ख्याति र सम्पत्तिले मलाई कष्ट दिलायो

टियान टियान, चीन

वसन्त ऋतुको समय थियो, केही वरिष्ठ चिकित्सकहरू र म वनभोजका लागि बाहिर गयौँ। बाटोमा, केही स्थानीय गाउँलेले डा. वाङ्गलाई चिने। उनीहरू एकदमै खुशी र कृतज्ञ देखिन्थे। उनीहरूले डा. वाङ्गलाई न्यायो स्वागत गरे। त्यसपछि, जब हामी पकाउन थाल्यौँ, हामीले केही सामान अपुग भएको थाहा पायौँ। गाउँलेहरू एकदमै दयालु थिए। हामीलाई केही चाहिएको थाहा पाउँदा, उनीहरूले आफूँसँग भएको हामीलाई दिए। त्यो बेला केही दैनिक उपभोग्य सामानहरूको अभाव थियो र ती सामान अलि मूल्यवान् थिए। उदाहरणका लागि, दुध धेरै थिएन। दुध लिन लामो समय लाइन लाग्‍नुपर्थ्यो। तर हामीलाई डेरीका मानिसहरूले दुध ल्याइदिए। यो सबै डा. वाङ्गको प्रतिष्ठाका कारण भएको थियो। डा. वाङ्ग मुस्कुराउँदा उनको आँखा कर्किएको देखेँ र उनको ईर्ष्या गर्नबाट मैले आफूलाई रोक्न सकिन र सोचेँ: “डा. वाङ्गलाई मानिसहरूले साँच्चै मान्छन्! उनी जहाँ गए नि मानिसहरूले उनलाई सम्मान गर्छन् र उनले जे गरे नि उनले केही कुराको चिन्ता लिनु पर्दैन। कुनै काम सहजै गराउन उनले आफ्नो अनुहार मात्रै देखाए पुग्छ। तर म भने, कसैले नचिन्ने स्वास्थ्यकर्मी हुँ। मलाई उनको जस्तो व्यवहार गरिन्न। मैले उनको छविबाट फाइदा लिन मात्रै सक्छु।” तर निराशको त्यो क्षणमा, मैले डा. वाङ्गको सेतो कपालतिर हेरेँ र सोचेँ: “के म अझै जवान छैन र? यदि मैले चिकित्सा शिक्षा राम्रोसँग अध्ययन गरें, वरिष्ठ चिकित्सकहरूबाट सिकेँ, र कडा मिहिनेत गरें भने, ढिलोचाँडो म उनीहरू जस्तै प्रख्यात र सम्मानित हुन सक्छु।”

त्यसपछि, एक महिनाको निरन्तर प्रयासपछि, म आफैँ ड्युटीमा खटिन योग्य भए र मलाई शल्यक्रिया गर्ने अवसर पनि प्राप्‍त भयो। तर यो त पहिलो कदम थियो। मैले अझै कडा मिहिनेत गर्नु थियो। त्यसपछि म चिकित्सा सिद्धान्तहरूको निरन्तर अध्ययनमा लागेँ। मैले सीप प्रमाणीकरण परीक्षा दिएँ र नियमित कामबाहिर हरप्रकारका उपचार सेवाका कक्षाहरू लिएँ। कुनै आकस्मिक शल्यक्रिया आइपर्दा, काम गर्ने समय होस् वा अन्य समय, शल्यक्रियामा सहभागी हुने मौका मैले कहिल्यै गुमाइन। कहिलेकाहीँ शल्यक्रियामा व्यस्त हुँदा, मलाई एकदमै भोक लाग्थ्यो तर म आफ्नो शरीरको ख्याल गर्दिनथेँ किनभने शल्यक्रियामा गल्तीको कुनै ठाउँ हुँदैन। कहिलेकाहीँ त मैले २४ सै घण्टा काम गर्नुपर्थ्यो। छुट्टी भएपछि, मेरो दिमागले काम गर्दैनथ्यो र मेरो शरीर पूरै शिथिल हुन्थ्यो। म विश्राम गर्न व्यग्र हुन्थेँ, तर लगत्तै मैले मेरो बुवाले सधैँ भन्ने गरेको कुरा, “दुःख नगरी सुख मिल्दैन,” र आफ्नो लक्ष्य प्राप्‍त गर्न गर्नुपर्ने कडा परिश्रमका कथाहरू सम्झन्थें। अतः म आफूलाई अघि बढ्न प्रोत्साहित गर्थेँ र कडा मिहिनेत गर्न आफूलाई बाध्य बनाउँथेँ। राति म घर पुग्नेबित्तिकै, मेरो शिर सीधै सिरानीमा गएर ठोकिन्थ्यो। म तनक्क तन्किन्थे र मेरो शिथिल भएको, दुखिरहेको शरीलाई आराम दिन्थे। जब म सुत्नका लागि आँखा चिम्लिन्थे, शल्यक्रियाको प्रत्येक विवरण मेरो आँखाअगाडि नाच्थ्यो। मेरो कमजोर हुँदै गएको मानसिक अवस्थाले शल्यक्रियामा गल्ती गराउने पो हो कि भनेर म डराउँथेँ। काममा सानो गल्ती गरेका र फेरि कहिल्यै शल्यक्रिया गर्ने अधिकार नदिइएका पुराना सहकर्मीहरूको बारेमा म सोच्थेँ। केही गल्ती भएको भए, म कहिल्यै सफल हुँदिनथेँ। अनि म तत्कालै तनाव, थकान, डर र चिन्ता अनुभूति गर्थेँ। मेरो दिमाग र शरीर एकदमै थाकेका हुन्थे। कहिलेकाहीँ म भोलिपल्टको वैकल्पिक शल्यक्रियाको बारेमा सोच्थेँ र म जतिसुकै ढिला गरी घर आए पनि, भोलिपल्टको शल्यक्रियाका लागि आवश्यक पर्ने चिकित्सा ज्ञानलाई म बारम्बार दोहोर्‍याउँदै हेर्थेँ ताकि म कुनै गल्ती नगरूँ। म एकदमै थकित हुन्थेँ, तर एकदिन सफल हुन्छु भन्ने आशले आफैँलाई भन्थेँ: “कडा मिहिनेत गर्! अँध्यारो छिचोलेपछि उज्यालो आउँछ।”

अन्ततोगोत्वा, सात वर्षको कडा मिहिनेत र लगावपछि, म प्रमाणित चिकित्सक बनेँ। त्यो क्षण, मेरो दिमागमा मुख्य कुरा एउटै थियो: यो सबै दुःख जायज थियो! जब मेरो दर्जा बढ्यो, मेरो सेवा शुल्क पनि बढ्यो। प्रमाणित चिकित्सकले गर्ने सबै प्रकारका शल्यक्रियाहरू म गर्थेँ र प्रमुख शल्यचिकित्सकहरूको सूचीमा मेरो नाम थियो। मेरो तलव र मेरो हैसियत बढ्यो जबकी मेरा सहकर्मीहरू पछाडि नै छुटे। शब्दमा बयान गर्नै नसक्ने गरी म खुशी भएँ, व्यस्त सडकहहरूमा मानिसहरूले मलाई चिन्थे। म उनीहरूलाई चिन्दिनथेँ, तर उनीहरूले मलाई चिन्थे। म राम्रो शल्यचिकित्सक भएकोमा मेरो प्रशंसा पनि गर्थे। बिरामीहरूले मलाई आदरपूर्वक हेर्थे र मलाई यसो भन्थे: “म तपाईँकोमा आएको थिएँ र धेरै पैसा खर्च नगरीकनै चाँडै निको भएँ, तर अर्को डाक्टरले मेरो वर्षौंसम्म उपचार गर्दा पनि केही सुधार भएको थिएन” केही मानिसहरूले भन्थे: “फलानोले तपाईँ राम्रो चिकित्सक हो भनेर भन्या थियो। उनैको सिफारिसमा म तपाईँकोमा जचाउँन आएको। तपाईँलाई भेट पाउन आजकल एकदमै गाह्रो छ।” यस्तो कुरा सन्दा, म मज्जाले मुस्काइरहेको हुन्थे। म भित्रभित्रै एकदमै खुशी हुन्थेँ। मानिसहरूले यस्तो कुरा लामो समयसम्म पनि याद राख्थे र म प्रसिद्ध भएका कारण पनि अरू मानिसहरू आउँथे। मैले अचानक मेरो ख्याति बढेको महसुस गरेँ अब भने सफलताको स्वाद चाखेकी थिएँ। त्यो खुशीपछि मैले, मलाई सुपरिवेक्षक चिकित्सक हुन कति समय लाग्ला भनेर सोचेँ। म सामान्य शल्यक्रिया मात्र गर्न सक्थेँ। म सुपरिवेक्षक चिकित्सक भएको भए र जटिल शल्यक्रिया गर्नसक्ने भएको भए, बिरामीहरूले मेरो अझै धेरै प्रशंसा गर्नेथिए र अझै धेरै मानिसहरू मेरोमा जचाउँन आउने थिए। उनीहरूको नजरमा मेरो हैसियत अझै ठूलो हुन सक्थेन र?

त्यसपछि मैले ख्याति र सम्पत्तिको दिशामा मेरो गति बढाएँ। आफूसँग एकदमै कम समय बिताएको भन्दै, मेरो श्रीमान्‌ले मसँग गुनासो र विवाद गर्थे। म थकित र आफूमाथि एकदमै गलत भएको महसुस गर्थे, र आफूलाई बारम्बार सोध्न पुग्थेँ: “यो सबै प्रयास मैले केका लागि? के यो सबै सफल करियर र राम्रो जीवनका लागि होइन र? के मैले केही बिराएँ? अहँ, होइन। मेरो श्रीमान्‌ले चाहिँ गलत तर्क गरेका हुन्। उनीसँग कुनै लक्ष्य छैन।” मैले मेरो आँशु पुछेँ र मेरो चिकत्सा सीपलाई थप तिर्खान र सुपरिवेक्षक चिकित्सक बन्नका लागि नगरपालिका तहको चिकित्सा इकाइमा थप अध्ययन गर्न आवेदन दिएँ। यो दुर्लभ अवसर थियो र मेरो लागि एकदमै महत्वको थियो। तर तालिमको दौरान, म गर्भवती भएको थाहा पाउँदा म छक्क परेँ। आफू गर्भवती भएको थाहा पाउँदा मैले केही गुमाएको जस्तो महसुस गरेँ र बच्चा जन्माउने यो वास्तवमै सही समय होइन भन्ने सोचेँ। यो अवसर पाउँनका लागि मैले धेरै दुःख गरेको थिएँ, र बच्चाको लागि यो अवसर छोड्न र मेरो भविष्य बिगार्न सक्दिनथेँ। तर त्यसपछि मैले बच्चाको बारेमा सोचेँ। मलाई गर्भपतन गराउन चाहिनँ। पछि, शल्यक्रिया गर्दा म लामो समयसम्म उभिने र एकदमै धेरै काम गर्ने भएकाले, र समय नतोकिएका शल्यक्रिया गर्न बारबार खाना खान छुटाउने हुनाले, मेरो गर्भ तुहियो। तर मैले एक क्षणको लागि पनि ख्याति र सम्पत्तिको पछि लाग्न छोडिनँ। भ्रूण झिकिएको लगत्तै भोलिपल्ट म अस्पतालमा काम गर्न जान चाहन्थेँ, तर त्यो दिन मेरो शरीर एकदमै कमजोर थियो। मेरो शरीर टुक्रा-टुक्रा भएर झरिरहेको जस्तो महसुस गरेँ। मेरो पेट दुखेको थियो र मेरा गोडा एकदमै कमजोर थिए। मैले गर्नसक्ने भनेको बिछौनामा पल्टिने र आराम गर्ने मात्रै थियो। तर म मेरो तुहिएको गर्भको बारेमा वा आफ्नो शरीरको ख्याल कसरी गर्ने भनेर सोचिरहकी थिइनँ। म त मेरो पढाइको समय पछाडि सरेको र यसले मेरो ग्राजुएशनमा प्रभाव पार्न सक्छ भन्नेमा मात्रै चिन्तित थिएँ। के यतिका दुःख व्यर्थ थिए त?

अर्को सात वर्षको कडा परिश्रमपश्चात्, मैले अन्ततः सुपरिवेक्षक चिकित्सक बन्ने मेरो सपना पूरा गरेँ। मैले जाँच गरेका सबै बिरामीहरूले मलाई देख्दा अभिवादन गर्थे र आफ्ना वरिपरिका मानिसहरूसित भन्थे, “डा. टियानले मेरो शल्यक्रिया गर्नुभयो र मलाई बचाउनुभयो।” केही त स्थानीय कोसेली बोकेर मलाई घरमै भेट्न आउँथे। केहीले धन्यवाद व्यक्त गर्न उपहार र सामान किन्ने कुपन बोकेर आउँथे। कहिलेकाहीँ, म कुनै चमेनागृहमा खाँदै गरेको हुन्थेँ र उनीहरूले मलाई देखेपछि मैले थाहै नपाई मेरो खानाको पैसा तिरिदिन्थे। यी सबै कुराले मानिसहरूलाई ईर्ष्यालु बनाए पनि, मेरो खुशी सधैँ अस्थायी मात्रै थियो। मेरो खुशीपछाडिको दुःख र कठिनाइ कसैलाई थाहा थिएन। शल्यक्रिया गर्दा कुनै पनि गल्ती गर्न मिल्दैन, नत्र त्यसको परिणाम सोच्नै नसकिने हुन्छ, र मेरो सर्वनाश गर्ने गल्ती गर्छु कि भनी म सधैँ चिन्तित हुन्थेँ। चक्कुको धारमो हिँडेजस्तो, म एकदमै सचेत हुन्थेँ। म एकदमै तनावमा हुन्थेँ, र मेरो दिमागले सहन सक्दैनथ्यो। मेरो स्वास्थ्य बिग्रिएको थियो र मेरो तौल करिब ४५ केजीमा झेरको थियो। लामो समय अत्यधिक मात्रामा काम गर्दा, मेरो स्वास्थ्य नराम्ररी बिग्रिएको थियो म अनिद्रा, पेट दुख्‍ने र पित्तथैली सुन्निने समस्याबाट पीडित थिएँ। म खान सक्दिनथेँ, म निदाउँन सक्दिनथेँ। म पूरा रात निदाउन सक्दिनथेँ र ४ वटासम्म निद्राको औषधि खान्थेँ तर त्यसले काम गर्दैनथ्यो। दिउँसो म अल्मलिएको हुन्थेँ र ममा कुनै ऊर्जा हुँदैनथ्यो। मेरो गोडा सिसाले बनेको जस्तो महसुस हुन्थ्यो। त्यो सहनै नसक्ने गरी कडा हुन्थ्यो। म जबरजस्ती हाँस्न पर्थ्यो र सोच्थेँ: “मैले हैसियत बनाएँ र अरूबाट प्रशंसा पनि पाएँ, तर अहिले म सामान्य मान्छेजस्तो सुत्न वा खान पनि सक्दिन।” म कामबाट भाग्न, सबै कुराबाट भाग्न, र राम्ररी निदाउन मात्रै चाहान्थेँ, तर त्यो आकाशको फल जस्तै भएको थियो। के कुराले स्थिति झनै खराब बनाउँथ्यो भने, जब मलाई सबैभन्दा बढी हेरचाह र स्याहार चाहिन्थ्यो, त्यो बेला मेरो श्रीमान् बाहिर कतै रक्सी खाँदै र रमाउँदै हुन्थे र मेरा दुःख मैले एक्लै भोग्नुपथ्यो। ती काला रातहरूमा मैले दुखित र लाचार महसुस गरेँ। निद्रा आउन गाह्रो हुन्थ्यो र प्रायः म अघि बढ्ने दिशा वा घर जाने बाटो देख्न नसकी, अँध्यारोमा छामछामछुमछुम गरिरहेको सपना देख्थेँ। म आत्तिएको र सङ्घर्ष गरिरहेका महसुस गर्थेँ। एकपटक, म रुदैँ उठेँ, “आ!” मेरो निधारमा पसिना थियो। मैले बत्ती बाले र खाटको छेउमा बसेँ र बिरामीहरूले गर्ने सम्मान र मेरो परिवारबाट पाउने प्रशंसाको बारेमा सोचेँ, तर त्यसले मेरो दुखाइ अलिकति पनि कम गरेन। वर्षौसम्म मैले गरेको दुःखको बारेमा सोच्दै, मैले आफैलाई सोधिरहेँ: “मैले मेरो आधा जिन्दगी अगाडि बढ्नका लागि मेहनत गरे तर अन्त्यमा, प्रशंसाका केही क्षणबाहेक, मैले पाएको भनेको बिरामी शरीर, धोका दिने श्रीमान् र अन्त्यहीन दुःख र पीडा मात्रै हो। यस्तो किन हुन्छ? अर्थपूर्ण र महत्त्वपूर्ण जीवन जिउनका लागि मानिसले के गर्नुपर्छ?” म पीडाबाट साँच्चै टाढा जान चाहन्थेँ। मैले ज्योतिषीलाई भेटेँ, प्रसिद्ध व्यक्तिहरूको भनाइहरूमा उत्तर खोजेँ र मानिसहरूले अत्यधिक खोज्ने “सकारात्मक ऊर्जा” बेलाबेलामा प्रयोग गरिहेरेँ। मैले इन्टरनेटमा गएर बौद्ध धर्ममा उत्तर खोज्ने प्रयास गरेँ, तर त्यसमा पनि कुनै चित्तबुझ्दो उत्तरहरू थिएनन् र तिनले मेरो समस्या पटक्कै समाधान गरेनन्। जब मेरो बिराम सहनै नसक्ने गरी पीडादायक भयो मैले जीवनमा कुनै आशा देखिनँ, कुनै भावी दिशा भेटिनँ, त्यति नै बेला, सर्वशक्तिमान् परमेश्‍वरको मुक्तिदायक अनुग्रह मकहाँ आइपुग्यो।

परमेश्‍वरमा विश्‍वास गरेपछि, मैले परमेश्‍वरका वचनहरूमा उत्तर पाए। परमेश्‍वरका वचनहरूले भन्थे: “ख्याति र प्राप्ति पाइसकेपछि, तिनीहरूले उच्‍च प्रतिष्ठा र धेरै धनको आनन्द लिन, अनि जीवनमा आनन्द लिन तिनलाई पूँजीको रूपमा प्रयोग गर्न सक्छन् भन्‍ने मानिसहरूको विचार हुन्छ। ख्याति र प्राप्ति सुख-चैन खोजी गर्न र देहको आनन्द लिनलाई तिनीहरूले प्रयोग गर्न सक्‍ने पूँजी हो भन्‍ने तिनीहरू ठान्छन्। मानवजातिले अत्यन्तै लोभ गर्ने यो ख्याति र प्राप्तिको खातिर, मानिसहरूले स्वेच्‍छाले तर अनजानमा आफ्‍नो शरीर, मन, तिनीहरूसँग भएका सबै कुरा, तिनीहरूको भविष्य र तिनीहरूको गन्तव्य सबै शैतानलाई सुम्पन्छन्। तिनीहरूले सुम्पेका सबै कुरा फिर्ता लिनु आवश्यक छ भन्‍ने कुरालाई कहिल्यै नजानीकन, तिनीहरूले एक क्षण पनि नहिचकिचाइकन त्यसो गर्छन्। मानिसहरूले यसरी शैतानमा शरण लिएर त्यसप्रति निष्ठावान बनिसकेपछि के तिनीहरूले आफैलाई नियन्त्रण गर्ने कुनै क्षमता राख्‍न सक्छन्? अवश्य नै सक्दैनन्। तिनीहरू पूर्ण रूपमा र घोर रूपमा शैतानको नियन्त्रणमा हुन्छन्। तिनीहरू पूर्ण रूपमा र घोर रूपमा दलदलमा डुबेका हुन्छन्, र तिनीहरू आफैलाई मुक्त गर्न सक्दैनन्। कुनै व्यक्ति ख्याति र प्राप्तिको दलदलमा फसिएपछि, तिनीहरूले उप्रान्त जुन कुरा चम्किलो छ, जुन कुरा धर्मी छ, वा जुन कुराहरू सुन्दर र असल छन् तिनलाई खोजी गर्दैनन्। किनभने मानिसहरूमाथि राख्‍ने ख्याति र प्राप्तिको लोभ्याउने शक्ति अत्यन्तै ठूलो हुन्छ; ती मानिसहरूले आफ्‍नो जीवनभरि र कहिल्यै अन्त्य नहुने गरि सम्पूर्ण अनन्तसम्‍म पछ्याउने कुराहरू बन्छन्। के यो साँचो होइन र?” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ६”)। परमेश्‍वरका वचनहरूले मेरो हृदय पुलकित बनायो। मैले डा. वाङ्गसँग वनभोज गएको सम्झिएँ जतिबेला मैले अठोट लिएकी थिएँ कि मसँग हैसियत र उच्च स्तरको चिकित्सा सीप हुँदासम्म, मानिसहरूले मलाई आदर गर्नेछन्, मप्रति विशेष व्यवहार गर्नेछन् र जीवन सहज ढङ्गले अघि बढ्नेछ। मैले “मानिस आफू जहाँ जहाँ बस्छ त्यहाँ त्यहाँ उसले आफ्नो नाम छोडी राख्छ, त्यसरी नै जसरी हाँसले आफू जहाँ जहाँ उड्छ त्यहाँ त्यहाँ क्वाँक क्वाँक आवाज निकाल्छ,” “अरूभन्दा असल बन,” र “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” जस्ता शैतानी विष पनि स्वीकार गरेकी थिएँ, यतिसम्म कि ख्याति र धनको पछि लाग्नु मेरो जीवनको खोजी र उद्देश्य नै भएका थिए। म करियर बनाउन निरन्तर मेहनत गरिरहेकी थिएँ। मेरो वरिपरिका मानिसहरूबाट सम्मान र प्रंशसा प्राप्‍त गरेपछि, मैले सफलताको साँचो अर्थ महसुस गरेँ जसले मलाई गलत मार्गमा राख्यो र मैले पछाडि फर्केर त्यति हेरिनँ। ख्याति र धनको पछि लाग्दै मैले मेरा १० उत्कृष्‍ट वर्षहरू विताएँ, मेरो परिवार र मेरो पेटमा भएको बच्चाको बलिदान दिँएँ। मैले मेरो स्वास्थ्य बिगारेँ र मसँग बिरामी शरीर मात्रै बाँकी थियो। यो लाजमर्दो कुरा थियो कि मैले यी सबै बलिदानपछि मात्रै मैले यस्तो सोचेँ: “ख्याति र धनको मलाई के काम? यी कुराको पछि लाग्दा यसले थकान र कठिनाइ निम्त्यायो र अन्त्यमा मैले त्यो प्राप्‍त त गरेँ, तर मैले शब्दमा बयान गर्न नसक्ने दुःख भोगिरहेकी छु। स्पष्‍ट रूपमा, ख्याति र धनको पछि लाग्नु अन्ततः गलत मार्ग नै हो।” मैले बल्ल बुझे कि ख्याति र धनको लागि सङ्घर्ष गर्नु आफैमा एक दुष्‍ट शक्ति हो जसले मानिसहरूलाई डोरीले झैँ बाँध्छ र निसास्याउँछ। यो शैतानले मेरो शरीरमा राखेको जुवा जस्तै थियो जसले मलाई दुःख भोग्न र सबथोक बलिदान दिन इच्छुक बनायो। अन्तोगोत्वा, शैतानले मलाई उसले जहाँ चाहेको थियो, त्यही ल्याइपुर्‍यायो। यो परमेश्‍वरले भन्नुभएको जस्तै थियो: “जबसम्‍म मानिसहरूले ख्याति र प्राप्तिको बारेमा मात्रै सोच्‍न सक्छन् तबसम्‍म मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि शैतानले ख्याति र प्राप्तिको प्रयोग गर्छ। तिनीहरूले ख्याति र प्राप्तिको लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिको लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिको लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिको लागि नै आफूसँग भएको सबै कुराको बलिदान गर्छन्, अनि तिनीहरूले ख्याति र प्राप्तिकै खातिर कुनै पनि मूल्याङ्कन वा निर्णय गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र तिनलाई हटाउनको लागि तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रिन्छन्। यही ख्याति र प्राप्तिको खातिर नै, मानिसहरूले परमेश्‍वरलाई त्याग्छन् र उहाँलाई धोका दिन्छन्, अनि झन्-झन् बढी दुष्ट बन्दै जान्छन्। त्यसकारण, यसरी शैतानको ख्याति र प्राप्तिको बीचमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ६”)। शैतान वास्तवमा कति घृणित छ भनेर मैले देखेँ र परमेश्‍वरलाई मेरो अन्तस्करणबाट धन्यवाद दिएँ। जब मलाई शैतानले कुनोमा लगेको थियो, परमेश्‍वरले बसी-बसी हेर्नुभएन, उहाँले आफ्नो मुक्तिको हात मतर्फ बढाउनुभयो, आफ्ना वचनहरूले मलाई सान्त्वना दिनुभयो, प्रोत्साहन गर्नुभयो र मलाई मेरो पीडाको स्रोत पत्ता लगाउन सहयोग गर्नुभयो। मानिसहरूलाई सबैभन्दा बढी प्रेम परमेश्‍वरले मात्रै गर्नुहुन्छ। सत्यता व्यक्त गर्न, हामीलाई दुष्‍टबाट असल र नकारात्मकबाट सकारात्मक छुट्याउन सिकाउन उहाँ देहधारी हुनुभयो। मलाई थाहा भयो, म अब गलत मार्गमा अघि बढ्न सक्दिन, ख्याति र प्राप्तिलाई पछ्याउँदै मेरो जीवन बिताउन सक्दिन। मैले सृष्टिकर्ताको आराधना गर्नुपर्छ। त्यसपछि, मैले मेरो फुर्सदको बढीभन्दा बढी समय परमेश्‍वर वचनहरू पढ्न र दाजुभाइ-दिदीबहिनीहरूसँग मैले नबुझेका विषयमा सङ्गति गर्न खर्च गरेँ ताकि हामीले एक-अर्कालाई सहयोग र साथ दियौँ सकौँ। थाहै नपाई मैले केही सत्यहरू बुझिसकेकी थिएँ र केही कुराहरूउपर मेरो पकड राम्रो भएको थियो। मेरो दिमाग धेरै नै शान्त भएको थियो। बिस्तारै, मेरो अनिद्रा पनि हराउन थाल्यो, र मेरो पेटको दुखाइ र सुन्निएको पित्तथैली पनि निको भयो। ख्याति र प्राप्तिको पछि लागेको भए यी कुराहरू हासिल गर्न सक्दिनथेँ। मैले आत्मिक स्वतन्त्रताको वास्तविक अनुभूति गर्न पाएँ।

त्यसपछि, मैले मेरा सारा सहकर्मीहरू बढुवाका लागि काम गरेको देखेँ र मेरोभन्दा कमजोर व्यावसायिक क्षमता भएका, केही त मैले तालिम दिएकाहरू पनि थिए, सबै सह-प्राध्यापक बने। मैले केही गुमाएँ जस्तो लाग्यो। मेरो स्वास्थ्य स्थिति नबिग्रेको भए र यसले मलाई करिब एक दशकपछाडि नधकेलेको भए, मेरो विज्ञ सीपका साथ, म कम्तीमा सह-प्राध्यापमक भइसकेकी हुनेथिएँ। तर म पहिले कसरी बढुवाको पछाडि लाग्थेँ र कसरी बिरामी शरीर, पीडा र दुःख पाएँ भनेर सोच्दा, यी सबै शैतानका धूर्त योजनाहरू हुन् भन्ने बोध भयो। शैतानले मेरा इच्छाहरूको प्रयोग गरी मलाई ख्याति र प्राप्तिको भूमरीमा तानेको थियो। यदि म ख्याति र प्राप्तिको पछाडि फेरि लागेँ भने, मैले मेरो जीवनसमेत गुमाउन सक्छु। त्यसको के नै अर्थ हुन्छ र? मैले प्रभु येशूले भन्नुभएको कुरा सम्झेँ: “किनकि यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?” (मत्ती १६:२६)। र सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ: “एक सामान्य व्यक्ति र परमेश्‍वरको प्रेमलाई खोजी गर्ने व्यक्तिको रूपमा, परमेश्‍वरका मानिसहरूमध्ये एक बन्‍नको लागि राज्यमा प्रवेश गर्नु नै तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वको जीवन हो; तिमीहरू जत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्‍वरमा विश्‍वास नगर्नेहरू देहको लागि जिउँछन्, र तिनीहरू शैतानको लागि जिउँछन्, तर आज तिमीहरू परमेश्‍वरको लागि जिउँछौ, र परमेश्‍वरको इच्‍छालाई पूरा गर्नको लागि नै जिउँछौ। यही कारणले गर्दा नै तिमीहरूको जीवन सबैभन्दा महत्त्वपूर्ण छ भनेर म भन्छु” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ”)। मैले परमेश्‍वरका वचनहरूबाट उहाँको इच्छा बुझेँ। मानिसको हैसियत जतिसुकै उच्च भए नि वा तिनीहरूको इज्जत जे-जस्तो भए नि, ख्याति र धनको पछाडि लाग्नु गलत मार्ग हो र यो मृत्यु निम्त्याउने मार्ग हो। यो मार्गमा लागेर हामीले परमेश्‍वरको आशिष्‌ वा सुरक्षा पाउन सक्दैनौं। सत्यको खोजी गरेर र आफ्नो कर्तव्य पूरा गरेर, परमेश्‍वरका कार्यहरूको अनुभव गर्दै आफ्ना भ्रष्‍टताहरूबाट छुट्कारा पाएर र परमेश्‍वरलाई जान्न खोजेर मात्रै हामीले महत्त्व र मूल्यसहितको जीवन र अन्ततः परमेश्‍वरको आशिष्‌ पाउन सक्छौँ। कुनै पनि व्यक्तिले पाउनुपर्ने वास्तविक भविष्य यही नै हो। मैले देहका सरोकारहरूलाई सन्तुष्‍ट पार्न प्रयास गरिरहेकी भए, परमेश्‍वरले मलाई आशिष्‌ नदिनुहुने मात्रै होइन, उहाँले मलाई वास्तवमै घृणा गर्नुहुन्थ्यो। मसँग मैले चिनेका मानिसहरूको वास्तविक जीवनका केही उदाहरण छन्: मेरो हाकिमको छोरीले कलेज पास गरिन् र विदेशमा राम्रो करियर बनाइन्। तर चर्को प्रतिस्पर्धाले भरिएका वर्षहरूपछि एकदमै तनावमा रहेर उनी डिप्रेसनमा गइन् र एउटा भवनबाट हाम फालेर आत्महत्या गरिन्। र मेरो साथीको छोरा कलिलै उमेरमा प्रबन्धक बन्यो र सफल भयो, तर सामाजिक भेटघाटमा धेरै रक्सी पिउनाले उसको कलेजो बिग्रियो। ऊ ६ महिना पनि नबित्दै बित्यो र पीडाले मेरो साथीको कपाल रातारात फूल्यो। मैले परमेश्‍वरका यी वचनहरू एकचोटि पढेको सम्झन्छु: “मानिसहरूले पैसाले जीवन किन्‍न सक्दैन, ख्यातिले मृत्यु मेट्न सक्दैन, न त पैसाले न त ख्यातिले व्यक्तिको आयु केवल एक मिनेट वा केवल एक सेकेन्ड नै बढाउन सक्छ भन्‍ने महसुस गर्छन्” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ३”)। ख्याति र प्राप्तिले मानिसहरूलाई दुःखबाट छुट्कारा दिन सक्दैन र तिनीहरूको जीवन पनि बचाउन सक्दैन। तिनीहरूले क्षणिक खुशीपछि मानिसहरूलाई मृत्युकुण्डमा धकेल्न लालच देखाउन मात्रै सक्छन्। यो बुझेपछि, म मेरो वरिपरिका मानिसहरूबाट कहिल्यै फेरि विचलित वा प्रभावित भइनँ। मसँग भएको सीमित समयलाई म सत्यको खोजी गर्न तथा परमेश्‍वरलाई बुझ्न, परमेश्‍वरको सर्तअनुसार बाँच्न र परमेश्‍वरको घरमा मेरो कर्तव्य पूरा गर्न इच्छुक भएँ।

एकदिन, मलाई अर्को अस्पतालको निर्देशकको फोन आयो। उनले भने, “तपाईँले अवकाश लिनुभएकोले, यस खुसीयालीमा हामी तपाईँको लागि एउटा भोजको योजना गर्ने गरेका छौँ र हामीले पहिले कुरा गरेको सहकार्यको बारेमा कुरा गर्न सक्नेछौं। हाम्रो अस्पतालमा तपाईँका पुराना बिरामीहरूलाई तान्नका लागि हामी तपाईँको सुपरिवेक्षक चिकित्सकको इजाजतपत्रलाई झुण्ड्याउन चाहान्छौँ। तपाईँले हाम्रो लागि काम गर्न सक्नुहुन्छ, वा तपाईँ शेयरधनी बन्न सक्नुहुन्छ। यो तपाईँमा नै निर्भर रहन्छ।” जब मैले यो सुने, मैले आफूलाई रोक्न सकिन र सोचेँ, “मैले ख्याति र प्राप्तिको पछि लागेर जीवनको अधिकांश समय खर्च गरे र यसबापत मैले के पाएँ? के मैले मेरो पूरा जिन्दगी ख्याति र प्राप्तिमा पूरिएर बिताउने हो र? ख्याति र प्राप्तिको पछाडि लाग्नुको पीडाबाट छुट्कारा पाउनु सजिलो थिएन। मैले रात-बिरात काम गर्नु, वा पूरा दिन चिन्ता र डरबीच बाँच्नु आवश्यक छैन। परमेश्‍वरमाथिको विश्‍वास र सत्यको बुझाइले मलाई दिलाएको मनको शान्ति मैले चाखेको छु। म बरु यो खुशीलाई च्यापिरहन चाहन्छु। यसबाहेक, मैले अस्पतालमा मेरो इजाजतपत्र मात्रै झुण्ड्याए पनि, कुनै समस्या भयो भने म त्यहाँ जानैपर्छ, र के त्यसले मेरो कर्तव्य पूरा गर्ने कार्यमा अवरोध गर्दैन र?” मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको बारेमा सोचेँ: “अहिले, प्रत्येक दिन तिमीहरू जिउनु महत्वपूर्ण छ र तिमीहरूको गन्तव्य र तिमीहरूको भवितव्यको लागि यो अत्यन्तै महत्त्वपूर्ण छ, त्यसैले तिमीहरूले आफूसँग आज भएको सबै कुरालाई सम्हाल्नुपर्छ र बित्ने प्रत्येक मिनेटलाई महत्त्व दिनुपर्छ। तिमीहरूले यो जीवन व्यर्थमा बाँच्नु नपरोस् भन्नाका खातिर आफूलाई उच्चतम लाभहरू दिनलाई सकेसम्म धेरै समय दिनुपर्दछ” (वचन देहमा देखा पर्नुहुन्छको “तँ कोप्रति निष्ठावान् छस्?”)। म भाग्यमानी थिएँ र परमेश्‍वरलाई खोजी गर्ने दुर्लभ अवसर पाएँ। मलाई परमेश्‍वरले जीवनको अर्थ बुझाउनुभयो, र पीडाको कूण्डबाट बाहिर ल्याउनुभयो। म शैतानको पकडमा कसरी फिर्ता जान सक्थेँ र? परमेश्‍वरको कामको अन्त्य आउँदै थियो र मैले अझै सत्य प्राप्‍त गरेकी थिइनँ। मैले प्रत्येक दिनलाई महत्त्व दिनु थियो र मेरो सीमित समयमा सत्यको खोजी गर्नु थियो। र त्यो नै सुन्दर जीवन हो! परमेश्‍वरको इच्छा बुझेपछि, मैले निर्देशकको प्रस्ताव अस्वीकार गरेँ। मैले फोन राख्नेबित्तिकै, मैले पहिलेको भन्दा स्वतन्त्र महसुस गरेँ। मैले आफूलाई रोक्न सकिनँ र भनेँ “मैले ख्याति र प्राप्तिको पछि लाग्न धेरै अगाडि छोड्नुपर्थ्यो।” अरू अस्पतालहरूले पनि मसँग सहकार्य गर्ने कुरा राखे र मैले सबैलाई नाइँ भनेँ। अहिले, म मेरो कर्तव्य पूरा गर्न प्रतिबद्ध छु। म प्रत्येक दिन सहज र सन्तुष्‍ट महसुस गर्छु। यो यस्तो कुरा हो जुन कुनै भौतिक आनन्द वा ख्याति वा हैसियतले ल्याउन सक्दैन। मलाई बचाउनुभएकोमा म सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद दिन चाहन्छु!

अघिल्लो: दुर्भाग्यको माध्यमबाट आशिष्‌ प्राप्त गर्नु

अर्को: धन-दासको जागरण

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरलाई मेरो हृदय दिँदा

क्षिन्चे, दक्षिण कोरियावर्ष २०१८ को जुन महिनामा, मैले राज्यको स्तुतिगानको प्रदर्शनका लागि अभ्यास गरें। परमेश्‍वरको प्रशंसा गर्दै र उहाँको...

पतनअघि अहङकार आउँछ

क्षिन्‍जिए, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्