८०. एउटा नयाँ विश्‍वासीसँग काम गर्दाको मेरो कथा

सन् २०२० अप्रिलमा, मलाई मण्डली डिकनको रूपमा सेवा गर्न चुनियो। सुरुमा म निकै आत्तिएकी थिएँ, र मेरो कार्यसम्पादन खराब होला भन्‍ने डर थियो, तर ब्रदर-सिस्टरको मद्दत र सहयोगले मैले बिस्तारै केही सिद्धान्त बुझ्दै गएँ र केही काम गर्न सक्षम भएँ। पछि, मलाई मण्डली अगुवा चुनियो र मैले झन् धेरै कामको सुपरिवेक्षण गरेँ। कहिलेकाहीँ माथिल्लो तहका अगुवाले मेरो धेरै प्रशंसा गर्थे। जस्तै, मलाई काम खटाइँदा उनलाई चिन्ता नहुने गरेको, तर समान कार्यभार दिइएका अरूलाई सुपरिवेक्षण गर्नुपरेको भन्थे। यो सुनेर मैले निकै राम्रो गरिरहेकी रहेछु भन्‍ने लाग्यो। पछि, मैले मलजल गरेको क्रिस्टोफर नामका ब्रदरलाई मण्डली अगुवा चुनियो। क्रिस्टोफरको औसत क्षमता थियो, तर उनी सुसमाचार फैलाउन मन पराउँथे र राम्रो नतिजा पाउँथे। उनी चुनिएकोमा म खुसी थिएँ, किनभने मैले उनलाई मलजल र जगेर्ना गरेकाले यसले मेरै खुबीलाई दर्शाउँथ्यो।

सन् २०२२ जुनमा, सुसमचार कामको जाँचबुझ गर्न म एउटा गाउँ गएँ। असुरक्षाका कारण क्रिस्टोफर व्यक्तिगत रूपमा उपस्थित हुन सकेनन्, त्यसैले उनले मलाई अनलाइनबाट साथ दिए। उनी गाउँमा मेरो अवस्था के छ भनी सोध्थे, र यसले हामीलाई समस्या पहिचान गरी समयमै सुधार गर्न सहयोग पुग्थ्यो। तर, त्यो बेला, मैले उनी अस्थामा नयाँ अनि भर्खरै मात्र अगुवा भएकाले काम गर्न सक्दैनन् होला भनी सोचेँ। म अगुवा भएको दुई वर्ष भएको थियो, केही सिद्धान्त बुझेकी थिएँ; अझ, मैले नै क्रिस्टोफरलाई मलजल गरेकी थिएँ, त्यसैले म उनीसँग साझेदारी गर्न चाहन्नथेँ, र मैले सुपरिवेक्षण गर्ने काममा उनी सहभागी भएको चाहन्नथेँ। एक दिन, क्रिस्टोफरले मलाई एउटा सन्देश पठाएः “त्यो गाउँका लागि तपाईँको अबको योजना के छ? तपाईंको फुर्सद भएपछि, छलफल गरौँ न।” उनको सन्देश देखेर ममा केही प्रतिरोध उत्पन्न भयोः “आएको भर्खरै केही दिन मात्र भएको छ, अब तिमी मेरो कार्यप्रगति सोध्न थालिसक्यौ? प्रगति त्यसरी गुटुटु कुद्दैन। अनि, यो मेरो एकमात्र परियोजना पनि होइन।” म यस मामिलामा उनीसँग थप छलफल गर्न चाहन्नथेँ, त्यसैले मैले यति मात्र भनेँ: “म भर्खरै आइपुगेकी छु र मैले योजना बनाउन थालेकी नै छैन।” उनले भनेः “त्यसोभए तपाईँले सकेसम्म छिटो योजना बनाउन थाल्नुपरो।” उनको यो सन्देश देखेपछि, मैले सोचेँ: “मैले मभन्दा कम क्षमता, कम अनुभव भएको कसैलाई मेरो साझेदारको रूपमा कार्य गर्न दिँदा के यो परियोजना साँच्चै सफल हुन सक्छ र?” म यो सम्पूर्ण कुराबारे खुसी थिइनँ। त्यसपछि, जब-जब क्रिस्टोफरले मेरो कार्यप्रगतिबारे सोध्थे, म उनलाई नजरअन्दाज गर्न खोज्थेँ। कामबारे उनीसँग विरलै छलफल गर्थेँ, छलफल गर्नु अर्थहीन छ, र अन्तमा यो सबै म आफैले गर्नुपर्ने हो भन्‍ने ठान्थेँ। त्यसैले, गाउँको सबै कामको प्रबन्ध म आफैले गरेँ। एक पटक, क्रिस्टोफरले मलाई यस्तो सन्देश पठाए: “छिमेकी गाउँमा केही नयाँ विश्‍वासी छन्, तिनीहरू पक्राउ पर्ने डरले सुसमाचार सुनाउँदैनन्। पहिले निकै उत्साहित हुने गर्दथे, तर अचेल भेलामा आउन पनि छोडेका छन्। तपाईँ त्यहाँ गएर तिनीहरूलाई केही सहयोग गर्नुहुन्छ कि?” उनको सन्देश देखेपछि, मैले सोचेँ: “तिमीले मलाई त्यो भन्नुपर्दैन। पक्कै पनि, तिनीहरूलाई मेरो सहयोगको खाँचो छ, तर मसँग अहिले समय छैन। त्यो गाउँ निकै टाढा पनि छ, उठ्यो हिँडिहाल्यो जस्तो सजिलो छैन। आखिरमा, त्यहाँ जाने त मै हुँ, तिमी होइन। त्यसै पनि, तिमीले केही नि गर्ने होइन, त्यसैले तिमीसँग छलफल गर्नुको कुनै अर्थ छैन। यी परियोजनाका लागि मेरा आफ्नै सोच र योजना छन्, म आफ्नै तालिकाअनुसार अघि बढ्नेछु, मलाई तिम्रो मार्गदर्शन र जनाउको खाँचो छैन।” तब मैले यसो भन्दै जवाफ फर्काएँ: “मैले जाने समय पाएकी छैन। नयाँ विश्‍वासीहरूले दिउँसो काम गर्छन्, र समयतालिका पनि मिलेको छैन।” क्रिस्टोफरले एक हरफमा जवाफ लेख्दै भनेः “ए, ठीक छ त्यसोभए।” त्यो समयमा, उनी मेरा कारण बाँधिएको महसुस गर्दै होलान् कि भन्‍ने लाग्यो। अरूसँग उनले कामको विवरणबारे थप सोधखोज गर्थे होलान्, तर मेरो जवाफपछि उनले त्यसो गर्ने हिम्मत गरेनन्। त्यसपछि, क्रिस्टोफरसँग कामको बारेमा छलफल हुन लगभग बन्द भयो, र उनले मसँग बस्ने समय मिलाउन खोज्दा, म सधैँ भन्थेँ: “म अर्को काममा व्यस्त छु। फुर्सद भएपछि बसौँला।” फुर्सद हुँदा पनि म उनलाई खोज्दिनँथेँ, बरु अर्को काम गर्नतिर लाग्दथेँ। बिस्तारै, मैले सुपरिवेक्षण गर्ने तीनवटा टोलीका ब्रदर-सिस्टरहरूले सौहार्दपूर्ण ढङ्गले साझेदारी गर्न सकेनन्, तिनीहरू आफ्नै तालले काम गर्थे, र एकअर्कासँग विरलै छलफल गर्थे। हाम्रो भेलाको माहोल अरू मण्डलीका तुलनामा कम जीवन्त हुन्थ्यो, र हाम्रो सुसमाचार कामको नतिजा पनि खराब आयो। त्यो बेला ममा मैले क्रिस्टोफरसँग साझेदारी नगरेकीले यस्तो नतिजा आएको हो र परमेश्‍वरले यसमार्फत मलाई सम्झाउँदै हुनुहुन्छ भन्‍ने केही आत्मचेतना आएको थियो, तर मैले बहाना बनाएँ। मैले उनीसँग साझेदारी गर्न नखोजेकी होइन, म खालि अर्को काम गर्नु छ, र छलफल गर्न मसँग धेरै समय छैन भन्‍ने गर्थेँ। त्यसपछि, म आफै एक्लै काम गरिरहेँ। एक पटक, क्रिस्टोफरले हाम्रो कर्तव्यमा आएका समस्याबारे सारांश र सङ्गति गर्न ती तीनवटा टोलीका सुपरिवेक्षकहरूसँग भेटघाट गरौँ भनी मलाई आमन्त्रित गरे। परमेश्‍वरका वचन उल्लेख गर्दै, क्रिस्टोफरले भनेः “परमेश्‍वरका वचनले भन्छन्, हाम्रो कर्तव्यमा रोकावट आउँदा, हामी केहीबेर रोकिएर समस्याको सारांश गर्नुपर्छ र कुनै विचलन छन् भने पहिचान गर्नुपर्छ। अहिले, हामीले सौहार्दपूर्ण ढङ्गले साझेदारी गरिरहेका छैनौँ, सबैले आफ्नै हिसाबले काम गर्छन्, हामीमा एकमत छैन, र हामीले ब्रदर-सिस्टरहरूलाई साँचो रूपमा सहयोग गरेका छैनौँ, जसको कारण हाम्रो कामको प्रगति रोकिएको छ। अबदेखि, काम राम्रोसँग फत्ते गर्नु, हामीले धेरैभन्दा धेरै कुराकानी र छलफल गर्नुपर्छ, मिलेर कार्य गर्नुपर्छ।” उनले र अरूले अन्य मण्डलीले अपनाएका अभ्यासका असल विधिबारे पनि सङ्गति गरे, तर मैले सुन्न मन गरिनँ र आफ्नै तरिकाले अभ्यास गरिरहेँ। परिणामस्वरूप, मैले सुपरिवेक्षण गरेको कामले तीन महिनासम्म कुनै नतिजा दिएन। पछि, म बसेको गाउँका पाँच अधिकारी आएर मलाई सोधपुछ गरे, मेरो फोन खोजमेल गर्ने प्रयास गरे, र गाउँमा सुसमाचार फैलाएको भेटेमा समातेर जिल्ला सरकारलाई बुझाउने र सरकारलाई नै मामला सम्हाल्न दिने भन्दै मलाई चेतावनी दिए। यो घटनाले म चकित भएँ र सोचेँ: “यस्तो किन भयो होला? यी केही महिनामा मेरो कर्तव्यको नतिजा राम्रो रहेको छैन, मैले क्रिस्टोफरसँग कामबारे पनि विरलै छलफल गरेकी छु के परमेश्‍वरले यी असफलताबाट पाठ सिक्नु भनेर सम्झाउन यो परिस्थिति प्रयोग गरिरहनु भएको हो? मैले चिन्तन गरिनँ, अनि मेरा समस्या सुधारिनँ भने मैले सायद यो कर्तव्य अब धेरै गर्न पाउन्न होला।”

अगष्टको अन्त्यतिर एक दिन, म त्यो गाउँ छोडौँ कि नाइँ भन्‍नेबारे छलफल गर्न केही सहकर्मीसँग अनलाइन भेट गरेँ। एक टोली अगुवाले मलाई सोधेः “तीन महिनासम्म पनि त्यो गाउँमा तपाईँले कुनै नतिजा पाउनु भएको छैन, त्यो किन होला?” मैले आफूलाई थाहा नभएको बताएँ। टोली अगुवाले फेरि भनेः “यो विषयमा तपाईँले अलिक चिन्तन गर्नुपर्दैन र? ब्रदर र सिस्टरहरूले तपाईँ आफूखुसी कार्य गर्नुहुन्छ, अरूसँग साझेदारी गर्नुहुन्न भनिरहेका छन्। तिनीहरूले कामबारे छलफल गर्न तपाईँलाई खोज्दा समय दिनुहुन्न रे। ब्रदर-सिस्टरलाई प्रेरित गर्नुहोस्, सुसमाचारको कामलाई बढवा दिनुहोस् भनेर हामीले तपाईँलाई त्यो गाउँ पठाएका थियौँ, तर तपाईँले आफूले गर्नुपर्ने काम नै गर्नुभएन।” अर्को टोली अगुवाले भनेः “तपाईँलाई खटाइएको काम पूरा गर्न सक्नुभएको छैन भने तपाईँ फर्केर आउनुहोस्!” मेरो अनुहार रातो हुँदै थियो, तिनीहरूका हरेक शब्द पेटमा मुक्का हानेका जस्तै थिए। त्यो क्षण, म कुनामा गएर लुकौँ जस्तो भएको थियो। मेरो निकै चित्त दुख्योः मैले सहकार्य गर्न इन्कार नै गरिरहेकी त थिइनँ, नतिजा नआउनुमा मेरो मात्रै दोष थिएन। सरकारले हामीलाई निकै सताइरहेको थियो, र मेरो जिम्मामा अन्य परियोजना पनि थिए। कसरी तिनीहरूले मैले गर्नुपर्ने काम पूरा गर्न नसकेको भन्न सके? टोली अगुवाले मसँग कुनै उपाय छ कि भनेर सोधे, तर के भन्‍ने मलाई थाहा भएन, त्यसैले, यसो भनी उत्तर दिएँ: “त्यसोभए म फर्किन्छु।” त्यसपछि, मैले छिटो फोनवार्ता टुंग्याएँ। फोन राखेपछि, म ओछ्यानमा लडेर जोडतोडले रुन थालेँ। टोली अगुवाहरूका शब्द मेरो दिमागमा घुमिरहे “आफूले गर्नुपर्ने काम पूरा गर्नु भएको छैन भने तपाईँ त्यहाँ के गरेर बसिरहेको?” “तपाईँलाई खटाइएको काम पूरा गर्न सक्नुभएको छैन भने तपाईँ फर्केर आउनुहोस्!” मैले जति सोचेँ, उति म नकारात्मक भएँ। त्यसपछिका केही दिन, मैले परमेश्‍वरलाई निरन्तर प्रार्थना गरिरहेँ, र मेरा अगुवाले मसँग सङ्गति गरे, मलाई सहयोग गरे। यसले मेरो विचारलाई शान्त राखी त्यो बेलाको मेरो स्थितिबारे चिन्तन गर्ने तुल्यायो। मैले सोचेँ, “हालैका दिनमा मैले सबै कुरा आफै गरिरहेकी छु। मैले क्रिस्टोफरलाई कम सम्झेँ, उनीसँग कामबारे छलफल गरिनँ। उनले कामबारे मसँग कुरा गर्न खोज्दा मैले सधैँ व्यस्त छु भन्थेँ। वास्तवमा, उनी मेरो काममा सहभागी होऊन् भन्‍ने म चाहन्नथेँ। म प्रस्ट रूपमा मेरो भ्रष्ट स्वभावमा डुबेर काममा ढिलाइ गरिरहेकी थिएँ, तर काँटछाँट गरिँदा म बाझ्न थालेँ, मसँग किञ्चित पनि समझ थिएन।” मैले कर्तव्यमा आफूखुसी गरेको, अरूसँग कामबारे छलफल नगरेको भनेर ब्रदर-सिस्टरहरूले भनेको सम्झेँ—यो निकै गम्भीर समस्या थियो, त्यसैले मैले परमेश्‍वरका वचनको सान्दर्भिक खण्ड खोजेर पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “झट्ट हेर्दा, कतिपय ख्रीष्टविरोधीहरूका सहयोगी वा सहकर्मीहरू छन् जस्तो लाग्‍न सक्छ, तर तथ्य कुरा हो यो कि जब केही आइपर्छ, अरू जति नै सही भए पनि, ख्रीष्टविरोधीहरूले कहिल्यै पनि तिनीहरूले भनेको कुरा सुन्दैनन्। तिनीहरूले यसलाई ध्यान समेत दिँदैनन्, यसको बारेमा छलफल गर्ने वा सङ्गति गर्ने कुरा त परै जाओस्। तिनीहरूले त्यहाँ अरू छँदै छैनन् जस्तो गरेर कुनै ध्यान दिँदैनन्। जब ख्रीष्टविरोधीहरूले अरूले भनेको कुरा सुन्छन्, तब तिनीहरूले अरूलाई देखाउनका लागि झारा टार्ने वा नाटक गर्ने काम मात्रै गर्छन्। तर अन्तिम निर्णय गर्ने समय आएपछि, निर्णय गर्नेहरू ख्रीष्टविरोधीहरू नै हुन्छन्; अरूका शब्दहरू खेर जान्छन्, तिनको कुनै गन्ती हुँदैन। उदाहरणको लागि, जब दुई जना मानिसहरू कुनै कुराको लागि जिम्‍मेवार हुन्छन्, र तिनीहरूमध्ये एक जनामा ख्रीष्टविरोधीको सार छ, तब त्यस व्यक्तिमा के प्रकट हुन्छ? चाहे जेसुकै होस्, काम सुचारु गर्ने, प्रश्‍नहरू गर्ने, कामकुरा मिलाउने, र समाधान निकाल्‍ने उही मात्र हुन्छ। अनि प्रायजसो, त्यस्ता व्यक्तिहरूले आफ्‍नो सहकर्मीलाई पूर्ण रूपमा अन्धकारमा राख्छन्। तिनीहरूको नजरमा उक्त सहकर्मी को हुन्छ? तिनीहरूको सहायक हुँदैनन्, सहकर्मी छ भनेर देखाउन राखेको व्यक्ति मात्रै हुन्छन्। ख्रीष्टविरोधीहरूको नजरमा, सहकर्मीहरू अस्तित्वहीन हुन्छन्। जब-जब समस्या आउँछ, तब ख्रीष्टविरोधीले त्यसबारेमा राम्ररी विचार गर्छ, र कुनै कार्यदिशा तय गरेपछि, तिनीहरूले यसो गर्नुपर्छ भनेर अरू सबैलाई जानकारी दिन्छन्, र कसैलाई पनि प्रश्‍न गर्ने अनुमति हुँदैन। अरूसँगको तिनीहरूको सहकार्यको सार के हुन्छ? मूलतः त्यो अन्तिम निर्णय गर्नु, अरू कसैसित कहिल्यै समस्याहरूबारे छलफल नगर्नु, कामको पूर्ण जिम्मेवारी नलिनु, र आफ्ना सहकर्मीहरूलाई सजावटको वस्तु बनाउनु हो। तिनीहरू सधैँ एक्लै काम गर्छन् र कहिल्यै अरूसित सहकार्य गर्दैनन्। तिनीहरू अरू कसैसित आफ्नो कामबारे कहिल्यै छलफल वा कुराकानी गर्दैनन्, तिनीहरू प्राय: एक्लैले निर्णय लिन्छन् र मामलाहरू सम्हाल्छन्, र धेरै कुरामा, कार्य गरिसकेपछि मात्र कामकुरा कसरी सकाइएका वा सम्हालिएका थिए भनी अरू मानिसले थाहा पाउँछन्। अरू मानिसहरूले तिनीहरूलाई भन्छन्, ‘सबै समस्याहरू हामीसँग छलफल गरिनुपर्छ। तपाईंले त्यो व्यक्तिलाई कहिले तह लगाउनुभयो? तपाईंले उसलाई कसरी सम्हाल्नुभयो? हामीलाई यसबारेमा कसरी थाहा भएन?’ तिनीहरूले न त स्पष्टीकरण दिन्छन् न त कुनै ध्यान नै दिन्छन्; तिनीहरूका लागि, आफ्नो सहकर्मीको कुनै कामै हुँदैन, उनीहरू सजावट वा देखाउने चिज मात्र हुन्। जब केही कुरा आइपर्छ, तिनीहरूले विचार गर्छन्, निर्णयमा पुग्छन्, र आफूलाई जसरी इच्छा लाग्छ त्यसरी काम गर्छन्। तिनीहरूको वरिपरि जति नै धेरै मानिसहरू भए पनि, तिनीहरूले ती मानिसहरू त्यहाँ छैनन् जस्तो व्यवहार गर्छन्। ख्रीष्टविरोधीको लागि, ती मानिसहरू त हावाजस्तै अदृश्य हुन पनि सक्छन्। यसलाई मध्यनजर गर्दा, के अरूसँगको तिनीहरूको साझेदारीको कुनै वास्तविक पक्ष छ? बिलकुलै छैन, तिनीहरूले झारा टार्ने र भूमिका खेलेको बहाना गर्ने काम मात्र गरिरहेका हुन्छन्। अरूले तिनीहरूलाई यसो भन्छन्, ‘समस्याको सामना गर्दा किन तपाईंले सबैसँग सङ्गति गर्नुहुन्‍न?’ तिनीहरूले यसरी जवाफ दिन्छन्, ‘तिनीहरूलाई के थाहा छ? समूहको अगुवा म हुँ, निर्णय गर्नु मेरै हातको कुरा हो।’ अरूले भन्छन्, ‘अनि तपाईंले किन तपाईंको सहकर्मीसँग सङ्गति गर्नुभएन?’ तिनीहरूले उत्तर दिन्छन्, ‘मैले उहाँलाई भनेँ, र उहाँसँग कुनै राय थिएन।’ तिनीहरू आफैले नियमकानुनको धज्जी उडाइरहेको तथ्यलाई ढाकछोप गर्नको लागि अरू मानिससँग कुनै राय छैन वा तिनीहरू आफैले विचार गर्न सक्दैनन् भन्‍ने कुरालाई प्रयोग गर्छन्। तर यसपछि पनि तिनीहरूले अलिकति पनि आत्म-विश्‍लेषण गर्दैनन्। यस्तो व्यक्तिले सत्यतालाई स्विकार्न असम्भव हुनेछ। यो ख्रीष्टविरोधी प्रकृतिको एउटा समस्या हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग एक))। परमेश्‍वर ख्रीष्टविरोधीहरू कसरी मनोमानी तरिकाले काम गर्छन्, अरूसँग सहकार्य गर्दैनन्, स्वेच्छाचारी निर्णय गर्छन्, सधैँ अन्तिम बोली राख्छन्, साझेदारहरूसँग कामबारे छलफल गर्दैनन्, र आफै निर्णय गरेर अघि बढ्छन् भनेर खुलासा गर्नुभएको छ। तिनीहरू अरूको असल सुझाव अपनाउँदैनन्, र अरूसँग उत्कृष्ट सोच छन् भन्‍ने सोचेर तिनीहरूलाई प्रायः अपमान गर्छन् भन्‍ने कुरा खुलासा गर्नुहुन्छ। ख्रीष्टविरोधीको नजरमा साझेदारहरू भनेका पृष्ठभूमिको हल्ला वा रङ्गमञ्चको सजावटभन्दा अलिकति बढी मात्र हुन्। मैले पनि ख्रीष्टविरोधीजस्तै व्यवहार गरिरहेकी थिएँ: क्रिस्टोफरसँग साझेदारी सुरु गरेदेखि नै, मैले उनको क्षमता कमजोर छ, काममा दक्षता छैन र तुलनात्मक रूपमा अनुभवको कमी छ भन्दै उनलाई तुच्छ मानेकी थिएँ। मेरो परियोजनामा उनी सहभागी भएको म चाहन्नथेँ। म सोच्थेँ, अगुवाको रूपमा मैले उनीभन्दा लामो समय सेवा गरेकी छु, उनीभन्दा धेरै बुझेकी छु, र कामको प्रबन्ध आफै गर्न सक्छु; मलाई उनले कुनै राम्रो सुझाव दिन सक्दैनन्, त्यसैले उनीसँग छलफल गर्नु बेकार छ भन्‍ने लाग्थ्यो। जब उनले कामबारे मेरो योजना के छ भनेर सोधे, तब म प्रतिरोधी भएँ, र उनले सीधै मेरो प्रगतिबारे सोधेर आफूलाई मेरो हाकिमजस्तो देखाउन खोजेका हुन् भन्‍ने लाग्यो, त्यसैले मैले उनलाई बेवास्ता गरेँ। केही ब्रदर-सिस्टरले पक्राउ पर्ने डरले आफ्नो कर्तव्य निर्वाह गर्ने आँट नगर्दा र क्रिस्टोफरले मलाई तिनीहरूलाई सहयोग गरे-नगरेको भनी सोध्दा, उनले केवल आफ्नो जिम्मेवारी पूरा गर्दैथिए, तैपनि मैले अहङ्कारपूर्वक सोचेँ, “आफूले समस्या हल गर्न नसक्ने, अनि मलाई आदेश दिने, उनले आफूलाई को ठान्छन्?” पछि, हामी समस्याहरूको सारांश गर्न भेला हुँदा, ब्रदर-सिस्टरहरूले अभ्यासका केही मार्ग बताए, तर मैले तिनलाई अपनाइनँ। मैले मनोमानी ढङ्गले काम गरेकी, अरूसँग साझेदारी नगरेकी वा तिनीहरूको सुझाव नलिएकीले, मेरो कर्तव्यमा नतिजाहरू प्राप्त गर्न म लगातार असफल भइरहेँ। मैले सधैँ आफ्नै विश्‍वासअनुसार कर्तव्य निभाएँ, आफूलाई जे सही लाग्यो त्यही गरेँ, अरूसँग साझेदारी गर्दै गरिनँ, नतिजास्वरूप काममा ढिलाइ भयो। मैले दुष्कर्म गरिरहेकी थिएँ! यसबारे चिन्तन गरेर, म टोली अगुवाहरूको निर्देशन र काँटछाँट स्विकार्न सक्षम भएँ। मेरो व्यवहारले पहिल्यै मण्डलीको कामलाई नकारात्मक प्रभाव पारेको थियो। तिनीहरूले त्यसरी मेरो काँटछाँट नगरेका भए, म आत्मचिन्तन गर्थिनँ, वा मेरो समस्या कति गम्भीर छ भन्‍ने थाहा पाउँथिनँ। काँटछाँट परमेश्‍वरको प्रेमको एउटा रूप हो!

यसपछि, मैले परमेश्‍वर सामु आएर प्रार्थना र र मैले आफ्नो कर्तव्यमा अरूसँग किन साझेदारी गर्न सकिनँ, सधैँ अन्तिम बोली आफ्नै होस् भन्‍ने किन चाहेँ भनी खोजी गरेँ। पछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड भेटेँ जसले मेरै स्थितिबारे बताएको थियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तिमीहरूले वर्षौँसम्म आफ्ना कर्तव्यहरू निभाएका छौ होला, तर तिमीहरूको जीवन प्रवेशमा देखिँदो प्रगति केही भएको छैन, तिमीहरूले केवल थोरै सतही धर्मसिद्धान्तहरू बुझ्छौ, र तिमीहरूमा परमेश्‍वरको स्वभाव र सारबारे कुनै साँचो ज्ञान छैन, भन्‍न मिल्ने गरी कुनै फड्कोसमेत मारेका छैनौ—यदि यो तिमीहरूको आजको कद हो भने, तिमीहरूले के गर्छौ होला? तिमीहरूसँग भ्रष्टताका कस्ता प्रकटीकरणहरू होलान्? (अहङ्कार र घमण्डीपन।) के तिमीहरूको अहङ्कार र घमण्डीपन बढ्लान् कि उस्तै रहलान्? (बढ्लान्।) ती किन बढ्लान्? (किनकि हामी आफैलाई अत्यन्तै योग्य ठान्छौँ।) अनि, मानिसहरूले के आधारमा आफ्नो योग्यताको तह मूल्याङ्कन गर्छन्? तिनीहरूले निश्‍चित कर्तव्य कति वर्ष निभाएका छन् र तिनीहरूले कति धेरै अनुभव बटुलेका छन् भन्‍ने आधारमा, होइन र? अनि यस्तो हो भने, के तैँले क्रमिक रूपमा वरिष्ठताका आधारमा सोच्‍न थाल्दैनस् र? उदाहरणका लागि, कुनै दाजुले परमेश्‍वरमा विश्‍वास गरेको वर्षौँ भयो र कर्तव्य निभाउन थालेको लामो समय भयो, त्यसकारण कुरा गर्नको लागि ऊ नै सबैभन्दा योग्य हुन्छ; कुनै बहिनीले यहाँ काम गरेको धेरै भएको छैन, र उसमा केही क्षमता भए पनि, ऊसँग यो कर्तव्य पूरा गरेको अनुभव छैन, र उसले परमेश्‍वरमा विश्‍वास गरेको धेरै भएको छैन, त्यसकारण ऊ बोल्‍नका लागि सबैभन्दा कम योग्य हुन्छे। बोल्‍नका लागि सबैभन्दा योग्य व्यक्तिले मनमनै सोच्छ, ‘म नै वरिष्ठ भएको हुनाले, मेरो कर्तव्यपालन मापदण्डका स्तरमा छ, र मेरो खोजी चरम अवस्थामा पुगेको छ, र मैले सिक्‍नु वा प्रवेश गर्नुपर्ने कुनै कुरा छैन। मैले यो कर्तव्य राम्ररी निभाएको छु, मैले यो काम केही हदसम्‍म पूरा गरेको छु, त्यसकारण परमेश्‍वर सन्तुष्ट हुनुपर्छ।’ अनि यसरी तिनीहरू आत्मसन्तुष्ट हुन थाल्छन्। के यसले तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गरेका छन् भन्‍ने जनाउँछ र? तिनीहरूमा कुनै पनि प्रगति हुन छोडिसकेको छ। तिनीहरूले सत्यता वा जीवन अझै हासिल गरेका छैनन्, तर तिनीहरू आफैलाई अत्यन्तै योग्य ठान्छन्, र वरिष्ठताका शब्दहरूमा बोल्छन् र परमेश्‍वरको इनाम कुर्छन्। के यो अहङ्कारी स्वभावको प्रकटीकरण होइन? जब मानिसहरू ‘अत्यन्तै योग्य’ हुँदैनन्, तिनीहरूलाई सतर्कता अपनाउन आउँछ, तिनीहरूले गल्ती नगर्न आफैलाई सम्झाउँछन्; आफू अत्यन्तै योग्य भएको विश्‍वास भएपछि, तिनीहरू अहङ्कारी बन्छन्, र आफैलाई महान्‌ ठान्‍न थाल्छन्, र प्राय आत्मसन्तुष्ट बन्छन्। यस्ता समयहरूमा, के तिनीहरूले पावलले जस्तै परमेश्‍वरसँग इनाम र मुकुट माग्ने सम्भावना हुँदैन र? (हुन्छ।) यसमा मान्छे र परमेश्‍वरबीचको सम्बन्ध के हो? यो सृष्टिकर्ता र सृष्टि गरिएका प्राणीबीचको सम्बन्ध होइन। यो कारोबारमा आधारित सम्बन्धबाहेक अरू केही होइन। अनि यस्ता अवस्थामा, परमेश्‍वरसँग मानिसहरूको केही सम्बन्ध हुँदैन, र सम्भवतः उहाँले तिनीहरूदेखि आफ्नो अनुहार लुकाउनुहुन्छ—यो खतरनाक सङ्केत हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्‍न सकिन्छ)। परमेश्‍वरले खुलासा गर्नुहुन्छ, यदि कसैले सत्यता पछ्याउँदैन र आफूलाई चिन्दैन भने, उसले केही समयसम्म कर्तव्य निभाइसकेपछि आफूसँग पुँजी र अनुभव रहेको सोच्छ, र आफ्नो वरिष्ठताको दाबी गर्न थाल्छ, अरूलाई तुच्छ ठान्छ, अहङ्कारले फुल्दछ, सत्यता सिद्धान्त खोज्न र कर्तव्यमा अरूसँग साझेदारी गर्न असफल हुन्छ, स्वेच्छाचारी व्यवहार गर्छ, आफूखुसी कार्य गर्छ, र परमेश्‍वरको प्रतिरोध गर्ने मार्गमा हिँडछ। आस्थामा प्रवेश गरेको समयदेखि, मैले सधैँ कुनै कर्तव्य निभाएँ र दुई वर्षसम्म अगुवा भएँ। मैले सोच्थेँ, म लामो समयदेखि अस्थामा छु, राम्रो कार्यकुशलता छ, केही कार्यअनुभव छ, त्यसैले म अहङ्कारी भएँ। अरूलाई जगेर्ना र तिनीहरूको कामको जाँचबुझ गर्न म निकै प्रसन्न थिएँ, तर क्रिस्टोफर मेरो साझेदार भएर मेरो काममा सहभागी हुन थालेदेखि म अप्रसन्न भएँ। उनलाई मलजल र जगेर्ना गर्ने मै हुँ, उनको क्षमता मेरोभन्दा कम छ भन्‍ने सोचिरहेँ, उनले भर्खर सुरुआत गर्दैछन्, अनुभव धेरै छैन, त्यसैले उनी मेरो कामको हिस्सा बनुन् भन्‍ने म चाहन्नथेँ। जब उनले मलाई नयाँ विश्‍वासीलाई सहयोग-गरेको नगरेको, मेरो कार्यतालिका के छ भनेर सोधे, मलाई दिक्क लाग्यो र लापरवाही तरिकाले जवाफ दिन थालेँ। मलाई उनीसँग छलफल गर्नु आवश्यक छ भन्‍ने लागेन, र छलफल गरिहालेपनि, उनीसँग कुनै उपयोगी सुझाव हुन्थेन। म सोच्थेँ, उनीविना नै म यो गर्न सक्नेछु, त्यसैले, मैले उनीसँग छलफल वा साझेदारी गरिनँ, धेरैजसो निर्णय र प्रबन्ध म आफै गर्थेँ। म उनलाई केवल सजावट मात्र ठान्थेँ। परमेश्‍वरको माग हामी कर्तव्यमा अरूसँग साझेदारी गर्न सिकौँ भन्‍ने हो, यो हाम्रो कर्तव्य निर्वाहको प्रमुख सिद्धान्त हो, तर मैले परमेश्‍वरको माग र परमेश्‍वरको घरका सिद्धान्तलाई नजरअन्दाज गरेँ। म सधैँ सोच्थेँ, म आफैमा ठीक छु, काम आफै गर्न सक्छु, कसैसँग साझेदारी गर्नु जरुरी छैन। म सोच्थेँ, यो सबै म सम्हाल्न सक्छु, कसैले मेरो कामको सुपरिवेक्षण गर्नुपर्दैन। म कति अहङ्कारी र घमण्डी थिएँ! मेरो अहङ्कारी स्वभावले मेरो हृदयमा अरूप्रति सम्मान र परमेश्‍वरका लागि ठाउँ दिएन। ममा परमेश्‍वरको डर मान्ने हृदय थिएन, म परमेश्‍वरप्रति शत्रुताको मार्गमा हिँडिरहेकी थिएँ। पहिलोपटक गाउँ आइपुग्दा, म आस्थाले भरिएकी थिएँ र परमेश्‍वरलाई सन्तुष्ट गर्नका लागि कर्तव्य पूरा गर्न चाहन्थेँ। मैले कहिल्यै सोचिनँ कि परिस्थिति यस्तो हुनेछ। म यति अहङ्कारी र भावहीन कसरी हुन सकेँ? ममा आफू गलत मार्ग हिँडिरहेकी छु भन्‍ने चेतना अलिकति पनि थिएन। यसरी नै गइरहेकी भए, म परमेश्‍वरको काम बिथोल्ने ख्रीष्टविरोधी हुनेथेँ, र अन्तमा परमेश्‍वरबाट खुलासा भई हटाइनेथेँ, त्यसपछि मेरो आस्थाको जीवन समाप्त हुनेथ्यो। यो सब बुझेर, मलाई अलिक डर लाग्यो, र मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, मैले मण्डलीको काममा बाधा पुऱ्याएकी छु। बल्ल मैले मेरो भ्रष्टता अनि मेरा समस्याको गम्भीरतालाई पहिचान गरेँ। म पश्चात्ताप गर्न चाहन्छु, भ्रष्ट स्वभाव बोकेर तपाईँको प्रतिरोध गर्न चाहन्न।”

मैले मानिसहरूसँगको मेरो कुराकानीमा मानिसको क्षमता र कार्यअनुभवमा ध्यान केन्द्रित गर्ने मेरो प्रवृत्तिमा मबाट के गल्ती भयो भन्‍नेबारे पनि चिन्तन गरेँ। मेरो कर्तव्यको सबभन्दा महत्त्वपूर्ण पक्ष के थियो? यी प्रश्नमा घोत्लिँदै गर्दा, मैले परमेश्‍वरका वचनको अर्को खण्ड भेटेँ। परमेश्‍वरका वचनले भन्छन्: “परमेश्‍वरको घरमा, तैँले जे गरे पनि, तैँले आफ्‍नै उद्यमको काम गरिरहेको हुँदैनस्; यो परमेश्‍वरको घरको काम हो, यो परमेश्‍वरको काम हो। तैँले सधैँ यो ज्ञान र सचेतनालाई ध्यान दिएर भन्‍नुपर्छ, ‘यो मेरो आफ्‍नै कामकाज होइन; मैले त आफ्नो कर्तव्य निर्वाह गरिरहेको छु र आफ्नो जिम्‍मेवारी पूरा गरिरहेको छु। म मण्डलीको काम गरिरहेको छु। यो मलाई परमेश्‍वरले सुम्पनुभएको काम हो र मैले उहाँको लागि यो काम गरिरहेको छु। यो मेरो कर्तव्य हो, आफ्‍नै व्यक्तिगत कामकाज होइन।’ मानिसहरूले बुझ्‍नुपर्ने पहिलो कुरा यही हो। यदि तँ कुनै कर्तव्यलाई आफ्नो व्यक्तिगत मामलाका रूपमा लिन्छस्, र काम गर्दा सत्यता सिद्धान्तहरू खोज्दैनस्, अनि यसलाई आफ्‍नै अभिप्राय, दृष्टिकोण, र कार्यसूची अनुसार गर्छस् भने, तैँले गल्ती गर्ने सम्‍भावना धेरै हुन्छ। त्यसोभए, यदि तैँले आफ्‍नो कर्तव्य र व्यक्तिगत मामिलाहरूबीच स्पष्ट भिन्‍नता छुट्याउँछस्, र यो कर्तव्य हो भन्‍ने तँलाई थाहा छ भने तैँले कसरी काम गर्नुपर्छ? (परमेश्‍वरले माग गर्नुहुने कुरा र सिद्धान्तहरू खोजी गर्नुपर्छ।) ठिक भनिस्। यदि तँलाई कुनै कुरा आइपर्छ र तैँले सत्यता बुझ्दैनस्, अनि तँसँग केही विचार छ तर तँलाई अझै कुराहरू स्पष्ट छैन भने, तैँले सङ्गति गर्न सत्यता बुझ्ने ब्रदर-सिस्टरहरू खोज्नैपर्छ; यो सत्यता खोजी गर्नु हो, र अरू सबै कुराभन्दा पहिले, यो तैँले आफ्नो कर्तव्यप्रति राख्नुपर्ने मनोवृत्ति हो। तैँले आफूलाई उचित लाग्ने कुराको आधारमा निर्णय गर्ने, अनि त्यसपछि अन्तिम निर्णय सुनाउँदै मामिला खतम भयो भन्‍ने गर्नु हुँदैन—यसले सहजै समस्याहरू निम्त्याउँछ। … परमेश्‍वरले हरेक दिन तँलाई के आइपर्छ, वा तैँले कति धेरै काम गर्छस्, वा तैँले त्यसमा कति धेरै मेहनत गर्छस् भन्‍ने कुरालाई हेर्नुहुन्‍न—उहाँले त ती कुराहरूप्रति तेरो मनोवृत्ति के छ भन्‍ने कुरालाई हेर्नुहुन्छ। अनि तैँले यी कुराहरू जुन मनोवृत्तिले, र जुन तरिकाले गर्छस्, त्यो केसँग सम्‍बन्धित हुन्छ? यो कुरा तैँले सत्यता खोजी गर्छस् कि गर्दैनस् भन्‍ने कुरासँग, र साथै तेरो जीवन प्रवेशसँग पनि सम्‍बन्धित हुन्छ। परमेश्‍वरले तेरो जीवन प्रवेश, अर्थात् तैँले हिँड्ने मार्ग हेर्नुहुन्छ। यदि तँ सत्यता पछ्याउने मार्गमा हिँड्छस् र तँसँग जीवन प्रवेश हुन्छ भने, तैँले आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, तँ अरूसँग मिलेर सहकार्य गर्न सक्षम हुनेछस्, र तँले पर्याप्त हुने गरी सहज शैलीमा आफ्नो कर्तव्य निर्वाह गर्नेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। परमेश्‍वरका वचन निकै स्पष्ट छन्। परमेश्‍वरको घरमा हाम्रो कर्तव्य निर्वाह गर्नुको अर्थ यो होइन कि हामी आफ्नो इच्छाअनुसार कार्य गरौँ, अरू मानिसको संलग्नताविना। हाम्रो कर्तव्य परमेश्‍वरको घरको कामको हिस्सा हो, र यदि हामी मनोमानी ढङ्गले कार्य गर्छौँ, सहकार्य गर्दैनौँ भने हामीले कामलाई अवरोध र बाधा पुऱ्याउन सक्छौँ। मैले के पनि सिकेँ भने, परमेश्‍वरले मानिसहरू कति समयदेखि आस्थामा छन्, कति काम गरेको छन्, वा तिनीहरूले कर्तव्यमा कति अनुभव बटुलेका छन् भन्‍ने आधारमा मापन गर्नुहुन्न, बरु तिनीहरूको सत्यताप्रतिको मनोवृत्ति, कर्तव्यप्रतिको झुकाव र सत्यता पछ्याउने मार्गमा हिँड्छन्-हिँड्दैनन् भन्‍ने आधारमा गर्नहुन्छ। मैले सत्यता खोजिनँ, अरूको राम्रा सुझाव स्विकारिनँ, र सधैँ अन्तिम बोली गर्न खोजेँ भने मैले कर्तव्यमा राम्रो नतिजा पाउने थिइनँ। मैले सधैँ मेरो कथित क्षमता, केही समयदेखिको अगुवाको भूमिका र अनुभवलाई पुँजी मानेँ। म सोच्थेंँ यी योग्यता भएपछि म कर्तव्य राम्ररी पूरा गर्न सक्छु। साँचो कुरा त, अनुभव र क्षमता हुनुको अर्थ मसँग सत्यता सिद्धान्त छ भन्‍ने होइन रहेछ, ती मैले कर्तव्यमा प्रयोग गर्नसक्ने औजार मात्र थिए। मैले अनुभव र क्षमतालाई सत्यता सिद्धान्त मानेकी रहेछु, अनि सत्यता बुझेकी र सिद्धान्तअनुसार कार्य गरेकी छु भन्‍ने सोचेकी रहेछु। म झन्-झन् अहङ्कारी भएकी, ब्रदर-सिस्टरहरूलाई तुच्छ ठान्न र आफूखुसी गर्न थालेकी थिएँ। परिणामस्वरूप, तीन महिना काम गरेपछि पनि मैले कुनै नतिजा ल्याउन सकिनँ। मैले महसुस गरेँ कि कर्तव्य राम्रोसँग निर्वाह गर्नुमा कति समयदेखिको विश्‍वासी हो, पहिले कति योगदान गरेको छ वा कति अनुभव छ भन्‍ने कुराले फरक पार्दैन। मुख्य कुरा, सत्यताको खोजी गर्नु, सिद्धान्तअनुसार कार्य गर्नु र अरूसँग सौहार्दपूर्ण ढङ्गले साझेदारी गर्नु हो।

पछि, मैले परमेश्‍वरका वचनको अरू दुई खण्ड पढेँ जसले मलाई अरूसँग कसरी सौहार्दपूर्ण ढङ्गले साझेदारी गर्ने भन्‍नेबारे स्पष्ट मार्ग दिए। परमेश्‍वरका वचनले भन्छन्: “सौहार्दपूर्ण सहकार्यमा धेरै कुरा समावेश हुन्‍छन्। यसमा कम्तीमा पनि, यी धेरै कुराहरूमध्ये एउटाचाहिँ अरूलाई बोल्न र विभिन्‍न सुझावहरू राख्‍न दिनु हो। यदि तँ सच्चा रूपमा विवेकसङ्गत छस् भने, तैँले जुनै प्रकारको काम गरे पनि, पहिले सत्यता सिद्धान्तहरू खोज्न सिक्‍नुपर्छ, र अरूका रायहरू खोज्न अग्रसर हुनुपर्छ। तैँले प्रत्येक सुझावलाई गम्भीरतापूर्वक लिइस् र त्यसपछि अरूसित मिलेर समस्याहरू समाधान गरिस् भने, आधारभूत रूपमा सौहार्दपूर्ण सहकार्यलाई पूर्णता दिनेछस्। यस तरिकाले, तैँले आफ्नो कर्तव्यमा एकदमै कम कठिनाइको सामना गर्नेछस्। जुनै समस्या आइपरे पनि, ती समाधान गर्न र सम्हाल्न सजिलो हुनेछ। यही नै सौहार्दपूर्ण सहकार्यको प्रभाव हो। कहिलेकाहीँ, सानातिना मामिलाहरूमा विवादहरू हुन्छन्, तर जबसम्म यिनले काममा असर गर्दैनन्, ती समस्या बन्नेछैनन्। तथापि, मण्डलीको कामसँग सम्बन्ध भएका महत्त्वपूर्ण र प्रमुख मामिलाहरूमा, तैँले सहमति कायम गर्नुपर्छ र ती समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। … तैँले अगुवा सम्बन्धी उपाधिहरू त्याग्‍नुपर्छ, हैसियतको तुच्छ धाक लगाउन छोड्नुपर्छ, यसको साटो आफूलाई सामान्य व्यक्ति ठान्‍नुपर्छ, अरूकै बराबरी स्तरमा खडा हुनुपर्छ, र आफ्नो कर्तव्यप्रति जिम्मेवार मनोवृत्ति अपनाउनुपर्छ। यदि तैँले आफ्नो कर्तव्यलाई सधैँ आधिकारिक उपाधि र हैसियत, वा सम्मान ठान्छस्, र अरू मानिसहरूको काम तेरो पदको निम्ति काम र सेवा गर्नु हो भन्ने कल्पना गर्छस् भने, यो समस्याजनक कुरा हो, अनि परमेश्‍वरले तँलाई तिरस्कार गर्नुहुनेछ र उहाँ तँदेखि विरक्तिनुहुनेछ। यदि तैँले आफू अरूसमान नै हुँ, आफूलाई परमेश्‍वरबाट थोरै बढी कार्यादेश र जिम्मेवारी प्राप्त भएको मात्र हो भन्‍ने विश्‍वास गर्छस् भने, यदि तैँले आफूलाई तिनीहरूसँगको समान स्थानमा राख्‍न सिक्‍न सक्छस्, र अरू मानिसले के सोच्छन् भनेर सोध्‍नलाई झुक्‍नसमेत सक्छस् भने, र यदि तैँले तिनीहरूको कुरा गम्भीरतापूर्वक, नजिकबाट र ध्यानपूर्वक सुन्‍न सक्छस् भने, तैँले अरूसित सौहार्दपूर्ण रूपमा सहकार्य गर्नेछस्। यो सौहार्दपूर्ण सहकार्यले कस्तो प्रभाव पार्नेछ? यसको प्रभाव ठूलो हुन्छ। तैँले आफूसित पहिला कहिल्यै नभएका कुराहरू प्राप्त गर्नेछस्, जुन सत्यताको ज्योति र जीवनका वास्तविकताहरू हुन्; तैँले अरूका सद्गुणहरू पत्ता लगाउनेछस् र तिनीहरूका सबल पक्षबाट सिक्नेछस्। अर्को कुरा पनि छ: तँ अरूलाई मूर्ख, मन्द बुद्धिको, बेवकुफ, आफूभन्दा तुच्छ ठान्छस्, तर जब तँ तिनीहरूको राय सुन्छस् वा अरू मानिसले तँसामु आफ्नो मन खोल्छन्, तब तैँले अनजानमै कोही पनि तैँले सोचे जत्ति साधारण हुँदैन, हरव्यक्तिले फरक सोच र विचार दिन सक्छ, र हरव्यक्तिका आफ्नै गुणहरू हुन्छन् भनेर पत्ता लगाउनेछस्। यदि तैँले सौहार्दपूर्ण रूपमा सहकार्य गर्न सिकिस् भने, त्यसले तँलाई अरूका सबल पक्षबाट सिक्न मद्दत गर्ने मात्र नभई तेरो अहङ्कार र पाखण्डिपन खुलासा गर्न र तँलाई आफू चलाख छु भन्ने कल्पना गर्नबाट रोक्न सक्छ। जब तँ आफूलाई अरू सबैभन्दा स्मार्ट र राम्रो छु भन्ठान्न छोड्छस्, तब यो आत्मकेन्द्रित र आत्मप्रशंसा गर्ने स्थितिमा जिउन छोड्नेछस्। अनि त्यसले तँलाई बचाउनेछ, होइन र? अरूसँग सहकार्य गर्दा तैँले सिक्नुपर्ने पाठ र लिनुपर्ने लाभ यही हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग एक))। “के तिमीहरूलाई कोही सिद्ध छ भन्‍ने लाग्छ? मानिसहरू जति नै दह्रिला भए पनि, वा जति नै सक्षम र प्रतिभावान् भए पनि, तिनीहरू अझै पनि सिद्ध हुँदैनन्। मानिसहरूले यो कुरालाई पहिचान गर्नैपर्छ, यो तथ्य हो र मानिसहरूमा आफ्‍नो योग्यता र सामर्थ्य वा अपूर्णताहरूलाई सही तरिकाले व्यवहार गर्न हुनुपर्ने मनोवृत्ति हो; यो मानिसहरूमा हुनुपर्ने तर्कसङ्गतता हो। आफूमा त्यस्तो तर्कसङ्गतता भयो भने, तैँले आफ्‍ना र अरूका सामर्थ्यहरू र कमजोरीहरूलाई उचित तरिकाले सम्हाल्न सक्छस्, र यसले तँलाई तिनीहरूसँग सद्‍भावमा रही काम गर्न सक्‍ने तुल्याउनेछ। यदि तैँले सत्यताको यो पक्ष बुझेको छस् र तँ सत्यता वास्तविकताको यो पक्षमा प्रवेश गर्न सक्छस् भने, दाजुभाइ-दिदीबहिनीहरूको सबल पक्ष प्रयोग गर्दै तिनीहरूसँग सद्‍भावको साथ मिलेर बस्दै आफूसँग भएको कुनै पनि कमजोरीलाई पूर्ति गर्न सक्छस्। यसरी, तैँले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि वा तैँले जे गरिरहेको भए पनि, तँ सधैँ यसमा अझ उत्तम हुँदै जानेछस् र परमेश्‍वरको आशिष्‌ पाउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनबाट मैले बुझेँ कि साझेदारी गर्दा हामी अरू समानको स्तरमा उभिनुपर्छ, तिनीहरूको कुरा ध्यान दिएर सुन्न सिक्नुपर्छ र हामीले नबुझेका कुरा सक्रिय भई सोध्नुपर्छ। यसरी अभ्यास गरेर हामीले ब्रदर-सिस्टरहरूको सबल पक्ष, तिनीहरू हामीभन्दा कुन क्षेत्रमा बलिया छन् भन्‍ने कुरा पत्ता लगाउन सक्छौँ। अनि, हामी उनीहरूलाई तुच्छ ठान्न, र आफ्नो व्यवहारमा आत्मसन्तुष्ट र स्वेच्छाचारी हुन छाड्छौँ। हामीमा आफूबारे स्पष्ट बुझाइ पनि हुनुपर्छ र आफूलाई उच्च मान्न छोड्नुपर्छ। हामीले अरूको सबल पक्ष चिन्न सिक्नुपर्छ, तिनीहरूको कमजोरीप्रति सही मनोवृत्ति राख्नुपर्छ। पछाडि फर्केर हेर्दा, दुई वर्ष अगुवा भएर सेवा गरेकी भए पनि, म सुसमाचार फैलाउन सिपालु थिइनँ, सुसमाचारको काम जाँचबुझ गर्न मलाई सहयोग चाहिन्थ्यो। क्रिस्टोफरको कुरा गर्दा, उनी विश्‍वासमा आएको लामो समय भएको थिएन, तर, उनले सधैँ सुसमाचार फैलाएका, राम्रो नतिजा पाएका र धेरै मानिसलाई विश्‍वासमा ल्याएका थिए। सुसमाचार फैलाउने कुरामा उनीसँग धेरै अनुभव थियो, त्यसैले मैले सक्रिय भएर उनको सहयोग लिनुपर्थ्यो। साथै, क्रिस्टोफर आफ्नो कर्तव्यप्रति धेरै जिम्मेवार थिए, आफ्नो काममा बोझ वहन गर्थे, हाम्रो कामको सारांश गर्न सक्रिय रूपमा मेरो खोजी गर्थे, र अन्य मण्डलीका असल अभ्यास लागू गर्थे। मैले उनको यी सबल पक्षबाट सिक्न सक्थेँ। म धेरै अहङ्कारी हुने गर्थेँ, मैले क्रिस्टोफरको सबल पक्ष चिन्न सकिनँ, उनलाई तुच्छ समेत ठानेँ। मैले उनको सुझाव मानिनँ, उनलाई मेरो काममा सहभागी हुन दिइनँ। म केही थिइनँ, तैपनि म यति आत्म-आश्‍वस्त थिएँ—कति लाजलाग्दो। ममा अलिकति पनि आत्मचेतना थिएन। मैले पहिले नै क्रिस्टोफरसँग राम्ररी सहकार्य गर्न सकेकी भए काममा ढिलाइ हुने थिएन। यी कुरा सम्झँदा, मलाई निकै पछुतो भयो। मेरा विगतका अपराध अपूरणीय थिए, तर अबदेखि कर्तव्य राम्ररी निर्वाह गर्न तयार भएँ। समस्या आउँदा म अरूसँग छलफल र संवाद गर्नेछु, मण्डलीका हितलाई प्राथमिकता दिनेछु र अरूसँग साझेदारी गर्न सिक्नेछु र पुरानो बाटो हिँड्न छोड्नेछु।

पछि, मैले त्यो गाउँ छाडेँ। मलाई अरू परियोजनाहरूमा खटाइयो, मैले नयाँ साझेदार पाएँ। यो पटक म सिस्टर मीनासँग साझेदार भएँ। हाम्रो कर्तव्य राम्रोसँग पूरा गर्नका लागि उनीसँग सौहार्दपूर्ण साझेदारी गर्न म खुसी थिएँ। पछि, मैले बिस्तारै याद गर्न थाले कि मीना मभन्दा उमेरमा ठूली भएपनि उनी मजत्तिको लामो समय आस्थामा रहेकी वा कर्तव्य निर्वाह गरेकी थिइनन्। कामको निरीक्षण र जाँचबुझ गर्ने कुरामा उनीमा अझै केही कमी थियो। कहिलेकाहीँ, ब्रदर-सिस्टरहरूले उनका केही समस्या ल्याउँथे, र म त्यो सुन्थेँ। मेरो अहङ्कारी स्वभाव फेरि देखा पर्न थाल्यो। मैले सोच्न थालेँ, म हाम्रो कामको मियो हुँ र सिस्टर मीना त्यहाँ अभ्यास गर्न मात्र आएकी हुन्। एक पटक, हामीले एउटा कार्यप्रस्ताव लेख्नु थियो, हाम्रा अगुवाले हामीलाई मिलेर यो कामबारे छलफल गर्नु भनेका थिए, तर मैले मनमनै सोचेँ: “यो कार्य गाह्रो छैन, म आफैले सजिलै सम्हाल्न सक्छु र हामी दुवैले यसमा काम गर्नु आवश्यक छैन। मैले एक्लै यो गर्न नसक्ने होइन।” भेलापछि, म यो काममा एक्लै अघि बढ्न चाहेकी थिएँ, तर मीनाले तुरुन्त मलाई फोन गरिन्, र मलाई थाहा थियो, उनी छलफल गर्न चाहन्छिन्। तर म छलफल गर्न चाहन्नथेँ, त्यसैले फोन उठाइनँ। पछि, मलाई अलिक ग्लानि महसुस भयो। मैले यसभन्दा पहिले कसरी मेरो अहङ्कार र क्रिस्टोफरसँग साझेदारी गर्ने अनिच्छुकताले काममा बाधा पुऱ्याएको थियो भन्‍ने सम्झेँ, म त्यसरी नै अघि बढिरहेमा, हाम्रो काममा पक्कै पनि असर गर्ने थियो। त्यसैले मैले परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गरेँ: “हे परमेश्‍वर, मीनाले सक्रिय भई कामबारे छलफल गर्न मलाई खोजिन्, तर म अहङ्कारी भएँ, उनीसँग साझेदारी गर्न चाहिनँ। परमेश्‍वर, अब म मनोमानी तरिकाले काम गर्न र मण्डलीको काममा बाधा ल्याइरहन चाहन्न, बिन्ती अहङ्कारी स्वभावमा जिउन छोड्न मलाई मार्गदर्शन गर्नुहोस् ताकि मीनासँग सौहार्दपूर्वक साझेदारी गर्न सकूँ।” त्यसपछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड सम्झेँ: “तिमीहरूले परमेश्‍वरको कामको उद्देश्यका निम्ति, मण्डलीको फाइदाका निम्ति, अनि तिमीहरूका दाजुभाइ-दिदीबहिनीहरूलाई अघि बढ्न प्रोत्साहन दिनका निम्ति मैत्रीपूर्ण सहकार्य हासिल गर्नुपर्छ। हरेकले अर्कालाई सुधार्दै र कामको उत्तम नतिजा प्राप्त गर्दै परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नका निम्ति तैँले एकअर्कासित सहकार्य गर्नुपर्छ। साँचो सहकार्य भनेको यही नै हो, अनि यसमा लागिपर्नेले मात्रै साँचो प्रवेश पाउनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। इस्राएलीहरूले जस्तै सेवा गर्)। परमेश्‍वरका वचनले ममा गहिरो प्रभाव पाऱ्यो। मेरो कर्तव्य राम्रोसँग गर्न मैले मीनासँग सौहार्दपूर्ण ढङ्गले साझेदारी गर्न सिक्नु थियो र आफ्नो अहङ्कारी स्वभाव र स्वेच्छाचारी व्यवहारअनुसार जिउन छोड्नु थियो। यो सोचेर मैले मीनालाई फोन गरेँ र अबको हाम्रो कामको प्रबन्धबारे छलफल गरेँ। मीनाले आफ्नो विचार बताइन्, र मलाई निकै राम्रो लाग्यो, त्यसैले मैले ती विचार लागू गरेँ। केही समयमै, हामीले पहिले मैले एक्लै गर्दाको तुलनामा निकै छिटो योजना बनाएका थियौँ। मलाई धेरै खुसी लाग्यो। यो ठूलो उपलब्धि त थिएन, तर मैले आफूलाई त्यागेर परमेश्‍वरका वचनअनुसार अभ्यास गर्दा धेरै आनन्द आयो। त्यहाँदेखि, मैले अरू ब्रदर-सिस्टरसँग साझेदारी गर्न सिकेँ, र हरेक महिना हाम्रो काममा झन्-झन् राम्रो नतिजा आएको पाएँ। मैले परमेश्‍वरलाई हृदयबाटै धन्यवाद दिएँ!

अघिल्लो: ७९. म पैसाका लागि जिउन छोडेँ

अर्को: ८५. अप्रिय तथ्यलाई कसरी लिने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१४. इमानदार मानिस हुनुको स्वाद

योङ्ग्सुइ, दक्षिण कोरियाएक दिन मार्च महिनाको अन्ततिर एक भेलामा, एक जना अगुवाले गिरफ्तार गरेर क्रूर यातना दिइएका एकजना दाजुको बारेमा बताए।...

७. धन-दासको जागरण

मेरो जीवनको अधिकांश हिस्सा भागदौड गरेर, पैसा कमाउनमा मैले कसरी बिताएँ भनेर हेर्दा मैले आदर र प्रशंसा कमाएँ, तर मेरो जीवनको हरेक तहमा शैतानले मलाई यातना दिइरह्यो। तर परमेश्‍वरले मलाई मुक्ति दिनुभयो। उहाँले मलाई पैसाको हावा-हुरीबाट मुक्ति दिलाउनुभयो र मेरो जीवनको मार्ग परिवर्तन गरिदिनुभयो।

२०. सत्यतालाई अभ्यास गर्नु नै सामञ्जस्यतापूर्ण समन्वयको कुञ्जी हो

डोङ्गफेङ्ग, अमेरिकाअगस्त २०१८ मा, मेरो काम ब्रदर वाङसित फिल्मसम्बन्धी सरसामग्री बनाउनु थियो। पहिले त, मैले नजानेको कति धेरै कुरा छ भनी मैले...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्