झुटहरूपश्चात्

चेन शी, चीन

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा, परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्‍वास गर्न सकिन्छ; यसको अलाबा, उहाँका कार्यहरू खोटरहित र निर्विवाद छन्, किनभने परमेश्‍वरले उहाँप्रति इमानदार हुनेलाई मन पराउनुहुन्छ। इमानदारीता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि कुरा कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो” (वचन देहमा देखा पर्नुहुन्छको “तीन अर्तीहरू”)। प्रभु येशूले यसो पनि भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरू परिवर्तन भएर साना बालबालिकाहरूजस्तै भएनौ भने, तिमीहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ” (मत्ती १८:३)। हामी परमेश्‍वरका वचनहरूबाट के बुझ्न सक्छौं भने, उहाँ विश्‍वासिलो हुनुहुन्छ, उहाँले इमानदार व्यक्तिलाई मन पराउनुहुन्छ र छली व्यक्तिलाई घृणा गर्नुहुन्छ, अनि इमानदार मानिसहरूलाई मात्र मुक्ति दिन सकिन्छ र तिनीहरू मात्र स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्‌। त्यसकारण, परमेश्‍वरले हामीलाई इमानदार हुन, अनि हाम्रा झुट र छली मनसाय हटाउन बारम्बार आदेश गर्नुहुन्छ। तर वास्तविक जीवनमा, यदि मेरो प्रतिष्ठा र हैसियतमा केही कुराले आँच पुऱ्यायो भने, म झुटो नबोली र छल नगरी बस्न सक्दै सक्दिनँ। परमेश्‍वरका वचनहरूको न्याय र प्रकाशबिना, उहाँको ताडना र अनुशासनबिना, मैले कहिल्यै साँचो रूपमा पश्चाताप गर्ने थिइनँ, झुटलाई त्याग्ने थिइनँ, अनि एक इमानदार व्यक्तिको रूपमा सत्यतालाई पालन गर्ने थिइनँ।

केही वर्षअघि मैले चर्चको अगुवाको काम गर्दै थिएँ। एक दिन मेरा अगुवाले मलाई सहकर्मीहरूको जमघटमा उपस्थित हुने कि भनेर सोध्नुभयो। म एकदमै खुशी भएँ। सोचें, मैले चर्चमा हालै कत्ति मेहनतका साथ काम गरेको छु, हरेक दिन जमघट र संगतिको आयोजना गरेको छु, अनि धेरैजसो दाजुभाइ-दिदीबहिनीहरू आ-आफ्नो काममा सक्रिय रूपले संलग्न थिए। केही समूहले निकै प्रगति गरेका थिए, त्यसलै सोचें, यो जमघट मैले आफूलाई देखाउने एउटा मौका हुनेछ। म अगुवा र सहकर्मीहरूलाई आफू अरूभन्दा कत्ति योग्य छु भनेर देखाउन सक्थें। म जमघटमा आइपुग्दा सिस्टर लुई चिन्तामा डुबिरहनुभएको देखें, अनि उहाँले सुस्केरा हाल्दै भन्नुभयो, “तपाईंको सिञ्चन कार्य र दाजुभाइ-दिदीबहिनीहरूलाई सहयोग गर्ने काम कस्तो चल्दै छ? हामीलाई त गाह्रो पर्दै छ। ममा सत्यताको वास्तविकताको कमी हुनुपर्छ। मैले सम्हाल्न नसक्ने थुप्रै समस्याहरू छन्‌।” मैले मुस्कुराउँदै भनें, “सिञ्चन कार्य हाम्रो चर्चमा राम्रोसित हुँदैछ, पहिलाभन्दा निकै राम्रो।” ठीक त्यति नै बेला अगुवा आएर चर्चहरूको सिञ्चन कार्यबारे सोध्न थाल्नुभयो। सोचें, आफूलाई चम्काउने मौका यही हो र मैले राम्रो प्रदर्शन गर्नुपर्छ। अचम्मको कुरा, उहाँले सिञ्चन कार्यमा हाम्रो सफलताबारे सोध्नुभएन, बरु कस्तो कठिनाइ आइपऱ्यो, त्यसलाई सत्यतको संगतिमार्फत कसरी सम्हालियो, अनि कुन-कुन कठिनाइहरू सम्हाल्न सकिएन, त्यसबारे सोध्नुभयो। म घबराएँ। सामान्यतया, म कामकुरा व्यवस्थित मात्र गर्थें अनि त्यसको विस्तृत जानकारी मलाई थाहा थिएन, त्यसैले मैले वास्तविक सिञ्चन कार्य गरेको थिइनँ। के गर्ने मलाई थाहा भएन। अगुवाले सोध्दा मैले के भन्ने? यदि सत्य कुरा बताएमा, के उहाँले मलाई व्यवहारिक काम नगरिरहेको ठान्नुहुनेछ? मैले आफ्नो जिम्माको काम राम्ररी गरिरहेको छु भनेर सिस्टर लुईसित ठूलो कुरा मात्र गरिरहेको थिएँ। यदि मैले विस्तृत जानकारी बताउन सकिनँ भने, के मैलै ठूलो कुरा मात्र गरेको उहाँले भन्नुहुनेछ? मैले के गर्ने? म झनझनै चिन्तित भएँ। ठीक त्यति नै बेला, ब्रदर झाऊले उहाँहरूको चर्चको सिञ्चन कार्यमा आइपरेका केही समस्या र उहाँले आफ्नो काममा प्रकट गर्नुभएको भ्रष्टताबारे कुरा गर्नुभयो। त्यसपछि यी मामिला समाधान गर्न कसरी उहाँले सत्य खोज्नुभयो भनेर बताउनुभयो। उहाँले यो कुरा एकदमै व्यवहारिक र विस्तृत तरिकामा बताउनुभयो, जसले हामीलाई अभ्यासको मार्ग देखायो। उहाँको संगतिबारे सुनेपछि मलाई वास्तविक लाजको अनुभूति भयो। आफूले कुनै व्यवहारिक काम नगरेको थाहा भएपछि, मैले आफ्नो शीर निहुराएँ र मेरो अनुहार रातो भयो। त्यसपछि अगुवाले मलाई बोल्न भन्नुभयो। मेरो मुटु ढुकढुक भयो। मैले के भन्ने? मसित भन्नुपर्ने कुरा केही थिएन, अनि एकै अवलोकनमा मैले व्यवहारिक काम नगरिरहेको प्रष्टै हुनेथियो। यदि मैले सत्य कुरा बताएमा मानिसहरूले के सोच्ने थिए? मैले सीधा कुरा गर्न सक्दिनँ भनेर बोध गरें। त्यसैले, यसो मात्र भनें, “मेरो र ब्रदर झाऊको परिस्थिति उस्तै हो। यसबारे बताइरहनु आवश्यक छैन।” अगुवाले मेरो कुरा सुन्नुभयो र केही भन्नुभएन, त्यसपछि परमेश्‍वरको वचन पढेर जमघट शुरु गर्नुभयो। त्यस जमघटमा, मैले कसैको केही चोरेको जस्तो महसुस भयो। म साँच्चै जोखिममा थिएँ, मेरा अगुवाले मेरो कामको जाँच वा निरीक्षण गर्नुहोला, मेरो काम ब्रदर झाऊको जस्तै छैन भनेर थाहा पाउनुहोला, अनि व्यवहारिक काम नगरेकोले, झुटो बोलेको र छल गरेको कारण मलाई मेरो कामबाट हटाउनुहोला भनेर भयभित भएँ। मेरो चिन्ता बढ्यो तर अझै सत्य बताउने साहस थिएन। मैले चुपचाप सङ्कल्प गरें, “मैले आज आफ्नो बेइमानीलाई सुधार गर्न ब्रदर झाऊले जस्तै काम गर्नुपर्छ।”

मैले चर्चमा पुगेर, डिकनहरू र समूह अगुवाहरूलाई तुरुन्तै भेटें अनि विस्तृत र प्रत्यक्ष व्यक्तिगत सङ्गति गर्दै उहाँहरूलाई तुरुन्तै त्यो शुरु गर्न लगाएँ। त्यसपछि बाइक लिएर सिस्टर लुईको घर गएँ। मैले उहाँलाई ब्रदर झाऊको मार्गबारे विस्तारमा बताएँ, अनि मैले उहाँलाई यो कुरा सिञ्चन कार्यमा खटिएका अन्य दाजुभाइ-दिदीबहिनीहरूलाई बताउन भनें। तीन दिन त्यतिकै बित्यो अनि मैले आफ्नो मेहनतको फल टिप्ने दिनको एकदमै खुसीसाथ प्रतीक्षा गरेँ। अचम्मको कुरा, उनीहरूले मलाई सिञ्चन कार्यमा थुप्रै समस्यहरू आइपरेको, तीमध्ये केही समस्या समाधान गर्न नसकिएको, अनि नवआगन्तुकहरूलाई चिनियाँ कम्युनिष्ट पार्टी र धार्मिक पाष्टरहरूको झुटले बहकाएको थियो किनभने उनीहरूलाई समयमा सिञ्चन गरिएको थिएन, त्यसैले उनीहरूले जमघटमा फेरि आउने साहस गरेनन्। मेरो दिमाग घुम्यो। यो कसरी हुन सक्यो? म हतार-हतार सिस्टर लुईको घरमा फर्केर गएँ उहाँले मलाई देख्नसाथ चिन्तित हुँदै भन्नुभयो, “हाम्रो सिञ्चन कार्यमा आइपरेका यी समस्याबारे अब हामीले के गर्नुपर्ने हो, मलाई साँच्चै थाहा छैन।” के भन्ने मलाई केही थाहा भएन। मैले उहाँलाई विशेष गरी सङगतिमार्फत निर्देशन दिएको थिएँ अनि मेरो सङ्गतिमा म निकै विस्तारमा गएको थिएँ, तैपनि उहाँले बुझ्नुभएन। यिनीहरूलाई के भएको होला भनेर सोचें। मैले एकदमै स्पष्टसित सङ्गति गरेको थिएँ तैपनि उनीहरूले बुझेनन्। यदि मेरो काम राम्ररी नगरिएको भए अगुवाले मलाई के सोच्ने थिए? यसबारे जति धेरै सोचें त्यति नै निराश र उदास भएँ। त्यस रात म ओछ्यानमा यताउता पल्टिरहें, सुत्नै सकिनँ, शिथिल महसुस गरें। अन्त्यमा परमेश्‍वरलाई प्रार्थना गरें: “हे परमेश्‍वर, बितेका केही दिनदेखि मैले आफ्नो काममा कडा मेहनत गरें तर मैले केही हासिल गरिनँ। म तपाईंको मार्गनिर्देशन पाएको महसुस गर्न सक्दिनँ र म अन्धकारमा बाँचिरहेको छु। हे परमेश्‍वर, के मैले तपाईंको इच्छाविपरीत केही गरिरहेको छु र तपाईंको दृष्टिमा घृणाको पात्र भएको छु? कृपया मलाई अन्तर्ज्ञान दिनुहोस् ताकि मैले आफ्नो स्थितिलाई बुझ्न सकूँ।”

त्यसपछि मैले परमेश्‍वरका यी सारगर्भित वचनहरू पढें: “के मलाई मनमा राखेर तेरा उद्देश्यहरू र अभिप्रायहरू बनाएका छस्? के तेरा हरेक वचन र कार्यहरू मेरो उपस्थितिमा भनिन्छन् र गरिन्छन्? म तेरा सारा सोचाइ र विचारहरूलाई जाँच्छु। के तँ दोषी अनुभूति गर्दैनस्? अरूलाई देखाउनको लागि तैँले गलत आवरण धारण गर्छस् र तँ चुपचाप आत्म-धार्मिकताको भावलाई धारण गर्छस्; तैँले आफैलाई रक्षा गर्नको लागि यसो गर्छस्। तँ तेरो दुष्टतालाई ढाक-छोप गर्न यसो गर्छस्, र तँ त्यो दुष्टतालाई अरूमा लाद्‍नको लागि उपायहरू समेत सोच्छस्। तेरो हृदयमा के षड्यन्त्रले बास गर्छ!” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय १३”)। “अरूको सामुन्ने एक प्रकारको र तिनीहरूका पिठिउँपछाडि अर्को प्रकारको व्यवहार नगर; तैँले गर्ने सबै कुरा म स्पष्ट रूपमा देख्न सक्छु, र तिमीहरूले अरूलाई मूर्ख बनाउन सके पनि, मलाई मूर्ख बनाउन सक्दैनौ। म यो सबै स्पष्ट देख्दछु। तैँले कुनै पनि कुरा लुकाउनु सम्भव छैन; सबै थोक मेरा हातमा छन्। आफैलाई धेरै चतुर सम्झँदै तेरो क्षुद्र साना युक्तिहरूले तेरोको फाइदा गराउँछ भन्‍ने नठान्। म तँलाई भन्छु: मानिसहरूले जति धेरै योजनाहरू बनाए पनि, चाहे ती हजारौं वा लाखौँ भए पनि, आखिरीमा ती मेरो हत्केलाबाट उम्कन सक्दैनन्। सबै थोक र सबै वस्तुहरू मेरा हातहरूद्वारा नियन्त्रित छन्, एक जना व्यक्तिको त कुरै नगरौं! मलाई छल्ने वा मबाट लुक्ने कोसिस नगर्, फुस्लाउने वा लुकाउने कोसिस नगर्। के मेरो महिमित अनुहार, मेरो क्रोध र मेरो न्यायलाई सार्वजनिक रूपमा प्रकट गरिएको छ भन्‍ने तैँले अझै देखेको छैनस् भन्‍ने हुन सक्छ? ज-जसले मलाई इमानदारीसाथ चाहँदैन, म तिनीहरूलाई तुरुन्तै र कृपा नगरी न्याय गर्नेछु। मेरो दयाको अन्त्य भएको छ; अब केही बाँकी छैन। अब उप्रान्त पाखण्डीहरू नबन्, र तेरा असभ्य र लापरवाह चालहरूलाई बन्द गर्” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ४४”)। यो पढेपछि मैले आफैलाई मनन गरेँ। म डिकन र समूहका अगुवाहरूसँग जमघटहरू आयोजना गर्न र संगति गर्नलाई दौडिरहेको थिएँ, तर त्यो सब केको लागि थियो? के मैले त्यो साँच्चै चर्चको कामको लागि, मेरो दाजुभाइ र दिदीबहिनीहरूको लागि गरिरहेको थिएँ त? के मैले त्यो तिनीहरूका व्यावहारिक समस्याहरू सुल्झाउन गरिहरेको थिएँ? त्यसपछि, कसरी त्यो जमघटमा झुटो बोल्ने होला भनी मैले सोँचे। जब अगुवाले सिञ्चन कार्यको विषयमा सोध्नुभयो, मैले केही पनि व्यावहारिक काम गरेको छैन भनी मलाई राम्ररी थाहा थियो, तर म एक मूर्खझैँ नदेखूँ भनी म छली बनेँ ताकि मानिसहरुले म भित्री रूप नदेखून् वा मलाई हेयको रूपमा नहेरून्। मेरो कार्यका ती छिद्रहरूलाई टाल्नलाई म हतार-हतार फर्किएँ ताकि मैले झुटो बोलेको कुरा ती अगुवाले थाहा नपाऊन्। तब मैले महसुस गरेँ कि मैले केवल मेरो झुटलाई कायम राख्न, मैले व्यावहारिक कार्य गरेको छैन भन्ने सत्यलाई लुकाउन, र मेरो आफ्नै मान-सम्मान र हैसियतको लागि यति धेरै परिश्रम गरेको थिएँ। मैले त केवल ब्रदर झाउले संगति गर्नुभएको मार्ग प्रयोग गरेको थिएँ, दाजुभाइ र दिदीबाहिनीहरूको वास्तविक समस्याहरु साँचो रूपमा बुझेको र सत्यसम्बन्धी संगति गरेर तिनीहरूका समस्याहरू समाधान गरेको थिइन। त्यो घृणित नियत अपनाउँदै, मैले मेरो कर्तव्यमा हेलचेक्राईँ गरेको थिएँ। त्यो कसरी परमेश्‍वरको इच्छासँग मेल खान्छ? परमेश्‍वरले हाम्रो भित्री हृदयलाई हेर्नुहुन्छ, र मैले उहाँलाई त्यो तरिकाले धोका दिँने, छल गर्ने, र मूर्ख बनाउने प्रयास गर्दा कसरी उहाँले मलाई घृणा गर्नुहुन्न र? म जुन अन्धकारमा फसेको थिएँ त्यो परमेश्‍वरकोले मलाई दिनुभएको सजाय र अनुशासन कारबाही थियो। यस्तो महसुस गर्दा मलाई केही डर लाग्यो र मैले अर्को जमघटमा सत्यको अभ्यास गर्ने र खुलेर कुराकानी गर्ने विषयमा सोचेँ। यति ठूलो झुट मैले कसरी भनेँ होला भन्ने विषयमा सोँच्दा, मलाई अलि चिन्ता लाग्यो, यदि मैले यो कुरा स्वीकार गरेँ भने अरूले मलाई के सोच्लान्? तिनीहरूले मलाई धूर्त भन्छन् कि?

तब मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “जब तैँले झुटो बोल्छस्, तब तँ त्यत्ति नै बेला अपमानित हुँदैनस्, तर तैँले आफ्नो हृदयमा आफू नराम्रोसँग बदनाम भएको महसुस गर्छस्, र तेरो विवेकले तँलाई बेइमान भएको दोष लगाउनेछ। मनभित्र तैँले आफैलाई तुच्छ ठान्‍नेछस् र आफैलाई घृणित मान्‍नेछस्, र यस्तो सोच्नेछस्, ‘कसरी होला, म यति दयनीय बनेर जिउँदै छु? के सत्य बोल्नु वास्तवमै त्यति गाह्रो छ? के मैले केवल मेरो प्रतिष्ठाको खातिर यी झुटहरू बताउनैपर्छ त? मेरो निम्ति जीवन किन यति थकानपूर्ण छ?’ तैँले थकित जीवन जिउनु पर्दैन, तर तैँले सहजता र स्वतन्त्रताको मार्ग रोजेको छैनस्। तैँले आफ्नो प्रतिष्ठा र आफ्नो अहङ्कारलाई समर्थन गर्ने मार्ग चुनेको छस्, यसैले तेरो लागि जीवन धेरै थकानपूर्ण छ। झुटो बोलेर तैँले कुन प्रतिष्ठा प्राप्त गर्छस् त? प्रतिष्ठा एउटा रित्तो कुरा हो, र यो एक पैसा मूल्यको पनि छैन। झुटो बोलेर तँ आफ्नो इमानदारी र मर्यादा बेच्छस्। यी झुटहरूले गर्दा तैँले आफ्नो मर्यादा गुमाउँछस् र परमेश्‍वरको सामु तेरो कुनै इमानदारी हुँदैन। परमेश्‍वर यसमा प्रसन्न हुनुहुन्न र उहाँले यसलाई घृणा गर्नुहुन्छ। त्यसो भए, के यसको मूल्य छ त? के यो मार्ग सही छ त? छैन, यो मार्ग सही छैन, र यसलाई पछ्याएर तँ ज्योतिमा जिइरहेको हुँदैनस्। जब तँ ज्योतिमा जिइरहेको हुँदैनस्, तैँले थकित महसुस गर्छस्। तैँले सधैं झुटो बोलिरहेको हुन्छस्, र झुटलाई साँचो बनाउने कोसिस गरिरहेको हुन्छस्, भन्नुपर्ने मूर्ख कुराहरू सोच्न तेरो दिमागलाई कष्ट दिइरहेको हुन्छस्, जसद्वारा तैँले आफैलाई अझ बढी कष्ट पुऱ्याइरहेको हुन्छस्, अनि आखिरमा तँ यस्तो विचार गर्छस्, ‘अबदेखि फेरि कहिल्यै मैले झुटो बोल्नुहुँदैन। म चुप लागेर बस्छु र थोरै बोल्छु।’ तर तैँले आफैलाई रोक्‍न सक्दैनस्। यस्तो किन हुन्छ त? तँ तेरो प्रतिष्ठा र इज्जतजस्ता कुराहरू त्याग्न सक्दैनस्, त्यसैले तँ केवल तिनीहरूलाई झुटले मात्र थामेर राख्‍न सक्छस्। तैँले ती कुराहरूमा अडिग रहिरहन झुटको प्रयोग गर्न सक्छु भनी विचार गर्छस्, तर वास्तवमा, तैँले त्यसलो गर्न सक्दैनस्। तेरो इमानदारी र मर्यादा कायम राख्‍न तेरा असत्य कुराहरू सफल नभएका मात्र हुँदैनन्, बारु अझ महत्त्वपूर्ण कुरा, तैँले सत्यको अभ्यास गर्ने मौका गुमाएको हुन्छस्। यदि तैँले आफ्नो प्रतिष्ठा र इज्जत थामेर राखेको भए पनि सत्यता गुमाएको हुन्छस्; तैँले त्यसलाई व्यवहारमा अपनाउने मौका, साथै एक इमानदार व्यक्ति बन्‍ने मौका पनि गुमाएको हुन्छस्। यो सबैभन्दा ठूलो नोक्सानी हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ”)। परमेश्‍वरको प्रत्येक वचन सिधै मेरो हृदयभित्र प्रवेश गर्यो। मेरो झुटलाई बताएर मैले मेरो प्रतिष्ठालाई कायम राखेँ, तर अलिकति पनि खुसी महसुस गर्न सकिँन। उल्टै, म असहज भएँ, मैले जे गरेको थिएँ त्यसप्रति निरन्तर नराम्रो महसुस गरिरहेँ। कहिलेकाँही म बोल्दा मानिसहरूका आँखामा हेर्न पनि मन पर्दैनथियो, तिनीहरूले कतै मेरो छललाई देख्छन् र मलाई कहिल्यै विश्‍वास गर्नेछैनन् कि भन्ने डर लाग्थ्यो। भनि, मैले मेरो झुठलाई ढाकछोप गर्न र विश्‍वसनीय बनाउन सबै प्रकारका तिकडम अपनाएँ। त्यसरी जिउनु गाह्रो, थकाउने किसिमको थियो, र मैले कुनै आराम पाउन सकिँन। मैले झुट बोलेँ अनि छली र एउटा घृणित, अमर्यादित जीवन जिएको थिएँ। त्यसउप्रान्त मलाई ढाकछोप गर्न मन लागेन, मैले स्वीकार र पश्चताप गर्न परमेश्‍वरलाई प्रार्थना गरेँ र मैले आफ्नो देहलाई परित्याग गरेँ र अर्कोपटक दाजुभाइ र दिदीबहिनीहरूसँग भेट गर्दा खुलेर कुराकानी गर्छु भनी संकल्प गरेँ।

केहि दिनपछि एउटा जमघटमा हामीसँगै सामेल हुन अगुवा आउनुभयो र मलाई लाग्यो कि सत्यको अभ्यास गर्न परमेश्‍वरले मलाई एउटा मौका दिँदै हुनुहुन्छ। मैले प्रार्थना गरेँ, “हे परमेश्‍वर, म मेरो झुठ र छललाई प्रकट गर्न राजी छु। कृपया सत्यको अभ्यास गर्न मलाई संकल्प दिनुहोस्।” जब म आइपुगेँ, तब मैले थाह पाएँ कि उहाँ त हामी चर्च अगुवाहरूमध्येबाट एकजना कामको सहकर्मी छनौट गर्नलाई आउनुभएको रहेछ। मभित्र एउटा अन्तरद्वन्द्व खडा भयो: चर्च अगुवाहरूमध्ये, अरूहरूको भन्दा मेरो क्षमता र उपलब्धिहरू अलि राम्रा छन् सायद तिनीहरूले मलाई एक योग्य उम्मेदवारको रूपमा देखिसके होलान्। तर यदि मैले सत्य बोलेँ र मेरो झुट प्रकट गरेँ भने, के तिनीहरुले मलाई नीच सोँच्छन् होला? के तिनीहरूले म अति धूर्त भएको ठान्छन्, र मलाई छान्नेछैनन् होला? यदि अरू नै कोही छानिए भने मैले कसरी मेरो मुख फेरि देखाउन सक्छु होला? मैले ठानेँ कि म त्यो बारे बोल्न सक्दिँन। जसै मैले मेरो शिर निहुराएँको थिएँ, सोचमा डुबेको थिएँ, अगुवाले मलाई मेरो हालचाल के छ भनी सुनाउन लगाउनुभयो। मैले भन्ने शब्दहरू पाउन सकिनँ, मैले हल्काफुल्का जबाफ दिएँ। “म राम्रो स्थितिमा रहेको छु। समस्याहरूको सामना गर्दा, परमेश्‍वसँग प्रार्थना गर्नु र तिनलाई समाधान गर्न सत्यलाई खोज्नुपर्छ भनी म जान्दछु।” यसो भनेपछि, मैले एउटा लाजमर्दो कुरा गरेँ भन्ने मलाई लाग्यो र म तनावले भरिएँ। मेरो पसिना छुट्यो। मैले पसिना पुछिरहेको देखेपछि, अगुवाले मलाई एक गिलास तातोपानी ल्याइदिनुभयो र मलाई चिसो लाग्यो कि भनी दयापूर्वक सोध्नुभयो। मैले भनेँ, “खोइ किन हो मलाई थाहा छैन, डर लागेको छ र पसिना रोक्न सकेको छैन।” वास्तवमा, मलाई राम्ररी थाहा थियो, मैले फेरि पनि ढाँटेकोले र सत्यको अभ्यास नगरेकोले यस्तो भएको थियो। मैले परमेश्‍वरलाई मनमनै प्रार्थना गरेँ: “परमेश्‍ववर, मैले घरिघरि झुट बोलेको छु, सत्यको अभ्यास गर्न अटेरी गरेको छु। म अति कठोर, अति विद्रोही छु। कृपया मलाई अगुवाई गर्नुहोस् ताकि म सत्यको अभ्यास गर्न सकूँ र एक इमानदार व्यक्त्ति बनूँ।”

त्यसपछि, सिस्टर लिउले हामी मिलेर परमेश्‍वरको बचनको एउटा भजन गाऔं भन्ने सुझाव दिनुभयो। “इमानदारीता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि कुरा कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो। यदि तिमीहरूका शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने म भन्छु तिमीहरू सत्यतालाई अभ्यास गर्न नरुचाउने व्यक्तिहरू हौ। यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ उज्यालो बाटो खोज्नको लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्। यदि तँलाई सत्यको खोजी गर्दा धेरै खुशी मिल्छ भने, तँ त्यस्तो व्यक्ति होस् जो सधैँ उज्यालोमा बस्छ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “ईमानदारहरूलाई परमेश्‍वरले आशिष्‌ दिनुहुन्छ”)। जब मैले यो भजन गाएँ, म निराश र लज्जित दुवै भएँ। मैले जमघट शुरु हुनुभन्दा अघि प्रार्थना गरेको थिएँ किनकि मैले कसरी झुट बोलेको र छली भएको थिएँ भन्नेबारे म खुलेर कुराकानी गर्ने चाहन्थेँ, तर जब ती अगुवाले आफुसँग काम गर्न कोही अरूलाई छान्न लागेको मैले देखेँ, मैले कुनै कुरा पनि प्रकट गर्न चाहिँन। अगुवा र सहकर्मीहरूले मैले व्यावहारिक काम गरेको छैन र झुटो पनि बोलेको छु भन्ने कुरा थाहा पाउनेछन्, म अति धूर्त छु भनेर भन्नेछन् र तिनीहरुले मलाई त्यो पदको लागि छान्नेछैनन् भनी म डराएको थिएँ। तब मैले अगुवा बन्ने मौका पनि गुमाउनेथिएँ। म अति छली बनेको थिएँ! परमेश्‍वर सबैकुरा देख्नुहुन्छ। म अरूलाई त मूर्ख बनाउन सकूँला, तर परमेश्‍वरलाई छल गर्न सक्दिन? यी वचनहरू साँच्चै नै स्पष्ट भए: “यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ उज्यालो बाटो खोज्नको लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्।” मलाई अझ धेरै असहज महसुस भयो। परमेश्‍वरले भन्नुभएजस्तै, के म उहाँले बताउन नचाहनुभएका धेरै गोप्य कुराहरूसहितको व्यक्ति थिइन र? सिञ्चन कार्यसँग सम्बन्धित कार्य-विवरणहरू मलाई थाहा छैन भन्ने कुरा मलाई राम्रो सँग थाहा थियो, तर जब ती अगुवाले त्यसको बारेमा मलाई सोध्नुभयो, मैले चाल चलेँ, र जानीजानी ढाँटे, र जब म चर्च फर्किएँ तब मैले अरूहरूसँग खुलेरे कुराकानी गरिनँ, मेरा कामहरुमा मेरो भ्रष्टता र त्रुटिहरू प्रकट गरिनँ। बरु, आफ्नो काममा जाँदा, मैले मेरा झुटहरूलाई ढाकछोप गर्ने र तिनलाई सुचारु नै राखेँ कोशिश गरेँ। त्यो मेरो काम गराइ कस्तो थियो त? त्यो सब मरो नाम र हैसियतको रक्षा गर्नलाई थियो। मैले परमेश्‍वरलाई छल्ने, र मानिसहरूलाई भ्रमित पार्ने कोशिश गरिरहेकी थिएँ। र फेरि एकपटक, यो नयाँ पद पाउको लागि, परमेश्‍वर र मानिस दुवैलाई ढाँट्दै, ढिठपूर्वक म मेरो प्रतिज्ञाबाट पछि हटेँ। म पटकपटक नै झुट बोलिरहेँ र छली बनिरहेँ! तब परमेश्‍वरको यो वचन मलाई याद आयोः “तर तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्: किनकि यीभन्दा बढी जे छ त्यो दुष्टबाट आउँछ” (मत्ती ५:३७)। “तिमीहरू आफ्ना पिता दुष्टका हौ, र तिमीहरू आफ्ना पिताका अभिलाषाहरू पूरा गर्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यतामा बसेन, किनकि त्यसमा सत्यता छैन। जब त्यसले झूटो बोल्छ, त्यसले आफ्नै स्वभावअनुसार बोल्छ: किनकि त्यो ढँटुवा हो र त्यसको पिता हो” (यूहन्‍ना ८:४४)। मलाई राम्रोसँग थाहा थियो कि परमेश्‍वरलाई इमानदार मानिस मनपर्छ, तर मैले पटकपटक झुट बोलेँ र ती झुटहरूलाई ढाकछोप गरेँ, परमेश्‍वर र मेरो दाजुभाइ-दिदीबहिनीहरूलाई छल्ने कोशिश गरेँ। शैतानभन्दा म कति नै फरक थिएँ र? के मसँग अलिकति पनि सामान्य मानवता थियो त? यदि मैले पश्चताप गरिँन र परिवर्तन भइन भने, मलाई थाहा थियो म पनि शैतानको त्यही अन्त्यतर्फ जाँदै छु। यस्तो सोचले मलाई त्रसित बनायो, त्यसैले मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, अनि मैले मेरो आफ्नै प्रतिष्ठालाई चकनाचुर पार्न सहास बटुलेँ। मैले आफूले गर्दैआएका झुटहरू र तिनको ढाकछोप र मेरा घृणित धूर्त नियतहरूलाई विस्तृत विवरसहित केही नछुटाई, प्रकट गरिदिएँ। म पुर्ण रूपले सफा बनेपछि मलाई एउटा ठूलो भारी हटेको जस्तो लाग्यो र अचानक धेरै आराम महसुस गरेँ। मैले मेरो हृदयभित्र स्वतन्त्र र आराम महसुस गरेँ।

दाजुभाइ र दिदीबहिनीहरूले मलाई गाली गरेनन् र अगुवाले त झन मेरो लागि परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढ्नुभयो। “जब मानिसहरू छलमा संलग्‍न हुन्छन्, यसबाट के-कस्ता अभिप्रायहरू पैदा हुन्छन्? तिनीहरूले कस्तो प्रकारको स्वभाव प्रकट गर्छन्? किन तिनीहरूले यस प्रकारको स्वभाव व्यक्त गर्न सक्छन्? यसको जड के हो? यसको कारण के हो भने मानिसहरूले तिनीहरूका आफ्‍नै आत्म-चासोहरूलाई अरू सबै कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। तिनीहरू आफूलाई फाइदा पुर्‍याउनको निम्ति छलमा संलग्‍न हुन्छन्, र त्यसरी तिनीहरूको छली स्वभावहरू प्रकट हुन्छन्। यो समस्यालाई कसरी समाधान गर्नुपर्छ? पहिलो, तैँले आफ्‍ना चासोहरूलाई त्याग्‍नुपर्छ। मानिसहरूलाई तिनीहरूका आफ्‍ना चासोहरू त्याग्‍न लगाउनु सबैभन्दा कठिन कार्य हो। धेरैजसो मानिसहरूले फाइदाबाहेक केही पनि खोज्दैनन्; मानिसहरूका चासोहरू नै तिनीहरूका जीवन हुन्छ, र तिनीहरूलाई ती कुराहरू त्याग्‍न लगाउनु भनेको तिनीहरूलाई तिनीहरूको जीवन त्याग्‍न लगाउनुसरह हुन्छ। त्यसो भए, तैँले के गर्नुपर्छ त? तैँले त्याग्‍न, छोड्न, कष्ट भोग्‍न, र तैँले प्रेम गर्ने चासोहरूलाई छोड्दा हुने पीडालाई सहन सिक्‍नुपर्छ। तैँले यो पीडा भोगेपछि र तेरा केही चासोहरूलाई त्यागेपछि, तैँले अलिक चिन्तामुक्त र स्वतन्त्र भएको महसुस गर्नेछस्, अनि यसरी, तैँले आफ्‍नो देहलाई जित्‍नेछस्। तैपनि, यदि तँ तेरा चासोहरूमा नै लागिरहन्छस् र तिनलाई त्याग्‍न असफल हुन्छस्, अनि ‘म छली भएँ, त के भयो? परमेश्‍वरले मलाई दण्ड दिनुभएको छैन, मानिसहरूले मलाई के गर्न सक्छन् र? म कुनै कुरालाई पनि त्याग्‍नेछैन!’ भनेर भन्छस् भने, जब तैँले केही पनि त्याग्दैनस् भने, तब अरू कसैले पनि केही घाटा बेहोर्दैन; अन्तिममा घाटा बेहोर्ने तँ नै हुनेछस्। जब तैँले आफ्‍नो भ्रष्ट स्वभावलाई पहिचान गर्छस्, तब यो वास्तवमा तेरो लागि प्रवेश गर्ने, प्रगति गर्ने, र परिवर्तन हुने अवसर हो; यो तेरो लागि परमेश्‍वरकहाँ आउने र उहाँको छानबिन अनि उहाँको न्याय र सजायलाई स्वीकार गर्ने मौका हो। यसको साथै यो मुक्ति प्राप्त गर्ने तेरो अवसर हो। यदि तैँले सत्यताको खोजी गर्न छोड्छस् भने, त्यो त मुक्ति प्राप्त गर्ने र न्याय र सजाय स्वीकार गर्ने अवसरलाई त्याग्‍नुसरह हो। यदि तँ सत्यता होइन बरु फाइदा चाहन्छस् भने, अनितैँले फाइदालाई नै छनौट गर्छस् हो भने, आखिरमा, तैँले फाइदा नै पाउनेछस्, तर तैँले सत्यतालाई त्यागिसकेको हुनेछस्। मलाई भन्: यो घाटा हो कि नाफा हो? नाफा त अनन्त कुरो होइन। हैसियत, आत्मसम्‍मान, रुपियाँपैसा, कुनै पनि भौतिक कुरा—ती सबै क्षणिक हुन्। जब तैँले आफ्‍नो भ्रष्ट स्वभावको यो तत्वलाई अस्वीकार गरेको हुन्छस्, सत्यताको यो पक्षलाई प्राप्त गरेको हुन्छस्, र मुक्ति प्राप्त गरेको हुन्छस्, तँ परमेश्‍वरको सामुन्ने बहुमूल्‍य बन्‍नेछस्। यसको साथै, मानिसहरूले प्राप्त गर्ने सत्यताहरू अनन्त हुन्छन्; शैतानले तिनीहरूबाट यी सत्यताहरूलाई खोस्‍न सक्दैन, न त अरू कसैले नै तिनलाई खोस्‍न सक्छन्। तैँले तेरा चासोहरूलाई त्यागेको हुन्छस् तर तैँले सत्यता र मुक्ति प्राप्त गरेको हुन्छस्; यी परिणामहरू तेरै हुन्। तैँलेआफ्नै लागि यी परिणामहरू प्राप्त गरेको हुन्छस्। यदि मानिसहरूले सत्यताको अभ्यास गर्ने निर्णय गरे भने, तिनीहरूले आफ्‍ना आत्म-चासोहरू नै गुमाए पनि, तिनीहरूले परमेश्‍वरको मुक्ति र अनन्त जीवन प्राप्त गरिरहेका हुन्छन्। ती मानिसहरू सबैभन्दा बुद्धिमान मानिसहरू हुन्। यदि मानिसहरूले सत्यता गुमाएर लाभ प्राप्त गर्छन् भने, तिनीहरूले जीवन र परमेश्‍वरबाट प्राप्त हुने मुक्ति गुमाउँछन्; त्यस्ता मानिसहरू सबैभन्दा मूर्ख हुन्छन्। व्यक्तिले आखिरमा के छनौट गर्नेछ—आत्म-चासोहरू कि सत्यतालाई छनौट गर्नेछ—भन्‍ने विषयमा भन्दा, व्यक्तिलाई अरू कुनै पनि कुराले भन्दा बढी प्रकट गर्ने विषय यही हो। सत्यतालाई प्रेम गर्नेहरूले सत्यतालाई छनौट गर्नेछन्; तिनीहरूले परमेश्‍वरको अघि समर्पित हुने, र उहाँलाई पछ्याउने कार्यको छनौट गर्नेछन्। तिनीहरूले आफ्‍नै चासोहरूलाई त्याग्न चाहन्छन्। तिनीहरूले जति नै धेरै कष्ट भोग्‍नु परे पनि, तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन गवाहीको रूपमा खडा हुने अठोट गरेका हुन्छन्। सत्यतालाई अभ्यास गर्ने अनि सत्यता वास्तविकतामा प्रवेश गर्ने आधारभूत मार्ग यही हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो”)। यी वचनहरू सुन्दा, यसले मेरो हृदयलाई उज्यालो बनायो। मैले कसरी पट पटक झुट बोल्ने र छल्ने गर्थेँ भनी मनन गरेँ, मुख्य कारण भनेको मैले प्रतिष्ठा र पदबारे अति धेरै चिन्ता गर्थेँ, र मसँग छली प्रकृति थियो। म सानो छँदै शैतानद्वारा शिक्षा र सिद्धान्त-ज्ञान पाएको थिएँ र त्यसका धेरै विषहरू मैले सोसेर लिएको थिएँ जस्तै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “रुखको बोक्रा भनेझैं मानिसको अनुहार,” “हजारपटक दोहोर्‍याए त झूट पनि सत्य बन्छ,” “झूट नबोलीकन ठूलो उपलब्धि हासिल गर्न सकिँदैन,” “बोल्‍नुभन्दा पहिले सोच्नू र कुरा गर्दा पेट नरित्याउनू” आदि इत्यादि। बाँच्नका लागि ति शैतानी जीवन-दर्शनहरू मेरो निम्ति कानून बनेका थिए। म अझ स्वार्थी, छली र ढोंगी बन्दै, तिनै जीवन-दर्शनअनुसार नै जिएको थिएँ। म सँधै आफ्नै स्वार्थहरूको विषयमा सोँच्थे र त्यो उद्देश्यको लागि झुट बोल्न र छल्न गर्नबाट आफूलाई रोक्न सक्दै सक्दिनथेँ। झुठ बोले पछि मलाई ग्लानि महसुस हुन्थ्यो र आफैलाई धिक्कार्थेँ र म परमेश्‍वरसँग पश्चताप गर्न र अरूहरूसँग खुल्न चाहन्थेँ, तैपनि लाज हुने र हाँसोको पात्र बनिने डरले मलाई ढाकछोप गरिरहन र झुठो आवरण पहिरन लगाइरह्यो। म खुल्न र मेरा धूर्त नियतहरू र छली व्यवहारलाई प्रकट गर्न चाहन्नथेँ। मसँग विशेष गरी मेरो आफ्नो मुहारलाई एकातिर पन्छाएर इमानदार बन्ने साहसको कमी थियो, सोँच्थे कि मैले सत्य बताएँको क्षण, मानिसहरूले म के हुँ भन्ने देख्नेछन्, र त्यसउप्रान्त तिनीहरूले मलाई सम्मानपूर्वक हेर्नेछैनन्। मैले सत्य अभ्यास गर्नु र इमानदार बन्नुभन्दा अन्धकार र पीडामा संघर्ष गरिरहन चाहेँ। मैले देखेँ कि शैतानद्वारा म कति गहिरो गरी भ्रष्ट बनेकी थिएँ! परमेश्‍वरले मलाई त्यस प्रकारले प्रकट नगर्नुभएको भए, उहाँका वचनहरूको न्याय र प्रकाश नभएको भए, मेरो प्रकृति कति धूर्त रहेछ भन्ने कुरा मैले कहिल्यै देख्ने थिइन, र सत्यलाई अभ्यास गर्न र मेरो साँचो स्वभावलाई प्रकट गर्न म अभिप्रेरित हुने थिइन। तब मैले थाहा पाएँ कि परमेश्‍वरको न्याय र सजायद्वारा उहाँले मलाई सुरक्षा र मुक्ति दिइरहनुभएको रहेछ, र सत्यलाई पछ्याउने र इमानदार बन्ने अभ्यास गर्नु कति महत्त्वपूर्ण कुरा रहेछ भनेर मैले थाहा पाएँ।

त्यसपछि, मैले सत्य बोल्ने र एक इमानदार व्यक्ति बन्ने अभ्यास गर्ने मन गरेँ। केहि समयपश्चात, मैले थाहा पाएँ कि जमघटमा हामीसँग सहभागी एक अगुवा कहिलेकाहिँ अहंकारी र स्व-धर्मी बन्न सक्छन् र अरूहरूको सुझावहरूलाई सजिलै स्वीकार गर्दैनन्। कतिपटक त मैले उहाँलाई बताउन चाहेँ, तर तब मैले सोँचे, “मैले भनेको कुरा उहाँले स्विकार्नुभयो भने त सबै ठिक र असल हुन्छ, तर स्विकार्नुभएन भने, उहाँले मलाई के सोँच्नुहुनेछ?” मैले पर्खने र हेर्ने निर्णय गरेँ। एकदिन उहाँले मलाई सोध्नुभयो, “सिस्टर, हामीले एकार्कालाई चिनेको अब धेरै भयो। यदि तपाईंले ममा कुनै समस्याहरू देख्नुभयो भने, मलाई भन्नुहोस् है। त्यो मेरो लागि उपयोगी हुनेछ।” मैले उहाँलाई हेरेँ र “मैले केही कुरा थाहा पाएको छैन। तपाईं उत्तम हुनुहुन्छ” भन्नै मात्र लागेकी थिएँ, तर मैले महसुस गरेँ कि त्यो त छलपूर्ण हुनेछ, त्यसैले मैले परमेश्‍वरसँग प्रार्थना गरेँ र ममाथि उहाँको जाँचलाई स्विकार्न आफैलाई राजी बनाएँ। मैले परमेश्‍वरको घृणालाई उक्साउँदै, झुठ बोल्न र छल गरिरहन सकिँन। त्यसैले, म खुलेँ र उहाँलाई उहाँको समस्या बताएँ। उहाँले सुन्नुभयो, तब झट्टै शिर हल्लाएर भन्नुभयो, “परमेश्‍वरलाई धन्यवाद होस्! तपाईंले नभन्नुभएको भए मैले यो कहिल्यै थाहा पाउने थिइनँ। साँच्चै नै मैले आफैलाई मनन गर्नुपर्छ र यो कुरालाई बुझ्नुपर्छ।” उहाँले त्यो स्विकार गर्न सक्नुभएको देख्दा म धेरै खुशी भएँ। मैले शान्ति र उन्मूक्तिको एउटा अतुलनीय अनुभूति गरेँ र सत्यता अभ्यास गर्नु र एक इमानदार व्यक्ति बन्नु साँच्चै नै कति सुन्दर हुँदो रहेछ भन्ने कुराको अनुभव गरेँ!

अघिल्लो: इमानदार मानिस हुनुको स्वाद

अर्को: मौनताको पछाडि

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सत्यतालाई अभ्यास गर्नु नै सामञ्जस्यतापूर्ण समन्वयको कुञ्जी हो

डोङ्गफेङ्ग, अमेरिकाअगस्त २०१८ मा, मेरो काम ब्रदर वाङसित फिल्मसम्बन्धी सरसामग्री बनाउनु थियो। पहिले त, मैले नजानेको कति धेरै कुरा छ भनी मैले...

परमेश्‍वरका वचनहरूले झक्झकाएर मेरो आत्मालाई जगाएको छ

नान्‍नान, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यी आखिरी दिनहरूको परमेश्‍वरको कार्यको हालको चरणमा, उहाँले पहिलेजस्तो मानिसलाई...

जिउने सुन्दर तरिका

क्षुन्‍क्‍वी, जापानम सानो छँदा मलाई के सिकाइयो भने, अरूसँग ठाडे व्यवहार नगर्नू र अरूलाई दुःखी नबनाउनू, र त्यो नै मेरो जीवनको दर्शन थियो।...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्