२२. आखिरमा आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर मैले सिकेँ

क्षिन्‍चेङ, इटाली

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। जस्तो कि, तैँले जति आफ्नो दायित्वलाई पूरा गर्न सक्षम हुन्छस्, त्यति नै तैँले सत्यतालाई प्राप्त गर्नेछस्, र त्यति नै वास्तविक तेरो अभिव्यक्ति हुनेछ। आफ्नो दायित्व पूरा गर्ने कार्यमा आलटाल गर्ने र सत्यतालाई नखोज्‍नेहरू अन्त्यमा हटाइनेछन्, किनकि त्यस्ता मानिसहरूले सत्यताको अभ्यासमा आफ्नो दायित्वलाई पूरा गर्दैनन्, र आफ्नो दायित्व पूरा गर्नमा सत्यतालाई अभ्यास गर्दैनन्। तिनीहरू ती हुन्‌ जो अपरिवर्तित रहन्छन्‌ र श्रापित हुनेछन्‌। तिनीहरूको अभिव्यक्तिहरू अशुद्ध मात्रै छैनन्, तर तिनीहरूले अभिव्यक्त गर्ने हरेक कुरा नै दुष्ट छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। “आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा लगाउन र जिम्मेवारी लिन सक्‍ने हुनका निम्ति तैँले कष्ट भोग्‍नु र मूल्य चुकाउनु आवश्यक हुन्छ—यसका बारेमा कुरा गर्नु मात्र पर्याप्त हुँदैन। यदि तैँले आफ्नो हृदय आफ्नो कर्तव्यमा लगाउँदैनस् भने, त्यसको साटो सधैं शारीरिक प्रयास लगाउन चाहन्छस् भने, तेरो कर्तव्य निश्चित रूपले राम्रोसँग गरिएको हुँदैन। तैँले केवल झारा टारिरहेको हुन्छस्, त्योभन्दा बढी केही होइन, र तैँले आफ्नो कर्तव्य कति राम्ररी गरिस् त्यो जान्‍नेछैनस्। यदि तैँले आफ्नो हृदय त्यसमा लगाइस् भने तैँले बिस्तारै सत्य बुझ्न थाल्नेछस्; यदि तैंले आफ्नो हृदय त्यसमा लगाइनस् भने तैँले सत्य बुझ्नेछैनस्। जब तँ आफ्नो हृदयलाई आफ्नो कर्तव्य गर्नमा र सत्यको अनुसरण गर्नमा लगाउँछस्, तब तँ बिस्तारै परमेश्‍वरको इच्छा बुझ्न सक्‍ने, आफ्नो भ्रष्टता र कमीहरू थाहा पाउने, आफ्ना सबै विविध अवस्थाहरूमा निपुण हुन सक्छस्। यदि तैँले आफैलाई जाँच्नका लागि आफ्नो हृदय प्रयोग गर्दैनस्, र बाहिरी प्रयासहरू गर्नमा मात्र ध्यान केन्द्रित गर्छस् भने, तैँले आफ्नो हृदयमा उत्पन्न हुने विभिन्न अवस्थाहरू र विभिन्न बाहिरी वातावरणहरूप्रतिका तेरा सबै प्रतिक्रियाहरूको बारेमा थाहा पाउन असमर्थ हुनेछस्; यदि तँ आफैलाई जाँच्न आफ्नो हृदय प्रयोग गर्दैनस् भने, तेरो हृदयमा भएका समस्याहरू समाधान गर्न तँलाई गाह्रो पर्नेछ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ”)। परमेश्‍वरका यी वचनहरूबाट हामीले आफ्नो कर्तव्य पूरा गर्न ध्यान दिनुपर्छ, जिम्मेवार बन्नुपर्छ र सत्यको खोजी गर्नुपर्छ भनेर बुझ्न सक्छौँ। म पहिले लापरबाही गर्थेँ। मैले कुनै पनि कुरामा त्यति धेरै मेहेनत गरिनँ। यो परमेश्‍वरको घरमा उस्तै थियो। मैले कडा मिहिनेत गरिरहेकी थिइनँ। कडा मिहिनेत गर्नुपर्ने कुनै पनि काम गर्नुपर्दा, म लापरबाही र गैरजिम्मेवार हुन्थेँ त्यसैले म मेरो कर्तव्यको दौरान सधैँ गल्ती गर्थेँ। पछि परमेश्‍वरको वचनहरूबाट मैले आफ्नै भ्रष्ट स्वभावको बारेमा र परमेश्‍वरको इच्छालाई पूरा गर्न आफ्नो कर्तव्य कसरी पूरा गर्नुपर्छ भनेर थोरै कुरा बुझेँ, त्यसपछि म आफ्नो कर्तव्य जिम्मेवार र स्थिर भएर पूरा गर्न सक्ने भएँ।

त्यो समयमा मेरो कर्तव्य भनेको इटालियन भाषामा गरिएका अनुवादलाई जाँच्नु थियो। शुरुमा त म मेहेनती थिएँ र आइपरेको कुनै पनि समस्या समाधान गर्न पनि इच्छुक हुन्थें। तर समय बित्दै जाँदा, काम गर्नुपर्ने दस्तावेजहरू बढ्दै गयो र मलाई अलि अप्ठ्यारो हुन थाल्यो, विशेषगरी रङ्गीबिरङ्गी टिप्पणी र अल्पबिराम, पूणर्बिराम र अन्य विराम चिन्ह देख्दा असहज भयो। यी प्रत्येक चिन्हलाई ढाँचा र स्थितिको निम्ति जाँच्नुपर्थ्यो। म विचलित भएँ। मैले सोचेँ, “मैले यसका लागि कति धेरै सोच्नुपर्ने? यो त एकदमै धेरै मेहेनत गर्नुपर्ने भयो!” त्यसपछि मैले ती दस्तावेजलाई मेहेनत गरेर जाँच्न छोडेँ, बरु सरर्र हेर्थेँ र ठीकठाक भएको निश्चित गर्थेँ। कहिलेकाहीँ दिमागलाई शान्त बनाएर अनुवाद सही छ वा छैन भनेर घोत्लिनु पर्थ्यो, तर जब म कुनै जटिल वाक्य संरचना देख्थेँ, म स्वार्थी जोटघटाउ गर्थेँ: “प्रत्येक शब्दका लागि धेरै मेहेनत र अनुसन्धान गर्नुपर्छ, र यदि यति गर्दा पनि केही हात लागेन भने, के त्यो बेकारमा प्रयास गरेको हुन्न र? छोडिदे, अरु कसैले यसलाई हेर्नेछ।” अनि त्यसरी नै, म मेरो कर्तव्यको दौरान लापारबाही हुँदै अघि बढ्दै थिएँ।

समयसँगै, समस्याहरू सधैँ आउन थाले। मैले जाँच गरेका दस्तावेजहरूमा अरुले शुद्धाशुद्धि र विराम चिह्न त्रुटिहरू भेट्न थाले र केही दस्तावेजमा त अनुवाद गरिनुपर्ने केही शब्दहरू पनि छुटेका हुन्थे। त्यो देखेँपछि मलाई एकदमै नरमाइलो लाग्यो। ती साना समस्याहरू कसैले हेर्ने बित्तिकै देख्थे तर ती दस्तावेज मेरोअगाडि नै हुँदा पनि मैले देखेकी थिइनँ। यस्तो ठ्याक्कै देखिने कुराहरू कसरी छुट्न सक्छन्? यसको बारेमा सोच्दा मलाई एकदमै नराम्रो लाग्थ्यो। एकदिन दिउँसोको खानापछि मैले एउटा सन्देश पाएँ जसमा मैले जाँचेको दस्तावेजमा एकवचन र बहुवचनसम्बन्धी एकदमै सामान्य गल्ती भेटिएको कुरा भनिएको थियो। यो पढ्दा मेरो मुटुमा छुरा रोपिएजस्तै भयो। म यति धेरै लापरबाही कसरी हुन सक्थेँ? यस्तो सामान्य त्रुटि पनि मैले कसरी बेवास्ता गरें? मैले जाँचेका अन्य दस्तावेजमा पनि यस्तै गल्ती थिएनन् भनेर म ढुक्क हुन सकिनँ। मेरो काम त्रुटि नै त्रुटिले भरिएको थियो। म अब के गर्थेँ र? मेरो पीडामा, म परमेश्‍वरको अगाडि आएर प्रार्थना गर्न हतारिएँ। हालैका दिनमा आफ्नो कर्तव्यप्रतिको मेरो स्थिति र मेरो मनोवृत्तिको मैले समीक्षा गरेँ।

मैले परमेश्‍वरका वचनहरूको एक अनुच्छेद पढेँ: “यदि तँ आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा लगाउँदैनस् र लापरवाह हुन्छस्, तैंले सक्दो सजिलो तरिकाले कामहरू गर्छस् भने त्यो कस्तो प्रकारको मानसिकता हो? यो झारातिरुवा शैलीमा काम गर्ने एउटा तरिका मात्र हो, जसमा तेरो कर्तव्यप्रति तँमा कुनै वफादारी, जिम्मेवारीको कुनै बोध, र मिसनको कुनै भावना हुँदैन। प्रत्येकपल्ट जब तैँले आफ्नो कर्तव्य गर्छस्, तँ आफ्नो आधा शक्ति मात्र प्रयोग गर्छस्; तँ त्यो आधा हृदयले गर्छस्, त्यसमा आफ्नो हृदय लगाउँदैनस्, र अलिकति पनि लागी नपरी त्यसबाट छुटकारा पाउने र त्यो समाप्त गर्ने कोसिस मात्र गर्छस्। तैँले त्यो यति हलुका प्रकारले गर्छस् मानौं तँ केवल खेलिरहेको छस्। के यसले समस्यातिर डोर्‍याउँदैन? अन्त्यमा, मानिसहरूले तँलाई घटिया प्रकारले आफ्नो कर्तव्य पूरा गर्ने र बहाना मात्र बनाउने व्यक्ति भन्नेछन्। अनि परमेश्‍वरले यसलाई के भन्नुहुनेछ? उहाँले तँ भरोसायोग्य छैनस् भन्नुहुनेछ। यदि तँलाई एउटा काम सुम्पिइएको छ र, चाहे त्यो मुख्य जिम्मेवारी होस् वा साधारण जिम्मेवारीमध्येको एक, यदि तैंले त्यसमा आफ्नो हृदय लगाइनस् भने वा तेरो जिम्मेवारीको अपेक्षा पूरा गर्दैनस् भने, र यदि तैंले त्यसलाई परमेश्‍वरले तँलाई दिनुभएको एउटा मिसनको रूपमा हेर्दैनस् भने वा परमेश्‍वरले तँलाई सुम्पिनुभएको विषयको रूपमा हेर्दैनस् भने वा त्यसलाई तेरो आफ्नै कर्तव्य र दायित्वको रूपमा लिँदैनस् भने त्यो एउटा समस्या हुनेछ। ‘भरोसायोग्य छैन’—यी दुई शब्दले तँ आफ्नो कर्तव्य कसरी गर्छस् भन्ने स्पष्ट पार्छन्, अनि परमेश्‍वरले तेरो चरित्र ठिक छैन भन्नुहुनेछ। यदि तँलाई कुनै एउटा विषय सुम्पिइएको छ, तापनि त्यसप्रति तँ यस्तै मनोवृत्ति राख्छस् र तँ त्यसरी नै त्यसलाई सम्हाल्छस् भने, के भविष्यमा तँलाई अरू कुनै कामहरू दिइन्छ? के तँलाई कुनै महत्त्वपूर्ण कुरा सुम्पन सकिन्छ? सायद सकिन्छ होला, तर त्यो तैंले कसरी व्यवहार गरिस् भन्ने कुरामा निर्भर गर्छ। तापनि, परमेश्‍वरले भित्र मनमा सधैं तँप्रति केही अविश्‍वास, साथसाथै केही असन्तुष्टि राख्‍नहुनेछ, यो एउटा समस्या हुनेछ, हुनेछैन र?(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यतालाई बारम्बार मनन गर्दा मार्ग आउँछ”)। परमेश्‍वरले मानिसको हृदयको अवलोकन गर्नुहुन्छ। उहाँका प्रत्येक वचनले मेरो घातक गल्तीलाई प्रहार गर्‍यो। त्यसपछि मैले बुझेँ कि हलुका भएर आफ्नो कर्तव्य निभाउनु भनेको लापरबाही व्यवहार हो। यस्तो काममा ध्यान दिइएको हुँदैन, यो कुराहरूलाई सरर्र हेर्थेँ मात्रै र कुनै जिम्मेवारी लिन्न थिएँ। मेरो कामको बारेमा सोच्दाँ, जब कुनै काममा समय र मेहेनत गर्नुपर्थ्यो, त्यसलाई गर्नका लागि म सबैभन्दा चाँडो हुने सजिलो विधि प्रयोग गर्थेँ। मलाई जे सजिलो हुन्थ्यो, जे गर्दा धेरै झन्झट हुँदैनथ्यो, वा जे गर्दा कम प्रयासमै काम हुन्थ्यो, म त्यही गर्थेँ। जब एकदमै धेरै नयाँ शब्दहरू वा व्याकरणका गाह्रो कुरा वा वाक्य संरचना हुन्थे, म तिनलाई हेर्नका लागि धेरै प्रयास नै गर्दिनथेँ। म सर्सर्ती चिनो लगाउने र अरु कसैलाई हेर्न लगाउने छोटो बाटो समात्थेँ। जब म जटिल टिप्पणी वा विराम चिह्नलाई ध्यान दिएर जाँच्नुपर्ने कुरा देख्थेँ, म सरर्र मात्रै हेर्थेँ र केही समस्यालाई त्यत्तिकै छाडिदिन्थेँ। म लापरबाही गर्थेँ र आफ्नो कर्तव्य र परमेश्‍वरको आज्ञाप्रतिको आफ्नो जिम्मेवारीबाट पन्छिदैँ थिएँ। मैले शारीरिक कठिनाइबाट छुटकारा पाउने कुरा मात्रै सोचेँ। के मेरो हृदयमा परमेश्‍वरका लागि सानो ठाउँ पनि थियो र?

पछि मैले परमेश्‍वरका अरु धेरै वचनहरू पढेँ: “मानवता भएका मानिसहरूका लागि, कसैले नदेखेको बेला पनि आफ्ना कर्तव्यहरू पूरा गर्नु उत्तिकै सजिलो हुनुपर्छ; यो तिनीहरूका जिम्मेवारीको भागमा सामेल हुनुपर्छ। मानवता नभएका र भरोसायोग्य नरहेका मानिसहरूका निम्ति, आफ्ना कर्तव्यहरू पूरा गर्नु भारपूर्ण प्रक्रिया हो। अरूले सधैँ तिनीहरूको बारेमा चिन्ता गर्नुपर्छ, तिनीहरूलाई देखरेख गर्नुपर्छ, र तिनीहरूको प्रगतिको बारेमा सोध्नुपर्छ; नत्र भने, हरेक पटक काम गर्न दिँदा तिनीहरूले क्षति पुऱ्याउनेछन्। संक्षेपमा भन्नुपर्दा, मानिसहरूले आफ्ना कर्तव्यहरू पूरा गर्दा सधैँ आत्म-चिन्तन गर्नुपर्छ: ‘के मैले यस कर्तव्यलाई पर्याप्त रूपमा पूरा गरेको छु? के मैले यसमा मेरो हृदय लगाएको छु? वा मैले यसमा झारा मात्र टारेको छु?’ यदि यीमध्ये कुनै कुरा भयो भने, त्यो राम्रो हुँदैन; यो खतरनाक हुन्छ। सङ्कुचित अर्थमा, यसको अर्थ त्यस्तो व्यक्तिमा कुनै विश्‍वसनीयता छैन, र मानिसहरूले उसलाई भरोसा गर्न सक्दैनन् भन्‍ने हुन्छ। यसलाई वृहत् अर्थमा भन्नुपर्दा, यदि त्यस्तो व्यक्तिले आफ्नो कर्तव्य पूरा गर्दा सधैँ झारा टार्ने काम गर्छ भने, र ऊ परमेश्‍वरप्रति निरन्तर लापरवाह भइरहन्छ भने, ऊ ठूलो खतरामा हुन्छ! जानी-जानी कपटपूर्ण हुनुका नतिजाहरू के-के हुन्छन्? अल्पकालीन रूपमा, तँमा भ्रष्ट स्वभाव हुनेछ, तैँले पश्चात्ताप नगरी बारम्बार अपराधहरू गर्छस् र सत्यताको अभ्यास कसरी गर्ने त्यो सिक्दैनस्, न त तैँले सत्यतालाई अभ्यास नै गर्नेछस्। दीर्घकालीन रूपमा, तैँले ती कुराहरू निरन्तर गर्दै जाने क्रममा, तेरो नतिजा हराउनेछ; त्यसले तँलाई समस्यामा पार्नेछ। कुनै ठूला गल्तीहरू नगर्नु तर बारम्बार स-साना गल्तीहरू गर्नु भनेको यही हो। अन्त्यमा, यसले सुधार गर्न नसकिने परिणामहरूमा पुऱ्याउँछ। त्यो धेरै गम्भीर कुरा हुनेछ!(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्‍नो कर्तव्य पूरा गरेको अनुभवद्वारा नै जीवन प्रवेशको सुरुवात हुनुपर्छ”)। परमेश्‍वरले मेरो लापरबाहीको प्रकृति र परिणामलाई मेरोअगाडि ल्याउनुभएको देखेर, मलाई डर लाग्यो। मेरो कर्तव्यलाई यसरी हलुका रूपमा अघि बढाउनु भनेको अरुहरू र परमेश्‍वरलाई धोका दिनु हुन्थ्यो। यो मनोवृतिलाई परमेश्‍वरले आलोचना गर्नुहुन्छ। यदि मैले पछुतो गरिनँ भने, ढिलो चाँडो म गम्भीर अपराध गर्न पुग्थेँ र हटाइने थिएँ। मेरो कर्तव्यका लागि जब मण्डलीले व्यवस्था मिलाएको थियो, आफ्नो कर्तव्यलाई राम्ररी पूरा गर्नका लागि मैले पवित्र शपथ खाएकी थिएँ, तर जब वास्तविक मेहेनत गर्ने बेला आयो, दुःख पाउने डरले, मैले देहका बारेमा मात्रै सोचेँ। दस्तावेज जाँच्दा म सरर्र मात्रै हेर्थेँ र लापरबाही गर्थेँ, त्यही भएर म प्रस्टै देखिने त्रुटि पनि देख्दिनथेँ। के त्यो धोका दिनु थिएन र? यी सोचले मलाई पछुतो भयो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे सर्वशक्तिमान् परमेश्‍वर! म आफ्नो कर्तव्यप्रति जिम्मेवार भएकी छैन, बरु तपाईँलाई छल्ने प्रयास गर्दै आएकी छु। यो तपाईँका लागि घृणायोग्य कुरा हो। म अविवेकी भएकी छु। हे परमेश्‍वर, म पश्चात्ताप गर्न चाहन्छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस्, दुःख सहने सक्ने इच्छाशक्ति र देहलाई त्याग गर्ने र मेरो कर्तव्य पूरा गर्ने क्षमता दिनुहोस्।”

त्यसपछिका प्रत्येक दस्तावेजमा, अलिकति पनि फरक पर्ने प्रत्येक शब्दलाई मैले जाँचे। मैले अलि नजानेको बेलामा म पूरै स्पष्ट नहुँदासम्म, म अरु सदस्य वा व्यावसायिक अनुवादकको सहयोग लिन्थेँ। लामा र अप्ठ्यारा दस्तावेजहरूका लागि, म सरर्र मात्रै हेर्ने र बीचको बाटो निकाल्ने आँट गर्न सक्दिनँ थिएँ, बरु अनुवादलाई सुधार गर्न आफ्नो सक्दो प्रयास गर्दै म प्रत्येक वाक्यलाई बारम्बार ध्यान दिएर र विस्तारमा हेर्थेँ। कुनै पनि दस्तावेजलाई अन्तिम रूप दिनुअघि, म जाँच्नुपर्ने सबै कुराको सूची बनाउथेँ र ध्यानपूवर्क हेरिनुपर्ने प्रत्येक चरणका लागि आफूलाई बारम्बार याद दिलाउँथेँ। दस्तावेजलाई अन्तिम रूप दिँदा म प्रत्येक विवरणको जाँच गर्थेँ र अन्त्यमा गल्ती कम होस् भन्नका लागि सक्दो प्रयास गर्थेँ। केही समयपछि, मैले मेरो काममा राम्रो नतिजा पाउन थालें र मेरो त्रुटिको दर पनि घट्यो।

पछि अर्को एक जना सिस्टर टोली अगुवाका लागि नियुक्त हुनुभयो जसले मलाई अन्तिम रूप दिइएको अनुवादको ढाँचा मिलाउन सहयोग गर्नुभयो। उहाँले मलाई समय समयमा सोधिरहनुहुन्थ्यो, “के यो विराम चिन्ह राखेको ठीक छ? यो विराम चिन्हको मुख्य कुरा चाहिँ के हो?” जब उहाँले मलाई धेरै प्रश्न सोध्नुभयो, म सोच्ने गर्थेँ, “उहाँलाई सबै कुरा भन्नु एकदमै गाह्रो हुन थाल्यो। बरु सिधै अन्तिम रूप दिइएको दस्तावेज दिँदा भयो।” त्यसैले मैले उहाँलाई झुक्याउँदै भने: “यो दस्तावेजको अन्तिम रूप हो। यसमा विराम चिन्हलाई लिएर कुनै समस्या छैन। इटालियन र अङग्रेजी भाषामा विराम चिन्ह मूलतः उस्तै उस्तै हुन्छ। प्रायः यसलाई अङग्रेजीमा जस्तै गरी मिलाउन सकिन्छ, तर केही अपवाद हुन्छन्। तपाईँले अर्थलाई पनि ध्यान दिनुपर्छ।” त्यसपछि उहाँले मलाई सोध्नुभयो, “अहिले हामीले हेर्ने सन्दर्भ सामग्री व्यावसायिक व्यक्तिहरूले प्रयोग गर्ने किसिमका छन्। त्यसको केही भाग म बुझ्दिनँ। इटालियन भाषामा हुने विराम चिन्हको विषयमा कुनै सजिला किताब छन्?” मैले हामीसँग अझै छैन भने। त्यसपछि मलाई नयाँ सदस्यहरूलाई सन्दर्भ हुने गरी नयाँ दस्तावेज बनाउन सक्छु जस्तो लाग्यो, तर यस्ता विराम चिन्हहरू धेरै थिए। यसको अर्थ सन्दर्भ पुस्तकहरू जाँच्नुपर्ने हुन्थ्यो र यो एकदमै झन्झटिलो कुरा हुनेवाला थियो। मैले केही समयका लागि यसलाई थाँती राखेँ। मैले सोचेँ अब यो विषय यही सकियो, तर जब उहाँले आफ्नो ढाँचामा इटालियन भाषाका विराम चिन्हलाई मैले भनेजस्तै अङ्ग्रेजीको जस्तैगरी मिलाउनुभयो, उहाँले १५०,००० शब्दका दस्तावेजमा ड्यासका अगाडि पछाडि भएका सबै स्पेस हटाउनुभयो, यो थाहा पाएर म एकदमै तर्सिएँ। इटालियन भाषामा ड्यासलाई हाइफनबाट छुट्याउन, ड्यासको अगाडि पछाडि स्पेस राख्नुपर्छ, जुन अङ्ग्रेजीको भन्दा भिन्न हुन्छ। तर यसको बारेमा मैले उहाँलाई बताएको थिइनँ। त्यति धेरै काम गरेको खेर गयो। उहाँले फेरि त्यो दस्तावेज हेरर प्रत्येकलाई सच्याउनुपर्ने भयो। मलाई एकदमै नराम्रो र पछुतो लाग्यो। मैले आफूलाई घृणा गरेँ र सोचेँ, “मैले पहिले नै अलिकति काम गरेर सन्दर्भ सामग्री किन तयार गरिनँ? म किन सधैँ देहका बारेमा सोच्छु र दुःख गर्नबाट तर्सिन्छु? मेरो लापरबाहीका कारण उहाँले फेरि यी सबै काम गर्नुपर्‍यो। त्यसलाई फेरि प्रमाणित गर्नुपर्‍यो। त्यसमा दुःख गर्नुपर्‍यो, र मुख्य कुरा यसले हाम्रो कामको प्रगतिलाई सुस्त बनायो। के त्यो परमेश्‍वरको घरको काममा बाधा पुर्‍याएको थिएन र?” ऋणी हुने, आफैँलाई दोष लगाउने र पश्चात्तापको ती अनुभवहरू फेरि चुलिए। म आफैले आफ्नै मुखमा झापड हानू जस्तो लाग्यो। म यो फेरि किन गर्दैछु? मलाई के भएको यस्तो?

एकपटकको मेरो भक्तिमा, मैले परमेश्‍वरका वचनहरूको एउटा अनुच्छेद भेट्टाएँ: “कनै पनि कुरालाई अमर्यादित र गैरजिम्मेवार ढंगले सम्हाल्नु भ्रष्ट स्वभावभित्र पर्ने कुरो होइन र? कुन कुरा? यो फोहोरीपन हो; हरेक मामिलामा, तिनीहरू भन्छन्, ‘त्यो लगभग सही छ’ र ‘काफी नजिक छ’; यो ‘होला,’ ‘सायद,’ र ‘पाँचमा चार’ को मनोवृत्ति हो; तिनीहरू कामचलाउ तवरले काम गर्छन्, न्यूनतम मात्रामा काम गर्नमा सन्तुष्ट छन्, र तिनीहरू जसोतसो काम टार्दै अघि बढ्नमा सन्तुष्ट छन्; तिनीहरू कुनै पनि कुरालाई गम्भीर रूपमा लिनु र ठ्याक्‍कै मिल्ने गरी प्रयास गर्नुको कुनै अर्थ देख्दैनन्, तिनीहरूले सिद्धान्तहरूको खोजी गर्नुमा कुनै अर्थ देख्‍ने त कुरै नगरौँ। के यो भ्रष्ट स्वभावभित्र पर्ने कुरा होइन र? के यो सामान्य मानवताको प्रकटीकरण हो र? यसलाई अहङ्‍कार भन्‍नु सही हुन्छ, र यसलाई दुराचारी भन्‍नु पनि सम्पूर्ण रूपमा उचित नै हुन्छ—तर यसलाई पूर्ण रूपमा बुझ्‍नको निम्ति मिल्‍ने शब्द ‘फोहोरी’ हो। यस्तो फोहोरीपन बहुसङ्‍ख्यक मानिसहरूको मानवतामा विद्यमान छ; हरेक मामिलामा, कुन कुरालाई त्यत्तिकै छोडेर हिँड्न सकिन्छ भनेर तिनीहरूले सम्भव भएसम्म कम गर्ने इच्छा राख्छन्, र तिनीहरूले गर्ने हरेक कुरामा छलको गन्ध पाइन्छ। तिनीहरूले अरूलाई सकेसम्म धोका दिन्छन्, सकेसम्म चोर बाटो अपनाउँछन् र कुनै पनि विषयको बारेमा सोच्दै धेरै समय विताउन वा दिमाग चलाउन मन गर्दैनन्। जबसम्म तिनीहरू खुलासा हुनबाट बच्‍न सक्छन् र तिनीहरूले कुनै समस्या खडा गर्दैनन् र तिनीहरूलाई जवाफदेही बनाइन्‍न, तबसम्म तिनीहरूले सबै ठीक छ भन्‍ने सोच्‍छन्, र यसरी तिनीहरूले लटरपटर गर्दै अघि बढ्छन्। तिनीहरूका निम्ति काम राम्ररी गर्नु भनेको त्यसलाई पर्ने मूल्यभन्दा धेरै दुःख गर्नु हो। यस्ता मानिसहरूले निपुण हुने गरी केही पनि सिक्दैनन्, अनि तिनीहरूले आफूलाई मेहनतसाथ अध्ययन गर्नमा सामेल गर्दैनन्। तिनीहरूले विषयको बृहत् रूपरेखा मात्र प्राप्त गर्न चाहन्छन् तर आफूलाई त्यस विषयको प्रवीण भन्‍छन्, र लटरपर गर्दै अगाडि बढ्नलाई त्यसैमा भर पर्छन्। कुनै पनि कुराहरूप्रति मानिसहरूको मनोवृत्ति यही हुन्छ होइन र? के यो असल मनोवृत्ति हो त? मानिस, घटना र विभिन्‍न कुराहरूप्रति यस्ता मानिसहरूले अवलम्बन गर्ने यस्तो किसिमको मनोवृत्तिलाई थोरै शब्दहरूमा ‘लटरपटर गर्दै अघि बढ्नु’ भनिन्छ र यस्तो फोहोरीपन सबै भ्रष्ट मानवजातिमा विद्यमान छ(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग दुई)”)। परमेश्‍वरका वचनहरूले मेरो कर्तव्यमा गर्नुपर्ने प्रयासको कमीको जडलाई ठ्याक्कै स्पष्ट बनाइदियो। मेरो छल एकदमै गम्भीर थियो। मैले सबै काम सर्सर्ती र धोका दिने मनोवृतिका साथ गरेँ। जब ती सिस्टरले मलाई विराम चिन्हको ठीक प्रयोगका बारेमा सोध्नुभयो, मलाई दुःख गर्न मन लागेको थिएन। मैले त्यसलाई गम्भीर रूपमा लिएकी थिइनँ र धेरै प्रश्न सोधिएको पनि मन पराइनँ, त्यसैले सामान्य नियमको पालना गर्नु भनेर मैले उहाँलाई झुक्याएँ। जब उहाँले मलाई सन्दर्भ सामग्रीका बारेमा सोध्नुभयो, म उहाँका लागि एउटा सामग्री बनाउन सक्ने थिएँ, तर जब मैले आफूले दुःख गर्नुपर्ने हिसाबमा सोचेँ, मैले झन्झट लिन ठीक ठानिनँ। गल्तीहरू आउँछन् कि भनेर म चिन्तित त थिएँ, तैपनि मैले अझै धोकापूर्ण छिटो बाटो रोजेँ। मैले प्रयास नगरिकनै काम राम्ररी भएको हुन्थ्यो भने त गजब हुने थियो। प्रत्येक पटक म कुनै दुःख नगरी काम गर्थेँ, बीचको बाटो निकाल्नका लागि म भाग्यको भर पर्थेँ। म काम निकाल्न सधैँ थोरै दुःख गर्नुपर्ने बाटो खोजिरहेकी हुन्थेँ। म मेरो कर्तव्य पूरा गर्न प्रत्येक विवरणलाई हेर्ने र कुनै गल्ती नहोस् भन्नका लागि मेरो सक्दो गर्दै वास्तविक, इमानदार प्रयास गरिरहेकी थिइनँ। म काम गरिरहेकी छु, र सबै प्रश्नहरूको उत्तर दिइरहेकी छु जस्तो देखिन्थ्यो, तर वास्तविकतामा, म ती सिस्टरलाई मूर्ख बनाइरहेकी थिएँ र आफू धूर्त बनिरहेकी थिएँ। फलस्वरूप, उहाँले मेरो उत्तरमा भरोसा गर्नुभयो र केही गम्भीर त्रुटि गर्न पुग्नुभयो र व्यर्थको काममा आफूलाई थकाउनुभयो। उहाँले धेरै कुरा फेरि गर्नुपर्ने भयो, जसले सबैकुरा ढिलो बनायो, जसले मण्डलीको काममा क्षति पुर्यायो। मेरा काम पछाडिको सिद्धान्त भनेको, सबैभन्दा सजिलो, सबैभन्दा झन्झट नहुने काम गर्नु थियो, जुन मानिसहरूलाई हानि पुर्‍याउने सिद्धान्त थियो। छोटो समयका लागि धेरै दुःख गर्नु नपरोस् भन्नका लागि म धूर्त उपाय लगाउथेँ। मैले शारीरिक रूपमा दुःख पाएकी थिइनँ, तर मेरो कर्तव्यमा मेरो अपराध रोकिएको थिएन र परमेश्‍वरको घरको काममा बाधा पुगेको थियो। म सबैलाई हानि पुर्‍याइरहेकी थिएँ। मलाई अति महत्त्वपूर्ण काम सुम्पिइएको थियो, तर मैले त्यसलाई हलुका रूपमा लिएँ, र सर्सर्ती मात्रै गर्थेँ, गैर जिम्मेवार थिएँ, धोका दिन्थे, र लापरबाही र परिणामलाई टार्ने खालकी थिएँ। मसँग अलिकति पनि विवेक थिएनँ। त्यसपछि मात्रै मैले मेरो छल कति गम्भीर रहेछ, मेरो इमानदारी कति तल्लो स्तरको रहेछ, र म कति व्यर्थकी रहेछु भनेर थाहा पाएँ।

पछि मैले परमेश्‍वरका वचनहरू पढिएको एउटा भिडियो हेरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यदि मानिसहरूले सेवाको अवधिमा व्यक्त गर्नुपर्ने कुरालाई व्यक्त गर्न सक्दैनन् वा तिनीहरूको लागि सम्भव भएका कुराहरूलाई अन्तर्निहित रूपमा तिनीहरूले उपलब्धि गर्न सक्दैनन्, र यसको सट्टामा समय बरबाद गर्छन् र आलटाल मात्रै गर्छन् भने, तिनीहरूले सृष्टि गरिएको प्राणीमा हुनुपर्ने कार्यगत प्रकार्यलाई गुमाएका हुन्छन्। त्यस्ता मानिसहरू ‘मध्यम-स्तरीय’ भनेर चिनिन्छन्; तिनीहरू कार्य नलाग्ने रद्दी हुन्। त्यस्ता मानिसहरूलाई कसरी उचित रूपमा सृष्टि गरिएका प्राणीहरू भन्न सकिन्छ? के तिनीहरू भ्रष्ट प्राणीहरू होइनन् र, जो बाहिर चम्कन्छन् तर भित्र कुहिएका हुन्छन्? … तिमीहरूका वचनहरू र कार्यहरू कसको योग्य हुनसक्छ? के तिमीहरूले गरेको त्यति सानो बलिदान मैले तिमीहरूलाई दिएका सबै कुराको योग्य हुनसक्छ? मसँग अरू कुनै विकल्प छैन र तिमीहरूप्रति म पूर्ण हृदयले समर्पित भएको छु, तैपनि तिमीहरूले मप्रति दुष्ट अभिप्रायहरू राखेका छौ र मप्रति अर्ध हृदयका भएका छौ। तिमीहरूको दायित्वको हद, तिमीहरूको एउटै मात्र कार्य त्यही नै हो। के यस्तै होइन र? तिमीहरू सृष्टि गरिएको प्राणीको दायित्वलाई पूरा गर्न पूर्ण रूपमा असफल भएका छौ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? तिमीहरूलाई कसरी सृष्टि गरिएको प्राणीको रूपमा लिन सकिन्छ? तिमीहरूले जे व्यक्त गर्दैछौ र जसरी जीवन बिताउँदैछौ त्यो तिमीहरूलाई स्पष्ट नै छैन र? तिमीहरू आफ्नो दायित्व पूरा गर्न असफल भएका छौ, तर तिमीहरू परमेश्‍वरको सहिष्णुता र प्रशस्त अनुग्रह प्राप्त गर्न खोज्छौ। त्यस किसिमको अनुग्रह तिमीहरू जस्ता अनुपयोगी र नीचहरूका लागि तयार गरिएको होइन, तर तिनको लागि हो जसले केही पनि माग्दैनन्‌ र खुसीसाथ बलिदान दिन्छन्‌। तिमीहरू जस्ता मानिसहरू, यस्ता मध्यम-स्तरीयहरू, स्वर्गको अनुग्रहको आनन्द उपभोग गर्न पूर्ण रूपमा अयोग्य छौ। तिमीहरूका दिनहरूलाई कठिनाइ र अनन्त दण्डले साथ दिनेछन्! यदि तिमीहरू मप्रति विश्‍वासयोग्य हुन सक्दैनौ भने, तिमीहरूको नियति कष्टको हुनेछ। यदि तिमीहरू मेरा वचनहरू र मेरो कार्यप्रति जबाफदेही हुन सक्दैनौ भने, तिमीहरूको परिणाम दण्डको नै हुनेछ। राज्यका सारा अनुग्रह, आशिषहरू, र सुन्दर जीवनले तिमीहरूसँग कुनै सरोकार राख्‍नेछैनन्‌। तिमीहरूले पाउन योग्य अन्त्य र तिमीहरू आफैले निम्त्याएको परिणाम यही नै हो!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। परमेश्‍वरका वचनहरूले भन्छ, “मसँग अरू कुनै विकल्प छैन र तिमीहरूप्रति म पूर्ण हृदयले समर्पित भएको छु, तैपनि तिमीहरूले मप्रति दुष्ट अभिप्रायहरू राखेका छौ र मप्रति अर्ध हृदयका भएका छौ। तिमीहरूको दायित्वको हद।” यी वचनहरूले मेरो मुटु छेड्यो। परमेश्‍वरले मलाई मेरो कर्तव्य पूरा गर्ने मौका दिनुभयो, ताकि मेरो कर्तव्यमार्फत म सत्यको खोजी र प्राप्त गर्न सकुँ, मेरो भ्रष्ट स्वभाव त्याग्न सकुँ र परमेश्‍वरबाट मुक्ति पाउन सकुँ। तर सत्यको खोजी गर्नुको साटो, मैले देहको मात्रै वास्ता गरेँ, परमेश्‍वरलाई झुक्याएँ र धोका दिएँ। मैले मानवजातिलाई मुक्ति दिलाउन परमेश्‍वरले असह्य अपमान र पीडा सहदैँ, सरकारको खोजीमा पर्दै र अत्याचार सहदैँ, मानिसहरूबाट आलोचना र तिरस्कार सहँदै कसरी देहधारण गर्नुभयो भनेर सोचेँ, तर उहाँले सधैँ सत्य व्यक्त गर्नुहुन्छ र मानिसहरूलाई मुक्ति दिलाउने काम गर्नुहुन्छ। हाम्रो क्षमता यति कमजोर छ कि हामी सत्य एकदमै ढिलो बुझ्छौँ। परमेश्‍वरले हामीलाई नत्याग्नुभएको मात्रै छैन, बरु प्रत्येक कोणबाट उहाँले हामीसँग गम्भीरतापूर्वक सङ्गति गर्नुहुन्छ। उहाँले सबै सत्यहरू बडो विस्तारमा व्याख्या गर्नुहुन्छ। उहाँले हामीलाई बुझाउन कथा बताउनुहुन्छ, उदाहरण दिनुहुन्छ र बिम्बको प्रयोग गर्नुहुन्छ। केही सत्यहरू जटिल हुन्छन् र धेरै कुराहरूलाई समेटेका हुन्छन्, त्यसैले परमेश्‍वरले तिनलाई विस्तारमा बताउनुहुन्छ र हामीलाई रूपरेखा दिनुहुन्छ। सङ्गतिमार्फत उहाँले हामीलाई सत्य बुझाउन धैर्यतापूर्वक र व्यवस्थित रूपमा मार्गदर्शन गर्नुहुन्छ। हाम्रो जीवनहरूको लागि परमेश्‍वरले महान् जिम्मेवारी लिनुभएको छ भनेर हामी देख्न सक्छौँ। तर म आफ्नो कर्तव्यलाई कस्तो व्यवहार गरिरहेकी थिएँ? धेरै सोचविचार गर्नु र दुःख गर्नु व्यर्थ हो भनेर म सोच्थेँ। म मेरो कामप्रति गम्भीर वा जिम्मेवार थिइनँ। म प्रतिफल वा परिणाम हेर्दै नहेरी थोरै दुःख पाइने मार्ग समात्थेँ। म परमेश्‍वरको आज्ञालाई हलुका रूपमा लिइरहेकी थिएँ, हलुका रूपमा अघि बढिरहेकी थिएँ। मेरो विवेक कहाँ थियो? म परमेश्‍वरको दण्डको योग्य थिएँ। तर मलाई मुक्ति दिलाउन परमेश्‍वरले कहिल्यै छोड्नुभएन। उहाँले मलाई अन्तर्दृष्टि दिन र डोर्‍याउन, स्वयमलाई चिन्न र परमेश्‍वरको इच्छालाई बुझ्न आफ्नो वचनहरूको प्रयोग गर्नुभयो। यदि मैले काममा झारो टार्ने र हलुका रूपमा लिने गरिरहेकी भए, ममा जिउँने वा मानव भनिने योग्यता हुने थिएन। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे सर्वशक्तिमान् परमेश्‍वर! मेरो धूर्त्याइँ एकदमै गम्भीर छ। मलाई यस्तो अपमानजनक र अमर्यादित तरिकाले अब जिउने इच्छा छैन। कृपया मलाई सत्यलाई अभ्यास गर्ने शक्ति दिनुहोस्, ताकि म साँचो मानव जस्तो जिउन र सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सकुँ।”

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “व्यक्तिले एक मानवको रूपमा, परमेश्‍वरको आज्ञा स्वीकार गर्नका निम्ति ऊ भक्ति-भावयुक्त हुनुपर्छ। व्यक्ति परमेश्‍वरप्रति पूर्ण रूपमा भक्ति-भावयुक्त हुनुपर्छ, र ऊ आधा मनको हुन सक्दैन, जिम्मेवारी उठाउन असफल हुन सक्दैन, वा उसले आफ्नै रुचिहरू वा मनस्थितिको आधारमा कार्य गर्न सक्दैन; यसो गर्नु भक्ति-भावयुक्त हुनु होइन। भक्ति-भावयुक्त हुनुले कुन कुरालाई संकेत गर्छ त? यसको अर्थ यही हो कि तँ आफ्ना कर्तव्यहरू पूरा गर्ने क्रममा तेरो मनस्थिति, वातावरण, मानिस, मामिला वा कामकुराहरूद्वारा प्रभावित र बाध्य हुँदैनस्। ‘मैले यो आज्ञा परमेश्‍वरबाट पाएको छु; उहाँले मलाई यो दिनुभएको हो। यसको अर्थ मैले गर्नुपर्ने यही नै हो। त्यसकारण, म यसलाई मेरो आफ्नै मामिला ठानेर, राम्रा परिणामहरू ल्याउने जुनसुकै तरिकाद्वारा र परमेश्‍वरलाई सन्तुष्ट पार्ने कुरालाई महत्त्व दिंदै गर्नेछु।’ जब तेरो अवस्था यस्तो हुन्छ, तँ तेरो विवेकद्वारा नियन्त्रित भएको मात्र हुँदैनस्, यसमा त भक्ति-भाव पनि सामेल भएको हुन्छ। यदि तँ दक्ष बन्‍ने र परिणामहरू प्राप्त गर्ने आकाङ्क्षा नराखी त्यो कार्य सम्पन्‍न गर्दा र नतिजा प्राप्त गर्दा नै सन्तुष्ट हुन्छस्, अनि केही कोसिस गर्नु नै पर्याप्त हुन्छ भनी विचार गर्छस् भने, त्यो विवेकको स्तर मात्र हो, र त्यसलाई भक्तिको रूपमा मान्‍न सकिंदैन। जब तँ परमेश्‍वरको भक्त हुन्छस्, यो स्तर विवेकको स्तरभन्दा अलि उच्‍च हुन्छ। त्यसैले, यो अबउप्रान्त केही कोसिस गर्ने कुरा मात्र रहँदैन; त्यसमा तैँले आफ्नो सम्पूर्ण हृदय पनि लगाउनुपर्छ। तैँले सधैं आफ्नो कर्तव्यलाई आफूले गर्नुपर्ने आफ्नै कामको रूपमा लिनुपर्छ, त्यस कामको लागि बोझ लिनुपर्छ, यदि तैँले थोरै गल्ती गरिस् वा यदि तँ थोरै लापरवाह भइस्, तँ त्यस प्रकारको व्यक्ति हुनु सक्दैनस् भनी तैँले महसुस गरिस् भने तैँले केही धिक्‍कार वा गाली सहनुपर्छ, किनकि यसले तँलाई परमेश्‍वरप्रति धेरै कृतज्ञ बनाउँछ। जुन मानिसहरूमा साँच्‍चै समझ हुन्छ उनीहरूले कसैले सुपरिवेक्षण गरिरहेको भए वा नभए पनि आफ्ना कर्तव्यहरू आफूले गर्नुपर्ने कामहरूजस्तै ठानेर पूरा गर्छन्। परमेश्‍वर उनीहरूसँग खुसी हुनु भए पनि वा नहुनु भए पनि र उहाँले उनीहरूसँग जस्तोसुकै व्यवहार गर्नुभए पनि, आफ्ना कर्तव्यहरू पूरा गर्न अनि परमेश्‍वरले उनीहरूलाई दिनुभएका आज्ञा पूरा गर्न उनीहरूले सधैं आफैसँग कठोर मापदण्डहरू राख्छन्। यसैलाई भक्ति भनिन्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसहरू इमानदार भएर मात्र साँचो रूपमा खुसी हुन सक्छन्”)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको बाटो देखाए। हाम्रो कर्तव्यमा हामी हाम्रो मनस्थिति र छनौटको आधारमा, हामीलाई जे मनलाग्यो त्यो गर्न सक्दैनौँ। कुनै कुरालाई एकदमै ध्यान दिएर गर्नुपर्छ भने हामीले बीचको बाटो समात्न मिल्दैन, बरु हामीले हाम्रो कर्तव्यलाई परमेश्‍वरको आज्ञाको रूपमा लिनुपर्छ, हाम्रो आफ्नै जिम्मेवारीको रूपमा लिनुपर्छ। हामीले सबैभन्दा राम्रो नतिजा निकाल्नका लागि सोचविचार र सक्दो प्रयास गर्नुपर्छ। जतिसुकै गाह्रो भए पनि, हामीलाई कसैले सिकाए वा नसिकाए पनि, हामीले हाम्रो कर्तव्यलाई सधैँ हाम्रो बलबुताले भ्याउन्जेल अगाडि बढाउनुपर्छ। जब मैले यो कुरा बुझेँ, पश्चात्ताप गर्ने र परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्ने इच्छासहित मैले परमेश्‍वरलाई प्रार्थना गरेँ। त्यसपछि, केही नयाँ सदस्यहरूले सन्दर्भको रूपमा हेर्न मिल्ने गरी मैले इटालियन भाषाको विराम चिन्हको प्रयोगको विषयमा एउटा दस्तावेज बनाउन समय निकालेँ। त्यसपछि, अनुवादको क्रममा प्रायः गरिने गल्तीलाई मैले संक्षेपमा लेखेँ र ध्यान दिनुपर्ने सबै कुराहरूको सूची बनाएँ। दस्तावेजको जाँच गर्दा म यी कुराहरूको जाँच गर्थेँ ताकि कुनै पनि कुरा नछुटून्। जब कुनै ब्रदर वा सिस्टरले उहाँहरूको कर्तव्यको क्रममा मलाई प्रश्न सोध्नुहुन्थ्यो, म सर्सर्ती मात्रै हेर्ने र कल्पना गर्दै उत्तर दिने गर्दिनथेँ, बरु उहाँको प्रश्न ध्यान दिएर सुन्थेँ, तिनको उत्तर दिन मैले प्रयोग गर्न सक्ने सिद्धान्तहरूको प्रयोग गर्थेँ र व्यावसायिक ज्ञान खोज्थेँ। जब म कुनै कुरा बुझ्दिन थिएँ, साँचो प्रयासका साथै परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शनबाट, म ती कुरा बिस्तारै बुझ्थेँ। कर्तव्यका क्रममा मेरा गलत सोचका बारेमा पनि मैले धेरै समीक्षा गरेँ। जब मलाई कुनै अप्ठ्यारो पर्थ्यो र हलुका रूपमा अघि बढ्ने चाहाना राख्थेँ, म शक्तिका लागि परमेश्‍वरको प्रार्थना गर्थेँ, ताकि म ती समस्यालाई चाहिने वास्तविक प्रयाससहित तिनको समाधान गर्न सकुँ। बिस्तारै, मेरो कर्तव्यप्रति मेरो मनोदृष्टि सच्चियो र मैले दुःख नगरी काम गर्न कम गरेँ। म स्थिर भएर आफ्नो काम गर्न सक्ने भएँ। ममा आएको यो परिवर्तन पूणर् रूपमा परमेश्‍वरको न्याय र सजायको परिणाम थियो। परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो: २१. आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको के हो मैले बल्‍ल बुझेँ

अर्को: २३. परमेश्‍वरलाई मेरो हृदय दिँदा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६७. थोरै भए नि मानव रूपमा जिउनु निश्‍चय नै महान् कुरा हो

टाशी, क्यानडासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको...

७. धन-दासको जागरण

मेरो जीवनको अधिकांश हिस्सा भागदौड गरेर, पैसा कमाउनमा मैले कसरी बिताएँ भनेर हेर्दा मैले आदर र प्रशंसा कमाएँ, तर मेरो जीवनको हरेक तहमा शैतानले मलाई यातना दिइरह्यो। तर परमेश्‍वरले मलाई मुक्ति दिनुभयो। उहाँले मलाई पैसाको हावा-हुरीबाट मुक्ति दिलाउनुभयो र मेरो जीवनको मार्ग परिवर्तन गरिदिनुभयो।

१४. इमानदार मानिस हुनुको स्वाद

योङ्ग्सुइ, दक्षिण कोरियाएक दिन मार्च महिनाको अन्ततिर एक भेलामा, एक जना अगुवाले गिरफ्तार गरेर क्रूर यातना दिइएका एकजना दाजुको बारेमा बताए।...

६२. असफलताको बीचमा माथि उठ्दा

फेङ्क्‍वी, दक्षिण कोरियामैले परमेश्‍वरलाई भेट्टाउनुभन्दा पहिले, मलाई चिनियाँ कम्युनिस्ट पार्टीले शिक्षा-दीक्षा दिएको थियो। आफ्‍नो लागि नाम...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्