६०. झूटा अगुवाबारे रिपोर्ट गर्नु: एउटा व्यक्तिगत सङ्घर्ष

ग्यान जियाओ, चीन

गत वर्षको अगस्टमा, म बर्खास्त भएपछि, एक जना अगुवाले मलाई अर्को मण्डलीमा स्थानान्तर गरे। त्यहाँ मेरो पहिलो भेलामा ब्रदर लियाङ्ग हुई एक घण्टापछि आइपुगेको मैले देखेँ। मण्डली अगुवा सिस्टर ट्यान मिन पनि त्यहीँ थिइन्। मैले सोचेँ, “दाजुभाइ-दिदीबहिनीहरूले लियाङ्ग हुई लापरवाह छन् र आफ्‍नो कर्तव्यमा आफूलाई जे मन लाग्यो त्यही गर्छन्, र सधैँ कुनै कारणविना नै भेलाहरूमा ढिलो आउँछन् भनेका मैले सुनेकी छु। आजको भेलामा तिनी निकै ढिलो आइपुगे, त्यसकारण यस समस्याको विषयमा ट्यान मिनले तिनीसँग सङ्गति गर्नुपर्छ।” तर उनले यसलाई एकदमै हल्का रूपमा लिइन् र केही पनि भनिनन्। भेलाको बेला, अर्का ब्रदरले आफू पैसाको बन्धनमा परेर आफ्‍नो कर्तव्यमा ध्यान दिन नसकेको कुरा बताए, र तिनी निकै निराश देखिन्थे। हामीमध्ये केहीले तिनलाई सङ्गति गर्न र सहयोग दिन परमेश्‍वरका केही वचन खोज्यौँ, तर ट्यान मिनले मण्डली अगुवाको रूपमा कुनै सङ्गति नै गरिनन्। उनले भेलाहरूमा कुनै जिम्‍मेवारी नलिइरहेकी, र कसैलाई तिनीहरूको समस्यामा सहयोग नगरी झारा मात्रै टारिरहेकी मैले देखेँ। म उनीसँग यो समस्याबारे कुरा गर्न चाहन्थेँ। तर मलाई के लाग्यो भने, यो मेरो त्यहाँ पहिलो भेला हो, मलाई सबै कुरा थाहा नहुन सक्छ, त्यसकारण मैले प्रतीक्षा गरेर हेर्नुपर्छ, अनि मात्रै बोल्‍नुपर्छ। त्यसपछिका केही भेलाहरूमा पनि उनले ठीक त्यस्तै व्यवहार गरेकी देख्दा, म छक्‍कै परेँ। कहिलेकहीँ उनले परमेश्‍वरका केही वचनहरू पढिसकेपछि, तिनमा त्यति सङ्गति नै नगरी निकै चाँडै भेला समाप्त गर्थिन्, र परमेश्‍वरका वचनहरूमा सङ्गति गर्ने कार्यमा उनले ध्यान दिँदैनथिइन्। मैले मनमनै विचार गरेँ: “अगुवाको कर्तव्यको मुख्य भाग भनेको दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरका वचनहरू पढ्न र सत्यतामा सङ्गति गर्न डोऱ्याउनु हो, ताकि तिनीहरू सत्यता बुझेर परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न सकून्। तर ट्यान मिनले परमेश्‍वरका वचनहरूमा सङ्गति गर्ने कार्यमा नेतृत्व गरिरहेकी छैनन्, र मानिसहरूका समस्या समाधान गर्दिनन्। के यो कर्तव्यलाई बेवास्ता गर्नु होइन र? के यसो गर्न झारा टार्नु मात्रै होइन र? यसरी त कसरी कुनै पनि काम पूरा गर्न सकिन्छ र? यस्तै भइरह्यो भने, सबैको जीवन प्रवेशमा ढिलाइ हुनेछ। म केही भन्न चाहन्छु, तर उनले मेरो कुरा स्वीकार गर्दिनन्, मलाई अहङ्कारी भन्‍नेछिन्, र बर्खास्त भएपछि अरूको मामिलामा हात हाल्‍नुको सट्टा आफ्‍नै बारेमा मनन गर्नुपर्छ भन्‍नेछिन् भन्‍ने मलाई डर छ।” यो सोचेपछि, मैले पछि हट्ने र यस कुरालाई बिर्सिदिने, अनि आफैमा ध्यान केन्द्रित गर्ने निर्णय गरेँ।

एक महिनापछि मलाई अर्को कर्तव्य दिइयो र मलाई अरू दुईवटा भेलाको निम्ति खटाइयो। ती भेलाका दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरका वचनहरूमा सङ्गति गर्नेबारे वा आफ्‍ना अनुभव र ज्ञानबारे कुराकानी गर्ने विषयमा पनि ध्यान दिँदैनथिए। कहिलेकहीँ त तिनीहरू गफ मात्रै गरेर बस्थे। मलाई मण्डली जीवनको सफलता मण्डलीको नेतृत्व गर्ने व्यक्तिसँग प्रत्यक्ष सम्‍बन्धित हुन्छ, र यदि यस्तै भइरह्यो भने दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा हानि पुग्नेछ भन्‍ने लाग्यो, त्यसकारण मैले ट्यान मिनलाई यो कुरा बताएँ। अचम्‍मको कुरा, उनले यो कुरा पटक्‍कै स्वीकार गरिनन्, र मण्डली जीवनमा सफलताको कमी हुनु दाजुभाइ-दिदीबहिनीहरूको समस्या हो भनेर जोड दिइन्। मैले मनमनै विचार गरेँ: “उनले आत्मसमीक्षा गर्दिनन् र सबै जिम्‍मेवारी दाजुभाइ-दिदीबहिनीहरूको काँधमा हालिदिन्छिन्। उनले मण्डली अगुवाको हैसियतमा सत्यता स्वीकार गर्दैगर्दिनन् वा दाजुभाइ-दिदीबहिनीहरूको सुझाव सुन्दिनन्, र मण्डली जीवनको लागि कुनै बोझ लिँदिनन्। कसरी उनले अरूलाई सत्यता बुझ्‍न वा परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्न सक्छिन् र? यसले दाजुभाइ-दिदीबहिनीहरूलाई हानि मात्रै गर्नेछ। मैले फेरि पनि यसबारे उनीसँग कुरा गर्नुपर्छ।” तर मैले मुख खोल्‍न लागेकी मात्र के थिएँ, तब यस्तो सोच्दै म चिन्ता गर्न थालेँ, “उनले भर्खरै मेरो सुझाव स्वीकार गरिनन्, र उनले यसबारे आफ्‍नो आचरण देखाइन्। मैले कुरा दोहोर्‍याएर के हुनेवाला छ र? उनी मण्डली अगुवा हुन्, त्यसकारण मैले फेरि पनि उनीसँग कुरा गरेँ भने, म आफ्‍नो सीमाभन्दा बाहिर गइरहेकी छु भन्‍ने सोचेर मलाई ईख राख्न सक्छिन्। मैले मुखमा बुजो लगाउनुपर्छ।” त्यसरी सोच्दा मलाई अलिक असहज भयो, तर अन्त्यमा, मैले केही नभन्‍ने निर्णय गरेँ। केही दिनपछि, ट्यान मिनले मलाई उनले एउटा भेलामा दाजुभाइ-दिदीबहिनीहरूको निराकरण गरिन् भनेर बताइन्, त्यसपछि तिनीहरूलाई उनले कसरी निराकरण गरेकी थिइन् सो स्पष्टसित बेलीबिस्तार लगाइन्। यो सुन्दा त म तीनछक परेँ, र सोचेँ: “तिमीमा आत्म-चेतनाको यति धेरै कमी कसरी हुन सक्छ? मण्डली अगुवाको रूपमा तिमी गैरजिम्‍मेवार र लापरवाह भएकीले मण्डली जीवनमा अनुशासन छैन। तिमीले कसरी त्यसको लागि अरूलाई गाली गर्न सक्छौ? सत्यतामा कुनै सङ्गति नगरी मानिसहरूलाई गाली मात्र गरेर केही पनि समाधान हुँदैन।” मलाई उनको समस्याबारे फेरि कुरा उठाउन मन लागेको थियो, तर उनको दृढ विश्वास देख्दा, उनले यसलाई राम्ररी स्वीकार गर्छिन् भन्‍ने मलाई लागेन। मैले सोचेँ, “मलाई भर्खरै बर्खास्त गरिएको थियो, त्यसकारण उनको समस्या उल्‍लेख गर्ने मसँग के अधिकार छ र? साथै, हाम्रो सँगै उठबस भइरहन्छ, त्यसकारण उनी रिसाइन् भने, मण्डलीमा मेरो लागि अवस्था कठिन हुनेछ। त्यसपछि, यदि उनले मलाई कर्तव्य दिन मानिनन् भने, मैले मुक्ति पाउने मौका गुमाउनेछु। त्यसोभए ठीकै छ, म केही पनि भन्दिनँ, र आफ्‍नो टाउको जोगाउँछु, मण्डली जीवन जिउँछु, र आफ्नो कर्तव्य पूरा गर्छु।”

मैले केही दाजुभाइ-दिदीबहिनीहरूले सुसमाचार कार्यको इन्‍चार्ज ट्यान मिन हुन्, तर उनले तिनीहरूसँग भेला नगरेकोसमेत धेरै भइसक्यो भनेर भनेको सुनेँ। तिनीहरूले के पनि सुनाए भने, तिनीहरूले नयाँ विश्‍वासीहरूको समस्या समाधान गर्न सकेनन्, र कति जना नयाँ विश्‍वासीहरूलाई धर्मका पाष्टर र एल्डरहरूले दुःख दिएका हुनाले तिनीहरू भेलामा आउन छाडे। मैले सोचेँ, “सुसमाचार कार्य अत्यन्तै महत्त्वपूर्ण छ, तर ट्यान मिनले वास्तविक समस्या समाधानका लागि केही गरिरहेकी छैनन्। कस्तो गैरजिम्‍मेवार! ट्यान मिनले कुनै व्यावहारिक काम गर्दिनन् र नयाँ विश्वासीहरूले कुनै पनि मलजल वा पोषण नपाएकाले विश्‍वास त्याग्‍नुको पछाडि सिधै उनकै हात छ!” मलाई लाग्यो, यो निकै गम्‍भीर समस्या हो, र मैले अवश्यै उनीसँग आमने-सामने कुरा गर्नुपर्छ। केही दिनपछि मैले ट्यान मिनलाई भेटेँ र दाजुभाइ-दिदीबहिनीहरूले उठाएका समस्याबारे कुरा उठाएँ, तर उनले सबै समस्याको दोष दाजुभाइ-दिदीबहिनीहरूमाथि थोपरिन्। उनले कुनै जिम्‍मेवारी लिएकी पटक्कै देखिएन। मैले के कुरा पनि औँल्याएँ भने, मण्डली अगुवा भएर व्यावहारिक समस्याहरूलाई समाधान गर्न केही नगरेर उनी गैरजिम्‍मेवार भइरहेकी छिन् र आफ्‍नो कर्तव्यलाई बेवास्ता गरिरहेकी छिन्, र यसले मण्डलीको काममा ढिलाइ हुनेछ र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्नेछ। तर उनले अनुहार बिगारिन् र एक शब्‍द पनि बोलिनन्। मैले सोचेँ: “उनले व्यावहारिक काम गरिरहेकी छैनन्, आफ्‍नो कर्तव्यको लागि बोझ लिइरहेकी छैनन्, र उनले कहिल्यै पनि सत्यता स्वीकार गरेकी छैनन्। यसको अर्थ उनी झूटो अगुवा हुन् र उनको खुलासा भएको छ, अनि उनलाई जतिसक्दो चाँडो हटाउन मैले उनका समस्याबारे उच्‍च तहका अगुवाकहाँ रिपोर्ट गर्नुपर्छ।” तर यस्तो सोच्दै म हिचकिचाएँ, “यदि मैले उनको बारेमा रिपोर्ट गरेँ र उनले थाहा पाइन् भने, के मैले उनलाई मात्र टोकसो गरिरहेकी छु र जानाजानी उनीसँग निहुँ खोजिरहेकी छु भनेर उनले भन्‍नेछिन्? उनलाई बर्खास्त गरियो भने त ठीकै हो, तर गरिएन भने, के मैले उनलाई चिढ्याएकी मात्र हुँदिनँ र? त्यसो भयो भने त मलाई यो मण्डलीमा बसी नसक्नु हुनेछ। यदि उनले मलाई बर्खास्त गरिन् र मैले आफ्‍नो कर्तव्य गुमाएँ भने, के मैले मुक्ति पाउने मौका गुमाउनेछु? त्यसोभए ठीकै छ, म उनका समस्याबारे रिपोर्ट गर्दिनँ, र आफ्‍नो कर्तव्य मात्र पूरा गरिरहनेछु।” तर यस्तो विचार गर्दा मलाई निकै दोषी महसुस भयो। मैले मण्डलीमा झूटो अगुवा छ भनेर देख्‍न सके, तर मैले त्यो कुरालाई आफैमा सीमित राखेँ। के यसो गर्नु मण्डलीको कामलाई साथ दिनु हो र? मलाई के गर्ने-गर्ने भयो, त्यसकारण मैले परमेश्‍वरको अघि आएर प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले ट्यान मिनका समस्याहरू देखेकी छु र म उनको बारेमा रिपोर्ट गर्न चाहन्छु, तर मसँग केही चिन्ताका विषय छन्। बिन्ती छ मलाई डोऱ्याउनुहोस्, ताकि म यी अन्धकारका शक्तिहरूलाई जितेर मण्डलीको कामको रक्षा गर्न सकूँ।”

पछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ: “अगुवा वा कामदारलाई कसरी व्यवहार गर्ने भन्‍ने सम्बन्धमा मानिसहरूसँग हुनुपर्ने मनोवृत्ति के हो? यदि अगुवा वा कामदारले गर्ने काम सही र सत्यताबमोजिम छ भने तैँले तिनीहरूको पालन गर्दा हुन्छ; यदि तिनीहरूले गर्ने काम गलत छ र सत्यताबमोजिम छैन भने तैँले तिनीहरूको पालन गर्नु हुँदैन र तैँले तिनीहरूको खुलासा गर्न, विरोध गर्न र फरक राय अघि सार्न सक्छस्। यदि तिनीहरू वास्तविक काम गर्न सक्षम छैनन् वा मण्डलीको काममा बाधा पुग्नेगरी दुष्कर्महरू गर्छन्, र झुटा अगुवा, झुटा कामदार, वा ख्रीष्टविरोधीका रूपमा प्रकट भएका छन् भने, तैँले तिनीहरूलाई खुट्ट्याउन, खुलासा गर्न र रिपोर्ट गर्न सक्छस्। तर, केही परमेश्‍वरका चुनिएका मानिस सत्यता बुझ्दैनन् र अत्यन्तै कायर हुन्छन्; तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरूले दबाउलान् र सास्ती देलान् भनेर डराउँछन्, त्यसैले तिनीहरू सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्। तिनीहरू भन्छन्, ‘यदि अगुवाले मलाई निष्कासित गर्यो भने म सकिन्छु; यदि उसले सबैलाई मेरो खुलासा गर्न वा मलाई त्याग्‍न लगायो भने, म अबउप्रान्त परमेश्‍वरमा विश्‍वास गर्न सक्षम हुनेछैनँ। यदि मलाई मण्डलीबाट निष्कासित गरियो भने, परमेश्‍वरले मलाई चाहनुहुनेछैन र मलाई मुक्ति दिनुहुनेछैन। अनि के मेरो आस्था व्यर्थ भएको हुनेछैन र?’ के यस्तो सोचाइ बेतुके होइन र? के यस्ता मानिसमा परमेश्‍वरप्रति साँचो आस्था हुन्छ? के कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई निष्कासन गर्दा परमेश्‍वरको प्रतिनिधित्व गरिरहेको हुनेछ? कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई सास्ती दिनु र निष्कासित गर्नु भनेको शैतानको काम हो, र यसको परमेश्‍वरसित कुनै सम्बन्ध छैन; मानिसहरू मण्डलीबाट निकालिँदा वा उनीहरूलाई निष्कासित गरिँदा, त्यो तब मात्र परमेश्‍वरको अभिप्रायबमोजिम हुन्छ जब मण्डली र परमेश्‍वरका चुनिएका सबै जनबीच संयुक्त निर्णय हुन्छ, अनि जब निकालिने वा निष्कासन गर्ने काम पूर्णतया परमेश्‍वरको घरको कामका बन्दोबस्त र परमेश्‍वरको वचनका सत्यता सिद्धान्तबमोजिम हुन्छ। झूटो अगुवा वा ख्रीष्टविरोधीद्वारा निष्कासित हुँदैमा कसरी तँलाई मुक्ति दिन सकिँदैन भन्‍ने हुन्छ? यो त शैतान र ख्रीष्टविरोधीले दिने उत्पीडन हो, र यसको मतलब तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछैनस् भन्‍ने होइन। तैँले मुक्ति प्राप्त गर्न सक्नु नसक्नु परमेश्‍वरमा भर पर्छ। कुनै मानव तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भनी निर्णय गर्न योग्य हुँदैन। तँ यसबारे प्रस्ट हुनैपर्छ। अनि तँलाई कुनै झूटा अगुवा वा ख्रीष्टविरोधीले गर्ने निष्कासनलाई परमेश्‍वरद्वारा निष्कासन गरिएको ठान्नु—के यो परमेश्‍वरको अपव्याख्या गर्नु होइन र? हो। अनि यो परमेश्‍वरको अपव्याख्या गर्नु मात्र नभई उहाँविरुद्ध विद्रोह गर्नु पनि हो। यो केही हदसम्म परमेश्‍वरको निन्दा पनि हो। के यसरी परमेश्‍वरको अपव्याख्या गर्नु अज्ञानता र मूर्खता होइन र? कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई निष्कासन गर्दा किन तँ सत्यता खोज्दैनस्? किन तँ केही खुट्ट्याउने क्षमता प्राप्त गर्न सत्यता बुझ्ने व्यक्ति खोज्दैनस्? अनि तैँले यो कुरा माथिकाहरूलाई किन रिपोर्ट गर्दैनस्? यसले के प्रमाणित गर्छ भने तँ परमेश्‍वरको घरमा सत्यताको राज चल्छ भनेर विश्‍वास गर्दैनस्, यसले तँमा परमेश्‍वरप्रति साँचो आस्था छैन, तँ परमेश्‍वरमा साँचो विश्‍वास गर्ने व्यक्ति होइनस् भनेर देखाउँछ। यदि तँ परमेश्‍वरको सर्वशक्तिमान्‌तामा भरोसा गर्छस् भने, किन कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले प्रतिशोध लिन्छ भनेर डर मान्छस्? के उसले तेरो भाग्य निर्धारण गर्न सक्छ? यदि तँ खुट्ट्याउन सक्छस् र तैँले उसका कार्यहरू सत्यतासँग मेल खाँदैनन् भनी पत्ता लगाइस् भने, सत्यता बुझ्ने परमेश्‍वरका चुनिएका जनहरूसित किन सङ्गति नगर्ने? तँसित मुख छ, त्यसैले किन बोल्ने आँट गर्दैनस्? किन तँ झूटो अगुवा वा ख्रीष्टविरोधीदेखि यति धेरै डराउँछस्? यसले तँ डरपोक, निकम्मा, शैतानको चाकर होस् भन्ने प्रमाणित गर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु तीन: तिनीहरूले सत्यता पछ्याउनेहरूलाई बहिष्कार र आक्रमण गर्छन्)। यो पढ्दा मेरो हृदय उज्यालो भयो। जब हामी मण्डलीमा झूटो अगुवा पत्ता लगाउँछौं, तब हामी तिनीहरूप्रति झुक्नु हुँदैन र हरेक मोडमा तिनीहरूबाट विवश बन्नु हुँदैन। हामीले खडा भएर तिनीहरूको खुलासा गर्नुपर्छ, र तिनीहरूका बारेमा उच्‍च तहका अगुवाहरूलाई रिपोर्ट गर्नुपर्छ। परमेश्‍वरको इच्‍छा त्यही हो। ट्यान मिनले व्यावहारिक काम गरेकी छैनन्, र उनी झूटो अगुवा हुन् भन्‍ने मलाई थाहा थियो, तर मैले त्यस कुरालाई गलत दृष्टिकोणबाट हेरेकी हुनाले, उनका समस्याबारे खुलेर बोल्‍ने आँट गरिनँ। अगुवासँग अख्‍तियार हुन्छ र हामीले कुनै कर्तव्य पूरा गर्न सक्छौँ कि सक्दैनौँ भन्‍ने कुराको निर्णय उनले नै गर्छिन्, र यदि मैले उनलाई चिढ्याएँ भने, आफ्‍नो कर्तव्य गुमाउनेछु त्यसपछि मैले मुक्ति पाउनेछैनँ भनेर सोचिरहेकी थिएँ। मैले विश्‍वास गरेको यतिका वर्षमा अझै पनि परमेश्‍वरलाई बुझेकी रहेनछु भन्ने कुरा मैले थाहा पाएँ। परमेश्‍वरको घरमा, सत्यता र परमेश्‍वर स्वंयले शासन गर्नुहुन्छ। मैले कर्तव्य पाउने कि नपाउने वा मैले मुक्ति पाउने कि नपाउने भन्‍ने कुरा परमेश्‍वरकै हातमा हुन्छ, कुनै अगुवाको हातमा हुँदैन। यदि झूटो अगुवाले अख्‍तियार लियो र मलाई साँच्‍चै दमन गऱ्यो भने पनि, त्यो क्षणिक मात्र हुनेथियो। परमेश्‍वरले सबै कुरा देख्‍नुहुन्छ र पवित्र आत्‍माले सबै कुरा प्रकट गर्नुहुनेछ, त्यसकारण ढिलो-चाँडो झूटा अगुवा र ख्रीष्टविरोधीहरूको खुलासा हुनेछ र तिनीहरू बहिष्कृत हुनेछन्। मैले परमेश्‍वरको धर्मी स्वभावलाई बुझिनँ, र मलाई अरू मानिसहरूलाई चिढ्याउँछु कि भन्‍ने डर थियो, तर परमेश्‍वरलाई चिढ्याउँछु भन्‍ने डर थिएन। मेरो हृदयमा परमेश्‍वरको निम्ति ठाउँ थिएन। म कस्तो प्रकारको विश्‍वासी रहेछु? मैले त के सोचिरहेकी थिएँ भने, म अगुवा होइन, त्यसकारण म ट्यान मिनको आलोचना गर्ने स्थानमा छैनँ र अरूले मलाई अरूको मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्‍नेछन् भन्‍ने चिन्ता लागेको थियो। त्यस परिस्थितिप्रति मेरो दृष्टिकोण साँच्‍चै हास्यास्पद थियो। परमेश्‍वरको घरको सदस्यको हैसियतमा, मलाई बर्खास्त गरिए पनि वा मैले जुन कर्तव्य पूरा गरे पनि, त्यसले केही फरक पार्दैन—यदि मैले मण्डलीमा झूटो अगुवा पत्ता लगाएँ भने, तिनीहरूबारे रिपोर्ट गर्नु मेरो जिम्‍मेवारी, दायित्व हो। त्यसो गर्नु भनेको मण्डलीको कामको रक्षा गर्नु र सकारात्मक कुरा हो। यसो गर्नु भनेको दाजुभाइ-दिदीबहिनीहरूको जीवनको लागि जिम्‍मेवारी लिनु पनि हो, र यो म आफ्नो सीमाबाहिर जानु वा हस्तक्षेप गर्नु कदापि होइन, र यो अहङ्कारी हुनु र ठूलो बन्‍नु त झन् हुँदै होइन। यो त परमेश्‍वरका चुनिएका एक जना मानिसले आफ्नो कर्तव्य पूरा गर्नु हो। यो कुरा बुझेपछि म किन झूटा अगुवाको खुलासा गर्न त्यति डराएकी थिएँ भनेर मैले आत्मसमीक्षा गरेँ। यस समस्याको वास्तविक जड के थियो?

मैले खोजी गर्ने क्रममा परमेश्‍वरका यी वचनहरू पढेँ: “विवेक र समझ दुवै व्यक्तिको मानवताका पाटो हुनुपर्छ। यी सबैभन्दा आधारभूत र सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्। विवेक नभएको र सामान्य मानवताको समझ नभएको व्यक्ति कस्तो प्रकारको व्यक्ति हो? सामान्य रूपमा भन्नुपर्दा, ऊ मानवता नभएको व्यक्ति, र साँच्चै खराब मानवता भएको व्यक्ति हो। अझ विशेष रूपमा भन्दा, यस्ता मानिसहरूमा कस्ता विशेषताहरू भेटिन्छन्? तिनीहरूमा मानवताविहीन हुनुका कस्ता विशिष्ट प्रकटीकरणहरू हुन्छन्? (तिनीहरू स्वार्थी र नीच हुन्छन्।) स्वार्थी र नीच मानिसहरू आफ्ना कार्यहरूमा झाराटारुवा हुन्छन् र जुन कुराले आफूलाई असर गर्दैन तिनीहरूले त्यसको लागि टाउको दुखाउँदैनन्। तिनीहरूले परमेश्‍वरको घरका हितहरूका बारेमा सोच्दैनन्, न त तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूको ख्याल नै गर्छन्। आफ्नो कर्तव्य पूरा गर्ने वा परमेश्‍वरको गवाही दिने सन्दर्भमा तिनीहरूमा कुनै बोझ वा जिम्मेवारीको बोध हुँदैन। … कतिपय मानिसहरू यस्ता हुन्छन् जसले जुनसुकै कर्तव्य निर्वाह गर्दा पनि कुनै जिम्मेवारी लिँदैनन्। तिनीहरू आफूले पत्ता लगाएका समस्याहरू तुरुन्तै माथिल्लो तहमा रिपोर्ट गर्दैनन्। मानिसहरूले अवरोध र बाधाहरू सिर्जना गरिरहेको देख्दा, तिनीहरूले आँखा चिम्लिदिन्छन्। दुष्ट मानिसहरूले दुष्टता गरिरहेको देख्दा, तिनीहरूले तिनीहरूलाई रोक्ने प्रयास गर्दैनन्। तिनीहरूले परमेश्‍वरको घरका हितहरूको पटक्कै सुरक्षा गर्दैनन्, वा आफ्नो कर्तव्य र जिम्मेवारी के हो भनी अलिकति पनि ख्याल गर्दैनन्। यस्ता मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा, तिनीहरूले कुनै वास्तविक काम गर्दैनन् र तिनीहरू आराममा लिप्त हुन्छन्; तिनीहरू मान्छे खुसी पारिहिँड्ने मानिस हुन्, तिनीहरू केवल आफ्नै आडम्बर, इज्जत, हैसियत, र हितका लागि बोल्छन् र काम गर्छन्, र आफूलाई फाइदा हुने कुराहरूमा मात्रै केही मेहनत र ऊर्जा लगाउन इच्छुक हुन्छन्। यस्तो व्यक्तिको कार्य र नियत सबैले प्रस्ट देख्छन्: चर्चामा आउने वा केही आशिष्‌ प्राप्त गर्ने अवसर आउनेबित्तिकै तिनीहरू देखा पर्छन्। तर जब चर्चामा आउने अवसर हुँदैन, वा जब कष्ट भोग्ने समय आउँछ, तब तिनीहरू कछुवाले आफ्नो टाउको लुकाएझैँ गायब हुन्छन्। के यस्तो व्यक्तिसँग विवेक र समझ हुन्छ? (हुँदैन।) के विवेक र समझ नभएको व्यक्तिले यसरी काम गरेकोमा आत्म-ग्लानि महसुस गर्छ? तिनीहरूले आत्म-ग्लानि महसुस गर्दैनन्; यस्तो व्यक्तिको विवेकले कुनै काम गर्दैन। यस्ताहरूले कहिल्यै पनि आफ्नो विवेकबाट स्व-निन्दा महसुस गरेका हुँदैनन्, त्यसैले के तिनीहरूले पवित्र आत्माले गर्नुहुने हप्काइ वा ताडना महसुस गर्न सक्छन् त? अहँ, तिनीहरूले सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्‍वरका वचनहरूले मलाई के बुझ्‍न सहयोग गरे भने, झूटो अगुवाको खुलासा र रिपोर्ट गर्न डराउने बानी “जुन कुराले आफूलाई असर गर्दैन त्यसको लागि टाउको दुखाउनु हुँदैन,” “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्‍पिस हुन्छन्,” र “आफ्नो दूनो आफै सोझ्याउनुपर्छ” जस्ता शैतानी दर्शनशास्‍त्रहरूमा भरोसा गरेको कारण आएको हो। यी शैतानी दर्शनहरू मेरो आदर्शवाक्यको भाग बनेका थिए र तीद्वारा मेरो सोचाइ नियन्त्रित थियो, त्यसकारण मैले मण्डलीको कामबारे विचारै नगरी सधैँ आफ्‍नै हितहरूको रक्षा गर्ने प्रयास गरिरहेकी थिएँ। म झन्-झन् घृणित, स्वार्थी र छली बनिरहेकी थिएँ। ट्यान मिनले व्यावहारिक काम गर्दिनन् र सत्यता स्वीकार गर्दिनन्, उनी झूटो अगुवा हुन् भन्‍ने कुरा मैले स्पष्टसित देखेकी थिएँ। उनको व्यवहारले मण्डलीको काममा असर पारिसकेको थियो र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा ढिलाइ गरिसकेको थियो, त्यसकारण मैले यस विषयलाई खुलासा गरेर उनको बारेमा रिपोर्ट गर्नुपर्थ्यो। तर उनी रिसाइन् भने, उनले मलाई दोष दिन्छिन् र दमन गर्छिन् भन्‍ने डरले, मैले उनको बारेमा रिपोर्ट गर्ने आँट गरिनँ। म आफ्‍नो प्रतिष्ठा, हैसियत, र भावी गन्तव्यलाई रक्षा गर्न चाहन्थेँ, त्यसकारण मैले झूटो अगुवाप्रति आँखा चिम्‍लँदै पुरै हात बाँधेर मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा हानि पुगेको हेरिरहेँ। म मण्डलीको काममा बाधा पुर्‍याउने झूटो अगुवालाई छुट दिँदै शैतानको पक्षमा उभिरहेकी थिएँ। म आफ्‍नै बारेमा मात्रै चिन्ता गर्दै, परमेश्‍वरप्रति कुनै भक्तिभाव नराखी, अनि विवेक र तर्कशक्तिविहीन बनेर म शैतानको विषअनुसार जिइरहेकी थिएँ र यसको दास बनिसकेकी थिएँ। म अलिकति पनि मानव रूपमा जिइरहेकी थिइनँ। मैले आफूलाई अझै पनि शैतानको प्रभुत्व र अधिकारमा रहेको देखेँ। मैले सत्यता पछ्याउनुपर्थ्यो, शैतानलाई त्याग्‍नुपर्थ्यो र म परमेश्‍वरको आज्ञापालन गर्ने व्यक्ति बन्‍नुपर्थ्यो। जब यी सबै कुरा स्पष्ट भयो, मलाई साँच्‍चै नै आफू परमेश्‍वरप्रति ऋणी छु भन्‍ने महसुस भयो र म कति स्वार्थी र एकदमै अनुचित व्यक्ति बनेकी थिएँ भनेर घृणा जाग्यो। मैले झूटो अगुवाबारे तुरुन्तै रिपोर्ट गरिहाल्‍नुपर्थ्यो र परमेश्‍वरको हृदयमा चोट पुर्‍याउन रोक्नुपर्थ्यो। त्यसकारण, मैले वास्तविक काम नगर्ने वा सत्यता स्वीकार नगर्ने ट्यान मिनका सबै समस्याबारे माथिल्‍लो तहका अगुवालाई बताइदिएँ। तर केही दिन बित्यो, र तिनीहरूले कसरी ट्यान मिनलाई ठेगान लगाए भन्‍ने बारेमा माथिल्‍लो तहका अगुवाबाट मैले केही पनि खबर पाइनँ। मलाई अलिक चिन्ता लाग्यो। यदि यो झूटो अगुवालाई चाँडै नै हटाइएन भने, यसले मण्डलीको काममा बाधा पुर्‍याइरहनेछ, त्यसकारण मैले के भइरहेको छ भनेर बुझ्‍न फेरि पत्र लेख्‍ने विचार गरेँ। तर त्यसपछि मैले सोचेँ, “यदि मैले फेरि यसबारे कुरा उठाएँ भने, माथिल्‍लो तहका अगुवाले मलाई धेरै कुरामा हात हालिरहेकी छु भन्ने सोच्‍न सक्छिन्। जे भए पनि, मैले आफ्नो कुरा भनिसकेकी छु, त्यसकारण सायद मैले आफ्‍नो जिम्‍मेवारी पुरा गरिसकेकी छु र मैले बाँकी कुराको चिन्ता गर्नु पर्दैन।” तर यो सोच्दा मलाई अलिक असजिलो महसुस भयो, र त्यो रात म निदाउनै सकिनँ।

एक बिहान मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “यदि कुनै मण्डलीमा सत्यता अभ्यास गर्न इच्छुक हुने र परमेश्‍वरको गवाही दिनमा दृढ रहन सक्ने कोही छैन भने, त्यो मण्डलीलाई पूर्ण रूपमा अलग गर्नुपर्दछ, र अरू मण्डलीहरूसँग त्यसको सम्बन्ध विच्छेद गर्नुपर्दछ। यसलाई ‘मृत्युलाई गाड्नु’ भनिन्छ; शैतानलाई इन्कार गर्नु भनेको यही हो। यदि एउटा मण्डलीमा धेरै जना स्थानीय बदमासहरू छन्, र तिनीहरूलाई ‘स-साना झिँगोहरू’ ले पछ्याउँछन् जसमा पूर्ण रूपमा विवेकको कमी हुन्छ, र यदि त्यस्तो मण्डलीका मानिसहरूले सत्य देखेर पनि ती बदमासहरूका बन्धनहरू र चालबाजीहरू अस्वीकार गर्न सक्दैनन् भने, तब अन्त्यमा ती सबै मूर्खहरूलाई हटाइनेछ। यी साना झिँगोहरूले कुनै डरलाग्दो काम नगरेको हुन सक्छ, तर तिनीहरू अझ छली हुन्छन्, झन् धेरै चलाख हुन्छन्, र यस्तो सबैलाई हटाइनेछ। एउटै पनि बाँकी रहनेछैन! जो शैतानका हुन् उनीहरू शैतानकहाँ फर्किनेछन् भने जो परमेश्‍वरका हुन् उनीहरू निश्चय सत्यको खोजीमा लाग्नेछन्; उनीहरूका प्रकृतिद्वारा यसको निर्णय गरिन्छ। शैतानको पछि लाग्नेहरू सबै नष्ट होऊन्! त्यस्ता मानिसहरूलाई कुनै दया देखाइनेछैन। सत्यको खोजी गर्नेहरूका निम्ति प्रबन्ध गरिन्छ, र उनीहरूले आफ्नो हृदयको सन्तुष्टिका निम्ति परमेश्‍वरको वचनको आनन्द लिन सक्छन्। परमेश्‍वर धर्मी हुनुहुन्छ; उहाँले कसैलाई पक्षपात गर्नुहुन्न। यदि तँ दियाबलस हो भने तँ सत्य प्रयोग गर्न असमर्थ छस्; यदि तँ सत्यको खोजी गर्ने व्यक्ति होस् भने यो निश्चित छ कि तँ शैतानद्वारा बन्दी बनाइनेछैनस्। यस कुरामा कुनै शङ्का छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। मैले परमेश्‍वरका वचनहरूबाट के देखेँ भने, उहाँको स्वभाव पवित्र र धर्मी छ, अनि त्यसले कुनै अपराध सहँदैन। उहाँले झूटा अगुवा र ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा दिएको र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा ढिलाइ गराएको कुरालाई घृणा गर्नुहुन्छ। झूटा अगुवा र ख्रीष्टविरोधीहरू देखापर्दा सत्यता अभ्यास नगर्ने वा मण्डलीका हितहरूको रक्षा नगर्नेहरूलाई परमेश्‍वरले तिरस्कार गर्नुहुन्छ। यस्तो व्यक्तिले सत्यता बुझेको हुन्छ तर अभ्यास गर्दैन, बरु आफ्‍नै हितहरूबारे मात्रै विचार गर्छ। तिनीहरू साँच्‍चै नै छली र धूर्त हुन्छन्, अनि पश्‍चात्ताप गर्न मानेनन् भने तिनीहरूलाई हटाइनेछ। ट्यान मिन झूटो अगुवा हुन्, र उनीभन्दा माथिका अगुवाले तुरुन्तै प्रतिक्रिया नदिएकी हुनाले, मैले यसबारे कुरा उठाइरहनुपर्छ र यो ठेगान नलागिञ्‍जेलसम्‍म लागिपर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। तर म आफैलाई मात्रै रक्षा गर्न र मलाई व्यक्तिगत रूपमा प्रभाव नपार्ने कुनै पनि कुरालाई बेवास्ता गर्न चाहन्थेँ। उनलाई छाडा हुन र मण्डलीको काममा बाधा पुर्‍याउन दिइरहेकी थिएँ। म परमेश्‍वरको इच्छाप्रति संवेदनशील बनिरहेकी र सत्यताको पक्षमा उभिरहेकी थिइनँ, बरु शैतानको पक्षमा उभिरहेकी थिएँ। त्यो त झूटो अगुवाको दुष्टतामा सहभागी हुनु थियो। मैले कुनै भयानक काम गरेकी छु जस्तो नदेखिए पनि, समस्या आइपर्दा यदि मैले सत्यता अभ्यास गरिनँ वा मण्डलीको कामको रक्षा गरिनँ भने, अन्त्यमा म हटाइनेथिएँ। यसपटक मैले आफ्‍ना हितहरूको चिन्ता गर्नु हुँदैन र यो झूटो अगुवालाई मण्डलीको काममा हानि गरिरहन दिनु हुँदैन भन्‍ने मलाई थाहा थियो। माथिल्‍लो तहका अगुवाले ट्यान मिनलाई ठेगान लगाउन ढिलाइ गरिन्, त्यसैले, त्यसको कारण मलाई थाहा नभए पनि, त्यो अवस्था त मैले आफ्‍ना व्यक्तिगत हितहरूलाई पन्छ्याएर सत्यता सिद्धान्तहरूलाई कायम राख्न सक्छु कि सक्दिनँ भनेर हेर्न परमेश्‍वरले मलाई गर्नुभएको जाँच थियो। मण्डलीका हितहरूलाई रक्षा गर्नको लागि मैले यो झूटो अगुवाको बारेमा रिपोर्ट गरिरहनुपर्थ्यो। त्यसकारण, मैले उक्त परिस्थितिबारे फेरि पनि माथिल्‍लो तहका अगुवालाई रिपोर्ट गरेँ र झूटो अगुवालाई बर्खास्त गर्न नसक्दाका खतरा र परिणामहरूलाई जोड दिएँ। उनले प्रतिक्रिया दिँदै मलाई के भनिन् भने, उनले विगत केही दिनदेखि केही अर्जेन्ट मामिलाहरू सम्‍हाल्‍नुपरेको थियो, र उनले ट्यान मिनलाई तुरुन्तै सिद्धान्तहरूअनुसार बर्खास्त गर्नेछिन्। त्यो प्रतिक्रिया देख्दा मलाई ठूलो राहत महसुस भयो र मैले शान्ति प्राप्त गर्ने एउटै मात्र तरिका भनेको सत्यता अभ्यास गर्नु हो भन्‍ने कुरा पनि सिकेँ।

केही समय नबित्तै ट्यान मिनलाई हटाइयो र मण्डलीको कामको जिम्‍मा लिनको लागि अर्को अगुवालाई चयन गरियो। केही समयपछि, मण्डली जीवनमा ठूला-ठूला धेरै परिणामहरू हासिल भए र हाम्रो सबै काम अघि बढ्न थाले। यस्तो परिणाम आएको देख्दा मलाई निकै खुसी लाग्यो, तर त्यसको साथै मलाई केही दोषी महसुस भयो र पछुतो लाग्यो। झूटो अगुवा पत्ता लगाएपछि, मैले उनको बारेमा तुरुन्तै रिपोर्ट गरिनँ। मैले आफ्‍नै व्यक्तिगत हितहरूबारे मात्रै विचार गरेँ, र शैतानी स्वभाव देखाएँ, र यसरी मण्डलीको काममा हानि पुऱ्याएँ। शैतानी स्वभावअनुसार जिउनु र सत्यता अभ्यास नगर्नु वास्तवमा कसरी दुष्ट काम गर्नु हो, र परमेश्‍वरले यस्तो कार्यलाई निन्दा र घृणा गर्नुहुन्छ भन्‍ने कुरा मैले देखेँ। मैले परमेश्‍वरको काममा कति धेरै बुद्धि हुन्छ भन्‍ने पनि देखेँ, र मण्डलीमा यो झूटा अगुवालाई देखेर समझशक्ति विकास गर्न मदत पाएँ। मण्डलीमा भएको झूटो अगुवाले परमेश्‍वरका चुनिएका मानिसहरूलाई गर्न सक्ने ठूलो हानिबारे पनि मैले अनुभव गरेँ। मैले परमेश्‍वरको धर्मी स्वभावबारे पनि सिकेँ, र परमेश्‍वरको घरमा ख्रीष्‍ट र सत्यताले शासन गर्नुहुन्छ, र कुनै पनि व्यक्तिले हैकम चलाउन पाउँदैन भन्‍ने पनि देखेँ। कुनै व्यक्तिको पद जति नै उच्‍च भए पनि, यदि उसले सत्यता अभ्यास गर्दैन र परमेश्‍वरका मापदण्डहरूलाई पूरा गर्दैन भने, ऊ परमेश्‍वरको घरमा कहिल्यै पनि टिक्न सक्दैन। अन्त्यमा उसलाई हटाइनेछ। परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्नु र सिद्धान्तअनुसार कामकुरा गर्नु मात्रै उहाँको इच्‍छाअनुरूप हो।

अघिल्लो: ५९. मानिसहरूलाई खुशी पार्दै हिँड्नुको तिक्तता

अर्को: ६१. बीस दिनको वेदना

सम्बन्धित विषयवस्तु

७०. धाक रवाफ अब हुनेछैन

मो वेन, स्पेनसन् २०१८ को कुरा म सम्झन्छु मण्डलीमा म सुसमाचारको जिम्मेवारीमा थिएँ, र पछि मलाई त्यो कामको प्रमुख बनाइयो। म मेरा...

१४. इमानदार मानिस हुनुको स्वाद

योङ्ग्सुइ, दक्षिण कोरियाएक दिन मार्च महिनाको अन्ततिर एक भेलामा, एक जना अगुवाले गिरफ्तार गरेर क्रूर यातना दिइएका एकजना दाजुको बारेमा बताए।...

६९. सही मार्गमा फर्केर आउनु

चेन गुवाङ्ग, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ...

२२. आखिरमा आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर मैले सिकेँ

क्षिन्‍चेङ, इटालीसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्