जिउने सुन्दर तरिका

क्षुन्‍क्‍वी, जापान

म सानो छँदा मलाई के सिकाइयो भने, अरूसँग ठाडे व्यवहार नगर्नू र अरूलाई दुःखी नबनाउनू, र त्यो नै मेरो जीवनको दर्शन थियो। त्यसैले म सधैँ शैतानी दर्शनहरूद्वारा जिए, जस्तै “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ” अनि अरूसित “मान्छेलाई कम्‍मरभन्दा मुनि कहिल्यै नकुट्नू” कसैले केही गल्ती गरेको देख्दा म उनीहरूलाई लाजमा पार्न वा उनीहरूका कमीकमजोरीहरूलाई पर्दाफास गर्न चाहन्‍नथिएँ। अरूबारे बुझकी र विचारशील भएकोमा मानिसहरूले मेरो प्रशंसा गर्थे, र यो जिउने एउटा राम्रो तरीका हो, त्यो सम्बन्धको आधारभूत सिद्धान्त हो भन्‍ने ठान्थेँ। परमेश्‍वरको वचनको न्याय र सजाय अनुभव गरेपछि, मैले महसुस गरेँ कि त्यो असल मान्छे बन्‍ने तरिका होइन रहेछ, बरु त्यो त शैतानी दर्शनहरूअनुसार व्यवहार गर्ने कार्य रहेछ। त्यसले कसैलाई मद्दत गर्दैन र अरू मानिसलाई चोट पुर्‍याउन सक्छ। कामकुराहरूप्रतिको मेरो दृष्टिकोण परिवर्तन भयो र परमेश्‍वरका वचनहरूले मलाई आचरणका सिद्धान्तहरू दिए।

अगस्त २०१९ मा म एक मण्डली अगुवा भई छनौट भएपछि, त्यो अवसर पाएकोमा म एकदमै कृतज्ञ भएँ। मैले यस जिम्मेवारी वहन गर्ने संकल्प गरेँ। केहि समयपछि, मैले दाजुभाइ तथा दिदीबहिनीहरूको काममा केही समस्याहरू देखेँ। कोही आफ्नो काममा लापरवाही थिए, जसले केही स्पष्ट समस्याहरू निम्त्याएको थियो। कोहीले चाहिँ अरूसँग राम्रोसँग काम गर्दैन थिए, त्यसैले उनीहरूको काममा तालमेल मिलेको थिएन र काम अप्रभावकारी भयो। जब मैले यो देखेँ, तब सोचेँ, “तिनीहरूले आफ्नो काममा भ्रष्टता देखाउँदैछन्। यदि कुरा औंल्याइएन भने परमेश्‍वरको घरको काममा असर पर्नेछ। मलाई उनीहरूसँग स‌‌‌‌‌‌‌‌‌‌‌‌ङ्गती गर्नु आवश्यक छ ताकि उनीहरूले यो बुझूझून् र परिवर्तन गरून्।” त्यसपछि मैले सोचेँ, “यदि मैले उनीहरूको सुरुदेखिका समस्याहरू पर्दाफास गरेँ भने, उनीहरूले मलाई के सोच्लान्? के उनीहरूले म ज्यादै कडा बनेको, मलाई उनीहरूसित मिल्न नसक्ने ज्यादै कठोर ठान्नेछन्? यदि उनीहरूमा त्यस्तो भान भयो भने, मबाट सबैजना टाडिनेछैनन् र? यसलाई बिर्सिदिन्छु। यसबारे बताउँदिनँ। मैले राम्रो सम्बन्ध स्थापित गर्नैपर्छ।” त्यसैले मैले यी दाजुभाइ तथा दिदीबहिनीहरूका सबै समस्याहरूलार्इ ढाकछोप गरेँ। म उनीहरू सरममा अनि अप्ठ्यारोमा पर्छन्‌ र उनीहरूसितको सम्बन्ध बिग्रिन्छ भनेर डराएको थिएँ।

एकचोटि, एकजना सिस्टरले मलाई बताइन् कि, ब्रदर वाङ्ग आफ्नो काममा हठी छन् र कुनै सुझाव लिँदैन। जसले गर्दा कामको प्रगति ढिलाइ भएको थियो। मैले अरू केहीको राय लिएँ र उनीहरू सबैले ब्रदर वाङ्ग अहङ्कारी, हैकम चलाउने र धाक देखाउने खालका छन् भनेर भने। तिनीसँग काम गर्ने धेरैजसोले आफू विवश भएको महसुस गर्दा रहेछन्। यो प्रतिक्रिया सुन्दा, ब्रदर वाङ्गमा गम्भीर समस्या छन् भन्ने कुरा मैले बुझेँ। र अहिले नै यसको निराकरण नगर्ने हो भने उनको जीवन प्रवेश वा परमेश्‍वरको घरको काममा मदत हुने थिएन। मैले उनलाई यस समस्याको गम्भीरता बुझ्न मद्दत गर्नुपर्थ्यो। तर ब्रदर वाङ्गसँग बोलचाल गर्दा म तर्किन मात्र चाहन्थें। म सोच्थेँ, “यी सबै मुद्दाहरू ब्रदर वाङ्गका सबैभन्दा खराब अंशहरू हुन्। यदि मैले प्रत्येक समस्या बाहिर देखाइदिएँ भने, उनलाई आफू होच्याइएको वा अयोग्य मभएको महसुस हुँदैन र? के त्यो अपमानजनक हुँदैन र? यदि उसलाई मैले व्यक्तिगत रूपमा निसाना बनाउँदैछु भन्ने लागेमा के ऊ मदेखि रिसाउनेछैन र? हामी एक-अर्कालाई भेलामा र हाम्रो काम गर्दा निरन्तर भेट्थ्यौं। यदि कामकुरो अनौठो भइदियो भने हामी कसरी साथसाथ हुनेछौं?” त्यसपछि मैले कसरी उनले सधैँ आफू अहङ्कारी स्वभावको छु भनेर भन्थे त्यसबारे सोचेँ, त्यसैले, कुनै संवेदनशील पक्षलाई नछोइकन यस कुरातर्फ संकेत गर्दा त्यो उनको लागि असाध्यै लाजमर्दो हुने थिएन र हामीबीच त्यस्तो अप्ठ्यारो हुने थिएन। त्यसैले हाम्रो सङ्गतिमा उनी अहंकारी र धाक देखाउने खालका छन् भनेर मैले हल्का कुरा कोट्याएँ मात्र। उनले मेरो कुरा सुनेर आफू वास्तवमा अहङ्कारी र धाक देखाउने खालको छु भनेर स्वीकार गरे र त्यसबारे आफूलाई पहिला नै थाहा छ भनेर बतायो। मलाई थाहा थियो, उनले समस्याको गम्भीरतालाई बुझेका थिएनन् तर मैले केही भनिनँ। उनले आफूबारे कुनै वास्तविक समझ प्राप्त गरेका थिएनन्, त्यसैले उनी आफ्नो काममा हठी भइरहन्थे। अरूसँग कार्य गर्न असक्षम भएकोले र मण्डलीको काममा ढिलाइ गर्ने गरेकोले उनलाई स्थानान्तरण गरियो। उनले अर्को काम सम्हाले, तर उनको भ्रष्ट स्वभावले गर्दा त्यहाँ पनि तिनी त्यति प्रभावकारी भएनन्। एक दिन, उनका सुपरिवेक्षकले रिसाएर मलाई भने, “के तपाईँलाई ब्रदर वाङ्गका समस्याहरूको बारेमा थाहा थियो? तपाईँले किन उहाँसँग सङ्गति गर्नुभएन? उनले हाम्रो कामको प्रगतिमा गम्भीर प्रभाव पारेका छन्।” मलाई लाग्यो, सत्यताको अभ्यास नगरेकोमा परमेश्‍वरले उनीमार्फत मलाई हप्काउनु हुँदैथियो। मलाई वास्तवमै दोषी महसुस भयो। यदि मैले उनका समस्याहरू औंल्याइदिएको भए र उनले त्यसमाथि चिन्तन गरेको भए, उनी आफ्नो काम ठीकसित गर्न सक्षम बन्‍ने थिए। तर उनीसँग आफ्नो शैतानी प्रकृतिको कुनै वास्तविक बुझाइ थिएन। त्यसैले तिनी पहिला असफल मात्र भएनन् तर त्यसपछि परिवर्तन पनि भएका थिएनन्। उनले काममा बाधा पुर्‍याइरहेका थिए। के मैले अरूलाई चोट पुर्‍याइरहेकी र परमेश्‍वरको घरको काममा ढिलाइ गरिरहेकी थिएँ? ममा असल मानवता छ भन्ने मलाई लाग्थ्यो। तर अब मैले देखें, म केवल अरूलाई सरममा पार्ने कुराले र उनीहरूमा नराम्रो प्रभाव पार्ने बारेमा डराएकी थिएँ। तर अरूको जीवन प्रवेश वा परमेश्‍वरको घरको कामको लागि त्यो राम्रो कुरा थिएन। के त्यो असल मानवता थियो?

पछि मैले परमेश्‍वरका यी वचनहरू पढें: “असल मानवता हुनका लागि एउटा मापदण्ड हुनुपर्छ। यसमा संयमको बाटो अपनाउने, सिद्धान्तहरूलाई नपछ्याउने, कसैलाई चोट नपुऱ्याउन कोसिस गर्ने, जहाँ जाँदा पनि चापलुसी गरेर कृपा पाउने, आफूले भेट्ने सबै जनासँग नरम र चिप्लो कुरा गर्ने, र सबैलाई राम्रो महसुस गराउने कुरा समावेश हुँदैन। यो त्यो मापदण्ड होइन। त्यसो भए मापदण्ड के हो? यसमा परमेश्‍वर, अन्य व्यक्तिहरू र घटनाहरूलाई साँचो हृदयले व्यवहार गर्ने, जिम्मेवारी उठाउन सक्‍ने, र सबै जनाले प्रत्यक्ष रूपमा देख्न र महसुस गर्न सक्ने प्रकारले कामहरू गर्ने कुराहरू सम्मिलित हुन्छन्। यसबाहेक, परमेश्‍वरले मानिसहरूको हृदय तलास गर्नुहुन्छ र तिनीहरू प्रत्येकलाई जान्नुहुन्छ। कतिपय मानिसहरूले आफूसँग असल मानवता भएकोमा जहिल्यै पनि घमन्ड गर्छन्, तिनीहरूले कहिल्यै नराम्रो काम नगरेका, अरूका सम्पत्तिहरू नचोरेका वा अरू मानिसहरूका थोकहरूको लालच नगरेका दाबी गर्छन्। जब रुचिहरूको विषयमा विवाद हुन्छ तब घाटा रोज्दै तिनीहरू अरूलाई फाइदा उठाउन दिने हदसम्‍म जान्छन्, अनि सबैले तिनीहरूलाई असल मानिसहरू ठानून् भनेर तिनीहरू कसैको बारेमा कहिल्यै नराम्रो कुरा गर्दैनन्। तापनि, परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू पूरा गर्दा तिनीहरू चलाक र चिप्ला कुरा गर्ने गर्छन्, सधैँ तिनीहरूका आफ्नै लागि योजना बनाउँछन्। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको घरको हितको बारेमा सोच्दैनन्, तिनीहरू परमेश्‍वरले जरुरी ठान्नुभएको कुरालाई जरुरी ठान्दैनन् वा परमेश्‍वरले सोच्नु भएजस्तो प्रकारले सोच्दैनन्, र तिनीहरू आफ्ना कर्तव्यहरू पूरा गर्न आफ्ना रुचिहरूलाई पन्साउन सक्दैनन्। तिनीहरू कहिल्यै आफ्नो रुचिहरू त्याग्दैनन्। दुष्कर्मीहरूले दुष्कर्म गरिरहेका देखेर पनि तिनीहरूले तिनीहरूको पर्दाफास गर्दैनन्; तिनीहरूसित कुनै पनि प्रकारका सिद्धान्तहरू हुँदैन। यो राम्रो मानवताको उदाहरण होइन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका वचनहरूले आचरणका सिद्धान्तहरूलाई देखाउँछन्। असल व्यक्तिले बीचको बाटो अपनाउँदैन न त अरूका समस्याहरूबारे चुपचाप सहन्छ। तिनीहरू पूर्ण सद्भाव खोज्दैनन्। न त अरूसँग सिद्ध सम्बन्ध कायम राख्ने प्रयास गर्छन्। सिद्धान्तमा चल्नु र न्यायको अर्थ बुझ्नुमा नै असल व्यक्ति हुनुको मानक निहित हुन्छ। यसले डरबिना सिद्धान्तहरूको समर्थन गर्दछ अनि परमेश्‍वरको घरको हितमा आँच आउँदा यसको सुरक्षा गर्दछ। दाजुभाई-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दा, यदि मैले उनीहरूसँग आफ्नो असल सम्बन्ध कायम राखेँ भने सबैले मलाई राम्रो सोच्छन्‌ भन्ने सोचेर कसैलाई पनि सरममा नपार्न वा अप्रसनन्न नबाउनमा ध्यान लगाएँ। तर त्यो सत्यका सिद्धान्तहरू अनुरूप थिएन। मैले अरूहरूमा भ्रष्टता भएको र उनीहरूले परमेश्‍वरको घरको काममा अवरोध खडा गरेको देखेँ। तर आफ्नो राम्रो छवि जोगाउन चाहँदा मैले मण्डलीको हितको रक्षा गरिनँ र आँखा चिम्लेँ। मैले समस्याहरूलाई फुत्कन दिएँ। विशेष गरी ब्रदर वाङ्गसँग। मलाई थाहा थियो, उहाँका समस्याहरूले परमेश्‍वरको घरको काममा गम्भीर असर पारेका थिए। तर मैले उहाँलाई व्यक्तिगत रूपमा लक्षित गरिरहेको उहाँले सोस्चनुहुन्छ भनेर डराएँ। उहाँले मेरो कुरा स्वीकार गर्नुहुन्न र मेरो विरुद्धमा जानुहुन्छ भनेर डराएँ। जब मैले उहाँसँग सङ्गति गरेँ, तब मैले त्यो समस्यालाई कम आँक्दै कामकुरोलाई ढाकछोप गरेँ। नतिजास्वरूप, उहाँले आफ्ना समस्याहरुलाई गम्भीरतासाथ लिनुभएन। स्पष्टतः, मैले आफ्नो हानिरहित छविलाई कायम गरेँ, तर वास्तवमा मैले मण्डलीको काम र अरूको जीवन प्रवेशमा क्षति पुर्‍याएको थिएँ। मैले देखेँ, म केवल मानिसहरूलाई खुसी पार्न खोज्ने व्यक्ति थिएँ, हर पक्षबाट एक धोकेबाज।

त्यसपछि मैले मेरा भक्तिहरूमा परमेश्‍वरका यी वचनहरू पढेँ: “केही मण्डली अगुवाहरूले लापरवाही र झारातिरुवा शैलीमा आफ्नो कर्तव्य निभाउने दाजुभाइ वा दिदीबहिनीहरूलाई गाली गर्नुपर्ने भए पनि गाली गर्दैनन्। जब परमेश्‍वरको घरको हितप्रति स्पष्ट रूपमा हानिकारक हुने कुरा तिनीहरूले देख्छन्, अरूलाई अलिकति पनि ठेस नपुगोस् भनेर तिनीहरूले नदेखेझैँ गर्छन् र कुनै जाँच-पड्ताल गर्दैनन्। तिनीहरूको साँचो उद्देश्य र लक्ष्य अरूको कमजोरीमा ध्यान पुर्‍याउनु होइन—तिनीहरूको अभिप्राय के हो भन्‍ने कुरा तिनीहरूलाई राम्ररी थाहा हुन्छ: ‘यदि मैले यसलाई जारी राखेँ र कसैलाई ठेस पर्‍याइनँ भने, तिनीहरूले म असल अगुवा हुँ भन्‍ने सोच्‍नेछन्। तिनीहरूले मेरो बारेमा असल र उच्‍च राय बनाउनेछन्। तिनीहरूले मलाई समर्थन गर्नेछन् र मलाई मन पराउनेछन्।’ परमेश्‍वरको घरको हितलाई जतिसुकै क्षति पुर्‍याए तापनि र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा जतिसुकै ठूलो वाधा पुर्‍याइए तापनि वा तिनीहरूको मण्डली जीवनलाई जतिसुकै ठूलो मात्रामा विचलित पारिए तापनि, त्यस्ता मानिसहरू अरूलाई ठेस नपुर्‍याउने आफ्ना शैतानी दर्शनमा लागिरहन्छन्। तिनीहरूको हृदयमा आत्म-निन्दाको भावना हुँदैन; बढीमा तिनीहरूले छोटकरीमा केही विषयहरूको बारेमा अनौपचारिक रूपमा उल्लेख गर्लान्, तर यसलाई त्यतिमै टुङ्‍ग्याउँछन्। तिनीहरूले सत्यको बारेमा सङ्‍गति गर्दैनन्, न त तिनीहरूले अरूका समस्याहरूको सारलाई औँल्याउँछन्, तिनीहरूले मानिसहरूको अवस्थाहरूको सुक्ष्म विश्लेषण गर्ने कुरा त परै जाओस्। तिनीहरूले मानिसहरूलाई सत्य वास्तविकतामा प्रवेश गराउनको निम्ति नेतृत्व गर्दैनन्, र तिनीहरूले परमेश्‍वरको इच्छा के हो वा मानिसहरूले गर्ने गल्तीहरू वा मानिसहरूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू के हुन् भन्नेबारेमा कहिले पनि सञ्‍चार गर्दैनन्। तिनीहरूले यी व्यवहारिक समस्याहरूको समाधान गर्दैनन्; बरु, तिनीहरू अरूको कमजोरी र नकारात्मकता र तिनीहरूको लापरवाहीपन र उदासीनताप्रति समेत सधैँ आसक्त हुन्छन्। तिनीहरूले यी मानिसहरूका काम र व्यवहारहरूलाई तिनीहरू के हुन् भनी नखुट्ट्याईकन त्यतिकै छोड्छन् र तिनीहरूले ठ्याक्कै त्यही गर्ने हुनाले धेरैजसो मानिसहरूले सोच्छन्, ‘हाम्रो अगुवा हाम्रो निम्ति आमा जस्तै छन्। उनलाई हाम्रो कमजोरीको बारेमा परमेश्‍वरलाई भन्दा पनि राम्रो बुझाइ छ। हाम्रो कद परमेश्‍वरको मापदण्डअनुसार जिउनको निम्ति धेरै सानो हुन सक्छ, तर यो हाम्रो अगुवाको अपेक्षाअनुसार जिउनको निम्ति पर्याप्त छ। उनी हाम्रो निम्ति असल अगुवा हुन्। यदि माथिले हाम्रो अगुवालाई प्रतिस्थापन गर्छ भने हामीले हाम्रो आवाज उठाउनुपर्छ, र हाम्रा फरक राय र इच्छाहरूलाई पेश गर्नुपर्छ। हामीले माथिसँग वार्ता गर्ने प्रयास गर्नुपर्छ।’ यदि मानिसहरूले यस्ता विचार राखे भने—यदि तिनीहरूले आफ्ना अगुवासँग यस किसिमको सम्बन्ध विकास गरे, तिनीहरूमा ती अगुवाको यस्तो छाप पर्‍यो र तिनीहरूले आफ्ना हृदयमा ती अगुवाप्रति निर्भरता, प्रशंसा, आदर र श्रद्धाको भावना विकास गरे भने—ती अगुवाहरूले कस्तो महसुस गर्नुपर्छ? यदि यस विषयमा तिनीहरूले आत्म-निन्दा, केही असहजता र परमेश्‍वरप्रति ऋणीपन महसुस गर्छन् भने, तिनीहरूले आफ्नो ओहोदा वा अरूका हृदयमा आफ्नो छविप्रति आसक्त हुनुहुँदैन। तिनीहरूले परमेश्‍वरलाई गवाही दिनुपर्छ र उहाँको बढाइ गर्नुपर्छ, ताकि मानिसहरूका हृदयमा उहाँको निम्ति ठाउँ होस् र ताकि मानिसहरूले परमेश्‍वरलाई महान् मानेर आदर गरून्। तब मात्र तिनीहरूको हृदयमा साँचो रूपमा शान्ति हुनेछ र यसो गर्ने व्यक्ति सत्यताको पछि लाग्‍ने व्यक्ति हो। यद्यपि, यदि तिनीहरूको कार्यपछाडिको लक्ष्य यो होइन भने र यसको साटो, तिनीहरूले मानिसहरूलाई साँचो बाटोदेखि पथभ्रष्ट गराई सत्यता त्याग्‍न लोभ्याउनको निम्ति, मानिसहरूले आफ्ना कर्तव्यहरूप्रति प्रदर्शन गरेका लापरवाही, झारातिरुवा र गैरजिम्मेवार शैलीमा लिप्त हुने हदसम्म पुगी, मानिसहरूको हृदयमा निश्‍चित ठाउँ ओगट्ने र तिनीहरूको शुभेच्छा जित्‍ने लक्ष्यका साथ आफ्ना विधि र तौरतरिकाहरूको प्रयोग गर्छन् भने, के यो मानिसहरूलाई जित्‍ने प्रयास होइन र? अनि के यो दुष्ट, घृणित कुरो होइन र? यो घृणित कुरा हो!” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू मानिसहरूलाई जित्ने कोसिस गर्छन्”)। यसले मेरा कार्यहरूको सार र यी कार्य पछाडिको मनसायलाई प्रकट गऱ्यो। अगुवा भएदेखि म मानिसहरूसँग राम्रो सर्तहरूमा रहन होसियार बनेँ। म मानिसहरूको मर्यादालाई जोगाउन उनीहरूका समस्याहरूलाई उठाउदिनँ थिएँ। ब्रदर वाङले मण्डलीको काममा अवरोध र बाधा पुऱ्याउनुभएको देख्दा मलाई कुनै हतास लागेको थिएन। यसको सट्टा, मैले सबैको बीचमा आफ्नो स्थान कायम राख्न चाहँदै सबैसितको व्यवहारमा आफ्नो बोलीलाई ध्यान दिएँ। म बाहिरबाट सज्जन र हानिरहित देखिन्थेँ, तर त्यो दाजुभाई-दिदीबहिनीहरूलाई देखाउने मेरो देखावटी रूप थियो। मैले मानिसहरूको मन जित्न उनीहरूलाई राम्रो लाग्ने व्यवहार र बोली प्रयोग गरेँ ताकि उनीहरूले मलाई मन पराऊन्‌ र मान गरून्। त्यस तरिकाले मैले आफ्नो स्थिति बलियो बनाउने थिएँ। म मेरो आफ्नै मार्ग सहज बनाउन चाहान्थेँ र मैले यो परमेश्‍वरको घरको हितलाई हानी पुऱ्याएर गरेँ। म सत्यका सिद्धान्तहरूको विरूद्धमा गएँ। म ख्रीष्ट विरोधी पथमा हिडिरहेको थिएँ। त्यसपछि, परमेश्‍वरका वचनहरू मकहाँ आए: “तँ तेरा नातेदारहरू, मित्रहरू, पत्नी (या पति), छोरा-छोरीहरू, र अभिभावकहरू, प्रति असाधारण रूपमा मिलनसार र समर्पित छस् होला र कहिल्यै पनि अरूको फाइदा उठाएको छैनस् होला, तर यदि तँ ख्रीष्ट अनुरूप हुन सक्दैनस्, यदि तँ उहाँसँगको एकतामा अन्तरक्रिया गर्न सक्दैनस् भने तैँले आफ्‍ना छिमेकीहरूका निम्ति आफ्‍नो सबै आराम अर्पण गर्छस् या आफ्नो बुवा, आमा, र तेरो घरका सदस्यहरूलाई सावधानीपूर्वक हेरचाह नै गरेको छस् भने पनि, म त भन्छु तँ अझै पनि दुष्ट छस्, साथै एउटा धूर्त छलले भरिपूर्ण छस्” (वचन देहमा देखा पर्नुहुन्छको “ख्रीष्ट अनुरूप नभएकाहरू निश्‍चय नै परमेश्‍वरका विरोधीहरू हुन्”)। परमेश्‍वरको मण्डलीले मलाई अरूलाई सत्य अभ्यास गराउन, आफ्नो कर्तव्य पालन गराउन, परमेश्‍वरको कामको समर्थन गराउन सत्यमा सङ्गति गराउन र अरूका समस्याहरूको समाधान गराउनका लागि डोऱ्याउन र मार्गदर्शन गर्न लगायो ताकि उनीहरूले आफ्नो भ्रष्ट स्वभाव बुझ्न सकून्‌ र सिद्धान्तमा रहेर आफ्नो कर्तव्य पूरा गर्न ससकून्। त्यो मेरो जिम्मेवारी थियो। तर मैले यसलाई परमेश्‍वरले चाहेको अनुसार गरिनँ। मैले अरूसितको आफ्नो सम्बन्ध र प्रतिष्ठलाई ध्यान दिएँ, यसले परमेश्‍वरको मण्डलीको काममा हानी र अरूको जीवन प्रवेशमा बाधा पुर्‍यायो। म शैतानको पक्षमा काम गर्दै थिएँ। म परमेश्‍वरले उहाँका वचनहरूमा पर्दाफास गर्नुभएको जस्तै थिएँ। म खराब मात्रै थिइनँ तर म एक अस्थिर, स्वार्थी, घृणित व्यक्ति थिएँ। यदि मैले पश्चात्ताप र परिवर्तन नगरेको भए, म दाजुभाई-दिदीबहिनीहरूको जीवन प्रवेशमा ठोकरको कारण हुने थिएँ। अन्ततः मैले अरूसितको अन्तरक्रियाबाट आफ्नो जीवनका नियमहरूलाई बुझेँ। मैले वास्तवमा देखेँ, “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ” र “मान्छेलाई कम्‍मरभन्दा मुनि कहिल्यै नकुट्नू” आचरणका लागि सिद्धान्तहरू होइनन्। म पश्चात्ताप गर्न र आफ्नो गलत चाहनालाई सुधार्न प्रार्थनामा परमेश्‍वरसामु आएँ।

पछि मैले परमेश्‍वरको वचनमा यो कुरा पढेँ: “यदि तँ परमेश्‍वरसँग सामान्य सम्बन्ध राख्न चाहन्छस् भने तेरो हृदय परमेश्‍वरमा फर्किनै पर्छ। यसको जगमा अन्य मानिसहरूसँग पनि तेरो सम्बन्ध स्वाभाविक हुनेछ। यदि परमेश्‍वरसँग तेरो सम्‍बन्ध सामान्य छैन भने, अन्य मानिसहरूसँग तेरा सम्बन्धहरू कायम राख्न तैँले जे गरे पनि, तैँले जति कठिन परिश्रम गरे पनि वा तैँले जति शक्ति प्रयोग गरे पनि, यी सबै मानिसको जीवन जिउने सम्बन्धी दर्शनशास्त्रसँग सम्बन्धित हुनेछन्। तैँले मानवीय दृष्टिकोण र मानवीय दर्शनद्वारा मानिसहरूका बीचमा तेरो प्रतिष्ठा कायम गरिरहेको छस् ता कि मानिसहरू तेरो प्रशंसा गरून्, तर मानिसहरूसँग सामान्य सम्बन्ध स्थापित गर्न तैँले परमेश्‍वरका वचनलाई पालन गरिरहेका छैनस्। यदि तैँले मानिसहरूसँगको तेरा सम्बन्धहरूमा ध्यान केन्द्रित गर्दैनस् तर परमेश्‍वरसँग स्वाभाविक सम्बन्ध कायम राख्छस् भने, यदि तँ आफ्नो हृदय परमेश्‍वरलाई अर्पित गर्न र उहाँको आज्ञा पालन गर्न सिक्न तत्पर छस् भने, प्राकृतिक रूपमै सबै मानिसहरूसँगका तेरा सम्बन्धहरू सामान्य हुनेछन्। यसप्रकार, ती सम्बन्धहरू शरीरमा होइन, तर परमेश्‍वरका प्रेमका आधारमा स्थापित हुन्छन्। त्यहाँ झण्डै शून्य शारीरिक अन्तरक्रिया हुन्छ, तर आत्मामा भाइचारा, पारस्परिक प्रेम, पारस्परिक सान्त्वना, र एक-अर्काको लागि प्रबन्ध हुन्छ। यी सबै परमेश्‍वरलाई सन्तुष्ट पार्ने हृदयको जगमा गरिन्छ। जीवन जिउने सम्बन्धी मानवीय सिद्धान्तमा आधारित भएर यी सम्बन्धहरू कायम राखिँदैन, तर परमेश्‍वरको लागि अभिभारा बोकेर प्राकृतिक तरिकाले नै स्थापित हुन्छ। यसको लागि मानव निर्मित प्रयत्न आवश्यक पर्दैन। तैँले परमेश्‍वरको वचन सिद्धान्त अनुसार अभ्यास मात्र गर्नु आवश्यक हुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ”)। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने, उचित सम्बन्धहरूले मानव दर्शनहरूलाई प्रयोग गर्न सक्दैनन्। हामीले परमेश्‍वरका वचनहरूअनुसार अरूको आत्मालाई पालनपोषण गर्दा मात्र सबैलाई फाइदा हुन्छ। अरूले आफ्नो काम भ्रष्ट स्वभावका साथ गरेको देख्दा मैले आफ्नो छविमा ध्यान केन्द्रित गर्नु हुँदैन थियो। मैले उनीहरूलाई उनीहरूको स्वभाव बुझ्न मदत दिनको लागि त्यस समस्यामा परमेश्‍वरको वचन प्रयोग गर्नुपर्थ्यो, अनि उनीहरूलाई आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्षम बनाउन सङ्गति गर्नुपर्थ्यो। परमेश्‍वरले अनुमोदन गर्नुहुने थियो। परमेश्‍वरका वचनहरूलाई विचार गर्दा ब्रदर वाङ्ग प्रायः आफूलाई बुझ्न सक्षम हुनुहुन्थ्यो, त्यसको अर्थ, उहाँ आफ्ना समस्याहरू समाधान गर्न चाहनुहुन्थ्यो। उहाँले यस समस्याको जड बुझ्नुभएन र साँच्चै आफूलाई घृणा गर्नुभएन। त्यसैले उहाँ अझै भ्रष्ट स्वभावभित्र बाँचिरहनुभयो। यदि मैले समस्याको विश्लेषण गर्न परमेश्‍वरका वचनहरू प्रयोग गरेकी भए, उहाँले अभ्यासको मार्ग भेट्टाउन सक्नुहुन्थ्यो र वास्तवमै यसले उहाँलाई मद्दत गर्ने थियो। यो महसुस गर्दा, म आफ्न चाहनालाई परिवर्तन गर्न र परमेश्‍वरको आवश्यकताअनुसार कामहरू गर्न चाहन्थेँ। त्यसपछि मैले भाई वाङ्गको समस्याहरूलाई उहाँको काममा सङ्क्षेपमा प्रस्तुत गरेँ र त्यसलाई एक एक गरी सूचीबद्ध गरिदिएँ। मैले समस्याको जडलाई विश्लेषण गर्दै उहाँसँग सङ्गति गरेँ। त्यसपछि, उहाँले मैले सोचे जस्तो मलाई घृणा गर्ने वा मलाई छोड्ने गरेनन्। तर मेरो सङ्गति स्वीकार गर्नुभयो। उहाँले मलाई यस्तो सन्देश पठाउनुभयो, “यो कुरालाई उठान गर्नुभएकोमा धन्यवाद, यसो नभएको भए मैले यो समस्या कत्तिको गम्भीर छ भनेर देख्ने थिइनँ।” म वास्तवमै भावुक बनेँ। मैले मेरो मनसाय सच्याएँ र आफ्नो छवमा केन्द्रित भइनँ, अनि परमेश्‍वरको वचन र सिद्धान्तहरू अभ्यास गरेँ। त्यसपछि मैलेअरूलाई व्यावहारिक सहयोग दिन सकेँ। मैले शान्ति पनि महसुस गरें।

पछि, मैले एकजना बहिनीलाई आफ्नो काममा ढिलाइ गरिरहेकी याद गरेँ, जसले धेरै समस्याहरू निम्त्यायो। उनले यी समस्याहरू देखेपछि उनी नकारात्मक भइन्। मैले के बुझेँ भने, यी समस्याहरू मुख्यतः उनको आफ्नो कामप्रतिको दृष्टिकोणबाट निस्किएका थिए, त्यसैले म यसबारे बताउन चाहन्थेँ। तर मैले सोचचेँ, “उनी पहिले नै निराश छिन्। यदि मैले उनका समस्याहरूबारे कुरा गरेँ भने, के मैले उनको घाउमा नुन-चुक छर्किरहेको हुँदिनँ र? यदि उनी अझै नकारात्मक भइन्‌ भने, मानिसहरूले ममा मानवता छैन भन्लान् र त्यसपछि मलाई बहिष्कार गर्लान्।” मैले सोचें कि यदि मैले उनको कामका समस्याहरू समाधान गर्ने उपाय फेला पार्न सकेँ भने, मैले उनका समस्याहरू उल्लेख गर्नुपर्दैन थियो। तब मैले महसुस गरेँ कि म फेरि शैतानी दर्शनहरूअनुसार कार्य गरिरहेछु, र यदि मैले यो उनलाई उनका समस्याहरू देखाइनँ भने उनेल आफ्नो भ्रष्ट स्वभाव देख्ने थिइनन् र त्यसले उनलाई मद्दत गर्ने थिएन। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र सत्यका सिद्धान्तहरू खोजेँ। त्यसपछि, मैले यो परमेश्‍वरका यी वचनहरू पढेँ: “आफ्‍ना कार्यहरूमा परमेश्‍वर कहिल्यै पनि ढलपल हुने वा हिचकिचाउने गर्नुहुन्‍न; उहाँका कार्यहरू पछाडिका सिद्धान्तहरू र उद्देश्यहरू सबै स्पष्ट र पारदर्शी, विशुद्ध र त्रुटिविहीन हुन्छन्, तिनमा कुनै पनि चालबाजी वा युक्तिहरू मिश्रित भएका हुँदैनन्। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरको सारमा कुनै पनि अन्धकार वा दुष्टता हुँदैन” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय २”)। “परमेश्‍वर नरम बन्नुहुन्न; उहाँ मानवीय विचारहरूद्वारा दूषित हुनुहुन्न। उहाँका लागि, एक एक नै हो र दुई दुई नै हो; सही सही नै हो र गलत गलत नै हो। त्यसमा कुनै अस्पष्टता छैन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कुनै व्यक्ति साँचो रूपमा आज्ञाकारी छ भने मात्रै ऊसँग साँचो विश्‍वास हुन सक्छ”)। यसले मलाई देखायो भने, परमेश्‍वर आफ्नो वचन र काममा एकदम सिद्धान्तवादी। मानिसहरूले सकारात्मक कामहरू गर्दा परमेश्‍वरले स्वीकार गर्नुहुन्छ, तर उनीहरूले सत्यको उल्लङ्घन गर्दा र परमेश्‍वरको मण्डलीलाई चोट पुर्‍याउँदा, उहाँ यसलाई घृणा गर्नुहुन्छ। परमेश्‍वर उहाँ आफ्नो कार्यहरूमा स्पष्ट हुनुहुन्छ—त्यहाँ कुनै अस्पष्टता छैन। यसले मलाई प्रभु येशू क्रूसमा टाँगिनुभन्दा पहिले पत्रुसले कसरी “प्रभु, यस्तो कुरा तपाईंबाट टाढै होस्: यस्तो कुरा तपाईंलाई हुनेछैन” (मत्ती १६:२२) भनेका थिए भन्ने बारे सोच्न लगायो। अनि प्रभुले भन्नुभयो, “शैतान, मबाट पछि हट्” (मत्ती १६:२३)। यसो भनेर, पत्रुसले परमेश्‍वरको काममा बाधा पुऱ्याइरहेका थिए, यही कारणले परमेश्‍वरले यसलाई शैतानबाटको हो भनेर चिनाउनुभयो। पत्रुसको आत्म-सम्मानमा चोट पुग्ला भन्ने डरले प्रभु येशू पछि हट्नुभएन उहाँले पत्रुसको कार्यको आधारमा स्पष्ट संकल्प गर्नुभयो ताकि उनले परमेश्‍वरको मनोवृत्ति स्पष्ट छ भनेर बुझ्न सकून् र आफ्नो कार्यहरूको प्रकृति जान्न सकून्‌। परमेश्‍वरको मनोवृत्तिले मलाई अभ्यासका सिद्धान्तहरू देखायो। सहनशीलता र धैर्यता केही समस्याहरूका लागिस्वीकार्य छन्, तर यदि केही कुराले परमेश्‍वरको मण्डलीको काममा असर गर्छ वा बाधा पुर्‍याउँछ भने, त्यसमा सत्यमाथि सङ्गति गर्नु आवश्यक हुन्छ। म मानिसहरूला ई खुसी पार्न खोज्ने व्यक्ति हुन सकिनँ। मलाई थाहा थियो, ती बहिनीले नकारात्मक महसुस गरिरहेकी थिइन्, तर सही मनसायले उनलाई नहोच्याई वा कठोरतासाथ गाली नगरी, तर उनका समस्याहरू विश्लेषण गर्न मद्दत दिनको लागिसत्यमा सङ्गि गर्दा, उनले आफ्नो भ्रष्ट स्वभाव बुझ्न सक्थिन्। हामीले अभ्यासको बाटो खोज्न सक्थ्यौँ र मेरो कर्तव्य परमेश्‍वरको इच्छा अनुसार हुन्थ्यो। मैले पछि उनका समस्याहरूमा सङ्गतिगर्न र उनको गलत दृष्टिकोणहबारे छलफल गर्न खोजेँ। मैले आफ्नै अनुभव पनि सुनाएँ। त्यस्तो प्रकारको सङ्गती अत्यन्त कठोर होला र उनी यसलाई सम्हाल्न सक्दिनन्‌ भन्ने मलाई डर थियो। तर जब मैले सङ्गति गरेँ, तब उनी मैले सोचेको जस्तो निराश वा मप्रति पक्षपाती भइनन्, बरु उनले पहिला आफ्ना समस्याहरू बुझेकी थिइनन्‌ र उनी त्यस तरीकाको व्यवहार स्वीकार्न सक्थिन् भनेर इमानदारीपूर्वक बताइन्। त्यसपछि उनको आफ्नो कर्तव्यप्रतिको मनोवृत्तिमा सुधार भयो अनि उनले सत्यका सिद्धान्तहरू खोज्न थालिन्। यो देखेर म अत्यन्त खुशी भएँ। सत्यको अभ्यास गर्दा र परमेश्‍वरको आवश्यकता अनुसार आफ्नो कर्तव्य पालन गर्दा मलाई एकदम राम्रो लाग्यो।

अरूसँग अन्तरक्रिया गर्दा, मलाई सधैँ मानिसहरूलाई सरममा पार्छु कि भन्ने डर हुन्थ्यो, त्यसैले मेरा सम्बन्धहरू शैतानी दर्शनहरूमा आधारित थिए। यो थकाइलाग्दो जिउने तरिका थियो। यी अनुभवहरू र परमेश्‍वरको वचनको मार्गदर्शन मार्फत, मैले असल व्यक्ति हुनु भनेको के हो भनेर जानेँ। मैले के पनि अनुभव गरेँ भने, सत्यको सिद्धान्तलाई समर्थन गर्नु र अरूसँगको व्यवहारमा परमेश्‍वरको वचन अभ्यास अतिनै महत्वपूर्ण छ। त्यो नै असल आचरणको सिद्धान्त हो। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: एक मानवजस्तै जिउनको लागि सत्यताको अभ्यास गर

अर्को: एउटा “असल छवि” को पछाडि के रहन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

काटछाँट र निराकरण गरिएर फसल कटनी

योउक्षिन, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका...

मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

अन्तमा मानव जस्तै भएर जिउँदा

झोउ होङ्ग, चीनजब म सन् २०१८ मा मण्डलीको अगुवा भएँ, मैले राम्रो क्षमता भएको अनि सत्यताको खोजी गर्ने याङ थर गरेकी एक जना सिस्टर छिन् भन्‍ने...

म अब जिम्‍मेवारीदेखि डराउँदिनँ

चेङ्ग नुओ, चीनईश्वी सम्वत् २०२० नोभेम्बर महिनामा एक दिन हाम्रो टोली भेलामा एकजना अगुवा सहभागी भए र भेला सकेपछि उनले हाम्रो सम्पादन कार्यको...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्