रोगको कठिन परीक्षा

झोङ्गछिन, चीन

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै छोराहरूभन्दा अधिक छ, तैपनि मानिसहरूले मलाई थोरै मात्र महत्त्व भएको वैद्यको रूपमा र मानिसको अज्ञात शिक्षकको रूपमा मात्र ठान्छन्। मैले तिनीहरूलाई निको पारेँ भनेर मात्र धेरैले मलाई विश्‍वास गर्छन्। मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मैले मेरो शक्ति प्रयोग गरौं भनेर र तिनीहरूले शान्ति र आनन्द प्राप्‍त गर्न सकून्‌ भनेर मात्र धेरैले ममा विश्‍वास गर्छन्। मबाट धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्‍वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्‍वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नलाई धेरैले ममा विश्‍वास गर्छन्। धेरैले अस्थायी सान्त्वनाको निम्ति मात्र ममा विश्‍वास गर्छन्, तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्‍त गर्न खोज्दैनन्। जब मैले मेरो क्रोध मानिसमाथि खन्याएँ र कुनै समयमा ऊसँग भएको सबै आनन्द र शान्ति खोसेँ, मानिस सशंकित भयो। मैले मानिसलाई नरकको कष्ट दिएर स्वर्गको आशिष्‌ फिर्ता गर्दा मानिसको शर्म रिसमा परिणत भयो। निको पार्नलाई मानिसले मलाई बिन्ती गर्दा मैले कुनै ध्यान दिइनँ र ऊप्रति घृणा महसुस गरेँ; बरु मानिस मबाट अलग भएर दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्यो। जब मानिसले मबाट माग गरेको सबै थोक मैले खोसेँ, सबै जना कुनै निशानाविना नै गायब भए। यसैले, म अति धेरै अनुग्रह दिन्छु र प्राप्‍त गर्ने कुरा अति धेरै भएको हुनाले मानिसले ममा विश्‍वास गर्छ भनी म भन्छु” (वचन देहमा देखा पर्नुहुन्छको “विश्‍वासको बारेमा तँलाई के थाहा छ?”)। मैले यसलाई पहिला पढ्दा परमेश्‍वरले यहाँ भन्नुभएका सबै कुरा सत्य हो भनेर मात्र भनेँ, तर मैले यसलाई साँच्चै कहिल्यै बुझिनँ। म सोच्थें, मैले वर्षौंदेखि परमेश्‍वरमा विश्‍वास गरेको छु, आफ्नो जागिर र परिवार त्यागेको छु, आफैलाई अर्पण गरेको छु अनि आफ्नो कर्तव्य पूरा गर्न कष्ट भोगेको छु, त्यसैले कष्ट भोग्नुपर्दा र स्वास्थ्य खराब हुँदा, परमेश्‍वरलाई दोष लगाउँदिन वा उहाँलाई धोका दिँदिनँ। तर मैले ठूलो रोगको कठिन परीक्षाबाट गुज्रनुपर्दा, परमेश्‍वरलाई गलत ठानेँ र उहाँलाई दोष लगाएँ। आशिष पाउने र परमेश्‍वरसँग लेनदेन गर्ने मेरो मनसायको छर्लङ्गै खुलासा भयो। त्यसपछि मात्र म मानिसलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरूप्रति विश्‍वस्त भएँ र विश्‍वासमा पछि लाग्नु पछाडिका मेरा दृष्टिकोणहरू परिवर्तन भए।

२०१८ को जुलाई महिनाको एक दिन, मैले मेरो देब्रे स्तनमा एउटा सानो कडा गाँठो भेट्टाएँ। यसबारे मैले त्यति सोचिनँ र केही एन्टी-इन्फ्लेमेटरी अर्थात्‌ सुजनरोधी औषधी लिँदा ठीक भइहाल्छ भन्ने लाग्यो। तर त्यसको दुई महिनाभित्र यो झनझन खराब हुँदै गयो। राती पसिना आउथ्यो, शरीरमा कुनै शक्ति नै हुन्थेन, र गाँठो वरिपरि एकदमै दुख्थ्यो। साँच्चै केही समस्या नै पो भएको होकी भनेर सोच्न थालेँ, तर यो कुनै ठूलो समस्या होइन भनेर फेरि आफैलाई सान्त्वना दिन्थें। मलाई परमेश्‍वरमा विश्‍वास थियो र हरेक दिन मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्नमा व्यस्त थिएँ। परमेश्‍वरले मलाई सुरक्षा दिइहाल्नुहुन्छ भन्ने लाग्यो। एक रात अत्यन्तै दुखाइ भएकोले गर्दा म बिउँझिएँ। मेरो स्तनबाट पहेँलो तरल पदार्थ चुहिरहेको थियो, अनि केही समस्या भएकै हो भनेर मलाई थाहा भयो। म र मेरो श्रीमान जाँच गर्न हतार-हतार अस्पताल गइहाल्यौं। जाँचको परिणाम आयो: मलाई स्तन क्यान्सर भएको रहेछ। चिकित्सकले यो कुरा भन्दा मेरो मुटु ढुकढुक भयो। मैले सोचेँ, “स्तन क्यान्सर?” “म ३० वर्ष मात्र पुग्दैछु! यो कसरी हुन सक्छ?” मैले आफैलाई यसो मात्र भनिरहेँ, “अहँ, कुनै हालतमा पनि मलाई यस्तो हुन सक्दैन। म एक विश्‍वासी हुँ र मैले वर्षौंदेखि मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्दै आइरहेको छु। परमेश्‍वरले मेरो हेरचाह गर्नुहुनेछ र मलाई सुरक्षा दिनुहुनेछ। पक्कै पनि चिकित्सकले गल्ती गरेको हुनुपर्छ।” त्यसैले यो साँचो होइन भन्ने आशा गरेँ। त्यो दिन अस्पतालबाट घर कसरी आइपुगेँ त्यो समेत मलाई सम्झना छैन। मेरो श्रीमानले मेरो घबराएको अनुहार देखेर यसो भन्दै सान्त्वना दिने प्रयास गर्नुभयो, “यो सानो अस्पताल हो र यहाँ चिकित्सकहरू त्यति सिपालु छैनन्। उनीहरू गलत हुन सक्छन्। ठूलो अस्पतालमा जाँच गराऔं न।” उहाँले त्यसो भन्नुहुँदा मेरो मनमा आशाको किरण पलायो। दुःखको कुरा, ठूलो अस्पतालका चिकित्सकले पनि जाँचपछि स्तन क्यान्सर नै भएको हो भनेर पुष्टि गरे। ती चिकित्सकले यो क्यान्सर मध्यमदेखि अन्तिम चरणको भएको अनि केमो र शल्यक्रियाको लागि म अस्पताल भर्ना हुनुपर्ने नत्र यो प्राणघातक हुनसक्‍ने कुरा पनि बताउनुभयो। मेरो दिमाग पुरै शून्य भयो र मुटुको धडकन नै रोकियो। मैले सोचेँ, “यी सबैको खर्च कत्ति लाग्ने हो? केमो गर्दागर्दै मरेँ भने के होला? त्यो सबै ऋणको भार मेरो परिवारले कसरी बेहोर्ला?” म निराश भएँ र साह्रै असहाय महसुस गरेँ।

पहिलो चरणको केमोपछि, मेरो सारा शरीरमा पीडा भयो। केही गर्न मन लाग्दैनथ्यो र सधैँ जीउ लरखराउथ्यो। केही दिनपछि औषधीहरू बन्द गरेपछि मात्र म ठीक हुन थालेँ। मैले वर्षौंदेखि परमेश्‍वरमा विश्‍वास गरेको थिएँ, त्यागहरू गरेको थिएँ र आफ्नो कर्तव्य पूरा गर्न आफैलाई समर्पित गरेको थिएँ। मैले कठिनाई र विघ्नबाधा पार गर्दै सधैँ आफ्नो कर्तव्य पूरा गरेको थिएँ र कुनै जमघट कहिल्यै छुटाइनँ। मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूको समस्यामा सधैँ मदत गर्थेँ। मैले निकै कडा परिश्रम गरेको थिएँ अनि केको लागि भयो? किन परमेश्‍वरले मलाई सुरक्षा दिइरहनुभएको थिएन? अहिले म कुनै कर्तव्य पूरा गर्न सक्दिनँ। म मृत्युको सँघारमै पुगेको थिएँ। के परमेश्‍वरले मलाई हटाउन चाहनुहुन्थ्यो? मैले अझै चारवटा केमो अनि त्यसपछि एउटा शल्यक्रिया गर्नु थियो। कसरी मैले त्यसको सामना गर्दैथिएँ? सबै दुखाइ र पीडाबाहेक, यदि म मरेँ भने, के त्यसको अर्थ मैले त्यतिका वर्ष विश्‍वासमा बिताएका समय व्यर्थै खेर जानेथिए? त्यो सोचाइले मेरो आँखा आँसुले भरियो। ती केही दिन म साँच्चै पीडित भएँ। मैले परमेश्‍वरका वचनहरू पढेँ तर मनमा भिजेन र मलाई प्रार्थना गर्न मन लागिरहेको थिएन। मेरो आत्मा एकदमै अन्धकारमा डुब्यो अनि म परमेश्‍वरबाट झनझन टाढिँदै गइरहेको थिएँ।

एक दिन, मण्डलीबाट सिस्टर ली मलाई भेट्न आउनुभयो र मेरो अवस्थाबारे दयापूर्वक सोध्नुभयो। उहाँले मलाई त्यस्तो पीडित र निराश अवस्थामा देखेर संगति दिनुभयो। उहाँले भन्नुभयो, “परमेश्‍वरले हामीमाथि बिमारी आइपर्न दिनुहुन्छ। हामीले अझ धेरै प्रार्थना गर्नुपर्छ र झन् धेरै खोजी गर्नुपर्छ अनि परमेश्‍वरले हामीलाई उहाँको इच्छा बुझ्न अवश्य डोऱ्याउनुहुनेछ। …” उहाँको संगति सुनेर मेरो हृदय छोयो। हुन सक्छ परमेश्‍वरले मलाई हटाउन चाहनुहुन्नथ्यो तर उहाँले मलाई एउटा पाठ मात्र सिकाउन चाहनुहुन्थ्यो। सिस्टर ली जानुभएपछि मैले परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गरेँ, “हे परमेश्‍वर, बिमारी परेदेखि यता म तपाईंलाई गलत ठान्दै र दोष लगाउँदै पीडामा बाँचिरहेको छु। आज मैले मेरी बहिनीले स्मरण गराएपछि यस बिमारीको पछाडि तपाईंको इच्छा लुकेको रहेछ भनेर अहिले थाहा पाएँ। तर यस परिस्थितिबाट मैले कस्तो पाठ सिक्नुपर्छ त्यो अझै मलाई थाहा छैन। कृपया मलाई डोऱ्याउनुहोस्।”

त्यसपछि, म परमेश्‍वरसामु गएँ र हरेक दिन यसरी उहाँलाई प्रार्थना गरेँ। एक दिन मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “परीक्षाहरूमा प्रवेश गर्दा तँ प्रेम वा विश्‍वासरहित अवस्थामा छोडिन्छस्, तँमा प्रार्थनाको कमी हुन्छ अनि तँ भजन गाउन असमर्थ हुन्छस्, र यसैबीच तैँले महसुसै नगरी आफैलाई जान्न थालिसकेको हुन्छ। परमेश्‍वरसित मानिसलाई सिद्ध तुल्याउने तरिकाहरू धेरै छन्। मानिसको भ्रष्ट स्वभावको निराकरण गर्न उहाँले हरप्रकारका वातावरणहरू प्रयोग गर्नुहुन्छ र मानिसलाई नाङ्गो पार्न विभिन्न कुराहरू प्रयोग गर्नुहुन्छ; एउटा सन्दर्भमा, उहाँले मानिसलाई निराकरण गर्नुहुन्छ, अर्कोमा उहाँले मानिसलाई नाङ्गो पार्नुहुन्छ, अनि अर्कोमा उहाँले मानिसको हृदयको गहिराइमा भएका ‘रहस्य’ खोतलेर देखाउँदै मानिसलाई प्रकट गर्नुहुन्छ, र मानिसलाई उसका धेरैवटा अवस्थाहरू प्रकट गर्दै उसको प्रकृति देखाउनुहुन्छ। परमेश्‍वर व्यावहारिक हुनुहुन्छ भनी मानिसले जानोस् भनी परमेश्‍वरले धेरै तरिकाहरूद्वारा—प्रकाशद्वारा, मानिसलाई निराकरणगरेर मानिसको शोधन गरेर अनि सजाय दिएर—मानिसलाई सिद्ध तुल्याउनुहुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ”)। मैले परमेश्‍वरका वचनहरूमा चिन्तन गर्दा अन्त्यमा उहाँको इच्छा बुझ्न थालेँ। परमेश्‍वरले आखिरी दिनहरूमा सबै प्रकारका परिस्थितिहरू मार्फत हाम्रा भ्रष्ट स्वभावहरूलाई खुलासा गरेर अनि हामीलाई आफ्ना शैतानी स्वभावहरू बुझ्न लगाउन, सत्यको खोजी र अभ्यास गराउन अनि अन्ततः हाम्रा भ्रष्ट स्वभावहरू सफा र परिवर्तन गराउन उहाँका वचनहरूका न्याय र प्रकाशहरू प्रयोग गरेर मानिसहरूलाई सिद्ध पार्नको लागि कार्य गर्नुहुन्छ। मैले बुझेँ कि परमेश्‍वरले मलाई हटाउने वा चोट दिने उद्देश्यले होइन तर मलाई सफा र परिवर्तन गर्न बिमारमा पर्न दिनुभएको रहेछ। मैले अबदेखि परमेश्‍वरलाई गलत ठान्नु हुँदैनथियो वा आफ्‍नै बारेमा मात्र सोच्नु हुँदैनथियो। म समर्पित हुनुपर्थ्यो, मैले आफ्नो बिमारी अवस्थामा सत्यताको खोज्नुपर्थ्यो अनि आफूबारे चिन्तन गरेर आफैलाई चिन्नुपर्थ्यो। मैले परमेश्‍वरको इच्छा बुझेपछि मलाई त्यस्तो उदासी वा पीडा महसुस भएन। मैले परमेश्‍वरलाई समर्पणको प्रार्थना गरेँ।

अनि प्रार्थना सिद्धिएपछि परमेश्‍वरका वचनहरूको एउटा पङ्‌क्ति मनमा आयो: “तेरो खोजी भनेको आराममा जिउनु मात्र हो, तेरो परिवारमा कुनै दुर्घटना नघटोस् भन्‍ने हो, तँबाट भएर बतास चलोस् भन्‍ने हो, तेरो अनुहार धूलोले नछुओस् भन्‍ने हो…” (वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान”)। मैले हतार-हतार परमेश्‍वरका वचनहरूको मेरो पुस्तकमा यसलाई हेरेँ र यो पङ्‌क्ति भेट्टाएँ: “परमेश्‍वरमाथिको तेरो विश्‍वासमा कुनै पनि चुनौतीहरू वा संकष्टहरू, वा थोरै कष्ट आउनेछैन भन्‍ने आशा तँ गर्छस्। तँ सँधै त्यस्ता कुराहरूको खोजी गर्छस् जुन व्यर्थ छन्, र तैँले जीवनलाई कुनै मूल्यको ठान्दैनस्, बरु सत्यताको सट्टा आफ्‍नै अनावश्यक विचारहरूलाई राख्छस्। तँ कति बेकामको छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ, अनि सुँगुरहरू र कुकुरहरूको बीचमा के भिन्‍नता छ र? सत्यताको खोजी नगरेर, शरीरलाई प्रेम गर्नेहरू सबै पशुहरू नै होइनन् र? आत्माविहीन रहेका मृतक मानिसहरू सबै जिउँदो लासहरू होइनन् र? तिमीहरूका बीचमा कति वचनहरू बलिएका छन्? के तिमीहरूका बीचमा थोरै काम मात्रै गरिएका छन्? तिमीहरूका बीचमा मैले कति जुटाएँ? त्यसो भए तैँले यसलाई किन प्राप्त गरेका छैनस्? तैँले केको बारेमा गुनासो गर्नु छ? के तैँले शरीरलाई अत्यन्तै धेरै प्रेम गर्ने हुनाले तैँले केही पनि प्राप्त गरेको छैनस् भन्‍ने कुरा साँचो होइन र? र के यो तेरा विचारहरू अत्यन्तै अनावश्यक भएकोले होइन र? के यो तँ अत्यन्तै मूर्ख भएकोले होइन र? यदि तँ यी आशिष्‌हरू प्राप्त गर्न असक्षम छस् भने, तँलाई मुक्ति नदिनुभएकोमा के तैँले परमेश्‍वरलाई दोष दिन सक्छस्? तैँले खोजी गर्ने कुरा भनेको परमेश्‍वरमा विश्‍वास गरिसकेपछि शान्ति प्राप्त गर्न सक्षम हुनु हो, तेरा छोराछोरी रोग-बिमारीबाट मुक्त होऊन् भन्‍ने हो, तेरो श्रीमानले राम्रो जागिर पाओस् भन्‍ने हो, तेरो छोराले असल श्रीमती पाओस् भन्‍ने हो, तेरो छोरीले योग्य श्रीमान पाओस् भन्‍ने हो, तेरो गोरु र घोडाले राम्ररी खेत जोतून् भन्‍ने हो, तेरो बालीको लागि वर्षभरि राम्रो मौसम होस् भन्‍ने हो। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको आराममा जिउनु मात्र हो, तेरो परिवारमा कुनै दुर्घटना नघटोस् भन्‍ने हो, तँबाट भएर बतास चलोस् भन्‍ने हो, तेरो अनुहार धूलोले नछुओस् भन्‍ने हो, तेरो परिवारको अन्‍न-बाली बाढीले नबगाओस् भन्‍ने हो, तँलाई कुनै पनि विपत्तिले असर नपारोस् भन्‍ने हो, परमेश्‍वरको अङ्गालोमा बस्‍न पाऊँ, आरामदायी निवासमा बस्‍न पाऊँ भन्‍ने हो। सँधै शरीरको खोजी गर्ने तँजस्तो कायर—के तँमा हृदय छ, के तँसँग आत्मा छ? के तँ जनावर होइनस् र? सट्टामा केही पनि नमागीकन नै म तँलाई साँचो मार्ग दिन्छु, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्? मैले तँलाई साँचो मानव जीवन दिएको छु, तैपनि तँ यसलाई खोज्दैनस्। के तँ सुँगुर वा कुकुरभन्दा फरक छस् र? सुँगुरहरूले मानिसको जीवनको खोजी गर्दैनन्, तिनीहरू शुद्ध गरिने कार्यको खोजी गर्दैनन्, र जीवन के हो भन्‍ने कुरा तिनीहरूले बुझ्दैनन्। हरेक दिन, टन्न खाएपछि, तिनीहरू सुत्छन्। मैले तँलाई साँचो मार्ग दिएको छु, तैपनि तैँले यसलाई प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई जारी राख्‍न तयार छस्? त्यस्तो मानिसहरू जीवित हुनुको महत्त्व के छ र? तेरो जीवन तिरस्कारयोग्य र नीच छ, तँ फोहोर र दुराचारको बीचमा जिउँछस्, र तैँले कुनै पनि उद्देश्यहरूको खोजी गर्दैनस्; के तेरो जीवन सबैभन्दा नीच छैन र? के परमेश्‍वरलाई हेर्ने आँट तँसँग छ? यदि तैँले यस्तै अनुभव गरिरहिस् भने, के तैँले केही प्राप्त गर्नेछस् र? साँचो मार्ग तँलाई दिइएको छ, तर तैँले यसलाई प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो आफ्‍नै व्यक्तिगत खोजीमा निर्भर हुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान”)। परमेश्‍वरका वचनहरूले मैले मेरो विश्‍वासमा आशिष पाउने इच्छा गरेको कुरालाई ठीकसित खुलासा गरिदिए। मैले आफू वर्षौंदेखि विश्‍वासमा भएको कुरालाई फर्केर सोचेँ, त्यति बेला घरमा सबै कुरा ठीकठाक थियो, म स्वस्थ थिएँ अनि सबै कुरा ठीकै थिए, म आफ्नो कर्तव्यमा सक्रियतासाथ संलग्न थिएँ र मसँग अन्त्यहीन शक्ति भए झैँ देखिन्थ्यो। तर मलाई क्यान्सर भएपछि, म नकरात्मक भएँ अनि मलाई सुरक्षा नगर्नुभएकोमा मैले परमेश्‍वरलाई गलत ठानेँ र दोष लगाएँ। मैले आफूले गरेको कामको फाइदा उठाउन खोजेँ र परमेश्‍वरसित बहस गरेँ। आफूले वर्षौंदेखि त्याग गरेकोमा पछुतो समेत गरेँ। म परमेश्‍वरबाट टाढिएको अवस्थामा र उहाँलाई धोका दिएको स्थितिमा बाँचेँ। बिमारी परेर मेरो खुलासा भएपछि मात्र मैले सत्यताको पछि लाग्न वा सृष्टि गरिएको व्यक्तिको रूपमा काम गर्न होइन तर शान्ति र आशिष प्राप्त गर्नको लागि आफ्नो कर्तव्य पूरा गरिरहेको र त्यागहरू गरिरहेको थिएँ भनेर बुझेँ। मैले आफूले गरेका त्यागहरूको सट्टामा आशिष पाउन परमेश्‍वरसित लेनदेन गरिरहेको थिएँ। म यस जीवनमा सबै कुरा अनि पछि अनन्त जीवन चाहन्थेँ। अहिले मलाई क्यान्सर लागेको थियो र जब मलाई आफू मर्न लागिरहेको र आशिष नपाएको जस्तो लाग्यो, तब मैले परमेश्‍वरलाई अन्यायी हुनुभएको भनी दोष लगाएँ—मसित कुनै मानवता थिएन। मैले आफू विश्‍वासमा रहेका वर्षहरूबारे सोचेँ। मैले परमेश्‍वरबाट धेरै अनुग्रह र आशिषहरू पाएको थिएँ अनि सत्यताद्वारा मेरो निकै सिँचाइ र भरणपोषण पाएको थिएँ। परमेश्‍वरले मलाई यत्ति धेरै दिनुभएको थियो तर मैले उहाँको प्रेमको साटो तिर्नेबारे कहिल्यै सोचिनँ। बिमार हुँदा, म परमेश्‍वरप्रति समर्पित भइनँ। केवल मैले उहाँलाई गलत ठानेँ र दोष लगाएँ। म पूर्ण रूपमा विवेकहीन र समझहीन थिएँ! अन्त्यमा मैले के बुझेँ भने, विश्‍वासमा आशिष पाउने मेरो अभिप्राय र मेरो लक्ष्य पछाडिको गलत दृष्टिकोणहरूलाई खुलासा र सफा गर्न अनि मलाई सत्यको पछि लाग्न र मेरो स्वभाव परिवर्तन गर्नमा ध्यान केन्द्रित गराउनको लागि उहाँले मलाई बिमारमा पर्न अनुमति दिनुभएको थियो। मैले परमेश्‍वरका असल अभिप्रायहरू बुझेपछि यस्तो पछुतो गरेँ र आफ्नो निन्दा गरेँ। मैले मौन रूपमा यो संकल्प गरेँ: “म निको भए पनि, नभए पनि, अबदेखि परमेश्‍वरलाई समझहीन मागहरू गर्दिनँ। केवल म मेरो जीवन र मृत्यु परमेश्‍वरको हातमा सुम्पिन चाहन्छु र उहाँका प्रबन्धहरूप्रति समर्पित हुन चाहन्छु।” त्यसपछि मैले धेरै शान्ति महसुस गरेँ। उप्रान्त म चिन्तित र व्याकुल भइनँ, अनि मैले आफूलाई परमेश्‍वरका वचनहरू पढेर, प्रार्थना गरेर र परमेश्‍वरको साथ खोजेर शान्त पार्न सकेँ।

मैले आफूलाई समर्पित गरेपछि, फेरि केमो गर्दा पहिला जस्तो पीडादायी भएन। अझै अलिअलि वाकवाकी लागे तापनि सबै कुरा ठीकठाक थिए। अरू बिमारीहरू चकित भए र उनीहरूले मेरो डाह गर्थे। यो पूर्णतया परमेश्‍वरको कृपा र सुरक्षा थियो भनेर मेरो मनमा मलाई थाहा भयो। म परमेश्‍वरप्रति एकदमै कृतज्ञ भएँ। अनेक चरण केमो गरेपछि, अण्डा जत्रो ट्युमर सानो भएको थियो। यो ट्युमर त्यति दुखेन र यसबाट पानी बग्न पनि छोड्यो। चिकित्सकले म राम्ररी निको भइरहेको, अनि यदि स्थिति यस्तै हुँदै गयो भने, छ चरणको केमोपछि मैले शल्यक्रिया समेत गर्नु नपर्ने कुरा बताउनुभयो। यो कुरा सुनेर मलाई अत्यन्तै खुसी लाग्यो र मैले परमेश्‍वरलाई धन्यवाद दिइरहेँ। परमेश्‍वरप्रतिको मेरो विश्‍वास बढ्दै गयो, बढ्दै गयो अनि सोचेँ, मैले इमानदार भई आफूबारे चिन्तन गरेर आफूलाई चिन्ने प्रयास गरेँ भने, सायद शल्यक्रिया नगरी म ठीक हुन्छु।

मार्च महिनाको एक दिन मेरो अन्तिम केमो भयो। म घबराएको थिएँ र आशावादी पनि थिएँ। केमो सकेपछि चिकित्सकले अझै मेरो शल्यक्रिया गर्नुपर्ने, त्यसपछि अझ दुई चरण केमो अनि त्यसपछि केही रेडियोथेरापी गर्नुपर्छ भनेर भन्नुभयो। मेरो मुटुको धडकन रोकिएला जस्तो भयो र मेरो दिमाग शून्य भयो। सोचेँ, “यो कसरी हुन सक्छ? मैले जे गर्नुपर्छ त्यही गरेको छु अनि जे बुझ्नुपर्छ त्यही बुझेको छु। अब म किन ठीक नहुने? यो एउटा ठूलो शल्यक्रिया हो अनि शल्यक्रियाको चिराइ र खतबाहेक मैले गर्नुपर्ने केमो र रेडियोथेरापी एकदमै पीडादायी हुनेछ। म अझै मर्न सक्छु…।” म झन्-झन् दुःखी भएँ अनि मेरो सारा शरीर शिथिल भयो। यी सब अन्याय भएकोमा म रुन थालेँ। शल्यक्रिया भएपछिको रात, बेहोसीबाट ब्यूँझिँदा चिरेको ठाउँमा यत्ति साह्रै पीडा भइरहेको थियो कि म ग्वाँग्वाँ रोएँ। मैले गहिरो सास समेत लिन सकिनँ। मैले असहाय र आफूमाथि गलत भएको महसुस गरेँ। यो मेरो निम्ति अति नै भएको थियो—पीडा कहिले जान्छ? मैले आफ्नो पीडामा परमेश्‍वरका यी वचनहरू पढेँ: “सबै मानिसहरूका लागि शोधन धेरै पीडादायक हुन्छ, र यसलाई स्वीकार्न धेरै गाह्रो हुन्छ—तर शोधनको बेला नै परमेश्‍वरले मानिसको निम्ति उहाँको धर्मी स्वभाव स्पष्ट पार्नुहुन्छ, र मानिसका लागि आफ्ना मागहरू सार्वजनिक गर्नुहुन्छ र थप अन्तर्दृष्टिप्रदान गर्नुहुन्छ र थप वास्तविक काट-छाँट र निराकरण गर्नुहुन्छ; तथ्यहरू र सत्यको बीच तुलना गरेर उहाँले मानिसलाई उसको आफ्नै बारेमा र सत्यको अझ धेरै ज्ञान दिनुहुन्छ, र मानिसलाई परमेश्‍वरको इच्छाको अझ बढी बुझाइ दिनुहुन्छ, यसरी मानिसलाई परमेश्‍वरप्रति अझ साँचो र अझ शुद्ध प्रेम गर्ने तुल्याउनुहुन्छ। शोधन कार्यलाई अघि बढाउने परमेश्‍वरका उद्देश्यहरू यिनै हुन्। परमेश्‍वरले मानिसमा गर्नुहुने सबै कामहरूका आफ्नै उद्देश्यहरू र महत्त्व हुन्छन्; परमेश्‍वरले अर्थहीन काम गर्नुहुन्न, न त उहाँले कुनै यस्तो काम गर्नुहुन्छ जसद्वारा मानिसलाई कुनै लाभ हुँदैन। शोधनको अर्थ मानिसहरूलाई परमेश्‍वरको उपस्थितिबाट हटाउनु होइन, न त उनीहरूलाई नरकमा नाश गर्नु नै हो। बरु, यसको अर्थ शोधनको समयमा मानिसको स्वभाव परिवर्तन गर्नु हो, उसका आशयहरू, उसका पुराना दृष्टिकोणहरू परिवर्तन गर्नु, परमेश्‍वरप्रतिको उसको प्रेम बदल्नु, र उसको सम्पूर्ण जीवन परिवर्तन गर्नु हो। शोधन मानिसको एक वास्तविक जाँच हो, र एक प्रकारको वास्तविक तालिम हो, र शोधनको अवधिमा मात्र उसको प्रेमले यसको अन्तर्निहित कार्य गर्न सक्छ” (वचन देहमा देखा पर्नुहुन्छको “शोधनको अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ”)। परमेश्‍वरका वचनहरूका एक-एक कुरा मेरो हृदयमा पस्यो र मैले आफू एकदमै उत्प्रेरित भएको महसुस गरेँ। मैले थाहा पाएँ, परमेश्‍वरले मलाई बिमार गराउने इच्छाको पछाडि ममा केही साँचो आत्म-ज्ञान विकास गराउने, मलाई सत्यता खोज्नको लागि सक्षम बनाउने अनि मेरो भ्रष्ट स्वभावहरूलाई सफा र परिवर्तन गराउने उहाँको इच्छा थियो। मैले आफ्नो विश्‍वासमा आशिषहरूको पछि लाग्नु हुँदैन भनेर पहिला महसुस गरे तापनि, आफू आशिषित हुने मेरो मनसायलाई पूर्णतया त्यागेको थिइनँ। मैले अझै मनभित्र परमेश्‍वरलाई अत्याधिक मागहरू गरिरहेको थिएँ। आफूबारे चिन्तन गर्‍यो र आफूलाई अलिकति चिन्यो भने, परमेश्‍वरले मेरो बिमारी हटाउनुपर्छ भनेर मैले सोचेँ। मेरो आत्म-चिन्तन र आत्म-ज्ञान व्यक्तिगत मनसायहरूले प्रदूषित थिए अनि ती परमेश्‍वरसितको मेरो लेनदेनलाई ढाक्ने खोलहरू मात्र थिए। मैले साँचो अर्थमा पश्‍चात्ताप गरेकै थिइनँ! परमेश्‍वरले मेरा विचारहरूलाई जाँच्नुभएको थियो र मलाई खुलासा गर्न, आफूबारे थप चिन्तन गराउन र साँचो अर्थमा पश्‍चात्ताप गराउन मेरो बिमारको प्रयोग गर्नुभएको थियो। यो मेरो निम्ति परमेश्‍वरको प्रेम थियो। त्यसपछि मैले यसो भन्दै परमेश्‍वरलाई प्रार्थना गरेँ, “प्यारो परमेश्‍वर, अब मैले तपाईंको इच्छा बुझेँ। म सबै व्यक्तिगत छनौटहरू र अनुरोधहरू त्याग्न चाहन्छु अनि तपाईंले प्रबन्ध गर्नुभएको परिस्थितिमा सत्यता खोज्न चाहन्छु। कृपया मलाई डोऱ्याउनुहोस्।”

केही दिनपछि मैले परमेश्‍वरका वचनहरूमा यो पढेँ: “जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थाल्छन्, तीमध्ये कुन चाहिँमा आफ्नै उद्देश्य, प्रेरणा र महत्वाकांक्षाहरू हुँदैन? तिनीहरूको एउटा भागले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्ने र परमेश्‍वरको अस्तित्वलाई देख्‍ने भए पनि, परमेश्‍वरमाथिको उनीहरूको विश्‍वासमा अझै ती अभिप्रायहरू हुन्छन्, र परमेश्‍वरमा विश्‍वास गर्नुको तिनीहरूको अन्तिम लक्ष्य भनेको उहाँको आशिष्‌ र उनीहरूले चाहेको कुरा प्राप्त गर्नु हो। … प्रत्येक व्यक्तिले निरन्तर आफ्नो हृदयभित्र यस्तो हिसाब-किताब गर्दछ, र उनीहरूले आफ्‍ना अभिप्राय, महत्वाकांक्षा र लेनदेनले भरिएको मागहरू परमेश्‍वरसँग गर्छन्। भन्नुको अर्थ, मानिसले आफ्नो हृदयमा निरन्तर परमेश्‍वरको जाँच गरिरहेको हुन्छ, परमेश्‍वरबारे निरन्तर योजनाहरू बनाइरहेको हुन्छ, उसको आफ्नै व्यक्तिगत उद्देश्यका लागि निरन्तर परमेश्‍वरसँग तर्क गर्दछ, अनि उसले चाहेको कुरा परमेश्‍वरले दिन सक्नुहुन्छ कि सक्‍नुहुन्न भनी हेर्न परमेश्‍वरबाट एउटा अभिव्यक्ति निकाल्ने कोसिस गर्दछ। यसको साथै, परमेश्‍वरको पछि लाग्दा पनि मानिसले परमेश्‍वरलाई परमेश्‍वरजस्तो व्यवहार गर्दैन। मानिसले जहिले पनि परमेश्‍वरसँग सौदाबाजी गर्ने कोसिस गरेको छ, निरन्तर उहाँसँग मागहरू गरिरहेको छ, र उसलाई औँलो दिँदा संसार निल्‍ने कोसिस गर्दै हरेक पाइलामा उहाँलाई दबाब दिइरहेको हुन्छ। मानिसले परमेश्‍वरसँग सौदाबाजी गर्नुका साथसाथै उहाँसँग तर्क पनि गर्दछ, अनि कति जना यस्ता मानिसहरू पनि हुन्छन्, जो आफूमाथि परीक्षाहरू आइलाग्दा वा उनीहरूले कुनै विशेष परिस्थितिहरूको सामना गर्नु पर्दा कमजोर, निष्क्रिय र आफ्नो काममा सुस्त हुन्छन् अनि परमेश्‍वरको विषयमा गुनासोहरूले भरिएका हुन्छन्। मानिसले पहिलो पटक परमेश्‍वरमा विश्‍वास गर्न थालेको समयदेखि नै उसले परमेश्‍वरलाई प्रशस्तताको स्रोत, हरेक समस्याको समाधान ठानेको छ र उसले आफूलाई परमेश्‍वरको सबैभन्दा ठूलो ऋणदाता ठानेको छ, मानौं परमेश्‍वरबाट आशिष्‌ र प्रतिज्ञाहरू प्राप्त गर्न खोज्नु उसको जन्मजात अधिकार र कर्तव्य हो, र परमेश्‍वरको जिम्मेवारीचाहिँ मानिसको सुरक्षा र वास्ता गर्नु अनि उसको निम्ति उपलब्ध गर्नु हो। परमेश्‍वरमा विश्‍वास गर्नेहरू सबैले ‘परमेश्‍वरमाथिको विश्‍वास’ को आधारभूत बुझाइ यस्तै हुन्छ, र परमेश्‍वरमा विश्‍वास गर्ने भन्ने अवधारणाको बारेमा उनीहरूको गहिरो बुझाइ यस्तै हुन्छ। मानिसको स्वभाव सारदेखि उसको व्यक्तिपरक खोजसम्म, परमेश्‍वरको भयसँग सम्बन्धित कुनै कुरा छैन। मानिसले परमेश्‍वरमा विश्‍वास गर्ने उद्देश्यसँग परमेश्‍वरको आराधना गर्नुको सम्भवतः कुनै सम्बन्ध छैन। भन्नुको अर्थ, परमेश्‍वरमा विश्‍वास गर्दा परमेश्‍वरको भय मान्नु र उहाँको आराधना गर्नु पनि आवश्यक छ भन्‍ने कुरा मानिसले कहिल्यै विचार गरेको छैन, न त बुझेको नै छ। यस्ता सर्तहरूको प्रकाशमा मानिसको सार स्पष्ट हुन्छ। यो सार के हो? यो यही हो कि मानिसको हृदय द्वेषपूर्ण छ, उसले मनमा धोखा र छल राख्छ, निष्पक्षता र धार्मिकता, साथै जे सकारात्मक छ त्यो मन पराउँदैन, र यो घृणित र लोभी छ। मानिसको हृदय परमेश्‍वरको निम्ति योभन्दा बढी बन्द हुन सक्दैन; उसले त्यो परमेश्‍वरलाई पटक्कै दिएको छैन। परमेश्‍वरले कहिल्यै मानिसको वास्तविक हृदय देख्नुभएको छैन, न त कहिल्यै मानिसद्वारा उहाँको आराधना नै भएको छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २”)। जब यो पढेँ तब मलाई असाध्यै लज्जित महसुस भयो। परमेश्‍वरका वचनहरूले मेरो वास्तविक स्थितिलाई जस्ताका त्यस्तै प्रकट गरिदिए। मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको थिएँ अनि सधैँ परमेश्‍वरसित लेनदेन गरेर आशिष पाउन चाहन्थेँ। मलाई लाग्थ्यो, मैले परमेश्‍वरमा विश्‍वास गरेकोले अनि सधैँ आफ्नो कर्तव्य पूरा गरेकोले र मण्डलीमा आफैलाई अर्पित गरेकोले गर्दा परमेश्‍वरले मेरो देखभाल गर्नुपर्छ, मलाई सुरक्षा दिनुपर्छ र मलाई सबै प्रकारको बिमारी र खतराबाट बचाउनुपर्छ। यो नै सही र उचित हो भनेर मैले सोचेको थिएँ। मैले आफूलाई क्यान्सर भएको थाहा पाउँदा, तुरुन्तै परमेश्‍वरलाई गुनासो गर्न थालेँ अनि उहाँसित बहस गरेर आफूले यत्तिका वर्ष भोगेको पीडा र गरेको त्यागबाट फाइदा उठाउन चाहेँ। मैले आफू निको हुन थाल्दा आफ्नै मुखबाट भनें, “धन्यवाद परमेश्‍वर”, तर हृदयमा भने अझ धेरै कुरा चाहन्थेँ। परमेश्‍वरले मेरो रोग पुरै हटाइदिएको म चाहन्थेँ ताकि मैले तबदेखि पीडा भोग्नु नपरोस्। मेरो त्यो अत्याधिक चाहना पूरा नहुँदा, मेरो शैतानी स्वभावले फेरि शिर उठायो र मैले पुनः एक पटक परमेश्‍वरलाई दोष लगाएँ र उहाँसित बहस गर्ने प्रयास गरेँ। मेरो व्यवहार परमेश्‍वरले उहाँका वचनहरूमा प्रकट गर्नुभएको जस्तै थियो: “मानवता विहीनहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न असमर्थ हुन्छन्। जब वातावरण सुरक्षित र भयरहित हुन्छ, वा जब फाइदाहरू प्राप्त गर्न सकिन्छ, तिनीहरू पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित हुन्छन्, तर जब तिनीहरूले इच्‍छा गरेको कुरामा सम्झौता हुन्छ वा आखिरमा इन्कार गरिन्छ, तिनीहरूले तुरुन्तै विद्रोह गरिहाल्छन्। एउटै रातको अवधिमा समेत, तिनीहरू मुस्कुराइरहने, ‘दयालु’ व्यक्तिबाट कुरूप देखिने हिंस्रक हत्यारामा परिवर्तन हुन्छन्, अनि हिजोको आफ्‍नो हितकारीलाई कुनै पनि शब्‍द वा कारण विना नै आफ्‍नो मरणशील शत्रुको रूपमा व्यवहार गर्छन्। यदि यी भूत आत्‍माहरू, आँखाको झिम्क्याइमै मार्ने यी भूत आत्‍माहरूलाई निकालिएन भने, के तिनीहरू अदृश्य खतरा बन्‍नेछैनन् र?” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कार्य र मानिसको अभ्यास”)। परमेश्‍वरका यी वचनहरूले मेरो हृदयमा घोच्यो। मैले वर्षौंदेखि परमेश्‍वरमा विश्‍वास गरेको भए तापनि मैले जसरी उपासना गर्नुपर्थ्यो त्यसरी गरिरहेको थिइनँ वा उहाँप्रति जसरी समर्पित हुनुपर्थ्यो त्यसरी भइरहेको थिइनँ। त्यसको सट्टा, मैले उहाँलाई शक्तिशाली चिकित्सकजस्तो, आश्रयस्थलजस्तो व्यवहार गरिरहेको थिएँ। मैले परमेश्‍वरबाट यस जीवनमा शान्ति र भविष्यमा आशिषहरू पाउने प्रयास गर्दै उहाँलाई आफ्ना लक्ष्यहरू हासिल गर्न प्रयोग गरिरहेको थिएँ। मैले बुझेँ, परमेश्‍वरप्रतिको मेरो विश्‍वास स्पष्ट लेनदेनबाहेक अरू केही थिएन अनि मैले परमेश्‍वरलाई उहाँबाट अनुग्रह र आशिषहरू पाउनको लागि प्रयोग गरिरहेको थिएँ। के मैले परमेश्‍वरलाई ठगिरहेको र उहाँको प्रतिरोध गरिरहेको थिइनँ र? म कत्ति स्वार्थी र छली थिएँ, त्यो मैले बुझेँ। ममा मानवताको एउटा अंश पनि थिएन, म केवल शैतानी स्वभावहरू बोकेर बाँचिरहेको थिएँ। परमेश्‍वरले मलाई कत्ति घिनाउनुभएको र घृणा गर्नुभएको हुनुपर्छ!

त्यसपछि मैले परमेश्‍वरका वचनहरूमा यो पढेँ: “अय्यूबले परमेश्‍वरसँग व्यापारको कुरा गरेनन्, र परमेश्‍वरसँग कुनै बिन्ती वा मागहरू गरेनन्। तिनले परमेश्‍वरको नामको प्रशंसा गर्नुको कारण सबै थोकमाथि शासन गर्ने परमेश्‍वरको महान् शक्ति र अधिकारका निम्ति थियो, र त्यो तिनले आशिष पाएको वा विपत्तिले प्रहार गरिएको कुरामा निर्भर थिएन। परमेश्‍वरले चाहे मानिसहरूलाई आशिष दिनुभए पनि वा तिनीहरूमाथि विपत्ति ल्याउनुभए पनि, परमेश्‍वरको शक्ति र अख्तियार परिवर्तन हुँदैन, यसैले कुनै व्यक्तिका परिस्थितिहरू जस्तो सुकै भए पनि परमेश्‍वरको नाउँको प्रशंसा गरिनुपर्छ भन्‍ने तिनले विश्‍वास थियो। परमेश्‍वरको सार्वभौमिकताको कारण मानिसले परमेश्‍वरद्वारा आशिष पाउँछ, र जब मानिसमाथि विपत्ति आइलाग्‍छ, त्यो पनि परमेश्‍वरको सार्वभौमिकताकै कारणले हो। परमेश्‍वरको शक्ति र अख्तियारले मानिसको सम्बन्धका सबै कुरामाथि शासन र प्रबन्ध गर्छ; मानिसको भाग्यका परिवर्तनहरू परमेश्‍वरको शक्ति र अख्तियारका प्रकटीकरणहरू हुन्, र व्यक्तिको दृष्टिकोण जस्तै भए पनि, परमेश्‍वरको नाउँको प्रशंसा गरिनुपर्छ। अय्यूबले आफ्‍नो जीवनका वर्षहरूको अवधिमा यही कुरा अनुभव गरे, र यही कुरा थाहा पाए। अय्यूबका सबै विचार र कार्यहरू परमेश्‍वरको कानमा पुगे र परमेश्‍वर सामु आइपुगे र परमेश्‍वरले त्यसलाई महत्त्वपूर्ण कुराको रूपमा हेर्नुभयो। परमेश्‍वरले अय्यूबको यो ज्ञानको कदर गर्नुभयो, र त्यस्तो हृदय भएकोमा अय्यूबलाई मूल्यवान् ठान्नुभयो। त्यो हृदयले सधैँ परमेश्‍वरको आज्ञालाई पर्खन्थ्यो र जुनै समय वा ठाउँमा पनि, सबै स्थानहरूमा आफूमाथि आइपरेको जुनसुकै कुरालाई त्यसले स्वागत गर्थ्यो। अय्यूबले परमेश्‍वरसँग कुनै माग गरेनन्। तिनले परमेश्‍वरबाट आएका सबै प्रबन्धहरू पर्खने, स्वीकार गर्ने, सामना गर्ने, र पालन गर्ने माग आफैसँग गरे; त्यसो गर्नु तिनको कर्तव्य हो भन्‍ने विश्‍वास अय्यूबले गरेका थिए, र परमेश्‍वरले पनि ठीक त्यस्तै चाहनुहुन्थ्यो” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २”)। मैले परमेश्‍वरका वचनहरूलाई विचार गर्दा आफू एकदमै उत्प्रेरित भएको महसुस गरेँ। सोचेँ, “परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ। परमेश्‍वरले हामीलाई अनुग्रह र आशिषहरू दिन सक्नुहुन्छ अनि उहाँले हामीलाई न्याय गर्न, सजाय दिन, परीक्षा लिन र शोधन गर्न सक्नुहुन्छ। के उहाँले हामीलाई प्रेम गर्ने भए पनि हामीलाई जाँच्न सक्नुहुन्न र?” मैले अय्यूबबारे सोचेँ। परमेश्‍वरले उनलाई धेरै धनसम्पत्ति दिनुभयो र उनले परमेश्‍वरलाई धन्यवाद दिए र उहाँको प्रशंसा गरे, तर उनले भौतिक सम्पत्तिको लालच गरेनन्। जब परमेश्‍वरले उनीबाट सबै थोक लिनुभयो, तब उनले परीक्षाको बीच पनि यसो भन्दै परमेश्‍वरको नाउँको महिमा गरे, “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र खराबीचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:१०)। आफूसित भएका सबै थोक परमेश्‍वरबाटै आएका हुन्‌ अनि परमेश्‍वरले उनलाई थोकहरू दिनुभए पनि वा उनीबाट ती लिनुभए पनि उहाँ धर्मी हुनुहुन्छ भन्‍ने कुरा अय्यूबलाई थाहा थियो। परमेश्‍वरमाथि अय्यूबको विश्‍वास व्यक्तिगत मनसायहरूले प्रदूषित थिएन अनि उनले आशिष पाउने हो कि विपत्ति भोग्ने हो त्यसबारे सोचेनन्‌। परमेश्‍वरले जे गर्नुभए तापनि उनले गुनासो गरेनन्‌। परमेश्‍वरको उपासना गर्न र उहाँप्रति समर्पित हुन सृष्टि गरिएको व्यक्तिको रूपमा आफ्नो स्थान सम्हाल्न उनी सक्षम थिए। अय्यूबको मानवता र कारण देखेर मैले साँच्चै लज्जित महसुस गरेँ। मसँग भएका भएका सबै कुरा, मैले फेरिरहेको सास समेत परमेश्‍वरले मलाई दिनुभएको हो। तर म कृतज्ञ भएकै थिइनँ, त्यसको सट्टा, बिमार हुँदा परमेश्‍वरलाई दोष लगाएँ। ममा कुनै पनि विवेक वा तर्कशक्ति केही थिएन! मैले परमेश्‍वरमा विश्‍वास गरेँ तर उहाँलाई चिनिनँ, अनि मैले उहाँसामु आफ्नो उचित स्थानलाई चिनिनँ वा सृष्टिकर्ताप्रति कसरी समर्पित हुनुपर्छ भनेर थाहा पाइनँ। आफ्नो धारणा, कल्पना र लेनदेन गर्ने विचारले परमेश्‍वरमा विश्‍वास गर्दै, बिमार हुँदा मैले परमेश्‍वरलाई गुनासो गरेँ र उहाँको प्रतिरोध गरेँ। तैपनि, मैले सधैँ परमेश्‍वरबाट आशिषहरू र अनुग्रह पाउन अनि उहाँको राज्यमा प्रवेश गर्न चाहेँ। मलाई साँच्चै लाज भएन! मैले बुझेँ, त्यति बेला म मरेको भए पनि, त्यो, मेरो विद्रोहीपन र भ्रष्टताका निम्ति उहाँको धार्मिकता हुनेथियो। मैले अय्यूबका अनुभवहरूमा अभ्यासको मार्ग भेट्टाएँ। म जति नै लामो समयसम्म बिमारी भए पनि वा निको भए पनि वा नभए पनि, मैले केवल परमेश्‍वरका शासन र प्रबन्धहरूप्रति समर्पित हुने इच्छा गरेँ। सृष्टि गरिएको व्यक्तिको रूपमा मसित हुनुपर्ने कारण यही थियो। यस विचारले मलाई ठूलो राहतको आभास गरायो।

मलाई यो थाहा हुनुअघि नै रेडियोथेरापीको समय भएको थियो। अरू क्यान्सर रोगीहरूले यो रेडियोथेरापीले शरीरमा साह्रै गाह्रो बनाउँछ र मेरो मासु गलाउँछ भनेर बताए। यसले हरेक पटक चक्कर लगाउँछ र वाकवाकी गराउँछ अनि कुनै कुराको स्वाद लिन सकिँदैन भनेर उनीहरूले बताए। जब मैले यी सबै सुनेँ, तब फेरि परमेश्‍वरलाई यस परिस्थितिबाट उम्किने मदत माग्न थालेँ, तर मेरो स्थिति गलत छ भन्‍ने कुरा मैले तुरुन्तै महसुस गरेँ अनि परमेश्‍वरलाई प्रार्थना गरेँ। त्यसपछि परमेश्‍वरका वचनहरूको एउटा भजनका केही पङ्‌क्तिहरू मनमा आए: “तँलाई सृष्टि गरिएको हुनाले, तैँले तँलाई सृष्टि गर्नुहुने प्रभुको आज्ञापालन गर्नुपर्छ, किनभने अन्तर्निहित रूपमा तँप्रति तेरो आफ्‍नै प्रभुत्व छैन, र तेरो आफ्नै गन्तव्यलाई नियन्त्रण गर्ने कुनै क्षमता तँसँग छैन। तँ परमेश्‍वरलाई विश्‍वास गर्ने व्यक्ति भएको हुनाले, तैँले पवित्रता र परिवर्तनको खोजी गर्नुपर्छ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “परमेश्‍वरमा विश्‍वास गर्नेले के खोजी गर्नुपर्छ”)। मलाई थाहा भयो, यो परिस्थिति मार्फत परमेश्‍वरले मेरो जाँच गर्दै हुनुहुन्थ्यो अनि मैले परमेश्‍वरलाई मूर्खता पूर्वक कुनै कुरा माग्न वा उहाँलाई अबदेखि चोट पुर्‍याउनु हुँदैनथियो। म उहाँका प्रबन्धहरूप्रति समर्पित हुनुपर्छ भनेर मलाई थाहा भयो। म समर्पित भएपछि, मैले हरेक दिन रेडियोथेरापी गर्नुपरे पनि र शरीरको ठाउँ-ठाउँमा पीडा भए पनि, अरू क्यान्सर रोगीहरूले भने जस्तो यो त्यति गाह्रो भएन। मलाई थाहा भयो, परमेश्‍वर कृपालु हुनुभएकोले र उहाँले मेरो देखभाल गर्नुभएकोले यस्तो भएको हो। मेरो रेडियोथेरापी सकिएपछि, मेरो शारीरिक सुधार साँच्चै छिटो भयो। म हेर्नमा पनि राम्रो भएँ र भित्र पनि स्वस्थ महसुस गरेँ। म पटक्कै क्यान्सर रोगी जस्तो नदेखिएको कुरा मेरा मण्डलीका भाइबहिनीहरूले बताए। केही समयपछि, मैले पुनः आफ्नो कर्तव्य पूरा गर्न थालेँ। यस अनुभव मार्फत परमेश्‍वरप्रति मेरो विश्‍वास बढ्यो अनि आफ्नो कर्तव्य पूरा गर्ने अवसरको मैले झनै कदर गर्न थालेँ।

त्यसपछि यता अहिले झण्डै २ वर्ष भइसकेको छ, तर जब म बिमारी परेका ती १० महिना अवधिबारे फर्केर सोच्छु, तब त्यो हिजै मात्र भएको जस्तो लाग्छ। मेरो शरीरमा केही पीडा भए तापनि, आशिषहरू पाउने आफ्नो मनसायहरू र कुन कुराका पछि लाग्ने हो त्यसबारे रहेको आफ्नो गलत दृष्टिकोणहरूलाई मैले बुझेँ। मैले सत्यको पछि लाग्नुपर्ने र आफ्नो विश्‍वासमा परमेश्‍वरको आज्ञा पालन गर्न खोज्नुपर्ने रहेछ भनेर अहिले मलाई थाहा भयो। मैले आशिष पाए पनि वा विपत्ति भोगे पनि, म सधैँ परमेश्‍वरका योजनाहरू, शासन र प्रबन्धहरूप्रति समर्पित हुनैपर्छ। सृष्टि गरिएको व्यक्तिसित हुनुपर्ने कारणको बोध यही हो। यदि मेरो जीवनमा सबै कुरा ठीकठाक चलेको भए, मैले कहिल्यै यो सब प्राप्त गर्न सक्दिनथेँ। यो परमेश्‍वरले मलाई दिनुभएको जीवनको सम्पत्ति हो। सर्वशक्तिमान परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: कठिनाइ मार्फत समर्पित हुन सिक्नु

अर्को: बिमारीको माध्यमबाट आशिष पाउने मेरो मनसाय खुलासा भयो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बिमारीको माध्यमबाट आशिष पाउने मेरो मनसाय खुलासा भयो

झेन्क्षिङ्ग, अमेरिका सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा खोजी गर्ने कुरा भनेको भविष्यको लागि...

मेरो आत्माले स्वतन्त्रता पायो

मिबु, स्पेन“आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन प्राप्त गर्न चाहन्छ भने, यदि उ अर्थपूर्ण जीवन जिउन र...

सही मार्गमा फर्केर आउनु

चेन गुवाङ्ग, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्