धन-दासको जागरण

क्षिङ्ग्वु, चीन

म सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न मैले बार बनाएर बेच्थें। एक पटक, म खेतमा काम गरिरहेकी थिएँ र मेरो कान्छी औँला काट्न पुगेँ। त्यसको उपचार गर्नका लागि मसँग पैसा थिएन, त्यसैले त्यो कहिल्यै पूर्ण रूपमा निको भएन। मैले अझैसम्म यो मेरो औँलो पूरै तन्काउन सक्दिनँ। मेरो बिहे भएपछि पनि, म र मेरो श्रीमान् गरिब नै थियौँ। हाम्रा साथीसङ्गी र आफन्तहरूले हामीलाई हेला गर्थे र हामीबाट टाढिन्थे। जब म धनी मानिसहरूले सम्मान पाएको देख्थें, उनीहरूले कुनै चिन्ता नगरिकन खाएको र लाएको देख्थें, म उनीहरूको आरिस गर्थेँ। मानिसहरूले सधैँ भन्छन्: “दुनियाँ पैसाको इसारामा चल्छ,” “पैसा सबथोक होइन, तर योविना काम चल्दैन,” र “आफ्नो डम्फु आफ्नै ताल।” त्यति बेला, मलाई यी सबै कुरा सत्य लाग्थ्यो। पैसा भयो भने, राम्रो खाना र नाना हुन्छ, र पैसाले नै सम्मान र प्रशंसा ल्याउँछ। म पैसा नै सबै कुरा हो भन्ने सोच्थें। मैले कडा मेहनत गर्ने र धेरैभन्दा धेरै पैसा कमाउने कसम खाएकी थिएँ। म गरिबीबाट उन्मुक्ति चाहन्थेँ, र धनी मान्छे जस्तो जिउन चाहन्थेँ।

पछि, म र मेरो श्रीमान्‌लाई एउटा विद्यालयको चमेनागृह चलाउन नियुक्ति गरियो। त्यहाँ प्रत्येक दिन सयौं मान्छेले खाना खान्थे। पैसा जोगाउनका लागि हामीले एक जना मात्रै कामदार राख्यौं। म र मेरो श्रीमान् प्रत्येक दिन बिहान ४ बजेदेखि आधा रातसम्म खट्थ्यौं। मलाई नराम्रोसँग रुघाखोकी लाग्दा पनि म काम गरिरहन्थें। थप पैसा कमाउन, हामीले खेतीको पनि धेरै काम लियौं। एकदमै व्यस्त हुने समयमा, हामीले बाली रोप्न अतिरिक्त समय काम गर्थ्यौं र राती फसल काट्थ्यौं। हामीले दिनरात काम गरेको भएर, मलाई प्रायः रिँगटा पनि लाग्थ्यो। कहिलेकाहीँ, म तरकारी काट्दा-काट्दै झुल्थें, र औँला काट्न पुग्थें। त्यो काटेको ठाउँ नून र पानीमा चोबिन्थ्यो। एकदमै दुख्थ्यो। म एकदमै थाक्दा थाक्दै पनि, जब मेरो कमाइ उकालो लाग्थ्यो, म खुशी हुन्थें। यत्रो दुःख गर्नु सबै सार्थक लाग्थ्यो। म जब ती धनी मान्छेहरूलाई सुन्दर लुगा लगाएको, खाएको र हाँसेको देख्थें, मैले आफैलाई भन्थें, “मैले अझै धेरै पैसा कमाउनुपर्छ!” मैले कडा मेहनत गरेँ भने, ढिलो चाँडो म धनीको दर्जामा पुग्छु भन्ने सोच्थें।

प्रत्येक दिन चिसो पानी खेलाउँदा, मलाई गम्भीर बाथ रोगले चेप्यो। मेरा जोर्नीहरू बिग्रिन थाले। र कयौं वर्षको थकानपूर्ण कामले, मेरो मेरुदण्डको एउटा हड्डीले ठाउँ छोड्यो, जसका कारण मेरो हड्डीमा मासु पलायो र एकदमै ढाड दुख्ने भयो। शल्यक्रिया गर्नुपर्छ, र तीन महिनासम्म अस्पतालमा बस्नुपर्छ भनेर डाक्टरले भने, तर मलाई पैसा कमाउन छोड्न मन थिएन, त्यसैले मैले मानिनँ। मेरो लागि त तीन दिनको समय पनि एकदमै लामो हुन्थ्यो। त्यसैले, मैले दिनरात नभनी काम गरिरहेँ। अन्त्यमा, कहिल्यै समयमा खान वा पर्याप्‍त सुत्न नपाएकाले, मेरो पेट नै तल सर्‍यो र पेट र आन्द्रा नराम्ररी पोल्न थाल्यो। लगत्तै, मेरो पाठेघरमा मासु पलाएको देखियो, आङ्ग खस्यो, मुटु रोग लाग्यो, मुटुको तन्तु पोल्न थाल्यो, र गम्भीर रक्त अल्पताले समात्यो। एकपछि अर्को रोग लाग्‍न थाल्यो। मलाई सहनै नसक्ने गरी दुख्थ्यो, र म राती निदाउन सक्दिनथेँ। मैले बगाएको आशुको त गन्ती नै छैन। मलाई के गर्ने थाहा थिएन। मैले सोचे: “यसरी बाँच्‍नुको के अर्थ भयो र? के हामीले हाम्रो जीवन पैसा कमाउन सङ्घर्ष गर्दैमा बिताउने हो र?” मसँग कुनै उत्तर थिएन। मलाई लाग्थ्यो समाजमा भएका कुनै पनि कुरा हासिल गर्नका लागि पैसा चाहिन्छ। त्यसैले मैले आफैलाई भनेँ: “जबसम्म म उभिन सक्छु, म काम गरिरहन सक्छु।” र यसरी, म फेरि पैसा कमाउनतिर लागेँ। तर एक दिन, म अस्पताल गएँ, र ममा दुई प्रकारको क्यान्सर देखियो—भर्खरै सुरु भएको फोक्सोको क्यान्सर र स्तन क्यान्सर। जब उनीहरूले मलाई यो कुरा बताए, अनायासै, मलाई कमजोरी महसुस भयो। म मेरो ओछ्यानमा पल्टिएँ र घण्टौंसम्‍म रोएँ। उपचारका लागि म सबै प्रकारका अस्पतालहरूमा पुगेँ र लगभग हाम्रो सबै बचतको पैसा सकेँ। तर बीसको उन्नाइस पनि भएन, र मैले खान थालेको औषधिले मेरो जिउ पूरै सुनियो। प्रत्येक रात, जब सबै सुनसान हुन्थ्यो, म, निराश भएर, ओछ्यानमा पल्टिएर झ्यालबाट बाहिर हेर्दै टोलाउथें, मैले मेरो जीवन पैसा कमाउनमा बिताएकी थिए, र धनी हुन नसक्‍ने बाहेक, मेरो स्वास्थ्य पनि बिग्रियो, र मेरो जीवन दयनीय बन्यो। यसरी बाँच्‍नुको के अर्थ? अझ धेरै पैसा कमाउने प्रयासमा म आफैलाई मार्न चाहन्नथें। तर मेरो श्रीमानलाई पैसासँग प्रेम थियो। उहाँले भन्नुहुन्थ्यो: “जबसम्म तिमी जीवित छौ, काम गर्न नछोड!” उहाँको बेवास्ताले मलाई दुःखी र निराश बनायो, तर त्योभन्दा पनि बढी त लाचार बनायो। म भर्खर ४०औँ वर्षमा हिँड्दैथिएँ। मैले कहिल्यै खुशी जीवन जिउन पाएकी थिइन। मैले मेरो छोराको बिहे देख्न बाँकी नै थियो। म त्यसरी मर्न तयार थिइन। म बाँच्न चाहन्थेँ। तर पैसाविना, कसरी उपचार गराउनु र कसरी बाँच्नु? एकमात्र उपाय भनेको पैसा कमाइरहनु थियो। त्यसैले, औषधि लिँदै म काम गर्न थालेँ।

एक वर्षपछि मेरो श्रीमान्‌ले हाम्रो बचतमा उब्रेको पैसाले कोइलाको बिक्रेट कारखाना खोल्नुभयो। अर्को वर्ष, उहाँले तेल निकाल्ने कारखाना खोल्नु भयो। प्रत्येक दिन, बिरामी हुँदाहुँदै पनि म दुवै कारखाना जान्थेँ, अप्ठ्यारो काम गर्थेँ। वर्षौं वर्षको कडा मेहनतपछि, अन्ततः हामीले केही पैसा कमायौं। हामीले सहरमा घर किन्यौं, कार किन्यौं, र हामीले भौतिक जीवनको आनन्द उठायौं। हाम्रा साथीभाइ तथा आफन्तहरू हाम्रो चापलुसी र प्रशंसा गर्थे। हाम्रो सामाजिक हैसियत परिवर्तन थियो। हाम्रो पहिचान नयाँ भएको थियो। हामी आफैँसँग एकदमै खुशी थियौँ। वर्षौसम्मको यो दुःख अन्ततः सार्थक लाग्न थालेको थियो। तर सुखी समय धेरै टिक्दैन। वर्षौंसम्‍मको दुःखपछि, मेरो शरीर शिथिल हुन थालेको थियो। डाक्टरले मलाई भने: “तपाईंका रोगहरू एकदमै जटिल छन्। तपाईंको कुनै पनि अङ्ग राम्ररी चलेको छैन। हामीले गर्नसक्ने केही पनि छैन।” उनको शब्द मृत्युदण्डको आदेश जस्तो बनेर आयो। मैले यो खबर स्वीकार गर्न सकिनँ। के मैले अब घर गएर मृत्युको प्रतीक्षा गर्नु पर्ने हो? मसँग पैसा थियो र मैले मेरो भौतिक जीवनको आनन्द उठाउँदै थिएँ। तर त्यसको के अर्थ भयो र? जतिसुकै पैसाले पनि मलाई बचाउन नसक्ने भयो। रोगको पीडाले मलाई झन्डै मर्न मन लाग्ने बनायो। म अरू के नै पो गर्न सक्थेँ र? मेरो अपेक्षा विपरीत, मैले मास्तिर हेरेँ र कराएँ: “स्वर्गहरू! मलाई बचाउनुहोस्!”

मेरो सबैभन्दा हताश क्षणमा, मेरी साथीले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार सुनाइन्। उनले भनिन्, मानवजातिलाई मुक्त गर्न, सत्य व्यक्त गर्न, तथा जीवनको रहस्यहरू सुल्झाउन परमेश्‍वर आखिरी दिनहरूमा देहधारी हुनुभएको छ। उहाँले दुष्टता र संसारको अँध्यारोको स्रोत, हाम्रो जीवन किन यति रिक्त र दुःखले भरिएको छ, रोग कहाँबाट आउँछ, हाम्रो भाग्य कसको हातमा छ, हाम्रो जीवनलाई वास्तवमा केले अर्थ दिनसक्छ र अझै धेरै कुरा प्रकट गर्नुहुन्छ। योभन्दा बढी, उनले भनिन् कि उहाँका वचनहरू पढेर र सत्यलाई बुझेर, हामीले यी कुराहरू बुझ्न सक्छौं, अनि हाम्रो दुःख हराउनेछ। मेरी साथीले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एक अनुच्छेद पढेर सुनाइन्, “मानिसहरूले भोग्ने जन्म, मृत्यु, बिराम अनि वृद्धावस्था हुने आजीवन कष्टको स्रोत के हो? के कुराले मानिसहरूमा यी कुराहरू आउने तुल्यायो? मानिसहरूलाई सर्वप्रथम सृष्टि गरिएको बेला तिनीहरूमा यी कुराहरू थिएनन्, थिए त? त्यसो भए, यी कुराहरू कहाँबाट आए त? मानिसहरूलाई शैतानले परीक्षामा पारेपछि र तिनीहरूको देह विकृत भएपछि यी कुराहरू अस्तित्वमा आए। शैतानले मानवजातिलाई भ्रष्ट तुल्याइसकेपछि मात्र मानव देहको पीडा, यसका वेदनाहरू, अनि यसका रिक्तताहरू र साथसाथै मानव संसारका अति नै दयनीय मामलाहरू आए। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याइसकेपछि, त्यसले तिनीहरूलाई सताउन सुरु गर्‍यो। फलस्वरूप, तिनीहरू झन्-झन् विकृत हुँदै गए। मानवजातिका रोगहरू झन्-झन् तीव्र बन्दै गए अनि तिनीहरूको कष्ट झन्-झन् गम्भीर बन्दै गयो। बढ्दो रूपमा, मानिसहरूले मानव संसारको रिक्तता र वियोग अनुभूति गर्दै गए, साथसाथै तिनीहरूले यहाँ निरन्तर बाँचिरहन सक्दैनन् भन्‍ने अनुभूति गर्दै गए, अनि तिनीहरूले संसारको लागि झन्-झन् कम आशा अनुभव गर्दै गए। यसरी, यो कष्ट मानिसहरूमा शैतानले ल्याइदियो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरले सांसारिक कष्ट चाख्नुको महत्त्व”)।

त्यसपछि मेरी साथीले सङ्गतिमा भनिन्: “जब परमेश्‍वरले हामीलाई बनाउनुभयो, मृत्यु, रोग वा चिन्ताविना, हामी सबै उहाँको सुरक्षामा बाँचेका थियौँ, अदनको बगैँचामा स्वतन्त्र भएर जिउँदै थियौँ। तर जब शैतानले मानवजातिलाई प्रलोभन देखायो र भ्रष्ट बनायो, हामीले परमेश्‍वरलाई धोका दियौं र उहाँको हेरचाह र सुरक्षा गुमायौं। हामी शैतानको राज्यक्षेत्रमा, शैतानका सिद्धान्तहरू अनुरूप जिउँछौँ। हामी झूटो बोल्दै, छल गर्दै र झगडा गर्दै, नाम, र दाम र हैसियतका लागि एक-अर्कासँग प्रतिस्पर्धा छौँ। हाम्रो आत्मामा रोग र पीडा र दुःख यहीँबाट आउँछ। र यो दुःख, यी चिन्ताले प्रत्येकलाई जीवन एकदमै पीडादायक, एकदमै थकाउने वा एकदमै गाह्रो छ भन्ने अनुभव गराउँछ। यी सबै शैतानले हामीलाई भ्रष्ट बनाएकाले हो। यो शैतानले हामीलाई कष्ट दिएको हो। तर परमेश्‍वर यो संसारमा देहधारी भएर हामीलाई मुक्त गर्न आउनुभएको छ। उहाँले सबै सत्यहरू व्यक्त गर्नुहन्छ, जसले हामीलाई मुक्ति हासिल गर्न र शुद्ध हुन सक्षम तुल्याउँछ। यदि हामीले परमेश्‍वरका वचनहरू पढ्यौं र जीवनमा अनुसरण गर्‍यौं भने, हामीले उहाँको सुरक्षा र मार्गदर्शन हासिल गर्न सक्छौं, भ्रष्टताबाट आफूलाई छुटकारा दिन र परमेश्‍वरको मुक्ति हासिल गर्न, र हाम्रो अन्तिम गन्तव्यमा उहाँद्वारा ल्याइन सक्छौं।” उनको कुरा सुनेर, ममा आशाको मुना पलायो। सर्वशक्तिमान्‌ परमेश्‍वरले मलाई दुःखबाट मुक्त गर्न सक्नुहुन्छ जस्तो लाग्यो त्यसैले सर्वशक्तिमान्‌ परमेश्‍वरको कार्यलाई हेर्न म सहमत भएँ। मेरी साथीले मलाई वचन देहमा देखा पर्नुहुन्छ को एक प्रति दिइन्। त्यसपछि, मैले प्रत्येक दिन परमेश्‍वरका वचनहरू पढेँ, र मेरा दाजुभाइ र दिदीबहिनीहरूलाई भेटेँ।

एक दिन मेरो भक्तिमय सेवाको बेला, परमेश्‍वरका वचनहरू पढेर सुनाएको एउटा भिडियो हेरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “तेरो पृष्‍ठभूमि जस्तोसुकै होस् र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि स्वर्गको व्यवस्थापन र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि तिनीहरूको गन्तव्य आफ्नै वशमा हुँदैन, किनकि सबै थोकमाथि शासन गर्नुहुने उहाँ मात्र यस्तो कार्य गर्न सक्षम हुनुहुन्छ। मानिस अस्तित्वमा आएको दिनदेखि नै ब्रह्‍माण्डलाई व्यवस्थापन गरेर, सबै थोक परिवर्तन हुने नियमहरू र तिनीहरूका चालहरूको मार्गचित्र निर्देशन गर्दै परमेश्‍वरले काम गर्नुभएको छ। सबै थोकहरूलाई जस्तै मानिसलाई पनि परमेश्‍वरबाट आएको मिठासपन, झरी र शीतले गुपचुप र अञ्‍जान रूपमा पोषण दिन्छ; सबै थोकहरू जस्तै, मानिस अन्जान रूपमा नै परमेश्‍वरको बाहुलीको व्यवस्थापनको मातहतमा जिउँछ। मानिसको हृदय र आत्मा परमेश्‍वरको हातमा हुन्छ, उसको जीवनको सबै थोकमा परमेश्‍वरले नजर राख्‍नुहुन्छ। तैँले यस कुरालाई विश्‍वास गर् वा नगर्, चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्‍वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्‍वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ”)। जब मैले यो भिडियो हेरेँ, मैले परमेश्‍वर हाम्रो सृष्टिकर्ता हुनुहुन्छ र उहाँले यावत् थोकमाथि शासन गर्नुहुन्छ भनेर बुझेँ। परमेश्‍वरले सबै मानवजातिका लागि आपूर्ति तथा पोषण गर्नुहुन्छ। हाम्रो भाग्य, हाम्रो जीवन तथा मृत्यु, र हाम्रा खुशी उहाँकै हातको हतकेलामा छन्। व्यस्त हुँदैमा र हतारो गर्दैमा हामीले यी कुरालाई बदल्न सक्दैनौं। तर मैले परमेश्‍वरको सार्वभौमिकता बुझिन। मैले आफ्नो भाग्य बदल्न, धनी बन्न, आफ्नै बलमा निर्भर रहने प्रयत्न गरेकी थिएँ। तर मैले अलिकति पैसा कमाएको भए तापनि, म कहिल्यै खुशी हुन सकिनँ। मेरो प्राण पीडामा थियो, र मेरो स्वास्थ्य बिग्रेको थियो। त्यसबेला मैले महसुस गरेँ: यदि मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनन् र उहाँलाई आराधना गर्दैनन् र यदि उनीहरूले उहाँको सार्वभौमिकताको पालना गर्दैनन्, र यदि उनीहरूले आफ्नो भाग्यलाई आफ्नो आकांक्षाको कारण विरोध गर्छन् भने, उनीहरूले व्यर्थमा कष्ट भोग्छन्, र मृत्युपछि उनीहरू नरक जान्छन्। त्यति बेला मैले परमेश्‍वर मात्रै मेरो साँचो सहयोग हुनुहुन्छ भनेर थाहा पाएँ, र मैले प्रार्थना गरेँ र मेरो स्वास्थ्य उहाँलाई सुम्‍पिदिएँ। म मरे पनि वा बाँचे पनि, म परमेश्‍वरको सार्वभौमिकताप्रति समर्पित हुने भएँ।

त्यसपछि म प्रायः मण्डलीको जीवनमा जोडिएँ। मैले मेरा दाजुभाइ र दिदीबहिनीहरूले आफ्नो कर्तव्य निभाउन र परमेश्‍वरलाई खुशी बनाउन खोज्दै, कसरी परमेश्‍वरका वचन पढ्दा रहेछन् र सत्यको अनुसरण गर्दा रहेछन् भनेर देखेँ, र मैले उनीहरूको साँच्चै सराहना गरेँ। म मेरो पुरानो जीवनबाट मुक्त हुन र नयाँ हिसाबले जिउन चाहन्थेँ। त्यसैले भेलाहरूमा उपस्थित हुन र मेरो कर्तव्य निभाउन मसँग थप समय हुने गरी मलाई बाटो देखाउन परमेश्‍वरलाई आग्रह गर्दै, मैले प्रायः परमेश्‍वरसँग प्रार्थना गरेँ। पछि, हाम्रो तेल निकाल्ने कारखाना नयाँ बाटो बनाउनका लागि अधिग्रहण गरियो। पहिले जस्तो दुई वटा कारखानामा यता उता धाउनु पर्न छोड्यो। अरूसँग भेटघाट गर्न र परमेश्‍वरको वचनको सङ्गति गर्न, परमेश्‍वरको वचनको बारेमा चिन्तन गर्न, र परमेश्‍वरको झनै नजिक जान मसँग थप समय थियो। मलाई प्रत्येक दिन सम्पन्न भएको महसुस भयो। त्यसको केही समयपछि, मेरो स्वास्थ्यमा धेरै नै सुधार आउन थाल्यो। मैले ऊर्जावान् भएको महसुस गरेँ, र मेरो शरीर अझै बलियो भएको महसुस भयो। मैले एकदमै आराम र सहजता महसुस गरेँ। म परमेश्‍वरप्रति धेरै नै आभारी थिएँ।

पछि मैले परमेश्‍वरका वचनहरू पढिएको अर्को भिडियो हेरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “‘दुनियाँ पैसाको इसारामा चल्छ’ भन्‍ने भनाइ शैतानको दर्शन हो, र यो सारा मानवजातिमा, हरेक मानव समाजमा हाबी छ। यो हरेक व्यक्तिको हृदयमा हालिएको हुनाले यो प्रचलन बनेको छ भनेर भन्‍न सकिन्छ। सुरुदेखि नै, मानिसहरूले यो भनाइलाई स्वीकार गरेनन्, तर जब तिनीहरू वास्तविक जीवनको सम्पर्कमा आए तिनीहरूले यसलाई मौन रूपमा स्वीकार गरे, अनि यी शब्‍दहरू वास्तवमा साँचो छन् भन्‍ने अनुभव गर्न सुरु गरे। के मानिसलाई भ्रष्ट तुल्याउने शैतानको प्रक्रिया यही होइन र? … त्यसकारण मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले यो प्रवृत्ति प्रयोग गरिसकेपछि, तिनीहरूमा यो कसरी प्रकट हुन्छ त? के कुनै पैसा भएन भने तिमीहरू यो संसारमा बाँच्‍न सक्‍दैनौ, पैसाविना एक दिन कटाउन समेत असम्‍भव हुन्छ भन्‍ने अनुभव गर्छौ त? मानिसहरूको सम्‍मान जस्तै, तिनीहरूको हैसियत तिनीहरूसँग कति पैसा छ भन्‍नेमा आधारित हुन्छ। गरिबको ढाड लाजले कुप्रो हुन्छ, तर धनीले आफ्‍नो उच्‍च प्रतिष्ठाको आनन्द लिन्छ। तिनीहरू ठाडो गरी अभिमानका साथ उभिन्छन् अनि उच्‍च स्वरमा बोल्छन् र अहङ्कारी रूपमा जिउँछन्। यो भनाइ र प्रवृत्तिले मानिसहरूकहाँ के ल्याउँछ? के धेरैजसो मानिसहरूले पैसाको लागि जे पनि बलि चढाउन सक्छन् भन्‍ने कुरा साँचो होइन र? के धेरै मानिसहरूले पैसाको पछि लाग्‍ने क्रममा आफ्‍नो गौरव र इज्‍जत गुमाउँदैनन् र? यसको साथै, के धेरै मानिसहरूले पैसाको लागि आफ्‍नो कर्तव्य निभाउने र परमेश्‍वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के यो मानिसहरूको लागि नोक्‍सानी होइन र? (हो।) के मानिसहरूलाई त्यस हदसम्‍म भ्रष्ट तुल्याउनको लागि यो विधि र यो भनाइको प्रयोग गर्न शैतान कुटिल छैन र? के यो दुर्भावनापूर्ण छल होइन र?” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ५”)। यो हेरेपछि, मैले बुझेँ कि मैले पीडा र थकानमा बिताएका यतिका दशकहरू शैतानको भ्रष्टता र समाजको प्रभावले मलाई सांसारिक प्रवृत्तिलाई पछ्याउन र पैसाको पूजा गर्न अग्रसर गराएको कारणले गर्दा रहेछ। मेरो बाल्यकालमा, गरिबीमा बाँचिरहँदा, म बहिष्कृत भएको थिएँ र मलाई हेपिन्थ्यो। जब म राम्ररी र सम्मानका साथ बाँचिरहेका धनी मानिसहरू देख्थें, यो संसारमा बाँच्नका लागि पैसा नै चाहिने रहेछ भन्नेमा म ढुक्क हुन्थें। “पैसा सबथोक होइन, तर योविना काम चल्दैन,” “दुनियाँ पैसाको इसारामा चल्छ,” “आफ्नो डम्फु आफ्नै ताल,” “पैसा नै पहिलो कुरा हो,” र “धनी बन्‍न मान्छेले जे पनि गर्छ।” शैतानका यी भ्रमहरूले मेरो हृदयमा जरा गाडेर बसेका थिए र मेरा सोचहरूलाई नियन्त्रण गरेका थिए। मलाई लाग्थ्यो पैसा नै सबै कुरा हो, यसले मलाई प्रशंसा, सम्मान दिलाउन सक्छ र खुशी बनाउन सक्छ। पैसा कमाउनुलाई मैले मेरो एक मात्र लक्ष्य बनाएँ, र अझ धेरै कमाउने मात्रै मेरो ध्यान रह्यो। मलाई रिँगटा लागे पनि वा म थाके पनि वा बिरामी परे पनि, र मेरो शरीरले थाम्न नसके पनि मैले खासै परवाह गरिनँ। जब म धनी हुने, धनी मान्छेले जस्तै जिउने बारेमा सोच्थें, म दाह्रा किट्थें र अघि बढ्थें। जब मलाई क्यान्सर भयो, त्यसले पनि केही फरक पारेन। वास्तवमा, यसले पैसालाई अझै धेरै महत्त्वपूर्ण बनाइदियो, किनभने उपचार गर्न तथा बाँच्नका लागि मलाई पैसा नै चाहिएको थियो। त्यति बेला पनि, पैसा कमाउने प्रयासलाई मैले रोकिनँ। म शैतानबाट बलियोसँग बाँधिएकी थिएँ र म अरू केही नभएर पैसाको दासी मात्रै थिएँ। मसँग कार, घर र केही पैसा हुँदाहुँदै, र सम्मान र प्रशंसाले घेरिएको भए तापनि, म पटक्कै खुशी हुन सकिनँ। मलाई धेरै रोग लागेको थियो, र क्यान्सर पनि थियो। मसँग भएको पैसाले मेरो पीडा हटाउन सकेन, र मेरो जीवन जोगाउन सकेन। मैले ठूलो पीडा र निराशा महसुस गरेँ। अझ धेरै पैसाले पनि हुनेवाला केही थिएन। पहिले, मैले मेरो जीवनलाई पैसासँग साटेको थिएँ। अहिले म पैसाले आफ्नो जीवन किन्दै थिएँ। पैसा कमाउनका लागि नै म बाँचेकी थिएँ, तर मेरो हात खाली थियो। त्यति बेला, मैले स्पष्ट बुझेँ कि, पैसा कमाउनका लागि मात्रै जिउनु गलत रहेछ। हामीलाई हानि पुर्‍याउन र भ्रष्ट बनाउन शैतानले प्रयोग गर्ने युक्ति पैसा नै रहेछ। पैसा त शैतानले हाम्रो घाँटी वरिपरि बाँधिदिएको कठालो रहेछ। यदि परमेश्‍वरको वचन हुँदैनथ्यो त, अहिलेसम्म पनि हामीलाई बाँध्न, नियन्त्रण गर्न र क्षति पुर्‍याउन शैतानले पैसाको प्रयोग कसरी गर्दो रहेछ भनेर म देख्न सक्नेथिइन, र शैतानले अझै पनि मलाई यातना दिँदै र खेलाउँदै, मलाई नाकको डाँडीबाट डोर्‍याइरहेको हुन्थ्यो। मानिसहरूले सत्य बुझेका थिएनन्, त्यसैले उनीहरूलाई कसरी जिउने भन्ने थाहा थिएन भनेर मैले देखेँ। पैसालाई प्राथमिकता दिँदै, उनीहरू पनि भीडको पछिपछि लागे। यो वास्तवमै लाजमर्दो कुरा हो। परमेश्‍वरको आवाज सुन्न पाउने, उहाँको सामुन्ने जाने र शैतानको दुर्व्यवहारबाट मुक्त भएकोमा म एकदमै भाग्यमानी थिएँ। यो परमेश्‍वरको मुक्ति थियो र मेरा हृदय उहाँप्रतिको कृतज्ञताले भरिएको थियो।

पछि, जब मेरो श्रीमान् केही सामान लिनका लागि बाहिर जानुहुन्थ्यो, कारखानामा मैले काम गर्नुपर्ने हुन्थ्यो। कहिलेकाहीँ, त्यही बेला बैठक पनि पर्थ्यो। म सहभागी त हुन्थें, तर मलाई दिक्क लाग्थ्यो। हृदयभित्र म आफूप्रति दोषी महसुस गर्थेँ। पैसा कमाउने ध्यानमा मैले आफैलाई कसरी बिरामी बनाएकी थिएँ भनेर म सोच्थें। डाक्टरले मलाई मृत्युदण्डको आदेश सुनाएका थिए। परमेश्‍वरले मलाई मृत्युशय्याबाट बचाउनुभएको थियो र मलाई दोस्रो मौका दिनुभएको थियो। तर मैले मेरा कर्तव्य निभाउन र उहाँको प्रेम तिर्न सकिनँ। परमेश्‍वरसँग मेरो बक्यौता रह्यो जस्तो मलाई लाग्यो। मैले प्रभु येशुले भन्नुभएको कुरा सम्झिएँ: “किनकि यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?” (मत्ती १६:२६)। र १ तिमोथी ६:८ मा यसो भनिएको छ: “भोजन र वस्त्र पाए हामी त्यसैमा नै सन्तुष्ट रहौं।” यदि पैसा कमाउँदा नै जीवन गुमाइन्छ भने, थप पैसा कमाउनुको के अर्थ भयो र? कोइलाको कारखानालाई भाडामा दिने बारेमा मैले विचार गरेँ। मैले थोरै पैसा कमाउथें, तर बाँच्नका लागि पर्याप्‍त हुन्थ्यो, र त्यसपछि मैले परमेश्‍वरको आराधना गर्न र मेरो कर्तव्य पूरा सक्थेँ। तर फेरि मैले विचार गरेँ। कोइला कारखानाले एकदमै राम्रो व्यापार गरिरहेको छ, र यो व्यापार सुरु गर्न एकदमै गाह्रो भएको थियो। यसरी छोड्नु लाजमर्दो हुन्छ। म हिचकिचाएँ। के गर्ने, नगर्ने मलाई थाहा थिएन, त्यसैले मैले परमेश्‍वरको सहयोगका लागि प्रार्थना गरेँ।

एक दिन मैले, परमेश्‍वरका वचनहरूमा यी कुरा पढेँ: “तर यो स्थितिबाट आफूलाई मुक्त गर्ने एउटा अत्यन्तै सरल तरिका छ र यो सरल तरिका भनेको जीवन जिउने आफ्नो पुरानो तरिकालाई बिदा गर्नु हो; आफ्‍नो जीवनका पहिलेका लक्ष्‍यहरूलाई बिदा गर्नु हो; आफ्‍नो पहिलेको जीवनशैली, जीवन सम्‍बन्धी दृष्टिकोण, खोजी, इच्‍छा, र आदर्शहरूलाई सारांशित र विश्‍लेषण गर्नु हो; त्यसपछि तिनलाई मानिसप्रतिको परमेश्‍वरका इच्‍छा र मागहरूसँग तुलना गरेर तीमध्ये कुनै पनि कुराहरू परमेश्‍वरका इच्‍छा र मागहरूअनुरूप छन् कि छैनन्, तीमध्ये कुनै पनि कुराहरूले जीवनका सही मूल्यहरू प्रदान गर्छन् कि गर्दैनन्, व्यक्तिलाई सत्यतासम्‍बन्धी वृहद बुझाइमा लैजान्छन् कि लैजाँदैनन्, अनि व्यक्तिलाई मानवता र मानवजातिको स्वरूपमा जिउने तुल्याउँछन् कि तुल्याउँदैनन् भनेर हेर्नु हो। जब तैँले मानिसहरूले जीवनमा पछ्याउने विभिन्‍न लक्ष्यहरू र तिनीहरूका जिउने अनेक तरिकाहरूलाई बारम्‍बार अनुसन्धान र होसियारीसाथ विश्‍लेषण गर्छस्, तब तैँले तीमध्ये एउटै पनि मानवजातिलाई सृष्टि गर्दा सृष्टिकर्ताले जुन अभिप्राय राख्‍नुभएको थियो त्यो मौलिक अभिप्रायअनुरूप नरहेको पाउनेछस्। ती सबैले मानिसहरूलाई सृष्टिकर्ताको सार्वभौमिकता र हेरचाहबाट टाढा लैजान्छन्; ती सबै मानिसहरूलाई भ्रष्ट तुल्याउने, तिनीहरूलाई नर्कतर्फ डोर्‍याउने पासोहरू हुन्। तैँले यो कुरालाई पहिचान गरिसकेपछि, तैँले गर्नुपर्ने काम भनेको जीवनसम्‍बन्धी तेरो पुरानो विचारलाई पन्छ्याउनु हो, विभिन्‍न पासोहरूबाट टाढा बस्‍नु हो, परमेश्‍वरलाई तेरो जीवन नियन्त्रण गर्न र तेरो लागि बन्दोबस्तहरू गर्न दिनु हो; यो भनेको परमेश्‍वरका योजनाबद्ध कार्यहरू र अगुवाइमा मात्रै समर्पित हुने प्रयास गर्नु हो, व्यक्तिगत छनौटविना नै जिउनु हो, अनि परमेश्‍वरलाई आराधना गर्ने व्यक्ति बन्‍नु हो” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ३”)। परमेश्‍वरका वचनहरू पढिरहँदा, धनी बन्ने प्रयास गर्दै, म पहिले निर्भर रहेको जीवनसम्बन्धी शैतानका नियमहरूका बारेमा सोचेँ। मैले सोचेकी थिएँ कि “दुनियाँ पैसाको इसारामा चल्छ” र “पैसा सबथोक होइन, तर योविना काम चल्दैन।” धनी बन्नका लागि, र मानिसहरूको आदर पाउनका लागि, मैले पैसाका लागि सङ्घर्ष गर्नु परेको थियो। ती दिनहरू पीडादायी र दुःखद थिए। के पैसा त्यति धेरै महत्त्वपूर्ण थियो? पैसाले मलाई वास्तवमा के दियो? मैले घर, गाडी किन्न सकेँ, यसले मलाई राम्रो भौतिक जीवन जिउन मद्दत गर्‍यो, र मैले सम्मान पनि पाएँ, र यसले मेरा लागि अस्थायी दैहिक सुख दिन सक्यो। तर यसले मेरो हृदयमा भएको रिक्तता भर्न सकेन, वा मेरो पीडा रोक्न सकेन, यसले मेरो लागि शान्ति वा हर्ष ल्याउन सकेन, यसले रोगका कारण मैले बेहोरेको कठिनाइको अन्त्य गर्न सकेन, र यसले मेरो जीवन बचाउन सकेन। मैले मेरो ठाउँको स्थानीय विद्यालयको प्रधानाध्यापकका बारेमा सोचेँ। उनीसँग पैसा र हैसियत थियो तर उनी क्यान्सर लागेर बिते। पैसा र हैसियतले उनलाई कठिनाइ र मृत्युबाट जोगाउन सकेन। पीडा र रिक्तताले भरिएको जीवन बाँचेका र यी अवस्थालाई अन्त्य गर्न आफ्नै ज्यान लिएका धनी मानिसहरूका बारेमा मैले सुनेकी थिएँ, साथै झूटो बोलेका, छल गरेका, लडेका र अरूलाई धोका दिएका, मात्र पैसाका लागि सबै मानवता र विवेक गुमाएका मानिसहरूका बारेमा पनि सुनेकी थिएँ। यी सबै कथाहरू, र मेरो आफ्नै अनुभवले पनि, मलाई पैसाको लाभको पछि मात्रै लाग्दा मानिसहरू अझ भ्रष्ट, र अझ पतित हुन्छन् भनेर बुझ्न सक्ने बनायो। यसले उनीहरूलाई परमेश्‍वरबाट टाढा र पापतर्फ लैजान्छ। मैले अय्यूबका बारेमा सोचेँ, जो कुनै पनि पैसा वा भौतिक सुखको पछि लागेनन्। अय्यूबले परमेश्‍वरको सार्वभौमिकता स्वीकार गरे र यावत् थोकभित्र उहाँको कार्यहरू जान्न खोजे, र, अन्त्यमा, परमेश्‍वरको आशीर्वाद प्राप्त गरे। जब येशूले उनलाई बोलाउनुभयो, पत्रुसले परमेश्‍वरलाई पछ्याउन कसरी सबै कुराहरू पन्छाए भनेर मैले सोचेँ। उनले परमेश्‍वरलाई जान्न खोजे र परमेश्‍वरलाई प्रेम गरे, र परमेश्‍वरले उनलाई सिद्ध पार्नुभयो, र उनलाई अर्थपूर्ण जीवनतर्फ डोर्‍याउनुभयो। यसबाट, मैले के कुरा बोध गरेँ भने, परमेश्‍वरलाई जान्नु, उहाँको आराधना गर्नु, उहाँका वचनहरू अनुसार जिउनु, र उहाँको प्रशंसा प्राप्त गर्नु, जीवनका सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्। विश्‍वास गर्न सुरु गर्नु र सही बाटो पत्ता लगाउनु मेरो लागि गाह्रो कुरा थियो। यदि म धन सम्पत्ति र सांसारिक आनन्दको पछि लागिरहेँ, र सत्य तथा मुक्तिको खोजीलाई त्यागेँ भने, यो मूर्खता हुन्छ भनेर मलाई थाहा थियो। यो सोचेपछि मैले शान्ति महसुस गरें। म अझै पनि पैसाको दास भइरहन चाहिन। मलाई सत्यको अनुसरण गर्न थप समय र ऊर्जा मात्र चाहिएको थियो। त्यसपछि, मैले उक्त कारखानालाई भाडामा दिनका लागि मेरो श्रीमान्‌सँग छलफल गरेँ। परमेश्‍वरको आश्‍चर्यजनक योजनाबद्ध कार्यहरूको मद्दतले, हामीले उक्त कारखाना भाडामा दियौं। म नियमित रूपमा भेलाहरूमा सहभागी हुन र मेरो कर्तव्य पूरा गर्न सक्षम भएँ।

दुई वर्षपछि, अचानक मेरो श्रीमान् बिरामी पर्नुभयो र उहाँको देहान्त भयो। उहाँको मृत्यु मेरो लागि एकदमै गाह्रो थियो र यसले मलाई जीवन कति क्षणिक छ भनेर देखाइदियो। मेरो श्रीमान्‌ले आफ्नो जीवनको अधिकांश हिस्सा भागदौड गरेरै, पैसा कमाउन प्रयास गरेरै बिताउनुभयो। उहाँको रक्तचाप २०० भन्दामाथि थियो, तर उहाँले काम गर्न छोड्नुभएन। जब उहाँको कम्मर भाँचियो, उहाँ पूर्ण रूपमा निको नहुँदै काममा फकर्नुभयो, र मैले आग्रह गर्दागर्दै पनि उहाँले विश्राम लिनुभएन। उहाँ पनि पैसाको दास हुनुहुन्थ्यो। उहाँ आफ्नो जीवनकालभरि शैतानबाट नियन्त्रित हुनुभयो र हानि पुर्याइनुभयो। मृत्यु नै नजिक हुँदा पनि उहाँले कहिल्यै हार मान्नुभएन। उहाँलाई पैसा कमाउन र राम्रो जीवन बाँच्ने इच्छा थियो, तर उहाँले आफ्नो जीवन गुमाउनुभयो। नाम र दामले उहाँलाई बचाउन सकेन न त उहाँको पीडा नै कम गर्न सक्यो न मृत्युलाई झुक्याउन उहाँलाई सहयोग नै गर्न सक्यो। यो कुरा परमेश्‍वरले भन्नुभएको जस्तै हो: “मानिसहरूले पैसा र ख्यातिको पछि दौडेरै आफ्‍नो जीवन बिताउँछन्; तिनीहरूले यी खोक्रा कुराहरूलाई जीवनको एउटै मात्र आधार ठानेर यसरी पक्रन्छन् कि मानौं ती पाएपछि तिनीहरूले मृत्युबाट छूट पाएर बाँचिरहन सक्छन्। तर तिनीहरूले तिनीहरू आफू मर्न लागेपछि मात्रै यी कुराहरू तिनीहरूबाट कति टाढा छन्, मृत्युको सामु तिनीहरू कति कमजोर छन्, तिनीहरू कति सजिलै चकनाचूर हुन्छन्, जाने ठाउँ कतै नभएकाले तिनीहरू कति एकलो र विवश छन् भन्‍ने कुरा महसुस गर्छन्। तिनीहरूले पैसा वा ख्यातिले जीवन किन्‍न सकिँदैन, व्यक्ति जति नै धनी भए पनि, तिनीहरूको मान-मर्यादा जति नै उच्च भए पनि, मृत्युको सामुन्ने सबै उत्तिकै गरिब र महत्त्वहीन छन् भन्‍ने महसुस गर्छन्। तिनीहरूले पैसाले जीवन किन्‍न सक्दैन, ख्यातिले मृत्यु मेट्न सक्दैन, न त पैसाले न त ख्यातिले व्यक्तिको आयु केवल एक मिनेट वा केवल एक सेकेन्ड नै बढाउन सक्छ भन्‍ने महसुस गर्छन्” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ३”)। मेरो जीवनको अधिकांश हिस्सा भागदौड गरेर, पैसा कमाउनमा मैले कसरी बिताएँ भनेर हेर्दा मैले आदर र प्रशंसा कमाएको भए पनि, मेरो जीवनको हरेक तहमा शैतानले मलाई यातना दिइरहेको देखेँ। तर परमेश्‍वरले मलाई मुक्ति दिनुभयो। उहाँले मलाई पैसाको हावा-हुरीबाट मुक्ति दिलाउनुभयो र मेरो जीवनको मार्ग परिवर्तन गरिदिनुभयो। अब, म सत्यको अनुसरण गरिरहँदा र आफ्नो कर्तव्य निभाइरहँदा, आफू स्वतन्त्र र शान्त भएको महसुस गर्छु। यो कुरा पैसाले किन्न सक्दैन। मलाई मुक्ति दिलाउनुभएकोमा म सर्वशक्तिमान्‌ परमेश्‍वरप्रति धन्य छु!

अघिल्लो: ख्याति र सम्पत्तिले मलाई कष्ट दिलायो

अर्को: जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मेरो आत्माले स्वतन्त्रता पायो

मिबु, स्पेन“आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन प्राप्त गर्न चाहन्छ भने, यदि उ अर्थपूर्ण जीवन जिउन र...

क्रूर यातनाको समय

चेन हुइ, चीनम चीनमा एक साधारण परिवारमा हुर्किएँ। मेरा बुबा सेनामा थिए र म सानै उमेरदेखि उहाँद्वारा मोडिएकी र प्रभावित भएकी हुनाले, म एक...

धाक रवाफ अब हुनेछैन

मो वेन, स्पेनसन् २०१८ को कुरा म सम्झन्छु मण्डलीमा म सुसमाचारको जिम्मेवारीमा थिएँ, र पछि मलाई त्यो कामको प्रमुख बनाइयो। म मेरा...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्