मौनताको पछाडि

ली झी, ग्रीस

म खासै धेरै बोल्ने मान्छे होइन, र म अकसर मनदेखि खुलेर कुरा पनि गर्दिँनँ। मैले सधैँ यो मेरो अन्तर्मुखी व्यक्तित्वले गर्दा भएको होला भनी विचार गर्थें, तर पछि केही कुराहरूद्वारा भएर जाँदा र परमेश्‍वरका वचनहरूमा के प्रकट गरिएको छ भन्‍ने देखेपछि, मैले के महसुस गरेँ भने आफ्नो कुरा आफैभित्र राख्‍नु र आफ्ना विचारहरू कहिल्यै खुलस्त नबताउनु भनेको म अन्तर्मुखी भएकोले होइन रहेछ, र यो तर्कशील व्यवहार गर्नु होइन रहेछ। त्यसभित्र धूर्त शैतानी स्वभाव लुकेको थियो।

केही समय पहिले, मैले सम्पादनको काम सुरु गरेँ। मैले त्यहाँ आफूसँग सम्पादनको काम गर्ने दाजुभाइ-दिदीबहिनीहरू निकै अनुभवी देखेँ; उनीहरूले सिद्धान्तहरू बुझेका थिए र निकै राम्रो क्षमताका थिए। कसले सत्यता बुझ्छन् र कसले बुझ्दैनन्, अनि कोसँग साँचो सीप र ठोस सिकाइ छ भनेर हरेकले छुट्‍याउन सक्थ्यो। यसले मलाई अलि भयभीत तुल्यायो। म मध्यम क्षमताकी थिएँ र मसँग सत्यताको वास्तविकता पनि थिएन, यसैले यदि मैले हाम्रा छलफलहरूमा आफ्ना विचारहरूलाई यत्तिकै खुलस्त रूपमा व्यक्त गरेँ भने, के त्यो त माछालाई पौडिन सिकाएजस्तो हुँदैनथियो र? यदि म सही ठहरिएँ भने त केही फरक पर्दैनथ्यो, तर त्यसो नभएमा, आफूसँग सत्यताको सतही ज्ञान भए तापनि, मैले आफूलाई उनीहरूको सामु उत्कृष्ट प्रदर्शन गर्न खोजेजस्तो हुन जान्थ्यो। यसरी आफू साँच्‍चै लाजमर्दो अवस्थामा पर्छु होला भन्‍ने मलाई लाग्यो। अनि बोल्ने भन्दा धेरै सुन्‍ने गरेर मैले आफूमा अरूको ध्यान नखिच्‍न म लगातार सावधान रहिरहेँ। त्यसैले, जब हामी सबै मिलेर समस्याको समाधान पत्ता लगाउन छलफल गरिरहेका हुन्थ्यौं, म आफ्नो धारणा त्यति व्यक्त गर्दिनथें। एक पटक मैले आफ्नो तर्फबाट सुझाव दिएको थिएँ, र त्यो सही तरिका होइन भन्‍ने कुरामा त्यहाँका सबै जना सहमत भए—मैले आफूलाई अपमानित भएको महसुस गरेँ, र मैले सोचविचारै नगरी त्यसरी बोल्‍नुहुँदैनथ्यो, अथवा त्यसरी आफूलाई लज्जित तुल्याउने मूर्खता गर्नुहुँदैनथ्यो भनी विचार गरेँ। अब आफ्नो कुरा मनमै राखेर सावधानीपूर्वक अगाडि बढ्नुपर्छ भनी मैले महसुस गरेँ। त्यसपछिका छलफलहरूमा मैले आफ्नो विचार व्यक्‍त नगरी, पहिले अरूलाई बोल्न दिने निश्‍चय गरेँ।

केही समयपछि राम्रो क्षमता भएकी र आफ्नो बुझाइ र दृष्टिकोण प्रस्तुत गर्न सक्‍ने सिस्टर मसँग काम गर्न हाम्रो समूहमा नियुक्त भइन्। एक चोटि हामी एउटा विषयमा कुरा गरिरहेका थियौं, त्यस बेला म आफ्ना केही विचारहरू बाँड्न चाहन्थेँ, तर यदि मेरो विचार गलत भयो र मैले भनेको कुरा छानबिनमा परेन भने, यो नयाँ सिस्टरले मलाई सरल र अनुभवहीन सोच्‍नेछिन् र म वास्तवमा कस्तो छु भन्‍ने कुरा प्रकट हुनेछ भनेर म चिन्तित भएँ। यदि तिनले मलाई तुच्छ ठान्‍न थालिन् भने मैले के गर्ने होला? मैले यसबारे बिर्सिने र उनले भनेको कुरा मात्र सुन्‍ने निर्णय गरेँ। त्यसपछिको केही दिनसम्‍म हामीले यस समस्याको समाधान गर्ने क्रममा मैले आफ्नो धारणा त्यति व्यक्त गरिनँ, तर यसले मलाई सम्भावित रूपमा लाजमा पर्नबाट जोगाउनेछ र कामकुरा सहज तुल्याउनेछ भन्‍ने हेतुले उनकै विचारमा सहमत हुने निर्णय गरेँ। मैले त्यति धेरै नबोलेकोले गर्दा, हाम्रो समूहमा सहकार्यको वातावरण निकै सुस्त हुन पुग्यो। कहिलेकाहीँ काम गर्ने क्रममा उनले समस्या सामना गर्थिन् र मैले आफ्नो विचार व्यक्त नगरेकोले, हामी त्यसैमा अड्किन्थ्यौँ। जसले गर्दा हाम्रो उत्पादकत्व निकै कम भयो र हाम्रो साधारण कार्य प्रगति पनि रोकिन थाल्यो। समय बित्दै जाँदा, म अझै कम बोल्न थालेँ, र मसँग कुनै विचार हुँदा पनि, त्यसलाई मेरो मुखबाट निकाल्नुभन्दा पहिले आफ्नो दिमागमा घरी-घरी खेलाएर निकै लामो समयसम्म विचार गरिरहन्थेँ। मैले निकै निराश महसुस गरिरहेकी थिएँ र मैले आफ्नो काममा त्यति धेरै कुरा हासिल गरिरहेकी थिइनँ; त्यति बेला म विचित्र किसिमको उदास र समस्याग्रस्त अनुभूतिको अवस्थामा अड्किएको थिएँ। त्यही समयमा मैले परमेश्‍वरको सामु गएर यसो भन्दै प्रार्थना गरेँ, “परमेश्‍वर, यी दिनहरूमा मैले पवित्र आत्माको कुनै अन्तर्दृष्टिको अनुभूति गर्न सकेको छैन र आफ्नो काममा पनि प्रगति भइरहेको छैन। तपाईंलाई घृणा गर्ने कुन भ्रष्ट स्वभावमा म जिइरहेकी छु मलाई थाहा छैन—कृपया आफैलाई चिन्‍न मलाई सहायता गर्नुहोस्।”

एक दिन म आफ्नो व्यक्तिगत उपासनाको समयमा मनन गर्दैथिएँ, अचानक “चिप्‍लो” भन्‍ने शब्द मेरो दिमागमा उब्जियो। मैले परमेश्‍वरका वचनहरूमा यसैसँग सान्दर्भिक कुराको खोजी गर्दा यस्तो भेट्टाएँ: “कुनै व्यक्ति कहिल्यै खुलस्त नहुन, र उनीहरूले सोचेका कुराहरू अरूलाई नबताउन सक्छन्। अनि उनीहरू आफूले गर्ने सबै कुरामा कसैसँग पनि कहिल्यै परामर्श लिँदैनन्, बरु त्यसको साटो बन्द अवस्थामा रहन्छन्, यस्तो लाग्छ, उनीहरू हरेक मोडमा अरूसित सतर्क रहन्छन्। उनीहरूले सकेसम्म आफूलाई बलियोसँगले लुकाउँछन्। के यो धूर्त व्यक्ति होइन र? उदाहरणका लागि, उनीहरूसित एउटा विचार हुन्छ जुन उत्तम छ भनी उनीहरू सोच्छन्, र यस्तो विचार गर्छन्, ‘म अहिलेलाई यो आफैसँग राख्छु। यदि मैले यो विचार बताएँ भने, तिमीहरूले यसलाई प्रयोग गर्न सक्‍नेछौ र मेरो गर्जन चोर्न सक्‍नेछौ। म यसलाई रोकेर राख्छु।’ अथवा यदि त्यहाँ उनीहरूले पूर्ण रूपमा नबुझेको कुनै कुरा छ भने उनीहरू यस्तो सोच्छन्: ‘म अब बोल्दिनँ। यदि म बोलेँ भने, र कसैले मेरोभन्दा पनि अझ उच्‍च कुरा भन्यो भने के हुन्छ, के म एक मूर्खजस्तो देखिन्‍नँ र? सबै जनाले मेरो रूप छर्लङ्गै देख्‍नेछन्, यसमा मेरो कमजोरी देख्‍नेछन्। मैले केही भन्‍नु हुँदैन।’ त्यसरी, दृष्टिकोण वा तर्कलाई विचार नगरी, अन्तर्निहित आशयलाई विचार नगरी, उनीहरू सबै आफ्नो वास्तविकता छर्लङ्गै देखिनेछ भनी डराउँछन्। उनीहरूले सधैं यस प्रकारको दृष्टिकोण र मनोवृत्ति लिएर आफ्नो कर्तव्य निर्वाह गर्छन् र मानिसहरू, चिजबिजहरू र घटनाहरूप्रति व्यवहार गर्छन्। यो कस्तो प्रकारको स्वभाव हो त? यो त एक बेइमान, छली र दुष्ट स्वभाव हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यता अभ्यास गरेर मात्र व्यक्तिले सामान्य मानवता धारण गर्न सक्छ”)। यसलाई पढेपछि मेरो मन भारी भयो। परमेश्‍वरका वचनहरूले मेरो साँचो अवस्थालाई पूर्ण रूपमा खुलासा गरिदियो, अनि “एक बेइमान, छली र दुष्ट स्वभाव” जस्ता शब्दहरू मेरो लागि साँच्‍चै मर्मभेदी थिए र मलाई असहज महसुस गराउने शब्‍दहरू थिए। प्रत्यक्ष अथवा अनौपचारिक ढङ्गले आफ्‍ना धारणा व्यक्त नगर्दा म संवेदनशील भइरहेकी छु भन्‍ने मलाई लागे पनि, वास्तवमा म कसरी युक्तिहरूले भरिएकी थिएँ त्यसको बारेमा मैले विचार गरेँ। हामीले सामना गरेका विषयहरूका सम्‍बन्धमा मेरो आफ्नै दृष्टिकोणहरू र विचारहरू थिए, तर त्यसमा म पूर्णरूपमा निश्‍चित हुन नसकेकीले, कतै आफूले बताएका कुराहरूलाई इन्कार गरिनेछ कि, अनि अरूको नजरमा म लज्जित र तुच्छ हुन्छु कि भनेर म डराएकी थिएँ। त्यसैले, पहिले अरूले के विचार गरेका छन् भनी थाहा पाउन मैले आफ्‍नो विचार रोकेर राख्थेँ, अरूले भनेका कुराहरूबाट आफ्‍नो कुरालाई अघि बढाउँथेँ। के त्यो चिप्लो र धूर्त चाल थिएन र? त्यस्तो कुरा समाजमा गुप्‍त योजना बनाइरहने छली र धूर्त मानिसहरूमा मात्र लागू हुन्छ होला भनी मैले सोचेकी थिएँ। म आफ्नो क्रियाकलापहरूमा कुनै किसिमको अनुचित मनसाय नराख्‍ने निष्कपट व्यक्ति हुँ भन्‍ने बारेमा संसारमा भएका मेरा सबै मित्रहरू र सहकर्मीहरू सहमत हुन्थे। हावा कुन दिशातिर बहेको छ भनेर हेरिरहने बाम माछाजस्ता चिप्ला मानिसहरूलाई म सधैँ घृणा गर्दथेँ। म त्यस्तै किसिमको छु होला भनेर मैले कहिल्यै पनि सोचेकी थिइनँ। तर मैले सरासर त्यस्तो झूट नबोले तापनि र ती मानिसहरूले गरेजस्तो कुराहरू नगरे तापनि, म अझै पनि धूर्त प्रकृतिद्वारा प्रभावित थिएँ भन्‍ने मैले देखेँ। मैले बोल्‍ने र गर्ने हरेक कुरामा अरूले के सोच्लान् भन्‍ने विषयमा म होसियार हुन्थेँ, र मानिसहरूले मलाई अयोग्य ठान्छन् र मेरो वास्तविकतालाई स्पष्ट रूपमा देख्छन् भन्‍ने डरले म अरूले जे भन्यो त्यही मान्थेँ। आफ्नो प्रतिष्ठा जोगाउनको निम्ति भेष बदलेर म हरेक कुरामा कपटी र छली बनिरहेकी थिएँ। आफ्नो काममा कठिनाइहरूको सामना गर्नुपर्दा, मैले कहिल्यै पनि खुलस्त रूपमा आफ्नो विचार व्यक्त नगर्ने मात्र होइन, तर परमेश्‍वरको घरको हित हुने विचारलाई व्यक्त नगरी आफ्ना धारणाहरू लुकाएर म धूर्त र छली बनिरहेकी थिएँ। मैले अन्तमा आफू साँच्‍चिकै चिप्‍ले र धूर्त व्यक्ति हुँ भन्‍ने महसुस गरेँ। धेरै नबोल्नु मेरो व्यक्तित्वको भाग मात्र हो भन्‍ने मलाई सधैँ लाग्थ्यो—वास्तवमा त्यसको पछाडि रहेर काम गर्ने शैतानी स्वभावलाई मैले विश्‍लेषण गरेकी थिइनँ। त्यसपछि मात्र मैले आफैलाई कति कम मात्रामा जानेकी रहेछु भन्‍ने थाहा पाएँ।

मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ जसले मलाई विभिन्‍न कुराहरूबारे साँच्चै स्पष्ट हुन सहायता गरे। परमेश्‍वर भन्नुहुन्छ: “शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन प्रकृति बनेका छन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ भन्‍ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। जीवन जिउने दर्शनहरूका पनि अन्य शब्दहरू छन् जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको उत्कृष्ट परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षित तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमा विहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्‍वरले नाश गर्नुहुनेछ किनकि तिनीहरूले शैतानको सेवा र परमेश्‍वरको प्रतिरोध गर्छन्। … मानिसहरूका जीवन, तिनीहरूका आचरण र व्यवहारमा अझै थुप्रै शैतानी विषहरू छन्; तिनीहरूमा सत्यता लगभग हुँदैन। उदाहरणको लागि, तिनीहरूको जीवन जिउने दर्शनहरू, तिनीहरूका काम गर्ने शैलीहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र ती सबै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा बगिरहेका सबै कुराहरू शैतानबाट आएका कुराहरू हुन्। … मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिक्रियावादी छ अनि शैतानका दर्शनहरूले भरिपूर्ण छ र ती दर्शनहरूमा डुबेको छ भन्‍ने देख्‍न सकिन्छ—यो यसको पूर्णतामा यस्तो प्रकृति हो जसले परमेश्‍वरलाई विश्‍वासघात गर्छ। यही कारणले गर्दा मानिसहरूले परमेश्‍वरको विरोध गर्छन् र परमेश्‍वरको विरुद्धमा उभिन्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसको प्रकृति कसरी जान्ने”)। परमेश्‍वरका वचनहरूले मेरो हृदयको गहिराईसम्म पुग्नेगरि बोले। ठीकसित छोए। मैले सधैँ शैतानी दर्शनहरू कायम गरिरहेको अँगालिरहेको थिएँ भन्‍ने मैले देखेँ: “कान खोल अनि मुख बन्द गर” र “मौनता एक गहना हो, धेरै बोले हुन्छ गल्ती नानाभाँती।” अरूसँग “मेघाफोन” होइन तर “रिसिभर” बनेर, मैले मेरा कमजोरीहरूलाई देखाउनु वा मूर्ख देखिनु पर्दैनथियो। आफूले भन्‍न चाहेको कुरालाई दबाएर मेरा धेरै गलत विचारहरू कहिल्यै पनि प्रकट भएनन्, त्यसकारण अवश्य नै कसैले पनि मेरा गल्तीहरू औंल्याउने वा मसँग असहमति जनाउन सक्दैनथियो। त्यसरी मैले मेरो इज्‍जत बचाउन सक्थेँ र त्यसले मलाई “मौनता एक गहना हो” र “कान खोल अनि मुख बन्द गर” भन्‍ने जस्ता विचारहरूलाई पछ्याउनु नै यो संसारमा बाँच्‍ने सबैभन्दा बुद्धिमानी तरिका हो भन्‍ने कुरामा थप विश्‍वस्त तुल्यायो। सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरिसकेपछि पनि मैले दाजुभाइ-दिदीबहिनीहरूसँगको मेरो अन्तरक्रियाहरूलाई यिनै कुराहरूद्वारा निरन्तर नियन्त्रित हुन नदिन सक्दै सकिनँ। धेरै बोलिनँ वा मुख बन्द राखेँ भने कसैले पनि मेरा व्यक्तिगत असफलता र कमजोरीहरूलाई पत्ता लगाउनेछैन् र म आफ्नो छवी जोगाउन सक्छु भन्‍ने मलाई लाग्यो। म यी शैतानी दर्शनहरू अनुसार जिएएँ र जब-जब म आफ्नो दृष्टिकोण साझा गर्न चाहन्थेँ, मैले सधैँ आफ्नो घाटा वा नाफा हिसाब गरिरहेको हुन्थेँ र अरूले के सोच्‍नेछन् भनेर सोचिरहेको हुन्थेँ। यदि मलाई आफू लाजमा पर्नेजस्तो लागेमा केही नभनी वा केही नगरी चुपचाप सुरक्षित बाटो अपनाउथेँ। यी शैतानी विषहरूले मलाई झन्-झन् चतुर र धूर्त बनायो अनि अरू विरुद्धझन अधिक अडकल गर्ने र रक्षात्मक हुने तुल्यायो। म कुराकानी गर्न र मनको कुरा खोल्‍न अघि सर्दिन थिएँ र अरूसँगको मेरो काम अत्यन्तै निराशलाग्दो र एकोहोरो किसिमका हुन्थ्यो। त्यसरी मैले मेरो कर्तव्यमा कहिल्यै पनि राम्रो काम गर्न सक्दिन थिएँ।

यो कुरापहिचान गरेर, म प्रार्थनामा परमेश्‍वरसामु आएँ र मेरो भ्रष्ट स्वभावको यो पक्षलाई हटाउन मार्गदर्शन गर्नुहोस् भनी बिन्ती गरेँ। त्यसपछि, मैले दाजुभाइ-दिदीबहिनीहरूसँगको छलफलमा आफ्ना व्यक्तिगत मनसायहरूबाट टाढिन र म जस्तो देखिने भए तापनि त्यसको चिन्ता नगरी आफ्ना विचारहरू व्यक्त गर्न थाल्ने सचेत प्रयास गरेँ। राम्ररी विकास नभएका विचारहरूका हकमा, म ती विचारहरू तर्कवितर्क र संवादको लागि दाजुभाइ-दिदीबहिनीहरूकहाँ प्रस्तुत गर्ने थिएँ; जब हामी हाम्रो कर्तव्यमा कठिनाइहरू सामना गर्थ्यौं, सबैले मिलेर प्रार्थना र खोजी गर्थ्यौं, एक-अर्कासँग कुराकानी गर्थ्यौं। यसरी हामीले अघि बढ्ने मार्ग भेट्टाउन सक्यौं। तर हामी शैतानद्वारा गहिरोसित भ्रष्ट पारिएका हुनाले, मैले धेरै पटक आफ्नो भ्रष्ट स्वभावअनुसार काम नगरी सकिनँ। एक पटक हाम्रो कर्तव्यसम्‍बन्धी समस्याको छलफलमा केही सुपरभाइजरहरू पनि उपस्थित थिए। मैले मनमनै सोचेँ, “दाजुभाइ-दिदीबहिनीहरूसँग विचारहरू बाँड्नु ठीक र राम्रो कुरा हो तर यहाँ मेरो विचार गलत रहेछ र मेरो बुझाइ ठीक रहेनछ भने, सुपरभाइजरहरूले मेरो क्षमताबारे के सोच्‍नेछन्? यदि तिनीहरूले म यो कर्तव्यको लागि योग्य छैन भन्‍ने ठानेर तिनीहरूले मलाई टोलीबाट निकाले भने के गर्ने—अरूले मलाई के सोच्‍नेछन्? मैले फेरि कहिल्यै शिर ठाडो पारेर हिँड्न सक्‍ने थिइनँ।” यस्ता चिन्ताहरूले व्याकुल भएको कारण, छलफलभरि मैले एक शब्‍द पनि बोलिनँ। हामीले छलफल समाप्त गर्न लागेको बेला, एक जना सुपरभाइजरले मलाई किन केही नबोलेको भनेर सोध्यो। मलाई साँच्‍चै अनौठो र दोषी पनि महसुस भयो अनि के भन्‍ने मलाई थाहा थिएन। अन्त्यमा भनेँ, “त्यो मेरो चलाक स्वभावको अर्को प्रदर्शन थियो। धेरै बोलेँ भने, गलत कुरा भन्छु भन्‍ने डरले मैले मुख खोल्‍ने आँट गरिनँ।” तर त्यसपछि पनि, मलाई अझै असहज महसुस भयो। मैले आफूले देखाइरहेको भ्रष्टतालाई स्वीकार गरे तापनि यदि म अर्को पटक त्यस्तै परिस्थितिमा परेँ भने के अझै त्यसै गर्छु? यो कुरालाई मनन गरेर मैले के बुझेँ भने, मसँग केही आत्मज्ञान भए पनि र मैले यो समस्यालाई खुलासा गर्ने परमेश्‍वरका वचनहरू विरुद्ध जान आफूलाई रोके पनि, चुनौतीको सामना गर्दा म अझै पनि यो भ्रष्ट स्वभावअनुसार जीवन नबिताइ सक्दै सक्दिनँ। मैले साँचो रूपमा पश्‍चात्ताप र परिवर्तन गरेकी थिइनँ। मैले परमेश्‍वरसामु प्रार्थना गरेँ र आफूलाई साँचो रूपमा जान्‍न मार्गदर्शन गर्नुहोस् भनी बिन्ती गरेँ।

पछि मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “ख्रीष्टविरोधीहरू के विश्‍वास गर्छन् भने, यदि तिनीहरू कुरा गर्न र आफ्ना हृदय अरूलाई खोल्‍ने कुरामा सधैँ सौखिन भए भने, सबैले तिनीहरूको भित्री रूप देख्‍नेछन् र तिनीहरूमा गहनता नभएको र तिनीहरू सामान्य मानिसहरू भएको देख्‍नेछन् र तिनीहरूलाई अबदेखि सम्मान गर्नेछैनन्। अरूले तिनीहरूलाई विश्‍वास गर्दैनन् भन्‍नुको अर्थ के हो? यसको अर्थ यो हो कि तिनीहरूले अबदेखि अरूको हृदयमा उच्‍च स्थान पाउँदैनन् र तिनीहरू धेरै सामान्य, धेरै सरल र धेरै साधारण लाग्छन्। ख्रीष्टविरोधीहरू यही कुरा देख्‍न चाहँदैनन्। यसैले, जब तिनीहरूले समूहमा सधैँ आफूलाई उदाङ्‍गो पार्ने र आफू परमेश्‍वरप्रति नकारात्मक र विद्रोही भएको कुरा गर्ने, आफूबाट हिजो जुन कुरामा गल्ती भयो सो कुरा गर्ने, र आज तिनीहरू इमानदार व्यक्ति नभएको कारण कष्ट भोगिरहेको कुरा गर्ने अर्को व्यक्तिलाई देख्छन्, ख्रीष्टविरोधीहरूले यस्ता कुराहरू कहिले पनि भन्दैनन्, तर ती कुराहरूलाई आफूभित्रै लुकाइराख्छन्। थोरै बोल्‍ने केही मानिसहरू छन् जो कमजोर क्षमता र साधारण दिमाग भएका र धेरै सोचहरू नभएका छन्, यसैले तिनीहरूले बोल्‍ने शब्दहरू पनि थोरै हुन्छन्। ख्रीष्टविरोधीहरूजस्ता मानिसहरू पनि थोरै बोल्छन्, तर उस्तै स्थिति भने होइन—यो तिनीहरूको स्वभावमा भएको समस्या हो। तिनीहरूले अरूलाई देख्दा थोरै बोल्छन् र जब अरूले कुनै विषयमा कुरा गर्छन्, तिनीहरूले हल्कासित कुनै राय दिँदैनन्। तिनीहरूले किन आफ्ना रायहरू दिँदैनन् त? सर्वप्रथम, निश्‍चय नै तिनीहरूसँग सत्यता हुँदैन र कुनै पनि विषयको केन्द्रलाई देख्‍न सक्दैनन्; तिनीहरूले बोल्‍नेबित्तिकै गल्ती गर्छन् र अरूले तिनीहरूलाई जस्ताको तस्तै देख्‍नेछन्। यसैले, उनीहरूले मौनता र गहनताको भेष धारण गर्छन्, जसले गर्दा अरूले तिनीहरूलाई सही तरिकाले मापन गर्न सक्दैनन्, र उनीहरूलाई तिनीहरू बुद्धिमान् र असाधरण छन् भन्‍ने लाग्छ। यस प्रकारले कसैले पनि तिनीहरूलाई महत्त्वहीन सोच्‍नेछैन; तिनीहरूको शान्त र धैर्यपूर्ण आचरण देखेर, मानिसहरूले तिनीहरूको बारेमा धेरै सोच्छन् र तिनीहरूलाई कम सोच्‍ने हिम्मत गर्नेछैनन्। यो ख्रीष्टविरोधीहरूको धूर्तता र दुष्टता हो; तिनीहरूले राय राख्‍ने तत्परता नदेखाउनु तिनीहरूको स्वभावको महत्त्वपूर्ण भाग हो। तिनीहरूसँग राय नभएको कारण तिनीहरूले आफ्नो राय नराखेको होइन—तिनीहरूसँग केही भ्रामक र विकृत राय हुन्छन्, यस्ता राय जसको सत्यतासँग कुनै तालमेल हुँदैन, केही राय त मस्तिष्कबाट बाहिर पनि सक्दैनन्, तिनीहरूसँग जुनसुकै किसिमका राय भए तापनि, तिनीहरूले तिनलाई सहज रूपले प्रदान गर्दैनन्। अरूले आफ्ना रायको जस लिन्छन् भनेर तिनीहरूले सहज रूपले राय प्रदान नगरेका होइनन्, बरु तिनीहरूले ती राय लुकाउन चाहेको कारणले हो; तिनीहरू जे-जस्ता छन् त्यो दुरुस्तै देखिएलान् भन्‍ने डरको कारण तिनीहरूले आफ्ना राय स्पष्ट रूपमा राख्‍ने हिम्मत गर्दैनन्। … तिनीहरूलाई आफ्नो नाप थाहा हुन्छ, र तिनीहरूसँग सबैभन्दा लाजमर्दो मनसाय हुन्छ: तिनीहरू आफूलाई उच्‍च सम्मान गरिएको चाहन्छन्। के त्यो सबैभन्दा घृणित कुरा होइन र?” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अनौठो र रहस्यमय तरिकाले काम गर्छन्, तिनीहरू स्वेच्‍छाचारी र तानाशाही हुन्छन्, तिनीहरूले अरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन्”)। परमेश्‍वरको हर वचन मेरो मर्ममा लाग्यो। म सधैँ “मौनता एक गहना हो” र “धेरै बोले हुन्छ गल्ती नानाभाँती” जस्ता विचारहरूलाई मान्थें। गलत कुरा भन्‍ने र अरूले हाँसोमा उडाउने र होच्याउने डरले गर्दा म केवल आफ्नो छवि जोगाउन चाहन्थेँ जस्तो देखिन्थ्यो तर समस्याको जड के थियो भने म अरूको नजरमा हैसियत प्राप्त गर्न चाहन्थेँ। म आफूले भनेका सबै कुरा, अरूको प्रशंसा र अनुमोदन पाउन, तिनीहरूबाट “मन्जुरी” पाउन आफले व्यक्त गरेका सबै धारणाहरू चाहन्थेँ। फलतः म कपटी थिएँ र बाहिरी भेस लगाएँ, यसरी सधैँ आफ्नो दिमाग खियाइरहेकी हुन्थें, आफूले भनेका र गरेका सबै कुराप्रति लिप्त हुन्थें ताकि म विचारशील अन्तरदृष्टि भएको व्यक्तिजस्तो देखिने थिएँ। सुपरभाइजरहरूसँगको छलफलहरूमा म विशेषगरी आफ्नो छवि र हैसियत जोगाउन लिप्त भएँ, त्यसकारण यदि आफूले भनेको कुरा सही भयो भने त समस्या हुनेछैन तर सही भएन भने, यसले ममा बुझाइको कमी भएको प्रकट गर्नेछ भन्‍ने सोच्दै आफ्ना धारणाहरू साझा गर्ने आँट गरिनँ। त्यसपछि यदि सुपरभाइजरहरू प्रभावित भएनन् र मैले मेरो कर्तव्य गुमाएँ भने, अरू सबैको बीचमा रहेको मेरो हैसियत पूर्ण रूपमा बरबाद हुनेछ। यस्ता दुष्ट मनसायहरू बोकेर मैले मुख बन्द गरिरहेँ, यसरी मलाई मेरा विचार र धारणाहरू व्यक्त गर्न डर लाग्यो र “मैले यो कुरा बुझेँ कि बुझिन मलाई निश्‍चित छैन” जस्तो सरल वाक्य समेत बोल्‍ने आँट गरिनँ। त्यो घृणित र अत्यन्तै लाजमर्दो कुरा थियो! आफ्नो कर्तव्यमा अरूसँग सहकार्य गर्दा र दाजुभाइ-दिदीबहिनीहरूसँगको मेरो दैनिक अन्तरक्रियाहरूमा म बाहिर शान्त र इमानदार देखिए पनि भित्र धूर्ततापालिराखेकी थिएँ। भोस बद्लेर अनि अरूलाई भ्रममा पारेर मैले मेरो कुरूपतालाई लुकाइरहेकी थिएँ। मैले हाम्रा भेलाहरूमा सत्यताबारे सङ्गति गर्दा र समस्याहरूबारे कुरा गरिरहेको बेला समेत अरूको नजरमा आफ्नो हैसियत र छविलाई जोगाउने आशा गर्दै अझै तालमा ताल मिलाउने प्रयास गरेँ। मैले सत्यता र धार्मिकतालाई भन्दा आफ्नो छवि र प्रतिष्ठालाई प्रेम गरेँ—मैले प्रकट गरिरहेको यो कुरा पूर्ण रूपमा धूर्त र ख्रीष्ट-विरोधी दुष्ट स्वभाव थियो। मेरो मननको यो विन्दुमा, मैले आफ्नो स्थिति कति खतरनाक छ भनेर देखेँ। अनुग्रहको युगमा कसरी परमेश्‍वरले उहाँको इच्‍छा पूरा नगर्ने हरूलाई यसो भन्‍नुभएको थियो मैले त्यसबारे विचार गरेँ: “अनि म तिनीहरूका निम्ती घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२३)। मसँग विश्‍वास त थियो तर मैले परमेश्‍वरका वचनहरू अभ्यास गरिनँ र मैले परमेश्‍वरलाई सन्तुष्ट पार्न व्यवहारिक काम गरिरहेकी थिइनँ; म सङ्गतिमा दाजुभाइ-दिदीबहिनीहरूसँग मनको कुरा खोल्‍न र इमानदार बन्‍न सकिनँ। बरु, अरूले मलाई मान गरून् भनेर आफ्नो छवि जोगाउन र अरूलाई बहकाउन सक्‍ने जति सबै प्रयास गरेर मैले सधैँ मेरो नराम्रो पक्षलाई ढाकछोप गरिरहेकी थिएँ। मैले हैसियतको लागि परमेश्‍वरसँग संघर्ष गरिरहेकी थिएँ र परमेश्‍वरको विरोध गर्ने ख्रीष्ट-विरोधी मार्गमा थिएँ। यदि पश्‍चात्ताप गरिनँ भने, अन्त्यमा मलाई परमेश्‍वरले हटाउनुहुनेछ भन्‍ने मलाई थाहा थियो। यस कुरालाई बुझेपछि मलाई मेरो भ्रष्ट स्वभावप्रति घृणा लाग्यो र त्यस प्रकारको पछ्याइ गरिरहनुकत्ति खतरनाक हुन्छ त्यो पनि बुझ्न लगायो। मैले जतिसक्दो चाँडो परमेश्‍वरअघि आएर पश्‍चात्ताप गर्नु, देह त्याग्‍नु रपरमेश्‍वरका वचनहरू अभ्यास गर्नु पर्नेथियो।

जब मैले दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो स्थितिबारे खुलासा गरेँ, एक जना सिस्टरले मलाई परमेश्‍वरका वचनहरूको यो खण्ड पठाइन्: “जब मानिसहरूले परमेश्‍वरको सामु आफ्नो कर्तव्य वा कुनै काम गर्छन्, उनीहरूका हृदय एउटा पानीको भाँडाजस्तै शुद्ध—आकाशजस्तो छर्लङ्ग हुनुपर्छ—उनीहरूको मनोवृत्ति सही हुनुपर्छ। कस्तो प्रकारको मनोवृत्ति सही हुन्छ त? तैँले जुनसुकै कार्य गरिरहेको भए पनि तैँले आफ्नो हृदयमा भएका कुराहरू, तँसँग भएका जस्तोसुकै विचारहरू अरूलाई भन्‍न सक्छस्। यदि उनीहरूले तेरो विचारले काम गर्दैन भन्छन् र एउटा भिन्‍नै सुझाउ राख्छन् भने तैंले त्यो सुन् र यसो भन्, ‘राम्रो विचार, हामी यसै गरौं न त। मेरो विचार राम्रो थिएन, अन्तर्दृष्टिको कमी, अविकसित थियो।’ तेरा कुराहरू र कामहरूबाट तेरो आचरणमा ऐनाझैँ स्पष्ट सिद्धान्तहरू छन्, तेरो हृदयमा कुनै अँध्यारो छैन, तँ इमानदार मनोवृत्तिमा भरपर्दै काम गर्छस् र बोल्छस् भनी सबैले देख्‍नेछन्। तैँले कालोलाई कालो भन्छस्। होलाई हो र होइनलाई होइन भन्छस्। तँमा कुनै छलहरू, कुनै गोप्यता हुँदैन, तँ एक अति नै पारदर्शी व्यक्ति हुन्छस्। के यो एक प्रकारको मनोवृत्ति होइन र? यो मानिसहरू, घटनाहरू र चिजबिजहरूप्रति हुने मनोवृत्ति हो, जसले त्यस व्यक्तिको स्वभावको प्रतिनिधित्व गर्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यता अभ्यास गरेर मात्र व्यक्तिले सामान्य मानवता धारण गर्न सक्छ”)। मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पनि पढेँ: “परमेश्‍वरले मानिसहरूलाई धोकेबाज होइन, तर इमानदार बन्‍न, इमान्दारीपूर्वक बोल्‍न र इमानदारी कुराहरू गर्न भन्‍नुहुन्छ। परमेश्‍वरले यसो भन्‍नुको महत्त्व भनेको मानिसहरूलाई साँचो मानव स्वरूप प्राप्त गर्न लगाउनु हो, ताकि तिनीहरूमा शैतानको स्वरूप नहोस्, जो सत्यताको विषयलाई टालटुल गर्दै, ढाकछोप गर्दै, भूँइमा घस्रिने सर्पले जस्तो बोल्छ। अर्थात्, मानिसहरूले वचन वा कार्य दुवैमा त्यस्तो जीवन जिउन सकून् भनेर यसो भनिएको, जुन जीवन गौरवशाली र सोझो छ, जुन अन्धकारको पक्ष विनाको, लाजमर्दो कुनै कुरा विनाको छ, सफा हृदय भएको, बाहिर जे छ भित्र पनि त्यही भएको जीवन हो; तिनीहरूले आफ्‍नो हृदयमा जे विचार गर्छन् त्यही भन्छन् र तिनीहरूले कसैलाई पनि छल गर्दैनन् वा परमेश्‍वरलाई छल गर्दैनन्, कुनै कुरा पनि लुकाएर राख्दैनन्, र तिनीहरूको हृदय शुद्ध भूमिको टुक्राजस्तै हुन्छ। परमेश्‍वरले मानिसहरूलाई इमानदार मानिसहरू बन्‍न लगाउनुको उद्देश्य यही हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरको व्यवस्थापन योजनाको सबैभन्दा ठूलो हितग्राही मानिस नै हो”)। मैले यी खण्डहरूमा के देखेँ भने, परमेश्‍वरले इमानदार मानिसहरू मन पराउनुहुन्छ। इमानदार व्यक्ति सरल र सोझो हुन्छ, परमेश्‍वरप्रति कुनै छली वा धूर्त हुँदैन र अरूप्रति निष्कपट हुन्छ। तिनीहरू मनको कुरा बाङ्गो-टिङ्गो नबनाइ बोल्छन्, त्यसैले परमेश्‍वर र मानिस दुवैले तिनीहरूको साँचो हृदय देख्‍न सक्‍नुहुन्छ। व्यक्तिले आफूलाई यसरी नै प्रस्तुत गर्नुपर्छ—सीधा र इमानदार। इमानदार व्यक्तिले सत्यता र सकारात्मक कुरालाई प्रेम गर्छ, त्यसकारण तिनीहरूले अझै सहज रूपमा सत्यता प्राप्त गर्छन् र परमेश्‍वरद्वारा सिद्ध तुल्याइन सक्छन्। अर्कोतर्फ, मैले चाहिँ अरूसँगको अन्तरक्रिया र सहकार्यमा हृदयबाट एउटै पनि शब्‍द बोल्‍न सकिनँ। मेरो बोली र काममा पारदर्शिता थिएन—म बेइमान र धूर्त थिएँ र मैले कुनै पनि हालतमा सत्यतालाई बुझ्‍न र प्राप्त गर्ने थिइनँ। वास्तवमा, परमेश्‍वरले मेरो भित्री र बाहिरी क्षमताका साथै सत्यताको बुझाइ कति गहिरो छ त्यो जान्‍नुहुन्छ। मैले भेस बद्लेर अरूलाई मूर्ख बनाउन त सकूँला तर परमेश्‍वरलाई यसरी कहिल्यै मूर्ख बनाउन सक्‍नेछैन। मैले सधैँ खेल खेलिरहेकी र बेइमान बनिरहेकी कुरा कति दुष्ट र घिनलाग्दो हो भनेर परमेश्‍वर देख्‍न सक्‍नुहुन्थ्यो, त्यसकारण उहाँले मलाई मार्गदर्शन गर्न कुनै पनि हालतमा काम गर्नुहुनेथिएन। तथापि, परमेश्‍वरले तोक्‍नुभएजस्तै सत्यता अभ्यास गरेर अनि इमानदार व्यक्ति बन्नु र आफ्नो दृष्टिकोण गलत भए पनि नभए पनि अरूसँग खुलेर कुरा गर्नु, मेरो लागि थकित पार्ने कुरा हुनेछैन र यसले परमेश्‍वरलाई पनि आनन्दित तुल्याउँछ। यसको साथै, मैले मुख खोलेर मात्रै आफूले कहाँ गल्ती गरेँ भनेर सिक्‍न सक्छु; त्यसपछि अरू मानिसहरूले मेरो गल्ती देखाइदिन र मलाई सहायता गर्न सक्छन्, जुन मैले प्रगति गर्ने एक मात्र तरिका हो। मैले थोरै इज्‍जत गुमाउनु परे पनि सत्यता बुझ्न र जीवनमा उन्नति गर्न मेरो लागि यो अत्यन्तै लाभदायी हुन्छ।पहिले त, कसरी व्यवहार गर्ने मलाई साँच्‍चै थाहा थिएन। तर कसरी बोल्‍ने र व्यवहार गर्ने सो सिकाउन परमेश्‍वरले हामीलाई हात पक्रेर डोर्‍याउनुभएपछि, हामी मानव रूपमा जिउन सक्यौं। मैले परमेश्‍वरका साँचो अभिप्रायहरूलाई बुझेँ र अत्यन्तै प्रोत्साहित भएँ अनि अभ्यासको मार्ग पनि प्राप्त गरेँ।

त्यसपछि, आफ्नो कर्तव्यमा दाजुभाइ-दिदीबहिनीहरूसँग काम गर्दा वा सुपरभाइजरहरूसँग कुराकानी गर्दा, मैले मनको कुरा खोल्‍न थालेँ र कुरा लुकाउन अनि आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन छोडेँ। मैले आफूले जे सोचेको हो त्यही साझा गर्न अनि दाजुभाइ-दिदीबहिनीहरूसँग सीधा कुरा गर्ने प्रयास गर्न थालेँ। मैले दाजुभाइ-दिदीबहिनीहरूलाई मेरा विचारहरू राम्ररी विचार गरिएका छैनन्, मेरो बुझाइ सतही छ वा मेरो सोचाइ सरल छ र ममा जुन कुराको कमी छ त्यसलाई सुधार गर्न उनीहरूलाई स्वागत छ भनी खुलस्त रूपमा भन्‍न सकेँ। यसो गर्ने अभ्यास गर्दा मलाई साँच्चै स्वतन्त्र महसुस भयो। त्योभन्दा पनि, कुनै गलत कुरा भन्‍नु अपमान जनक हुँदैनथियो; वास्तवमा, मैले निरन्तर आफ्‍नो वास्तविकता ढाकिरहेकी र अरूले मलाई सम्‍मान गरून् भनेर झूटो रूप धारण गरिरहेकी हुन्थें, जुन ढोङ्गी र लाजमर्दो कुरा थियो। चाँडै नै, मैले टोलीमा सबैभन्दा लामो समयदेखि काम गर्दै आएकी सिस्टरसँग काम गर्न थालेँ। हाम्रो काम र सत्यताको सङ्गतिमा उनले निकै राम्रो काम गर्थिन्, त्यसकारण मैले मेरा कमजोरीहरू प्रकट नगरूँ र म अलिक समझदार देखिऊँ भनेर उनीसँगको काममा मलाई आफ्ना मेदृष्टिकोणहरू व्यक्त गर्न मन लागेन। जब त्यो विचार देखा पर्‍यो, मैले फेरि पनि आफूलाई ढाकछोप गर्न चाहिरहेकी छु भन्‍ने थाहा पाएँ, त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र आफूलाई त्यागेँ। त्यस सिस्टरसँग मेरो काम सम्‍बन्धी त्यसपछिको छलफलमा, मैले उप्रान्त आफ्‍नो कुरा लुकाउन छोडेँ र आफ्नो दृष्टिकोण स्वेच्छाले व्यक्त गरेँ। यी आपसी छलफलहरूले मलाई आफ्नो दृष्टिकोण साँच्‍चै मान्य छ कि छैन र यसको कमजोरी कहाँ छ भनेर बुझ्न सहायता गरे। उनले मेरा कमजोरीहरू देख्न सकिन् र सोही अनुरूप सुझावहरू दिन सकिन्। यस प्रकारको सहकार्यले गर्दा मैले आफ्नो काममा र सिद्धान्तहरू बुझ्‍ने क्षेत्रमा प्रगति गर्न सकेँ। मेरो अनुभव के थियो भने, स्वेच्‍छाले अरूसँग कुराकानी र छलफल गरेर, इमानदार व्यक्ति बनेर अनि परमेश्‍वरसामु प्रत्यक्ष रूपमा आफ्नो कर्तव्य पूरा गरेर, मेरो हृदयको अन्धकार अलिक हराएर गयो र मलाई निकै सहज महसुस भयो। मैले आफ्नो कर्तव्यमा निकै राम्रो पनि गर्न थालेँ। म परमेश्‍वरको मार्गदर्शनको लागि उहाँलाई हार्दिक धन्यवाद दिन्छु!

अघिल्लो: झुटहरूपश्चात्

अर्को: कमजोर क्षमता बहाना होइन

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

हैसियतबाट स्वतन्त्रता पाउने

डोङ्ग एन, फ्रान्सवर्ष २०१९ मा म मण्डली अगुवा बनेँ। म आफ्नै तरिकाले कामकुराहरू गर्थेँ, म आफ्नो कर्तव्यमा गैरजिम्मेवार थिएँ, र मैले सही...

मेरो गलत बुझाइ र स्व-आरक्षितपनद्वारा क्षति पुर्‍याइएको

सुक्षिङ, चीनकेही समय अघि, हाम्रो मण्डलीको अगुवाले आफ्नो पद गुमाइन् किनकि उनले सत्यलाई खोजी गरिरहेकी वा व्यावहारिक काम गरिरहेकी थिइनन् र अरू...

बिमारी मार्फत फसल काटियो

झाङ्ग ली, चीनवर्ष २००७ मेरो जीवनको ठूलो मोड थियो। त्यो वर्ष मेरा श्रीमान् कार दुर्घटनामा परेर थला पर्नुभयो। हाम्रा दुई बच्चाहरू अझै सानै...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्