्न सकिन्छ कि अहिले पनि तिमीहरूले अझै प्रशस्त स्व-धार्मिकता प्रदर्शन गर्दछौ, मानौँ तिमीहरू पुरानै बिमारीको दशामा फर्केका जस्तो छौ” (वचन देहमा देखा पर्नुहुन्छको “इस्राएलीहरूले जस्तै सेवा गर्”)। “दाजुभाइ तथा दिदीबहिनीहरूमाझको समन्वय एउटाको कमजोरीहरूलाई अर्काको बलिया पक्षहरूसित सन्तुलित गर्ने प्रक्रिया हो। तैँले आफ्ना बलिया पक्षहरूलाई अरूहरूका कमजोरीहरू पूर्ति गर्नलाई प्रयोग गर्छस्, अनि अरूहरूले तेरा कमजोरीहरूलाई पूर्ति गर्न आफ्ना बलिया पक्षहरूलाई प्रयोग गर्छन्। यो भनेको एउटाको कमजोरीहरूलाई अर्काको बलिया पक्षहरूले सन्तुलित गर्नु र सामञ्जस्यतापूर्वक सहकार्य गर्नु हो। केवल सामञ्जस्यतापूर्वक सहकार्य गर्दा मात्र मानिसहरू परमेश्‍वरको सामु आशिषित हुन सक्छन्, अनि जति बढी यसलाई कसैले अनुभव गर्दछ, त्यति नै बढी व्यवहारिकता तिनीहरूसँग हुनेछ, मार्ग अझ चहकिलो बन्दछ, र तिनीहरूले त्यति नै बढी सहजता महसुस गर्छन्। यदि तँ अरूसित सधैँ कडा विवाद गर्छस् भने, अनि सधैँ अरूबाट अविश्वस्त रहन्छस् जसले कहिल्यै तेरो कुरा सुन्न इच्छा गर्दैन; यदि तैंले अरूको शान बढाउने कोशिस गर्छस्, तैपनि तिनीहरूले तेरो लागि उही कुरा गर्दैन भने, तैंले असहनीय अनुभुति गर्छस्; यदि कसैले केही भनेको कुरालाई लिएर तैँले तिनीहरूलाई असजिलो ठाउँमा ल्याएर खडा गर्छस्, अनि तिनीहरूले त्यस कुरालाई सम्झिन्छन्, अनि अर्कोपल्ट एउटा विषय उठ्दा, तिनीहरूले तँलाई त्यही गर्छन्—के तैँले गरिरहेको कुरालाई तेरो बलिया पक्षहरूले एक अर्काको कमजोरीलाई सन्तुलन र सामञ्जस्यतापूर्वक सहकार्य गरेको भन्न सकिन्छ र? यसलाई कलह भनिन्छ, र तेरो तातो रगत र भ्रष्ट स्वभावहरूबाट जिएको भनिन्छ। यसले परमेश्‍वरको आशिष प्राप्त गर्न सक्दैन, यसले उहाँलाई प्रसन्न तुल्याउन सक्दैन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सामञ्‍जस्यपूर्ण समन्वयको विषयमा”)। परमेश्‍वरका यी वचनहरूले मलाई देखायो कि ब्रदर वाङ र म एक आपसमा मिलिरहेका थिएनौँ किनकि म मेरो अहङ्कारी स्वभाव र स्व-धर्मी स्वभावभित्र जिइरहेको थिएँ। हाम्रो काममा म सधैँ मेरो निर्णय अन्तिम भएको चाहन्थे। फिल्मको सरसामग्री बनाउनु ब्रदर वाङको भन्दा विशेष रूपले मेरो नै बलियो पक्ष छ भनी म सधैँ सोच्थेँ, त्यसैले म सधैँ आफ्नो वरिष्ठता देखाउन चाहन्थेँ र उहाँले मेरो कुरा सुनेको, मैले जे भनेँ उहाँले त्यो गरेको म चाहन्थेँ। जब उहाँले खम्बाहरूको निम्ति एउटा सुझाव पेश गर्नुभयो, मैले त्यसको जाँचबुझ नगरीकनै तुरून्तै इन्कार गरिदिएँ। मैले उहाँलाई तुच्छ नजरले हेरेँ अनि उपेक्षा गरेँ। उहाँसित कुनै दक्षता छैन, त्यसैले उहाँका सुझावहरू विचार गर्न लायक थिएन भनी मैले सोचेँ। जब उहाँका खम्बाहरू राम्रा छैनन् भनी मैले देखेँ म सही थिएँ भनी मैले सोचेँ, त्यसैले मनमनै उहाँको कामलाई मैले तुच्छ सम्झेँ अनि उहाँ मसित मिलेर अघि बढेको मैले चाहेँ। जब उहाँले मेरो योजनामा कमी कमजोरीहरू औँल्याउनुभयो मैले त्यसलाई स्वीकार गरिनँ वा उहाँसित कुनै समाधान खोज्ने पनि कोशिश गरिनँ। म विरोधी भएँ र उहाँसित अब कुनै काम गर्न पनि चाहिनँ। म आफैलाई ठीक प्रमाणित गर्न मात्र बोलिरहेको र व्यवहार गरिरहेको थिएँ ताकि उहाँलाई मेरो साथमा लिएर जान सकूँ। त्यो पूर्ण रूपले अहङकार र स्व-धार्मिकताको शैतानी स्वभाव थियो। परमेश्‍वरका यी वचनहरू विशेष रूपले उपयुक्त छन्ः “के तैँले गरिरहेको कुरालाई तेरो बलिया पक्षहरूले एक अर्काको कमजोरीलाई सन्तुलन र सामञ्जस्यतापूर्वक सहकार्य गरेको भन्न सकिन्छ र? यसलाई कलह भनिन्छ, र तेरो तातो रगत र भ्रष्ट स्वभावहरूबाट जिएको भनिन्छ। यसले परमेश्‍वरको आशिष प्राप्त गर्न सक्दैन, यसले उहाँलाई प्रसन्न तुल्याउन सक्दैन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सामञ्‍जस्यपूर्ण समन्वयको विषयमा”)। उहाँको वचनहरूबाट मैले महसुस गरेँ कि परमेश्‍वर त्यस्ता प्रकारका मानिसहरूदेखि विरक्त हुनुहुन्छ। परमेश्‍वरले मेरो निम्ति ब्रदर वाङसित काम गर्ने व्यवस्था मिलाउनुभएको थियो, यो आशामा कि हामीले एक अर्काको कमजोरीहरूलाई पूर्ति गर्न सकौँ र हाम्रो काम राम्रोसित गर्न सकौँ। तर मैले अहङ्कारले भरिएर मात्र बोलेँ र व्यवहार गरेँ, सधैँ यो सोच्दै कि म नै ठीक थिएँ र अन्तिम निर्णय मैरै हुनुपर्छ। अरूहरूले कसैको विचारहरू स्वीकार नगरी मेरा विचारहरू मानौँ ती सत्य नै भए जस्तो गरी पछ्याएको म चाहन्थेँ। परमेश्‍वरले त्यस्तो प्रकारको स्वभावलाई घृणा गर्नुहुन्छ। त्यसको बारेमा सोच्दा म अफसोस र दोषीभावनाले भरिएँ, त्यसैले म यो प्रार्थना लिएर परमेश्‍वरको सामु आएँ। “हे परमेश्‍वर, मेरो अहङकारको कारणले म अरूसित राम्रोसित काम गर्न सकेको छैनँ अनि यसले मेरो कामलाई प्रभावित गरेको छ। परमेश्‍वर, म पश्चाताप गर्न चाहन्छु। म आफैलाई एकातिर पन्छाउन चाहन्छु र हाम्रो काम राम्रोसित गर्न मेरो ब्रदरसित काम गर्न चाहन्छु।”

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूबाट अर्को खण्ड पढेँ। “कहिलेकहीं, एउटा कर्तव्य पूरा गर्न सहकार्य गर्दा दुई व्यक्तिमा सिद्धान्तको विषयमा विवाद हुन्छ। उनीहरूका दृष्टिकोण भिन्नाभिन्नै हुन्छन् र उनीहरू फरकफरक विचारमा पुग्छन्। त्यस्तो अवस्थामा के गर्न सकिन्छ? के यो बारम्बार हुने समस्या हो? यो एक सामान्य घटना हो, जुन मानिसहरूका दिमाग, क्षमता, अन्तर्दृष्टि, उमेर, र अनुभवहरूको भिन्नताको कारण घटित हुन्छ। दुईजना व्यक्तिको दिमागमा ठ्याक्‍कै उस्तै विषय हुनु असम्भव हुन्छ, यसैले दुईजना व्यक्ति फरकफरक विचार र रायमा पुग्‍नु एक सामान्य र अति नियमित रूपमा भइरहने घटना हो। यस विषयमा तँ आफै अलमलमा पर्नु वा चिन्तित हुनु हुँदैन। महत्त्वपूर्ण प्रश्न यो हो कि जब त्यस्तो समस्या उत्पन्न हुन्छ, तैँले सहकार्य गर्नुपर्छ र परमेश्‍वरसामु एकता र विचारको ऐकमत्य ल्याउन खोज्नुपर्छ। सर्वसम्मत राय हुनुको उद्देश्य के हो? यो भनेको यस सम्बन्धमा सत्य सिद्धान्तहरू खोज्नु हो, र तेरो आफ्नै वा अरू कसैका अभिप्रायहरूअनुसार काम गर्नु होइन, बरु एकसाथ मिलेर परमेश्‍वरका अभिप्रायहरूको खोजी गर्नु हो। सामञ्‍जस्यपूर्ण सहकार्य गर्ने मार्ग यही नै हो। जब तँ परमेश्‍वरका अभिप्रायहरू र उहाँले आवश्यक गर्नुभएका सिद्धान्तहरूको खोजी गर्छस, तब तैँले एकता प्राप्त गर्न सक्‍नेछस्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सामञ्‍जस्यपूर्ण समन्वयको विषयमा”)। परमेश्‍वरका यी वचनहरू पढिसकेपछि, मैले देखेँ कि हाम्रो सहकार्यमा सहमति पुग्न, हामीले एक व्यक्तिको विचारहरू मात्र पछ्याउन सक्दैनौँ, तर हामीले सत्यताका सिद्धान्तहरूको निम्ति पनि संघर्ष गर्नुपर्छ। साँच्चिकै सामञ्जस्यतापूर्ण सहकार्य भन्नाले सत्यतालाई खोजी गर्नु हो र सिद्धान्तअनुसार काम गर्नु हो भन्ने हुन्छ। ब्रदर वाङ र मेरा भिन्न भिन्न अनुभवहरू, ज्ञान र प्राविधिक सीपहरू भएकोले, हाम्रो काममा भिन्दाभिन्दै दृष्टिकोणहरू हुनु स्वभाविक थियो। मैले आफैलाई एकातिर पन्छाउन सिक्नु पर्थ्यो र उहाँको साथमा सिद्धान्तहरू खोजी गर्नु पर्थ्यो। हामीले सत्यताको अधीनतामा सुम्पिनुपर्थ्यो र परमेश्‍वरको घरको कामलाई थाम्नुपर्थ्यो ताकि हामीले हाम्रो काममा पवित्र आत्माको अगुवाइ प्राप्त गर्न सकौँ। यो कुरा महसुस गरेर, मैले ब्रदर वाङसित अर्को दिन सङ्गतिमा खुल्ने योजना बनाएँ, ताकि हामीले सँगै फिल्मको सरसामग्री कसरी बनाउने भन्नेबारे हल निकाल्न सकौँ। म छक्कै परेँ जब भोलिपल्ट उहाँ मलाई खोजी गर्न आउनुभयो अनि भन्नुभयो कि उहाँ पनि हठी हुनुभएको थियो अनि उहाँको योजना राम्रो थिएन। उहाँले बनाउनुभएको खम्बा उहाँले भत्काउनु पनि भएको थियो। अनि मेरो विचारअनुसार गर्न उहाँ तयार हुनुहुन्थ्यो। जब उहाँले भन्नुभएको कुरा मैले सुनेँ, तब मैले लज्जित महसुस गरेँ। म पनि मेरो अवस्था र बुझाइको बारेमा ब्रदर वाङसित खुलेँ अनि जब हामी दुवैले आफ्ना अहमहरूलाई जान दियौँ, हामीबीचको बाधा हट्यो। त्यसपछि मैले मेरो काममा आफ्नै अपर्याप्तताहरू देखेँ। मैले बनाएको खम्बा साँच्चिकै अति नरम थियो अनि त्यो वास्तविक रूखको मुढा जस्तो देखिँदैनथियो। यसलाई अझ एक चरणको बदलावको आवश्यकता थियो। म यसलाई ब्रदर वाङसित छलफल गर्न गएँ र हामीले चाँडै हल भेट्टायौँ। हामी हरेकले एक अर्काको कमजोरीहरूलाई पूर्ति गर्यौ, अनि एक दिनमा तीनवटा खम्बाहरू बनायौँ। अघि, हामीले दुईवटा खम्बाहरू बनाउन दिनको अधिकांश समय लगाएका थियौँ, अनि कसैको पनि ठीक थिएन। यो झन् बढी कुशल थियो। सत्यतालाई अभ्यास गर्नु र दाजुभाइ तथा दिदीबहिनीहरूसित सहकार्य गर्नु कति महत्वपूर्ण छ भनी मैले महसुस गरेँ। तर म यति अहङ्कारी र स्व-धर्मी थिएँ कि लामो समय नबित्दै, अरूहरूसित काम गर्दा मेरा अरू समस्याहरू भए।

एकदिन ब्रदर लीसित दाजुभाइ र दिदीबहिनीहरूलाई झरीबाट ओत दिन तम्बु खडा गर्ने काम गर्दै थिएँ। मैले हाम्रो छलफलमा एउटा पद्धतिको बारेमा सुझाएँ, जुन उहाँले साँच्चिकै मन पराउनुभयो। त्यस क्षणमा, मैले सोचेँ, “मैले भवन-निर्माणमा पहिले काम गरेको छु, त्यसैले मैले यसलाई निश्चय नै तपाईंभन्दा राम्रोसित बुझ्दछु।” तर त्यसको लगत्तै, उहाँले एउटा चिन्ता उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हामीसित अहिले केवल १६ वटा धातुका खम्बाहरू छन्। के हामीसित यस योजनाको लागि पर्याप्त छ त? के यो पक्का हुनेछ र? के यो सुरक्षित हुनेछ र?” मैले सोचेँ, “यो एउटा त्रिकोणात्मक संरचना हो। के तपाईंले त्रिकोणात्मक संरचनाको मजबुतीको बारेमा सिक्नुभएको छैन? यो साँच्चिकै दृढ हुनेछ, कुनै समस्या छैन।” त्यसैले मैले उपेक्षापूर्ण ढङ्गले प्रत्युत्तर दिएँ, “समस्या हुनेछैन भनी सय प्रतिशत ग्यारेन्टी छैन, तर हामीसित १० दर्जाको आँधी नआएसम्म यो ठीकै हुनेछ।” तब मैले एउटा खाका कोरेको र सविस्तार बताएको उहाँले चाहनुभयो। अनि मैले आफ्नो धैर्य गुमाएँ र भनेँ, “आवश्यक छैन। नक्शा मेरो दिमागमै छ र यो ठीक प्रकारले हुनको निम्ति म सुनिश्चित गर्नेछु।” त्यस भन्दा बढी केही भनिएन। अर्को मन्ध्यान्ह जब हामीले तम्बु बनाउन लाग्यौँ, अर्को ब्रदरले सुझाउनुभयो कि छानो जोगाउन हामीले पहिले दुईवटा धातुका खम्बाहरू खडा गर्नुपर्छ, त्यसपछि बाहिरी भागहरू खडा गर्नुपर्छ। जब मैले यो सुनेँ, मैले सोचेँ, “त्यसले पक्कै धेरै समय लाग्नेछ। मैले यसको बारेमा धेरै चोटि विचार गरेको छु र मेरो तरिका नै सबैभन्दा उत्तम पद्धति हुनुपर्छ। तपाईं यहाँ नयाँ हुनुहुन्छ र तपाईं छलफलमा संलग्न हुनुभएको थिएन। मेरो योजना निश्चय नै उत्तम छ।” त्यसैले मैले उहाँलाई भनेँ, “यो त धेरै ढिलो हुनेछ। ती दुईवटा खम्बाहरू पछि ढलाइनुपर्नेछ, त्यसैले पछाडिबाट बनाउनु छिटो हुनेछ।” जब उहाँको धारणा स्वीकार गर्ने मेरो कुनै विचार नभएको उहाँले देख्नुभयो, उहाँले बढी केही कुरा गर्नुभएन, त्यसैले मैले मेरो योजनाअनुसार तम्बु बनाउन सुरू गरेँ। जब म भर्याङ्गको टुप्पोमा पुगेँ मैले धातुको खम्बामाथिको पकड़ एक्कासी खुकुलो भएको देखेँ अनि खम्बा ढल्यो। भाग्यवश यो घाँसमाथि ढल्यो, कुनै व्यक्ति वा कुनै कुरामाथि होइन। एकछिन मेरो मुटुको धड्कन नै रोकियो। “के भयो?” म चकित भएँ। “मैले निश्चय नै त्यसलाई कसेको थिएँ, त्यसोभए कसरी यो त्यत्तिकै ढल्न सक्यो? कसैले सायद सीधा गरी पक्रेर राखेन होला, त्यसैले पकड राम्रोसित कसिलो हुन सकेन।” मेरो त्यस्तो एकपक्षीय सोच थियो र मैले त्यसलाई गम्भीर रूपमा लिइनँ। मैले त्यसलाई आफ्नै विचारअनुसार बनाउँदै रहेँ। त्यसैबेला, उठाइसकेको खम्बा मैतर्फ ढल्यो म ठ्याक्कै भर्याङ्गमाथि उभिरहेको थिएँ। म भर्याङ्गभन्दा छ फिटमुनि खसेँ। भाग्यको कुरा, मलाई चोट चाहिँ लागेन। तब मैले महसुस गरेँ कि यी दुई दुर्घटनाहरू त्यत्तिकै भएका होइनन्। यदि परमेश्‍वरको वास्ता र सुरक्षा नहुँदो हो त, कुनै पनि खम्बाबाट चोट लाग्ने परिणाम भयानक हुनेथियो। यसको बारेमा सोच्दा मैले धेरै नै दोषी र डरको अनुभूति गरेँ। र म चाँडै प्रार्थनामा परमेश्‍वरको सामु आएँ। “हे परमेश्‍वर, आज कामकुरा बिग्रँदै गइरहेका छन्। यसको पछाडि तपाईंको राम्रो इच्छा छ र मैले सिक्नको निम्ति यसमा एउटा पाठ छ भनी म जान्दछु, तर मैले के खोजी गर्नुपर्छ भनी मलाई थाहा छैन। कृपया तपाईंको इच्छा जान्न मलाई अगुवाइ गर्नुहोस् र अन्तर्दृष्टि दिनुहोस्।” प्रार्थना गरिसकेपछि मैले परमेश्‍वरका वचनहरू विचार गरेँ: “जब-जब तँ केही गर्छस्, तब त्यो सधैँ गलत हुन जान्छ वा तेरो सामु बाधा खडा हुन्छ। यो परमेश्‍वरको अनुशासन हो। कहिलेकहीँ, जब तँ परमेश्‍वरप्रति अनाज्ञाकारी र विद्रोही कार्य गर्छस् त्यो अरू कसैलाई थाहा नहुन सक्छ—तर परमेश्‍वरलाई थाहा हुन्छ। उहाँले तँलाई त्यसै छोडिदिनुहुनेछैन, उहाँले तँलाई अनुशासनमा राख्‍नुहुनेछ” (वचन देहमा देखा पर्नुहुन्छको “सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ”)। यी वचनहरू मेरो मनमा घुमि नै रह्यो, “यो अरू कसैलाई थाहा नहुन सक्छ—तर परमेश्‍वरलाई थाहा हुन्छ। उहाँले तँलाई त्यसै छोडिदिनुहुनेछैन, उहाँले तँलाई अनुशासनमा राख्‍नुहुनेछ।” तब तम्बु बनाउने कुरामा मेरा दाजुभाइहरूप्रति म कति उपेक्षापूर्ण छु भन्ने कुरा मैले महसुस गरेँ। मैले उहाँका सुझावहरूलाई पटक्कै ध्यान दिएको थिइनँ तर त्यसलाई तुरून्तै इन्कार गरेको थिएँ। म सही थिएँ त्यसैले मैले चाहेको कुरा हामीले गर्नुपर्छ भनी मैले सोचेँ। के त्यो अति मेरो अहङ्कार होइन र? यो बनाइँदै गरेको बेलामा नै यो जोखिमपूर्ण भइसकेको थियो। यदि यो यसको तल रहेका अभिनेताहरूमाथि ढलेको भए परिणामहरू असोचनीय हुनेथियो। त्यही सोचमा, मैले परमेश्‍वरसित मेरो विचार परिवर्तन गर्नुहोस् भनी प्रार्थना गरेँ। तब मैले प्रभु येशूले भन्नुभएको केही कुरा सम्झेँ: “यदि पृथ्वीमा तिमीहरूमध्ये दुई जना आफूले माग्‍ने कुरामलाई छुँदै सहमत भएर माग्यौ भने स्वर्गमा हुनुहुने मेरा पिताले तिनीहरूको निम्ति त्यो गरिदिनुहुनेछ” (मत्ती १८:१९)। परमेश्‍वरका विचारहरूले मलाई तुरून्तै जगायो—मैले त्यस्तो प्रकारले काम गरिरहन सक्दिनँ भनी मलाई थाहा थियो। तर मैले ती कुराहरू मेरा दाजुभाइहरूसित छलफल र सहकार्य गर्नुपर्थ्यो। तब मसित अर्को विचार भयो: पहिले सुरक्षा। सबैभन्दा महत्वपूर्ण कुरा हामीसित भएको सामग्रीहरूलाई लिएर हामीले तम्बुलाई राम्रोसित बनाउनु थियो। त्यति नै बेला, दाजुभाइहरूले भने कि मेरो सुरूको योजनाअनुसार मजबुत संरचनाको निम्ति हामीसित पर्याप्त धातुका खम्बाहरू थिएन, तर यदि हामीले बीचमा दुईवटा खडा गर्यौं भने, छतको धुरी मजबुत हुने थियो। म तिनीहरूसित पूर्ण सहमतिमा थिएँ। मेरो सुरूको योजनाले साँच्चिकै सुरक्षासम्बन्धी जोखिमहरू सृजना गर्नेथिए। त्यसैले हलको निम्ति हामीले कुरा गर्यौं अनि छिट्टै हामीसित पूरा योजना भयो। यसबाहेक, हामीसित पर्याप्त धातुका खम्बाहरू थिए र अँध्यारो हुनु अगाडि नै हामीले त्यसलाई सिध्यायौँ।

त्यस साँझ, मैले त्यस दिनको बारेमा सम्झेँ। मेरो अहङ्कारले झण्डैले विध्वंश ल्याउन आँटेको थियो अनि मैले मेरा भावनाहरूलाई स्थिर राख्न सकिनँ। मैले हतार गरेर परमेश्‍वरसित प्रार्थना गरेँ र आफैलाई जान्नको निम्ति अगुवाइ गर्नुहोस् भनेर उहाँसित विन्ती गरें। मैले फोन लिएँ र मण्डलीको वेबसाइटमा गएँ जहाँ परमेश्‍वरका यी वचनहरू मैले पढें। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “केही मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा कहिल्यै पनि सत्यताको खोजी गर्दैनन्। तिनीहरू हठपूर्वक आफ्नै कल्पनाअनुसार काम गर्दै केवल आफ्नो इच्छाअनुसार गर्छन्, र तिनीहरू सधैँ स्वेच्छाचारी र अविवेकी हुन्छन्। ‘स्वेच्छाचाररी र अविवेकी’ हुनुको अर्थ के हो? यसको अर्थ तैँले कुनै समस्या सामना गर्दा कुनै सोचविचारविना, अरूले भनेको कुरामा ध्यान नदिई, तँलाई जस्तो ठिक लाग्छ त्यस्तै गर्नु हो। कसैले पनि तँलाई कुरा बुझाउन सक्दैन, र कसैले पनि तेरो मन परिवर्तन गर्न सक्दैन, यति सम्म कि तँलाई अलिकति पनि हल्लाउन सकिन्‍न; तँ आफ्नो अडानमा दृढ रहन्छस्, अरूले भनेको कुराले कुनै अर्थ राखे पनि तँ सुन्दैनस् र तैँले आफ्नो मार्ग नै सही हो भन्‍ने विश्‍वास गर्छस्। यस्तै हो भने पनि तैँले अरूको सल्लाहलाई ध्यान राख्‍नुपर्दैन? तर तैँले ध्यान दिँदैनस्। अरू मानिसहरूले तँलाई जिद्दी भन्छन्। कति जिद्दी? यति जिद्दी कि दश ओटा गोरुले पनि तँलाई पछाडि तान्‍न सक्दैनन्—अति जिद्दी, अहङ्‌कारी र अत्यन्तै हठी, सत्यले मुखैमा नहेरुञ्‍जेलसम्म सत्यलाई देख्दै नदेख्‍ने किसिमको। के यस्तो जिद्दीपन दुराग्रहीको तहसम्म बढ्दैन र? तँ जे चाहन्छस् र तँलाई जे गर्न मन लाग्छ त्यही गर्छस्, र तँ कसैलाई सुन्दैनस्। कसैले तँलाई तैँले सत्यसँग मिल्‍ने कुरा गरिरहेको छैनस् भनेर भन्यो भने, तैँले भन्‍नेछस्, ‘सत्यसँग मेल खाओस् कि नखाओस् म यो गर्नेछु। यदि यो सत्यसँग मेल खाँदैन भने, म तँलाई यस्तो-यस्तो हो भनेर कारण र यस्तो-यस्तो हो भनेर सफाइ दिनेछु। तँलाई मेरो कुरा सुन्‍ने बनाउनेछु। म यसमा पक्का छु।’ अरूले तँलाई तैँले गरिरहेको कुरा परिस्थिति खल्बल्याउने किसिमको छ, यसले गम्भीर परिणामतर्फ डोर्‍याउँछ, यो परमेश्‍वरको घरको हितको लागि हानिकारक छ—तर तँ तिनलाई सुन्दैनस्, बरु अझ धेरै तर्कहरू प्रस्तुत गर्छस्: ‘तँलाई मन परे पनि नपरे पनि मैले यो गर्दै छु। म यो यसरी नै गर्न चाहन्छु। तँ पूर्ण रूपमा गलत छस् र म पूर्ण रूपमा जायज छु।’ सायद तँ वास्तवमा जायज होलास्, र तैँले गरेका कुराहरूको गम्भीर परिणामहरू नहोलान्—तर तैँले कस्तो स्वभाव प्रकट गरिरहेको छस्? (अहङ्‌कार।) अहङ्‌कारी प्रकृतिले तँलाई दुराग्रही बनाउँछ। जब मानिसहरूसँग यस्तो दुराग्रही स्वभाव हुन्छ, के तिनीहरू स्वेच्छाचारी र अविवेकी हुँदैनन्?” (परमेश्‍वरको सङ्गति)। “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? अहङ्‍कारी स्वभाव भएका मानिसहरूले हरेकलाई आफूभन्दा तल्लो स्तरको सम्झन्छन् नै, तर सबैभन्दा खराब कुरा त, तिनीहरूले परमेश्‍वरप्रति पनि होच्याउने व्यवहार गर्छन्। बाहिरबाट हेर्दा, केही मानिसहरू परमेश्‍वरमाथि विश्‍वास गर्ने र उहाँलाई पछ्याउने जस्ता देखिएलान्, तर तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा बिल्कुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्‍ने ठान्छन् र आफैँलाई संसार ठान्छन्। अहङ्‍कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्‍कारको समस्यालाई समाधान गरिनुपर्छ। एक जना अरूभन्दा असल छु भन्‍ने महसुस गर्नु—त्यो तुच्छ कुरा हो। महत्त्वपूर्ण विषय यो हो कि कुनै व्यक्तिको अहङ्‍कारी स्वभावले उसलाई परमेश्‍वर, उहाँको नियम, उहाँको बन्दोबस्तमा समर्पण हुनदेखि रोक्‍छ; यस्तो व्यक्तिले अरूमाथि नियन्त्रण गर्ने शक्तिको निम्ति सधैँ परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेको महसुस गर्छन्। यस्तो किसिमको व्यक्तिले परमेश्‍वरलाई अलिकति पनि आदर गर्दैन, उसले परमेश्‍वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ” (परमेश्‍वरको सङ्गति)। परमेश्‍वरको वचनले मेरो घिनलाग्दोपनालाई देख्न सहायता गर्यो। परमेश्‍वरको वचनले प्रकट गरे जस्तै नै म स्वेच्छाचारी र अविवेकी थिएँ। त्यस तम्बुलाई बनाउँदा म आफ्नै अनुभवमा टाँसिएको थिएँ अनि फेरि हठी भएर व्यवहार गरेको थिएँ। म अरू दाजभाइका सुझावहरू सुन्दिन थिएँ तर त्यसलाई तुरून्तै इन्कार गरिहाल्थेँ। तिनीहरूले त्यो सुरक्षित छ भन्ने कुरामा म सुनिश्चित भएको चाहन्थेँ ताकि छतको धुरी मजबुत हुन सकोस्, तर मैले त्यसलाई इन्कार गरेँ। मेरो निर्णय नै अन्तिम भएको अनि मैले चाहेको कुरा सबैले गरेको म चाहन्थेँ। मेरो अहङ्कारपूर्ण प्रकृति नै मेरो हठीपना तथा स्वेच्छाचारिताको जरा थियो भनी मैले देखेँ। अहङ्कारी भएर अनि मेरो आफ्नै तरिकाले कामहरू गर्दा यसले पहिला मेरो कामलाई प्रभावित गरेको थियो। तर त्यस समयमा, जब कुनै उचित सुझावलाई समेत म सुन्दिन थिएँ तर मेरो आफ्नै विचारमा कठोरतापूर्वक टाँसिएँ, मैले झण्डैले दुर्घटना निम्त्याएको थिएँ। म मेरो अहङ्कारमा निरकुँश र स्वेच्छाचारी भएको थिएँ। म अरूसित राम्रोसित काम गरिरहेको थिइनँ र मेरो हृदयमा परमेश्‍वरको निम्ति ठाउँ थिएन। मैले परमेश्‍वरको घरको काम वा अरूको सुरक्षाको बारेमा पनि वास्ता गरिनँ। म आफ्नै काम गर्न मात्र दृढ थिएँ। मेरो अहङ्कारमा मैले सबै सुझबुझ हराएको थिएँ। यदि परमेश्‍वरको वास्ता र सुरक्षा नभएको भए परिणामहरूको बारेमा म कल्पना पनि गर्न सक्दिनँ। त्यस्तो प्रकारले काम गर्नु कति खतरनाक थियो भनी अन्तिममा मैले महसुस गरेँ। मैले हाम्रो काम मात्र रोक्ने थिइनँ, तर कुनै दिन त्यहाँ डरलाग्दो दुर्घटना हुन सक्नेथियो। अनि अफसोस् गर्नका निम्ति धेरै ढिलो हुने थियो! यो विचारले मलाई साँच्चि नै भयभीत तुल्यायो। मैले मेरो अहङ्कारी प्रकृतिबाट केही बुझाइ प्राप्त गरेँ अनि उप्रान्त त्यस प्रकारले मैले मेरो काम गर्न चाहिनँ।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूमा अभ्यासको बाटो भेट्टाएँ। “आफूलाई अरूभन्दा श्रेष्ठ नठान्। यदि तँ पेशागत रूपमा सबैभन्दा धेरै सिपालु भए पनि वा तँलाई तेरो गुण यहाँमध्ये सबैभन्दा महान् भए पनि, के तँ एकलैले काम गर्न सक्छस् र? तँसँग सबैभन्दा उच्‍च हैसियत भए पनि के तँ एकलैले काम गर्न सक्छस् र? तैँले सक्दैनस्, सबै जनाको सहयोगविना सक्दैनस्। यसैले, कोही पनि अहङ्कारी बन्‍नु हुँदैन र कसैले पनि एकलै काम गर्ने इच्छा राख्‍नु हुँदैन; आफ्नो अभिमान दबाउनुपर्छ, आफ्ना विचार र दृष्टिकोणहरूलाई छोड्नुपर्छ र सभा वा समूहसँग सद्‍भावमा काम गर्नुपर्छ। सत्यको अभ्यास गर्ने र मानवता भएका मानिसहरू यिनीहरू नै हुन्। यस्ता मानिसहरूलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ र तिनीहरू मात्र आफ्नो कर्तव्य निर्वाह गर्न समर्पित हुन सक्छन्। यो मात्र भक्तिको प्रकटीकरण हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कर्तव्यलाई उचित रूपमा पूरा गर्नको लागि मैत्रीपूर्ण सहकार्यको आवश्यकता पर्छ”)। परमेश्‍वरको वचनहरूले मलाई सहकार्यको सिद्धान्तहरू देखायो। कसैको क्षमता वा वरदानहरू जस्तोसुकै भएतापनि, हामी सबैसित अपर्याप्तताहरू र कमजोरीहरू छन्। कुनै एउटा व्यक्तिले सबै थोक गर्न सक्दैन। हामीले आफैलाइै एकातिर पन्छाउन र अरूसित राम्रोसित काम गर्न सिक्नुपर्छ। ताकि हरेकले परमेश्‍वरले जे तिनीहरूलाई दिनुभएको छ, त्यसको प्रयोग गर्न सकेको होस् र हामी हाम्रा कामहरू राम्रोसित गर्ने त्यही उद्देश्यको निम्ति प्रयास गर्न सकौँ। मेरो कामलाई सम्झिँदा, मेरा दाजु भाइ तथा दिदीबहिनीहरूसित भएका बलिया पक्षहरू मसित थिएन। तिनीहरूले मलाई केही संकेतहरू र सहायता दिएपछि म दोस्रो चरणमा अझ राम्रोसित गर्थें। कहिलेकाहीँ तिनीहरूसित मैले नसोचेका विचारहरू हुन्थे र तिनीहरूले दिएका सुझावहरूलाई लिएर केही संभावित समस्याहरूदेखि बचिन्थ्यो। यसलाई राम्ररी विचार गर्दा यसले मलाई लज्जित तुल्याउँछ। मैले आफैलाई अघि चिनेको थिइनँ। म अन्धो भएर अहङ्कारी भएको थिएँ, तर अहिले मैले सिकेँ कि मलाई अरू मानिसहरूको सहकार्य र सहायता चाहिन्छ, नत्रभने, म राम्रोसित काम गर्न सक्दिनथिएँ। मेरो अनुभवले मलाई देखायो कि जब मैले अहङ्कारले भरिएर व्यवहार गरेँ र अरूसित सहकार्य गरिनँ, मैले सधैँ विकाराल समस्या सामना गर्थें। जब म पश्चाताप गर्न, आफूलाई एकातिर पन्छाउन र अरूसित काम गर्न इच्छुक हुन्थेँ, मसित परमेश्‍वरको अगुवाइ र आशिष हुन्थ्यो। म देख्न सक्थेँ कि परमेश्‍वरले मानवजातिमा त्यस्ताहरूलाई प्रेम गर्नुहुन्छ जसले सत्यतालाई अभ्यास गर्छन्। यो मेरो निम्ति साँच्चिकै अन्तर्दृष्टिमय थियो र मैले अभ्यासको बाटो भेट्टाएँ।

तेस्रो बिहान, एउटा ब्रदरले तम्बुलाई अलिकति मजबुत बनाउनु भनेर मलाई भने। मैले विचार गरेँ, “आज दिउँसो फिल्मांकनपछि यसलाई निकालिहाल्छ। के यो आवश्यक छ र?” तर त्यसपछि मैले परमेश्‍वरको वचनहरूमा यसको बारेमा विचार गरेँ: “कोही पनि अहङ्कारी बन्‍नु हुँदैन र कसैले पनि एकलै काम गर्ने इच्छा राख्‍नु हुँदैन; आफ्नो अभिमान दबाउनुपर्छ, आफ्ना विचार र दृष्टिकोणहरूलाई छोड्नुपर्छ र सभा वा समूहसँग सद्‍भावमा काम गर्नुपर्छ। सत्यको अभ्यास गर्ने मानिसहरू यिनीहरू नै हुन्।” परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको बाटो दियो। ब्रदर लीसित सहकार्य गर्न मैले आफ्नै विचारहरूलाई त्याग्नुपरेको थियो, अनि ऊ सही भएतापनि, नभएतापनि मैले अधीनमा बसेर पहिले खोजी गर्नुपरेको थियो। तब मैले महसुस गरेँ कि फिल्मांकन सिद्धिन अझ पाँच वा छ घण्टाहरू बाँकी थियो अनि मौसम कसरी बद्लिने हो भन्ने प्रष्ट थिएन। त्यसलाई मजबुत बनाउनु सुरक्षित हुन्थ्यो। त्यसैले एउटा ब्रदर र मैले तम्बुलाई मजबुत बनायौँ। त्यसपछि त्यस मध्यान्हको २ वा ३ बजेतिर मौसम एक्कासी हावा चल्ने र पानी पर्ने हुन थाल्यो। अनि आँधी झण्डै ४० मिनेटसम्म चल्यो। आँधीबाट बच्न हामीले तम्बुभित्रै सुरक्षित भएर पर्ख्यौं। यसले मलाई यस्तो प्रकारले छोयो कि म व्यक्तै गर्न सक्दिन। मैले परमेश्‍वर कति सर्वशक्तिमान् र बुद्धिमान हुनुहुन्छ भनेर देखेँ। अरूहरूको सल्लाहहरूले मलाई मेरो आफ्नै भ्रष्ट स्वभावलाई मात्र चिन्न सहायता गरेन, तर परमेश्‍वरले मलाई यस उदेकको ढङ्गले सम्झना दिलाउनु भएको थियो र हामीलाई आँधीबाट सुरक्षा दिनुभएको थियो। म परमेश्‍वरलाई मेरो हृदयको गहिराईदेखि धन्यवाद दिन्छु!

यी अनुभवहरूले मलाई मेरो अहङ्कारपूर्ण शैतानी प्रकृतिको बुझाइ प्रदान गर्यो र सामञ्जस्यतापूर्ण सहकार्यभित्र केही प्रवेश दियो। मैले देखेँ कि सत्यतालाई अभ्यास गर्नु र आफ्नो काममा हठी नहुनु अरूहरूसित राम्रोसित काम गर्नको निम्ति साँच्चिकै महत्वपूर्ण थियो। मैले जे बुझेको र प्राप्त गरेको छु त्यो पूर्ण रूपले परमेश्‍वरका वचनहरूको न्याय र प्रकाश, अनि उहाँको ताडना र अनुशासनका कारणले भएको हो। सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो: मैले मानिसहरूसँग उचित व्यवहार कसरी गर्ने भन्ने कुरा सिकेँ

अर्को: आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको के हो मैले बल्‍ल बुझेँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मष्तिष्क-सफाइ विरुद्धको युद्ध

झाओ लियाङ्ग, चीनम १९ वर्षको हुँदा मलाई चिनियाँ कम्युनिस्ट पार्टीले मेरो विश्‍वासको कारण पक्राउ गरेको थियो। तिनीहरूले मलाई परमेश्‍वरलाई...

आफ्नो देखावटी आवरणलाई उतार्दा कति राम्रो अनुभव हुँदो रहेछ

चेन युआन, चीनसेप्टेम्बर २०१८ मा, म मण्डलीको अगुवाको रूपमा चुनिएँ। त्यस बेला म निकै खुशी थिएँ। मेरा धेरैजसो दाजुभाइ र दिदीबहिनीहरूभन्दा म नै...

सही मार्गमा फर्केर आउनु

चेन गुवाङ्ग, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ...

मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्