४६. स्वेच्छाचारी व्यवहारले अरूलाई र आफूलाई चोट पुर्याउँछ
सन् २०२० को अप्रिल महिनामा मलाई मलजल कामको लागि मण्डली अगुवाको रूपमा छनौट गरियो। मैले केही नयाँ विश्वासीहरू नियमित रूपमा भेलाहरूमा सहभागिता जनाइरहेका छैनन्, ढीला आएर चाँडै जाने गर्छन् भन्ने देखेँ। कति जना स्कूल वा जागिरले व्यस्त थिए र समय भएपछि आउँछु भनी भन्थे। कति जना चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक संसारको झूट सुनेर आउँदैनथिए। हामीले तिनीहरूसँग कुराकानी गर्ने प्रयास गर्यौं, तर कतिले फोन नै उठाउँदैनथिए—तिनीहरू वास्तवमा विलय भएका थिए। मलाई के लागिरहेको थियो भने हामीले तिनीहरूसँग कुराकानी गर्ने प्रयास गर्यौं, र तिनीहरूले सहभागिता जनाउन चाहेनन्, त्यसकारण हामी यसको लागि जिम्मेवार छैनौं। अब तिनीहरूलाई छोडिदिने समय आएको थियो। साथै, परमेश्वरले उत्कृष्ट मानिसहरूलाई चाहनुहुन्छ, धेरै मानिसहरूलाई होइन। उहाँले साँचो विश्वास भएका, सत्यतालाई प्रेम गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। यदि तिनीहरूसँग साँचो विश्वास थिएन भने, हामीले जति प्रयास गरे पनि त्यसले फरक पार्नेथिएन। त्यसकारण प्रार्थना वा खोजी, वा मेरो अगुवासँग छलफल नगरी, मैले ती नयाँ विश्वासीहरूलाई निकालिदिने निर्णय गरेँ। मैले तिनीहरू एक-दुई जनासँग कुरा गर्ने प्रयास गरेँ, तर तिनीहरूले भेलाहरूमा सहभागी हुन मन गरेनन्, त्यसकारण मैले ठीक अनुमान गरेकी रहेछु भन्नेमा अझै निश्चित भयो। एक जना सिस्टरले दुई महिनामा लगातार धेरै जना नयाँ विश्वासीहरूलाई निकालिएको देखिन् र त्यसो गर्नु उचित हो कि होइन भनेर मलाई सोधिन्। हामीले हाम्रो अगुवासँग सङ्गति गरेर सिद्धान्तहरूको बारेमा सिक्न सक्छौँ उनले भनिन्। मलाई के लागिरहेको थियो भने विगतमा हामीले त्यस्तो कुरालाई यसरी नै सम्हालेका छौं। हामीले तिनीहरूसँग कुराकानी गर्ने प्रयास गर्यौं, तर हामीले तिनीहरूलाई सम्पर्क गर्न सकेनौँ, र कतिले विश्वासी बन्ने इच्छा नै गुमाएका थिए। सिद्धान्तहरूको खोजी गर्नुपर्ने कुनै आवश्यकता छैन। त्यसकारण, मैले उनको सुझावलाई इन्कार गरेँ। त्यसपछि मलाई अलिक असहज लाग्यो, र त्यसो गर्नु वास्तवमै सही थियो त भनेर सोचेँ। तर त्यसपछि लाग्यो, यो गलत हुन सक्दैन किनभने हामीले तिनीहरूलाई साथ दिने प्रयास गरेका थियौं, तर तिनीहरू भेलाहरूमा आउन चाहेनन्, र यो हाम्रो गल्ती थिएन। मलाई तिनीहरू साँचो विश्वासी थिएनन् भन्ने लागेको थियो। मलाई अशान्ति लागे पनि, मैले प्रार्थना वा खोजी गरिनँ, र हरेक महिना केही नयाँ विश्वासीलाई छोडिदिएँ।
मैले त्यस कार्यमा सिद्धान्तहरू पछ्याइरहेकी छैन भन्ने कुरा मेरो अगुवाले थाहा पाइन् र मलाई अत्यन्तै कठोर आलोचना गर्दै मैले केही पनि सिद्धान्तहरू जानेकी छैन र मैले खोजी गरिनँ, तर मलाई जे मन लाग्यो त्यही गरेँ भन्दै भनिन्। तिनीहरू हरेक व्यक्ति परमेश्वरको अगि आउनु कठिन भएको थियो, हाम्रा अरू मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई सहयोग गर्न सबै कुरा समर्पण गरिरहेका छन्, तर मैले तिनीहरूलाई उदासीनताको साथ सफाइ गरिरहेकी छु भनेर पनि उनले भनिन्। मैले तिनीहरूलाई प्रेमको साथ सहयोग नगरिकन हदबन्दी गरिरहेकी थिएँ, र यो अत्यन्तै अजिम्मेवार कार्य थियो। त्यसपछि उनले मलाई तिनीहरूले किन भेलामा सहभागिता जनाइरहेका थिएनन्, तिनीहरूमा कस्ता धारणा र समस्याहरू थिए, मैले सङ्गतिद्वारा ती कुरालाई समाधान गर्ने प्रयास गरेँ कि गरिन, र तिनीहरूलाई सहायता गर्ने अरू तरिका सोचेँ कि सोचिन भनेर सोधिन्। मैले उनको कुनै पनि प्रश्नको उत्तर दिन सकिनँ, तर मैले नयाँ विश्वासीहरूलाई छोडेको एकपछि अर्को दृश्य चलचित्र झैँ मेरो मनमा आइरह्यो। त्यसपछि बल्ल मैले के महसुस गरेँ भने म तिनीहरूप्रति जिम्मेवार नै भएकी थिइनँ, मैले तिनीहरूलाई प्रेमको साथ सहयोग र समर्थन गरेकी थिइनँ। तिनीहरूका समाधान नभएका धारणाहरू के-के हुन् वा तिनीहरू किन भेलाहरूमा आइरहेका छैनन् भन्ने कुराको बारेमा मैले स्पष्टता प्राप्त गरेकी थिइनँ। तिनीहरू भेलामा नआएको केही समय भएको थियो, त्यसकारण तिनीहरूले चासो गुमाए होलान् भन्ने लाग्यो, र मैले तिनीहरूको बारेमा कुनै चासो राखिनँ। नयाँ विश्वासीहरूको जीवनप्रतिको मेरो जिम्मेवारीमा म साँच्चै नै असफल भएकी छु र मैले सिद्धान्तहरू विपरीत तिनीहरूलाई लापरवाही रूपमा इन्कार गरिरहेकी छु भन्ने मलाई थाहा भयो। ममा साँच्चै नै मानवताको कमी थियो। त्यसकारण मैले परमेश्वरको अघि आएर प्रार्थना गरेँ, र उहाँको इच्छा बुझ्न सकूँ, अनि आत्म-चिन्तन गरेर आफ्नो बारेमा सिकूँ भनेर उहाँको अन्तर्दृष्टि र अगुवाइ मागेँ।
त्यसपछि, मैले परमेश्वरका वचनहरूको यो खण्ड देखेँ: “तैँले साँचो मार्ग अनुसन्धान गरिरहेका मानिसहरूसँग व्यवहार गर्दा होसियारी र समझदारी अपनाउनुपर्छ र प्रेममा भर पर्नुपर्छ, किनभने साँचो मार्ग अनुसन्धान गर्ने हरेक व्यक्ति गैरविश्वासी हुन्छन्—तिनीहरूमाझ रहेका धार्मिक व्यक्तिहरूसेमत करिबकरिब गैरविश्वासी नै हुन्छन्—र तिनीहरू सबै नाजुक हुन्छन्: आफ्ना धारणासँग मेल नखाने कुनै पनि कुरालाई तिनीहरूले सजिलै विरोध गर्न सक्छन्, र आफ्नो इच्छाअनरूप नभएको कुनै पनि भनाइप्रति तिनीहरूले सजिलै विवाद खडा गर्न सक्छन्। तसर्थ, तिनीहरूलाई सुसमाचार सुनाउँदा हामी सहनशील र धैर्य हुनुपर्छ। यसका लागि हामीमा असीम प्रेम हुनुपर्छ, र हामीलाई केही निश्चित विधि र व्यवहार-शैलीहरू जरुरी पर्छ। तैपनि, महत्त्वपूर्ण कुरा भनेको तिनीहरूलाई परमेश्वरका वचनहरू पढेर सुनाउनु, मानिसलाई मुक्ति दिन परमेश्वरले व्यक्त गर्नुहुने सबै सत्यता तिनीहरूलाई बताउनु, अनि तिनीहरूलाई परमेश्वरको आवाज र सृष्टिकर्ताका वचनहरू सुन्न दिनु हो। यसरी तिनीहरूले लाभहरू प्राप्त गर्नेछन्। सुसमाचार सुनाउने सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त भनेको परमेश्वरको देखापराइको तृष्णा गर्ने र सत्यतालाई प्रेम गर्नेहरूलाई परमेश्वरका वचन पढ्न र उहाँको स्वर सुन्न दिनु हो। त्यसकारण, तिनीहरूलाई मानिसका कुराहरू कम बताऊ र परमेश्वरका वचन धेरै पढेर सुना। तैँले पढेर सुनाइसकेपछि, सत्यतामा सङ्गति गर् ताकि तिनीहरूले परमेश्वरको स्वर सुन्न र सत्यताबारे केही बुझ्न सकून्। त्यसपछि, तिनीहरू सम्भवतः परमेश्वरतिर फर्कनेछन्। सुसमाचार सुनाउनु हरव्यक्तिको जिम्मेवारी र दायित्व हो। यो दायित्व जसलाई आए पनि, त्यसबाट भाग्नु वा कुनै बहाना बनाएर वा कारण देखाएर अस्वीकार गर्नु पटक्कै हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार सुनाउनु सबै विश्वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो)। “कतिपय मानिसहरू छन् जो भर्खरै परमेश्वरमा विश्वास गर्न थालेका छन् र प्रायजसो नकारात्मक र कमजोर हुन्छन्। यसको कारण के हो भने, तिनीहरू सत्यता बुझ्दैनन्, तिनीहरूको कद अत्यन्तै सानो छ, तिनीहरूमा परमेश्वरमाथिको आस्थासम्बन्धी विविध सत्यताहरूबारे कुनै बुझाइ हुँदैन। त्यसकारण तिनीहरूले आफूलाई कम क्षमताको, अघि बढ्न नसक्ने, र तिनीहरूसँग धेरै कठिनाइहरू भएको ठान्छन्—जसले गर्दा नकारात्मकता ल्याउँछ, र तिनीहरूले हरेससमेत खान्छन्: तिनीहरूले अब प्रयास नगर्ने, र सत्यता पछ्याउन छोड्ने निर्णय गर्छन्। तिनीहरूले आफैलाई हटाउँछन्। तिनीहरूले यस्तो सोच्छन्, ‘जेसुकै भए पनि, परमेश्वरले उहाँमाथिको मेरो विश्वासको कारण मलाइ अनुमोदन गर्नुहुनेछैन। परमेश्वरले मलाई मन पनि पराउनुहुन्न, र भेलाहरूमा जानको लागि मसँग त्यति धेरै समय छैन। मेरो पारिवारिक जीवन कठिन छ र मैले पैसा कमाउनुपर्छ,’ आदि इत्यादि। यी सबै कुरा तिनीहरू भेलाहरूमा जान नसक्नुका कारणहरू बन्छन्। यदि तैँले तुरुन्तै यो कुरा पत्ता लगाइनस् भने, तैँले तिनीहरूलाई सत्यतालाई प्रेम नगर्ने, र परमेश्वरमा साँचो रूपमा विश्वास नगर्ने मानिसहरू भनेर वर्गीकृत भन्ने सम्भावना हुन्छ, या त तैँले तिनीहरूलाई देहको सहजता मन पराउने, संसारको पछि लाग्ने र सांसारिक कुराहरूलाई त्याग्न नसक्ने मानिसहरूको रूपमा वर्गीकृत गर्नेछस्—यसको कारण, तैँले तिनीहरूलाई त्याग्नेछस्। के यो सत्यता सिद्धान्तअनुरूप हुन्छ? के यी कारणहरूले साँचो रूपमा तिनीहरूको प्रकृति र सारलाई प्रतिनिधित्व गर्छन्? वास्तवमा, तिनीहरू तिनीहरूका कठिनाइ र उल्झनहरूका कारण नकारात्मक भएका हुन्छन्; तैँले यी समस्याहरू समाधान गर्न सक्छस् भने, तिनीहरू त्यति नकारात्मक हुनेछैनन्, र तिनीहरूले परमेश्वरलाई पछ्याउन सक्नेछन्। तिनीहरू कमजोर र नकारात्मक हुँदा, तिनीहरूलाई मानिसहरूको सहयोग चाहिन्छ। यदि तैँले तिनीहरूलाई सहयोग गरिस् भने, तिनीहरू आफ्नो खुट्टामा उभिन सक्नेछन्। तर तैँले तिनीहरूलाई बेवास्ता गरिस् भने, तिनीहरूले नकारात्मकताको कारण सजिलै हरेस खानेछन्। यो कुरा मण्डलीको काम गर्ने मानिसहरूसँग प्रेम छ कि छैन, र तिनीहरूले यो बोझ लिन्छन् कि लिँदैनन् भन्ने कुरामा निर्भर हुन्छ। कतिपय मानिसहरू नियमित रूपमा भेलाहरूमा आउँदैनन्, तर यसको अर्थ तिनीहरूले साँचो रूपमा परमेश्वरमा विश्वास गर्दैनन् भन्ने हुँदैन, यो सत्यता मन नपराउनुसरह होइन, यसको अर्थ तिनीहरूले देहका सुख चाहन्छन्, र आफ्नो परिवार र कामलाई पन्छ्याउन सक्दैनन् भन्ने हुँदैन—न त तिनीहरूलाई अत्यन्तै भावनात्मक वा पैसाको प्रेममा मग्न भनेर नै भन्न सकिन्छ। यति मात्रै हो कि यी मामलाहरूमा, मानिसहरूको कद र आकांक्षा फरक-फरक हुन्छ। कतिले सत्यतालाई प्रेम गर्छन् र सत्यताको खोजी गर्न सक्छन्; तिनीहरू कष्ट भोग्न, यी कुराहरूलाई त्याग्न तयार हुन्छन्। कतिपय मानिसहरूको विश्वास सानो हुन्छ, र वास्तविक कठिनाइहरूको सामना गर्दा तिनीहरू शक्तिहीन हुन्छन्, र ती कठिनाइलाई जित्न सक्दैनन्। यदि कसैले पनि तिनीहरूलाई सहयोग वा साथ दिएन भने, तिनीहरूले हरेस खान्छन् र आफूमा विश्वास गुमाउँछन्; त्यस्तो बेला, तिनीहरूलाई मानिसहरूको सहयोग, वास्ता, र साथ चाहिन्छ। तर यदि तिनीहरू अविश्वासी हुन्, र तिनीहरूमा सत्यताप्रति प्रेम छैन, अनि तिनीहरू असल व्यक्ति होइनन् भने कुरा फरक हुन्छ—त्यस्तो अवस्थामा तिनीहरूलाई बेवास्ता गर्न सकिन्छ। यदि तिनीहरू परमेश्वरलाई साँचो रूपमा विश्वास गर्ने व्यक्ति हुन्, र एकदुई वटा वास्तविक कठिनाइहरूको कारण प्रायः भेलाहरूमा जाँदैनन् भने, तिनीहरूलाई त्याग्नु हुँदैन, बरु प्रेमसहितको सहयोग र साथ दिइनुपर्छ। यदि तिनीहरू असल व्यक्ति हुन्, र तिनीहरूमा बुझ्ने क्षमता छ, अनि तिनीहरू राम्रो क्षमताका छन् भने, तिनीहरू अझै धेरै सहयोग र साथको हकदार हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यसको अर्थको बारेमा विचार गर्दा मलाई निकै लाज लाग्यो। परमेश्वर हाम्रो मुक्तिको लागि आखिरी दिनहरूमा देह बनेर हाम्रो बीचमा बोल्न र काम गर्न आउनुभएको छ। शैतानले हामीलाई कति गहन रूपमा भ्रष्ट तुल्याएको छ, हामी विद्रोह र प्रतिरोधले भरिएका छौं भन्ने कुरा उहाँलाई थाहा छ। हरेक व्यक्तिलाई मुक्ति दिन उहाँले सक्दो प्रयास गर्नुहुन्छ। थोरै मात्रै आशा भए पनि परमेश्वरले कसैलाई लापरवाही रूपमा इन्कार गर्नुहुन्न। मानवप्रतिको परमेश्वरको प्रशस्त कृपा र सहनशीलता—हामीप्रतिको उहाँको प्रेम अत्यन्तै महान् छ। ती नयाँ विश्वासीहरू भर्खर जन्मेका बालकहरू जस्तै थिए। तिनीहरूले सत्यता बुझेका थिएनन् र तिनीहरूले अझै साँचो मार्गको जग बसालेका थिएनन्। तिनीहरू सबै जीवनको नाजुक स्थितिमा थिए। हामीले तिनीहरूलाई धेरै माया र सहनशीलता देखाएको परमेश्वर चाहनुहुन्छ। तिनीहरूसँग साँचो विश्वास र असल मानवता छ भने, तिनीहरू कमजोर नै भए पनि, तिनीहरूसँग धार्मिक धारणा नै भए पनि, र व्यस्त भएर भेलामा आउन नपाउने भए पनि, हामीले तिनीहरूलाई लापरवाही रूपमा निकाल्नु हुँदैन। तिनीहरू भेलामा आएनन् त्यसकारण तिनीहरू साँचो विश्वासी होइनन् भन्ने सोच्ने अनि तिनीहरूलाई पूर्ण रूपमा इन्कार गर्ने गरेर सानो कुराको निहुँमा तिनीहरूलाई त्याग्नु हुँदैन। त्यो त तिनीहरूलाई बरबाद गर्नु हो। जब म नयाँ विश्वासी थिएँ, म घरमा व्यस्त भएकोले म उचित तरिकाले भेलामा सहभागी हुँदिनथिएँ, तर दाजुभाइ-दिदीबहिनीहरू साँच्चै बुझकी थिए र मेरो समय अनुसार भेला हुने समयमा हेरफेर गर्थे, र तिनीहरूले मसँग अथक रूपमा सङ्गति गर्थे। तिनीहरूको सहयोग र साथले गर्दा मैले सत्यताको खोजी गर्नुको महत्त्वलाई देखेकी थिएँ, र मप्रतिको परमेश्वरको प्रेम र सहनशीलतालाई देख्न सकेकी थिएँ। त्यसपछि मैले सामान्य रूपमा नै भेलाहरूमा सहभागी हुन र कर्तव्य पूरा गर्न सकेँ। यदि दाजुभाइ-दिदीबहिनीहरूले म सत्यतालाई प्रेम गर्दिनँ र म गैर-विश्वासी हुँ भन्ने सोचेर मलाई त्यो बेला घृणा गरेका भए, तिनीहरूले धेरै पहिले नै मलाई त्यागिसकेका हुन्थेँ, र म आजको स्थानमा आउनेथिइनँ! मलाई मैले परमेश्वरको इच्छालाई ध्यान दिइरहेकी छैनँ वा नयाँ विश्वासीहरूका समस्याहरूको बारेमा बुझ्ने प्रयास गरेकी छैनँ भन्ने कुरा थाहा भयो। मैले तिनीहरूलाई इन्कार गरेँ र असन्तुष्ट बनेँ, किनभने तिनीहरू विभिन्न कुरामा व्यस्त छन्, तिनीहरूमा धेरै धारणा छ भन्ने मैले सोचेकी थिएँ, त्यसकारण मैले तिनीहरूलाई हटाएँ र लत्याएँ, अनि तिनीहरूलाई सहयोग गर्न थप मूल्य चुकाउन चाहिनँ। ममा त्यस्तो दुष्ट मानवता थियो, र मैले नयाँ विश्वासीहरूको जीवनको अलिकति पनि जिम्मेवारी लिइनँ। मैले परमेश्वरसँग यसो भन्दै प्रार्थना गरेँ, “हे परमेश्वर, म तपाईंको अघि पश्चात्ताप गर्न चाहन्छु। जति सक्दो चाँडो मेरा गल्तीहरू सुधार्न, यी मानिसहरूलाई प्रेमले सहयोग र समर्थन गर्न मलाई अगुवाइ गर्नुहोस्।”
त्यसपछि यी नयाँ विश्वासीहरूलाई सहयोग गर्न अरू मण्डली सदस्यहरूसँग जान थालेँ। हामीले तिनीहरूका समस्याहरूको बारेमा थाहा पायौँ र तिनीहरूसँग धैर्यताको साथ सङ्गति गर्यौं, र तिनीहरूमध्ये कति जना भेलाहरूमा फर्केर आए। तिनीहरूमध्ये एक जना काममा यति व्यस्त थिइन् कि उनलाई भेलामा आउन कठिन हुन्थ्यो, र उनले यसो भन्थिन्, “मैले परमेश्वरलाई हृदयदेखि विश्वास गरेँ भने, परमेश्वरले मलाई कहिल्यै पनि त्याग्नुहुनेछैनँ।” पहिले त मलाई उनी पैसा कमाउनमा लिप्त छिन् र उनमा साँचो विश्वास छैन भन्ने लाग्थ्यो, तर उनको बारेमा बुझ्दा हामीले उनले नभ्याउने समयमा भेला राखेको हुनाले उनी भेलामा आउन नसक्ने रहिछन् भन्ने थाहा भयो। हामीले उनले भ्याउने समयमा हाम्रो भेलाको समय तोक्यौँ र उनीसँग सङ्गति गर्यौँ त्यसकारण उनले आखिरी दिनहरूमा, परमेश्वरले मानवजातिलाई शुद्ध गर्न र मुक्ति दिन सत्यताको प्रयोग गर्नुहुन्छ, र साँचो विश्वासीहरूले भेला भएर परमेश्वरका वचनहरूमा सङ्गति गर्नुपर्छ, सत्यताको खोजी गरेर प्राप्त गर्नुपर्छ, आफ्नो भ्रष्टतालाई त्याग्नुपर्छ, र जीवनमा परिवर्तन अनुभव गर्नुपर्छ, र परमेश्वरद्वारा मुक्ति पाउने र उहाँको स्वीकृती प्राप्त गर्ने एउटै मात्र तरिका त्यही हो भन्ने कुरा बुझिन्। भेलामा सहभागी नभई विश्वासमा रहनु तर हृदयमा विश्वास गर्नु र परमेश्वरलाई स्वीकार गर्नु, वा यसलाई एउटा रुचिको विषयको रूपमा लिनु, यस गर्नु त परमेश्वरको नजरमा अविश्वासी हुनु जस्तै हो। तपाईंले अन्त्यसम्मै विश्वास गर्नुभयो भने पनि, तपाईंले कहिल्यै पनि परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्नुहुन्न। सङ्गतिद्वारा उनले उनको दृष्टिकोण गलत रहेछ भन्ने थाहा पाइन् र उनले फेरि भेलाहरूमा सहभागी हुन चाहिन्। यी सबै नयाँ विश्वासीहरू एकपछि अर्को गर्दै भेलाहरूमा फर्केर आएको देख्दा मलाई निकै नराम्रो अनुभव भयो, र म ग्लानिले भरिएँ। मैले स्वेच्छाचारी रूपमा मानिसहरूलाई त्यागिरहेकी थिएँ। मैले झण्डै मुक्ति पाउने तिनीहरूको मौकालाई बरबाद गरिदिएँ, जुन ठूलो दुष्कर्म हुनेथियो।
एक दिन, मेरो अगुवाले मलाई सोधिन्, “तपाईंले मलजलको काम लिएपछि, आफ्नो अजिम्मेवारीको कारण कति जना नयाँ विश्वासीहरूलाई त्याग्नुभयो? तिनीहरूलाई त्याग्दा, तपाईंले सत्यताका सिद्धान्तहरूको खोजी गर्नुभयो?” मैले उनलाई के भनेर उत्तर दिने मलाई थाहा भएन। त्यसपछि उनले मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड पठाइन्: “धेरै मानिसहरूले आफूले जे गरे पनि आफ्नै विचारहरू पछ्याउने गर्छन्, र सबै कुरालाई अत्यन्तै सरल रूपमा लिन्छन्, र सत्यताको खोजी पनि गर्दैनन्। तिनीहरूमा सिद्धान्त भन्ने कुरा हुँदै हुँदैन, र तिनीहरूले आफ्नो हृदयमा परमेश्वरले कसरी काम गर्न लगाउनुभएको छ वा परमेश्वरलाई कसरी सन्तुष्ट पार्ने भन्नेबारेमा कुनै ध्यान दिँदैनन्, र तिनीहरूले एकोहोरो आफ्नो इच्छा पछ्याउन मात्रै जानेका हुन्छन्। यस्ता मानिसहरूको हृदयमा परमेश्वरको निम्ति कुनै ठाउँ हुँदैन। कतिपय मानिसहरू भन्छन्, ‘कठिनाइको सामना गर्दा मात्रै म परमेश्वरलाई प्रार्थना गर्छु, तर अझै पनि यसले कुनै प्रभाव पार्दैन जस्तो लाग्छ—त्यसकारण सामान्यतया समस्याहरू आइपर्दा म अचेल परमेश्वरलाई प्रार्थना गर्दिनँ, किनभने परमेश्वरलाई प्रार्थना गर्नुको कुनै अर्थ छैन।’ त्यस्ता मानिसहरूको हृदयबाट परमेश्वर पूर्ण रूपमा टाढा हुनुभएको हुन्छ। तिनीहरूले साधारण समयहरूमा जे गरे पनि सत्यता खोजी गर्दैनन्; तिनीहरूले आफ्नै विचारहरू मात्र पछ्याउने गर्छन्। त्यसो भए, के तिनीहरूको कार्य-व्यवहारमा सिद्धान्तहरू हुन्छन् त? अवश्य नै हुँदैनन्। तिनीहरूले सबै कुरा सरल तरिकाले हेर्छन्। मानिसहरूले तिनीहरूलाई सत्यता सिद्धान्तहरू सङ्गति गर्दासमेत, तिनीहरूले ती सिद्धान्तहरू स्विकार्न सक्दैनन्, किनभने तिनीहरूको कार्य-व्यवहारमा कहिल्यै कुनै सिद्धान्त लागू गरिएकै हुँदैन, तिनीहरूको हृदयमा परमेश्वरको निम्ति कुनै ठाउँ हुँदैन, र तिनीहरूको हृदयमा तिनीहरू आफैबाहेक अरू कोही पनि हुँदैन। तिनीहरूलाई आफ्ना अभिप्राय असल छन्, आफूले कुनै दुष्कर्म गरिरहेको छैन, र आफूलाई सत्यता उल्लङ्घन गरिरहेको भनेर भन्न सकिँदैन भन्ने लाग्छ, र तिनीहरू आफ्नै अभिप्रायहरूअनुसार काम गर्नुलाई नै सत्यता अभ्यास गर्नु हो, र त्यसरी काम गर्नु नै परमेश्वरप्रति समर्पित हुनु हो भन्ठान्छन्। वास्तवमा, यस विषयमा तिनीहरूले साँचो रूपमा परमेश्वरसित खोजी वा प्रार्थना गरिरहेका हुँदैनन्, बरु आफ्नै जोसपूर्ण अभिप्रायहरूका आधारमा आवेगसाथ काम गरिरहेका हुन्छन्, तिनीहरूले परमेश्वरले भन्नुभए जसरी आफ्नो कर्तव्य निभाइरहेका हुँदैनन्, तिनीहरूसँग परमेश्वरप्रति समर्पित हृदय हुँदैन, र तिनीहरूमा यो कुराको चाहना नै हुँदैन। मानिसहरूको अभ्यासमा हुने सबैभन्दा ठूलो गल्ती यही हो। यदि तैँले परमेश्वरमा विश्वास त गर्छस्, तैपनि तेरो हृदयमा उहाँ हुनुहुन्न भने, के तैँले परमेश्वरलाई छल गर्ने प्रयास गरिरहेको हुँदैनस् र? अनि परमेश्वरमाथिको यस्तो विश्वासले कस्तो प्रभाव ल्याउन सक्छ? तैँले आखिर के प्राप्त गर्न सक्छस्? अनि परमेश्वरमाथिको यस्तो विश्वासको अर्थ के हुन्छ र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले मेरो वास्तविक स्थिति र व्यवहारलाई प्रकट गरिदिए। जब मैले ती नयाँ विश्वासीहरूलाई त्यागेँ, मैले प्रार्थना गर्ने वा सत्यताको खोजी गर्ने गरिनँ, वा मेरो अगुवासँग छलफल समेत गरिनँ। मैले अन्धाधुन्ध अनुभवको आधारमा काम गरेँ किनभने म सोच्थेँ, मैले पहिले पनि नयाँ विश्वासीहरूको मलजल गरेकी छु, र यदि तिनीहरूले एक महिना भेलामा आउन छुटाए भने, म तिनीहरूलाई त्यागिन्थेँ, ताकि तिनीहरू फर्केर नआऊन्, त्यसकारण के मैले यस्तै गर्नुपर्दैन र भन्ने सोचेँ? म सोच्थेँ, को सत्यतालाई साँचो रूपमा खोजी गर्नेहरू होइनन् वा गैर-विश्वासीहरू हुन् भन्ने कुरा मलाई राम्ररी थाहा छ, त्यसकारण मैले तिनीहरूलाई लापरवाही रूपमा हदबन्दी गरेर इन्कार गरेँ। यसको बारेमा असहज महसुस गर्दा म प्रार्थना वा खोजी गर्दिनथिएँ र मेरो सहकर्मीले यसको बारेमा कुरा उठाउँदा मैले केही पनि विचार गरिनँ, तर आफूलाई जे मन लाग्यो त्यही गरेँ। म गलत हुन सक्दिनँ भन्ने सोच्दै मैले मेरा धारणा र कल्पनाहरूलाई सत्यताका सिद्धान्तहरूका रूपमा लिएँ। म अरू मानिसहरूको बारेमा केही पनि सोच्दिनथिएँ, र मैले परमेश्वरलाई हृदयमा राखिरहेकी थिइनँ। म अत्यन्तै स्वेच्छाचारी थिएँ! मैले नयाँ विश्वासीहरूसँग साँचो विश्वास छ कि छैन भन्ने कुरा तिनीहरू भेलामा आउँछन् कि आउँदैनन् भन्ने कुराको आधारमा मूल्याङ्कन गर्थेँ, र यदि तिनीहरू केही समय आएर आउन छोडे भने, हामीले तिनीहरूलाई छोडिदिन सक्छौँ भन्ने सोच्थेँ। तिनीहरू भेलामा आउन छोडे पनि, मैले को-को साँचो विश्वासी हुन् र को-को गैर-विश्वासी हुन् भन्ने कुरा छुट्याउनुपर्थ्यो। मैले त्यागेका कति जना तिनीहरूका परिवारका सदस्यहरूले तिनीहरू विश्वासी बनून् भनेर करकापले आइरहेका थिए, तर तिनीहरूको मन यसमा थिएन। तिनीहरूलाई परमेश्वरका वचनहरू पढ्न वा भेलाहरूमा जान मन पर्दैनथियो। कतिले ख्याति र सम्पत्ति अनि दुष्ट प्रचलनहरूलाई पछ्याइरहन्थे। तिनीहरूमा परमेश्वरलाई पछ्याउने अलिकति पनि इच्छा हुन्थेन। तिनीहरूले परमेश्वरका वचनहरू सम्बन्धी कुनै पनि सङ्गतिलाई घृणा र इन्कार गर्थे। यी मानिसहरूमा सत्यतालाई घृणा गर्ने प्रकृति नै थियो, त्यसकारण तिनीहरू पूर्ण रूपमा गैर-विश्वासीहरू थिए। त्यस्ता मानिसहरूले भेलाहरूमा सहभागिता नजनाउँदा, हामीले तिनीहरूलाई छोडिदिन सक्छौँ। कति जना नयाँ विश्वासीहरूसँग असल मानवता र सच्चा विश्वास हुन्छ, तर सत्यता वा भेलाको महत्त्वलाई बुझ्दैनन्, किनभने तिनीहरू नयाँ हुन्छन्। तिनीहरूले परमेश्वरलाई हृदयमा विश्वास गर्नुपर्छ, र भेलाहरूको महत्त्व हुँदैन भन्ने सोच्छन्, त्यसकारण तिनीहरूले यसको बारेमा केही विचार गर्दैनन् र सक्दा आउँछन्, नसक्दा आउँदैनन्। र कति जना व्यवहारिक समस्यामा पर्छन्, जस्तै काम र भेलाको समय जुधिने, त्यसकारण तिनीहरू आउन चाहँदैनन्। हामीले गर्नुपर्ने कुरा भनेको सङ्गति गरेर तिनीहरूको कठिनाइमा तिनीहरूलाई प्रेम पूर्वक सहयोग गर्नु अनि तिनीहरूका धारणाहरूलाई समाधान गर्न परमेश्वरका वचनहरू प्रयोग गर्नु र मानिसलाई मुक्ति दिने परमेश्वरको इच्छाको बारेमा बुझाउनु, साथै तिनीहरूको भ्याउने समयमा भेला हुने समय तोक्नु हो। मैले तिनीहरूको वास्तविक समस्या वा मेरो कर्तव्यप्रति सिद्धान्त-केन्द्रित हुने बीचमा भिन्नता छुट्याइरहेकी थिइनँ। मैले सत्यतालाई बुझेकी थिइनँ, र मैले जिद्दी भएर आफ्नै तरिकाले काम गरेँ, एकपछि अर्को प्राणलाई लापरवाही तरिकाले पन्छ्याएँ। मैले दुष्कर्म गरिरहेकी थिएँ, परमेश्वरको व्यवस्थापनको कार्यमा बाधा पुर्याइरहेकी थिएँ।
परमेश्वरले हरेक नयाँ विश्वासीको लागि ठूलो मूल्य चुकाउनुभएको थियो, जसले परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेका थिए। दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई धैर्यताको साथ, प्रेम पूर्वक तिनीहरूलाई धेरै पटक सुसमाचार सुनाएका थिए, तर सत्यताको खोजी समेत नगरी, मैले तिनीहरूलाई परमेश्वरले मुक्ति दिनुहुने मानिसहरू होइनन् भनी त्यागिदिएँ। म अत्यन्तै अहङ्कारी थिएँ। भेलाहरूमा नआउनु तिनीहरूमा रहेको समस्या थिएन, तर मैले तिनिहरूले के समस्या झेलिरहेका छन् भन्ने थाहा नपाएर अनि मैले तिनीहरूलाई सहयोग र समर्थन नगरेकी कारणले थियो। मैले नयाँ विश्वासीहरूलाई छोडिदिनको लागि बहानाको रूपमा परमेश्वरले उत्कृष्ट मानिसहरूलाई चाहनुहुन्छ, धेरै मानिसहरूलाई होइन भन्ने अभिव्यक्ति प्रयोग पनि गरेकी थिएँ। तर त्यसको वास्तविक अर्थ के हो भने परमेश्वरले साँचो विश्वास गर्ने र सत्यतालाई प्रेम गर्ने मानिसहरू चाहनुहुन्छ, र परमेश्वरले गैर-विश्वासी, दुष्कर्मी र ख्रीष्ट-विरोधीहरूलाई मुक्ति दिनुहुन्न। तर मैले भेलाहरूमा नियमित नआउने नयाँ विश्वासीहरूलाई परमेश्वरले मुक्ति नदिनुहुने मानिसहरू हुन् भनेर मूल्याङ्कन गरेँ। मैले परमेश्वरका वचनहरूलाई गलत रूपमा अर्थ्याइरहेकी थिएँ। मैले तिनीहरूलाई कुनै व्यावहारिक सङ्गति वा सहयोग प्रयोग गरिनँ, न त मूल्य चुकाएँ र आफूले गर्नुपर्ने कर्तव्य पूरा गरेँ। मैले तिनीहरूले साँच्चै सत्यताको बारेमा वास्ता गर्छन् कि गर्दैनन्, वा तिनीहरू साँचो गैर-विश्वासीहरू हुन् कि होइनन् भन्ने बारेमा पनि बुझिनँ, तर मैले अन्धाधुन्ध, एकतर्फी रूपमा तिनीहरूलाई इन्कार गरेँ। यदि मेरो अगुवाले मलाई काटछाँट र निराकरण नगरेकी भए, मैले यी सबै मानिसहरूको मुक्ति पाउने मौकालाई बरबाद गरिरहेकी छु भन्ने थाहा पाउनेथिइनँ। मैले मेरो व्यवहार कति घृणास्पद थियो भन्ने देखेँ। मलाई सिद्धान्तहरू थाहा थिएन वा मैले कुनै खोजी गरिनँ, तर मैले मेरो शैतानी स्वभावको आधारमा व्यवहार गरेँ। ती त मेरा अपराध थिए! म पश्चात्ताप गरेर परिवर्तन हुनुपर्छ भन्ने मलाई थाहा थियो, नत्र परमेश्वरले मलाई अवश्य नै घृणा गर्नुहुनेथियो।
मण्डली अगुवा भएकी हुनाले, मप्रतिको परमेश्वरको इच्छा भनेको मैले विश्वासमा नयाँ रहेका ती दाजुभाइ-दिदीबहिनीहरूलाई पानी हाल्नु र भरणपोषण गर्नु, तिनीहरूका धारणा र समस्याहरूलाई समाधान गर्न सहयोग गर्नु थियो ताकि तिनीहरूले परमेश्वरको कामको बारेमा सिकेर साँचो मार्गमा चाँडै जग बसाल्न सकून्। तर मैले जे मन लाग्यो त्यही गरिरहेकी थिएँ। म आफ्नै इच्छाले चलिरहेकी मात्र थिइनँ, तर म अन्धाहरूलाई डोर्याउने अन्धा थिएँ, र अरूलाई गलत बाटोमा डोर्याइरहेकी थिएँ, त्यसैले दाजुभाइ-दिदीबहिनीहरूले पनि स्वेच्छाचारी रूपमा नयाँ विश्वासीहरूलाई इन्कार गरेर मुक्ति पाउने तिनीहरूको मौका बरबाद गरिरहेका थिए। मैले दुष्ट काम गरिरहेकी थिएँ। आफ्नै तालमा काम गर्दाका परिणामहरू कति गम्भीर हुन्छन् भन्ने देख्दा मलाई अत्यन्तै डर लाग्यो। मलाई साँच्चै आफूप्रति पनि घृणा जाग्यो। त्यो बेला मैले किन परमेश्वरसँग प्रार्थना गर्ने वा सत्यताका सिद्धान्तहरूको खोजी गर्ने गरिनँ? मैले किन मेरो अगुवालाई सोधिनँ? केले मलाई त्यस्तो जबरजस्ती काम गर्न उत्प्रेरित गर्यो? मैले परमेश्वरसँग प्रार्थना गरेँ र परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ। “यदि तैँले आफ्नो हृदयमा साँच्चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन जान्नेछस् अनि तँ सत्यताको पछि लाग्ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्वरका अभिप्रायअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्नेछैन—यस अवस्थामा तैँले परमेश्वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना दुष्टता गर्न सजिलो हुन्छ, र तैँले आफ्नो अभिप्रायविना नै त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र घमन्डी स्वभाव छ भने, तँलाई परमेश्वरको प्रतिरोध नगर् भनेर भनियो भने त्यसले कुनै फरक पार्दैन, तैँले आफूलाई रोक्न सक्दैनस्, यो तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। तैँले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराहरूले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्ने बनाउँछ; ती कुराहरूले तँलाई अरूको तिरस्कार गर्न लगाउँछ, तेरो हृदयमा अरू कसैलाई नराखी तँ आफैलाई राखिदिन्छ; तिनले तेरो हृदयमा रहेको परमेश्वरको स्थान खोस्छन् र अन्त्यमा तँलाई परमेश्वरको स्थानमा बस्न लगाउँछन् र मानिसहरू तँप्रति समर्पित होऊन् भन्ने माग गर्छन्, र तँलाई आफ्नै सोच, विचार र धारणाहरूलाई सत्यताको रूपमा आदर गर्न लगाउँछन्। आफ्नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। मैले यो खण्ड धेरै पटक पढेकी थिएँ, तर यस अनुभवद्वारा मैले यसलाई साँच्चै बुझेँ। मैले मण्डली अगुवाको रूपमा सेवा गरेको त्यति धेरै भएको थिएन र मसँग सत्यताको कुनै वास्तविकता थिएन। मैले सत्यताका त्यति धेरै सिद्धान्तहरू बुझेकी थिइनँ, र मैले आफैलाई अत्यन्तै उच्च ठानेकी थिएँ, मानौँ मैले सबै कुरा बुझेकी छु। नयाँ विश्वासीहरूसँग व्यवहार गर्दा, मैले तिनीहरूको व्यवहारलाई मात्रै हेरेँ, तिनीहरूको सारलाई होइन। मैले आफूलाई निकै बढेमानको पनि ठानेकी थिएँ, त्यसकारण मैले प्रार्थना वा खोजी गर्ने वा मेरो अगुवालाई सोध्ने काम गरिनँ, वा मेरो सहकर्मीको सल्लाहलाई समेत मानिनँ। म अत्यन्तै अहङ्कारी थिएँ। मेरो अगुवाले मलाई सत्यताका सिद्धान्तहरू नबुझेकोमा वा ती सत्यताहरूको खोजी नगरेकोमा आलोचना गरिन्, र उनको कुरा १००% सही थियो। नयाँ विश्वासीहरूसँग कस्तो व्यवहार गर्ने भन्ने विषयमा धेरै वटा सिद्धान्तहरू छन्, जस्तै मानिसहरूलाई प्रेमको साथ सहयोग गर्ने सम्बन्धी सिद्धान्त, मानिसहरूसँग उचित व्यवहार गर्ने सम्बन्धी सिद्धान्त। तिनीहरूका धारणाहरूलाई समाधान गर्ने सत्यताहरू पनि छन्, र यस्तै इत्यादि कुरा। यदि परमेश्वरप्रति ममा अलिकति पनि आदर भएको भए र मैले आफैलाई यति विश्वास नगरेकी, तर यी सिद्धान्तहरूलाई साँच्चै ध्यान दिएकी भए, मैले त्यति घनटाउके भएर हाम्रो काममा बाधा पुर्याउनेथिइनँ। मेरो अहङ्कारी स्वभाव अनुसार जिएकोले मैले दुष्कर्म गरेँ र परमेश्वरलाई प्रतिरोध गरेँ। मलाई आफैप्रति झन्-झन् घृणा लाग्न थाल्यो, र मलाई साँच्चै नै परमेश्वरको दण्डाज्ञा पाउन योग्य छु जस्तो लाग्न थाल्यो। मैले मेरो अहङ्कारी स्वभावलाई समाधान गर्न सत्यताको खोजी गर्नुपर्छ भनेर पनि शपथ खाएँ।
त्यसपछि मैले एक-दुई वटा खण्ड पढेँ। “मण्डलीका अगुवाहरू र कार्यकर्ताहरूले आफ्नो काम गर्दा दुई वटा सिद्धान्तमा ध्यान दिनुपर्छ: एउटा हो, कामको बन्दोबस्तहरूद्वारा निर्धारित गरिएका ठीक सिद्धान्तहरू अनुसार काम गर्नु, ती सिद्धान्तहरू कहिल्यै पनि उल्लङ्घन नगर्नु र तिनीहरूले गरेका कल्पना वा तिनीहरूका आफ्नै विचारलाई तिनीहरूका कामको आधार नबनाउनु। तिनीहरूले गर्ने सबै कुरामा, तिनीहरूले मण्डलीको काममा चासो देखाउनुपर्छ, र सधैँ परमेश्वरको घरको हितलाई पहिलो स्थानमा राख्नुपर्छ। अर्को कुरा—यो सबैभन्दा महत्त्वपूर्ण छ—सबै कुरामा तिनीहरूले पवित्र आत्माको मार्गनिर्देशनलाई पछ्याउने कार्यमा ध्यान दिनुपर्छ, र परमेश्वरको वचन कडाइका साथ पालन गर्दै सबै कुरा गर्नुपर्छ। यदि तिनीहरू अझै पनि पवित्र आत्माको मार्गनिर्देशनको विरुद्धमा छन् भने, वा यदि तिनीहरू हठी बन्दै आफ्नै विचारहरूमा चल्छन्, र आफ्नै कल्पनाहरूअनुसार कार्यहरू गर्छन् भने, तिनीहरूका कार्यहरू परमेश्वरको विरुद्ध अति गम्भीर प्रतिरोध बन्नेछन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “जब तैँले सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने र परमेश्वरलाई घिन लाग्ने कुनै कार्य गर्छस्, तब तैँले कसरी आत्मचिन्तन गर्नु र आफैलाई चिन्ने प्रयास गर्नुपर्छ? जब तँ त्यो कार्य गर्न लागेको थिइस्, के तैँले उहाँसँग प्रार्थना गरिस्? के तैँले कहिल्यै यस्तो विचार गरिस्, ‘के यसरी काम गर्नु सत्यताअनुरूप हुन्छ? यो विषयलाई परमेश्वरको सामु ल्याइयो भने, उहाँले यसलाई कसरी हेर्नुहुनेथियो होला? यदि उहाँले यस विषयमा थाहा पाउनुभयो भने, उहाँ खुसी हुनुहुनेथियो वा दिक्क मान्नुहुनेथियो? के उहाँले त्यसलाई घृणा वा तिरस्कार गर्नुहुनेथियो?’ तैँले यसको खोजी गरिनस्, गरिस् त? अरूले तँलाई सम्झाउँदा पनि, तैँले यो कुनै ठूलो विषय होइन, र यो कुनै पनि सिद्धान्तको विरुद्धमा छैन र यो पाप होइन भन्ने सोचिस्। फलस्वरूप, तैँले परमेश्वरको स्वभावलाई चोट पुऱ्याइस् र उहाँमा ठूलो क्रोध उत्पन्न गराइस्, यहाँसम्म कि उहाँले तँलाई घृणासमेत गर्नुभयो। यो मानिसहरूको विद्रोहीपनबाट आउने कुरा हो। त्यसकारण, तैँले सबै कुरामा सत्यताको खोजी गर्नुपर्छ। तैँले पछ्याउनुपर्ने कुरा यही हो। यदि तँ इमानदारीसाथ पहिले नै परमेश्वरको अघि प्रार्थना गर्न आउन सक्छस्, र त्यसपछि परमेश्वरका वचनहरूअनुसार सत्यताको खोजी गर्न सक्छस् भने, तँ गलत हुनेछैनस्। तैँले सत्यता अभ्यास गर्दा अलिअलि तलमाथि गर्न सक्छस्, तर यस्तो हुन नदिन कठिन नै हुन्छ, र तैँले केही अनुभव प्राप्त गरेपछि सही तरिकाले अभ्यास गर्न सक्नेछस्। तैपनि, तँलाई सत्यताअनुसार कसरी काम गर्ने भन्ने थाहा छ, र पनि तैँले अभ्यास गर्दैनस् भने, यसमा समस्या भनेको सत्यताप्रतिको तेरो घृणा हो। सत्यतालाई प्रेम नगर्नेहरूले कहिल्यै पनि यसको खोजी गर्नेछैनन्, चाहे तिनीहरूमाथि जेसुकै नै किन आइनपरोस्। सत्यतालाई प्रेम गर्नेहरूसँग मात्रै परमेश्वरको डर मान्ने हृदय हुन्छ, र तिनीहरूले नबुझेका कुनै कुरा भइपरी आउँदा, तिनीहरूले सत्यताको खोजी गर्न सक्छन्। यदि तैँले परमेश्वरका अभिप्राय बुझ्न सक्दैनस् र कसरी अभ्यास गर्ने तँलाई थाहा छैन भने, तैँले सत्यता बुझ्ने कतिपय मानिसहरूसँग सङ्गति गरेर सत्यता खोजी गर्नुपर्छ। यदि तैँले सत्यता बुझ्ने व्यक्तिहरू भेट्टाउन सक्दैनस् भने, तैँले विशुद्ध बुझाइ भएका केही मानिसहरू खोजेर एउटै मन र एउटै हृदयको भएर परमेश्वरसँग प्रार्थना गर्नुपर्छ, परमेश्वरसित खोजी गर्नुपर्छ, परमेश्वरको समय पर्खनुपर्छ, र परमेश्वरले तेरो लागि ढोका खोलिदिनुहुने समयको प्रतीक्षा गर्नुपर्छ। तिमीहरू सबैले सत्यताको तृष्णा गर्छौ, सत्यता खोज्छौ, र सँगै मिलेर सत्यताको बारेमा सङ्गति गर्छौ भने, कुनै दिन तिमीहरूमध्ये कसै न कसैले राम्रो समाधान भेट्टाउन सक्नेछ। यदि तिमीहरू सबैले उपयुक्त समाधान भेट्टायौ र असल तरिका फेला पार्यौ भने, यो पवित्र आत्माको अन्तर्दृष्टि र ज्योतिको कारण आएको हुन सक्छ। त्यसपछि तिमीहरूले अझै सही अभ्यासको मार्ग भेट्टाउनको लागि सँगै मिलेर सङ्गति गरिरह्यौ भने, यो अवश्य नै सत्यता सिद्धान्तहरूअनुरूप हुनेछ। आफ्नो अभ्यासमा, तिमीहरूले आफ्नो अभ्यासको तरिका अझै अलि अनुचित छ भन्ने पत्ता लगायौ भने, तिमीहरूले यसलाई तुरुन्तै सुधार गर्नुपर्छ। यदि तिमीहरूले सानो गल्ती गर्यौ भने, परमेश्वरले तिमीहरूलाई दोषी ठहर्याउनुहुनेछैन, किनभने आफूले गर्ने कामप्रति तिमीहरूको अभिप्राय सही हुन्छ, र तिमीहरूले सत्यताअनुरूप अभ्यास गरिरहेका हुन्छौ। तिमीहरू केवल सिद्धान्तहरूका बारेमा अलि अन्योल भएका हुन्छौ र अभ्यासमा सानो गल्ती गरेका हुन्छौ, जुन क्षमायोग्य नै हुन्छ। तर जब धेरैजसो मानिसहरूले कामकुरा गर्छन्, तब तिनीहरूले यसरी गर्दा ठीक होला भनी कल्पना गर्छन् र सोही आधारमा ती काम गर्छन्। तिनीहरूले सत्यताअनुसार कसरी अभ्यास गर्ने वा परमेश्वरको अनुमोदन कसरी प्राप्त गर्ने भन्ने विषयमा चिन्तन गर्ने आधारको रूपमा परमेश्वरका वचनहरूलाई प्रयोग गर्दैनन्। बरु, तिनीहरूले आफूलाई कसरी फाइदा पुर्याउने, र अरूलाई कसरी आफूलाई उच्च नजरले हेर्न र आफ्नो श्रद्धा गर्न लगाउने भन्नेबारेमा मात्रै विचार गरिरहेका हुन्छन्। तिनीहरूले पूर्ण रूपमा आफ्नै विचारहरूको आधारमा र आफूलाई सन्तुष्ट पार्नको लागि नै कामकुरा गर्छन्, जुन समस्यापूर्ण कुरा हो। त्यस्ता मानिसहरूले कहिल्यै पनि सत्यता अनुसार कामकुरा गर्दैनन्, र परमेश्वरले तिनीहरूलाई सधैँ घिनाउनुहुनेछ। यदि तँ साँच्चै नै विवेक र समझ भएको व्यक्ति होस् भने, जेसुकै आइपरे पनि, तँ प्रार्थना र खोजी गर्न परमेश्वरको अघि आउन सक्नुपर्छ, तेरा कार्य-व्यवहारका मनसाय र अशुद्धताहरूलाई गम्भीर रूपमा जाँच्न, परमेश्वरका वचनहरू र मापदण्डहरूअनुसार उचित कुरा के हो सो निर्धारित गर्न, र के-कस्ता कामलाई परमेश्वरले मन पराउनुहुन्छ, के-कस्ता कामलाई परमेश्वरले घृणा गर्नुहुन्छ, र के-कस्ता कामलाई परमेश्वरले अनुमोदन गर्नुहुन्छ भनेर बारम्बार मूल्याङ्कन र चिन्तन गर्न सक्नुपर्छ। तैँले यी कुराहरूको बारेमा स्पष्ट नबुझेसम्म बारम्बार मनमा सोचिरहनुपर्छ। यदि कामकुरा गर्नुको पछाडि तेरा आफ्नै मनसायहरू छन् भन्ने तँलाई थाहा भयो भने, तैँले तेरा अभिप्रायहरू के हुन्, यो तँलाई सन्तुष्ट पार्नको लागि हो कि परमेश्वरलाई सन्तुष्ट पार्नको लागि हो, यो तेरो लागि फाइदाजनक छ कि परमेश्वरका चुनिएका मानिसहरूका लागि फाइदाजनक छ, र यसले के-कस्ता परिणामहरू ल्याउँछ भन्नेबारेमा मनन गर्नुपर्छ…। यदि तैँले आफ्ना प्रार्थनाहरूमा यसरी नै अझै खोजी र मनन गरिस्, र सत्यता खोजी गर्न आफैलाई यस्ता धेरै प्रश्नहरू गरिस् भने, तेरो काममा आउने विचलनहरू झन्झन् साना हुँदै जानेछन्। यसरी सत्यताको खोजी गर्न सक्ने मानिसहरू मात्रै परमेश्वरको अभिप्राय बुझ्ने र उहाँको डर मान्ने मानिसहरू हुन्, किनभने यसरी तैँले परमेश्वरका वचनहरूका मापदण्डहरूअनुसार र समर्पित हृदयले खोजी गरिरहेको हुन्छस्, र यसरी तैँले निकाल्ने निष्कर्षहरू सत्यता सिद्धान्तहरू अनुरूप हुनेछन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। उहाँका वचनहरूले मलाई अभ्यासको मार्ग दिए। अगुवा र सेवकहरूले कामको बन्दोबस्त र सत्यताका सिद्धान्तहरूलाई कडाइको साथ पालना गर्दै काम गर्नुपर्छ, र सधैँ पवित्र आत्माको अगुवाइलाई पछ्याउनुपर्छ। हामीले हाम्रो कर्तव्य पूरा गर्ने क्रममा प्रार्थना र खोजी पनि गर्नुपर्छ अनि परमेश्वरप्रति आदरको हृदय कायम राख्नुपर्छ, तर हाम्रा आफ्नै विचार, धारणा, वा विगतका अनुभवहरूलाई पछ्याएर आफूलाई जे मन लाग्यो त्यही गर्नु हुँदैन। हामीले आफूलाई अन्धाधुन्ध विश्वास गर्नु हुँदैन, तर सत्यताका सिद्धान्तहरूको खोजी गर्नुपर्छ, र जब हामीले कुनै कुरा बुझ्दैनौँ, तब हामीले अरूसँग खोजी र सङ्गति गर्नुपर्छ, ताकि काम गर्नुभन्दा पहिले हामीले सिद्धान्तहरूलाई बुझ्न सकौँ। परमेश्वरको इच्छा त्यही हो। यो अनुभवले मलाई साँच्चै नै पाठ सिकायो। यदि परमेश्वरले परिस्थितिहरू मिलाएर मेरो अगुवालाई मेरो आलोचना गर्न नलगाउनुभएको भए, मैले अझै पनि मेरा कार्यहरूका परिणामहरू कति गम्भीर हुनेछन् भन्ने मैले बुझ्नेथिइनँ। त्यसपछि मैले सत्यताका सिद्धान्तहरूको खोजी गर्छु र सिद्धान्तहरू अनुसार आफ्नो कर्तव्य पूरा गर्छु भनेर आफैलाई भनेँ। पछि, एक-दुई जना नयाँ विश्वासीहरू भेलामा आउन छोडे, र मैले अनुमानको आधारमा तिनीहरूलाई लापरवाही रूपमा इन्कार गर्ने आँट गरिनँ। एक जनालाई हामीले सहयोग गर्नको लागि धेरै पटक सम्पर्क गर्यौँ र उनको परिस्थितिको बारेमा हाम्रो अगुवासँग पनि छलफल गर्यौँ। तिनी गैर-विश्वासी हुन् भन्ने कुरामा हामी निश्चित भयौँ र छोडिदियौँ। अर्की एक जना सिस्टरले परमेश्वरमा विश्वास गरेको दुई वर्ष पनि भएको थिएन, र उनलाई परमेश्वरका वचनहरू पढ्न मन पर्थ्यो र आफ्नो कर्तव्य पूरा गर्न सक्दो गर्थिन्, र उनले मानिसहरूको भ्रष्टताको न्याय र खुलासा गर्ने परमेश्वरका वचनहरू पढ्दा, उनले ती वचनलाई आफूमा लागू गर्थिन्, जसले गर्दा उनलाई आफू परिवर्तन हुनै नसक्ने गरी भ्रष्ट छु जस्तो लाग्यो र उनले हरेस खाइन्। हामीले मिलेर उनलाई परमेश्वरका वचनहरूमा सङ्गति दियौँ ताकि उनले परमेश्वरको मुक्ति शैतानद्वारा भ्रष्ट तुल्याएका हामी जस्ता मानिसहरूको लागि नै हो, परमेश्वरले हाम्रा कठिनाइ र कमजोरीहरूलाई एउटी आमाले जस्तै बुझ्नुहुन्छ, र हामीले सत्यताको खोजी गर्ने कार्यलाई रोकेनौँ भने, परमेश्वरले हामीलाई त्याग्नुहुन्न, किनभने परमेश्वरले सम्भव भएसम्म मानिसलाई मुक्ति दिनुहुन्छ भन्ने कुरा बुझ्न सकून्। हामीले त्यसो भन्दा उनको आँखा आँसुले भरिए, र उनले परमेश्वरको प्रेम अनुभव गर्न सकिन्। हामीले उनलाई एक-दुई पटक सहयोग गर्यौँ, र अहिले उनी फेरि सामान्य रूपमा नै भेलामा सहभागी हुन्छिन्।
यो अनुभवले मलाई साँच्चै नै भ्रष्ट मानवजातिलाई मुक्ति दिने परमेश्वरको तत्पर अभिप्राय र उल्लेखनीय प्रेम देखाएको छ। र परमेश्वरका वचनहरूको न्याय र सजायद्वारा, मैले मेरो अहङ्कारी स्वभावको बारेमा केही बुझाइ प्राप्त गरेकी छु र आफ्नै तरिकाले आफ्नो कर्तव्य पूरा गर्नुको खतरा र परिणामहरू देखेकी छु। मैले बल्ल परमेश्वरप्रति केही श्रद्धाभाव प्राप्त गरेँ। परमेश्वरकै अगुवाइको कारण, अहिले म सिद्धान्तहरू अनुसार आफ्नो कर्तव्य पूरा गर्न सक्छु। परमेश्वर धन्यवाद!