कसरी मैले मेरो अहङ्कारलाई परिवर्तन गरेँ

जिङ्ग्वेइ, अमेरिका

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले मानिसलाई सिद्ध बनाउँछ, र ती बिलकुल उपयुक्त छन्। परमेश्‍वरले युगौंयुगसम्म कहिल्यै पनि यस्तो काम गर्नुभएन; आज, तिमीहरूले उहाँको बुद्धिको कदर गर्न सक भनेर उहाँले तिमीहरूभित्र काम गर्नुहुन्छ। तिमीहरूले आफैभित्र केही पीडा भोगेको भए तापनि, तिमीहरूको हृदयले स्थिरता र शान्तिको महसुस गर्दछ; परमेश्‍वरको कामको यस चरणको आनन्द लिन सक्नु तेरो निम्ति आशिष् हो। तिमीहरूले भविष्यमा चाहे जे नै प्राप्त गर्न सके पनि आज तिमीहरूले आफूमा देखेको परमेश्‍वरको काम प्रेम नै हो भनी बुझ्नेछौ। यदि मानिसले परमेश्‍वरको न्याय र शोधनको अनुभव गर्दैन भने, उसका कामहरू र जोश सधैँ सतह स्तरमा रहन्छ, र उसको स्वभाव सधैँ अपरिवर्तित रहन्छ। के यसलाई परमेश्‍वरद्वारा प्राप्त गरिएको मान्न सकिन्छ? आज, मानिसभित्र अझै पनि अहङ्कारी र घमण्डी धेरै कुराहरू भए तापनि, मानिसको स्वभाव पहिलेको भन्दा धेरै स्थिर छ। परमेश्‍वरले तँलाई मुक्ति दिनको लागि तँलाई निराकरण गर्नुहुन्छ, अनि तैंले कहिलेकहीँ पीडा महसुस गरे पनि त्यो दिन आउनेछ जब तेरो स्वभावमा परिवर्तन आउनेछ। त्यस बेला, तैंले पछि फर्केर हेर्नेछस्, र परमेश्‍वरको काम कति बुद्धिमानी रहेछ भनी बुझ्नेछस्, अनि त्यस बेला तैंले परमेश्‍वरको इच्छालाई साँच्चै बुझ्न सक्नेछस्” (वचन देहमा देखा पर्नुहुन्छको “कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्”)। म सोच्ने गर्थेँ कि आफ्नो कर्तव्यमा जोश र मूल्य चुकाउने इच्छा मात्र भए परमेश्‍वरको अनुमोदन पाउन सकिन्छ। मैले उहाँका वचनहरूको न्याय र सजाय स्वीकार्ने वा स्वभावगत परिवर्तनको पछि लाग्ने कुरामा ध्यान दिइनँ। मैले केवल अहङ्कारी र तानाशाह भएर आफ्नो कर्तव्य पूरा गरेँ। मैले मैले दाजुभाइ तथा दिदीबहिनीहरूलाई दबाएँ, हानि गरेँ र मण्डलीको काममा क्षति पुऱ्याएँ। अन्त्यमा मैले देखेँ कि परमेश्‍वरको न्याय र सजायविना, मेरो भ्रष्ट स्वभाव शुद्ध र परिवर्तन हुन सक्ने थिएन अनि मैले परमेश्‍वरलाई सन्तुष्ट पार्न कहिल्यै आफ्नो कर्तव्य राम्ररी गर्न सक्ने थिइनँ। परमेश्‍वरको न्याय र सजाय हाम्रा मुक्ति हुन् भनेर मैले साँच्चै अनुभव गरेको छु।

वर्ष ई.सं. २०१६ मा मलाई सेट डिजाइनरको काम दिइयो। म यसो सोच्दै, रोमाञ्चित भएँ “मैले इन्टेरियर डिजाइन पढेको छु र यस क्षेत्रमा मेरो चार वर्ष भन्दा बढीको अनुभव छ। मैले यस कामलाई राम्ररी गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो व्यवसायिक सीपको पूरापूर सदुपयोग गर्नु पर्नेछ।” त्यसपछि, मैले दाजुभाइ-दिदीबहिनीहरूसित सीपहरू सिकेँ र हामीले सिद्धान्तहरूको बारेमा संगति गऱ्यौँ। केही समय पश्चात मैले आफ्नो कर्तव्यमा केही परिणामहरू देख्न थालेँ। जब मैले कसैले यसो भनेको सुनें, “तपाईँहरूले यस सेटमा राम्रो काम गर्नुभयो। यो साँच्चै वास्तविक छ,” यो त परमेश्‍वरको मार्गदर्शन हो भनेर मैले जवाफ दिए तापनि, मनमा चाहिँ मैले के सोचेँ भने, “हो नि, कसले डिजाइन गरेको हो भनेर के तिमीलाई थाहा छैन? म एक पेशेवर हुँ!” म गजक्क परेर हिंड्न थालेँ अनि अझ ठूलो स्वर गर्न थालें। टोलीका अरू सदस्यहरूको कर्तव्यमा केही गल्ती देख्दा, म उनीहरूलाई तुच्छ सम्झन्थेँ। मैले उनीहरूसित सेट व्यवस्थापनबारे छलफल गर्न छोडेँ। मलाई लाग्यो, मैले डिजाइन पढेको छु, त्यसैले छलफल गर्नु आवश्यक छैन, यो त समय खेर फाल्नु हो किनभने जे भए पनि उनीहरूले मेरै विचार मान्ने हो। म आफ्नै तरिकाले नक्शा कोर्थेँ, अनि त्यसपछि गएर निर्देशकसित छलफल गर्थेँ।

मलाई समूह अगुवाको रूपमा पदोन्नति गरिएपछि, म झनै दाजुभाइ-दिदीबहिनीहरूको कुरा खारेज गर्ने भएँ। एकपटक हामीले रेस्टुरेन्टको दृश्य सेट गर्दै गर्दा, टोलीका ब्रदर झाङले यसो भन्नुभयो, “अगाडिपट्टिको ढोका त्यति अग्लो भएन, यो राम्रो देखिँदैन।” मैले त्यस्तो केही देखिरहेको थिइनँ। मैले सोचेँ, “मैले धेरै वटा रेस्टुरेन्ट सेटहरू डिजाइन गरेको छु। ढोका कत्तिको अग्लो हुनुपर्छ भनेर मलाई थाहा छैन भनेर के तपाईँ साँच्चै सोच्नुहुन्छ? तपाईँले धेरै सेटहरू गर्नुभएको छैन, डिजाइन पढ्नुभएको छैन, न त तपाईँसित धेरै व्यवहारिक अनुभव नै छ तर तपाईँ माछालाई कसरी पौडने भनेर सिकाउन खोज्नुहुन्छ।” मैले अधीर भई उहाँको सल्लाहल नकारेँ र सबैलाई मैले चाहेको तरिकामा त्यसलाई बनाउन लगाएँ। जब क्यामेराम्यानले यो देखे, तब उनले ढोका एकदमै होचो भएको, अनि यसले शट लिन बाधा पुऱ्याउने कुरा बताए। उनले यस तरिकामा फिल्म खिच्न सकेनन्‌। नयाँ ढोका बनाउनुबाहेक हामीसित कुनै विकल्प थिएन। पछि, हामीले एउटा अलमारी बनाउनु आवश्यक पऱ्यो, त्यसैले मैले ब्रदर चेनलाई मैले कोरेको नक्साअनुसार सो बनाउन भनेँ। उहाँले भन्नुभयो, “बीचको भाग साह्रै फराकिलो छ। यो राम्रो देखिँदैन। यसलाई अलिक साँघुरो बनाउँदा कसो होला?” मैले सोचेँ, “सबै प्रकारका सामाग्रीलाई मैले अनलाइन हेरेको हो, अनि यी सही अनुपातमा छन्। मैले भनेको जस्तै गर्नुहोस्, र गलत हुन सक्दैन।” आफ्नै जिदमा अडिग हुँदै यसो भनेँ, “तपाईँले के कुरा गर्नुभएको? मैले कोरेको नक्साअनुसारै गर्नुहोस्!” अन्त्यमा सबैले बीचको भाग असाध्यै फराकिलो भएको र राम्रो नदेखिएको कुरा बताए। ब्रदर चेनले त्यसलाई मिलाउन थप समय लगाउनुपऱ्यो, जसले गर्दा फिल्म कार्यको प्रगतिमा रोकावट आयो। मैले अझै पनि आफूबारे चिन्तन गरिनँ, न त आफूलाई चिन्ने प्रयास गरें, अनि यसबारे केही सोचिनँ पनि। मैले यस्तो सोचेँ, “कसले पो कहिलेकाहीँ गल्ती गर्दैन र? एकछिन त हो, र यसलाई ठीक गर्न सामग्री जुटाउनु ठूलो कुरा होइन।”

एकपटक सभापछि, ब्रदर झाङले मलाई यस्तो प्रतिक्रिया दिनुभयो: “मैले के याद गरेँ भने तपाईँ हालैका दिनहरूमा अरूसित काम गर्दा एकदमै हठी हुनुभएको छ। तपाईँले हाम्रा सुझावहरू सुनिरहनुभएको छैन, अनि एकदमै व्यवहारिक केही सुझावहरूलाई नकार्नुहुन्छ। तपाईँ बढप्पन देखाउँदै कुरा गर्नुहुन्छ र सधैँ तपाईँकै तरिकामा हामीलाई काम गर्न जोड दिएर मानिसहरूलाई दबाउनुहुन्छ। यी सबै अहङ्कारी स्वभावका अभिव्यक्तिहरू हुन्।” मैले यसलाई मुखैले स्वीकारेँ तर सोच्दै थिएँ, “म अहङ्कारी छु तर यो ठूलो समस्या होइन।” केही दिनपछि ब्रदर लिऊले पनि म अहङ्कारी भएकोमा मेरो निराकरण गर्नुभयो, उहाँले भन्नुभयो, म अरूको कुरा सुन्दिनँ र उनीहरूलाई दबाउने गर्छु। उहाँको कुरा समाप्त हुनुअघि मेरो धैर्यको बाँध टुट्यो। मैले यस्तो सोचेँ, “तपाईँहरू कोही पनि म जत्तिको असल हुनुहुन्न। तपाईँहरूले कसरी मेरो निराकरण गर्ने साहस गर्नुहुन्छ?” मैले यसबारे जत्ति धेरै सोचेँ, त्यत्ति कम यसलाई स्वीकार गर्न सकेँ। मैले परमेश्‍वरप्रतिको मेरो प्रार्थनामा बाहना समेत बनाएँ। जत्ति धेरै त्यसो गरेँ, त्यत्तिनै धेरै मेरो आत्मा अन्धकार र निराशामा डुब्यो। मेरो सेट डिजाइनमा मसँग धेरै निर्देशन थिएन, तर अझै मैले आफूबारे चिन्तन गरिनँ। एकदिन मेरो खुट्टा फलामे मेचको फ्रेममा ठोकियो, निकै ठूलो घाउ भयो। मलाई अस्पतालमा सात टाँका लगाउनुपऱ्यो। मलाई राम्ररी थाहा भयो कि यो कुनै दुर्घटना थिएन, तर यसको पछाडि अवश्यै परमेश्‍वरको इच्छा लुकेको थियो। अन्त्यमा मैले आफ्नो हृदय शान्त पारेँ र साँच्चै चिन्तन गरेँ। दाजुभाइ-दिदीबहिनीहरूले सल्लाह वा सहयोगी सुझावहरू दिँदा म विश्‍वस्त हुन्थिनँ र त्यसको प्रतिरोध गर्थेँ। म अरूको कुरा सुन्ने वा अरूको अधीनमा बस्ने व्यक्ति पटक्कै थिइनँ। म धेरै नै हठी थिएँ। यो सोचेर मैले परमेश्‍वरलाई मेरो भ्रष्ट स्वभाव जान्न मलाई मार्गदर्शन गर्नुहोस् भन्दै प्रार्थना गरेँ।

मैले मेरो बिहानको भक्तिमा परमेश्‍वरका यी वचनहरू पढेँ: “यदि तैँले अरूलाई आफूभन्दा कम ठान्छस् भने, तँ स्व-धर्मी, अभिमानी र कसैलाई लाभ नगर्ने व्यक्ति होस्” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय २२”)। “तँ प्राकृतिक रूपमै विलक्षण प्रतिभा लिएर जन्‍मेको पुत्र, स्वर्गहरूभन्दा अलिकति मात्र तल, तर पृथ्वीभन्दा असीमित रूपमा उच्च व्यक्ति होस् भनी नसोच्। तँ अरू कोहीभन्दा चलाख छँदै-छैनस्—र यो पनि भन्न सकिन्छ कि यस पृथ्वीका विवेक भएको कुनै पनि मानिसभन्दा तँ कति धेरै मूर्ख छस् त्यो हास्यास्पद छ, किनकि तैँले आफूलाई धेरै उच्च ठान्छस्, र तँमा कहिल्यै पनि हीनताको भाव थिएन, मानौँ तैँले मेरा कामहरूको सानोभन्दा सानो कुरा बुझ्न सक्छस्। वास्तवमा भन्ने हो भने, तँ त्यस्तो व्यक्ति होस् जसमा मूल रूपमा नै विवेकको अभाव छ, किनकि म के गर्न चाहन्छु त्यो तँलाई थाहा छैन, र मैले अहिले के गर्दैछु त्यसबारे तँलाई अझै थोरै थाहा छ। अनि यसैले म भन्छु कि तँ खेतमा कठोर परिश्रम गर्ने वृद्ध किसानको बराबरी समेत छैनस्, यस्तो किसान जोसँग मानव जीवनको बारेमा थोरै दृष्टिकोण हुँदैन र जो आफ्नो खेतमा खेती गर्दा सम्पूर्ण रूपले स्वर्गको आशिषमाथि निर्भर हुन्छ। तैँले आफ्नो जीवनको सम्बन्धमा एकै क्षण पनि विचार गर्दैनस्, तँलाई ख्यातिको बारेमा केही थाहा छैन, र तँसँग आफ्नो बारेमा ज्ञान हुने कुरा त परै जाओस्। तँ साँच्‍चै ‘यी सबैभन्दा माथि’ छस्” (वचन देहमा देखा पर्नुहुन्छको “जसले सिक्दैनन् र अनजान रहन्छन्: के तिनीहरू जनावरहरू होइनन् र?”)। यो पढेपछि म एकदमै निराश भएँ। हरेक वचनले मेरो खुलासा गरिरहेको मलाई महसुस भयो। म सेट डिजाइनर भएदेखि नै, म एउटा अपरिहार्य प्रतिभा हुँ भनेर सोच्थेँ किनकि मलाई त्यो उद्योगबारे थाहा थियो, अनि मसित अनुभव थियो। म दाजुभाइ-दिदीबहिनीहरूसित घमण्डी व्यवहार गर्थेँ, म पेशेवर हुँ, त्यसैले अरू कोही म जत्तिको योग्य छैन भनेर सोच्थेँ। अन्तिम निर्णय सधैँ मेरै हुन्थ्यो र म अरूसित कामबारे छलफल गर्न चाहदिनँ थिएँ। उनीहरूसित डिजाइनको कुनै ज्ञान नभएकोले छलफल गर्नु त समय खेर फाल्नु हो भनेर सोच्थेँ। मैले केही कुराबारे मन नलागी-नलागी छलफल गर्दा, मसँग मात्र धेरै जानकारी छ, त्यसैले कामकुरालाई म अझ विस्तृत रूपमा हेर्न सक्छु भनेर सोचेँ। मैले उनीहरूको सल्लाहलाई कहिल्यै सोचविचार गरिनँ, बरु त्यसलाई ठाडै अस्वीकार गरेँ। मैले अरूप्रति अलिकति पनि आदर देखाइनँ। दाजुभाइ-दिदीबहिनीहरूले म अहङ्कारी भएको बताउँदा र आफूबारे चिन्तन गर्न प्रेरित गर्दा, त्यो पनि मैले स्वीकार गर्न सकिनँ, बरु प्रतिवाद गरिरहेँ। मैले अहङ्कार सिवाय अरू केही प्रकट गरेको थिइनँ भनेर मैले बुझेँ। मैले आफ्नो अहङ्कारी स्वभावअनुसार जिएर अरूलाई केवल तुच्छ ठानेँ अनि दाजुभाइ-दिदीबहिनीहरूलाई दबाउने र चोट पार्ने सिवाय अरू केही गरिनँ। म आफ्नो काममा अहङ्कारी र निरङ्कुश भएँ, अरूलाई मेरो कुरा सुन्न बाध्य पारेँ, उनीहरूलाई घरिघरि दोहोरो काम गराएँ र मण्डलीको काममा बाधा पुऱ्याएँ। मैले साँच्चै खराब काम गरिरहेको थिएँ! यी सबै कुरा बुझेपछि, मलाई अलिअलि डर महसुस भयो। मैले परमेश्‍वरसमक्ष प्रार्थना र पश्चात्ताप गरेँ। अब उप्रान्त अहङ्कारी भएर कामकुरो गर्न चाहिनँ।

त्यसपछि मैले आफ्नो कर्तव्यमा, आफूलाई होशपूर्वक एकातिर राख्दै आफ्ना कमीकमजोरीलाई सुधार्न अरूको सल्लाह धेरै सुन्न थालेँ। कहिलेकाहीँ म डिजाइन कोर्थेँ अनि दाजुभाइ-दिदीबहिनीहरूले मेरो सोचभन्दा अलग्गै प्रकारका थुप्रै सर-सल्लाह दिन्थे। म ती सल्लाहलाई नकार्नै लागेको हुन्थेँ, त्यसपछि म फेरि अहङ्कारी हुँदै गरेको महसुस गर्थेँ। मैले हृदयबाटै परमेश्‍वरलाई प्रार्थना गरेँ, आफूलाई इन्कार गर्न, अनि आफ्नो भ्रष्ट स्वभावअनुसार अब उप्रान्त नजिउनको लागि मलाई मार्गदर्शन गर्न उहाँलाई बिन्ती गरेँ। परमेश्‍वरको घरको काममा जसको सल्लाह सबैभन्दा धेरै लाभदायी हुन्छ म त्यसैअनुसार गर्न चाहन्थेँ। मैले अरूका विचारहरू स्वीकार्न थालेपछि, हाम्रा सर-सामाग्रीहरूले अझ राम्रोसित काम गरेको, ती अझ धेरै काम लाग्ने र व्यवहारिक भएको, अनि ती अझ चाँडो बनाउन सकिएको पाएँ। परमेश्‍वरका वचनहरू अभ्यास गर्दाका मिठो स्वाद मैले पाएँ। तर मैले आफ्नो अहङ्कारी प्रकृतिलाई साँच्चै बुझिनँ र आत्म-सचेतना गुमाएँ। केही महिनापछि हाम्रा सेटहरू सबैले एकदमै स्वीकारेको देखेँ र मैले आफ्नो कर्तव्यमा केही सफलता पाएको थिएँ। मैले थाहै नपाई मेरो अहङ्कारी स्वभाव फेरि जाग्दै थियो।

एकपटक हामीले एक धनी व्यक्तिको घरको सेट एकसाथ तयार पार्दै गर्दा मैले के सोचेँ भने, “यस प्रकारका कुनै व्यक्तिसित उनीहरूको ओहोदा झल्काउने उच्चकोटिको सामान हुन्छ।” मैले दाजुभाइ-दिदीबहिनीहरूलाई आफूले चाहेकै जस्तो सेट प्रबन्ध गर्न लगाएँ। ब्रदर झाङले त्यो सेट अतिनै आधुनिक भएको र मुख्य पात्रको पुस्तासित मेल नखाएको कुरा औँल्याउनुभयो। यो सुनेर मलाई त्यति खुसी लागेन। मैले सोचेँ, “तपाईँलाई के थाहा छ? लचिलो हुनु भनेको यही हो। हामीले यसलाई कुनै निश्चित समय सीमित नगरी उनको ओहोदाअनुसार डिजाइन गर्नुपर्छ। मैले हेर्दा, यी घरहरू कस्ता शैलीको हुनुपर्छ भनेर तपाईँसँग कुनै विचारछैन। तपाईँको विचार एकदमै पुरानो छ।” मैले उहाँलाई के भनेँ भने, “मैले यो समय अवधिबारे बुझेको छु। केवल मलाई भरोसा गर्नुहोस्।” ब्रदर चेनले पनि केही समय पहिले झ्यालहरू एकदमै आधुनिक छन्‌ भन्नुभएको थियो। उनीहरू किन यत्ति साह्रो पछौटे र अलचकदार भएको भनेर सोच्दै म एकदमै रिसाएँ। मैले आफ्नो रीसलाई थामेँ र आफ्नो दृष्टिकोणमाथि जोड दिएँ। ब्रदर चेनले थप केही भन्नुभएन। सेट तयार भएपछि निर्देशकले हाम्रो डिजाइन वास्तविक नभएको, अति झकिझकाउ भएको, अनि मुख्य पात्रको पुस्तासित राम्ररी मेल नखाएको कुरा बताउँदा म चकित भएँ। हामीले त्यो फेरि बनाउनुपऱ्यो। तैपनि मलाई यो कुरा अझै पचिरहेको थिएन। उनीहरूले केवल यसको कदर गर्न नसकेको भन्ने मलाई लाग्यो। तर सबैले यो सेट काम लाग्दैन भनेकोले गर्दा मन नलागी-नलागी यसलाई फेरि बनाउन म सहमत भएँ।

एकपटक हामीले एउटा सेटको लागि ८० दशकको शैलीको एउटा काङ्ग बेड-स्टोभ बनाउनुपर्थ्यो। यसको लागि निकै खर्च लाग्छ भन्ने मैले सोचिरहेको थिएँ, तर ब्रदर झाङले यो हामी आफैले बनाएमा थुप्रै पैसा बच्न सक्छ भनेर भन्नुभयो र उहाँको मनमा विस्तृत योजना थियो। तर त्यो विचारप्रति मेरो मनमा तिरस्कार बाहेक अरू केही थिएन। हामीले यसलाई कम खर्चमा बनाउन सक्थ्यौं तर यो त्यति टिकाउ हुने थिएन। के यो बेकारको प्रयास हुने थिएन र? मैले निर्देशकलाई ब्रदर झाङको आइडिया काम लाग्दैन भनेर समेत बताएँ। निर्देशकले मेरो बजेट एकदमै धेरै भयो भनेर भन्नुभयो, त्यसैले उहाँले काङ्गको दृश्य हटाउनुभयो। पछि ब्रदर झाङले अर्को सुझाव राख्नुभयो र उहाँले कुरा नबुझ्नुभएको र उहाँ जिद्दी हुनुभएको सोचेर मैले उहाँलाई भाषण छाटेँ। मैले उहाँलाई दबाइरहेको कुरा अर्की सिस्टरले देख्नुभयो र म अहङ्कारी भएको छु भन्नुभयो। मैले यसलाई नकारेँ। निर्देशकसित सेट व्यवस्थापनबारे छलफल गर्दा समेत म अहङ्कारी र जिद्दी भइरहेँ। परिणामस्वरूप, कहिलेकाहीँ सेटहरू चाहिएको जस्तो भएनन् र ती फेरि बनाउनु समेत पऱ्यो। यसो हुँदा छायांकनमा रोकावट आयो।

चाँडै मलाई त्यस कर्तव्यबाट हटाइयो। अगुवाले मलाई यसो भन्नुभयो, “दाजुभाइ-दिदीबहिनीहरूले भन्नुभएको छ, तपाईँ अहङ्कारी हुनुहुन्छ, तपाईँ आफ्नै पाराले कामकुरा गर्नुहुन्छ अनि सधैँ अन्तिम निर्णय तपाईँ नै गर्नुहुन्छ। तपाईँ बडप्पन देखाउँदै मानिसहरूलाई भाषण छाँट्नुहुन्छ। तपाईँ आफू चाहिँ हाकिम जस्तो अनि उनीहरू चाहिँ तपाईँको अधीनमा काम गर्ने व्यक्तिहरू जस्तो व्यवहार गर्नुहुन्छ। सबैले तपाईँबाट दबिएको महसुस गर्छन्।” यो सुनेर म अवाक भएँ। म अरूप्रति यत्ति धेरै अहङ्कारी र अव्यवहारिक देखिएँभनेर कहिल्यै कल्पना गरेको थिइनँ। म एकदमै दुःखी भएँ कि अगुवाले भनेको अरु कुरा मैले केही सुनिनँ। केही दिनसम्म मेरो अवस्था दयनीय भयो। मैले खान सकिनँ, न त राम्रोसित नै सुत्न सकें। मेरो चिन्तनको दौरान परमेश्‍वरका वचनहरूको एउटा पङक्ति मेरो मनमा आयो: “तिमीहरू प्रत्येकले आफ्नो जीवनभरि परमेश्‍वरलाई कसरी विश्‍वास गरेका छौ भनी नयाँ जाँच गर्नुपर्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई चिन्‍नु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्‍टताबाट अलग बस्नु हो”)। यसबारे मैले विचार गर्दै के सोचेँ भने, “मैले आजसम्म परमेश्‍वरमा विश्‍वास गरेको पाँच वर्ष भएको छ, तर मैले आफूबारे कहिल्यै चिन्तन गरेको छुइनँ, न त आफूलाई चिनेको नै छु। थाहै नपाई मैले एकदमै धेरै अहङ्कार प्रकट गरेको छु। मैले साँच्चै र इमानदारीसाथ आफूबारे चिन्तन गर्नुपर्छ।” मैले परमेश्‍वरलाई प्रार्थनामा यसो भनेँ: “हे परमेश्‍वर, कृपया मलाई मार्गदर्शन गर्नुहोस् र अन्तर्दृष्टि दिनुहोस्‌ ताकि मैले आफ्नो भ्रष्ट स्वभाव जान्न सकूँ, अनि आफूलाई घृणा गर्न र इन्कार गर्न सकूँ। म पश्चात्ताप गर्न इच्छुक छु।” एकदिन म एउटा कामको लागि छायांकन स्थानमा गएँ, त्यहाँ मैले ब्रदर झाङले दिएको सुझावअनुसार बनाइएको ८० दशकको शैलीको काङ्ग देखेँ। यो सुरुको मेरो बजेटभन्दा आधा खर्चमा बनेको थियो। ब्रदर झाङ र अरूले कार्डबोर्डबाट अन्य थुप्रै सामाग्रीहरू पनि बनाएका थिए। उनीहरूले राम्रोसँग बनाएका थिए, समय र शक्ति बचाएका थिए अनि कम सामाग्रीहरू प्रयोग गरेका थिए। यो देखेर म लज्जित भएँ। म कत्ति अहङ्कारी भएको थिएँ अनि मैले छायांकनको काममा कत्ति धेरै ढिलाई गरेकी रहेछु भनेर बुझेँ। मैले आफैलाई सोध्न थालेँ, “मैले सधैँ अरूलाई आफ्नो कुरा सुन्न लगाएर म किन यति धेरै अहङ्कारी भएँ? यसको मुख्य जड के हो?”

एकदिन बिहानको मेरो भक्तिमा मैले परमेश्‍वरका वचनहरूमा यो पढेँ: “यदि तँभित्र साँच्चै सत्यता छ भने, तैँले हिँड्ने मार्ग स्वाभाविक रूपमा सही हुनेछ। सत्यताविना, दुष्टता गर्न सजिलो हुन्छ, र तेरो स्वाभाविकको बाबजुत पनि तैँले त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँभित्र अहङ्कार र घमन्ड छ भने, तैँले परमेश्‍वरको प्रतिरोध गर्नबाट आफूलाई रोक्नु असम्भव हुनेछ; तैँले उहाँको प्रतिरोध गर्न आफू बाध्य बनेको महसुस गर्नेछस्। तैंले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने, र अन्त्यमा, परमेश्‍वरको स्थानमा बस्ने र आफ्नै गवाही दिने बनाउँछ। आखिरमा तैँले आफ्नै उपायहरू, तेरा आफ्नै विचारहरू र तेरा आफ्नै धारणाहरूलाई आराधना गर्नुपर्ने सत्यतामा परिवर्तन गर्नपट्टि लाग्छस्। हेर् आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”)। यो पढेर म भयभीत भएँ। मलाई आफ्नो अहङ्कारी स्वभावबारे थाहा थियो तर अहङ्कारको परिणामहरूबारे केही थाहा थिएन। अन्त्यमा परमेश्‍वरका वचनहरूले प्रकट गरेको कुराबाट अनि आफ्नो बोली र कामबारे मनन गरेर मैले के बुझेँ भने, यसले मलाई खराब कुरा गर्न र परमेश्‍वरको प्रतिरोध गर्न लगाउँछ। मेरो अहङ्कारी प्रकृतिले मलाई आफूबारे अत्याधिक सोच्न प्रेरित गऱ्यो। त्यसैकारण मैले अरूबारे केही सोचिनँ किनभने मसित अलिकति सीप थियो। म सोच्थेँ, मेरो काम गराइ सधैँ ठीक हुन्छ र मेरो बराबरी गर्ने कोही छैन, उनीहरूले मैले भने जस्तै गर्नुपर्छ। यदि मैले “बायाँ,” भनेमा कोही पनि दायाँ जान सक्दैन अनि कसैले पनि अर्को सुझाव दिन सक्दैन थिए। मेरो कुरा नसुन्ने जो कसैलाई म हपार्थेँ, अनि म हठी र तानाशाह थिएँ। म नियन्त्रण गर्ने बनिरहेकी र ख्रीष्ट विरोधीको मार्गमा हिँडीरहेकी थिएँ। परमेश्‍वरबाटका यी वचनहरूले मलाई, “तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ,” विशेषगरी मैले आफूलाई आफ्नो कर्तव्यमा कसरी प्रदर्शित गरेको थिएँ भनेर सोच्ने बनायो। मैले कहिल्यै परमेश्‍वरको इच्छा खोजिनँ, न त सत्यताको सिद्धान्तहरू नै। अरूले सुझाव दिँदा यो कतै परमेश्‍वरबाट आएको हो वा परमेश्‍वरको मार्गदर्शन पो हो कि भनेर कहिल्यै विचार गरिनँ। यदि यो मेरो सोच थिएन भने म यसलाई सुन्दै सुन्दिनथें। मसँग परमेश्‍वरप्रति बिल्कुल कुनै श्रद्धा नरहेको मैले देखेँ। म यति साह्रो अहङ्कारी भएँ कि मैले अरूलाई अपमान गरेँ अनि मेरो हृदयमा परमेश्‍वरको लागि स्थान थिएन। विश्‍वासमा, म सत्यता र पवित्र आत्माको कामप्रति समर्पित हुनुपर्छ। कुनै दाजुभाइ-दिदीबहिनीबाट आउने सुझाव, चाहे त्यो मेरो विचारसित मिलोस् वा नमिलोस्‌, त्यो पवित्र आत्माबाट आएको हुनसक्छ। मैले यसलाई परमेश्‍वर-भीरु समर्पित हृदयले स्वीकार र खोजतलाश गर्नुपर्छ। यदि यो सत्यताअनुसार छ अनि परमेश्‍वरको घरको कामको लागि लाभदायी छ भने, मैले यसलाई पालन गर्नुपर्छ र लागू गर्नुपर्छ। यदि मैले पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शनबाट आएको केही कुरालाई नकारेँ भने, त्यसले आत्माको कामलाई बाधा दिइरहेको र परमेश्‍वरको प्रतिरोध गरिरहेको हुन्छ। त्यसले परमेश्‍वरको स्वभावलाई ठेस पुर्याउँछ। मैले आफ्नो कर्तव्य अहङ्कारी भई गरेँ र म निरङ्कुश भएँ, दाजुभाइ-दिदीबहिनीहरूलाई दबाएँ अनि एकदमै राम्रा विचारहरूलाई पन्छाएँ। यसले मण्डलीको काममा रोकावट ल्यायो। बर्खास्त हुनु नै परमेश्‍वरको धर्मी स्वभाव ममाथि आउनु थियो। मैले दाजुभाइ-दिदीबहिनीहरूलाई गरेको सबै हानि र मण्डलीको काममा पुऱ्याएको सबै नोक्सानीबारे सोच्दा मलाई साह्रै पछुतो र दोषी महसुस भयो। मैले आफ्नो भ्रष्टतालाई साँच्चै घृणा गरेँ। त्यही बेला, म परमेश्‍वरप्रतिको कृतज्ञताले भरिएँ, किनभने यदि मलाई कठोरतासाथ न्याय नगरिएको र सजाय नदिइएको भए, मेरो अहङ्कार र जिद्दीपनले गर्दा, मैले आफूलाई कहिल्यै चिन्ने थिइनँ। मैले परमेश्‍वरको प्रतिरोध गरिरहने थिएँ।

पछि मैले परमेश्‍वरका वचनहरूको अर्को पङक्ति पढेँ: “धेरैजसो समय, प्रतिभाशाली र वरदानप्राप्त मानिसहरूका विचारहरू, कार्यहरू र मानसिकता सत्यतासित अमिल्दा हुन्छन्, तर उनीहरू आफैलाई यो कुरा थाहा हुँदैन। उनीहरू अझै यस्तो सोच्छन्, ‘हेर त, म कति बुद्धिमान् छु; मैले यति राम्रा चुनाउहरू गरेको छु! कति बुद्धिमान् निर्णयहरू! तिमीहरू कोही पनि मेरो तुलनामा आउँदैनौ।’ उनीहरू सधैंभरि आत्ममोहमा र आत्म-प्रशंसामा जिउँछन्। उनीहरूलाई आफ्नो हृदयलाई शान्त पार्न र परमेश्‍वरले उनीहरूलाई भन्‍नुहुने कुराहरू, सत्यता के हो र सत्यका सिद्धान्तहरू के-के हुन् भन्‍ने कुराहरू विचार गर्न गाह्रो पर्छ। उनीहरूलाई सत्यतामा र परमेश्‍वरका वचनहरूमा प्रवेश गर्न गाह्रो पर्छ, र उनीहरूलाई सत्यतालाई व्यवहारमा अपनाउने सिद्धान्तहरू पत्ता लगाउन वा बुझ्न, अनि सत्यता वास्तविकतामा प्रवेश गर्न गाह्रो हुन्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसहरू जिउनका निम्ति वास्तवमा कुन कुरामा भर पर्दैआएका छन्”)। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने, यदि हामीले जीवनमा आफ्नो प्रतिभा र क्षमतामाथि भर पऱ्यौँ भने, हामी झनै अहङ्कारी र स्वार्थी हुनेछौँ अनि सत्यताका सिद्धान्तहरू नखोजी ती कुरा नै सत्यता हुन् भनेर सोच्नेछौँ। म सोच्थेँ, मसँग केही सीप छ, त्यसैले मविना दाजुभाइ दिदीबहिनीहरूले सेट डिजाइन र सामाग्रीहरू बनाउन सक्दैनन्, तर वास्तवमा, उनीहरूमध्ये केहीले कुनै व्यवसायिक अनुभवविनै आफ्नो कर्तव्यसाँच्चै राम्ररी गरे, मैलेभन्दा राम्रा सामाग्रीहरू समेत बनाए। म सोच्थेँ, मैले अन्तर्दृष्टि पाएको छु, मसित सीप र राम्रा विचारहरू छन्, तर मैले चीजहरू गडबड गरेँ। मैले बनाएका चीजहरू काम लागेनन् र प्रायः फेरि बनाउनुपऱ्यो, समय, शक्ति र पैसा खेर गयो। मैले के देखेँ भने, सत्यताका सिद्धान्तहरू नखोजी आफ्नो प्रतिभा र क्षमतामाथि भर परेर मैले पवित्र आत्माको काम गुमाएँ, त्यसैले आफ्नो काम राम्ररी गर्न सकिनँ। यदि कसैको हृदय सही ठाउँमा छ भने, परमेश्‍वरले उनीहरूलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनु हुनेछ। कुनै मानवले कल्पना गर्न नसक्ने बुद्धि परमेश्‍वरले प्रदान गर्नुहुन्छ। मेरोमा भएका जुन प्रतिभा र सीपहरूको एकदमै घमण्ड गर्थेँ, ती त बेकारका रहेछन्‌ भनेर बुझेँ। ती कुराहरूलाई मेरो पुँजीको रूपमा लिनु साँच्चै अहङ्कार र अव्यवहारिक कुरा थियो। यसबारे सोचेर मलाई एकदमै लज्जित महसुस भयो। त्यसपछि मैले परमेश्‍वरलाई प्रार्थनामा यसो भनेँ: “अब उप्रान्त म आफ्नो अहङ्कारी स्वभावअनुसार जिउन चाहँदिनँ। म दृढ भएर सत्यताको खोजी र अभ्यास गर्न, अनि आफ्नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छु।”

पछि मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम सम्हालेँ अनि अरूसित काम गर्दा आफूलाई नम्र बनाइराखेँ। केही कुरा आइपर्दा मैले सजगतासाथ परमेश्‍वरको इच्छा अनुसरण गरें, अनि अरूको सुझावहरू धेरै सुनेँ। एकदिन टोलीको एक जना ब्रदरले मलाई यसो भन्नुभयो, “दाजुभाइ-दिदीबहिनीहरूलाई मलजल गर्ने र सहयोग गर्ने तपाईँको शैली अलिक कठोर छ। यो त्यति प्रभावशाली छैन। तपाईँले मलजल गर्ने काम गर्नुहुँदा मानिसहरूको व्यक्तिगत कमजोरीमा ध्यान दिनुभयो भने वेश हुन्छ।” म एकदमै विश्‍वस्त भइनँ। मलाई लाग्यो, मैले मेरा सबै अनुभव समस्या समाधनको लागि प्रयोग गरिरहेकी थिएँ, त्यसैले कसरी मैले कुनै गल्ती गरिरहेकी हुन सक्छु र? मैले उहाँलाई नकार्नै लागेको थिएँ तब मेरो अहङ्कार पलाउन थालेको महसुस गरेँ। मैले परमेश्‍वरलाई मौन प्रार्थना गरेँ, त्यसपछि उहाँका वचनहरूको यो अंश मेरो मनमा आयो: “जब अरू मानिसहरूले असहमतिको रायहरू दिन्छन्—स्वेच्छाचारी र अविवेकी हुनबाट जोगिन तैँले कस्तो अभ्यास गर्न सक्छस्? सर्वप्रथम त तँसँग विनम्रताको मनोवृत्ति हुनुपर्छ, तैँले सही ठानेका कुरालाई पन्छाउनुपर्छ र सबैलाई सङ्‍गति गर्न दिनुपर्छ। यदि तैँले तेरा मार्गहरू सही हुन् भनेर विश्‍वास गर्छस् भने पनि तैँले यसमा जोड दिइरहनु हुँदैन। सर्वप्रथम, यो एक प्रकारले अगाडिको कदम हो; यसले सत्यताको खोजी गर्ने, आफैँलाई इन्कार गर्ने र परमेश्‍वरको इच्छा पूरा गर्ने मनोवृत्तिलाई देखाउँछ। एकपटक तँसँग यो मनोवृत्ति भएपछि र यसअलावा तँ तेरो आफ्नै रायमा लिप्त भइनस् भने, तँले प्रार्थना गर्नुपर्छ। जब तैँले असल र खराब छुट्याउन सक्दैनस्, तैँले परमेश्‍वरलाई कुन कुरा सबैभन्दा असल र गर्नको निम्ति सबैभन्दा उपयुक्त हो भन्ने कुरा प्रकट गर्ने र बताउने अनुमति दिनुपर्छ। जब सबै जना सङ्‍गति गर्न आउँछन्, पवित्र आत्माले तिमीहरू सबैलाई अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ” (परमेश्‍वरको सङ्गति)। म विगतमा अति नै अहङ्कारी र हठी भएकी थिएँ, अरूलाई दबाएँ र परमेश्‍वरको घरको काममा रोकावट ल्याएँ। मलाई थाहा भयो मैले मानिसहरूलाई दबाएर, परमेश्‍वरको प्रतिरोध गरेर त्यसरी काम गरिरहन सक्दिनथेँ, तर मैले अरू मानिसहरूको सुझावहरू सुन्नुपर्थ्यो। मैले यसलाई स्वीकार गर्नुपर्छ अनि पहिला समर्पण गर्नुपर्छ र त्यसपछि परमेश्‍वरको इच्छा खोज्नुपर्छ। परमेश्‍वरको मार्गदर्शन प्राप्त गर्ने त्यही एक मात्र तरिका हो। त्यसैले, मैले यी ब्रदरलाई धैर्यपूर्वक सुनेँ अनि आफ्नो तरिकामा साँच्चै सुधार गर्नुपर्ने कुरा महसुस गरेँ। उहाँले सुझाएको तरिका अझ धेरै लचिलो र अनुकूल थियो। मैले यसलाई व्यवहारमा ढालें अनि त्यो साँच्चै प्रभावशाली भएको पाएँ। त्यसपछि दाजुभाइ-दिदीबहिनीहरूले मेरो गल्ती औँल्याइदिँदा तब उप्रान्त त्यसको प्रतिरोध गरिनँ, बरु त्यसलाई स्वीकारेँ र खोजतलाश गरेँ अनि अभ्यासको अझ उत्तम मार्ग भेट्टाउन अरूसित कामहरूबारे छलफल गरेँ। त्यस प्रकारको मलजल गर्ने कामबाट धेरै लाभ उठाएको कुरा पछि सबैले बताए। मैले साँचो शान्ति महसुस गरेँ। यो परमेश्‍वरको मार्गदर्शन थियो भनेर मलाई थाहा भयो, अनि म उहाँलाई धन्यवाद र प्रशंसा चढाउन मात्र सक्थेँ। अहङ्कारी भई आफ्नो कर्तव्य गर्नुको सट्टा सत्यताका सिद्धान्तहरू अभ्यास गरेर प्राप्त हुने परमेश्‍वरका आशिषहरू पनि मैले अनुभव गरेँ।

अघिल्लो: अहङ्कारको हल गरी मानव रूप प्राप्त गर्न सकिन्छ

अर्को: थोरै भए नि मानव रूपमा जिउनु निश्‍चय नै महान् कुरा हो

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

कमजोर क्षमता बहाना होइन

झुइक्‍वी, चीनविगतका समयमा, मैले मेरो कर्तव्य गर्ने समयमा कठिनाइको सामना गर्नु पर्दा, वा मैले नराम्रोसँग काम गर्दा, मेरो क्षमता कमजोर भएर हो...

बिमारी मार्फत फसल काटियो

झाङ्ग ली, चीनवर्ष २००७ मेरो जीवनको ठूलो मोड थियो। त्यो वर्ष मेरा श्रीमान् कार दुर्घटनामा परेर थला पर्नुभयो। हाम्रा दुई बच्चाहरू अझै सानै...

एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

प्रदर्शन गरेर भएको हानि

रुओयु, स्पेनकेही वर्ष पहिले, म उस्तै उमेरका केही दाजुभाइ-दिदीबहिनीहरूसँग मलजल गर्ने कर्तव्यमा लागेकी थिएँ। तिनीहरू अत्यन्तै उत्साहित र...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्