२. मृत्युको परीक्षामा पर्दा

क्षियाङदाओ, दक्षिण कोरिया

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै झूट छैन। यदि यो झूट थियो भने, निश्चय उहाँ व्यक्तिगत रूपले आफ्नो काम गर्न आउनुहुने थिएन। विगतमा, उहाँको मुक्तिको माध्यमहरूमा चरम प्रेम र दया देखाउने कार्य समावेश थियो, यहाँसम्म कि, उहाँले मानव जातिलाई सम्पूर्ण रूपमा प्राप्त गर्न शैतानलाई आफ्नो सबै कुरा दिनुभयो। वर्तमान विगतजस्तो अलिकति पनि छैन: आज तिमीहरूलाई दिइएको मुक्ति आखिरी दिनहरूमा, प्रत्येकलाई उसको प्रकारअनुसार वर्गीकरण गरिएको समयमा आउँछ; तिमीहरूको मुक्तिको माध्यम प्रेम वा करुणा होइन, तर त्यो सजाय र न्याय हो, यसैले कि मानिसले पूर्ण रूपमा मुक्ति पाओस्। यसैले, तिमीहरूले पाउने भनेको सजाय, न्याय र निर्दयी प्रहार मात्र हो, तर यो कुरा जान: यो निर्दयी प्रहारमा दण्ड अलिकति पनि छैन। मेरा वचनहरू जति नै कठोर भए पनि, तँमाथि आइपर्ने चाहिँ थोरै वचनहरू मात्र हुन् जुन तिमीहरूलाई निर्दयी लाग्‍न सक्छ, रम जति नै रिसाए पनि तिमीहरूमाथि बर्सिने भनेको मेरो शिक्षाका वचनहरू नै हुन्, मेरो उद्देश्य तिमीहरूको हानि गर्ने वा तिमीहरूलाई मार्ने होइन। के यो सबै तथ्य होइनन् र? यो जान् कि हिजोआज चाहे धार्मिक न्याय होस् वा निर्दयी शुद्धीकरण र सजाय होस्, सबै कुरा मुक्तिकै लागि हुन्। आज प्रत्येकलाई प्रकार अनुसार वर्गीकरण गरिए पनि वा मानिसका वर्गहरूलाई उदाङ्गो पारिए पनि, परमेश्‍वरका सबै वचनहरू र कामको उद्देश्य भनेको परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरूलाई मुक्ति दिनु नै हो। धर्मी न्याय मानिसलाई शुद्ध गर्नका लागि ल्याइन्छ, र निर्दयी शोधन तिनीहरूलाई शुद्ध पार्नका लागि गरिन्छ; कठोर वचनहरू वा ताडना, दुवै शुद्ध पार्नका लागि र मुक्तिको खातिर दिइन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ)। परमेश्‍वरका वचनहरूले साँच्‍चै मेरो मन छुन्छन् र २० वर्षभन्दा पहिले मृत्युको परीक्षाको अवधिमा मैले भोगेको असहज अनुभवको बारेमा याद दिलाउँछन्। मैले परमेश्‍वरको न्याय र सजाय मानिसप्रतिको उहाँको प्रेम र मुक्ति हो भन्‍ने कुरालाई साँचो रूपमा बुझेँ! परमेश्‍वरका वचनहरू जति कठोर वा व्याकुल पार्ने किसिमका भए पनि, ती केवल हामीलाई शुद्ध पार्न र रूपान्तरण गर्नका लागि हुन्।

फेब्रुवरी १९९२ को कुरा हो। सेवाकर्ताहरूको परीक्षापछि, परमेश्‍वरले हामीलाई राज्यको युगका मानिसहरू बन्‍नको लागि उत्थान गर्नुभयो र उहाँले हामीलाई आफ्‍ना मापदण्डहरू दिनुभयो: उहाँका वचनहरूलाई पढ्ने र तिनलाई अभ्यास गर्ने कार्यमा ध्यान केन्द्रित गर्ने, परमेश्‍वरलाई चिन्‍ने प्रयास गर्ने, परीक्षाहरूद्वारा परमेश्‍वरको गवाही दिने र जति सक्दो चाँडो राज्यका मानिसहरूको मापदण्ड हासिल गर्ने। त्यो बेला, परमेश्‍वरका वचनहरूमा प्रायजसो “मेरो घरानाका मानिसहरू” र “मेरो राज्यका प्रजा” जस्ता वाक्यांशहरू उल्‍लेख गरिन्थ्यो। यी वचनहरू सुन्दा मलाई सधैँ परमेश्‍वरले हामीलाई आफ्‍नै परिवारको रूपमा हेर्नुहुन्छ जस्तो लाग्थ्यो। मैले यस्तो न्यानोपन र प्रोत्साहनको अनुभूति गरेको थिएँ, त्यसैले मैले परमेश्‍वरका मानिसहरूमध्ये एक बन्‍ने गर्न थालेँ। म प्रार्थना गर्दै परमेश्‍वरका वचनहरू पढ्थें र उहाँका वचनहरूमा निहित उहाँका इच्‍छाको मनन गर्थेँ। मैले आफूले सकेजति राम्ररी कर्तव्य पूरा गर्थेँ अनि मैले मेरो जीवनभरि परमेश्‍वरलाई पछ्याउने सङ्कल्प गरेँ। म २२ वर्षको थिएँ। त्यो बेला मेरो उमेरका धेरैजसो केटाहरू विवाह गरेर बालबच्‍चा जन्‍माइसकेका हुन्थे। मेरो अविश्‍वासी परिवारले मेरो लागि केटी खोजिदिने प्रयास गरिरहे, तर मैले ती सबैलाई अस्वीकार गरेँ।

मलाई “राज्यको स्तुतिगान” गाउन मन पर्थ्यो, विशेष गरी यो खण्ड मन पर्थ्यो: “परमेश्‍वरको राज्यको सलामीको आवाजमा, शैतानको राज्य ढल्छ, राज्यको स्तुतिगानको गर्जनमा कहिल्यै नउठ्ने गरी नाश हुन्छ!” “पृथ्वीमा कसले खडा हुने र विरोध गर्ने हिम्मत गर्छ? जब परमेश्‍वर पृथ्वीमा ओर्लनुहुन्छ, उहाँ आगो ल्याउनुहुन्छ, क्रोध ल्याउनुहुन्छ, हरकिसिमका प्राकृतिक विपत्तिहरू ल्याउनुहुन्छ। अहिले सांसारिक राज्यहरू परमेश्‍वरका राज्य हुन्!(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “राज्यको स्तुतिगान (१) राज्य संसारमा ओर्लिन्छ”)। म परमेश्‍वरको राज्य कसरी पृथ्वीमा प्रकट हुनेछ, र जब परमेश्‍वरको काम पूरा हुनेछ, तब ठूला-ठूला विपत्तिहरू आउनेछन् र परमेश्‍वरलाई विरोध गर्ने सबै नाश हुनेछन् भन्‍ने बारेमा विचार गर्थेँ। तैपनि, परमेश्‍वरलाई पछ्याउने हामी भने बाँच्‍नेछौं र अनन्त आशिष्‌हरूमा रमाउनको लागि परमेश्‍वरले हामीलाई राज्यमा लैजानुहुनेछ। यो सबै कुराको बारेमा विचार गर्दा अत्यन्तै रमाइलो लाग्थ्यो। त्यो बेला, मलाई सर्वशक्तिमान् परमेश्‍वरको नामलाई स्वीकार गर्नु र राज्यका मानिसहरूसँग सहभागी हुन उठाइलगिनु भनेको यस जीवनमा परमेश्‍वरको राज्यमा प्रवेश गर्नु भनेको मबाट कसैले पनि खोस्‍न नसक्‍ने निश्‍चित कुरा हो भन्‍ने लाग्थ्यो। म अत्यन्तै उत्साहित थिएँ। हाम्रो आत्मा जागृत भएको थियो र हामी आनन्दले भरिएका थियौं। हामीले परमेश्‍वरको निम्ति आफैलाई अथक रूपमा समर्पित गर्थ्यौं।

तर परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ, उहाँले हाम्रो हृदयको कुरा देख्‍नुहुन्छ, र हामीले बोक्‍ने धारणा, कल्‍पना, र लालची इच्‍छाहरूको बारेमा उहाँलाई थाहा हुन्छ। हामी राज्यमा प्रवेश गर्नेछौं र परमेश्‍वरका आशिष्‌हरूमा मस्त हुनेछौं भन्‍ने आशाले हामी भरिएका मात्र के थियौं, अप्रिल महिनाको अन्त्यतिर, परमेश्‍वरले हामी सबैलाई मृत्युको परीक्षामा लैजाँदै नयाँ वचनहरू बोल्‍नुभयो।

एक दिन, मण्डली अगुवाले भेला आयोजना गरेर परमेश्‍वरका यी वचनहरू पढे: “मानिसहरूले सपना देखिरहेका बेलामा, म मानिसहरूमाझ मेरो हातमा भएको ‘मृत्युको गन्ध’ छर्दै संसारका देशहरूको यात्रा गर्छु। सबै मानिसहरू तुरुन्तै जीवनशक्तिलाई त्यागेर मानव जीवनको अर्को श्रेणीमा प्रवेश गर्छन्। मानवजातिको बीचमा, अबउप्रान्त कुनै पनि जीवित कुराहरू देख्‍न सकिँदैन, जताततै लासहरू छरपष्ट छन्, जीवनशक्तिले भरिएका कुराहरू तुरुन्तै नामनिसानबिनै हराएर जान्छन्, र लासहरूको उकुसमुकुस गन्धले भूमिलाई ढाक्छ। … यहाँ, आज सबै मानिसका लासहरू लथालिङ्ग छरिएका छन्। मानिसहरूले थाहै नपाई, म मेरो हातका महामारी छोडिदिन्छु, र मानिसको लास कुहिन्छ, र यसरी शिरदेखि पाउसम्म देहको नामनिसान कतै रहँदैन, र म मानिसबाट धेरै टाढा जान्छु। म फेरि कहिल्यै पनि मानिससँग भेला हुँदिन, म फेरि कहिल्यै मानिसकहाँ आउँदिन, किनभने मेरो सम्पूर्ण व्यवस्थापनको अन्तिम चरण समाप्त भएको छ, र म फेरि कहिल्यै पनि मानवजातिको सृष्टि गर्नेछैन, म फेरि कहिल्यै पनि मानिसलाई ध्यान दिनेछैन। मेरो मुखका वचनहरू पढिसकेपछि, मानिसहरू सबैले आशा गुमाउँछन्, किनभने तिनीहरू मर्न चाहँदैनन्—तर ‘जीवित हुन’ को खातिर को ‘मर्दैन’ र? जब म मानिसहरूलाई जीवित पार्ने जादु मसँग छैन भनी भन्छु, तिनीहरू पीडाले भक्‍कानो फुटाउँदै रुन्छन्; वास्तवमै, म सृष्टिकर्ता भए पनि, मसँग मानिसहरूलाई मर्न लगाउने शक्ति मात्रै छ, रर मसँग तिनीहरूलाई जीवित पार्ने क्षमताको छैन। यसमा, म मानिससँग क्षमा माग्छु। तसर्थ, मैले मानिसलाई अग्रिम रूपमा यसो भनेको छु ‘मैले ऊबाट तिर्न नसकिने ऋण लिएको छु’—तर उसलाई भने म नम्र हुँदै छु भन्‍ने लाग्यो। आज, तथ्यहरूको आगमनसँगै, म अझै यही भन्छु। जब म बोल्छु, म तथ्यहरू प्रकट गर्दिनँ। तिनीहरूका धारणाहरूमा, मानिसहरूले मैले बोल्‍ने तरिकाहरू धेरै छन् भन्‍ने विश्‍वास गर्छन्, त्यसकारण मैले दिने वचनहरूलाई तिनीहरूले सधैँ पक्रेर राख्छन्, र यस क्रममा अर्को कुनै कुराको आशा गर्छन्। के यी मानिसका गलत हेतुहरू होइनन् र? यिनै परिस्‍थितिहरूमा म मानिसले मलाई साँचो रूपमा प्रेम गर्दैन भनी ‘साहसको साथ’ भन्छु। म विवेकलाई त्यागेर तथ्यहरूलाई बङ्ग्याउनेछैन, किनभने म मानिसहरूलाई तिनीहरूको आदर्शभूमिमा लानेछैन; आखिरमा, जब मेरो काम समाप्त हुन्छ, म तिनीहरूलाई मृत्युभूमिमा लैजानेछु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ४०)। जब मैले “म सृष्टिकर्ता भए पनि, मसँग मानिसहरूलाई मर्न लगाउने शक्ति मात्रै छ, रर मसँग तिनीहरूलाई जीवित पार्ने क्षमताको छैन,” भन्‍ने खण्ड पढेँ, म अत्यन्तै अन्योलमा परेँ। “परमेश्‍वरले किन यस्तो कुरा भन्‍नुभयो?” मैले विचार गरेँ, “मानिसको जीवन र मृत्यु परमेश्‍वरकै हातमा छ। उहाँले किन उहाँसँग मानिसलाई जीवित पार्ने ‘क्षमता’ छैन भनी भन्‍नुभयो? के हामी विश्‍वासीहरू पनि अन्त्यमा साँच्‍चै मर्नेछौं? हामी राज्यका मानिसहरू हौं, तब हामी कसरी मर्न सक्छौं? यो हुन सक्दैन! तर परमेश्‍वरले हामीसँग ठट्टा गर्नुहुन्नथ्यो। उहाँका वचनहरूले स्पष्ट रूपमा नै उल्‍लेख गर्छन्, ‘जब मेरो काम समाप्त हुन्छ, म तिनीहरूलाई मृत्युभूमिमा लैजानेछु।’ के त्यसको अर्थ हामी सबै मृत्युको सामना गर्नेछौँ भन्‍ने हुँदैन र? यो सबैको अर्थ के हो त?” परमेश्‍वरले किन यस्तो कुरा भन्‍नुभयो भन्‍ने कुरा मैले पत्ता लगाउनै सकिन। मेरो छेउ-छाउका दाजुभाइ-दिदीबहिनीहरू पनि अन्योल देखिन्थे। त्यसपछि मण्डली अगुवाले हामीलाई सङ्गति दिए: “हाम्रो देहलाई शैतानले अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याएको छ। यो शैतानी स्वभावले भरिएको छ। हामी अहङ्कारी, छली, स्वार्थी, र लोभी छौं, र हामी अझै पनि सधैँ झूट बोल्‍ने र छल गर्ने गरिरहेका छौँ। हामीले परमेश्‍वरलाई विश्‍वास गर्न र आफैलाई उहाँमा समर्पित गर्न त सक्छौं, तर हामीले उहाँका वचनहरूलाई अभ्यास गर्न सक्दैनौं। परीक्षा र संकष्ट आउँदा हामी अझै उहाँको आलोचना गर्ने र दोष दिने गर्छौं। यसले हाम्रो देह शैतानको हो र यसले परमेश्‍वरको विरोध गर्छ भन्‍ने देखाउँछ। परमेश्‍वरको स्वभाव धर्मी, पवित्र र उल्‍लङ्घन गर्न नसकिने छ। उहाँले कसरी शैतानको स्वामित्वमा रहेका मानिसहरूलाई आफ्‍नो राज्यमा प्रवेश गर्न दिन सक्‍नुहुन्छ? त्यसैले जब उहाँको काम समाप्त हुन्छ, तब ठूला-ठूला विपत्तिहरू आउनेछन्, र यदि हामीले विश्‍वासीहरूका रूपमा सत्यतालाई प्राप्त गरेका छैनौं, हाम्रो जीवन स्वभाव परिवर्तन भएको छैन भने, हामी अझै पनि मर्नेछौं।”

अगुवाले दिएको यो सङ्गति सुनेपछि, म भावनाले ओतप्रोत भएँ र मैले कस्तो अनुभव गर्नुपर्ने हो त्यो मलाई थाहा थिएन। मलाई अचानक स्वर्ग खसेझैँ लाग्यो—म स्तम्भित भएको थिएँ। अन्योलता र द्वेषले मेरो मन भरियो, र मैले विचार गरेँ, “अन्तिम पुस्ता भएको हुनाले, के हामी सबैभन्दा बढी आशिषित छैनौं र? परमेश्‍वरले हामीलाई राज्यको युगका मानिसहरू बन्‍नको लागि उत्थान गर्नुभएको छ। हामी परमेश्‍वरको राज्यका खम्‍बाहरू हौं। हामी कसरी अन्तिममा मर्न सक्छौं? मैले मेरो जवानी र विवाहको आशा परमेश्‍वरलाई पछ्याउनको लागि भनेर त्यागेँ। मैले परमेश्‍वरको लागि दौडधूप गरेको छु, आफूलाई समर्पित गरेको छु, र धेरै कष्ट भोगेको छु। मलाई चिनियाँ कम्युनिस्ट पार्टीको पक्राउ गरेको र सताएको छ, अविश्‍वासीहरूले गिल्‍ला र निन्दा गरेका छन्। म किन अझै पनि अन्तिममा मर्नुपर्छ? के मेरा सबै कष्टहरू व्यर्थ भएका हुन्?” यो सोच्दा मलाई धेरै पीडा भयो। मलाई ममाथि ठूलो बोझले थिचेझैँ भयो र सास फेर्न पनि गाह्रो भयो। मेरो वरिपरिका सबै जनालाई यस्तै अनुभूति भइरहेको देखेँ। कति त मौन भई रोइरहेका थिए, अरूले आफ्‍नो अनुहार हातले छोपेर विलाप गरिरहेका थिए। भेलापछि, मेरी आमाले लामो सास फेर्दै भन्‍नुभयो, “मेरो उमेर ६० वर्षभन्दा बढी भइसक्यो, र मैले मृत्युलाई स्वीकार गरेकी छु। तर तँ त धेरै जवान छस्, तेरो जीवन त भर्खरै सुरु भएको छ…।” उनले यसो भनेको सुन्दा मलाई झन् रिस उठ्यो र मैले आँसु थाम्‍नै सकिन। त्यो रात झिमिक्‍क पनि सुत्‍न नसकेर म ओछ्यानमा कोल्टे फेरिरहेँ। मैले त यो कुरा बुझ्‍नै सकेको थिइन। मैले परमेश्‍वरको लागि यति उत्साही रूपमा आफूलाई समर्पित गरेको थिएँ र उहाँलाई पछ्याउन सबै कुरा त्यागेको थिएँ, तब किन मैले ठूला-ठूला विपत्तिहरूमा मर्नुपर्छ? मैले यो कुरालाई स्वीकार गर्नै सकिन, त्यसैले कुनै सङ्केत पाइन्छ कि भन्‍ने आस गर्दै, हाम्रो परिणाम परिवर्तन हुन सक्छ कि भनेर हेर्न मैले परमेश्‍वरका वचनहरू नियाल्‍न थालेँ। तर मैले आफूले चाहेको उत्तर पाउन सकिन। अवाक् भएपछि, मैले सोचेँ, “परमेश्‍वरले साँच्‍चै हामीलाई दण्डित गरिसक्नुभएको र हाम्रो मृत्यु निश्‍चित छ जस्तो देखिन्छ। कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन। यो स्वर्गले घोषणा गरिसकेको कुरा हो।”

त्यसपछिका केही दिनसम्‍म, म अत्यन्तै निराश थिएँ। म बोल्दा बिरलै आवाज निस्कन्थ्यो र मलाई केही पनि गर्न मन लाग्दैनथियो। म परमेश्‍वरले बोल्नुभएका वचनहरूलाई लिखतमा उतार्न गर्न घण्टौँसम्‍म हात दुख्‍ने गरी काम गर्थेँ, यसले मलाई कहिल्यै दुःखित तुल्याउँदैनथ्यो। दाजुभाइ-दिदीबहिनीहरूले जतिसक्दो चाँडो परमेश्‍वरका नयाँ वाणीहरू पढ्न पाऊन् भन्‍ने मात्रै चाहन्थेँ, तर अब त्यो जिम्‍मेवारीबोध हराएको थियो। मेरो बलिरहेको जोश अचानक सेलाएको थियो। मैले अब परमेश्‍वरका वचनहरूलाई लिखतमा उतार्दा, म सोच्थेँ, “म अझै पनि जवान नै छु र मैले स्वर्गको राज्यका आशिष्‌हरू अझै प्राप्त गरेको छैन। म साँच्‍चै यस्तो अवस्थामा मर्न चाहन्‍न!” यो सबै विचार गर्दा म रुन थाल्थें। त्यो अवधिमा मेरो हृदय गह्रौं भएको थियो, र छुरीले रोपेझैँ पीडा हुन्थ्यो। संसार फिक्‍का लाग्थ्यो। मलाई कुनै पनि समयमा ठूलाठूला विपत्तिहरू आइपर्नेछन् जस्तो लाग्थ्यो, र म कहिले मर्नेछु मलाई थाहा थिएन। मलाई संसार सकिएको छ जस्तो भयो।

पछि मैले परमेश्‍वरका वचनहरू पढेँ र केही आत्मज्ञान प्राप्त गरें, त्यसपछि बिस्तारै समयसँगै मैले स्वतन्त्र महसुस गरें। परमेश्‍वरका वचनहरूमा मैले यो कुरा पढें: “आज, राज्यको प्रवेशद्वारतर्फ अघि बढ्ने समयमा, सबै मानिसहरू अघि बढ्न थाल्छन्—तर जब तिनीहरू प्रवेशद्वारको अघि पुग्छन्, तब म प्रवेशद्वार बन्द गर्छु, म मानिसहरूलाई बाहिर थुनिदिन्छु, र तिनीहरूलाई आफ्‍नो प्रवेश अनुमतिपत्र देखाउन माग गर्छु। त्यस्तो अनौठो कार्य पूर्ण रूपमा मानिसहरूका अपेक्षाहरू विपरीत हुन पुग्छन्, र तिनीहरू सबै चकित हुन्छन्। आज किन प्रवेशद्वार—जुन सधैँ पूर्ण रूपमा खुला रहेको छ—अचानक बन्द गरिएको छ? मानिसहरूले आफ्‍नो खुट्टाले भूँइमा धक्‍का दिन्छन् र यता-उता गर्छन्। तिनीहरूले तिनीहरू भित्र प्रवेश गर्न सक्छन् भन्‍ने कल्‍पना गर्छन्, तर जब तिनीहरूले आफ्‍नो झूटो प्रवेश अनुमतिपत्र दिन्छन्, तब म तिनीहरूलाई तुरुन्तै त्यहीँ नै आगोको कुण्डमा फ्याँकिदिन्छु, र तिनीहरूले आफ्‍ना ‘परिश्रमी प्रयासहरू’ लाई ज्वालामा देख्दा, तिनीहरूले आशा गुमाउँछन्। प्रवेश गर्न नपाएकाले तिनीहरू रुँदै, राज्यभित्रको सुन्दर दृश्यहरू हेर्दै टाउको समात्छन्। तर तिनीहरूको दयनीय अवस्थाको कारण म तिनीहरूलाई प्रवेश गर्न दिँदिन—कसले मेरो योजनालाई आफ्‍नो इच्‍छाअनुसार बिथोल्‍न सक्छ र? के भविष्यका आशिषहरू मानिसहरूको जोसको साटो दिइन्छ? के मानव अस्तित्वको अर्थ मेरो राज्यमा आफ्‍नो इच्‍छाअनुसार प्रवेश गर्ने कार्यमा अडिएको हुन्छ र? … मैले मानिसमा विश्‍वास गुमाएको धेरै भइसक्यो र मैले मानिसहरूमाथि आशा गुमाएको धेरै भइसक्यो, किनभने तिनीहरूमा ठूलो लक्ष्यको कमी छ, मलाई तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्ने हृदय कहिल्यै दिन सकेनन्, बरु तिनीहरूले सधैँ मलाई तिनीहरूका उत्प्रेरणाहरू दिन्छन्। मैले मानिसलाई धेरै कुरा भनेको छु, अनि आजका मानिसहरूले अझै पनि मेरो सल्‍लाहलाई बेवास्ता गर्ने हुनाले, भविष्यमा तिनीहरूले मेरो हृदयलाई गलत रूपमा नबुझून् भनेर म तिनीहरूलाई मेरो दृष्टिकोण बताउँछु; आउने समयमा तिनीहरू मर्छन् कि बाँच्‍छन् बन्‍ने कुरा तिनीहरूको हातको कुरा हो; म यस कुरालाई नियन्त्रण गर्न सक्दिनँ। मलाई आशा छ तिनीहरूले बाँच्‍ने तिनीहरूको आफ्‍नै मार्ग भेट्टाउँछन्। यसमा म शक्तिहीन छु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ४६)। “जब मानिसहरूले आफ्‍नो जीवन बलिदान दिन तयार हुन्छन्, सबै कुरा तुच्छ बन्छ, र त्यतिको उत्तम कुरा कसैले पनि गर्न सक्दैन। जीवनभन्दा महत्त्वपूर्ण कुरा अरू के हुन सक्छ र? तसर्थ, मानिसहरूमा थप कुनै काम गर्न शैतान असमर्थ हुन्छ, यसले मानिसलाई गर्न सक्ने कुरा केही पनि छैन। ‘देह’ को परिभाषामा देहलाई शैतानले भ्रष्ट तुल्याएको छ भनेर भनिए पनि, यदि मानिसहरूले आफूलाई साँचो रूपमा समर्पित गर्छन्, र शैतानद्वारा नियन्त्रित हुँदैनन् भने, तिनीहरूलाई कसैले पनि वशमा पार्न सक्दैनन्—अनि यस क्षणमा, देहले अर्को कार्य गर्नेछ, र औपचारिक रूपमा परमेश्‍वरका आत्माको निर्देशन प्राप्त गर्न थाल्नेछ। यो अनिवार्य प्रक्रिया हो, यो चरणबद्ध रूपमा हुनुपर्छ; नत्र भने, जिद्दी देहमा काम गर्ने कुनै माध्यम परमेश्‍वरसँग हुनेछैन। परमेश्‍वरको बुद्धि नै यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ३६)। मैले परमेश्‍वरका वचनहरूको बारेमा मनन गर्दा म अत्यन्तै व्याकुल हुन्थें। के मलाई मृत्युको डर लागेको र मैले अत्यन्तै धेरै आशिष्‌को इच्छा गरेकोले मैले नकरात्मक र पीडाको अनुभूति गरिरहेको थिइन र? प्रारम्भिक दिनहरूमा, मैले आशिष्‌ र स्वर्गको राज्यमा प्रवेश पाउन परमेश्‍वरमा विश्‍वास गरेको थिएँ। म सेवाकर्ताहरूको परीक्षाबाट गुज्रेको, र आशिष्‌हरू प्राप्त गर्ने मेरो इच्‍छालाई थोरै त्याग्‍न सक्‍ने र मैले परमेश्‍वरको लागि सेवा गर्ने सङ्कल्प गरेको भए पनि, मेरो छली र दुष्ट शैतानी प्रकृतिले गहिरो जरा गाडेको थियो। परमेश्‍वरले हामीलाई उहाँका मानिसहरू बनाउनुभएपछि, मेरो हृदय फेरि पनि अपेक्षाले भरिएको थियो। मलाई यसपटक अवश्य नै स्वर्गको राज्यमा प्रवेश गर्न सक्छु भन्‍ने लागेको थियो। मलाई परमेश्‍वरको नाम स्वीकार गरेर, परमेश्‍वरद्वारा राज्यका मानिसहरूमध्ये एक हुन उठाइएपछि, सबै कुरा त्यागेपछि, र आफूलाई समर्पित गरेपछि, म अवश्य नै स्वर्गको राज्यमा प्रवेश गर्नेछु भन्‍ने लागेको थियो। यो निश्‍चित छ भन्‍ने लागेको थियो। जब परमेश्‍वरको कामले मेरा धारणाहरूमा प्रहार गर्‍यो र मेरो सम्‍भावना र गन्तव्यलाई हटायो, म कमजोर र नकारात्मक भएँ र परमेश्‍वरलाई गुनासो गरेँ। मैले विगतमा गरेका बलिदानहरूको निम्ति पछुतो समेत गरेँ। मैले मेरा सबै प्रयासहरू स्वर्गको राज्यका आशिष्‌हरू प्राप्त गर्नको लागि मात्रै थिएछन् भन्‍ने देखेँ। के मैले परमेश्‍वरसँग लेनदेन गरिरहेको, उहाँलाई धोका दिइरहेको र उहाँलाई प्रयोग गरिरहेको थिइन र? हरेक परीक्षामा मैले विद्रोहीपन र गुनासोबाहेक केही पनि प्रकट गरिन। मैले उहाँको आज्ञापालन गर्न चाहन्थेँ तर त्यसो गर्न सकिन, र मलाई राम्ररी थाहा भएका सत्यताहरू अभ्यास गर्न सकिन। मैले म प्रकृतिले नै परमेश्‍वरविरोधी छु, म शैतानको हुँ भन्‍ने थाहा पाएँ। शैतानी स्वभावले भरिएको म जस्तो व्यक्ति मर्नुपर्छ र नष्ट गरिनुपर्छ। म परमेश्‍वरको राज्यमा प्रवेश गर्नको लागि पूर्ण रूपमा अयोग्य थिएँ। यो कुरालाई उहाँको धर्मी स्वभावले निर्धारित गरेको थियो। परमेश्‍वरलाई पछ्याउने र उहाँको धर्मी स्वभावलाई जान्‍ने मौका पाउनुको अर्थ मेरो जीवन व्यर्थमा गएको थिएन! अनि मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “म अबदेखि मेरो देहको लागि जिउन चाहन्‍न, बरु म तपाईंका नियम र बन्दोबस्तहरूमा समर्पित हुन चाहन्छु। परिणाम जे-जस्तो भए पनि, यदि म मर्नै परे पनि, म तपाईंको धार्मिकताको प्रशंसा गर्नेछु।” जब मैले मेरो अन्त्य र गन्तव्यको बारेमा विचार गर्न छोडेँ र मेरो आफ्‍नै जीवनको मूल्य तिर्नु परे पनि परमेश्‍वरकै बन्दोबस्तहरूको पालन गर्ने इच्‍छा गरेँ, तब मलाई मुक्तिको सुन्दर अनुभूति भयो।

तर त्यो बेला, हामीले हाम्रो परिणामको बाबजुत हामीले परमेश्‍वरको आज्ञापालन गर्न र उहाँलाई पछ्याउन सके पनि, हामीसँग पछ्याउनको लागि लक्ष्य थिएन। तर मे १९९२ मा, परमेश्‍वरले थप वचनहरू व्यक्त गर्नुभयो, जसमा हामीलाई जीवित हुँदा परमेश्‍वरलाई प्रेम गर्न र अर्थपूर्ण जीवन जिउन भनिएको थियो। परमेश्‍वरले हामीलाई प्रेमिलो परमेश्‍वरको समयमा लिएर जानुभयो, र मृत्युको परीक्षा समाप्त भयो। परमेश्‍वरका वचनहरू पढेर, भेला र सङ्गति गरेर, मैले के थाहा पाएँ भने, मानिसको नियति परमेश्‍वरको हातमा भए तापनि र मृत्युबाट कोही पनि उम्कन नसके पनि, हामीले नकारात्मक रूपमा मृत्युको सामना गर्नु परमेश्‍वरको इच्‍छा होइन। हामीले हामी जीवित हुँदा उहाँलाई प्रेम गरेको, सत्यताको अभ्यास गर्न र हाम्रो भ्रष्ट स्वभावलाई त्याग्‍न सकेको, र पूर्ण रूपमा मुक्ति पाएको चाहनुहुन्छ। अनि मात्रै हामी उहाँको राज्यमा प्रवेश गर्न योग्यका हुनेछौं। मैले बल्‍ल बुझेँ, हामीलाई मृत्युको परीक्षामा डोर्‍याएर, परमेश्‍वरले हामीलाई हाम्रो मृत्युतर्फ डोर्‍याइरहनुभएको थिएन, उहाँले त हामीलाई आफ्‍नो धर्मी स्वभाव प्रकट गरिरहनुभएको थियो। उहाँले कसलाई मुक्ति दिनुहुन्छ, उहाँले कसलाई नष्ट गर्नुहुन्छ, र उहाँको राज्यमा प्रवेश गर्न को उचित छ सो हामीले बुझ्‍न सकौं भनेर उहाँले यसो गर्नुभएको थियो। मैले म शैतानद्वारा कति धेरै भ्रष्ट तुल्याइएको रहेछु भन्‍ने पनि देखेँ र मैले मेरा धारणा र कल्पनाहरूलाई, र आशिष्‌हरू पाउने मेरो इच्‍छालाई त्याग्‍न सकेँ। म परमेश्‍वरको शासन र बन्दोबस्तहरूमा समर्पित हुन र साँचो रूपमा सत्यताको खोजीमा लाग्‍न सकेँ। यो मेरो लागि परमेश्‍वरको मुक्ति थियो! परमेश्‍वरले हामीलाई घृणा गर्नुहुने वा हामीलाई कष्ट दिन चाहनुहुने हुनाले हामीलाई न्याय र सजाय गर्ने गर्नुहुँदो रहेनछ, बरु हामीलाई सत्यताको खोजी गर्ने र मुक्ति पाउने सही मार्गमा डोर्‍याउनको लागि त्यसो गर्नुहुँदो रहेछ। परमेश्‍वरले हामीमा गर्नुहुने सबै कुरा तथ्यहरूको प्रारम्भद्वारा गरिएका हुँदैनन्। उहाँले हामीलाई न्याय, सजाय, जाँच र शोधन गर्ने वचनहरू व्यक्त गरेर मात्रै पनि परिणामहरू प्राप्त गर्नुहुन्छ। परमेश्‍वरको काम अत्यन्तै बुद्धिमानीपूर्ण छ र मानिसप्रतिको उहाँको प्रेम र मुक्ति अत्यन्तै वास्तविक छ!

अघिल्लो: १. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

अर्को: ३. एक प्रतिभारको परीक्षा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७१. प्रदर्शन गरेर भएको हानि

रुओयु, स्पेनकेही वर्ष पहिले, म उस्तै उमेरका केही दाजुभाइ-दिदीबहिनीहरूसँग मलजल गर्ने कर्तव्यमा लागेकी थिएँ। तिनीहरू अत्यन्तै उत्साहित र...

१७. कमजोर क्षमता बहाना होइन

झुइक्‍वी, चीनविगतका समयमा, मैले मेरो कर्तव्य गर्ने समयमा कठिनाइको सामना गर्नु पर्दा, वा मैले नराम्रोसँग काम गर्दा, मेरो क्षमता कमजोर भएर हो...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्