९५. काटछाँट र काटछाँटलाई कसरी लिने

रोजाली, दक्षिण कोरिया

बुधवार, अगस्ट १७, २०२२, सफा आकाश

आज मैले नयाँ कर्तव्य सुरु गरेकी छु। म लेखन काम गर्दै छु। अप्रत्याशित भए पनि, यो कर्तव्य पूरा गर्न पाउँदा म खुसी छु। यो परमेश्‍वरको अनुग्रह हो र उहाँले मलाई अभ्यास गर्ने मौका दिइरहनुभएको छ भन्‍ने मलाई थाहा छ। म राम्ररी काम गर्न चाहन्छु। तर यो कामप्रति म अत्यन्तै अनभिज्ञ छु, र त्यसमाथि यस्तो काममा मनमानी गरेको र सिद्धान्तहीन बनेकोमा अरूहरूलाई काटछाँट गरिएको थियो भन्‍नेबारेमा मैले सुनेको छु, त्यसकारण मलाई चिन्ता लाग्‍न थाल्छ, र म यस्तो सोच्छु: “के यो कर्तव्यमा मलाई पनि काटछाँट गरिनेछ? तर फेरि, मैले काटछाँटबाट पाठहरू सिक्‍न सकेँ भने के यो राम्रो कुरा हुनेछैन र? यो त सत्यता प्राप्त गर्ने राम्रो अवसर हो!”

आइतबार, सेप्टेम्‍बर ४, २०२२, बादल लागेको छ

समय कति छिटो बित्छ। आँखा झिमिक्‍क गर्दा, मैले लेखन काम गरेको पनि पन्ध्र दिन बढी भइसकेछ। अगुवाले सिद्धान्तहरूमा दिएको सङ्गति र कामसम्‍बन्धी उनको मार्गनिर्देशनले गर्दा, म यो कामसँग अलिक परिचित भएकी छु र मैले केही सिद्धान्त सिकेकी छु। तर जब केही ब्रदर-सिस्टरहरूलाई सिद्धान्तहरूअनुसार काम नगरेका र मनमानी गरेका कारण काटछाँट गरिएको मैले देखेँ, मलाई पनि काटछाँट गरिनेछ भन्‍ने डरले म अलिक घबराएँ। अगुवाले भ्रष्ट स्वभावहरू र समस्याहरूको सारलाई परमेश्‍वरको वचनअनुरूप औँल्याइरहेका छन्, र यसले हामीलाई आफूलाई चिन्‍न र सत्यता सिद्धान्तहरूमा प्रवेश गर्न सहयोग गर्छ भन्‍ने मलाई थाहा भए पनि, म काटछाँटमा पर्न चाहन्‍नँ। ब्रदर साउललाई आज सिद्धान्तहरूअनुसार आफ्‍नो कर्तव्य पूरा नगरेकोमा काटछाँट गरियो। अगुवाले यसबारे तिनलाई बारम्बार सङ्गति गरेका र यसलाई ठिक गरेका थिए, तर तिनले त्यही गल्ती गरिरहे। तिनीमा आत्मिक बुझाइको कमी छ र तिनी सिद्धान्तहरू बुझ्दैनन् भनेर अगुवाले भनेका थिए। यी शब्‍दहरू मप्रति लक्षित नगरिएका भए पनि, “आत्मिक बुझाइको कमी छ” भन्‍ने शब्‍दहरू सुन्दा, मलाई अलिक चिन्तित तुल्यायो। मैले आफैलाई चेतावनी दिएँ: “मैले सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ, र कुनै गल्ती गर्नु हुँदैन, नत्र मलाई काटछाँट गरिनेछ। ममा आत्मिक बुझाइको कमी भएको देखियो भने म भने समस्यामा पर्नेछु। त्यस्तो व्यक्तिले कसरी मुक्ति पाउन सक्छ? के ऊ तालिम दिइन लायक हुन्छ?” यी कुराहरू सोच्दा म झनै चिन्तित भएँ। यस साँझ आफ्‍नो कर्तव्य पूरा गर्दा, म पुरै समय तनावमा थिएँ। गल्ती गर्छु कि भन्‍ने डरले मैले साह्रै सतर्कतासाथ कामकुरा गरेँ। तर अरूलाई काटछाँट गरिँदा मलाई किन यसरी असर गर्छ मैले बुझेकी छैनँ।

शुक्रबार, सेप्टेम्‍बर ९, २०२२, सफा आकाश

आजभोलि म आफ्‍नो कर्तव्यमा अत्यन्तै आशङ्कित भएकी छु र सधैँ सतर्क भइरहेकी हुन्छु। गल्ती गर्छु कि भन्‍ने मलाई डर लाग्छ। कहिलेकाहीँ अरूले मेरो दृष्टिकोण सोध्छन्, तर आफूमा विचारहरू हुँदा पनि र ती विचारहरू सिद्धान्तअनुरूप छन् भन्‍नेमा आफू निश्‍चित भए पनि, मलाई म गलत कुरा बोल्छु कि भन्‍ने डर लाग्छ। मैले आफ्‍नो दृष्टिकोण बताउनुअघि धेरै जनालाई भेटेर तिनीहरूको अनुमोदन पाउनुपर्छ। इमानदारीपूर्वक भन्नुपर्दा, यसरी आफ्‍नो कर्तव्य पूरा गर्नु साह्रै थकाइलाग्दो हुँदो रहेछ, र मलाई परमेश्‍वरबाट टाढिएकी छु जस्तो लाग्छ। आज मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मेरो मन साह्रै छोयो। परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरको घरमा काम गर्ने कतिपय ख्रीष्टविरोधीहरूले गल्तीहरू नगर्न, काट-छाँट नभोग्न, माथिको रिस नउठाउन वा आफूले खराब काम गरेको अगुवाहरूलाई थाहा नदिन एकदमै सावधानीसाथ काम गर्ने मनमनै सङ्कल्प गर्छन्, र यदि तिनीहरूले असल कार्य गर्दै छन् भने त्यो कुरा मानिसहरूले देखून् भन्‍ने सुनिश्‍चित गर्छन्। तैपनि, जति नै सावधान भए पनि, तिनीहरूको मनसाय र तिनीहरूले लिने मार्ग गलत हुने भएकाले, अनि तिनीहरूले प्रसिद्धि, प्राप्ति, र हैसियतको लागि मात्र बोल्ने र काम गर्ने र सत्यता कहिल्यै नखोज्ने हुनाले, तिनीहरूले प्राय सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, मण्डलीको काममा बाधा र व्यवधान ल्याउँछन्, शैतानका दासहरूको रूपमा काम गर्छन् र बारम्बार धेरै अपराधहरूसमेत गर्छन्। त्यस्ता मानिसहरूले प्राय: सिद्धान्तहरू उल्‍लङ्घन गर्नु र अपराधहरू गर्नु एकदमै सामान्य र खाट्टी कुरा हो। त्यसकारण, तिनीहरू काटछाँटमा पर्नबाट जोगिन अवश्‍यै निकै गाह्रो हुन्छ। तिनीहरूले के देखेका छन् भने कतिपय ख्रीष्टविरोधीलाई खुलासा गरेर हटाइएका छन् किनभने तिनीहरूलाई कडाइका साथ काटछाँट गरिएको छ। तिनीहरूले यी कुरा आफ्नै आँखाले देखेका छन्। ख्रीष्टविरोधीहरू किन यति सतर्कतासाथ काम गर्छन्? एउटा कारणचाहिँ पक्‍कै पनि के हो भने, तिनीहरू खुलासा हुने र हटाइने डर मान्छन्। तिनीहरू सोच्ने गर्छन्, ‘म अत्यन्तै होसियार हुनुपर्छ—आखिर, “सतर्कता नै सुरक्षाको आधार हो” र “असल व्यक्तिको जीवनमा शान्ति हुन्छ।” मैले यी सिद्धान्तहरू पालना गर्नुपर्छ र हरक्षण आफूलाई गलत काम गर्न वा समस्यामा पर्नबाट जोगिन स्मरण गराउनुपर्छ, अनि आफ्ना भ्रष्टता र अभिप्रायहरू दबाउनुपर्छ र ती कुराहरू कसैलाई देख्न लगाउनु हुँदैन। मैले गलत काम गरिनँ र म अन्त्यसम्‍मै दृढ रहेँ भने, आशिष्‌हरू प्राप्त गर्नेछु, र म विपत्तिहरूबाट जोगिनेछु, र परमेश्‍वरमाथिको विश्‍वासमा मैले केही प्राप्त गर्नेछु!’ तिनीहरूले प्राय यसरी नै आफूलाई प्रोत्साहन, उत्प्रेरणा र उत्साह दिन्छन्। भित्री रूपमा, तिनीहरूलाई लाग्छ कि यदि तिनीहरूले गल्ती गरे भने, आशिष्‌हरू पाउने तिनीहरूको मौका उल्लेखनीय रूपमा घट्नेछ। के तिनीहरूको हृदयको गहिराइमा यस्तै हिसाबकिताब र विश्‍वास हुँदैन र? ख्रीष्टविरोधीहरूको यो हिसाबकिताब वा विश्‍वास सही छ कि गलत छ भन्‍ने कुरालाई एकातिर पन्छाएर हेर्दा, यसको आधारमा तिनीहरूले आफ्नो काटछाँट हुँदा सबैभन्दा बढी के कुराको चिन्ता गर्छन्? (आफ्ना सम्‍भाव्यता र नियतिको बारेमा।) तिनीहरूले काट-छाँट हुनुलाई आफ्नो सम्‍भाव्यता र नियतिसँग जोड्छन्—यो तिनीहरूको दुष्ट प्रकृतिसँग सम्‍बन्धित हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। यो खण्डले मेरो स्थितिलाई ठ्याक्‍कै व्याख्या गर्छ। अरू मानिसहरू काटछाँटमा परेका देख्दा, म यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्दिनँ वा किन यी मानिसहरूलाई काटछाँट गरियो, तिनीहरूले कसरी बाटो बिराए, म तिनीहरूको असफलताबाट कसरी पाठ सिक्‍न सक्छु, र सिद्धान्तहरूअनुसार काम गर्न भविष्यमा म त्यसरी बाटो बिराउनबाट कसरी बच्‍न सक्छु भनेर खोजी गर्दिनँ। बरु, म काटछाँट र आफ्नो भाग्यलाई अदृश्यरूपले तर घनिष्ठसित जोड्छु। जति गम्‍भीररूपमा काटछाँट गरिन्छ, आशिष पाउने आशा त्यति नै कम हुन्छ भन्‍ने मलाई लाग्छ। म झनै सतर्क र सावधान भएकी छु, किनभने गल्ती गरिएन वा काटछाँटमा परिएन भने, मैले आशिष पाउने आशा हुन्छ भन्‍ने मलाई लाग्छ। मैले काटछाँटलाई गलत तरिकाले बुझेको र आशिषलाई अति धेरै मूल्यवान् ठानेकोले, म आफ्नो भाग्य मुछिएका कुराहरूप्रति अति संवेदनशील छु र आफूले गर्ने सबै कुरामा हदै सतर्क हुन्छु। म सतर्क भइनँ भने, मलाई काटछाँट गरिनेछ र राम्रो परिणाम गुमाउनेछु भन्‍ने मलाई डर लाग्छ। म अत्यन्तै छली रहेछु भन्‍ने मलाई थाहा भएको छ! अगुवाले हामीलाई धेरैपटक सिद्धान्तहरूमा सङ्गति दिन्छन् र हामीलाई डोर्‍याउँछन्, तर हामी तिनका कुरा गम्‍भीर रूपमा लिने गर्दैनौँ। हामी मनोमानी र अन्धाधुन्ध काम गर्ने र मण्डलीको काममा बाधा दिने गर्छौँ। के हामीलाई काटछाँट गर्नु पूर्णतया सामान्य कुरा होइन र? समझदार व्यक्तिले यस कुराको आधारमा आत्मचिन्तन गर्छ, अनि आफ्नो कमजोर पक्ष वा आत्मिक बुझाइको कमी रहेको पक्षबारे मनन गर्छ, र सत्यता खोजेर तुरुन्तै आफ्‍ना विचलनहरू सुधार्छ। सकारात्मकरूपमा प्रवेश पाउने र सत्यता खोज्ने व्यक्ति उही हो। हामीलाई सत्यतामा प्रवेश गर्न र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सहयोग गर्नका लागि काटछाँट गरिन्छ। तर मैले सत्यता नखोज्ने वा मनन नगर्ने मात्र होइन, तर म सतर्क हुन्छु र गलतरूपमा बुझ्छु। म सही र गलत छुट्याउन सक्दिनँ! परमेश्‍वरको वचनको प्रकाशको कारण, अहिले मैले आफ्‍नो स्थितिलाई केही बुझेकी छु।

सोमवार, सेप्टेम्‍बर १२, २०२२, भारी वर्षा

आजको भेलामा, अगुवाले काटछाँटमा परेपछि साउल नकरात्मक बनेका छन्, र तिनले बन्धनमा र दमनमा परेको महसुस गरेका छन् भन्‍ने थाहा पाए। तिनले हामीलाई पनि बन्धनमा परेको महसुस भयो कि भनेर सोधे। मलाई हालैको स्थितिबारे याद आयो र मलाई अलिक बन्धनमा परेको महसुस भएको छ भनेर मैले भनेँ। त्यसपछि अगुवाले मलाई केही सङ्गति दिए र त्यसले मलाई साँच्‍चै छोयो। तिनले भने: “किन कतिपय मानिसहरू बारम्‍बार काटछाँट गरिए पनि सत्यता प्राप्त गर्दैनन्, र बाध्यता, दमन, र पीडामा परेको महसुस हुन्छ भनी भन्छन्? किनभने तिनीहरू सत्यता बुझ्‍ने वा प्राप्त गर्ने कार्यमा ध्यान दिँदैनन्, अर्थात् तिनीहरू केही प्राप्त गर्दैनन्। काटछाँटमा पर्दा तिनीहरू प्रतिरोधी बन्छन् र रिसाउँछन्। तिनीहरू अरूको विरुद्धमा जान्छन्। के ऊ सत्यता स्विकार्ने व्यक्ति हो? वास्तवमा, यी मानिसहरूलाई सत्यता सिद्धान्तहरू उल्‍लङ्घन गरेको कारण काटछाँट गरिन्छ, तर तिनीहरू मनन गर्न मान्दैनन्, सुस्तसमेत हुन्छन्। यसले तिनीहरू सत्यता स्वीकार गर्दैनन्, र सत्यताविरुद्ध जान्छन् र विपरीत हुन्छन् भन्‍ने देखाउँछ। सत्यताविपरीत हुनु भनेको वास्तवमा परमेश्‍वरविपरीत हुनु हो। यसको प्रकृति अत्यन्तै गम्‍भीर हुन्छ।” अगुवाको सङ्गतिले बल्‍ल मलाई सत्यता इन्कार गर्नु वा काटछाँट गरिनुको प्रकृति कति गम्‍भीर रहेछ, र यो स्थिति कति खतरनाक रहेछ भन्‍ने महसुस गरायो। घर पुगेपछि, मलाई निकै बेरसम्‍म अत्यन्तै अशान्ति भयो र सुत्‍न सकिनँ, ओछ्यानमा पल्टिरहेँ। मैले सोच्न थालेकी छु, “सत्यता स्वीकार नगर्ने कार्य कसरी प्रकट हुन्छ? म यो परिस्थितिमा कसरी पाठ सिक्‍न र मनन गर्न सक्छु?”

बुधवार, सेप्टेम्‍बर १४, २०२२, सफा आकाश

साउललाई आज बर्खास्त गरियो। अरू केही पनि सत्यता स्वीकार नगरेको र आफ्‍नो कर्तव्यमा प्रगति नगरेकोले बर्खास्त भए। मलाई एउटी सिस्टरबाट के थाहा भयो भने साउलले प्रायजसो आफ्‍नो कर्तव्य मनोमानी ढङ्गले गर्थे र सिद्धान्तहरू उल्‍लङ्घन गर्थे, र हरेकपटक नै अगुवाले तिनलाई धैर्यसाथ सिद्धान्तहरूमा सङ्गति दिन्थे। कहिलेकाहीँ तिनले साउललाई काटछाँट गर्थे र उनको समस्याको सार औँल्याइदिन्थे, तर साउलले सत्यता खोजेनन् वा मनन गरेनन्। काटछाँटमा परेको प्रतिक्रियास्वरूप, तिनी सुस्त भए र कामको छलफलहरूमा आफ्‍नो दृष्टिकोण बताउन मान्दैनथे। एकपटक एउटा भेलामा, तिनले यसोसमेत भने: “मैले राम्रो काम गर्दा अगुवाले देख्दैनन्, र नगर्दा मलाई काटछाँट गरिन्छ।” तिनले यसो भनेको सुन्दा विश्‍वासै लागेन, र तिनले यसो भन्‍न सकेको तथ्यले तिनी सत्यता पटक्‍कै स्वीकार गर्दैनथे भन्‍ने देखायो! मैले परमेश्‍वरको वचनका केही खण्ड पढेँ: “जब कुनै ख्रीष्टविरोधीलाई काटछाँट गरिन्छ, तब उसले सुरुमा आफ्‍नो हृदयको गहिराइदेखि नै यो कुरालाई विरोध र इन्कार गर्छन्। तिनीहरूले यस विषयमा लडाइँ गर्छन्। अनि किन त्यसो गर्छन् त? किनभने ख्रीष्टविरोधीहरू प्रकृति सारले नै सत्यताप्रति वितृष्ण हुन्छन् र त्यसलाई घृणा गर्छन्, र तिनीहरूले सत्यता कदापि स्विकार्दैनन्। प्राकृतिक तवरबाटै, ख्रीष्टविरोधीको सार र स्वभावले उसलाई आफ्‍ना गल्तीहरू मान्‍न वा आफ्‍नो भ्रष्ट स्वभाव स्विकार्नबाट रोक्छ। यी दुई तथ्यहरूको आधारमा, ख्रीष्टविरोधीहरूले काटछाँटप्रति पूर्ण रूपमा र अत्यन्तै इन्कार र अवज्ञा गर्ने मनोवृत्ति राख्छन्। तिनीहरूले आफ्‍नो हृदयको गहिराइबाटै यसलाई घृणा र इन्कार गर्छन्, र तिनीहरूमा स्वीकार वा समर्पणको थोरै लक्षणसमेत हुँदैन, तिनीहरूमा साँचो मनन वा पश्‍चात्ताप हुनु त परको कुरा हो। जब कुनै ख्रीष्टविरोधीलाई काट-छाँट गरिन्छ, जोसुकैले त्यो कारबाही गरे पनि, यो जेसँग सम्‍बन्धित भए पनि, यसको लागि तिनीहरू जति हदसम्‍म दोषी भए पनि, तिनीहरूको गल्ती जति भद्दाभए पनि, तिनीहरूले जति धेरै दुष्टता गरे पनि, वा तिनीहरूको दुष्टताले मण्डलीको काममा जे-जस्ता परिणामहरू निम्त्याए पनि—ख्रीष्टविरोधीहरूले यीमध्ये कुनै पनि कुराको विचार गर्दैनन्। ख्रीष्टविरोधीको नजरमा त उसलाई काट-छाँट गर्ने व्यक्तिले उसलाई मात्र अलग व्यवहार गरिरहेको हुन्छ, वा उसलाई सताउन उसका गल्तीहरू खोतलिरहेको हुन्छ। ख्रीष्टविरोधीले उसलाई हेपिएको र अपमानित गरिएको छ, उसलाई मानवझैँ व्यवहार गरिएको छैन, र उसलाई हेला र तिरस्कार गरिएको छ भन्‍नेसमेत सोच्न सक्छ। कुनै ख्रीष्टविरोधी काटछाँटमा परेपछि, उसले आफूबाट के गल्ती भयो, उसले कस्तो भ्रष्ट स्वभाव प्रकट गर्‍यो, पालना गर्नुपर्ने सिद्धान्तहरू खोजी गर्‍यो कि गरेन, सत्यता सिद्धान्तअनुसार व्यवहार गर्‍यो कि गरेन, वा उसलाई काट-छाँट गरिएको मामलामा आफ्ना जिम्मेवारीहरू पूरा गर्‍यो कि गरेन भनेर कहिल्यै मनन गर्दैन। उसले यो कुनै पनि कुराबारे जाँच वा चिन्तन गर्दैन, न त यी विषयहरूबारे सोचविचार र मनन नै गर्छ। यसको सट्टा, उसले काटछाँटप्रति आफ्‍नै इच्‍छाले र आवेगपूर्वक प्रतिक्रिया दिन्छन्। जब ख्रीष्टविरोधीलाई काटछाँट गरिन्छ, तब ऊ रिस, अवज्ञा, र द्वेषले, भरिन्छ, र कसैको सल्‍लाह सुन्दैन। उसले काटछाँट स्विकार्न इन्कार गर्छ, र ऊ आफ्‍नो बारेमा सिक्‍न र चिन्तन गर्न परमेश्‍वरकहाँ फर्केर आउन सक्दैन, अनि झारा टार्ने वा आफ्‍नो कर्तव्यमा जे पायो त्यही गर्नेजस्ता सिद्धान्तहरू उल्‍लङ्घन गर्ने आफ्नो व्यवहार सुधार्न सक्दैन, न त उसले यस मौकालाई आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्नको लागि नै प्रयोग गर्न सक्छ। बरु, उसले आफ्‍नो प्रतिरक्षा गर्न र आफूलाई निर्दोष ठहराउन बहानाहरू बनाउँछ, अनि कलह पैदा गर्न र अरूलाई उक्‍साउन विभिन्‍न कुराहरूसमेत बोल्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत र आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा, पछि हट्न चाहन्छन्)। “जुनसुकै वातावरण उत्पन्न भए पनि—विशेषगरी प्रतिकूल परिस्थिति सामना गर्दा, र विशेषगरी परमेश्‍वरले मानिसहरूलाई खुलासा वा भन्डाफोर गर्नुहुँदा—व्यक्तिले गर्नुपर्ने सबैभन्दा पहिले कुरा परमेश्‍वरका वचन र कार्यहरू सही छन् कि गलत भनी जाँच, अध्ययन वा मूल्याङ्कन गर्नुको साटो आत्मचिन्तन गर्न आफ्नै बोली र कार्यहरू अनि आफ्नै भ्रष्ट स्वभाव जाँच्न परमेश्‍वरसामु आउनु हो। यदि तँ तेरो उचित स्थानमा बस्छस् भने, तैँले के गर्नुपर्छ त्यो ठिकसँग जान्नुपर्छ। मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ र तिनीहरू सत्यता बुझ्दैनन्। यो त्यस्तो ठूलो समस्या होइन। तर जब मानिसहरूले आफूमा भ्रष्ट स्वभाव हुँदा पनि र आफूले सत्यता नबुझ्दा पनि अझै सत्यता खोजी गर्दैनन्—तब तिनीहरूमा ठूलो समस्या हुन्छ। तँसित भ्रष्ट स्वभाव छ र तँ सत्यता बुझ्दैनस्, र तैँले मनोमानी रूपले परमेश्‍वरको आलोचना गर्न सक्छस्, र तेरो मनस्थिति, रुचि र भावनाहरूद्वारा निर्देशित भई उहाँको नजिक आउन वा उहाँसित अन्तरक्रिया गर्न सक्छस्। तैपनि, यदि तैँले सत्यता खोज्‍ने र अभ्यास गर्ने गर्दैनस् भने, स्थितिहरू त्यति सरल हुनेवाला छैनन्। तँ परमेश्‍वरमा समर्पित हुन असमर्थ मात्र हुनेछैनस्, तैँले त उहाँ धर्मी हुनुहुन्‍न, उहाँले गर्नुहुने सबै कुरा सही नै हुन्छ भन्‍ने जरुरी छैन भन्दै, उहाँको विषयमा गलत बुझ्‍ने र गुनासोहरू गर्ने, उहाँको आलोचना गर्ने, र हृदयमा उहाँलाई गाली र अस्वीकार गर्ने कामसमेत गर्नेछस्। तैँले अझै पनि यस्ता कुराहरू उत्पन्न हुन दिनु के खतरनाक हुँदैन र? (हुन्छ।) यो धेरै खतरनाक हुन्छ। सत्यता खोजी नगर्दा व्यक्तिले आफ्नो जीवनको मूल्य चुकाउनुपर्ने हुन सक्छ! अनि, कुनै पनि समय र कुनै पनि ठाउँमा यस्तो हुन सक्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग तीन))। “बारम्बार नकारात्मक हुने सबै मानिसहरूले सत्यतालाई स्वीकार गर्न नसक्ने हुनाले तिनीहरू नकारात्मक हुन्छन्। यदि तैँले सत्यतालाई स्वीकार गरिनस् भने, नकारात्मकताले तँलाई दियाबलसले जस्तै गाँज्नेछ, तँलाई जीवनभर नकारात्मक बनाउनेछ, र तँमा परमेश्‍वरप्रति अवज्ञा, असन्तुष्टि, र गुनासोका भावनाहरू विकास गर्नेछ, यहाँसम्म कि तँ परमेश्वरसँगको द्वन्द्व गर्ने र उहाँको विरुद्धमा विरोध गर्ने र उहाँलाई हप्काउने अवस्थामा पुग्‍नेछस्—त्यो बेला तँ अन्त्यमा पुगेको हुन्छस्, र तेरो कुरूप साँचो अनुहार प्रकट हुनेछ। मानिसहरूले तँलाई खुलासा गर्न, विश्लेषण गर्न, र नामकरण गर्न थाल्छन्, र अब मात्रै, भयानक वास्तविकताको सामना गर्दा, तँलाई पछुतो हुन थाल्छ; यति बेला मात्रै तँ ढलेर निराशमा छाती पिट्नेछस्—पर्खी, अनि तैँले परमेश्वरको दण्ड स्वीकार गर्नुपर्छ!(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू (१७))। परमेश्‍वरको वचनले मलाई के कुरा बुझ्‍न सहयोग गर्‍यो भने व्यक्तिले सत्यता स्वीकार गर्छ कि गर्दैन भन्‍ने कुरा उसले काटछाँटलाई कसरी लिन्छ त्यसमा स्पष्ट देखिन्छ। काटछाँटमा पर्दा, सत्यता खोज्ने र स्विकार्नेहरूले मनन गर्न सक्छन्, र तिनीहरूलाई जति गम्‍भीररूपमा काटछाँट गरिएको भए पनि, तिनीहरू सधैँ परमेश्‍वरलाई प्रार्थना गर्न सक्छन्, तिनीहरूले कहाँ गल्ती गरे, के कारणले यसो भयो, र कस्तो भ्रष्ट स्वभाव प्रकट गरे भन्‍ने कुरालाई विचार गर्न र त्यसपछि सत्यता खोज्न र यसबाट सिक्‍न सक्छन्। केही नकारात्मकता र कमजोरीपन आउलान्, तैपनि तिनीहरूले आफ्‍नो भ्रष्टताको गहिराइ र आफ्‍ना अपराधहरूको गम्‍भीरता देख्‍ने हुनाले, तिनीहरूलाई ग्‍लानि र पश्‍चात्ताप लाग्न थाल्छ, यसरी तिनीहरूले हृदयबाट आफूलाई घृणा गर्छन्। तर तिनीहरू यो नकारात्मकतामै अल्झिरहनेछैनन्। तिनीहरूले सत्यता खोज्नेछन् र यी असफलताहरूबाट आत्मचिन्तन गर्न जारी राख्‍नेछन्, र जब तिनीहरू आफ्‍नो समस्या राम्ररी चिनेर आफ्‍नो कार्यको प्रकृतिलाई स्पष्ट रूपमा देख्‍न सक्‍ने हुन्छन्, तब तिनीहरूले काटछाँटमा परमेश्‍वरको प्रेम र सुरक्षा देख्छन्, र परमेश्‍वरलाई धन्यवाद दिन्छन्। यस्तो क्षणमा व्यक्तिको स्थिति सही र सकारात्मक हुन्छ। तर सत्यता नस्विकार्ने व्यक्तिले काटछाँटलाई फरक तरिकाले लिन्छ। कतिले खुलेआम गुनासो नगरे पनि, कहिल्यै आत्मचिन्तन गर्दैनन् वा परमेश्‍वरको वचनअनुसार आफूलाई चिन्दैनन्। तिनीहरू मनमनै तर्क र विरोध गर्छन्, र बहानाहरू बनाउँछन्। तिनीहरू यसबारे जति विचार गर्छन्, त्यति नै तिनीहरूलाई दुःख लाग्छ र पीडा हुन्छ, यहाँसम्‍म कि आफूलाई अन्याय भएको समेत महसुस हुन्छ। स्वभाविकतः यसले नकारात्मक भावनाहरू पैदा गर्छ। यी नकरात्मक भावनाहरूमा वास्तविकता र अरूप्रति तिनीहरूको असन्तुष्टि हुन्छ। सत्यता स्वीकार गर्नेहरूले काटछाँटले तिनीहरूलाई आफ्‍नो भ्रष्ट स्वभाव राम्ररी चिन्‍न, पश्‍चात्ताप गर्न, र परिवर्तन हुन सहयोग गर्छ, र यो तिनीहरूको विश्‍वासको मोड हो भन्‍ने थाहा पाउँछन्। तर सत्यता स्वीकार नगर्नेहरूलाई खुलासा गरेर हटाइनेछ। धेरै नकारात्मक बन्‍नेहरू सबैले सत्यता स्वीकार गर्दैनन्, तिनीहरू स्वभावले नै सत्यताप्रति दिक्क मान्छन्, र तिनीहरू जति वर्षदेखि विश्‍वासमा भए पनि अघि बढ्न सक्दैनन्। काटछाँटमा पर्दा, साउलले मनन गरेनन्, वा मनमानी ढङ्गले काम गर्नुको प्रकृति र परिणामहरूलाई चिनेनन्, अभ्यासका सिद्धान्तहरू खोजी गर्नु त परको कुरा थियो। बरु, तिनी सीमित, नकारात्मक र निरुत्साहित भए। सुरुमा त मलाई काटछाँट गरिएपछि निराश हुनु सामान्य कुरा हो र केही दिन मनन गरेपछि तिनलाई ठिक हुनेछ भन्‍ने लागेको थियो। तर कतिपय ब्रदर-सिस्टरहरूले तिनी पहिले पनि यस्तै थिए—बाहिरीरूपमा जोसिलो र सक्रिय देखिन्थे, तर काममा समस्या देखा परेपछि तिनलाई काटछाँट गर्नेबित्तिकै, तिनी नकरात्मक र निरुत्साहित हुन्थे, र समस्याका छलफलहरूमा योगदान दिन छोड्थे भनेर बताए। तिनले कामसम्‍बन्धी धेरै सुझाव दिँदा, धेरै समस्या खुलासा हुन्छन्, त्यसैले थोरै समस्या खुलासा होस् भनी थोरै सुझाव र विचार बताएको भन्थे। हालैको तिनको काटछाँटपछि, तिनलाई कर्तव्यमा आफू बन्धन र दमनमा परेको महसुस भयो, र तिनलाई निराशा र पीडा पनि भयो। तिनको यो नकारात्मक मनोवृत्ति वास्तवमा सत्यता इन्कार गर्नु, अनि परमेश्‍वरलाई दोष दिनु र विरोध गर्नु हो। तिनले ख्रीष्टविरोधी स्वभाव प्रकट गरिरहेका छन्। मलाई बल्‍ल के थाहा भयो भने यो नकारात्मकताको पछाडि परमेश्‍वरलाई विरोध गर्ने शैतानी स्वभाव लुकेको हुन्छ। के साउलले गलत मार्ग लिनु मेरो लागि चेतावनीको घण्टी होइन र? यो कुरा झनै प्रष्ट भएर आयो, जब मैले परमेश्‍वरको वचनमा यस्तो भनिएको पढेँ: “सत्यता खोजी नगर्दा व्यक्तिले आफ्नो जीवनको मूल्य चुकाउनुपर्ने हुन सक्छ! अनि, कुनै पनि समय र कुनै पनि ठाउँमा यस्तो हुन सक्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग तीन))। मैले यो कुरा यसअघि व्यक्तिगतरूपमा अनुभव गरेकी छैनँ, तर हालै मैले भोगेका कुरालाई हेर्दा, यी वचनहरूले मेरो हृदयलाई सहमत हुन लगाउँछन्। काटछाँटमा पर्दा सत्यता नखोज्नु वा स्वीकार नगर्नु अत्यन्तै खतरनाक कुरा हो। हालै बर्खास्त भएका ब्रदर-सिस्टरहरू वास्तवमा प्रतिभावान् थिए, तर तिनीहरूको घातक कमजोरी भनेको सत्यताप्रति दिक्क मान्‍नु र यसको खोजी नगर्नु थियो, जसले गर्दा तिनीहरूले आफ्‍नो कर्तव्यमा कहिल्यै परिणाम प्राप्त गरेनन् र अन्त्यमा तिनीहरू बर्खास्त भए। म यसबारे जति सोच्छु, त्यति नै सत्यता खोज्नुको महत्त्वलाई बुझ्छु।

बिहीवार, सेप्टेम्‍बर १५, २०२२, सिमसिमे पानी

त्यस रात अगुवाले दिएको सङ्गति केही दिनसम्‍म मेरो दिमागमा रहिरह्यो, र मलाई परमेश्‍वरका यी वचनहरू याद आइरह्यो: “यदि तेरो विश्‍वास परमेश्‍वरमा छ, तर पनि तैँले सत्यता वा परमेश्‍वरका अभिप्राय खोज्दैनस्, न त तँलाई परमेश्‍वरको नजिक ल्याउने बाटोलाई प्रेम गर्छस् भने, म के भन्छु भने तँ न्यायबाट उम्कने कोसिस गरिरहेको छस्, र तँ ठूलो सेतो सिंहासनबाट भाग्ने कठपुतली वा धोकेबाज होस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)। पहिले, मैले परमेश्‍वरका यी वचनहरू: “तँ न्यायबाट उम्कने कोसिस गरिरहेको छस्,” र “तँ ठूलो सेतो सिंहासनबाट भाग्ने कठपुतली वा धोकेबाज होस्,” पढ्दा, मलाई धार्मिक धारणाहरूमा अल्झिरहने धार्मिक संसारका मानिसहरूको झल्याँस्स याद आयो। तिनीहरू अनुग्रहद्वारा मुक्ति पाउन मात्रै चाहन्छन्। तिनीहरू परमेश्‍वरका आखिरी दिनहरूको न्यायको काम स्विकार्न मान्दैनन्। तिनीहरू परमेश्‍वरको ठूलो सेतो सिंहासनबाट भाग्‍ने कठपुतली र धोकेबाज हुन्। तर म सोच्छु, “के परमेश्‍वरका आखिरी दिनहरूको काम ग्रहण गर्नु भनेको उहाँको न्याय स्विकार्नु पनि हो? के परमेश्‍वरको दृष्टिकोण यस्तै छ? परमेश्‍वरको न्याय र सजाय स्विकार्नु भनेको वास्तवमा के हो?” मैले परमेश्‍वरका वचनहरू मनन गरेर के महसुस गरेँ भने परमेश्‍वरका आखिरी दिनहरूको काम ग्रहण गर्नु भनेको उहाँका आखिरी दिनहरूको न्याय साँचोरूपमा स्विकार्नु होइन। परमेश्‍वरका आखिरी दिनहरूको न्याय स्विकार्न कम्तीमा पनि काटछाँट स्विकार्न सक्नैपर्छ। काटछाँट स्विकार्न सकिँदैन भने, कुनै हालतमा परमेश्‍वरको न्याय र सजाय स्विकार्न सकिँदैन। मैले काटछाँटलाई सहीरूपमा कसरी लिने भन्‍नेबारे परमेश्‍वरको थप वचन पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “काटछाँट हुने कुरा आउँदा, मानिसहरूले कम्तीमा पनि जान्‍नुपर्ने कुरा के हो? व्यक्तिले आफ्‍नो कर्तव्य पर्याप्त रूपमा पूरा गर्न काटछाँट अनुभव गर्नैपर्छ—यो अपरिहार्य कुरा हो। यो मानिसहरूले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा मुक्ति प्राप्त गर्नका निम्ति दैनिक रूपमा सामना गर्नुपर्ने र नियमित अनुभव गर्नुपर्ने कुरा हो। काटछाँट गरिनबाट कोही पनि टाढा हुन सक्दैन। के कसैको काटछाँट गर्नु उसका सम्भाव्यता र भवितव्यसँग सम्‍बन्धित कुरा हो? (होइन।) त्यसो भए, कसैलाई केको लागि काटछाँट गरिन्छ? के यो उसलाई दोष दिनको लागि गरिन्छ? (होइन, यो मानिसहरूलाई सत्यता बुझ्न र सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्न मदत गर्नलाई गरिन्छ।) त्यो सही हो। यो यसको सबैभन्दा सही बुझाइ हो। कसैलाई काटछाँट गर्नु भनेको एक प्रकारको अनुशासन हो, एक प्रकारको ताडना हो, र स्वाभाविक रूपमा यो मानिसहरूलाई सहायता गर्ने र उपचार गर्ने तरिका पनि हो। काटछाँट गरिँदा, तैँले समयमै तेरो गलत खोजीलाई परिवर्तन गर्ने मौका पाउँछस्। यसले तँलाई हाल तँभित्र भएका समस्याहरूलाई तुरुन्तै पहिचान गर्न, अनि तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई समयमै पहिचान गर्न मदत गर्छ। जे-जस्तो नै भए पनि, काटछाँटले तँलाई तेरा गल्तीहरू चिन्न र सिद्धान्तअनुसार आफ्ना कर्तव्यहरू पूरा गर्न मदत गर्छ, यसले तँलाई विचलनहरू निम्त्याउन र बरालिनदेखि समयमै जोगाउँछ, र यसले तँलाई ठूला समस्याहरू पैदा गर्नदेखि बचाउँछ। के यो मानिसहरूका लागि सबैभन्दा ठूलो सहयोग, सबैभन्दा ठूलो उपचार होइन र? विवेक र समझ भएका व्यक्तिहरूले काटछाँट भोग्नुलाई सही रूपमा हेर्न सक्नुपर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। काटछाँटप्रति हामीमा हुनुपर्ने सही मनोवृत्ति र अभ्यासको मार्गबारे परमेश्‍वरको वचनले स्पष्टरूपमा बताएको छ। वास्तवमा, काटछाँटमा पर्नु हाम्रो भाग्यसँग सम्‍बन्धित नै हुँदैन। प्रयोग गरिएको भाषा कठोर, घोच्ने, वा दोष लाउने किसिमको नै भए पनि, यो सब हामीलाई हाम्रो भ्रष्टता चिन्‍न, र हाम्रो कामका विचलनहरू देख्‍न सहयोग गर्नको लागि हो। यो हामीलाई सत्यता खोज्न र सिद्धान्तहरूअनुसार आफ्‍नो कर्तव्य पूरा गर्न सहयोग गर्नको लागि हो। बारम्‍बार वा गम्‍भीररूपमा काटछाँटमा पर्नु भनेको व्यक्तिको भाग्य राम्रो छैन भन्‍ने होइन, न त काटछाँटमा नपर्नु भनेको व्यक्तिको भाग्य राम्रो हुनेछ भन्‍ने नै हो। कतिलाई बारम्‍बार काटछाँट गरिएला, र यो कहिलेकाहीँ गम्भीर, चोट पुर्‍याउने किसिमको, व खुलासा वा दोषारोपणजस्तो देखिएला, तैपनि यी मानिसहरूले पछि सत्यता खोज्न, मनन गर्न, र आफ्‍नो भ्रष्ट स्वभाव, कमीकमजोरी, र विचलनहरूबारे केही मात्रामा बुझ्‍न सक्छन्। तिनीहरू जीवनमा परिवर्तन र वृद्धि हुन सक्छन्, र अन्त्यमा, अझै महत्त्वपूर्ण कामको बोझ लिन सक्छन्। मैले आफू विश्‍वासी बनेपछि काटछाँटप्रति लिएको मनोवृत्तिबारे फर्केर सोच्‍न थालेकी छु। मैले परमेश्‍वरमा विश्‍वास गरेको नौ वर्ष भएको छ, र यतिका वर्षसम्‍म, मलाई बिरलै काटछाँट गरिएको छ वा मैले बिरलै ठूलो अवरोध वा असफलता भोगेकी छु। मैले काटछाँटबारे सधैँ फरक विचार राखेकी छु। मलाई काटछाँटमा पर्नु खराब कुरा हो, यो खुलासा हुनु वा दोषी ठहरिनुसरह हो भन्‍ने लागेको छ। म अरू काटछाँटमा परेको देख्दा डरले लुरुक्‍क हुन्छु, किनभने होसियार भइनँ भने मलाई पनि यस्तै हुन्छ भन्‍ने मलाई त्रास छ। मैले गल्तीवस काटछाँटलाई दोषी ठहरिनु र खुलासा गरिनु ठानेकी छु, त्यसकारण यसलाई इन्कार र प्रतिरोध गरेकी छु, अनि आफ्‍नो विश्‍वासको सुविधाजनक क्षेत्रमा बसिरहन चाहेकी छु। मेरो खोजी धर्ममा आफ्‍नो पेट भर्न चाहनेहरूको भन्दा कसरी फरक छ र? मैले परमेश्‍वरको धेरै वचन पढेकी छु र उहाँका आखिरी दिनहरूको काम न्याय, शोधन, काटछाँटद्वारा मानिसलाई शुद्ध पार्नु र सिद्ध तुल्याउनुमा लक्षित छ भन्‍ने मलाई स्पष्ट थाहा छ। तर ममा कुनै वास्तविक ज्ञान छैन र म काटछाँट वा शोधन स्विकार्न इच्छुक छैनँ, त्यसकारण मैले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि, मैले कुनै प्रगति गर्नेछैनँ। मैले सत्यता प्राप्त गर्नेछैनँ वा आफ्‍नो जीवन स्वभावमा परिवर्तन गर्नेछैनँ, र अन्त्यमा, मलाई दण्ड दिइनेछ। म यसबारे जति विचार गर्छु, त्यति नै मलाई आफ्नो स्थिति कति खतरनाक रहेछ भन्‍ने महसुस हुन्छ। म सहजताको तृष्णा गर्छु र अनुग्रहको पछि लाग्छु, त्यसैले मलाई काटछाँट गरिएन भने पनि, यसको अर्थ मेरो परिणाम राम्रो हुनेछ भन्‍ने हुँदैन। यदि मैले कहिल्यै सत्यता खोजिनँ वा आफ्‍नो भ्रष्ट स्वभाव परिवर्तन गरिनँ भने, अन्त्यमा मैले मुक्ति पाउनेछैनँ। काटछाँटमा पर्दैमा व्यक्तिको नतिजा प्रकट हुन्छ भन्‍ने होइन, तर सत्यताप्रतिको उसको मनोवृत्तिले उसको वास्तविकता प्रकट गर्छ। म सधैँ, काटछाँटमा पर्नु खराब कुरा हो, र यो सायद परमेश्‍वरको अप्रसन्‍नता वा उहाँले निन्दा गर्नुभएको हो भन्‍ने सोच्थेँ। तर अहिले मलाई मेरो विचार कति विकृत रहेछ भन्‍ने थाहा भयो! मैले आँसु झार्दै परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, मैले बल्‍ल आफ्नो अज्ञानता र मूर्खता देखेँ। मैले वर्षौँको विश्‍वासमा, कहिल्यै सत्यता खोजेकी छैनँ र मेरो प्रकृति सत्यताप्रति दिक्क मान्ने भएको छ। म सधैँ काटछाँटबाट जोगिएकी छु। हे परमेश्‍वर, म पश्‍चात्ताप गर्न चाहन्छु। म काटछाँटबाट पाठहरू सिक्‍न इच्छुक छु।” प्रार्थना गरेपछि मलाई निकै ढुक्क लाग्यो, साथै इच्छा-आकाङ्क्षाको अनुभूति भयो। आशा छ, म भविष्यमा काटछाँट अनुभव गर्न सक्छु ताकि जीवनमा अघि बढ्न सकूँ।

बुधवार, अक्टोबर ५, २०२२, बादल लागेको छ

आज अविस्मरणीय घटना घट्यो। एउटा प्रोजेक्टमा काम गरिरहेको बेला, मैले मनमानी ढङ्गले कर्तव्य पूरा गरेको र सिद्धान्तहरू नखोजेको हुनाले, काम दोहोर्‍याउनुपर्‍यो, जसले प्रगतिमा ढिलाइ भयो। अगुवाले यो समस्याको प्रकृतिलाई औँल्याइदिए अनि मलाई अहङ्कारी र क्षमताको कमी भएकोमा काटछाँट गरे। यसले ममा आत्मिक बुझाइको कमी भएको देखाउँछ भनेर तिनले भने। तिनका शब्‍दहरू मनमा गुञ्‍जिरह्यो। म साह्रै व्याकुल भएँ र यस्तो सोच्दै आफूलाई सीमित गर्न थालेँ: “अगुवाले मेरो वास्तविकता देखेका छन्। तिनले म यो कर्तव्यको लागि उपयुक्त छैनँ भन्ठान्छन्। अब कुनै पनि दिन मलाई बर्खास्त गरिनेछ।” म झन्-झन् निराश भएँ। मेरो स्थिति गलत छ भन्‍ने महसुस भयो, र मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, आज मलाई काटछाँट गरियो। मैले यसबाट के सिक्नुपर्छ वा कसरी आत्मचिन्तन गर्ने मलाई थाहा छैन। बिन्ती छ मलाई आफूलाई चिन्‍न र यी नकारात्मक भावनाहरू त्याग्न अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।” प्रार्थना गरिसकेपछि मलाई काटछाँटमा पर्दा सत्यता खोज्नु अत्यन्तै महत्त्वपूर्ण छ भन्‍ने याद आयो। नकारात्मक बनेर के समाधान हुन्छ र? मैले आफ्ना समस्याहरू वास्तवमा के हुन् र ममा कसरी आत्मिक बुझाइको कमी छ भनेर मनन गर्नुपर्छ। यसबारे शान्त भएर केही विचार गर्दा, मलाई के महसुस भयो भने, मैले मनन गर्ने वा सिद्धान्तहरू खोज्‍ने काम नगरीकनै, मनोमानी ढङ्गले कर्तव्य निर्वाह गरेको हुनाले नै, मुख्य गरी मलाई काटछाँट गरिएको थियो। अगुवाले यससम्बन्धी सिद्धान्तहरूमा सङ्गति गरेका थिए, तर म नियमहरूमा नै अल्झिरहेँ। मलाई के समेत लागेको थियो भने मैले यी सिद्धान्तहरू धेरैपटक सुनेकी छु, ती राम्ररी जानिसकेकी छु र त्यसमा अबदेखि काम गर्नु पर्दैन। मैले अन्धाधुन्ध आफूमा विश्‍वास गरेँ, सिद्धान्तहरू पन्छाएँ, र आफ्‍ना विचारहरूलाई सही ठानेर अरूको विचार खोजिनँ। मैले अत्यन्तै मनमानी गरेँ, सिद्धान्तहरूअनुसार काम गरिनँ, र अन्धाधुन्ध नियमहरू पालना गरेँ। के यो आत्मिक बुझाइ नहुनु थिएन र? यदि मलाई यसरी काटछाँट नगरिएको भए, म उदासीन नै रहनेथेँ, र आफ्‍नो कर्तव्य राम्ररी पूरा गरेकी छु भन्ठान्थेँ, अनि कस्तो दुष्कर्म गर्न पुगुँला मलाई थाहा हुँदैनथ्यो। काटछाँटमा पर्नु मेरो लागि चेतावनी र सुरक्षा हो। अब मैले यो कुरा थाहा पाएकोले नकारात्मक महसुस गर्न छोडेकी छु। म सिद्धान्तहरू खोजी गर्न ध्यान दिन सक्छु, र फेरि यस्ता गल्तीहरू नगर्न आफूलाई याद दिलाउन सक्छु।

शनिवार, अक्टोबर ८, २०२२, सफा आकाश

आज हामी अगुवासँग भेलामा थियौँ। अगुवाले धैर्यसाथ हामीलाई कर्तव्य पूरा गर्ने सिद्धान्तहरूबारे सङ्गति दिए, त्यसपछि हाल हामीले कुनै कुरा हासिल गरेका छौँ कि भनेर सोधे। तिनले हामीलाई सत्यता खोज्न र परिस्‍थिति जस्तोसुकै भए पनि, पाठ सिक्‍नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर प्रोत्साहन दिए। तिनले हामीलाई परमेश्‍वरको वचनको एउटा खण्ड पनि पढेर सुनाए: “परमेश्‍वरको कामको अनुभव गर्ने सिलसिलामा, जतिपटक असफल भए पनि, लडे पनि, काटछाँट, वा प्रकाश गरिए पनि, यी कुराहरू नराम्रा होइनन्। तँलाई जे-जसरी काटछाँट, वा यो अगुवा, सेवक, वा तेरा दाजुभाइ-दिदीबहिनीहरू जो-कसैले गरेको भए पनि, यी सबै असल कुरा हुन्। तैँले यो कुरा याद राख्‍नुपर्छ: तैँले जति नै कष्ट भोगे पनि, तँलाई वास्तवमा फाइदा भइरहेको हुन्छ। अनुभव भएको जोकोहीले यो कुराको पुष्टि गर्न सक्छ। चाहे जे होस्, काटछाँट, वा प्रकाश गरिनु सधैँ नै राम्रो हुन्छ। यो दोषी ठहराउनु होइन। यो परमेश्‍वरको मुक्ति हो, र आफूलाई चिन्ने सबैभन्दा उत्तम अवसर हो। यसले तेरो जीवनको अनुभवलाई परिवर्तन गराउँछ। योविना, तँसँग आफ्नो भ्रष्टताको सत्यतालाई बुझ्न सक्ने न त मौका, न अवस्था, न प्रसङ्ग नै हुन्छ। यदि तैँले साँचो रूपमा सत्यता बुझ्छस्, र तेरो हृदयको गहिराइमा लुकेका भ्रष्ट कुराहरूलाई खोतली निकाल्‍न सक्छस् भने, यदि तैँले तिनलाई स्पष्ट रूपमा छुट्याउन सक्छस् भने, यो राम्रो कुरा हो, यसले जीवन प्रवेशको मुख्य समस्या समाधान गरेको हुन्छ, र यो स्वभाव परिवर्तनको लागि एकदमै फाइदाजनक हुन्छ। आफैलाई राम्ररी चिन्न सक्ने हुनु भनेको तेरो निम्ति आफ्ना चालहरू सुधार गर्ने र नयाँ व्यक्ति बन्ने एउटा राम्रो मौका हो; यो तैँले नयाँ जीवन प्राप्त गर्ने उत्तम मौका हो। तैँले आफूलाई राम्ररी चिनेपछि, तैँले के कुरा देख्‍न सक्‍नेछस् भने, जब सत्यता व्यक्तिको जीवन बन्छ, यो साँच्चै एउटा अमूल्य कुरा हुन्छ, र तँ सत्यताको लागि तिर्खाउनेछस्, सत्यता अभ्यास गर्दै वास्तविकतामा प्रवेश गर्नेछस्। यो एउटा महान् कुरा हो! यदि जब-जब तँ असफल हुन्छस् वा लड्छस् तब-तब तैँले त्यस मौकाको फाइदा उठाउन सक्छस्, र आफ्‍नो बारेमा मनन गर्न र आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्न सक्छस् भने, तब नकारात्मकता र कमजोरीको बीचमा, तँ फेरि पनि खडा हुन सक्नेछस्। तैँले यो सँघार नाघेपछि, तैँले एउटा ठूलो कदम चाल्‍न सक्‍नेछस् र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्‍नेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिसहरू, घटनाहरू र स्थितिहरूबाट सिक्नुपर्छ)। परमेश्‍वरका वचनहरूले साँच्‍चै मेरो मन छोए र मैले आँसु थाम्‍नै सकिनँ। काटछाँटमा पर्दा व्याकुल र पीडा हुने भए पनि र मलाई नकारात्मकताले ढल्छु जस्तो लागे पनि, यो अनुभवले मलाई साँच्‍चै नै परमेश्‍वरको प्रेम देखायो। यो परिस्थिति मलाई आफ्‍नो भ्रष्ट स्वभावलाई मनन गर्न र जान्‍न अनि आफ्ना समस्याहरू कहाँ छन् भनी चिन्तन गर्नका लागि परमेश्‍वरसामु आउन बाध्य पार्ने किसिमको थियो। जब म आफूलाई केही मात्रामा बुझ्छु, तब मलाई भित्री शान्ति र ढुक्क अनुभूति हुन्छ। मलाई काटछाँट नगरिएको भए, मैले आफ्‍नो कर्तव्यमा के-कस्ता खलबली मच्‍चाउनेथिएँ वा के-कस्ता समस्याहरू वा भूलचूकहरू देखा पर्नेथे, मलाई थाहा छैन। यसरी काटछाँटमा परेपछि मैले आफ्‍नो कर्तव्यमा सिद्धान्तहरू खोज्न ध्यान दिन सकेँ। मैले काटछाँटमा पर्नुलाई हाम्रो कर्तव्यबाट अलग गर्न सकिँदैन भनी व्यक्तिगत रूपमा देखेकी छु।

अघिल्लो: ९४. अगुवाहरूले प्रतिभाहरूलाई रोकेर राख्‍नु हुँदैन

अर्को: ९६. इमानदार रूप हासिल गर्ने मार्ग

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

५९. इमानदार उजुरीको फल

झाओ मिङ्ग, चीनअप्रिल २०११ मा, मैले देशको अर्को भागमा रहेको एउटा मण्डलीकी याओ लान नामक अगुवाको स्थान लिनुपर्ने भयो। हस्तान्तरणको बेला,...

२३. परमेश्‍वरलाई मेरो हृदय दिँदा

क्षिन्चे, दक्षिण कोरियावर्ष २०१८ को जुन महिनामा, मैले राज्यको स्तुतिगानको प्रदर्शनका लागि अभ्यास गरें। परमेश्‍वरको प्रशंसा गर्दै र उहाँको...

४६. के मानिसहरूलाई खुशी पार्नेहरूले परमेश्‍वरको स्याबासी जित्‍न सक्छन्

लियु यि, चीनम एक विश्‍वासी हुनुभन्दा पहिले, अरू मानिसलाई ठेस नपुर्‍याऊँ र सबैसँग मिलेर रहन सकूँ भनेर सधैं सचेत रहने गर्दथें। कोही कठिन...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्