इमान्दारीले मात्र मानवीय गुण ल्याउँछ

शिझाइ, चीन

मेरो पति र म अफिस फर्निचरको व्यवसायमा छौं। हामीले व्यवसाय साँच्चै नै इमान्दार भएर गर्न थालेका थियौं, ग्राहकले जे भन्छन् त्यही गर्थ्यौं, कुनै नक्कली समान हाल्दैनथ्यौं। एक वर्ष बित्यो र हामीले तिर्नुपर्ने सबै शुल्कहरू कटाएर, हामीसँग बाँच्नको लागि मात्र पुग्ने रहन्थ्यो। हामी छेउकै अर्को पसलका मालिकहरू पनि यही व्यवसायमा थिए, तर उनीहरूले हामी भन्दा धेरै नै कमाउँथे। म अन्योलमा थिएँ: किन हामीले उनीहरूको जति कहिल्यै कमाउन सकेनौं? उनीहरूले पैसा कसरी कमाउँदै थिए भन्ने कुरा बुझ्न मैले त्यहाँ गएर हेर्न र सिक्न चाहेँ। एक दिन एकजना ग्राहक उनीहरूको पसलमा आए र एउटा सोफा, फ्रन्ट डेस्क र एउटा टेबल अर्डर गरे र ती सबै उत्कृष्ट होऊन् भन्ने चाहे। पसलका मालिकले उनलाई यी सबै नै सबभन्दा राम्रो गुणस्तरका हुनेछन् भनी वाचा गरेको मैले देखेँ तर ग्राहक जाने बित्तिकै, उनले आफ्नो कारखानाबाट तेस्रो दर्जाका सामानहरू ल्याए र पहिलो दर्जाका सामानहरूको ठाउँमा ती सामान हाले र ग्राहककहाँ पठाए। उनले एकै छिनमा १०,००० भन्दा बढी युआन कमाए। उनीहरूले यस किसिमको युक्ति लगाएको देखेर म साच्चै नै छक्क परेँ। मैले सोचें, “ए, उनीहरूले यस्तो पो गर्छन्! के त्यो ग्राहकलाई ठगी गर्नु होइन र? व्यवसाय गर्ने यो इमान्दार तरिका पक्कै होइन।” तर त्यसपछि मैले सोचेँ, “हामी एउटै व्यवसायमा छौं तर उनीहरू धेरै कमाउँदै छन् र राम्रो जीवन बिताइरहेका छन् जबकि हामीलाई बाँच्न मात्र पुगिरहेको छ। त्यहाँ धेरै असमानता छ।” मलाई लाग्यो म उनीहरूबाट केही कुराहरू सिक्न सक्छु। त्यसैले धेरै पैसा कमाउनको लागि मैले मेरो विवेकलाई बेवास्ता गर्दै छिमेकीहरूले गरेजस्तै सामानहरू बेच्न थालेँ।

एक पटक एकजना ग्राहक ठूलो परिमाणमा अफिसका सामानहरू खरिद गर्न आए र सबैकुरा उच्च गुणस्तरको हुनुपर्छ भने। मैले उनलाई पटक-पटक आश्‍वस्त पारेँ यसो भनेँ-यसमा अरू केही हुँदैन, बरु सबभन्दा राम्रो हुनेछ र जीवनभर ग्यारेन्टी हुनेछ, ताकि उनले हामीबाट खरिद गर्न सहज महसुस गरून्। उनी गइसकेपछि, उनले छानेका सामानहरू बदलेँ र हेर्दा ठ्याक्कै त्यस्तै देखिने तेस्रो दर्जाका सामानहरू राखेँ किनभने त्यस्ता सामानको लागत धेरै कम पर्छ। अर्डर डेलिभरी गर्दा मलाई साँच्चै अप्ठ्यारो लाग्यो। मैले सोचेँ, “यदि उनले थाहा पाए र पैसा फिर्ता मागे भने, यो पैसा गुमाउने कुरा मात्र हुने छैन। उनले मेरै सामुन्ने मलाई ठग भएको आरोप लगाउनेछन्।” यो सोचाइले मलाई झनै नर्भस बनायो। मेरो मुटु छिटोछिटो धड्किन थाल्यो र मैले उनीसँग आँखा जुधाएर हेर्न पनि सकिनँ। जब उनले अर्डर जाँच गर्दा केही पनि थाहा पाएनन्, तब म छक्क परेँ र अन्ततः मैले केही राहत महसुस गरेँ। जब त्यो बिलको भुक्तानी भयो, मैले अतिरिक्त दशौँ हजार कमाएँ, र यद्यपि मलाई दोषी महसुस भइरहेको भए पनि र यो कार्य बेइमानी एवम् अनैतिक हो भन्ने थाहा भए पनि, म भित्रभित्रै खुसी थिएँ यस्तो चाँडो यति धेरै पैसा कमाउँदा। केही समयपछि, मेरो लगातारको झुट र ठगीले मेरो लागि केही समस्याहरू सृजना गर्‍यो। कहिलेकाहीँ मैले केही नक्कली बिक्री गर्दा ग्राहकले पछि मलाई फोन गरेर यो ठिक गर्न लगाउँथे। तर ती नक्कली सामानहरूको लागि बिक्री पछिको कुनै सेवा थिएन, त्यसैले मैले तिनीहरूलाई टार्न अनेकौँ बहाना खोज्नु पर्थ्यो। कहिलेकाहीँ कोही रिसाउँदै भन्थे, “तिमी व्यवसायीहरूले केही बेचेपछि कुनै जिम्मेवारी लिँदैनौ। तिमीहरू पूर्ण रूपमा भरपर्दा छैनौ।” मेरो लागि ग्राहकले यसो भनेको सुन्नु सजिलो थिएन, तर त्यसपछ अरू सबैले त्यसरी नै व्यवसाय गर्छन् भनी म सोच्थेँ त्यसैले यो एकदमै सामान्य होइन र? त्यो अपराधी भावना बिस्तारै हराउँदै जान्थ्यो।

केही वर्ष बित्यो र मैले केही पैसा कमाएको र धेरै सहज रूपमा बाँचिरहेको भए पनि, मैले मेरो हृदयमा कुनै खुसी महसुस गर्न सकिनँ। बरु मैले जति बेला पनि तनाव महसुस गरेँ किनभने मैले अति धेरै नक्कली सामानहरू बेचेकी थिएँ, र त्यो दिनको डर थियो जब कुनै ग्राहकले गुणस्तरमा समस्या रहेको फेला पार्छन् र पैसा फिर्ताको माग गर्छन् वा मेरो रिपोर्ट गर्छन्। त्यसले मेरो धेरै पैसा खर्च गराउनेछ। यसले मेरो प्रतिष्ठा पनि गिराउन सक्छ, र मानिसहरूले मेरो कुरा काट्न सक्नेछन्। यसबाट जोगिने आशा गर्दै, म निरन्तर सोच्दै थिएँ यदि मलाई कुनै बेला त्यस प्रकारको फोन आयो भने मैले मामिलाहरू कसरी साम्य पार्थें होला। त्यसरी बाँच्नु मेरो लागि थकाइलाग्दो थियो। म अक्सर सोच्थेँ, “यदि मैले इमान्दारीपूर्वक व्यवसाय गरेँ भने र दोस्रो दर्जाको सामान नदिई ग्राहकले माग गरेको अर्डर दिएँ भने म यसबारे जतिबेला पनि चिन्तित हुनु पर्दैन। तर मेरो व्यापार र घरको खर्च धेरै छ। यदि मैले इमानदारीपूर्वक व्यापार गरी ग्राहकको इच्छा पूरा गरेँ भने, मैले धेरै पैसा कमाउने छैनँ। भनाइ नै छ नि ‘इमानदार व्यापारी भन्‍ने चीज हुँदैन’? के आजकल यस्तै नै चलिरहेको छैन र? ठगी नगरिकन म धेरै कमाउन सक्दिनँ त्यसैले म केवल पैसामा ध्यान केन्द्रित गर्दछु।” र त्यसकारण, मेरो विवेकले कहिलेकाहीँ असहज महसुस गरे पनि, धेरै पैसा कमाउन मैले छलको व्यवसायिक युक्ति प्रयोग गरिरहेँ।

ईस्वी सन् २००४ मा मेरी भाउजूले सर्वशक्तिमान् परमेश्‍वरले आखिरी दिनहरूमा गर्नुभएको काम मलाई बताउनु भयो। परमेश्‍वरका वचनहरू पढेर मलाई पक्का भयो कि यो परमेश्‍वरका अन्तिम दिनहरूको काम थियो र मैले मण्डली जीवन बिताउन थालेँ। एक दिन मैले यसलाई परमेश्‍वरका वचनहरूमा पढेँ: “मेरो राज्यका निम्ति त्यस्ता मानिसहरू चाहिन्छ जो इमानदार छन्, जो पाखण्डी वा छली छैनन्। के इमानदार र निष्कपट मानिसहरू संसारमा अलोकप्रिय छैनन् र? म ठीक विपरीत छु। इमानदार मानिसहरू मकहाँ आउनु स्वीकार्य छ; म यस किसिमको व्यक्तिसँग खुशी हुन्छु, र मलाई यस किसिमको व्यक्ति चाहिन्छ। मेरो धार्मिकता ठीक यही हो” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ३३”)। “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा, परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्‍वास गर्न सकिन्छ; यसको अलाबा, उहाँका कार्यहरू खोटरहित र निर्विवाद छन्, किनभने परमेश्‍वरले उहाँप्रति इमानदार हुनेलाई मन पराउनुहुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “तीन अर्तीहरू”)। यो पढेर मैले के सिकेँ भने परमेश्‍वर इमान्दार मानिसहरूलाई मन पराउनुहुन्छ र उहाँ हामीलाई आफ्नो वचन र कार्यमा इमान्दार र सोझो भएको चाहनुहुन्छ। हामीले परमेश्‍वर वा मानिसलाई धोका दिनु वा ठग्नु हुँदैन। मैले सोचेँ, “इमान्दार हुनु पूर्णतः राम्रो र सही कुरा हो र यो शान्ति र आरामका साथ जिउने तरिका हो। तर यो पैसामुखी समाजमा इमानदार मानिसहरू अरूको दृष्टिमा मूर्ख लाग्छन्। विशेषगरी हामीजस्ता व्यवसायीहरूका लागि, ग्राहकहरूलाई ठग्नु त एउटा खुला रहस्य हो। यदि म पूर्ण इमान्दार भएँ भने, मैले कति पनि पैसा कमाउनेछैनँ, अनि मैले गुजारा चलाउन सक्‍नेछैनँ। कसैले मलाई अबुझ ठानेर ठग्‍न पनि सक्छन्। तर परमेश्‍वर हामीलाई इमानदार मानिस भएको हेर्न चाहनुहुन्छ, म अब के गरूँ त?” मैले एउटा सम्झौता गर्नेबारे सोचेँ। म मण्डलीमा दाजुभाइ र दिदीबहिनीहरूसँग पूर्ण इमानदार भएर बोल्छु र काम गर्छु। मैले मेरो प्रतिरक्षामा बस्‍नुपर्नेछैन र कसैले मेरो हाँसो उडाउने छैन। तर म काममा इमानदार हुन सक्दिनँ। यसैले, मैले त्यसलाई व्यवहारमा लागू गर्न थालेँ।

एक दिन एक जना ग्राहक आएर १२० डेस्क र कुर्सी अर्डर गरे। उनले छनौट गरेका सबै फ्लोर मोडेलहरू राम्रो गुणस्तरका थिए र फर्मल्डिहाइडजस्तो गन्ध थिएन। म सोच्दै थिएँ, “उनले अर्डर गरेको कुरालाई म अर्को कारखानाको सामानले बदल्नेछु, जुन कम गुणस्तरको र फर्मल्डिहाइडको गन्ध आउने भए पनि, उनले चाहेको जस्तै ठ्याक्कै देखिन्छ। त्यसपछि त मैले अर्को १,२०० युआन कमाइहाल्नेछु।” मैले उनलाई कम गुणस्तरको फर्निचर बेच्ने निधो गरेँ। तर त्यसपछि मैले फर्मल्डिहाइड त हानिकारक पो छ भन्ने सोचेँ, र मलाई अप्ठ्यारो महसुस भयो। तर फेरि, अरू सबै पसलहरूले त्यसरी नै व्यवसाय गर्दथे भन्ने पनि मलाई थाहा थियो। यदि मैले उनलाई ठगिनँ भने पनि, उनी अरू कतै त जान्छन् र त्यहीँ नै ठगिन्छन्। म पनि त्यति पैसा कमाउन त सक्छु भन्ने मैले सोचेँ। अनि सजिलो बुद्धि प्रयोग गर्दै मैले उनको अर्डरमा नक्कली सामान हालिदिएँ। जब केही दिनपछि मैले डेलिभरी गरेँ, ती ग्राहकले गुणस्तर र गन्धमा शङ्का गरे। उनले मलाई सोधे, “के यो सामान खतरनाक छैन? तिमी यो तरिकाले कसरी व्यवसाय गर्न सक्छौ? मलाई अब यी चीजहरू चाहिंदैन।” उनले सबै चीज राखुन्जेलसम्म, म उनीसँग सम्झौता गर्न र राम्ररी कारोबार गर्न चाहन्थेँ। तर उनले मलाई बोल्ने मौका पनि दिएनन्, तर उनले एकदमै दृढतापूर्वक र कडा रूपले यो सबै फिर्ता गर्न चाहेको बताए। ती सबै डेस्क र कुर्सीहरू फिर्ता लिनु बाहेक मसँग कुनै विकल्प थिएन। घर पुगेपछि म दु:खी भएँ। म सोच्दै थिएँ बेइमान भएर काम गर्न कठिन छ, यसको लागि धेरै स्रोतसाधन चाहिन्छ। पैसा मात्र नाश भएको थिएन, मेरो प्रतिष्ठा र इज्‍जतमा क्षति पुगेको थियो। मैले जे रोपेकी थिएँ त्यही बटुल्दै थिएँ। यदि मैले धेरै पैसा कमाउने लोभ नगरिकन परमेश्‍वरले चाहेअनुसार काम गरेकी भए र नक्कली सामान नबेचेकी भए कोही पनि नक्कली सामान बेचेको भनेर मसँग रिसाउने थिएन र मलाई तनाव पनि हुने थिएन। छल गरेर मैले आफूलाई र अरूलाई पनि चोट पुर्‍याइरहेकी थिएँ। म प्रार्थना गर्न परमेश्‍वर सामु आएँ, र भनें “हे परमेश्‍वर! तपाईं हामी इमानदार मानिस बनेको चाहनुहुन्छ। तर म अझै पनि आफ्नो व्यवसायमा बेइमान भइरहेकी छु। आज जे भयो त्यो तपाईंको अनुशासन थियो र यो तरिकाले जिउँदा मैले काफी कटुता भोगिसकेकी छु। म अब मानिसहरूलाई धोखा दिन चाहन्नँ। तपाईं मलाई इमानदार हुन मार्गदर्शन गर्नुहोस्। म तपाईंका मापदण्डहरू पूरा गर्न सङ्घर्ष गर्न तत्पर छु।”

त्यसपछि, एक दिन मेरो भक्तिमा, मैले परमेश्‍वरका वचनहरूमा यी कुराहरू पढेँ: “म नै मानिसको अन्तस्करण जाँच्ने परमेश्‍वर हुँ। अरूको सामुन्ने एक प्रकारको र तिनीहरूका पिठिउँपछाडि अर्को प्रकारको व्यवहार नगर; तैँले गर्ने सबै कुरा म स्पष्ट रूपमा देख्न सक्छु, र तिमीहरूले अरूलाई मूर्ख बनाउन सके पनि, मलाई मूर्ख बनाउन सक्दैनौ। म यो सबै स्पष्ट देख्दछु। तैँले कुनै पनि कुरा लुकाउनु सम्भव छैन; सबै थोक मेरा हातमा छन्” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ४४”)। “के तैँले कसैलाई रकम ठगेपछि तँलाई केही पनि हुनेछैन भन्‍ने तँलाई लाग्छ? के तँलाई त्यो रकम ठगेपछि, तैँले कुनै पनि परिणामहरूको सामना गर्नुपर्दैन भन्‍ने लाग्छ? त्यस्तो हुनु त असम्‍भव नै हुनेछ; अवश्य नै त्यसका परिणामहरू हुनेछन्! तिनीहरू जो भए पनि वा तिनीहरूले परमेश्‍वर हुनुहुन्छ भन्‍ने विश्‍वास गरे पनि नगरे पनि, सबै व्यक्ति आफ्‍नो व्यवहारको निम्ति जिम्‍मेवार हुनुपर्छ र तिनीहरूले आफ्‍ना कार्यहरूका परिणामहरू भोग्‍नुपर्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय १०”)। “परमेश्‍वरले मानिसहरूलाई इमानदार हुने आग्रह गर्नुभएको कुराले यो प्रमाणित गर्छ कि उहाँले छलीहरूलाई साँच्‍चै घृणा गर्नुहुन्छ, र उहाँले छली मानिसहरूलाई मन पराउनुहुन्‍न। परमेश्‍वरले छली मानिसहरूलाई मन पराउनुहुन्‍न भन्‍ने तथ्यको अर्थ यो हो कि उहाँले तिनीहरूका कार्यहरू, स्वभाव र उत्प्रेरणाहरूलाई मन पराउनुहुन्‍न; अर्थात्, उहाँले उनीहरूको काम गर्ने तरिका मन पराउनुहुन्‍न। त्यसकारण, यदि हामी परमेश्‍वरलाई खुसी पार्न चाहन्छौं भने हामीले पहिले हाम्रा कार्यहरू र हामी जुन प्रकारले अस्तित्वमा रहन्छौं त्यो परिवर्तन गर्नुपर्छ। पहिले, हामी मानिसहरूका माझमा जिउनका निम्ति झुट र बहानामा भर पर्थ्यौं, हामीले त्यसैलाई हाम्रो पूँजीको रूपमा र अस्तित्वको आधार, जीवन र जगको रूपमा प्रयोग गर्थ्यौं, जसद्वारा हामीले आफैलाई सञ्‍चालन गर्थ्यौं। यो त्यस्तो कुरा थियो जसलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास”)।

परमेश्‍वरका वचनहरूबाट मैले के महसुस गर्न सकेँ भने परमेश्‍वरको स्वभाव धर्मी, पवित्र छ र यसले कुनै उल्लङ्घन सहँदैन। उहाँ हाम्रो प्रत्येक शब्द र काम जाँच्नुहुन्छ र अन्ततः हामी सबैले आफूले गरेका कामअनुसार जे पाउन योग्य छौं, त्यही पाउँछौं। बढी पैसा कमाउन गरेको छलबाट म केही समय त उम्कन सकुँला, तर पछि मैले तितो फल पाउनेछु। म मरेपछि नरक जानेछु र दण्ड पाउनेछु। त्यो स्वर्गको नियम हो। म कति मूर्ख रहेछु भन्ने मैले बुझेँ। म सोच्थेँ म दाजुभाइ तथा दिदीबहिनीहरूसँग चाहिँ इमानदार, तर मेरो व्यवसायमा भने धोखेबाज हुन सक्छु, र यसरी परमेश्‍वरको कृपा पाउन र पछि मेरा स्वार्थहरूको कुनै क्षतिविना परमेश्‍वरको आशीर्वाद पाउन सक्छु। मैले मानिसहरूलाई सानो चलाखीले मूर्ख बनाउन सकेँ, तर परमेश्‍वरलाई सकिनँ। मैले ती डेस्क र कुर्सीहरूको लागि निकै धेरै पैसा तिरेकी थिएँ। त्यो परमेश्‍वरको अनुशासन कारबाही थियो, उहाँ मलाई चेतावनी र मुक्ति पनि दिँदै हुनुहुन्थ्यो। अन्यथा म विलासितामै लिप्त र बेइमान भैरहेकी हुन्थें, र मैले पक्कै पनि अन्तमा मेरो सजाय पाउनेथिएँ। यो सोचले मलाई अलिक डर महसुस गरायो र मैले आफूलाई नियाल्न सुरु गरें। व्यवसायमा मेरा विगतका वर्षहरू सम्झँदा, धेरै पैसा कमाउन मैले मेरो विवेकलाई वेवास्ता गरें ग्राहकले अर्डर गरेका राम्रो गुणस्तरका सामानहरूको ठाउँमा कमसल सामान बदलें। मैले झुट बोलें र ठगें, र कमजोर गुणस्तरको सामानलाई उच्‍च गुणस्तरको भनी गलतरूपमा प्रस्तुत गरिरहें। विश्‍वास हासिल गरिसकेपछि पनि, परमेश्‍वरले हामीलाई इमान्दार बन्न, मानिस वा परमेश्‍वरलाई नठग्न अनिवार्य गर्नुभएको छ भन्ने राम्रोसँग थाहा पाएर पनि मैले अझै पनि पैसा कमाउन, बेइमानीको पैसा कमाउन ग्राहकहरूसँग ठगी गरेँ र झुट बोलें। मलाई पैसाको खातिर केही कुराले पनि रोक्दैनथ्यो। म बेइमानीको व्यवसाय चलाउँदै थिएँ, मानिसहरूलाई ठगी गरिरहेकी थिएँ, शैतानद्वारा भ्रष्ट भएकी र विवेक वा समझविहीन भएकी थिएँ। म धूर्त, स्वार्थी, र घृणित थिएँ, कुनै मानवीय गुणविनाको भुतजस्तो जिइरहेकी थिएँ। यो प्रभु येशूले भन्नु भएको जस्तै थियो: “तिमीहरू आफ्ना पिता दुष्टका हौ, र तिमीहरू आफ्ना पिताका अभिलाषाहरू पूरा गर्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यतामा बसेन, किनकि त्यसमा सत्यता छैन। जब त्यसले झूटो बोल्छ, त्यसले आफ्नै स्वभावअनुसार बोल्छ: किनकि त्यो ढँटुवा हो र त्यसको पिता हो” (यूहन्‍ना ८:४४)। “तर तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्: किनकि यीभन्दा बढी जे छ त्यो दुष्टबाट आउँछ” (मत्ती ५:३७)। केवल शैतानले मात्र सधैं झुट बोल्छ र ठगी गर्छ, र म त्यै गर्दै थिएँ। के ममा शैतानको गुण थिएन त? मेरो मानवीय गुण कहाँ थियो? यो सोचेर मलाई आफैप्रति असाध्यै घृणा महसुस भयो। मैले त्यस उप्रान्त आफ्नै फाइदाको लागि झुट बोल्न चाहिनँ। मैले पछि परमेश्‍वरका यी वचनहरू पढें: “इमानदार व्यक्ति बन्; तेरो हृदयमा भएको छलकपटबाट छुट्कारा पाउन परमेश्‍वरलाई प्रार्थना गर्। प्रार्थनाको माध्यमबाट आफूलाई सधैँ शुद्ध पार्, प्रार्थनाको माध्यमबाट परमेश्‍वरका आत्माद्वारा उत्प्रेरित बन्, र तेरो स्वभाव बिस्तारै परिवर्तन हुनेछ” (वचन देहमा देखा पर्नुहुन्छको “प्रार्थनाको अभ्यासको सम्बन्धमा”)। “इमानदारीता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि कुरा कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो” (वचन देहमा देखा पर्नुहुन्छको “तीन अर्तीहरू”)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग प्रदान गरे। मलाई थाहा थियो, इमानदार मानिस बन्ने मेरो प्रयासमा मैले परमेश्‍वरमा भर पर्नुपर्छ, र मेरो भ्रष्ट स्वभावबाट मुक्त हुन मलाई भएका कठिनाइहरूको बारेमा परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ। जब व्यवसायमा कुनै चीज पैसासँग वा मेरो स्वार्थसँग जोडिएको छ भने पनि मैले प्रार्थना गर्नुपर्छ, परमेश्‍वरको जाँच स्विकार्नुपर्छ, र सोझो व्यक्ति बन्नुपर्छ। मैले कालोलाई कालो र सेतोलाई सेतो भन्नुपर्छ, र वचन र काममा तथ्यहरूबाट सत्य खोज्नुपर्छ। यी सबै बुझेपछि मैले प्रार्थना गरेँ, परमेश्‍वरको जाँच स्विकार्न र उहाँका वचनहरू व्यवहारमा लागू गर्न तत्पर रहें।

धेरै समय नबित्दै एक जना ग्राहक केही मेटल क्याबिनेटहरू अर्डर गर्न आए। उनले मजबुत निर्माण भएको औसतभन्दा माथि गुणस्तरका क्याबिनेटहरू मागे। त्यस समयमा मैले सोचें, “यदि मैले यो अर्डरलाई उनले चाहेजस्तै राखें भने, अप्रत्यक्ष खर्च र लागतपछि मैले धेरै पैसा कमाउने छैनँ। यदि मैले उनको लागि अलि कम गुणस्तरको खोजें र उनले थाहा पाएनन् भने, मैले यसबाट १०,००० युआन वा सोभन्दा बढी प्राप्त गर्न सक्दछु। मैले त्योभन्दा कम मजबुत कुरालाई अर्डरमा राख्दा कसो होला?” यसरी जब म यो कि त्यो ठीक होला भनी सोच्दै थिएँ, तब मलाई मैले मानिसहरूलाई ठगेको हरसमयका परिणामहरू याद आयो। मैले केही पनि नकमाएकी मात्र होइन, अरू पैसा पनि गुमाएर नराम्रो महसुस गरेकी थिएँ। मैले इमानदार मानिसहरूले कसरी परमेश्‍वरलाई खुसी बनाउँछन् र उहाँबाट आशिष्‌ पाउँछन् र हामीले पूर्ण सत्य बोलौं भन्ने उहाँ चाहनुहुन्छ भन्ने पनि सोचेँ। मैले आफ्नो विवेकलाई बेवास्ता गर्न र केवल पैसाको लागि बेइमानी गर्न सकिनँ। मैले के महसुस गरें भने यो कुरा फेरि सामना गर्नु भनेको परमेश्‍वरले मलाई जाँच्नुभएको हो र परमेश्‍वरसामु मैले गरेको सङ्कल्पअनुसार अभ्यास गर्न सक्छु कि सक्दिनँ भनेर हेर्न चाहनुभएको हो। मैले परमेश्‍वरलाई प्रार्थना गरें र मलाई प्रलोभनबाट बचाउनुहोस् र सत्यको अभ्यास गर्ने र आफैलाई इन्कार गर्ने, र परमेश्‍वरलाई प्रसन्न तुल्याउने इमानदार व्यक्ति बन्ने शक्ति दिनुहोस् भनेर अनुनय गरें। मेरो प्रार्थनापछि मैले अलि बलियो महसुस गरें। मैले उनले भनेअनुसार नै मेटल क्याबिनेटहरू अर्डर गरें र मैले धेरै नकमाएकी भए पनि मेरो हृदयमा भने शान्तिको वास्तविक अनुभूति भयो। परमेश्‍वरका वचनहरूअनुसार इमानदार व्यवहार गर्न पाउनु कत्ति राम्रो कुरा हो भनेर पनि मैले महसुस गरेँ। यो कठिन थिएन र के होला भनेर म चिन्तित थिइनँ।

पछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “यस्तो फोहोरी भूमिमा जन्म लिएर, मानिस समाजद्वारा प्रभावित भएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसलाई ‘उच्‍च शिक्षा दिइने’ संस्थाहरूमा सिकाइएको छ। पिछडिएको सोच, भ्रष्‍ट नैतिकता, जीवन सम्बन्धी तुच्छ दृष्टिकोण, जीवनयापनको घृणित दर्शनशास्‍त्र, पूर्णतया मूल्यहीन अस्तित्व, र भ्रष्‍ट जीवनशैली र चलनहरू—यी सबै कुराहरू मानिसको हृदयमा गहिरोसँग घुसिसकेको छ, र उसको विवेकलाई गम्भीर रूपमा कमजोर बनाएको छ र आक्रमण गरेको छ। परिणाम स्वरूप, मानिस परमेश्‍वरदेखि अझ धेरै टाढिएको छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। … अन्धकारमा जिउनेहरूले सत्यतालाई सुनेर पनि त्यसलाई अभ्यासमा लगाउने विचारै गर्दैनन्, न त उहाँको स्वरूपलाई देखेर पनि परमेश्‍वरको खोजी गर्न तिनीहरू बाध्य हुन्छन्। कसरी यति धेरै भ्रष्‍ट मानवजातिले मुक्तिको कुनै मौका हासिल गर्नसक्छ र? यति धेरै पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?” (वचन देहमा देखा पर्नुहुन्छको “अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो”)। “मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता हासिल नगरुञ्‍जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुशी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै तिमिहरूभित्र शैतानको विष हुनु हो। जहाँसम्म शैतानको विष के हो भन्ने कुरा छ, यसलाई शब्दहरूद्वारा पूर्ण रूपमा अभिव्यक्त गर्न सकिन्छ। उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जबाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको तर्क मानिसहरूको जीवन बनिसकेको छ। जेसुकै भए पनि, मानिसहरूले यो आफ्नै लागि मात्र गरिरहेका हुन्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन र दर्शनयही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। शैतानका यी शब्दहरू नै ठ्याक्‍कै शैतानको विष हो र जब मानिसहरूले यसलाई ग्रहण गर्छन्, तब यो तिनीहरूको प्रकृति नै बन्छ। शैतानको प्रकृति यी शब्दहरूबाट उदाङ्गो हुन्छ; यी शब्दहरूले त्यसको पूर्ण रूपमा प्रतिनिधित्व गर्छन्। यो विष मानिसहरूको जीवन र साथसाथै तिनीहरूको अस्तित्वको आधार स्तम्भ बन्छ, र भ्रष्ट मानवजाति हजारौं वर्षदेखि यही विषको प्रभुत्वमा रहिआएको छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “पत्रुसको मार्गमा कसरी हिँड्ने”)। परमेश्‍वरको वचनले मलाई के बुझ्न सहयोग गर्‍यो भने किन मैले आफूलाई झुट बोल्न र ठगी गर्नबाट रोक्न सकिनँ। किनकि शैतानबाट म अत्यन्तै भ्रष्ट तुल्याइएको थिएँ। शैतानले हाम्रो समाज र औपचारिक शिक्षाको प्रयोग गरी हामीलाई शैतानी नियमहरूमा झुकाउँछ जस्तै, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “पैसा सबथोक होइन, तर योविना काम चल्दैन,” “दुनियाँ पैसाको इसारामा चल्छ,” र “पैसा नै पहिलो कुरा हो।” त्यस्तै “इमानदार व्यापारी भन्‍ने चीज हुँदैन।” यी सबै मभित्र पसेका थिए र मेरो प्रकृति बनेका थिए। त्यसैले मैले पैसाको आराधना गर्न बन्द गरेँ र एक पछि अर्को गर्दै लाभको खातिर मैले आफ्ना सबै आधारभूत मानक आचरणहरू त्यागेँ। म झन्-झन् खराब, लोभी, र स्वार्थी भएकी थिएँ। म धेरै स्वार्थी र छली थिएँ। व्यवसाय गर्दा, मैले असल समानको ठाउँमा कमसल सामानहरू हालिदिएँ र यसलाई स्वीकार नगरी हानि गरेँ। मैले सबैभन्दा माथि पैसा र मेरो व्यक्तिगत स्वार्थलाई राखेँ, यहाँसम्म कि मेरो आफ्नै विवेक र निष्ठालाई बेचेँ। मैले सबै सामान्य मानवता गुमाएको थिएँ। त्यसरी मैले धेरै पैसा कमाएकी थिएँ, तर मलाई बिल्कुलै खुसी लागेन। यसको साटो, म सधैं थकित र तनाव महसुस गर्थें। यो जिउने एउटा पीडादायी तरिका थियो। अनि मैले अन्तत:के महसुस गरेँ भने यो सबै शैतानले मलाई भ्रष्ट तुल्याएकोले नै भएको थियो, किनकि मैले बाँच्नको लागि शैतानका नियमहरू अनुरूप जीवन बिताएकी थिएँ। आजकल संसार किन अन्धकारमय र दुष्ट छ भन्ने पनि मैले महसुस गरेँ। किनकि हरेक व्यक्ति शैतानका बिषहरूले जिउँछन् जस्तै “धनी बन्‍न मान्छेले जे पनि गर्छ” र “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।” त्यसैले उनीहरू पैसा, प्रसिद्धि, र ओहदालाई पूजा गर्छन्। दुष्ट सुखको अभिलाषा राख्छन्, झन्-झन् बढी स्वार्थी, लोभी र दुष्ट हुँदै जान्छन्। मानिसहरू पैसा र लाभको लागि एक अर्कासँग झगडा गर्छन्, एक अर्कालाई चोट पुर्‍याउँछन् र ठगी गर्छन्, कुनै कुरामा रोकिदैनन्। परिवार र साथीहरू पनि यसको अपवाद हुँदैनन्। कसैले पनि विवेक वा निष्ठाको वास्ता गर्दैन, र तिनीहरू मुस्किलले मानव जस्ता देखिन्छन्। शैतानको पासोभित्र कडा रूपमा जकडिएको हाम्रो समाज कपडाको रङ जस्तो, मासु पिस्ने पिसौनी जस्तो छ। परमेश्‍वरमा विश्‍वास नराखिकन शैतानले मानव जातिलाई कति भ्रष्ट पारेको छ भन्ने सत्य थाहा पाउने वा यसको अन्धकार प्रभावबाट बच्ने कुनै तरिका छैन। हामी केवल धेरै भ्रष्ट र दुष्ट हुन्छौं, र अन्तमा शैतानबाट निलिन्छौँ। त्यो शैतानको भ्रष्ट तुल्याउने र हामीलाई चोट पुर्‍याउने परिणाम हो। यो कुरा महसुस गरी, परमेश्‍वरले गर्नुभएको सुरक्षा र मुक्तिका लागि मैले साँच्चै धन्यवाद दिएँ। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको मार्गदर्शन, सहारा र न्यायविना, म इमान्दार व्यक्ति हुनुको महत्त्व जान्दिनथेँ होला। निरन्तर झुट बोल्नुको सार र परिणामहरू महसुस गर्ने थिइनँ होला। सधैँ छल गर्दै म शैतानको पासोमा निरन्तर जिउँथेँ होला। मुश्किलले एक मानव जस्तो भएर बाँच्थें होला। मैले जतिसुकै पैसा कमाएकी भए पनि, म अझै पनि नरकमा दण्ड भोग्नेछु। त्यस बेलादेखि, मैले मेरो व्यवसायमा सत्यवादी र इमान्दार हुने अभ्यास गरेँ। कहिलेकाँहीँ म साँच्चिकै पैसाको प्रलोभनमा पर्थें र अझै पनि मानिसहरूलाई धोका दिने र ठग्ने बारेमा सोच्थें तर मलाई थाहा थियो परमेश्‍वर त्यसलाई घृणा गर्नुहुन्छ र मानिसहरूलाई पनि यो मन पर्दैन। म परमेश्‍वरलाई मेरो गलत मनसाय त्याग्न र इमान्दार व्यक्ति हुने अभ्यास गर्न प्रार्थना गर्दछु। मेरो आश्चर्यको कुरा, जब मैले त्यसो गरेँ, मेरो कमाइमा कमी आएन। मेरो व्यवसाय बढ्यो र मैले धेरै भन्दा धेरै ग्राहक पाएँ। मैले मानिसहरूको सम्मान कमाएँ र केही फर्केका ग्राहकहरूले मलाई विश्‍वास गरे, अनि उनीहरू सामान हेर्न आउन पनि छोडे, मात्र फोनमा अर्डर गर्दथे। मैले धेरैभन्दा धेरै महसुस गर्दै गएँ इमान्दार बन्दा र परमेश्‍वरका वचनहरूको अभ्यास गर्दा कति धेरै आरामदायी, कति स्वतन्त्र र सुरक्षित महसुस हुन्छ भनेर।

एक पटक एकजना ग्राहक आएर ५०० मेटल क्याबिनेटहरू अर्डर गरे, सामग्री ०.७ मिलिमिटर मोटो हुनुपर्छ भने। मैले बिल्कुलै हिचकिचाहट गरिनँ, बरु उनले अनुरोध गरेको जस्तै ठ्याक्कै अर्डर राखेँ। आश्चर्यको कुरा, सबै कुरा डेलिभरी गरेपछि उनले मोटाइ नाप्न माइक्रोक्यालिपर निकाले, तर म पूर्ण रूपमा शान्त थिएँ, चिन्ता वा डरबाट मुक्त थिएँ। यसलाई नापेपछि, उनले भने, “तिमी साँच्चै नै भरोसा योग्य छौ। धेरै मानिसहरू केवल पैसा कमाउन चाहन्छन् र तिनलाई विश्‍वास गर्न सकिँदैन। तिमी जस्तो मान्छे अहिले धेरै छैनन्। भविष्यमा म तिमीबाट धेरै अर्डर गरिरहेको हुनेछु।” उनले यसो भनेको सुनेर, परमेश्‍वरका वचनहरूले भनेझैँ इमान्दार हुनु कति ठूलो रहेछ भन्ने कुरा मैले अझ गहिरोसँग महसुस गरेँ। यो केवल परमेश्‍वरका वचनहरूले भनेको जस्तै हो: “भविष्यको दिशा यस्तो हुनेछ: जसले परमेश्‍वरको मुखबाट वाणी प्राप्त गर्दछन् उनीहरूले पृथ्वीमा हिँड्ने मार्ग पाउनेछन्, र तिनीहरू व्यापारी वा वैज्ञानिक, वा शिक्षाविद् वा उद्योगपतिहरू जो भएपनि, परमेश्‍वरका वचनरहित हुनेहरूलाई एक कदम चाल्न पनि कठिन हुनेछ, र साँचो मार्ग खोज्न बाध्य हुनेछन्। यसको अर्थ यही हो, ‘सत्यताद्वारा तँ सारा संसार हिँड्नेछस्; सत्यताविना तँ कहीँ पनि पुग्नेछैनस्’” (वचन देहमा देखा पर्नुहुन्छको “सहस्राब्दीय राज्यको आगमन भएको छ”)। परमेश्‍वरको मुक्तिको लागि म धन्यवाद दिन्छु।

अघिल्लो: वास्तविक व्यक्तिले जस्तो जिउने एउटै मात्र तरिका

अर्को: इमानदार व्यक्ति हुनलाई लडाइँ

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

ईर्ष्यालाई महानताले हटाऔं

फु डान, चीनकेही वर्ष पहिले, मण्डलीको अगुवाइका कार्य जिम्मेवारीहरूमा मलाई मद्दत गर्नको लागि सिस्टर जियाओजीलाई हाम्रो मण्डलीमा सरुवा गरिएको...

मृत्युको परीक्षामा पर्दा

क्षियाङदाओ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै...

ईर्ष्याको उपचार

क्षुन्‍क्‍वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै दुःखलाग्दो किसिमको...

आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको के हो मैले बल्‍ल बुझेँ

क्षुन्‍क्‍वी, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्