९६. इमानदार रूप हासिल गर्ने मार्ग
सन् २०२१ को सुरुमा, म समूह अगुवाको रूपमा चुनिएकी थिएँ, र म धेरै समूहको मलजल कार्यको निम्ति जिम्मेवार थिएँ। त्यो बेला मलाई के लाग्थ्यो भने म त्यो पदमा छनौट हुनुको अर्थ मसँग केही क्षमता र सामर्थ्य छ, सत्यता र जीवन प्रवेशसम्बन्धी बुझाइमा म अरूभन्दा अगाडि छु। म सोच्थें, मैले आफूलाई सत्यताले सुसज्जित गर्नु आवश्यक छ र मेरो कर्तव्य राम्ररी पूरा गर्नको लागि मैले मेरो हृदय लगाउनुपर्छ, ताकि सबैले म त्यो काम गर्न सक्षम छु भन्ने देखून्।
सुरुमा म त्यस कामप्रति त्यति परिचित थिइनँ, त्यसैले जब आफूले पूर्ण रूपमा बुझ्न नसक्ने कुराहरू देखा पर्थे, मसँग ती क्षेत्रमा काम गर्ने अगुवा वा दाजुभाइ-दिदीबहिनीहरूलाई सोध्थें। म त्यो काममा नयाँ भएकी हुनाले, मलाई कति कुरा थाहा हुँदैन भन्ने सबैले बुझ्छन्, र अझै बढी खोजी कार्य गर्दा यसले मलाई छिटो वृद्धि हुन मदत गर्न सक्छ। यसरी मैले सबैमा राम्रो छाप छाड्नेछु, र तिनीहरूले मलाई इमानदारीसाथ सत्यताको खोजी गरेको देख्छन् भन्ने ठानेँ। तर पछि, म धेरै समस्याहरूमा परिरहेँ र म सोध्न पनि हिचकिचाउन थालेँ। त्यो बेलासम्म म त्यो कर्तव्यमा लागेको निकै समय भइसकेको थियो, त्यसैले मैले निरन्तर प्रश्नहरू गरिरहेको देख्दा सबैले मलाई के ठान्लान्? के तिनीहरूले मेरो क्षमता त्यति राम्रो छैन, मैले साधारण समस्याहरूलाई पनि समाधान गर्न सक्दिनँ, र मैले समूह अगुवाको रूपमा त्यो काम गर्न सक्दिनँ भन्ने ठान्लान्? त्यसकारण, जबजब मैले अन्य समस्याहरू सामना गर्थेँ, तबतब यी प्रश्नहरू तिनीहरूलाई सोध्न लायक छन् कि छैनन्, सोध्नु उचित हुन्छ कि हुँदैन भनेर नसोचिरहन सक्दिनथेँ। मेरो सोचाइ साधारण देखिन्छ भन्ने मलाई चिन्ता लाग्थ्यो। त्यति जटिल नदेखिने समस्याहरू आउँदा, म सोध्दिनथेँ, बरु म आफै त्यसलाई हल गर्ने प्रयास गर्थेँ। नतिजास्वरूप, समस्याहरू थुप्रिँदै गए, र धेरै समस्याहरू समयमै समाधान हुन सकेनन्। यसले मलाई झन्-झन् बढी चिन्तित तुल्यायो, सबैले मलाई समूह अगुवा हुनको लागि उचित व्यक्ति होइन भन्लान् भन्ने लाग्यो। भेलाहरूमा, विशेष गरी मेरो अगुवा उपस्थित हुँदा, जब म परमेश्वरका वचनहरूमा सङ्गति गर्थेँ, मलाई बारम्बार चिन्ता लाग्थ्यो: “के मेरो सङ्गति व्यावहारिक छ? के मेरो बुझाइ विशुद्ध छ?” म मेरो सङ्गतिपछि सबैको प्रतिक्रिया अवलोकन गर्थेँ, र यदि कसैले मैले भनेको कुराको आधारमा कुरालाई विस्तारित गरे भने, त्यसको अर्थ मेरो सङ्गतिले मन छोएको छ, यसमा अन्तर्दृष्टि थियो, र यसले मसँग परमेश्वरका वचनहरूको विशुद्ध बुझाइ छ र मैले मेरो काम सम्हाल्न सक्छु भन्ने देखाउँछ भन्ने ठान्थें। तर मैले मेरो सङ्गति सकिसकेपछि कसैले प्रतिक्रिया दिएन भने मलाई एकदमै उदास हुन्थेँ। केही समयपछि, मलाई मेरो कर्तव्य निकै थकाइलाग्दो लाग्न थाल्यो। मैले भन्ने हरेक शब्द र मैले व्यक्त गर्ने हरेक विचारको लागि म सधैँ अत्यधिक रूपमा सोच्न थाल्थेँ, र म तनावरहित हुनै सक्दिनथेँ। म मेरो कर्तव्य राम्ररी पूरा गर्न चाहन्थेँ, तर म सधैँ एउटै कुरामा अल्झिरहेकी हुन्थें, र म वृद्धि भइरहेकी वा मैले कुनै कुरा सिकिरहेकी थिइनँ।
म प्रार्थना र खोजी गर्दै परमेश्वरसामु आएँ, र उहाँका वचनहरूको एउटा खण्ड पढेँ: “मानिसहरू अन्तर्निहित रूपमै सृजित प्राणी हुन्। के सृजित प्राणीहरूले सर्वशक्तिमान्ता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, सबै कुरा स्पष्ट रूपमा देख्न, र सबै कुराका लागि सक्षम हुन सक्छन्? तिनीहरूले सक्दैनन्। तैपनि, मानिसहरूभित्र एउटा भ्रष्ट स्वभाव हुन्छ र एउटा घातक कमजोरी हुन्छ: तिनीहरूलाई आफूले कुनै सीप वा पेसा सिक्नेबित्तिकै आफू सक्षम छु, आफू हैसियत र महत्त्व भएको मानिस हुँ, र आफू पेसेवार हुँ भन्ने लाग्छ। तिनीहरूको वास्तविक सामर्थ्य जस्तो भए पनि, तिनीहरू सबै आफूलाई प्रसिद्ध वा असाधारण व्यक्तिको भेषमा प्रस्तुत गर्न चाहन्छन्, केही हदसम्म प्रसिद्ध व्यक्ति बन्न, र अरूलाई आफू एउटै पनि खोट नभएको सिद्ध र दोषरहित रहेको सोच्न लगाउन चाहन्छन्; तिनीहरू अरूको नजरमा भव्य र प्रभावशाली छविसहितको, कुनै पनि कुरा गर्ने क्षमता भएको, र आफूले गर्न नसक्ने केही पनि नभएको, कुनै सक्षम, शक्तिशाली, असाधारण, वा प्रसिद्ध र महान् व्यक्ति देखिन चाहन्छन्। तिनीहरू आफूले अरूको सहायता खोजेमा, आफू असक्षम र हीन देखिने, र मानिसहरूले तिनीहरूलाई तुच्छ ठान्ने सोच्छन्। यसकारण, तिनीहरू सधैँ नाटक गर्न चाहन्छन्। कतिपय मानिसहरूलाई कुनै काम गर्न लगाइँदा, उनीहरू आफू त्यो गर्न जान्ने भनेर भन्छन्, तर वास्तवमा तिनीहरूले त्यो जानेका हुँदैनन्। पछि, गुप्त रूपमा उनीहरू त्यसबारे खोजी गर्छन् र त्यो कसरी गर्ने भनी सिक्ने कोसिस गर्छन्, तर केही दिनसम्म अध्ययन गरेपछि पनि तिनीहरूले अझै त्यसलाई कसरी गर्ने भनेर बुझ्दैनन्। तिनीहरूले त्यो कसरी गर्दै छन् भनी सोधिँदा, तिनीहरू भन्छन्, ‘चाँडै भइहाल्छ!’ तर हृदयमा, तिनीहरूले यस्तो सोचिरहेका हुन्छन्, ‘म अहिलेसम्म त्यसो गर्नबाट टाढै छु, मैले केही बुझेको छैन, के गर्ने मलाई थाहा छैन! मैले मेरो भित्री कुरा फुत्काउनु हुँदैन, मैले मुखौटा ओढ्न जारी राख्नुपर्छ, मैले मानिसहरूलाई मेरा कमीकमजोरी र अज्ञानता देखाउनु हुँदैन, मैले तिनीहरूलाई मलाई हेप्न दिनु हुँदैन!’ यो कस्तो समस्या हो? यो जसरी भए पनि आफ्नो इज्जत बचाउने प्रयास गर्दै नारकीय जीवन जिउनुसरह हो। यो कस्तो किसिमको स्वभाव हो? त्यस्ता मानिसहरूको अहङ्कारको कुनै सीमा हुँदैन, तिनीहरूले सबै समझ गुमाइसकेका हुन्छन्। तिनीहरू साधारण मानिस बन्न चाहँदैनन्, तिनीहरू मामुली, सामान्य मानिस बन्न चाहँदैनन्, बरु महामानव, असाधारण व्यक्ति, वा सक्षम मानिस बन्न चाहन्छन्। यो निकै ठूलो समस्या हो! सामान्य मानवताभित्रका कमजोरीहरू, कमीहरू, अज्ञानता, मूर्खता, र समझको कमीको सम्बन्धमा भन्दा, तिनीहरूले ती सबै कुरा पोको पार्छन्, र अरू मानिसहरूलाई त्यो देख्न दिँदैनन्—तिनीहरू आफ्नो भेष बदलिरहन्छन्। … के यस्ता मानिसहरू सधैँ कुहिरोमा जिइरहेका हुँदैनन् र? के तिनीहरू सपना देखिरहेका छैनन् र? तिनीहरू आफूलाई चिन्दैनन्, तिनीहरू आफू को हुन् भन्ने जान्दैनन्, र तिनीहरू सामान्य मानवतामा जिउन जान्दैनन्। तिनीहरूले मानिसहरूले गर्नुपर्ने काम व्यावहारिक तरिकाले कहिल्यै गरेका छैनन्, न त तिनीहरू कहिल्यै सामान्य व्यक्तिजस्तो जिएका नै छन्। तिनीहरू सधैँ कुहिरोमा, अलमल्ल तरिकाले जिउँछन्; तिनीहरू व्यावहारिक तरिकाले कामकुरा गर्दैनन्, तर सधैँ आफ्ना कल्पनाहरूअनुसार जिउँछन्। यसले समस्या निम्त्याउँछ। तिनीहरू आफूलाई आचरणमा ढाल्न जान्दैनन्, र तिनीहरूले रोजेको जीवन मार्ग गलत छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्नका लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। यसबारेमा विचार गर्दा यसले मलाई मेरो स्थितिको बारेमा केही बुझाइ प्रदान गर्यो। मैले आफ्नो बारेमा अत्यधिक रूपमा सोचेकी थिएँ, र म समूह अगुवाको रूपमा छनौट हुनुको अर्थ मसँग निश्चित क्षमता र काम गर्ने सक्षमता छ भन्ने मलाई लागेको थियो। जब मैले आफूलाई त्यसरी हेरेँ, तब अरू सबैले मेरो बारेमा के विचार गर्लान् भनी चासो लिन थालेँ, र म त्यो काम गर्न लायककी छु भनेर मैले जतिसक्दो चाँडो प्रमाणित गर्न चाहन्थेँ। त्यसकारण, मेरो कर्तव्यमा झन्झन् धेरै समस्या र कठिनाइहरू आइपर्दा, मैले तिनको बारेमा कुरा उठाउन सकिनँ, बरु मानिसहरूले मेरो वास्तविकता देख्नेछन्, ममा क्षमताको कमी छ र म काम गर्न लायक छैन भनेर भन्लान् कि भनेर सधैँ चिन्ता गरिरहेकी हुन्थें। अनि, मैले देखावटी रूप प्रस्तुत गर्न थालेँ, र समस्याहरू देखा पर्दा चुपचाप बस्थें र आफै समाधान खोज्ने प्रयास गर्थेँ। त्यसले गर्दा मेरो कर्तव्यमा देखा परेका धेरै समस्याहरू जिउँ का तिउँ रहे, जसले हाम्रो काममा पनि बाधा पुर्यायो र मेरो आफ्नै स्थितिलाई पनि प्रभाव पार्यो। मैले आफ्नो सोचाइको स्पष्टता गुमाएँ, र मैले पहिले बुझ्ने गरेका कुराहरूको विषयमा पनि म अन्योल हुन थालेँ। भेलाहरूमा मैले मेरो सङ्गतिको बारेमा पनि सोच-विचार गरिरहेकी हुन्थें, किनभने यो राम्रो भएन भने मानिसहरूले मलाई तुच्छ ठान्नेछन् भन्ने मलाई डर हुन्थ्यो। हरेक मोडमा मलाई बन्धनमा परेको अनुभव हुन्थ्यो। मैले यो सबैको कारण म नै हुँ भन्ने थाहा पाएँ। म अत्यन्तै अहङ्कारी र अनुचित थिएँ, र मैले मेरा आफ्नै त्रुटि र कमीकमजोरीहरूलाई उचित रूपमा सामना गर्न सक्दिनथेँ। अरूले मलाई उच्च ठानून् भनेर म सधैँ बहाना बनाइरहेकी हुन्थें। वास्तवमा, त्यो कर्तव्य मण्डलीले मलाई आफैलाई प्रशिक्षित गर्नको निम्ति दिएको मौका थियो र कुनै पनि हालतमा त्यसको अर्थ मैले सत्यता बुझेकी थिएँ वा मैले मेरो काम राम्ररी गर्न सक्छु भन्ने थिएन। मसँग अलिअलि मात्र बोध क्षमता मात्रै थियो, र मैले बुझ्न नसकेका र व्यक्तिगत अनुभव नगरेका धेरै कुराहरू थिए। ममा बिलकुलै पनि कुनै विशेष गुण थिएन, तर मैले आफैलाई अत्यन्तै उच्च ठानेकी थिएँ, र आफू उत्कृष्ट व्यक्ति भएको, सत्यतालाई बुझ्ने व्यक्ति भएको बहाना गरिरहेकी थिएँ। मैले आफैलाई एकदमै धेरै अधिमूल्यन गरिरहेकी थिएँ! मैले आफ्नो पाउ भुइँमै राख्नुपर्थ्यो र आफूले नबुझेका कुराहरू अरूलाई सोध्दै आफ्नो कर्तव्यका काम अघि बढाउनुपर्थ्यो, र यो यथार्थ र उचित काम हुनेथ्यो।
मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र त्यो खण्डले मलाई केही व्यवहारिक तरिकाहरू प्रदान गर्यो। परमेश्वर भन्नुहुन्छ: “तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तिनलाई समाधान गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ, तैँले कदापि छद्मभेष धारण गर्नु वा अरूको सामु झूटो स्वरूप प्रस्तुत गर्नु हुँदैन। चाहे त्यो तेरा कमीहरू होऊन्, तेरा अपर्याप्तताहरू होऊन्, तेरा त्रुटिहरू होऊन्, वा तेरा भ्रष्ट स्वभावहरू नै किन नहोऊन्, तैँले यी सबै कुराहरूका बारेमा खुलेर सङ्गति गर्नैपर्छ। तिनलाई ढाकछोप नगर्। आफूलाई कसरी खोल्ने भनी सिक्नु जीवन प्रवेशतर्फको पहिलो कदम हो, र यो पहिलो तगारो हो, जसलाई पार गर्न सबैभन्दा कठिन हुन्छ। तैँले यो तगारो पार गरेपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुनेछ। जब तैँले यो कदम चाल्छस्, तब यसले के सङ्केत गर्नेछ? यसले के सङ्केत गर्नेछ भने, तँ आफ्नो हृदय खोलिरहेको छस्, र तेरा हरेक पक्षलाई—चाहे त्यो असल होस् वा खराब, सकारात्मक होस् वा नकारात्मक—अरू मानिसहरू र परमेश्वरले देख्ने गरी उदाङ्गो पारिरहेको र खोलिरहेको छस्, परमेश्वरबाट कुनै कुरा लुकाइरहेको वा ढाकछोप गरिरहेको, परमेश्वरप्रति कुनै छद्मभेष, छल, वा कपट प्रयोग गरिरहेको छैनस्, र त्यसरी नै अरू मानिसहरूसँग पनि स्पष्ट भइरहेको छस्। यसरी, तँ ज्योतिमा जिउनेछस्; परमेश्वरले तेरो छानबिन त गर्नुहुन्छ नै, तेरा कार्यहरूमा सिद्धान्त र पारदर्शिता छ भनी अरू मानिसहरूले पनि देख्नेछन्। तैँले आफ्नो प्रतिष्ठा, छवि, र हैसियतको रक्षा गर्न कुनै पनि विधिहरू प्रयोग गर्नु आवश्यक छैन, न त तैँले आफ्ना गल्तीहरूलाई कुनै किसिमले लुकाउनु वा ढाकछोप गर्नु नै आवश्यक छ। तँ यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तँ यी कुराहरू त्याग्न सक्छस् भने, तेरो जीवन निकै तनावरहित, बन्धन र पीडाबाट मुक्त बन्नेछ, र तँ पूर्ण रूपमा ज्योतिमा जिउनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यसबारेमा विचार गर्दा, मैले मेरो कर्तव्यमा तनावमुक्त र चिन्ताविहीन हुनको लागि मलाई आवश्यक पर्ने पहिलो चरण भनेको मेरा कमीकमजोरीहरूको बारेमा मन खोल्नु र देखावटी रूप प्रस्तुत गर्न छोड्नु थियो। मैले सत्यताको अभ्यास गर्नुपर्थ्यो र म इमानदार व्यक्ति बन्नुपर्थ्यो। म त सत्यता बिरलै बुझेको भ्रष्ट व्यक्ति मात्रै थिएँ त्यसकारण अवश्य नै मैले पूर्ण रूपमा नबुझेका कुराहरू धेरै थिए। त्यो एकदमै सामान्य कुरा थियो। मैले मेरो आफ्नै छविको खातिर बहाना बनाउनुपर्ने र कुरा लुकाउनुपर्ने कुनै आवश्यकता थिएन। मसँग प्रश्नहरू हुँदा मैले आफ्नो अहम्लाई त्यागेर ती विषयमा मन खोलेर मार्गदर्शन खोज्नु र सङ्गति गर्नु पर्थ्यो; मैले आफ्नो कर्तव्यमा तनावरहित हुने यो एक मात्र तरिका थियो। यस्तो महसुस गरेपछि, मेरो हृदय हल्का भयो र मैले यो तरिका अभ्यास गर्ने कार्यमा ध्यान केन्द्रित गरेँ। जब म कुनै कुराप्रति निश्चित हुँदिनथेँ, म सक्रिय भएर त्यसबारेमा प्रश्न गर्थेँ, र मैले मेरो विचार व्यक्त गर्दा, मैले सोचेको कुरा साँचो रूपमा भन्थें, र मलाई थाहा भएको कुरा मात्रै सङ्गति गर्थेँ। जब मैले यसरी अभ्यास गरेँ, मैले पहिले कहिल्यै नबुझेका केही कुराहरू क्रमिक रूपमा बुझ्न थालेँ र मैले मेरो कर्तव्यमा गल्तीहरू भेट्टाउन र तिनलाई सुधार गर्न सकेँ। मैले मेरा कमीकमजोरीहरूको बारेमा अझ राम्रो बुझाइ प्राप्त गरेँ। त्यसपछि बल्ल मैले मेरो वास्तविकतालाई अरूले देख्नु राम्रो कुरा रहेछ, यसले सत्यता सिद्धान्तहरू बुझ्न र आफ्नै कमजोरीहरूलाई पत्ता लगाउन सहयोग गर्ने रहेछ भन्ने महसुस गरेँ। त्यस्तो महसुस भएपछि मलाई निकै स्वतन्त्र महसुस भयो, र त्यसपछि मैले मेरो कर्तव्य सामान्य रूपमा गर्न सकेँ।
चाँडै नै, म जुन-जुन समूहहरूको लागि जिम्मेवार थिएँ ती सबैले मण्डली जीवनमा राम्रो गरिरहेका थिए, र दाजुभाइ-दिदीबहिनीहरू मसँग आफ्ना समस्याहरूको बारेमा सङ्गति गर्न चाहन्थे। तर थाहै नपाई, मैले फेरि पनि मानिसहरूले मेरो बारेमा के विचार गर्छन् भन्ने कुरामा ध्यान दिन थालेँ। एकपटक सहकर्मीहरूको भेलामा, एक अगुवाले हाम्रो मण्डलीमा देखा परेका केही समस्याहरू उठाउनुभयो र हाम्रो विचार के छ भनेर सोध्नुभयो। म सोच्न थालेँ, “यहाँ धेरै जना दाजुभाइ-दिदीबहिनीहरू हुनुहुन्छ, र यदि मैले केही पृथक विचारहरू निकाल्न सकेँ भने, त्यसले म कति सक्षम छु भन्ने कुरा देखाउनेछ।” तर यसबारेमा मैले धेरै बेर जोर लगाएर सोचे पनि यसलाई बुझ्न सकिनँ। त्यही बेला, मेरो अगुवाले मलाई मेरो विचार सोध्नुभयो। म धेरै बेरसम्म अलमलिएँ, त्यसपछि अस्पष्ट सुझाव दिएँ। त्यसको केही समयपछि नै, अरू दुई जना दिदीबहिनीहरूले आफ्नो विचार बताए, र तिनीहरूको सुझाव मेरो भन्दा विपरीत थियो। तिनीहरूले भनेको कुरा अत्यन्तै उचित थियो, र तिनीहरूसँग अगुवा पनि सहमत हुनुभयो। मलाई तुरुन्तै वेचैनी भयो, किनभने मैले आफूलाई राम्रो देखाउन नसकेकी मात्र होइन, मैले आफैलाई लज्जितसमेत पारेकी थिएँ। मेरो अगुवाले मलाई के सोच्नुहुनेछ? के उहाँले मसँग त्यस्तो साधारण विषयमा पनि कुनै ज्ञान छैन, म वृद्धि नै भएकी छैन भनेर सोच्नुहुनेछ? त्यसपछिका केही दिनसम्म, म जिम्मेवार रहेका हरेक समूहमा केही न केही समस्याहरू देखा परे। मैले ती कुरा बुझेकी थिइनँ, त्यसकारण मैले तुरुन्तै सहयोग खोज्नुपर्थ्यो। तर त्यसपछि मैले के सोचेँ भने, यदि मैले ती सबै प्रश्न गरेँ भने, के म मेरो काम गर्न सक्षम छुइनँ भन्ने देखिन्नँ र? के मैले निर्माण गरेको राम्रो छवि बरबाद हुनेछैन र? अर्कोतर्फ, मलाई समाधान नभएका समस्याहरूले हाम्रो काममा बाधा दिनेछ भन्ने थाहा थियो, त्यसकारण मैले क्षणिक उपाय निकालेँ: म मेरा प्रश्नहरूलाई विभाजन गर्नेछु र फरकफरक मानिसहरूलाई सोध्नेछु, यसरी समस्याहरू समाधान हुनेछन् तर मैले धेरै प्रश्नहरू गरिरहेकी छु र मलाई केही पनि थाहा छैन भन्नेजस्तो देखिनेछैन। यसरी मैले देखावटी रूप प्रस्तुत गर्ने क्रममा, मेरो स्थिति झन्-झन् बिग्रिँदै गयो। मेरो सोचाइ झन्-झन् अस्पष्ट हुँदै गयो र म अझै धेरै कुरामा समस्याग्रस्त हुन थालेँ। त्यसपछि मैले मनन गरेँ, र पहिले बुझ्ने गरेका कुराहरूमा पनि मैले कुनै अन्तर्दृष्टि पाउन छोडेकी हुनाले, यो पक्कै पनि मेरो स्थितिसँग सम्बन्धित समस्या हो भन्ने देखेँ। त्यसकारण मैले परमेश्वरको अघि आएर प्रार्थना गरेँ, “परमेश्वर, ममा समस्याहरू छन् भन्ने स्पष्टै छ, तर म इमानदार हुने र मेरा गल्तीहरूको बारेमा मन खोल्ने आँट गर्दिनँ। म सधैँ ठूलो स्वाङ पार्न चाहन्छु। मैले कुनै कुरा नबुझ्दा पनि प्रश्न सोध्न किन यति कठिन भएको? यस्तो लाग्छ मेरा मुख नै बन्द भएका छन्। यसरी मेरो कर्तव्य पूरा गर्नु थकाइलाग्दो छ। बिन्ती छ मलाई मेरो भ्रष्टता जान्न र परिवर्तन हुन अगुवाइ गर्नुहोस्।”
त्यसपछि मैले परमेश्वरका वचनहरूका केही खण्डहरू पढेँ र ती खण्डहरूले मेरो स्थितिलाई पूर्ण रूपमा खुलासा गरे। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “भ्रष्ट मानवजाति आफ्नो वास्तविकता लुकाउन सिपालु हुन्छन्। तिनीहरूले जे काम गरे पनि वा जस्तो भ्रष्टता प्रकट गरे पनि, तिनीहरू सधैँ आफ्नो भेष बदल्न खोज्छन्। यदि कुनै गलत कुरा हुन्छ वा तिनीहरूले गलत काम गरे भने, तिनीहरू अरूलाई दोष लगाउन चाहन्छन्। तिनीहरू असल कुराहरूको श्रेय आफै लिन चाहन्छन्, र खराब कुराको दोष अरूलाई दिन चाहन्छन्। के वास्तविक जीवनमा यस्ता धेरै देखावटीपन हुँदैनन् र? एकदमै धेरै हुन्छन्। गल्ती गर्नु वा भेष बदल्नु: यीमध्ये कुन चाहिँ भ्रष्ट स्वभावहरूसँग सम्बन्धित छ? भेष बदल्नु भनेको भ्रष्ट स्वभावहरूसित सम्बन्धित कुरा हो, यसमा अहङ्कारी स्वभाव, दुष्टता र छलीपन सामेल छन्; र परमेश्वरले यसलाई अत्यन्तै तुच्छ ठान्नुहुन्छ। … यदि तैँले नाटकबाजी गर्ने वा आफूलाई सही ठहराउने कोसिस गरिनस् भने, यदि तैँले आफ्नो गल्ती स्विकार्न सकिस् भने, सबैले तँ इमानदार र बुद्धिमान् छस् भन्नेछन्। अनि कुन कुराले तँलाई बुद्धिमान् बनाउँछ? सबैले गल्ती गर्छन्। सबैमा कमीकमजोरी र खोटहरू हुन्छन्। अनि सबैमा उस्तै भ्रष्ट स्वभावहरू हुन्छन्। आफूलाई अरूभन्दा कुलीन, सिद्ध, र दयालु नठान्; त्यसरी सोच्नु अत्यन्तै समझविहीन हुनु हो! जब तैँले मानिसहरूका भ्रष्ट स्वभावहरू र तिनीहरूको भ्रष्ट सारको साँचो मुहार स्पष्ट रूपमा देख्न सक्छस्, र तैँले आफ्नै गल्तीहरू ढाकछोप गर्न खोज्दैनस्, अरू मानिसहरूका गल्तीहरूलाई तिनीहरूको विरुद्धमा प्रयोग गर्दैनस्, र दुवैलाई सही तरिकाले लिन सक्छस्, तब मात्रै तैँले कामकुरालाई गहिराइमा देख्नेछस् र मूर्खतापूर्ण कामहरू गर्नेछैनस्, र तँ एक बुद्धिमान् व्यक्ति बन्नेछस्। जो समझविहीन छन् ती सबै बुद्धिमान् मानिस होइनन्, तिनीहरू मूर्ख मानिस हुन्। जब-जब तिनीहरूले गल्ती गर्छन् वा केही असङ्गत काम गर्छन् र तिनीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरू त्यसमा अल्झिन्छन्, र सधैँ आफूलाई सही साबित गर्न र आफ्नो बचाउ गर्न खोज्छन्, र पर्दापछाडि लुकिछिपी हिँड्छन्। यो देख्दा पनि घिन लाग्छ। वास्तवमा, तिनीहरूले जे गरिरहेका हुन्छन् त्यो अरू मानिसहरूले तुरुन्तै स्पष्ट रूपमा देख्छन्, तैपनि तिनीहरू अझै खुलेआम नाटक देखाउँछन्। अरूका नजरमा, यो जोकरको काम जस्तो देखिन्छ। के यो मूर्खता होइन र? यो साँच्चै मूर्खता हो। मूर्ख मानिसहरूको कुनै बुद्धि हुँदैन। तिनीहरूले जति धेरै प्रवचन सुने पनि, तिनीहरूले अझै पनि सत्यता बुझ्दैनन् वा कुनै कुराको वास्तविकतालाई देख्दैनन्। तिनीहरू आफ्नो अहम् कहिल्यै छोड्दैनन्, आफू अरू कोहीभन्दा फरक र कुलीन छु भन्ने सोच्छन्; यो अहङ्कार र आत्मधर्मीपन हो, यो मूर्खता हो। मूर्ख मानिसहरूमा आत्मिक बुझाइ हुँदैन, हुन्छ त? तँ जुन मामलाहरूमा मूर्ख र निर्बुद्धि छस् तँसित तिनै मामलाहरूको आत्मिक बुझाइ हुँदैन, र तैँले सजिलैसँग सत्यतालाई बुझ्न सक्दैनस्। कुराको वास्तविकता यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। “कतिपय मानिस सधैँ आफ्नो साँचो रूप ढाकछोप गर्ने प्रयास गर्छन्, सधैँ आफूलाई लिपपोत गर्छन्, अरूले तिनीहरूलाई उच्च मानून्, र तिनीहरूका दोष वा कमजोरीहरू देख्न नसकून् भनी सधैँ भेष बदल्छन्, र सधैँ आफ्नो सबैभन्दा राम्रो पक्ष अरूसामु प्रस्तुत गर्ने चाहना राख्छन्—त्यो कस्तो प्रकारको स्वभाव हो? त्यो अहङ्कार, आडम्बर, पाखण्ड हो, यो शैतानको स्वभाव हो, यो एक प्रकारको दुष्टता हो। यो त शैतानी शासनका सदस्यहरूले गोप्य रूपमा जति नै लडाइँ, झगडा, वा काटमार गरे पनि कसैलाई पनि तिनीहरूको रिपोर्ट वा पर्दाफास गर्न नदिइने कुरा जस्तै हो। तिनीहरू मानिसहरूले तिनीहरूको पैशाचिक रूप देख्लान् भनेर डराउँछन्, र त्यसलाई ढाकछोप गर्न आफूले सकेजति सबै गर्छन्। जनसमुदायअघि तिनीहरू आफूलाई लिपपोत गर्न आफूले सक्नेजति सबै गर्दै, तिनीहरू मानिसहरूलाई धेरै प्रेम गर्छन्, तिनीहरू धेरै महान्, महिमित र अचूक छन् भन्छन्। यो शैतानको प्रकृति हो। शैतानको प्रकृतिको सबैभन्दा विशिष्ट विशेषता छल र धोखा हो। अनि यो छल र धोखाको उद्देश्य के हो? मानिसहरूका आँखा छल्नु, तिनीहरूलाई यसको सार र यसको साँचो रूप देख्नबाट रोक्नु, र त्यसो गरेर सधैँभरि शासन गर्ने उद्देश्य प्राप्त गर्नु हो। साधारण मानिसहरूमा शक्ति र हैसियत नहोला, तर तिनीहरू पनि अरूले तिनीहरूलाई राम्रो नजरले हेरून् भन्ने चाहन्छन्, र मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेरून्, र मनमा तिनीहरूलाई उच्च हैसियतमा राखून् भन्ने चाहन्छन्। यो भ्रष्ट स्वभाव हो, र यदि मानिसहरूले सत्यतालाई बुझ्दैनन् भने, यसलाई चिन्न सक्दैनन्। भ्रष्ट स्वभावलाई चिन्नु सबैभन्दा गाह्रो कुरा हो: आफ्नै गल्ती र कमीकमजोरीहरू चिन्न सजिलो छ, तर आफ्नै भ्रष्ट स्वभावहरू चिन्न सजिलो छैन। आफूलाई नचिन्ने मानिसहरूले आफ्नो भ्रष्ट स्थितिहरूबारे कहिल्यै कुरा गर्दैनन्—तिनीहरू सधैँ आफू अत्यन्तै राम्रो भएको सोच्छन्। र थाहै नपाई तिनीहरू देखावटी गर्न थाल्छन्: ‘मैले विश्वास गरेको यत्तिका वर्षमा, धेरै सतावट र धेरै कठिनाइ भोगेको छु। के तपाईंहरूलाई थाहा छ, मैले यो सबै कसरी पार गरेँ?’ के यो अहङ्कारी स्वभाव होइन र? तिनीहरूले आफ्नो प्रदर्शन गर्नुपछाडिको अभिप्राय के हो? (मानिसहरूलाई आफूलाई उच्च ठान्न लगाउनु।) उसले मानिसहरूलाई आफूलाई उच्च ठान्न लगाउनुको उद्देश्य के हो? (मानिसहरूका मनमा हैसियत बनाउनु।) जब अरू कसैको मनमा तेरो हैसियत हुन्छ, तब ऊसँग अन्तरक्रिया गर्दा, उसले तेरो आदर गर्छ, र विशेष गरी तँसित बोल्दा ऊ शिष्ट बन्छ। उसले सधैँ तँलाई आदरभावले हेर्छ, र सबै कुरामा, उसले तँलाई पहिले जान दिन्छ, बाटो छोडिदिन्छ, अनि फुर्काउँछ र तेरो आज्ञा पालन गर्छ। सबै कुरामा, ऊ तँलाई खोज्छ र तँलाई निर्णयहरू गर्न दिन्छ। र तँलाई यसबाट आनन्द अनुभूति हुन्छ—तँलाई आफू अरू कोहीभन्दा श्रेष्ठ र राम्रो हुँ भन्ने लाग्छ। यो कसैको मनमा हैसियत हुनुको अनुभूति हो; सबै मानिसहरू यस्तो अनुभूतिमा रमाउन चाहन्छन्। यही कारण मानिसहरू हैसियतका लागि होड गर्छन्, र सबैजना अरूका मनमा हैसियत राख्न, अरूबाट सम्मानित हुन र पुजिन चाहन्छन्। यदि तिनीहरूले यसबाट त्यस्तो आनन्द पाउन सकेनन् भने, तिनीहरू हैसियतको पछि लाग्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरका वचनहरूलाई मनन् गरेपछि, मैले के देख्न सकेँ भने गलत आवरण धारण गर्नु र गल्ती गर्नुको बीचमा, गलत आवरण धारण गर्नु नै अझै खराब कुरा हो। सिद्ध कोही पनि छैन, त्यसकारण आफ्नो कर्तव्यमा समस्याहरू आउनु र गल्तीहरू गर्नु पूर्ण रूपमा सामान्य कुरा हो। तर गलत आवरणको पछाडि अहङ्कार, कुटिलता, र दुष्टताजस्ता शैतानी स्वभावहरू लुकेका हुन्छन्। सधैँ आफ्ना असिद्धता र कमीकमजोरीहरूलाई लुकाउनु मानिसहरूले तपाईंलाई उच्च नजरले हेरून् र आदर गरून् भनेर आफ्नो असल पक्ष मात्रै देखाउनु परमेश्वरले झनै घृणा गर्नुहुने कुरा हो। साँचो रूपमा बुद्धिमान मानिसले आफ्ना कमीकमजोरीहरूलाई उचित रूपले सामना गर्छ, आफूलाई सत्यताले सुसज्जित पार्छ र आफूमा भएको कमीलाई पूर्ति गर्छ। यो तरिकाले ऊ वृद्धि हुन सक्छ। तर आत्मसचेतना नभएका मूर्ख, अज्ञानी मानिसहरूले कहिल्यै आफ्ना कमजोरीहरूलाई स्वीकार गर्न सक्दैनन्, बरु तिनीहरूले देखावटी रूप प्रस्तुत गर्छन्, र यसको अर्थ केही समस्याहरू कहिल्यै समाधान हुँदैनन् र तिनीहरू जीवनमा कहिल्यै वृद्धि हुँदैनन्। मेरो व्यवहारलाई फर्केर हेर्दा, मलाई के महसुस हुन्छ भने, म परमेश्वरद्वारा खुलासा गरिएको अज्ञानी मूर्खहरूमध्येकी एक थिएँ। जब मैले मेरो कर्तव्यमा केही नतिजाहरू निकाल्न थाल्थें, मलाई म त्यति खराब छैन, र म समूह अगुवाको कामको लागि योग्य छु भन्ने लाग्थ्यो। यसको साथै, मैले समस्याहरू पनि समाधान गर्न सक्थेँ। यी कारणहरूले गर्दा, मैले आफैलाई निकै माथि उचाल्थें, र मैले आफैलाई अत्यन्तै ठूलो ठान्थें। फलस्वरूप, जब मैले सम्हाल्न नसक्ने कुराहरूको सामना गर्थेँ, म सतर्क र दुविधापूर्ण अवस्थामा हुन्थें, किनभने गलत कुरा बोलेर मेरो छवि बिगार्नेछु कि भन्ने कुराको मलाई चिन्ता हुन्थ्यो। जब म सहयोग माग्थें, त्यो बेलासमेत मेरो क्षमतालाई देखाउन म कठिन प्रश्नहरू छनौट गर्थेँ, र मेरा कमीकमजोरीहरू कसैले नदेखोस् भन्ने चाहन्थेँ। मानिसहरूका बीचमा प्रश्नहरू बाँडफाँट गर्दै मैले दिमागी खेल समेत खेल्ने गर्थेँ, ताकि तिनीहरूले मेरो वास्तविक रूप नदेखून्। म साँच्चै नै कुनै आत्मसचेतना नभएको अहङ्कारी र धूर्त थिएँ। अरूले मलाई आदरको नजरले हेरून् भनेर म विभिन्न किसिमको नाटक गर्थेँ। म त्यस्तो मूर्ख थिएँ, परमेश्वर लागि अप्रिय र मानिसहरूको लागि घृणित व्यक्ति थिएँ। मैले मेरो नाम र हैसियतको रक्षा गर्न मेरा कमीकमजोरीहरू लुकाउँथें, र यस क्रममा मेरो कर्तव्यका समस्याहरू समाधान नभएको अवस्थामै रहन्थेँ। मैले मण्डलीको काममा बाधा पुर्याइरहेकी थिएँ। मैले के सोचिरहेकी थिएँ? म अत्यन्तै घृणित र दुष्ट थिएँ। मैले बहाना बनाएर मेरो पदलाई अल्पकालीन रूपमा कायम राख्न त सक्थेँ, तर परमेश्वरले हामी सबैलाई जाँच्नुहुन्छ, र मैले परमेश्वरलाई धोका दिएकोमा र मण्डलीको काममा ढिलाइ गरेकोमा ढिलोचाँडो मलाई उहाँले हटाउनुहुनेथ्यो। मलाई लाग्यो कि ख्रीष्टविरोधीहरूले विशेष रूपमा हैसियतलाई अधिक महत्त्व दिन्छन् र आफ्नो हैसियतको खातिर मण्डलीको हितलाई सग्लो छोड्दैनन्। खोजीसम्बन्धी मेरो र ख्रीष्टविरोधीको स्वभाव र दृष्टिकोणबीचमा के नै भिन्नता थियो र? के हैसियतले मलाई लाभ पुर्यायो? यसले मलाई मेरा कमजोरीहरू स्वीकार वा सामना गर्न अनिच्छुक तुल्यायो, र मैले मेरो तर्कशक्ति गुमाएँ। समस्याहरूको सामना गर्दा मलाई खोजी गर्न मन लाग्दैनथ्यो, तर बहाना बनाएर झन्-झन् धूर्त बन्न मन लाग्थ्यो। त्यसरी त, म ख्रीष्टविरोधीको मार्गमा हिंड्नेथेँ र परमेश्वरको लागि घृणास्पद बन्दै हटाइने अवस्थामा पुग्नेथेँ। त्यसले मण्डलीको काममा चोट पुर्याउनेथ्यो र मलाई नष्ट गर्नेथ्यो। त्यो बिन्दुमा मैले त्यसरी अघि बढ्नु कति खतरनाक कुरा हो भन्ने महसुस गरेँ। त्यो कुरा अबउप्रान्त मैले आफ्नो कर्तव्य त्यसरी पूरा गर्नु हुँदैन भन्नेबारेमा चेतावनीको घण्टी थियो।
मैले अभ्यास गर्ने मार्गसम्बन्धी परमेश्वरका अझै धेरै वचनहरू पढेँ, र त्यसले मलाई अझै स्वतन्त्र तुल्यायो। परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिसहरूलाई मण्डलीले प्रवर्द्धन र संवर्धन गर्छ, र तिनीहरूले तालिम लिने राम्रो मौका पाउँछन्। यो राम्रो कुरा हो। यो भन्न सकिन्छ कि तिनीहरूलाई परमेश्वरले उत्थान गर्नुभएको र अनुग्रह दिनुभएको हो। त्यसोभए, तिनीहरूले आफ्नो कर्तव्य कसरी पूरा गर्नुपर्छ? तिनीहरूले पालन गर्नुपर्ने पहिलो सिद्धान्त भनेको सत्यतालाई बुझ्नु हो, तिनीहरूले सत्यता नबुझ्दा सत्यताको खोजी गर्नैपर्छ, र यदि आफैले खोजी गरेपछि पनि तिनीहरूले अझै बुझ्दैनन् भने, तिनीहरूले सङ्गति र खोजी गर्न सत्यता बुझ्ने व्यक्तिलाई खोज्नुपर्छ, र यसरी समस्यालाई शीघ्र र समयमै समाधान गर्न सकिन्छ। यदि तैँले सत्यताको बुझाइ हासिल गर्न र समस्या समाधान गर्नका लागि आफैले परमेश्वरका वचनहरू पढ्नमा र यी वचनहरू मनन गर्नमा धेरै समय दिन मात्रै ध्यान दिन्छस् भने, यो अत्यन्तै ढिलो हुन्छ; र यो ‘सुस्त समाधानले तात्कालिक आवश्यकता पूरा गर्न सक्दैन’ भनेजस्तै हुन्छ। यदि तँ सत्यताका हकमा चाँडो प्रगति गर्न चाहन्छस् भने, तैँले अरूसँग सौहार्दपूर्ण सहकार्य गर्न, अनि अझ बढी प्रश्नहरू सोध्न, र अझ बढी खोजी गर्न सिक्नुपर्छ। त्यसपछि मात्रै तेरो जीवन शीघ्र रूपमा वृद्धि हुनेछ, र तैँले समस्याहरू तुरुन्तै समाधान गर्न सक्नेछस्, दुवै कुरामा कुनै ढिलाइ हुनेछैन। तँलाई भर्खरै प्रवर्द्धन गरिएको र तँ अझै पनि परीक्षण अवधिमा रहेको, अनि तैँले साँचो रूपमा सत्यतालाई बुझिनसकेको वा तँमा सत्यता वास्तविकता नभएको हुनाले—तँमा अझै पनि यो कदको कमी भएको हुनाले—तँलाई प्रवर्द्धन गर्नुको अर्थ तँमा सत्यता वास्तविकता छ भन्ने नसोच्; यस्तो हुँदैन। तँमा कामप्रति बोझको बोध भएको र तँसित अगुवाको क्षमता भएको हुनाले मात्रै प्रवर्द्धन र संवर्धन गर्नको लागि तँलाई छनौट गरिएको हो। तँमा यो समझ हुनुपर्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। मैले यसबारेमा विचार गरेँ र के देखेँ भने, मण्डलीले मानिसहरूलाई अभ्यास गर्ने मौका दिनको लागि प्रवर्धन र जगेर्ना गर्छ। कुनै पनि हालतमा यसको अर्थ तिनीहरूले सत्यता बुझ्छन्, कुनै पनि समस्या समाधान गर्न सक्छन्, वा परमेश्वरको घरको प्रयोगको लागि योग्य छन् भन्ने हुँदैन। तिनीहरूले आफ्नो सम्पूर्ण अभ्यासमा सबै किसिमका वास्तविक समस्याहरूको सामना गर्छन्, र यदि तिनीहरूले खोजी र सङ्गति गरिरहे भने, तिनीहरूले बिस्तारै सिद्धान्तका विभिन्न पक्षहरूलाई बुझ्न थाल्छन्। यो बिन्दुमा, तिनीहरू समस्याहरू समाधान गर्न र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्षम हुन्छन्। मलाई थाहा थियो, मैले मेरा कमजोरीहरूलाई उचित तरिकाले सामना गर्नुपर्छ र म को हुँ भन्ने जान्नुपर्छ, अझै बढी सत्यताको खोजी गर्नुपर्छ, समस्याहरू आइपर्दा अरूसँग अझै बढी छलफल र सङ्गति गर्नुपर्छ, र मेरो सम्पूर्णता सुम्पनुपर्छ। त्यसपछि, कुनै दिन मसँग वास्तवमा क्षमता छैन, म काम गर्न योग्य छैन भन्ने कुरा स्पष्ट भए पनि, कम्तीमा मेरो विवेक सफा हुनेछ। मैले त्यसबारेमा राम्ररी विचार गरिसकेपछि म साँच्चै नै चिन्तामुक्त भएँ। मैले देखावटी रूप प्रस्तुत गरिरहन सक्दिनथेँ, बरू म इमानदार बन्नुपर्थ्यो र आफ्ना गल्ती र कमीकमजोरीहरूलाई प्रत्यक्ष रूपमै सामना गर्नुपर्थ्यो।
त्यसपछिका हाम्रा समूह छलफलहरूमा, मैले मेरा विचारहरू इमान्दारीपूर्वक व्यक्त गरेँ। सुरुमा म अलि हिचकिचाएँ, किनभने मैले गलत कुरा भन्छु होला र म सतही बुझाइ र कमजोर क्षमता भएकी देखिन्छु होला भन्ने मलाई डर लाग्यो। विशेष गरी जब मैले पूर्ण रूपमा नबुझ्ने समस्याहरू उत्पन्न हुन्थे, तब मैले व्यक्त गर्ने विचारहरू त्यति स्पष्ट हुँदैनथे, र मैले बोलिसकेपछि मेरो मुटु ढुकढुक गर्न थाल्थ्यो र सबैले मेरो वास्तविकता देख्लान कि भन्ने चिन्ता हुन्थ्यो। तर त्यसपछि मैले आफैलाई मेरो वास्तविक स्तर त्यही हो, र यदि मलाई कसैले तुच्छ नजरले हेरे पनि त्यो ठीकै हुन्छ भनेर स्मरण गराउथें। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्वरको अघि इमानदार व्यक्ति बन्नु हो, र छलफलमा मेरा विचारहरू व्यक्त गर्नु र सहभागी हुनु मेरो कर्तव्य हो। जिउने शान्तिपूर्ण तरिका त्यही मात्रै हो। त्यसपछि जब मेरो कर्तव्यमा प्रश्नहरू हुन्थे, म गएर अरूका विचारहरू बुझ्थें। बेलाबेलामा मलाई अझै पनि अरूले तुच्छ रूपमा हेर्लान् कि भन्ने चिन्ता लाग्थ्यो, तर आफ्नो अहम्को रक्षा गर्न आफ्ना कमीकमजोरीहरू लुकाएमा त्यसले अवश्य नै मण्डलीको काममा चोट पुर्याउनेछ भन्ने जब महसुस गर्थेँ, म त्यो आवेगबाट फर्कन प्रयत्न लगाउँथेँ र सहयोग खोजी गर्थेँ। जब मैले त्यसो गर्थेँ, मैले पहिले कहिल्यै नबुझेका कुराहरू बुझ्न थालेँ र मलाई अझै बढी ढुक्क, अझै बढी शान्तिको अनुभव हुन थाल्यो। कहिलेकहीँ मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग मेरो भन्दा सही बुझाइ हुन्थ्यो, र सबैले मलाई व्यर्थ ठान्ने हुन् कि भनेर म सोच्न थाल्थें। तर त्यो परिस्थितिलाई हेर्ने सही तरिका होइन भन्ने मैले देख्न सक्थेँ। मैले मेरा कमजोरीहरूलाई पूर्ति गर्नको लागि अरूका सामर्थ्यहरूबाट सिक्नुपर्थ्यो। के त्यो उपहार होइन र? यस कुरालाई त्यसरी विचार गर्न थालेपछि म आत्तिन छोडेँ, र समय बित्दै जाँदा, मलाई झन्-झन् स्वतन्त्र भएको महसुस हुन थाल्यो। इमानदार व्यक्ति बन्नु कति स्वतन्त्र र आनन्दमय छ भन्ने कुरा अनुभव गर्न दिनुभएकोमा म परमेश्वरको अगुवाइप्रति कृतज्ञ छु, र अहिले मसँग परमेश्वरका वचनहरूलाई व्यवहारमा उतार्ने अझै बढी विश्वास छ।