३३. मानिसले जीवनमा के कुरा पछ्याउनुपर्छ?

वाङ्ग यिन, चीन

म सन् १९७० को दशकमा एउटा साधारण ग्रामीण परिवारमा जन्मेकी थिएँ। मेरा धेरै दाजुभाइ-दिदीबहिनी छन्, र हामी गरिबीमा बाँच्यौँ। यसको विपरीत, हाम्रो गाउँमा कतिपय यस्ता परिवारहरू थिए जो जिल्ला सदरमुकाममा काम गर्थे। उनीहरूको तलब थियो, राम्रो खान्थे, र सम्मानजनक लुगा लगाउँथे। गाउँका मानिसहरू पनि उनीहरूप्रति अत्यन्तै विनम्र र श्रद्धालु थिए। यो सबै देखेपछि, म सोच्न थालेँ, “पैसा हुनु नै राम्रो रहेछ। जीवन सम्पन्न हुन्छ र मानिसहरूले सम्मान गर्छन्।” मेरी आमा प्राय: मलाई भन्नुहुन्थ्यो, “हाम्रा कोही धनी आफन्तहरू छैनन्, र जागिर पाउने कुनै उपाय पनि छैनन्। तैँले कडा अध्ययन गर्नुपर्छ, भविष्यमा कलेजमा भर्ना भएर जागिर खानुपर्छ। तँ सफल भएपछि, मलाई सन्तोष हुनेछ।” त्यसैले, मैले कलेजमा भर्ना हुनुलाई आफ्नो भाग्य बदल्ने एकमात्र आशा मानेँ। तर, कलेजको प्रवेश परीक्षा नजिकिँदै गर्दा, एउटा अप्रत्याशित घटना घट्यो। मेरी आमालाई खाद्यनलीको क्यान्सर भयो र शल्यक्रियाको लागि अस्पतालमा भर्ना गर्नुपर्‍यो, र यसका लागि धेरै पैसा चाहिन्थ्यो। मेरो परिवारसँग मलाई स्कुल पठाउने पैसा वास्तवमै थिएन। त्यो क्षण, मलाई आकाशै खसिरहे जस्तो भयो। त्यसपछिका दिनहरूमा, म उपचार र केमोथेरापीको लागि आमासँगै अस्पताल गएँ, तर उहाँ बित्नुभयो। मेरो कलेज जाने सपना चकनाचुर भएको थियो र कसैले मेरो मुखैअगाडि यसो भनेर उपहास गऱ्याे, “तिमी अ ड्रिम अफ द रेड म्यान्सन्स की छिङवेन बन्ने पक्का छ। तिम्रा आकाङ्क्षा आकाशभन्दा अग्ला, तर भाग्य कागजभन्दा पातलो रहेछ। आफ्नो भाग्य स्वीकार गर!” यो उपहासको सामना गर्दा, मैले संसारको रीति कति अस्थिर र स्वार्थी रहेछ भन्ने महसुस गरेँ। यदि तपाईंसँग पैसा छैन भने, सबैले तपाईंलाई हेप्छन्। त्यतिबेला मैले मनमनै आफ्नो मर्यादाको लागि लड्ने आँट गर्नैपर्छ भन्ने प्रण गरेँ। मैले जसरी पनि पैसा कमाउने बाटो खोज्नैपर्छ ताकि एक दिन, मेरो उपहास गर्ने ती मानिसहरूले मलाई फरक नजरले हेरून्!

मेरो विवाह भएपछि, मैले चिकित्सा पेशा एउटा राम्रो विकल्प हो भन्ने देखेँ, किनभने यसमा राम्रो पैसा कमाउन सकिन्छ र मानिसहरूले सम्मान पनि गर्छन्। त्यसैले, मैले मेरा श्रीमान्लाई आफ्नो पहुँच प्रयोग गरेर मलाई मेडिकल स्कुलमा भर्ना गराइदिन अनुरोध गरेँ। मेरो तीन-वर्षे चिकित्सा तालिम पूरा गरेपछि, मैले आफ्नै क्लिनिक खोलेँ। म अरूप्रति दयालु थिएँ, र बिस्तारै, धेरैभन्दा धेरै मानिसहरू उपचारको लागि मेरो क्लिनिकमा आउन थाले। मैले विभिन्न प्रमाणपत्रहरू लिँदै चिकित्सा अध्ययनलाई निरन्तरता दिएँ। मेरो चिकित्सा सीप पनि सुधारिँदै गयो, र छिट्टै म स्थानीय क्षेत्रमा केही प्रख्यात डाक्टर बनेँ। मैले आफ्नो क्लिनिक चलाएर श्रीमान्ले जागिरमा कमाउनेभन्दा धेरै पैसा कमाएँ, मेरा बिरामीहरू मलाई सम्मान गर्थे, र मेरा आफन्त र साथीभाइहरू मेरो प्रशंसा गर्थे। मेरो साथीकी श्रीमतीले त मेरो मुखैअगाडि प्रशंसा गर्दै भनिन्, “अहिले तिमी कति सुन्दर ढंगले लुगा लगाउँछ्यौ। केही वर्षअघिको तुलनामा, तिमी त पूरै अर्कै मान्छे जस्ती देखिन्छ्यौ!” मैले थाहै नपाई मेरा धेरैभन्दा धेरै साथीहरू बने, र धेरैभन्दा धेरै मानिसहरूले मलाई विभिन्न काममा सहयोग माग्न थाले। मलाई हाँसो उडाउने त्यो व्यक्ति समेत मलाई देख्दा मुस्कुराउँथ्यो र चापलुसी गर्थ्यो। “दुनियाँ पैसाको इसारामा चल्छ,” र “गरिब हुँदा सहरमा कसैले वास्ता गर्दैन, तर धनी हुँदा पहाडमा पनि आफूलाई थाहै नभएका आफन्त भेटिन्छन्” भन्ने कुरा सत्य रहेछ। क्लिनिक खोल्दा मलाई ख्याति र प्राप्ति दुवै मिल्यो, र मेरो अभिमानलाई ठूलो सन्तुष्टि मिल्यो।

वर्षहरू बित्दै जाँदा, मेरा चिकित्सा सीपहरू सुधारिँदै गए, र धेरैभन्दा धेरै मानिसहरू मकहाँ उपचारको लागि आउन थाले। नजिकैको एउटा स्कुलका केही शिक्षकहरूले मलाई उनीहरूको स्कुलमा क्लिनिक खोल्न आमन्त्रणा गरे। अवश्य पनि, मैले पैसा कमाउने यस्तो राम्रो अवसर गुमाइनँ। म एकै पटक दुईवटा क्लिनिक चलाउँदै थिएँ, र झन्-झन् व्यस्त हुँदै गएँ। मेरी भाउजूले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार प्रचार गरिन्, तर मसँग अनुसन्धान गर्ने समय नै थिएन, किनभने म आफ्नो सबै समय र ऊर्जा क्लिनिकहरूमा लगाइरहेकी थिएँ। एक पटक, मैले एउटी दुई वर्षकी सानी बच्चीलाई सुई लगाइदिएपछि काम सिध्याएँ। मैले खाना खाँदै गर्दा, अचानक उसको परिवारबाट फोन आयो, उनीहरूले ती बच्चीको मुखबाट फिँज आइरहेको, शरीर पूरै काँपिरहेको, र केन्द्रीय अस्पतालमा आकस्मिक उपचार भइरहेको बताए। उनीहरूले मलाई जतिसक्दो चाँडो त्यहाँ आउन भने। म यति डराएँ कि मेरो अनुहार फिका भयो र म हतार-हतार अस्पताल गएँ। ड्युटीमा रहेका डाक्टरले भने, “अहिले ठीक छ। सानी बच्चीलाई सायद औषधिले एलर्जी भयो होला।” अर्को पटक, एकजना बिरामीको छालाको एलर्जी परीक्षण गर्दा कुनै प्रतिक्रिया देखिएन। तर, सलाइनमार्फत् औषधी दिने क्रममा, ऊ अचानक काम्न थाल्यो। पूरै ओछ्यान हल्लिरहेको थियो, र मेरो मुटु घाँटीमा आयो। आकस्मिक उपचारपछि मात्र ऊ बिस्तारै निको भयो। यी दुई घटनापछि, मेरा स्नायुहरू हरेक दिन तनावमा हुन्थे, र म दिनभरि कुनै चिकित्सकीय दुर्घटना हुन्छ कि भनेर डराएर बसिरहन्थेँ। क्लिनिक चलाएर केही पैसा कमाउन सके पनि, र अरूको प्रशंसा र सम्मानले मेरो अभिमानलाई सन्तुष्ट पारे तापनि, कुनै व्यस्त दिनपछि, म केवल रिक्तता र अलमल महसुस गर्थेँ। मैले बच्चा बेलादेखि नै प्रभु येशूमा विश्वास गरेकी छु, र क्लिनिक खोल्नुअघि, म प्राय: प्रार्थना गर्थेँ र बाइबल पढ्थेँ। तर अब म दिनभरि कसरी होसियारीपूर्वक चिकित्सा अभ्यास गर्ने र आफ्ना सहकर्मीहरूलाई जित्न आफ्ना चिकित्सा सीपहरू कसरी सुधार गर्ने भन्ने मात्र सोच्थेँ। मैले प्रार्थना गर्न वा बाइबल पढ्न छोडेँ; मेरो हृदय परमेश्‍वरबाट झन्-झन् टाढा हुँदै गयो, र म एक गैरविश्‍वासी जस्तै जिइरहेकी थिएँ। म परिवर्तन हुन चाहन्थेँ, तर म दिनभरि यति व्यस्त हुन्थेँ कि ममा त्यसबाट मुक्त हुने शक्ति नै हुँदैनथ्यो।

मेरो जीवनमा परमेश्‍वरमा विश्वास गर्ने विश्वासीको रूपमा एउटा महत्त्वपूर्ण क्षण सन् २००८ मा आयो। त्यतिबेला म ३६ वर्षकी थिएँ, र मेरो दोस्रो बच्चा गर्भमा थियो। गर्भावस्थाको चौथो महिनामा, मलाई उच्च रक्तचाप भएको पत्ता लाग्यो, र छैठौँ वा सातौँ महिनासम्ममा, मेरो पूरै शरीर सुन्नियो, दाँतहरू हल्लिए, र कुनै बेला मेरो कपाल पनि फुलेर खरानी रङ्गको भयो। मेरो रक्तचाप निरन्तर बढिरहेकोले मलाई अस्पतालमा भर्ना गरियो। एक रात, मेरा धेरै दाँतहरूबाट रगत बग्न थाल्यो, र मेरो पेट पनि दुख्न थाल्यो। ठूलो रक्तस्रावको खतराका सङ्केतहरू देखा परे, र धेरै डाक्टरहरूसँगको आकस्मिक परामर्शपछि डाक्टरले तुरुन्तै शल्यक्रिया गर्ने निर्णय गरे। उनले त शल्यक्रियाको क्रममा मेरो बच्चा र म दुवै नबाँच्न सक्ने सम्भावना छ पनि भने। म शल्यक्रिया गर्ने टेबलमा पल्टिएर, शल्यक्रिया गर्ने उपकरणहरू बजेको आवाज सुन्दै थिएँ, र मेरो दिमागमा अनेक विचारहरू आइरहेका थिए: “म केवल ३६ वर्षकी छु र मैले सधैँ पैसा, ख्याति र प्राप्ति पछ्याएकी छु। यदि मैले ज्यान गुमाएँ भने, संसारको सबै धनको के काम? जतिसुकै पैसाले पनि मेरो ज्यान बचाउन सक्दैन! पैसा, ख्याति, प्राप्ति र प्रशंसा के सबै क्षणिक होइनन् र?” शल्यक्रियाको क्रममा, डाक्टरले अचम्म मान्दै भने, “सालनाल तीन-चौथाइ छुटिसकेको छ, तर धेरै रगत बगेको छैन। तपाईं र तपाईंको बच्चा सुरक्षित हुनुहुन्छ। कस्तो आशिष्!” अस्पतालबाट डिस्चार्ज भएपछि, म धेरै कमजोर थिएँ र घरमै आराम गर्नुपर्‍यो। मेरी भाउजूले फेरि मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामको गवाही दिइन्। उनको सङ्गति सुनेर, मैले परमेश्‍वर आखिरी दिनहरूमा सत्यता व्यक्त गर्न र मानिसहरूलाई मुक्ति दिन देहधारी हुनुभएको छ भन्ने बुझेँ। सत्यता स्वीकार गरेर मात्र मानिसका भ्रष्ट स्वभावहरू पखालिन र रूपान्तरण हुन सक्छन्; तब मात्र उनीहरू महाविपत्तिहरूमा परमेश्‍वरद्वारा सुरक्षित हुन र एउटा सुन्दर गन्तव्य प्राप्त गर्नका लागि बँच्न सक्छन्। मैले आफूले सबै समय र ऊर्जा आफ्नो व्यवसायमा समर्पित गरेका वर्षहरूलाई फर्केर हेरेँ। मैले कहिल्यै परमेश्‍वरका आखिरी दिनहरूको कामको अनुसन्धान गर्न खोजी गरिनँ। यदि मैले साँचो परमेश्‍वरलाई अस्विकार गरेँ भने, म त परमेश्‍वरको प्रतिरोध गरिरहेकी हुनेछु! यो सोचले मलाई अलिकति डर लाग्यो, र त्यसैले मैले साँचो मार्गको अनुसन्धान गर्ने निर्णय गरेँ। त्यसपछिका दिनहरूमा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचनहरू पढेँ, र प्रभु येशू सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्कनुभएको छ भनी निश्चित भएँ। त्यसपछि मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ र मण्डली जीवन जिउन थालेँ।

केही समयपछि, मेरो शरीर निको भयो, र छिट्टै मलाई सिञ्चन गर्ने डिकनको रूपमा चुनियो। म कर्तव्य पूरा गर्न सकूँ भनेर मलाई उचाल्नुभएकोमा म परमेश्‍वरप्रति धेरै कृतज्ञ थिएँ। म धेरै भेलाहरूमा उपस्थित हुने भएकीले प्राय: क्लिनिकमा हुन्नथेँ, र कमभन्दा कम बिरामीहरू आइरहेका थिए। म धेरै चिन्तित भएँ, र सोचेँ, “यस्तै भइरह्यो भने के होला?! यदि मेरा सबै नियमित बिरामीहरू उपचारका लागि अन्तै गए भने, भविष्यमा मैले कसरी पैसा कमाउँला? यस्तै भइरह्यो भने, मैले क्लिनिकहरू बन्द गर्नुपर्ने नहोला र? त्यसो गर्न हुन्न! मैले मण्डली अगुवाहरूसँग कुरा गरेर मलाई कम भेला समूहहरूको जिम्मा लिने बनाउन अनुरोध गर्नुपर्छ।” तर त्यसपछि मैले सोचेँ: म एक सृजित प्राणी हुँ र मैले आफ्नो क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; यो त ममा हुनुपर्ने विवेक र समझ हो। त्यसैले, मैले अगुवाहरूलाई केही पनि भनिनँ। भेलाहरूमा, म अत्यन्तै असहज र बेचैन हुन्थेँ, र म आफूले भेलामा उपस्थित भएर कति पैसा गुमाएँ भनेर गोप्य रूपमा हिसाब गर्थें। मैले परमेश्‍वरका वचनहरूमा मनन गर्न उहाँसामु आफ्नो हृदयलाई पटक्कै शान्त पारिनँ। मलाई मेरो स्थिति ठीक छैन भन्ने थाहा भयो, त्यसैले मैले परमेश्‍वरसँग प्रार्थना गरेँ र उहाँको खोजी गरेँ। एक दिन, मैले परमेश्‍वरका वचनहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तँ परमेश्‍वरद्वारा सिद्ध हुने अवसरहरू खोज्दैनस् अनि यदि सिद्धताको तेरो खोजीमा अरूभन्दा बढी सफल हुनको निम्ति तैँले संघर्ष गर्दैनस् भने, अन्ततः तँ अफसोसले भरिनेछस्। सिद्धता हासिल गर्ने सर्वोत्तम अवसर अहिले नै हो। अत्यन्तै राम्रो समय अहिले नै हो। यदि परमेश्‍वरद्वारा सिद्ध तुल्याइनको लागि तैँले गम्भीरतापूर्वक खोजी गर्दैनस् भने, उहाँको काम पूरा भएपछि धेरै ढिलो भइसकेको हुनेछ—तैँले अवसर गुमाइसकेको हुनेछस्। तेरा आकांक्षाहरू जतिसुकै ठूलो भए तापनि, यदि परमेश्‍वरले उप्रान्त काम गरिरहनुभएको छैन भने, तैँले जतिसुकै प्रयास गरे पनि कहिल्यै सिद्धता हासिल गर्न सक्नेछैनस्। तैँले यो अवसरको फाइदा उठाउनैपर्छ अनि पवित्र आत्माले आफ्नो महान् काम गर्नुहुँदा उहाँसित सहकार्य गर्नैपर्छ। यदि तैँले यो अवसर गुमाइस् भने, तैँले जतिसुकै प्रयासहरू गरे तापनि तँलाई कहिल्यै अर्को अवसर दिइनेछैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर)। “यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटका लागि तिमीहरूलाई दोषी ठहराइनँ भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यतालाई त्याग्‍नेथियौ। तिमीहरूमध्ये अलिक राम्रा व्यक्तिहरूले पैसालाई त्यागेर मन नलागी-नलागी सत्यता छनौट गर्नेथ्यौ, जबकि दोधारेहरूले एउटा हातले पैसा पक्रनेथिए र अर्को हातले सत्यता समात्नेथिए। के तिमीहरूको साँचो रूप त्यसपछि आफै स्पष्ट हुनेथिएनन् र? तिमीहरूले सत्यता र तिमीहरू बफादार भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही शैलीमा छनौट गर्नेथियौ र तिमीहरूको मनोवृत्ति उस्तै रहनेथियो। होइन र? के तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरेका हल्लेका व्यक्तिहरू होइनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचका सबै सङ्घर्षहरूमा—परिवार र परमेश्‍वर, छोराछोरी र परमेश्‍वर, सद्भाव र फाटो, समृद्धि र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र इन्कारिनु र यस्तै अन्य कुराहरूबीचमा—तिमीहरू आफूले गरेका छनौटका बारेमा अवश्य नै अनजान छैनौ! सद्भावपूर्ण परिवार र टुक्रिएको परिवारबीच, तिमीहरूले पहिलोलाई नै छनौट गर्‍यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्‍यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्‍यौ, यहाँसम्म कि किनारामा फर्किने इच्छा समेत राखेनौ; विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; आफ्ना छोराछोरी, श्रीमती, श्रीमान् वा मेरो बीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; र धारणाहरू र सत्यताको बीचमा, तिमीहरूले अझै पनि पहिलोलाई नै छनौट गर्‍यौ। तिमीहरूका हरप्रकारका दुष्ट कार्यहरू सामना गर्दा, मैले तिमीहरूमाथिको विश्वास साँच्चै गुमाएको छु। म त चकित नै परेको छु। तिमीहरूको हृदय अप्रत्याशित रूपमा कोमल हुन निकै असक्षम छ। मैले वर्षौँ खर्चेको रगत-पसिनाले अनपेक्षित रूपमा मलाई तिमीहरूको परित्याग र विवशताभन्दा अरू केही दिएन, तर तिमीहरूका लागि मेरा आशाहरू बित्ने प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो भएको छ। तैपनि तिमीहरू अहिले अँध्यारो र दुष्ट कुराहरू पछ्याइरहेका छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक ख्याल गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न भनियो भने, तिमीहरूको मनोवृत्ति के हुनेथियो?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?)। परमेश्‍वरका वचनहरूबाट, मैले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको जरूरी अभिप्राय देखेँ। अहिले परमेश्‍वरको काम मानिसहरूको परिणाम निर्धारण गर्ने महत्त्वपूर्ण क्षणमा पुगेको छ। बारम्बार भूकम्प, अनिकाल र महामारीहरू लगायतका विभिन्न महाविपत्तिहरूले चारैतिर प्रहार गरिरहेछन्। परमेश्‍वरको काम समाप्त हुन लागेको छ, र परमेश्‍वरलाई पछ्याउनु र उहाँको मुक्ति स्वीकार गर्नु नै हाम्रो मुक्त हुने एकमात्र मौका हो। यदि हामीले यो मौका गुमायौँ भने, हामीले आफ्नो जीवनभर पछुताउनुपर्नेछ। मैले सिञ्चन गर्ने कर्तव्य पूरा गर्ने अवसर पाउनु परमेश्‍वरको अनुग्रह थियो। उहाँको अभिप्राय मलाई आफ्नो कर्तव्य पूरा गरेर धेरै सत्यता प्राप्त गर्न दिनु थियो। तर, म आफूले मैले धेरै भेलाहरूमा भाग लिएँ भने, पैसा कमाउने मौका गुमाउनेछु भनेर डराएँ। भेलाहरूमा, मैले परमेश्‍वरका वचनहरू मनन गर्न आफ्नो हृदयलाई शान्त पार्न सकिनँ, र मैले आफ्ना अगुवाहरूलाई मलाई कम भेला समूहहरूको प्रभारी बनाउन अनुरोध गर्न समेत चाहेँ। म पैसा र कर्तव्यबीच, अझै पनि पैसा, ख्याति र प्राप्ति जस्ता बाहिरी कुराहरूमै टाँसिएँ, तिनलाई छोड्न सकिनँ। जब परमेश्‍वरको काम समाप्त हुन्छ र महाविपत्तिहरू आउँछन्, यदि मैले सत्यता प्राप्त गरेकी छैन भने, म महाविपत्तिहरूमा नाश हुनेछु। त्यसबेला, मैले जति नै रुवाबासी गर्दै दाह्रा किटे पनि, वा जति नै ददुःखपूर्ण पछुतो माने पनि, धेरै ढिलो भइसकेको हुनेछ। परमेश्‍वरका वचनहरूबाट मैले के पनि बुझेँ भने पैसा, ख्याति र प्राप्त पछ्याउँदा शरीरका लागि राम्रो आनन्द र अरूबाट सम्मान र प्रशंसा प्राप्त भए तापनि, यो केवल अस्थायी सन्तुष्टि हो। जब महाविपत्ति आइलाग्छ, पैसाले तपाईंको ज्यान पटक्कै बँचाउन सक्दैन। मैले कसरी आफूले आफ्नो क्लिनिक चलाएर केही पैसा कमाए तापनि, बच्चा जन्माउने क्रममा म अत्यधिक रक्तस्रावका कारण लगभग मरेकी थिएँ भन्नेबारे सोचेँ। यदि परमेश्‍वरको हेरचाह र सुरक्षा नभएको भए, जतिसुकै पैसाले पनि मेरो ज्यान बचाउन सक्ने थिएन। एकजना साथीकी श्रीमती शिक्षिका थिइन्, र उनलाई ३०को दशकै उमेरमा स्तन क्यान्सर भएको पत्ता लाग्यो। महँगो आयातित औषधिले पनि उनको ज्यान बचाउन सकेन, र अन्ततः ३६ वर्षको उमेरमा उनको मृत्यु भयो। साथै, मेरो एकजना सहपाठी हाडजोर्नी अस्पताल चलाउँथ्यो र हाम्रो जिल्लामा निकै प्रख्यात थियो। अचानक, उसलाई कलेजोको क्यान्सर भएको पत्ता लाग्यो र दुर्भाग्यवश छ महिनापछि नै उसको मृत्यु भयो। मलाई प्रभु येशूका वचनहरू याद आए: “किनकि यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?(मत्ती १६:२६)। हालैका वर्षहरूमा महाविपत्तिहरू झन्-झन् गम्भीर हुँदै गएका छन्, संसारभरि बारम्बार भूकम्प, अनिकाल र महामारीहरू आइरहेका छन्। यी महाविपत्तिहरूमा कति धेरै मानिसहरू अचानक मर्छन्। तपाईंसँग जतिसुकै पैसा भए पनि, तपाईं मृत्युसामु सधैँ शक्तिहीन हुनुहुन्छ। पैसाले कसैको ज्यान बचाउन सक्दैन। परमेश्‍वरलाई पछ्याएर, सत्यता पछ्याएर, र सृजित प्राणीको कर्तव्य राम्ररी पूरा गरेर मात्र तपाईं परमेश्‍वरद्वारा मुक्त हुन र बाँच्न सक्नुहुन्छ; तब मात्र तपाईंले राम्रो भाग्य र गन्तव्य पाउन सक्नुहुन्छ। अहिले, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम अझै समाप्त भएको छैन। मैले गम्भीरतापूर्वक सत्यता पछ्याउनुपर्छ र आफ्नो कर्तव्य पूरा गर्ने वर्तमान अवसरको कदर गर्नुपर्छ। त्यसपछि, आफूसँग समय हुँदा म परमेश्‍वरका वचनहरू पहिलेभन्दा धेरै पढ्न थालेँ, र भेलाहरूमा आफ्नो हृदयलाई शान्त पार्न सकेँ।

पछि, स्वास्थ्य विभागले सबै सामुदायिक क्लिनिकहरूलाई गाभेर एकीकृत व्यवस्थापनमा राख्नुपर्ने र सहकारी चिकित्सा प्रतिपूर्ति प्रणाली लागू गर्नुपर्ने कुरा अनिवार्य गर्‍यो; बिरामीहरूले निजी क्लिनिकहरूमा उपचार गराएबापत चिकित्सा खर्च दाबी गर्न नपाउने भए। मेरो समुदाय नजिकै क्लिनिक चलाउने केही डाक्टरहरू हाम्रा क्लिनिकहरू गाभ्नेबारे छलफल गर्न मकहाँ आए। मैले गाभिएपछि क्लिनिकको आकार बढ्नेछ, र मैले पक्कै पनि धेरै पैसा कमाउनेछु भन्ने सोचेँ। क्लिनिकहरू गाभ्ने कुरा मेरो लागि ठूलो परीक्षा थियो। तर, त्यसपछि मैले कसरी म अहिले सिञ्चनको कर्तव्य पूरा गर्दै छु, र लगभग हरेक दिन भेलाहरू हुन्छन् भन्नेबारे सोचेँ। मैले आफ्नै क्लिनिक चलाउँदा, मेरो समय तालिका अपेक्षाकृत लचिलो थियो, तर यदि क्लिनिकहरू गाभिए भने, मेरा साझेदारहरूले पक्कै पनि उनीहरूको आफ्नो फाइदाका लागि मलाई नियमित रूपमा भेलाहरूमा जानबाट रोक्नेथिए, र म भेलाहरूमा उपस्थित हुन र आफ्ना कर्तव्यहरू पूरा गर्न त्यति स्वतन्त्र हुने थिइनँ। मेरो जीवनले निश्चय नै कष्ट भोग्नेथियो। मैले भेलाहरूमा जान र आफ्नो कर्तव्य पूरा गर्न बाधा नपुग्नेगरी पनि क्लिनिकहरू गाभ्न निश्चितै सक्दिनथेँ। तर, यदि मैले मेरा क्लिनिक नगाभ्ने हो भने, मेरो क्लिनिकमा चिकित्सा खर्च भुक्तानी नहुने देखेर मकहाँ झन्-झन् कम बिरामीहरू आउने निश्चित थियो। समय बित्दै जाँदा, मेरो क्लिनिक पक्कै पनि टाट पल्टिने थियो र तब मैले आफ्नो पैसा कमाउने माध्यम पूर्ण रूपमा गुमाउनेथिएँ। यो छनौटको सामना गर्दा, म हिचकिचाएँ र उनीहरूलाई भनेँ, “मलाई यस बारे अझै सोच्न दिनुहोस्।” त्यसपछिका दिनहरूमा, मेरो हृदयमा ठूलो ढुङ्गाले थिचेजस्तो भारी महसुस भयो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “प्रिय सर्वशक्तिमान्‌ परमेश्‍वर, मेरा क्लिनिकले अहिले यो गाभ्ने योजनाको सामना गरिरहेका छन्। म यो विषयमा धेरै दुविधामा छु र मलाई के गर्ने थाहा छैन। तपाईंले मलाई अगुवाइ गर्नुहोस्।”

त्यसपछि, मैले परमेश्‍वरका वचनहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “‘दुनियाँ पैसाको इसारामा चल्छ’; के यो एउटा प्रचलन हो? तिमीहरूले उल्लेख गरेका फेसन र स्वादिष्ट भोजनका प्रचलनहरूको तुलनामा, के यो अझ शक्तिशाली छैन र? ‘दुनियाँ पैसाको इसारामा चल्छ’ भन्‍ने भनाइ शैतानको एउटा दर्शन हो। यो मानिसहरूमाझ, हरेक समाजमा धेरै प्रचलित छ; यो एउटा प्रचलन हो भनेर भन्न सकिन्छ। किनभने यो हरेक व्यक्तिको हृदयमा हालिएको छ, जसले सुरुमा यो भनाइ स्वीकार गरेनन्, तर पछि वास्तविक जीवनको सम्पर्कमा आएपछि, तिनीहरूले यसलाई मौन स्वीकृति दिए, र यी शब्दहरू वास्तवमा साँचो हुन् भनी महसुस गर्न थाले। के यो शैतानले मानिसलाई भ्रष्ट तुल्याउने प्रक्रिया होइन र? सायद मानिसहरूलाई यो भनाइबारे समान स्तरको अनुभवात्मक ज्ञान छैन, तर सबैमा आफू वरपर घटेका घटनाहरू र आफ्नै व्यक्तिगत अनुभवहरूका आधारमा यो भनाइबारे फरक-फरक स्तरको व्याख्या र स्वीकारोक्ति हुन्छन्। त्यसो होइन र? कुनै व्यक्तिसँग यो भनाइबारे जतिसुकै गहन अनुभव भए पनि, यसले उसको हृदयमा कस्तो नकारात्मक असर पारेको छ? त्यो के हो भने, यस संसारका मानिसहरूले—र यसमा तिमीहरूमध्ये प्रत्येक पर्छौ भनेर भन्न सकिन्छ—आफ्नो स्वभावबाट केही कुरा प्रकट गर्छन्। त्यो के हो? त्यो पैसाको आराधना हो। के यो मानिसहरूको हृदयबाट हटाउन सजिलो छ? अहँ, यो सजिलो छैन! यसले शैतानले मानिसलाई साँच्चै गहन रूपमा भ्रष्ट तुल्याएको छ भन्ने देखाउँछ! शैतानले मानिसहरूलाई लोभ्याउन पैसा प्रयोग गर्छ, र ती सबैलाई पैसा र भौतिक कुराहरूको आराधना गर्न भ्रष्ट तुल्याउँछ। अनि मानिसहरूमा पैसाको यो आराधना कसरी प्रकट हुन्छ? के तिमीहरूलाई यो संसारमा पैसाविना बाँच्न सकिँदैन, र पैसाविना एक दिन पनि बिताउन सकिँदैन भन्‍ने लाग्दैन र? मानिसहरूसँग कति पैसा छ भन्‍ने कुराले तिनीहरूको हैसियत कति उच्च छ, र तिनीहरू कति प्रतिष्ठित छन् भन्‍ने कुरा निर्धारण गर्छ। गरिबहरूले आफू शिर ठाडो पारेर गर्वका साथ उभिन सक्छु भन्‍ने महसुस गर्दैनन्, जबकि धनीहरूको उच्च हैसियत हुन्छ, तिनीहरू शिर ठाडो पारेर गर्वका साथ उभिन्छन्, र ठूलो स्वरले बोल्न र अहङ्कारी र बेलगाम तरिकाले जिउन सक्छन्। यो भनाइ र प्रचलनले मानिसहरूलाई के दिन्छ? धेरै मानिस पैसा कमाउनका लागि कुनै पनि त्याग गर्न इच्छुक हुन्छन् भन्ने कुरा साँचो होइन र? के धेरै मानिसले धेरै पैसाको खोजीमा आफ्नो इज्जत र निष्ठा गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाका खातिर आफ्नो कर्तव्य पूरा गर्ने र परमेश्‍वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मौका गुमाउनु भनेको मानिसहरूका लागि सबैभन्दा ठूलो हानि होइन र? केवल यो विधि र यो भनाइ प्रयोग गरेर, शैतानले मानिसलाई यस्तो हदसम्म भ्रष्ट तुल्याउँछ। के शैतानको अभिप्राय दुष्ट छैन र? के यो दुर्भावपूर्ण चाल होइन र?(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५)। परमेश्‍वरका वचनहरूले मलाई के बुझाए भने जब-जब मैले कर्तव्य र पैसाबीच छनौट गर्नुपर्छ, म सधैँ पैसा र फाइदा नै रोज्छु। यसको मूल कारण शैतानी सोच र विचारहरूले पुर्‍याएको हानि थियो। म सानो छँदादेखि नै, “दुनियाँ पैसाको इसारामा चल्छ,” र “गरिब हुँदा सहरमा कसैले वास्ता गर्दैन, तर धनी हुँदा पहाडमा पनि आफूलाई थाहै नभएका आफन्त भेटिन्छन्” भन्ने जस्ता शैतानी सोच र विचारहरू मेरो हृदयमा कुँदिएका थिए। म के विश्वास गर्थेँ भने पैसाले नै अरूको नजरमा तपाईंलाई हैसियत दिन्छ, र पैसा भएपछि मात्र तपाईं शिर ठाडो पारेर हिँड्न, विलासी जीवन बिताउन, र उज्ज्वल तथा आकर्षक जीवन जिउन सक्नुहुन्छ; यदि तपाईंसँग पैसा छैन भने, तपाईं अरूको अगाडि तुच्छ हुनुहुनेछ। म सानी छँदा, मेरो परिवार गरिब भएकोले, मैले कलेज गएर आफ्नो भाग्य बदल्ने अठोट गरेकी थिएँ। तर, कलेज प्रवेश परीक्षाअघि मेरी आमालाई मृत्युको मुखमा पुऱ्याउने रोग लागेको पत्ता लागेपछि मेरो कलेज जाने सपना चकनाचुर भयो। सांसारिक मानिसहरूको उपहासले धनी बन्ने मेरो अठोटलाई झनै बढायो। डाक्टर बन्दा ख्याति र प्राप्ति दुवै कमाउन सकिन्छ भन्ने देखेपछि, म मेडिकल स्कुल गएँ, योग्यता परीक्षाहरू दिएँ र क्लिनिक खोलेँ। केही वर्षपछि, मैले केही सफलता हासिल गरेकी थिएँ, र मानिसहरूको प्रशंसा र तारिफले मेरो अभिमानलाई सन्तुष्ट बनायो। पैसाले जीवन सम्मानित बनाउँछ भन्ने कुरामा म झनै विश्वस्त भएँ। मैले पैसा, ख्याति र प्राप्तिलाई आफ्नो जीवनमा पछ्याइको लक्ष्य बनाएँ। ती वर्षहरूमा, मैले धनको पछ्याइमा आफ्नो सबै समय र ऊर्जा क्लिनिकको व्यवसायमा समर्पित गरेँ। म दिनभरि उच्च तनावमा रहने भएकीले, मलाई उच्च रक्तचाप भयो, र बच्चा जन्माउने क्रममा गर्भावस्थाका कारण हुने उच्च रक्तचापको जटिलता भोग्नुपर्‍यो। परमेश्‍वरको सुरक्षा नभएको भए, म धेरै पहिले नै मरिसकेकी हुन्थेँ। आठ वर्षसम्म, मेरी भाउजूले मलाई पटक-पटक इमानदारीपूर्वक सुसमाचार प्रचार गरिन्, तर म पैसा कमाउन व्यस्त थिएँ। मेरो आत्मालाई बादलले ढाकेजस्तो भएको थियो, र मलाई साँचो मार्गको अनुसन्धान गर्नमा कुनै रुचि थिएन; मैले पटक-पटक परमेश्‍वरको मुक्ति अस्वीकार गरेँ र मैले परमेश्‍वरको मुक्तिको ठूलो अवसर झण्डै झण्डै गुमाएँ। आफूले परमेश्‍वरमा विश्वास गर्न थालेपछि पनि, कामकुराहरूप्रतिको मेरो दृष्टिकोण अझै परिवर्तन भएन। मलाई यदि मैले धेरै कर्तव्य पूरा गरेँ वा धेरै भेलाहरूमा भाग लिएँ भने, पैसा कमाउने मौका गुमाउनेछु भन्ने डर थियो, त्यसैले म धेरै भेला समूहहरूका लागि जिम्मेवार हुन चाहन्नथेँ। भेलाहरूमा, मैले परमेश्‍वरका वचनहरू मनन गर्न आफ्नो हृदयलाई शान्त पार्न सकिनँ, र मेरो जीवन प्रवेशले कष्ट भोग्यो। यो ठ्याक्कै परमेश्‍वरले खुलासा गर्नुभएजस्तै हो: “के धेरै मानिसहरूले पैसाका खातिर आफ्नो कर्तव्य पूरा गर्ने र परमेश्‍वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मौका गुमाउनु भनेको मानिसहरूका लागि सबैभन्दा ठूलो हानि होइन र?” म शैतानका बाँच्ने नियमहरूद्वारा जिएँ, र पैसा, ख्याति र प्राप्ति पछ्याउने गलत बाटो लिएँ। यसले मेरो देहमा कष्ट ल्यायो र, त्योभन्दा बढी, मेरो जीवनमै हानि ल्यायो। “दुनियाँ पैसाको इसारामा चल्छ,” र “पैसा सबथोक त होइन, तर योविना केही गर्न सकिँदैन” जस्ता कुराहरू मानिसहरूलाई भ्रमित पार्ने, भ्रष्ट तुल्याउने, र निल्ने शैतानी भ्रमहरू हुन् भन्ने कुरा तथ्यहरूले प्रमाणित गर्छन्। यदि म शैतानले मानिसहरूलाई हानि पुर्‍याउने तरिकाहरू बुझ्न असमर्थ रहेँ, र पैसा, ख्याति र प्राप्तिको लागि संघर्ष गरिरहेँ भने, अन्ततः, म पक्कै पनि शैतानद्वारा कब्जामा पर्नेछु र मेरो मुक्त हुने मौका बर्बाद हुनेछ। यो कुरा बुझेपछि, मैले क्लिनिकहरू नगाभ्ने निर्णय गरेँ, र जब भाडा तिर्ने बेला हुन्छ, म क्लिनिकहरू बन्द गरेर आफ्नो कर्तव्यमा केन्द्रित हुनेछु। जब मेरा सहकर्मीहरूले मलाई फेरि फोन गरे, मैले म क्लिनिकहरू गाभ्दिनँ भन्ने कुरा स्पष्ट पारेँ। मैले कम पैसा कमाए पनि, म भेला हुन र आफ्नो कर्तव्य पूरा गर्न स्वतन्त्र हुन्थेँ। यसरी अभ्यास गर्दा, मेरो हृदयले धेरै शान्ति र सहजता महसुस गर्‍यो।

छिट्टै भाडा तिर्ने बेला भयो, र म फेरि हिचकिचाउन थालेँ। मैले कसरी चिकित्सा अध्ययनदेखि क्लिनिक खोल्नसम्म मलाई पूरा एक दशक लागेको थियो भन्नेबारे, र आफूले भोगेका सबै कठिनाइहरू र क्लिनिक खोल्नका लागि आफूले गरेका सबै अथक प्रयासहरूबारे सोचेँ। म ती कुराहरू छोड्न एकदमै अनिच्छुक थिएँ। मैले के पनि सोचेँ भने मैले क्लिनिकहरू बन्द गरेमा, मेरो भौतिक जीवन पहिलेभन्दा खराब मात्र हुनेछैन, मैले अरूको प्रशंसा र तारिफ समेत गुमाउनेछु। मेरो हृदयमा ठूलो संघर्ष चल्यो, र मलाई के गर्ने भन्ने थाहा थिएन, त्यसैले मैले घुँडा टेकेर इमानदारीपूर्वक परमेश्‍वरलाई प्रार्थना गरेँ, “प्रिय सर्वशक्तिमान्‌ परमेश्‍वर, मैले एक पटक भनेकी थिएँ भाडा तिर्ने बेला भएपछि म आफ्नो कर्तव्य राम्ररी पूरा गर्न क्लिनिकहरू बन्द गर्नेछु। तर म अझै पनि तिनीहरूलाई पूर्ण रूपमा छोड्न सकिरहेकी छैन। तपाईंले मलाई अन्तर्दृष्टि दिँदै डोऱ्याउनुहोस्, र मलाई आस्था र शक्ति दिनुहोस्।” त्यो दिन म क्लिनिकमा काम गर्न गएँ। बाटोमा, मैले अचानक एउटा निजी अस्पताल अगाडि, छेवैमा मालाहरू राखिएकाे एउटा कालो मुर्दाबाकस देखेँ। मैले मधुरो रूपमा रोएको आवाज सुनेँ, र म छक्क परेँ। त्यहाँ चिकित्सकीय दुर्घटना भएको थियो! सोधपुछ गरेपछि, मैले यो अस्पतालमा बच्चा जन्माउने क्रममा एउटी महिला र उनको बच्चाको मृत्यु भएको थाहा पाएँ। म मेरो क्लिनिकमा कसरी वर्षौँदेखि केही सानातिना दुर्घटनाहरू भएपनि, ती सबै गम्भीर हानिबिना नै बितेर गए भनेर सोच्न बाध्य भएँ। यस्तो भएको मेरो उत्कृष्ट चिकित्सा सीपका कारणले थिएन, न त मैले होसियारीपूर्वक चिकित्सा अभ्यास गरेकोले नै थियो। यो सबै परमेश्‍वरको हेरचाह र सुरक्षाको कारणले थियो! परमेश्‍वरको हेरचाह र सुरक्षाबिना, एउटा चिकित्सकीय दुर्घटना नै मलाई टाट पल्टाउन पर्याप्त हुन्थ्यो। म आफ्नो हृदयमा परमेश्‍वरप्रति धेरै कृतज्ञ थिएँ, र मलाई मैले परमेश्‍वरको प्रेम चुकाउनुपर्छ भन्ने थाहा थियो। मैले कसरी परमेश्‍वरको काम समाप्त हुन लागेको छ, र मेरा ब्रदर-सिस्टरहरू सबै आ-आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्न आफ्नो कर्तव्य पूरा गर्न हतार गरिरहेका छन् भन्नेबारे सोचेँ। तर, म क्लिनिकहरूमा अल्झिएकी थिएँ, र आफ्नो कर्तव्यमा धेरै समय र ऊर्जा समर्पित गर्न सकिरहेकी थिइनँ। परमेश्‍वरमाथिको मेरो उत्साहहीन आस्थाले मेरो कर्तव्यमा मात्र बाधा पुर्‍याइरहेको थिएन, यसले मेरो आफ्नै जीवनलाई समेत हानि पुर्‍याइरहेको थियो। त्यसपछि मैले परमेश्‍वरका वचनहरू पढेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “तँ सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। यदि तैँले परमेश्‍वरको आराधना गर्दैनस् तर आफ्नै फोहोर देहमा जिउँछस् भने, के तँ मानिसको वस्त्र धारण गरेको पशु हुँदैनस् र? तँ मानिस भएकोले तैँले आफूलाई परमेश्‍वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र निर्धक्कसाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। … तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्ग पछ्याउँछन्, जसले सुधार खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्‍वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (२))। परमेश्‍वरका वचनहरू पढेर, मैले बुझेँ एक सृजित प्राणीका रूपमा, यदि मैले आफ्नो जीवनभरि परमेश्‍वरलाई पछ्याउन र एक सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने कुरा रोज्न सकेँ भने, यो नै सबैभन्दा मूल्यवान र अर्थपूर्ण जीवन हो। मैले पत्रुसको बारेमा सोचेँ। जब येशूले उनलाई बोलाउनुभयो, उनले आफ्नो माछा मार्ने जालहरू फाले र आफूले जीविकोपार्जन गर्न प्रयोग गर्ने औजारहरू छोडे। उनले प्रभु येशूलाई पछ्याउन सबै कुरा त्यागे, र अन्ततः उनले सत्यता प्राप्त गरे र परमेश्‍वरद्वारा सिद्ध पारिए। यसको विपरीत, जब मैले आफैलाई हेरेँ, मैले म पैसा, ख्याति र प्राप्ति पछ्याउँदै शैतानी सोच र विचारहरूद्वारा जिएकी रहेछु भन्ने देखेँ। बिस्तारै, परमेश्‍वरले मेरो हृदयमा आफ्नो स्थान गुमाउनुभयो र म पतन भएर एक अविश्‍वासी बनेँ। यो परमेश्‍वरको कृपा थियो जसले मलाई उहाँको घरमा फर्काइल्यायो, र मैले अहिले आफ्नो कर्तव्य पूरा गर्ने अवसरको पूर्ण रूपमा कदर गर्नुपर्छ। मैले परमेश्‍वरले भन्नुभएको कुराबारे सोचेँ: “मानिस पृथ्वीमा आउँछन्, र मसँग जम्काभेट हुनु अनि सत्यताको खोजी र त्यसलाई प्राप्त गर्ने मौका पाउनु पनि दुर्लभ कुरा हो। यस सुन्दर समयलाई तिमीहरू यस जीवनमा पछ्याउनुपर्ने सही मार्गका रूपमा किन कदर गर्दैनौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जवान र वृद्धलाई वचनहरू)। यो सत्य हो। यो मेरो मुक्त हुने एकमात्र मौका थियो। म अझै पनि परमेश्‍वर र सत्यता पछ्याउन गम्भीर भइनँ भने, महाविपत्तिहरू आइपर्दा मैले आफ्नो जीवन गुमाउनेछु। त्यसपछि, मैले संसारको सबै पैसा कमाए पनि, त्यतिबेला त्यसको के मूल्य वा अर्थ रहला र? म आफ्नो कर्तव्य पूरा गर्दागर्दै क्लिनिकहरू चलाउँदै थिएँ, र मसँग परमेश्‍वरका वचनहरू पढ्न र आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न सत्यता खोज्ने धेरै समय थिएन। आफ्नो खाली समयमा मात्र परमेश्‍वरमा विश्वास गर्ने व्यक्तिको रूपमा, मैले कहिले सत्यता बुझ्न सक्छु होला? सत्यता पछ्याएर र सृजित प्राणीको कर्तव्य राम्ररी पूरा गरेर मात्र हामी मुक्त हुन र एउटा सुन्दर गन्तव्य पाउन सक्छौँ। यो नै जीवनको सही मार्ग हो। मैले क्लिनिकहरू छोडेर आफ्नो सबै समय आफूलाई परमेश्‍वरका लागि समर्पित गर्नमा लगाउनुपर्थ्यो। त्यसपछि, मैले क्लिनिकहरू बन्द गरेँ।

यो परमेश्‍वरका वचनहरूको अगुवाइ र मार्गदर्शन थियो जसले मलाई पैसा, ख्याति र प्राप्तिद्वारा मानिसहरूलाई भ्रमित पार्ने र भ्रष्ट तुल्याउने शैतानको दुष्ट अभिप्रायबारे खुट्याइ दियो, र मलाई जीवनमा सत्यता पछ्याउनुको मूल्य र अर्थ बुझ्न मद्दत गर्‍यो। परमेश्‍वरका वचनहरूको नेतृत्व र मार्गदर्शनका लागि म उहाँलाई धन्यवाद दिन्छु, जसले मलाई व्यवसाय र कर्तव्यबीचमा बुद्धिमतापूर्ण छनौट गर्न मदत गऱ्याे। म विगत केही वर्षदेखि मण्डलीमा आफ्नो कर्तव्य पूरा गरिरहेकी छु। मैले धेरै भ्रष्टता प्रकट गरेकी छु, र परमेश्‍वरलाई प्रार्थना गरेर, सत्यता खोजेर, र आफूमा मनन गरेर र आफै चिनेर, मेरा भ्रष्ट स्वभावहरूमा केही परिवर्तनहरू आएका छन् र म बिस्तारै केही मानव स्वरूपमा जिउन थालेकी छु। मैले भोगेका परिवर्तनहरू परमेश्‍वरका वचनहरूले हासिल गरेका परिणामहरू हुन्। परमेश्‍वरको मुक्तिका लागि उहाँलाई धन्यवाद!

अघिल्लो: ३२. के “एउटी स्त्रीले आफूलाई मन पराउनेका लागि सिँगारपटार गर्छे” भन्‍ने विचार सही छ?

अर्को: ३४. वृद्धवृद्धाहरूले झनै बढी सत्यता पछ्याउनुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१८. मेरो गलत बुझाइ र स्व-आरक्षितपनद्वारा क्षति पुर्‍याइएको

सुक्षिङ, चीनकेही समय अघि, हाम्रो मण्डलीको अगुवाले आफ्नो पद गुमाइन् किनकि उनले सत्यलाई खोजी गरिरहेकी वा व्यावहारिक काम गरिरहेकी थिइनन् र अरू...

६७. थोरै भए नि मानव रूपमा जिउनु निश्‍चय नै महान् कुरा हो

टाशी, क्यानडासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्