२५. आफ्‍नो कर्तव्यलाई कसरी लिनुपर्छ

झेङ्ग ये, दक्षिण कोरिया

मैले विश्‍वासी बनेपछि मण्डली अगुवाहरूले प्रायजसो सत्यता सम्‍बन्धी भेला र सङ्गतिहरू गरेको देख्थें। कतिपयले भिडियोहरू बनाउने वा गीत गाउने सीप चाहिने कर्तव्यहरू पूरा गर्थे। म तिनीहरूको प्रशंसा गर्थेँ। तिनीहरूको कर्तव्य महत्त्वपूर्ण देखिन्थ्यो, त्यसकारण मैले तिनीहरूलाई सम्मान गर्थेँ। मण्डलीका कामकुरा व्यवस्थापन गर्नेहरूका हकमा भन्नुपर्दा, ती कर्तव्यहरू मूल्यवान् थिएनन्। यसकारण, म तिनीहरूले कहिल्यै पनि नाम कमाउँदैनन् भनी ठान्थें। आफूलाई राम्रो देखाउने कर्तव्य सुरक्षित गर्नेछु भनेर मैले सङ्कल्प गरेँ। दुई वर्षपछि मलाई दस्तावेजहरू सम्पादन गर्ने कर्तव्य दिइँदा म अत्यन्तै खुसी भएँ, किनभने म कामको लागि मण्डली जाँदा, सबैले मलाई खुबै प्रशंसाको दृष्टिले हेर्थे। मलाई आफैप्रति निकै खुशी लाग्थ्यो। सम्पादनको कामले अरू कर्तव्यहरूले भन्दा बढी प्रशंसा कमाउँछ भन्‍ने म विश्‍वास गर्थेँ। त्यसपछि वर्ष २०१८ मा मलाई स्थानान्तरण गरियो। त्यहाँ हुँदा, एक जना ब्रदरले मेरो कर्तव्य के थियो भनेर पत्ता लगायो र यसबारे मसँग कुरा गर्न थाल्यो। उसले मलाई कसरी आदरका साथ हेर्दा रहेछन् भन्‍ने थाहा पाएपछि म निकै खुशी भएँ। त्यो कर्तव्य पाउनु वास्तवमा नै ठूलो सम्मानको कुरा हो भन्‍ने मलाई लागेको थियो।

त्यो बेला, म आफैप्रति गर्व गर्थेँ र एकदमै आत्मसन्तुष्टिले भरिएको थिएँ। म कर्तव्यमा नाम र लाभको लागि होड गर्ने गर्थेँ। त्यसको केही समयपछि नै, मेरो कमजोर प्रस्तुतिको कारण मलाई पदमुक्त गरियो। त्यसले गर्दा म नकारात्मक र निकै खिन्न भएँ। अगुवाले मसँग सङ्गति गर्दै भने, “परमेश्‍वरको घरलाई हाम्रा चलचित्रहरूका लागि मञ्चमा सज्जा-सामग्री सार्ने-मिलाउने व्यक्तिहरूको आवश्यकता छ। यो काम तपाईँले राम्ररी गर्न सक्नुहुन्छ। तपाईँको कर्तव्य जेसुकै भए पनि तपाईँ सत्यताको पछि लाग्नुपर्छ र यसलाई पूरा गर्न आफ्‍नो सबै कुरा समर्पित गर्नुपर्छ।” त्यो कर्तव्यमा के गर्नुपर्छ भन्‍ने मलाई थाहा थिएन, र यो अगुवाले नै मिलाएको हुनाले मैले यसलाई स्वीकार गर्नुपर्छ भन्‍ने मलाई लाग्यो। मैले चाँडै नै मञ्चमा सज्जा-सामग्री सार्ने-मिलाउने व्यक्ति हुनु भनेको कठिन काम रहेछ भन्‍ने थाहा पाएँ। मैले गह्रौँ-गह्रौँ सज्जा-सामग्रीहरू सार्नुपर्थ्यो। यसमा निकै शारीरिक बल पर्थ्यो। सीपको त कुरै थिएन, खालि धेरै बलको काम हुन्थ्यो। मैले सोचेँ, “सम्पादन गर्दा मैले मष्तिष्कको प्रयोग गर्नुपर्थ्यो। यो बढी मर्यादित थियो। दृश्य सम्‍बन्धी सामग्रीहरू सार्ने काम शारीरिक मजदुरी हो। यो फोहोरी काम हो। के अरूले मलाई नीच ठान्‍नेछन्?” यो विचारले म व्याकुल भएँ, र मलाई यो कर्तव्य मन परेन। त्यहाँदेखि मैले आधा मनले काम गर्थेँ र जति सक्दो काम टाल्थेँ। हामीसँग कुनै सामग्री नहुँदा र अरूको बाट सापट लिनुपर्दा, म कसैलाई माग्‍न पठाउथेँ। यदि मैले मागेँ भने, मलाई चिन्‍नेहरूले मलाई मेरो कामबाट निकालिएको छ र अहिले मैले मञ्चमा सज्जा-सामग्री सार्ने-मिलाउने काम गरिरहेको छु भन्‍ने थाहा पाउनेछन् भन्‍ने मलाई डर थियो। त्यसपछि तिनीहरूले मलाई के सोच्‍नेछन्? मैले यो कर्तव्यसित सम्बन्धित सीपहरू सिक्‍न चाहिनँ। थप कुरा सिक्दा त्यसले मलाई त्यो कर्तव्यमा नै सीमित राख्‍नेछ, त्यसपछि म कहिल्यै पनि अरूभन्दा फरक हुन सक्दिनँ भनेर म डराएँ। कहिलेकहीँ सेटमा हुँदा, मलाई उचित तरिकामा सज्जा-सामग्रीहरू मिलाउन लगाइन्थ्यो। यसले मलाई सधैँ अत्यन्तै असहज महसुस गराउँथ्यो, लाजमर्दो हुन्थ्यो। मैले सम्पादन गर्ने कर्तव्यले गर्दा मानिसहरूले कसरी मेरो निर्देशनहरू मान्थे, त्यो मलाई याद आयो। अहिले त मलाई नै काम अह्राइन्छ। कस्तो पदावनति! एक पटक, एक जना ब्रदरले मलाई सेटको लागि केही परालको मुठा उठाउन लगायो। मलाई त्यो गर्न मन लागेन। त्यसो गर्नु लाजमर्दो कुरा हो भन्‍ने मलाई लाग्यो। यदि दाजुभाइ-दिदीबहिनीहरूले देखे भने, तिनीहरूले मलाई त्यो काम गरेर त्यति सानै उमेरमा आफ्नो सफलताको सम्‍भावना गुमाएको छु भनेर ठान्‍नेथिए। तर त्यो मैले गर्नुपर्ने कर्तव्य भएको हुनाले, वरपर कोही नभइञ्‍जेल पर्खेँ र त्यो काम गर्न लुकेर गएँ। जब मैले त्यो भेला गरिरहेको थिएँ, एक जना ब्रदर मतिर आइरहेका रहेछन्। तिनले छालाको जुत्ता र सेतो मोजा लगाएका थिए, तिनी अत्यन्तै सफा थिए। मैले आफूलाई हेरेँ, शिरदेखि पाइतालासम्‍म फोहोर थिएँ। मलाई अचानक अत्यन्तै उदास, अत्यन्तै खिन्न महसुस भयो र सोचेँ, “हामी एउटै उमेरका छौं तर तिनलाई आदरणीय कर्तव्य दिइएको छ, जब कि मेरो कर्तव्य भनेको पराल बटुल्‍नु हो। हाम्रो बीचमा कति ठूलो भिन्‍नता! कति लाजमर्दो कुरा! म गएर अगुवालाई यो कर्तव्य गर्न चाहन्‍नँ भनेर भन्छु, र अर्को कुनै कर्तव्य माग्छु।”

जब म फर्केर आएँ, तब म साँच्‍चै दोधारमा परेँ, अनि अगुवालाई केही भन्‍ने कि नभन्‍ने भयो। यदि भनिनँ भने, मैले त्यही कर्तव्य गरिरहनुपर्छ, तर म अबदेखि यो कर्तव्य गर्न चाहन्‍नँ भनेर भनेँ भने, मैले आफ्नो कर्तव्य छोडिरहेको हुन्थेँ। यस बेला, मैले आफ्ना भावनाहरूलाई दबाएँ। केही समयपछि नै, मञ्मा सज्जा-सामग्री सार्ने-मिलाउनेहरू र प्रस्तुति दिनेहरू भेलाहरूमा उपस्थित हुनुपर्ने भयो। मलाई यो कुरा मन परेन। तिनीहरूले प्रशंसा पाउन सक्छन्, तिनीहरू लोकप्रियतामा रमाउन सक्छन्। मैले सानोतिनो काम गरिरहेको थिएँ। हामी उही स्तरमा थिएनौं। के सँगै हुँदा मेरो हीनभावना उजागर हुँदैन र? भेलाहरूमा सबै जना सङ्गतिमा सहभागी भए तर मैले आफ्नो कुरा बाँड्न मानिनँ। प्रस्तुतिकर्ताहरूसँग भेला हुँदा, मलाई मेरो एउटै उद्देश्य भनेको तिनीहरूलाई राम्रो देखाउनु हो भन्‍ने लाग्यो। यो निराशलाग्दो कुरा थियो। समय बित्दै जाँदा, मभित्र अन्धकार छायो र मलाई भेलामा जान मन लाग्‍न छोड्यो। म प्रायजसो मैले सम्पादन गर्ने कर्तव्य पूरा गर्दाको समय सम्झन्थेँ, त्यसबेला मलाई उत्साहको साथ स्वागत गरिन्थ्यो र मूल्यवान् ठानिन्थ्यो। मलाई निकालिएपछि, मैले केवल अप्ठ्यारा कामहरू गर्दै आएको थिएँ, कसैले पनि मलाई आदर गर्दैन। म यति दयनीय र उदास थिएँ कि मलाई झन्-झन् एकलै बस्‍न मन लाग्यो। म उदास थिएँ, म आफूजस्तो थिइनँ। मैले तुरुन्तै धेरै तौल गुमाएँ। एक साँझ, म एकलै हिँडिरहेको बेला, मैले मेरो दुःखलाई रोक्‍न सकिनँ। मैले रुँदै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! विगतमा, मैले सत्यता खोजी गर्ने र आफ्ना कर्तव्यहरू गर्ने सङ्कल्प गरेको थिएँ, तर अहिले, मैले आफ्नो कर्तव्यमा प्रशंसा प्राप्त गर्ने कुरै छैन। मलाई सधैँ हीनताबोध हुन्छ। मलाई अत्यन्तै नकरात्मक र कमजोर महसुस हुन्छ। म तपाईँलाई धोका दिने अवस्थामा पुगेको छु भन्ने मलाई डर छ। हे प्यारो परमेश्‍वर, म नकारात्मक बन्‍न चाहन्‍नँ तर के गर्ने मलाई थाहा छैन। बिन्ती छ मलाई मार्गदर्शन गर्नुहोस् ताकि म उप्रान्त यस्तो हुन नपरोस्।”

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूमा यो पढेँ: “कर्तव्य कसरी अस्तित्वमा हुन आउँछ? वृहत् रूपमा भन्दा, यो मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन कार्यको परिणामस्वरूप अस्तित्वमा आउँछ; खास रूपमा भन्दा, मानवजातिको बीचमा परमेश्‍वरको व्यवस्थापन कार्य अघि बढ्ने क्रममा, पूरा गरिनुपर्ने विभिन्‍न कार्यहरू पैदा हुन्छन्, र त्यसको लागि सहकार्य गर्न र तिनलाई पूरा गर्न मानिसहरूको आवश्यकता पर्छ। यसबाट मानिसहरूले पूरा गर्नुपर्ने जिम्‍मेवारीहरू र मिसनहरूको उदय हुन्छ, अनि यी जिम्‍मेवारीहरू र मिसनहरू नै परमेश्‍वरले मानवजातिलाई सुम्पनुहुने कर्तव्यहरू हुन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?”)। “तेरो कर्तव्य जेसुकै भए पनि, तिनलाई ठूलो र सानो भनेर नछुट्या। मानौं तैँले यसो भन्छस्, ‘यो काम परमेश्‍वरबाट आएको आज्ञा र परमेश्‍वरको घरको काम भए पनि, यदि मैले यो काम गरेँ भने, मानिसहरूले मलाई तुच्‍छ नजरले हेर्न सक्छन्। अन्य व्यक्तिहरूले भने आफूलाई अरूभन्दा उच्‍च देखाउने काम गर्न पाउँछन्। मलाई अरूभन्दा माथि नदेखाउने, बरु मलाई पर्दापछाडि पार्ने, मलाई दिइएको यो कामलाई कसरी कर्तव्य भनेर भन्‍न सकिन्छ र? यो मैले स्वीकार गर्न नसक्‍ने कर्तव्य हो; यो मेरो कर्तव्य होइन। मेरो कर्तव्य त्यस्तो हुनुपर्छ जसले मलाई अरूभन्दा माथि देखाउँछ र मलाई मेरो नाम राख्‍न दिन्छ—र मैले मेरो आफ्‍नै नाम नराखे पनि वा मलाई माथि नदेखाए पनि, मैले यसबाट लाभ प्राप्त गर्नुपर्छ र शारीरिक रूपमा सहजताको अनुभूति गर्नुपर्छ।’ के यो स्वीकार्य मनोवृत्ति हो त? यो वा त्यो भन्दै छनौट गर्नु परमेश्‍वरबाट आउने कुरालाई स्वीकार गर्नु होइन; यो त तेरा आफ्‍नै रुचिहरूअनुसार छनौट गर्नु हो। यो तेरो कर्तव्यलाई स्वीकार गर्नु होइन; यो तेरो कर्तव्यलाई इन्कार गर्नु हो। तैँले रोज्‍ने र छनौट गर्ने प्रयास गर्नेबित्तिकै, तँ त्यसउप्रान्त साँचो स्वीकार गर्न असमर्थ हुन्छस्। त्यस्तो छनौट गर्ने कार्यमा तेरा व्यक्तिगत रुचि र इच्‍छाहरू मिसिएका हुन्छन्; जब तैँले तेरा आफ्‍नै लाभहरू, तेरो प्रतिष्ठा, आदि इत्यादि कुरालाई ध्यान दिइरहेको हुन्छस्, तब कर्तव्यप्रतिको तेरो मनोवृत्ति समर्पित हुँदैन। कर्तव्यप्रतिको तेरो मनोवृत्ति यस्तो हुनुपर्छ: पहिलो, तैँले यसलाई विश्‍लेषण गर्नु हुँदैन, न त कसले तँलाई यो कर्तव्य दिएको हो भन्‍ने नै विचार गर्नु हुन्छ; बरु, तैँले यसलाई परमेश्‍वरबाट आएको काम, तेरो कर्तव्य, र तैँले गर्नुपर्ने कामको रूपमा स्वीकार गर्नुपर्छ। दोस्रो, ठूलो र सानो भनेर छुट्याउनु हुँदैन, र चाहे यो मानिसहरूको अघि गरियोस् वा तिनीहरूले नदेख्‍ने गरी गरियोस्, यसले तँलाई अरूभन्दा उच्‍च तुल्यायोस् वा नतुल्यायोस्, तैँले यसको प्रकृतिको बारेमा चिन्ता गर्नु हुँदैन। यी कुराहरूको बारेमा विचार नगर्। मानिसहरूले आफ्‍नो कर्तव्यलाई जुन दुई मनोवृत्तिका साथ लिनुपर्छ, ती दुई विशेषताहुरू यिनै हुन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?”)। यो पढेपछि यसले मलाई आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति गलत छ भन्‍ने देखायो। परमेश्‍वर हामीले कर्तव्य गरेको चाहनुहुन्छ र हामीले आफूलाई दिइएका कर्तव्यहरू स्वीकार गर्नुपर्छ। हामीले विकल्‍प पाउनुपर्छ भन्‍ने हुँदैन। मैले आफ्ना इच्‍छाहरूलाई मेरो मार्गमा खडा हुन दिएँ। म आफ्नो प्रशंसा कमाउने कर्तव्य चाहन्थेँ। मैले पर्दापछाडि गरिने कुनै पनि कार्यलाई विरोध र इन्कार गरेँ। म परमेश्‍वरको नियमप्रति समर्पित भइनँ। म अत्यन्तै लापरवाह थिएँ र वास्तवमा मैले परमेश्‍वरको विरोध गरिरहेको थिएँ। मैले विश्‍वास सुरु गर्दाको अवस्थालाई सम्झेँ। म अगुवाहरू र प्रस्तुति दिने दाजुभाइ-दिदीबहिनीहरूको डाहा गर्थेँ। मलाई ती कर्तव्यहरू गहन छन् र प्रशंसा कमाउँछन्, अनि शारीरिक काम गर्नुपर्ने कर्तव्य पाएका मानिसहरूसँग वास्तविक सीप हुँदैन भन्‍ने लाग्थ्यो। मलाई ती कर्तव्यहरू तुच्छ छन् र आदरणीय छैनन् भन्‍ने लाग्थ्यो। मेरो सोचाइ भ्रमित भएको हुनाले, मैले कर्तव्यहरूलाई वर्गीकरण गरेको थिएँ, त्यसकारण जब मैले मञ्चमा सज्जा-सामग्री सार्ने-मिलाउने व्यक्तिको रूपमा काम सुरु गरेँ, मेरो विचारमा मैले सानोतिनो काम गरिरहेको थिएँ, र यसले मेरो प्रतिष्ठामा क्षति पुर्‍याउनेछ भन्‍ने मलाई डर थियो। यस किसिमको सोचाइले मलाई प्रतिरोधी बनायो। मैले आफ्नो कर्तव्यलाई गम्‍भीर रूपमा लिइनँ, र आवश्यक सीपहरू सिक्‍ने प्रयास गरिनँ। मैले आफ्नो कर्तव्य छोड्ने समेत विचार गरेँ। मैले आफूलाई मन पर्ने कुराहरूको मात्रै वास्ता गर्दो रहेछु र आफ्नो हित र प्रतिष्ठाबारे मात्रै विचार गर्दो रहेछु भन्ने बुझेँ। ममा साँचो आज्ञापालन थिएन। मैले आफ्ना कर्तव्यहरूलाई पन्छाएर परमेश्‍वरको इच्‍छालाई बेवास्ता गरिरहेको थिएँ। मेरो मनोवृत्ति घृणास्पद थियो, यो परमेश्‍वरको लागि घिनलाग्दो थियो! यो सबै कुरा महसुस गर्दा मलाई आफैप्रति घृणा लाग्यो।

त्यसपछि तुरुन्तै, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “मानिसहरू सृष्टि गरिएका प्राणीहरू हुन्। सृष्टि गरिएका प्राणीहरूको कार्यहरू के-के हुन्? यो मानिसहरूका अभ्यास र कर्तव्यहरूसँग सम्बन्धित छ। तँ एक सृष्टि गरिएको प्राणी होस्; परमेश्‍वरले तँलाई गीतको वरदान दिनुभएको छ। जब उहाँले तँलाई गाउनको निम्ति प्रयोग गर्नुहुन्छ, तैँले के गर्नुपर्छ? तैँले परमेश्‍वरले तँलाई सुम्पनुभएको यो कार्यलाई स्वीकार गर्नुपर्छ र राम्ररी गाउनुपर्छ। जब परमेश्‍वरले तँलाई सुसमाचर प्रचार गर्नको निम्ति प्रयोग गर्नुहुन्छ, सृष्टि गरिएको प्राणीको रूपमा तँ के बन्छस्? तँ एक प्रचारक बन्छस्। जब अगुवाइ गर्नको निम्ति उहाँलाई तेरो आवश्यकता पर्छ तैँले यो आज्ञालाई ग्रहण गर्नुपर्छ; यदि तैँले सत्य सिद्धान्तहरूबमोजिम यस कर्तव्यलाई पूरा गर्न सक्छस् भने यो तैँले गर्ने अर्को कार्य हुनेछ। केही मानिसहरूले सत्यलाई न त बुझ्छन् न त पछ्याउँछन्; तिनीहरूले केवल प्रयास मात्र गर्न सक्छन्। त्यसो भए, सृष्टि गरिएका ती प्राणीहरूको काम के हो त? यो प्रयत्‍न लगाउन र सेवा गर्नको निम्ति हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यताको खोजी गरेर मात्र व्यक्तिले परमेश्‍वरका कार्यहरूलाई जान्न सक्छ”)। परमेश्‍वरका वचनहरूबाट मैले के सिकेँ भने, परमेश्‍वरको घरमा व्यक्तिले गर्ने कुनै पनि कर्तव्य महत्त्वपूर्ण देखियोस् वा नदेखियोस्, ती केवल फरक-फरक प्रकारका कर्तव्य हुन् अनि त्यसको दायित्व उस्तै रहन्छ। व्यक्तिको अन्तर्निहित पहिचान परिवर्तन हुँदैन; हामी सधैँ सृष्टि गरिएका प्राणी नै हौं। म मेरो सम्पादन गर्ने कर्तव्यमा सृष्टि गरिएको प्राणी थिएँ, र मेरो मञ्चमा सज्जा-सामग्री सार्ने-मिलाउने कर्तव्यमा पनि सृष्टि गरिएको प्राणी नै थिएँ। परमेश्‍वरको घरमा कर्तव्यको कुनै पदानुक्रम हुँदैन, यसलाई मण्डलीको कामको आवश्यकता अनुसार र व्यक्तिको कद र क्षमताअनुसार मिलाइएको हुन्छ। कर्तव्य जे-जस्तो भए पनि, हामीप्रति परमेश्‍वरको इच्‍छा भनेको हामीले कर्तव्यमा आफ्नो सम्पूर्णता दिऊँ, सधैँ सत्यताको खोजी गरौँ र पछि लागौँ, आफ्ना भ्रष्टताहरू हटाऔँ र कर्तव्यहरू गरौँ भन्‍ने हो। परमेश्‍वरका वचनहरूले भने जस्तै, “कार्यहरू उस्तै छैनन्। एउटा शरीर छ। यसरी नै प्रत्येकले आ-आफ्नो स्थानमा आफ्नो कर्तव्य उत्तम तरिकाले पालना गर्छ—प्रत्येक झिल्कामा एउटा प्रकाशको चमक हुन्छ—र जीवनमा परिपक्वता फैलाउँदछ। यसो गरेमा म सन्तुष्ट हुनेछु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २१)। मण्डली अगुवाले मलाई मञ्चमा सज्जा-सामग्री सार्ने-मिलाउने कर्तव्य दियो किनभने त्यो आवश्यक थियो। म आफ्नो इच्‍छा अनुसार छनौट गर्ने बन्‍नुहुँदैन। म परमेश्‍वरको नियमप्रति समर्पित हुनुपर्छ। मैले हरेक कार्यक्रमको निम्ति चाहिने सज्जा-सामग्री मिलाउनुपर्छ, र परमेश्‍वरको गवाही दिने हरेक कार्यक्रमको निम्ति आफ्नो भाग पूरा गर्नुपर्छ। त्यो मेरो काम थियो। परमेश्‍वरको इच्‍छा बुझेपछि मेरो दृष्टिकोण परिवर्तन भयो। जुन कुरा मेरो लागि कुनै बेला भार थियो त्यो अब भार रहेन। मैले आफ्नो कर्तव्य सही तरिकाले पूरा गर्न सकेँ। त्यो समयदेखि यता, मैले आफ्ना सबै सीप सुधार्न लगनशील भएर काम गर्न थालेँ, र प्रस्तुतिकर्ताहरूसँगको हाम्रो भेलामा, मैले कर्तव्यहरू तुलना गर्न छोडेँ, बरु मन खोलेर आफ्ना समस्याहरूबारे कुरा गरेँ। मैले आफूले बुझेको सबै कुरामा सङ्गति गरेँ। त्यसपछि पनि म बेला-बेलामा अरूले तुच्छ ठान्छन् भनेर डराउने गर्थेँ, र मैले फेरि पनि कर्तव्यहरूलाई तुलना गरिरहेको छु भन्‍ने मलाई थाहा हुन्थ्यो, त्यसकारण म तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गर्थेँ र त्यसरी सोच्न छोड्थें। बरु, आफ्नो कर्तव्य र परमेश्‍वरलाई खुशी पार्नुमा ध्यान केन्द्रित गर्थेँ। केही समय यो कर्तव्य गरेपछि, मलाई अलिक ढुक्‍क लाग्‍न थाल्यो। मलाई उप्रान्त सेटमा काम गर्नु तुच्छ काम हो भन्‍ने लागेन। बरु, मलाई यो त परमेश्‍वरले दिनुभएको आज्ञा हो भन्‍ने लाग्यो। मैले यो कर्तव्य गर्ने सम्‍मान पाएको थिएँ, र परमेश्‍वरको घरबाट आएका चलचित्रहरूमा आफ्नो भाग पूरा गर्न पाउँदा म गर्व गर्थेँ।

त्यो अनुभवपछि मैले केही कद प्राप्त गरेको छु, नकरात्मक नबनी र मेरो कर्तव्य आफ्नो स्तरभन्दा तलको हो भन्‍ने नसोची परमेश्‍वरले दिनुभएको जुनसुकै कर्तव्य म स्वीकार गर्न सक्छु भन्‍ने मलाई लागेको थियो। तर अर्को पटक मेरो जाँच हुँदा, समस्या फेरि देखा पर्‍यो।

किसानहरू व्यस्त हुने समयको कुरा हो। केही दाजुभाइहरू सुसमाचार प्रचार गर्न जान्थे र कटनीको समयमा फर्केर आउन सक्दैनथिए। त्यसकारण अगुवाले मलाई तिनीहरूको खेतीको काममा सहायता गर्न सक्छु कि भनी सोधे। मैले सोचेँ, “मैले यो काम गरेँ भने तिनीहरूले ढुक्क भएर सुसमाचार प्रचार गर्न सक्छन्, र यसले परमेश्‍वरको घरको काममा सहायता पुर्‍याउँछ, त्यसकारण मैले यो गर्नुपर्छ।” तर जब म आइपुगेँ, मैले अरू दाजुभाइहरू मभन्दा निकै पाको रहेछन् भन्‍ने देखेँ। कोही पनि बीसको दशकका रहेनछन्। मलाई त्यति खुसी लागेन। त्यही बेला, एक जना ब्रदरले मकहाँ आएर सोधे: “ब्रदर तपाईँसँग कसरी यहाँ काम गर्ने समय भयो? के तपाईँ अझै पनि सम्पादन गर्ने काम गरिरहनुभएको छैन र?” तपाईँ अनुमान गर्न सक्‍नुहुन्छ, म स्तब्ध भएँ। मैले भनेँ, “यो अहिलेको लागि मात्रै हो।” उनी गइसकेपछि, मैले सोचेँ, “उनले मेरो बारेमा के सोच्नेछन्? के उनले यति सानो उमेरमा मैले यो काम गरेको देख्दा, मसँग खासै प्रतिभा छैन, त्यसलै म यहाँ छु, मैले गर्न सक्‍ने यति मात्रै हो भनेर ठान्‍नेछन्? कस्तो अधोन्‍नति!” मलाई साह्रै नराम्रो लाग्यो। मैले शारीरिक रूपमा काम गरिरहेको भए पनि, मेरो मनमा दाजुभाइहरूकै कुरा र तिनीहरूले के सोच्‍नेछन् भन्‍ने कुरा मात्र खेलिरहेको थियो। के तिनीहरूले मलाई तुच्छ नजरले हेरे? व्याकुल भएर म कामबाट फर्केँ। जब म घर आइपुगेँ, मैल अरू दाजुभाइहरूले कम्प्युटरमा आफ्‍नो काम गरिरहेको देखेँ, र म तल्लो स्तरमा छु जस्तो मलाई महसुस भयो। मैले सोचेँ, “तिनीहरूको कर्तव्य मेरोभन्दा राम्रो छ। मैले किन खेतमा काम गर्नुपर्ने? मैले कलेजकोको पढाइ सकेको छु, र मैले राम्रो अङ्क ल्याएको छु भन्‍ने बारेमा त कुरै नगरौं। के त्यो दिनभरि खेतमा काम गर्नुपर्ने किसानको दुर्भाग्यबाट उम्कनको लागि थिएन र? म फर्केर जानेछैन।” त्यस्तो सोच्नुहुँदैन भन्‍ने मलाई थाहा थियो तर मलाई एकदमै नराम्रो लाग्यो, मलाई खेतमा काम गर्न लगाउँदा मेरो प्रतिभा बरबाद हुन्छ र मेरो बदनाम हुन्छ भन्‍ने सोचेँ। म झन् बढी व्याकुल बनेँ, त्यसकारण परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गरेँ, “प्रिय परमेश्‍वर, म खेतको काम सानो र अपमानजनक हो भन्‍ने सोचिरहन्छु। म छोड्न चाहन्छु। मलाई थाहा छ, मेरो सोचाइ गलत छ, तर म यस्तो नसोची सक्दिनँ। म साँच्‍चै नै दयनीय अवस्थामा छु। बिन्ती छ तपाईँको इच्‍छा बुझ्‍न र आज्ञापालन गर्न मलाई मार्गदर्शन गर्नुहोस्।”

प्रार्थनापछि, परमेश्‍वरका वचनहरूमा मैले यो कुरा पढेँ: “साँचो समर्पण के हो? जब परमेश्‍वरले तेरो तरिकासँग मेल खाने तरिकामा काम गर्नुहुन्छ, तँलाई सबै कुरा सन्तोषजनक र उचित भएको महसुस हुन्छ, अनि तँलाई अरूभन्दा अलग र राम्रो देखिने मौका दिइएको बेला, तँलाई यो धेरै महिमावान् लाग्छ, र तँ भन्छस् ‘परमेश्‍वरलाई धन्यवाद’, अनि उहाँको योजना र बन्दोबस्तहरूमा समर्पित हुन सक्छस्। यद्यपि, तँ अरूभन्दा राम्रो र अलग नदेखिने र कसैले पनि तँलाई स्वीकार नगर्ने सामान्य ठाउँमा तँलाई खटाउँदा, तँ खुसी हुन छाड्छस् र तँलाई समर्पित हुन कठिन हुन्छ। … परिस्थितिहरू अनुकुल हुँदा समर्पित हुन प्रायः सजिलो हुन्छ। प्रतिकूल परिस्थितिहरूमा पनि—तेरो तरिकाले कामकुराहरू नहुँदा र तेरो भावनामा चोट पर्दा, तँलाई कमजोर पार्ने, तँलाई शारीरिक रूपमा दुःख दिने र तेरो प्रतिष्ठामा ठेस लगाउने, तेरो अभिमान र घमण्डलाई सन्तुष्ट नपार्ने र तँलाई मनोवैज्ञानिक रूपमा पीडा दिने अवस्था आउँदा पनि—यदि तँ समर्पित हुन सक्छस् भने, तँसँग साँच्चै बडप्पन छ। तैँले पछ्याउनुपर्ने लक्ष्य यही हो नि, होइन र? यदि तँसँग यस्तो अन्तर्प्रेरणा, यस्तो लक्ष्य छ भने, त्यहाँ आशा हुन्छ(परमेश्‍वरको सङ्गति)

परमेश्‍वरका वचनहरूबारे विचार गर्दा म अत्यन्तै लज्‍जित भएँ। ती वचनहरूले मेरो वास्तविक स्थितिलाई पूर्ण रूपमा प्रकट गरेका थिए। मलाई सम्पादन गर्ने कर्तव्य सुम्पिँदा आफ्‍नो प्रदर्शन गर्न सक्छु भन्‍ने लागेकोले, मैले आफ्‍नो कर्तव्य जोशका साथ गरेँ र खुसीसाथ समर्पित भएँ। तर, मैले खेतमा सघाउँदा मेरो अभिमानमा असर पर्‍यो, म खिन्न र हठी भएँ। अरूले कम्प्युटरमा काम गरेको देख्दा मेरो अवस्था झन् खराब भयो, मलाई आफू तिनीहरू जत्तिको राम्रो छैन भन्‍ने लाग्यो। मैले आफ्नो सन्तुलन गुमाएँ। मलाई के लागेको थियो भने म शिक्षित भएको हुनाले मैले सीप चाहिने प्रतिष्ठित कर्तव्य गरिरहेको हुनुपर्ने हो। त्यसकारण मैले प्रतिरोध र गुनासो गरेँ, खेतीको काम छोड्न चाहन्थेँ। केले परमेश्‍वरको घर वा परमेश्‍वरको इच्‍छालाई फाइदा गर्नेछ भनेर मैले विचार गरिनँ। बरु म अभिमानले जलेको थिएँ। म साह्रै स्वार्थी थिएँ। मैले आफूलाई परमेश्‍वरको घरको सदस्यको रूपमा हेरिरहेको थिइनँ। परमेश्‍वरको इच्‍छाको वास्ता गर्ने एक इमानदार विश्‍वासीले, आफ्‍नो कर्तव्यलाई ठूलो जिम्‍मेवारीको रूपमा लिन्छ, त्यसकारण जसरी आवश्यक पर्‍यो त्यसरी लागिपर्छ, चाहे यो कठिन होस् वा आफ्नो चासो विपरीत। यसले मण्डलीलाई फाइदा गर्छ भने, जेसुकै गर्नुपर्ने पनि गर्छ। त्यस्ता मानिसहरू मात्रै परमेश्‍वरको घरको पक्षमा साँचो रूपमा उभिन्छन्। मैले कटनीको काम र मेरो आचरणबारे विचार गरेँ। केही दाजुभाइ-दिदीबहिनीहरूलाई सहयोग चाहिएको थियो। तिनीहरूलाई सहयोग गर्न सक्‍ने अरू पनि थिए, तब किन परमेश्‍वरले यो कर्तव्यमा मलाई नै नियुक्ति गर्नुभयो? म त्यो कामको लागि सम्पत्ति नभई नहुने थिएँ भन्‍ने होइन। परमेश्‍वरले मलाई त्यस्तो काम गर्न लगाएर कर्तव्यप्रतिको मेरो मनोवृत्तिलाई खुलासा गर्दैहुनुहुन्थ्यो। मैले आफ्नो भ्रष्टता र अशुद्धताहरूलाई पहिचान गर्न सकूँ, र सत्यताद्वारा आफ्नो भ्रष्टता हटाउने प्रयास गर्न सकूँ भनेर उहाँले यसो गर्नुभएको थियो। तर मैले परमेश्‍वरका दयालु अभिप्रायहरूलाई बुझिनँ। म मेरो कर्तव्यमा अझै पनि आफ्‍नै चासोहरूबारे विचार गरेर स्वार्थी बनिरहेको थिएँ। म परमेश्‍वरको योजनाप्रति समर्पित हुन सकिनँ। म विद्रोही र विरोधी थिएँ। मैले साँच्चै उहाँको हृदयमा चोट पुर्‍याएँ! यो सोचमा मैले के बुझेँ भने, परमेश्‍वरको इच्‍छा भनेको मेरो भ्रष्ट स्वभावलाई खुलासा गर्नु र शुद्ध पार्नु, अनि कर्तव्यप्रतिको मेरो मनोवृत्तिलाई सुधार्नु हो। यो त परमेश्‍वरको प्रेम थियो। मलाई सानोतिनो वा सम्मान नपाइने काम नै सुम्पिए पनि त्यसले केही फरक पार्दैन। यदि यसले मण्डलीको काममा फाइदा गर्छ भने, मैले यसलाई बिनासर्त स्वीकार गर्नुपर्छ, समर्पित हुनुपर्छ रआफ्नो सम्पूर्ण कुरा दिनुपर्छ। यो मात्रै स्वीकार्य छ। मैले यो कुरा बुझेपछि, साँचो शान्‍तिको अनुभूत गरेँ।

समय बित्दै गएपछि, मैले आफ्‍नै बारेमा मनन गरेँ: मलाई साधारण कर्तव्य पूरा गर्न लगाइँदा, म किन त्यति प्रतिरोधी हुन्थेँ? म किन समर्पित हुन सक्दिनथिएँ? मैले उत्तरहरू खोज्ने प्रयासमा, परमेश्‍वरका यी वचनहरू पढेँ: “शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन प्रकृति बनेका छन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ भन्‍ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। जीवन जिउने दर्शनहरूका पनि अन्य शब्दहरू छन् जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको उत्कृष्ट परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षित तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमा विहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्‍वरले नाश गर्नुहुनेछ किनकि तिनीहरूले शैतानको सेवा र परमेश्‍वरको प्रतिरोध गर्छन्। … मानिसहरूका जीवन, तिनीहरूका आचरण र व्यवहारमा अझै थुप्रै शैतानी विषहरू छन्; तिनीहरूमा सत्यता लगभग हुँदैन। उदाहरणको लागि, तिनीहरूको जीवन जिउने दर्शनहरू, तिनीहरूका काम गर्ने शैलीहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र ती सबै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा बगिरहेका सबै कुराहरू शैतानबाट आएका कुराहरू हुन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसको प्रकृति कसरी जान्ने”)। परमेश्‍वरका वचनहरूले मलाई के बुझ्‍न सहायता गरे भने, म आफ्नो कर्तव्यमा अनाज्ञाकारी थिएँ र यो-त्यो भनेर छनौट गर्थेँ, किनभने म शैतानका खराब भनाइहरूले भरिएको थिएँ, जस्तै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” र “दिमाग खियाउनेहरू अरूमाथि शासन गर्छन्, हात खियाउनेहरू अरूद्वारा शासित हुन्छन्,” साथै “परिवर्तन हुन नसक्‍ने कि महाबाठो हुन्छ, कि त पटमूर्ख हुन्छ,” त्यसकारण म अरूभन्दा पृथक देखिन खोजिरहेको थिएँ। स्कूलमा छँदा, शिक्षक र आमाबाबुले के भन्‍नुहुन्थ्यो भने, मैले कठिन परिश्रम गर्नुपर्छ, ताकि म राम्रो विश्‍वविद्यालयमा जान, किसानको निराशाजनक जीवनबाट उम्कन, र अघि बढ्न सकूँ। त्यसकारण, मैले जीवनभरि कडा मेहनत गरेर अध्ययन गरेँ, किनभने मैले राम्रो डिग्री प्राप्त गरेर सुपरभाइजर वा प्रबन्धक वा कुनै प्रतिष्‍ठित पद प्राप्त गर्छु भन्‍ने आशा गरेको थिएँ। विश्‍वासी बनेपछि, मैले परमेश्‍वरको घरका कर्तव्यहरूलाई अविश्‍वासीको नजरले मूल्याङ्कन गरेँ र कर्तव्यहरूलाई उच्‍च वा तुच्छ भनी वर्गीकरण गरिरहेँ। अगुवा वा सीपआधारित कर्मचारी बन्नु आदरणीय कुरा हो, अरूले मलाई सम्मान गर्छन् भन्‍ने लाग्थ्यो, तर यदि मैले सानातिना शारीरिक कर्तव्यहरू गर्दै दृश्यपछाडि काम गरेँ भने, तिनीहरूले मलाई नीच नजरले हेर्छन् भन्‍ने ठान्थेँ। यी शैतानी विषहरूले मेरो प्रकृतिलाई भरेर, मेरा विचारहरूमाथि प्रभुत्व जमाएका थिए, मलाई स्वेच्छाले नामको पछि लाग्‍न, हैसियत खोज्न बाध्य पारेको थियो। जब मेरो प्रतिष्ठा र हैसियतमा चुनौती आयो, म विरोधी बनेँ। मैले मेरो स्थानलाई स्वीकार्न र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य गर्न सकिनँ। ममा सबै समझको कमी थियो। यदि मैले सत्यता इन्कार गर्दै र परमेश्‍वरले दिनुभएको मेरो कर्तव्यलाई इन्कार गर्दै यो शैतानी मार्गमा हिँडिरहेको भए, कहिल्यै पनि सत्यता प्राप्त गर्नेथिइनँ न त जीवन नै प्राप्त गर्नेथिएँ र परमेश्‍वरले मलाई हटाउनु हुनेथियो। मैले यो कुरा बुझेपछि परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने सङ्कल्प गरेँ। मैले शैतानका विषहरू त्याग्‍न चाहेँ। त्यसको भोलिपल्‍ट, म खेतमा फर्किएँ!

त्यसपछि मैले परमेश्‍वरका केही वचनहरू पढेको छु। “म प्रत्येक व्यक्तिको गन्तव्यको निर्धारण निजको उमेर, वरिष्ठता, भोगाइको परिमाणका आधारमा गर्दिन, र उनीहरुले गर्ने कारुणिक आव्हानका आधारमा त झनै होइन्, तर उनीहरुसँग सत्य छ वा छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। “अन्त्यमा, मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन कि सक्दैनन् भन्‍ने कुरा तिनीहरूले पूरा गर्ने कर्तव्यमा होइन, बरु तिनीहरूले सत्यलाई बुझेका वा प्राप्त गरेका छन् कि छैनन् र तिनीहरू परमेश्‍वरका योजनाहरूप्रति समर्पित हुन र सच्चा रूपमा सृष्टि गरिएको प्राणी बन्‍न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा निर्भर रहन्छ। परमेश्‍वर धर्मी हुनुहुन्छ र उहाँले सबै मानवजातिलाई यही सिद्धान्तद्वारा नाप्‍नुहुन्छ। यो सिद्धान्त अपरिवर्तनीय छ र तैँले यसलाई स्मरण गर्नुपर्छ। अर्को कुनै बाटो पत्ता लगाउने वा कुनै अवास्तविक कुरालाई पछ्याउने गर्नेबारेमा नसोच्। मुक्ति प्राप्त गर्ने सबैबाट परमेश्‍वरले चाहनुहुने मापदण्डहरू कहिले पनि परिवर्तन हुँदैनन्; तिमीहरू जोसुकै भए तापनि ती उस्तै रहन्छन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरप्रति हुनुपर्ने मानिसको मनोवृत्ति”)। परमेश्‍वरका वचनहरूमा उहाँको धर्मी स्वभाव देख्न सकिन्छ। व्यक्तिले गर्ने कर्तव्य, उसले कति काम गरेको छ, वा उसले कति योगदान दिएको छ, त्यसको आधारमा परमेश्‍वरले उसको परिणाम निर्धारित गर्नुहुन्‍न। परमेश्‍वरले तिनीहरू उहाँको नियममा समर्पित हुन सक्छन् कि सक्दैनन् र सृष्टि गरिएको प्राणीको कर्तव्य गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन् कि सक्दैनन् नि आफ्नो स्वभाव परिवर्तन गर्न सक्छन् कि सक्दैनन्, त्यो हेर्नुहुन्छ। यदि म सत्यताको पछि लाग्दिनँ भने, मेरो कर्तव्य अरूको लागि जति नै प्रभावशाली देखिए पनि, मैले कहिल्यै पनि सत्यता प्राप्त गर्नेछैन, परमेश्‍वरको स्वीकृती र उहँबाट मुक्ति पाइने त कुरै नगरौँ। मलाई हाम्रो मण्डलीले निकालेको ख्रीष्ट-विरोधीकोबारे सोचेँ। उनले महत्त्वपूर्ण कर्तव्यहरू गरेका थिइन्, उनी अगुवा थिइन्, र केही नयाँ मण्डली सदस्यहरूले उनलाई महत्त्वपूर्ण ठान्थे। तर उनी सत्यताको पछि लागिनन्, न त आफ्‍नो स्वभाव रूपान्तरण गर्ने प्रयास नै गरिन्। बरु उनले हैसियत खोजिन् र उनी ख्रीष्ट-विरोधीको मार्गमा हिँडिन्। उनले परमेश्‍वरको घरको काममा वाधा पुर्‍याइन्, त्यसकारण उनलाई निकालियो। मैले साधारण कर्तव्य गर्ने कतिपय मानिसहरूलाई पनि देखेँ। तिनीहरूको कर्तव्य त्यति विशेष नदेखिए पनि, तिनीहरूले गुनासो नगरिकन ती सधैँ पूरा गर्थे। र जब तिनीहरूले समस्याहरूको सामना गर्थे, सत्यता खोजी गर्थे। तिनीहरूसँग पवित्र आत्‍माको अन्तर्दृष्टि थियो, त्यसकारण तिनीहरूको काममा सुधार आयो। तिनीहरू मानव रूपमा जिउँथे। यसले मलाई के देखायो भने, सत्यता प्राप्त गर्ने कुरा व्यक्तिको कर्तव्यसँग सम्‍बन्धित हुँदैन। कर्तव्य जेसुकै भए पनि, स्वभाव परिवर्तन र सत्यता खोजी गर्नु महत्त्वपूर्ण कुरा हो। एउटै मात्र मार्ग त्यही हो। अगुवाले मलाई चाहे मञ्चमा सज्जा-सामग्री सार्ने-मिलाउने व्यक्ति बनाओस् वा खेतमा काम गर्ने व्यक्ति, यो सबै परमेश्‍वरले नै मिलाउनुभएको र मलाई मेरो जीवन प्रवेशमा चाहिने कुरा हो, त्यसकारण मैले यसलाई सधैँ अङ्गाल्‍नुपर्छ। मैले आफ्नो कर्तव्यमा सत्यता खोज्नुपर्छ, परमेश्‍वरका वचनहरू अभ्यास गर्नुपर्छ र सत्यताको मार्गदर्शनमा हिँड्नुपर्छ। त्यो मात्रै परमेश्‍वरको इच्‍छाअनुरूप हुन्छ। यो कुरा बुझेपछि, मलाई स्वतन्त्रताको अनुभूत भयो। पछि, अगुवाले मलाई अझै सामान्य कर्तव्यहरू दिए, जसलाई मैले स्वीकार गरेँ। मैले मेरो खाली समयमा अरूलाई घरको काममा पनि सहयोग गर्थेँ। जब मैले त्यसरी अभ्यास गरेँ, मैले के पत्ता लगाएँ भने, चाहे मैले सरसफाइमा, रूख रोपाइमा वा कुलो खनाइमा सहयोग गरिरहेको किन नहोस्, त्यसमा सिक्‍नुपर्ने पाठ हुन्छ। परमेश्‍वर शारीरिक श्रमप्रति पक्षपाती हुनुहुन्‍न। यदि मैले यसमा मन लगाएँ र सत्यता खोजी गरेँ अनि परमेश्‍वरका वचनहरू अभ्यास गरेँ भने, म फसल कटनी गर्न सक्छु।

यो सबैपछि, मैले साँचो रूपमा के बुझेँ भने, मेरो कर्तव्य जे भए पनि, त्यो परमेश्‍वरले नै मिलाउनुभएको र जीवन प्रवेशको लागि चाहिने कुरा हो। मैले सधैँ यसलाई स्वीकार गर्नु र पालना गर्नुपर्छ अनि मेरा सबै कर्तव्यहरू पूरा गर्नुपर्छ। यस प्रक्रियाभरि मैले सत्यता र स्वभाव परिवर्तन खोज्नुपर्छ। मैले भ्रमित भएर फरक-फरक प्रकारका कर्तव्यहरूलाई वर्गीकरण गरेको र आफूलाई मन नपरेका कर्तव्यहरूलाई इन्कार गरेको र परमेश्‍वरको विरोध गरेको भए पनि, उहाँले मेरा अपराधहरू अनुसार मसँग व्यवहार गर्नुभएन, तर मलाई सत्यता र सृष्टि गरिएको प्राणीको अभियानलाई बुझ्‍न सहायता गर्दै उहाँका वचनहरूद्वारा चरणबद्ध रूपमा मार्गदर्शन गर्नुभयो। उहाँले मेरा गलत धारणाहरूलाई परिवर्तन गर्नुभयो ताकि मैले मेरो कर्तव्यलाई स्वीकार गरेर, उहाँको आज्ञापालन गर्न सुरु गरूँ। त्यो परमेश्‍वरको प्रेम हो। परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो: २४. आफ्नो कर्त्तव्य पूरा गर्दाका इनामहरू

अर्को: २६. आफ्‍नो कर्तव्यलाई कसरी हेर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१७. कमजोर क्षमता बहाना होइन

झुइक्‍वी, चीनविगतका समयमा, मैले मेरो कर्तव्य गर्ने समयमा कठिनाइको सामना गर्नु पर्दा, वा मैले नराम्रोसँग काम गर्दा, मेरो क्षमता कमजोर भएर हो...

४६. के मानिसहरूलाई खुशी पार्नेहरूले परमेश्‍वरको स्याबासी जित्‍न सक्छन्

लियु यि, चीनम एक विश्‍वासी हुनुभन्दा पहिले, अरू मानिसलाई ठेस नपुर्‍याऊँ र सबैसँग मिलेर रहन सकूँ भनेर सधैं सचेत रहने गर्दथें। कोही कठिन...

७७. बिमारी मार्फत फसल काटियो

झाङ्ग ली, चीनवर्ष २००७ मेरो जीवनको ठूलो मोड थियो। त्यो वर्ष मेरा श्रीमान् कार दुर्घटनामा परेर थला पर्नुभयो। हाम्रा दुई बच्चाहरू अझै सानै...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्