३. आशिष् पछ्याउँदा आएको जागरण

वर्ष १९९४ मा मेरी आमाले प्रभु येशूमा विश्वास गर्नुभयो। तीन महिनाभित्र उहाँको मुटुको कोरोनरी रोग ठीक भयो, जसबाट मैले परमेश्वरको सर्वशक्तिमानता र आशिष देख्न सके। मैले सोचेँ, जबसम्म परमेश्वरमा मेरो इमानदार विश्वास रहन्छ, तबसम्म उहाँले हाम्रो परिवारको रक्षा गर्नुहुनेछ, हामीलाई रोग र विपत्तिबाट सुरक्षित राख्नुहुनेछ। यसरी मैले आमालाई पछ्याएर प्रभुमा विश्वास गर्न पुगेँ। त्यसबेलादेखि म सक्रियतासाथ भेलामा सहभागी भएँ, र व्यापार गर्दाको समयमा पनि परमेश्वरको आशिष देखेँ; म अत्यन्तै आभारी थिएँ।

जुन १, २००२ मा मैले प्रभू येशूको आगमनको सुसमाचार सुनेँ, र परमेश्वर आखिरी पटक मानिसलाई मुक्ति दिने काम गर्न देहमा फर्कनुभएको छ भन्ने थाहा पाएँ। मलाई लाग्यो, म निकै आशिषित छु, र मैले यो अन्तिम मौका छोड्नुहुँदैन, लगनशील भई कर्तव्य निभाउनुपर्छ। त्यो वर्षको नोभेम्बरमा, मैले काठको व्यवसाय छोडिदिएँ र पूरै समय कर्तव्यमा लगाएँ। मैले मनमनै सोचेँ, “परमेश्वरमा मेरो इमानदार विश्वास रहेसम्म, उहाँका लागि मैले दौडधूप र समर्पण गरेसम्म, उहाँले मलाई आशिष् दिनुहुनेछ, र सबै कुरा ठीकठाक राख्नुहुनेछ।” त्यसैले, म बिहानदेखि बेलुकासम्म मण्डलीमा व्यस्त रहन्थेँ, आनन्द मान्थेँ र कहिल्यै थाक्दिनँथेँ। वर्ष २०१२ मा, मैले छोरालाई परमेश्वरको घरमा ल्याएँ। त्यसपछि, छोरा र म मण्डलीमा सँगै कर्तव्य निर्वाह गर्न थाल्यौँ। मैले मनमनै सोच्थेँ: ती वर्षमा छोरा र म सबै कुरा त्यागेर सारा समय परमेश्वरप्रति समर्पित भएका छौँ; हामीले पक्कै परमेश्वरको संरक्षण र आशिष् पाउनेछौँ। तर, म धेरै आशिष् पाउनका उत्सुकतापूर्वक समर्पित भइरहेको बेला, अचानक एउटा घटनाले आशिष् पाउने मेरो सपना चकनाचूर बनाइदियो।

१७ अक्टोबर २०२० मा, ६ बजेर केही समय मात्र गएको थियो, छोराको फोन आयो। उसले मलीन आवाजमा भन्यो, “आमा, म बिमारी भएँ, छिटो आउनुस्!” त्यो बेला, उसले भनेको कुरामा विश्वास नै गरिनँ, र मैले भनेँ, “दिउँसो भेट्दा त तिमी ठीक थियौ; केही घण्टा अघि मात्र भेट भएको हो, कसरी अचानक बिरामी भयौ?” छोराले अधीर हुँदै भन्यो, “आमा, यो बिमारी निकै गम्भीर छ! छिटो आउनुस्!” म हतारहतार ट्याक्सी चढेर छोरा भए ठाउँ गएँ। म उसको कोठामा पस्ने बित्तिकै छोराले भन्यो, “आमा, म उभिन सक्दिनँ। कम्मर मुनिको भागले केही थाहा पाउँदैन।” मैले छोरालाई हेरेँ, हिँडडुल गर्न सकेको थिएन र मेरो दिमाग सुन्ना भयो। उसको छेउमा बसेका युवा ब्रदरले झट्पट भने, “हामीले उहाँलाई अस्पताल लगिहालौँ!” त्यसपछि म होशमा आएँ, अनि ती ब्रदर र मैले छोरालाई उठायौँ, र तल लग्न खोज्यौँ, तर छोराको खुट्टा चाउमिनजस्तो लुलो थियो, एक पाइला चाल्न सकेन। हामीले केही गर्न सकेनौँ, अनि १०२ मा फोन गरेर अस्पताल लग्यौँ। डाक्टरले भने, “यो गिलान-बारी सिन्ड्रमको लक्षण हो, यो रोगको उपचार सजिलो छैन। केही समय पहिले, हाम्रो अस्पतालका एक नर्समा यही रोग देखिएको थियो। उनले ६० देखि ७० हजार युआन खर्च गरिन्; तर निको भइनन् र मरिन्।” म स्तब्ध भएँ, मेरो खुट्टा अचानक कमजोर भए। म निकै आत्तिएकी थिएँ, मैले सोचेँ, “मेरो छोरालाई कसरी अचानक यस्तो भयानक रोग लाग्यो? छोरा र म घर छोडेर यहाँ हाम्रो कर्तव्य निर्वाह गर्न आएका थियौँ; यस्तो कसरी हुन सक्यो? परमेश्वरले हाम्रो रक्षा किन नगर्नुभएको?” ममा अझै पनि यो तथ्य स्वीकार्ने हिम्मत थिएन। डाक्टरले छिटो गरी प्रान्तको अस्पतालमा लैजान सल्लाह दिए, किनकि त्यहाँ रोगको उपचार हुने सम्भावना धेरै थियो। मेरो हृदयमा आशाको किरण जाग्यो। तर छोरालाई राखेको अस्पतालको कोठामा आएर उसलाई लम्पसार देख्दा, मेरो मुटु खुम्चियो। मसँग २० हजार युआन मात्रै थियो; यो उसको उपचार गर्न पर्याप्त थिएन! मैले परमेश्वरलाई दोष दिन थालेँ: मैले घर छोडेर यतिका वर्षदेखि कर्तव्य निर्वाह गर्दै आइरहेकी थिएँ। मैले मण्डलीले सुम्पेको कुनै पनि कर्तव्यलाई कहिल्यै “नाइँ” भनिनँ। मैले आफूलाई यसरी समर्पित गर्दा पनि परमेश्वरले कसरी मेरो छोरालाई यस्तो हुन दिन सक्नुभयो? म ओछ्यानमा पल्टिएकी थिएँ, छटपटी थियो, निद्रा लागेको थिएन। मनमा कुरा खेलिरहेका थिए, “परमेश्वरले मेरो छोरालाई मर्न दिनुहुनेछैन, हैन त? सायद यो परमेश्वरको परीक्षा हो, हाम्रो आस्थाको परीक्षा लिँदै हुनुहुन्छ कि? वा सायद सुर्योदयसँगै मेरो छोरा ठीक हुनेछ कि?” रातभरि यस्तै कुरा खेल्दै उज्यालो भयो, त्यसपछि हतारहतार मेरो कर्तव्य अर्कोलाई हस्तान्तरण गरी छोरालाई लिएर प्रान्तीय अस्पताल गएँ। ड्युटीमा रहेका डाक्टरले मेरो छोराको अवस्था जाँच गरेपछि मलाई भने, “सरसर्ती हेर्दा यो गिलान-बारी सिन्ड्रमको लक्षणजस्तो देखिन्छ, तर औषधि दिएर ठीक हुन्छ, हुँदैन भोलिसम्म हेरौँ। आज राति चाहिँ पूरा ध्यान दिनुहोला; बीचमा सास अड्कियो भने बिरामीको मृत्यु हुन सक्छ।” यो सुनेर म स्तब्ध भएँ। के मेरो छोरा साँच्चै मृत्युबाट बच्ने छैन? मेरो छोराले रात पनि नकाट्ला कि भन्ने डर लाग्यो। जति सोचेँ, उति डर लाग्यो, र हतारहतार चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ “हे परमेश्वर! बिन्ती मेरो छोरालाई बचाउनुहोस्। तपाईँ सर्वशक्तिमान हुनुहुन्छ, तपाईँले हात राख्नुभयो भने उसले मर्नुपर्ने छैन। हे परमेश्वर, म तपाईँसँग अरू केही माग्दिनँ; मात्र मेरो छोरालाई रक्षा गर्नुस् र बचाइदिनुस्…।” प्रार्थना गरेपछि, मेरो हृदय केही शान्त भयो। त्यो रातभर मैले परमेश्वरलाई प्रार्थना गरिरहेँ, र मेरा आँखालाई छोराबाट हटाइनँ। उसको सास बढेको सुन्ने बित्तिकै उसलाई उठाइहाल्थेँ। ऊ निसासिएला कि भन्ने डर लाग्थ्यो। तेस्रो बिहान, छोरालाई एक्युट ट्रान्सभर्स माइलाइटिस भएको पत्ता लाग्यो। मुख्य डाक्टरले भने, “उसको मृत्यु भएन भने पनि उसको कम्मरमुनिको भाग नचल्न सक्छ वा दिमागले काम नगर्ने अवस्था आउन सक्छ।” डाक्टरको कुरा सुनेर म अवाक् थिएँ। मैले मनमनै सोचेँ, “उसको कम्मर मुनिको भाग वा दिमागले काम नगर्ने भयो भने, उसको बाँकी जीवन सकिएन र?” त्यसपछि, सम्बन्धित डाक्टरले हर्मोनल औषधि दिँदा निकै जोखिम हुने बताए, र मलाई सुसूचित मन्जुरी फाराममा हस्ताक्षर गराए। त्यो बेला, मेरो हात काँपिरहेको थियो। हस्ताक्षर गरौँ, औषधिको दुष्प्रभावका कारण मेरो छोराको बाँकी जीवन सकिएला भन्ने डर थियो। हस्ताक्षर नगरौँ, रोगको उपचार नगरी मर्नलाई छोड्नु सरह हुनेथियो। त्यो बेला, ममा केही हिचकिचाहट थियो, र मैले मनमनै सोचेँ, “परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ, सबथोक उहाँकै हातमा छ, मेरो छोराको बिमार पनि। म शान्त हुनुपर्छ र यो सबै उहाँलाई नै सुम्पनुपर्छ।” अनि, मैले फाराममा हस्ताक्षर गरेँ। मेरो छोरालाई हर्मोनल औषधि दिएपछि, दोस्रो दिनमा उसको खुट्टा र पैतालामा केही संवेदना आयो, तेस्रो दिन, केही हिँडडुल गर्न सक्ने भयो। म निकै भावुक भएँ र परमेश्वरलाई हृदयबाट धन्यवाद दिइरहेँ। तर मैले अपेक्षा नगरेको कुरा भयो, चौदो दिनको बिहान मैले मेरो फोन छोरालाई दिँदै थिएँ, उसको हातले समात्नै सकेन, र फोन खसेर जोडसँग बेडमा ठोक्कियो। यो देखेर म स्तब्ध भएँ: के भइरहेको हो? कसरी अचानक यो झन् गम्भीर भयो? मैले हतारहतार डाक्टरलाई बोलाएँ, र डाक्टरले भन्यो, “यो भाइरसले शरीरको जुन हिस्सामा आक्रमण गर्छ, त्यो हिस्सालाई नचल्ने बनाइदिन्छ। अब यसले माथिको अङ्गमा आक्रमण गरेको छ, यहाँभन्दा केही माथि गयो भने मस्तिष्कमा आक्रमण गर्नेछ। यस्तै हुँदै गयो भने, ऊ चाँडै दिमागले काम नगर्ने अवस्थामा पुग्न सक्छ। तपाईँ यसका लागि तयार रहनुपर्छ।” यी शब्द सुनेर मेरो दिमागमा बम पड्केजस्तो भयो। मैले मनमनै सोचेँ, “उसको दिमाग नचल्ने भयो भने, के ऊ मरेतुल्य हुँदैन र?” मलाई डर लाग्यो, र हतारहतार चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरो छोरा जवानै छ। केही वर्षदेखि उसले मण्डलीमा हरसमय कर्तव्य निर्वाह गर्दै आएको छ। बिन्ती उसको रक्षा गर्नुहोस्। मेरो छोरा तपाईँलाई सुम्पन्छु; ऊ जिउने वा मर्ने तपाईँ तय गर्नुहोस्।”

पछि, मेरो छोराको जीवनमाथिको खतरा हराएर गयो, र भाइरस पनि उसको मस्तिष्कसम्म पुग्न पाएन। ममा आशा सञ्चार भयो, आँखाभरि आँसु लिएर प्रार्थनामा परमेश्वरप्रति आभार व्यक्त गरेँ। आधा महिनासम्म सबथोक यसरी नै चल्यो, त्यसपछि डाक्टरले पुनर्स्थापना केन्द्रमा राखेर शारीरिक क्रिया फर्काउन सल्लाह दिए। पुनर्स्थापना केन्द्रमा आइपुगेपछि डाक्टरले भने, “यो रोगबाट निको हुने सबभन्दा राम्रो समय पहिलो तीन महिना हो। तपाईँको छोराको रोगको गम्भीरतालाई हेर्दा ऊ फेरि उभिने सम्भावना न्यून छ। अर्को तीन महिनाभित्र ऊ उभिन सकेन भने, फेरि कहिल्यै उभिन सक्ने छैन।” एक दिन म छोरासँगै उसको पुनर्स्थापना थेरापीमा गएँ, र उसलाई बेडमा हलचल नगरी चिन्तित मुद्रामा पल्टिएको देख्दा भित्रैदेखि झन नराम्रो लाग्यो। मैले मनमनै सोचेँ, “मैले निकै खुसीसाथ परमेश्वरमा विश्वास गरेँ, उहाँले मेरो छोरा र मलाई सुरक्षित राख्न सक्नुहोस् भन्ने मात्रै आशा गरेँ। मेरो छोरा अचानक ढल्नेछ र हिँडडुल गर्नै नसक्ने हुनेछ भनेर कहिल्यै सोचेकी थिइनँ, र अब त ऊ फेरि उभिन सक्छ कि सक्दैन भन्ने पनि अनिश्चित छ। यो सबै कहिले अन्त्य होला?” एउटा सिस्टरले मलाई भनेको कुरा याद आयो: “तपाईँको छोरालाई अचानक यस्तो गम्भीर रोग लाग्नु संयोग होइन। कहिलेकाहीँ परमेश्वरले हामी भित्रको भ्रष्ट स्वभाव धुनका लागि खास परिस्थितिको प्रयोग गर्नुहुन्छ।” मैले खासमा परमेश्वरको अभिप्राय के होला भन्नेबारे सोचेँ, अनि मेरो फोन उठाएर परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “मैले तिनीहरूलाई निको पारेँ भनेर मात्र धेरैले मलाई विश्‍वास गर्छन्। मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मैले मेरो शक्ति प्रयोग गरौं भनेर र तिनीहरूले शान्ति र आनन्द प्राप्‍त गर्न सकून्‌ भनेर मात्र धेरैले ममा विश्‍वास गर्छन्। मबाट धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्‍वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्‍वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नलाई धेरैले ममा विश्‍वास गर्छन्। धेरैले अस्थायी सान्त्वनाका निम्ति मात्र ममा विश्‍वास गर्छन्, तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्‍त गर्न खोज्दैनन्। जब मैले मेरो क्रोध मानिसमाथि खन्याएँ र कुनै समय ऊसँग भएका सबै हर्ष र शान्ति खोसेँ, मानिस सशङ्कित भयो। मैले मानिसलाई नरकको कष्ट दिएर स्वर्गको आशिष्‌ फिर्ता गर्दा मानिस क्रोधित भयो। निको पार्नलाई मानिसले मलाई बिन्ती गर्दा मैले कुनै ध्यान दिइनँ र ऊप्रति घृणा महसुस गरेँ; बरु मानिस मबाट अलग भएर दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्यो। जब मानिसले मबाट माग गरेको सबै थोक मैले खोसेँ, सबै जना कुनै निशानाविना नै गायब भए। यसैले, मैले अति नै धेरै अनुग्रह दिने र प्राप्‍त गरिने फाइदाहरू अति नै धेरै भएको हुनाले मानिसले ममा विश्‍वास गर्छ भनी म भन्छु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्वरका हरेक वचन मेरो हृदयमा गुन्जियो। उहाँले खुलासा गर्नुभयो कि परमेश्वरको विश्वासमा मानिसका हेराइ गलत छन्, तिनले आफ्नै अभिप्राय र लक्ष्य पालेका हुन्छन्। तिनीहरू परमेश्वरसँग माग र अनुरोध गर्छन्, उहाँबाट अनुग्रह र लाभ पाउन चाहन्छन्। म पनि ठ्याक्कै त्यस्तै व्यक्ति थिएँ। सुरुमा, मैले मेरी आमाले प्रभुमा विश्वास गर्न थालेपछि उहाँको मुटुको गम्भीर कोरोनरी रोग निको भएको देखेँ। मेरो आफ्नै आँखाले परमेश्वरको आशिष देखेपछि उहाँमा विश्वास गर्न थालेँ, उहाँका लागि त्याग र समर्पण गरेँ। परमेश्वरले मेरो रक्षा गर्नुहोस्, मलाई सुरक्षित राख्नुहोस् र सबथोक सहज बनाउनुहोस् भन्ने चाहेँ। कुनै रोग, विपत्ति वा कठिनाइ आउँदा सधैँ परमेश्वरसँग मद्दत मागेँ। मैले परमेश्वरलाई आश्रय मानेकी थिएँ। परमेश्वरको आखिरी दिनहरूको काम स्विकारेपछि, उहाँका लागि झन् धेरै दौडधुप र समर्पण गर्न तयार भएँ। यसरी पछ्याउँदा मैले पक्कै पनि उहाँको झन् धेरै आशिष पाउनेछु भन्ने सोचेँ। तर, छोरालाई गम्भीर रोग लागेर पक्षाघात भएपछि वा मृत्युको मुखमा पुगेपछि मैले यो स्विकार्न सकिनँ, र परमेश्वरको बारेमा गुनासो गरेँ, उहाँसँग तर्क गरेँ र हिसाब बराबर गर्न खोजेँ। विगतमा मैले कति समर्पण गरेकी थिएँ भनेर हिसाबकिताब गरेँ, र यसलाई परमेश्वरले मेरो छोराको रोग निको पार्नुपर्छ भनी माग गर्ने पुँजीको रूपमा प्रयोग गरेँ, उहाँले यो पक्कै गर्नुहुनेछ भन्ने ठानेँ। म बिलकुलै ती धार्मिक मानिसहरू जस्तै थिएँ जो आफूलाई परमेश्वरको हातमा रहेको बच्चा ठान्थे; मैले परमेश्वरलाई मानिसहरूको हरेक बिन्ती सुन्ने, तिनलाई अनुग्रह र आशिष् मात्रै दिने परमेश्वर ठानेँ। मैले उहाँसँग कुनै कुरा माग्दासम्म उहाँले मलाई सन्तुष्ट बनाउनुपर्छ भन्ने लाग्थ्यो। मैले सर्वशक्तिमान परमेश्वरलाई पछ्याएको भएपनि, के मेरो विश्वास गर्ने तरिका ती धार्मिक मानिसहरूको झैँ थिएन र? यो अनुग्रहको युगको जस्तै थियो, जुनबेला प्रभु येशूले पाँच रोटी र दुई माछाले पाँच हजार जनाको भोक मेटाउनु भएको थियो। यी मानिस परमेश्वरबाट लाभ प्राप्त गर्न मात्र चाहन्थे। तिनीहरूले परमेश्वरलाई चिनेका थिएनन्, उहाँले व्यक्त गरेका सत्यता वा उहाँले गरेको काममा तिनीहरूले कहिल्यै रुचि राखेनन्। परमेश्वरले ती मानिसलाई ध्यान दिनुभएन, तिनका देहगत आवश्यकता मात्र पूरा गर्नुभयो र तिनीहरूमा मुक्तिको कुनै काम गर्नुभएन। परमेश्वरले आखिरी दिनहरूमा बिरामी निको पार्ने र भूत भगाउने काम गर्नुहुन्न, बरु मानिसलाई न्याय गरी शुद्ध बनाउन सत्यता व्यक्त गर्नुहुन्छ, तिनीहरूलाई आफ्ना भ्रष्टता फालेर परमेश्वरको मुक्ति प्राप्त गर्न प्रेरित गर्नुहुन्छ। तर मैले यतिका वर्षसम्म केवल आशिष् र लाभ पाउनका लागि परमेश्वरमा विश्वास गरिरहेकी थिएँ। यस प्रकारको पछ्याइ परमेश्वरको कामको विपरीत थियो, अनि कसरी मैले मुक्ति पाउन सक्थेँ र? यो बेला, मैले बुझेँ कि परमेश्वरको अनुमतिले नै मेरो छोरालाई रोग लागेको थियो, र यो मैले सत्यता खोजूँ र त्यसमा प्रवेश गरूँ भन्नका खातिर थियो। तर मैले परमेश्वरको कामलाई बुझिनँ, सत्यता प्राप्त गर्न परमेश्वरको अभिप्राय खोजिनँ, केवल उहाँले मेरो छोराको रक्षा गर्नुहोस्, सकेसम्म छिटो उसको रोग निको पार्ने आशिष् दिनुहोस् भन्ने चाहेँ। म ती भोक मेटाउन रोटी खोज्ने धार्मिक मानिसहरू झैँ थिएँ; मेरो सार अविश्वासीको जस्तो थियो! मैले अब परमेश्वरसँग अनुचित माग गर्नु हुँदैनथ्यो। मेरो छोराको अवस्था जस्तोसुकै हुँदै गएपनि, म परमेश्वरमा समर्पित भई उहाँको कामको अनुभव गर्न इच्छुक थिएँ।

त्यसपछि मेरो छोराले हरेक दिन छ प्रकारका पुनर्स्थापना थेरापी गर्नुपर्ने भएको थियो। एउटा थेरापी सक्दासम्म ऊ पसिनै पसिना हुन्थ्यो। करिब आधा महिनापछि, उसको दुवै हात र खुट्टामा संवेदना फर्कियो। मैले सुरुङको अर्को छेउमा ज्योति देखेँ र हरेक दिन चमत्कार हुने आशा गरिरहें, एकदिन मेरो छोरा फेरि उभिन सक्ने आशा थियो। तर मैले कल्पना गरेजस्तो केही भएन।

एक दिन म छोरासँगै उसको थेरापीमा जाँदैथिएँ, उसले पाइन्टमै दिसा गर्‍यो। त्यो बेला, त्यस्तो दृश्य देख्नु निकै निराशाजनक थियो। मेरो छोराको ज्यान अब खतरामा नभएपनि, ऊ अझै पनि हरेक दिन पिसाब थैली र डायपर लगाउँथ्यो। यसरी जिउनु निकै कष्टकर थियो! मेरो छोरा भर्खर ३० कटेको थियो, अझै जवान नै थियो; भविष्यमा यसरी नै ऊ कसरी रहन सक्थ्यो? मेरो हृदयमा केही निराशा छायो, त्यसैले परमेश्वरसामु गई चुपचाप प्रार्थना गरेँ, “हे परमेश्वर! मेरो छोराले आफ्नो ख्याल राख्न सक्दैन भने, भविषयमा कसरी गुजारा गर्नेछ? हे परमेश्वर, तपाईँको शक्तिमा मलाई विश्वास छ। मेरा छोरा फेरि उभिन सक्यो भने, म पक्कै पनि कडा मेहनत र लगनशीलताका साथ आफ्नो कर्तव्य निभाउनेछु।” मलाई यस्तो प्रार्थना परमेश्वरको इच्छाअनुरूप छैन भन्ने महसुस भयो। त्यसैले, मैले आत्मचिन्तन गरेँ। मैले म परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन तयार छु भनेकी थिएँ, अनि, मैले किन फेरि परमेश्वरसँग माग गरेँ? योबेला, मैले परमेश्वरका यी वचन सम्झेँ: “तिमीहरू परमेश्‍वर तिमीहरूमा आनन्दित हुनुभएको चाहन्छौ, तर तिमीहरू परमेश्‍वरदेखि टाढा छौ। यहाँ के भएको छ? तिमीहरू उहाँका वचनहरूलाई मात्र स्विकार्छौ, तर उहाँको काँटछाँटलाई स्विकार्दैनौ, उहाँका हरेक बन्दोबस्तलाई स्वीकार गर्नु र उहाँमा पूरा विश्‍वास गर्नु त परै जाओस्। त्यसो भए यहाँ के भइरहेको छ? अन्तिम विश्लेषणमा, तिमीहरूको विश्‍वास एउटा खाली अण्डाको खोल हो, त्यसले चल्ला जन्माउन सक्दैन। किनकि तिमीहरूको विश्‍वासले तिमीहरूकहाँ सत्यता ल्याएको छैन वा तिमीहरूलाई जीवन दिएको छैन, त्यसको साटो तिमीहरूलाई खानपान र आशाको भ्रमात्मक अर्थ दिएको छ। तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य सत्यता र जीवन पाउनु होइन, खानपान गर्नु र आशा पाउनु मात्र हो। यसैले म भन्छु, कि परमेश्‍वरमा तिमीहरूको विश्‍वासको मार्ग चापलुसी र निर्लज्जताको माध्यमद्वारा परमेश्‍वरको अनुग्रहद्वारा आफैलाई सन्तुष्ट पार्ने कोसिस बाहेक अरू केही होइन, अनि यो कुनै पनि हिसाबले साँचो विश्‍वास हुन सक्दैन। यस्तो विश्‍वासबाट कुखुरोको चल्ला कसरी जन्मन सक्छ? अर्को शब्दमा भन्‍ने हो भने, त्यस्तो विश्‍वासले के हासिल गर्न सक्छ? परमेश्‍वरमा तिमीहरूका विश्‍वासको उद्देश्य भनेको उहाँलाई प्रयोग गरेर तिमीहरूका आफ्नै लक्ष्यहरू प्राप्त गर्नु हो। के यो परमेश्‍वरको स्वभाव विरुद्धको तिमीहरूको उल्‍लङ्घनको थप तथ्य होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने)। परमेश्वरका वचन पढेपछि मेरो गाला तातो भयो। यी वचनहरूले परमेश्वरले मलाई आमने सामने भई न्याय गरिरहनुभएको आभास गराए। डाक्टरले मेरो छोराको रोग ठीक हुने सम्भावना छैन भन्दा, मैले आफ्ना सबै आशा परमेश्वरमा राखेकी थिएँ, उहाँको चापलुसी र प्रशंसा गर्न मीठो सुनिने शब्दहरू बोलेँ। परमेश्वरले मेरो छोरालाई मृत्युको मुखबाट फर्काएर ल्याउँदा खुसी हुँदै उहाँलाई धन्यवाद दिएँ। छोरोले जीवन पाएको थियो, तर पक्षाघात हुने वा दिमागले काम नगर्ने अवस्थामा पुग्ने जोखिम देखियो, र फेरि मेरो छोरालाई दिमागले काम नगर्ने अवस्था आउन नदिनु भनेर परमेश्वरसँग माग गरेँ, लालची भएर उहाँसँग अनुरोध गर्दै उहाँले मेरो छोरालाई आफ्नो ख्याल आफै राख्न सक्ने बनाइदिनुभयो भने म पक्का आफ्नो कर्तव्य लगनशील भएर गर्नेछु र उहाँको प्रेमको साटो तिर्नेछु भनेँ। मैले लाजैविना परमेश्वरको चापलुसी गर्नु मेरा आफ्नै लक्ष्य हासिल गर्नका लागि रहेछन् भन्ने देखेँ। म साँच्चै घृणायोग्य रहेछु! मैले परमेश्वरलाई भ्रष्ट मानवजाति जसरी नै सम्झेँ, उहाँलाई चापलुसीका शब्द मन पर्छन् भन्ने ठानेँ। केही राम्रा शब्द बोलुन्जेल परमेश्वर खुसी हुनुहुनेछ, र त्यसपछि मलाई लाभ दिनुहुनेछ, छोराको रोग निको हुनेछ भन्ने सोचेँ। परमेश्वर पवित्र र सत्यनिष्ठ हुनुहुन्छ, उहाँ मानिसहरूले हृदयबाटै इमानदारीसाथ उहाँको आराधना गरून्, साँचो हृदयले उहाँको सम्मान गरून् भन्ने चाहनुहुन्छ, तैपनि मैले आफ्ना वैयक्तिक लक्ष्यका लागि परमेश्वरको प्रशंसा र चापलुसी गरेँ। यो परमेश्वरले घृणा गर्ने कुरा थियो। यसपटक, मैले परमेश्वरको विचारशीलता प्रत्यक्ष अनुभव गरेँ। उहाँले यस्ता परिस्थितिको बन्दोबस्त नगर्नुभएको भए, यतिका वर्षसम्मको मेरो विश्वास सुरक्षा र आशिष पाउनका लागि मात्र रहेछन् भनेर मैले कहिल्यै देख्ने थिइनँ। मैले जीवनभर यसरी नै परमेश्वरमा विश्वास गरेकी भए, मैले सत्यता र जीवन कहिल्यै पाउने थिइनँ। मेरा लागि यी परिस्थिति ठूलो मुक्ति र कृपा द्रष्टा थिए। यो बुझेर मेरा आँसु झरे, ऋणी र आत्मग्लानि महसुस भयो। परमेश्वरविरुद्ध यति ठूलो विद्रोह र उहाँको चापलुसी गरेकोमा, उहाँलाई प्रयोग गरेकोमा मलाई पछुतो लाग्यो; मैले उहाँलाई परमेश्वरको रूपमा व्यवहार नै गरेकी थिइनँ। तर परमेश्वरले मेरो कृत्यअनुसार मलाई व्यवहार गर्नुभएन, उहाँले आफ्ना वचन प्रयोग गरी उहाँको अभिप्राय बुझ्न मलाई मार्गदर्शन गर्नुभयो। त्यस क्षण, परमेश्वरको प्रेम र मुक्ति पाएर मलाई झनै लज्जाबोध भयो। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, भविष्यमा मेरो छोराले आफ्नो ख्याल आफै राख्न सके वा नसके पनि, म समर्पित हुन, सत्यता खोज्न र तपाईँका वचन र काम अनुभव गर्न, यी परिस्थितिबाट पाठ सिक्न तयार छु।”

एक दिन, छोरासँगै उसको थेरापीमा गएका बेला, मैले अन्जानमै परमेश्वरमा मेरो आस्थाका सबै स्मृति सम्झन थालेँ: मेरी आमाको मुटुको गम्भीर कोरोनरी रोग निको हुँदा मैले प्रभुसँग आशिष् मागेँ। मैले व्यवसाय गर्दा प्रभुले सबथोक सहज बनाइदिनुहुनेछ भन्ने आशा गरेँ। परमेश्वरको यस चरणको काम स्वीकार गरेपछि, मैले केही त्याग र समर्पण गरेँ, तर यो उहाँसँग अनुग्रह र आशिष् माग्नका लागि नै थिए। त्यसपछि, मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ: “मानिसको स्वभाव अत्यन्तै क्रूर बनेको छ, उसको चेतना अत्यन्तै सुस्त बनेको छ, र उसको विवेकलाई दुष्टले पूर्ण रूपमा कुल्चीमिल्ची गरेको छ र धेरै समय अगाडि नै मानिसको मौलिक विवेक हराएको छ। मानवजातिलाई परमेश्‍वरले दिनुभएको यति धेरै जीवन र अनुग्रहका निम्ति देहधारी हुनुभएको परमेश्‍वरप्रति मानिस कृतज्ञ छैन, तर परमेश्‍वरले उसलाई सत्यता दिनुभएकोमा परमेश्‍वरप्रति असन्तुष्ट बनेको छ; किनकि मानिससँग सत्यताको निम्ति अलिकति पनि चाहना छैन, त्यसैले ऊ परमेश्‍वरप्रति अझ बढी असन्तुष्ट बनेको छ। मानिस देहधारी परमेश्‍वरको निम्ति आफ्नो जीवन बलिदान दिन असक्षम मात्र छैन, तर उसले उहाँबाट कृपा पनि हासिल गर्ने प्रयत्‍न गर्छ, र मानिसले परमेश्‍वरलाई दिनुभएको भन्दा दर्जनौं गुणा बढी चासो छ भन्‍ने दाबी गर्छ। यस किसिमको विवेक र चेतना भएका मानिसहरूले यसलाई ठूलो विषय मान्दैनन्, र तैपनि तिनीहरूले परमेश्‍वरका निम्ति आफैलाई धेरै मात्रामा दिएको छ, र अझै परमेश्‍वरले तिनीहरूलाई थोरै दिनुभएको छ भनी विश्‍वास गर्छन्। मलाई एक कचौरा पानी दिएर मसँग दुई कचौरा दूधको रकम माग्‍न आफ्नो हात फैलाउने, वा मलाई एक रातको निम्ति कोठा दिएर मसँग थुप्रै रातको भाडा माग्‍नेहरू पनि छन्। यस किसिमको मानवता र यस किसिमको विवेकसित कसरी तँ अझै जीवन प्राप्‍त गर्ने चाहना गर्छस्? तँ कस्तो घिनलाग्दो नीच छस्! मानिसमा हुने यस किसिमको मानवता र मानिसमा हुने यस किसिमको विवेकले देहधारी परमेश्‍वरलाई भूमिमा भौँतारिन लगाउँछ, उहाँले कुनै ठाउँमा बास पाउनुहुन्‍न। साँच्‍चिकै विवेक र मानवता भएका व्यक्तिहरूले उहाँले कति धेरै काम गर्नुभएको छ भन्‍ने आधारमा होइन, तर उहाँले कुनै पनि काम नगर्नु भएको भए तापनि, देहधारी परमेश्‍वरको आराधना गर्नुपर्छ र पूर्ण हृदयले सेवा गर्नुपर्छ। स्वस्थ चेतना भएका व्यक्तिहरूले यस्तो किसिमको कार्य गर्नुपर्छ, र यही नै मानिसको कर्तव्य हो। अधिकांश मानिसहरूले परमेश्‍वरको लागि आफूले गर्ने सेवामा आफ्नो सर्त समेत राख्छन्: तिनीहरूले उहाँ परमेश्‍वर हुनुहुन्छ कि मानिस हुनुहुन्छ भन्‍ने कुनै परवाह गर्दैनन्, तिनीहरू केवल आफ्नो सर्तहरूका बारेमा मात्र बोल्छन्, र तिनीहरूका आफ्नै चाहनाहरूलाई सन्‍तुष्‍ट पार्न खोज्छन्। जब तिमीहरूले मेरो निम्ति खाना पकाउँछौ, तिमीहरू सेवा शुल्क माग गर्छौ, जब तिमीहरू मेरो लागि दौडिन्छौ, तिमीहरू दौड शुल्क माग गर्छौ, जब तिमीहरू मेरो निम्ति काम गर्छौ, तिमीहरू मसँग कामको ज्याला माग्छौं, जब तिमीहरू मेरो लुगा धोइदिन्छौ, तिमीहरू लुगा धुने शुल्क माग्छौ, जब तिमीहरूले मण्डलीको निम्ति दिन्छौ तिमीहरू स्वास्थ्य लाभ शुल्क माग्छौ, जब तिमीहरू वक्ता बनेर बोल्छौ, तिमीहरू वक्ताको शुल्क माग्छौ, जब तिमीहरूले पुस्तकहरू वितरण गर्छौ, तिमीहरू पुस्तक वितरण शुल्क माग्छौ, जब तिमीहरू लेख्छौ, तिमीहरू लेखन शुल्क लिन्छौ। मैले काटछाँट गरेकाहरूले समेत प्रतिफलको माग गर्छौ, घरमा पठाइएका व्यक्तिहरूले आफ्नो नाम खराब बनाएको भन्दै क्षतिपूर्ति माग गर्छन्; विवाह नभएकाहरूले दाइजो माग्छन्, वा आफ्नो यौवन गुमाएको क्षतिपूर्ति माग्छन्; कुखुरा काट्नेहरूले पनि कसाई शुल्क माग्छन्, खाना पकाउनेहरूले त्यसको शुल्क माग्छन्, र सुप पकाउनेहरूले पनि त्यसको शुल्क माग्छन्…। यही नै तिमीहरूको उच्‍च र शक्तिशाली मानवता हो, तिमीहरूको न्यानो विवेकले आदेश गर्ने कार्यहरू यिनै हुन्। तिमीहरूको चेतना कहाँ छ? तिमीहरूको मानवता कहाँ छ? तिमीहरूलाई म यो कुरा बताउँछु! यदि तँ यसरी नै अगाडि बढ्छस् भने म तिमीहरूको बीचमा काम गर्न छोड्नेछु। म मानव भेषमा रहेका पशुहरूको समूहमा काम गर्नेछैन, यस किसिमका मानिसहरूका समूह जसको सुन्दर अनुहारमा क्रुद्ध हृदयहरू लुकेको छ, तिनीहरूको निम्ति म कुनै दुःख भोग्‍नेछैन, यस किसिमका पशुहरूका समूहका निम्ति म धैर्यशील हुनेछैन, जसका निम्ति मुक्तिको अलिकति पनि सम्भाव्यता छैन। मैले तिमीतिर पिठ्यूँ फर्काएको दिन तिमीहरूको मर्ने दिन हुन्छ, त्यो दिन तिमीहरूमाथि अन्धकार आउँछ, र त्यो दिन ज्योतिले तिमीहरूलाई त्यागेको दिन हुन्छ। म तँलाई भन्छु! तिमीहरूको जस्तो समूहप्रति म कहिल्यै पनि उदारवादी हुनेछैन, जुन समूह पशुभन्दा तल झरेको छ! मेरा वचन र कार्यहरूका हद छन्, तिमीहरूका मानवता र विवेक जस्तो छ, त्यसको कारण म कुनै थप कार्य गर्नेछैन, किनकि तिमीहरूमा विवेकको अभाव छ, तिमीहरूले मलाई धेरै पीडा दिएका छौ, तिमीहरूका घृणित आचरणले मलाई धेरै दिक्दार बनाउँछ। मानवता र विवेकको कमी भएका मानिसहरूलाई कहिल्यै पनि मुक्तिको अवसर हुनेछैन; म हृदयहीन र अकृतज्ञ मानिसहरूलाई कहिल्यै मुक्त गर्नेछैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो)। यसभन्दा पहिले परमेश्वरका वचनको यो खण्ड पढ्दा मैले आफूसँग कहिल्यै तुलना गरिनँ, यी मानिसलाई हेयको दृष्टिले पनि हेरेँ। परमेश्वरसँग माग गर्ने, हिसाब बराबर गर्न खोज्ने मानिसमा पक्कै कम मानवता हुनुपर्छ भन्ने सोच्थेँ! आज यी शब्द पढ्दा मेरा गाला ताता भए। मेरा गालामा थप्पड हानेजस्तो भयो; निकै लाजमर्दो भयो। के म बिलकुल यस्तै खाले व्यक्ति थिइनँ र? मैले परमेश्वरमा विश्वास गर्न सुरु गरेपछि, मलाई लाग्थ्यो परमेश्वरले मेरो परिवारलाई सुरक्षित र विपत्तिबाट मुक्त राख्नुहुनेछ। अझ धेरै आशिष पाउन मैले सबथोक त्याग गरेकी थिएँ, जुनसुकै कर्तव्य गर्दा तत्परतासाथ गर्थेँ, र आफूलाई समर्पित गरेकाले परमेश्वरले मलाई अनुग्रह र आशिष् दिनुहुन्छ भन्ने ठान्थेँ। यो सांसारिक दुनियाँमा आफ्ना लागि बीमा खरिद गर्नुजस्तो थियो। मैले आफ्नो पुँजीलाई बीमित हुन प्रयोग गरेमा मेरा व्यक्तिगत हितको रक्षा हुनेथ्यो, र मैले आफूले पाउनुपर्ने बोनस पाउनुपर्थ्यो। सोही तरिकाले, मैले आफूलाई परमेश्वरमा समर्पित गर्दासम्म उहाँले मेरा माग पूरा गर्नुपर्थ्यो। मैले सृजित प्राणीको रूपमा आफूले गरेको कर्तव्यलाई परमेश्वरसँग माग गर्ने पुँजी बनाएँ, उहाँले दिने आशिष् मेरो समर्पणभन्दा दर्जनौँ गुणा बढी हुनुपर्ने ठानेँ। मेरो छोरा बिमारी भएपछि, यतिका वर्षसम्म मैले कति समर्पित गरेछु भनी हिसाबकिताब गरेँ, र परमेश्वरले मेरो छोराको रोग अवश्यै ठीक गर्नुहुनेछ भन्ने ठानेँ। मैले लालची हुँदै परमेश्वरले चमत्कार गरी मेरो छोरालाई फेरि उभिन र आफ्नो ख्याल गर्न सक्ने बनाइदिन पनि माग गरेँ। मैले परमेश्वरमा विश्वास गरेसम्म उहाँले मेरो ख्याल गर्नुपर्छ, मेरा सबै माग पूरा गर्नुपर्छ भन्ने सोचेँ। हैन भने, परमेश्वर अधर्मी हुनुहुनेछ। यसरी मैले लाजैविना परमेश्वरमाथि जबरजस्ती गरेँ र पूर्ण निश्चितताका साथ उहाँसँग माग गरेँ। मसँग मानवता र समझ भन्ने कुरै थिएन। मैले अनुग्रहको युगको पावलबारे सम्झेँ, सुसमाचार प्रचार गर्ने क्रममा उनले धेरै कष्ट भोगे, तर सत्यता पछ्याएनन्, न स्वभाव परिवर्तन नै गर्न खोजे। उनले आफूले भोगेको कष्ट, चुकाएको मूल्य र गरेको मेहनतलाई स्वर्गको राज्यमा प्रवेश गर्ने सर्त, एक प्रकारको पुँजीको रूपमा बदले, परमेश्वरबाट धार्मिकताको मुकुट मागे। उनले भने, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। पावलले परमेश्वरबाट यो मुकुट नपाएमा उहाँ अधर्मी हुनुहुन्छ भन्ने ठाने। उनले सार्वजनिक रूपमै परमेश्वरविरुद्ध बोलिरहेका थिए, र यसरी परमेश्वरको स्वभावलाई चिढ्याउन पुगे र दण्डित भए। मैले पछ्याइरहेको मार्ग पनि पावलले पछ्याएको मार्ग जस्तै थिएन र? यो सत्यता नपछ्याउने वा स्वभाव परिवर्तन गर्न नखोज्ने मार्ग थियो, अनुग्रह र आशिष् पाउन खोज्ने मार्ग मात्र थियो। मेरा विश्वासका वर्षमा गरेका त्याग, समर्पण र परिश्रमका साथै मेरो छोराले परमेश्वरमा विश्वास गर्न थालेपछि आफ्नो जवानी, विवाह छोडेको कुरालाई परमेश्वरलाई जबरजस्ती गर्ने पुँजीको रूपमा प्रयोग गरेँ। परमेश्वरले मेरा इच्छा पूरा नगर्दा उहाँलाई प्रश्न गरेँ, शत्रुतापूर्ण व्यवहार गरेँ र उहाँ विरुद्ध हल्ला गरेँ। म साँच्चै लाज पचेको व्यक्ति थिएँ! जति सोचेँ उति मेरो व्यवहारले परमेश्वरको स्वभावलाई चिढ्याएको र उहाँको क्रोध बढाएको महसुस भयो। मलाई डर लाग्यो। मैले अझै पनि पश्चात्ताप गरिनँ भने पावलले झैँ मैले पनि परमेश्वरको दण्ड पाउनेथेँ। मैले हतारहतार परमेश्वरलाई प्रार्थना गरी पश्चात्ताप गरेँ, “हे परमेश्वर, यतिका वर्षसम्म मैते इमानदारीसाथ तपाईँको आराधना गरिनँ। सदैव तपाईँलाई उपयोग गरिने वस्तुजस्तो मानेँ र आशिष पाउने मेरो इच्छा पूरा गर्न माग गरेँ। म साँच्चै निकै घृणायोग्य छु! हे परमेश्वर! म तपाईँसामु पश्चात्ताप गर्न तयार छु। मेरो छोरा बाँचे वा मरे पनि, पक्षाघातग्रस्त भए वा नभए पनि, म अब तपाईँबारे गुनासो गर्नेछैन, तपाईँले रच्नुभएका सबै परिस्थितिप्रति समर्पित हुन, समझ र मानवता भएको सृजित प्राणीको रूपमा कार्य गर्न, तपाईँको प्रेमको ऋण तिर्न र तपाईँको हृदयलाई आराम दिन तयार छु!”

त्यसपछि, मैले छोरालाई भनेँ, “अब हामी हाम्रो मानसिकता ठीक गरौँ र परिस्थिति जस्तो आइपर्छ स्विकारौँ। तिम्रो रोग निकोृ पार्दिनु भनेर हामीले परमेश्वरसँग माग गर्नु हुँदैन, त्यसैले, हामी समर्पणको पाठ सिकौँ। तिमी पक्षाघातग्रस्त भएपनि र फेरि कहिल्यै उभिन नसकेपनि हामीले गुनासो गर्नु हुँदैन।” उसले भन्यो, “तपाईँ ठीक भन्दै हुनुहुन्छ। मानिसको जन्म र मरण सबै परमेश्वरकै हातमा छ। यो उहाँले पहिल्यै तय गर्नु भएको हुन्छ; म उहाँप्रति समर्पित हुन तयार छु!” त्यसपछि, मेरो छोरा र मैले पीडा महसुस गर्न छाड्यौँ, र मेरो छोरालाई छिटो निको बनाइदिनु भनेर परमेश्वरसँग माग गर्न छाडेँ। हामीले परिस्थिति जसरी आउँछ, ग्रहण गर्न थाल्यौँ। अचम्म, चाँडै नै, मेरो छोराको रोगमा दिनदिनै सुधार हुन थाल्यो। एक दिन, मेरो छोरा सधैँ झैँ व्हीलचेयरमा बसी दलानमा अगाडि पछाडि गइरहेको थियो। त्यो बेला मलाई निद्राले केही छोपेकाले केही बेर आराम गर्न कोठामा गएँ। म पल्टेको मात्रै थिएँ कि दलानमा कसैले जोडसँग कराएको सुनेँ, “त्यहाँ हेर, त्यो मान्छे त उभियो!” मैले यो आवाज सुनेपछि ढोका खोलेर हेरेँ, र त्यहाँ मेरो छोरा उभिएको रहेछ। मलाई सपना देखेजस्तो भइरहेको थियो; मेरो आँखा अगाडिको दृश्यमा विश्वास नै लागिरहेको थिएन। मैले मनमनै भनिरहेँ, “हे परमेश्वर! तपाईँलाई धन्यवाद! म तपाईँको स्तुति गर्छु! मेरो छोरा खडा हुन सक्नु तपाईँकै शक्तिले हो; यो तपाईँको कार्य हो!” बिस्तारै, मेरो छोरा दिसा पिसाब नियन्त्रण गर्न सक्ने भयो, र शौचालय पनि व्हीलचेयरमा आफै जान सक्थ्यो। एक दिन, एउटा बिरामीको आफन्तले ईर्ष्या गर्दै मलाई भने, “मेरो बच्चा र तपाईँको छोराको रोग एउटै हो। हामीले १० लाखभन्दा बढी युआन खर्च गरिसक्यौँ, तर अझैसम्म उभिने भएको छैन!” मैले मनमनै सोचेँ, “आज मेरो छोरा उभिन सक्नु परमेश्वरको कार्य हो, र परमेश्वरसँग मात्रै यस प्रकारको शक्ति छ!” अर्को कसैले यो पनि भन्यो, “यस्तो रोगबाट यत्तिको निको हुन सक्ने तपाईँको छोरा लाखौँमा एक रहेछ। तपाईँ निकै भाग्यमानी हुनुहुन्छ!” म मुस्कुराएँ, टाउको हल्लाएँ र हृदयबाट परमेश्वरलाई बारम्बार धन्यवाद दिएँ! अलिक दिनपछि, हामी अस्पतालबाट घर गयौँ।

मैले सर्वशक्तिमान परमेश्वरलाई २१ वर्षदेखि पछ्याइरहेकी छु। सोचेर हेर्दा, परमेश्वरले मलाई चरणबद्ध रूपमा यो प्रक्रियाबाट ल्याउन भएको छ। म पहिले निकै विद्रोही किसिमको थिएँ, र परमेश्वरमाथिको मेरो आस्थामा अतिरिक्त सर्त थप्थेँ। अनुग्रह र आशिष् पाउनका लागि परमेश्वरसँग लेनदेन गरेँ। मेरो खुलासा गरी आशिष् पाउने मेरो सपना तोड्न परमेश्वरले मेरो छोराको रोग प्रयोग नगर्नुभएको भए, परमेश्वरमाथिको मेरो आस्थामा रहेको यो भ्रामक दृष्टिकोण मैले चिन्ने थिइनँ। परमेश्वरमाथि विश्वास गर्ने मेरो उद्देश्य निकै कुरूप, निकै घृणित रहेको मैले देखेँ! परमेश्वरको यो कामको अनुभवले मलाई मेरो छोराको रोग हाम्रो लागि ठूलो मुक्ति रहेको महसुस गरायो। परमेश्वरको प्रेम अनुग्रह र आशिषमा मात्र छैन; उहाँको साँचो प्रेम रोग र पीडा, न्याय र सजाय, परीक्षा र शोधनमा समेत छ, यी सबै मलाई शुद्ध गरी परिवर्तन गर्नका लागि हुन्। मेरो छोराको रोगबाट मैले परमेश्वरको धर्मी, सुन्दर र असल सार अनुभव पनि गर्न पाएँ। अहिले मेरो छोराको शरीर धेरै ठीक भइसकेको छ। डाक्टरले मेरो छोरा मर्छ भनेको सम्झन्छु, र अहिले ऊ आफ्नो ख्याल राख्ने मात्र होइन, मलाई काममा सघाउन सक्ने पनि भएको छ। यो यस्तो कुरा हो, जसको मैले आशा नै गरेकी थिइनँ। मैले बुझेँ, सबथोक परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तमा चल्छन्, मानिसको जीवन र मृत्युमाथिको अख्तियार उहाँकै हातमा छ, र सबथोक उहाँकै नियन्त्रणमा छन्। परमेश्वरको सबै महिमा होस्!

अघिल्लो: २. सिपाहीको सुसमाचार फैलाउने पथका उतारचढावहरू

अर्को: १३. पाष्टरहरूसँगको मेरो वादविवाद

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

३६. ख्याति र सम्पत्तिबाट मुक्ति

जियाओ मिन, चीनविश्‍वासी बन्नुअघि, म जहिले पनि नाम र हैसियतको पछि लागिरहेकी थिएँ, र यदि कसैले मलाई जित्यो भने म ईर्ष्या गर्थेँ र दुःखी...

७०. धाक रवाफ अब हुनेछैन

मो वेन, स्पेनसन् २०१८ को कुरा म सम्झन्छु मण्डलीमा म सुसमाचारको जिम्मेवारीमा थिएँ, र पछि मलाई त्यो कामको प्रमुख बनाइयो। म मेरा...

७१. प्रदर्शन गरेर भएको हानि

रुओयु, स्पेनकेही वर्ष पहिले, म उस्तै उमेरका केही दाजुभाइ-दिदीबहिनीहरूसँग मलजल गर्ने कर्तव्यमा लागेकी थिएँ। तिनीहरू अत्यन्तै उत्साहित र...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्