परमेश्‍वरका वचनहरूले झक्झकाएर मेरो आत्मालाई जगाएको छ

नान्‍नान, अमेरिका

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यी आखिरी दिनहरूको परमेश्‍वरको कार्यको हालको चरणमा, उहाँले पहिलेजस्तो मानिसलाई उप्रान्त अनुग्रह र आशिष् मात्रै वर्षाउनुहुन्‍न, न त उहाँले मानिसलाई अघि बढाउनको लागि मनाउनु नै हुन्छ। कार्यको यो चरणको अवधिमा, मानिसले अनुभव गरेको परमेश्‍वरको कार्यका सबै पक्षहरूबाट उसले के देखेको छ? मानिसले परमेश्‍वरको प्रेम र परमेश्‍वरको न्याय र सजाय देखेको छ। समयको यो अवधिमा, मानिसले क्रमिक रूपमा उहाँका अभिप्रायहरू जानून्, उहाँले बोल्नुहुने वचनहरूलाई र उहाँले मानिसलाई दिनुहुने सत्यतालाई जानून् भनेर परमेश्‍वरले मानिसको लागि जुटाउनुहुन्छ, उसलाई सहायता गर्नुहुन्छ, अन्तर्दृष्टि दिनुहुन्छ, र अगुवाइ गर्नुहुन्छ। … परमेश्‍वरको न्याय र सजायले मानिसहरूलाई मानवजातिको भ्रष्टता र शैतानी सारको बारेमा क्रमिक रूपमा थाहा पाउने तुल्याउँछ। परमेश्‍वरले प्रदान गर्ने कुरा, मानिसलाई उहाँले दिने अन्तर्दृष्टि र उहाँको अगुवाइ सबैले मानवजातिलाई झन्-झन् बढी सत्यताको सार बुझ्ने, र मानिसहरूलाई के खाँचो छ, तिनीहरूले कुन बाटो हिँड्नुपर्छ, तिनीहरू केको लागि जिउँछन्, तिनीहरूको जीवनको मूल्य र अर्थ, र अगाडिको बाटो कसरी हिँड्ने सो झन्-झन् बढी जान्ने तुल्याउँछ। … जब मानिसको हृदय पुनर्जीवित हुन्छ, मानिस उप्रान्त नीच, भ्रष्ट स्वभावमा जिउन चाहँदैन, बरु परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि सत्यताको खोजी गर्न चाहन्छ। जब मानिसको हृदय बिउँझिएको हुन्छ, मानिसले आफैलाई शैतानबाट पूर्ण रूपमा अलग गर्न सक्छ। उप्रान्त उसलाई शैतानले हानी गर्नेछैन, यसले उसलाई उप्रान्त नियन्त्रण गर्ने वा मूर्ख तुल्याउनेछैन। बरु, परमेश्‍वरको डर मान्ने र दुष्टताबाट टाढा बस्ने क्षमता प्राप्त गर्दै, मानिसले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न सक्रिय रूपमा परमेश्‍वरको कार्य र उहाँको वचनमा सहकार्य गर्न सक्छ। परमेश्‍वरको कार्यको मूल उद्देश्य यही नै हो” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ६”)। मसँग परमेश्‍वरका वचनहरूका यो खण्डको केही अनुभव छ।

वर्ष २०१६ को जून महिनामा, मलाई अङ्ग्रेजी वाचन टोलीमा मेरो कर्तव्य गर्न खटाइएको थियो, र मलाई धेरै खुसी लागिरहेको थियो, किनकी मैले अन्ततः आफ्नो अङ्ग्रेजी भाषाको सीपलाई काममा लगाउन गइरहेको थिएँ। मेरो सीपको पूर्ण प्रदर्शन हुनेछ! म मेरो मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई यो असल खबर सुनाउन आतुर थिएँ। यो कुरा थाहा पाउँदा उनीहरूको अनुहारमा कस्तो इर्ष्यालु हेराइ हुन्छ भन्ने समेत मैले कल्पना गरें।

मैले आफ्नो कर्तव्य सुरु गरेपछि, अरू दाजुभाइ-दिदीबहिनीहरूले अङ्ग्रेजी फर्रर पढेको र उनीहरूका उच्चारण पनि धेरै राम्रो रहेको देखें। उनीहरू प्रायः एकअर्कासँग अङ्ग्रेजीमा नै कुरा गर्दथे, र भेलाहरूको समयमा अनि आफ्नो कर्तव्यहरू पूरा गर्दा समेत उनीहरू सबैले अङ्ग्रेजीमा नै कुराकानी गर्दथे। मेरो अङ्ग्रेजी उनीहरूको जत्तिको राम्रो थिएन। मलाई इर्ष्या र चिन्ता दुवै महसुस भयो तर मैले आफैलाई भनें: तैँले मन लगाएर पढिस् भने एकदिन तँ उनीहरू जत्तिकै वा उनीहरूभन्दा पनि राम्रो हुनेछस्! त्यसैले अङ्ग्रेजी पढ्न र शब्दावलीहरू कण्ठ गर्न म बिहान सबेरै उठ्न र राति अबेरसम्म बस्न थालेँ। म आफ्नो कार्य-प्रदर्शनमा कसरी सुधार ल्याउन सक्छु भनेर लगातार सोचिरहन्थेँ। जब कसैले आफ्नो कामको अनुभव साझा गर्दै गरेको सुन्थें, म आफ्नो कलम निकाल्थें र नोट लेख्नन सुरु गर्थेँ। तर चाँडै नै निकै महिनाहरू बितिसकेको थियो, र मैले अझै पनि अति सुस्त गतिमा प्रगति गरिरहेको र टोलीमा सबैभन्दा खराब प्रदर्शन गरिरहेको थिएँ। मैले आफ्ना कर्तव्यहरू पूरा गरिरहेको छैन, र मैले प्राय: आफूभन्दा कम उमेरका भाइबहिनीहरूबाट सुझाव र मद्दत लिनुपर्छ, साथै टोली अगुवाले पनि मलाई प्रायः सामान्य प्रकारका नियमित कार्यहरू गर्न खटाउँछन् भन्ने थाहा पाएपछि, मलाई आफू यो टोलीमा पूर्णतया अनावश्यक छु भन्ने महसुस भयो। म धेरै उदार र खिन्न भएँ। पछि एकजना नयाँ सिस्टर हाम्रो टोलीमा काम गर्न आइन्। उनी हाम्रो टोलीका कर्तव्यहरूसँग परिचित थिइनन्, त्यसैले मलाई उनको मद्दत गर्न भनियो। अब म हाम्रो टोलीमा सबभन्दा कम क्षमताको रहिनँ भन्ने सोचेर मनमनै रमाएँ। तर मलाई आश्चर्य लाग्यो, यी सिस्टर प्रतिभाशाली र छिटो अध्ययन गर्ने रहिछिन्, त्यसैले उनले आफ्नो अङ्ग्रेजी छिटो सुधार गरिन्। दुई वा तीन महिनाभित्रै, उनले मैले भन्दा राम्रो प्रदर्शन गरिसकेककी थिइन्। यसले मलाई त्रस्त बनायो: “यस्तो पाराले त म फेरि चाँडै हाम्रो टोलीको सबैभन्दा खराब सदस्य बन्नेछु। लामो समयदेखि काम गरिरहेका अन्य सदस्यहरू बराबर राम्रो प्रदर्शन मैले गरिरहेको छुइनँ भन्ने कुरा त बुझ्न सकिन्छ। अब यो सिकारु आएकी छिन् र उनलाई मद्दत गर्न मलाई भनिएको छ, तर चाँडै उनी मभन्दा धेरै राम्रो भइसकेकी छिन्। यो अपमानजनक कुरा थियो!” म हैसियत र प्रतिष्ठाको लागि दिनदिनै प्रतिस्पर्धा गर्दै जिइरहेको थिएँ र मलाई असजिलो महसुस भइरहेको थियो। मैले मेरा दिनहरू निकै कष्टमा बिताएँ। मलाई मेरो गृहनगरमा कर्तव्यहरू पूरा गर्दाको पुराना दिनहरूको सम्झना आउन थाल्यो। म छलफल र योजना बनाउने कार्यमा नेतृत्व लिने गर्थेँ। मेरा सबै दाजुभाइ-दिदीबहिनीहरू मेरो विचारसित सहमत हुन्थे र मण्डली अगुवाहरूले मेरो धेरै समर्थन गर्थे। म एक महत्वपूर्ण व्यक्ति हुने गर्थें, तर अहिले म धेरै तल झरेको थिएँ। मैले जति धेरै यसबारे सोचेँ, त्यति धेरै म व्यथित भएँ र आफूमाथि गलत भएको महसुस गरेँ। एकपटक त म बाथरुममा लुकेर रोइरहेँ। त्यो रात म ओछ्यानमा यताउता पल्टिरहेँ र निदाउनै सकिनँ। म नसोची बस्नै सकिनँ, “पहिलो दिनबाटै म मेरो टोलीको सबभन्दा खराब सदस्य भएको छु। अन्य दाजुभाइ-दिदीबहिनीहरूले मेरो बारेमा के सोच्छन् होला? म यहाँ बस्न चाहन्नँ।” तर त्यसपछि मैले परमेश्‍वरसामु कसरी गम्भीर शपथ लिएको थिएँ, त्यसबारे सोचेँ, मैले आफू जीवित रहुञ्जेल उहाँको प्रेमको मूल्य चुकाउन उहाँप्रति समर्पित हुन्छु भनेको थिएँ। यदि मैले आफ्ना कर्तव्यहरू साँच्चै त्यागेँ भने, के म आफ्नो प्रतिज्ञाबाट पछि हटिरहेको हुँदिन र? के मैले परमेश्‍वरलाई ठगिरहेको र विश्वासघात गरिरहेको हुँदैन त? मलाई धेरै उदासी महसुस भयो र त्यसैले परमेश्‍वरलाई प्रार्थना गरें, मैले भनें, “हे प्यारो परमेश्‍वर, मलाई थाहा छैन यो परिस्थितिबाट कसरी पार पाउने र यसबाट के सिक्ने भनेर? कृपया मलाई मार्गदर्शन गर्नुहोस् र अन्तर्दृष्टि दिनुहोस्।”

त्यसपछि, मैले मेरो फोन लिएँ र त्यसमा परमेश्‍वरका वचनहरूका यो खण्ड पढेँ: “तिमीहरूको खोजीमा, तिमीहरूसँग अत्यन्तै धेरै धारणा, आशा र भविष्यहरू छन्। अहिलेको काम तिमीहरूको हैसियतको चाहना र असाधारण चाहनाहरूको निराकरण गर्नको निम्ति हो। आशा, हैसियत र धारणाहरू सबै शैतानिक स्वभावका उत्कृष्ट प्रतिनिधित्वहरू हुन्। शैतानको विषले सधैँ मानिसहरूका विचारहरूलाई नष्ट गर्छ र मानिसहरू शैतानका यी परीक्षाहरूदेखि मुक्त हुन सधैँ असमर्थ छन्, त्यही कारणले नै मानिसहरूका हृदयमा यी कुराहरूको अस्तित्व छ। तिनीहरू पापको माझमा जिउँछन् तापनि यसलाई पाप भनी विश्‍वास गर्दैनन्, तैपनि तिनीहरू सोच्छन्: ‘हामी परमेश्‍वरमा विश्‍वास गर्छौं, त्यसैले उहाँले हामीलाई आशिष्‌हरू दिनुपर्छ र हाम्रो निम्ति सबै कुरा उचित तवरले व्यवस्था गर्नुपर्छ। हामी परमेश्‍वरमा विश्‍वास गर्छौं, यसैले हामी अरूभन्दा श्रेष्ठ हुनुपर्छ र हाम्रो हैसियत र भविष्य अरूको भन्दा अझ धेरै हुनुपर्छ। हामीले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, उहाँले हामीलाई असीमित आशिष्‌हरू दिनुपर्छ। अन्यथा, यसलाई परमेश्‍वरमाथि गरिने विश्‍वास भनिने थिएन।’ धेरै वर्षसम्म, आफ्नो अस्तित्वका निम्ति मानिसहरू भर परेका सोचहरूले तिनीहरूको हृदयहरूलाई यति हदसम्म बिगारेका छन् कि तिनीहरू छली, डरपोक र घृणित बनेका छन्। तिनीहरूमा इच्‍छाशक्ति र सङ्कल्पको अभाव मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने पनि भएका छन्। तिनीहरूसँग स्वयम्‌लाई उछिन्‍ने सङ्कल्पको अभाव छ, र त्योभन्दा बढी, यी अँध्यारा प्रभावहरूबाट मुक्त हुने अलिकति पनि साहस तिनीहरूसँग छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्‍वरमाथि विश्‍वास गर्ने सम्बन्धमा तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित छन् र त्योभन्दा बढी, जब मानिसहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको सम्बन्धमा आफ्ना दृष्टिकोणहरू राख्छन् त्यो सुन्‍न नसकिने किसिमका हुन्छन्। मानिसहरू सबै डरपोक, अयोग्य, घृणित र कमजोर छन्। अन्धकारका शक्तिहरूप्रति तिनीहरूले घृणाको महसुस गर्दैनन् र तिनीहरू ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु तिनलाई निष्कासित गर्ने भरमग्दुर प्रयास तिनीहरू गर्छन्” (वचन देहमा देखा पर्नुहुन्छको “तँ किन प्रतिभार हुन अनिच्छुक छस्?”)। परमेश्‍वरका वचनहरूले मेरो परिस्थिति पूर्ण रूपमा व्याख्या गरिदिए! के म मेरो हैसियत प्राप्तिको इच्छा पूरा नभएकोले धेरै पीडामा भएको अनि आफ्ना कर्तव्यहरू पूरा गर्न नमानिरहेको र मैले आफ्ना कर्तव्यहरू त्याग्न र परमेश्‍वरलाई धोका दिन खोजिरहेको थिइनँ र? म टोलीमा सामेल भए देखिनै आफ्नो कार्य-प्रदर्शन सुधार गर्न यत्ति धेरै मेहनत गरेर अङ्ग्रेजी अध्ययन गरिरहनुको कारण के थियो भने, म आफूलाई प्रमाणित गर्न र टोलीमा अब्बल देखिन चाहन्थेँ। नयाँ सिस्टरले यति छिटो सुधार गरेको देखेर उनले मलाई जित्लिन् र म फेरि एकपटक टोलीको सबभन्दा खराब सदस्य हुनेछु भन्ने चिन्ता लाग्यो। मैले पूरै दिन हैसियतबारे चिन्तित हुँदै बिताएँ र एकदमै दुःखी भएर जिएँ। परमेश्‍वरका यी वचनहरूलाई हेरेर “आफ्नो अस्तित्वका निम्ति मानिसहरू भर परेका सोचहरूले तिनीहरूको हृदयहरूलाई बिगारेका छन्,” मैले आफैलाई सोधें: “म हैसियतको लागि किन लागिपरिरहेको छु? कुन सोचहरूले मलाई यी सबै दुःख दिइरहेका छन्?” परमेश्‍वरका वचनहरूमाथि मनन गरिसकेपछि मात्र, म यस्ता शैतानी सिद्धान्तहरूअनुसार जिइरहेको थिएँ भन्ने महसुस भयो: “अरूभन्दा असल बन र पुर्खाको नाम राख,” “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” र “समस्त ब्रह्माण्डमा, सर्वोच्‍च शासन गर्ने म मात्र हुँ।” सानो उमेरदेखि नै हामीलाई शिक्षकहरूले श्रेष्ठ हुन, उत्कृष्टभन्दा उत्कृष्ठ बन्न सिकाउँछन्। म सधैं प्रतिष्ठित र प्रसिद्ध मानिसहरूलाई सम्मान र डाह गर्थेँ, र उनीहरू जस्तै बन्न चाहन्थेँ। म जहाँसुकै हुँदा पनि मानिसहरूले मेरो इज्जत गरून् भन्ने म सधैं चाहन्थेँ, र यदि उनीहरू सबैले मेरो सम्मान, समर्थन र प्रशंसा गरे भने, त्यसपछि त्योभन्दा अझ बढी खोज्थें। मलाई लाग्यो आनन्ददायी र सार्थक जीवन जिउने तरिका यही हो। मैले अरूबाट सम्मान र प्रशंसा नपाउँदा जीवन दयनीय भयो र मैले धेरै निराश महसुस गरें। मैले परमेश्‍वरको घरमा आफ्नो कर्तव्य पूरा गर्न सुरु गरेपछि पनि म अझै यी कुराहरूको पछि लागेँ। तर जब मैले त्यति सुधार भएको देखिनँ र अरूबाट प्रशंसा र सम्मान पनि पाइनँ, म निराशवादी, खिन्न र हतोत्साहित भएँ। मैले आफ्नो कर्तव्य छोड्ने र परमेश्‍वरलाई धोका दिने समेत सोचें। प्रतिष्ठाप्रतिको मेरो लगावले मलाई पूर्ण रूपमा खाएको थियो। यो हासिल गर्न म जुनसुकै कठिनाइ भोग्ने थिएँ र जुनसुकै लडाइँ लड्ने थिएँ, यहाँसम्म कि मेरो सम्पूर्ण संसार नै यो एउटा चीजको वरिपरि घुमिरह्यो भने पनि म त्यसै गर्नेथिएँ। त्यसपछि मलाई आफू गलत चीज पाउन लागिपरिरहेको छु भन्ने महसुस भयो। सत्यताको अनुसरण गर्न र परमेश्‍वरको प्रेमको मूल्य चुकाउन मैले आफ्नो कर्तव्य पूरा गरिरहेको थिइनँ, मैले त केवल आफ्नो प्रतिष्ठा र हैसियतको चाहना पूरा गर्न मात्र त्यो गरिरहेको थिएँ।

परमेश्‍वरका वचनहरूको प्रकाशहरूले मेरो खोजी कति पथभ्रष्ट थियो भनेर देखाए। पछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढें: “आफ्‍नो कर्तव्य पूरा गर्ने सबैको हकमा भन्दा, सत्यतासम्‍बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्‍वरको घरको हितको बारेमा विचार गर्नु, र स्वार्थी इच्‍छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, प्रतिष्ठा, र हैसियतलाई त्याग्‍नु हो। परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ। … यसको साथै, यदि तैँले आफ्ना उत्तरदायित्वहरूलाई पूरा गर्छस्, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउँछस्, आफ्ना स्वार्थी चाहनाहरूलाई पन्छाउँछस्, आफ्ना आशयहरू र अभिप्रायहरूलाई पन्छाउँछस्, परमेश्‍वरको इच्छाको बारेमा सोचविचार गर्छस् भने, र परमेश्‍वर र उहाँको घरको हितलाई सबैभन्दा अगाडि राख्छस् भने, तैँले केही समय यसलाई अनुभव गरिसकेपछि यो जीवन जिउने राम्रो शैली हो भन्ने कुरा तैँले महसुस गर्नेछस्। यो भनेको तुच्छ व्यक्ति वा बेकामे नबनीकन सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र संकीर्ण सोच राख्नु वा निर्दयी बन्नुको साटो न्यायसंगत रूपले र सम्मान पूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा जिउनु र कार्य गर्नुपर्छ भन्ने तैँले महसुस गर्नेछस्। तेरा आफ्ना चासोहरू सन्तुष्ट पार्ने तेरो हृदय भित्रको चाहना क्रमिक रूपमा कम हुँदै जानेछ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, अरूबाट प्रशंसा पाउनु महत्वपूर्ण कुरा होइन रहेछ भन्ने मलाई महसुस भयो। परमेश्‍वरको सार्वभौमिकता र योजनामाहरूप्रति समर्पित हुनु, परमेश्‍वरको घरको कामलाई कायम राख्नु, सत्यताको अभ्यास गर्नु र आफ्ना कर्तव्यहरू पूरा गर्नु—यी कुराहरू नै महत्वपूर्ण हुन् अनि स्वतन्त्र र इमानदारी भई जिउने तरिका यो नै हो। परमेश्‍वरको इच्छालाई बुझेपछि, मलाई ठूलो राहत महसुस भयो। म अझै पनि हाम्रो टोलीको सबभन्दा खराब प्रदर्शन गर्ने सदस्य थिएँ तर अब मलाई योबारे त्यति नराम्रो महसुस हुन छोड्यो। र कुनै कुराले मेरो प्रतिष्ठा र हैसियतमा ठेस पुऱ्याउँदा, म पहिलेजस्तो कमजोर भइनँ। म सचेत भएर परमेश्‍वरलाई प्रार्थना गर्थेँ र आफ्नो गलत मनसायलाई त्याग्थेँ, र मैले आफ्ना कर्तव्यहरू मिलाउन र पूरा गर्न सकेँ। तर शैतानको विष मभित्र जरा गाडेर बसेको थियो र त्यो मेरो प्रकृति भएको थियो। यसलाई उखेलेर फाल्नका लागि बुझ्नु मात्र काफी थिएन। आफू शुद्ध पारिन र परिवर्तित हुन मैले अझ धेरै न्याय र शोधन अनुभव गर्नु आवश्यक थियो।

हाम्रा टोली अगुवाले सिस्टर लियू र सिस्टर झाङलाई हाम्रो कामको सुपरीवेक्षण गर्न खटाए, किनकि उनीहरू दुवैमा सशक्त पेशागत सीपहरू थिए। म डाही र इर्ष्यालु दुवै भएँ। यो अन्य दाजुभाइ-दिदीबहिनीहरूलाई प्रशिक्षण दिने प्रतिष्ठाको सूचक जस्तो देखिन्थ्यो। म किन उनीहरू जस्तो हुन सकिनँ? मैले गर्न सक्ने भनेको कुनै सीप नचाहिने साधारण काम मात्र थियो। पछि मलाई टोलीमा पानी हाल्ने कर्तव्यको लागि सिफारिस गरियो, जसमा अरूलाई उनीहरूका कठिनाइहरू हल गर्न मद्दत गर्नुपर्थ्यो। तर म यो अपेक्षालाई लिएर पटक्कै उत्साहित थिइनँ र यो कर्तव्यलाई तुच्छ समेत ठानेँ। कुनै सीप नभएका मानिसलाई मात्र यो कर्तव्य गर्न खटाइन्छ भन्ने मलाई लाग्यो। यदि हाम्रो टोलीले राम्रो प्रदर्शन गऱ्यो भने, सबैले यो ती दुईजना सिस्टरहरूले गर्दा भएको हो भन्नेथिए। समस्याहरू हल गर्न सत्यतामा सङ्गति गर्दै पर्दाको पछाडि बसेर मैले काम गरेको कसले कहिल्यै देख्छ र? मेरो गलत मानसिकता भएकोले गर्दा मैले पवित्र आत्माको कार्य हासिल गर्न सकिनँ, मैले आफ्नो कर्तव्य पूरा गर्न आफू उत्प्रेरित भएको महसुस गर्न सकिनँ र कहिलेकाहीँ म मनमनै यस्तो सोच्थेँ: “मेरो क्षमता अरूको बराबर किन छैन? म के कुरामा राम्रो छु? मैले कहिले मेरा सीपहरूलाई पूर्ण रूपमा प्रदर्शित गर्न पाउनेछु?” बिस्तारै मैले आफू अझ धेरै प्रतिरोधी बनेको र बेचैन भएको महसुस गर्न थालें? चाँडै नै, सिस्टर झाङले मलाई ढोका बन्द गर्न वा झ्याल खोल्न भन्दा, मलाई रिसले पारो छुट्ला जस्तो हुन्थ्यो। मलाई सोचेँ: “तिमी कति समयदेखि विश्वासी भएकी छौ? तिमी अलि बढी सिपालु छौ, त्यति नै त हो। के त्यसले गर्दा तिमी ममाथि हैकम चलाउन योग्य छौ?” अन्त्यमा, सिस्टर झाङ मसँग बोल्दा, मैले उनलाई वास्तै गर्दिनथेँ। कहिलेकाहीं उनले मलाई प्रश्न सोध्दा, मैले उनलाई नसुनेको झैं गर्थें। यदि मैले जवाफ दिएँ भने पनि राम्रोसँग भनिएको हुँदैनथ्यो। परिणामस्वरूप, उनलाई धकाएको देख्दा मलाई नराम्रो लाग्थ्यो, तर जब हैसियत र प्रतिष्ठाको कुरा आउँथ्यो, तब म अझै पनि आफ्नो भावनालाई ममाथि हावी हुन दिन्थें।

एकदिन बिहान मैले सिस्टर लियू र सिस्टर झाङलाई कामको सिलसिलामा बाहिर जान लागेको देखें। उनीहरू पहिरनमा धेरै राम्रो र फेसनेबल देखिन्थे, म दुःखी र उनीहरूप्रति इर्ष्यालु भएँ। मैले मनमनै सोचेँ: “तिमीहरूले नै सबै महिमा पाउँछौ, म चाहिँ यहाँ कसैले नदेख्ने खालको पर्दा पछाडिको काममा छोडिएको छु। म कति मेहनत गर्छु भन्ने कुरा कसैलाई कहिल्यै थाहा हुनेछैन।” त्यो रात जब ती सिस्टरहरू फर्केर आए, हाम्रो टोलीका सबैजनाले उनीहरूलाई अभिवादन गर्न हतार-हतार दौडेर गए, र केहीले त उनीहरूको लागि डिनर पनि तयार गरे। सुरुमा त मलाई पनि गएर उनीहरूलाई अभिवादन गरौँ र उनीहरूको काम कस्तो रह्यो भनेर सोधौँ जस्तो लागेको थियो, तर सबैले उनीहरूप्रति जुन तरिकाले प्रतिक्रिया जनाए, त्यो देख्दा मलाई फेरि इर्ष्या भयो र मैले सोचें: “तिमीहरू दुईजनाले फेरि एकपटक सबै महिमा पाउँदैछौ र अब म झन धेरै बेकारकी देखिन्छु।” त्यस्तो सोचेर म फर्केँ र सोझै आफ्नो कोठामा गएँ। मैले आफूलाई सम्हाल्न सकिनँ र त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरें। मैले भनेँ: “हे प्यारो परमेश्‍वर, हैसियतप्रतिको मेरो लगावले फेरि आफ्नो कुरूप शीर उठाएको छ। म प्रतिष्ठा र हैसियतप्रतिको आफ्नो चाहना त्याग्न चाहन्छु तर त्याग्न सकिरहको छैन। म आफूलाई ख्याति र हैसियतको बन्धनबाट कसरी मुक्त गरूँ, कृपया मलाई बाटो देखाउनुहोस्।”

भोलिपल्ट, एकजना सिस्टरले म खराब स्थितिमा रहेको देखिन् र उनले तलको खण्ड पढेर मलाई सुनाइन्: “यसमा ओहदा, मुहार, वा प्रतिष्ठाको कुरा उठ्नेबित्तिकै, हरेक व्यक्तिको हृदय अपेक्षाले उफ्रन्छ, अनि तिमीहरू प्रत्येक सधैँ अरूभन्दा माथि हुन, प्रसिद्ध हुन र सम्मानित हुन चाहन्छौं। परमेश्‍वरको घरमा प्रतिस्पर्धा गर्नु लाजमर्दो कुरो भए पनि र त्यहाँ प्रतिस्पर्धा गर्न अनुमति नदिइएको भए पनि, हरेक व्यक्ति सधैँ प्रतिस्पर्धा गर्ने चाहना गर्दै समर्पित हुन अनिच्‍छुक हुन्छ। तथापि, प्रतिस्पर्धा नगरिकन तिमीहरू सन्तुष्ट हुँदैनौ। जब तिमीहरूले कसैलाई माथि उठेको देख्छौ, तब तिमीहरू ईर्ष्या, घृणाको महसुस गर्छौ, अनि अन्याय भयो भन्ने ठान्छौ। ‘म चाहिँ किन माथि उठ्न सक्दिन? किन सधैँ त्यो व्यक्ति मात्र माथि उठ्छ, अनि मेरो पालोचाहिँ कहिल्यै आउँदैन?’ अनि तिमीहरूले केही असन्तोष महसुस गर्छौ। तिमीहरूले यसलाई दबाउन कोसिस त गर्छौ तर सक्दैनौ। तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गर्छौ र केही समय अलि राम्रो महसुस गर्छौ, तर यस प्रकारको परिस्थितिमा प्रवेश गर्नेबित्तिकै तिमीहरूले यसलाई काबूमा राख्न सक्दैनौं। के यसले अपरिपक्‍व कद प्रदर्शन गर्दैन र? के व्यक्ति त्यस्तो अवस्थामा जानु भनेको पासोमा पर्नु होइन र? यिनीहरू शैतानको भ्रष्ट प्रकृतिका साङ्लाहरू हुन् जसले मानिसहरूलाई बाँधेर राख्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। म जुन कुराको पछि लागेको थिएँ त्यो मैले वस्तवमा परिवर्तन गरेको थिइनँ भन्ने कुरा परमेश्‍वरका वचनहरूले मलाई देखाए। मैले अझै पनि ख्याति, हैसियत र अरूभन्दा श्रेष्ठ हुन खोजेँ। यी कुराहरू हासिल गरेर म अरूभन्दा अलग देखिन र अरूको ध्यान खिच्न चाहन्थेँ, अनि महत्वपूर्ण वा सीप चाहिने कर्तव्यहरू गर्न चाहन्थेँ। यसरी मात्र मलाई अरूले आदर र महत्व दिन्छन्, अनि परमेश्‍वरबाट स्वीकृती र अन्ततः आशिष पाउँछु भन्ने सोचेँ। मलाई महत्वपूर्ण नलागेको कुनै पनि कामलाई म पन्छाउँथेँ, र मेरो पानी हाल्ने कर्तव्यहरूलाई समेत तिरस्कारको नजरले हेरेँ। यी दुई सिस्टरहरूलाई महत्वपूर्ण कर्तव्यहरू गर्न खटाइएको अनि मलाई चाहिं केवल कहिल्यै नदेखिने झिनामसिना कामहरू दिइएको देखेर, मलाई ईर्ष्या लाग्यो र रिस उठ्यो, अनि मलाई राम्रो क्षमता वा सीप नदिएको भन्दै परमेश्‍वरलाई दोष दिँदै गुनासो समेत गर्थेँ। म कत्ति नासमझ थिएँ! हैसियत हासिल गर्ने चाहना पूरा नभएको कारण मैले मेरो कर्तव्यमा प्रयत्न गरिनँ, र म आफ्नो असन्तुष्टि पोख्न मेरा सिस्टरहरूमाथि रिसाउने समेत गर्थेँ। पक्कै पनि यसले मेरा सिस्टरहरूलाई बाधा र चोट पुऱ्याउँथ्यो। मैले यसमा जत्ति धेरै चिन्तन गरेँ, उत्ति धेरै दोषी महसुस गरेँ। म कत्ति स्वार्थी र मानवताहीन थिएँ भन्ने महसुस गरेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “मानिसहरू सधैं यश प्राप्त गर्न वा प्रसिद्ध व्यक्ति बन्न चाहन्छन्; उनीहरू ठूलो ख्याति र इज्‍जत प्राप्त गर्न चाहन्छन्, र उनीहरूका पुर्खाहरूको गौरव बढाउन चाहन्छन्। के यी सकारात्मक कुराहरू हुन्? यी सबै सकारात्मक कुराहरूसँग पटक्‍कै मेल खाँदैनन्; यसबाहेक, ती कुराहरू मानवजातिको भवितव्यमाथि परमेश्‍वरको प्रभुत्वको विपरीत छन्। म किन त्यसो भन्दै छु त? परमेश्‍वर कस्तो किसिमको व्यक्ति चाहनुहुन्छ? के उहाँ महान्, प्रसिद्ध, वा एक कुलीन वा संसार-हल्लाउने व्यक्ति चाहनुहुन्छ? (होइन।) त्यसो भए, परमेश्‍वर कस्तो किसिमको व्यक्ति चाहनुहुन्छ? उहाँ त्यस्तो व्यक्ति चाहनुहुन्छ जसको खुट्टा दह्रिलोसँग जमिनमा टेकिएको हुन्छ, जो परमेश्‍वरको एक योग्य प्राणी हुन चाहन्छ, जसले एक प्राणीको कर्तव्य पूरा गर्न सक्छ, र जो मानिसको स्थानमा रहन सक्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “भ्रष्ट स्वभावहरूलाई सत्यताको खोजी गरेर अनि परमेश्‍वरमा भर परेर मात्र समाधान गर्न सकिन्छ”)। परमेश्‍वरका वचनहरूमा चिन्तन गर्दा, मैले के बुझेँ भने, परमेश्‍वर कुलीन मानिस वा संसारमा तहल्का मच्चाउने प्रतिभा चाहनुहुन्न, तर आफ्ना कर्तव्यहरू पूरा गर्न सक्ने शालीन मानिस चाहनुहुन्छ। परमेश्‍वरले मेरोमा ठूलो क्षमता वा उच्च स्तरको सीप होस् भन्ने चाहनुहुन्न, उहाँ केवल म आफ्नो उचित स्थानमा रहूँ र मैले आफ्ना कर्तव्यहरू पूरा गर्न सक्दो प्रयास गरूँ मात्र भन्नुहुन्छ। र यो कुरा मैले गर्न सकेँ। परमेश्‍वरले हरेक व्यक्तिलाई अलग क्षमता र अलग प्रतिभा दिनुहुन्छ। जबसम्म हामीले हाम्रो क्षमताको सक्दो सदुपयोग गर्छौँ, एकअर्कालाई मद्दत र मिलेर काम गर्छौं, तबसम्म हामी आफ्ना कर्तव्यहरू पूरा गर्नेछौँ र परमेश्‍वरलाई सन्तुष्ट पार्नेछौँ।

मैले परमेश्‍वरका यी वचनहरू पनि पढेँ: “म प्रत्येक व्यक्तिको गन्तव्यको निर्धारण निजको उमेर, वरिष्ठता, भोगाइको परिमाणका आधारमा गर्दिन, र उनीहरुले गर्ने कारुणिक आव्हानका आधारमा त झनै होइन्, तर उनीहरुसँग सत्य छ वा छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई अनुसरण नगर्ने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नुपर्दछ। यो एक अपरिवर्तनीय तथ्य हो” (वचन देहमा देखा पर्नुहुन्छको “तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरु तयार गर्”)। परमेश्‍वर एक धर्मी परमेश्‍वर हुनुहुन्छ; परमेश्‍वरले जसको प्रशंसा गर्नुहुन्छ र प्रत्येक व्यक्तिको लागि उहाँले जुन लक्ष्य र गन्तव्य निर्धारण गर्नुहुन्छ, त्यो कुरा उनीहरूसँग प्रतिष्ठा वा प्रसिद्धि छ-छैन, उनीहरूलाई कतिजनाले समर्थन वा अनुमोदन गर्छन् वा उनीहरूले के प्रयोग गर्नुपर्छ भन्ने कुरामा आधारित हुँदैन। बरू, यो उनीहरूले सत्यता अभ्यास गर्छन् कि गर्दैनन्, परमेश्‍वरप्रति समर्पित हुन्छन् कि हुँदैनन्, र परमेश्‍वरको प्राणीको रूपमा आफ्ना कर्तव्यहरू पूरा गर्छन् कि गर्दैनन् भन्ने कुरामा आधारित हुन्छ। उदाहरणको लागि मुख्य धर्मगुरू, ग्रन्थकार वा फरिसीहरूलाई लिन सकिन्छ। उनीहरूको हैसियत र प्रभाव थियो, धेरै मानिसले उनीहरूलाई पुज्थे र अनुसरण गर्थे, तर जब प्रभु येशू आफ्नो काम गर्न आउनुभयो, उनीहरूले सत्य खोजेनन्, न त परमेश्‍वरको कार्यलाई नै स्वीकार गरे। उनीहरूले आफ्नो हैसियत र आम्दानीको रक्षा गर्न प्रभु येशूको निन्दा र प्रतिवाद समेत गरे, अन्त्यमा उहाँलाई क्रूसमा झुन्ड्याए र परमेश्‍वरको श्राप र दण्ड भोगे। मैले नूहबारे पनि सोचेँ: उनले परमेश्‍वरको भनेअनुसार जहाज बनाए। त्यसबेला सबैले उनी पागल हुन् भन्ने सोचे, तर उनले परमेश्‍वरको कुरा सुनेको र उहाँको आज्ञापालन गरेको हुनाले परमेश्‍वरको प्रशंसा पाए र जलप्रलयबाट बचे। त्यसपछि, बाइबलमा गरिब विधवा थिइन् भनेर बताइएको छ। उनले दिएको दुईवटा सिक्का अरूको लागि धेरै जस्तो नलाग्न सक्छ तर परमेश्‍वरले उनको प्रशंसा गर्नुभयो, किनकि उनले आफूसँग भएको सबै परमेश्‍वरलाई दिएकी थिइन्। यी कथाहरूमा चिन्तन गर्दा मैले परमेश्‍वर साँच्चै धर्मी हुनुहुन्छ भन्ने बुझेँ। परमेश्‍वरले मानिसको निष्कपटतालाई मोल गर्नुहुन्छ। परमेश्‍वरको वचन सुनेर, परमेश्‍वरप्रति समर्पित भएर, परमेश्‍वरका वचनहरू अभ्यास गरेर र परमेश्‍वरको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गरेर अर्थपूर्ण जीवन जिउन सकिन्छ। अरूबाट प्रशंसा पाउन लागिपर्दा हामी दुष्ट कार्य गर्न, परमेश्‍वरको प्रतिवाद गर्न र उहाँको दण्ड प्राप्त गर्न पुग्छौँ। मैले के बुझेँ भने, परमेश्‍वरले मेरो लागि त्यस वातावरणमा आफ्नो कर्तव्य पूरा गर्न प्रबन्ध गर्नुभएको थिएन, किनकि उहाँ मैले कष्ट भोगेको, अपमानित भएको चाहनुहुन्थ्यो, किनकि मेरो लागि उहाँको एउटा योजना थियो। मेरो केवल हैसियतप्रति अत्यन्तै लगाव थियो र त्यसैले मैले आफूलाई राम्रोसँग चिन्न, अनि प्रतिष्ठा र हैसियतको बन्धनलाई तोड्न अनि परमेश्‍वरसामु स्वतन्त्र र बाधारहित जीवन जिउन मैले आफ्नो खुलासा र शोधनको अनुभव गर्नुपर्थ्यो। परमेश्‍वरको लागि मलाई बदल्ने र शुद्ध गर्ने सबैभन्दा राम्रो तरिका यही थियो, यो परमेश्‍वरबाटको प्रेम र मुक्ति थियो। यो सोचेर मैले परमेश्‍वरलाई प्रार्थना गरें, “हे परमेश्‍वर, मलाई मुक्ति दिन र धुन यी वातावरणलाई विस्तारमा प्रबन्ध गर्नुभएकोमा तपाईंलाई धन्यवाद छ। मलाई अब कहिल्यै प्रतिष्ठा र हैसियतमा जिउन चाहन्न, मलाई जुनसुकै कर्तव्य सुम्पिए पनि, अरूको आखाँमा यो जतिसुकै तुच्छ भए पनि, हाम्रा कर्तव्यहरू पूरा गर्नको लागि म समर्पित हुन र दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर काम गर्न इच्छुक छु।”

पछि, मेरो टोलीलाई मण्डलीका मामिलाहरूको लागि बाहिर जाने केही मानिस चाहियो। यसबारे सुन्दा, मभित्र एकपटक फेरि चाहना उम्लेर आयो। अन्ततः मैले आफूलाई देखाउने एउटा मौका पाउन सक्छु होला भन्ने सोचेँ। मेरा दाजुभाइ-दिदीबहिनीहरूले को जाने भनेर निर्णय गर्दै गर्दा, मैले आफूलाई चुन्छन् होला भनेर आशा गरिरहेँ, तर अन्त्यमा सिस्टर लियू र सिस्टर झाङलाई पठाउने निर्णय लिइयो। मैले केही निराश महसुस गरेँ। मेरो सुखको क्षण कहिल्यै नआउने रहेछ भन्ने मलाई लाग्यो। मलाई महसुस भयो म फेरि एकपटक प्रसिद्धिको लागि प्रतिस्पर्धा गर्दैछु, र त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र मेरो गलत मनसायलाई त्यागेँ। मैले के सोचेँ भने, यो पूरै समय कसरी आफ्नो काममा ध्यान दिइरहेको थिइनँ, तर यो सबै मूल्यवान समय र शक्तिलाई ख्याति र हैसियत प्राप्तिको प्रतिस्पर्धामा खेर फालेको थिएँ र अलिकति पनि आफ्ना कर्तव्यहरू पूरा गरेको थिइनँ। मैले हरेक दिन हैसियतको लागि लडेँ र यो साच्चै नै एउटा भयावह महसुस थियो। यस्तो लाग्यो मलाई शैतानले छल गरेको थियो। हैसियत र प्रतिष्ठाले मानिसलाई साँच्चै हानी गर्न सक्छ। वास्तवमा, हाम्रो टोलीका सबै दाजुभाइ-दिदीबहिनीहरूसँग फरक-फरक सीप र क्षमता छ। परमेश्‍वरले हामीलाई एकसाथ काम गर्नको लागि व्यवस्था मिलाउनुभयो, किनकि हामी प्रत्येकले आफ्नो सीप उपयोग गरून्, एकअर्काबाट सिकून् र एकअर्काको पूरक बनून् र हाम्रा कर्तव्यहरू पूरा गर्नको लागि राम्ररी मिलेर कार्य गरून् भन्ने उहाँ चाहनुहुन्थ्यो। परमेश्‍वरले मेरो क्षमता र कद धेरै अघि तय गर्नुभएको थियो। टोलीमा मैले के भूमिका निभाउने र कुन कार्य गर्ने भन्ने पनि परमेश्‍वरले पूर्वनिर्धारण गर्नुभएको थियो। त्यसैले म जहाँ छु त्यहीँ खुसी रहनुपर्छ, आफूले सकेजति गर्दै आफ्नो कर्तव्य पूरा गर्न सक्नुपर्छ, र परमेश्‍वरप्रति समर्पित हुन सक्ने समझदार व्यक्ति बन्नुपर्छ। यो बुझेपछि, मलाई धेरै राहत महसुस भयो। ती दुई सिस्टरहरू आफ्नो कर्तव्यको लागि बाहिर जाँदा म उनीहरूको लागि प्रार्थना गर्थेँ, र सबै नियमित काम पूरा गर्न सक्दो गर्थेँ ताकि अन्य सिस्टरहरूले आफ्नो कर्तव्य गर्नमा ध्यान केन्द्रित गर्न सकून्। मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूको आध्यात्मिक भक्तिमा हाजिर हुन पनि आग्रह गरें, ताकि उनीहरूले पनि कामको सबैभन्दा पहिलाजीवन प्रवेशको लागि समय पाउन सकून्। जब मैले ध्यान दिएर कामहरू गर्न थालें, मैले अझ शालीन र शान्त महसुस गरें। मलाई लाग्यो म परमेश्‍वरको नजिक आएको छु र मेरा दाजुभाइ-दिदीबहिनीहरूसँगको सम्बन्धहरू पनि सामान्य भएको छ। मैले अबउसो प्रतिष्ठा र हैसियतलाई धेरै महत्व दिन छोडेँ र अझ धेरै खुल्ला भएँ। यो सानो परिवर्तनको लागि परमेश्‍वरप्रति मेरो हृदय कृतज्ञताले भरियो। परमेश्‍वरका वचनहरूको न्याय र सजायले मेरो हृदयलाई जगाएको थियो, ख्याति र हैसियत खोज्दाको खालीपन र कष्ट मलाई देखाएको थियो, र परमेश्‍वरमा विश्वास गरेर, सत्यताको अनुसरण गरेर र एउटा प्राणीको कर्तव्य पूरा गरेर मात्र हामी अर्थपूर्ण जीवन जिउन सक्छौं भन्ने कुरा बुझ्न मलाई मद्दत गरेको थियो।

अघिल्लो: ख्याति र सम्पत्तिबाट मुक्ति

अर्को: हैसियतबाट स्वतन्त्रता पाउने

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

के मानिसहरूलाई खुशी पार्नेहरूले परमेश्‍वरको स्याबासी जित्‍न सक्छन्

लियु यि, चीनम एक विश्‍वासी हुनुभन्दा पहिले, अरू मानिसलाई ठेस नपुर्‍याऊँ र सबैसँग मिलेर रहन सकूँ भनेर सधैं सचेत रहने गर्दथें। कोही कठिन...

धन-दासको जागरण

मेरो जीवनको अधिकांश हिस्सा भागदौड गरेर, पैसा कमाउनमा मैले कसरी बिताएँ भनेर हेर्दा मैले आदर र प्रशंसा कमाएँ, तर मेरो जीवनको हरेक तहमा शैतानले मलाई यातना दिइरह्यो। तर परमेश्‍वरले मलाई मुक्ति दिनुभयो। उहाँले मलाई पैसाको हावा-हुरीबाट मुक्ति दिलाउनुभयो र मेरो जीवनको मार्ग परिवर्तन गरिदिनुभयो।

अहङ्कारको हल गरी मानव रूप प्राप्त गर्न सकिन्छ

झेन्क्षिङ्ग, अमेरिकामेरो कथा मार्च २०१७ मा सुरु हुन्छ। मैले मुख्यतः चलचित्रका पोस्टरहरू र भिडियोका थम्‍बनेलहरू बनाउने कामसँगै मण्डलीको लागि...

ख्याति र सम्पत्तिबाट मुक्ति

जियाओ मिन, चीनविश्‍वासी बन्नुअघि, म जहिले पनि नाम र हैसियतको पछि लागिरहेकी थिएँ, र यदि कसैले मलाई जित्यो भने म ईर्ष्या गर्थेँ र दुःखी...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्