४८. हराएपछिको चिन्तन

सिन्झी, चीन

२०१९ को अगस्टमा एक दिन मेरा अगुवाले मलाई सहरबाहिरकी एउटी सिस्टरलाई लिन जानु भनेर चिठी पठाए। मैले ती सिस्टरको घरको ठेगाना छिमेकी मण्डलीको इलाकामा पर्ने रहेछ भन्ने देखेँ। मैले सोचेँ, “उनलाई किन हाम्रो मण्डलीमा सारिँदै छ? नजिकको मण्डलीमा किन नजाने?” तर अर्को मनले लाग्यो, सबै प्रकारका कामका लागि हाम्रो मण्डलीमा थप सहयोगीहरू चाहिन्थ्यो, त्यसैले मैले उनलाई लिएरहेर्ने निर्णय गरेँ। उनले जेजस्तो कर्तव्य निर्वाह गर्न सक्ने भए पनि, हामी अतिरिक्त सहयोग उपयोग गर्न सक्थ्यौँ। त्यसपछि मैले उक्त पत्रमा ती सिस्टरको नाम झु युन भएको देखेँ, र अचानक सम्झेँ, “मैले सिस्टर झु युनलाई केही वर्षअघि भेटेकी थिएँ। उनी चालिसको दशकमा थिइन् र सत्यता राम्ररी बुझेकी थिइन्। यदि उनी नै हुन् भने हाम्रो मण्डलीमा अगुवा वा कामदार बन्न सक्छिन्। उनी थप सहयोगी बन्नेछिन्।” यो सोच्दा मलाई साह्रै खुसी लाग्यो। मैले उनी टाढा बस्छिन् भन्ने कुरा वास्तै गरिनँ, उनलाई तुरुन्तै मण्डलीमा ल्याउन मात्र चाहेँ!

मैले पत्रमा भएको ठेगानामार्फत झु युनको घर भेटाएँ र ढोका ढक्ढक्याएँ, तर ढोका खोल्ने व्यक्ति धेरै पाको देखिन्थिन्। उनी मैले चिनेकी झु युन थिइनन्। मैले झट्टै भनेँ, “माफ गर्नुहोला, मैले गलत ढोका ढकढक्याएछु!” म फनक्क फर्केर हिँड्नलाग्दा, उनले मलाई पछ्याउँदै आएर उत्सुक हुँदै सोधिन्, “तपाईंकसलाई खोज्दै हुनुहुन्छ?” मैले म झु युनलाई खोज्दै छु भनेर भनेँ। उनले झट्टै भनिन्, “त्यो म नै हुँ!” म उनको पछिपछि घरभित्र गएँ। कुराकानीको क्रममा, उनलाई चिनियाँ कम्युनिस्ट पार्टीले पक्राउ गरेको रहेछ र उनले कारागारमा तीन वर्षभन्दा बढी समय बिताएकी रहिछिन् भन्ने मैले थाहा पाएँ। जेलबाट रिहा भएछि पनि उनलाई प्रहरीले निगरानी गरिरहेको थियो, त्यसैले उनी आफ्नो गृहनगरका भेलाहरूमा भाग लिन पाउँदिनथिइन्। मण्डली जीवन पुनः जिउन सक्न उनीसँग आफ्नो छोराको घरमा जानुबाहेक कुनै विकल्प थिएन। उनको अवस्था थाहा पाएपछि, म विक्षिप्त भएँ। मैले सोचेँ, “मैले चिनेको झु युन उनी नै भैदिएको भए त। यदि उनी हाम्रो मण्डलीमा आबद्ध भइन् भने, मलाई ठूलो सहयोग हुन्थ्यो। तर यी झु युनलाई त प्रहरीले निगरानी गरिरहेको छ। त्यसको मतलब उन कुनै कर्तव्य निभाउन सक्दिनन्। मण्डलीमा मलजलकर्ताको कमी त छँदै छ, र अब उनीसँग कोही न कोहीप्रत्यक्ष भेला हुनुपर्छ। यदि प्रहरीले उनीसँग सम्पर्कमा रहेका ब्रदर-सिस्टरहरूलाई पनि लक्षित गरे भने नोक्सान भयानक हुनेछ! अहँ, उनी हाम्रो मण्डलीमा आउनु हुँदैन। म फर्केपछि झु युनलाई नजिकको मण्डलीमा सार्न भनी अगुवालाई चिठी लेख्नेछु।” उनको अवस्था थाहा पाएपछि, म त्यहाँबाट फर्कन तयार भएँ। मैले उनलाई कस्ता समस्या वा अप्ठ्याराहरू छन् भनेर सोधिनँ। झु युनले मलाई झट्टै सोधिन्, “तपाईं फेरि कहिले आउनुहुन्छ?” मैले लापरवाहीसँग भनेँ, “यहीँ पर्खनुहोस्। म केही कुराहरू छलफल गरेपछि तपाईंलाई भेट्छु।”

फर्किँदै गर्दा बाटोमा हिँड्दै मैले मनमनै दुखेसो पोखेँ, “उनी के गर्दै छिन् भन्ने कुरा अगुवालाई थाहा छैन। झु युन छिमेकी मण्डलीको एकदमै नजिक छिन्। किन त्यो मण्डलीका कसैले उनलाई लिएनन्? हामीलाई त निकै टाढा पर्छ। भविष्यमा हामी उनीसँग भेला हुन जाँदा धेरै समय बरबाद हुनेछ…।” म उत्तरतर्फ निरन्तर हिँड्दै मनमनै गनगनाएँ, र जाँदा-जाँदा मलाई मैले बाटो बिराएको थाहा भयो। बाटो सोध्दा, म नगरबाहिर उल्टो दिशामा गएकी रहेछु भन्ने थाहा पाएँ। म निकै अलमल्ल परेँ, “म यो बाटो पहिले हिँडेकी छु। म कसरी हराएँ?” त्यो बेला मैले त्यसबारे त्यति सोचिनँ। घर पुगेपछि, मैले झु युनलाई नजिकैको मण्डलीमा सार्ने सुझावसहित अगुवालाई चिठी लेखेँ।

मैले चिठी पठाएपछिका दिनहरूमा मलाई सधैँ असहज महसुस भइरह्यो, मानौँ केही गलत भएको छ। मैले शान्त भेर परमेश्वरको वचन पढ्न सकिनँ, न त प्रवचन वा सङगतिमा नै ध्यान दिन सकेँ। मैले परमेश्वरको इच्छाविपरीत सायद केही गरेको हुन सक्छु भन्ने महसुस भयो, त्यसैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेर आफूलाई चिन्न अन्तर्दृष्टि र मार्गदर्शन मागेँ। प्रार्थना गरेपछि मैले त्यो दिन हराएको अचानक सम्झेँ। मैले झु युनलाई मण्डलीमा लिने विषयमा आफ्नो स्वार्थ मात्र सोचेँ। म आफूलाई राम्रो हुने भए गर्थेँ तर राम्रो नहुने भए अस्वीकार र गुनासो गर्थेँ। मैले मेरी सिस्टरको जीवनबारे बिलकुलै ध्यान दिइनँ। परमेश्वरका वचनहरूका केही खण्ड पढेपछि मात्र मैले आफ्नो समस्यालाई केही बुझेँ। परमेश्‍वरका वचनहरूले भन्छन्: “व्यक्तिका हितहरूसँग सम्‍बन्धित कुराहरूले नै तिनीहरूलाई सबैभन्दा बढी प्रकाश गर्छन्। हितहरू हरेक व्यक्तिको जीवनसँग घनिष्ट रूपमा जोडिएका हुन्छन्, र हरेक दिन व्यक्तिको सम्पर्कमा आउने हरेक कुरा उसका हितहरूसँग सम्‍बन्धित हुन्छन्। उदाहरणको लागि, जब तैँले कुनै कुरा भन्छस् वा कुनै विषयमा कुरा गर्छस्, तब के-कस्ता हितहरू संलग्‍न हुन्छन्? जब दुई मानिसहरूले कुनै विषयमा छलफल गर्छन्, तब यो बोल्‍न को सिपालु छ र को सिपालु छैन, र अरूले कसलाई उच्‍च आदर गर्छन् र कसलाई हेयको दृष्टिले हेर्छन् भन्‍नेसँग सम्बन्धित कुरा हो…। मानिसहरूले पछ्याउने यी हितहरू अरू कुन-कुन पक्षहरूसँग पनि सम्बन्धित हुन्छन्? आफ्नो कामकाज गर्ने क्रममा, मानिसहरूले निरन्तर कुराहरू तौलने, हिसाबकिताब गर्ने, र मनमस्तिष्कमा मनन गर्ने गर्छन्, र यसरी कुन-कुन कार्यहरू तिनीहरूको हितमा छन्, कुन-कुन कार्यहरू तिनीहरूको हितमा छैनन्, कुन-कुन कार्यहरूले तिनीहरूको हित अघि बढाउन सक्छन्, कुन-कुन कार्यले कम्तीमा पनि तिनीहरूको हितमा हानि गर्दैनन्, र कुन-कुन कार्यले तिनीहरूलाई सबैभन्दा बढी वैभव र सबैभन्दा बढी भौतिक लाभहरू दिलाउन, र तिनीहरूलाई सबैभन्दा ठूलो हितग्राही बनाउन सक्छन् भनेर सोच्न दिमाग खियाउँछन्। मानिसहरूले कुनै मामिलाहरू आइपर्दा यी दुई वटा हितहरूको लागि नै लडाइँ गर्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। “मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता बुझुन्जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुसी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै मानिसभित्र शैतानको विष हुनु हो। त्यसो भए, शैतानको विष के हो? यो कसरी अभिव्यक्त हुन सक्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जवाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र त्यसो गर्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पहिले नै भ्रष्ट मानवजातिको अस्तित्वको आधार भइसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्वरको वचनले मेरो अवस्था खुलासा गऱ्यो। मैले आफू स्वार्थी र घृणित भएको देखेँ। सबै थोकमा मैले आफ्नै हितबारे मात्र सोचिरहेकी र आफ्नो फाइदा बढाउने तरिकाहरू मात्र खोजिरहेकी थिएँ। मैले मेरा ब्रदर-सिस्टरहरूबारे बिलकुलै सोचिनँ, मण्डलीको कामबारे सोच्ने त कुरै छाडौँ। जब अगुवाले मलाई सिस्टर झु युनलाई ल्याउन अह्राउनुभयो, उनले मण्डलीका लागि काम गर्न सक्छिन्, र मसँग मेरो बोझ हल्का पारिदिने अर्को सहयोगी हुनेछिन् र मेरो काम बढी प्रभावकारी हुनेछ, जसले मलाई राम्रो देखाउनेछ भन्ने मैले सोचेँ, त्यसैले, म उनलाई मण्डलीमा स्वागत गर्न आतुर भएँ। तर उनी मैले चिनेकी सिस्टर होइनन र उनी सुरक्षाका लागि खतरा छिन् भन्ने थाहा पाउँदा, उनी कुनै कर्तव्य निभाउन सक्षम नहुने मात्र नभई कोही न कोहीले उनीसँग भेला हुनुपर्छ भनेर म सतर्क भएँ। मलाई लाग्यो, उनले हाम्रो कामको उत्पादनशीलता नसुधार्ने वा मलाई राम्रो देखिने नबनाउने मात्र होइन, हाम्रो सुरक्षालाई जोखिममा पनि पार्न सक्छिन्। म त्यसको विरुद्धमा थिएँ, र अगुवाको प्रबन्ध अनुचित छ भनी मैले गुनासो गरेँ, त्यसैले, उनलाई हतारपतार छिमेकी मण्डलीमा पन्छाएर पठाउन खोजेँ। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्ने शैतानी विषअनुसार जिउँदा मैले आफू झन्-झन् बढी स्वार्थी र घृणित बन्दै गएकी देखेँ। मेरो हृदयमा आफ्नै स्वार्थहरू मात्र थिए, र म आफूबारे मात्र सोच्थेँ। परमेश्वर हाम्रो हृदयको कुरा देख्नुहुन्छ। परमेश्वरले मेरा सोचाइहरूलाई कसरी घृणा नगरून् त? सिस्टर झु युनलाई कसरी छिमेकी मण्डलीमा सारिएको थियो भनेर सोच्दा, मलाई साह्रै पछुतो भयो, अनि अबउसो मैले परमेश्वरको वचनअनुसार अभ्यास गर्नुपर्छ र आफ्नै स्वार्थबारे आइन्दा सोच्नु हुँदैन भन्ने मलाई थाहा भयो।

केही समयपछि, मैले अगुवाबाट अर्को पत्र प्राप्त गरेँ। केही ब्रदर-सिस्टरहरू चिनियाँ कम्युनिस्ट पार्टीदेखि भागिरहेका रहेछन्, र हामीले उनीहरूलाई हाम्रो मण्डलीमा आउन प्रबन्ध मिलाउनुपर्थ्यो। त्यो पत्र पढेर मनमनै सोचेँ, “यसपटक मैले आफनो हितलाई पटक्कै विचार गर्नु हुँदैन। उनीहरूले कर्तव्य निभाउन सकून् या नसकून्, म उनीहरूलाई स्वीकार गर्न तयार छु ताकि उनीहरूले मण्डली जीवन जिउन सकून्।” त्यसैले, म अगुवाले दिएको ठेगानामा गएँ, उनीहरूलाई हाम्रो मण्डलीमा स्वागत गरेँ, र आवश्यक प्रबन्ध मिलाएँ। यसरी अभ्यास गरेपछि मलाई धेरै शान्ति र ढुक्क महसुस भयो।

पछि, प्रहरीले मलाई पनि निगरानी गरिरहेको थियो, त्यसैले मेरो सुरक्षा खतरामा पऱ्यो र म अरूसँग सम्पर्क गर्न सक्दिनथेँ। म भेलाहरूमा जान र आफ्ना कर्तव्यहरू निभाउन सक्दिनथेँ। त्यो मेरो लागि कठिन समय थियो। मलाई ब्रदर-सिस्टरहरूसँग भेला हुन र आफ्ना कर्तव्यहरू पूरा गर्न सकेका दिनहरूको प्रायः याद आउँथ्यो। म मेरा ब्रदर-सिस्टरहरूलाई फेरि भेट्ने, सत्यताबारे सँगै सङगति गर्ने, र हृदयको कुरा पोखाउने मौका पर्खेर बसेँ। मलाई मण्डली जीवन र ब्रदर-सिस्टरहरूप्रतिको तृष्णाले सतायो। त्यसपछि मात्र चिनियाँ कम्युनिस्ट पार्टीको खेदोमा परेका ब्रदर-सिस्टरहरूले मण्डली जीवन जिउन र आफ्ना ब्रदर-सिस्टरहरूसँग सम्पर्क गर्न नसक्दा कस्तो महसुस गरेका रहेछन् भन्ने मैले बुझेँ। मैले सिस्टर झु युनलाई सम्झेँ, जसलाई मैले छिमेकी मण्डलीमा पठाएकी थिएँ। त्यस बेला, उनले कर्तव्यहरू पूरा गर्न नसक्ने हुनाले मण्डलीको काममा उनले सहयोग गर्न सक्दिनन् भनेर मात्र मैले सोचेँ। तर उनलाई चिनियाँ कम्युनिस्ट पार्टीले तीन वर्षभन्दा बढी समयसम्म कारागारमा राखेको, रिहा भएपछि पनि प्रहरीको निगरानीमै रहेकी, र आफ्ना ब्रदर-सिस्टरहरूलाई सम्पर्क गर्न वा मण्डली जीवन जिउन नसकेको कारण उनी कत्ति कष्ट र पीडामा परेकी हुनुपर्छ भनेर मैले सोचिनँ। भेलाहरूमा भाग लिन उनी आफ्नो गृहनगरबाट हाम्रो मण्डलीमा आउन बाध्य थिइन्। उनले ब्रदर-सिस्टरहरूसँग सम्पर्क गर्न यसो गरेकी थिइन्, तर मैले सान्त्वनाको एक शब्द नबोली वा अलिकति पनि सहानुभूति नदेखाई उनलाई इन्कार गरेँ। यसबारे जति सोचेँ, मलाई उति नै दोषी महसुस भयो। म किन त्यति भावशून्य र निर्दय बनेँ? एक दिन मैले ख्रीष्टविरोधीहरूको खुलासा गर्ने परमेश्वरका वचनहरू पढेँ, जसले मलाई मेरा समस्याहरू अझ प्रस्टसित बुझ्न सहयोग गरे। परमेश्‍वरका वचनहरूले भन्छन्: “ख्रीष्टविरोधीहरूको अन्तर्घात र निर्दयताको मूल प्रकटीकरण के हो भने तिनीहरूले गर्ने सबथोकको एउटा अत्यन्तै प्रस्ट उद्देश्य हुन्छ। तिनीहरूले सोच्ने पहिलो कुरा तिनीहरूका आफ्नै हितहरू हो; साथै तिनीहरूका विधिहरू घृणास्पद, कच्चा, घिनलाग्दा, तुच्छ र शङ्कास्पद हुन्छन्। तिनीहरूको कामकुरा गर्ने तरिकामा, तिनीहरूले मानिसहरूलाई व्यवहार गर्ने तरिकामा र उनीहरूलाई व्यवहार गर्ने सिद्धान्तहरूमा कुनै सच्चाइ हुँदैन। तिनीहरू जुन तरिकाले मानिसहरूसित व्यवहार गर्छन् त्यो उनीहरूबाट फाइदा लिनु र उनीहरूसित खेलबाड गर्नु हो, अनि जब तिनीहरूका लागि मानिसहरूको उपयोगी मूल्य हुँदैन, तिनीहरूले उनीहरूलाई पाखा लगाउँछन्। यदि तिनीहरूका लागि तेरो कुनै उपयोगी मूल्य छ भने तिनीहरूले तेरो बारेमा चासो राखेको बहाना बनाउँछन्: ‘तिमीलाई कस्तो छ? तिमीलाई केही गाह्रोसाह्रो भयो? म तिमीलाई तिम्रा कठिनाइहरू समाधान गर्न मदत गर्न सक्छु। तिमीलाई केही समस्या छ भने मलाई भन। तिम्रा लागि म छु। यस्तो राम्रो सम्बन्ध हुनु हामी कति भाग्यमानी छौँ!’ तिनीहरूले अत्यन्तै ध्यान दिइरहेको देखिन्छ। तर यदि त्यस्तो कुनै दिन तिनीहरूका लागि तेरो कुनै उपयोगी मूल्य बाँकी रहेन भने तिनीहरूले तँलाई परित्याग गर्नेछन्, कुनातिर फालिदिनेछन् र बेवास्ता गर्नेछन्, मानौँ तिनीहरूले तँलाई यसअघि कहिल्यै भेटेका पनि थिएनन्। जब तँलाई साँच्चिकै समस्या आइपरेको हुन्छ र तँ तिनीहरूकहाँ मदत खोज्दै जान्छस्, तब तिनीहरूको मनोवृत्ति अचानक परिवर्तन हुन्छ, तिनीहरूका शब्दहरू अब तिनीहरूले पहिलोपटक सहयोगको वाचा गर्ने बेला जति मिठा सुनिँदैनन्—अनि यस्तोचाहिँ किन हुन्छ? किनभने तिनीहरूका लागि तेरो कुनै उपयोगी मूल्य छैन। अन्तत: तिनीहरूले तँप्रति ध्यान दिनै छाड्नेछन्। त्यति मात्र होइन: यदि तिनीहरूले तैँले केही गलत गरेको छस् भनेर थाहा पाएमा वा आफ्नो फाइदाका लागि प्रयोग गर्न सक्ने केही फेला पारेमा, तिनीहरू कठोर रूपमा तँप्रति अनाकर्षित हुन्छन् र तिनीहरूले तँलाई निन्दासमेत गर्न सक्छन्। तँलाई यो विधिबारे के लाग्छ? के यो दया र सच्चाइको प्रकटीकरण हो? जब ख्रीष्टविरोधीहरूले अरूप्रति व्यवहार गर्दा यस्तो अन्तर्घात र निर्दयता प्रकट गर्छन्, के त्यसमा मानवताको कुनै छनक हुन्छ? के तिनीहरूमा मानिसहरूप्रति अलिकति पनि सच्चाइ हुन्छ? कदापि हुँदैन। तिनीहरूले गर्ने सबथोक आफ्नै नाफा, गौरव र प्रतिष्ठाका लागि, अरूमाझ आफूलाई हैसियत र ख्याति दिनका लागि हुन्छ। यदि तिनीहरूले भेट्ने हरेक व्यक्तिबाट फाइदा लिन सक्ने भए फाइदा लिनेछन्। तिनीहरूले जोबाट फाइदा लिन सक्दैनन्, उनीहरूलाई तिरस्कार गर्छन् र कुनै चासो दिँदैनन्; तँ आफैले तिनीहरूसँग कुरा गर्ने प्रयास गरे पनि तिनीहरूले तँलाई बेवास्ता गर्छन् र तँलाई हेर्नसमेत हेर्दैनन्। तर यदि कुनै दिन तिनीहरूलाई तेरो आवश्यकता पर्‍यो भने तँप्रति तिनीहरूको मनोवृत्ति अचानक बदलिन्छ र तिनीहरू अत्यन्तै सचेत र मिलनसार बन्छन्, जसले तँलाई अलमल्ल पार्छ। तँप्रति तिनीहरूको मनोवृत्ति किन बदलिएको हो? (किनभने अब तँसित तिनीहरूका लागि उपयोगी मूल्य छ।) ठिक भनिस्: जब तिनीहरूले तँसित उपयोगी मूल्य भएको देख्छन्, तब तिनीहरूको मनोवृत्ति बदलिन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। परमेश्वरको वचनले प्रकट गरेका कुरा देख्दा, मलाई दुःखी र दोषी महसुस भयो। मेरा कामकुराहरू ख्रीष्टविरोधीका जस्तै थिए। प्रत्येक परिस्थितिमा मसँग अभिप्राय हुन्थ्यो, र म आफ्नो हितलाई मात्र विचार गर्थेँ। म सधैँ अन्तरक्रिया गर्दा मानिसहरूलाई जोखेर प्रयोग गर्थेँ। ममा मेरा ब्रदर-सिस्टरहरूप्रति माया थिएन, इमानदारी वा दया थिएन। सिस्टर झु युन लामो समयदेखि चिनियाँ कम्युनिस्ट पार्टीको निगरानीमा थिइन् र मण्डली जीवन पाउन सकेकी थिइनन्। मैले उनको अवस्था बुझ्नुपर्थ्यो, सम्भव भएसम्म चाँडो उनलाई भेलाहरूमा भाग लिने र उनले पूरा गर्न सक्ने कर्तव्य मिलाएर प्रेमपूर्वक साथ र सहयोग गर्नुपर्थ्यो। तर मलाई उनले ल्याएको सुरक्षा जोखिमबारे चिन्ता थियो। उनलाई मण्डलीमा स्वीकार गर्दा मण्डलीको काममा कुनै सहयोग पुग्दैन, र हामीले उनलाई सहयोग गर्न थप शक्ति खर्च गर्नुपर्छ र मूल्य चुकाउनुपर्छ भनेर मैले सोचेँ। सबैभन्दा नराम्रो त उनले अन्य ब्रदर-सिस्टरहरूको सुरक्षालाई जोखिममा पार्नेथिइन्, जसले मण्डलीको कार्यमा असर पार्थ्यो। त्यसकारण, उनले मण्डली जीवन पाउन सकून् या नसकून् मैले वास्तै गरिनँ, अनि उनको अवस्था वा कठिनाइबारे एक वचन सोधिनँ। म उनीबाट मुक्त हुन मात्र चाहन्थेँ, उनलाई मण्डलीमा लिन चाहन्नथेँ। म उदासीन र स्वार्थी थिएँ। मैले आफूलाई नसोधी सक्दै सकिनँ, “मैले यो सानो कुरामा आफ्नी सिस्टरबारे सोच्न सकिनँ। ममा प्रेम र करुणा छैन। त्यसैले मैले पहिला मेरा ब्रदर-सिस्टरहरूलाई दिएको सहयोग कसरी निष्कपट हुन सक्छ?” मैले चिन्तनमार्फत, आफू मण्डलीका अगुवा भएकीले धेरैपटक मेरा ब्रदर-सिस्टरहरूलाई सहयोग गरेकी रहेछु भनेर थाहा पाएँ। उनीहरूलाई उचित साथ दिएर र सबैको अवस्था सामान्य भएको सुनिश्चित गरेर म आफ्नो कर्तव्यमा परिणाम प्राप्त गर्न सक्छु, जसले गर्दा मेरो राम्रो छवि प्रस्तुत हुने निश्चित हुन्छ भन्ने मलाई लाग्यो। मैले परमेश्वरको इच्छालाई विचार गरिनँ, र अगुवाको रूपमा आफ्नो कर्तव्य पूरा गरिरहेकी थिइनँ भन्ने मलाई अहिले मात्र महसुस भयो। बरु, मैले आफ्नो ख्याति र हैसियत जोगाइरहेकी थिएँ। यसो हेर्दा, म आफ्नो कर्तव्य पूरा गरिरहेकी थिएँ, तर वास्तवमा आफ्नो कर्तव्य पूरा गर्ने निहुँमा व्यक्तिगत हित खोजिरहेकी थिएँ, र मैले आफ्नो ख्याति र प्रतिष्ठाको खोजीमा अरूलाई टेक्ने खुड्किलोको रूपमा प्रयोग गरेँ। मैले जे गरेँ त्यो परमेश्वरका लागि घृणित कुरा थियो, र म परमेश्वरविरोधी मार्गमा हिँडिरहेकी थिएँ। यदि मैले मण्डली जीवन जिउन नपाउनुको पीडा अनुभव नगरेकी भए, भेलाहरू र मण्डली जीवनविना मेरा ब्रदर-सिस्टरहरूले भोगको पीडा र कष्ट कहिल्यै थाहा पाउदिनथेँ। मैले आफ्नो ध्रूर्त र दुष्ट ख्रीष्टविरोधी स्वभाव कहिल्यै चिन्दिनथेँ।

मैले परमेश्वरको वचनको अर्को खण्ड पढेँ। “मानिसहरू आफ्ना हितहरूको पछि लाग्‍नुमा भएको समस्या भनेको उनीहरूले पछ्याउने लक्ष्यहरू शैतानका लक्ष्यहरू हुन्—ती दुष्ट र अनुचित लक्ष्यहरू हुन्। जब मानिसहरू ख्याति, प्राप्ति र हैसियतजस्ता आफ्नै हितहरूको पछि लाग्छन्, उनीहरू अनजानमा शैतानको हतियार बन्छन्, उनीहरू शैतानका लागि निकासद्वार बन्छन्, र यसबाहेक, उनीहरू शैतानकै मूर्तरूप बन्छन्। उनीहरूले मण्डलीमा नकारात्मक भूमिका खेल्छन्; मण्डलीको कामप्रति, र मण्डलीको सामान्य जीवन र परमेश्‍वरका चुनिएका मानिसहरूको सामान्य खोजीप्रति, उनीहरूले पार्ने प्रभाव भनेको बाधा पुर्‍याउने र कमजोर पार्ने मात्र हो; उनीहरूको केवल प्रतिकूल र नकारात्मक प्रभाव हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्वरका वचनहरूको यो प्रकाशले मलाई के महसुस गरायो भने, यदि हामीले सत्यता अभ्यास नगरी आफ्नो कर्तव्य पूरा गऱ्यौँ, अनि आफ्नो ख्याति र हैसियत जोगायौँ भने, हामीले जति ठूलो मूल्य तिरे पनि हामी मण्डलीमा सधैँ नकारात्मक भूमिका खेल्नेछौँ र शैतानको लागि माध्यम बन्नेछौँ। हामीले मण्डलीको काममा अवरोध र बाधा मात्र पुऱ्याउनेछौँ अनि ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा क्षति गर्नेछौँ। मैले सिस्टर झु युनलाई आफ्नो गृहनगरबाट मण्डली जीवनमा भाग लिन हामीकहाँ आउन बाध्य तुल्याइएको कुरा सम्झेँ। उनी परमेश्वरमा सच्चा विश्वास र परमेश्वरको वचनको तृष्णा गर्थिन्। यदि ममा थोरै मात्र पनि मानवता भएको भए म उनलाई त्यस्तो व्यवहार गर्दिनथेँ। म मण्डली अगुवा थिएँ, तर सिस्टर झु युन सङ्कटमा हुँदा, उनलाई सहयोग गर्न असक्षम भएँ, मैले उदासीन र निष्ठुर बन्दै उनलाई अर्को मण्डलीमा पठाउन खोजेँ। मैले जे गरेँ त्यसबारे जति सोचेँ, आफूप्रति उति नै घृणा जाग्यो। मलाई मेरी सिस्टरप्रति ऋणी महसुस भयो, र परमेश्वरप्रति अझ बढी ऋणी महसुस भयो। म परमेश्वरसामु आएर प्राथना गरेँ, “हे परमेश्वर! म कामकुरा गर्दा आफ्नै हितलाई विचार गर्छु, र ममा मेरा ब्रदर-सिस्टरहरूप्रति प्रेम छैन। म अति स्वार्थी र दुष्ट छु! हे परमेश्वर! म पश्चात्ताप गर्न चाहन्छु…।”

पछि, मैले परमेश्वरको वचनको अर्को खण्ड पढेँ। मैले मानवजातिका लागि परमेश्वरको निस्वार्थ प्रबन्ध र हेरचाह देखेँ, र मलाई आफ्नो स्वार्थीपन र दुष्टताले गर्दा झनै बढी लाज लाग्यो। परमेश्‍वरका वचनहरूले भन्छन्: “तैँले परमेश्‍वरको जति वचन सुनेको भए पनि, जति सत्यता स्विकार्न सक्ने वा बुझेको भए पनि, जति वास्तविकता जिएको भए पनि, वा जति नतिजाहरू प्राप्त गरेको भए पनि, तैँले बुझ्नैपर्ने एउटा तथ्य छ: सत्यता, मार्ग र परमेश्‍वरको जीवन प्रत्येक व्यक्तिलाई निःशुल्क प्रदान गरिन्छ, र यो सबैका लागि निष्पक्ष हुन्छ। परमेश्‍वरले कहिल्यै पनि मानिसहरूले परमेश्‍वरमा कति समय विश्‍वास गरेका छन् वा कति कष्ट भोगेका छन् भन्‍ने आधारमा कसैप्रति पूर्वाग्रह राख्नुहुनेछैन, र कसैले उहाँमा लामो समयदेखि विश्‍वास गरेको वा धेरै कष्ट भोगेकै भरमा उहाँले उसलाई कहिल्यै उसको पक्ष लिनुहुनेछैन वा उसलाई आशिष् दिनुहुनेछैन। न त परमेश्‍वरले कसैलाई उसको उमेर, रूप, लिङ्ग, पारिवारिक पृष्ठभूमि, आदिका आधारमा फरक व्यवहार नै गर्नुहुन्छ। हरेक व्यक्तिले परमेश्‍वरबाट उही कुरा प्राप्त गर्छ। उहाँले कसैलाई पनि कम वा बढी प्राप्त गर्न दिनुहुन्न। परमेश्‍वर हरेक व्यक्तिका लागि निष्पक्ष र न्यायोचित हुनुहुन्छ। उहाँले मानिसहरूलाई तिनीहरूलाई आवश्यक परेकै कुरा, आवश्यक परेकै बेलामा दिनुहुन्छ, उहाँ तिनीहरूलाई भोक, जाडो वा तिर्खामा छोड्नुहुन्न, र उहाँले मान्छेका हृदयका सम्पूर्ण आवश्यकताहरू पूरा गरिदिनुहुन्छ। परमेश्‍वरले यी कुराहरू गर्नुहुँदा, उहाँ मानिसहरूले के गरून् भन्‍ने माग गर्नुहुन्छ? परमेश्‍वरले मानिसहरूलाई यी कुराहरू प्रदान गर्नुहुन्छ, त्यसोभए के परमेश्‍वरका केही स्वार्थी मनसायहरू छन्? (छैनन्।) परमेश्‍वरका कुनै स्वार्थी मनसायहरू छैनन्। परमेश्‍वरका सबै वचनहरू र काम मानवजातिकै लागि हुन्, र तिनको उद्देश्य मानिसहरूका सम्पूर्ण दुःख र कठिनाइहरू समाधान गर्नु हो, ताकि तिनीहरूले उहाँबाट वास्तविक जीवन प्राप्त गर्न सकून्। यो तथ्य हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको व्यवस्थापन योजनाको सबैभन्दा ठूलो हितग्राही मानिस नै हो)। परमेश्वर सबैलाई निस्वार्थरूपमा साँचो विश्वास प्रदान गर्नुहुन्छ। उहाँले हामी प्रत्येकका लागि ठूलो मूल्य चुकाउनुभएको छ र बदलामा कहिल्यै केही अपेक्षा गर्नुहुन्न, केवल हामीले सत्यता पछ्याएको, आफ्नो स्वाभाव परिवर्तन गरेको, र साँचो मानव स्वरूपमा जिएको आशा गर्नुहुन्छ। तर मैले ब्रदर-सिस्टरहरूलाई उनीहरू उपयोगी छन् कि छैनन् भन्ने आधारमा व्यवहार गरेँ। यदि उनीहरू उपयोगी भएमा म मूल्य चुकाउन तयार हुन्थेँ। यदि उपयोगी भएनन् भने, म उनीहरूलाई वास्तै गर्दिनथेँ। कुनै फाइदा नभएको खण्डमा म टाउको दुखाउन चाहन्नथेँ। प्रभु येशूले भन्‍नुभयो: “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूले यी मेरा भाइहरूमध्‍ये सबैभन्‍दा सानोलाई जे-जति गरेका हुन्छौ, त्‍यो तिमीहरूले मलाई नै गरेका हुन्छौ(मत्ती २५:४०)। यो साँचो हो। यदि मण्डलीका सबैभन्दा कम ध्यान जाने ब्रदर-सिस्टरहरू निष्कपट भई परमेश्वरमा विश्वास गर्छन्, अनि दुष्कर्मी, ख्रीष्टविरोधी, वा गैरविश्वासी होइनन् भने, उनीहरूलाई समेत सहयोग गर्नुपर्छ। प्रेमपूर्वक उनीहरूलाई सहयोग गर्न सक्नु भनेको परमेश्वरको इच्छालाई विचार गर्नु हो, र यसलाई परमेश्वर अनुमोदन गर्नुहुन्छ। हामीले विशेष गरी ती ब्रदर-सिस्टरहरू जसलाई चिनियाँ कम्युनिस्ट पार्टीले खेदो गरिरहेका र खोजिरहेका छन्, जो घर फर्कन सक्दैनन्, उनीहरूलाई राम्रो व्यवहार र उनीहरू सुरक्षित भएको सुनिश्चितता गर्नुपर्छ। यो अझ बढी असल कार्य हो। यी ब्रदर-सिस्टरहरूप्रति व्यक्तिको मनोवृतिले उसको मानवता देखाउँछ। मलाई पश्चातापको गहिरो समझ महसुस भयो। यदि मलाई आफ्नो कर्तव्य पूरा गर्ने अर्को मौका भएको भए म त्यति स्वार्थी र घृणित बन्न सक्दिनथेँ, व आफ्ना ब्रदर-सिस्टरहरूसँग अन्तरक्रिया गर्दा आफ्ना हितलाई मात्र ध्यान दिन सक्दिनथेँ। मैले आफ्ना ब्रदर-सिस्टरहरूलाई सक्दो सहयोग गर्नुपर्थ्यो, अनि मानवता र समझ भएको व्यक्ति बन्नुपर्थ्यो।

केही महिनापछि, मैले अर्को कर्तव्य सुरु गरेँ। मेरो अगुवाले मलाई सुरक्षा खतरामा परेकी एउटी सिस्टरलाई साथ दिन खटाउनुभयो। मैले सोचेँ, “मैले यी सबै भोगिसकेपछि, बल्ल मैले एउटा कर्तव्य पाएकी छु। यी बहिनीसँग सम्पर्क भयो र म मुछिएँ भने नि?” यस मोडमा मलाई आफू सही अवस्थामा छैनँ भन्ने महसुस भयो, र मैले आफूलाई त्याग्छु, मेरी सिस्टरलाई सक्दो सहयोग र साथ दिन चाहन्छु भन्दै तुरुन्तै प्रार्थना गरेँ। उनीसँग भेला भएर र परमेश्वरको वचनमा सङगति गरेर उनको नकारात्मक अवस्था क्रमिक रूपले परिवर्तन भयो, र उनले परमेश्वरको गवाही दिने एउटा लेख लेख्न चाहिन्। मैले मेरी सिस्टरलाई सक्दो सहयोग गर्दा, मलाई एकदमै शान्ति महसुस भयो।

विगतमा मलाई ममा राम्रो मानवता छ, आफ्नो कर्तव्यमा म कठिनाइ सहन सक्छु, र ममा मेरा ब्रदर-सिस्टरहरूप्रति प्रेम छ भन्ने सधैँ लाग्थ्यो। तथ्यहरूले देखाएको कुरा अनि परमेश्वरको वचनको न्याय र प्रकाशमार्फत मैले आफूले फाइदा मात्र खोजेकी रहेछु भनेर बल्ल बुझेँ। म स्वार्थी र उदासीन थिएँ। मलाई शैतानले अमानवीय बन्ने हदसम्म भ्रष्ट तुल्याएको थियो! परमेश्वरको वचनले मलाई आफ्ना ब्रदर-सिस्टरहरूलाई कसरी मानवता र समझसहित व्यवहार गर्ने भन्ने कुरा बुझायो। यसले मलाई सधैँ आफ्नो हित नखोजी अरूसँग घुलमिल हुन, र ब्रदर-सिस्टरहरूलाई निष्कपटसाथ र सहयोग गर्न मदत गऱ्यो। परमेश्वरलाई धन्यावाद होस्!

अघिल्लो: ४७. मैले मेरो पाष्टरको वास्तविक रङ्ग देखेको छु

अर्को: ४९. आफ्‍नो कर्तव्यप्रतिको सही आचरण

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

३६. ख्याति र सम्पत्तिबाट मुक्ति

जियाओ मिन, चीनविश्‍वासी बन्नुअघि, म जहिले पनि नाम र हैसियतको पछि लागिरहेकी थिएँ, र यदि कसैले मलाई जित्यो भने म ईर्ष्या गर्थेँ र दुःखी...

६७. थोरै भए नि मानव रूपमा जिउनु निश्‍चय नै महान् कुरा हो

टाशी, क्यानडासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको...

६९. सही मार्गमा फर्केर आउनु

चेन गुवाङ्ग, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्