आफ्‍नो कर्तव्यलाई कसरी हेर्ने

झोङ्गचेङ्ग, चीन

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरमाथिको मानिसको विश्‍वासको सबैभन्दा आधारभूत माग भनेको ऊसँग इमानदार हृदय हुनुपर्छ, र उसले आफैलाई पूर्ण रूपमा समर्पित गरेर साँचो रूपमा आज्ञापालन गर्नुपर्छ भन्‍ने हो। साँचो विश्‍वासको साटोमा आफ्‍नो सम्पूर्ण जीवन दिनु नै मानिसको लागि सबैभन्दा कठिन कुरा हो, जसद्वारा उसले सम्पूर्ण सत्यता प्राप्त गर्न सक्छ, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको उसको कर्तव्यलाई पूरा गर्न सक्छ” (वचन देहमा देखा पर्नुहुन्छको “सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा नै निर्भर हुन्छ”)। “कर्तव्यहरू भनेका परमेश्‍वरले मानिसहरूले सुम्‍पनुभएका काम हुन्; ती मानिसहरूले पूरा गर्नुपर्ने मिसनहरू हुन्। तैपनि, कर्तव्य भनेको अवश्य नै तैँले व्यक्तिगत रूपमा व्यवस्थापन गर्ने व्यवसाय होइन, न त यो तँलाई भीडभन्दा माथि उठाउने कुरा हो। कतिपय मानिसहरूले आफ्‍ना कर्तव्यलाई तिनीहरूका आफ्‍नै व्यवस्थापन गर्न र गिरोह निर्माण गर्नको लागि प्रयोग गर्छन्; कतिले आफ्‍नै इच्‍छाहरू पूरा गर्न; कतिले आफूभित्रको रिक्ततालाई भर्न; अनि कतिले चाहिँ आफूले आफ्ना कर्तव्यहरू पूरा गर्दा परमेश्‍वरको घरमा अनि परमेश्‍वरले मानिसको लागि बन्दोबस्त गर्नुभएको सुन्दर गन्तव्यमा सहभागी हुन पाइन्छ भन्ने सोच्दै सौभाग्यमा विश्‍वास गर्ने आफ्नो मानसिकतालाई तृप्त पार्न यसको प्रयोग गर्छन्। कर्तव्यसम्‍बन्धी त्यस्ता मनोवृत्तिहरू गलत छन्; परमेश्‍वरले यस्ता मनोवृत्तिलाई घृणा गर्नुहुन्छ र तिनलाई तुरुन्तै सुधार गरिनुपर्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?”)। परमेश्‍वरका वचनहरूले हामीलाई कर्तव्य भनेका मानवजातिको निम्ति परमेश्‍वरको आज्ञा हुन्, र हामीले हाम्रो कर्तव्यलाई इमानदार हृदयको साथ लिनुपर्छ भनेर बताउँछन्। हामीले हाम्रा चासोहरूलाई पन्छ्याउनु र हाम्रा जिम्‍मेवारीहरूलाई पूरा गर्न सक्दो प्रयास गर्नु अपरिहार्य हुन्छ। हामीले आफ्‍नो कर्तव्यलाई यही आचरणको साथ लिनुपर्छ। तर विगतमा, मैले आफूलाई अरूभन्दा माथि उठ्न र अरूको सराहना प्राप्त गर्न यसको दुरुपयोग गर्दै मैले सधैँ मेरो कर्तव्यलाई मेरो आफ्‍नै काम-काजको रूपमा लिन्थें। म सत्यतालाई अभ्यास गर्ने कार्यमा केन्द्रित थिइनँ, तर मैले के लाभ गर्छु वा के गुमाउँछु भन्‍ने बारेमा विचार गरिरहेको हुन्थें। यसले मण्डलीको काममा बाधा पुर्‍यायो। परमेश्‍वरका वचनहरूको न्याय र सजायबाट गुज्रेपछि यसले मलाई मैले त्यसरी मेरो कर्तव्य पूरा गर्नुको प्रकृति र परिणामहरूको बारेमा केही बुझाइ प्रदान गर्‍यो, र अहिले मैले यससम्‍बन्धी मेरो दृष्टिकोणलाई परिवर्तन गरेको छु।

सन् २०१७ मा, मेरो कर्तव्य भनेको मण्डलीको निम्ति दस्तावेजहरू सम्पादन गर्नु थियो। मण्डलीको अगुवाले मसित काम गर्न ब्रदर लीनलाई खटाउनुभयो, अनि मलाई उनको काममा सहायता गर्न भन्नुभयो। म खुशी हुँदै सहमत भएँ र सोचेँ, “मैले ब्रदर लीन साँच्चिकै सक्षम छन् भनी सुनेको छु। यदि उनले छिट्टै सिद्धान्तहरू सिक्न सक्छन् भने, हाम्रो काम निश्चय नै फलदायी हुनेछ। अगुवाले म सक्षम र मूल्यवान् व्यक्ति हुँ भनी सोच्नेछन्; मैले उसलाई सहायता गर्नुपर्छ।” मैले ब्रदर लीनलाई आफूले जम्मा गरेको सिद्धान्तहरू दिएँ, ताकि उनलाई चाहिएको सबै कुरालाई उसले छिटो भन्दा छिटो राम्ररी बुझ्‍न सकोस्। जब उनको काममा उनले कुनै अवरोध सामना गर्थे, म धीरजी भएर उनीसित सङ्गति गर्थें अनि उनका समस्याहरू हल गर्न सहायता गर्थें। केही समयपछि, उनले केही सिद्धान्तहरू बुझे र आफ्नो काममा केही परिणामहरू प्राप्त गरे। उनको परिणामहरू देख्दा यसले मलाई खुशी तुल्यायो। कामकुराको बारेमा उनले छिट्टै बुझ्थे। उनमा सम्भावना थियो! हाम्रो टोली निकै प्रभावकारी भयो; त्यसपछि, मेरो जिम्मेवारी धेरै हलुका भयो। ब्रदर लीनलाई तालीम दिन धेरै समय दिँदा हामीले झन् उत्तम परिणामहरू पाउनेछौं भनी मैले सोचेँ।

एक दिन, एउटा मण्डलीमा तिनीहरूको सम्पादन गर्ने कामको लागि निर्देशन गर्न कोही व्यक्ति चाहिएको छ भनी हाम्रो अगुवाले भन्नुभयो, अनि आफ्नो काममा अति राम्रो ब्रदर लीन हामीसित भएको हुनाले उनी आफ्नो काम गर्न त्यस मण्डलीमा सरुवा हुँदैथिए। म झस्केँ, अनि सोचेँ “के? उनलाई सरुवा गर्ने? तपाईंले त्यसो गर्न सक्‍नुहुन्‍न। मैले उनलाई काम र सिद्धान्तहरूसित परिचित गराउन धेरै प्रयास लगाएको छु, अनि हाम्रो टोलीको काममा सुधार हुन थालेको छ। यदि उनी अहिले सरुवा भए भने हाम्रो कामले ठूलो नोक्सानी भोग्नेछ। मानिसहरूले मेरो बारेमा के सोच्नेछन्? म असक्षम छु भनेर तिनीहरूले भन्न सक्नेछन्।” यसको बारेमा सोचेर म धेरै खिन्न भएँ। ब्रदर लीन गएपछि, मैले कसैलाई तालीम दिनुपर्नेछ भनेर अगुवाले भन्नुभयो। म त्यस कुराको विरोधी भएँ। मैले सोचेँ, “तपाईंले त यो केही होइन जस्तो गरी भन्नुहुन्छ। कसैलाई तालीम दिनु सजिलो छ भन्‍ने तपाईं सोच्नुहुन्छ? यो धेरै काम र समय लाग्ने कुरा हो! यसबाहेक, ब्रदर लीन गइसकेपछि, सबै जिम्मेवारी मेरै हुनेछ। हामी पहिल्यै व्यस्त छौँ। त्यसैले, एउटा कामदार कम हुँदा हाम्रो काम अझै गाह्रो हुनेछ।” यसको बारेमा मैले जति बढी सोचेँ, त्यति नै बढी यसको विरोधी भएको मैले अनुभूति गरेँ। अगुवाले मलाई ब्रदर लीनको मूल्याङ्कन लेख्न लगाउनुभयो। मैले सोचेँ, “उनको राम्रो पक्षको साटो, म उनको कमजोरी र भ्रष्टतामाथि केन्द्रित हुनेछु। त्यसपछि सायद उनको सरुवा हुनेछैन।” उनको मूल्याङ्कन लेखिसकेपछि मैले अलि दोषी अनुभव गरेँ, अनि आफू बेइमान भएको हो कि भनेर सोचेँ। तर पछि मलाई लाग्यो, मैले टोलीको कामको बारेमा मात्रै सोचिरहेको रहेछु। मैले त्यो अगुवालाई बुझाएँ। केही दिनसम्‍म कुनै प्रतिक्रिया आएन, अनि मैले चिन्ता गर्न थालेँ र मैले सोचेँ, “सायद उहाँले मेरो मूल्याङ्कन पढ्नुभएन होला, र उहाँले अझै तिनलाई सरुवा गर्नुहुन्छ त? कुनै हालतमा हुँदैन। मैले नै केही गर्नुपर्छ। उनलाई मेरो टोलीमा राख्ने केही उपाय त हुनैपर्छ।” त्यसकारण मैले त्यसलाई राम्ररी विचार गर्ने प्रयास गरेँ, अनि ब्रदर लीनलाई सोधेँ, “यदि तिमीलाई अर्को मण्डलीको सम्पादन काम सम्हाल्न लगाइयो भने तिमीले के सोच्थ्यौ?” उनले भने, “म मण्डलीको व्यवस्थापनलाई शिरोपर गर्नेथिएँ। म जाने थिएँ।” मैले झट्टै भनेँ, “सम्पादन काम गर्दा हामीले सिद्धान्तहरूलाई बुझ्‍नुपर्छ, अनि यसमा सक्षम हुनु आवश्यक छ। त्यसविना, प्रगति सुस्त हुनेछ। मलाई लाग्छ, तिमीले आफ्नो काम यहीँ जारी राख्दा तिमीलाई राम्रो हुनेछ।” अचम्मको कुरा, ब्रदर लीन त्यसबाट पटक्कै प्रभावित भएनन्। उनले निर्धक्क साथ भने, “यदि मौका दिइयो भने, म कोसिस गर्नेछु।” मैले जे लक्ष्य राखेको थिएँ, त्यो पाएको थिइनँ, अनि म उनीसित अलि निराश भएँ। एक पटक, मैले उनको काममा केही समस्याहरू भएको देखेँ, अनि म रिसाएँ र उनलाई पाठ पढाएँ। ती बेला, जब-जब मैले उनको सरुवाको बारेमा सोच्थें, म अलमलिन्थें। मैले आफ्नो काममा कुनै चैनको अनुभूति पाइनँ अनि ध्यान केन्द्रित गर्न सकिनँ। त्यसलाई कसरी हल गर्ने भनी मसित कुनै समझ थिएन। म बेहोस अवस्थामा भएको जस्तो गरी मैले पीडित भएको महसुस गरेँ। त्यसकारण मैले प्रभुसित प्रार्थना गरेँ र आफैलाई जान्न सहायता गर्नुहोस् भनी उहाँसित बिन्ती गरेँ।

त्यसपछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “मानिसले सत्यताको अभ्यास बिरलै गर्छन्, तिनीहरूले प्रायजसो सत्यतालाई पिठिउँ फर्काउँछन्, र स्वार्थी र घृणित भ्रष्ट शैतानी स्वभावमा जिउँछन्। तिनीहरूले आफ्नो इज्जत, सम्मान, हैसियत, र हितको खोजी गर्छन् र तिनीहरूले सत्यता पाएका छैनन्। यसकारण तिनीहरूको दु:ख धेरै ठूलो हुन्छ, तिनीहरूका चिन्ता धेरै हुन्छन्, र तिनीहरूका बाधाहरू अनगन्ती हुन्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्‍नो कर्तव्य पूरा गरेको अनुभवद्वारा नै जीवन प्रवेशको सुरुवात हुनुपर्छ”)। “कुन मापदण्डअनुसार व्यक्तिका कामहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो कुरा तेरा विचारहरू, शब्दहरू, र व्यवहारहरूमा तँसँग सत्यतालाई अभ्यास गर्ने र सत्यता वास्तविकतामा जिउने गवाही छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। यदि तँसँग यो वास्तविकता छैन वा तँ यसअनुसार जिउँदैनस् भने, तँ दुष्ट कार्य गर्ने व्यक्ति होस् भन्‍ने कुरामा कुनै शङ्का छैन। दुष्ट काम गर्नेहरूलाई परमेश्‍वरले कसरी हेर्नुहुन्छ? तेरा विचारहरू र बाहिरी कार्यहरूले परमेश्‍वरको साक्षी दिँदैन, न त तिनले शैतानलाई सर्ममा पार्छन् वा शैतानलाई हराउँछन्; यसको साटो, ती कुराले परमेश्‍वरलाई सर्ममा पार्छन्, र परमेश्‍वरलाई लज्जित पार्ने दागहरूले भरिएका छन्। तैंले परमेश्‍वरको लागि गवाही दिइरहेको हुँदैनस्, आफैलाई परमेश्‍वरको लागि समर्पित गरिरहेको पनि हुँदैनस्, न त तैंले परमेश्‍वरप्रतिको आफ्नो जिम्मेवारी र दायित्वहरूलाई पूरा गरिरहेको हुन्छस्; बरु, तैंले आफ्नै लागि मात्रै काम गरिरहेको हुन्छस्। ‘तेरो आफ्नै लागि’ भन्‍ने वाक्यांशको अर्थ के हो? शैतानको लागि। त्यसकारण, आखिरमा, परमेश्‍वरले भन्नुहुनेछ, ‘दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।’ परमेश्‍वरको नजरमा तैंले राम्रा कामहरू गरेको छैनस्, बरु तेरो व्यवहार बदलेर दुष्ट बनेको छ। तँलाई इनाम दिइनेछैन र परमेश्‍वरले तँलाई सम्‍झनुहुनेछैन। के यो पूर्ण रूपमा व्यर्थ छैन र?” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका वचनहरू पढ्दा मैले के बुझेँ भने, मानिसहरूले असल गरिरहेका छन् कि छैनन् भन्ने कुरालाई परमेश्‍वरले तिनीहरूले आफैलाई कति धेरै समर्पित गर्छन् वा कष्ट भोग्छन् वा बलिदान गर्छन् भन्ने कुराद्वारा निर्णय गर्नुहुन्न, तर तिनीहरूको अभिप्रायहरूद्वारा अनि तिनीहरूका कार्यहरू परमेश्‍वरको निम्ति हुन् कि आफ्नै निम्ति हुन् अनि तिनीहरूले सत्यतालाई अभ्यास गर्छन् कि गर्दैनन् भन्ने कुराद्वारा निर्णय गर्नुहुन्छ। मैले आफ्नो अवस्थाको बारेमा मनन गरेँ कि ब्रदर लीनलाई सहायता गर्ने, सिद्धान्तहरूलाई छिटो बुझ्ने मेरो प्रयास, मण्डलीको निम्ति थिएन। उनले हाम्रो टोलीलाई अझ प्रभावकारी बनाउनेछ र मलाई अरूको नजरमा राम्रो देखाउनेछ भनेर मात्र मैले सोचेको थिएँ। जब उनी सरुवा हुँदैछ भनी मैले थाहा पाएँ, मेरो टोलीको काम, अनि मेरो इज्‍जत र हैसियतलाई उनको बिदाइले हानि पुर्‍याउनेछ भनी म डराएको थिएँ, त्यसैले, अगुवालाई भड्काउन मैले उनको गल्तीहरूलाई विशेष जोड दिएको थिएँ। मैले कामप्रति उनको उत्साहलाई घटाउन केही नकारात्मक कुराहरू समेत बोलेको थिएँ। त्यो कसरी सत्यतालाई अभ्यास गर्नु र आफ्नो काम गर्नु थियो र? मैले मण्डलीको कामलाई विचार नगरी स्वार्थपूर्वक आफ्नो काम गरेँ, मैले आफू जिम्‍मेवार रहेको काम मात्रै गरेँ अनि, मेरो हैसियत हानि हुन्छ कि हुँदैन भनेर विचार गरेँ। मैले झूट बोलेको थिएँ, अनि मण्डलीको काममा बाधा पुर्‍याएको थिएँ। मैले परमेश्‍वरको घरको कामलाई खलबल्याइरहेको थिएँ अनि परमेश्‍वरलाई विरोध गरिरहेको थिएँ। जब मैले आफू खतरनाक अवस्थामा भएको देखेँ, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म कति स्वार्थी रहेको छु। मैले आफ्नै स्वार्थको निम्ति परमेश्‍वरको घरको कामलाई खलबल्याइरहेको छु। परमेश्‍वर, म तपाईंसित पश्‍चाताप गर्न चाहन्छु।”

त्यसपछि, मैले यो परमेश्‍वरको वचनमा यो कुरा पढेँ: “सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; तेरो आफ्नो कद, इज्जत वा प्रतिष्ठालाई मात्र विचार नगर्। साथै मानिसहरूको चासोमा पनि ध्यान नदे। तैंले पहिले परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनु आवश्यक हुन्छ। तैँले परमेश्‍वरको इच्छालाई ध्यान दिनुपर्छ र तँ आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्ध भएको छस् कि छैनस्, तैंले बफादार हुने सक्दो कोसिस गरेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गर्न सक्दो प्रयास गरेको छस् कि छैनस् र तँसँग भएका सबै कुराहरू दिएको छस् कि छैनस्, साथै तैंले परमेश्‍वरको घरप्रतिको आफ्नो कर्तव्य र कामका लागि सम्पूर्ण हृदयले ध्यान दिएको छस् कि छैनस् भनी विचार गरेर यो काम सुरु गर्नुपर्छ। तैंले यी कुराहरूलाई ध्यान दिनुपर्छ। तिनको बारेमा बारम्बार विचार गर्, र यसरी तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। मैले परमेश्‍वरका वचनहरूभित्र अभ्यासको एउटा बाटो भेट्टाएँ। परमेश्‍वरको छानबिनलाई स्वीकार गर्न, अनि मेरो हितलाई होइन, तर परमेश्‍वरको घरको कामलाई थाम्न, मलाई मेरो काममा ठीक अभिप्रायहरूको आवश्यक थियो। ब्रदर लीनसित राम्रो क्षमता थियो, अनि उनले सत्यतालाई खोजी गर्थे, त्यसैले, उनले अर्को मण्डलीमा काम गरे भने त्यसले परमेश्‍वरको घरको कामलाई लाभ हुन्थ्यो, त्यसबाट उनले अझ अभ्यास गर्न पाउनेथिए भनेर भनिरहनु नै पर्दैन। त्यसैले मैले उनलाई समर्थन गर्नुपर्थ्यो। मैले अगुवालाई भेटेँ अनि मेरो स्वार्थी अभिप्रायहरूको बारेमा खुलस्त भएर बोलेँ, अनि ब्रदर लीनको बारेमा निष्पक्ष मूल्याङ्कन दिएँ। उनलाई अर्को मण्डलीमा सरुवा गरियो जुन मण्डलीलाई उनको खाँचो थियो। अनि मैले अन्त्यमा भित्री शान्ति अनुभव गरेँ।

त्यो पूरा समयभरि मैले आफू परिवर्तन भएको छु भन्‍ने सोचेँ। मैले त्यस्तै परिस्थितिमा मेरो शैतानी स्वभाव फेरि प्रकट हुनेछ भन्‍ने सोचिनँ।

२०१८ को हिउँदमा, ब्रदर चेन र म टोली अगुवाहरू थियौँ। हामीले एक-अर्काको कमजोरीहरू पूर्ति गर्थ्यौं, अनि परमेश्‍वरको अगुवाइमा, हामीले हाम्रो काममा असल परिणामहरू देख्यौं। ब्रदर चेनसित काम गर्दा मलाई निकै खुशी लाग्यो। एउटा भेलापछि, अगुवाले मलाई अर्को टोलीलाई सहायता चाहिएको छ भनी बताउनुभयो, अनि उहाँहरूले ब्रदर चेनलाई सरुवा गर्न लाग्‍नुभएको थियो। ब्रदर चेनसित असल क्षमता थियो, उनले सत्यतालाई बुझ्थे, उनी आफ्नो कर्तव्यमा उत्तरदायी थिए, त्यसैले उनी हाम्रो टोलीलाई अगाडि बढाउनको लागि उपयोगी थिए। यदि उनले छोडे र हाम्रो कामको गुणस्तर घट्यो भने, के म नराम्रो देखिँदिनथिएँ र? के म असक्षम छु भनेर अगुवाले सोच्थे र? म ब्रदर चेनलाई गुमाउन चाहँदिनथिएँ तर मण्डलीको कामको लागि भनेर म सहमत भएँ। अचम्मको कुरो, त्यसपछि अगुवाले भन्नुभयो, अर्को मण्डलीलाई पनि अत्यन्त खाँचो छ, अनि उहाँले सहायताको निम्ति सिस्टर लूलाई चाहनुहुन्थ्यो। जब मैले यो सुनेँ, म पूरा स्तब्ध भएँ। “तपाईं सिस्टर लूलाई लैजान चाहनुहुन्छ? ब्रदर चेन सरुवा भइसकेपछि अब सिस्टर लू पनि? हाम्रो टोलीको दुई उत्कृष्ट सदस्यहरू जानेछन्, यसले निश्‍चय नै हाम्रो कामलाई नराम्रो असर पार्नेछ। कुनै हालतमा यसो हुन सक्दैन। तपाईंले सिस्टर लूलाई लैजान सक्‍नुहुन्‍न।” तर, त्यसपछि, मैले सोचेँ, “यदि मैले उहाँलाई इन्कार गरेँ भने म स्वार्थी छु भनेर उहाँले सोच्‍नुहुनेछैन र?” मैले कम क्षमता भएको अर्को सिस्टरलाई सिफारिस गरेँ। अगुवाले सबै कुरा पुनर्विचार गर्नुभयो अनि अझै सिस्टर लूलाई नै रोज्नुभयो, अनि तिनको नयाँ कामको बारेमा तिनीसित सङ्गति गर्न मलाई अह्राउनुभयो। म गर्नेछु तर मैले गर्न चाहेको छैन भनी मैले भनेँ। पछि, मैले अगुवाले मलाई नबुझेको अनि यी मानिसहरूलाई सरुवा गरेको विषयमा एउटा ब्रदरसित गुनासो पोखेँ। मैले आफ्नो काम कसरी गर्ने? मैले एकपछि अर्को गुनासो थपेँ तर मैले भनिरहेको कुरा गलत छ भन्‍ने मलाई महसुस भयो। मैले यो ब्रदरलाई मेरो पक्षमा मात्रै प्राप्त गर्न खोजिरहेको थिएँ। यो परमेश्‍वरको निम्ति अपमानजनक थियो। यसको बारेमा जति सोच्यो, त्यति नै बढी मलाई नराम्रो महसुस भयो। मैले आफ्नो बारेमा मनन गरेँ, अनि परमेश्‍वरसित प्रार्थना गरेँ। प्रार्थना गरिसकेपछि, किन हरेक पल्ट मेरो टोलीबाट कसैलाई सरुवा गराउँदा मैले त्यसलाई रोक्न सक्ने सबै कुरा गरेँ भनेर सोचेँ। त्यस प्रकारले काम गर्नुको पछाडिको मेरो प्रकृति कस्तो थियो?

मैले परमेश्‍वरका वचनहरूमा यो पढेँ: “कर्तव्यहरू भनेका परमेश्‍वरले मानिसहरूले सुम्‍पनुभएका काम हुन्; ती मानिसहरूले पूरा गर्नुपर्ने मिसनहरू हुन्। तैपनि, कर्तव्य भनेको अवश्य नै तैँले व्यक्तिगत रूपमा व्यवस्थापन गर्ने व्यवसाय होइन, न त यो तँलाई भीडभन्दा माथि उठाउने कुरा हो। कतिपय मानिसहरूले आफ्‍ना कर्तव्यलाई तिनीहरूका आफ्‍नै व्यवस्थापन गर्न र गिरोह निर्माण गर्नको लागि प्रयोग गर्छन्; कतिले आफ्‍नै इच्‍छाहरू पूरा गर्न…। कर्तव्यसम्‍बन्धी त्यस्ता मनोवृत्तिहरू गलत छन्; परमेश्‍वरले यस्ता मनोवृत्तिलाई घृणा गर्नुहुन्छ र तिनलाई तुरुन्तै सुधार गरिनुपर्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?”)। “आजको कामको सन्दर्भमा, मानिसहरूले अझै पनि त्यही प्रकारका कुराहरू गर्नेछन् जसलाई यी शब्दहरूले प्रतिनिधित्व गर्छन्, ‘परमेश्‍वरभन्दा महान् मन्दिर छ।’ उदाहरणको निम्ति, मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने कुरालाई कामको रूपमा हेर्छन्; तिनीहरूले परमेश्‍वरको निम्ति गवाही हुने तथा ठूलो रातो अजिङ्गरसित लडाईं गर्ने कुरालाई मानव अधिकारको रक्षार्थ, प्रजातन्त्र तथा स्वतन्त्रताको निम्ति गरिने राजनीतिक क्रियाकलापहरूको रूपमा हेर्छन्; तिनीहरूले आफ्नो कर्तव्यलाई जीवनचर्यातर्फ आफ्नो सीप उपयोग गर्ने कुरामा परिणत गर्छन्, तर परमेश्‍वरको भय मान्ने र खराबीलाई घृणा गर्ने कुरालाई तिनीहरूले पालना गर्नुपर्ने धार्मिक सिद्धान्तको एउटा भागको रूपमा लिन्छन्; अनि यस्तै इत्यादि। के यी सबै व्यवहारहरू वास्तवमा ‘परमेश्‍वरभन्दा मन्दिर महान् छ’ भन्‍ने सरह नै छैन र? फरक यो छ कि, दुई हजार वर्षअघि, मानिसहरूले भौतिक मन्दिरमा व्यक्तिगत व्यापार गर्दैथिए, तर आज मानिसहरूले अमूर्त मन्दिरहरूमा आफ्नो व्यक्तिगत व्यापार गर्छन्। ती मानिसहरू जसले नियमहरूलाई महत्त्व दिन्छन्, तिनीहरूले नियमहरूलाई परमेश्‍वरलाई भन्दा महान् ठान्छन्, ती मानिसहरू जसले पदलाई प्रेम गर्छन्, तिनीहरूले पदलाई परमेश्‍वरभन्दा महान् ठान्छन्, ती जसले जीवनचर्यालाई प्रेम गर्छन्, तिनीहरूले जीवनचर्यालाई परमेश्‍वरभन्दा महान् ठान्छन्, आदि इत्यादि—तिनीहरूका सबै अभिव्यक्तिहरूले मलाई यसो भन्न बाध्य गर्छ: ‘मानिसहरूले आफ्‍ना शब्‍दहरूद्वारा परमेश्‍वरलाई सबैभन्दा महान् हुनुहुन्छ भनी प्रशंसा त गर्छन् तर तिनीहरूको दृष्टिमा सबै कुरा परमेश्‍वरभन्दा महान् छन्।’ किनभने मानिसहरूले परमेश्‍वरलाई पछ्याउने आफ्नो मार्गमा आफ्नो प्रतिभा देखाउने वा आफ्नो व्यवसाय वा आफ्नो जीवनचर्या गर्ने अवसर पाउनेबित्तिकै तिनीहरूले परमेश्‍वरदेखि आफैलाई टाढा बनाउँछन् अनि आफ्नो प्रिय जीवनचर्यामा हाम फाल्छन्। परमेश्‍वरले तिनीहरूलाई जे सुम्पनुभएको छ, अनि उहाँको इच्छा के छ भन्‍ने सम्बन्धमा चाहिँ, ती कुराहरूलाई लामो समयदेखि नै परित्याग गरिएका छन्। यी मानिसहरू र दुई हजार वर्ष अघि मन्दिरमा आफ्नै व्यवसाय गर्ने ती मानिसहरूका बीचमा के फरक छ?” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३”)।

परमेश्‍वरका वचनहरूको सहायताले मैले मेरा कार्यहरूको सारको बारेमा अझ बढी स्पष्टता प्राप्त गरेँ। म विरोधी थिएँ र हरेक पल्ट अगुवाले कसैलाई सरुवा गर्न चाहँदा म बाधक भई खडा हुन्थें, किनकि मैले मेरो कामलाई मेरो आफ्नै व्यक्तिगत जीवनचर्याको रूपमा लिएको थिएँ। मैले मेरो टोलीमा भएकाहरूलाई तालीम दिएका मानिसहरू हुन् भनी सोचेँ, त्यसैले तिनीहरूले मेरो कार्यक्षेत्रभित्र रहेर आफ्नो काम गर्नुपर्छ, हाम्रो टोलीभित्र नै काम गर्नुपर्छ, अरू कसैकोमा होइन भनी मैले सोचेँ। मेरो सोच्ने तरिका तर्कसङ्गत थिएन। हास्यास्पद थियो। ती ब्रदर र सिस्टरहरूसित भएका बलिया पक्षहरू परमेश्‍वरद्वारा आफ्नो कामको निम्ति पूर्वनिर्धारित गरिएका थिए। तिनीहरूलाई परमेश्‍वरको घरमा जहाँ आवश्यक छ, त्यहाँ राखिनुपर्छ। यो थाहा भएकै कुरा हो। तर, म तिनीहरूलाई मेरो नियन्त्रणमा राख्न चाहन्थेँ, तिनीहरूलाई मेरो आफ्नै कामको निम्ति, मेरो निम्ति काम गर्न औजारको रूपमा लिइरहेको थिएँ। म कसैको पनि सरुवा भएको चाहँदिनथिएँ। मैले गुट बनाउने, अनि न्याय गर्ने प्रयास पनि गरेँ। के मैले प्रभु येशूलाई विरोध गर्ने विगतका फरिसीहरूले जस्तै व्यवहार गरिरहेको थिइनँ र? ती दिनहरूमा, तिनीहरूले मन्दिरलाई आफ्नै प्रभाव क्षेत्रको रूपमा हेरेका थिए, अनि कसैलाई पनि प्रभु येशूलाई पछ्याउन दिँदैनथिए। तिनीहरूले आफ्नै हैसियतलाई जोगाउनको लागि विश्‍वासीहरूलाई नियन्त्रण गर्न कहिल्यै छोडेनन्, यसरी विश्‍वासीहरू तिनीहरूकै हुन् भनी भन्थे। अनि म? मैले ब्रदर र सिस्टरहरूलाई मेरो नियन्त्रणमा राखेँ, तिनीहरूलाई जान दिइनँ। के मैले आफ्नै प्रभावको क्षेत्र बढाइरहेको र परमेश्‍वरको विरोध गरिरहेको थिइनँ र? यो बाटो अपनाएर मैले परमेश्‍वरलाई विरोध गरिरहेको थिएँ। उहाँको स्वभावलाई उल्‍लङ्घन गरिरहेको थिएँ। यो सोच डरलाग्दो थियो, अनि मैले मेरो घिनलाग्दो र स्वार्थी तरिकाहरूलाई घृणा गर्न थालेँ। मैले पश्‍चाताप गर्दै प्रार्थना गरेँ। त्यसपछि, मैले सिस्टर लूलाई उनको सरुवाको बारेमा कुरा गरेँ, अनि मैले धोका दिएको ब्रदरसित मैले जे भनेको थिएँ, त्यसको प्रकृतिको बारेमा सङ्गति गर्दै कुरा गरेँ, ताकि तिनीसित भेदशक्ति होस्। अन्त्यमा, मैले केही शान्ति पाएँ।

सिस्टर लू र ब्रदर चेन सरुवा भएपछि, सिस्टर ली हाम्रो टोलीमा सहभागी भए। तिनी सक्षम थिइन् अनि तिनले छिट्टै सिक्थिन्। हाम्रो समूहको काममा कुनै ढिलाइ भएन। मैले आफ्नो उद्देश्यको निम्ति होइन परमेश्‍वरको घरको निम्ति आफ्नो काम गर्नु आशिषित हुने एउटा तरिका हो भन्‍ने महसुस गरेँ। परमेश्‍वरले नै उहाँको कामलाई सम्हाल्न ठीक मानिसहरू मिलाइदिनुहुनेछ। त्यसको तीन महिनापछि, मेरो सहकर्मी सिस्टर लीन एउटा भेलाबाट आइन्, अनि नजिकैको मण्डलीले राम्रो काम गरिरहेको छ अनि तिनीहरूलाई नयाँ विश्‍वासीहरूको निम्ति सहायता चाहिएको छ भनी बताइन्। अगुवाले त्यस मण्डलीलाई सहायता गर्नका निम्ति सिस्टर लीलाई पठाउन सुझाव दिनुभयो। मैले फेरि असन्तुष्ट अनुभव गरेँ तर मेरो अवस्था गलत छ भन्‍ने मैले तुरुन्तै महसुस गरेँ। मैले मेरो आफ्नै हैसियतको निम्ति मण्डलीका हितहरूलाई सधैँभरि बेवास्ता गरेका घटनाहरूको बारेमा सोचेँ। मलाई साँच्‍चै नराम्रो र दोषी अनुभव भयो, तब, परमेश्‍वरका यी वचनहरू मेरो मनमा आए, “कर्तव्य भनेको तेरो व्यक्तिगत कामकाज होइन, र यसलाई पूरा गरेर तैँले आफ्‍नै लागि कुनै काम गरिरहेको वा तेरो आफ्‍नै व्यक्तिगत व्यवसायको व्यवस्थापन गरिरहेको हुँदैनस्। परमेश्‍वरको घरमा, तैँले जे गरे पनि, तैँले आफ्‍नै उद्यमको काम गरिरहेको हुँदैनस्; यो परमेश्‍वरको घरको काम हो, यो परमेश्‍वरको काम हो। तैँले सधैँ यो ज्ञानलाई ध्यान दिएर भन्‍नुपर्छ, ‘यो मेरो आफ्‍नै कामकाज होइन; मैले त आफ्नो कर्तव्य निर्वाह गरिरहेको छु र आफ्नो जिम्‍मेवारी पूरा गरिरहेको छु। मैले परमेश्‍वरको घरको काम गरिरहेको छु। यो मलाई परमेश्‍वरले सुम्पनुभएको काम हो र मैले उहाँको लागि यो काम गरिरहेको छु। यो मेरो आफ्‍नै व्यक्तिगत कामकाज होइन।’ यदि तैँले यसलाई तेरो आफ्‍नै कामकाज ठान्छस्, र तैँले यो आफ्‍नै अभिप्राय, सिद्धान्त, र मनसायहरूअनुसार गर्छस् भने, तँ समस्यामा पर्नेछस्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?”)। परमेश्‍वरका वचनहरूले मलाई के कुरा स्पष्ट पारे भने, मेरो काम भनेको परमेश्‍वरले मलाई दिनुभएको आदेश हो, मेरो व्यक्तिगत उद्यम होइन। मैले मेरो व्यक्तिगत हितहरूको निम्ति म जे चाहन्छु त्यो गर्नु हुँदैन। मैले परमेश्‍वरको घरको हितहरूलाई विचार गर्नुपर्छ अनि परमेश्‍वरले जे चाहनुहुन्छ, त्यही गर्नुपर्छ। यो नै एउटा सृजिएको प्राणीसित आफ्नो कर्तव्यप्रति हुनुपर्ने आचरण हो। म आफ्नो बारेमा मात्रै सोच्ने गर्थें, अनि मैले परमेश्‍वरको घरको हितहरूलाई हानि गर्ने कामकुराहरू गरेँ। म उप्रान्त त्यस प्रकारले जिउनु हुँदैनथियो। मैले मेरा चाहनाहरूलाई त्याग गर्नुपर्थ्यो र सत्यतालाई अभ्यास गर्नुपर्थ्यो। यस सोचपछि मैले चैन अनुभव गरेँ। मैले सिस्टर लीनलाई यो कुरा बताएँ, “यो सबै परमेश्‍वरको घरको कामको निम्ति हो। हामीले सिस्टर लीसित उहाँको कर्तव्य परिवर्तनको भएको बारेमा कुरा गर्नुपर्छ। हामीले परमेश्‍वरको घरको कामलाई प्रभाव पार्नु हुँदैन।”

मेरो कर्तव्यमा, मेरा चाहनाहरूलाई छोडिदिन सिक्नु, परमेश्‍वरको घरको बारेमा सोच्नु, विवेक र समझ बोकेर हिँड्नु, अनि आफ्नो स्थानलाई जान्नु यो सबै परमेश्‍वरका वचनहरूको न्याय र सजायबाट आएका हुन्। परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो: आफ्‍नो कर्तव्यलाई कसरी लिनुपर्छ

अर्को: मेरो कर्तव्य सम्‍बन्धी मेरा मनसायहरूलाई सुधार्दा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बिमारीको माध्यमबाट आशिष पाउने मेरो मनसाय खुलासा भयो

झेन्क्षिङ्ग, अमेरिका सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा खोजी गर्ने कुरा भनेको भविष्यको लागि...

ईर्ष्याको उपचार

क्षुन्‍क्‍वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै दुःखलाग्दो किसिमको...

परमेश्‍वरलाई मेरो हृदय दिँदा

क्षिन्चे, दक्षिण कोरियावर्ष २०१८ को जुन महिनामा, मैले राज्यको स्तुतिगानको प्रदर्शनका लागि अभ्यास गरें। परमेश्‍वरको प्रशंसा गर्दै र उहाँको...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्