मेरो कर्तव्य सम्‍बन्धी मेरा मनसायहरूलाई सुधार्दा

जिया यु, चीन

गत जुनमा म मण्डलीको अगुवाको रूपमा निर्वाचित भएको थिएँ। त्यस बेला, म खुशी भएँ र मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले मेरो बारेमा राम्रो विचार गर्नुपर्छ र यतिका मानिसहरूले मलाई भोट गर्नु भनेको त म अरूभन्दा धेरै राम्रो भएर नै हो भन्‍ने लाग्यो। यो काम ठीकसँग पूरा गर्न मैले धेरै परिश्रम गर्नुपर्छ ताकि दाजुभाइ-दिदीबहिनीहरूले म कति सक्षम छु भन्‍ने कुरा देखून् भनेर मैले आफैसँग भनेँ। मैले काम सुरु गर्ने बेलामा मण्डलीको कामको बारेमा म त्यति जानकार थिइनँ, त्यसैकारण मैले सँगै मिलेर काम गर्ने सिस्टरसँग काम गर्दा ध्यान दिएर सुन्थें र काम-कामहरू सम्झने गर्थें, जसलाई कामको बारेमा बढी जानकारी थियो। मैले निरन्तर यस्तो विचार गर्थेँ, “म मण्डलीको अगुवा भएको हुनाले, त्यो पदअनुसारको जिम्मा पूरा गर्न, मैले राम्रो काम गर्नुपर्छ र केही सफलता पाउनुपर्छ। मैले व्यवहारिक काम नगर्ने, पदका आशिषहरूको लागि लोभ गर्ने मानिस भएर बदनाम कमाउनु हुँदैन। त्यसो भयो भने मैले आफ्नो अनुहार कसरी देखाउने?” मैले आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने भनेर पनि ध्यान दिएर विचार गर्थेँ। मैले सम्पूर्ण मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको सामना गरिरहेकी थिएँ, उनीहरूमध्ये कोही धेरै लामो समयदेखि आफ्नो कर्तव्य पूरा गर्दै आइरहेका थिए र मैलेभन्दा धेरै सत्यताका सिद्धान्तहरू जान्थे। मैले उनीहरूको समस्या समाधान गर्नलाई सहायता गर्ने प्रयास गर्दा त्यसको जड पत्ता लगाउन सकिनँ भने, र मेरो संगतिमा मैले व्यवहारिक मार्ग पनि देखाउन सकिनँ भने उनीहरूले मलाई के सोच्लान्? के उनीहरूले म सम्पूर्ण रूपमा असक्षम छु, र अगुवापनको काम पूरा गर्न लायक छैन भन्‍ने सोच्लान् कि? अगुवा भएको हुनाले मैले उनीहरूको भन्दा अझ माथिल्लो तहको सङ्गति गर्नु महत्वपूर्ण छ भन्‍ने मलाई लाग्यो, त्यसकारण मैले आफैलाई सत्यताले सुसज्जित पार्न समय खेर फाल्नु हुने थिएन ताकि जब दाजुभाइ-दिदीबहिनीहरूले समस्याको सामना गर्छन्, तब म ती समाधान गर्नको लागि सहायता गर्न तयार हुनेथिएँ। त्यसपछि उनीहरूले ममा सत्यताका केही वास्तविकता भएको, र मैले अगुवाको रूपमा राम्रो काम गर्दैछु भन्‍ने देख्‍नेछन्। त्यसकारण हरेक दिन मण्डलीको काममा व्यस्त भएर पनि, मैले खाली समय पाउँदा परमेश्‍वरका केही वचनहरू पढ्थें। मेरो कार्य तालिका हरेक दिन नै भरिएको हुन्थ्यो, र अरू दिदीबहिनीहरूले उनीहरू सुत्‍न जाने बेलामा मलाई सम्झाउथें, “अबेर हुन लाग्यो। तपाईं पनि केही बेर सुत्‍नुपर्छ,” मलाई कति पनि निन्द्रा लाग्दैनथ्यो र म राति अबेरसम्म काम गर्थेँ। मैले तयारी गर्नका लागि यति धेरै प्रयास गरे तापनि, दाजुभाइ-दिदीबहिनीहरूसँग भेलाको समयमा अझै पनि मसँग आत्मविश्‍वास हुँदैनथियो।

एक साँझ, सँगै काम गर्ने सिस्टरले मलाई भोलिपल्ट हामीले सुसमाचार सुनाउने टोलीको लागि भेला आयोजना गर्नुपर्छ भनेर भनिन्। यसले मलाई अत्यन्तै बेचैन तुल्यायो। मैले सोचेँ, “त्यो टोलीमा भएका दाजुभाइ-दिदीबहिनीहरू निकै लामो समयदेखिका विश्‍वासीहरू हुन्, र म अगुवाको जिम्‍मा पाएको नयाँ व्यक्ति। उनीहरूले सुसमाचारको काममा कस्ता समस्याहरू र कठिनाइहरूको सामना गर्छन् भन्‍ने मलाई राम्ररी थाहा छैन। यदि उनीहरूले मैले सम्बोधन गर्न नसक्ने खालका समस्याहरू उल्लेख गरे भने, के उनीहरूले म मेरो काममा राम्रो छैन भनेर सोच्नेछन्? के त्यसले अगुवाको रूपमा मेरो छविलाई बिगार्नेछैन र? अहँ, केही नगर्नु भन्दा त अन्तिम समयमा भए पनि केही तयार गर्नु राम्रो हुन्छ, र मैले आफैलाई केही सम्बन्धित सत्यताले सुसज्जित पार्नको लागि समयको उच्‍चतम सदुपयोग गर्नुपर्छ।” यद्यपि, मैले यति छोटो समयमा सबै कुरा खासै बुझ्न नसकेको हुनाले, म विचलित भएँ। मैले मेरो कम्प्युटरमा यताउता खोज्न थालेँ, एकछिन एउटा कुरा अनि फेरि एकछिन अर्को कुरा गरेँ। मेरो मनमा कुराहरू गुजुल्टिएर गाँठो परे र मैले केही पनि अर्थ निकाल्न सकिनँ—यसको लागि सुत्‍नु बाहेक अरू केही विकल्‍प थिएन। भोलिपल्ट भेलाको बेलामा मसँग काम गर्ने दिदीले उनीहरूलाई सत्यताको सङ्गति दिएको, सुसमाचार बाँड्दा सामना गरेका समस्याहरू समाधान गर्न सहायता गरेको हेरेँ, के भन्‍नुपर्ने हो भन्‍ने कुराको सुराग नपाएर यतिकै बसिरहेँ। मलाई एकदम अप्ठ्यारो लाग्यो। मैले सोचेँ, “यदि म केही नबोली चुपचाप बसेँ भने, के उनीहरूले म देखाउनको लागि राखेको अगुवा भनेर सोच्दैनन्? मैले बोल्नुपर्छ। यीमध्ये केही दिदीबहिनीहरूले त मलाई चिनिसकेका छन्, र म अहिले उनीहरूको अगुवा हुँ, मैले अझ गहन सङ्गति दिन सक्नु पर्दैन र? नत्र उनीहरूले मेरो बारेमा के विचार गर्नेछन्? के उनीहरूले मलाई काम नलाग्‍ने व्यक्ति भनेर भन्‍नेछन्?” मैले त्यहाँ बाँड्न सक्ने कुनै यस्तो अनुभव विगतमा गरेकी थिएँ कि भनेर दिमागमा जोड लगाउँदै थिएँ, तर जति म घबराएँ उति नै अशान्तिमा धकेलिएँ। के भन्‍ने हो मलाई थाहा भएन। मैले मेरो सहकर्मीले दिएको सङ्गतिलाई ध्यान दिएर सुनेँ, र उनले सकाउने बित्तिकै, मैले हतार-हतार उनको कुरालाई सारांशमा बताएँ। यसले मैले दिएको सङ्गति र मेरो बुझाइ उनले दिएको सङ्गति र बुझाइभन्दा राम्रो देखाउनेथियो, र सबैले मैले राम्रो काम गर्दैछु, म त्यो अगुवा पाउनको लागि ठीक व्यक्ति हुँ भनेर देखाउनेथियो। मैले भनेका सबै कुरा मेरो सहकर्मीको बुझाइ हो जसलाई मैले उपयुक्त बनाउँदै बताउँदैथिएँ। यो एकदम घृणित प्रकारको व्यवहार हो भन्‍ने मलाई थाहा थियो। भेलापछि मैले हृदयमा पूर्ण शून्यताको महसुस गरेँ; मैले भेट्ने मानिसहरू, घटनाहरू, र मैले दिनदिनै सामना गर्ने कुराहरू परमेश्‍वरले नै योजनाबद्ध रूपमा प्रस्तुत गर्नुभएको हो भन्‍ने मलाई थाहा थियो; तर ती कुराहरूलाई कसरी अनुभव गर्ने भन्‍ने बारेमा मलाई थाहै थिएन। मैले त केही पनि सिकेको थिइनँ। यो विचारले मलाई एकदम डरलाग्दो अनुभूति दियो र यो काम लिएकोमा अलिकति पछुतो पनि लाग्यो। त्यसपछिका केही दिनहरूमा मलाई गह्रौं तौलले टाउकोमा थिचेको जस्तो अनुभव भयो—म अलमल्‍ल परेँ र मलाई उकुसमुकुस भयो। मण्डलीको काममा समस्याहरू सामना गरिरहेको र कहाँबाट सुरु गर्ने भन्‍ने कुरा थाहा नभएकोले, यो कुरा मेरो निम्ति एकदमै पीडादायी थियो। मैले परमेश्‍वरसँग यसो भनेर प्रार्थना गरेँ, “हे परमेश्‍वर, म यो काम राम्ररी गर्न चाहन्छु, तर जहिले पनि मलाई यो काम गर्न म योग्यको छैन जस्तो लाग्छ। कृपया आफैलाई चिन्‍न मलाई अगुवाइ गर्नुहोस् ताकि म यस्तो अवस्थाबाट उम्कन सकूँ।”

त्यसपछि, म मेरो सहकर्मीसँग खुला भएँ र मेरो अवस्थाबारे उनलाई बताएँ। उनले मलाई परमेश्‍वरको वचनहरूबाट पढ्नको लागि एउटा खण्ड दिइन्, “आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्नको लागि, व्यक्तिसँग अभ्यासको निश्‍चित मार्ग हुनुपर्छ।” जुन बाट लिइएको थियो। यसले भन्‍छ: “सबै भ्रष्ट मानिसहरूले यस्तो समस्या प्रकट गर्छन्: जब तिनीहरू हैसियतविनाका साधारण दाजुभाइ र दिदीबहिनीहरू हुन्छन्, तिनीहरूले कसैसँग अन्तरक्रिया गर्दा वा बोल्दा आफूलाई उच्‍च देखाउने गर्दैनन्, न त तिनीहरूले आफ्‍नो बोलीवचनमा निश्‍चित शैली वा भाव नै अपनाउँछन्; तिनीहरू पूर्ण रूपमा सर्वसाधारण र सामान्य हुन्छन्, र तिनीहरूले आफैलाई बाहिरी आवरणले ढाक्‍न आवश्यक हुँदैन। तिनीहरूले कुनै मनोवैज्ञानिक दबाबको महसुस गर्दैनन्, र तिनीहरूले खुला रूपमा र हृदयबाट नै सङ्गति गर्न सक्छन्। तिनीहरू मित्रवत् र अन्तरक्रिया गर्न सहज किसिमका हुन्छन्; अरूलाई तिनीहरू अत्यन्तै असल मानिसहरू हुन् भन्‍ने लाग्छ। तर, हैसियत प्राप्त गर्नेबित्तिकै, तिनीहरू उच्‍च र शक्तिशाली बन्छन्, मानौं तिनीहरूकहाँ कोही पनि जान सक्दैनन्; तिनीहरूले आफू आदर पाउन योग्य छू, र आफू सर्वसाधारण मानिसहरूभन्दा फरक वर्गको हुँ भन्‍ने अनुभूति गर्छन्। तिनीहरूले सर्वसाधारण मानिसहरूलाई नीच नजरले हेर्छन् र अरूसँग खुला रूपमा सङ्गति गर्न छोड्छन्। किन तिनीहरूले त्यसउप्रान्त खुला रूपमा सङ्गति गर्न छोड्छन्? तिनीहरूलाई आफूसँग अब हैसियत छ, र आफू अगुवा हुँ भन्‍ने लाग्छ। तिनीहरूले के विचार गर्छन् भने, अगुवाको निश्‍चित छवि हुनुपर्छ, तिनीहरू सर्वसाधारण मानिसहरूभन्दा अलिक उच्‍च हुनुपर्छ, र तिनीहरूसँग अझै ठूलो कद हुनुपर्छ र तिनीहरूले अझै बढी जिम्‍मेवारी लिन सक्‍नुपर्छ; तिनीहरूले के विश्‍वास गर्छन् भने, सर्वसाधारण मानिसहरूको तुलनामा, अगुवाहरूसँग अझै बढी धैर्यता हुनुपर्छ, तिनीहरूले अझै बढी कष्ट भोग्‍न र समर्पित हुन, अनि कुनै पनि परीक्षामा दह्रिलो भई खडा हुन सक्‍नुपर्छ। तिनीहरूले के समेत विश्‍वास गर्छन् भने, अगुवाहरूको परिवारका जति सदस्यहरू मरे पनि तिनीहरू रुनु हुँदैन, र यदि तिनीहरू रुनु नै छ भने पनि, तिनीहरू घरभित्र कसैले नदेख्ने गरी रुनुपर्छ, ताकि कसैले पनि तिनीहरूका कमजोरी, खराबी, वा दुर्बलतालाई देख्‍न नसकून्। तिनीहरूलाई अगुवाहरू नकारात्मक भए भने, तिनीहरूले त्यस्तो कुरा कसैलाई पनि थाहा दिनु हुँदैन; बरु, यस्ता सबै कुरा लुकाउनुपर्छ भन्‍ने समेत लाग्छ। तिनीहरूले हैसियत भएको व्यक्तिले यसरी नै व्यवहार गर्नुपर्छ भन्‍ने विश्‍वास गर्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरू)। यो पढेर मलाई ठूलो धक्‍का लाग्यो—परमेश्‍वरका वचनहरूले मेरो अवस्थालाई ठ्याक्‍कै प्रकट गरेका थिए! किन म हरेक भेलामा अगाडि जान त्यति डराउथें? मलाई किन यति धेरै तनाव हुन्थ्यो? मैले आफैलाई माथि उकास्ने प्रयास गरेको कारणले नै थियो। म अगुवा बनेको समयदेखि नै मलाई यस्तो लागेको थियो, कि मेरो एउटा स्थान र पद छ, त्यसैले म पहिलेको भन्दा फरक भएको छु। अब एउटा अगुवा भएको हुनाले, मैले एउटा अगुवाको छविलाई उच्च राख्‍नुपर्छ, म अरूभन्दा माथिल्लो स्तरमा हुनुपर्छ र अझ बढी सक्षम हुनुपर्छ भन्‍ने विचार गरेँ। मैले दिने सङ्गतिहरू अझ बढी अन्तर्दृष्टि दिने हुनुपर्थ्यो र मैले समस्याको मुख्य कारणलाई अझै राम्ररी देख्‍नुपर्थ्यो, र दाजुभाइ-दिदीबहिनीहरूले जीवनमा प्रवेश गर्दा सामना गर्ने समस्याहरूको समाधान गर्नुपर्थ्यो। जुनसुकै टोलीसँग भए पनि भेलाहरूमा सबैभन्दा राम्रो म नै देखिनुपर्छ, त्यस पदको योग्य हुने एउटै मात्र तरिका यही हो जस्तो मलाई लाग्थ्यो। जिम्मा स्वीकार गरेपछि, सबै कुरामा मैले मेरो पदको लागि मात्र बोलिरहेको र व्यवहार गरिरहेको थिएँ। साँचै भन्‍ने हो भने, म हरेक पक्षमा कमजोर थिएँ, तर मैले आफूलाई उच्‍च भएको बहाना बनाउँदै भेष बदलिरहेको थिएँ, अनि अरूले मलाई आदरको साथ हेरून् भनेर आफू चम्कनको लागि मैले मेरो सहकर्मीको ज्योति खोस्ने प्रयास गर्दै म धूर्त कार्यमा संलग्‍न भएँ। हरेक दिन म आफ्नो हैसियतलाई कसरी कायम राख्‍ने भनेर सोच्थें, मेरो काम कसरी राम्रोसँग गर्ने, मेरा जिम्मेवारीहरू कसरी पूरा गर्ने भन्‍ने बारेमा कहिले पनि सोचिनँ। वास्तविक, सही काममा मेरो ध्यान केन्द्रित थिएन। त्यो कसरी सत्यतालाई पछ्याएको र मेरो कर्तव्य पूरा गरेको हुन्छ र? त्यो त पदको पछि लाग्‍नु र हैसियतद्वारा पूर्ण रूपमा नियन्त्रित हुनु हो—यो त हैसियतको दास हुनु थियो। म अगुवाको रूपमा छानिएको भए तापनि, मैले तत्कालै धेरै ठूलो कद वा सत्यताको वास्तविकतालाई पाएको थिइनँ, तर म उही व्यक्ति थिएँ। मेरो कर्तव्य मात्र फरक थियो। अगुवाको रूपमा मेरो कर्तव्यद्वारा मैले तालिम पाएको, समस्याको समाधानको लागि सत्यतालाई खोजेको र व्यवहारिक काम गरेको परमेश्‍वर चाहनुहुन्थ्यो। यो त मलाई हैसियत दिनलाई थिएन। तर मैले आफैलाई अगुवाको हैसियतमा उचालेँ, अझ गलत विचार गर्दै अगुवा भनेको संसारका सरकारी कर्मचारी जस्तै हो, जसको अर्थ हैसियत प्राप्त गर्नु हो भन्‍ने ठानेँ। के त्यो अविश्‍वासीको जस्तै दृष्टिकोण भएन र? यो मूर्खता थियो।

यो सबै कुरालाई थाहा पाएपछि, मैले परमेश्‍वरसँग यसो भन्दै प्रार्थना गरेँ: “हे परमेश्‍वर, तपाईंको अन्तर्दृष्टि र मार्गदर्शनको लागि धन्यवाद छ, जसले गर्दा मैले मेरो स्थिति गलत हुनुको कारण म हैसियतको पछि लागेकोले गर्दा हो भन्‍ने बुझेँ। म गलत बाटोमा थिएँ। परमेश्‍वर, म पश्‍चात्ताप गर्न र मेरो यो अवस्थालाई समाधान गर्न सत्यताको खोजी गर्न चाहन्छु। दया गरी मलाई अगुवाइ गर्नुहोस्।” त्यसपछि मैले परमेश्‍वरका वचनहरूको खण्ड पढेँ जहाँ सर्वशक्तिमान परमेश्‍वर यसो भन्‍नुहुन्छ, “मानिसहरू आफै सृष्टिका थोकहरू हुन्। के सृष्टिका थोकहरूले सर्वशक्तिसम्पन्नता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, र सबै कुरा पूरा गर्न सक्छन्? तिनीहरूले सक्दैनन्। तापनि, मानिसहरूभित्र एउटा कमजोरी छ। तिनीहरूले कुनै सीप वा पेसा सिक्ने बित्तिकै तिनीहरूले आफू सक्षम छन्, तिनीहरू हैसियत र महत्त्व भएका मानिसहरू हुन्, र तिनीहरू पेसेवारहरू हुन् भन्ने विचार गर्छन्। तिनीहरूले आफैलाई जति नै ‘सक्षम’ ठाने पनि, तिनीहरू सबै आफूलाई राम्ररी प्रस्तुत गर्न चाहन्छन्, आफूलाई महत्त्वपूर्ण उच्च व्यक्तिहरूको भेषमा लुकाउन चाहन्छन्, अनि सिद्ध र एउटै पनि खोट नभएको दोषरहित देखिन्छन्; अरूको नजरमा, तिनीहरू महान्, शक्तिशाली, पूर्ण सक्षम, र जे पनि गर्न सक्ने व्यक्ति ठानिन चाहन्छन्। … तिनीहरू साधारण मानिसहरू, सामान्य मानिसहरू वा केवल मरणशीलहरू हुन चाहँदैनन्। तिनीहरू केवल महामानव हुन चाहन्छन्, वा विशेष योग्यता वा शक्तिहरू भएको व्यक्ति हुन चाहन्छन्। यो निकै ठूलो समस्या हो! सामान्य मानवताभित्रका कमजोरीहरू, कमीहरू, अज्ञानता, मूर्खता, र समझको कमीको सम्बन्धमा भन्दा, तिनीहरूले ती सबै कुरा पोको पार्छन्, राम्ररी प्रस्तुत गर्छन्, र अरू मानिसहरूलाई त्यो देख्न दिँदैनन्, र त्यसपछि आफैलाई लुकाइरहने गर्छन्। … तिनीहरूले आफू को हुन् भनेर आफै चिन्दैनन्, न त तिनीहरूले सामान्य मानवतामा कसरी जिउने भनेर नै जान्दछन्। तिनीहरूले कहिल्यै पनि व्यावहारिक मानिसले जस्तो व्यवहार गरेका हुँदैनन्। आफ्‍नो व्यवहार प्रस्तुत गर्दा, यदि मानिसहरूले यस किसिमको मार्ग चुन्छन् भने—आधार सहितको कुरा बोल्‍नुको सट्टा सधैँ भ्रममा हुने, सधैँ काल्‍पनिक कुरा गर्ने गर्छन् भने—तिनीहरूले समस्याहरूको सामना गर्न बाध्य हुन्छन्। तैँले जीवनमा यसरी चुनेको मार्ग सही हुँदैन। तँलाई इमानदारी साथ भन्ने हो भने, यदि तैँले यसो गरिस् भने, तैँले परमेश्‍वरमा जसरी विश्‍वास गरे पनि तैँले सत्यता बुझ्नेछैनस्, न त तैँले सत्यता नै प्राप्त गर्न सक्छस्, किनकि तेरो सुरुआतको बिन्दु नै गलत छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्नो विश्‍वासमा सही मार्गमा हुनका निम्ति आवश्यक पाँच अवस्था”)। यो पढ्दा म परमेश्‍वरको सामुन्ने भएको, उहाँद्वारा न्याय गरिँदै गरेको जस्तो मलाई महसुस भयो। मेरो लागि यो असाध्यै कष्टकर र दुःखलाग्दो कुरा थियो, विशेष गरी यो पढ्दा, “यदि तैँले यसो गरिस् भने, तैँले परमेश्‍वरमा जसरी विश्‍वास गरे पनि तैँले सत्यता बुझ्नेछैनस्, न त तैँले सत्यता नै प्राप्त गर्न सक्छस्, किनकि तेरो सुरुआतको बिन्दु नै गलत छ।” आफ्नो कर्तव्यमा कुनै व्यक्तिको मनसाय र उसले लिने मार्ग कत्ति महत्वपूर्ण हुन्छ भनेर मैले बुझेँ, ती कुराहरूले उसले सत्यता प्राप्त गर्न सक्छ कि सक्दैन भन्‍ने कुरालाई सीधै निर्धारण गर्छन्। यदि हामी आफ्नो कर्तव्यमा सत्यताको पछि लाग्दैनौं भने, यदि हामी परमेश्‍वरको इच्छालाई ध्यान दिँदैनौं तर त्यसको सट्टा आफ्नै हैसियतलाई कायम राख्छौं भने, हामीले जति कडा मेहनत गरे पनि, जति पीडा सहे पनि र जति नै मूल्य चुकाए पनि—कहिल्यै परमेश्‍वरको अनुमोदन पाउनेछैनौं तर परमेश्‍वरले हामीलाई इन्कार गर्नुहुनेछ र निन्दा गर्नुहुनेछ। परमेश्‍वर पवित्र हुनुहुन्छ अनि उहाँले हाम्रो हृदय र मनको गहिराइ देख्न सक्नुहुन्छ। मैले अगुवा भएपछि अरूको दृष्टिमा आफ्नो छवि र हैसियत बनाउने बारेमा मात्र सोचेँ। मैले आफ्नो नेतृत्वको पदलाई जोगाउने चाहना गर्दै आफ्ना दोषहरू र कमीकमजोरीहरूलाई लुकाएर सधैँ आफ्नो भेस बद्लिरहेको थिएँ ताकि अरू मानिसहरूले मेरो सम्मान र प्रशंसा गरून्। मेरो हृदयमा भएको कुरा परमेश्‍वरको आज्ञा थिएन—म हैसियतको पछि लागिरहेको थिएँ, परमेश्‍वरको विरोध गर्ने मार्गमा हिँडिरहेको थिएँ। त्यसरी मैले कसरी पवित्र आत्माको कार्य प्राप्त गर्न सक्थेँ र? म अन्धकारमा परेको थिएँ, तब परमेश्‍वरको धर्मी स्वभाव ममाथि आयो। यदि मैले अझै पश्चात्ताप नगरेको भए, परमेश्‍वरले मलाई निश्चयै घृणा गर्नुहुनेथियो। मैले परमेश्‍वरको घरबाट निष्कासित गरिएका ख्रीष्ट-विरोधीहरूको बारेमा सोचेँ। तिनीहरूसित हैसियत थियो र तिनीहरूले आफू अरूजस्तो होइन भनी सधैँ सोच्थे। तिनीहरूले हैसियतका आशिषहरूको लागि लालच गर्थे, यसरी तिनीहरूले आफूलाई माथि उचाल्थे, देखावटी काम गर्थे, परमेश्‍वरका मानिसहरूलाई उहाँबाट टाढा लैजान सङ्घर्ष गर्थे। तिनीहरूले खराब कुरा गर्थे र परमेश्‍वरको विरोध गर्थे अनि अन्त्यमा तिनीहरूलाई निकालियो, हटाइयो। यो सबै बुझेपछि, मैले अगुवाको कर्तव्य सम्हालेदेखि हैसियतले मलाई कसरी नियन्त्रण गरेको थियो भनेर मनन गरेँ। मैले कर्तव्यहरूलाई दर्जाको रूपमा ठान्थें र यसरी आफूलाई उपाधि दिएँ र आफूलाई माथि उचालेँ। मलाई मैले हैसियत प्राप्त गरेको छु भन्‍ने लागेको थियो, अनि अरू मानिसहरूका समस्याहरू समाधान गरेर म देखावटी काम गर्न चाहन्थेँ ताकि तिनीहरूले मेरो सम्मान गरून्। म निर्लज्ज थिएँ! यो सोचले गर्दा लाजले मेरो अनुहार रातो भयो; मलाई के लाग्यो भने, म घृणित छु अनि त्यसरी अरूको दृष्टिमा आफ्नो हैसियत जोगाउनु भनेको मूल रूपमा, हैसियतको लागि परमेश्‍वरसँग होड गर्नु नै थियो। यो त ख्रीष्टविरोधीको मार्ग थियो। त्यसपछि मैले म कस्तो डरलाग्दो अवस्थामा रहेछु र यदि पश्चात्ताप गरिनँ भने, अन्त्यमा ख्रीष्टविरोधीलाई जस्तै मलाई पनि सजाय दिइनेछ भनेर बुझेँ।

मैले पछि खोजी र मनन गर्दा, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “जब तँसँग कुनै हैसियत हुँदैन, तैँले आफूलाई प्रायजसो विश्‍लेषण गरेर आफैलाई चिन्‍न सक्छस्। अरूले यसबाट लाभ प्राप्त गर्न सक्छन्। जब तँसँग हैसियत हुन्छ, तैँले अझै पनि आफूलाई विश्‍लेषण गरेर आफूलाई चिन्‍न सक्छस्, र यसरी तेरा अनुभवहरूबाट अरूले सत्यता वास्तविकतालाई बुझ्‍न र परमेश्‍वरको इच्‍छालाई जान्‍न सक्छन्। यसबाट पनि मानिसहरूले लाभ प्राप्त गर्न सक्छन्, होइन र? यदि तैँले त्यसरी अभ्यास गरिस् भने, तँसँग हैसियत होस्, नहोस्, अरूले यसबाट उस्तै प्रकारले लाभ प्राप्त गर्नेछन्। त्यसकारण, तेरो लागि हैसियतको अर्थ के हो त? यो वास्तवमा अतिरिक्त, थप कुरा, कपडाको टुक्रा वा टोपी जस्तै हो; जबसम्‍म तैँले यसलाई त्यति ठूलो कुरा मान्दैनस, यसले तँलाई बन्धनमा पार्न सक्दैन। यदि तैँले हैसियतलाई मन पराउँछस् र यसमा विशेष जोड दिन्छस्, सधैँ यसलाई महत्त्वपूर्ण कुराको रूपमा लिन्छस् भने, त्यसले तँलाई आफ्‍नो वशमा राख्‍नेछ; त्यसपछि, तैँले अब फेरि आफूलाई चिन्‍ने चाहना गर्नेछैनस्, न त तँ आफ्‍नो मनको कुरा खोलेर आफूलाई उदाङ्गो पार्न, वा आफ्‍नो नेतृत्वको पदलाई पन्छाउन र अरूसँग अन्तरक्रिया गरेर आफ्‍नो कर्तव्य पूरा गर्न नै इच्‍छुक हुन्छस्। यो कस्तो प्रकारको समस्या हो? के तैँले आफ्नै लागि यो हैसियत ग्रहण गरेको छैनस् र? के तैँले त्यो पदलाई ओगटिरहेको र त्यसलाई त्याग्‍न अनिच्‍छुक भएको, र आफ्‍नो हैसियतलाई रक्षा गर्नको लागि अरूसँग होडसमेत गरेको छैनस् र? के तैँले आफैलाई कष्ट दिइरहेको छैनस् र? यदि तैँले आफूलाई कष्ट दिएर मार्छस् भने, तैँले कसलाई दोष दिनेछस्? यदि तँसँग हैसियत हुँदा, तँ यसलाई अरूमाथि हुकुम लाद्‍ने कार्यबाट टाढा बस्छस्, बरु आफूले गर्नुपर्ने सबै कुरा गर्दै र आफूले गर्नुपर्ने कर्तव्य पूरा गर्दै आफ्‍नो कर्तव्यलाई कसरी राम्ररी पूरा गर्ने त्यसमा ध्यान केन्द्रित गर्छस् भने, र यदि तैँले आफूलाई साधारण दाजुभाइ वा दिदीबहिनीको रूपमा हेर्छस् भने, के तैँले हैसियतको बन्धनलाई पन्छाएको हुनेछैनस् र?” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्नको लागि, व्यक्तिसँग अभ्यासको निश्‍चित मार्ग हुनुपर्छ”)। परमेश्‍वरका वचनहरूले मलाई प्रवेश गर्ने र अभ्यास गर्ने मार्ग उपलब्ध गराइदियो। मेरो कुनै हैसियत भएपनि वा नभए पनि, मैले मेरो दायित्व ठीकसँग पूरा गर्नुपर्छ, मैले जे बुझेको छु त्यसैमा सङ्गति दिनुपर्छ, र मैले नबुझेको कुराको सामना गर्नु पर्‍यो भने, खुला भएर अरू दाजुभाइ-दिदीबहिनीहरूसँग सत्यता खोज्नको लागि सङ्गति गर्नुपर्छ र सँगै मिलेर समाधान गर्नुपर्छ। मैले त तिनीहरूभन्दा फरक काम मात्र गर्दैथिएँ, तर कोही पनि अरूभन्दा ठूलो वा सानो थिएन। र मैले अगुवाको रूपमा सेवा गर्नु भनेको त म अरूभन्दा राम्रो छु, बढी सक्षम छु भन्‍ने थिएन। तर मैले स्वचेतना नभएको एउटा जोकरले जस्तो व्यवहार गरेँ। मेरा थुप्रै कमजोरीहरू पनि थिए र मलाई दाजुभाइ-दिदीबहिनीहरूको सहायताको खाँचो थियो, तैपनि, म तिनीहरूभन्दा राम्रो हुनुपर्छ भन्‍ने सोचेँ। त्यो एकदम अहङ्कारी र अज्ञानी कुरा थियो! मैले आफैलाई अपमानजनक तरिकाले माथि उचाल्‍नु भनेको हाँसउठ्दो कुरा थियो भन्‍ने मलाई लाग्यो। मलाई यस अवस्थाद्वारा मेरो हृदय र मैले लिएको गलत बाटोलाई देखाइदिनुभएकोमा मैले परमेश्‍वरलाई धन्यवाद दिएँ। मैले परमेश्‍वरसँग यसो भनेर प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई खुलासा गरिदिनुभएको लागि तपाईंलाई धन्यवाद दिन्छु, किनभने म हैसियतको पछाडि कसरी लागिपरेको थिएँ र तपाईंको प्रतिरोध गर्ने मार्गमा थिएँ भन्‍ने कुरा मले देख्‍न सकेँ। म गलत बाटोमा रहिरहन चाहन्‍नँ। म पश्‍चात्ताप गर्न चाहन्छु, हैसियत सम्बन्धी विचारलाई छोड्न चाहन्छु, कामप्रतिको मेरो धारणा परिवर्तन गर्न चाहन्छु, र सत्यताका सिद्धान्तहरूअनुसार म मेरो काम गर्न चाहन्छु।”

एक पटक म एउटा समूहको भेलामा गएँ जहाँ तीनजना दाजुभाइ-दिदीबहिनीहरूले मैलेभन्दा लामो समयदेखि कर्तव्य पूरा गर्दै आइरहेका थिए, र उनीहरूमध्ये दुई जनाले त अगुवाको रूपमा सेवा पनि गरिसकेका थिए। उनीहरूले पहिले नै मलाई सत्यताको सङ्गति दिएका थिए र मेरा समस्याहरू समाधान गर्न सहायता गरेका थिए, त्यसैले मैले भेलामा विवश भएको महसुस गर्दैथिएँ। यदि मैले दिने सङ्गति राम्रो भएन र तिनीहरूका समस्याहरूमा सहायता गर्न असफल भएँ भने, उनीहरूले ममा सत्यताको वास्तविकता नभएको र म अगुवा हुन लायक नभएको ठान्‍नेछन् भनेर मलाई डर लाग्यो। मैले समाधान गर्न नसक्ने कुरा भन्छन् कि भन्‍ने डरले मैले तिनीहरूको अवस्था कस्तो छ भनेर सोध्ने साहस गरिनँ। त्यस बेला मैले थाहा पाएँ, मैले त फेरि पनि आफ्‍नो इज्‍जत र हैसियत बचाउन कोसिस गर्दैथिएँ, त्यसकारण मैले आफैलाई त्याग्ने बारेमा प्रार्थना गरेँ। त्यसपछि परमेश्‍वरबाट यी वचनहरू मनमा आए: “यदि तँसँग हैसियत हुँदा, तँ यसलाई अरूमाथि हुकुम लाद्‍ने कार्यबाट टाढा बस्छस्, बरु आफूले गर्नुपर्ने सबै कुरा गर्दै र आफूले गर्नुपर्ने कर्तव्य पूरा गर्दै आफ्‍नो कर्तव्यलाई कसरी राम्ररी पूरा गर्ने त्यसमा ध्यान केन्द्रित गर्छस् भने, र यदि तैँले आफूलाई साधारण दाजुभाइ वा दिदीबहिनीको रूपमा हेर्छस् भने, के तैँले हैसियतको बन्धनलाई पन्छाएको हुनेछैनस् र?” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्नको लागि, व्यक्तिसँग अभ्यासको निश्‍चित मार्ग हुनुपर्छ”)। मेरा अभ्यासहरूलाई मैले परमेश्‍वरले चाहनुभएअनुसार बनाउनुपर्छ भन्‍ने मलाई थाहा थियो, र ममा सत्यताको बुझाइ सतही भए तापनि, म परमेश्‍वरमा भर पर्न र मेरो काम मेरो क्षमताले भ्याएसम्म राम्ररी गर्न तयार भएँ। परमेश्‍वरका वचनहरूको मार्गदर्शनमा, मैले एकदम स्वतन्त्र भएको महसुस गरेँ र अरू मानिसहरूले मेरो बारेमा के विचार गर्लान् भनेर वास्ता गरिनँ। मैले आफूमा भएको बुझाइको बारेमा सङ्गति दिने विचार गरेँ। मैले भनेको कुरा सुनेर, दाजुभाइ-दिदीबहिनीहरूले मलाई तुच्छ ठानेनन्, तर तिनीहरू सबैले त्यसबाट केही कुरा पाएका छन् भनी बताए।

भेलामा, मैले “कुनै व्यक्तिको आचरणलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू।” मा उल्‍लेख गरिएको परमेश्‍वरको वचनहरूको खण्ड पढेँ। परमेश्‍वरका वचनहरूले भन्छ, “कुनै एक व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे तापनि, परमेश्‍वरलाई सन्तुष्ट पार्ने र उहाँको स्वीकृति प्राप्त गर्ने किसिमको परिणाम हासिल गर्नु र मापदण्डअनुसार कर्तव्य निर्वाह गर्नु परमेश्‍वरका कार्यहरूमा निर्भर रहन्छ। यदि तैँले तेरा कर्तव्यहरूलाई व्यवहारमा लागु गरिस् भने, यदि तैँले आफ्नो कर्तव्य निर्वाह गरिस्, तर परमेश्‍वरले कार्य गर्नुहुन्‍न र परमेश्‍वरले के गर्नुपर्छ भनेर भन्‍नुहुन्‍न भने, तँलाई तेरो मार्ग, तेरो दिशा वा तेरा लक्ष्यहरू थाहा हुनेछैन। आखिर त्यसबाट के आउँछ? त्यो त निष्फल परिश्रम मात्र हुनेछ। यसैले, मापदण्डअनुसार आफ्नो कर्तव्य निर्वाह गर्नु र परमेश्‍वरको घरभित्र खरो उत्रन सक्षम हुनु, दाजुभाइ र दिदीबहिनीहरूलाई आध्यात्मिक ज्ञान प्रदान गर्नु र परमेश्‍वरको स्वीकृति प्राप्त गर्नु सम्पूर्ण रूपमा परमेश्‍वरमा नै निर्भर रहन्छ! मानिसहरूले ती कुराहरू मात्र गर्न सक्छन् जुन काम गर्न तिनीहरू सक्षम छन्, जुन कुरा तिनीहरूले गर्नुपर्छ र जुन कुरा तिनीहरूका अन्तर्निहित क्षमताभित्र छ—योभन्दा बढी होइन। यसैले, तेरो कर्तव्यबाट प्राप्त हुने परिणामहरू परमेश्‍वरको मार्गदर्शनद्वारा निर्धारण गरिन्छन्; तिनीहरू परमेश्‍वरद्वारा प्रदान गरिएका मार्ग, लक्ष्य, दिशा र सिद्धान्तहरूद्वारा निर्धारित हुन्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरू)। परमेश्‍वरका वचनहरू पढेर मेरो हृदय उज्यालो भयो। परमेश्‍वरको घरको काम खासमा परमेश्‍वरद्वारा नै हुन्छ र कायम गरिन्छ, र मानव भएर, हामीले आफ्नो कर्तव्य सकेजति पूरा गर्छौं। तर पवित्र आत्माको कामविना, परमेश्‍वरको प्रकाश र मार्गदर्शनविना, हामीले जति नै परिश्रम गरे पनि हाम्रो काममा हामीले केही पनि प्राप्‍त गर्दैनौं। हाम्रो कर्तव्यमा, परमेश्‍वरले के चाहनुहुन्छ भन्‍ने कुरा हामीले बुझ्नुपर्छ, यसको लागि हाम्रो हृदयमा बोझ लिनुपर्छ, सबै कुरामा सत्यता खोज्नुपर्छ र अभ्यास गर्नुपर्छ, र सिद्धान्तअनुसार काम गर्नुपर्छ। यसरी मात्र पवित्र आत्माको काम र परमेश्‍वरको स्वीकृति पाउन सकिन्छ। अगुवाको रूपमा रहेको मेरो पद भनेको दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्यका समस्याहरू समाधान गर्न सहायता गर्नको लागि र उनीहरू जीवनमा प्रवेश गर्दा सत्यताको सङ्गति दिनको लागि थियो। कति पटक मैले त्यही बेला समस्या समाधान गर्न नसके पनि, मैले सधैँ टिपोट गर्न सक्थेँ र त्यसबारे थप कुराहरू खोजेर पछि समाधान गर्न सक्थेँ। त्यसकारण मैले स्वभाविक तरिकाले उनीहरूलाई उनीहरूको काममा अवस्था कस्तो छ र के कस्ता कठिनाइहरू छन् भनेर सोध्न सक्थेँ। जब उनीहरूले के कस्तो भइरहेको छ भनेर संगतिमा बाँड्थे, तब परमेश्‍वरको अघि म आफ्नो हृदयलाई शान्त पार्थें, र ध्यान दिएर समाधान खोज्थें र यसबारे विचार गर्थेँ। त्यसरी मैले उनीहरूका घटी-कमीहरू पत्ता लगाउन सक्थेँ र त्यही अनुसार उनीहरूको समस्या समाधानका लागि र प्रवेश गर्नका लागि, सही मार्ग थाहा पाउन परमेश्‍वरका वचनहरूको प्रयोग गर्थेँ। यो सम्पूर्ण रूपमा परमेश्‍वरको मार्गदर्शन हो भन्‍ने कुरा मलाई थाहा थियो। म उत्साहित भएँ, र मैले पदलाई छोड्दा कति स्वतन्त्र भइँदो रहेछ भन्‍ने कुराको स्वाद पाएँ। काममा मेरो धारणालाई सुधार्दा, परमेश्‍वरले दिनुभएको आज्ञाको काममा हृदय लगाउँदा, आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने भनेर खोज्दा र पुनर्विचार गर्दा, अनि कसरी उत्कृष्ट परिणाम पाउने भनी सोच्दा, त्यो अनुभवले व्यक्तिगत रूपमा मलाई यो देखायो कि म हैसियतको बन्धन र नियन्त्रणहरूबाट मुक्त भएको छु। मैले परमेश्‍वरको अगुवाइ र आशिषहरूको कटनी गर्न सकेँ।

अघिल्लो: आफ्‍नो कर्तव्यलाई कसरी हेर्ने

अर्को: म अब जिम्‍मेवारीदेखि डराउँदिनँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

एक ढोङ्गीको पश्‍चात्ताप

क्षिनरुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित...

इमानदार मानिस हुनुको स्वाद

योङ्ग्सुइ, दक्षिण कोरियाएक दिन मार्च महिनाको अन्ततिर एक भेलामा, एक जना अगुवाले गिरफ्तार गरेर क्रूर यातना दिइएका एकजना दाजुको बारेमा बताए।...

एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिका सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

क्रूर यातनाको समय

चेन हुइ, चीनम चीनमा एक साधारण परिवारमा हुर्किएँ। मेरा बुबा सेनामा थिए र म सानै उमेरदेखि उहाँद्वारा मोडिएकी र प्रभावित भएकी हुनाले, म एक...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्