४३. स्वार्थीपन त्याग्नुमा म स्वतन्त्र छु

जियाओवेइ, चीन

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “सामान्य मानिसहरूको स्वभावहरूमा कुटिलपन वा कपट छैन, एक-अर्कासँग मानिसहरूको सम्बन्ध सामान्य छ, तिनीहरू एक्लै खडा हुँदैनन् र तिनीहरूको जीवन न त औसत छ न त पतित नै छ। यसरी नै, परमेश्‍वर पनि सबैको बीचमा उचालिनुभएको छ; उहाँका वचनहरू मानिसहरूको माझ व्याप्त छ, मानिसहरू एक-अर्कासँग शान्तिमा र परमेश्‍वरको वास्ता अनि सुरक्षामा बस्छन्, पृथ्वी शैतानको हस्तक्षेपविना सद्भावले भरिएको छ र मानिसहरूको माझमा परमेश्‍वरको महिमाले सर्वोच्च महत्त्व बोकेको छ। यस्ता मानिसहरू स्वर्गदूतहरू जस्ता हुन्: शुद्ध, जीवन्त, परमेश्‍वरको बारेमा कहिल्यै गनगन नगर्ने र आफ्‍ना सारा प्रयत्‍नहरू पृथ्वीमा परमेश्‍वरको महिमाको निम्ति समर्पित गरेका(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १६)। परमेश्‍वरका वचनहरूले हामीलाई के देखाउँछन् भने, एक सामान्य व्यक्तिको स्वभावमा कुनै कुटिलपन, छल, स्वार्थीपन र घृणापन हुँदैन। निष्कपट भई परमेश्‍वरको आज्ञा मान्नु, दाजुभाइ-दिदीबहिनीहरूसित मेलमिलापमा कर्तव्य पूरा गर्नु अनि आफ्नो कर्तव्यको निम्ति गर्न सक्ने सबै गर्नु एक व्यक्तिले गर्न सक्नुपर्ने सबैभन्दा आधारभूत कुरा हुन्। म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” र “गुरुको सबै भेद चेलाले थाहा पाएपछि, गुरुले आफ्‍नो रोजीरोटी गुमाउँछ।” जस्ता शैतानी दर्शनशास्त्रहरूअनुसार जिउथेँ। म स्वार्थी, घृणित, कुटिल र धूर्त, पूर्ण रूपमा मानवीय गुणरहित थिएँ। मैले परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनुभव गरेपछि मात्र मेरा यी शैतानी स्वभावहरू परिवर्तन हुन थाले।

यो जून २०१८ को कुरा हो, जतिबेला ब्रदर झाङ मेरो कर्तव्यमा मसँगै साझेदारी गर्न हाम्रो टोलीमा सामेल हुनुभयो। त्यतिबेला मैले सोचेँ, “अहिले म यो कर्तव्य केही समयको लागि गरिरहेको छु, त्यसैले, मैले सिद्धान्तहरू बुझेको छु र मैले केही नतिजाहरू पनि देखेको छु। हुन सक्छ कुनै समय अझ ठूलो जिम्मेवारी सम्हाल्न म यो टोली छोड्नेछु। मैले ब्रदर झाङलाई जतिसक्दो चाँडो गतिशील हुन मदत गर्नु आवश्यक छ ताकि उहाँले हाम्रो टोलीमा काम सम्हाल्न सकून्।” मैले आफ्नो कर्तव्यमा सिकेका आधारभूत सीपहरू सिकाउन थालेँ। त्यसको तीन महिनापछि मैले देखेँ कि ब्रदर झाङले आधारभूत सबै कुरा सिक्नुभएको थियो र साँच्चै छिटो प्रगति गरिरहनुभएको थियो। त्यतिबेला मैले खतरा महसुस गर्न थालेँ, सोचेँ, “ब्रदर झाङले आफ्नो कर्तव्यमा एकदमै चाँडो उन्नति गरिरहनुभएको छ। यदि यो जारी रह्यो भने, के उहाँले चाँडै मलाई उछिन्नुहुने छैन र? यदि अगुवाले उहाँको द्रूत प्रगति देख्नुभयो भने, के उनले उहाँलाई महत्वपूर्ण ओहोदा दिने छैनन् र?” मलाई यस्तो महसुस हुँदा, आफूबारे सोचेँ, “अहँ, मैले यसलाई रोक्नुपर्छ। अब उसो मैले जानेको सबै कुरा उहाँलाई बताउन सक्दिनँ।” त्यहाँदेखि उता हाम्रो काममा, मैले ब्रदर झाङको सीपमा अलि कमीकमजोरी देख्दा उहाँलाई म आफ्नो ज्ञान पूरा नदिएर केही सतही कुराहरू मात्र बताउथेँ। यसो गर्नु सही होइन भनेर मलाई थाहा थियो, तर त्यसपछि मैले यो पुरानो भनाइबारे सोचेँ, “गुरुको सबै भेद चेलाले थाहा पाएपछि, गुरुले आफ्‍नो रोजीरोटी गुमाउँछ।” उहाँ सबैको केन्द्रबिन्दु भइरहेको बेला कसरी म आफूलाई राम्ररी प्रदर्शित गर्न सक्थेँ र? म उहाँलाई मलाई जित्न दिन सक्दिनथेँ। हामीले निरन्तर एकसाथ काम गर्दै जाँदा, ब्रदर झाङले मलाई जे सोध्नुहुन्थ्यो त्यसको म आंशिक जवाफ दिन्थेँ, र बाँकी आफूमै सीमित राख्थेँ।

केही समय पश्चात अगुवाले ब्रदर झाङलाई एक महत्वपूर्ण कामबारे छलफल गर्न खोजे। यो कुरा सुन्दा मेरो मुटु ढुकढुक भयो। मैले सोचेँ, “यस टोलीमा म ब्रदर झाङभन्दा अघिदेखि छु। किन अगुवाले मसित कुरा गर्न नचाहेका? के म उहाँ जत्तिको असल छैन र? उहाँलाई मैले नै प्रशिक्षण दिइरहेको छु, तर अहिले उहाँ आँखाको नानी हुनुहुन्छ र मचाहिँ पर फालिएको छु। उहाँ सबैको केन्द्रबिन्दु हुनुहुन्छ र मलाई चाहिँ बिर्सिएको छ। यदि मैले उहाँलाई सिकाइरहेँ भने, के उहाँले अझ चाँडो सिक्नुहुने छैन र? यदि उहाँले महत्वपूर्ण स्थान पाउनुभयो भने, त्यसपछि कसले मलाई मान गर्नेछ र?” त्यसैले, तब उसो हामीले एकसाथ काम गर्दा, ब्रदर झाङलाई कठिनाईहरू आइपरेको देखेमा, मैले उहाँलाई मदत गर्न चाहिनँ। यी कुराहरू समयमै समाधान नगरिँदा हाम्रो प्रगति प्रभावित भयो र यसले अन्त्यमा मण्डलीको काममा बाधा पुऱ्यायो। मलाई अलि दोषी र असहज महसुस भयो, तर मैले आफूबारे चिन्तन गर्दै गरिनँ। एक दिन मेरो काखी अचानक चिलाउन थाल्यो, अनि जे गर्दा पनि चिलाउन रोकिँदै रोकिएन। मलम लगाउँदा पनि भएन। भोलिपल्ट मेरो काखी यताउता गर्नै नमिल्ने गरी बेस्सरी दुःख्न थाल्यो। यो हालत कुनै संयोग होइन भनेर महसुस गरेँ, त्यसैले म प्रार्थनामा परमेश्‍वरसामु देखा परेँ र उहाँलाई खोजेँ। मैले यसो भनेँ, “हे परमेश्‍वर, यो अवस्था अचानक सुरु भएको छ। यसको पछाडि तपाईँको असल इच्छा छ भनेर मलाई थाहा छ। तर म असाध्यै असंवेदनशील छु र तपाईँको इच्छा के हो मलाई थाहा छैन। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्।”

एक दिन मेरो भक्तिको समयमा, परमेश्‍वरका यी वचनहरू मेरो मनमा अचानक आए: “यदि तँ आफूसित भएका सबै कुराहरू समर्पण गर्न तयार छैनस् भने, यदि तँ त्यसलाई लुकाएर र गुटमुटाएर राख्छस्, आफ्ना कार्यहरूमा छलपूर्ण छस्…(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसहरू इमानदार भएर मात्र साँचो रूपमा खुसी हुन सक्छन्”)। यो त मलाई बिउँझाउने अलार्म थियो। म नाम र फाइदा कमाउने होडको स्थितिमा बाँचिरहेको थिएँ, यी ब्रदरले मलाई उछिन्छ भनेर डराएँ, त्यसैले म हाम्रो काममा कहिल्यै पनि निष्कपट थिइनँ, अनि मैले उहाँलाई आफ्नो ज्ञान बाँड्न चाहिनँ। मैले बुझेँ, यस अवस्थामार्फत परमेश्‍वले मलाई चेताउनी दिनुहुँदैथ्यो, ताकि मैले आफूबारे चिन्तन गरोस्‌। पछि मैले परमेश्‍वरका वचनहरूको यो अनुच्छेद पढेँ: “अविश्‍वासीहरूसँग निश्‍चित किसिमको भ्रष्ट स्वभाव हुन्छ। जब तिनीहरूले अन्य मानिसहरूलाई पेशागत ज्ञान वा सिप सिकाउँछन्, तिनीहरू ‘गुरुको सबै भेद चेलाले थाहा पाएपछि, गुरुले आफ्‍नो रोजीरोटी गुमाउँछ’ भन्‍ने कुरामा विश्‍वास गर्छन्। यदि तिनीहरूले जानेका सबै कुरा अरूलाई सिकाए भने, कसैले पनि तिनीहरूलाई उच्‍च नजरले हेर्नेछैनन् र तिनीहरूले आफ्नो हैसियत गुमाउनेछन् भन्‍ने कुरामा तिनीहरू विश्‍वास गर्छन्। यसकारण, तिनीहरूले केही ज्ञानलाई रोकेर राख्‍ने आवश्यकता महसुस गर्छन्, मानिसहरूलाई आफूले जानेको असी प्रतिशत मात्र सिकाउँछन् र केही ज्ञानलाई आफूसँगै गोप्य राख्छन्; तिनीहरूले आफ्नो शिक्षकको दर्जालाई देखाउने तरिका यो मात्र हो भन्‍ने महसुस गर्छन्। जानकारीलाई सधैँ रोकेर फाइदा उठाउनु—यो कस्तो किसिमको स्वभाव हो? यो कपट हो। … तैँले ठीकै गरिरहेको छस् वा हरेकलाई सबैभन्दा सतही वा आधारभूत कुराहरू बताएर ज्ञानलाई रोकेको छैनस् भन्‍ने नसोच्; यसले काम गर्दैन। कहिलेकाहीँ तैँले मानिसहरूले अक्षरशः बुझ्‍न सक्‍ने केही सिद्धान्त वा कुराहरू मात्र सिकाउन सक्छस्, तर भर्खरै सिक्दै गरेका व्यक्तिहरू ती सार वा महत्त्वपूर्ण बुँदाहरूलाई महसुस गर्न सक्षम हुँदैनन्। तैँले विस्तारमा नबताई वा विस्तृत विवरण नदिई अझ पनि सारांश मात्र दिन्छस् र यस क्रममा तैँले मनमनै सोच्छस् ‘जे भए पनि मैले तिमीलाई बताएको छु र केही कुरा पनि जानीजानी लुकाएको छैनँ। यदि तिमीले बुझेनौ भने तिम्रो क्षमता अत्यन्तै कमजोर भएर हो, यसैले मलाई दोष नदेऊ। परमेश्‍वरले तिमीलाई कसरी अगुवाइ गर्नुहुन्छ भन्‍ने कुरा मात्र हामीले हेर्नुपर्छ।’ यस्तो सोचविचारमा कपट समावेश हुन्छ, होइन र? के यो स्वार्थी र नीच होइन र? तेरो हृदयमा भएको र तैँले बुझ्‍ने कुराहरू किन मानिसहरूलाई सिकाउन सक्दैनस्? यसको साटो, तैँले ज्ञानलाई किन लुकाउँछस्? यो तेरा अभिप्रायहरू र तेरो स्वभावमा भएको समस्या हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सबै कुरामा सत्यताको खोजी गरेर मात्रै सत्यता वास्तविकतामा प्रवेश गर्न सकिन्छ”)। परमेश्‍वरका वचनहरूले मेरो परिस्थितिलाई ठीकसित प्रकट गरे। मैले आफ्नो नाम र ओहोदाको खातिर आफूले सिकेको सीप उहाँलाई सिकाउन चाहिनँ। गुरुको सबै भेद चेलाले थाहा पाएपछि, गुरुले आफ्‍नो रोजीरोटी गुमाउँछ भन्ने सोचाइ राख्दै म उहाँले मेरो स्थान हडप्नुहुन्छ र मलाई धूलोमा मिलाउनुहुन्छ भनेर डराएँ। आफूले सिकेको ज्ञान लुकाएर, म स्वार्थी, घृणित, कुटिल र छली भएँ। ब्रदर झाङ हाम्रो टोलीमा भर्खरै सामेल हुनुभएको क्षणबारे पनि मैले सोचेँ। उहाँले टोलीको काम जतिसक्दो चाँडो सम्हाल्न सकून् भनेर म उहाँलाई सिकाउन उत्प्रेरित भएको थिएँ। त्यतिबेला मैले मेरो कर्तव्य सम्हालिदिने कोही पाएको थिएँ किनभने मैले अझ महत्वपूर्ण ओहोदा सम्हाल्न पाउने आशा गरिरहेको थिएँ। तर जब उहाँले एकदमै चाँडो काम सिक्नुभयो र अगुवाले उहाँको साँच्चै मोल गर्नुभयो, तब म वास्तवमै चिन्तित भएँ। उहाँले राम्रो गर्दै जानुभयो भने ढिलो या चाँडो एकदिन उहाँले मेरो ठाउँ लिनुहुन्छ भनेर म चिन्तित थिएँ। परिणामस्वरूप, मैले आफूले जानेको कुरा उहाँलाई बाँड्न चाहिनँ। कहिलेकहीँ उहाँलाई आफ्नो कर्तव्यमा कठिनाईहरू आइपरेको मैले थाहा पाउँदा मैले मदत गर्न चाहिनँ, जसले गर्दा अन्ततः मण्डलीको काममा ढिलाइ हुन गयो। मैले परमेश्‍वरको घरको कामलाई कुनै ख्याल नगरी सधैँ आफ्नै नाम र ओहोदा जोगाउनकै लागि काम गरिरहेको थिएँ भनेर मैले बुझेँ। म साँच्चै असाध्यै स्वार्थी र छली भएँ। परमेश्‍वरले मलाई त्यो अवस्था विकास गर्नु लगाएर समयमै अनुशासन नदिनुभएको भए, अझै पनि मैले आफूबारे चिन्तन गरेको हुने थिइनँ। त्यसपछि मैल परमेश्‍वरका यी वचनहरू पढेँ: “विश्‍वास प्राप्त गरेदेखि तैँले परमेश्‍वरको वचन खाएको र पिएको छस्; तैँले उहाँको न्याय र सजायलाई स्वीकारेको छस् र उहाँको मुक्तिलाई स्वीकारेको छस्। यद्यपि, यदि तैँले कार्य गर्ने सिद्धान्तहरू र व्यक्तिको रूपमा तैँले कार्य गर्ने र व्यवहार गर्ने दिशा परिवर्तन भएको छैन भने, यदि तँ अविश्‍वासीजस्तै छस् भने, के परमेश्‍वरले तँलाई विश्‍वास भएको व्यक्तिको रूपमा स्वीकार गर्नुहुनेछ? उहाँले गर्नुहुनेछैन। तँ अविश्‍वासीहरूको बाटोमा हिँडिरहेको छस् भनेर उहाँले भन्‍नुहुनेछ। तसर्थ, चाहे तैँले आफ्‍नो कर्तव्य पूरा गरिरहेको होस् वा व्यावसायिक ज्ञान सिकिरहेको होस्, तैँले गर्ने सबै कुरामा तैँले सिद्धान्तहरूको पालना गर्नुपर्छ। तैँले गर्ने सबै कुरालाई तैँले सत्यताअनुसार व्यवहार गर्नुपर्छ, र सत्यताअनुसार नै अभ्यास गर्नुपर्छ। समस्याहरूको समाधान गर्न, तँमा प्रकट गरिएका भ्रष्ट स्वभावहरूलाई समाधान गर्न, र तेरा गलत तरिका र विचारहरूलाई समाधान गर्न तैँले सत्यताको प्रयोग गर्नुपर्छ। तैँले यी समस्याहरूलाई निरन्तर पार गर्नुपर्छ। एउटा कुरा के हो भने, तैँले आफूलाई जाँच्‍नैपर्छ। तैँले त्यसो गरिसकेपछि, यदि तैँले भ्रष्ट स्वभाव पत्ता लगाइस् भने, तैँले यसलाई समाधान गर्नुपर्छ, वशमा पार्नुपर्छ, र यसलाई त्याग्‍नुपर्छ। तैँले यी समस्याहरूलाई समाधान गरिसकेपछि, जब तैँले यी कुराहरू तेरा भ्रष्ट स्वभावहरूअनुसार गर्न छोडेको हुन्छस्, र जब तैँले तेरा अभिप्राय र रुचिहरूलाई त्याग्‍न र सत्यता सिद्धान्तअनुसार अभ्यास गर्न सक्‍ने भएको हुन्छस्, तब मात्रै तैँले परमेश्‍वरलाई साँचो रूपमा पछ्याउने व्यक्तिले गर्नुपर्नेजस्तो काम गरिरहेको हुनेछस्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सबै कुरामा सत्यताको खोजी गरेर मात्रै सत्यता वास्तविकतामा प्रवेश गर्न सकिन्छ”)। “तैँले उक्त पेशागत ज्ञानको सार र मुख्य बुँदाहरू—अरूले मापन वा महसुस गर्न नसकेका कुराहरू—लिनुपर्छ र ती कुराहरू मानिसहरूलाई बताउनुपर्छ ताकि तिनीहरू सबैले शक्ति प्रयोगमा ल्याउन सकून् र यसरी अझ धेरै, अझ गहिरो र अझ परिपक्‍व कुराहरू पत्ता लगाउन सकून्। यदि तैँले यी सबै कुराहरूको योगदान दिइस् भने, ती कुराहरू यो कर्तव्य पूरा गर्ने मानिसहरूका साथै र परमेश्‍वरको घरको कामका निम्ति लाभदायक हुनेछन्। … जब धेरै मानिसहरूलाई पेशागत ज्ञानको कुनै विशेष पक्षको परिचय पहिलोपटक दिइन्छ, तिनीहरूले त्यसको शाब्दिक अर्थ मात्र बुझ्छन्, जबकि मानिसहरूले मुख्य बुँदा र सार भएको भाग बुझ्‍नको निम्ति केही समयको अभ्यास चाहिन्छ। यदि तैँले यी सूक्ष्म बुँदाहरूलाई पहिले नै बुझेको छस् भने, तैँले तिनलाई सिधै बताउनुपर्छ; तिनीहरूलाई घुमाउरो बाटो लिने र त्यहाँ पुग्‍नको निम्ति धेरै समय लिने नबना। यो तेरो जिम्मेवारी हो; तैँले गर्नुपर्ने कुरा यही हो। यदि तैँले जेलाई मुख्य बुँदाहरू र सार मान्छस् त्यो तिनीहरूलाई बताइस् भने मात्र तैँले केही पनि नलुकाएको हुनेछस्, अनि मात्र तँ स्वार्थी हुनेछैनस्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सबै कुरामा सत्यताको खोजी गरेर मात्रै सत्यता वास्तविकतामा प्रवेश गर्न सकिन्छ”)। मैले परमेश्‍वरका वचनहरूबाट के बुझेँ भने, आफ्नो कर्तव्यमा आत्म-चिन्तनमाथि ध्यान केन्द्रित गर्नु र आफ्नो शैतानी प्रकृति हल गर्न सत्यता खोज्नु आवश्यक छ। मैले आफ्नो गलत सोच र विचारहरूलाई त्याग्नु आवश्यक थियो अनि आफ्नो कर्तव्यमा दाजुभाइ-दिदीबहिनीहरूसित एक भएर काम गर्न सक्नुपर्थ्यो। मैले बुझेँ, सत्यतामा होस्‌ या आफ्नो काममा, हामी सबै धेरै चुक्छौँ, त्यसैले, दाजुभाइ-दिदीबहिनीहरूले आफ्ना कर्तव्यहरूमा एकअर्कालाई सहयोग र समर्थन गर्नु आवश्यक छ, अनि आफूले बुझेको कुनै पनि कुरा नलुकाई त्यसबारे संगति गर्नुपर्छ। यसरी एक अर्काको कमजोरीहरूलाई सुधार गऱ्यौँ भने, सम्भवतः हामी कमै घुमाउरो बाटो लाग्छौँ। वास्तवमा, सम्पूर्ण रूपले परमेश्‍वरको दयाले गर्दा नै म ब्रदर झाङभन्दा अलिक सिपालु थिएँ। म परमेश्‍वरको इच्छाप्रति विचारशील हुनुपर्थ्यो, आफ्नो स्वार्थीपनलाई त्याग्नुपर्थ्यो, अनि उहाँलाई आफूले जानेका सबै कुरा सिकाउनुपर्थ्यो ताकि उहाँले जतिसक्दो चाँडो आफ्नो कर्तव्य राम्ररी गर्न सकून्। त्यो मात्र परेश्‍वरको इच्छाअनुरूप हुनेथियो। मैले यो कुरा बुझ्नसाथ, आफ्नो गलत सोचाइलाई त्याग्ने अनि अबउसो शैतानी स्वभावहरूअनुसार नजिउने इच्छा गर्दै तुरुन्तै प्रार्थनामा परमेश्‍वरसामु आएँ। पछि मैले ब्रदर झाङसित म कस्तो अवस्थामा थिएँ भन्नेबारे र मेरा यी शैतानी स्वभावहरूलाई जाँच्नको लागि इमानदारीसाथ कुराकानी गर्न खोजेँ। मैले आफ्नो सीपका मुख्य बुँदाहरू पनि उहाँलाई बाँडेँ। मैले यसरी अभ्यास गर्न थाल्दा, मलाई निकै सहज महसुस भयो अनि मैले थाहा पाउनुअघि नै त्यो स्वास्थ्य समस्या हल भयो।

त्यो घटना भएपछि त म परिवर्तन भइसकेँ भनेर सोचेँ, तर यी शैतानी स्वभावहरू साँच्चै जरा गाडेर बसेका थिए। सही अवस्थाहरू आउनसाथ, मैले फेरि ती विषहरू नदेखाइ सक्दै सकिनँ।

मार्च २०१९ मा, ब्रदर झाङ र म एकैसाथ मण्डलीका अगुवा चयन भयौँ। पहिला त हामीले एकसाथ साँच्चै राम्ररी काम गऱ्यौँ। चाहे मण्डलीभित्रको समस्या होस्‌ वा हामीले भोगेको कुनै कठिनाइ होस्, त्यसलाई समाधान गर्न हामीले एकसाथ सत्यताको खोजी गर्न सक्यौँ। तर एकदिन, मैले मण्डलीमा कसैले यसो भनेको सुनेँ, “सत्यता बारेको ब्रदर झाङको संगति एकदमै व्यवहारिक छ अनि उहाँ आफ्नो कर्तव्यमा साँच्चै जिम्मेवार हुनुहुन्छ।” यो कुरा सुनेर मेरो अन्तरमन पिरोलियो र मैले सोचेँ, “यदि ब्रदर झाङले मलाई उछिन्नुभयो भने, त्यो अपमानजनक हुने छैन र?” त्यसपछि हाम्रो कामबारे गरिएका सबै छलफलहरूमा मैले गल्ती र कमीकमजोरीहरू मात्र औंल्याएँ अनि ती समाधान गर्ने अभ्यासका मार्गहरूलाई आफूभित्रै सीमित राखेँ। कोही बेला उहाँ समाधान खोज्न मकहाँ आउनुहुँदा, उहाँले धेरै बुझ्नुभयो भने मलाई देखावटी नगरि मामिलाहरू आफै सुल्झाउनुहुन्छ भन्ने डरले गर्दा झर्को मान्दै त्यति काम नलाग्ने सानोतिनो सल्लाह उहाँलाई त्यतिकै बताइदिन्थेँ। म एक समयको घटना सम्झन्छु, उहाँ कमजोरी महसुस गरिरहेका केही दाजुभाइ-दिदीबहिनीहरूलाई सहयोग गर्न जान लाग्नुभएको थियो। सही प्रकारको संगतिबिना त्यो फलदायी हुँदैन भनेर उहाँ डराउनुभएको थियो, त्यसैले, कुन सत्यताहरूमाथि ध्यान केन्द्रित गर्नु सबैभन्दा असल हुन्छ भनेर उहाँ मकहाँ सल्लाह माग्न आउनुभयो। तर त्यतिबेला मेरो विचार के थियो भने: यदि मैले उहाँलाई आफूले जानेको सबै कुरा बताएँ र उहाँले जानुभएर त्यो समस्या समाधान गर्नुभयो भने, दाजुभाइ-दिदीबहिनीहरूले निश्चयै उहाँलाई मान गर्नेथिए र त्यसपछि मैले अर्को समय संगतिमा के बाँड्ने? के त्यसले उहाँलाई मभन्दा उत्तम बनाउँदैन र? त्यसैले मैले त्यतिबेला यस्तो सोचेँ, “अहँ, मैले अर्को संगतिमा बाँड्न केही कुरा लुकाउनुपर्छ ताकि उनीहरूले मलाई मामिला सम्हाल्ने अझ सक्षम व्यक्तिको रूपमा हेरून्।” मैले ब्रदर झाङलाई संक्षिप्त रूपमा केही कुरा सरसरती मात्र बताएँ तर विशिष्ट कुराहरू वा साँच्चै महत्वपूर्ण कुनै कुरा बताइनँ। मैले आफूमा स्वार्थीपन पालिरहेकोले र आफूले जानेको सबै कुरा उहाँलाई बताउन नचाहेकोले, हामी एकसाथ काम गर्दा म झाङबाट जानाजानी टाढिएँ अनि पहिला जस्तो कामकुरोबारेको आपसी छलफलमा धेरै समय बिताउन छाड्यौँ। कहिलेकाहीँ मलाई साँच्चै दोषी महसुस हुन्थ्यो र यस्तो सोच्थेँ, “मैले आफ्नो कर्तव्य यसरी पूरा गरेर, मैले आफ्नो ब्रदरसित मेलमिलापमा काम गरिरहेको छुइनँ, अनि यो परमेश्‍वरलाई मनपर्ने कुरा होइन।” तर त्यसपछि मैले सोचेँ, “यदि उहाँले मलाई उछिन्नुभयो भने, सबैले उहाँकै मान गर्नेछन्,” त्यसैले अब उसो मैले सत्यताको अभ्यास गर्नै चाहिनँ। त्यस समयको अवधिमा म निरन्तर त्यस्तो बेकार अवस्थामा थिएँ, अनि परमेश्‍वरको धार्मिक स्वभाव ममाथि आयो। मेरो मन एकनासले घुमिरहेको थियो। भेलाहरूमा मेरो संगतिमा ज्योतिको कमी रह्यो र मैले आफ्नो कर्तव्यमा कुनै कुरा हासिल गरिरहेको थिइनँ, अनि म हरेक रात धेरै चाँडो झकाउन थाल्थें। मलाई झन् झन धेरै असहज पनि महसुस हुँदैथ्यो। त्यतिबेला मैले परमेश्‍वर मबाट टाढिनुभएको महसुस गरेँ अनि त्यसपछि म डराएँ। तुरुन्तै परमेश्‍वरअघि आएँ र प्रार्थना गरेँ। “हे परमेश्‍वर, म असाध्यै स्वार्थी र घृणित भएको छु। मलाई थाहा छ कि तपाईँ यस कुरालाई घृणा गर्नुहुन्छ तर म असाहय छु। म यी कुराबाट मुक्त हुन सक्दिनँ। हे परमेश्‍वर, कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि मैले आफ्नो प्रकृति र सारबारे अझ साँचो समझ पाउन सकूँ।”

प्रार्थना गरेपछि मैले परमेश्‍वरका वचनहरूको यो अनुच्छेद पढेँ: “मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता हासिल नगरुञ्‍जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुशी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै तिमिहरूभित्र शैतानको विष हुनु हो। जहाँसम्म शैतानको विष के हो भन्ने कुरा छ, यसलाई शब्दहरूद्वारा पूर्ण रूपमा अभिव्यक्त गर्न सकिन्छ। उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जबाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको तर्क मानिसहरूको जीवन बनिसकेको छ। जेसुकै भए पनि, मानिसहरूले यो आफ्नै लागि मात्र गरिरहेका हुन्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन र दर्शनयही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। शैतानका यी शब्दहरू नै ठ्याक्‍कै शैतानको विष हो र जब मानिसहरूले यसलाई ग्रहण गर्छन्, तब यो तिनीहरूको प्रकृति नै बन्छ। शैतानको प्रकृति यी शब्दहरूबाट उदाङ्गो हुन्छ; यी शब्दहरूले त्यसको पूर्ण रूपमा प्रतिनिधित्व गर्छन्। यो विष मानिसहरूको जीवन र साथसाथै तिनीहरूको अस्तित्वको आधार स्तम्भ बन्छ, र भ्रष्ट मानवजाति हजारौं वर्षदेखि यही विषको प्रभुत्वमा रहिआएको छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “पत्रुसको मार्गमा कसरी हिँड्ने”)। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने, म केवल स्वार्थी र घृणित काम नगरी सक्दै सक्दिनथेँ। किनभने शैतानका यी “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” जस्ता विष र दर्शनशास्त्रहरू मेरो प्रकृति बनेका थिए। मैले त्यसलाई सकारात्मक कुरा र जिउनको लागि नियमको रूपमा लिएको थिएँ। मानिसले यसरी नै जिउनुपर्छ र यो नै आफूलाई सुरक्षित गर्ने तरिका हो भनेर सोच्थेँ। परिणामस्वरूप, म झनझनै धेरै स्वार्थी र नीच भएँ, आफैबारे मात्र सोचेँ। हामीले एकसाथ कर्तव्य पूरा गर्दा ब्रदर झाङ मभन्दा श्रेष्ठ हुनेछ भनेर निरन्तर डराएँ, त्यसैले हामीले कामबारे कुरा गर्दा, मैले आफूले जानेको सबै कुरा साझेदारी नगरी कमभन्दा कम बताएर केवल कुराहरू ढाकछोप गर्थेँ। ब्रदर झाङलाई आफ्नो कर्तव्यमा समस्या आएकोले मकहाँ सल्लाह माग्न आउनुहुँदा, परमेश्‍वरको घरको काम मेरो चिन्ताको विषय थिएन, तर त्यो त यदि मैले उहाँलाई सबै कुरा सिकाएँ भने मैले मण्डलीमा चम्किने मौका गुम्छ भन्ने चिन्ता थियो। यो सही तरिका थिएन भनेर मलाई राम्ररी थाहा हुँदा समेत, मैले उहाँलाई मदत गर्न चाहिनँ। मैले परमेश्‍वरको इच्छालाई विचार गर्दै वा परमेश्‍वरको घरको कामलाई समर्थन गर्न आफ्नो कर्तव्य पूरा गरिरहेको थिइनँ तर व्यक्तिगत नाम र ओहोदाको पछि लाग्न सो गरिरहेको थिएँ भनेर बुझ्न सकेँ। म साँच्चै अविश्‍वसनीय तवरमा स्वार्थी र धूर्त भएँ। आफ्नो कर्तव्यमा ती शैतानी विषहरूमाथि भरोसा गरेर, म कसरी परमेश्‍वरको मार्गदर्शन र आशिषहरू पाउन सक्थेँ? म के सोच्थेँ भने, आफूले सिकेको कुरा अरू कसैलाई नसिकाउँदा म मण्डलीमा सर्वश्रेष्ठ हुन सक्थेँ र सबैबाट सम्मान पाउन सक्थेँ तर वास्तवमा कुरा अर्कै भयो, जति धेरै कुरा आफूमा सीमित राखेँ त्यति नै धेरै मेरो आत्मा अन्धकारमा डुब्यो अनि त्यति नै धेरै म परमेश्‍वरको मार्गदर्शनविहीन भएँ। पहिला जे गर्न सक्थेँ त्यो गर्न नसक्ने हदसम्म म पुगेँ। त्यसपछि प्रभु येशका यी शब्दहरू मेरो मनमा आए: “किनभने जोसँग छ, उसलाई दिइनेछ, र ऊसँग अझै प्रशस्त हुनेछ: तर जोसँग छैन, ऊसँग भएको पनि ऊबाट खोसिनेछ(मत्ती १३:१२)। त्यस कुराले मलाई परमेश्‍वरको धार्मिक स्वभावलाई साँच्चै कदर गर्न लगायो। यसबारे अझ धेरै सोच्दा, मैले बुझेँ कि आफ्नो कर्तव्यमा केही समस्या देख्न सक्नु पूर्णतया परेश्‍वरको मार्गदर्शन र उहाँबाट प्राप्त अन्तर्दृष्टिको कारणले थियो, अनि परमेश्‍वरको वचनको मार्गदर्शनबिना म त अन्धो थिएँ, कुनै कुरा बुझ्न नसक्ने र कुनै समस्या हल गर्न नसक्ने थिएँ। तर मैले आत्म-सचेतना पुरै गुमाउँदै थिएँ र मैले लाजै नमानी पवित्र आत्माको अन्तर्दृष्टिलाई आफ्नो क्षमता सम्झेँ। के मैले महिमाको परमेश्‍वरलाई ठग्ने कोसिस गरिरहेको थिइनँ र? परमेश्‍वरले मानिसहरूको हृदय र मनभित्र हेर्न सक्नुहुन्छ। यदि म स्वार्थी र नीच भइरहेँ भने, अवश्यै परमेश्‍वरले मलाई अस्वीकार गर्नु र हटाउनुहुन्छ भनेर मलाई थाहा भयो। त्यो सोचाइपछि मैले तुरुन्तै परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गरेँ, “हे परमेश्‍वर, अब उसो म आफ्नो कर्तव्यमा यस्तो स्वार्थलोलुप र नीच हुने छुइनँ। म ब्रदर झाङसित साँच्चै राम्ररी काम गर्न र आफ्नो कर्तव्य ठीकसित पूरा गर्न चाहन्छु।”

त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; तेरो आफ्नो कद, इज्जत वा प्रतिष्ठालाई मात्र विचार नगर्। साथै मानिसहरूको चासोमा पनि ध्यान नदे। तैंले पहिले परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनु आवश्यक हुन्छ। तैँले परमेश्‍वरको इच्छालाई ध्यान दिनुपर्छ र तँ आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्ध भएको छस् कि छैनस्, तैंले बफादार हुने सक्दो कोसिस गरेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गर्न सक्दो प्रयास गरेको छस् कि छैनस् र तँसँग भएका सबै कुराहरू दिएको छस् कि छैनस्, साथै तैंले परमेश्‍वरको घरप्रतिको आफ्नो कर्तव्य र कामका लागि सम्पूर्ण हृदयले ध्यान दिएको छस् कि छैनस् भनी विचार गरेर यो काम सुरु गर्नुपर्छ। तैंले यी कुराहरूलाई ध्यान दिनुपर्छ। तिनको बारेमा बारम्बार विचार गर्, र यसरी तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। “जब तैँले आफैलाई स्वार्थी र नीच व्यक्तिको रूपमा प्रकट गर्छस्, र यो कुरा थाहा पाएको हुन्छस्, तब तैँले सत्यताको खोजी गर्नुपर्छ: परमेश्‍वरको इच्छा अनुरूप हुनका निम्ति मैले के गर्नुपर्छ? सबैलाई फाइदा हुने तरिकाले मैले कसरी काम गर्नुपर्छ? अर्थात्, तैँले आफ्नै हितका कुराहरू पन्साएर सुरु गर्नुपर्छ, अनि तेरो हैसियतअनुसार अलिअलि गर्दै बिस्तारै तिनलाई तैँले त्याग्नुपर्छ। तैँले एक-दुई पटक यो अनुभव गरेपछि, तैँले ती कुराहरूलाई पूर्ण रूपमा पर पन्साएको हुन्छस्, र तैँले त्यसो गरेपछि त झन्-झन् बढी स्थिर भएको महसुस गर्नेछस्। तैँले आफ्ना रुचिहरूलाई जति धेरै पन्साउँछस्, एक मानिसको रूपमा तँसित विवेक र तर्कशक्ति हुनुपर्छ भनी तैँले त्यति नै बढी महसुस गर्नेछस्। तैँले कुनै स्वार्थी अभिप्रायहरूविना तँ निष्कपट, सोझो व्यक्ति बनिरहेको हुन्छस् भन्‍ने महसुस गर्नेछस्, र तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न सम्पूर्ण कामहरू गरिरहेको हुन्छस्। त्यस्तो व्यवहारले तँलाई ‘मानव’ कहलिने योग्यको बनाउँछ, र पृथ्वीमा यस प्रकारले जिएर, तँ खुला र इमानदार भइरहेको छस्, तँ एक सच्‍चा व्यक्ति होस्, तेरो विवेक शुद्ध छ, र तँ परमेश्‍वरले तँलाई प्रदान गर्नुभएका सबै कुराहरूका निम्ति योग्य छस् भन्‍ने तैँले महसुस गर्नेछस्। तँ जति धेरै यस प्रकारले जिउँछस्, तैँले त्यत्ति नै बढी स्थिर र उज्ज्वल महसुस गर्नेछस्। के यसरी तैँले सही मार्गमा पाइला टेकेको हुँदैनस् र?(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। यो पढेपछि, मैले के कुरा बुझेँ भने, यदि मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न चाहेको हो भने, पहिला परमेश्‍वरको घरको कामलाई कसरी समर्थन गर्ने, आफ्नो कर्तव्य पूरा गर्नको लागि कसरी सक्दो गर्ने र त्यसलाई पूर्ण जिम्मेवारीका साथ कसरी पूरा गर्ने भनेर सोच्नुपर्थ्यो। हाम्रो कर्तव्यमा हाम्रो मनोवृत्ति कस्तो छ, परमेश्‍वरले त्यसमा ध्यान लगाउनुहुन्छ। हामीले उहाँसित इमानदार हृदयले व्यवहार गरेको उहाँ आशा गर्नुहुन्छ, अर्थात्‌ हामीले आफ्नो कर्तव्य राम्ररी पूरा गर्दा सक्दो गरेको अनि हामी विवेक र मानवतासहितको मानिस भएको उहाँ आशा गर्नुहुन्छ। मैले उहाँको इच्छा बुझेपछि, परमेश्‍वरलाई हृदयदेखि प्रार्थना गरेँ, मैले आफू स्वार्थीपन त्याग्न आफू तयार भएको, र व्यक्तिगत चाहनालाई ख्याल गर्न छोडेको अनि मण्डली र दाजुभाइ-दिदीबहिनीहरूको जीवनको लागि लाभ पुग्ने काम मात्र गर्ने कुरा उहाँलाई बताएँ। त्यसपछि, गएर ब्रदर झाङसित कुरा गरेँ, मैले उहाँलाई आफ्नो स्वार्थी, घृणित र छली मनसायहरूबारे बताएँ। हामीले आफ्नो काममा आइपर्ने समस्या र कमजोरीहरूलाई समाधान गर्न एकसाथ सत्यता पनि खोज्यौँ, अनि मैले आफूले जानेको सबै कुराबारे नलुकाई संगति गरेँ। मैले त्यसरी अभ्यास गर्दा एकदमै शान्ति अनुभव गरेँ। त्यस्तो प्रकारको व्यक्ति हुँदा, खुल्ला र निष्कपट हुँदा मैले एकदमै अद्भुत महसुस गरेँ। मेरो अवस्थामा बिस्तारै सुधार आयो र मैले आफ्नो कर्तव्यमा केही परिणामहरू देख्न थालेँ। कहिलेकाहीँ ममा अझै स्वार्थी र घृणित सोचाइ आए तापनि, यो परमेश्‍वरको दृष्टिमा कत्ति घृणित छ भनेर सोच्नसाथ, म प्रार्थनामा परमेश्‍वरसामु आउथे, मेरो गलत सोचाइ त्याग्थेँ र उहाँका वचनहरूअनुसार अभ्यास गर्ने इच्छा गर्थेँ।

त्यस्तो प्रकारको अनुभव गरेर मैले साँच्चै के महसुस गरेँ भने, हामीले आफ्नो कर्तव्य शैतानी स्वभाव र शैतानका विषहरूमाथि भर परेर गर्दा हामी झनझनै धेरै स्वार्थी, घृणित र स्वार्थलोलुप मात्र हुन सक्छौँ। हामीले आफूमाथि दुःख निम्त्याएर मात्र होइन तर अरूसित राम्ररी काम गर्न पनि असक्षम भएर सबै मानव गुणहरू गुमाउनेछौँ। साथै, यसले अरू केही होइन तर परमेश्‍वरको घरको कामलाई क्षति गर्छ। जब मैले परमेश्‍वरका वचनहरूअनुसार एक इमानदार व्यक्तिको रूपमा सत्यता अभ्यास गरेँ, र अब उसो मैले आफ्नो चाहनाहरू पूरा गर्ने योजना बनाउँदै बनाइनँ, मेरो कर्तव्यमा पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शन थियो र मैले भित्री शान्ति महसुस गरेँ। परमेश्‍वरलाई धन्यवाद होस्! परमेश्‍वरका वचनहरूको न्याय र सजायले नै मलाई मेरा शैतानी स्वभावहरूबारे केही समझ दिए, अनि अन्त्यमा मैले केही सत्यता अभ्यास गर्न सकेँ र केही मानव जस्तो भएर जिउन म सक्षम भएँ।

अघिल्लो: ४२. ईर्ष्या नगरी सहज श्‍वास फेर्ने

अर्को: ४४. मैले बल्‍ल आफ्‍नो बारेको सत्यतालाई देखेँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६२. असफलताको बीचमा माथि उठ्दा

फेङ्क्‍वी, दक्षिण कोरियामैले परमेश्‍वरलाई भेट्टाउनुभन्दा पहिले, मलाई चिनियाँ कम्युनिस्ट पार्टीले शिक्षा-दीक्षा दिएको थियो। आफ्‍नो लागि नाम...

२२. आखिरमा आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर मैले सिकेँ

क्षिन्‍चेङ, इटालीसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही...

७. धन-दासको जागरण

मेरो जीवनको अधिकांश हिस्सा भागदौड गरेर, पैसा कमाउनमा मैले कसरी बिताएँ भनेर हेर्दा मैले आदर र प्रशंसा कमाएँ, तर मेरो जीवनको हरेक तहमा शैतानले मलाई यातना दिइरह्यो। तर परमेश्‍वरले मलाई मुक्ति दिनुभयो। उहाँले मलाई पैसाको हावा-हुरीबाट मुक्ति दिलाउनुभयो र मेरो जीवनको मार्ग परिवर्तन गरिदिनुभयो।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्