६१. बीस दिनको वेदना
डिसेम्बर २००२ को एक दिन अपरान्ह ४ बजेतिर, म सडकको एक छेउमा उभिएर फोनमा बोलिरहेको थिएँ, मलाई अचानक पछाडिबाट कसैले कपाल र हातमा पक्र्यो, र मैले प्रतिक्रिया पनि दिन नपाउँदै, मलाई खुट्टामुनि हिर्काएर लर्याकलुरुक पारियो। मैले शरीरको सन्तुलन गुमाएँ र भुईंमा नराम्ररी बजारिएँ। तुरुन्तै धेरै जना मानिसले मलाई दह्रिलो गरी भुईंमा थिचे, अनि मेरो अनुहार भुईंमा जोतियो र मेरो हात पछाडिपट्टि लगेर हतकडी लगाइयो। त्यसपछि, तिनीहरूले मलाई भुईंबाट उठाएर घिस्याउँदै सेडान कारमा हाले। मलाई पुलिसले पक्राउ गरेको रहेछ भनेर थाहा भयो। तिनीहरूको क्रूरता स्पष्ट थियो, र मलाई दाजुभाइ-दिदीबहिनीहरू पक्राउ परेपछि तिनीहरूले भोगेको क्रूर यातनाबारे बताएको कुरा याद आयो। म अत्यन्तै घबराएँ र डराएँ, अनि यातना सहन सक्दिनँ र यहूदा बन्नेछु भन्ने मलाई चिन्ता लाग्यो। त्यस कारमा जाँदा बाटोभरि मैले परमेश्वरलाई म गवाहीको रूपमा दह्रिलो गरी खडा हुन सकूँ र शैतानको अघि नझुकूँ भनेर विश्वास र शक्ति माग्दै प्रार्थना गरिरहेँ।
पुलिसले मलाई सिधै एउटा सानो होटलमा लिएर गयो, अनि त्यहाँ पुगेपछि तिनीहरूले मेरो सर्ट च्याते र जुत्ता फुकाले, मेरो पेटी निकालेर, मलाई बरफजस्तो चिसो भुईंमा खाली खुट्टा उभ्याए। कोठामा धेरै जना अफिसरहरू थिए र कसैले मेरो फोटो खिचिरहेको थियो। त्यसपछि, तिनीहरूमध्ये एक जनाले म र अर्का ब्रदरले बैंकमा डिपोजिट गरिरहेको भिडियो फुटेज देखाए, र पैसा कहाँबाट आयो, कसलाई पठाइयो, र उनीहरू कहाँ बस्छ्न् भनेर सोधे। म छक्क परेँ। यी अफिसरहरूले मलाई एक-दुई दिनदेखि मात्र निगरानी र पिछा गरिरहेका रहेनछन् भनेर मलाई थाहा भयो, र त्यो दिन त्यहाँ धेरै जना अफिसर देख्दा, तिनीहरूले मलाई सजिलै छोड्दैनन् भनेर बुझ्न सक्थेँ। यो सोच्दा म निकै त्रसित भएँ, र मैले परमेश्वरसँग मनमनै बारम्बार प्रार्थना गरिरहेँ। मैले उहाँका केही वचनहरू स्मरण गरेँ: “नडरा; म तेरो आड हुँदा, तेरो मार्ग कसले कहिल्यै छेक्न सक्थ्यो र? यो कुरा याद राख्! याद राख्! सबै थोकमा मेरा असल अभिप्रायहरू हुन्छन्, र सबै थोक मेरो छानबिनमुनि हुन्छ। के तेरा प्रत्येक शब्द र कार्यले मेरो वचन पालन गर्छन्? जब तँमाथि आगोका जाँचहरू आइपर्नेछन्, के तैँले घुँडा टेकेर कराउनेछस्? कि तँ डरले लुरुक्क पर्नेछस्, अगाडि बढ्न सक्नेछैनस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०)। परमेश्वर मेरो साथको रूपमा मेरो छेवैमा हुनुहुन्छ भन्ने जानेपछि मलाई त्यति धेरै हडबडाहट र डर भएन। मलाई थाहा थियो, परमेश्वरले नै मलाई पक्राउ पर्न दिनुभएको थियो, र उहाँप्रति ममा विश्वास र भक्ति छ कि छैन भनेर जाँच्न उहाँले यो परिस्थिति प्रयोग गरिरहनुभएको थियो। मैले परमेश्वरलाई निराश तुल्याउनु हुँदैनथियो, तर गवाहीको रूपमा दह्रिलो गरी खडा भएर शैतानलाई लाजमा पार्न मैले उहाँमा भर पर्नुपर्थ्यो। पुलिसले मलाई जसरी यातना दिए पनि, र चाहे मैले मर्नु नै परे पनि, म मण्डलीको पैसा राखिएको स्थान खुलासा गरेर कहिल्यै यहूदा बन्दिनँ भनेर मैले मनमनै सङ्कल्प गरेँ! मैले एक शब्द पनि नबोलेको देख्दा, एक अफिसरले मलाई धेरैपटक जोडले थप्पड हाने र हाम्रो मण्डलीका अगुवा को हुन्, मण्डलीको पैसा कहाँ राखेको छ, र मसँग पैसा डिपोजिट गर्ने मान्छे को हुन् भनेर सोधे। मैले अझै उत्तर नदिँदा तिनले मलाई अझै थप्पड हाने, तिनको हात दुख्न थालेपछि तिनले मेरो जुत्ता उठाएर त्यसको हिलले मेरो मुखमा हाने। तुरुन्तै मेरो मुख सुन्निन थाल्यो र केही दाँतहरू हल्लिए, अनि मेरो मुखको कुनाबाट रगत बग्न थाल्यो। तिनीहरूले मलाई एक घण्टाभन्दा बढी यातना दिए, र त्यसपछि मात्रै उठ्न दिए। मलाई निगरानी गरेर उभिएर बस्न लगाउन अनि सुत्न नदिनको लागि तिनीहरूले दुई-दुई जना गरी पालो फेर्न थाले। म त्यसरी तीन दिन, तीन रातसम्म लगातार उभिएँ। मलाई पछि मात्रै थाहा भयो, त्यो त प्रहरीले बारम्बार सोधपुछ गर्दा प्रयोग गर्ने “चीललाई थकाउने” भन्ने यातनाको तरिका रहेछ, जसमा तिनीहरूले व्यक्तिको मनोबल नटुटेसम्म जागा रहन लगाउँदा रहेछन्, र त्यसपछि तिनीहरूले स्पष्ट रूपमा सोच्न नसक्ने भएपछि सोधपुछ गर्दा रहेछन्। परमेश्वरलाई धोका दिन मानिसहरूलाई जबरजस्ती गर्नको लागि तिनीहरूले यो रणनीति प्रयोग गर्दा रहेछन्। मेरो पूरै शरीर सहनै नसकिने गरी दुखिरहेको थियो र म मानसिक र शारीरिक दुवै रूपमा थकित थिएँ। म उभिएकैमा निदाउन सक्थेँ, तर म झुल्नेबित्तिकै, अफिसरले मलाई नराम्ररी थप्पड हान्थे, निकै जोडले लात मार्थे, वा मेरो कानैमा चिच्याउँथे र म तर्सिएर बिउँझन्थेँ। मेरो मुटु छातीबाट बाहिर निस्केला जस्तै गरी धड्किन्थ्यो। कहिलेकहीँ म होसमा हुन्थेँ, तर अरू मा बेलाचाहिँ अर्धहोसमा हुन्थेँ, र यो वास्तविक जीवन हो कि सपना हो मलाई थाहा हुँदैनथ्यो। म वेदनामा थिएँ र अब त सहन सक्दिनँ जस्तो लाग्थ्यो, र यदि यस्तै भइरह्यो भने मेरो दिमागले काम गर्न छोड्नेछ वा म बहुलाउँछु भन्ने मलाई डर थियो। मैले परमेश्वरलाई हृदयदेखि प्रार्थना गरेँ, र उहाँको लागि गवाहीको रूपमा दह्रिलो गरी खडा हुन विश्वास र शक्ति दिनुहोस् भनी बिन्ती गरेँ।
एक बिहान, केही अफिसरहरू मलाई सोधपुछ गर्न आए। तिनीहरूले भने, “तैँले यसरी एक शब्द नि नबोली सजिलै उम्कन सक्छस् भन्ने नसोच्। यहाँ आइसकेपछि, तैँले हाम्रा प्रश्नको उत्तर स्पष्ट रूपमा दिनैपर्छ! तँलाई साँचो कुरा भन्नुपर्दा, हामीले तँलाई धेरै महिनादेखि पछ्याउँदै आइरहेका छौँ। तँलाई भेट्टाउन हामीले सेटालाइट पोजिसनिङ सिस्टम प्रयोग गर्यौँ र तेरो हर गतिविधिबारे हामीलाई थाहा छ। हामीले तँलाई गल्ती स्वीकार गर्न लगाएर, मौका दिइरहेका छौँ। तैँले धेरैवटा सिमकार्ड प्रयोग गर्दा रहेछस् र धेरैवटा स्थानमा तेरो सम्पर्क रहेछ। तँ पक्कै पनि नेता हुनुपर्छ, होइन?” त्यसपछि तिनीहरूले मेरा कल रेकर्ड निकाले, जुन एक मिटरभन्दा लामो थियो, र तिनीहरूले हरेक कलमा के कुरा छलफल गरिएको थियो सो बताउनू भने। म छक्कै परेँ—यदि पुलिसलाई मेरो बारेमा त्यति धेरै कुरा थाहा भइसकेको छ र म अगुवा हुँ भन्ने ठान्छ भने, अबदेखि मलाई तिनीहरूले कसरी यातना दिनेछन् कसलाई के थाहा! म चार-पाँच दिन नसुती बसेको थिएँ र मलाई अब सहन सक्दिनँ जस्तो लागिसकेको थियो। मैले पहिले के सुनेको थिएँ भने, सात-आठ दिन लगातार सुत्न पाइएन भने, ठाउँको ठाउँ मर्न सक्छ। यदि तिनीहरूले मलाई लगातर सुत्न दिएनन् भने मर्छु कि भन्ने लाग्यो। अलिक डर लागेर, मैले तुरुन्तै प्रार्थना गरिहालेँ: “हे परमेश्वर, मेरो देह कमजोर छ र म यसलाई सहन सक्दिनँ भन्ने डर लागेको छ, तर म तपाईंलाई धोका दिन वा मेरा दाजुभाइ-दिदीबहिनीहरूको बारेमा पोल खोल्न चाहन्नँ। बिन्ती छ, मलाई विश्वास र बल दिनुहोस्।” प्रार्थनापछि मलाई परमेश्वरका केही वचनहरू याद आयो: “आस्था भनेको साँघु जस्तै हुन्छ: जीवनलाई पक्रिरहने र मृत्युको डर मान्नेहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफ्नो जीवन दिन तयार रहनेहरू, नडगमगाई र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्। यदि मानिसले डरपोक र भयका विचारहरू राख्छ भने, यो शैतानले उसलाई मूर्ख बनाएकाले हो, हामी आस्थाको पुल पार गरेर परमेश्वरभित्र प्रवेश गरौँला भनी त्यो डराएको हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६)। उहाँका वचनहरूले मलाई ब्यूँझाए—के मेरो जीवन र मृत्यु परमेश्वरको हातमा छैन र? यदि परमेश्वरले नै मलाई मर्न दिनुहुन्न भने, शैतानले मलाई केही पनि गर्न सक्दैन। ममा परमेश्वरमाथिको विश्वासको कमी रहेछ; मैले पतित भएर ज्यानको माया गरिरहेको कारण म डरपोक र कमजोर भएको थिएँ। यसबारे विचार गर्दा म अलिक शान्त भएँ र मलाई त्यति धेरै डर लागेन। मैले अझै पनि मुख नखोलेको देखेर, एक अफिसरले मलाई टाउकोमा मुड्कीले हाने। मेरो आँखा तिरमिरायो र मलाई बिजुलीको करेन्ट नै लागेजसरी मेरो पूरै शरीर लट्टियो। म झण्डै ढलेँ। अर्को अफिसरले काठको ह्याङ्गर निकाले र त्यसले मेरो चिउँडोमा बेस्सरी ठेले। मलाई सहनै नसक्ने पीडा भयो र मैले तिनीहरूलाई सोधेँ, “परमेश्वरमाथिको मेरो विश्वासले कुन कानुन तोड्यो? राष्ट्रको संविधानले स्पष्ट रूपमा नै जनताले धार्मिक स्वतन्त्रता पाएको उल्लेख गरेको छ। तपाईंहरूले मलाई मरणासन्न हुने गरी कुट्नुको पछाडि के आधार छ? के यो देशमा कुनै कानुन छ?” तिनीहरूमध्ये एक जनाले भने, “यो देशमा कानुन? कानुन भनेको के हो? कम्युनिस्ट पार्टी नै कानुन हो! अहिले तँ हाम्रो हातमा छस्, हामीले जान्न चाहेको कुरा बताइनस् भने, जिउँदै बाहिर निस्कन्छु भन्ने त सोच्दै नसोच्।” तिनीहरू कति क्रूर र लाज पचेका रहेछन् भन्ने देखेर मलाई घृणा जाग्यो र रिस उठ्यो, र त्यसपछि मैले तिनीहरूलाई जवाफ फर्काइनँ।
एक दिन केही अफिसरहरूले मलाई धम्की दिँदै भने, “तेरो मुख खोलाउने हामीसँग तरिकाहरू छन्, ढिलो वा चाँडो, त्यो समयको मात्र कुरा हो। मुख खोल्न नमान्दा अझ कष्ट मात्रै भोग्लास्। तँ त गजबको चील रैछस्, हैन? चीललाई कसरी थकाइन्छ तँलाई थाहा छ? धैर्य गर्नुपर्छ, तर समय आएपछि, चीलले राम्रो व्यवहार गर्नेछ र भनेको मान्नेछ…।” त्यो बेलासम्ममा, मलाई पहिले नै यति यातना दिइसकिएको थियो कि मैले राम्ररी सोच्नसमेत सकिरहेको थिइनँ र अब कति दिन सहन सक्छु मलाई थाहा थिएन। मैले सक्ने भनेकै आफूलाई सचेत राखिराख्न प्रयास गर्ने र होसमै रहन सक्दो गर्ने मात्रै थियो। म बारम्बार परमेश्वरलाई प्रार्थना गरिरहन्थेँ र उहाँलाई पुकारिरहन्थेँ। मैले परमेश्वरका यी वचनहरू याद गरेँ: “आखिरी दिनहरूका मानिसहरूको समूहमाझ मैले गर्ने काम अभूतपूर्व उद्यम हो, तसर्थ, मेरो महिमाले आकाशमण्डललाई ढाक्न सकोस् भनेर, सबै मानिसहरूले मेरो लागि अन्तिम कष्ट भोग्नुपर्छ। के तिमीहरूले मेरो अभिप्राय बुझ्यौ त? मैले मानिसलाई दिने अन्तिम सर्त यही हो, भन्नुको अर्थ, सबै मानिसहरूले ठूलो रातो अजिङ्गरको अघि मेरो लागि बलियो, सानदार गवाही दिन सकून्, तिनीहरूले अन्तिम पटक मेरो लागि आफूलाई अर्पण गर्न सकून्, र अन्तिम एक पटक मेरो मापदण्डहरूलाई पूरा गर्न सकून् भन्ने मेरो आशा छ। के तिमीहरूले साँच्चै यसो गर्न सक्छौ त? विगतमा तिमीहरू मेरो हृदयलाई सन्तुष्ट तुल्याउन असमर्थ थियौ—के तिमीहरूले अन्तिम पटक यो ढाँचालाई तोड्न सक्छौ? म मानिसहरूलाई मनन गर्ने मौका दिन्छु; तिनीहरूले मलाई अन्तिममा उत्तर दिनुभन्दा पहिले म तिनीहरूलाई ध्यान दिएर चिन्तन गर्ने मौका दिन्छ—के यसो गर्नु गलत हुन्छ त? म मानिसको प्रतिक्रिया पर्खन्छु, म उसको ‘प्रतिक्रियाका शब्दहरू’ पर्खिन्छु—के तिमीहरूसँग मेरा सर्तहरूलाई पूरा गर्ने विश्वास छ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय ३४)। परमेश्वरका वचनहरूले मलाई के बुझ्न मदत गरे भने, उहाँले मेरो विश्वास र भक्तिलाई सिद्ध पार्नको लागि नै मलाई पक्राउ गर्न र सतावटमा पार्न ठूलो रातो अजिङ्गरलाई अनुमति दिइरहनुभएको थियो। उहाँले मलाई शैतानको अघि परमेश्वरको गवाहीको रूपमा दह्रिलो गरी खडा हुने मौका पनि दिइरहनुभएको थियो। परमेश्वरले मेरो हरेक बोली र कार्यको सूक्ष्म जाँच गरिरहनुभएको थियो। मैले परमेश्वरमा भरोसा गरी दह्रिलो गरी खडा हुनुपर्थ्यो। यो विचारले मेरो विश्वास र सामर्थ्य जगायो, र मैले चेतनासाथ सोचेजस्तो महसुस भयो, पहिले जस्तो निद्रा लागेन, र मलाई अझै शक्ति आयो। अलिक पर उभिरहेका ती दुई अफिसरहरूले एकअर्कासँग यस्तो कुरा गरे, “यो मान्छे निकै बेग्लै खालको रहेछ। यत्रो दिन नसुती बस्दा पनि त्योसँग अझै यति धेरै ऊर्जा छ, तर हामीमध्ये धेरै जना पूर्ण रूपमा थकित भएका छौँ।” त्यो पूर्ण रूपमा परमेश्वरले मलाई दिनुभएको कृपा र सुरक्षा हो भन्ने मलाई थाहा थियो, र मैले परमेश्वरलाई हृदयदेखि नै धन्यवाद दिएँ।
त्यसपछि, तिनीहरूले मलाई ठिङ्ग्रिएर उभिन लगाए। सात दिन, सात रात नसुतेको र विरलै मात्र खाना खाएको कारण, त्यसको लागि मैले कहाँबाट शक्ति ल्याउन सक्थेँ र? केही समयपछि नै म जीउ थाम्न नसकेर भुईंमा ढलेँ। तिनीहरूले मलाई थप समय ठिङ्ग्राउनको लागि फेरि तानेर उठाए। कुनै शक्ति बाँकी नरहेकोले, म दुईपटक ढलेँ र त्यसपछि ठिङ्ग्रिएर उभिन नै सकिनँ। त्यसपछि तिनीहरूले मलाई तिनीहरूतिर फर्केर घुँडा टेक्न लगाए। मलाई अत्यन्तै रिस उठ्यो र मनमनै सोचेँ: “म परमेश्वरको आराधना गर्न मात्र घुँडा टेक्छु, र म तँ पिशाचहरूको अघि घुँडा टेक्दै-टेक्दिनँ।” जब मैले दृढ भई इन्कार गरेँ, तब तिनीहरूमध्ये दुई जनाले रिसाउँदै मेरो हात पक्रे र जबरजस्ती मलाई घुँडा टेक्न लगाउन मेरो पाँसुलामा लात्तीले हाने। मैले अझै त्यसो गर्न मानिनँ, त्यसकारण तिनीहरूले मेरा पाँसुलामा टेकेर बेस्सरी ठेले। मलाई यति पीडा भयो कि पूरै शरीर पसीनाले भिज्यो। मलाई यसरी पीडा सहनुभन्दा त मर्नु नै बेसजस्तो लाग्यो। तिनीहरूले मलाई त्यसरी लगभग एक घण्टा जति यातना दिए, जसले गर्दा मेरा पाँसुला कालो-नीलो भए र सुन्निए, र त्यसपछि मैले लामो समय खुट्टा खोच्याएर हिँड्नुपर्यो।
तिनीहरूले आठौँ दिन पनि मलाई सुत्न दिएनन्। म बेहोसीको हालतमा थिएँ, मलाई हनहन जरो आएको थियो र मेरो कान बजिरहेको थियो। मैले राम्ररी सुन्न छोडेँ र मेरो आँखाले पनि दुईवटा देख्थ्यो—मलाई एक मिनेट हिर्काउन छोड्यो भने पनि म बेहोस हुन्थेँ। बाहिर अझै हिउँ परिरहेको थियो, तर पुलिसले मलाई बाथरूममा लग्यो र ठिहिराउने चिसो पानी मेरो टाउकोमा खन्याइदियो। तिनीहरूले मलाई छोडिदिनेबित्तिकै म भुईंमा ढलिहाल्थेँ। म घरी होसमा हुन्थेँ घरी अलमल्ल हुन्थेँ। म मानसिक रूपमा टुट्न लागेको थिएँ र म मेरो शरीरले थाम्न नसक्ने अवस्थामा पुगिसकेको थिएँ। ती भयानक दिनहरू कहिले समाप्त हुनेछन् भन्ने सोच्दा मेरो आत्मबल कमजोर भयो, र मलाई केही खानसमेत मन लागेन।
नवौँ दिनको साँझ, एक जना नेताजस्तो देखिने व्यक्ति भित्र आए। तिनले पलङतिर देखाउँदै भने, “तैँले त्यो पैसा कहाँबाट आयो, तँसँगै डिपोजिट गर्ने मान्छे कहाँ छ, र अगुवा को हो, त्यति भने पुग्छ। मेरो एकै बोलीमा तैँले नुहाएर सुत्न पाउँछस्, त्यसपछि हामी तँलाई घर जान दिनेछौँ।” म थाम्नै नसक्ने गरी शारीरिक रूपमा थाकेको थिएँ र धेरैपटक भुईंमा ढलेको थिएँ। मैले सुत्न पाइनँ भने म कुनै पनि बेला मर्न सक्छु जस्तो लाग्यो। मैले मनमनै सोचेँ, “सायद म त्यति महत्त्व नभएको कुरा भनूँ कि? यदि यस्तै भइरह्यो भने त, मलाई कुटेर मारिएन भने पनि, थकाइले वा निद्रा नपुगेर नै मर्नेछु!” तर मलाई तुरुन्तै के महसुस भयो भने, यदि मैले त्यसो गरेँ भने त म यहूदा बन्नेछु। मैले तत्काल मनमनै प्रार्थना गरेँ: “हे परमेश्वर! म अब सहन सक्दिनँ। कृपया मलाई विश्वास र बल दिनुहोस्। म गवाहीको रूपमा दह्रिलो गरी खडा हुन र शैतानलाई लाजमा पार्न चाहन्छु।” प्रार्थना गरिरहेको बेला, मलाई परमेश्वरका केही वचनहरू याद आए: “यी आखिरी दिनहरूको दौरान तिमीहरूले परमेश्वरका निम्ति गवाही दिनैपर्छ। तिमीहरूका कष्टहरू जतिसुकै ठूला भए पनि, तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि, तिमीहरू परमेश्वरप्रति बफादार रहनैपर्छ र तिमीहरूले आफूलाई परमेश्वरको योजनाबद्ध कार्यको कृपामा राख्नुपर्छ; यो मात्रै परमेश्वरलाई साँच्चै प्रेम गर्नु हो, र यो मात्र बलियो र गुन्जायमान गवाही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्)। परमेश्वरका वचनहरूले मलाई के स्मरण गराए भने, म परमेश्वरको गवाहीको रूपमा दह्रिलो गरी खडा हुनुपर्ने समय ठ्याक्कै यही हो, र यसको लागि मैले कष्ट भोग्न र परमेश्वरप्रति समर्पित हुन सक्षम हुनुपर्छ। तर म कष्ट भोग्न चाहन्नथिएँ, र मैले आफ्नो ज्यान बचाउन मण्डलीका हितहरू बेचिदिनेसमेत सोचिरहेको थिएँ। म एकदमै स्वार्थी र नीच थिएँ—त्यो कसरी मसित मानवता भएको हो र? त्यो कसरी गवाही हुन्थ्यो र? यो विचारले मेरो विश्वास र बललाई पुनर्स्थापित गर्यो। मैले आफ्नो ज्यान नै दिनुपरे पनि, गवाहीको रूपमा दह्रिलो गरी खडा भई परमेश्वरलाई सन्तुष्ट पार्नुपर्छ भन्ने मलाई थाहा थियो। त्यसकारण, म चुपचाप नै बसिरहेँ। यो देखेर, त्यस नेताजस्तो देखिने मानिसले मलाई हेर्ने अफिसरहरूलाई भने, “त्यसलाई निगरानीमा राख। मुख नखोलेसम्म त्यसलाई सुत्न नदिनू।” त्यसपछि तिनी फर्केर आफ्नो बाटो लागे।
दशौँ दिनको दिउँसो, पुलिसले धेरै जना सिस्टरहरूलाई पक्राउ गऱ्यो। तिनीहरूले उनीहरूलाई अलग-अलग सोधपुछ गर्न चाहन्थे र मलाई हेर्ने पर्याप्त मानिसहरू तिनीहरूसँग नभएकोले, मैले त्यो रात बल्ल सुत्न पाएँ। भोलि बिहान, काइ थर गरेका पुलिसका क्याप्टेनले भने, “हामी तेरो घरमा गएका थियौँ। तेरी आमा बुढी हुँदै गइरहेकी रहेछिन् र तिनको स्वास्थ्य स्थिति पनि त्यति राम्रो छैन रहेछ, साथै तिनले तेरा दुई छोराछोरी पनि हेरचाह गर्नुपर्दो रहेछ। तिनीहरूको जीवन निकै कठिन छ। तेरी श्रीमती घरमा छैन, तेरा छोराछोरी सानै रहेछन्, र तिनीहरूलाई आमाबाबुको हेरचाह चाहिन्छ र तिनीहरूले तँलाई धेरै याद गर्दा रहेछन्। तेरो परिवारको अवस्था निकै नाजुक छ। हामीले तँलाई अर्को मौका दिने निर्णय गर्यौँ, र तैँले यो स्वीकार गर्दा नै राम्रो हुन्छ। हिजो हामीले थप केही मानिसहरू पक्रेका छौँ, त्यसकारण मलाई भन् तिनीहरूमध्ये कुनचाहिँ नेता हो, कसले पैसा राख्छ र तिनीहरू कहाँ बस्छन्, अनि म तँलाई तुरुन्तै जान दिन्छु। तँ घर गएर आफ्नो परिवारसँग बस्न सक्छस्, र हामी तँलाई त्यो ठाउँमा राम्रो काम खोज्न सहयोग गर्न सक्छौँ, अनि तैँले तिनीहरूको हेरचाह गर्न सक्छस्।” तिनले यो कुरा भन्दा मैले आँसु रोक्नै सकिनँ, र म पीडामा छटपटिएँ, कमजोर भएँ। मेरी आमा र छोराछोरीले कष्ट भोगिरहेका थिए र मैले तिनीहरूलाई सहयोग गर्ने कुनै उपाय थिएन। मैले साँच्चै नै तिनीहरूलाई निराश पारेजस्तो मलाई महसुस भयो। त्यो क्षणमा मलाई म गलत स्थितिमा जिइरहेको छु भन्ने महसुस भयो, त्यसकारण मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेँ र मलाई अगुवाइ गर्नुहोस् र मेरो हृदयको रक्षा गर्नुहोस् अनुरोध गरेँ। मैले परमेश्वरका यी वचनहरू स्मरण गरे: “मेरा मानिसहरू हर समय शैतानका धूर्त युक्तिहरूप्रति सावधान रहनुपर्छ, मेरा निम्ति मेरो घरको ढोकामा पहरा दिनुपर्छ … ताकि शैतानको पासोमा पर्न नपरोस्, जुन बेला पछुतो गर्नको लागि धेरै ढिलो भइसकेको हुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय ३)। परमेश्वरका वचनहरूले मलाई फेरि पनि यो शैतानको एउटा प्रलोभन हो भन्ने कुरा स्मरण गराए। मलाई प्रलोभनमा पारेर परमेश्वरलाई धोका दिन र दाजुभाइ-दिदीबहिनीहरूबारे खुलासा गर्न लगाउन शैतानले मेरो स्नेह प्रयोग गरिरहेको थियो, ताकि पुलिसले मण्डलीको पैसा चोर्न र परमेश्वरका चुनिएका मानिसहरूलाई चोट पुर्याउन सकोस्। म शैतानको छलमा पर्नु हुँदैनथियो, र म तिनीहरूलाई धोका दिएर लाजमर्दो अस्तित्वमा जिउनु हुँदैनथियो। त्यसको केहीपछि नै, मलाई चिन्न लगाउन तिनीहरूले सिस्टरहरूलाई एक-एक गरी मेरो अघि ल्याए, अनि मैले उनीहरूलाई स्पष्ट रूपमा देख्न सकूँ भनेर उनीहरूलाई बिस्तारै ३६० डिग्री घुम्न लगाए। म मेरो आँखाको कुनाबाट, अफिसरहरूले मेरो अनुहारको भाव अवलोकन गरिरहेको देख्न सक्थेँ, त्यसकारण मैले परमेश्वरलाई प्रार्थना गरेँ र ममाथि नजर लगाउनुहोस् र उनीहरूलाई धोका दिनबाट मलाई बचाउनुहोस् भनेर अनुरोध गरेँ। मलाई एकदमै शान्ति महसुस भयो, र तिनीहरू प्रत्येकलाई मैले कुनै भाव नदेखाई हेरेँ र बिस्तारै टाउको हल्लाएँ। क्याप्टेन काइले झोँक्किदै मलाई थप्पड हाने र चिल्लाए, “तिनीहरूमध्ये एक जनालाई पनि छिन्दैनस्, त्यो म पत्याउँदिनँ। थप दश दिन चीलको यातना दिँदा कसो होला, त्यसपछि तँ तह लाग्छस् कि?” त्यसपछि तिनीहरूले मलाई मण्डलीको पैसा कहाँ छ र अगुवा को हो भनेर प्रश्न गरिरहे। म बोल्दिनथिएँ, त्यसकारण तिनीहरूले मलाई दिन-रात यातना दिइरहे, र मलाई पटक्कै सुत्न दिएनन्। तिनीहरूमध्ये एक जनाले मलाई थप्पड हान्थे, पाँसुलामा लात मार्थे, कनपटको कपाल बेस्सरी तान्थे, वा म झुलेँ भने, मेरो कानमा दुवै हत्केला कोप्रो पारेर माइक बनाउँदै जोरले कराउँथे। म हरेकपल्ट तर्सिएर बिउँझँदा मेरो डर र पीडाको अभिव्यक्ति देखेर तिनीहरू मरीमरी हाँस्थे। म व्याकुल थिएँ, र मरेतुल्य भएर कति बेर जिउन सक्छु मलाई थाहा थिएन। विशेष गरी जब “चीललाई थकाउने” कुनै समय सीमा छैन, व्यक्तिले सबै कुरा बकेपछि मात्र यो समाप्त हुन्छ भनेर पुलिसले भनेको कुरा सोच्दा, म झनै कमजोर भएँ।
मेरो यातनाको बीसौँ दिनसम्म पनि पुलिस रोकिने कुनै छाँटकाँट देखिनँ, तर मेरो शरीर थाम्नै नसक्ने अवस्थामा पुगिसकेको थियो। भुईंमा ढल्दैपिच्छे मसँग उभिने वा आँखा खोल्ने शक्तिसमेत हुँदैनथियो। मेरो चेतना झन्-झन् धमिलो हुँदै गइरहेको थियो र सास फेर्नसमेत गाह्रो भइरहेको थियो। मलाई त म कुनै पनि बेला मर्न सक्छु जस्तो लाग्यो, र मलाई अत्यन्तै डर लाग्यो। एक जना अफिसर यसो भन्दै चिच्याएको मैले सुनेँ, “तँजस्तो हठधर्मीलाई हामीले कुटेर मारे पनि केही फरक पर्दैन! हामी तँलाई जहाँ लगेर पनि गाड्न सक्छौँ र त्यो कसैले कहिल्यै थाहा पाउनेछैन।” त्यो सुन्दा म पूर्ण रूपमा तोडिएँ। मलाई कुटेर मारियो भने मेरी आमा, श्रीमती, र छोराछोरीले के गर्नेछन्? मेरी आमा वृद्ध भइसक्नुभएको थियो र उहाँको मुटुमा समस्या थियो र उच्च रक्तचाप भएको थियो। म मरे भने के त्यो उहाँको लागि पनि अन्त्य नै हुनेछैन र? अनि, त्यसले मेरी श्रीमतीलाई कति चोट पार्नेछ? मेरा छोराछोरी अझै पनि एकदमै सानै थिए—तिनीहरू कसरी बाँच्नेछन्? मलाई त्यसबारे सोचिरहने आँट नै आएन। म हिक्क-हिक्क भएँ र आँखाबाट आँसुको धारा बग्यो। मेरो पीडा र कमजोरी निश्चित बिन्दुमा पुगिरहेको बेला, अफिसरले यसो भनेको मैले सुनेँ, “तँ कहाँ बस्दै आएको छस् त्यो मात्रै भन् अनि हामी यो मामिला बन्द गर्नेछौँ! नत्र, हामी मामिला बन्द गर्न सक्नेछैनौँ। हामी तँसँग हरेक दिन राती-राती बसेर कष्ट भोग्न चाहन्नौँ।” मैले मनमनै विचार गरेँ, “आज राती मैले तिनीहरूलाई केही पनि बताइनँ भने, मैले यसबाट पार पाउन सक्छु जस्तो साँच्चै लाग्दैन। सायद म त्यति महत्त्व नभएको कुरा बताउन सक्छु। मलाई बास दिने वृद्धा सिस्टर सामान्य विश्वासी मात्रै हुन् र मण्डलीबारे उनलाई त्यति धेरै जानकारी थाहा छैन। म उनको घरमा बसेँ भनेर स्वीकार गर्दा मण्डलीमा कुनै पनि खास हानि नहुनुपर्ने हो। यसको अतिरिक्त, म पक्राउ परेको २० दिन भइसक्यो, त्यसकारण उनको घरमा राखिएका परमेश्वरको वचनका सबै पुस्तकहरू पक्कै पनि अर्कै ठाउँमा सारिसकिएको हुनुपर्छ। यदि तिनीहरूले उनले विश्वास गर्छन् भन्ने कुनै प्रमाण भेट्टाउन सकेनन् भने, वृद्धा महिलालाई केही पनि गर्नेछैनन्, होइन र?” मलाई यस्तो लागेपछि मैले परमेश्वरलाई प्रार्थना गरिनँ, त्यसपछि पुलिसले मलाई बास दिने सिस्टरको घर वरिपरिको नक्सा देखाएपछि, मैले घर कुन हो भनेर देखाइदिएँ। मेरो मुखबाट यो कुरा निस्कनासाथ, मेरो पुरै चेत खुल्यो, निद्रा पुरै भाग्यो, र अचानक हृदयमा वास्तविक अन्धकार महसुस भयो। म यहूदा बनेको छु र परमेश्वरको स्वभावलाई चिढ्याएको छु भन्ने मलाई थाहा भयो। म भयभित अनि हक्का न बक्क भएँ, दोषी भावना र पछुतोले विक्षिप्त बनेँ। मैले कसरी यहूदा बनेर ती सिस्टरलाई धोका दिन सकेँ? त्यसपछि एक जना पुलिसले सोध्यो, “कुन घरमा पैसा राखेको छ? नेता को हो? परमेश्वरको वचनका पुस्तकहरू कहाँ छन्?” मैले तिनीहरूलाई अरू केही नभनेपछि एक जनाले मलाई लात हाने। तर त्यो बेला, शारीरिक पीडाले मलाई फरक पारेन। मेरो हृदयको पीडा शरीरको पीडाभन्दा सयौँ गुणा तीब्र थियो। मलाई मुटुमा छुरा रोपिएजस्तै भयो, र म लाचार हुँदै समयलाई पछाडि फर्काई आफूले भनेको कुरा फिर्ता लिन सके हुन्थ्यो भन्ने लाग्यो, तर धेरै ढीलो भइसकेको थियो। मलाई त आफ्नो आत्मा गुमाएको छु जस्तो लाग्यो, र मैले एउटा आवाज पनि निकालिनँ। मबाट कुनै जानकारी नपाउने देखेपछि, तिनीहरूले मलाई हिरासत गृहमा पठाए।
हिरासत गृहमा, सबैको अघि, सुधार अफिसरले मलाई जाँच गर्न पूरै नाङ्गो पारे र मेरो फोटो लियो। मैले मुख नधुएको वा दाँत नमाझेको २० दिन भइसकेको थियो, र म अत्यन्तै दुर्गन्धित भएको थिएँ। हिउँदको लगभग माइनस १० डिग्री चिसोमा, तिनीहरूले मलाई तातो पानी दिएनन्, चीसो पानीले मात्र धोइपखाली गर्न दिए। म थाकेर ढल्ने अवस्थामा पुगेको र बोल्ने शक्तिसमेत नभएकोले, हाजिरी लिँदा म सानो सोरले बोलेँ भनेर मलाई सुधार अफिसरले मर्नेगरी छातीमा लात हाने। यति साह्रो पीडा भयो कि मेरा सबै भित्री अङ्गहरू निस्किए जस्तो भयो, र निकै बेरपछि मात्रै मैले सामान्य रूपमा सास फेर्न सकेँ। तिनीहरूले मलाई हिरासत गृहका नियमहरू पनि कण्ठ गर्न लगाए, र राम्ररी कण्ठ गर्न नसक्दा मलाई दण्डस्वरूप भुईं पुछ्न र शौचालय सफा गर्न लगाउँथे। मेरो हातभरि चीरा परेको थियो, र त्यसबाट सजिलै रगत बग्थ्यो, र हरेक रात म ओछ्यानबाट निस्केर दुई घण्टा कुरुवा उभिनुपर्थ्यो। म सबै शारीरिक पीडा लिन सक्थेँ, तर ती सिस्टरलाई धोका दिएदेखि, मैले निरन्तर दोषी महसुस गर्दै दिनहरू बिताएँ, र म परमेश्वर र उनीप्रति ऋणी छु भन्ने महसुस हुन्थ्यो। मैले आफूलाई माफ गर्न सकिनँ। मलाई बास दिन उनले आफ्नो व्यक्तिगत सुरक्षालाई बेवास्ता गरेकी थिइन्, तर मैले आफूलाई रक्षा गर्न उनलाई बेचिदिएको थिएँ। मसँग कुनै मानवता थिएन! विशेष गरी परमेश्वरका यी वचनहरू मलाई साँच्चै मर्मस्पर्शी लाग्यो: “सङ्कष्टको समयमा मप्रति अलिकति पनि बफादारी नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई कुनै बेला विश्वासघात गरेकाहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई घात गर्नेहरूसँग सङ्गत गर्न झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो। मैले तिमीहरूलाई यो भन्नैपर्छ: मेरो हृदय पूर्ण रूपमा तोड्ने जोसुकैले मबाट दोस्रो पटक क्षमा पाउनेछैन, र मप्रति बफादार रहेकाहरू सधैँ मेरो हृदयमा रहनेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्वरका वचनहरू मुटुमा रोपिएको छुराजस्तै लागे, र मेरो विवेकले अझै बढी दोषी महसुस गर्यो, लाग्थ्यो, मसँग परमेश्वरको सामना गर्ने सम्मान बाँकी छैन। परमेश्वरको स्वभाव पवित्र र धर्मी छ र त्यसले कुनै पनि मानव अपराधलाई सहन सक्दैन, दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिएर आफूलाई रक्षा गर्ने, र आफूलाई मात्रै बचाउन चाहनेहरूलाई परमेश्वरले घृणा गर्नुहुन्छ भन्ने मलाई राम्ररी थाहा थियो। मैले उनलाई धोका दिएर, लाजमर्दो यहूदा बनेको थिएँ। त्यो परमेश्वरको लागि अत्यन्तै चोट पुर्याउने किसिमको र अत्यन्तै घृणाष्पद कुरा थियो। यसबारे सोच्दा मेरो मुटु टुक्राटुक्रा भएजस्तै अनुभव हुन्थ्यो, र म रातभरि सुत्न सक्दिनथिएँ। म पीडा र ग्लानिको दलदलमा डुबेको थिएँ।
मण्डलीको पैसा कहाँ छ र मैले कसलाई सुसमाचार सुनाएको छु भनेर सोधपुछ गर्न क्याप्टेन काइ अझ दुईपटक थुना घरमा आए। एकपटक, तिनले मलाई पहिचान गर्न लगाउन दुई जना सिस्टरको फोटो ल्याए, र मैले साँचो कुरा भनिनँ भने, तिनले मलाई जेल हाल्छु भनेर चेतावनी दिए। पहिले त, म आफूलाई मात्रै बचाउन चाहन्थेँ, त्यसकारण मैले ती सिस्टरलाई बेचिदिएँ र परमेश्वरको हृदयलाई साँच्चै चोट पुर्याएँ। मलाई दण्ड दिएर नरकमा पठाउनु अति गरेको हुँदैनथियो। यसपटक, मैले आजीवन जेल सजाय पाए पनि, म मरे पनि, म थप कुनै जानकारी दिनेवाला थिइनँ। त्यसैले, मैले अलिकति पनि नहिचकिचाइ भनेँ, “म उनीहरूलाई चिन्दिनँ!” त्यसपछि क्याप्टेन काइले जोड दिँदै भने, “राम्ररी हेर्! राम्ररी सोच्, अनि उत्तर दे।” मैले दृढतासाथ फेरि भनेँ, “म उनीहरूलाई चिन्दिनँ!” मेरो सङ्कल्प देखेर, अर्को अफिसरले मलाई जोडले दुई थप्पड हाने, जसले गर्दा मेरो अनुहार पीडाले पोल्न थाल्यो। तर यसपटक म पूर्ण रूपमा शान्तिमा थिएँ।
पछि, मैले म असफल हुनुका कारणहरूबारे विचार गरेँ। एउटा कारण के थियो भने, म आफ्ना स्नेहमा अत्यन्तै डुबेको थिएँ, त्यसकारण जब पुलिसले मलाई यातना दियो र ज्यान मार्ने धम्की दियो, तब मैले मेरी आमा, छोराछोरी, वा श्रीमतीबारेको आफ्नो सोचाइलाई त्याग्न सकिनँ, किनभने म मरेँ भने तिनीहरूले त्यो प्रहारलाई सहन नसकेर जिउन सक्दैनन् भनेर डराएको थिएँ। विश्वासघाती, लाजमर्दो यहूदा बन्दै, मैले आफ्नो दैहिक स्नेहको लागि परमेश्वरलाई र ती सिस्टरलाई धोका दिएको थिएँ। ममा साँच्चै नै सबै मानवताको कमी थियो! वास्तवमा, मेरो परिवारको भाग्य सबै परमेश्वरकै हातमा थिए, र तिनीहरूले जीवनमा कति धेरै कष्ट र पीडा सहनेछन् भन्ने कुरा परमेश्वरले पहिले नै निर्धारित गरिसक्नुभएको थियो। यदि म मरिनँ र तिनीहरूको साथमा रहन सकेँ भने पनि, तिनीहरूले कति कष्ट भोग्नुपर्छ भन्ने कुरा म कुनै हालतमा पनि परिवर्तन गर्न सक्दिनथिएँ। मैले यो कुरा बुझेको थिइनँ, तर म मेरा भावनाहरूको कारण पछि हटेको थिएँ। यो साँच्चै नै मूर्खता थियो। यसको अर्को पक्ष के थियो भने, मैले मृत्युको महत्त्वलाई पूर्ण रूपमा बुझेको थिइनँ। मैले जीवनबाट बिदा हुने कुरालाई सहन सकिनँ, जसको अर्थ मसँग परमेश्वरप्रति सच्चा विश्वास पटक्कै थिएन। म थकानपूर्ण यातनाको बिसौँ दिनसम्म आइपुग्दा, मेरो चेतना झन्-झन् धमिलो हुँदै गइरहेको थियो, मलाई सास फेर्न पनि समस्या भइरहेको थियो, र म कुनै पनि क्षण मर्न सक्छु जस्तो लागेको थियो। मेरो समय आइपुगेको हो कि भन्ने डरले म निकै भयभीत थिएँ। प्रभुको सुसमाचार प्रचार गर्ने काम गरेका युगौँयुगका ती सबै सन्तहरूबारे मैले विचार गरेँ। कतिपय ढुङ्गाले हानेर मारिए, कतिका शिर काटिए, र कतिलाई क्रूसमा टाँगियो। तिनीहरू सबै धार्मिकताको निम्ति सताइए र तिनीहरूका मृत्यु शैतानमाथिको विजयी, शैतानलाई बदनाम गर्ने गवाही थिए, र तिनीहरू सबैलाई परमेश्वरले सम्झनुभयो। तिनीहरू देहमा मरेका भए पनि, तिनीहरूका आत्मा परमेश्वरको हातमा छन्। मलाई प्रभु येशूको यो भनाइ याद आयो: “जसले आफ्नो जीवन बचाउनेछ उसले त्यो गुमाउनेछ: र जसले मेरो खातिर आफ्नो जीवन गुमाउनेछ त्यसले त्यो पाउनेछ” (मत्ती १६:२५)। मलाई मेरो विश्वासको कारण पक्राउ गरी यातना दिइएको थियो। यो त धर्मी कारणको लागि भोगिएको सतावट थियो। यदि पुलिसले मलाई साँच्चै नै अपाङ्ग हुने गरी वा मर्ने गरी कुटपिट गरेको भए, त्यो महिमापूर्ण कुरा हुनेथियो। यसबारे विचार गर्दा मलाई साँच्चै राहत महसुस भयो, र मैले अबदेखि जति नै कष्ट भोग्नुपरे पनि, यसको लागि ज्यान नै दिनु परे पनि, म परमेश्वरको गवाहीको रूपमा दह्रिलो गरी खडा हुनेछु, मेरो विगतको अपराधको निम्ति प्रायश्चित गर्नेछु, र त्यस्तो अपमानमा जिउन छोड्नेछु भनेर सङ्कल्प गरेँ।
सन् २००३ को जनवरीको अन्त्यतिर, म पक्राउ परेको झण्डै दुई महिना भइसकेको थियो। मेरो ३० पाउन्डभन्दा बढी तौल घटेको थियो, र जब तिनीहरूले थुनामा रहेकाहरूलाई हावा खान बाहिर जान दिन्थे, तब म आँगनमा एक-दुई चक्कर लगाउँदा नै स्याँस्याँ हुन्थेँ। म निकै कमजोर अवस्थामा थिएँ र अधिकारीहरूलाई म तिनीहरूको हातमा मर्छु भन्ने डर थियो, त्यसकारण तिनीहरूले मलाई जेलबाहिर बिताउन सकिने १८ महिनाको सजाय मात्रै दिए। मेरो रिहाइपछि, मैले महिनामा दुईपटक सार्वजनिक सुरक्षा ब्यूरोमा कल गरेर मेरो ठेगानाबारे रिपोर्ट गर्नुपर्थ्यो, र हरेक तीन महिनामा मेरो विचारधाराबारे तिनीहरूलाई रिपोर्ट गर्नुपर्थ्यो। म घर आएपछि, मेरा सबै अविश्वासी परिवार र इष्टमित्रले भेला भएर मलाई हकारे। मलाई निकै नमिठो अनुभूति भयो। जेलमा हुँदा मलाई ठूलो रातो अजिङ्गरले यातना दिएर झण्डै मेरो ज्यान लिएको थियो, र अहिले घर आएपछि, मैले मेरो परिवारका गतल बुझाइहरू सहनुपरेको थियो। म त्यो तीतो पीडा पचाउनुबाहेक अरू केही गर्न सक्दिनथिएँ। मलाई पछि के थाहा भयो भने, मलाई पक्राउ गरेपछि पुलिस मेरो घरमा खानतलासी गर्न गएछ र म पैसा कमाउन ठगी काममा लागेको छु भनेर मेरो परिवारलाई छल गरेछ। म एकदमै रिस उठ्यो। पुलिसले मलाई पक्रेर यातना दिएको थियो, मलाई यहूदा बन्न र एक सिस्टरलाई धोका दिन बाध्य पारेको थियो र झूटो कुरा पैदा गरेर मेरो परिवारलाई मलाई नकार्न लगाउन झूटसमेत बोलेको थियो। मलाई कम्युनिस्ट पार्टीका पिशाचहरूप्रति हुनसम्मको घृणा जाग्यो!
केही समयपछि नै फेरि पनि पुलिस मेरो पछि लाग्यो, त्यसकारण म भागिहिँड्नुपर्यो। म कम्युनिस्ट पार्टीद्वारा खोजी जारी रहेको फरार व्यक्ति बनेँ। मैले अर्कै नाम प्रयोग गर्दै अनौठो किसिमका कामहरू गर्नुपर्यो, घर फर्केर जाने कुनै आशा थिएन। मैले मण्डलीसँगको सम्पर्क पनि गुमाएँ। पुलिसको खेदो, परिवारको इन्कार, अनि मण्डली जीवनसमेत जिउन नपाउँदा, मलाई अत्यन्तै पीडा भयो। खास गरी, मैले यहूदा बनेर ती सिस्टरलाई धोका दिएको त्यो घटना मेरो मुटुमा छापजस्तै गढेको अनुभूति भयो। मलाई सधैँ आफूले अक्षम्य पाप गरेको छु, मेरो विश्वासको मार्ग सक्किसक्यो र अबउप्रान्त मुक्ति पाउने मेरो मौका नै छैन जस्तो लागिरहन्थ्यो। यी विचारले मलाई वेदनामा पारे र दुर्बल बनाए।
मैले सन् २००८ को मे महिनामा मण्डलीसँग फेरि सम्पर्क कायम गरेँ र एउटा कर्तव्य लिएँ। त्यसपछि मैले परमेश्वरका वचनहरूमा यो कुरा पढेँ: “परमेश्वरका वचनहरूद्वारा विजय गरिने कार्यलाई स्वीकार गर्ने प्रत्येक व्यक्तिले मुक्ति पाउने केही अवसरहरू पाउनेछ; परमेश्वरले प्रत्येक व्यक्तिलाई मुक्ति प्रदान गर्दा तिनीहरूलाई सम्भव भएसम्म फुक्का छोड्नुहुनेछ। अर्को शब्दमा भन्दा, तिनीहरूलाई अत्यधिक उदारता देखाइनेछ। जबसम्म मानिसहरू गलत मार्गबाट फर्कन्छन्, र जबसम्म तिनीहरूले पश्चात्ताप गर्न सक्छन्, परमेश्वरले तिनीहरूलाई उहाँको मुक्ति प्राप्त गर्ने अवसरहरू दिनुहुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले हैसियतका आशिष्हरूलाई पन्छ्याउनुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्वरको अभिप्रायलाई बुझ्नुपर्छ)। “परमेश्वरले हरेक व्यक्तिलाई सम्हाल्ने तरिका त्यस समयको खास परिस्थिति र पृष्ठभूमि, साथै त्यस व्यक्तिको कार्य र व्यवहार र उसको प्रकृति सारमा आधारित हुन्छ। परमेश्वरले कहिल्यै कसैलाई अन्याय गर्नुहुन्न। यो परमेश्वरको धार्मिकता हो। उदाहरणका लागि, हव्वालाई सर्पले असल र खराबको ज्ञानको रूखको फल खान लोभ्यायो, तर यहोवाले उनलाई ‘मैले तँलाई त्यो नखानू भनेको थिएँ, तैँले किन खाइस्? तैँले खुट्ट्याउनुपर्थ्यो; सर्पले तँलाई लोभ्याउन मात्रै बोलेको थियो भनेर तैँले थाहा पाउनुपर्थ्यो’ भनेर हप्काउनुभएन। यहोवाले हव्वालाई त्यसरी हप्काउनुभएन। यो किनभने मानिसहरू परमेश्वरद्वारा सृष्टि गरिएका हुन्, र उहाँलाई तिनीहरूका प्राकृतिक सक्षमताहरू कस्ता छन् र तिनले मानिसहरूलाई के गर्न दिन्छन्, मानिसहरूले आफूलाई कुन हदसम्म नियन्त्रण गर्न सक्छन्, र मानिसहरूले कति हासिल गर्न सक्छन् भनी थाहा छ। परमेश्वरलाई यो सबै कुरा अत्यन्तै स्पष्ट रूपमा थाहा छ। परमेश्वरले व्यक्तिलाई सम्हाल्ने तरिका मानिसहरूले कल्पना गरे जस्तो सरल छैन। चाहे परमेश्वरले कुनै व्यक्तिलाई मन पराउनुहोस्, उहाँ ऊप्रति वितृष्ण हुनुहोस्, वा उहाँले उसलाई घृणा गर्नुहोस्, ऊप्रति उहाँको मनोवृत्ति मुख्यतया त्यस व्यक्तिको सत्यताप्रतिको मनोवृत्तिमा आधारित हुन्छ। कसैले कुन सन्दर्भमा के भन्छ भन्ने कुरालाई वास्ता नगरी, परमेश्वरले यसलाई छानबिन गर्नुहुन्छ र बुझ्नुहुन्छ, किनभने परमेश्वरले मानिसको हृदय र सारलाई छानबिन गर्नुहुन्छ। मानिसहरू सधैँ विश्वास गर्छन्: ‘परमेश्वरसँग केवल ईश्वरत्व छ। उहाँ धर्मी हुनुहुन्छ र मानिसबाट कुनै उल्लङ्घन सहनुहुन्न। उहाँले मानिसका कठिनाइहरूलाई ख्याल गर्नुहुन्न वा आफूलाई तिनीहरूका ठाउँमा राख्नुहुन्न। यदि कुनै व्यक्तिले परमेश्वरको प्रतिरोध गर्छ भने, उहाँले उसलाई दण्ड दिनुहुनेछ।’ कुरा त्यस्तो हुँदै होइन। यदि मानिसहरूले परमेश्वरको काम, मानिसहरूलाई व्यवहार गर्ने उहाँका सिद्धान्तहरू, र उहाँको धार्मिकतालाई त्यसरी बुझ्छन् भने, यो एउटा गम्भीर गल्ती हो। परमेश्वरले हरेक व्यक्तिको परिणाम मानिसका धारणा र कल्पनाहरूमा आधारित भएर होइन, परमेश्वरको धर्मी स्वभावमा आधारित भएर निर्धारण गर्नुहुन्छ। उहाँले हरेक व्यक्तिलाई उसले गरेको कामअनुसार प्रतिदान गर्नुहुन्छ। परमेश्वर धर्मी हुनुहुन्छ, र ढिलोचाँडो, उहाँले सबै मानिसहरूलाई पूर्ण रूपमा विश्वस्त पार्नुहुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका यी वचनहरू पढ्दा मेरो हृदय यति छोयो कि मैले मेरो आँसु रोक्नै सकिनँ। म त ठूलो गल्ती गरेर घर आउन आँट नगर्ने बालकजस्तै थिएँ, जो संसारमा वर्षौं भौँतारिएर अन्ततः आमाको काखमा फर्किएको थियो। मैले परमेश्वरको सारको उपकारलाई साँचो रूपमा महसुस गर्न सकेँ। मैले ती सिस्टर र परमेश्वरलाई धोका दिएको थिएँ, त्यसकारण म दण्ड पाउन योग्य थिएँ, तर परमेश्वरले मलाई मेरो अपराधअनुसार व्यवहार गर्नुभएन। उहाँले मलाई पश्चात्ताप गर्ने मौका दिनुभयो। मैले परमेश्वरको स्वभावमा न्याय र क्रोध मात्रै समावेश छैन, तर कृपा र सहनशीलता पनि छ भन्ने देख्न सकेँ। परमेश्वरले मानिसहरूलाई सिद्धान्तअनुसार नै व्यवहार गर्नुहुन्छ। उहाँले तिनीहरूलाई तिनीहरूका क्षणिक अपराधअनुसार सीमित पार्नुहुन्न, तर तिनीहरूका कामको प्रकृति र प्रसङ्ग, अनि त्यो बेलाको तिनीहरूको कदअनुसार व्यवहार गर्नुहुन्छ। यदि कुनै व्यक्ति मानव कमजोरीको कारण विश्वासघाती बन्छ, तर उसले आफ्नो हृदयबाट परमेश्वरलाई इन्कार गरिरहेको वा धोका दिइरहेको छैन र त्यो घटनापछि उसले अझै परमेश्वरअघि पश्चात्ताप गर्न सक्छ भने, उहाँले अझै पनि उसलाई क्षमा दिन र अर्को मौका दिन सक्नुहुन्छ। मैले परमेश्वरको स्वभाव कति धर्मी छ भन्ने देखेँ। परमेश्वरले मानवजातिको भ्रष्ट स्वभाव र धोकाधडीहरूलाई घृणा गर्नुहुन्छ, तर उहाँले हामीलाई मुक्ति दिन अझै सक्दो प्रयास गर्नुहुन्छ। यस कुराले म परमेश्वरप्रति कृतज्ञताले भरिएँ र मलाई आफू उहाँप्रति अझै ऋणी भएको महसुस भयो। मैले परमेश्वरलाई धेरै चोट पुर्याएको थिएँ र साँच्चै आफैलाई थप्पड हान्न मलाई मन लाग्यो। मेरो परिणाम जस्तो भए पनि, म परमेश्वर-प्रदत्त यो मौकाको मोल गर्छु, सत्यता खोजी गर्छु, र परमेश्वरको प्रेमको ऋण तिर्न आफ्नो कर्तव्य पूरा गर्छु भनेर मैले सङ्कल्प गरेँ।
कम्युनिस्ट पार्टीको क्रूर यातना भोगेपछि, मैले परमेश्वरलाई घृणा गर्ने र विरोध गर्ने यसको पिशाची सार र दुष्ट अनुहारलाई पूर्ण रूपमा देखेँ। म शैतानलाई पहिलेभन्दा धेरै घृणा गर्छु! मानवजातिलाई मुक्ति दिने परमेश्वरको काम अत्यन्तै व्यावहारिक र बुद्धिमान् छ भन्ने कुरा पनि मैले व्यक्तिगत रूपमा नै अनुभव गरेँ—उहाँले मेरो विश्वास र भक्तिलाई सिद्ध पार्न ठूलो रातो अजिङ्गरको प्रयोग गर्नुभयो, र यसरी मलाई उहाँको धर्मी स्वभावबारे केही बुझाइ प्राप्त गर्न र उहाँका वचनहरूको अख्तियार र शक्ति बुझ्न दिनुभयो। यी सम्पूर्ण अनुभवले मलाई कठिनाइ र परीक्षाहरू परमेश्वरले मलाई दिनुभएका आशिष् हुन्, र ती उहाँको प्रेम र मुक्ति पनि हुन् भन्ने देखाएका छन्! मैले भविष्यमा जस्तोसुकै सतावट वा प्रतिकुलता सामना गर्नुपरे पनि, अन्त्यसम्मै परमेश्वरलाई पछ्याउने दृढ अठोट गरेको छु!