म अब जिम्‍मेवारीदेखि डराउँदिनँ

चेङ्ग नुओ, चीन

ईश्वी सम्वत् २०२० नोभेम्बर महिनामा एक दिन हाम्रो टोली भेलामा एकजना अगुवा सहभागी भए र भेला सकेपछि उनले हाम्रो सम्पादन कार्यको जिम्मेवार लिने एकजना टोली-अगुवा हामीले चुन्नुपर्ने बताए। म चकित भएँ किनकि मैले सबैभन्दा बढी मत पाएछु। मलाई एकदम अचम्म लाग्यो: साँच्चै म टोली-अगुवाको रूपमा छानिएकी हो त? म त भर्खरै जीवनमा प्रवेश गरेकी थिएँ र ममा सत्यताको वास्तविकताको कमी थियो। के मैले यो टोलीलाई नेतृत्व गर्ने कर्तव्य पूरा गर्न सक्छु होला? यदि हाम्रो काममा समस्याहरू आए भने यसको जिम्‍मेवारी टोली-अगुवाले नै लिनुपर्ने हुन्छ, होइन र? मैले समस्या समाधान गर्न सकिनँ भने र परिणामस्वरूप हाम्रो काममा बाधा आयो भने के होला? मैले पहिले टोली-अगुवाको रूपमा काम गर्दाको अनुभवलाई सम्झेँ। मैले सत्यताको अभ्यास नगरी आफैलाई सुरक्षित पार्ने काम मात्र गरेकी थिएँ। मानिसहरूले मण्डलीको काममा रोकावट वा बाधा गरेको थाहा पाउँदा उनीहरूको मन दुख्छ कि भन्‍ने डरले म त्यसलाई तुरुन्त रोक्ने कष्ट गर्दिनथिएँ। परिणामस्वरूप, मण्डलीको काम खस्कियो र मलाई हटाइयो। अब यो पटक मैले मेरो कर्तव्य ठीकसँग गरिनँ, तर परमेश्‍वरको घरको काममा र जीवनमा प्रवेश गरेका दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा बाधा गरें भने त्यो त दुष्‍ट काम गरे सरह हुनेछ। मलाई हटाइने मात्र मेरो चिन्ताको विषय हुनेछैन—मलाई हटाइने सम्भावना पनि हुनसक्छ। मलाई त्यस्तो भएको देख्‍न मन थिएन र मैले यो जिम्मा लिन सक्दिनँ जस्तो लाग्यो। त्यसकारण मैले अगुवालाई भनेँ, मैले राम्रोसँग जीवन प्रवेश गरिसकेकी छैन र म अरूको समस्या समाधान गर्न सक्षम पनि भइसकेकी छैन, त्यसैले म यो पदको लागि योग्य छैन। मैले धेरै बहानाहरू बनाएँ। उनले मलाई भने, मैले त्यो कर्तव्य स्वीकार गर्नुपर्छ र त्यसमा समर्पित हुनुपर्छ, तर यो कुरामा मैले शान्ति पाउन सकिन। मेरो दिमाग घुमिरहेको थियो। ठीक त्यही बेला मैले अचानक परमेश्‍वरका वचनहरूको यो खण्डलाई विचार गरेँ: “तँ समर्पित हुनुपर्छ र यसमा सक्रिय रूपमा सहकार्य गर्नुपर्छ। यो तेरो कर्तव्य हो र तेरो जिम्‍मेवारी हो। अगाडिको बाटो जे-जस्तो भए पनि, तँमा आज्ञापालन गर्ने हृदय हुनुपर्छ। कायरता, डर, चिन्ता, शङ्का—तैँले यीमध्ये कुनै पनि मनोवृत्तिका साथ तेरो कर्तव्यलाई लिनु हुँदैन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?”)। जब मैले यसलाई मनन गरें, मैले शान्त महसुस गर्न थालेँ, र मेरो अगाडि राखिएको यो कर्तव्य परमेश्‍वरको नियम र व्यवस्थापनबाट आएको हो भन्‍ने कुरा मैले बुझेँ। त्यो समयमा मैले परमेश्‍वरको इच्छालाई नबुझेको भए तापनि मैले आफूलाई परमेश्‍वरले देखाउनुहुने बाटोमा लगाउनुपर्छ र समर्पित हुनुपर्छ भन्ने ठानेँ।

त्यसपछि, मैले मेरो कर्तव्यमा धेरै समस्याहरू र कठिनाइहरूको सामना गरेँ, र मैले हाम्रो टोलीको काममा खासै प्रगति भएको देखिनँ। मेरा चिन्ताहरू फेरि आउन थाले, यदि हाम्रो काममा सुधार आएन भने मैले टोली-अगुवाको रूपमा मेरो जिम्‍मेवारीबाट भाग्न पाउने थिइनँ। यो विचारले मलाई सम्पूर्णरूपमा नै बेचैनी बनायो। एक साँझ म एकजना सिस्टरसँग हाम्रो अवस्थाको बारेमा कुरा गर्दैथिएँ, किनभने मसँग सबैभन्दा नजिक भएर काम गर्ने उनी नै थिइन् र उनले अघिल्लो टोली-अगुवाको बारेमा बताउँदै थिइन्, जसले सत्यतालाई नपछ्याउँदा र अझ राम्रो गर्ने प्रयास नगर्दा निष्कासन गरिएको थियो। उनले आफ्नो व्यावसायिक सीपमा कुनै सुधार ल्याइरहेकी थिइनन् र कुनै पनि व्यवहारिक काम गर्न सकेकी थिइनन्। मैले धेरै समस्या र कठिनाइहरू झेल्दै गरेको टोलीको अगुवा भएर सेवा गर्दैछु भन्‍ने मलाई थाहा थियो त्यसैले यदि मैले यी कुराहरू सम्हाल्न सकिनँ र केही व्यवहारिक काम गर्न सकिनँ भने म पनि हटाइने पो हुँ कि? मलाई त्यति धेरै जिम्‍मेवारी नहुने साधारण टोली सदस्यमा नै फर्कन मन लाग्यो। म भर्खरै मात्र छानिएको हुनाले केही समय यो कर्तव्य पूरा गर्नेछु, त्यसपछि योग्य नभएको देखिएँ भने मबाट मण्डलीको काममा बाधा र हानि गर्नसक्ने खराब काम भएर हटाइनुभन्दा पहिले नै म सकेसम्म छिटो त्यहाँबाट स-सम्मान हट्नेछु भनेर सोचिरहेकी थिएँ। यदि त्यस्तो भयो भने त मैले आफ्नो अन्तिम गन्तव्य नै गुमाउन सक्ने हुन्थ्यो। म आफ्नो कर्तव्य ठीकसँग गर्दिन कि, कुनै पनि समस्याको लागि जिम्मेवारी लिन नसक्‍ने हो कि भन्‍ने डरको अवस्थामा परेँ। जब म मेरो काममा कुनै कठिनाइको सामना गर्थें, तब मैले यसलाई व्यवस्थापन गर्न सक्दिनँ भनेर म डराउथें—म बारम्बार कष्‍ट र पीडाको संसारमा परिरहेकी थिएँ।

त्यसपछि मैले कुनै दिन पढेको ख्रीष्‍टविरोधीको सारको स्वभावलाई प्रकट गर्ने परमेश्‍वरका वचनहरूको यो खण्डले मलाई मेरो आफ्नै स्थितिको बारेमा केही अन्तर्दृष्टि प्रदान गर्यो: “जब तेरो कर्तव्यमा सामान्य समायोजन गरिन्छ, तँलाई जे भनिन्छ त्यही नै गर्, र तँ जे गर्न सक्षम छस् त्यही गर्, अनि, तैँले जेसुकै गरे पनि, त्यो तेरो शक्तिले भ्याएसम्म, तेरो सारा हृदय र तेरो सारा बलले त्यसलाई राम्रोसित गर्। परमेश्‍वरले जे गर्नुभएको छ त्यो गलत छैन। यस्तो सामान्य सत्य पनि ख्रीष्टविरोधीहरूका हृदयमा छैन। तिनीहरूका हृदयमा केचाहिँ छ त? शङ्‍का, सन्देह, अवज्ञा, प्रलोभन…। यस्तो सामान्य विषय छ—तर ख्रीष्टविरोधीले यसको बारेमा यति धेरै होहल्ला गर्छ, र यसको बारेमा यति धेरै निरन्तर सोच्छ कि ऊ एक झप्को पनि सुत्दैन। तिनीहरूले किन यसरी सोच्छन्? एक सामान्य कुरालाई समेत तिनीहरूले किन यति जटिल तरिकाले सोच्छन्? कारण सामान्य र एउटै मात्र छ: तिनीहरूलाई चासो भएका परमेश्‍वरको घरका हरेक कुरा वा प्रबन्धमा, तिनीहरूले त्यस कुरालाई आफ्नो गन्तव्य र आशिष्‌ पाउने आफ्नो इच्छासँग जोड्दै बलियो गाँठो बाँध्‍नेछन्। यसैले तिनीहरू भन्छन् ‘म होसियार हुनुपर्छ; एउटा गलत पाइलाले हरेक पाइलालाई गलत बनाउनेछ, अनि मैले आशिष्‌ प्राप्त गर्ने मेरो इच्छालाई त्याग्न सक्छु—अनि त्यो मेरो अन्त्य हुनेछ। म लापरवाह हुन सक्दिनँ! परमेश्‍वरको घर, दाजुभाइ र दिदीबहिनीहरू, माथिल्लो नेतृत्व, परमेश्‍वरसमेत—तिनीहरू सबै अविश्‍वसनीय छन्। म तिनीहरूमध्ये कसैमा पनि भरोसा गर्दिनँ। सबैभन्दा विश्‍वासयोग्य र सबैभन्दा भरोसायोग्य व्यक्ति म आफैँ हुँ; यदि तैँले आफ्नो निम्ति योजना बनाउँदैनस् भने, तँलाई कसले देखभाल गर्नेछ? तेरा सम्भावनाहरूको बारेमा र तैँले आशिष्‌हरू प्राप्त गर्नेछस् कि छैनस् भन्‍ने बारेमा कसले विचार गर्नेछ? यसैले, मैले मेरो बारेमा योजना बनाउनको निम्ति अत्यन्तै कठिन परिश्रम गर्नुपर्छ र सावधानीपूर्वक तयारी र हिसाबकिताब गर्नुपर्छ; म चुक्‍न सक्दिनँ, र मैले अलिकति पनि हेलचेक्र्याइँ गर्न सक्दिनँ—नत्र, मलाई अलमलमा पार्न र मबाट फाइदा उठाउन मानिसहरूलाई सजिलो हुनेछ’” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “जब कुनै पद हुँदैन र आशिष्‌हरू प्राप्त गर्ने कुनै आशा हुँदैन तब तिनीहरू पछि हट्न चाहन्छन्”)। परमेश्‍वरबाट यी वचनहरू पढिसकेपछि मात्र हाम्रा कर्तव्यहरूमा परिवर्तनहरूको अनुभव गर्नु सम्पूर्णरूपमा स्वभाविक हो र सही आचरण लिएर यसको सामना गर्नुपर्छ भन्‍ने कुरा मैले बुझेँ। मेरो काममा सुधार गर्न र मेरो जिम्मेवारीहरू पूरा गर्न मैले सकेजति गर्नुपर्छ, र सक्दो प्रयास गरेर पनि मैले अझै पनि राम्रो गर्न सकिनँ भने हटाइँदा पनि मैले खुशीसाथ स्वीकार गर्नुपर्छ। परमेश्‍वरको घरको आवश्‍यकताअनुसार र मानिसको व्यक्तिगत क्षमताअनुसार कर्तव्यहरू दिने गरिन्छ। मानिसका परिणामहरू र लक्ष्यहरूसँग यसको कुनै सरोकार हुँदैन। तर ममा परमेश्‍वरप्रतिको साँचो विश्‍वासको कमी थियो, र परमेश्‍वरको घरमा मानिसका कर्तव्यहरूमा हुने पूर्णरूपमा उचित परिवर्तनहरूलाई मैले राम्रोसँग बुझ्न सकेकी थिइनँ। कर्तव्यको बारेमा मेरो अनौठो दृष्‍टिकोण थियो, त्यसकारण मेरो कर्तव्य मेरो लक्ष्‍य र परिणामसँग छुटाउन नसकिने गरी जोडिएको छ भनेर सोच्ने गर्थेँ, चाहे मलाई आशिष् मिलोस् वा नमिलोस्। परमेश्‍वरको हेराइमा आफू सुरक्षित रहन म परमेश्‍वरको विरुद्धमा रक्षात्मक हुँदै, हरेक कुरामा अब के होला भनेर अनुमान लगाउथें, मैले राम्रोसँग कर्तव्य पूरा गर्न सकिनँ भने मलाई निष्‍कासित गरिनेछ र मेरो कुनै प्रकारको पद वा भविष्‍य रहनेछैन भनेर डराएकी थिएँ। मैले यसको बारेमा अति नै सोचिरहेकी थिएँ र दुष्‍टतामा अल्झिएकी थिएँ! म धूर्त बनेर आफ्नो स्वार्थको रक्षा गर्नको लागि परमेश्‍वरसँग खेल खेल्ने र यदि मेरो कर्तव्य राम्रोसँग गर्न सकिनँ भने आफ्नो हार स्वीकार गर्ने योजनाहरू बनाउँदै थिएँ। मैले आफ्नो कर्तव्य राम्रोसँग कसरी गर्न सक्छु भनेर सोच्नको लागि एकछिन पनि समय दिइनँ, बरु त्यसको सट्टामा म आफ्नै भविष्‍यका सम्भावनाहरूमा नै टाँसिएर बसेकी थिएँ। परमेश्‍वरले मलाई माथि उठाए एउटा टोली-अगुवाको काम गर्ने मौका दिनुभएको कुरा मलाई तालिम लिने मौका थियो ताकि मैले मेरो काममा र जीवन प्रवेशमा उन्‍नति गर्न सकूँ। त्यो मेरो निम्ति परमेश्‍वरको प्रेम थियो। तर मैले परमेश्‍वरको प्रेमको सोचलाई म खुलासा हुनेछु र निष्‍कासित हुनेछु भन्‍ने विचारले बङ्ग्याएँ। के त्यो परमेश्‍वरकै निन्दा होइन र? मैले ठ्याक्‍कै ख्रीष्‍टविरोधीको दुष्‍ट स्वभाव देखाइरहेकी थिइनँ र?

मैले गएका समयमा के प्रकट गरेकी थिएँ भन्‍ने बारेमा विचार गरेँ: मैले परमेश्‍वरलाई टाढाबाट पनि बुझेकी रहेनछु, तर अनुमान र सावधानीले मलाई जितेको रहेछ। म असाध्यै निराश भएँ, र म किन यस्तो अवस्थामा पुगेँ, वास्तवमा यो समस्याको जड कहाँ थियो भनेर सोचमग्‍न बनेँ। पछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ जसले ख्रीष्‍टविरोधी स्वभावको उजागर गरेको थियो र मसँग ठ्याक्‍कै मिलेको थियो: “परमेश्‍वरको वचनमा सत्यता छ भन्‍ने कुरा ख्रीष्टविरोधीहरूले विश्‍वास गर्दैनन्, र तिनीहरूले उहाँको स्वभाव, पहिचान वा सारमा विश्‍वास गर्दैनन्। तिनीहरूले आफ्नो वरिपरि हुने सबै कुराहरूको विश्‍लेषण र जाँच गर्नको निम्ति यो सबै कुरालाई मानवीय सोच वा मानवीय दृष्टिकोणहरूका साथ लिन्छन्, र परमेश्‍वरले मानिसहरूसँग गर्ने व्यवहार, परमेश्‍वरले मानिसहरूमा गर्ने कामलाई पनि तिनीहरूले मानवीय दृष्टिकोण, मानवीय सोच र मानवीय छलद्वारा नै लिन्छन्। त्योभन्द बढी, परमेश्‍वरको स्वभाव, पहिचान र सारको सम्बन्धमा ध्यान दिन तिनीहरूले शैतानका तर्क र सोचका साथ मानवीय सोच र मानवीय विधिहरूको प्रयोग गर्छन्। स्पष्ट रूपमा, ख्रीष्टविरोधीहरूले केवल परमेश्‍वरको स्वभाव, पहिचान र सारलाई स्वीकार नगर्ने र नमान्‍ने मात्र होइनन्, तिनीहरू त परमेश्‍वरको स्वभाव, पहिचान र सारको बारेमा धरणाहरू र अस्पष्ट, खोक्रा विचारहरूले भरिएका हुन्छन्। तिनीहरू मानवीय बुझाइले भरिएका छन्; तिनीहरूमा वास्तविक ज्ञानको रतीभर अंश पनि हुँदैन। यसो भएको हुँदा, अन्त्यमा, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको स्वभाव, पहिचान र सारलाई कसरी परिभाषित गर्छन् त? के तिनीहरूले परमेश्‍वर धर्मी हुनुहन्छ र मानिसका निम्ति उहाँ प्रेम हुनुहुन्छ भन्‍ने कुरालाई स्थापित गर्न सक्छन्? तिनीहरूले पक्कै पनि सक्दैनन्। परमेश्‍वरको धार्मिकता र प्रेमको बारेमा ख्रीष्टविरोधीहरूको परिभाषामा प्रश्‍नचिह्‍न—शङ्‍कास्पद अवस्था छ। परमेश्‍वरको स्वभावले उहाँको पहिचान निर्धारण गर्छ, र तिनीहरू उहाँको स्वभावको मजाक उडाउँछन्, अनि यसप्रति तिनीहरू शङ्‍काले ग्रस्त र अस्वीकार र निन्दाले भरपुर छन्, त्यसो भए, उहाँको पहिचान के हो त? परमेश्‍वरको स्वभावले उहाँको पहिचानको प्रतिनिधित्व गर्छ; यससम्बन्धी तिनीहरूको यस्तो सोच भएको हुँदा, परमेश्‍वरको पहिचानसम्बन्धी तिनीहरूको सोच स्वतः स्पष्ट छ—यो प्रत्यक्ष इन्कार हो। यो ख्रीष्टविरोधीहरूको सार हो” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, सार्वजानिक रूपमा सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको बेवास्ता गर्छन् (भाग छ)”)। परमेश्‍वरका वचनहरूले के देखाउँछन् भने ख्रीष्‍टविरोधीहरू परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्ने विश्‍वास गर्दैनन्, परमेश्‍वरको धर्मी स्वभावलाई स्वीकार गर्ने कुरा त परै जाओस्। तिनीहरूले आफ्ना रायहरू कहिल्यै पनि परमेश्‍वरका वचनहरूमा आधारित गर्दैनन्, बरु तिनीहरू सबै कुराहरू मानव बुझाइ र शैतानको तर्कअनुसार गर्छन्। मैले पनि त्यस्तै खालको ख्रीष्‍टविरोधी स्वभावलाई मभित्र आश्रय दिइरहेकी थिएँ, परमेश्‍वरको धर्मी स्वभावको केही पनि बुझाइ ममा थिएन, जुन मण्डलीका पदहरू मिलाउने कुरामा वा मानिसलाई हटाउने वा निष्कासन गर्ने कुरासँग सम्बन्धित थियो। यसको साटो मैले यी विषय वस्तुहरूलाई शैतानी तर्क र दृष्‍टिकोणबाट हेरिरहेकी थिएँ, जस्तै “जति ठूलो कद उति कडा खसाइ,” “सबैभन्दा अग्लो कीलालाई नै पहिले ठोकिन्छ,” र “शिखरमा पुग्‍ने एक्लो हुन्छ।” मलाई लाग्थ्यो, जति ठूलो पद र जिम्‍मेवारी हुन्छ त्यसले उति नै धेरै मलाई खुलासा गराउँछ, अनि मेरो निष्कासनतिर डोर्‍याउँछ। त्यसैकारण मैले बाहिरबाट टोली-अगुवाको पदलाई स्वीकार गरेकी भए तापनि मैले गल्ती गरिहालेँ भने मेरो खुलासा हुनेछ र म निष्कासित हुनेछु र मेरो अन्तिम लक्ष्‍य प्राप्‍त गर्न सक्‍नेछैन भन्‍ने डरले म परमेश्‍वरसँग होशियार बनिरहेँ। म परमेश्‍वरको वचन पढ्ने विश्‍वासी थिएँ, तर विभिन्‍न कुराहरूको बारेमा मेरो विचार अलिकति पनि परिवर्तन भएन, र मैले समस्याहरूको सामना गर्नुपर्दा कहिल्यै पनि सत्यताको खोजी गरिनँ, न त म परमेश्‍वरका वचनहरूको प्रकाशमा नै हेरेँ, त्यसको साटो मैले शैतानी धारणाबाट परमेश्‍वरको कामको जाँच गरेँ, सानोभन्दा सानो गल्ती गरेँ भने परमेश्‍वरले मलाई खुलासा गरिदिनुहुन्छ र निष्‍कासन गरिदिनुहुन्छ भनेर जब उहाँलाई कुनै प्रकारको तानाशाहको रूपमा कल्पना गरेँ, के त्यो मैले परमेश्‍वरको धर्मी स्वभावलाई इन्कार गरेको थिएन र? के त्यो मैले परमेश्‍वरको निन्दा गरेको थिएन र? सत्यता के हो भने, जब कसैलाई मण्डलीले निष्‍कासन गर्छ वा हटाउँछ त्यो सिद्धान्तको आधारमा गर्छ। यो व्यक्तिको क्षमताको समग्र विचार गरेर गरिएको हुन्छ, तिनीहरू असल कि दुष्‍ट मानवताका छन्, तिनीहरूले सत्यताको अनुसरण गर्छन् कि गर्दैनन् र तिनीहरूले कस्तो खालको बाटो लिइरहेका छन् भन्‍ने कुरालाई हेरिएको हुन्छ। तिनीहरूको केही गल्ती वा क्षणिक अभिव्यक्ति, वा उच्‍च हैसियत खोज्ने सोचको आधारमा हटाइएको वा निष्‍कासित गरिएको एउटा व्यक्तिको रूपमा तिनीहरू परिभाषित हुँदैनन्। जो अगुवाहरूले आफूलाई साँचो रूपमा परमेश्‍वरको निम्ति खर्चिन्छ र सत्यताको अनुसरण गर्छ भने गल्तीहरूका बाबजुद परमेश्‍वरको घरले तिनीहरूलाई थप मौकाहरू दिन्छ। तिनीहरूलाई काटछाँट र निराकरण गरिनेछ, स्मरण गराइनेछ, चेतावनी दिइनेछ, र जसले आफैलाई चिन्‍न सक्छन्, जसले पश्‍चात्ताप गर्छ र आफैलाई परिवर्तन गर्छ, उसलाई निरन्तर प्रयोग गरिनेछ र उसको विकास गरिनेछ। कोही यस्ता झूटा अगुवाहरू पनि हुन्छन् जसले व्यवहारिक काम गर्दैनन्, सुविधाको लोभ गर्छन् र निर्लज्‍ज भएर कर्तव्य विमुख हुन्छन् र जसले आफ्नो दायित्वलाई वास्ता नगरी अगुवाको पदलाई समाति राख्‍छन्। यस्ता खालका व्यक्तिलाई सदैव तिनीहरूको पदबाट हटाइनेछ, तर तिनीहरू प्रत्येक प्रकारका दुष्कर्म गर्ने खालका दुष्ट मानिस होइनन् भने तिनीहरूलाई हल्‍का रूपमा हटाइने वा मण्डलीबाट निकालिनेछैन। परमेश्‍वरको घरले तिनीहरूको लागि पश्‍चात्ताप र आत्मचिन्तन गर्ने मौका दिएर अर्को उपयुक्त काम मिलाइदिनेछ। कुनै पनि सत्यतालाई स्वीकार गर्न नमान्‍ने, आफ्नो पद र शक्तिको लागि मात्र काम गर्ने, मण्डलीमाथि शक्‍ति हासिल गर्न र नियन्‍त्रण गर्न मात्र इच्छा गर्ने ख्रीष्टविरोधीहरू—त्यस्ता मानिसहरूलाई मात्र सम्पूर्णरूपमा खुलासा गरिन्छ, निष्‍कासित गरिन्छ र सधैँका लागि मण्डलीबाट निकालिनेछ। मैले के देखेँ भने परमेश्‍वरको घरले मानिसहरूलाई सम्पूर्णरूपमा निष्पक्ष र समान व्यवहार गर्छ। कुनै पनि असल व्यक्तिलाई गलत प्रकारले दोष लगाइँदैन र कुनै पनि दुष्‍ट व्यक्तिलाई सजिलै छोडिँदैन। कुनै पनि व्यक्तिलाई हटाइन्छ र खुलासा गरिन्छ कि गरिँदैन भन्‍ने कुरा तिनीहरूको पदसँग कुनै सरोकार हुँदैन। महत्वपूर्ण कुरा भनेको तिनीहरूले सत्यतालाई स्वीकार गर्छन् कि गर्दैनन् र त्यसलाई अनुसरण गर्छन् कि गर्दैनन् भन्ने नै हो। जसले आफ्नो कर्तव्यमा सत्यताको अनुसरण गर्छ, थप जिम्मेवारी वहन गर्छ, तिनीहरूले आफ्नो विकास गर्न र परमेश्‍वरद्वारा सिद्ध हुने अझ बढी मौकाहरू पाउँछन्। तर जसले सत्यताको अनुसरण गर्दैन, आफ्नो कर्तव्यमा सिद्धान्तहरू खोज्दैन अनि न्याय गरिन, सजाय पाउन, काटछाँट गरिन र निराकरण गरिन अस्वीकार गर्छ, जसको भ्रष्‍ट स्वभाव परिवर्तन हुँदैन, तिनीहरूको पद जेसुकै भए तापनि, तिनीहरू अन्तमा निष्‍कासित हुन्छन्। यसमा अझै विचार गर्दा मैले के थाहा पाएँ भने अघिल्लो पटक टोली-अगुवाबाट हटाइँदा म एकदम स्वार्थी थिएँ, र स्वभावैले तिरस्कारको योग्य थिएँ र मैले सत्यतालाई अलिकति पनि अभ्यास गरिनँ। म त मण्डलीको काममा बाधा भइरहेकी थिएँ। त्यो ममाथि बर्सेको परमेश्‍वरको धर्मी स्वभाव थियो, र परमेश्‍वरले पश्‍चात्ताप गर्न र परिवर्तन हुन मलाई दिनुभएको मौका थियो। तर मैले त परमेश्‍वरको मुक्‍तिमा विश्‍वास नभएको र उहाँलाई गलत बुझ्ने एउटा अविश्‍वासीले जस्तै व्यवहार गरेँ। त्यसपछि मैले अन्तमा थाहा पाएँ कि “जति ठूलो कद उति कडा खसाइ” भन्‍ने शैतानी दर्शनले मलाई कति भयानक रूपमा हानि गरेको रहेछ। म गलत बुझाइ र परमेश्‍वरप्रतिको प्रतिरोधी भावनाले भरिएकी मात्र थिइन, तर म त झनै बढी धूर्त र दुष्‍ट बनेकी थिएँ। शैतानी तर्क र व्यवस्थामा म यसरी निरन्तर जिउन सक्दिन, बरु मैले परमेश्‍वरका वचनहरूमा आधारित दृष्‍टिकोणले हेर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। टोली-अगुवाको यो कर्तव्य पाउनु भनेको परमेश्‍वरद्वारा उचालिनु थियो, अनि परमेश्‍वरले नै मलाई यो सिक्‍ने मौका दिनुभएको थियो। मैले यो मौकालाई मूल्यवान् ठान्‍नुपर्थ्यो। विगतमा मेरो कर्तव्यको तगारो म आफै बनेकी थिएँ, तर यस पटक मैले विगतको कर्तव्यका असफलताहरूको परिपूर्तिका लागि मूल्य चुकाउनुपर्छ, अझ बढी सत्यताका सिद्धान्तहरू खोजी गर्नुपर्छ, र मेरो सम्पूर्ण कुरा लगाएर मेरो कर्तव्य ठीकसँग गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो।

यी कुराहरूको बुझाइले साँचै नै मलाई स्वतन्त्र बनाउँदै थियो। मैले कसरी गलत बुझेर परमेश्‍वरप्रति प्रतिरोधी भएँ भन्‍ने कुरालाई विचार गर्दा म कति अनुचित थिएँ, कति मूर्ख र देख्न नसक्ने थिएँ, र परमेश्‍वरको बारेमा केही पनि बुझाइ नभएकी थिएँ जस्तो लाग्छ। मैले हृदयभित्र परमेश्‍वरसँग प्रार्थना गरेकी छु, “हे परमेश्‍वर तपाईंको मार्गदर्शनको लागि, मेरो आफ्नो कुरूपता देखाइदिनु भएको लागि, र यी शैतानी धारणाहरूले तपाईं र मेरो बीचमा बनाएको अवरोध देखाइदिनु भएको लागि धन्यवाद छ। म असाहनुभूति र अनजान बनेकी थिएँ, कुराहरू गलत बुझेकी थिएँ र आफ्नै रक्षामा रहेँ, तपाईंलाई कस्तो लाग्छ भन्‍ने कुरामा म सम्पूर्णरूपले बेखबर थिएँ। म धेरै विद्रोही बनेँ, र म पूर्णरूपले तपाईंसमक्ष पश्‍चात्ताप गर्छु।”

एक दिन, मैले एउटा लेख पढेँ, यसमा लेखकले मेरो व्यक्‍तिगत अवस्थालाई सहीरूपमा व्यक्‍त गरेका थिए, र परमेश्‍वरका वचनहरूबाट पनि उदृत गरेका थिए जसले मलाई अभ्यास गर्ने बाटो दियो: “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र अन्तर्निहित रहेका सबै कुराहरूको उपलब्धि हो, भन्नुको अर्थ, जुन कुरा मानिसको लागि सम्भव छ। त्यसपछि उसको दायित्व पूरा हुन्छ। आफ्नो सेवाको अवधिमा देखिने मानिसका कमजोरीहरू प्रगतिशील अनुभव र न्यायबाट भएर जानु पर्ने प्रक्रियामार्फत‌ विस्तारै घटाइन्छन्; तिनले मानिसको दायित्वलाई वाधा दिँदैन वा प्रभाव पार्दैन। आफ्नो सेवामा कमजोरीहरू हुन सक्छन् भन्ने डरले सेवा गर्न वा परिणाम ल्याउन छोड्ने र पछि हट्ने मानिसहरू नै सबैभन्दा कायरहरू हुन्। … मानिसको दायित्व र ऊ आशिषित भएको छ कि श्रापित भएको छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिषित हुनु भनेको कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नु हो। श्रापित हुनु भनेको सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनु हो, यो तब हुन्छ जब तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष पाऊन्‌ वा श्राप पाऊन्, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। आशिषित हुनको लागि मात्रै तैँले आफ्नो दायित्वलाई पूरा गर्नु हुँदैन, र श्रापित हुने डरले तैँले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो” (वचन देहमा देखा पर्नुहुन्छको “देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता”)। जब मैले कुरामा चिन्तन गरें, तब मैले परमेश्‍वरको इच्‍छालाई बुझ्न सकेँ। परमेश्‍वरले मानव जातिबाट त्यति धेरै कुराको अपेक्षा गर्नु हुँदैन। उहाँ त केवल हामीलाई सत्यताको अनुसरण गरून्, सक्दो ज्ञान हासिल गरून्, छल नगरून्, धोका नदिउन्, बरू यसमा सम्पूर्ण शक्ति लगाउन् र परमेश्‍वरले भनेका गरून् भन्ने चाहनुहुन्छ। यो प्रकृयामा हामीले असफतला र गलत हिंडाइको अनुभव गरे तापनि हामीले सत्यतालाई स्वीकार गर्न सकेसम्म, काटछाँट र निराकरण गरिन तयार भएसम्म, यी समस्याहरू समाधान हुन सक्छन्। हामीले प्रगति र परिवर्तन देख्‍न सक्छौं। त्यो आज्ञा पाएदेखि ममा सम्पूर्णरूपमा नै स्वीकार गर्ने र आज्ञाकारी बन्‍ने कुरा थिएन। सानो गलत कदम वा कुनै प्रकारको गल्ती भयो भने म निष्‍कासित हुनेछु, मैले परिणाम र अन्तिम लक्ष्‍य गुमाउनेछु भन्‍ने कुराले म डराएकी थिएँ। ममा सत्यताको खासै बुझाइ नरहेको र परमेश्‍वरको कामलाई वास्तविकरूपमा नबुझेको मैले पाएँ। त्यतिका वर्षसम्म परमेश्‍वरमा रहेको विश्‍वास र मेरो कर्तव्य निर्वाह परमेश्‍वरलाई सन्तुष्‍ट बनाउन होइन, बरू मेरो आफ्नै भविष्यको र लक्ष्‍यको खातिर गरिरहेकी रहेछु भन्ने मलाई आभाष भयो। म यति स्वार्थी र धूर्त थिएँ! कर्तव्य परमेश्‍वरले दिनुभएको आज्ञा हो, र यो त सृष्‍टि भएका हरेक प्राणीले पूरा गर्नुपर्ने जिम्‍मेवारी हो। अन्तमा चाहे हामीले आशिष् पाऔं वा श्रापित होऔं-हामीले हाम्रो कर्तव्य पूरा गर्नै पर्छ। मैले दुष्‍ट काम गर्छु कि भन्‍ने डरले आफ्नो कर्तव्य पूरा गर्न इन्कार गर्न सक्दिनँ। मेरो सानो जीवन प्रवेशमा र सत्यताको वास्तविकताको कमीमा पनि परमेश्‍वरले मलाई टोली-अगुवाको रूपमा सेवा गर्नको लागि उचाल्नुभयो। म यस पदको योग्य भएर होइन, तर यो कर्तव्य पूरा गर्दै गर्दा मैले सत्यतालाई अनुसरण गर्न, न्यायलाई स्वीकार गर्न, सजाय भोग्‍न तयार हुन, काटछाँट हुन, निराकरण हुन, र निरन्तर मेरा व्यक्‍तिगत कमीहरू सुधार गर्दै जान सक्‍नेछु भन्‍ने आशा हो। त्यसपछि अन्त्‍यमा मैले यो कर्तव्य पर्याप्‍त गर्न सक्‍ने आशामा। परमेश्‍वरको इच्छालाई मैले बुझेपछि समस्याहरू र कठिनाइहरूको सामना गर्न म अझ निर्धक्‍क भएँ जुन मेरो कर्तव्यमा देखियो, र मैले त्यो कर्तव्य पूरा गरेर परमेश्‍वरलाई सन्तुष्‍ट पार्ने संकल्प लाई प्राप्‍त गरेँ।

त्यसपछि मैले परमेश्‍वरको वचनहरूमा यो पढेँ: “एक इमानदार व्यक्तिका प्रकट रूपहरू के-के हुन् त? यस विषयको मुख्य कुरा भनेको सबै कार्यहरूमा सत्यको अभ्यास गर्नु हो। यदि तैँले आफू इमानदार छु भन्छस्, तर सधैं परमेश्‍वरका वचनहरूलाई तेरो दिमागको पछाडिको भागमा थन्क्याएर राख्छस् र जे मन लाग्यो त्यहीँ गर्छस् भने, के त्यो एक इमानदार व्यक्तिको प्रकट रूप हो त? तँ भन्छस्, ‘मेरो योग्यता कम छ, तर म हृदयमा इमानदार छु।’ तापनि जब तँमाथि कुनै काम-कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्‍नुपर्ला वा यदि आफूले त्यो काम राम्रोसँगले पूरा नसके त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, यसकारण तँ त्यसबाट तर्किने बहानाहरू बनाउँछस् र त्यो गर्न अरूलाई सिफारिस गर्छस्। के यो एक इमानदार व्यक्तिको अभिव्यक्ति हो त? स्पष्ट रूपमै, यो होइन। त्यसो भए, एक इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? उनीहरूले स्वीकार र आज्ञापालन गर्नुपर्छ, र त्यसपछि परमेश्‍वरको इच्छा पूरा गर्नलाई आफ्ना कर्तव्यहरू आफ्नो क्षमताले भ्याएसम्म राम्ररी गर्नका निम्ति पूर्ण रूपमा समर्पित हुनुपर्छ। यो कुरा विभिन्न तरिकाले प्रकट गरिन्छ। एउटा तरिका के हो भने, तैँले इमानदारीसाथ आफ्नो कर्तव्यलाई स्वीकार गर्नुपर्छ, अरू कुनै कुराको बारेमा सोच्नु हुँदैन, र त्यसको बारेमा आधा हृदयको हुनु हुँदैन। तेरो आफ्नै फाइदा हुने गुप्त योजना नबना। यो इमानदारीको प्रकट रूप हो। अर्को तरिकाचाहिं तेरा सबै शक्ति र हृदय त्यसमा लगाउनु हो। तँ भन्छस्, ‘मैले गर्न सक्‍ने सबै कुरा यही हो; म सबै कुरा लगाउनेछु, र यसलाई पूर्ण रूपमा परमेश्‍वरमा समर्पण गर्छु।’ के यो इमानदारीको प्रकट रूप होइन र? तैँले आफूसित भएका सबै थोकहरू र आफूले गर्न सक्‍ने सबै कुराहरू समर्पण गर्छस्—यो इमानदारीको प्रकट रूप हो। यदि तँ आफूसित भएका सबै कुराहरू समर्पण गर्न तयार छैनस् भने, यदि तँ त्यसलाई लुकाएर र गुटमुटाएर राख्छस्, आफ्ना कार्यहरूमा छलपूर्ण छस्, आफ्नो कर्तव्यबाट उम्कन्छस्, त्यो काम राम्ररी नगर्दा त्यसका प्रतिफलहरू भोग्‍नुपर्छ भन्‍ने डरले त्यो अरू कसैलाई गर्न लगाउँछस् भने, के त्यो इमानदार हुनु हो त? होइन, त्यो इमानदार हुनु होइन। त्यसकारण, इमानदार व्यक्ति हुनु भनेको त्यसको चाहना गर्नु मात्र होइन। यदि तँमाथि परिस्थितिहरू आइपर्दा त्यसलाई अभ्यास गर्न सक्दैनस् भने, तँ इमानदार व्यक्ति होइनस्। जब तैँले समस्याहरूको सामना गर्छस्, तब तैँले सत्यताको अभ्यास गर्नुपर्छ र तँसँग व्यावहारिक अभिव्यक्तिहरू हुनुपर्छ। इमानदार व्यक्ति बन्ने एक मात्र तरिका यही नै हो, र यी मात्र इमानदार हृदयका अभिव्यक्तिहरू हुन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसहरू इमानदार भएर मात्र साँचो रूपमा खुसी हुन सक्छन्”)। इमानदार मानिसलाई परमेश्‍वरले मन पराउनु हुन्छ, जो इमानदार हुन्छन् उनीहरू आशिष् पाउने कुराहरूमा व्याकुल हुँदैनन्। उनीहरू जिम्‍मेवारी बहन गर्न डराउँदैनन्, तर सम्पूर्ण हृदयले आफ्नो कर्तव्य राम्ररी गरेर परमेश्‍वरलाई सन्तुष्‍ट बनाउने प्रयास गर्छन्। उनीहरूले सक्‍ने जति सबै कुरा गर्छन्। यसबारे विचार गर्दा साँचै नै मलाई लाज लाग्यो। म सधैँ नै परमेश्‍वरलाई कसरी सन्तुष्‍ट बनाउने भनेर कुरा गरिरहन्थेँ, तर जब त्यो आज्ञालाई स्वीकार गर्ने समय, इमानदार भएर कुनै कुरामा मेरो हृदय लगाउने बेला आयो, म आफूले जानेको भन्दा कम जानेको जस्तो गरेर त्यसबाट उम्कन चाहेँ। मैले त केही राम्रो सुनिने कुराहरू मात्र गरिरहेकी रहेछु, र वास्तविकरूपमा मैले परमेश्‍वरलाई मूर्ख बनाउन खोजिरहेकी रहेछु, र हृदयमा म सम्पूर्णरूपमा नै बेइमान बनिरहेकी रहेछु भन्‍ने कुरा थाहा पाएँ। जब मैले यो थाहा पाएँ, मैले यो गरिरहन हुन्‍न भन्‍ने कुरा जानेँ। मेरो प्रशस्त समस्या र कमीकमजोरी भए तापनि मैले परमेश्‍वरले चाहनु भएजस्तै इमानदार मानिस बन्‍ने अभ्यास गर्नु थियो। मैले मेरो हृदय परमेश्‍वरलाई दिनुपर्ने थियो र मेरो कर्तव्य स्थिर भएर क्षमताले भ्याएसम्म राम्रो गर्नुपर्ने थियो। र जेसुकै भए तापनि, म परमेश्‍वरको व्यवस्थापन र आयोजनलाई पालन गर्न तयार भएँ। त्यसपछि मलाई धेरै राहत महसुस भयो। मेरो कर्तव्यमा समस्याहरूको सामना गर्नुपर्दा, मैले ती समाधान गर्नको लागि परमेश्‍वरसँग प्रार्थना गरेँ, म अन्योलमा परेको बेलामा सत्यताका सिद्धान्हरू खोज्दै दाजुभाइ-दीबहिनीहरूसँग सरसल्लाह लिन्थेँ। समय बित्दै जाँदा म धेरै समस्याहरू र कठिनाइहरू समाधान गर्न सक्‍ने भइसकेकी रहेछु भन्‍ने थाहा पाएँ।

परमेश्‍वरको न्याय र सजाय वास्तविकरूपमा उहाँको प्रेम र मुक्‍ति हो भन्‍ने कुरा मलाई यो अनुभवले देखायो। मलाई जिम्‍मेवारी लिनदेखि डर लाग्‍न छोड्‍यो र म सुरक्षात्मक वा सजिलै कुरा गलत बुझ्ने भइनँ। ममा अझै पनि धेरै नै भ्रष्‍ट स्वभावहरू भए तापनि, म परमेश्‍वरबाट न्याय गरिन, सजाय पाउन, काटछाँट गरिन र व्यवहार गरिन तयार छु, र शुद्ध र परिवर्तन हुन लागि रहन्छु। म परमेश्‍वरलाई धन्यवाद दिन्छु।

अघिल्लो: मेरो कर्तव्य सम्‍बन्धी मेरा मनसायहरूलाई सुधार्दा

अर्को: एक अधिकृतको पश्‍चात्ताप

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मेरो गलत बुझाइ र स्व-आरक्षितपनद्वारा क्षति पुर्‍याइएको

सुक्षिङ, चीनकेही समय अघि, हाम्रो मण्डलीको अगुवाले आफ्नो पद गुमाइन् किनकि उनले सत्यलाई खोजी गरिरहेकी वा व्यावहारिक काम गरिरहेकी थिइनन् र अरू...

परमेश्‍वरलाई मेरो हृदय दिँदा

क्षिन्चे, दक्षिण कोरियावर्ष २०१८ को जुन महिनामा, मैले राज्यको स्तुतिगानको प्रदर्शनका लागि अभ्यास गरें। परमेश्‍वरको प्रशंसा गर्दै र उहाँको...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्