इमानदार व्यक्ति हुनलाई लडाइँ

वेइ झोङ्ग, चीन

केही वर्षहरू अघि मैले एउटा उपकरण मर्मत पसल खोलेँ। म इमानदार व्यवसाय चलाउन चाहन्थेँ, र अलिकति पैसा कमाउन चाहन्थेँ ताकि मेरो परिवारलाई पर्याप्त होस्। तर हामी निरन्तर व्यस्त भए पनि, मैले गुजारा चल्न सक्‍ने मात्र कमाएँ, बचत गर्ने कुनै उपाय नै भएन। कहिलेकाहीँ मेरो कमाइ निम्‍न स्तरका कामदारको भन्दा कम हुन्थ्यो। मेरी पत्‍नी सधैँ यसको बारेमा मसँग गुनासो गर्थिन्, म अति इमानदार भएकोले व्यवसाय चलाउन सक्तिन भन्थिन्। मेरो सालोले पनि मेरो निन्दा गर्थे। उनी भन्थे, “यो पैसाको युग हो, सफल हुनको लागि तपाईंले जसरी भए पनि, मानिसहरूलाई पैसा झार्ने तुल्याउनुपर्छ।” मलाई प्रचलनअनुसार चल्न, अरूले जस्तो व्यवसाय गर्न र अति हठी नहुन मनाउनको लागि “चलाकीविनाको धन हुँदैन” र “दुनियाँ पैसाको इसारामा चल्छ” जस्ता कुराहरू पनि भन्ने गर्थे। अन्ततः मैले सोचेँ, तिनीहरूका कुरा पनि सही छन्, तर मैले अरूलाई ठग्‍ने साहस गर्न सकिनँ। मैले त्यस कुरामा विवेकसित सम्झौता गर्न सकिनँ।

तब मैले याद गरेँ कि क्‍वीयानजी नजिकैको उपकरण मर्मत पसलका मालिक थिए र उनीसित थोरै प्राविधिक सीप थियो, उनी स-साना कुराहरू मात्र मर्मत गर्न सक्थे, तर उनले अगाडि ठूलो साइनबोर्ड झुण्ड्याएका थिए जसमा लेखिएको थियो, “हरेक उपकरणको उच्‍च कोटिको मर्मत।” त्यस तरिकाबाट उनले धेरै व्यवसाय हात पारे। यदि काम सरल भएमा उनले आफै मर्मत गर्थे। नत्रभने, उनले त्यसलाई अर्को पसलमा पठाउँथे, र कमिसन खान्थे। त्यस तरिकाबाट उनले राम्रै पैसा कमाए। एकचोटि हामी कुरा गरिरहेका बेला, उनले आफूले कसरी पैसा कमाए भनी मलाई बताए। उनले भने कि एउटा उपकरणमा कुनै सानो भाग बिग्रेमा, सबै भागहरू बदल्नुपर्छ, अनि पो धेरै पैसा लिन सकिन्छ। सामान्य ग्राहकहरूले त्यत्ति जान्दैनन्। उनले भने, हामी पैसा-केन्द्रित समाजमा बाँचिरहेका छौँ, “बिरालो कालो होस् कि सेतो, मुसा मारे भैगो नि।” पैसा कमाउनुको अर्थ तपाईं सक्षम हुनुहुन्छ, नत्रभने, तपाईं जतिसुकै असल हुनुभए पनि, तपाईंलाई मानिसहरूले तुच्छ नजरले हेर्नेछन्। उनको “तेज अन्तर्दृष्टि” सुनेपछि, मैले सोचेँ, “हामी बाँच्ने युग यही नै हो। मानिसहरूले पैसाको निम्ति जे पनि गर्छन् र सत्यनिष्ठा भन्ने कुरा छँदै छैन, त्यसैले, इमानदार हुनुको के अर्थ भयो र? यसबाहेक, व्यवसायमा इमानदार भएर मैले कुनै प्रगति गर्न सकेको थिइनँ। हामी त्यही काम गर्छौँ, तर उनले राम्रो जीवन जिउन सक्छन्। वास्तवमा, उनको पूरै परिवार राम्रोसित जिउन सक्छन्, तर म चाहिँ गुजारा चल्ने गरी मात्र कमाउँछु। लाग्छ, म धेरै नै जिद्दी रहँदैआएको छु। मैले मेरो परिवारलाई सहयोग गर्न धेरै पैसा कमाउने तरिका खोज्नुपर्छ।” त्यसपछि, मैले मेरा सहकर्मीहरूको “सफलताहरू” बाट सिक्‍न थालेँ, र ग्राहकहरू ठग्‍न थालेँ। मैले अस्थिर महसुस गर्न थालेँ, तर त्यसलाई बेवास्ता गरेँ ताकि मैले अझ धेरै कमाउन सकूँ।

एकदिन एक जना ग्राहक मर्मतको लागि आए। मैले बिग्रेको भाग निकालेँ, त्यसपछि पूरै ठीक भएका भागहरू पनि निकालेँ। यसो गर्दा तिनले धेरै भागहरू बिग्रेका रहेछन् भनी सोच्नेछिन् र मैले तिनीसित धेरै शुल्क लिँदा पनि तिनले यसबारेमा केही थाहा पाउनेछैनन्। “चोरजस्तै दोषी” भन्ने भनाइ कति सत्य छ। पहिले त म अत्यन्तै आत्तिएँ, मेरो हृदय वास्तवमै छिटो-छिटो धड्किरहेको थियो। तिनले चाल पाउनेछिन् र कराउनेछिन् भनी म डराएँ। त्यो अपमानजनक हुनेथियो। तर म शान्त रहेँ, र ती सबै भाग बदलिदिएँ। जब पैसा तिर्ने बेला आयो, मैले सुरुमा तोकेको भन्दा पचास प्रतिशत बढी शुल्क लिएँ। मैले तिनलाई हेर्ने साहस पनि नगरी आफ्नो शिर निहुराइरहेँ। अचम्मको कुरा, तिनले एउटै शब्द नभनी केही नसोची पैसा तिरिन्। तिनी जानेबित्तिकै मैले अन्त्यमा एउटा ठूलो चैनको सास फेरेँ। म त पसिनाले भिजेको रहेछु, अनि मैले गहिरो बेचैनी महसुस गरेँ। तर थप पैसा देख्दा, तुरुन्तै त्यो भावना हराइसकेको थियो।

त्यसपछिदेखि, मैले ग्राहकहरूसित धेरै शुल्क लिने हरप्रकारको चालहरूको बारेमा सोचेँ। मलाई सुरुमा आत्मग्लानि हुन्थ्यो तर मैले बहानाहरू बनाउँथेँ ताकि म केही बढी कमाइरहन सकूँ। मैले सोचेँ, “म अति नरम हुन सक्तिनँ—‘सानो मुटुले भलाद्मी भइँदैन, कठोरताविना असली पुरुष भइँदैन।’ यदि म कमाउन चाहन्छु भने म चलाक हुनुपर्छ। यसबाहेक, सबैले यस्तो गर्छ, मैले मात्र होइन।” केही समयपछि, ग्लानिको त्यो भावना क्षीण भयो र म पैसा कमाउने “कौशलहरू” मा झन् कुटिल हुन थालेँ। फरकफरक मानिसहरूलाई फरकफरक व्यवहार गरेर मैले मानिसहरूको विचार पढ्न र उनीहरूको प्रतिक्रिया जाँच्न सिकेँ र धेरै चलाकीहरू जानेँ। धनी ग्राहकलाई तिनीहरू के सुन्न चाहन्छन्, त्यो भनेर खुशी तुल्याउँथेँ र तिनीहरूको चाप्लुसी गर्थें, ताकि म तिनीहरूसित बढी शुल्क लिन सकूँ। चिन्तित ग्राहकलाई, मर्मत गाह्रो छ भनेर म बहाना गर्थेँ, अनि थप समय लिन्थेँ। तब तिनीहरूले मलाई बढी तिर्थे। कुनै ग्राहकहरू धेरै चतुर हुन्थे, त्यसैले म तिनीहरूलाई आफ्ना उपकरणहरू मकहाँ छोडेर जाने तुल्याउन कारणको बारेमा सोच्थेँ। जब तिनीहरू त्यसलाई लिन आउँथेँ, म तिनीहरूलाई अरू समस्याहरू भेटियो भनेर भन्थेँ। मैले खासै दुःख नगरिकनै धेरै पैसा कमाउँदै थिएँ। त्यसैले म ग्राहकहरूसित धेरै पैसा लिने तरिकाहरूको निम्ति सधैँ दिमाग खियाउँथेँ। म धेरै पैसा कमाउँदै थिएँ र मसित सुरक्षा थियो, तर मैले हृदयमा भने कुनै आनन्द वा खुशी अनुभव गरिनँ। जब म आफूले गरेका घिनलाग्दा कुराहरूको बारेमा सोच्थेँ, म भयभीत र असजिलो महसुस गर्थें। कहिलेकाहीँ, म सोच्थेँ, “म यही रोकिनुपर्छ। मैले यस प्रकारले व्यवसाय गरिरहनु हुँदैन। भन्छन् नि ‘भलाइको बदला भलाइ र दुष्टताको बदला दुष्टता।’ मैले नि जे गरेको छु, त्यही नै पाउनेछु।” तर जब म मेरा हातमा भएको त्यो नगद सोच्थेँ, मैले रोक्‍ने अठोट नै गर्न सक्‍दिनथेँ।

जसै म भ्रष्टताभित्र डुबिरहेको थिएँ, मेरी दिदीले मलाई सर्वशक्तिमान् परमेश्‍वरको राज्यको सुसमाचार सुनाइन्। परमेश्‍वरको काम स्वीकार गरेपछि, म प्रायः दाजुभाइ र दिदीबहिनीहरूसित परमेश्‍वरका वचनहरू पढ्थेँ। एकपल्ट एउटा भेलामा मैले सर्वशक्तिमान् परमेश्‍वरका यी वचनहरू पढेँः “मानिस यी सबै कालखण्डहरूमा परमेश्‍वरसँगै हिँडेको छ, तैपनि परमेश्‍वरले सबै थोकहरू र जीवित प्राणीहरूको भविष्यमाथि प्रभुत्व गर्नुहुन्छ भनी उसले जान्दैन, न त परमेश्‍वरले सबै थोकहरूलाई कसरी निर्देशित गर्नुहुन्छ र प्रबन्ध गर्नुहुन्छ भन्‍ने नै उसले जान्दछ। यसले मानिसलाई अति प्राचीनकालदेखि वर्तमानसम्म नै छलेको छ। यसो हुनुको कारण परमेश्‍वरका कार्यहरू अत्यन्त अदृश्य भएर होइन, न त परमेश्‍वरको योजना साकार हुन बाँकी रहेर नै हो, तर मानिसको हृदय र आत्मा परमेश्‍वरबाट अति टाढा भएको कारण हो, यो यति टाढा छ कि मानिसले परमेश्‍वरको सेवा गर्दा पनि ऊ शैतानको सेवामा रहन्छ र उसलाई यो कुरा अझै थाहा छैन। परमेश्‍वरका कदमहरू र परमेश्‍वरको देखा पर्ने घटनालाई कसैले पनि सक्रियतापूर्वक खोज्दैन, अनि कोही पनि परमेश्‍वरको हेरचाह र संरक्षणमा रहन इच्छुक छैन। बरु, यस संसार र दुष्‍ट मानिसहरूले अनुसरण गर्ने, अस्तित्वमा रहेका नियमहरूलाई अवलम्‍बन गर्नको निम्ति तिनीहरू शैतान अर्थात् दुष्टको क्षयमा निर्भर रहन रुचाउँछन्। यस कुरामा, मानिसको हृदय र आत्मा शैतानको लागि मानिसको कोसेली र शैतानको खाद्य पदार्थ भएको छ। यसबाहेक, मानव हृदय र आत्मा शैतान बस्‍न सक्‍ने ठाउँ र त्यसको खेल मैदान हुन योग्यको भएको छ। यसरी मानिसले मानव हुनुको सिद्धान्तहरूका साथै मानव अस्तित्वको मूल्य र अर्थको बुझाइलाई थाहा नै नपाइकन गुमाउँछ। मानिसको हृदयमा परमेश्‍वरका व्यवस्थाहरू अनि परमेश्‍वर र मानिस बीचको करार क्रमिक रूपमा मेटिँदै जान्छ र उसले परमेश्‍वरलाई खोज्न वा उहाँको ख्याल गर्न छोड्छ। समय बित्दैजाँदा, परमेश्‍वरले उसलाई किन सृष्‍टि गर्नुभयो भन्‍ने कुरा नै मानिसले बुझ्दैन, न त उसले परमेश्‍वरको मुखबाट निस्केको वचन र परमेश्‍वरबाट आएका सबै कुरा नै बुझ्छ। त्यसपछि मानिसले परमेश्‍वरका व्यवस्थाहरू र आदेशहरूको प्रतिरोध गर्न थाल्छ, अनि उसको हृदय र आत्मा मरेतुल्य बन्छ…। परमेश्‍वरले मौलिक रूपमा सृष्‍टि गर्नुभएको मानिसलाई गुमाउनुहुन्छ, अनि मानिसले उसको मौलिक मूललाई गुमाउँछ: मानवजातिको अफसोस यही नै हो” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ”)। परमेश्‍वरका वचनहरूले वास्तविकता प्रतिबिम्बित गर्छन्। मैले संसारबाट धेरै पैसा कमाए पनि, र मेरो भौतिक सुखसुविधाहरू सुधार भए पनि, म रित्तो र पीडामा थिएँ, यो सबैको कारण मैले आफैलाई परमेश्‍वरदेखि टाढा राख्‍नु, उहाँका मापदण्डगहरूको विरुद्धमा जानु, र अस्तित्वको लागि शैतानका नियमहरूद्वारा जिउनु थियो। मैले पहिलोचोटि पसल खोल्दा, सफा विवेकले पैसा कमाएँ, र मैले धेरै नकमाए पनि सधैँ शान्ति अनुभव गरेँ। तर त्यसपछि म मेरो परिवेशद्वारा बहकिएँ, र अरूलाई छलपूर्ण तरिकाहरूले धनी भएको देखेर मैले पनि “चलाकीविनाको धन हुँदैन,” “दुनियाँ पैसाको इसारामा चल्छ,” र “पैसा सबथोक होइन, तर योविना काम चल्दैन,” र शैतानका यस्तै अरू नियमहरू ग्रहण गर्न थालेँ। मैले प्रचलनहरू पछ्याउन थालेँ, र मेरो विवेकलाई बेवास्ता गर्दै पैसा कमाउन र ग्राहकहरूलाई छल्न मेरा सिद्धान्तहरू त्यागेँ ताकि तिनीहरूले मलाई धेरै पैसा तिरून्। पैसा मेरो हातभित्र थियो होला, तर त्यो सबै बेइमानीद्वारा कमाइएको थियो। जब मैले गरेका ती तुच्छ कुराहरूको बारेमा मैले सोचेँ, तब आफ्नो बारेमा नराम्रो अनुभव गरेँ र शान्ति भेट्टाउन सकिनँ। कसैले मलाई एकदिन उदाङ्गो बनाइदेला भन्ने डरमा जिएँ। त्योभन्दा पनि खराब त, म पक्राउ पनि पर्न सक्थेँ। म निरन्तर जोखिममा थिएँ। यो कुनै जिउने तरिका थिएन। त्यस दिन मैले बुझेँ कि यो सबै म शैतानी दर्शनद्वारा जिएको कारणले भएको थियो। यो शैतानको नियमहरूले मूर्ख बनाएको परिणाम थियो। परमेश्‍वरका वचनहरूको मार्गदर्शनविना शैतानले कसरी मलाई हानि गरिरहेको थियो भनी मैले कहिल्यै देख्‍ने थिइनँ।

तब एक जना दिदीले मेरो निम्ति परमेश्‍वरका केही वचनहरू पढ्नुभयो: “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा, परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्‍वास गर्न सकिन्छ; यसको अलाबा, उहाँका कार्यहरू खोटरहित र निर्विवाद छन्, किनभने परमेश्‍वरले उहाँप्रति इमानदार हुनेलाई मन पराउनुहुन्छ। इमानदारीता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि कुरा कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो” (वचन देहमा देखा पर्नुहुन्छको “तीन अर्तीहरू”)। “मेरो राज्यका निम्ति त्यस्ता मानिसहरू चाहिन्छ जो इमानदार छन्, जो पाखण्डी वा छली छैनन्। के इमानदार र निष्कपट मानिसहरू संसारमा अलोकप्रिय छैनन् र? म ठीक विपरीत छु। इमानदार मानिसहरू मकहाँ आउनु स्वीकार्य छ; म यस किसिमको व्यक्तिसँग खुशी हुन्छु, र मलाई यस किसिमको व्यक्ति चाहिन्छ। मेरो धार्मिकता ठीक यही हो” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ३३”)। त्यसपछि उहाँले मलाई भन्नुभयो: “सारमा, परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ। उहाँले इमानदारहरूलाई मन पराउनुहुन्छ र आशिष्‌ दिनुहुन्छ। संसारमा अरूसित व्यवहार गर्दा हामी ‘इनामविना औँलो पनि नउठाउनू’ भन्ने शैतानको नियमद्वारा जिउँछौँ। हाम्रो वचन र कर्म सबै व्यक्तिगत फाइदाको निम्ति हो र हामी ग्लानिबिनै धोका दिन्छौँ। कसरी मानव हुने हामीलाई थाहा छैन। तर परमेश्‍वरमाथिको विश्‍वास फरक कुरा हो। उहाँले हामी इमानदार, सत्य बोल्ने, सीधा भएको चाहनुहुन्छ। उहाँले हामीलाई हरेक काममा उहाँको सूक्ष्म छानबीन स्वीकार गर भन्नुहुन्छ। ताकि हामी खुला र इमानदार होऔँ र परमेश्‍वर वा मानिसलाई धोका दिने वा छल्ने कोशिश नगरौँ। इमानदारसित मात्रै मानव रूप हुन्छ, अनि तिनीहरूले मात्रै परमेश्‍वरको महिमा बढाउन सक्छन्।” मैले परमेश्‍वरका वचनहरूबाट सिकेँ कि उहाँ इमानदार मानिसहरू मन पराउनुहुन्छ, र मैले उहाँका मापदण्डहरूअनुसार काम गर्नुपर्थ्यो। मैले अरू दाजुभाइ-दिदीबहिनीहरूसित इमान्दारितापूर्वक बोल्ने र तिनीहरूलाई धोका नदिने अभ्यास गर्न थालेँ, तर व्यवसायको कुरा आउँदा, म अझै चिन्तित थिएँ। मैले दाजुभाइ-दिदीबहिनीहरूसित इमानदार हुन सजिलो भएको अनुभव गरेँ, तर यदि मैले मेरो व्यवसायमा त्यसो गरेको भए, म निकै कम कमाउँथेँ र व्यवसाय बन्दै गर्नुपर्ने हुन सक्थ्यो। तर यदि मैले पहिलेजस्तै मानिसहरूलाई छल्ने र धोका दिने गर्दै रहेमा, के यसले परमेश्‍वरको इच्छा पछ्याउँथ्यो र? त्यसैले, मैले के गर्नुपर्छ? मैले यसलाई धेरै विचार गरेँ, र अन्तिममा एउटा मध्यमार्ग भेट्टाएँः म मण्डलीमा हुँदा, इमानदार हुन्थेँ, तर मेरो पसलभित्र, मैले सधैँजस्तै व्यवसायलाई निरन्तरता दिन्थेँ।

एकदिन एक वृद्ध मानिसले आफ्नो टिभी ल्याउनुभयो। उनले चित्र मधुरो देखिन्छ भन्नुभयो। मैले हेरँ, कलर ट्युब मात्र बदली गरे पुग्थ्यो, तर मैले उहाँलाई भनिनँ, बरु फिलामेन्ट भोल्टेज बढाइदिएँ, ताकि उहाँले त्यसलाई अलि बढी प्रयोग गर्न सक्‍नुहोस्, र समस्या दोहोरिए मैले त्यसलाई बदलेर मर्मतको बढी पैसा कमाउन सकूँ। दुई हप्तापछि, टिभीमा समस्या आयो। मैले नराम्रो काम गरेकोले फेरि कोशिश गर्नुपर्छ भनी उहाँले भन्नुभयो। मैले भनेँ कलर ट्युब पुरानो भइरहेको छ र बदली गर्नुपर्छ। मलाई अचम्म लाग्यो, उहाँले मेरो सानो युक्तिलाई बुझ्नुभो। उहाँले बढी शुल्क तिर्न इन्कार गर्नुभो र घृणाभावले उम्लेर भन्नुभो, “ए भाइ, अलि इमानदार होऊ। लोभी नबन।” त्यस समय मैले साँच्‍चै अप्ठ्यारो महसुस गरेँ, तर पछि त्यसलाई बिर्सिदिएँ। त्यसपछि, एक वृद्ध स्‍त्री एउटा माइक्रोवेभ लिएर आउनुभो, मैले यो एउटा सानो टुक्रिएको भाग भेट्टाएँ। मैले त्यसलाई मर्मत गरेर मनासिब शुल्क लिन्छु भनी विचार गरेँ। तब मैले सोचेँ कि उहाँ त धनी देखिनुहुन्छ, उहाँसित बढी शुल्क लिनु सायद ठीकै हुन्छ। जे पाउन सकिन्छ, त्यो लिऊँ। तर केही दिनहरूपछि उहाँ पसलमा फर्केर भन्नुभो, “मलाई तपाईंले आफ्नो कामको धेरै पैसा लिनुभो विवेकशील हुनुहोस्। हामीले गर्ने सबै कुरा स्वर्गले देख्छ!” उहाँले कराउनुभएपछि म साँच्‍चिकै उदास भएँ, र मैले ती मानिसले भनेको कुरो याद गरेँ र म आफैभित्र निराश भएँ। मैले महसुस गरेँ कि परमेश्‍वरले मलाई चेतावनी दिन यी घटनाहरूलाई प्रयोग गरिरहनुभएको थियो, ताकि मैले चिन्तन गर्न सकूँ।

चाँडै नै मेले परमेश्‍वरको वचनहरूमा यो कुरा पढेँ: “तैंले जेसुकै गरिरहेको भए पनि, मामला जति नै ठूलो वा सानो भए पनि, अनि तैँले परमेश्‍वरको परिवारमा रहेको तेरो कर्तव्य पूरा गर्नलाई गरिरहेको भए पनि वा तेरा आफ्नो निजी कारणहरूको लागि गरिरहेको भए पनि, तैँले आफूले जे गर्दैछस् त्यो परमेश्‍वरको इच्छाअनुरूप छ कि छैन, साथसाथै त्यो मानवता भएको व्यक्तिले गर्नुपर्ने कुरो हो कि होइन भनी विचार गर्नुपर्छ। यदि तैँले आफूले गर्ने हरेका कुरामा यसरी नै सत्यताको खोजी गर्छस् भने, तँ सच्चा रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होस्। यदि तैँले हरेक कुरा र हरेक सत्यताप्रति यसरी भक्ति पूर्वक व्यवहार गर्छस् भने तैँले तेरो स्वभावमा परिवर्तनहरू हासिल गर्न सक्नेछस्। केही मानिसहरूले कुनै व्यक्तिगत कुरा गर्दा तिनीहरूले सत्यतालाई बेवास्ता गर्न सक्छन्, तिनीहरूले जसरी चाहे त्यसरी नै गर्न सक्छन्, अनि तिनीहरूलाई जुन तरिकाले खुशी तुल्याउँछ र जुन शैली फाइदाजनक छ त्यसै अनुसार गर्न सक्छन् भन्‍ने सोच्छन्। तिनीहरूले यसबाट परमेश्‍वरको परिवारमा कस्तो असर पुग्छ भन्ने कुरामा रत्तीभर ध्यान दिँदैनन्, न त तिनीहरूले गरिरहेको कुरा सन्त शिष्टाचार सुहाउँदो छ कि छैन भनेर नै तिनीहरूले ध्यान दिन्छन्। अन्त्यमा, तिनीहरूले त्यो कुरा गरिसकेपछि, तिनीहरू भित्र-भित्रै अँध्यारो हुन्छन् र तिनीहरूले अप्ठ्यारो महसुस गर्छन्, तर किन यस्तो भयो भन्ने चाहिँ तिनीहरूलाई थाहा हुँदैन। के यो प्रतिशोध उपयुक्त छैन र? यदि तैँले परमेश्‍वरद्वारा स्वीकार नगरिएका कुराहरू गर्छस् भने तैँले परमेश्‍वरलाई चिढ्याएको हुन्छस्। यदि कसैले सत्यतालाई प्रेम गर्दैन र बारम्बार उसले आफ्नै इच्छाअनुसार काम-कुराहरू गर्छ भने, तिनीहरूले बारम्बार परमेश्‍वरलाई ठेस पुर्‍याउनेछन्। तिनीहरूले गर्ने काम-कुराहरूमा त्यस्ता मानिसहरूलाई परमेश्‍वरले साधारण तवरमा स्वीकृति जनाउनुहुन्न, अनि यदि तिनीहरूले पश्‍चाताप गर्दैनन् भने, तिनीहरू दण्डबाट त्यति टाढा हुनेछैनन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरको इच्छाको खोजी गर्नु भनेको सत्यता अभ्यासको लागि हो”)। “मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता हासिल नगरुञ्‍जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुशी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै तिमिहरूभित्र शैतानको विष हुनु हो। जहाँसम्म शैतानको विष के हो भन्ने कुरा छ, यसलाई शब्दहरूद्वारा पूर्ण रूपमा अभिव्यक्त गर्न सकिन्छ। उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जबाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको तर्क मानिसहरूको जीवन बनिसकेको छ। जेसुकै भए पनि, मानिसहरूले यो आफ्नै लागि मात्र गरिरहेका हुन्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन र दर्शनयही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। शैतानका यी शब्दहरू नै ठ्याक्‍कै शैतानको विष हो र जब मानिसहरूले यसलाई ग्रहण गर्छन्, तब यो तिनीहरूको प्रकृति नै बन्छ। शैतानको प्रकृति यी शब्दहरूबाट उदाङ्गो हुन्छ; यी शब्दहरूले त्यसको पूर्ण रूपमा प्रतिनिधित्व गर्छन्। यो विष मानिसहरूको जीवन र साथसाथै तिनीहरूको अस्तित्वको आधार स्तम्भ बन्छ, र भ्रष्ट मानवजाति हजारौं वर्षदेखि यही विषको प्रभुत्वमा रहिआएको छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “पत्रुसको मार्गमा कसरी हिँड्ने”)। यो पाठ पढेर यसले मलाई परमेश्‍वरका आत्माले सबै कुरा देख्‍नुहुन्छ भनी बुझ्न सहयोग गर्‍यो। मैले कहिल्यै मेरो अन्तर्मनको कुरा कसैसित बाँडेको थिइनँ, तर ती सबै परमेश्‍वरको वचनहरूमा पूरै प्रकट भएका थिए। परमेश्‍वरका वचनहरूबाट मैले बुझेँ कि हामीले हाम्रो हृदय उहाँलाई दिएको उहाँ चाहनुहुन्छ। हामीले चाहे हाम्रो काम गरिरहेका हौं वा आफ्नै कारोबार सम्हालिरहेका हौँ, हामीले उहाँका वचनहरू अभ्यास गर्नुपर्छ। तर मैले मेरो जीवनमा छानीछानी सत्यता अभ्यास गरिरहेको थिएँ। परमेश्‍वर र दाजुभाइ-दिदीबहिनीहरूले मण्डलीमा म इमानदार हुँदा मलाई स्वीकार गर्नुभयो, त्यसैले मैले त्यही गरेँ। तर मेरो व्यवसायमा, मैले पैसा गुमाउँछु र यसले मेरो हित गर्दैन भन्ने सोचेँ, त्यसैले मैले त्यस्तो गरिनँ। मैले आफूलाई आफ्नै व्यक्तिगत हितको बारेमा मात्रै सोचेको देखेँ। मलाई थाहा थियो, छली हुनु परमेश्‍वरको इच्छाको विरुद्धमा जानु हो, तर मैले जे गर्न मन लाग्यो, त्यही गर्दै रहेँ। यदि यसले मेरो हित गर्थ्यो भने त्यो म गर्थें। त्यो कसरी विश्‍वासको व्यक्ति हुनु भयो र? तब मलाई के कुरा प्रष्ट भयो भने “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” र “धनी बन्‍न मान्छेले जे पनि गर्छ” भन्ने भनाइहरू त अस्तित्वका ती शैतानी नियमहरू हुन् जसले मलाई नियन्त्रण गरेर मेरो प्रकृति नै बनेका छन्। मैले त सोचेको थिएँ, जबसम्म ती नियमअनुसार म जिउँदिनँ तबसम्म बाँच्न सक्तिनँ। तर वास्तवमा, त्यस प्रकारले जिएर मैले भौतिक कुराहरू र व्यक्तिगत सम्पत्ति मात्र हासिल गरेँ। तर यो बाँच्नको निम्ति एउटा नीच उपाय थियो र यसमा प्रतिष्ठा थिएन। मानिसहरूले मदेखि रिसाए र मलाई तिरष्कार गरे, अनि परमेश्‍वरले मलाई घृणा गर्नुभयो। जसरी प्रभु येशूले भन्नुभयोः “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरू परिवर्तन भएर साना बालबालिकाहरूजस्तै भएनौ भने, तिमीहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ” (मत्ती १८:३)। अनि सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छः “जतिसक्दो चाँडो तिमीहरूका ती सबै विचारहरू र आकलनहरूलाई महत्त्व दिन छोडिदेऊ र मेरा आवश्यकताहरूलाई गम्भीरताका साथ लिन थाल; होइन भने, म मेरो कामको अन्त्य गर्न सबैलाई खरानी पारिदिनेछु र अझै खराब कुरा त, मेरो वर्षौंको काम र कष्टलाई शून्यमा बदलिदिन्छु, किनभने म मेरा शत्रुहरूलाई अनि ती व्यक्तिहरू जसबाट दुष्टताको गन्ध आउँछ र जसमा शैतानको रूप छ तिनीहरूलाई मेरो राज्यमा ल्याउन वा अर्को चरणमा लैजान सक्दिन” (वचन देहमा देखा पर्नुहुन्छको “अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ”)। परमेश्‍वर पवित्र र धर्मी हुनुहुन्छ, उहाँले इमानदार मानिसहरूलाई प्राप्त गर्न चाहनुहुन्छ। जसले सधैँ झूट बोल्छन् र जो छली छन्, जोसित शैतानी स्वभाव छ, जसले परमेश्‍वरलाई विरोध गर्छन् र पश्‍चात्ताप गर्न इन्कार गर्छन्, तिनीहरू परमेश्‍वरद्वारा नष्ट हुनेछन् र परमेश्‍वरको राज्यमा निषेधित हुनेछन्। यदि मैले पश्‍चात्ताप नगरेको भए, बरु शैतानको दर्शनहरूद्वारा जिइरहेको र टेढो भइरहेको भए, मलाई हटाइन्थ्यो। त्यो सोच आउँदा, मैले तुरुन्तै प्रार्थना गरेँ, “सर्वशक्तिमान् परमेश्‍वर! म तपाईंमा विश्‍वास गर्छु तर तपाईं मेरो हृदयमा रहनुभएको छैन। म अझै पनि शैतानका नियमहरूद्वारा जिउँदै आइरहेको छु। म छल्न चाहँन्न। म पश्‍चात्ताप गर्न, र इमानदार हुन चाहन्छु।”

त्यसको लगत्तै, एक जोडी युवाहरूले मेरो पसलमा एउटा टिभी ल्याए। मैले काम गरिरहँदा तिनीहरूले बाहिर कुरा गरिरहेको सुनेँः “हामी त्यो पहिलो पसलमा जानु हुँदैनथियो। त्यो समयको बर्बादी हो जस्तो लाग्छ। आशा गरौँ, उहाँले मर्मत गर्न सक्‍नुहुन्छ।” यो सुनेर मैले सोचेँ, “अरू व्यवसायीहरूले त्यस्तो सुनेको भए तिनीहरूले जे पनि गर्न सक्थे। यदि मैले चाहेको भए पनि मैले तिनीहरूलाई सजिलै बढी पैसा तिराउन सक्थेँ। आफ्नै गोजीमा खसेको कुरालाई म कसरी नलिऊँ? म अर्कोपालि इमानदार भइहाल्नेछु। यसपल्ट सत्यता अभ्यास नगर्दा परमेश्‍वरले नराम्रो मान्नुहुनेछैन।” त्यहीबेला मैले परमेश्‍वरसामु संकल्प गरेको कुरा याद गरेँ, र मैले परमेश्‍वरका वचनहरूको बारेमा सोचेँः “यदि कसैले सत्यतालाई प्रेम गर्दैन र बारम्बार उसले आफ्नै इच्छाअनुसार काम-कुराहरू गर्छ भने, तिनीहरूले बारम्बार परमेश्‍वरलाई ठेस पुर्‍याउनेछन्। तिनीहरूले गर्ने काम-कुराहरूमा त्यस्ता मानिसहरूलाई परमेश्‍वरले साधारण तवरमा स्वीकृति जनाउनुहुन्न, अनि यदि तिनीहरूले पश्‍चाताप गर्दैनन् भने, तिनीहरू दण्डबाट त्यति टाढा हुनेछैनन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरको इच्छाको खोजी गर्नु भनेको सत्यता अभ्यासको लागि हो”)। परमेश्‍वरले मलाई चेतावनी पठाइरहनुभएको थियो भन्ने महसुस गरेँ। म खराब काम गरिरहन सक्तिनथेँ। मैले पश्‍चात्ताप गर्नु र इमानदार हुनु थियो। त्यसलाई मर्मत गरिसकेपछि, मैले मेरो नियमित शुल्क लिएँ। जब मैले मेरो ग्राहकको ठूलो मुस्कान देखेँ, मैले महसुस गरेँ कि खुला र इमानदार हुनु जिउनको निम्ति स्वतन्त्र तुल्याउने बाटो हो।

अर्को समय, मैले एउटी महिलाको टिभी मर्मत गर्दा, शुल्क पचास थियो तर तिनले त्यसको दुई गुणा दिइन् र फिर्ता दिँदा लिन मानिनन्। मैले त्यसलाई स्वीकार गरिनँ र म अन्यौलमा परेँ। तिनले किन त्यो दिनुपर्थ्यो? तिनले मलाई भनिन्, “पहिलो व्यक्ति जोकहाँ म गएकी थिएँ, उनले काम ठूलो छ भने, र उनले यो मर्मत गर्न ४०० मागे, तर मैले तिरिनँ। त्यसपछि, मैले चिनेको एक जनाले तपाईं इमानदार, विश्‍वासयोग्य हुनुहुन्छ र तपाईंले बढी पैसा लिनुहुन्न भन्दै तपाईंकोमा पठाए। अहिले मैले देखेँ, यो सबै सत्य हो।” जब तिनले भनेको कुरा मैले सुनेँ, मैले सोचेँ, “म असल व्यक्ति होइन, यो त परमेश्‍वरका वचनहरूले मलाई मानव रूपमा जीवन जिउने अवसर दिएका हुन्।”

परमेश्‍वरका वचनहरू पढ्नु र इमानदार हुनु जस्ता कुराहरूमा मेरो दृष्टिकोण पनि परिवर्तन भयो। म त सोच्थेँ, यदि कोही व्यवसायको मालिक हो भने ऊ इमानदार हुने कुनै बाटो छैन, यसरी मैले त नाफा कमाउन सक्दिनँ, र अन्ततः मैले व्यवसाय बन्द गर्नुपर्ने हुन्छ। तर म परमेश्‍वरका वचनहरूअनुसार इमानदार भएपछि मैले नाफा मात्र कमाइनँ बरु अझ धेरै ग्राहकहरू पनि प्राप्त गरेँ। कोही धेरै टाढाबाट पनि आए, तिनीहरू सबैले अरू कसैले सिफारिस गरेर आएको भने। मैले कुनै प्रकारले पनि मेरो पसलको बारेमा विज्ञापन गरेको थिइनँ, वा मलाई काम दिनुहोस् भनेर अरूलाई भनेको थिइनँ। यो सबै मैले परमेश्‍वरका वचनहरू अभ्यास गरेकोले र म परमेश्‍वरले चाहनुभएझैँ इमानदार, अनि स्पष्टवादी र सीधा थिएँ, मैले ग्राहकहरूको विश्‍वास जितेँ। यो सत्यता अभ्यास गर्दाको परमेश्‍वरको आशिष्‌ थियो। यसले मलाई परमेश्‍वरका वचनहरूको एउटा पाठ याद दिलाउँछ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “जब मानिसहरू शैतानको भ्रष्टताको प्रभावमा रहेर संसारमा जिउँछन् तब तिनीहरूको लागि इमान्दार हुनु असम्भव हुन्छ; तिनीहरू पहिलेभन्दा झन धेरै छली मात्र बन्न सक्छन्। तथापि, यदि हामी इमान्दार भयौं भने के हामी यो संसारमा अस्तित्वमा रहन सक्छौं कि सक्दैनौं? के हामी अन्य व्यक्तिहरूद्वारा सीमान्तीकृत हुनेछौं? हुनेछैनौं; हामी पहिलेजस्तै गरि जिउनेछौं। यस्तो हुन्छ किनकि हामी खान वा श्वास फेर्नको लागि छलमा भर पर्दैनौं। बरु, हामी परमेश्‍वरले प्रदान गर्नुभएको श्वास र जीवनद्वारा जिउनेछौं। यो त केवल हामीले परमेश्‍वरका वचनहरूको सत्यतालाई स्वीकार गरेका छौं भन्ने कुरा हो र हामीसँग कसरी जिउने भन्ने बारेमा नयाँ नियमहरू र नयाँ जीवन लक्ष्यहरू छन् जसले हाम्रा जीवनहरूको आधारस्तम्भको लागि परिवर्तनहरूतर्फ डोर्याउँछ् भन्ने कुरा हो; यो त केवल हामीले जिउने साधनहरू र तरिकाहरू बदल्दैछौं ताकि हामीले परमेश्‍वरलाई सन्तुष्ट पार्न र मुक्ति प्राप्त गर्न सकौं भन्ने कुरा हो। हामीले भौतिक रूपमा के खान्छौं, हामीले के लाउँछौं, वा हामी कहाँ बस्छौं भन्ने कुरासँग यसको बिल्कुलै कहींकतै कुनै सम्बन्ध छैन; यो हाम्रो आत्मिक आवश्यकता हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास”)। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: इमान्दारीले मात्र मानवीय गुण ल्याउँछ

अर्को: इमानदार मानिस हुनुको स्वाद

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

के मानिसहरूलाई खुशी पार्नेहरूले परमेश्‍वरको स्याबासी जित्‍न सक्छन्

लियु यि, चीनम एक विश्‍वासी हुनुभन्दा पहिले, अरू मानिसलाई ठेस नपुर्‍याऊँ र सबैसँग मिलेर रहन सकूँ भनेर सधैं सचेत रहने गर्दथें। कोही कठिन...

अहङ्कारी स्वभाव परिवर्तन गर्न सकिँदैन भनेर कसले भन्छ?

झाओ फान, चीनपरमेश्‍वरका वचनहरूले भन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र...

मेरो आत्माले स्वतन्त्रता पायो

मिबु, स्पेन“आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन प्राप्त गर्न चाहन्छ भने, यदि उ अर्थपूर्ण जीवन जिउन र...

कलेजो क्यान्सरबाट सिकेका पाठहरू

लि योङ्ग, चीनम इसाई भएपछि, म चिनियाँ कम्युनिस्ट पार्टीद्वारा धेरै पटक पक्राउ परेँ तर मैले कहिल्यै प्रभुलाई विश्‍वासघात गरिनँ। मैले केही...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्