२. एउटी २१ वर्षीया केटीको कठिन निर्णय
म सानो छँदा मेरा बुबाआमाले के भन्नुहुन्थ्यो भने परमेश्वरले मानिसलाई बनाउनुभएको हो त्यसैले मानिसले सृष्टिकर्ताको आराधना गर्दै जीवन बिताउनु पर्छ। ठुली हुँदै गएपछि म भेलाहरूमा सहभागी हुन थालेँ। सन् २०१७ तिर, मेरी आमालाई दुष्ट व्यक्ति भन्दै मण्डलीबाट निष्कासित गरियो किनकि उहाँले मण्डलीको कार्यमा बाधा-अवरोध पुर्याउनु भएको थियो अनि अटेरी बन्दै प्रायश्चित्त गर्न अस्वीकार गर्नुभयो। त्यहाँपछि, उहाँले मलाई मेरो आस्थामा त्यत्ति समर्थन पनि गर्नुभएन। मैले २०१८ मा कलेज सुरु गरेँ, अनि हरेक पल्ट घर जाँदा वा मेरी आमाले फोन गर्दा, उहाँले मलाई सधैँ मिहिनेत गरेर पढ्नु भन्नुहुन्थ्यो, अनि मलाई मेरो पढाइ तथा जीवनका लागि के योजना छ भनेर सोध्नुहुन्थ्यो। उहाँले परमेश्वरप्रतिको मेरो आस्थाको कुरा बिरलै गर्नुहुन्थ्यो, त्यसका अलावा, म आफ्नो पढाइमा व्यस्त थिएँ अनि परमेश्वरका वचन खान र पिउन मुस्किलले पाउँथेँ, त्यसैले म क्रमश: परमेश्वरबाट टाढा हुँदै गएँ। म प्राय: रित्तो र थकित महसुस गर्थेँ।
२०२० को एक दिन म हिउँदे बिदामा घरमै हुँदा मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “परमेश्वरले हरेक व्यक्तिको जन्मदेखि अहिलेसम्मका दशकहरूमा उसको लागि मूल्य मात्रै चुकाउनुहुन्न। परमेश्वरको नजरमा, तँ यो संसारमा धेरै पटक आएको छस्, र तैँले धेरै पटक पुनर्जन्म लिएको छस्। यो सबको पछाडि कसको हात छ? यसको पछाडि परमेश्वरको हात छ। तँलाई कुनै पनि हालतमा यी कुराहरू थाहा हुँदैन। हरेक पटक तँ यो संसारमा आउँदा, परमेश्वरले व्यक्तिगत रूपमा तेरो लागि बन्दोबस्तहरू मिलाउनुहुन्छ: तँ कति वर्ष बाँच्नेछस्, कस्तो परिवारमा जन्मनेछस्, तैँले कहिले घर र करियर बनाउनेछस्, साथै यो संसारमा तैँले के गर्नेछस् र कसरी यो जीवन धान्नेछस्, त्यो सबैको बन्दोबस्त उहाँले मिलाउनुहुन्छ। परमेश्वरले तेरो लागि जीवनयापन गर्ने मार्ग तयार गर्नुहुन्छ, ताकि तैँले कुनै बाधाविना यस जीवनमा आफ्नो मिसन पूरा गर्न सक्। अनि जहाँसम्म तैँले तेरो अर्को जन्ममा के गर्नुपर्ने भन्ने कुरा छ, परमेश्वरले तँलाई तैँले के पाउनुपर्छ र तँलाई के दिइनुपर्छ भन्ने आधारमा सबै कुरा मिलाएर त्यो जीवन प्रदान गर्नुहुन्छ…। परमेश्वरले तेरो लागि धेरै पटक यस्ता बन्दोबस्तहरू गर्नुभएको छ, र अन्त्यमा तँ आखिरी दिनहरूको यो युगमा तेरो अहिलेको वर्तमान परिवारमा जन्मेको छस्। परमेश्वरले तेरो लागि तैँले परमेश्वरलाई विश्वास गर्न सक्ने वातावरण मिलाउनुभएको छ; उहाँले तँलाई उहाँको आवाज सुन्न र उहाँसामु आउन दिनुभएको छ, र यसरी तैँले उहाँलाई पछ्याउन र उहाँको घरमा कर्तव्य पूरा गर्न सक्छस्। परमेश्वरबाट यस्तो मार्गदर्शन पाएर मात्रै तैँले आजको दिनसम्म जिएको छस्। … पुनर्जन्म लिने हरेक प्राणको लागि परमेश्वरले पूर्ण जिम्मेवारी लिनुहुन्छ। उहाँले हरेक व्यक्तिलाई डोऱ्याउँदै र उसको जीवनको हरेक बन्दोबस्त मिलाउँदै, एकदमै ध्यान दिएर काम गर्नुहुन्छ र आफ्नै जीवनको मूल्य चुकाउनुहुन्छ। परमेश्वरले यसरी मानिसको खातिर मेहनत गर्नुहुन्छ र मूल्य चुकाउनुहुन्छ, अनि उहाँले मानिसलाई यी सबै सत्यता र यो जीवन दिनुहुन्छ। यदि मानिसहरूले यी आखिरी दिनहरूमा सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्दैनन्, र तिनीहरू सृष्टिकर्ताको अघि फर्किँदैनन् भने—यदि अन्त्यमा, तिनीहरूले जति नै जीवन र पुस्ता पार गरेको भए पनि, आफ्नो कर्तव्य राम्ररी पूरा गर्दैनन् र परमेश्वरका मापदण्डहरू पूरा गर्न सक्दैनन् भने—के परमेश्वरप्रतिको तिनीहरूको ऋण अत्यन्तै धेरै हुँदैन र? के तिनीहरू परमेश्वरले चुकाउनुभएका सबै मूल्यहरूको लागि अयोग्य हुँदैनन् र? तिनीहरूमा विवेकको यति कमी हुनेछ कि तिनीहरू मान्छे भनिनसमेत लायक हुनेछैनन्, किनभने परमेश्वरप्रतिको तिनीहरूको ऋण अत्यन्तै धेरै हुनेछ। यसैले, यो जीवनमा—मैले तेरो पूर्व जीवनहरूबारे कुरा गरिरहेको छैन, तर यदि यो जीवनमा—तैँले आफ्नो मिसनको निम्ति आफूले प्रेम गरेका वा बाह्य कुराहरू—जस्तै भौतिक सुखहरू र परिवारको प्रेम र आनन्द—त्याग्न सक्षम छैनस् भने, यदि तैँले परमेश्वरले तेरो निम्ति चुकाउनुभएको मूल्यको खातिर देहको सुख त्याग्न सक्दैनस् भने वा परमेश्वरको प्रेमको ऋण तिर्न सक्दैनस् भने, तँ साँच्चै नै दुष्ट होस्। वास्तवमा, तैँले परमेश्वरको लागि तिर्ने जुनसुकै मूल्य पनि सार्थक नै हुन्छ। परमेश्वरले तेरो खातिर चुकाउनुभएको मूल्यको तुलनामा, तैँले प्रदान गर्ने सानो रकम वा खर्चको मूल्य कति हुन्छ र? तैँले भोगेको थोरै कष्टको मूल्य कति नै हुन्छ र? के तँलाई परमेश्वरले कति कष्ट भोग्नुभएको छ भन्ने थाहा छ? परमेश्वरले सहनुभएको कष्टसँग तुलना गर्दा, तैँले थोरे कष्ट त उल्लेख गरिन पनि योग्य छैन। साथै, अहिले कर्तव्य निर्वाह गरेर तैँले सत्य र जीवन प्राप्त गरिरहेको छस् र अन्त्यमा तँ बाँच्नेछस् र परमेश्वरको राज्यमा प्रवेश गर्नेछस्। त्यो कति ठूलो आशिष्को कुरा हो! जब तैँले परमेश्वरलाई पछ्याउँछस्, चाहे तैँले कष्ट भोग् वा मूल्य तिर्, तैँले वास्तवमा परमेश्वरसँग काम गरिरहेको हुन्छस्। परमेश्वरले हामीलाई जे गर्न लगाउनुभए पनि, हामी परमेश्वरका वचनहरू सुन्छौँ र तीबमोजिम अभ्यास गर्छौँ। परमेश्वरको विरुद्ध विद्रोह गर्ने वा उहाँलाई दुःखी पार्ने कुनै पनि काम नगर्। परमेश्वरसँग काम गर्नको निम्ति, तैँले केही कष्ट भोग्नुपर्छ अनि तैँले केही कुराहरू त्याग्नु र अलग गर्नुपर्छ। तैँले ख्याति, प्राप्ति, हैसियत, पैसा र सांसारिक सुखहरू त्याग्नुपर्छ—तैँले विवाह, काम र तेरा सांसारिक सम्भाव्यताहरू पनि त्याग्नुपर्छ। तैँले यी कुराहरू त्यागिस् कि त्यागिनस् भन्ने कुरा परमेश्वरलाई थाहा हुन्छ? के परमेश्वरले यी सबै देख्नुहुन्छ? (देख्नुहुन्छ।) तैँले यी कुराहरू त्यागिसकेको परमेश्वरले देख्नुभयो भने, उहाँले के गर्नुहुनेछ? (परमेश्वरलाई सान्त्वना मिल्नेछ, र उहाँ प्रसन्न हुनुहुनेछ।) परमेश्वर प्रसन्न मात्र हुनुहुनेछैन, र उहाँले यसो भन्नुहुनेछ, ‘मैले तिरेको मूल्यले फल फलाएको छ। मानिसहरू मसँग काम गर्न राजी छन्, तिनीहरूसँग यस्तो सङ्कल्प छ र मैले तिनीहरूलाई प्राप्त गरेको छु।’ चाहे परमेश्वरलाई प्रसन्नता वा खुसी, सन्तुष्टि वा सान्त्वना मिलोस् वा नमिलोस्, परमेश्वरसँग त्यो मनोवृत्ति मात्र हुँदैन। उहाँ काम पनि गर्नुहुन्छ र उहाँ आफ्नो कामले प्राप्त गरेको परिणाम हेर्न चाहनुहुन्छ, नत्र त उहाँले मानिसहरूबाट चाहनुभएको कुरा अर्थहीन हुनेछ। परमेश्वरले मानिसप्रति देखाउनुहुने अनुग्रह, प्रेम र कृपा एउटा मनोवृत्ति मात्रै होइन—त्यो एउटा तथ्य पनि हो। त्यो कुन तथ्य हो? त्यो तथ्य हो, परमेश्वरले तँभित्र आफ्ना वचनहरू राखिदिनुहुन्छ, र तँलाई अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ, ताकि तैँले उहाँमा के कुरा प्रेमिलो छ, र यो संसार केको बारेमा हो भनेर देख्न सक्, ताकि तेरो हृदय ज्योतिले भरियोस्, र तँलाई उहाँका वचनहरू र सत्यता बुझ्न मदत मिलोस्। यसरी, तैँले थाहै नपाई सत्यता प्राप्त गर्छस्। परमेश्वरले हरेक वास्तविक तरिकामा तँमा यति धेरै काम गर्नुहुन्छ, यसरी तैँले सत्यता प्राप्त गर्न सक्छस्। जब तैँले सत्यता प्राप्त गर्छस्, जब तैँले सबैभन्दा बहुमूल्य कुरा अर्थात् अनन्त जीवन प्राप्त गर्छस्, तब परमेश्वरका अभिप्रायहरू पूरा हुन्छन्। जब परमेश्वरले मानिसहरूले सत्यता पछ्याएको र उहाँसँग सहकार्य गर्ने इच्छा गरेको देख्नुहुन्छ, तब उहाँ खुसी र सन्तुष्ट बन्नुहुन्छ। त्यसपछि उहाँमा एउटा मनोवृत्ति हुन्छ, र उहाँमा त्यो मनोवृत्तिमा हुँदा, उहाँ काममा लाग्नुहुन्छ, र मानिसलाई अनुमोदन गर्नुहुन्छ र आशिष् दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘म तँलाई तैँले पाउनुपर्ने आशिष्हरू प्रदान गर्नेछु।’ अनि त्यसपछि तैँले सत्यता र जीवन प्राप्त गर्नेछस्। जब तँमा सृष्टिकर्ताको ज्ञान हुन्छ र जब तैँले उहाँप्रतिको राम्रो बुझाइ प्राप्त गरेको हुन्छस्, के तँलाई अझै पनि मनमा रित्तो महसुस हुनेछ? हुनेछैन। तँलाई आफू भरिपूर्ण भएजस्तो र आनन्द महसुस हुनेछ। के व्यक्तिको जीवनमा मूल्य हुनु भनेको यही होइन र? यही नै सबैभन्दा मूल्यवान् र अर्थपूर्ण जीवन हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउनु ठूलो महत्त्वको कुरा हो)। मैले परमेश्वरका वचनबाट के बुझेँ भने मानिसलाई उपलब्ध हुने सम्पूर्ण कुरा परमेश्वरबाटै आउँछन्, हामी अहिले जीवित छौँ किनकि परमेश्वरले हाम्रो ख्याल राख्नुहुन्छ साथै हाम्रो रक्षा गर्नुहुन्छ, अनि मानिसले सिर्जित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गरे मात्र उनीहरूले सद्बुद्धि पाउँछन् र उनीहरूको जीवन अर्थपूर्ण बन्छ। मेरो जन्म आखिरी दिनहरूमा भएको र मैले परमेश्वरको वाणी सुन्ने सौभाग्य पाएको कुरा मैले पूरा गर्नुपर्ने जिम्मेवारी र मिशनसँगै, युगौँअघि नै परमेश्वरद्वारा पूर्वनिर्धारित गरिएको थियो। मैले आस्थामा मेरा बुबाआमालाई सानै उमेरदेखि पछ्याएको भए पनि कर्तव्य पालन भने कहिल्यै गरेकी थिइनँ। कलेज गएपछि मैले एउटा कर्तव्य पूरा गर्न चाहेकी थिएँ, तर मैले आफ्नो अध्ययन तथा भविष्यका सम्भाव्यतालाई त्याग्न सकिनँ। भेलामा सहभागी हुनुपर्ने नियम भएकाले म भेलाहरूमा जान्थेँ, तर मेरो हृदय परमेश्वरबाट अलग भएको थियो। मैले कलेजमा सङ्गत गरेका लगभग सबैजसो मानिसहरू गैरविश्वासी थिए, समयसँगै म खाने, पिउने र मोजमस्ती गर्ने दुष्ट प्रवृत्तितिर लागेंँ। म परमेश्वरका वचन खान र पिउनमा थोरैभन्दा थोरै समय बिताउँथेँ, अनि म झन्-झन् स्वार्थी र कपटी पनि बन्दै गएँ। म परमेश्वरलाई विश्वास नगर्नेहरू भन्दा भिन्न थिइनँ। मैले कर्तव्यपालनमा परमेश्वरका वचनको अनुभूतिमार्फत् मात्र हामी सत्यता प्राप्त गर्न र जीवनमा अघि बढ्न सक्छौँ अनि अन्तिममा परमेश्वरद्वारा प्राप्त गरिनेछौँ भनी ब्रदर-सिस्टरहरूले गरेको सङ्गति सम्झेँ। हामी आफ्नो कर्तव्यपालन गर्दैनौँ र सांसारिक प्रवृत्तिको पछि लाग्छौँ भने हामीले मुक्ति कसरी प्राप्त गर्छौँ?
पछि संयोगले मैले “गुमेको समय फेरि कहिल्यै आउँदैन” भन्ने परमेश्वरका वचनको भजन सुनेँ: “दाजु-भाइ हो, ब्यूँझ! दिदी-बहिनी हो, ब्यूँझ! मेरो दिन आउन विलम्ब हुनेछैन; समय नै जीवन हो, अनि समय आफ्नो हातमा लिनु भनेकै जीवन बचाउनु हो! समय त्यति टाढा छैन! यदि तिमीहरू कलेजको प्रवेश-परीक्षामा असफल भयौ भने, तिमीहरूले अध्ययन गरेर तिमीहरूलाई जति पटक मन लाग्यो त्यति पटक परीक्षा दिन सक्छौ। तर, मेरो दिनले थप ढिलाइ सहनेछैन। याद राख! याद राख! म तिमीहरूलाई यी असल वचनहरूद्वारा आग्रह गर्छु। तिमीहरूकै आँखाको अघि संसारको अन्त्य हुन्छ, अनि ठूला विपत्तिहरू तीव्र गतिमा नजिक आउँछन्। कुनचाहिँ बढी महत्त्वपूर्ण हो: तिमीहरूको जीवन, कि तिमीहरूको निद्रा, तिमीहरूको भोजन र पेय पदार्थ र वस्त्र? तिमीहरूले यी कुराहरूलाई तौलने बेला आएको छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ३०)। यो भजन सुनिसकेपछि मलाई के प्रष्ट भयो भने कर्तव्य पूरा गर्नका लागि मसँग धेरै समय बाँकी छैन। मैले कलेज प्रवेशका लागि परीक्षा दिँदा, म फेल भएकी भए अरू एक वर्ष स्कुलमै बस्न सक्थेँ र अर्को परीक्षा दिन सक्थेँ। तर परमेश्वरद्वारा मुक्ति पाउने एउटा मात्र मौका हुन्छ र यो गुमेपछि फेरि पाइँदैन। मैले महामारी कति गम्भीर थियो र कसरी हामी परमेश्वरको हेरचाह र संरक्षणविना कुनै पल मर्न सक्थ्यौँ, सो बारे पनि विचार गरेँ। मलाई लाग्यो महामारी मलाई सचेत गराउने परमेश्वरको एउटा तरिका थियो। म वर्षौंसम्म सांसारिक प्रवृत्तिको पछि लागेकी थिएँ र कति धेरै समय खेर फालेकी थिएँ, कर्तव्य पूरा गर्ने र सत्यता प्राप्त गर्ने थुप्रै मौकाहरू गुमाएकी थिएँ। अब म अरू थप मौका गुमाउन चाहन्नथेँ। यो बहुमूल्य समयलाई मैले कर्तव्य पूरा गर्न र अरू असल कर्मको तयारी गर्न सदुपयोग नगर्दा, विपत्तिको समयमा म बढारिने थिएँ र पछुतो गर्न पनि पाउने थिइनँ। अब मलाई आफ्नो कर्तव्य पूरा गर्ने चाहना बढ्न थाल्यो, र महामारीको लकडाउन अन्त्य भैसकेपछि नयाँ विश्वासीहरूलाई सिञ्चन गर्ने कर्तव्य सुरू गरेँ।
महामारी चलिराखेकै भएकोले, म अनलाइन कक्षा लिँदै थिएँ र त्यस्ता कक्षाहरू धेरै नभएको हुँदा, मैले कक्षा लिने र कर्तव्य निर्वाह गर्ने दुवै काम गर्न सक्थेँ। मैले मेरी आमालाई यो कार्यले बेखुसी गराउला भन्ने कहिल्यै सोचेकी थिइनँ, किनभने खाली समयमा म पार्ट-टाइम काम गरूँ भन्ने उहाँको चाहना थियो। एक रात उहाँले मलाई क्रोधित हुँदै, “मैले तँलाई काम खोज् भनेकी थिएँ, यसबारे के विचार गरिस् त?” भनेर सोध्नुभयो। मैले, “मेरो योजना भनेको कर्तव्य पालन गरिरहने हो” भनेँ। उहाँ निकै रिसाउँदै, “मैले तँलाई तेरो कर्तव्यपालन छोड् भनेकी हैन, आफ्नो काम र यो काम तँ सँगसँगै गर्न सक्छेस्। आफ्नो आस्थालाई यति गम्भीर रूपमा लिन हुन्न। मै जस्ती नबन्; मैले सबैथोक त्यागेकी थिएँ, पछि मलाई नै हटाइयो भन्नुभयो।” मैले मनमनै सोचेँ, “के संसारलाई अँगाल्दै र परमेश्वरमाथि पनि आस्था राख्दै गर्नु भनेको दुवैतर्फ लाभ लिन खोज्नु होइन र? यो परमेश्वरमाथिको साँचो आस्था होइन! अनि, तपाईंले आफ्नो जागिर र परिवार छोड्नु, र तपाईं हटाइनु दुई फरक कुरा थिए। तपाईं हटाइनु भयो किनभने तपाईंले सबै खाले दुष्टता गर्नुभयो र प्रायश्चित्त गर्न अस्वीकार गर्नुभयो।” त्यसैले मैले मेरी आमालाई, “म अहिले पढ्दै छु, काम पनि पाएँ भने मलाई कर्तव्य निर्वाह गर्ने समय कहाँ हुन्छ त? म काम खोज्नेवाला छैन” भनेँ। मलाई मेरी आमाले, “म देख्दैछु तँ मैले भनेको सुनिराखेकी छैनस्। तँ बुझ्न सक्दिनस् म खालि तेरो भलाई चाहन्छु?” भन्नुभयो। मैले, “म तपाईंले भनेको हरेक कुरा सुन्छु, तर यसबारे मात्र केही सुन्दिनँ” भनेँ। उहाँ यति रिसाउनुभयो कि मेरो ल्यापटप उचालेर फुटाइदिनुभयो। मलाई अति अन्यायमा परेजस्तो लाग्यो, अनि मैले उहाँ यति धेरै क्रोधित किन हुनुभएको हो बुझ्नै सकिनँ। पछि, जतिखेर म भेलामा सहभागी हुन वा आफ्नो कर्तव्य पालन गर्न जान लाग्थेँ, त्यतिबेलै उहाँ मलाई केही काम गर्न लगाउनुहुन्थ्यो। कहिलेकाहीँ म घरबाट हतारहतार निस्कन्थेँ अनि उहाँ मसँग रिसाउनुहुन्थ्यो र मलाई गाली गर्नुहुन्थ्यो।
एकदिन, उहाँले “भविष्यका लागि तेरो योजना के छ?” भनेर सोध्नुभयो। मैले “परमेश्वरका घरमा कर्तव्य पालन गर्ने निर्णय गरेकी छु” भनेँ। मैले आफ्नो कर्तव्यलाई बढी प्राथमिकता दिएको उहाँले देख्नुभयो, त्यसैले मलाई कठोर अनुहार बनाएर भन्नुभयो, “मैले तँलाई यतिका वर्ष हुर्काएँ, राम्रो कुरा केही पाइनँ। बरू मैले कुकुर पालेको भए राम्रो हुन्थ्यो होला। म त्यसलाई ख्वाउँथे, मेरो सामु पुच्छर त हल्लाउँथ्यो। तेरा लागि मैले गरेका सम्पूर्ण मिहिनेतको सट्टा मैले के पाएँ? बस् छोडेर जा। तँलाई जहाँ जान मन लाग्छ जा। म यो घरमा कुनै परजीवी चाहन्न!” म यो सुनेर अवाक् भएँ, अनि सोचेँ, “म त केवल परमेश्वरमाथि विश्वास गर्छु; मैले कुनै नकाम गरेकी छैन, तैपनि तपाईं मलाई घरबाट निकाल्न चाहनुहुन्छ।” मेरी आमाले भनिराख्नुभयो, “तँ आफ्नो आस्था र कर्तव्यपालनमा ढिपी गरिरहने हो भने यो परिवार टुट्छ। आजबाट मेरी कुनै छोरी छैन, तेरी कुनै आमा छैन। म तँलाई व्यर्थ हुर्काएको ठान्नेछु!” उहाँले यसो भनेपछि मैले ठुलो आघात र अन्यायको महसुस गरेँ, अनि सोचेँ, “मेरी आमा परमेश्वरमाथि विश्वास गर्नुहुन्थ्यो; उहाँले मलाई समर्थन गर्नुपर्ने होइन र? उहाँ किन अवरोध गर्दै हुनुहुन्छ?” मलाई मेरो अगाडि दुइओटा बाटा भएजस्तो लाग्यो, परमेश्वरमाथि विश्वास गर्ने र कर्तव्य पालन गर्ने मार्ग, जसको अर्थ मेरी आमासँगको सम्बन्ध टुट्नु थियो, अनि मेरो स्नेह प्राप्तिको मार्ग, जसको अर्थ परमेश्वरलाई धोका दिनु र आफ्नो कर्तव्य पालन नगर्नु हुने थियो। दुइटा विकल्पको छनौट गर्नुपर्दा मेरो हृदय दुई भागमा विभाजित भएजस्तो लाग्यो। मेरी आमाप्रतिको मेरो माया कस्तो गहिरो थियो। जीवनभरि उहाँले मलाई अति माया गर्नुभएको थियो। उहाँले मिठो नखाइ र राम्रो नलाई, राम्रा कुरा जति मेरा लागि राखिदिनुहुन्थ्यो। उहाँ नै मेरा लागि सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुनुहुन्थ्यो। तर म परमेश्वरलाई पनि त छोड्न सक्दिनथेँ। परमेश्वरले मलाई जीवन दिनुभएको थियो। परमेश्वर नै हुनहुन्थ्यो जसले मलाई बाँच्ने श्वास दिनुभयो, अनि म ठुली हुँदै गर्दा मेरो हेरविचार र संरक्षण गर्नुभयो। मेरो स्वास्थ्य कहिल्यै राम्रो भएन, म प्राय: बिरामी परिरहन्थेँ। परमेश्वरको हेरचाह र संरक्षण नभएको भए म धेरै अगाडि मरिसकेकी हुन्थेँ र अहिले यहाँ हुन्नथेँ। मैले आफ्नी आमालाई छोडे पनि कम्तीमा बाँच्न त सक्थेँ। तर परमेश्वरलाई छोड्दा म खालि जिउँदो लास हुन्नथेँ र? त्यसपछि जीवनको के नै अर्थ रहन्थ्यो? मैले परमेश्वरमाथि आस्था राख्नु पर्छ भन्ने मलाई थाहा थियो, तर मैले त्यो विकल्प रोज्दा, फेरि भविष्यमा म आमाविहिन हुन्नथेँ त? मेरो न्यानो, मायालु परिवार सकिन्थ्यो। मेरी आमाबाट मैले अति ठुलो दबाब झेल्नुपर्यो। किन यी दुईमध्ये नै एउटा रोज्नुपर्ने भएको? मैले किन यस्तो विकल्प रोज्नुपर्ने भएको? त्यसपछि मैले आफूले अगाडि पढेको परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ: “परमेश्वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानवको बन्दोबस्त वा हस्तक्षेपबाट जन्मेको होस्। तर पर्दापछाडि, कार्यको प्रत्येक चरण, र हुने सबै कुरा शैतानले परमेश्वरसँग थापेको बाजी हो, र यसका लागि मानिसहरू परमेश्वरको गवाही दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दापछाडि शैतानले परमेश्वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो, त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको बाधा थियो। तिमीहरूमा परमेश्वरले गर्ने कार्यको प्रत्येक कदमपछाडि शैतानले परमेश्वरसँग थापेको बाजी हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। परमेश्वरका वचनले मलाई के कुरा बुझ्न सहयोग गरे भने बाहिरबाट हेर्दा मेरी आमाले मलाई दबाब दिएर विकल्प रोज्नुपर्ने पारेको जस्तो देखिए तापनि, भित्री रूपमा भने यो सबै एक आत्मिक युद्ध थियो। यो शैतानले लिएको परीक्षा पनि थियो। शैतानले मेरो सबैभन्दा कमजोर पक्ष थाहा पायो अनि मेरो आस्था छोडाउन दबाब दिनका लागि स्नेहको प्रयोग गर्यो। मैले मेरी आमाको कुरा मानेर, मेरो आस्था र कर्तव्यपालनलाई छोडेको भए, म शैतानको षड्यन्त्रमा फस्थेँ र मैले मुक्ति प्राप्त गर्ने मौका गुमाउँथेँ। चाहे मलाई घरबाट निकालियोस् या ननिकालियोस्, म परमेश्वरलाई धोका दिन सक्दिनथेँ र स्नेहका लागि आफ्नो कर्तव्य त्याग्न सक्दिनथेँ। मैले परमेश्वरका अरू वचन सम्झेँ: “जब तैँले जाँचहरूको सामना गर्छस् तँ नराम्रो घतले रुनु पर्ने भए पनि वा कुनै प्रिय वस्तुसित अलग्गिन अनिच्छुक महसुस गर्नु पर्ने भए पनि तैँले परमेश्वरलाई सन्तुष्ट पार्नुपर्छ। यो मात्र साँचो प्रेम र विश्वास हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। मेरो हृदयले शक्ति पायो। भविष्यमा मैले जुनसुकै परिस्थितिको सामना गर्नुपरोस्, अगाडि बढ्नका लागि म परमेश्वरकै भर पर्नेछु। त्यसैले मैले आफ्नी आमालाई “मैले सधैँ यो परिवारलाई चाहेकी छु, अनि सधैँ तपाईं र बुबालाई चाहेकी छु। म बरू थेरै खान्छु, थोरै खर्च गर्छु र तपाईंकी असल छोरी बन्छु। मैले तपाईंका माग पूरा गर्न सकिनँ भने यो मेरो असमर्थताका कारणले हो। मैले गर्न सक्ने भनेको यही हो। तर परमेश्वरमाथि विश्वास गर्नु र आफ्नो कर्तव्यपालन गर्नु सही मार्ग हो र यसलाई म छोड्न सक्तिनँ।” मेरी आमा अति नै रिसाउनुभयो र अन्त कतै भाडामा बस्न थाल्नुभयो।
बेलाबेलामा मेरी आमा मलाई कुरा गर्न आफ्नो भाडाको घरमा बोलाउनुहुन्थ्यो। एक चोटि उहाँले मलाई के भन्नुभयो भने, “तेरो बुबाको स्वास्थ्य ठीक छैन। तैँले उहाँको बारेमा सोच्नुपर्छ। उहाँ एकदिन बिरामी पर्नुभयो भने तँ के गर्छेस्? मैले परमेश्वरलाई विश्वास नगर् भनेर कहिल्यै भनेकी छैन। ली यान र वाङ मेईपनि त परमेश्वरमाथि विश्वास गर्छन् अनि जागिर पनि खान्छन्, हो कि होइन? तैँले आस्थालाई यति गम्भीर रूपमा लिनु हुन्न। तँलाई काम खोज् भनेर भन्दा मैले तेरै भविष्यका बारेमा सोचिराखेकी होइन र?” म अत्यन्त दुःखित भएँ। मेरो बुबाको स्वास्थ्य केही वर्षदेखि साँच्चै राम्रो थिएन। उहाँ वास्तवमै बिरामी पर्नुभयो भने, पैसाविना म छोरीका रूपमा के नै सहायता गर्न सक्थेँ र? जति मैले यसको बारेमा सोचेँ त्यति नै म दुःखी भएँ। आफ्नो हृदयमा मैले परमेश्वरको प्रार्थना गरी नै रहेँ, भनेँ “हे परमेश्वर मलाई शैतानको पासोबाट बचाउनुहोस्, म हजुरलाई सन्तुष्ट पार्न चाहन्छु, तर म कमजोर छु। यो घेराबन्दीमा म छिट्टै टुट्नेछु। कृपया मलाई शैतानको षड्यन्त्र देख्न र हजुरको गवाहीमा दृढ रहन विश्वास प्रदान गर्नुहोस्।” प्रार्थना गरिसकेपछि परमेश्वरका वचन मेरो दिमागमा आए: “किन तँ तिनीहरूलाई मेरो हातमा सुम्पिँदैनस्? के तँसित ममाथि पर्याप्त विश्वास छैन? कि तँ मैले तेरो निम्ति अनुचित व्यवस्था गरिदिनेछु भनी डराउँछस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ५९)। परमेश्वरका वचनले मेरो हृदयमा अचानक प्रकाश छरिदिए। सबैमाथि परमेश्वरको सार्वभौमिकता छ, अनि उहाँले नै हाम्रो जीवन र मृत्युको नियन्त्रण गर्नुहुन्छ। त्यसो भएपछि त झन् कोही बिरामी पर्ने वा नपर्ने भन्नेमा उहाँको सार्वभौमिकता निश्चय नै छैन त? मेरो बुबा बिरामी पर्नु हुन्छ वा हुन्न अथवा उहाँको स्वास्थ्य कस्तो हुन्छ भन्ने जस्ता कुराहरू मेरो नियन्त्रणमा थिएनन्। उहाँलाई परमेश्वरकै हातमा सुम्पिएर म परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुनुपर्छ। मैले मेरी आमा शैतानको सेवक भएको कुरा पनि थाहा पाएँ। ममाथि कडा हुँदा केही सिप नचलेपछि उहाँले नरम उपाय अपनाउने कोशिस गर्नुभयो, मलाई परमेश्वरलाई धोका दिन प्रलोभन देखाएर परीक्षा लिन सबै खाले उपायहरू प्रयोग गर्नुभयो। त्यसैले मैले आमालाई भनेँ, “अब म बालिग भैसकेँ। आफ्नो बारे म आफैँ सोच्न र निर्णय गर्न सक्छु। म परमेश्वरको आस्थाप्रति अडिग छु। मेरो आस्था खालि उहाँको अस्तित्व स्वीकार गर्ने र हृदयमा उहाँलाई विश्वास गर्नेभन्दा माथि छ। मेरो कर्तव्य निर्वाह गर्दिनँ भने मैले परमेश्वरमा साँच्चै विश्वास गरेको हुन्छु त? तपाईंले उल्लेख गरेका मानिसहरूले परमेश्वरमा कसरी विश्वास गर्छन् मलाई मतलब छैन। उनीहरू भिरमा गुल्टिँदैछन् भने म पनि उनीहरूकै पछि लाग्नु त? ममा विवेक नभएको होइन। ममा विवेक भएकैले मैले के गर्नु हुन्छ र के गर्नु हुँदैन जान्दछु।” यो सुनेपछि मेरी आमा चुप लाग्नुभयो। मैले ती शब्द भन्न सक्दिनँथेँ भन्ने मलाई थाहा थियो। शैतानको षड्यन्त्रको प्रतिकार गर्न परमेश्वरले नै मलाई डोर्याउनुभएको थियो।
तैपनि घर फर्कँदा बाटामा मैले साह्रै दुःखित महसुस गरेँ। मेरी आमाले मसँग बेलाबेलामा कुरा गरिरहनुभयो, उहाँ मसँग जहिले पनि किन त्यस्तो बन्नुभएको, अर्थात् उहाँले सधैँ मैले बुबा र उहाँ या मेरो आस्थाबीच एक रोजोस् भन्ने किन चाहनुहुन्थ्यो, मैले बुझिनँ। यी सबै कुराको अन्त्य कहिले हुनेथियो? म वास्तवमै अब यी कुराहरूबाट गुज्रिन चाहन्नथेँ। म हिँड्दै गर्दा मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ: “जब परमेश्वरले मानिसलाई शुद्ध पार्ने काम गर्नुहुन्छ, तब मानिसले दुःख भोग्छ। कुनै व्यक्तिलाई शोधन गर्ने काम जति ठूलो हुन्छ, उसमा परमेश्वरप्रतिलाई त्यति नै धेरै प्रेम गर्ने हृदय हुनेछ, अनि तिनीहरूमा परमेश्वरको शक्ति त्यति नै बढी प्रकट गरिनेछ। यसको विपरीत, व्यक्तिले जति कम शोधन प्राप्त गर्छ, उसमा परमेश्वरलाई त्यति नै कम प्रेम गर्ने हृदय हुनेछ, अनि तिनीहरूमा परमेश्वरको शक्ति त्यति नै कम प्रकट हुनेछ। त्यस्तो व्यक्तिको शोधन र पीडा जति ठूलो हुन्छ, तिनीहरूले उत्ति नै बढी यातना अनुभव गर्नेछन्, तिनीहरूको परमेश्वरप्रतिको प्रेम त्यति नै गहिरो भएर बढ्नेछ, परमेश्वरमाथिको तिनीहरूको विश्वास उत्ति नै साँचो बन्नेछ, र परमेश्वरको बारेमा तिनीहरूको ज्ञान अझ गहन हुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। मैले हिँड्दै परमेश्वरका वचनको यो खण्ड मनन गरेँ, अनि थाहै नपाई मेरो हृदय उर्जाशील भयो। यथार्थमा यस्तो किन भयो भने मैले शैतानले अवरोध गर्न खोजेको आस्थाको मार्ग रोजेकी छु। मैले परमेश्वरमाथि आस्था नराखेको भए र आफ्नो कर्तव्य पूरा गर्ने मार्ग नरोजेको भए म यसरी परिष्कृत हुने थिइनँ। मैले ती ब्रदर-सिस्टरहरूलाई पनि सम्झेँ जसले परमेश्वरमाथि आस्था राखेका कारण परिवारबाट सास्ती र अवरोध भोगेका थिए, तर कहिल्यै आफ्नो कर्तव्य वा आस्थालाई त्यागेनन्। बरू तिनीहरूले आफ्नो गवाहीमा दृढ रहन परमेश्वरको प्रार्थना गरे र उहाँमा भर परे। मैले अब परमेश्वरलाई पच्छ्याउने र सृजित प्राणीको कर्तव्य पूरा गर्ने निर्णय गरेकी थिएँ। शैतानले मलाई सजिलै अघि बढ्न दिने थिएन, त्यसैले यसले मलाई मेरी आमाको निरन्तर सास्तीमार्फत् परमेश्वरबाट टाढा पार्ने कोशिस गर्दै थियो। परमेश्वरले पनि मेरो उहाँमाथिको आस्थालाई परिष्कृत गर्नका लागि यो सास्तीको प्रयोग गर्दै हुनुहुन्थ्यो ताकि मेरो गवाहीमा दृढ रहनका लागि म उहाँमाथि भर पर्न सिकूँ। जब मैले यो बुझेँ म निकै भावाकुल भएँ। म नकारात्मक हुँदा पनि परमेश्वरले मलाई छोड्नुभएको थिएन बरु आफ्ना वचनले मलाई बाटो देखाइरहनुभएको थियो, जसले मलाई दृढ रहन मद्दत गरी शैतानको छल र लालचमा पर्नबाट जोगायो। मैले परमेश्वरले मसँगै रही हात समाएर मलाई डोर्याइरहनुभएको महसुस गरेँ। मैले स्थिर तथा सहारा पाएको महसुस गरेँ, अनि यो परिस्थिति पार गर्ने आस्था प्राप्त गरेँ।
डेढ महिनापछि मेरी आमा घर फर्केर आउनुभयो। एकदिन बिहान मेरी आमा मेरो कोठामा आउनुभयो र जागिर खानेबारे के सोचिस् भनेर सोध्नुभयो, मैले भनेँ, “मैले आफ्नो विचार बदलेकी छैन। मैले परमेश्वरका घरमा आफ्नो कर्तव्य निर्वाह गर्ने निर्णय गरेकी छु।” उहाँले मलाई बैगुनी भन्नुभयो र रिसको झोकमा मलाई हिर्काउन आउनुभयो। मलाई याद छैन उहाँले ठ्याक्कै कतिपल्ट मलाई थप्पड हिर्काउनुभयो। उहाँले मेरो गर्दनमा समातेर भित्तामा टाउको समेत बजारिदिनुभयो। मेरो सास बन्द हुन लागेपछि मात्र उहाँले मलाई छोड्नुभयो। मैले उहाँ मलाई किन यस्तो गर्दै हुनुहुथ्यो साँच्चै बुझ्न सकिनँ। के म केवल परमेश्वरमाथि विश्वास र आफ्नो कर्तव्य निर्वाह गर्दै थिइनँ र? म कुनै नकाम गरिरहेकी त थिइनँ। उहाँले मलाई हिर्काउँदै गर्दा, मैले ठुलो रातो अजिङ्गरले क्रूरतापूर्वक यातना दिइएका ब्रदर-सिस्टरहरूलाई सम्झिएँ। ठुलो रातो अजिङ्गर दियाबलसहरूको राजा हो र यसले ब्रदर-सिस्टरहरूलाई एकदम यातना दिन्छ। तर यहाँ त मेरी आमा हुनुहुन्थ्यो। उहाँ मेरो सबैभन्दा नजिककी व्यक्ति हुनुहुन्थ्यो, अनि उहाँले मलाई यति साह्रो गरी हिर्काउँदा, मैले शारीरिक पीडा महसुस गरिनँ—मेरो मुटु छियाछिया भयो।
लगत्तै सन् २०२१ को वसन्त आयो। एकदिन मेरो कर्तव्य पूरा गरेर घर फर्केकी मात्र थिएँ, मेरी आमा जानिजानी मसँग साना कुरामा झगडा गर्न थाल्नुभयो। उहाँले मलाई फेरि हिर्काउनुभयो र चिच्याउँदै, “मैले तँलाई यत्तिका वर्ष हुर्काएँ तर राम्रो परिणाम केही पाइनँ। अब यस्तै हो भने गैहाल्। निस्किहाल्! म तँ मेरी छोरी होइनस् भनेर मानुँला। तँ मबाट जन्मेकी होइनस्!” मैले सोचेँ, “मैले आफ्नो कर्तव्य पालन गर्न सक्ने एउटै मात्र बाटो भनेको मैले यहाँबाट जानु हो। तर इमान्दार भएर भन्दा, म आफ्ना बाबुआमालाई पनि छोड्न चाहन्नथेँ। बाहिर निस्कनु भनेको एक्लै बस्नु थियो। ममा हिम्मत कत्ति पनि थिएन। मैले म परिवारविनाकी सन्तान हुँदा कस्तो होला भनेर सोच्दा एकदम दुःखी महसुस गरेँ। मैले आफ्नो आस्था त्याग गर्दा म घर जोगाउन सक्थेँ, तर मैले परमेश्वरको अनुग्रहको यति धेरै आनन्द लिएकी अनि परमेश्वरका यति धेरै वचन खाएकी र पिएकीले मैले आफ्नो कर्तव्य पूरा गर्न सकिनँ भने मेरो अन्तरात्मा कहाँ रहला?” तत्क्षण, मैले बहुतै दुःखित महसुस गरेँ, मानौँ कसैले चक्कुले मेरो हृदय काटेर निकालेको होस्। अत्यधिक पीडामा मैले मर्ने विचार गरेँ। मलाई लाग्यो म मरेँ भने मैले यति धेरै पीडा सहनु पर्दैन। म चरम पीडामा हुँदा, मैले परमेश्वरका वचन पढेँ: “आज धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू दुःख-कष्टको कुनै मूल्य हुँदैन भनी विश्वास गर्छन्, तिनीहरू संसारद्वारा त्यागिएका छन्, तिनीहरूको पारिवारिक जीवन समस्याग्रस्त छ, तिनीहरू परमेश्वरका प्रियहरू होइनन् र तिनीहरूका सम्भावनाहरू धमिला छन्। केही मानिसहरूको दुःख चरम सीमामा पुग्छ, र तिनीहरूका विचारहरू मृत्युमा बदलिन्छन्। यो परमेश्वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायरहरू हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र शक्तिहीन छन्! परमेश्वर मानिसले उहाँलाई प्रेम गरोस् भनी उत्सुक हुनुहुन्छ, तर मानिसले उहाँलाई जति धेरै प्रेम गर्दछ, मानिसको दुःख उति नै बढी हुन्छ, र मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ मानिसको परीक्षा उति नै ठूलो हुन्छ। यदि तैँले उहाँलाई प्रेम गर्छस् भने सबै प्रकारका कष्टहरू तँमाथि आइलाग्नेछन्—र यदि तँ प्रेम गर्दैनस् भने, सम्भवतः तेरो निम्ति सबै कुरा सहज हुनेछ र तेरो वरिपरि शान्तिपूर्ण हुनेछ। जब तँ परमेश्वरलाई प्रेम गर्छस्, तब तँ आफ्नो वरिपरि समाधान गर्न नसकिने कुराहरू भएको जस्तो महसुस गर्नेछस्, र तेरो कद धेरै सानो भएकोले तँलाई शोधन गरिनेछ; यसबाहेक, तँ परमेश्वरलाई सन्तुष्ट पार्न असक्षम हुनेछस्, र तैँले परमेश्वरका अभिप्रायहरू अति उच्च र मानिसको पहुँचदेखि बाहिर छ भन्ने महसुस गर्नेछस्। यी सबैको कारण तँलाई शोधन गरिनेछ—तँभित्र धेरै कमजोरीहरू भएकोले, र परमेश्वरको अभिप्रायहरू पूरा गर्न नसक्ने धेरै कुरा भएकोले तँलाई आन्तरिक रूपमा शोधन गरिनेछ। तैपनि शोधनद्वारा मात्र शुद्धीकरण प्राप्त गरिन्छ भन्ने कुरालाई तैँले स्पष्ट रूपमा देख्नुपर्छ। यसैले, यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्वरको गवाही दिनैपर्छ। तिमीहरूका दुःख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्वरप्रति विश्वासयोग्य रहनुपर्छ र आफुलाई उहाँकै कृपामा छोड्नुपर्छ; केवल यो मात्रै परमेश्वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो। … परमेश्वरले मानिसलाई वास्तवमै माया गर्नुहुन्छ भन्ने कुरा परमेश्वरको धेरै वटा कामबाट देख्न सकिन्छ, यद्यपि अझसम्म मानिसको आत्माका आँखाहरू पूर्ण रूपले खोलिएको छैन र ऊ परमेश्वरको काम र उहाँका अभिप्रायहरू स्पष्ट रूपमा बुझ्न सक्षम छैन, न त उसले परमेश्वरलाई प्रिय लाग्ने धेरै कुराहरू बुझ्न सक्छ; मानिसमा परमेश्वरको निम्ति थोरै मात्र साँचो प्रेम हुन्छ। तैँले यो सबै समय परमेश्वरमा विश्वास गरेको छस्, र आज परमेश्वरले उम्कने सबै उपायहरू हटाइदिनुभएको छ। वास्तविक कुरा गर्ने हो भने, तँसँग सही मार्ग हिँड्नुबाहेक अर्को कुनै विकल्प छैन, सही मार्ग त्यही हो, जसमा तँलाई परमेश्वरको कठोर न्याय र सर्वोच्च उद्धारद्वारा डोऱ्याइएको छ। कठिनाइ र शुद्धीकरणको अनुभव गरेपछि मात्र मानिसले परमेश्वर प्रेमिलो हुनुहुन्छ भनी जान्दछ। आजसम्म अनुभव गरिसकेपछि, यो भन्न सकिन्छ, कि मानिसले परमेश्वरको प्रेमको बारेमा केही जानेको छ, तर यो अझै पर्याप्त छैन, किनकि मानिसमा धेरै कमी-कमजोरी छ। मानिसले परमेश्वरको अचम्मको कार्यको, अनि सबैभन्दा बढी परमेश्वरद्वारा प्रबन्ध गरिएका सबै दुःखको शुद्धीकरणको अनुभव गर्नुपर्दछ। त्यसपछि मात्र मानिसको जीवनको स्वभाव परिवर्तन हुन सक्दछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्)। मैले यो पढिसकेपछि अति पीडा महसुस गरेँ। पीडा भोग्नु भनेको परमेश्वरको प्रेम हो, तर म सधैँ यो परिस्थितिलाई अति पीडादायक ठान्थेँ र यसलाई झेलिरहन चाहन्नथेँ। म निकै कमजोर थिएँ। मैले म कर्तव्यपालन गर्न चाहन्छु त भनेँ, तर परिस्थितिहरू कठिन हुँदा म पछि हट्न चाहेँ, र मर्नेसम्म पनि सोचेँ। यो नै ठ्याक्कै म शैतानको षड्यन्त्रमा फस्नु थिएन र? मैले घर छोडेँ भने परमेश्वर मसँग अझै पनि रहनुहुन्थ्यो। यो नै मलाई आत्मनिर्भर भएर बाँच्ने तालिम गर्न र समस्या आइपर्दा परमेश्वरमा भर पर्न सिकाउने सर्वोत्तम समय थियो। यो मेरो जीवनका लागि हितकर थियो। मैले परमेश्वरको अभिप्राय बुझिसकेपछि हृदयमा म दुःखित हुन छोडेँ। म आफ्नो तत्कालिन परिस्थिति झेल्न राजी भएँ। मैले घुँडा टेकेर परमेश्वरको प्रार्थना गरेँ, र भनेँ, “हे परमेश्वर, अगाडिको बाटो जतिसुकै कठिन होस् म अविचलित भएर अघि बढी नै रहनेछु। कृपया मलाई डोर्याउनुहोस्।” प्रार्थना गरिसकेपछि मैले अझै शान्त र स्थिर भएको महसुस गरेँ। भोलिपल्ट, मैले मेरी आमालाई म अर्कै ठाउँमा डेरा सर्दैछु भनेँ। अप्रत्यासित रूपमा, उहाँको व्यवहार अचानक फेरियो र उहाँ आफैँ आएर मसँग कुरा गर्न थाल्नुभयो। त्यसपछिका केही दिन भित्र उहाँको व्यवहार निकै नरम भयो। मलाई अब्राहमको सम्झना आयो। परमेश्वरले उनलाई आफ्नो सबैभन्दा प्रिय पुत्र परमेश्वरलाई बलि चढाउन भन्दा आफूलाई सो कार्य गर्न मन नभए पनि, उनले आफ्नो पुत्र परमेश्वरलाई चढाउने निश्चय गरेपछि परमेश्वरले त्यो लिनुभएन। परमेश्वरले खालि अब्राहमबाट इमानदारी र समर्पण चाहनुभएको थियो। यो अनुभवलाई याद गरेपछि, परमेश्वरले मेरो जाँच लिँदै हुनुहुन्छ भन्ने लाग्यो। मैले मेरो कर्तव्य पालन गर्ने सङ्कल्प गरिसकेपछि शैतानसँग अरू कुनै उपाय बाँकी रहेन, अनि अन्ततः मैले आफ्नो कर्तव्य विनाअवरोध पूरा गर्न पाएँ।
पछि मैले परमेश्वरका थप वचन पढेँ र मेरी आमालाई केही खुट्ट्याउन सकेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “दाजुभाइ-दिदीबहिनीहरूमाझ सधैँ आफ्नो नकारात्मक विचार पोखाउनेहरू शैतानका नोकरहरू हुन्, र तिनीहरूले मण्डलीमा बाधा दिन्छन्। त्यस्ता व्यक्तिहरूलाई एक दिन निकालिनु र हटाइनुपर्छ। परमेश्वरमाथिको तिनीहरूको विश्वासमा यदि ती मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय छैन भने, यदि तिनीहरूसँग परमेश्वरमा समर्पित हुने हृदय छैन भने, तिनीहरू उहाँको निम्ति कुनै काम गर्न असमर्थ मात्र हुँदैनन्, तर त्यसको विपरीत तिनीहरू उहाँको काममा बाधा दिने र उहाँलाई प्रतिरोध गर्नेहरू बन्नेछन्। परमेश्वरमा विश्वास गर्नु तर उहाँप्रति समर्पित नहुनु वा उहाँको डर नमान्नु, बरु त्यसको साटो उहाँको विरोध गर्नु भनेको एक विश्वासीका निम्ति सबैभन्दा ठूलो बेइज्जती हो। यदि विश्वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा गैरजिम्मेवार र अनियन्त्रित छन् र गैरविश्वासीहरू जस्तो व्यवहार गर्छन् भने तिनीहरू गैरविश्वासीहरूभन्दा पनि बढी दुष्ट छन्; भूतात्माहरूको असली नमुना हुन्। जसले मण्डलीमा उनीहरूको विषाक्त, द्वेषपूर्ण कुराहरू ओकल्छन्, जसले अफवाह फैलाउँछन्, अमेल सृजना गर्छन्, र भाइ-बहिनीहरूमाझ गुट पैदा गर्छन्—तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ। तापनि अहिले परमेश्वरको कामको एक फरक युग भएकोले यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूलाई निश्चित रूपमा हटाइनुपर्ने हुन्छ। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभाव मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू खाँटी दियाबलस र शैतान हुन्। तिनीहरूको व्यवहारले परमेश्वरको काममा अवरोध र बाधा पुऱ्याउँछ, त्यसले दाजुभाइ र दिदी-बहिनीहरूको जीवन प्रवेशलाई बाधा दिन्छ, र त्यसले मण्डलीको सामान्य जीवनलाई नोक्सान पुर्याउँछ। ढिलो-चाँडो, भेडाहरूको खाल ओढ्ने यी ब्वाँसाहरूलाई हटाउनैपर्छ; शैतानका यी नोकरहरूप्रति निष्ठुर मनोवृत्ति, तिरस्कार गर्ने मनोवृत्ति अपनाउनुपर्छ। परमेश्वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानको साथमा हिलोमा लडीबुडी गर्दैछन्। परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने मानिसहरूले सधैँ परमेश्वरलाई उनीहरूको हृदयमा राख्छन्, र उनीहरूले आफूभित्र सधैँ परमेश्वरको डर मान्ने, परमेश्वरलाई प्रेम गर्ने हृदय बोक्छन्। परमेश्वरमा विश्वास गर्नेहरूले सावधानीपूर्वक र विवेकी रूपमा कामहरू गर्नुपर्दछ, र तिनीहरूले गर्ने सबै कुरा परमेश्वरका आवश्यकताहरू अनुरूप हुनुपर्दछ र तिनले उहाँको हृदय सन्तुष्ट पार्न सक्षम हुनुपर्दछ। तिनीहरू आफूलाई जे मन लाग्छ त्यही गर्ने हठी हुनुहुँदैन; त्यो सन्तको मर्यादा सुहाउँदो हुँदैन। मानिसहरू परमेश्वरको झन्डा फहराउँदै सेखी गर्दै र सबैतिर ठग्दै सबै ठाउँमा जथाभाबी भयानक प्रकारले दगुर्नुहुँदैन; यो सबैभन्दा विद्रोही आचरण हो। परिवारहरूको आफ्ना नियमहरू हुन्छन्, र राष्ट्रहरूका कानुनहरू हुन्छन्—र के परमेश्वरको घरमा अझ बढी यस्तो हुँदैन र? के यसमा पहिलेभन्दा पनि कडा मापदण्डहरू छैनन् र? के त्यहाँ पहिलेभन्दा बढी प्रशासकीय आदेशहरू छैनन्? मानिसहरू आफूले चाहेअनुसार गर्न स्वतन्त्र छन्, तर परमेश्वरको प्रशासनिक आदेशहरूलाई इच्छाअनुसार परिवर्तन गर्न मिल्दैन। परमेश्वर त्यो परमेश्वर हुनुहुन्छ जसले मानिसहरूबाट कुनै अपराध सहनुहुन्न; उहाँ त्यो परमेश्वर हुनुहुन्छ जसले मानिसहरूलाई मृत्युदण्ड दिनुहुन्छ। के वास्तवमा मानिसहरूले अघिबाटै नै जान्दैनन् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। मैले के देखेँ भने परमेश्वरले खुलासा गर्नुभएको कुरा ठ्याक्कै मेरी आमाको व्यवहार थियो मैले मेरी आमालाई पहिले कहिल्यै खुट्ट्याउन सकेकी थिइनँ, मलाई उहाँ मेरो आस्था र कर्तव्यपालनलाई बुझ्न सक्नुहुन्छ अनि मलाई सहयोग गर्नुहुन्छ भन्ने लाग्थ्यो। उहाँको अवरोध र सास्तीमार्फत् मात्र मैले उहाँको दुष्ट व्यक्तित्त्वको सार बुझ्न थालेँ। उहाँले सबै कुरा बुझ्नु भएको थियो र पनि मलाई सास्ती दिनुभयो अनि मेरो आस्थामा मलाई अवरोध पुर्याउनुभयो। यो उहाँको परमेश्वर-घृणाको सारद्वारा निर्धारित थियो। पहिले म उहाँको बाहिरी स्वरूपले भ्रमित हुन्थेँ, सोच्थेँ उहाँले धेरै वर्षसम्म परमेश्वरमाथि आस्था राख्नुभएको थियो, परिवार र जागिर छोड्नुभएको थियो, र निकै कष्ट खप्नुभएको थियो, उहाँ सच्चा विश्वासी हुनुहुन्छ, अनि उहाँलाई मण्डलीबाट निकालिएको भए पनि, एकदिन सायद आफैँ सच्चिनुहुनेछ। तर वास्तवमा उहाँले प्रायश्चित्त नगर्ने मात्र होइन, परमेश्वरका घरका बारेमा धारणाहरू पाल्नुभयो र आफ्नो नकारात्मकता प्रकट गर्नुभयो, यहाँसम्म कि मलाई परमेश्वरमाथि आस्था राख्न र आफ्नो कर्तव्य पूरा गर्नमा अवरोध पुर्याउनुभयो, मसँग सांसारिक कुराको फाइदा पनि लिने अनि साथसाथै परमेश्वरमाथि आस्था पनि राख्ने दुवै कुरा माग गर्नुभयो। उहाँले मेरो बारेमा सोचिरहेको आभास दिलाउनुभयो, तर सारमा उहाँ मलाई परमेश्वरबाट पर राखेर मुक्ति पाउने मौका गुमाओस् भन्ने चाहनुहुन्थ्यो। उहाँलाई मैले घर छोड्न नसक्ने मेरो कमजोर कडी थाहा थियो, त्यसैले उहाँले मेरो आस्थामा सास्ती दिनका लागि हरेक उपायहरू अपनाउनुभयो। उहाँले भनेका कुरा मैले मानिनँ भने उहाँ मलाई नराम्रा शब्दले गाली गर्नुहुन्थ्यो, र मलाई पिट्नु पनि हुन्थ्यो। मेरी आमाको प्रकृति सत्यतालाई घृणा गर्ने र परमेश्वरको विरोध गर्ने प्रकारको भएको मैले देखेँ। मैले अन्तरवैयक्तिक सम्बन्धहरू फाइदामा आधारित हुन्छन् भन्ने पनि बुझेँ। मैले आफ्नो कर्तव्य पूरा गर्ने निर्णय गर्दा र मैले जागिर नपाउँदा, उहाँले चाहेको गर्न नसक्दा, उहाँ ममाथि खनिनुहुन्थ्यो, अनि मलाई पिट्नुहुन्थ्यो, मलाई अस्वीकार गर्न खोज्नुहुन्थ्यो, र यतिसम्म कि मलाई घरबाटै निकाल्न चाहनुहुन्थ्यो। उहाँले मलाई वास्तवमा माया गर्नुहुन्नथ्यो भन्ने मैले देखेँ। मेरी आमाको सार केही खुट्ट्याउन सकेपछि मेरो हृदयले उहाँप्रतिको स्नेह त्याग्न सफल भयो।
यस्तो परिस्थितिको सामना मैले एकवर्षसम्म गरेँ अनि मेरी आमाको अवरोध र सास्तीमाथि विजय पाउन परमेश्वरले नै मलाई डोर्याउनुभयो। परमेश्वरका वचनमा शक्ति तथा अख्तियार भएको मैले महसुस गरेँ। तिनले मलाई बारम्बार नकारात्मकता र कमजोरीबाट डोर्याएर बाहिर निकाले अनि मैले मेरी आमाको दुष्ट व्यक्तित्त्वको सार खुट्ट्याउन सकेँ। म परमेश्वरलाई यसका लागि धन्यवाद दिन्छु।