१. म घटनाहरू घट्दा आइन्दा मुखदर्शक बन्दिनँ
म आफ्नो कर्तव्य निर्वाहमा निकै व्यस्त थिएँ, र मैले लामो समयदेखि कुनै काँटछाँट र अनुशासनको सामना गरेको थिइनँ। हरेक दिन, मेरो नियमित आत्मिक भक्ति, परमेश्वरका वचन खानु र पिउनु, र भजन सुन्नु बाहेक, म केवल मेरो कर्तव्य पूरा गरिरहेको थिएँ। दिनको अन्त्यमा, मैले कुनै पनि पाठहरू सिकेको थिइनँ, न त मलाई पाठहरू कसरी सिक्ने भन्ने नै थाहा थियो। यसरी नै म प्रत्येक दिन अलमलमा बिताउँदै थिएँ र भित्री रूपमा खोक्रो महसुस गरिरहेको थिएँ। केही समयपछि, मैले आफ्नो जीवनमा बिल्कुलै वृद्धि नभएको, न त कुनै पक्षमा सत्यतामा प्रवेश गरेकै महसुस गरेँ। सबै कुरा केवल शब्द र धर्मसिद्धान्तहरूको स्तरमा मात्र सीमित थियो, र यसले मलाई निकै सताएको थियो। एक दिन, मैले परमेश्वरका वचनहरू पढेँ: “मुक्तिको आशा कुन आधारमा स्थापित हुन्छ? यो तैँले हरेक मामला आइपर्दा सत्यताप्रति लागिपर्न, सत्यताको बारेमा मनन गर्न, र सत्यतामा मेहनत गर्न सक्ने कुराको आधारमा स्थापित हुन्छ। यस आधारमा मात्रै तैँले सत्यता बुझ्न, सत्यताको अभ्यास गर्न, र मुक्ति प्राप्त गर्न सक्छस्। तैपनि, यदि तँ परिस्थितिहरू आइपर्दा सधैँ दर्शक बन्छस्—कुनै मूल्याङ्कन वा चरित्र चित्रण गर्ने काम गर्दैनस्, र कुनै व्यक्तिगत विचार व्यक्त गर्दैनस्—र तँसँग कुनै कुराको बारेमा कुनै दृष्टिकोण हुँदैन, वा, तँसँग दृष्टिकोण भए पनि, तैँले ती कुरा व्यक्त गर्दैनस्, र ती सही छन् कि गलत छन् भन्ने तँलाई थाहा हुँदैन, तर तिनलाई मनमा राखेर तिनको बारेमा विचार मात्रै गर्छस् भने, तैँले सत्यता प्राप्त गर्नेछैनस्। यसको बारेमा विचार गर्, यो त ठूलो भोजमा बसेर भोकै बस्नु जस्तै हो। के तँ दयनीय हुँदैनस् र? परमेश्वरको काममा, यदि तैँले विश्वास गरेको दश वर्ष भएको छ र त्यति समयदेखि तँ दर्शक नै भएर बसेको छस्, वा विश्वास गरेको २०-३० वर्ष भएको छ र त्यति समयदेखि तँ दर्शक नै भएर बसेको छस् भने, अन्त्यमा, जब तेरो परिणाम निर्धारित गर्ने समय आउँछ, तब परमेश्वरले तेरो विवरणमा दिनुहुने अङ्क दुई मात्र हुनेछ, त्यसकारण तँ बेकामे मूर्ख हुनेछस्, र सत्यता प्राप्त गर्ने तेरो मौका र मुक्ति पाउने तेरो आशा आफै पूर्ण रूपमा बरबाद हुनेछ। अन्त्यमा, तँलाई बेकामे मूर्खको रूपमा नाम दिइनेछ, र यसले तँलाई सही रूपमा सेवा गर्नेछ, होइन र? (हो।) बेकामे मूर्ख नबन्नुको रहस्य के हो? (यसको रहस्य दर्शक बनेर बस्नु हो।) दर्शक बनेर बस्नु। तैँले परमेश्वरमा विश्वास गर्छस्, त्यसकारण सत्यता प्राप्त गर्नका लागि तैँले परमेश्वरको काम अनुभव गर्नुपर्छ। कतिपयले सोध्न सक्छन्, ‘त्यसोभए, के तपाईंले मलाई सबै कुरामा सहभागी हुन लगाइरहनुभएको छ? तर मानिसहरूले भन्छन्, “तिम्रो चासो नभएको कुराको बारेमा टिप्पणी नगर।”’ तँलाई सहभागी हुन लगाउनु भनेको तँलाई सत्यताको खोजी गर्न र आफूले सामना गर्ने कुराहरूबाट पाठहरू सिक्न लगाउनु हो। उदाहरणका लागि, जब तैँले निश्चित प्रकारको व्यक्तिलाई भेट्छस्, तब तैँले उसका प्रकटीकरणहरू र उसले गर्ने कुराहरूबाट समझशक्ति प्राप्त गर्नुपर्छ। यदि तिनीहरूले सत्यता उल्लङ्घन गरे भने, तिनीहरूले के गरेर सत्यता उल्लङ्घन गरेका हुन् भन्ने कुरा तैँले पत्ता लगाउनुपर्छ। यदि अरूले यो व्यक्ति दुष्ट व्यक्ति हो भनेर भन्छन् भने, दुष्ट व्यक्तिको रूपमा चित्रण गरिनका लागि उसले के भनेको र के गरेको हो र उसमा के-कस्ता दुष्कर्मका प्रकटीकरणहरू छन् भनेर तैँले पत्ता लगाउनुपर्छ। यदि अरूले यो व्यक्तिले परमेश्वरको घरका हितहरूको रक्षा गर्दैन र परमेश्वरको घरको खर्च प्रयोग गरेर बाहिरी मानिसहरूलाई सहयोग गर्छ भनेर भन्छन् भने, तैँले यो व्यक्तिले के गरिरहेको छ भन्ने बारेमा सोधपुछ गर्नुपर्छ। अनि सोधपुछ गरेपछि, यी कुराहरू जान्नु मात्रै पर्याप्त हुँदैन। तैँले यस्तो कुराको बारेमा पनि मनन गर्नुपर्छ: “के मैले त्यस्ता कुराहरू गर्न सक्छु? यदि कसैले मलाई याद दिलाएन भने, मैले पनि त्यस्ता कुराहरू गर्छु होला, अनि के त्यसपछि त मैले पनि त्यो व्यक्तिको जस्तै परिणाम प्राप्त गर्दिनँ र? के यो खतरनाक कुरा हुँदैन र? खुसीको कुरा, परमेश्वरले मलाई सचेत गराउनका लागि यो वातावरण तयार गर्नुभएको छ, जुन मेरो लागि सबैभन्दा ठूलो सुरक्षा हो!” यसको बारेमा मनन गरेपछि, तैँले एउटा कुरा महसुस गर्छस्: तैँले त्यस्तो व्यक्तिले पछ्याइरहेको मार्गलाई पछ्याउनु हुँदैन, तँ त्यस्तो व्यक्ति बन्नु हुँदैन, र तैँले आफूलाई चेतावनी दिनुपर्छ। तैँले जस्तोसुकै कुराहरूको सामना गरे पनि, तैँले ती कुराहरूबाट पाठहरू सिक्नुपर्छ। यदि तैँले पूर्ण रूपमा नबुझेका र तँलाई हृदयमा अनौठा लागेका कुराहरू छन् भने, तैँले ती कुराहरूका बारेमा प्रश्नहरू गर्नुपर्छ र तिनको बारेमा पत्ता लगाउनुपर्छ, र सत्यताको खोजी गरेर वास्तविक स्थितिको बारेमा सुनिश्चित गर्नुपर्छ। यो जिज्ञासा होइन; यो इमानदारिता हो। इमानदार हुनु भनेको झारा टार्नु वा भिडलाई पछ्याउनु होइन—यो जिम्मेवारी लिने मनोवृत्ति हो। समस्याहरूका बारेमा स्पष्टता प्राप्त गरेर तिनलाई समाधान गर्न सत्यताको खोजी गर्दा मात्रै, भविष्यमा यस्तै परिस्थितिको सामना गर्दा, तँसँग अभ्यासको मार्ग हुनेछ, तैँले सटीक रूपमा अभ्यास गर्न सक्नेछस्, र तँलाई शान्ति र सहजताको महसुस हुनेछ। तैँले सबै मामलाहरूमा अरूलाई पछ्याउनु र बतास जता चल्यो त्यतै जानुको सट्टा तथ्यहरूको साँचो स्थितिलाई बुझ्ने प्रयास गर्ने र ती तथ्यहरूबाट सत्यता प्राप्त गर्ने र मानिसहरू र परिस्थितिहरूलाई कसरी हेर्ने भनेर सिक्ने सिद्धान्तको आधारमा इमानदारिताको साथ काम गरिरहेको हुन्छस्। आफ्नो व्यवहारमा इमानदार बनेर मात्रै तैँले सत्यताको अभ्यास गर्न र सिद्धान्तहरू अनुसार काम गर्न सक्छस्। इमानदार नरहेका मानिसहरूले अरूलाई पछ्याउने र जता बतास चल्यो त्यतै जाने सम्भावना हुन्छ, र यसरी, तिनीहरूले सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने सम्भावना हुन्छ” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनहरूले मानिसहरूलाई सत्यता पछ्याउने मार्ग देखाए, त्यो के हो भने, हामीले दैनिक जीवनमा सामना गर्ने मानिस, घटना, र कामकुराहरूबाट पाठ सिक्नुपर्छ। चाहे त्यो हामीले देख्ने कुरा होस्, सुन्ने कुरा होस्, वा व्यक्तिगत रूपमा अनुभव गर्ने कुरा होस्, हामीले त्यसमा सत्यता खोज्नुपर्छ। विशेषगरी जब हामी कसैले मण्डलीको काममा बाधा र अवरोध पुर्याइरहेको देख्छौँ, हामी केवल कौतुहलताले सुनेर त्यसलाई त्यतिकै छोड्न सक्दैनौँ। बरु, हामीले त्यस व्यक्तिको विशिष्ट व्यवहारलाई सक्रिय रूपमा बुझ्नुपर्छ, सुझबुझ प्राप्त गर्न सत्यताको खोजी गर्नुपर्छ, र त्यसबाट पाठ सिक्नुपर्छ, हामीले आफैलाई उही गल्ती गर्नबाट कसरी रोक्न सक्ने र मण्डलीको काममा बाधा र अवरोध नपुर्याउने भनेर सोच्नुपर्छ। यसरी मात्र हामीले सत्यता बुझ्न र पाठ सिक्न सक्छौँ। मैले परमेश्वरले कसरी धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ र हामीलाई सत्यता वास्तविकतामा प्रवेश गर्न तालिम दिनका लागि विभिन्न व्यक्ति, घटना, कामकुरा र वातावरणको कसरी बन्दोबस्त गर्नुहुन्छ भनेर सोचें। उदाहरणका लागि, मण्डलीमा दुष्ट मानिस, झुटा अगुवा, र ख्रीष्टविरोधीहरू देखा पर्नाले हामीलाई परमेश्वरका वचनअनुसार मानिस र घटनाहरूलाई हेर्न सिकाउँछ। तर म आफ्ना वरिपरिका मानिस, घटना र कामकुराहरूप्रति गम्भीर भएको थिइनँ। जेसुकै भएपनि, म केवल सुन्थेँ र त्यसपछि त्यसलाई छोडिदिन्थें। हरेक दिन, मैले सधैँ मामलाहरूलाई सतही रूपमा हेर्थें, र मेरो जीवनमा वृद्धि भएको थिएन। यदि म यही पाराले अघि बढिरहेको भए, मेरो जीवनमा ठूलो नोक्सानी हुन्थ्यो। यसबारे सोच्दा मैले भित्रभित्रै अझ उज्यालो भएको अनुभूति गरेँ, र म त्यसबेलादेखि परमेश्वरका वचनहरूअनुसार सत्यताको अभ्यास गर्न चाहन्थेँ।
अप्रत्याशित रूपमा, त्यही दिन, मैले सिस्टर विनीले अचानक सबै कार्य समूह छोडेको देखेँ। मैलेे मनमनै सोचेँ, के उनलाई बर्खास्त गरियो? परमेश्वरले सङ्गति गर्नुभएको कुरा सोच्दा, मैले महसुस गरेँ कि परमेश्वरले हामी दैनिक जीवनमा हाम्रा वरिपरि भइरहेका कुराहरूबारे उत्सुक बनौँ, संलग्न होऔँ, सत्यताको खोजी गरौँ, र ट्वाल्ल हेरेर नबसी ती कुराहरूबाट पाठ सिकौँ भन्ने चाहनुहुन्छ। त्यसैले, मैले केही ब्रदर-सिस्टरहरूलाई उनलाई बर्खास्त गरिनुका कारणबारे सोधेँ। मैले उनी अहङ्कारी थिइन् र अरूलाई भाषण दिन मन पराउँथिन् भन्ने कुरा थाहा पाएँ। उनले सुपरभाइजरको भूमिकामा काम गर्न थालेदेखि, जब-जब उनले ब्रदर-सिस्टरहरूको कर्तव्यको प्रभावकारिता घटेको देख्थिन्, उनी सही र गलत नछुट्याइ उनीहरूलाई भाषण दिन्थिन्। जब उनले ब्रदर-सिस्टरहरूको कामको अनुगमन गर्न चाहन्थिन्, केही उनीदेखि डराउँथे, र उनीहरूले उनीबारे धेरै गुनासो गर्थे। ब्रदर-सिस्टरहरूले सुझावहरू दिँदा, उनले स्वीकार गर्दिनथिन्, र उल्टै उनीहरूलाई गाली गर्थिन्। सबैजना उनीबाट बाँधिएको महसुस गर्थे र उनीहरूले एकपछि अर्को गर्दै उनको व्यवहारबारे रिपोर्ट गरे। साथै, उनको कर्तव्य निर्वाहले कुनै फल दिएन, त्यसैले मण्डलीले उनलाई सिद्धान्तअनुसार बर्खास्त गर्यो। म उनको कार्यप्रस्तुतिबारे सुनेर छक्क परेँ। मैले उनी मनपरी रूपमा मानिसहरूलाई भाषण दिने, उनीहरूलाई बाँध्ने, र प्रत्यक्ष रूपमा मण्डलीको सुसमाचार कार्यलाई प्रभाव पार्न सक्ने गरी अहङ्कारी होलिन् भन्ने अपेक्षा गरेको थिइनँ। उनी बर्खास्त हुनु परमेश्वरको धार्मिकता थियो। साथै, यो मण्डलीको काम र ब्रदर-सिस्टरहरूको हितको रक्षा गर्न गरिएको थियो। पछि, मैले आत्मचिन्तन गरेँ। के ममा पनि विनीजस्तै अरूलाई भाषण दिने उही समस्या थियो? मैले दुई वर्षअघिको अनुभव सम्झिएँ। त्यस बेलामा, म अगुवाका रूपमा कर्तव्य निर्वाहको अभ्यास गरिरहेको थिएँ। जब ब्रदर-सिस्टरहरूले कठिनाइहरू सामना गर्थे वा नराम्रो स्थितिमा हुन्थे, उनीहरू मसँग सङ्गतिका लागि आउँथे, र म उनीहरूको स्थितिअनुसार मेरा अनुभवहरू बताउँथेँ। यसले ब्रदर-सिस्टरहरूलाई केही हदसम्म सहयोग गर्थ्यो। मसँग सहकार्य गर्ने सिस्टर रिताले आफूले बुझ्न नसक्ने समस्याहरू सामना गर्दा प्रायजसो मेरो सुझाव माग्थिन्। मैले महसुस गर्न थालेँ कि ममा केही सत्यता वास्तविकताहरू छन् र मानिस र कामकुराहरूलाई हेर्ने मेरो क्षमता अरूभन्दा राम्रो छ। केही समयसम्म, सुसान र टिफानीले सौहार्दपूर्ण रूपमा सहकार्य गरेनन्। सुसानले टिफानीसँग भएका समस्याहरू बारम्बार रिपोर्ट गरिन्, र टिफानीले प्रायजसो सुसानबारे पनि केही नराम्रो भन्थिन्। मैले सोचेँ उनीहरू दुवैमा समस्याहरू थिए र उनीहरूले सत्यताको खोजी वा आत्मचिन्तन गरिरहेका थिएनन्। एक पटक, सुसानले टिफानीले कर्तव्य निर्वाह गर्दा सिद्धान्तहरू पालना नगरिरहेकी भनेर फेरी रिपोर्ट गरिन्। वास्तविक परिस्थिति नबुझिकन, मलाई सुसान फरी कचकचे भएजस्तो लाग्यो, र मैले उनलाई तथानाम भाषण दिएँ, “तिमी किन आत्मचिन्तन गर्दैनौ? तिमी सधैँ अरूमा ध्यान केन्द्रित गर्छौ, उनीहरूका गल्तीहरू समात्छौ र छोड्दैनौ। तिमीहरू दुईजना लगातार एकअर्कालाई दोष दिइरहन्छौ। के ती केवल आरोप प्रत्यारोप होइनन् र? यसलेे मण्डलीको जीवनलाई बाधा र अवरोध पुर्याइरहेकोछ!” पछि, मैलेे सुसानको गुनासो सही थियो भन्ने पत्ता लगाएँ, तर मेरो “काटछाँट” पछि, उनी टिफानीले सिद्धान्तहरूको उल्लङ्घन गरेका कुनै पनि कुराको रिपोर्ट गर्न अत्यन्त डराएकी थिइन्। अन्ततः टिफानीले सिद्धान्तहरूको विपरीत काम गरिन् र मण्डली काममा ठूलो नोक्सान पुर्याइन्। मेरो सिद्धान्तहीन काटछाँट कार्यले अरूलाई हानि र बाधा मात्र उत्पन्न गरायो भन्ने देखेर, विनी बर्खास्त हुनु मेरा लागि पनि चेतावनी र सम्झौटो थियो। यस पक्षमा मेरो भ्रष्ट स्वभाव पनि गम्भीर रहेको मलाई थाहा थियो, त्यसैले मैले मनमनै प्रार्थना गरेँ, परमेश्वरसँग सत्यता बुझ्न र आफूलाई अझ राम्रोसँग चिन्न मार्गदर्शन मागेँ, ताकि मैले ब्रदर-सिस्टरहरूलाई अझ हानि पुर्याउन नसकूँ।
एल दिन, मैले सिस्टर लोर्नाले धेरै डिजाइनहरू सृजना नगरेकी देखेँ, र मैलेे मनमनै सोचेँकि केही समयदेखि उनको डिजाइन गर्ने कार्य दक्षता कम भएको थियो। मैले पहिले उनलाई केही राम्रा तरिकाहरू र उपायहरू दिएको थिएँ, तर उनको कार्य दक्षतामा अझै धेरै सुधार भएको थिएन। मलाई उनले कुनै बोझ नलिई आफ्नो कर्तव्य पूरा मात्रै गरिरहेकी थिइन् र सुधार गर्न कुनै मेहनत नगरेकी जस्तो लाग्यो। यो सोचेपछि, मलाई रिसको पारो चढ्न थाल्यो र उनका समस्याहरूलाई लिएर उनीसँग आमनेसामने कुरा गर्न चाहेँ। तर, मैले उनलाई आलोचना गर्नै लागेको बेला, मलाई विनिले मानिसहरूलाई यत्तिकै गाली गर्न मन पराउने, जसले गर्दा उनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्दा बाँधिएको महसुस हुने कुरा याद आयो। मैले मनमनै सोचेँ, “यदि लोर्नाले आफ्नो कर्तव्य निर्वाहमा लापरवाही नगरेकी तर अन्य कठिनाइहरू भोगेकी रैछिन् भने के हुन्छ? यदि मैले उनलाई के भएको हो भनि नबुझिकन आरोप लगाएँ भने के उनले बाँधिएको महसुस गर्ने छैनन् र? मैले पहिले उनको कर्तव्यबारे सोध्नुपर्छ।” त्यतिबेला नै मैले लोर्नाले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न चाहन्थिन् भन्ने पत्ता लाएँ, तर उनको न्यून क्षमता र सिद्वान्त बुझाइको कमीको कारणले गर्दा, उनी प्रायजसो केही सातातिना कुराहरूमा अल्झिन्थिन्। उनले मैले सिकाएका विधिहरू लचकतापूर्वक लागू गर्न सकेकी थिइनन्, र यसले उनको कार्यदक्षतामा कमी ल्यायो। त्यसपछि मैले उनलाई उनको कठिनाइहरूका आधारमा केही वास्तविक मार्गदर्शन दिएँ। पछि, उनको कार्य दक्षतामा केही हदसम्म सुधार आयो। त्यसपछि, मैले मनमनै सोचेँ, “भाग्यवश, मैले लोर्नालाई गाली गरेर सुरु गरिनँ, होइन भने म उनलाई चोट पुर्याउने थिएँ।” त्यसैले, मैले सत्यता खोजेँ र आफै भित्रका समस्याहरूबारे मनन् गरेँ।
मेरो आध्यात्मिक भक्तिको क्रममा, मैले परमेश्वरका वचनहरू पढेँ: “यदि तैँले मानिसहरूलाई भाषण दिन र काटछाँट गर्न शब्द र धर्मसिद्धान्तहरू मात्र प्रचार गरिस् भने, के तैँले उनीहरूलाई सत्यता बुझाउन र वास्तविकतामा प्रवेश गराउन सक्छस्? यदि तैँले सङ्गति गर्ने कुराहरू व्यावहारिक छैनन् भने, यदि त्यो शब्द र धर्मसिद्धान्तहरूबाहेक अरू केही होइन भने, तैँले उनीहरूलाई जति नै काटछाँट गरिस् र भाषण दिइस् भने पनि, त्यो व्यर्थ हुनेछ। के तैँले मानिसहरू तँसित डराउने र तैँले अह्राएको काम उनीहरूले गर्ने तर विरोध गर्न आँट नगर्ने कुरालाई उनीहरूले सत्यता बुझेको र उनीहरू समर्पणकारी भएको समान ठान्छस्? यो ठूलो गल्ती हो; जीवन प्रवेश त्यति सजिलो छैन। कतिपय मानिसहरूले ठूलो प्रभाव पार्न प्रयास गर्ने नयाँ म्यानेजरले जस्तै आफूले भर्खर पाएको अख्तियार परमेश्वरका चुनिएका मानिसहरूमा लाद्ने प्रयास गर्छन् ताकि सबै जना तिनीहरूप्रति समर्पित होऊन्। यसो गर्दा आफ्नो काम अझ सहज हुन्छ भन्ने तिनीहरू सोच्छन्। यदि तँमा सत्यता वास्तविकता छैन भने, चाँडै नै तेरो वास्तविक कद प्रकाश हुनेछ, तेरो साँचो रङ्ग खुलासा हुनेछ र तँलाई हटाइने सम्भावना धेरै हुनेछ। केही प्रशासनिक काममा अलिकति काटछाँट र अनुशासन स्वीकार्य हुन्छ। तर यदि तैँले सत्यता सङ्गति गर्न सक्दैनस् भने, अन्त्यमा तँ समस्याहरू समाधान गर्न असक्षम हुनेछस्, र यसले कामका नतिजाहरूमा प्रभाव पार्नेछ। मण्डलीमा जुनसुकै समस्या देखिए पनि, यदि तँ मानिसहरूलाई भाषण मात्र दिइरहन्छस् र दोष मात्र लगाइरहन्छस् भने—यदि तैँले गर्ने भनेकै रिसाहा व्यवहार देखाउनु मात्र हो भने—यो तेरो भ्रष्ट स्वभाव आफै प्रकट भइरहेको हो र तैँले आफ्नो भ्रष्टताको कुरूप अनुहार देखाएको हुन्छस्। यदि तँ सधैँ मञ्चमा उभिन्छस् र मानिसहरूलाई यसरी भाषण दिन्छस् भने, समय बित्दै जाँदा, मानिसहरूले तँबाट जीवनको भरणपोषण प्राप्त गर्न सक्नेछैनन्, उनीहरूले कुनै व्यावहारिक कुरा प्राप्त गर्नेछैनन्, बरु यसको साटो उनीहरूले तँलाई घृणा गर्नेछन् र तँप्रति दिगमिग महसुस मात्र गर्नेछन्। यसको साथै, कतिपय यस्ता मानिसहरू पनि छन्, जो समझशक्ति नभएर तेरो प्रभावमा पर्छन्, र अरूलाई भाषण दिन र काटछाँट गर्न थाल्छन्। त्यसै गरी, तिनीहरू रिसाउँछन् र झोँक्किन्छन्। तैँले मानिसहरूका समस्या समाधान गर्न सक्नु त कता हो कता—बरु उल्टै तिनीहरूको भ्रष्ट स्वभावलाई हुर्काइरहेको हुन्छस्। अनि के त्यो तिनीहरूलाई अनन्त विनाशको बाटोमा लैजानु होइन र? के त्यो दुष्कर्म होइन र? अगुवाले मुख्य रूपमा सत्यताबारे सङ्गति गर्दै अनि जीवन प्रदान गर्दै अगुवाइ गर्नुपर्छ। यदि तँ सधैँ उच्च स्थानमा बसेर अरूलाई भाषण दिन्छस् भने, के तिनीहरूले सत्यता बुझ्न सक्नेछन्? तैँले केही समयसम्म यसरी काम गरेपछि, जब मानिसहरूले तेरो वास्तविकता देख्नेछन्, तब तिनीहरूले तँलाई त्याग्नेछन्। के तैँले यसरी काम गरेर मानिसहरूलाई परमेश्वरको अगाडि ल्याउन सक्छस्? तँ पक्कैपनि सक्दैनस्; तैँले गर्न सक्ने कुरा के मात्र हो भने मण्डलीको काम बिगार्न र परमेश्वरका चुनिएका सबै मानिसहरूलाई तँलाई घृणा गर्न र त्याग्न लगाउनु हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूबाट, मैले हामीले आफ्नो काम गर्दा, मानिसहरूलाई अन्धाधुन्ध काटछाँट गर्ने र भाषण दिने गर्नु हुदैन; हामीले वास्तविक पृष्ठभूमि र परिस्थितिलाई विचार गर्नैपर्छ भन्ने बुझेँ। यदि मण्डलीको काममा बाधा र अवरोध पुर्याउने वा परमेश्वरको घरको हितमा हानि पुर्याउने ममला छ भने, उक्त व्यक्तिलाई काटछाँट वा बर्खास्त गर्न र अन्यत्र खटाउन सकिन्छ। तर, यदि ब्रदर वा सिस्टरले सत्यता सिद्धान्तहरू बुझ्दैनन्, जसका कारण उनीहरूको कर्तव्य निर्वाहमा केही विचलन र समस्या आउँछन्, वा उनीहरूको भ्रष्ट स्वभाका कारण कर्तव्य निर्वाह गर्दा नराम्रो परिणाम दिन्छ भने हामीले सत्यताबारे थप सङ्गति गर्नुपर्छ र निर्देशन र मद्दत दिनुपर्छ, जसले गर्दा उनीहरूले आफ्नो समस्याहरू देख्न सकून् र अभ्यासको मार्ग पाउन सकून्। यदि हामी सधैँ परिस्थिति वा पृष्ठभूमिको पर्वाह नगरी रिसाउँछौँ वा मानिसहरूलाई भाषण दिन्छौँ भने, यसले उनीहरूका वास्तविक समस्या र कठिनाइहरू समाधान नगर्ने मात्र होइन, यसले उनीहरूलाई बाँध्ने र काममा नकारात्मक असर पार्ने काम पनि गर्नेछ। उदाहरणका लागि, जब मैले लोर्नाको कर्तव्य निर्वाहमा कार्यदक्षता नसुध्रिएको र केही समयदेखि खासै प्रगति नभएको देख्दा, मैले यो कुरामा उनले आफ्नो मन नलगाएको जस्तो अनुमान गरेँ, र मैले भित्री रूपमा उग्रता प्रकट गरेको थिएँ र उनलाई पाठ सिकाउन चाहेको थिएँ। तर वास्तवमा, उनी पनि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न चाहन्थिन्; यति मात्र हो कि, उनको क्षमता कम थियो र उनले सिद्धान्तहरू पूर्ण रूपमा बुझ्दिनथिन्, जसकारण कर्तव्य निर्वाह गर्दा उनको कार्यदक्षतामा कमी आएको थियो। उनलाई चाहिएको कुरा भनेको मबाट थप मद्दत थियो। यदि मैले पृष्ठभूमि वा प्रत्येक व्यक्तिको क्षमता र कदलाई विचार नगरी, मानिसहरूलाई काटछाँट गरेको र भाषण दिएको भए, म उनीहरूलाई मद्दत गर्न असफल हुने मात्र होइन, मैले उनीहरूलाई बाँध्न पनि सक्नेथेँ, जसले गर्दा उनीहरू नकारात्मक र निराश बन्न सक्थे र आफ्नो कर्तव्य ठीकसँग निर्वाह गर्न असमर्थ हुनेथे। के यसले बाधा पुर्याउने थिएन र? समयसँगै, ब्रदर-सिस्टरहरूले मलाई खुट्ट्याउने र इन्कार गर्ने सम्भावना हुनेथ्यो। यसले मलाई विनीको याद दिलायो। ब्रदर-सिस्टरहरूले उनका इच्छाअनुसारका कामकुराहरू नगरेको वा काममा स-साना गल्ती गरेको देख्दा, उनले आफ्नो हैसियतको दम्भ देखाएर उनीहरूलाई भाषण दिन्थिन्, जसले गर्दा उनीहरूलाई बाँधिएको महसुस हुन्थ्यो, त्यसैले उनीहरूको काम जाँच गर्न विनी आउने कुरा सुन्दा उनीहरूलाई डर लाग्थ्यो। उसले मनमानी काटछाँट गरेकाले गर्दा, सुसमाचारका काममा गम्भीर रूपले बाधा र अवरोध पुर्याइन्, जसले गर्दा उनीविरुद्ध व्यापक गुनासा र असङ्ख्य रिपोर्टहरू आए। अन्ततः, उनलाई सिद्धान्तका आधारमा मण्डलीबाट बर्खास्त गरियो। यसले सत्यताअनुसार काम नगर्नाले र आफ्नै इच्छाअनुसार मानिसहरूलाई भाषण दिनाले एकदमै गम्भीर परिणामहरू निम्तिन सक्छ भन्ने देखायो।
मैले फेरि सोचेँ: ममा किन अरूलाई अन्धाधुन्ध भाषण दिने प्रवृत्ति थियो? यसपछाडिको मूल कारण के थियो? त्यसैले, मैले परमेश्वरका सम्बन्धित वचनहरू खोजेँ र यो खण्ड भेटेँः “अहङ्कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्कारी हुन्छन्, त्यति नै समझ विहीन हुन्छन्, र तिनीहरू जति धेरै समझ विहीन हुन्छन्, तिनीहरूले परमेश्वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? अहङ्कारी स्वभाव भएका मानिसहरूले अरू सबैलाई आफूभन्दा तल्लो स्तरको सम्झन्छन् नै, तर सबैभन्दा खराब कुरा त, तिनीहरूले परमेश्वरप्रति पनि होच्याउने व्यवहार गर्छन्, र तिनीहरूमा परमेश्वरको भय मान्ने हृदय हुँदैन। मानिसहरू परमेश्वरमाथि विश्वास गर्ने र उहाँलाई पछ्याउने जस्ता देखिएलान्, तर तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा बिलकुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्ने ठान्छन् र आफैलाई संसार ठान्छन्। अहङ्कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्कारको समस्यालाई समाधान गरिनुपर्छ। एक जना अरूभन्दा असल छु भन्ने महसुस गर्नु—त्यो तुच्छ कुरा हो। महत्त्वपूर्ण विषय यो हो कि कुनै व्यक्तिको अहङ्कारी स्वभावले उसलाई परमेश्वर, उहाँको सार्वभौमिकता, उहाँको बन्दोबस्तमा समर्पण हुनदेखि रोक्छ; यस्तो व्यक्तिले शक्तिको निम्ति र अरूमाथि नियन्त्रण गर्न सधैँ परमेश्वरसँग प्रतिस्पर्धा गरिरहेको महसुस गर्छ। यस्तो किसिमको व्यक्तिमा परमेश्वरको भय मान्ने हृदय अलिकति पनि हुँदैन, उसले परमेश्वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ। मानिसहरू जो अहङ्कारी र अभिमानी छन्, विशेष गरी ती जो आफ्नो समझ गुमाउने हदसम्म अहङ्कारी छन्, उहाँप्रतिको आफ्नो विश्वासमा तिनीहरू परमेश्वरमा समर्पित हुन सक्दैनन्, बरु तिनीहरूले आफ्नै बढाइ गर्छन् र आफ्नै निम्ति गवाही दिन्छन्। यस्ता मानिसहरू परमेश्वरलाई सबैभन्दा बढी प्रतिरोध गर्छन्, र तिनीहरूमा परमेश्वरको भय मान्ने हृदय फिटिक्कै हुँदैन। यदि मानिसहरू आफूमा परमेश्वरको भय मान्ने हृदय हुने अवस्थासम्म पुग्ने इच्छा राख्छन् भने, तिनीहरूले पहिले आफ्नो अहङ्कारी स्वभावको समाधान गर्नुपर्छ। जति पूर्ण रूपमा तैँले आफ्नो अहङ्कारी स्वभाव हटाउँछस्, तँमा परमेश्वरको भय मान्ने हृदय त्यति नै बढी हुनेछ, र तब मात्र तैँले उहाँमा समर्पित हुन, सत्य प्राप्त गर्न र उहाँलाई चिन्न सक्छस्। सत्यता प्राप्त गर्नेहरू मात्रै साँचो रूपमा मानव हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू पढेपछि, मैले मानिसहरूलाई अन्धाधुन्ध भाषण दिने प्रवृति मेरो अहङ्कारी र अभिमानी स्वभावबाट उत्पन्न भएको महसुस गरेँ। यो अहङ्कार र अभिमानको मतलब यो थियो कि, मैले सामना गरेका परिस्थितिहरूको प्रकृतिलाई तर्कसङ्गत रूपमा चिरफार गर्न असफल भएँ, समस्याहरूको पृष्ठभूमि खासै बुझिनँ, र मानिस र घटनाहरूलाई आफ्नै अनुभव र कल्पनाका आधारमा हेरेँ; मेरो आफ्नै मूल्याङ्कनलाई अत्याधिक विश्वास गरेँ, मानिसहरूमाथि अन्धाधुन्ध धारणा बनाएँ र उनीहरूलाई भाषण दिएँ। अगुवाको हैसियतमा कर्तव्य निर्वाह गर्दा, मैले आफू सत्यताम सङ्गति गर्न र केही समस्याहरू समाधान गर्न सक्षम भएको हुनाले, र मैले सहकार्य गरेका सिस्टरहरू नबुझेका समस्याहरू खोज्न र छलफल गर्न प्रायजसो मसँग आउने हुनाले, मैले मानिस र कामकुराहरूलाई हेर्ने मेरो क्षमता अरूको भन्दा राम्रो थियो भन्ने महसुस गर्न थालेको छु भन्ने बुझेँ। तसर्थ, मैले यसलाई पुँजीका रूपमा लिएँ र अहङ्कारी हुन थालेँ। उदाहरणका लागि, जब सुसानले टिफानीको कर्तव्यको निर्वाहमा समस्याहरू थिए भनेर रिपोर्ट गरेकी थिइन्, सामान्य अवस्थामा, मैले पहिले परिस्थितिलाई बुझेर त्यसको पुष्टि गर्नुपर्थ्यो, र त्यसपछि वास्तविक परिस्थितिअनुसार त्यसलाई समाधान गर्नका लागि सङ्गति गर्नुपर्थ्यो। तर, मैले परिस्थितिलाई आत्मगत रूपमा मूल्याङ्कन गरेको थिएँ। उनीहरू दुई जनाले सामान्यतया मिलेर सहकार्य नगरेको र मामलाहरू आइपर्दा आत्मचिन्तन गर्ने तरिका नजानेको देखेर, मैले सुसानले आवेशमा आएर टिफानीबारे रिपोर्ट गरेको हुनुपर्छ, र उनी कचकच मात्र गरिरहेकी थिइन् भन्ने निष्कर्ष निकालेको थिएँ र मैले सुसानलाई को सही र को गलत थियो भन्ने निर्धारण नगरी उनलाई हप्काएको थिएँ। फलस्वरूप, सुसान बाँधिइन्, र पछि उनले टिफानीले आफ्नो कर्तव्य निर्वाह गर्दा सिद्धान्तहरू उल्लङ्घन गरिरहेको थाहा पाए पनि यो कुराको रिपोर्ट गर्ने साहस गरिनन्, जसले मण्डलीको हितलाई नोक्सान पुऱ्यायो। त्यसैगरी लोर्नाको समस्याका सम्बन्धमा, मैले उनलाई मार्गदर्शन गरिसकेको र उनले खासै प्रगति नगरेकाले, उनले पक्कै पनि आफ्नो कर्तव्य निर्वाहमा मन नलगाएकै हुनुपर्छ भन्ने सोचेर, मेरो आफ्नै अनुभवका आधारमा यसलाई चिरफार गरेको थिएँ। मेरो अहङ्कारी स्वभावले गर्दा मैले झण्डै उनलाई गाली गरेको थिएँ, जसले उनलाई बाँध्नेथ्यो र पीडा दिनेथ्यो। यसले मलाई मेरो अहङ्कारी स्वभाव धेरै कठोर छ भन्ने महसुस गरायो। मैले आफ्नै कल्पनाका आधारमा मानिसहरूसँग व्यवहार गरिरहेको थिएँ, मेरो मापनको मापदण्डलाई सत्यता सिद्धान्तका रूपमा लिँदै थिएँ—मेरो अहङ्कार साँच्चै अव्यावहारिक थियो! मैले भविष्यमा फेरी समस्याहरूको सामना गर्दा, तिनलाई परमेश्वरको डर मान्ने हृदयले लिनुपर्छ, अझ बढी खोजी गर्नका लागि पहिले परमेश्वरसामु आउनुपर्छ र ब्रदर-सिस्टरहरूका समस्याहरू राम्रोसँग बुझ्नुपर्छ। म अन्धाधुन्ध निष्कर्षमा पुग्न मिल्दैन वा मेरो अहङ्कारी स्वभावको आधारमा मानिसहरूलाई अन्धाधुन्ध हप्काउन मिल्दैन, किनकि यसमा ब्रदर-सिस्टरहरूलाई हानि गर्ने मात्र होइन, मण्डलीको काममा बाधा र अवरोध पुर्याउने र परमेश्वरको स्वभावलाई समेत चिढ्याउने प्रवृत्ति हुन्छ। त्यसपछि, मैले मेरो भ्रष्ट स्वभावको यो पक्षलाई समाधान गर्न सत्यताको खोजी गरेँ।
मेरो खोजिमा, मैले परमेश्वरका वचनहरू पढेँः “परमेश्वरका चुनिएका मानिसहरूमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ, र परमेश्वरले मानिसहरूलाई दिनुहुने सिद्धान्त र मापदण्डहरूअनुसार एकअर्कासँग अन्तरक्रिया गर्नुपर्छ, सङ्गत गर्नुपर्छ, र मिलेर काम गर्नुपर्छ। यो नै सबैभन्दा राम्रो तरिका हो। यसले परमेश्वरलाई सन्तुष्ट पार्न सक्छ। त्यसोभए, परमेश्वरले तोक्नुभएका सत्यता सिद्धान्तहरू केके हुन्? मानिसहरूले अरूहरू कमजोर र नकारात्मक हुँदा तिनीहरूलाई बुझ्नुपर्छ, तिनीहरूका पीडा र कठिनाइहरूप्रति विचारशील हुनुपर्छ, र त्यसपछि यी कुराहरूबारे सोधपुछ गर्नुपर्छ, र सहयोग र साथ दिनुपर्छ, र तिनीहरूलाई आफ्ना समस्याहरू सुल्झाउन मद्दत गर्न परमेश्वरका वचनहरू पढेर सुनाउनुपर्छ, जसले गर्दा तिनीहरूले परमेश्वरका अभिप्रायहरू बुझ्न सक्छन् र तिनीहरू कमजोर हुन छोड्छन्, र यस कार्यले तिनीहरूलाई परमेश्वरको अघि ल्याउँछ। के अभ्यास गर्ने यो तरिका सिद्धान्तहरूअनुरूप छैन र? यसरी अभ्यास गर्नु सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ। स्वाभाविक रूपमै, यस्ता सम्बन्धहरू सत्यता सिद्धान्तहरूसँग अझै मिल्छन्। जब मानिसहरूले जानीजानी बाधा र व्यवधानहरू पैदा गरिरहेका हुन्छन्, वा जानीजानी आफ्नो कर्तव्य झाराटारुवा तरिकाले गरिरहेका हुन्छन्, तब यदि तैँले यो कुरा देखिस् र तिनीहरूलाई यी कुराहरू औँल्याउन, हप्की लाउन, र सिद्धान्तहरूअनुसार मद्दत गर्न सकिस् भने, यो सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ। यदि तैँले तिनीहरूको व्यवहारप्रति आँखा चिम्लिन्छस् वा त्यसलाई स्वीकार गर्छस् र ढाकछोप गर्छस्, र तिनीहरूलाई प्रशंसा र तारिफ गर्न राम्राराम्रा कुराहरूसमेत बोल्छस् भने, मानिसहरूसँग अन्तरक्रिया गर्ने, मामलाहरू सम्हाल्ने, र समस्याहरू सुल्झाउने यी तरिकाहरू स्पष्ट रूपमै सत्यता सिद्धान्तहरूसँग बाझिन्छन्, र परमेश्वरका वचनहरूमा तिनको कुनै आधार हुँदैन। त्यसकारण, मानिसहरूसँग अन्तरक्रिया गर्ने र मामलाहरू सम्हाल्ने यी तरिकाहरू स्पष्ट रूपमै अनुचित छन्, र परमेश्वरका वचनहरूअनुसार तिनलाई चिरफार र पहिचान गरिएन भने, तिनलाई पत्ता लगाउन वास्तवमै सजिलो छैन” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१४))। “परमेश्वरले प्रत्येक व्यक्तिसँग कस्तो व्यवहार गर्नुहुन्छ? कतिपय मानिसहरू अपरिपक्व कदका हुन्छन्; वा जवान हुन्छन्; वा थोरै समयदेखि मात्र परमेश्वरमा विश्वास गरेका हुन्छन्; वा प्रकृति सारअनुसार खराब हुँदैनन्, द्वेषपूर्ण हुँदैनन्, तर अलि अज्ञानी वा कम क्षमताका हुन्छन्। अथवा तिनीहरू अत्यन्तै धेरै बन्धनहरूमा परेका हुन्छन्, र तिनीहरूले सत्यतालाई बुझ्न बाँकी नै हुन्छ, तिनीहरूले जीवन प्रवेश पाउन बाँकी नै हुन्छ, त्यसैले तिनीहरू मूर्ख कामहरू वा अज्ञानी कार्यहरू गर्नबाट जोगिन सक्दैनन्। तर मानिसहरूले मूर्खता हस्तान्तरण गर्ने कार्यमा नै परमेश्वर अल्झिरहनुहुन्न; उहाँले तिनीहरूको हृदय मात्र हेर्नुहुन्छ। यदि तिनीहरूले सत्यताको खोजी गर्ने सङ्कल्प गरेका छन् भने, तिनीहरू सही छन्, र जब तिनीहरूको उद्देश्य यही हो भने, परमेश्वरले तिनीहरूलाई अवलोकन गरिरहनुभएको हुन्छ, तिनीहरूलाई पर्खिरहनुभएको हुन्छ, र तिनीहरूलाई समय र मौकाहरू दिँदै प्रवेश गर्न अनुमति दिनुहुन्छ। यो होइन कि परमेश्वरले तिनीहरूलाई एउटै अपराधको लागि मेटाउनुहुन्छ। त्यो त प्रायः मानिसहरूले गर्ने कुरा हो; परमेश्वरले मानिसहरूलाई त्यसरी व्यवहार गर्नुहुन्न। यदि परमेश्वर मानिसहरूलाई त्यसरी व्यवहार गर्नुहुन्न भने, किन मानिसहरूले चाहिँ अरूलाई त्यसरी व्यवहार गर्छन्? के त्यसले तिनीहरूको भ्रष्ट स्वभावलाई देखाउँदैन? तिनीहरूका भ्रष्ट स्वभाव ठीक यस्तै हुन्छ। परमेश्वरले अज्ञानी र मूर्ख मानिसहरूसँग कसरी व्यवहार गर्नुहुन्छ, उहाँले अपरिपक्व कद भएका मानिसहरूसित कस्तो व्यवहार गर्नुहुन्छ, उहाँले मानवजातिको भ्रष्ट स्वभावको सामान्य प्रकटीकरणहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ, र दुर्व्यवहार गर्नेहरूलाई कसरी व्यवहार गर्नुहुन्छ त्यो तैँले हेर्नुपर्छ। परमेश्वर फरक-फरक मानिसहरूसित फरक-फरक तरिकाले व्यवहार गर्नुहुन्छ, र उहाँसँग विभिन्न मानिसहरूका विभिन्न अवस्था व्यवस्थापन गर्ने विभिन्न तरिका पनि छन्। तैँले यी सत्यताहरूलाई बुझ्नुपर्छ। तैँले यी सत्यताहरूलाई बुझिस् भने, परिस्थितिहरूलाई कसरी अनुभव गर्नुपर्छ र मानिसहरूलाई सिद्धान्तहरू अनुसार कसरी व्यवहार गर्नुपर्छ भनी तैँले जान्नेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिसहरू, घटनाहरू र स्थितिहरूबाट सिक्नुपर्छ)। परमेश्वरका वचनहरू पढेपछि, मैले प्रत्येक व्यक्तिको क्षमता र कद फरक-फरक हुन्छन्, र फरक-फरक समयमा उनीहरूका पृष्ठभूमि र वातावरण पनि फरक-फरक हुन्छन् भन्ने बुझ्न पुगेँ। उनीहरूका स्थिति र कठिनाइहरू पनि त्यसैगरी फरक हुन्छन्। उनीहरू सबैको कर्तव्यपालनमा समस्या र विचलन भए पनि, यी समस्याको प्रकृति फरक छ। भर्खरै कर्तव्य निर्वाह गर्न अभ्यास गर्न थालेका कसै कसैले व्यावसायिक सीपहरूसँग परिचित नभएका कारण सङ्घर्ष गर्न सक्छन्, र त्यस्ता अवस्थाहरूमा, हामीले प्रेमको साथ सहयोग र सङ्गति दिनुपर्छ, उनीहरूलाई परमेश्वरको अभिप्राय बुझ्नका लागि मार्गनिर्देशन गर्नुपर्दछ, ताकि उनीहरूले आफ्ना कर्तव्य निर्वाह गर्दा अभ्यास गर्ने मार्ग पाउन सकून्। अरूका हकमा, यदि उनीहरूले सत्यता बुझ्छन् तर त्यो अभ्यास गर्न असफल हुन्छन्, लगातार झाराटारूवा हुन्छन् र मण्डलीको काममा बाधा र अवरोध पुर्याउँछन् भने उनीहरूलाई काटछाँट गर्न आवश्यक हुन्छ। यदि प्रकृति गम्भीर छ भने, सिद्धान्तअनुसार तिनीहरूलाई अन्यत्र खटाउन वा बर्खास्त गर्न आवश्यक हुन सक्छ। परमेश्वरको घरमा, मानिसहरूसँग व्यवहार गर्ने सिद्धान्तहरू छन्; यो उनीहरूको पृष्ठभूमिमा निर्भर गर्छ र सामान्यीकरण गर्न सकिँदैन। तर, मैले ब्रदर-सिस्टरहरूसँग व्यवहार गर्दा, ममा प्रायजसो सिद्धान्तहरू हुन्थेन, अहङ्कारी स्वभावले गर्दा मनोमानी रूपमा उनीहरूबारे धारणाहरू फैलाउँथेँ र उनीहरूलाई हप्काउँथेँ, जुन पूर्ण रूपमा अनुचित थियो! सिस्टर सुसानबारे चिन्तन गर्दा, उनी टिफानीप्रति पुर्वाग्राही बने पनि, मैले पहिले टिफानीले कर्तव्य निर्वाह गर्दा सिद्वान्तहरूको उल्लङ्घन गरेकी थिई भन्नेबारे रिपोर्ट साँचो थियो कि थिएन भन्ने कुरा प्रमाणित गर्नुपर्थ्यो। यदि मैले यो परिस्थितिलाई नबुझी केवल सानातिना कुरामा कचकच गर्नुका रूपमा लिएको भए, यो सुसानलाई सहयोग गर्न असफल हुने मात्र होइन, यसले उनलाई हानि पुर्याउने र बाँध्ने कामसमेत गर्नेथ्यो। यसैगरी, सिस्टर लोर्नाको कर्तव्य निर्वाहमा कार्यदक्षता कम भए पनि, मैले यसको कारण उनको क्षमता कम हुनु हो, कि उनी कर्तव्य निर्वाह गर्दा झाराटारूवा र उदासीन भएर हो भन्ने बुझ्न आवश्यक थियो। मैले पहिले यसबारे स्पष्ट बुझाइ हासिल गर्नैपर्छ र त्यसपछि सिद्धान्तअनुसार यसलाई सम्हाल्नु पर्छ। केवल बाहिरी देखिने कुराका आधारमा मूल्याङ्कन गरेर चाँडो निष्कर्षमा पुग्दा अरूलाई सहयोग गर्न असफल हुने मात्र होइन, यसले उनीहरूलाई अझ नकारात्मक र निष्क्रिय पनि बनाउन सक्छ। अब मैले मानिसहरूसँग व्यवहार गर्ने केही सिद्धान्तहरू बुझेपछि, भविष्यमा मैले परमेश्वरका वचनहरूअनुसार ब्रदर-सिस्टरहरूसँग व्यवहार गर्ने अभ्यास गर्न आवश्यक छ।
हालै, मैले कुनै काटछाँटको सामना नगरेको भएता पनि, विनीको असफलताबारे चिन्तन गर्दा यसले मलाई अरूलाई अन्धाधुन्ध हप्काउने मेरो आफ्नै प्रवृत्ति बुझाएको छ। मैले म आफ्नो अहङ्कारी स्वभावको प्रभुत्वमा परेर यो भएको हो भन्ने बुझेको छु, र ब्रदर-सिस्टरहरूसँग व्यवहार गर्ने सिद्धान्तहरूबारे सिकेको छु, र केही लाभ पाएको छु। अब, म सत्यता खोज्नु र दैनिक परिस्थितिहरूबाट पाठ सिक्नु वास्तवमा अत्यन्त आवश्यक छ भन्ने बुझ्छु। मैले यो बुझेको छु कि यदि हामी सत्यता बुझ्न र जीवनमा उन्नति गर्न चाहन्छौँ भने, हामीले केही प्राप्त गर्नका लागि ठूलो काटछाँट, परीक्षा, वा शोधनहरू पर्खनुपर्छ भन्ने छैन। मुख्य कुरा भनेको हाम्रो वरिपरिका मानिस, घटना, र वस्तुहरूबाट सुरु गर्नु हो। चाहे त्यो हामीले देख्ने, सुन्ने वा व्यक्तिगत रूपमा अनुभव गर्ने कुरा होस्, हामीले सत्यता खोज्ने हृदयले त्यसमा संलग्न हुनुपर्छ। त्यसपछि, हामीले परमेश्वरका सान्दर्भिक वचनहरू खोज्नुपर्छ र सत्यताअनुसार मानिस र कामकुराहरूलाई हेर्न, आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्न सिक्नुपर्छ। यसरी, हाम्रो जीवन वृद्धि भइरहन सक्छ।