ख्याति र प्राप्तिको खोजीका दिनहरू

ली मिन, स्पेन

आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन प्राप्त गर्न चाहन्छ भने, यदि उ अर्थपूर्ण जीवन जिउन र प्राणीको रूपमा रहेको आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्नैपर्छ, र आफूबाट परमेश्‍वरको अनुशासन र परमेश्‍वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट स्वतन्त्र गर्न सकोस्, र ऊ परमेश्‍वरको ज्योतिमा जिउन सकोस्। परमेश्‍वरको सजाय र न्याय नै ज्योति, र मानिसको मुक्तिको ज्योति हो, र मानिसको लागि योभन्दा उत्तम आशिष, अनुग्रह वा सुरक्षा कुनै छैन भन्ने जान” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “परमेश्‍वरको सजाय र न्याय नै मानिसको मुक्तिको ज्योति हो”)। परमेश्‍वरका वचनहरूको यो भजनले मेरो मन एकदमै छुन्छ। म “अरूभन्दा असल बन र पुर्खाको नाम राख,” र “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” जस्ता भनाइ र शैतानका अन्य विषहरूअनुसार जिउँने गर्थे। म सधैँ ख्याति र हैसियतको पछि लागेकोले, आफ्नो ख्याति र हैसियतको लाभ र हानिको बारेमा चिन्तित रहेकोले, म शैतानबाट क्षतिग्रस्त भएको थिएँ। यसरी जिउनु पीडादायी थियो। मैले परमेश्‍वरका वचनहरूको न्याय, सजाय, ताडना र अनुशासनको अनुभव नगर्दासम्म, मैले आफ्नो भ्रष्ट प्रकृतिका बारेमा बुझिनँ, र ख्याति खोज्दाका परिणामहरूका बारेमा केही स्पष्टता पाइनँ। अन्ततः मलाई पछुतो भयो। अब म त्यसरी जिउन चाहन्न थिएँ, बरु सत्यको खोजी गर्न र मेरो कर्तव्य राम्रोसँग गर्न मात्रै चाहन्थेँ।

म सम्झन्छु, सन् २०१६को सेप्टेम्बरमा, मेरो कर्तव्य भजन बनाउनु थियो। लगत्तै, टोली नेता छान्ने छलफल गर्न हाम्रो अगुवा आउनुभयो। मैले यो सुन्ने बित्तिकै, म एकदमै उत्साहित भएँ, र सम्भाव्य उम्मेदवारहरूका बारेमा सोच्न थालेँ। मेरो टोलीका मसँग यही कर्तव्य गर्ने अन्य मानिसहरू कि त एकदमै कलिला थिए कि पर्याप्त दक्ष थिएनन्। ब्रदर लि मात्रै हुनुहुन्थ्यो। उहाँ आफ्नो सङ्गतिमा व्यावहारिक हुनुहुन्थ्यो र काम जान्नुहुन्थ्यो। साथै, उहाँको स्वभाव शालीन थियो। उहाँ नै टोली नेता छानिनुहुन्छ भन्ने मलाई लाग्यो, तर मेरो आफ्नै सङ्गति पनि त्यति नराम्रो थिएन, साथै म एक राम्रो शिक्षार्थी थिएँ र नयाँ कुराहरू सिक्न छिटोछरितो थिएँ। म सधैँ ठूलो सोचाइ राख्थेँ। त्यसैले उहाँको भन्दा मेरो सम्भावना बढी छ जस्तो मलाई लाग्यो। तर टोलीमा भएका सबै जना उक्त कर्तव्यका लागि नयाँ थिए र त्यसमा लामो समयसम्म काम गरेका थिएनन्, त्यसैले हामी एक-अर्कालाई राम्रोसँग चिन्दैनथ्यौँ। तिनीहरूले मलाई छान्छन् कि छान्दैनन्, मलाई केही थाहा थिएन। त्यसैले, मैले अगुवालाई हामी सबैले पूरा गरेका कर्तव्यको लेखाजोखा गरी, अस्थायी टोली नेता छान्न सुझाव दिएँ। सबै जना त्यसमा सहमत भए। यो कुरालाई लिएर म मनमनै खुशी भएँ। मेरो कर्तव्यको मामिलामा मेरो इतिहास राम्रो छ जस्तो मलाई लाग्यो, त्यसैले छनौट गर्ने मामिलामा मेरो सम्भावना एकदमै राम्रो छ भनेर मैले सोचेँ। भोलिपल्ट, म पूर्ण आत्मविश्‍वासका साथ भेलामा गएँ, तर अचम्मलाग्दो कुरा, उनीहरूले त्यो कामको लागि ब्रदर लिलाई छाने। त्यसपछि मलाई एकदमै नराम्रो लाग्यो, तर आफ्नो कुरा लुकाउन, मैले भावशून्य हुँदै भनेँ, “परमेश्‍वरलाई धन्यवाद होस्। अब सबै मिलेर आफ्ना कर्तव्य पूरा गरौँ।” तर भित्र कतै, मैले यो कुरा स्वीकार गर्न सकिनँ। घर फर्किदा म पूरै हताश भएको थिएँ। मैले यस विषयमा कुरा नखेलाउन सकेको थिइनँ: “किन ब्रदर लि नै र म चाहिँ होइन? मैले यो स्वीकारै गर्न सकिनँ। अरु कसैलाई छान्नु तर प्रतिभा भएको मलाई नछान्नु भनेको, के उनीहरूले मेरो सीपहरूलाई खेर फाल्नु होइन?” म के हुँ भनेर मैले आफूलाई अरूलाई प्रमाणित गर्नुपरेको थियो। म बाहिरबाट शालीन नै देखिएको भए तापनि, त्यसपछि, म भित्रभित्रै ब्रदर लिको विरुद्ध खडा हुन थालेँ। मेरा सीपहरू तिर्खान र ब्रदर लिलाई हराउन म मेहेनत गरेर पढ्न थालेँ। ब्रदर लि सिक्ने कुरामा ढिलो हुनुहुन्थ्यो भनेर म खुशी भएँ र सोचेँ, “त्यसकारण सत्य बाहिर आउँछ। तपाईँ त्यति महान् हुनुहुन्न। र आखिरमा हाम्रा दाजुभाइ र दिदीबहिनीहरूले को राम्रो छ भनेर थाहा पाउने छन्।” उहाँले गरेका प्रत्येक गल्तीसँगै, म अलिकति खुशी हुन्थेँ, र आफैमा सोच्थेँ, “के तपाईँसँग साँच्चै क्षमता छ? अरुले हेर्नेछन्।” र उहाँले अरुको समस्या समाधान गरेको देख्दा म ईर्ष्या गर्थेँ। म सोच्थेँ, “मसँग पनि त व्यावहारिक अनुभव छ। म टोली नेता भएको भएँ म सङ्गतिमा राम्रो हुने थिएँ।” विशेषगरी हामीले कामका बारेमा कुरा गर्दा, ब्रदर लिले जस्तोसुकै सल्लाह दिए पनि, म उहाँले भनेकोभन्दा, अझ अन्तर्दृष्टिमय कुरा भन्न सङ्घर्ष गर्थेँ।

म एउटा बैठकको बारेमा सम्झिन्छु, जसमा हामी भजनका लागि उपायहरूका बारेमा कुराकानी गर्दैथ्यौँ। ब्रदर लिले एउटा सल्लाह दिनुभयो, जुन एकदमै राम्रो थियो। तर मैले सोचेँ, यदि मैले यो कुरा स्वीकार गरेँ भने, के उहाँ मभन्दा राम्रो देखिनु हुन्न र? म आफ्नो शीर कसरी ठाडो पार्न सक्छु? मैले भने मलाई उसको उपाय मन परेन, र अरु केही कुराको सुझाव दिएँ, तर अन्त्यमा पूरै समूहले उहाँको सुझाव छान्यो। यो मेरो लागि गालामा हानिएको झापडजस्तै लाग्यो। समूहका सबै जना उत्साहित हुँदै उक्त उपायमा छलफल गरेको देखेँर, म ब्रदर लिको अझ बढी विरोधी भएँ, र मलाई सुन्नै मन लागेन। मेरो अघिल्लो कर्तव्यमा, म टोली नेता थिएँ, र अरुले मलाई सम्मान गर्थे। तर अहिले, म टोली नेता थिइनँ, र उहाँ मभन्दा राम्रो देखिनुभएको थियो। मैले यो कुरा थाहा पाएको भए, म यहाँ आउँने नै थिइनँ। त्यो भेलापछि, मेरो मनमा कुरा खेल्न छोडेन, र मेरो आत्मा अन्धकार भयो। म सही अवस्थामा थिइनँ भनेर, मलाई कता-कता लाग्थ्यो। त्यसपछि मैले परमेश्‍वरलाई प्रार्थना गरेँ। त्यसपछि यी वचनहरू मेरो दिमागमा आए। “सृष्टि गरिएको प्रत्येक प्राणीको हृदयमा हुने अशुद्धताको बारेमा मसित गहिरो ज्ञान छ, र मैले तिमीहरूलाई सृष्टि गर्नुभन्दा अघि, मलाई मानिसको हृदयभित्र रहेको अधर्मको बारेमा पहिले नै थाहा थियो, र मैले मानिसको हृदयमा हुने सबै छल र धूर्तताहरू जानेको थिएँ। त्यसकारण, मानिसहरूले कुन बेला अधर्मी कार्यहरू गर्छ भन्ने त्यहाँ कुनै सङ्केतहरू नभए तापनि, म तिमीहरूको हृदयभित्र गढेर बसेका अधर्म मैले सृष्टि गरेका सबै थोकहरूको प्रचुरताभन्दा बढी हुन्छ भन्‍ने मलाई अझै थाहा छ। तिमीहरू सबै भीडहरूको शिखरमा उठेका छौ; तिमीहरू जनसमुदायका पुर्खाहरू हुन उक्लिएका छौ। तिमीहरू अत्यन्तै स्वेच्छाचारी छौ, र सजिलो ठाउँ खोज्न र आफूभन्दा साना कीराहरूलाई खाने कोसिस गर्दै तिमीहरू सबै कीराहरूको बीचमा अनियन्त्रित भई दगुर्छौ। तिमीहरू आफ्नो हृदयमा द्वेषपूर्ण र खराब छौ, समुद्रको तलमा डुबेका भूतहरूलाई पनि उछिनेका छौ। तँ कीराहरू शान्त नहुञ्जेल, र केही क्षणका निम्ति एक अर्कासँग लडेर चुप नलागेसम्म तिनीहरूलाई माथिबाट तलसम्म अशान्त पार्दै गोबरको फेदमा बस्छस्। तिमीहरूलाई आफ्नो ठाउँ थाहा छैन, तैपनि तिमीहरू एक-अर्कासँग गोबरमा लडाइँ गर्छौ। त्यस्तो सङ्घर्षबाट तैंले के प्राप्त गर्न सक्छस्? यदि तिमीहरूको हृदयमा मेरो लागि साँच्चै आदर थियो भने, तिमीहरू मेरो पिठिउँ पछाडि कसरी एक-अर्कोसँग लडाइँ गर्न सक्थ्यौ? तेरो हैसियत जति नै उच्‍च भए पनि के तँ अझै पनि गोबरमा बस्ने गनाउने सानो गँड्यौला होइनस् र? के तँ पखेटा टुसाउन सक्छस् र आकाशमा उड्ने ढुकुर बन्न सक्छस्?” (वचन देहमा देखा पर्नुहुन्छको “जब झर्ने पातहरू तिनको जराहरूमा फर्कन्छन्, आफूले गरेका सबै दुष्ट कामका निम्ति तैँले पछुतो गर्नेछस्”)। परमेश्‍वरका वचनहरूले कुरूपता र ख्याति र प्राप्तिका लागि मेरो प्रतिस्पर्धालाई खुलासा गर्यो। मैले यो कर्तव्य स्वीकार गरे यता, मेरो महत्त्वकांक्षा एकदमै धेरै भएको थियो, मलाई अरुले सर्वोकृष्ट सोचून्, र मैले टोलीमा प्रभाव जमाउन सकुँ भनेर, म केही प्राप्त गर्न मरिहत्ते गर्थेँ। छनौट प्रक्रियाको दौरान, अगुवालाई विगतको हाम्रो कर्तव्यको प्रदर्शनको आधारमा टोली नेता छान्न लगाउन मैले मेरो फाइदाका लागि आफ्नो बुद्धिको प्रयोग गर्न खोजेँ। तर जब ब्रदर लिलाई छानियो, मलाई ईर्ष्या लाग्यो, र मैले प्रतिस्पर्धाको मति समाते। उहाँले गरेका काममा जब म कुनै समस्या भेट्टाउँथेँ, मैले मण्डलीको हितलाई कायम राखिनँ वा उहाँलाई सहयोग गर्ने कोसिस गरिनँ, बरु उहाँको काम मैले गर्न पाऊँ भनेर, म उहाँलाई प्रतिस्थापन गरेर समूह अगुवा बन्न चाहन्थेँ। यो ख्याति र प्राप्ति खोज्ने मेरो स्थितिको अर्थ, ममा विवेक वा समझ थिएन भन्ने हो। यो विषाक्तयुक्त र घृणित थियो। म यस्तो भएको जब मैले बोध गरेँ, मैले साँच्चै आफैलाई निन्दा गरें। अब म मेरो भ्रष्टताबाट नियन्त्रित नहुँ भन्नका लागि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र मलाई सत्यको अभ्यास गर्नमा सहयोग गर्न उहाँलाई गुहारेँ।

एकदिन, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “आफ्‍नो कर्तव्य पूरा गर्ने सबैको हकमा भन्दा, सत्यतासम्‍बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्‍वरको घरको हितको बारेमा विचार गर्नु, र स्वार्थी इच्‍छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, प्रतिष्ठा, र हैसियतलाई त्याग्‍नु हो। परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ। यदि कर्तव्य पूरा गर्दै गरेको व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य पूरा गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? यो त आफ्नो कर्तव्य पूरा गरेको कुरै भएन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका वचनहरूले मलाई मेरो कर्तव्य पूरा गर्ने दिशा देखायो, जसको अर्थ हैसियतका लागि मेरो इच्छालाई त्याग्नु, जेसुकै भए तापनि मण्डलीको कामलाई अगाडि सार्नु, र मेरो सम्पूर्ण क्षमतामा आफ्नो कर्तव्य पूरा गर्नु भन्ने थियो। त्यसपछि मैले गर्नुपर्ने जस्तै गरी, सृष्टि गरिएको प्राणीको रूपमा मैले कर्तव्य गरिरहेको हुन्थेँ। यदि मैले मेरो मुख्य कामभन्दा बढी ख्याति र प्राप्ति खोजेको थिएँ भने, त्यो मेरो कर्तव्य पूरा गरेको हुन्थेन। मैले परमेश्‍वरको विरोध र दुष्कर्म गरेको हुन्थ्यो। पछि, एउटा भेलामा, आफ्नो भ्रष्टतालाई प्रकट गर्दै, मैले यसको बारेमा आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई बताएँ। अरुले मलाई नीच सोचेनन्, अनि म र ब्रदर लिबीचको दूरी हट्यो। त्यसपछि, म उहाँले नेतृत्व गरेको सङ्गतिमा सहभागी भएँ, र उहाँको कुनै पनि काममा समस्या देख्दा पनि म हाँसिनँ वा मैले गिज्याइनँ। बरु मैले सहयोग र सुझाव दिएँ। जब मैले उहाँले दाजुभाइ दिदीबहिनीहरूको समस्या समाधान गर्न मद्दत गरेको देखेँ, मैले पहिलेको जस्तो ईष्या गरिनँ। परमेश्‍वरको घरमा हाम्रो भूमिका फरक हुन्छ, तर हाम्रो अस्तित्व फरक हुन्न भन्ने मलाई महसुस भयो। हाम्रो कर्तव्य राम्ररी पूरा गर्न म उहाँसँग मिलेर काम गर्न मात्रै चाहन्थेँ। जब मैले यसलाई व्यवहारमा लागू गरेँ, मलाई धेरै सहज भयो, अनि पछि मैले परमेश्‍वरको आशिष् देखेँ। पहिले हाम्रो टोलीको साङ्गितिक जग एकदमै खराब भए तापनि, हामीलाई स्पानिस भाषामा गीत बनाउन धेरै समय लागेन, अनि अरु दाजुभाइ-दिदीबहिनीहरूले त्यो गीतलाई धेरै मन पराउनुभयो।

करिब छ महिना बित्यो र म काममा अझै अभ्यस्त हुँदै गएँ। हामीले कामको बारेमा छलफल गर्दा, दाजुभाइ-दिदीबहिनीहरूले प्रायः मेरो सुझावहरू स्वीकार्नु हुन्थ्यो। र मासिक रूपमा हामीले हाम्रो टोलीमा कामलाई आदानप्रदान गर्ने कुराको अगुवाइ प्रायः म नै गर्थेँ। ख्याति र हैसियतप्रतिको मेरो आवश्यकता पूरा भएको जस्तो मलाई लाग्यो। अनि त्यही समयमा, कामलाई अघि बढाउन हाम्रो अगुवाले मलाई थप काम दिनुभयो। मेरो अगुवाको मप्रतिको विश्‍वासले मलाई आफू महत्त्वपूर्ण प्रतिभा भएको जस्तो लाग्यो। एकपटक, एउटा अतिरिक्त कामका लागि हामीलाई कोही चाहिएको थियो, र यो मेरो क्षमतासँग ठ्याक्कै मिल्ने काम भएता पनि, मैले यसको बारेमा पहिला धेरै सोचेँ: “यसले म अरूको ध्यान खिच्न सक्दिन र यो काममा धेरै समय लाग्नेवाला छ। त्यसैले यदि मैले त्यो काम गरें भने सम्भवतः मैले मप्रतिको अरुको चासो गुमाउनेछु। तर यदि ब्रदर लिले यो काम गरेमा, म आफ्नो स्थान बनाउन सक्छु।” त्यसैले ब्रदर लिले यो काम गर्न सक्नुहुन्छ भन्दै, मैले यो काम नगर्न हरेक बहाना खोजेँ। साँचो बोल्नुपर्दा, मलाई एकदमै ग्लानी र व्यग्र लागेको थियो, तर म अझै जिद्दी बनिरहेँ, ताकि म आफ्नो स्थान जोगाउन सकूँ। त्यो अन्जान काममा ब्रदर लि लागे। आफ्नो कामलाई असर पर्ने गरी त्यो काम गाह्रो भएको थाहा पाएपछि उहाँ नकारात्मक बन्नुभयो। यसको बारेमा सुनेपछि, मैले अझै ध्यान दिइनँ। ब्रदर लि हामीसँग काम गर्न प्रायः सक्नुहुन्नथ्यो, त्यसैले साना ठूला सबैखाले कुराहरू मेरो जिम्मामा आए। यसले ख्याति र हैसियतको मेरो इच्छा झनै बढायो। हाम्रो कामलाई सुस्त बनाउने गरेका हाम्रा दाजुभाइ दिदीबहिनीहरूको काममा मैले केही गल्ती भेटेँ जसले मलाई व्यग्र बनायो। मैले सोचेँ, “म यो कामको इन्चार्ज हो, त्यसैले केही बिग्रियो भने, अगुवाले मेरो बारेमा के सोच्नुहुन्छ होला? के उहाँले म अयोग्य छु भन्ने सोच्नुहुन्छ होला?” यो सोचेर मलाई रिस उठ्यो र मैले दाजुभाइ दिदीबहिनीहरूलाई गाली गरेँ, “के तपाईँहरू यसलाई आफ्नो कर्तव्य निभाएको सम्झनुहुन्छ? के तपाईँहरू ध्यान दिन सक्नुहुन्न? राम्ररी गर्नुहोस्!” मेरो व्यवहार देखेँर तिनीहरू सबै साँच्चिकै लाचार भए। अर्कोपटक, मैले केही दिनका लागि बिदामा बस्नुपर्ने थियो, र जब म फर्किएँ, मलाई खबरै नगरी एक जना सिस्टरले कामको नयाँ योजना बनाएको मैले देखें। यसले गर्दा मलाई एकदमै रिस उठ्यो। मैले सोचेँ, “यो के हो? तपाईँले मेरो अधिकारको सम्मान गर्नुहुन्न?” मैले यी सिस्टरलाई कराउँदै गाली गरेँ। त्यही समयमा, टोलीमा समस्या देखिन थाल्यो। टोलीमा भएका अन्य सदस्यहरूले मेरो विचारलाई स्वीकार्न छाडे, प्रतिक्रिया पनि दिन छाडे। यसबाट म चिढिएँ र मेरो रिस विस्फोट भयो। मैले भनें, “यदि तपाईँहरू सबले मेरो विचार स्वीकार्न सक्नुहुन्न भने, तपाईँहरूलाई जे मन लाग्छ त्यही गर्नुहोस्। अनि हेरौँ कस्तो हुन्छ! कुराहरू बिग्रिएपछि म सम्हाल्न आउँछु भनेर चाहिँ नसोच्नु होला।” त्यसपछि, मैले अकल्पनीय त्रास र स्व-निन्दा महसुस गरेँ। त्यसपछि मैले म कसरी घमण्डी भएको थिएँ र सधैँ रिसाउँथे भनेर सोचेँ। के यसका लागि परमेश्‍वरले अनुमति दिनुहुन्छ? तर त्यसपछि मैले सोचेँ, के यो सबै मेरो कर्तव्यका लागि होइन र? म मात्रै होइन, सबै जना भ्रष्ट छन्। मैले साँचो रूपमा आफ्नो समीक्षा गरेको थिइनँ। अनि त्यसपछिको अर्को दिन, मेरो गोलीगाँठो मर्कियो। एकदमै दुख्यो, र सुन्नियो पनि। मैले मेरो कर्तव्य पूरा गर्न वा हिड्न पनि सकिन। यो परमेश्‍वरको अनुशासन थियो भनेर मैले छिट्टै बोध गरेँ, र आखिरमा मैले समीक्षा गर्न थालेँ। म ख्याति र हैसियतको पछि लागेको थिएँ, घमण्डी भएको थिएँ र अरुलाई गाली गर्थेँ। मैले सबैकुरा मेरो दिमागमा फिल्म चलेजस्तै एक-एक दृश्य गरी सम्झिएँ। त्यसपछि मैले सोचेँ, म अझैँ किन परिवर्तन हुन सक्दिन? म परमेश्‍वरको विरोध नगर्न किन सक्दिन?

त्यसको केही दिनपछि, मलाई भेट्न र मसँग सङ्गति गर्न केही दाजुभाइ-दिदीबहिनीहरू आउनुभयो। उहाँहरूले परमेश्‍वरका वचनहरूको एउटा अनुच्छेद पढ्नुभयो जुन मेरो स्थितिसँग ठ्याक्कै मिल्थ्यो। “यदि केही मानिसले कसैलाई आफूभन्दा अझ असल देखे भने, तिनीहरूले उनीहरूलाई दमन गर्छन्, अरूले तिनीहरूलाई धेरै ठूलो रूपमा नहेरून्, र कसैभन्दा कोही राम्रो छैन भनी देखाउन तिनीहरूको बारेमा झूटो हल्ला फैलाउँछन् भने, त्यो अहङ्कार र स्व-धार्मिकता साथै धूर्तता, छलीपन र कुटिलपनको भ्रष्ट स्वभाव हो, र यी मानिसहरू आफ्ना लक्ष्यहरू प्राप्त गर्न कुनै कुरामा रोकिँदैनन्। तिनीहरू यस्तै प्रकारले जिउँछन् र अझै पनि तिनीहरू आफूलाई महान् हुन् र तिनीहरू असल मानिसहरू हुन् भनी सोच्छन्। तापनि, के तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुन्छ? सबैभन्दा पहिले, यी विषयहरूका प्रकृतिहरूको दृष्टिकोणबाट भन्नुपर्दा, के यस तरिकाले काम गर्ने मानिसहरूले आफूलाई उचित लागेअनुसार कार्य गर्दैनन् र? के तिनीहरूले परमेश्‍वरको परिवारको बारेमा विचार गर्छन्? तिनीहरू परमेश्‍वरको परिवारले भोग्न पर्ने हानिको कुनै परवाह नगरी आफ्नै भावनाहरूको बारेमा मात्र सोच्छन् र केवल आफ्ना लक्ष्यहरू हासिल गर्न चाहन्छन्। यस्ता मानिसहरू अहङ्कारी र आफैलाई सोझो ठान्ने मात्र हुँदैनन्, तिनीहरू स्वार्थी र घृणित पनि हुन्छन्; तिनीहरू परमेश्‍वरको अभिप्रायलाई पटक्कै ध्यान नदिने हुन्छन्, र निस्सन्देह, यस्ता मानिसहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुँदैनन्। यसैकारण, कुनै दोषको भावनाविना, कुनै डरविना, कुनै चिन्ता वा फिक्रीविना र परिणामहरूलाई विचार नगरी तिनीहरू आफूले जे चाहन्छन् त्यही गर्छन् र कुनै कारणविना लापरवाही काम गर्छन्। तिनीहरूले प्रायः यसै गर्छन्, र सधैँ यसरी नै व्यवहार गरेका हुन्छन्। त्यस्ता मानिसहरूले कस्ता-कस्ता नतिजाहरू भोग्छन्? तिनीहरू समस्यामा हुनेछन्, हैन? यसलाई सरल रूपमा भन्नुपर्दा, त्यस्ता मानिसहरूमा व्यक्तिगत ख्याति र हैसियतका निम्ति अति नै बढी जोस हुन्छ र अति नै बलियो चाहना हुन्छ; तिनीहरू अति नै छली र विश्‍वासघाती हुन्छन्। यसलाई अझ कठोर रूपमा भन्नुपर्दा, मुख्य समस्या के हो भने, त्यस्ता मानिसहरूको हृदय अलिकति पनि परमेश्‍वरको भय मान्ने हुँदैन। तिनीहरू परमेश्‍वरको भय मान्दैनन्, तिनीहरू आफैलाई अत्यन्त महत्त्वपूर्ण ठान्छन्, र तिनीहरू आफ्नो हरेक पक्षलाई परमेश्‍वरभन्दा उच्च र सत्यताभन्दा उच्च ठान्छन्। तिनीहरूका हृदयमा, परमेश्‍वर सबैभन्दा कम उल्लेखयोग्य र अति नगण्य हुनुहुन्छ, र तिनीहरूको हृदयमा परमेश्‍वरको कुनै हैसियत नै हुँदैन। जुन व्यक्तिहरूको हृदयमा परमेश्‍वरका निम्ति कुनै स्थान हुँदैन, र जसमा परमेश्‍वरप्रति कुनै आदर हुँदैन, के तिनीहरूले सत्यतामा प्रवेश प्राप्त गरेका हुन्छन्? (हुँदैनन्।) त्यसैले, जब तिनीहरू विशेष रूपले खुसी हुँदै यताउता गएर आफूलाई व्यस्त राख्छन् र धेरै ऊर्जा खर्च गर्छन्, तब तिनीहरूले के गरिरहेका हुन्छन्? त्यस्ता मानिसहरूले परमेश्‍वरको निम्ति अर्पित हुन आफूले सबै कुरा त्यागेका र धेरै दुःख भोगेका समेत दाबी गर्छन्, तर वास्तवमा तिनीहरूका सबै कार्यहरूका अभिप्राय, सिद्धान्त र उद्देश्य आफ्नै फाइदाका लागि हुन्छन्; तिनीहरूले केवल आफ्नै व्यक्तिगत हितको रक्षा गर्ने कोसिस मात्रै गरिरहेका हुन्छन्। के तिमीहरू यस किसिमको मानिस डरलाग्दो हुन्छ भनी भन्छौ, कि भन्दैनौ? परमेश्‍वरलाई आदर नगर्ने मानिस कस्तो किसिमको व्यक्ति हो? के तिनीहरू अहङ्कारी होइनन्? के तिनीहरू शैतान होइनन्? कस्ता-कस्ता कुराहरूले परमेश्‍वरलाई आदर गर्दैन? जनावरहरू बाहेक, परमेश्‍वरलाई आदर नगर्नेहरूमा सबै भूतात्माहरू, शैतान, प्रधान स्वर्गदूत र परमेश्‍वरसँग झगडा गर्नेहरू पर्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्नो विश्‍वासमा सही मार्गमा हुनका निम्ति आवश्यक पाँच अवस्था”)। परमेश्‍वरका यी वचनहरू कठोर थिए र मलाई नराम्ररी चोट पुर्‍याए। म परमेश्‍वरप्रतिको श्रद्धा नराखी, यति धेरै घमण्डी, स्वार्थी, र धूर्त भएको थिएँ। जब त्यो अतिरिक्त कार्य गर्ने कोही चाहिन्थ्यो, म त्यो गर्न सक्छु भनेर मलाई राम्ररी थाहा थियो, तर आफ्नो नाम, आफ्नो हैसियत कायम राख्न, म स्वार्थी बनेँ, जसले मण्डलीको काममा बाधा पुग्यो। यदि टोलीको कुनै सदस्यले हाम्रो प्रगतिमा ठेस पुर्याउने गरी सानो ठूलो जस्तो गल्ती गरे पनि, त्यसको ठीक वा समाधान गर्न मैले तिनीहरूसँग मिलेर काम गरिनँ। मैले तिनीहरूले मलाई तल लतार्दै छन् र अलग्गै देखिने मेरो सम्भावनालाई घटाउँदै छन् भन्ने मात्र सोचेँ। मेरो उँचो ओहोदाबाट म तिनीहरूलाई गाली गर्थेँ, अनि त्यसले गर्दा, तिनीहरू सबै लाचार र पिडित महसुस गर्थेँ। तिनीहरूले जस्तोसुकै सुझाव दिए पनि म तिनीहरूको सुझाव लिन्न थिएँ। मण्डलीको कामका बारेमा सोच्दै नसोची, वा ध्यानै नदिई, म चिढिन्थेँ, रिसाउँथेँ, र मेरो कर्तव्य गर्दा मेरो रिस देखाउँथें। वास्तवमा, मसँग बिलकुल कुनै वास्तविक प्रतिभा नै थिएन। मलाई सङ्गीतप्रति रुचि र लगाव मात्रै थियो, तर म व्यावसायिक रूपमा अघि बढ्न र सत्यको खोजी गर्न सकुँ भनेर, परमेश्‍वरले मलाई यो अवसर दिनुभयो। यसलाई कदर गर्नुको साटो, मैले हैसियत र प्रतिष्ठा खोजेँ। आफूलाई अगाडि राख्नका लागि आफ्नो टोलीलाई साधनको रूपमा प्रयोग गर्दै, मेरो कर्तव्यको आडमा मैले आफ्नै हितलाई अघि बढाएँ। मसँग मानवता थिएन। मेरा कार्यहरूमा, म दुष्कर्म गर्दै थिएँ र परमेश्‍वरको स्वभावको उल्लङ्घन गर्दै थिएँ। यो परमेश्‍वरका लागि घृणित थियो। जब मलाई यो कुरा बोध भयो, मलाई कस्तो डर र पछुतो भयो। मैले रुदै परमेश्‍वरको प्रार्थना गरेँ: “हे परमेश्‍वर, म गलत थिएँ। म तपाईँको विरोधी, तपाईँको विरुद्ध हुन वा व्यक्तिगत प्राप्तिका लागि लड्न चाहन्न। म पश्चात्ताप गर्न चाहन्छु।”

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ। “शैतानले मानिसलाई आफ्नो नियन्त्रणभित्र दह्रिलो गरी राख्‍नको लागि के प्रयोग गर्छ? (ख्याति र प्राप्ति।) त्यसकारण, जबसम्‍म मानिसहरूले ख्याति र प्राप्तिको बारेमा मात्रै सोच्‍न सक्छन् तबसम्‍म मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि शैतानले ख्याति र प्राप्तिको प्रयोग गर्छ। तिनीहरूले ख्याति र प्राप्तिको लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिको लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिको लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिको लागि नै आफूसँग भएको सबै कुराको बलिदान गर्छन्, अनि तिनीहरूले ख्याति र प्राप्तिकै खातिर कुनै पनि मूल्याङ्कन वा निर्णय गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र तिनलाई हटाउनको लागि तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रिन्छन्। यही ख्याति र प्राप्तिको खातिर नै, मानिसहरूले परमेश्‍वरलाई त्याग्छन् र उहाँलाई धोका दिन्छन्, अनि झन्-झन् बढी दुष्ट बन्दै जान्छन्। त्यसकारण, यसरी शैतानको ख्याति र प्राप्तिको बीचमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ६”)। मैले यी वचनहरूबाट सिकेका कुराहरूले मानिसहरूलाई भ्रष्ट बनाउन शैतानले ख्याति र प्राप्तिको यी प्रपञ्चहरूको प्रयोग गर्छ भनेर बुझ्न मलाई सहयोग गर्‍यो। मानिसहरूलाई चोट पुर्‍याउन र तिनीहरूलाई बाँधेर परमेश्‍वरलाई धोका दिन शैतानले यसरी काम गर्छ। मानिसहरूको विनाश गर्न शैतानले प्रयोग गर्ने भनेको नाम र हैसियत नै हो। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” वा “अरूभन्दा असल बन र पुर्खाको नाम राख,” अनि “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” जस्ता शैतानी प्रभावबाट म अघि बढेको थिएँ। यी भद्दा उपायहरू मेरा नारा बनेका थिए। म झनै घमण्डी भएको थिएँ, र म जहाँ भए पनि, म हैसियत अनि अरुको ध्यानका लागि सधैँ प्रतिस्पर्धा गर्थेँ। विश्‍वास प्राप्त गरेपछि पनि, सत्यको खोजी नगरी म अझै पनि ख्याति र हैसियतको पछि लागेँ। यी कुराहरू प्राप्त गर्नका लागि, मैले आफ्नो सीप सुधार्न धेरै मेहेनत गरेँ र मैले धेरै दुःख पनि पाएँ। मैले अरुसँग प्रतिस्पर्धा गरेँ। कुनै कुरा हासिल गर्ने बित्तिकै, मेरो अहङ्कार बढ्थ्यो। अनि मैले दाजुभाइ-दिदीबहिनीहरूलाई गाली गर्थेँ। म घमण्डी अहङ्कारी थिएँ। मसँग मानवताको कमी थियो। ख्याति र हैसियतका लागि व्यग्र म, शैतानी दर्शनशास्त्रहरूअनुसार जिउँदै थिएँ। मैले अरुलाई चोट मात्रै पुर्‍याइनँ, बरु परमेश्‍वरलाई घृणा गरेँ। अनि मैले मेरो अपराध र दुष्कर्मबाट मण्डलीको काममा भाँजो हालेँ। ख्याति र हैसियतले मलाई धेरै क्षति पुर्‍यायो। त्यसपछि मात्रै मैले थाहा पाएँ कि शैतानले प्रवर्द्धन गर्ने “अरूभन्दा असल बन”, र “अरूभन्दा माथि उठ्नु,” भन्ने जस्ता दर्शनहरू सबै भ्रम हुन्, र यो मिथ्यामा जिउँदा, हामीलाई परमेश्‍वरको विरोधी बनाउँदै, र परमेश्‍वरबाट सजाय पाउने बनाउँदै यसले थप भ्रष्टतातिर मात्रै डोर्याउँछ। जब मैले यी सबैकुरा बुझेँ, मैले अन्धो र अज्ञानी बनेर ख्याति र हैसियतलाई मैले समाएर चढ्ने जीवन डोरी जस्तो व्यवहार गरिरहेको थिएँ भन्ने लाग्यो। ख्याति र हैसियतको पछि लाग्नु भनेको परमेश्‍वरको विरुद्ध जाने मार्ग हो भन्ने पनि मैले थाहा पाएँ। मैले परमेश्‍वरको अगाडि प्रार्थना र पश्चात्ताप गरेँ। त्यस दिनयता, मैले यी कुराहरूको पछि लाग्ने बारेमा सोच्दा मात्रै पनि, मलाई डर लाग्थ्यो, त्यसैले म प्रार्थना गर्थेँ र देहको त्याग गर्थेँ। म मेरो टोलीको लागि, आफ्नै भ्रष्ट प्रकृतिको खुलासा गर्दै खुल्थेँ। त्यसका केही समयपछि, ख्याति र हैसियतको पछि लाग्ने मेरो ज्यादा इच्छा मर्‍यो, र मैले भित्री शान्तिको अनुभव गरेँ।

जब मण्डलीमा अगुवाको छनौट भयो, मतदात गर्ने समयमा ख्यातिको लागि मेरो इच्छा ममा फेरि पलायो, र मैले भित्रभित्रै सङ्घर्ष गरेँ: “म ब्रदर लिलाई भोट दिऊँ कि आफ्ना लागि? सत्यको सङ्गतिमार्फत समस्याहरू समाधान गर्न म अलिकति पनि सक्षम थिइनँ। तर उहाँले वास्तवमा जित्ने सम्भावनाको आधारमा, यदि उहाँले जितेमा, अरुले मलाई कसरी हेर्लान्?” म फेरि ख्याति र हैसियतको पछि लाग्दै छु भन्ने कुरा मैले बुझेँ, र दिमागको त्यो दशा साँच्चै घिनलाग्दो हो भनेर सोचेँ। ती सोचाइलाई गाली गर्दै र त्याग्दै, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ। पछि, मैले परमेश्‍वरका यी वचनहरूका बारेमा सोचेँ: “यदि तेरो दिमाग कसरी उच्‍च पद प्राप्त गर्ने, वा अरूलाई आफ्नो आदर गराउने तुल्याउनको लागि उनीहरूको अगाडि के गर्ने भन्‍ने सोचले भरिएको छ भने, तँ गलत मार्गमा छस्। यसको मतलब तैँले शैतानका लागि काम गर्दै छस्; तैँले सेवा प्रदान गर्दै छस्। यदि तेरो दिमाग आफू झन्-झन् मानिसजस्तै बनूँ, परमेश्‍वरको अभिप्रायअनुरूप बनूँ, उहाँसामु समर्पण हुन र उहाँलाई आदार गर्न सक्षम होऊँ र आफूले गर्ने हरेक कुरामा संयम देखाउन र उहाँको छानबिन स्वीकार गर्न सकूँ भनी आफू कसरी बदलिने भन्‍ने विचारहरूले भरिएको छ भने, तेरो अवस्था झन्-झन् राम्रो हुनेछ। परमेश्‍वरको अगाडि जिउनु भनेकै यही हो। यसरी, यहाँ दुई मार्गहरू छन्: एउटा मार्गले केवल व्यवहारलाई जोड दिन्छ, व्यक्तिको आफ्नै महत्वाकांक्षा, इच्छा, इरादा, र योजनाहरू पूरा गर्न जोड दिन्छ; यो शैतानको सामु र यसको अधिकारक्षेत्रअन्तर्गत बाँचिरहेको हुन्छ। अर्को मार्गले भने कसरी परमेश्‍वरको इच्छालाई पूरा गर्ने, सत्यता वास्तविकतामा प्रवेश गर्ने, परमेश्‍वरमा समर्पित हुने, र उहाँप्रति कुनै भ्रम नपाल्ने वा उहाँको अवज्ञा नगर्ने कुरामा जोड दिन्छ, ताकि व्यक्तिले परमेश्‍वरलाई आदर गर्न र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सकोस्। परमेश्‍वरको सामु बाँच्नुको अर्थ यही हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यता अभ्यास गरेर मात्र व्यक्तिले सामान्य मानवता धारण गर्न सक्छ”)। परमेश्‍वरले भन्न खोज्नुभएको कुरा मैले आखिरमा बुझेँ। उहाँ मानिसहरूको कार्यपछाडिको मनसाय हेर्नुहुन्छ। यो महत्त्वपूर्ण कुरा हो। यदि मैले अरुको सम्मानका लागि फेरि कहिल्यै ख्याति कमाउन खोजेँ भने, त्यो परमेश्‍वर विरोधी मार्ग हुन्छ, र मैले सत्य भेट्टाउने, वा परमेश्‍वरबाट सिद्ध हुने छैन। म अगुवा छानिएँ पनि नछानिएँ पनि, म मेरो उद्देश्यहरू ठीक गर्न चाहन्थेँ। म परमेश्‍वरका व्यवस्थापनप्रति समर्पित हुन, र मेरो कर्तव्य राम्ररी निभाउन तयार थिएँ। जब भोट हाल्ने बेला आयो, मैले सिद्धान्तका बारेमा सोचेँ र ब्रदर लिलाई भोट दिएँ। आखिरमा, उहाँ नै अगुवा छानिनुभयो। म यो नतिजाप्रति खुशी थिएँ। मैले हारे पनि, मलाई कुनै पछुतो थिएन, किनभने ख्याति र हैसियतका बन्धनहरूलाई त्याग्दै, मैले सत्यलाई व्यवहारमा लागू गरेको थिएँ। सत्यको अभ्यास गर्दा, र पमरेश्‍वरलाई सन्तुष्ट बनाउदा, मलाई साँच्चै भित्री शान्ति महसुस भयो, र अब मलाई परमेश्‍वरको न्याय र सजाय मेरो मुक्ति हो भनेर थाहा छ।

अघिल्लो: आफ्नो देखावटी आवरणलाई उतार्दा कति राम्रो अनुभव हुँदो रहेछ

अर्को: ख्याति र सम्पत्तिबाट मुक्ति

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

एक ढोङ्गीको पश्‍चात्ताप

क्षिनरुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित...

परमेश्‍वरको मुक्ति

यिचेन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्