४७. मैले मेरो पाष्टरको वास्तविक रङ्ग देखेको छु
मलाई याद छ, जब म सुरुमा ख्रीष्टियन बनेँ, हाम्रो मण्डलीको पाष्टर चेन र उनकी पत्नीले मलाई निकै उच्च नजरले हेर्थे। तिनीहरूले मलाई प्रशंसा झुण्डको अगुवा र बाल सङ्गतिको शिक्षक बनाए अनि मलाई सधैँ वास्तवमै वास्ता गर्थे। जब-जब मलाई समस्या हुन्थ्यो वा केही कमजोरीको अनुभूति हुन्थ्यो, उनीहरूले मेरो लागि प्रार्थना गरिदिन्थे। उनीहरूले मण्डलीका अरू सदस्यहरूलाई पनि वास्ता गर्थे। जब-जब कोही व्यक्ति निराश वा कमजोर हुन्थ्यो तिनीहरूलाई सहायता गर्नको लागि उनीहरूले बाइबलबाट सङ्गति गर्थे। मैले अनुभूति गरेँ तिनीहरू दुवै साँच्चै प्रेमिलो थिए र उनीहरूलाई पाउँदा हामी भाग्यमानी थियौं। मेरो हृदयभित्र, मलाई सधैँ तिनीहरू विश्वासमा मेरा आत्मिक बाबुआमा हुन् भन्ने लाग्थ्यो।
त्यसपछि २०१८ मा, मैले सर्वशक्तिमान् परमेश्वरको मण्डलीका केही दाजुभाइ-दिदीबहिनीहरूलाई अनलाइन भेटेँ। उनीहरूको गवाही सुनिसकेपछि, मैले प्रभु येशू फर्किसक्नुभएको छ, सर्वशक्तिमान् परमेश्वरको रूपमा देहधारी हुनुभएको छ भन्ने थाहा पाएँ। उहाँले आखिरी दिनहरूमा मानवजातिलाई न्याय गर्न र शुद्ध पार्न सत्यताहरू व्यक्त गर्दैहुनुहुन्छ, यस क्रममा १ पत्रुस ४:१७ को यसो भन्ने अगमवाणी पूरा हुन्छ: “किनभने परमेश्वरको घरानाबाट न्याय सुरु हुने समय आएको छ।” म निकै उत्साहित थिएँ, अनि मेरो परिवार र मैले मिलेर सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको कामबारे एकसाथ खोजी गर्यौं। सर्वशक्तिमान् परमेश्वरको वचन पढेर हामी सबै सुनिश्चित भयौं, ती परमेश्वरका आवाज हुन् र सर्वशक्तिमान् परमेश्वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ। हामी सबैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्यौं। त्यसपछि, मैले पाष्टर चेनलाई सम्झेँ। उनले हामीलाई सधैँ प्रभुको आगमनप्रति जागा रहनुपर्छ भनी भन्थे, प्रभु फर्किसक्नुभएको छ भन्ने सुन्दा तिनी उल्लसित हुनेछन् भन्ने मलाई लाग्यो। मैले उनलाई यो शुभ समाचार सुनाउने निर्णय गरेँ।
एक पटक भेलाको बेला, पाष्टर चेनले भने, “हामी आखिरी दिनहरूमा छौं र प्रभु जुनसुकै बेला फर्केर आउन सक्नुहुन्छ। हामीले प्रार्थना गर्नुपर्छ र हामी जागा रहनुपर्छ।” उनले यसो भनेको सुन्दा म अत्यन्तै उत्साहित भएँ, त्यसकारण मैले तुरुन्तै यसो भनिहालेँ, “भर्खरै मैले केही दाजुभाइ-दिदीबहिनीहरूलाई अनलाइन भेटे जसले प्रभु फर्किसक्नुभएको छ भनेर गवाही दिन्छन्। म उनीहरूको भेलामा सहभागी हुँदै आइरहेको छु, जुन अत्यन्तै ज्ञानवर्दक रहेको छ।” उनको प्रतिक्रिया यस्तो थियो, “अनलाइन भेलाहरू एकदम राम्रो हो र तिनले हामीलाई प्रभुको वचन अझै राम्ररी बुझ्न सहायता गर्न सक्छ।” त्यसपछि उनले आफ्नो प्रवचनलाई जारी राखे। म यसो सोच्दै, निकै खुशी भएँ, “पाष्टर चेन साँच्चै सत्यको खोजी गर्ने व्यक्ति हुनुहुन्छ। मैले उनलाई तुरुन्तै आखिरी दिनहरूको परमेश्वरको सुसमाचार बाँडी हाल्नुपर्छ।” आश्चर्यजनक रूपमा, केही दिनपछि पाष्टर चेन र उनकी पत्नी मेरो घर आए। उनीहरू आइपुग्ने बित्तिकै पाष्टर चेनले मलाई रिसाएको अनुहारमा मलाई सोधे, “तपाईंले अनलाइन भेलाहरूको बारेमा उल्लेख गर्नुभयो। के तपाईं अर्को मण्डलीमा आबद्ध हुनुभयो?” उनी कति बेखुसी थिए त्यो देखेर म अलिक अवाक् भएँ। मैले प्रतिक्रिया दिनुभन्दा पहिले, मेरी आमाले खुशी हुँदै भन्नुभयो, “हजुर, पाष्टर ज्यू। हामीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीको बारेमा विचार गर्दैछौं। त्यसरी हामीले प्रभु फर्किसक्नुभएको छ भन्ने पत्ता लगाएका हौँ। उहाँले धेरै सत्यताहरू व्यक्त गर्दैहुनुहुन्छ र परमेश्वरको घरबाट सुरु गरेर न्यायको काम गर्दैहुनुहुन्छ।” पाष्टर चेनले कडाइका साथ प्रतिक्रिया दिए, “प्रभु फर्किसक्नुभएको छ? असम्भव कुरा! बाइबलले स्पष्टै भविष्यवाणी गर्छ: ‘हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्नेछन्, र तिनीहरूले पनि जुनले उहाँलाई घोचे: अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्’ (प्रकाश १:७)। आखिरी दिनहरूमा प्रभु सबैले देख्ने गरी बादलमा आउनुहुनेछ। यदि उहाँ पहिले नै फर्किसक्नुभएको छ भने, हामीले किन उहाँलाई देखेका छैनौ त?” मेरी आमाले भन्नुभयो, “प्रभुको पुनरागमन सम्बन्धी बाइबलीय भविष्यवाणीहरू धेरै छन्। उहाँ खुला रूपमा बादलमा आउनुहुन्छ भन्ने बाहेक, उहाँ गोप्य रूपमा आउनुहुन्छ भन्ने बारेमा पनि धेरै पदहरू छन्, जस्तै प्रकाश १६:१५, ‘हेर, म चोरजस्तै आउँछु,’ प्रकाश ३:३, ‘त्यसकारण तिमीहरू सचेत भएनौ भने त, म तिमीहरूकहाँ चोरजस्तै आउनेछु,’ अनि मत्ती २५:६, ‘अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ।’ उहाँ चोरजस्तै आउनुहुन्छ भन्नुको अर्थ उहाँ कसैले थाहा नपाइकन फर्कनुहुन्छ भन्ने हुन्छ। यदि प्रभु बादलमा खुला रूपमा आउनुभएको भए, सबैले उहाँलाई देख्नेथिए। त्यो कसरी चोरजस्तो आएको हुनेथियो र, अनि दुलहा आइसक्नुभएको छ भनेर को रुनु पर्थ्यो?” क्रोधित हुँदै, पाष्टर चेनले भने, “के प्रभु गुप्त रूपमा आउनुहुन्छ भन्ने तपाईंको दाबी उहाँ बादलमा आउनुहुन्छ भन्ने अगमवाणीसँग बाझिँदैन र? यो बाइबल अनुरूप छैन। प्रभु बादलमा आउनुभएको हामीले देखेका छैनौं, र यसले उहाँ फर्कनुभएको छैन भन्ने प्रमाणित गर्छ। हामी यसमा विश्वास गर्नेछैनौं!”
उनले वास्तवमा कुरा बुझेका छैनन् भन्ने जस्तो देखिन्थ्यो, त्यसकारण मैले भनेँ, “पाष्टर चेन, उहाँ देहमा गुप्तमा आउनुहुन्छ र उहाँ खुला रूपमा बादलमा आउनुहुन्छ भन्ने अगमवाणीहरू वास्तवमा विरोधाभासपूर्ण छैनन्। उहाँको आगमन दुई चरणमा हुन्छ। सुरुमा, उहाँ गुप्तमा देहमा आउनुहुन्छ, मानवजातिलाई न्याय गर्न र शुद्ध पार्न सत्यताहरू व्यक्त गर्नुहुन्छ, र विपत्तिहरूभन्दा पहिले विजेताहरूको समूह निर्माण गर्नुहुन्छ। त्यो काम सकिएपछि, गुप्तमा हुने उहाँको काम पूरा हुन्छ त्यसपछि उहाँले विपत्तिहरू पठाउनुहुनेछ, असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ। उहाँले परमेश्वरका सबै शत्रुलाई, शैतानको स्वामित्वमा रहेका सबैलाई नष्ट गर्नुहुनेछ। ठूला-ठूला विपत्तिहरू सकिएपछि मात्रै उहाँ सबै राष्ट्र र मानिसहरूकहाँ खुला रूपमा देखा पर्नुहुनेछ। उहाँले यहाँ गुप्तमा काम गरिरहनुभएको बेला परमेश्वरको आवाजलाई सुन्नेहरू र उहाँको कामलाई हेर्नेहरू सबै परमेश्वरको सिंहासनको अघि आउँछन्, आखिरी दिनहरूमा उहाँको न्यायलाई स्वीकार गर्छन्, र उनीहरूको भ्रष्टतालाई धोइन्छ। तिनीहरूलाई आखिरमा परमेश्वरको राज्यमा ल्याइन्छ। बाइबलले भविष्यवाणी गरेका बुद्धिमती कन्याहरू तिनीहरू नै हुन्। उहाँले यहाँ गुप्तमा काम गरिरहनुभएको बेला परमेश्वरको आवाजलाई नसुन्नेहरू र सर्वशक्तिमान् परमेश्वरलाई निन्दा र इन्कार समेत गर्नेहरू निर्बुद्धि कन्याहरू हुन्। तिनीहरू अविश्वासीहरू, ख्रीष्ट विरोधीहरू, र दुष्ट काम गर्नेहरू हुन्, जसलाई आखिरी दिनहरूका परमेश्वारका कामद्वारा खुलासा गरिन्छ। जब प्रभु बादलमा खुला रूपमा आउनुहुन्छ, तिनीहरूले विरोध गरेका सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्ने तिनीहरूले देख्नेछन्, तर तिनीहरूले पछुतो गर्दा धेरै ढीला भइसकेको हुनेछ। तिनीहरूलाई विपत्तिहरूमा पारिनेछ, र दण्ड दिइँदा तिनीहरू रुनेछन्। प्रभुले भन्नुभएको यो कुरालाई यसले पूरा गर्नेछ: ‘हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्नेछन्, र तिनीहरूले पनि जुनले उहाँलाई घोचे: अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्’ (प्रकाश १:७)। प्रभु गुप्तमा आउनुहुन्छ र खुला रूपमा आउनुहुन्छ भन्ने दुवै अगमवाणीहरू यसरी नै पूरा हुनेछन्।” त्यसपछि मेरी आमाले आग्रहपूर्वक भन्नुभयो, “पाष्टर ज्यू, उसले भनेको कुरा सहि हो। मानिसको पुत्र आउनुहुन्छ भन्ने बारेमा बाइबलले धेरै पटक उल्लेख गर्छ। उदाहरणको लागि: ‘किनभने जसरी बिजुली पूर्वबाट चम्किन्छ र पश्चिमतिर पनि चम्किन्छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ’ (मत्ती २४:२७)। ‘किनभने जसरी चट्याङ्गले आकाशमुनिको एउटा भागलाई उज्यालो बनाउँदा आकाशमुनिको अर्को भागलाई पनि चम्किलो बनाउँछ; मानिसको पुत्र पनि उनको दिनमा त्यस्तै हुनेछन्। तर सुरुमा उहाँले धेरै कुराहरूको कष्ट भोग्नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ’ (लूका १७:२४-२५)। जसरी प्रभु येशू मानिसको पुत्र हुनुहुन्थ्यो त्यसरी नै ‘मानिसको पुत्र’ ले देहधारी परमेश्वरलाई जनाउँछ। उहाँ मानिसबाट जन्मनुभएको थियो र उहाँमा सामान्य मानवता थियो। यदि प्रभु उहाँको आत्माको रूपमा फर्कनुभएको भए, उहाँलाई मानिसको पुत्र भनिने थिएन। यदि प्रभु आत्मामा परमेश्वरको रूपमा फर्किनुभएको भए, उहाँलाई कसले इन्कार गर्ने वा विरोध गर्ने आँट गर्थ्यो? कसरी उहाँले ‘सुरुमा उहाँले धेरै कुराहरूको कष्ट भोग्नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ’? प्रभु येशू पहिले नै सर्वशक्तिमान् देहधारी परमेश्वरको रूपमा फर्केर आइसक्नुभएको छ। तपाईंले सर्वशक्तिमान् परमेश्वरका वचनहरूलाई हेर्नुपर्छ।” मेरी आमाले बोल्दै गर्दा, उहाँले पाष्टरको लागि सर्वशक्तिमान् परमेश्वरका वचनहरूको एउटा प्रतिलिपि निकाल्नुभयो। तिनले यसलाई हेर्न इन्कार मात्र गरेनन्, तर रिसाउँदै यसलाई लतारेर फ्याँके र चिच्याए, “यो परमेश्वरको वचन हुँदै-होइन। परमेश्वरका वचनहरू सबै बाइबलमा नै छन् र त्योभन्दा बाहिर केही पनि छैन!”
पाष्टर चेनले त्यसरी चरित्रभन्दा बाहिर रहेर व्यवहार गरेको देख्दा म छक्कै परेँ र उनको अनुहार समेत रिसले रातो भएको थियो। तिनी सधैँ दयालु थिए—तिनी अचानक पूर्ण रूपमा फरक व्यक्तिजस्तो देखिए। मलाई अलिक डर लाग्न थाल्यो, त्यसकारण मैले तुरुन्तै मनमनै परमेश्वरलाई प्रार्थना गरेँ मलाई विश्वास दिन र मलाई सङ्गति गरिरहन सहायता गर्न उहाँलाई अनुरोध गरेँ। त्यसले मलाई अलिक शान्त बनायो। मैले तिनलाई अत्यन्तै नरम भएर भनेँ, “पाष्टर चेन, परमेश्वरका सबै वचनहरू बाइबलमा छन् र अरू कहीँ पनि छैनन् भन्ने तपाईंको दाबीमा कुनै बाइबलीय आधार छैन। त्यो तथ्यहरू अनुरूप छैन। यूहन्नाको सुसमाचारमा यसो भनिएको छ, ‘येशूले अरू धेरै कुराहरू पनि गर्नुभयो, जसलाई एक-एक गरीलेखिएमा, मलाई लाग्छ कि लेखिएका पुस्तकहरू संसारभरिमा पनि अटाउन सक्दैनथियो’ (यूहन्ना २१:२५)। प्रभु येशूले उहाँले पृथ्वीमा काम गर्नुभएको र प्रचार गर्नुभएको साढे तीन वर्षको अवधिमा धेरै कुरा भन्नुभयो, तर सुसमाचारका चार पुस्तकहरूमा दिइएको विवरण बताउन केही घण्टा मात्रै लाग्छ। यसले प्रभु येशूको सबै वचनहरू बाइबलमा लेखिने कुनै उपाय थिएन भन्ने देखाउँछ। यसको अतिरिक्त, बाइबललाई एकट्ठा गर्ने मानिसहरूले छोडेका कुराहरू पनि छन्, त्यसकारण कतिपय अगमवक्ताहरूको भविष्यवाणीहरू बाइबलमा समावेश भएन। त्यसमा एज्रा अगमवक्ताले व्यक्त गरेका परमेश्वरका केही वचनहरू पर्छ जसलाई बाइबलमा समावेश गरिएन। त्यसको अर्थ हुन्छ बाइबलभन्दा बाहिर परमेश्वरको कुनै वचन छैन भन्ने अभिव्यक्ति साँचो हुँदै-होइन!”
मेरी आमाले आग्रहपूर्वक यो पनि भन्नुभयो, “बाइबलमा परमेश्वरका केही वचनहरूलाई छुटाइएको मात्रै थिएन, तर आखिरी दिनहरूका परमेश्वरका वचनहरू पनि छन्! प्रभु येशूले भविष्यवाणी गर्नुभयो: ‘मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ’ (यूहन्ना १६:१२-१३)। यसलाई प्रकाशको पुस्तकमा पनि धेरै पटक भविष्यवाणी गरिएको छ: ‘आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ सो, जसको कान छ उसले सुनोस्’ (प्रकाश अध्याय २,३)। थुमाले चर्मपत्रको मुट्ठो खोल्नुहुने बारेमा पनि यसले उल्लेख गर्छ। यी सबै उहाँ फर्किनु भएपछि प्रभुले बोल्नुहुने अझै धेरै वचनहरू सम्बन्धी भविष्यवाणीहरू हुन्। यदि बाइबलभन्दा बाहिर परमेश्वरको कुनै वचन हुन सक्दैन थियो भने, यी अगमवाणीहरू कसरी पूरा हुनेथिए? सर्वशक्तिमान् परमेश्वरले न्यायको काम गरिरहनुभएको छ, मानवजातिलाई धुने र पूर्ण रूपमा मुक्त गर्ने सम्पूर्ण सत्यताहरू व्यक्त गरिरहनुभएको छ। उहाँले परमेश्वरको व्यवस्थापन योजनाका सबै रहस्यहरू प्रकट गर्नुभयो, मानिसको भ्रष्टताको सत्यता र परमेश्वरप्रतिको मानिसको विरोधको जरालाई खुलासा गर्नुभयो र न्याय गर्नुभयो। उहाँले हामीलाई साँचो पश्चात्ताप र राज्यमा प्रवेश गर्ने मार्ग दिनुभएको छ। प्रकाशको पुस्तकमा पवित्र आत्माले मण्डलीहरूसँग बोल्नुहुने र थुमाले चर्मपत्रको मुट्ठो खोल्नुहुने बारेमा जे भविष्यवाणी गरिएको छ त्यसले सर्वशक्तिमान् परमेश्वरको वचनलाई जनाउँछ। बाइबलमा यी नयाँ वचनहरूलाई कसरी अग्रिम रूपमा लेख्न सकिन्थ्यो र? के परमेश्वरको कुनै पनि वचनहरू बाइबल बाहिर हुँदैन भन्ने दाबी अत्यन्तै स्वेच्छाचारी छैन र? परमेश्वर सृष्टिका प्रभु हुनुहुन्छ र जिउँदो पानीको सदा-बगिरहने मूल हुनुहुन्छ। तर बाइबलमा अभिलेख राखिएका परमेश्वरको काम र वचनहरू अत्यन्तै सीमित छन्। हाम्रा आफ्नै धारणाहरूका आधारमा हामीले परमेश्वरलाई बाइबलको क्षेत्रभित्र सीमांकन गर्न सक्दैनौं। त्यो त सत्यलाई इन्कार गर्नु, परमेश्वरको आफ्नै काम र वचनहरूलाई इन्कार गर्नु हुनेथियो!”
यसले पाष्टर चेनलाई अत्यन्तै रिस उठायो, तर उनले यसलाई नकार्न सकेन। उनले यो मात्रै भने, “तपाईंहरूको भलाइकै लागि यसको खोजी गर्न नदिएको हो। तपाईंहरू जीवनमा अपरिपक्व हुनुहुन्छ र भ्रममा पर्न सक्नुहुन्छ। तुरुन्तै प्रभुमा स्वीकार गर्नुहोस् र पश्चात्ताप गर्नुहोस्!” मैले तुरुन्तै प्रतिक्रिया दिएँ, “पाष्टर चेन, उत्सुकताको साथ खोजी गरेर र सर्वशक्तिमान् परमेश्वरको धेरै वचनहरू पढेर मात्रै हामीले सर्वशक्तिमान् परमेश्वर नै फर्किआउनुभएका प्रभु येशू हुनुहुन्छ भन्ने निष्कर्ष निकालेका छौं। तपाईंले उहाँका वचनहरू पढ्नुभएको छैन, त्यसकारण केही शङ्का र धारणाहरू हुनु सामान्य नै हो। प्रभु येशूले भन्नुभयो, ‘माग, अनि त्यो तिमीहरूलाई दिइनेछ; खोज, अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, अनि त्यो तिमीहरूको निम्ति खोलिनेछ’ (मत्ती ७:७)। तपाईं खोजी गर्न, र सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्न तयार हुनुहुन्छ भने, तपाईंका अन्योलताहरूलाई हटाउन सकिन्छ।” मेरो कुरा भुइँमा खस्न नपाउँदै उनकी पत्नीले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको सम्पर्क विवरण मागिन् र यसको बारेमा पछि खोजी गर्नेछु भनेर भनिन्। उनको कुरालाई पत्याएर, मैले यो तिनीहरूलाई दिएँ। तिनीहरूले यो लिए र हतारमा हिँडिहाले।
तिनीहरू दुई जना गएपछि मलाई केही समयसम्म खटपट भइरह्यो। मलाई सधैँ तिनीहरू असल, नम्र मानिसहरू हुन् भन्ने लाग्थ्यो। तिनीहरूले सधैँ हामीलाई प्रभुको पुनरागमनप्रति जागारहनुपर्छ भनी भन्थे, तर जब तिनीहरूले प्रभुको पुनरागमनको बारेमा खबर सुने तिनीहरूलाई यसको कुनै चासो थिएन। तिनीहरू जिद्दी भएर बाइबलका वचनहरूमा नै टाँसिरहे। किन तिनीहरूले आफूले प्रचार गरेको कुरालाई अभ्यास गरेनन्? म साँच्चै निराश र व्याकुल भएँ, तर तिनीहरूले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको कामलाई अनुसन्धान गर्नेछन् भन्ने आशामा मैले तिनीहरूको लागि मनमनै प्रार्थना गरेँ। मैले तिनीहरूलाई “बाइबल सम्बून्धी रहस्यको खुलासा” नामक सुसमाचार चलचित्रको लिङ्क पनि पठाएँ, यसले तिनीहरूलाई आफ्ना धारणाहरू त्याग्न र सर्वशक्तिमान् परमेश्वरको कामलाई हेर्न र प्रभुलाई चाँडै स्वागत गर्न सहायता गर्ने तुल्याउनेछ भन्ने आशा राखेँ। म अपेक्षाले भरिएको थिएँ, तर कुनै अनपेक्षित घटना घट्यो। तिनीहरूले सर्वशक्तिमान् परमेश्वरको मण्डलीको निन्दाको बारेमा अनेक किसिमका अफवाहहरू यसबाट मलाई टाढा राख्नको लागि पठाए। त्यसले मलाई प्रभाव नपारेको देख्दा, तिनीहरूले सर्वशक्तिमान् परमेश्वरको मण्डलीका सदस्यहरूलाई दुर्व्यवहारपूर्ण सन्देशहरू पठाए। तिनीहरू फेसबुकमा पनि गए र साँचो मार्गको अनुसन्धान गर्नबाट अरूलाई भ्रममा पार्न र टाढा राख्नको लागि सर्वशक्तिमान् परमेश्वरको मण्डलीको बारेमा अनेक निन्दा र आक्रमण गर्दै अफवाहहरू पोष्ट गरे। अनि तिनीहरू त्यहाँ रोकिएनन्। मलाई दोषी ठहराउँदै र मेरो बारेमा नराम्रो कुरा फैलाउँदै तिनीहरू घर-घर गए र दाजुभाइ-दिदीबहिनीहरूलाई मसँग कुनै सम्बन्ध नराख्न चेतावनी दिए। धेरै मानिसहरूलाई गलत प्रभाव पार्यो र तिनीहरूले मबाट दूरी कायम राखे। कतिले मलाई अभियोगात्मक सन्देशहरू पठाए र अरू बाटोमा भेट्दा मसँग बोल्न इन्कार गरे। कतिपयले त म उनीहरूलाई भेट्न जाँदा ढोका समेत खोलेनन्। मेरो लागि यो अत्यन्तै निराशलाग्दो थियो। विगतमा यी दाजुभाइ-दिदीबहिनीहरूसँग म नजिक थिएँ, तर अहिले पाष्टरका झूटहरूलाई पत्याएर तिनीहरू मबाट टाढा भए र मलाई तिरस्कार गरे। यो सबै मैले कुनै बेला आदरको साथ हेर्ने पाष्टरले गरेको हो भनेर विश्वास गर्न मैले सकेको थिइनँ। मलाई कष्ट भइरहेको थियो र मैले भित्री रूपमा कमजोर महसुस गरेँ। मैले यो पत्ता लगाउन सकिनँ। मैले कुनै गलत कुरा गरेको थिइनँ। मैले त सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको कामलाई स्वीकार मात्रै गरेको थिएँ। किन पाष्टरले मसँग त्यसरी व्यवहार गर्यो?
जब सर्वशक्तिमान् परमेश्वरको मण्डलीको सिस्टरले यसको बारेमा पत्ता लगाउनुभयो, उहाँले मलाई सहायता र समर्थन प्रदान गर्नुभयो अनि मेरो लागि परमेश्वरका वचनहरूको अनुच्छेद पढ्नुभयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र आइपर्ने सबै कुरा परमेश्वरसामु शैतानले थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्वरका लागि गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतान परमेश्वरसँग बाजी थापिरहेको थियो, र अय्यूब भने मानिसहरूका कार्य र बाधाहरूको सामना गरिरहेको थियो। तिमीहरूमा परमेश्वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। त्यसपछि मैले बुझेँ कि पाष्टरले बाधा दिनु र मण्डलीका अरू सदस्यहरूले मलाई अलग राख्नु सबै नै शैतानको परीक्षा थियो। मैले साँचो मार्गलाई त्यागेर परमेश्वरलाई धोका दिएको र उहाँको आखिरी दिनहरूको मुक्तिलाई गुमाएको शैतान चाहन्थ्यो। शैतान अत्यन्तै तुच्छ छ! मैले विचार गरेँ, “सर्वशक्तिमान् परमेश्वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भन्नेमा म पहिले नै निश्चित भइसकेको हुनाले, मैले जे-जस्ता कठिनाइहरू भोगे पनि मैले उहाँलाई अन्त्यसम्मै नडगमगाइकन पछ्याउनुपर्छ।”
त्यसपछि सिस्टरले यो सङ्गति बाँड्नुभयो: “परमेश्वरले हामीलाई अरूको पहिचान गर्न सिकाउनको लागि यस्ता परिस्थितिहरूको प्रयोग गर्नुहुन्छ। प्रभुको आगमनलाई मानिसहरूले कसरी लिन्छन् त्यसले सत्यता र परमेश्वरप्रति तिनीहरूको मनोवृत्तिलाई देखाउँछ, र तिनीहरूको सारलाई प्रकट गर्छ।” त्यसपछि उहाँले परमेश्वरका वचनहरूको अर्को अनुच्छेद पढ्नुभयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। अझ के भने, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्वास मात्रै गरे, तर जीवन सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्ने कुरा तिनीहरूलाई थाहा छैन। तिमीहरूलाई यस्ता मूर्ख, हठी र अज्ञानी मानिसहरूले कसरी परमेश्वरको आशिष् प्राप्त गर्न सक्थे भन्ने लाग्छ? के तिनीहरूले मसीहलाई देख्न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूलाई पवित्र आत्माको कामको दिशा थाहा थिएन, र येशूले बोल्नुभएको सत्यताको मार्ग थाहा थिएन, र, किनभने तिनीहरूले मसीहलाई झनै बुझेका थिएनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र मसीहसँग कहिल्यै सङ्गत नगरेका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै टाँसिने तर मसीहको सारलाई हरसम्भव माध्यमहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हठी र अहङ्कारी थिए र तिनीहरूले सत्यता पालन गर्दैनथे। परमेश्वरप्रति तिनीहरूको विश्वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अख्तियार जति नै उच्च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्वास वाहियात र हास्यास्पद छैन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्नुभएको हुनेछ)। त्यसपछि परमेश्वरका यी वचनहरूलाई ध्यानमा राख्दै उहाँले थप सङ्गति बाँड्नुभयो र पादरीको आचरणको बारेमा केही कुरा उजागर गर्नुभयो। मलाई सधैँ के लाग्थ्यो भने तिनीहरूले बाइबललाई राम्ररी बुझेका छन्, वर्षौंदेखि प्रभुको सेवा गर्न कडा मेहनत गरेका छन्, मण्डली परिवारप्रति प्रेमिलो छन्, र तिनीहरूले हामीलाई सधैँ प्रभुको पुनरागमनप्रति जागा रहनुपर्छ भन्थे, त्यसको अर्थ तिनीहरूले सत्यतालाई प्रेम गरे र प्रभुको आगमनको तृष्णा गरे भन्ने हुन्छ। तर वास्तविकताले मलाई के देखायो भने मैले जे सोचेको थिएँ यो त्यस्तो थिएन। तिनीहरूको नम्र, प्रेमिलो हाउभाउ त मानिसहरूलाई मूर्ख बनाउने र झुक्काउने देखावटी व्यवहार मात्रै थियो र तिनीहरू पाखण्डी फरिसीहरूभन्दा फरक थिएनन्। फरिसीहरू पनि निकै भक्त देखिन्थे। तिनीहरूले सभाघरहरूमा हरेक दिन धर्मशास्त्रका व्याख्या गर्थे, अरूले यसो गरेको देखून् भनेर तिनीहरूले सडकमा प्रार्थना गर्थे। तिनीहरू सबैले मसीह आउनुहुनेछ भनेर प्रतीक्षा गरिरहेका थिए, तर जब प्रभु येशू देखा पर्नुभयो र उहाँले सत्यताहरूलाई व्यक्त गर्नुभयो, अनि धेरै चिन्ह र अचम्मका कामहरू देखाउनुभयो, जुन सबै स्पष्ट रूपले परमेश्वरबाट आएका थिए, फरिसीहरूले यसको बारेमा जान्न चाहेनन्। तिनीहरूले जिद्दी भई शास्त्रका नियमहरूलाई समर्थन गरे र परमेश्वरको कामलाई दोष दिन शास्त्रका वचनहरू प्रयोग गरे। तिनीहरूले प्रभु येशूलाई क्रूसमा टाँग्न लगाउन सहयोग गरे र परमेश्वरद्वारा दण्डित भए। मेरो पाष्टर पनि ठ्याक्कै त्यस्तै थियो। उनले नम्रतापूर्वक प्रभुको सेवा गरिरहेको र उहाँको पुनरागमनको प्रतीक्षा गरिरहेको जस्तो देखिन्थ्यो, तर सर्वशक्तिमान् परमेश्वरले सत्यतालाई व्यक्त गरिरहनुभएको छ र न्यायको काम गरिरहनुभएको भन्ने राम्रोसँग जानेर पनि, उनले यसलाई ध्यानै दिएनन्। ऊ आफ्नै धारणाहरू र बाइबलका शाब्दिक वचनहरूमा टाँसिए र, परमेश्वरको नयाँ कार्यलाई विरोध र निन्दा गरे। उनले भने, यदि उहाँ बादलमा आउनुभएन भने, उहाँ प्रभु येशू नै हुनुहुन्न, र बाइबलमा नलेखिएको कुनै पनि कुरा परमेश्वरको काम हुन सक्दैन, र यस्तै इत्यादि। अरूलाई साँचो मार्ग अनुसन्धान गर्नबाट रोक्नको लागि उनले आफूले सक्ने जेसुकै गरे। तिनी र तिनकी पत्नी प्रभुको आगमनको लागि साँचो रूपमा तृष्णा गरिरहेका थिएनन्, तर तिनीहरू आधुनिक फरिसीहरू थिए जसले सत्यतालाई घृणा गर्थे, र परमेश्वरको देखा पर्ने घटना र कामलाई घृणा गर्थे। यसले मलाई प्रभु येशूले फरिसीहरूलाई यसो भन्दै दोषी ठहराउनुभएको बारे याद दिलायो: “शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने तिमीहरू त सेता कब्र-स्थानहरू जस्तै छौ, जो बाहिरी रूपमा वास्तवमै सुन्दर देखिन्छन्, तर भित्र भने मरेका मानिसहरूका हाडहरू, र सबै अशुद्धताहरूले भरिएका हुन्छन्। त्यसरी नै तिमीहरू पनि बाहिरी रूपमा मानिसहरूका अघि धर्मी देखिन्छौ, तर भित्री रूपमा तिमीहरू ढोङ्गीपन र अधर्मले भरिएका छौ” (मत्ती २३:२७-२८)। यो सबै कुरा बुझिसकेपछि यसले मलाई पादरीले गरेको व्यवहारबारे केही बुझाइ प्रदान गर्यो। तर त्यसपछि जे भयो त्यसले वास्तवमै तिनीहरूको साँचो रङ्ग मलाई देखायो।
एक दिन दिउँसो, मेरो पहिलेको मण्डलीको एल्डर वाङ्ग र दुई जना सिस्टरहरू मेरो घरमा आए र एक शब्द नबोली मलाई रूखो नजरले हेरिरहे। त्यसपछि एल्डर वाङ्गले आफ्नो फोन निकालेर नम्बर डायल गरे, र फोन मलाई दिए। जब मैले लिएँ, पाष्टर चेनले रिसाउँदै विभिन्न किसिमका नराम्रा शब्दहरू बोलिरहेको सुनेँ त्यसपछि तिनले मलाई चेतावनी दिए, “हाम्रो मण्डलीका सदस्यहरूसँग सम्पर्क गर्न र हाम्रो मण्डलीमा सर्वशक्तिमान् परमेश्वरको सुसमाचार फैलाउन तिमीलाई निषेध छ। मेरो भेडालाई नचोर!” मलाई रिस उठ्यो र मैले उनलाई भनेँ, “प्रभुको पुनरागमनको सुन्दर समाचार मैले किन बाँड्नु हुँदैन? किन तपाईंले मानिसहरूलाई साँचो मार्ग खोज्नबाट रोक्न खोजिरहनुभएको छ? तिनीहरू परमेश्वरका भेडा हुन्। किन तपाईं तिनीहरूलाई परमेश्वरको आवाज सुन्न दिनुहुन्न?” फोन राखेपछि, एल्डर वाङ्ग र अरूले मलाई भाषण दिए अनि त्यहाँबाट गए। त्यसपछि पाष्टरले मेरो परिवारलाई सताइरह्यो अनि मण्डलीमा खुलेआम हाम्रो नामको बदनाम पनि गर्यो। मेरो परिवार दुर्व्यवहार सहन नसकेर अलिक कमजोर र नकारात्मक बन्यो। पाष्टरको दुष्ट कार्यहरूले मलाई अत्यन्तै रिस उठायो। मैले सर्वशक्तिमान् परमेश्वरका अझै धेरै वचनहरू पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि खण्डहरू वाचन गर्नेहरू छन्, तैपनि तिनीहरूमध्ये कसैले पनि परमेश्वरको कामको उद्देश्य बुझ्दैन, न त तिनीहरूमाझ परमेश्वरलाई चिन्न सक्ने कोही नै छ—परमेश्वरका अभिप्रायहरूसँग मिल्न सक्ने कोही हुनु त परै जाओस्। तिनीहरू सबै निकम्मा, नीच मानिस हुन्, जो ‘परमेश्वर’ लाई उपदेश दिन उच्च स्थानमा उभिन्छन्। तिनीहरू परमेश्वरको झण्डामुनि कार्य गर्ने तर जानाजानी परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्, जो मानिसको मासु खाँदै र रगत पिउँदै परमेश्वरमा विश्वास गर्ने बिल्ला भिर्छन्। त्यस्ता सबै मानिसहरू मानव प्राणहरू निल्ने दुष्ट दियाबलस, मानिसहरूलाई सही मार्गमा लाग्नमा जानाजानी बाधा दिने मुख्य पिशाच, र मानिसहरूलाई परमेश्वरको खोजी गर्नबाट रोक्ने व्यवधान हुन्। तिनीहरू ‘शारीरिक रूपमा हृष्टपुष्ट’ देखिन सक्छन्, तर तिनीहरू मानिसहरूलाई परमेश्वरको प्रतिरोध गर्नतर्फ डोर्याउने ख्रीष्टविरोधीहरू हुन् भन्ने कुरा तिनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन् र? तिनीहरू मानव प्राणहरू निल्न समर्पित जीवित दियाबलस हुन् भन्ने कुरा तिनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्)। सर्वशक्तिमान् परमेश्वरका वचनहरूले मलाई पादरीको साँचो रङ्ग र तिनीहरूले परमेश्वरलाई गर्ने विरोधको बारेमा मलाई अझै स्पष्टता प्रदान गर्यो। हामीलाई परमेश्वरको सुसमाचार तथ्य नदिएर तिनीहरूले परमेश्वरको बथानलाई सुरक्षित गरिरहेका छन् जस्तै गर्छन् तर यथार्थमा, सबैले सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउनेछन् र कसैले पनि तिनीहरूको कुरा सुन्नेछैनन् भनेर तिनीहरू डराएका छन्। त्यसपछि तिनीहरूले आफ्नो हैसियत गुमाउनेछन्। त्यही कारणले गर्दा तिनीहरूले विश्वासीहरूलाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्न आफूले सक्ने सबै गर्छन्। यसले मलाई प्रभु येशूका वचनहरूको बारेमा याद दिलायो: “तर शास्त्रीहरू र फरिसीहरू, तिमीहरूलाई धिक्कार, पाखण्डीहरू! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ” (मत्ती २३:१३)। “शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने एक जनालाई आफ्नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ” (मत्ती २३:१५)। पादरीले आफै साँचो मार्ग खोजी गर्न इन्कार मात्रै गरेन, तर सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका कामलाई बदनाम गर्न र दोष दिन अनि विश्वासीहरूलाई भ्रममा पार्न सबै कुरा गरे। तथ्यहरू नजान्ने धेरै मानिसहरूले तिनीहरूसँगै सर्वशक्तिमान् परमेश्वरलाई दोष दिन्छन्। के तिनीहरूले एकसाथ दण्डित हुन ती मानिसहरूलाई तिनीहरूजस्तै नरकका छोराहरूमा परिवर्तन गरिरहेका छैनन् र? तिनीहरू साँच्चै भित्रैदेखि दुर्भावनापूर्ण छन्। धार्मिक संसारका पादरीहरूले सत्यतालाई घृणा गर्छन्। तिनीहरूले आखिरी दिनहरूका परमेश्वरको कामलाई विरोध गर्छन् र दोष दिन्छन् अनि परमेश्वरसँग उहाँका चुनिएका मानिसहरूको निम्ति लडाइँ गर्दै लाजै नमानी परमेश्वरका भेडाहरूलाई तिनीहरूका आफ्नै गोठमा थुनेर राख्छन्। तिनीहरू २,००० वर्ष पहिले प्रभु येशूले श्राप दिनुभएका फरिसीहरू जस्तै छन्। तिनीहरू परमेश्वरले आखिरी दिनहरूको आफ्नो काममा खुलासा गर्नुभएका दुष्ट सेवकहरू, ख्रीष्ट विरोधीहरू हुन्! मैले तिनीहरूको दुष्ट, परमेश्वरलाई विरोध गर्ने प्रकृति र सत्यताप्रतिको तिनीहरूको घृणालाई पूर्ण र स्पष्ट रूपमा देखेँ। तिनीहरू त्यो मार्गमा जसरी खडा हुने प्रयास गरे तापनि मैले सर्वशक्तिमान् परमेश्वरलाई नै निर्धक्क भएर पछ्याउने सङ्कल्प गरेँ! सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर मेरो परिवारका अरू सबैले पनि यस्तो कुरा पहिचान गर्ने क्षमता प्राप्त गर्यो र तिनीहरूद्वारा बाधा भएको अनुभव गर्न छोड्यो।
तिनीहरूले मलाई दुर्व्यवहार गरिरहेको र मेरो बदनाम गरिरहेको त्यो समयलाई फर्केर सम्झिँदा, मैले अलि-अलि कष्ट भोगेको भए तापनि, यसले मलाई पादरी कस्तो रहेछ भन्ने यसले मलाई विवेक दिए। मैले तिनीहरूको साँचो रङ्ग देखेँ—तिनीहरूले सत्यतालाई घृणा गर्छन् र परमेश्वरको विरोध गर्छन्। म तिनीहरूद्वारा कहिल्यै बहकिने वा बन्धित हुनेछैन। मैले के पनि सिकेँ भने फरिसीहरू र ख्रीष्ट विरोधीहरूसँगको आत्मिक युद्धमा, यदि हामी प्रार्थना गर्छौं र परमेश्वरमा भरोसा गर्छौ भनेँ, उहाँले हामीलाई सत्यता बुझ्न र शैतानका परीक्षाहरूमाथि विजय प्राप्त गर्न डोर्याउनको लागि आफ्नो वचनहरूको प्रयोग गर्नुहुनेछ। त्यस अनुभवले गर्दा मेरो विश्वास बढ्यो। सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद होस्!