४१. अगुवाहरू पक्राउ परेर यहुदा बनेको थाहा पाएपछि

सन् २०१८ को जुलाई ४ मा मेरी सहकर्मी अगुवा डिङ जिएलाई पिछा गरेर पक्राउ गरियो। यो खबर सुनेर म निकै चिन्तित भएँ। प्रहरीले मानिसलाई यातना दिने तरिका अत्यन्तै क्रूर थियो; के उनले सहन सक्नेछिन्? उनीसँग मेरो बारम्बार कुराकानी हुन्थ्यो, म पनि पहिलेदेखि नै निगरानीमा पो छु कि? यसबारे सोच्दा, म अलि डराएँ। केही दिनपछि, मलाई मेरो गृहनगरबाट चिठी आयो। चिठीमा प्रहरी मलाई पक्रन मेरो घर आएको र गाउँलेलाई पनि ममाथि नजर राख्नु भनेको खबर थियो। मेरो गाउँकी सिस्टर ली क्विङ पक्राउ परेकी थिइन्, र प्रहरी अझै उनका दुई छोरीको पछि लागिरहेको थियो। यो खबरले मलाई झटका दियो। प्रहरीले चारैतिर ब्रदर-सिस्टरलाई पक्राउ गरिरहेको थियो, र म घरविहीन भएकी थिएँ। परमेश्‍वरका विश्‍वासीहरूलाई पक्राउ गर्न जुन हदमा प्रहरी परिचालन भइरहेको थियो, त्यो देखेर मलाई एकदमै पारो चढ्यो। सोही समय, म यदि पहिल्यैदेखि प्रहरीको निगरानीमा रहेछु भने यो ठाउँ अब मेरा लागि सुरक्षित हुनेछैन भनेर चिन्तित भएँ। प्रहरीले मलाई पक्राउ गरेको भए, के मैले यातना पाउनेथिइनँ र? के मैले त्यो सहन सक्नेथिएँ? मैले जति धेरै सोचेँ, उति डराएँ। त्यसपछिका केही दिन मैले डरको स्थितिमा बिताएँ।

केही समयपछि नै डिङ जिएले यातना सहन सकिनन् र धेरै ब्रदर-सिस्टर, साथै परमेश्‍वरका वचनका पुस्तक रखवारी गर्ने दुई परिवारलाई धोका दिइन भन्‍ने मैले सुनेँ। त्यतिबेला, पुस्तकहरू पहिल्यै सारिएका थिए, तर रखवारी परिवारकी सिस्टर पक्राउ परिन्, अनि प्रहरीले अर्की सिस्टरको घरबाट बचत गरेको ३ लाख युआन जफत गऱ्यो। डिङ जिएले ब्रदर-सिस्टरलाई पक्राउ गर्नमा प्रहरीलाई डोऱ्याउने कामसमेत गरिन्। एकपछि अर्को गर्दै १० भन्दा बढी अगुवा र डिकन पक्राउ परे। कतिपय ब्रदर-सिस्टरको घरमा छापा मारियो, र धेरै ब्रदर-सिस्टर घर छोडेर लुकेर बसे। चाँडै नै अर्की अगुवा जिया यु पक्राउ परिन्। उनले प्रहरीको त्रास, धम्की र यातना सहन नसकेकीले अनि उनी जेल पर्न डराएकीले, अन्ततः उनले ब्रदर-सिस्टर र मण्डलीको पैसालाई धोका दिइन्। यो खबर सुनेर म चकित भएँ, र मैले त्यो साँचो भनेर विश्‍वास गर्नै सकिनँ। यसअघि यी अगुवाहरूले वास्तवमै सत्यता पछ्याइरहेका थिए; तिनीहरू कसरी धोकेबाज बन्न सके? डिङ जिए र जिया युले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका थिए। तिनीहरूले आफ्ना परिवार र करियर छोडे अनि सारा समय कर्तव्य निर्वाहमा लगाए। परिवारले जसरी सतावट वा बाधा दिए पनि, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरिरहे, अनि आफ्ना कर्तव्य निर्वाहमा कष्ट सहन र मूल्य चुकाउन सके। अचानक कसरी तिनीहरू सबै यहुदामा परिणत हुन सके? मैले त्यो पटक्कै बुझिनँ। तिनीहरू अगुवा थिए, अनि तिनीहरूले ब्रदर-सिस्टरसँग गर्ने सङ्गति सामान्यता निकै राम्रो हुन्थ्यो। तिनीहरूले धेरै सत्यता बुझेको र तिनीहरूको कद ब्रदर-सिस्टरको भन्दा धेरै हुनुपर्थ्यो, तर केही साधारण ब्रदर-सिस्टरसमेत आफ्नो गवाहीमा दृढ रहन सके। अगुवा भएर पनि तिनीहरूको कद साधारण ब्रदर-सिस्टरको भन्दा कम कसरी हुन सक्थ्यो? तिनीहरूले कसरी यत्तिकै परमेश्‍वरलाई धोका दिन सक्थे? मैले आफैलाई मनन गरेँ। त्याग्ने र समर्पित हुने कुरामा, मैले तिनीहरूभन्दा धेरै गरेकी थिइनँ। तिनीहरूले आफ्नो काम, आमाबुबा र छोराछोरी छोडेका थिए र कर्तव्य पूरा गर्न रोजेका थिए, तर म आफ्नो कर्तव्य पूरा गर्दा अझै पनि अक्सर स्नेहको बन्धनमा हुन्थेँ। तिनीहरू दृढ रहनसमेत सकेनन्। यदि म पक्राउ परेँ र प्रहरीले जेल हाल्ने भो भने के म आफ्नो गवाहीमा दृढ रहन सक्नेछु? मेरो देहले पीडा सहन नसकेकाले र मलाई जेल परिने डर लागेकाले यदि मैले परमेश्‍वरलाई धोका दिएकी भए, के मेरो परिणाम र गन्तव्य खराब हुनेथिएन र? मैले यत्तिका वर्ष परमेश्‍वरमा विश्‍वास गरेकी व्यर्थ हुनेथिएन र? म चिन्ता नगरी बस्नै सकिनँ। मैले मण्डलीले यस्तो धेरै सतावट किन भोगेको छ, र यति धेरै ब्रदर-सिस्टर किन पक्राउ परेका छन् भनेर बुझिनँ। मेरो मनका उच्च आदर्शका व्यक्तिहरू सबै ढलेका थिए। त्यस समयमा, म धेरै दिक्दार थिएँ। हरेक दिन, मेरो अनुहार चिन्ताग्रस्त हुन्थ्यो, र म निराशाको सुस्केरा हाल्थेँ। परमेश्‍वरका वचन पढ्दा, मैले त्यसलाई हृदयमा लिइनँ, भेला हुँदा वा कर्तव्य निर्वाह गर्दा ममा कुनै ऊर्जा थिएन।

एउटी सिस्टरले मलाई निकै निराश देखेर यसरी सम्झाइन्, “तपाईँ यसरी नकारात्मक बनेर हुँदैन, गवाहीमा दृढ रहने ब्रदर-सिस्टरहरूबाट सिक्नुपर्छ, अझ धेरै परमेश्‍वरका वचन पढ्नुपर्छ र अझ धेरै पाठ सिक्नुपर्छ।” यी सिस्टरको सम्झौटो पाएपछि मात्र मलाई आफू कति कमजोर रहेछु भन्‍ने थाहा भयो। मेरा ब्रदर-सिस्टरहरूले प्रहरीको सतावट भोगेका र धेरै कष्ट सहेका थिए, र अझै पनि परमेश्‍वरमा भर पर्न र पाठ सिक्न जानेका थिए। मैले परमेश्‍वरको अभिप्राय खोज्न किन जानिनँ? खोजीको क्रममा, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “त्यसैले, मार्गको अन्तिम भागमा कसरी हिँड्न सकिन्छ त? सङ्कष्ट अनुभव गर्दाका तेरा दिनहरूमा, तैँले सबै कठिनाइहरू सहनैपर्छ, अनि तँसित कष्ट भोग्ने इच्छा हुनैपर्छ; केवल यसरी मात्रै तँ मार्गको यस भागमा राम्रोसित हिँड्न सक्छस्। के तँलाई मार्गको यस भागमा हिँड्न यति सजिलो छ भन्‍ने लाग्छ? तैँले कुन कार्य पूरा गर्नुपर्छ भनेर जान्नुपर्छ; तिमीहरूले आफ्नो क्षमतालाई बढाउनैपर्छ अनि आफैलाई पर्याप्त सत्यताले सुसज्जित पार्नुपर्छ। यो एक वा दुई दिनको काम होइन, अनि यो तैँले सोचेको जस्तो सरल छैन! मार्गको अन्तिम भागमा हिँड्ने कुरा तँसित भएका विश्‍वास र इच्छाको प्रकारमा निर्भर हुन्छ। सायद तैँले तँभित्र पवित्र आत्माले काम गरिरहनुभएको देख्न सक्दैनस्, वा सायद तैँले मण्डलीमा पवित्र आत्माले काम गरिरहनुभएको पत्ता लगाउन सक्दैनस्, त्यसैले अगाडिको मार्गको निम्ति तँ निराशावादी छस् अनि हताश र नैराश्यताले भरिपूर छस्। निश्‍चित रूपमा, विगतका महान् योद्धाहरू सबै पतित भएका छन्—के यी सबै तेरो लागि प्रहार होइनन् र? तैँले यी कुरालाई कसरी हेर्नुपर्छ? तँसित विश्‍वास छ कि छैन? तैँले आजको कामलाई पूर्ण रूपले बुझ्न सक्छस् कि सक्दैनस्? यी कुराहरूले तँ मार्गको अन्तिम भागसम्म सफलतापूर्वक हिँड्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरालाई निर्धारण गर्दछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ मार्गको अन्तिम भागसम्म कसरी हिँड्नुपर्छ)। परमेश्‍वरका वचन पढेपछि, मैले आज हामीले भोगेका सतावट र विपत्ति परमेश्‍वरले हामी प्रत्येकका लागि बन्दोबस्त गरेको पाठ हो भन्‍ने बुझेँ। यस मार्गको अन्तिम चरण हिँड्नु सजिलो छैन, त्यसैले हामीमा ठुलो आस्था हुनुपर्थ्यो र हामी अझ धेरै सत्यताले सुसज्जित हुनुपर्थ्यो। मैले धेरै ब्रदर-सिस्टर पक्राउ परेका, आफू छेउका उच्च आदर्शका व्यक्तिहरू ढलेका, र धेरै ब्रदर-सिस्टर टाढा-टाढा भागेका देखेँ, त्यसैले, म निराशावादी र निराश बनेँ, अनि मैले आफ्नो आस्था गुमाएँ। के म सैतानको धूर्त योजनाको ठिक बीचमा थिइनँ र? परमेश्‍वरले जे गर्नुभए पनि त्यसमा उहाँको विचारशीलता मात्र हुन्छ, तर मैले परमेश्‍वरको अभिप्राय खोजिनँ, र आफ्नै धारणा र कल्पनाभित्र जिएँ, घटित कुरालाई नकारात्मक रूपमा लिएँ। यो परमेश्‍वरको अभिप्रायअनुरूप थिएन! मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मण्डलीले किन यस्ता गम्भीर परिस्थिति सामना गरिरहेको छ अनि तपाईँले किन हामीलाई कम्युनिस्ट पार्टीको उन्मत्त पक्राउ र सतावट भोग्ने अनुमति दिनुभएको हो, त्यो म बुझ्दिनँ। परमेश्‍वर, तपाईँको अभिप्राय बुझ्न अनि गलतफहमी र उदासीको यस स्थितिबाट बाहिर निस्किन मलाई मार्गदर्शन गर्नुहोस्।”

खोजीको क्रममा, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ जसले मलाई अझ गहन रूपमा प्रेरित गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरले गर्नुहुने सबै कुरा आवश्यक र असाधारण महत्त्वका छन्, किनकि उहाँले मानिसमा गर्नुहुने सबै काम उहाँको व्यवस्थापन र मानवजातिको मुक्तिसित सम्बन्धित छन्। स्वाभाविक रूपमा, अय्यूब परमेश्‍वरको नजरमा सिद्ध र इमानदार भएका भए पनि, उहाँले तिनमा गर्नुभएको काम अरूभन्दा फरक छैन। अर्को शब्दमा भन्दा, परमेश्‍वरले चाहे जे गर्नु भए पनि वा जुनसुकै साधनहरूद्वारा त्यो काम गर्नु भए पनि, मूल्य जति लागे पनि, उहाँको ध्येय जेसुकै नै भए पनि उहाँका कार्यहरूको उद्देश्य परिवर्तन हुँदैन। परमेश्‍वरको उद्देश्य मानिसभित्र परमेश्‍वरका वचनहरू काममा लगाउनु हो, साथै मानिसका निम्ति रहेका परमेश्‍वरका मापदण्ड र अभिप्रायहरूलाई पनि मानिसभित्र काममा लगाउनु हो; अर्को शब्दमा भन्दा, यो भनेको परमेश्‍वरले सकारात्मक भनी विश्‍वास गर्नुभएका सबैकुरा उहाँका चरणहरूअनुसार मानिसभित्र गराउनु हो, जसले मानिसलाई परमेश्‍वरको हृदय बुझ्न र परमेश्‍वरको सार बोध गर्न सक्षम बनाउँछ, र मानिसलाई परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन मद्दत गर्छ, र यसरी मानिसले परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने आचरण हासिल गर्न सक्छ—यो सबै कुरा परमेश्‍वरले गर्नुहुने हर कार्यमा रहेको उहाँको उद्देश्यको एक पक्ष हो। अर्को पक्ष के हो भने, शैतान परमेश्‍वरको काममा प्रतिभार र सेवा गर्ने पात्र भएकोले मानिसलाई प्रायः शैतानको हातमा नै सुम्पिइन्छ; मानिसहरूलाई शैतानका परीक्षा र आक्रमणहरूमा शैतानको दुष्टता, कुरूपता र घिनलाग्दो अवस्था देखाई, उहाँले मानिसलाई शैतानलाई घृणा गर्ने, र नकारात्मक कुरा चिन्‍न र बुझ्न सक्‍ने तुल्याउनुहुन्छ। यो प्रक्रियाले तिनीहरूलाई बिस्तारै शैतानका नियन्त्रण र आरोपहरू, बाधा र आक्रमणहरूबाट स्वतन्त्र हुन मदत गर्छ, र यो तबसम्म जारी रहन्छ जबसम्म परमेश्‍वरका वचनहरू, परमेश्‍वरको बारेमा तिनीहरूको ज्ञान, परमेश्‍वरप्रति तिनीहरूको समर्पण, परमेश्‍वरप्रतिको तिनीहरूको आस्था र डरका कारण तिनीहरूले शैतानका आक्रमण र आरोपहरूमाथि विजय हासिल गर्दैनन्; अनि मात्र तिनीहरूले शैतानको सत्ताबाट पूर्ण रूपमा छुटकारा पाउनेछन्। मानिसहरूको छुटकाराको अर्थ शैतान हारेको छ भन्‍ने हो, र यसको अर्थ तिनीहरू अबउप्रान्त शैतानको मुखभित्रको आहार हुँदैनन्—निल्नुको साटो शैतानले तिनीहरूलाई छोडिदिएको छ भन्‍ने हुन्छ। त्यस्ता मानिसहरू सोझा भएकाले, तिनीहरूसित परमेश्‍वरप्रतिको विश्‍वास, समर्पण र भय भएकोले, र तिनीहरू पूर्ण रूपमा शैतानबाट अलग भएकोले त्यस्तो हुन्छ। तिनीहरूले शैतानलाई लज्‍जित बनाउँछन्, तिनीहरूले शैतानलाई कायर बनाउँछन्, र तिनीहरूले शैतानलाई पूर्ण रूपमा पराजित गर्छन्। परमेश्‍वरलाई पछ्याउने तिनीहरूको दृढता, र परमेश्‍वरप्रतिको समर्पण र डरले नै शैतानलाई पराजित गर्छ, र शैतानलाई पूर्ण रूपमा तिनीहरूलाई त्याग्‍ने बनाउँछ। यस्ता मानिसहरू मात्र वास्तवमा परमेश्‍वरद्वारा साँचो रूपमा प्राप्त गरिएका हुन्छन्, र परमेश्‍वरले मानिसलाई मुक्ति दिनुको अन्तिम उद्देश्य पनि यही हो। यदि परमेश्‍वरलाई पछ्याउनेहरू मुक्ति पाउन र परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन चाहन्छन् भने, तिनीहरू सबैले शैतानबाट आउने ठूला र साना दुवै किसिमका प्रलोभन र आक्रमणहरूको सामना गर्नैपर्छ। जो यी प्रलोभन र आक्रमणहरू पार गरी बाहिर निस्कन्छन् र शैतानलाई पूर्ण रूपले पराजित गर्न सक्षम हुन्छन्, तिनीहरू नै परमेश्‍वरबाट मुक्ति पाएकाहरू हुन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। परमेश्‍वरका वचनहरू पढेपछि मैले के बुझेँ भने, परमेश्‍वरको काम मानिसहरूलाई पाप र सैतानको प्रभावबाट मुक्ति दिई अन्ततः तिनीहरूलाई उहाँको राज्यमा ल्याउनु हो। सैतान र दियाबलस राजाहरू यसमा सन्तुष्ट हुँदैनन्, र तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूलाई उन्मत्त भई पक्राउ गर्छन् र सताउँछन्, हरतरिकामा परमेश्‍वरको विरोध गर्छन्, र परमेश्‍वरको कार्यमा रोकावट ल्याउन सबै माध्यम पूरै प्रयोग गर्छन्। तिनीहरू परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिलाई दोष लगाउँछन् र आक्रमण गर्छन्, मानिसहरूलाई परमेश्‍वरलाई इन्कार्न, धोका दिन र आफूसँगै नरकमा दण्डित हुन लगाउने प्रयास गर्छन्। सैतानका विभिन्न परीक्षा र आक्रमणबीच परमेश्‍वरका चुनिएका मानिसहरूमध्ये परमेश्‍वरमा भर पर्न, आफ्नो गवाहीमा दृढ रहन र सैतानलाई लाजमा पार्न सक्नेहरूले नै मुक्ति पाउन सक्छन्। यसबीच, परमेश्‍वरलाई धोका दिने अनि सैतानसँग सम्झौता र आत्मसमर्पण गर्नेहरूले, परमेश्‍वरको मुक्ति गुमाउँछन् र तिनीहरूलाई खुलासा गरेर हटाइन्छ। सत्यताको यो पक्ष बुझेर मेरो हृदय अचानक उज्यालो र स्पष्ट भयो। सैतानको शासनबाट पक्राउ र सतावट भोग्नु मुक्ति पाउने आवश्यक प्रक्रिया थियो। म कायर हुनु र डराउनु अनि यस्तो वातावरणबाट उम्कने सोच्नु व्यर्थ थियो; मैले गर्नुपर्ने कुरा भनेको अझ धेरै सत्यताले सुसज्जित हुनु र परमेश्‍वरका लागि गवाहीमा दृढ रहनु थियो।

त्यसपछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “ठूलो रातो अजिङ्गरको राष्ट्रमा, मैले मानवजातिमा अथाह कामको एउटा चरण पूरा गर्दै तिनीहरूलाई हावामा नै बहन लगाएको छु, त्यसपछि धेरै जना बिस्तार-बिस्तार हावाको बहावसँगै अलग हुन्छन्। साँच्चै, यो मैले सफा गर्न लागेको ‘खलो’ हो; मैले उत्कट चाह गरेको कुरा यही हो र यो मेरो योजना पनि हो। किनकि म काममा हुँदा धेरै दियाबलसहरू गुप्‍त रूपमा पसेका छन्, तर म तिनीहरूलाई धपाउन हतारमा छैनँ। बरु, उपयुक्त समयमा म तिनीहरूलाई तितरबितर पार्नेछु। त्यसपछि मात्र, मलाई साँच्चै प्रेम गर्नेहरूलाई मबाट अञ्‍जीरको फल र लिलीको बास्ना प्राप्‍त गर्न दिएर म जीवनको मूल हुनेछु। शैतान बास बस्ने मुलुकमा, धूलोलो भूमिमा कुनै विशुद्ध सुन रहँदैन, त्यहाँ केवल बालुवा मात्र हुन्छ, र त्यसैले, यी परिस्थितिहरूको सामना गरेपछि म यस्तो चरणको काम गर्छु। मैले प्राप्‍त गर्ने कुरा भनेको शुद्ध र खारिएको सुन हो, बालुवा होइन भन्‍ने तिमीहरूले जान्नुपर्छ। मेरो घरमा दुष्ट कसरी रहन सक्छ? म फ्याउराहरूलाई मेरो स्वर्गमा परजीवीका रूपमा कसरी जिउन दिन सक्छु र? यी तिनीहरूलाई भगाउन हरविधि अपनाउँछु। मेरा अभिप्रायहरू प्रकट हुनअघि मैले के गर्न लागेको छु सो कसैलाई पनि थाहा हुँदैन। यही मौका छोपेर म ती दियाबलसहरूलाई धपाउँछु र तिनीहरू मेरो उपस्थिति छोडेर जान बाध्य हुन्छन्। म दुष्टहरूलाई यसै गर्छु, तर तिनीहरूले मेरो सेवा गर्ने दिन अझै बाँकी हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी)। परमेश्‍वरका वचनबाट मैले यो कुरा बुझेँ: ठुलो रातो अजिङ्गर भनेको परमेश्‍वरको काममा एउटा सेवा वस्तु हो। परमेश्‍वर ठुलो रातो अजिङ्गरले गर्ने पक्राउ र सतावटलाई आफ्ना चुनिएका मानिसहरूलाई सिद्ध बनाउन सेवाका रूपमा प्रयोग गर्नुहुन्छ, जबकि त्यससँगसँगै दुष्ट मानिस र अविश्‍वासीलाई प्रकट गर्नुहुन्छ, मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार छाँटनुहुन्छ। परमेश्‍वरको काम अत्यन्तै सर्वशक्तिमान् र बुद्धिमान छ! उहाँ ठुलो रातो अजिङ्गरले गर्ने उन्मत्त पक्राउ र सतावटलाई मानिसहरूलाई सिद्ध बनाउन, खुलासा गर्न र हटाउन प्रयोग गर्नुहुन्छ। गहुँ, सामा, साँचो विश्‍वासी र झुटा विश्‍वासीहरू—उहाँले तिनीहरू सबैलाई यो प्रतिकूल वातावरणमाझ एक-एक गरी खुलासा गर्नुहुन्छ। परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र सत्यतालाई प्रेम गर्नेहरूले चाहिँ कष्ट भोगे पनि वा मृत्युवरण गरे पनि, अझै पनि अन्त्यसम्म परमेश्‍वरलाई पछ्याउनेछन् र उहाँप्रतिको गवाहीमा दृढ रहनेछन्। परमेश्‍वरमा साँचो विश्‍वास नगर्ने र मानवता नभएका मानिसहरूले सबै प्रकारका परिस्थितिमा सैतानसँग सम्झौता गर्छन् र त्यसप्रति समर्पित हुन्छन्। यस्ता मानिसहरू नै परमेश्‍वरले उहाँका आखिरी दिनहरूको काममा प्रकट गर्ने सामा हुन्; तिनीहरू हटाइनेहरू हुन्। मैले पक्राउ परेकाहरूमध्ये एक जवान ब्रदरलाई सम्झेँ। प्रहरीले चुरोटको ठुटाले उनको शरीर पोलिदियो, उनीमाथि गिलासका गिलास भतभत पोल्ने तातो पानी छ्याप्यो। यो कल्पनै गर्न नसकिने भयानक थियो, तर यी सबै पीडाबिच उनले परमेश्‍वरलाई धोका दिएनन्। उनले प्रहरीले गर्ने ब्रेनवाशिङकको सामना गरे र त्यो खण्डन गर्न सत्यता प्रयोग गरे। उनी परमेश्‍वरलाई नकार्ने वा धोका दिने एक शब्द बोल्नुभन्दा बरु जेल जानेथिए। प्रहरीले कपडा फुकालिदिएको एउटी सिस्टर पनि थिइन्, प्रहरीले उनलाई अँध्यारो कोठामा स्टन ब्याटन प्रयोग गरेर जिउनुभन्दा मर्नु राम्रो लाग्ने हदसम्म करेन्ट लगायो। तर उनी परमेश्‍वरलाई धोका दिनुभन्दा बरु मर्नेथिइन्। पक्राउ परेपछि, धेरै ब्रदर-सिस्टर परमेश्‍वरलाई धोका दिनुभन्दा बरु मर्नेथिए। तिनीहरूले परमेश्‍वरका लागि सानदार गवाही दिए र सैतानलाई लज्जित तुल्याए। तिनीहरू पक्राउ परे पनि, तिनीहरूले सतावट भोगे पनि, र तिनीहरूको देहले केही कष्ट सहे पनि, परमेश्‍वरका कार्य देखेपछि तिनीहरूको आस्था सिद्ध भयो। मैले परमेश्‍वरको बुद्धि सैतानको धूर्त योजनाका आधारमा लागू गरिएको देखेँ। ठुलो रातो अजिङ्गरले मानिसहरूलाई परमेश्‍वरलाई नकार्न र धोका दिन लगाउने व्यर्थको प्रयास गर्दै, उहाँका विश्‍वासीहरूलाई सताउन सबै प्रकारका विधि प्रयोग गऱ्यो, तर परमेश्‍वरले यस्तो एउटा वातावरण प्रयोग गरी मानिसहरूको एउटा समूहलाई विजेता हुन, राज्यका असल सिपाही हुनका लागि सिद्ध पार्न प्रयोग गर्नुभयो। त्यसका साथै, उहाँले आफ्नौ मात्र पेट भर्न खोज्ने अविश्‍वासी र दुष्ट मानिसहरूलाई प्रकट गर्नु र हटाउनु पनि भयो। मैले डिङ जिए र जिया युले पक्राउ पर्नुअघि आफूलाई त्याग्न र समर्पण गर्न सकेका थिए भनेर सोचेँ; तिनीहरू बारम्बार परमेश्‍वरका लागि आफ्नो गवाहीमा दृढ रहनुपर्छ भन्‍ने गर्थे। यसो हेर्दा, तिनीहरू परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिसजस्ता देखिन्थे। तर, पक्राउ परेर यातना भोग्नेबित्तिकै, तिनीहरूले आफ्नै जीवन रक्षा गरे, परमेश्‍वरलाई विश्‍वासघात गरे, ब्रदर-सिस्टरलाई धोका दिए, र तिनीहरू सीसीपीको नोकरसमेत बने। तिनीहरू ठ्याक्कै परमेश्‍वरले प्रकट गरेका दुष्ट मानिस थिए। पहिले, कसैले तिनीहरू खराब मानिस हुन् र परमेश्‍वरलाई धोका दिन्छन् भनेको भए, म पटक्कै विश्‍वास गर्नेथिइनँ। तर तथ्यहरू प्रकट भएपछि, मैले तिनीहरूको प्रकृति सार प्रस्टसित देखेँ। तिनीहरूले भनेका कुरा वचन र धर्मसिद्धान्त मात्रै थिए, खोक्रा सिद्धान्त मात्र थिए। मैले फेरि आफूबारे सोचेँ। विगतमा, मैले परमेश्‍वरलाई, परिस्थिति जस्तोसुकै प्रतिकूल भए पनि, म सधैँ आफ्नो कर्तव्य पूरा गर्न र उहाँलाई सन्तुष्ट पार्न डटिरहनेछु भनेर सङ्कल्प गरेकी थिएँ, र म आफूलाई ठुलो कदकी ठान्थेँ। तर खतरा र सङ्कष्ट सामना गर्दा, म त्रास र डरको स्थितिमा जिएकी थिए, अनि मैले आफ्नो आस्था गुमाएकी थिएँ जसमा अन्ततः आफ्नो कद निकै सानो रहेछ भन्‍ने थाहा पाएँ।

पछि, मैले डिङ जिए र जिया यु कसरी असफल भएका थिए भन्‍ने सम्झेँ। मैले तिनीहरूको असफलताबाट पाठ सिक्नुपर्थ्यो भनेर बुझेँ। मैले तिनीहरूले यहुदा बनेर परमेश्‍वरलाई धोका दिनु एकदमै आश्चर्यजनक हो र त्यो स्विकार्न गाह्रो छ भनेर किन सोचेँ? यसबारे सावधानीपूर्वक सोच्दा, आफूभित्र त्रुटिपूर्ण दृष्टिकोण छ भन्‍ने देखेँ। म सोच्थेँ, तिनीहरू अगुवा भएकाले तिनीहरूले आफ्ना कर्तव्य पूरा गर्न आफ्नो परिवार त्यागेका र करियर छोडेका हुन्, र तिनीहरूका सङ्गति सामान्यतया एकदमै राम्रा हुन्छन्, तिनीहरूले सत्यता बुझ्नैपर्छ, तिनीहरूमा वास्तविकता हुनैपर्छ, तिनीहरूको कद ब्रदर-सिस्टरहरूको भन्दा ठुलो हुन्छ, र तिनीहरूले परमेश्‍वरलाई यति सजिलै धोका दिनेछैनन्। मैले तिनीहरूलाई मूल्याङ्कन गर्ने मेरो मापदण्ड गलत छ भन्‍ने देखेँ। मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “जब कसैलाई दाजुभाइ-दिदीबहिनीहरूले अगुवा बन्न चयन गर्छन्, वा उसलाई कुनै एक निश्चित काम गर्न वा एक निश्चित कर्तव्य निर्वाह गर्नका लागि परमेश्‍वरको घरद्वारा प्रवर्धन गरिन्छ, तब यसको अर्थ उसको विशेष हैसियत वा पद छ, वा उसले बुझेका सत्यताहरू अन्य मानिसहरूले बुझेका सत्यताभन्दा गहिरो र धेरै छन् भन्ने होइन—उसले आफूलाई परमेश्‍वरमा समर्पित गर्न सक्छ, र उहाँलाई धोका दिनेछैन भन्ने त झनै होइन। निश्चय नै, यसको अर्थ उसले परमेश्‍वरलाई चिन्छ, र ऊ परमेश्‍वरको डर मान्ने व्यक्ति हो भन्ने पनि होइन। वास्तवमा, उसले यीमध्ये कुनै पनि कुरा हासिल गरेको हुँदैन। प्रवर्धन र संवर्धन त सिधा अर्थको प्रवर्धन र संवर्धन मात्रै हो, र यो उसलाई परमेश्‍वरले पूर्वनिर्धारण र अनुमोदन गर्नुभएको बराबर होइन। उसको प्रवर्धन र संवर्धनको अर्थ उसलाई प्रवर्धन गरिएको छ, र ऊ संवर्धन हुने प्रतीक्षामा छ भन्ने मात्र हो। अनि यो संवर्धनको अन्तिम परिणाम यो व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन, र सत्यता पछ्याउने मार्ग छनौट गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। तसर्थ, जब मण्डलीमा कसैलाई अगुवा हुनका निम्ति प्रवर्धन र संवर्धन गरिन्छ, उसलाई केवल सिधा अर्थमा प्रवर्धन र संवर्धन गरिएको हुन्छ; यसको अर्थ अगुवाका रूपमा ऊ पहिलेदेखि नै मानकअनुरूप र दक्ष छ, ऊ पहिल्यै अगुवाइको काम गर्न सक्षम छ, र उसले वास्तविक काम गर्न सक्छ भन्‍ने होइन—कुरा त्यस्तो होइन(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५))। परमेश्‍वरका वचनबाट मैले यो बुझेँ: कोही अगुवा हुन चुनिँदा, त्यो तालीम लिने अवसर मात्र हो। त्यसको अर्थ तिनीहरू सत्यता बुझ्छ्न् र तिनीहरूसँग सत्यता वास्तविकता छ भन्‍ने पटक्कै होइन। त्यसबाहेक, अन्त्यमा तिनीहरू दृढ रहन सक्नु नसक्नु तिनीहरूको प्रकृति सार र तिनीहरू हिँड्ने मार्गद्वारा निर्धारित हुन्छ। यसको तिनीहरू अगुवा हुन् कि होइनन् भन्‍ने कुरासँग सम्बन्ध हुँदैन। व्यक्तिको हैसियत जतिसुकै उच्च होस्, तिनीहरूले जतिसुकै त्याग र समर्पण गरेको देखियोस् र तिनीहरू जतिसुकै उत्साही अनि कष्ट सहन सक्ने हुन्, यदि तिनीहरू आफूमाथि मामिला आइपर्दा, आफ्नै व्यक्तिगत हितको मात्र रक्षा गर्छन्, तिनीहरूको हृदयमा परमेश्‍वरका लागि स्थान छैन, र तिनीहरूले कुनै पनि समय र ठाउँमा परमेश्‍वरलाई धोका दिन सक्छन् भने तिनीहरूसँग सत्यता वास्तविकता हुँदैन। विगतमा, म अगुवा र कामदारहरूले अरूसँग कसरी सङ्गति गर्ने भनी जान्नुले तिनीहरूले परमेश्‍वरको अभिप्राय र माग बुझेका छन्, तिनीहरूको कद ब्रदर-सिस्टरहरूको भन्दा ठुलो छ र परीक्षा सामना गर्दा तिनीहरू दृढ रहन सक्छन् भन्‍ने देखाउँछन् भन्‍ने कुरा देखाउँछन् भनी विश्‍वास गर्थेँ। यी सबै मेरा धारणा र कल्पना थिए। अब, मैले के बुझेँ भने कसैसँग सत्यता वास्तविकता छ कि छैन भन्‍ने कुरा मुख्यतः तिनीहरू आफूले सङ्गति गर्ने ज्ञानअनुसार जिइरहेका छन् कि छैनन् भन्‍नेमा निर्भर गर्दछ। तिनीहरूको मुखबाट जतिसुकै राम्रा वचन निस्के पनि, यति तिनीहरू ती वचनअनुसार जिउन सक्दैनन् भने, तिनीहरूले सङ्गति गरिरहेका कुरा धर्मसिद्धान्त मात्र हुन्; त्यो अव्यवहारिक छ, र तिनीहरूले साँचो रूपमा सत्यता बुझ्दैनन्। हैसियत हुनु भनेको सत्यता वास्तविकता हुनुसमान होइन, अनि अगुवा र हैसियत हुनुको अर्थ कसैले परमेश्‍वरलाई चिन्न र उहाँप्रति समर्पित हुन सक्छ भन्‍ने होइन, झन् परमेश्‍वरलाई प्रेम गर्न सक्छ र उसमा मानवता छ भन्‍ने हुनु त परै जाओस्। कुनै व्यक्तिलाई मूल्याङ्कन गर्दा, उसको हैसियत कति उच्च वा निम्न छ भनेर हेर्नै हुँदैन, बरु ऊ केअनुसार वास्तवमा जिइरहेको छ भनेर हेर्नुपर्छ। यो व्यक्ति ऊमाथि मामिला आइपर्दा समर्पित हुन, परमेश्‍वरप्रति बफादार हुन सक्छ र उसले परमेश्‍वरलाई साँचो रूपमा चिन्दछ, र उसले निर्णायक क्षणमा आफ्नो जीवन त्याग्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छ भने, यसको अर्थ ऊसँग सत्यता वास्तविकता छ। डिङ जिए र जिया यु सतही रूपमा आफूलाई त्याग्न र समर्पित गर्न सक्ने देखिन्थे, तर खतरा सामना गर्दा, तिनीहरूले केवल आफ्नै हितबारे सोचे आफ्नै सुरक्षालाई विचार गरे, र तिनीहरू परमेश्‍वरप्रति बफादार हुन र तिनीहरूले परमेश्‍वरका घरका हितको रक्षा गर्न सकेनन्। तिनीहरू सत्यतालाई साँचो रूपमा पछ्याउने मानिस थिएनन्। तिनीहरूले आफूलाई त्याग्न र समर्पित गर्न, कष्ट भोग्न र मूल्य चुकाउन सक्नुको कारण तिनीहरू आशिष् पाउने आफ्नै अभिप्रायद्वारा नियन्त्रित हुनु थियो; तिनीहरू परमेश्‍वरबाट लाभ पाउन चाहन्थे। आफ्ना व्यक्तिगत हितहरू संलग्न परिस्थितिहरू सामना गर्दा, तिनीहरूले अलिकति पनि नहिचकिचाईकन परमेश्‍वरलाई त्याग्न सके। तिनीहरू परमेश्‍वरलाई साँचो रूपमा विश्‍वास गर्ने मानिस थिएनन्। तिनीहरूले आफूलाई इमानदारीपूर्वक त्यागेका र समर्पित गरेका थिएनन्; बरु, तिनीहरूले परमेश्‍वरसँग लेनदेन गरिरहेका थिए। त्यसबाहेक, तिनीहरूले परमेश्‍वरलाई धोका दिनुको अर्को कारण थियो, त्यो के थियो भने, तिनीहरूले आफ्नो देहलाई अति धेरै मूल्यवान् ठाने, कारावासको कष्ट भोग्न चाहेनन् र मृत्युसँग डराए। यसरी तिनीहरू यहुदामा परिणत भए। तिनीहरू असफल भएको कारण बुझ्दा, मैले आफू पनि कायर रहेको कुरा सम्झेँ, र के सोचेर पनि डराएँ भने, कुनै दिन म पक्राउ परेँ र यातना सहन नसकेर परमेश्‍वरलाई धोका दिएँ भने तब मैले के गर्ने होला? त्यसैले मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर तपाईँलाई धोका नदिनका लागि मैले आफूलाई सुसज्जित पार्नुपर्ने सत्यतामा मार्गदर्शन गर्नुहोस्।”

खोजीको क्रममा, मैले परमेश्‍वरका वचनको यो खण्ड पढेँ: “कठिनाइ सहनु पर्ने गरी तँलाई केही हुन्छ, उक्त समयमा परमेश्‍वरका अभिप्रायहरू के हुन् र उहाँका अभिप्रायहरूलाई तैँले कसरी ख्याल गर्नुपर्छ भनेर तैँले बुझ्नु पर्दछ। तैँले आफूलाई सन्तुष्ट बनाउनु हुँदैन: सर्वप्रथम, आफूलाई इन्कार गर्। देहभन्दा पतित कुरा अर्को छैन। तैँले परमेश्‍वरलाई सन्तुष्ट बनाउन र आफ्नो कर्तव्य पूरा गर्न प्रयास गर्नुपर्दछ। यस्ता सोचले, यो विषयमा परमेश्‍वरले तँमा विशेष अन्तर्दृष्टि ल्याइदिनुहुन्छ र तेरो हृदयले पनि आराम पाउनेछ। सानो वा ठूलो जेसुकै भए पनि, जब तँलाई केही हुन्छ, सर्वप्रथम तैँले आफूलाई इन्कार गर्नुपर्छ र देहलाई सबैभन्दा नीच कुराको रूपमा व्यवहार गर्नुपर्दछ। तैँले देहलाई जति धेरै सन्तुष्ट बनाउँछस्, देहले त्यति नै धेरै स्वतन्त्रता लिन्छ; यदि तैँले यस पटक देहलाई सन्तुष्ट बनाइस् भने, अर्को पटक यसले थप कुरा माग गर्नेछ। यो क्रम चलिरहँदा, मानिसहरू देहलाई अझै बढी प्रेम गर्न थाल्छन्। देहको लालसाहरू सधैँ अनावश्यक हुन्छन्; यसले तँलाई सधैँ यसलाई सन्तुष्ट बनाउन र तैँले यसभित्रै त्यसलाई तृप्त गर्न माग गर्दछ, चाहे त्यो तैँले खाने गरेको कुरामा होस्, तैँले लगाउने लुगामा होस्, वा आफूलाई रिस उठ्ने, वा आफ्नै अक्षमता र अल्छीपनलाई प्रश्रय दिने कुरामा होस्…। तैँले देहलाई जति धेरै सन्तुष्ट बनाउँछस्, यसका लालसाहरू उति नै धेरै हुन्छन् र यो त्यति नै लिप्त बन्छ, यहाँसम्‍म कि मानिसहरूका देहले अझ गहन धारणाहरूलाई आश्रय दिने, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने, र आफ्नै प्रशंसा गर्ने, र परमेश्‍वरका कार्यहरूप्रति सशङ्कित हुनेसम्‍म हुन्छ। तैँले देहलाई जति धेरै सन्तुष्ट बनाउँछस्, देहको कमजोरी त्यति नै बढ्छ; तँलाई तेरो कमजोरीप्रति कसैले ध्यान दिँदैन भन्‍ने सधैँ महसुस हुनेछ, परमेश्‍वरले अति गर्नुभएको छ भन्‍ने सधैँ विश्‍वास गर्छस् र तँ भन्छस्: ‘परमेश्‍वर कसरी यति कठोर बन्न सक्नुहुन्छ? उहाँले किन मानिसहरूलाई कठोर व्यवहार गर्न छोड्नुहुन्न?’ जब मानिसहरूले देहलाई सन्तुष्ट बनाउँछन् र यसलाई अत्यधिक मात्रामा माया गर्छन्, उनीहरूले आफैलाई पतन गरिरहेका हुन्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्‍वरका वचनबाट मैले के बुझेँ भने देह सैतानको हो। सैतानले हामीलाई एकदमै गहन रूपमा भ्रष्ट बनाएको छ, हामी सबै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्‍ने सैतानी विषअनुसार जिउँछौँ। यसरी जिउँदा व्यक्तिले आफ्नै बारेमा मात्र विचार गर्छ, र जुनसुकै कामकुरा गर्दा पहिले आफ्नो हितबारे मात्र सोच्छ। आफ्नो देहले कष्ट नभोगोस् भनेर तिनीहरूले आफ्नै विवेक उल्लङ्घन हुने र मानवताविरुद्ध जाने कामकुरा गर्न सक्छन्। ठिक त्यस्तै जतिबेला मानिसहरूलाई कम्युनिस्ट पार्टीले पक्राउ गरेको थियो अनि उनीहरूले सबै प्रकारका यातना र कारावास सामना गरेका थिए, तिनीहरूले सधैँ आफ्नो देहले कम कष्ट भोगोस्, वा कुटाइ खान र जेल जान नपरोस् भन्‍नेबारे सोचेका भए, तिनीहरूले ब्रदर-सिस्टरहरूलाई धोका दिन र परमेश्‍वरलाई विश्‍वासघात गर्न सक्नेथिए। आखिरमा, तिनीहरूका देहगत हित पूरा भए, तर तिनीहरूको जीवन बरबाद भएको थियो र तिनीहरूले सदाका लागि परमेश्‍वरको मुक्ति गुमाए, र तिनीहरू दण्डित हुन सैतानसँगै नरकमा झर्नेछन्। आत्मचिन्तन गर्दा मैले के बुझेँ भने मैले आफ्नो देहलाई धेरै मूल्यवान् ठानेकी थिएँ, सधैँ आरामसँग परमेश्‍वरमा विश्‍वास गर्न र आफ्नो देहले कुनै कष्ट नभोगोस् भन् चाहेकी थिएँ। वातावरण सहज हुँदा, म आफ्नो कर्तव्य पूरा गर्न सक्थेँ, तर पक्राउ र सतावट सामना गर्दा, म कायर र भयभीत हुन्थेँ, आफू पक्राउ पर्नेछु, यातना पाउनेछु र जेल जानेछु भनेर डराउँथेँ। म हरेक दिन त्रासमा जिउँथेँ। सैतानले मलाई परमेश्‍वरलाई धोका दिन लगाउन देहप्रतिको मेरो माया र कष्ट सहने अनिच्छालाई प्रयोग गर्दै थियो। मैले आफ्नो देहधारणका अवधिमा देखा परेर काम गर्नुहुने प्रभु येशूलाई सम्झेँ। जब उहाँले आफूलाई क्रूसमा चढाइँदै छ भन्‍ने थाहा पाउनुभयो, तब उहाँ त्यतिबेला पीडामा र कमजोर हुनुभए पनि, उहाँ अझै पनि परमेश्‍वरको इच्छाप्रति समर्पित हुन, सबै प्रकारका अपमान, पीडा, उपहास र बदनामी सहन, कोर्रा खान, काँडको मुकुट लगाउन, आफूलाई क्रूसीकरण गरिने ठाउँतिर कदम बढाउँदै हिँड्न, र अन्त्यमा क्रूसमा किला ठोकिन सक्षम हुनुभयो। दोस्रोपटक परमेश्‍वर देह बन्नुभयो, उहाँले कम्युनिस्ट पार्टीबाट सबै प्रकारका खेदो र सतावट सामना गर्नुभयो, र यस्तो वातावरणमा पनि उहाँले सत्यता व्यक्त गर्नुभयो र मानवजातिलाई मुक्ति दिने काम गर्नुभयो। मानवजातिलाई मुक्ति दिन परमेश्‍वरले कुनै गुनासो नगरी यो सब कष्ट सहनुभयो। मानवजातिप्रतिको परमेश्‍वरको प्रेम असाध्यै महान् छ! यसबीच, मैले मुक्ति पाउन सकूँ भनेर परमेश्‍वरमा विश्‍वास गरिरहेकी थिएँ, अनि अलिकति कष्ट भोग्दा, परमेश्‍वरलाई दोष दिएँ र गलत बुझेँ। म साँच्चै एकदमै स्वार्थी, घृणित थिएँ, र ममा मानवता थिएन!

पछि, मैले परमेश्‍वरका वचनमा अभ्यास गर्ने मार्ग भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब तँ कष्ट सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्छाउन सक्नुपर्छ र परमेश्‍वरविरुद्ध गुनासो गर्नुहुँदैन। जब परमेश्‍वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँमा उहाँलाई पछ्याउने आस्था हुन सक्नुपर्छ, तैँले आफ्नो पहिलेको प्रेमलाई डगमगाउन र बिलाउन नदिई कायम राख्न सक्नुपर्छ। परमेश्‍वरले चाहे जे गर्नुभए पनि, उहाँले इच्छा गरेअनुसार उहाँलाई योजनाबद्ध गर्न दिनुपर्छ, अनि उहाँविरुद्ध गुनासो गर्नुको साटो तेरो आफ्नै देहलाई सराप्न इच्छुक हुनुपर्छ। तैँले परीक्षाहरू सामना गर्दा परमेश्‍वरलाई सन्तुष्ट पार्न, तँ प्रिय वस्तु त्याग्ने पीडा सहन र नराम्ररी रुन इच्छुक हुनुपर्छ। यो मात्र साँचो प्रेम र आस्था हो। तेरो वास्तविक कद जे भए पनि तँमा सुरुमा कठिनाइ सहने इच्छा र साँचो आस्था, दुवै हुनुपर्छ, अनि तँमा देहको विरुद्ध विद्रोह गर्ने इच्छा पनि हुनुपर्छ। परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न तँ व्यक्तिगत रूपमा कठिनाइहरू सहन र तेरा व्यक्तिगत रुचिहरू गुमाउन इच्छुक हुनुपर्छ। तँ आफ्नो हृदयमा आफ्नै बारेमा पछुतो गर्न सक्ने पनि हुनुपर्छ: विगतमा तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम थिइस्, र अहिले तैँले आफै पछुतो गर्न सक्छस्। तँमा यी कुनै पनि कुराको कमी हुनु हुँदैन—यिनै कुराहरूद्वारा परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ। यदि तँ यी मापदण्डहरू पूरा गर्न सक्दैनस् भने, तँलाई सिद्ध पार्न सकिँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधन भएर जानैपर्छ)। परमेश्‍वरका वचनलाई मनन गर्दा, मैले यो बुझेँ: परमेश्‍वर आखिरी दिनहरूमा मानिसहरूलाई न्याय र शुद्धीकरण गर्ने काम गर्नुहुन्छ। उहाँ हामीलाई जाँच्न र शोधन गर्न, हामीलाई आफ्ना भ्रष्ट स्वभाव र गलत अभिप्रायबारे ज्ञान लिन लगाउन, सबै प्रकारका दुःखद वातावरणहरू प्रयोग गर्नुहुन्छ, ताकि अन्त्यमा हामीले आफ्नो देहविरुद्ध विद्रोह गर्न सकौँ, हामीभित्रका अत्यधिक चाहना त्याग्न सकौँ, परमेश्‍वरले जे गर्नुभए पनि, उहाँप्रति समर्पित हुन सकौँ, अनि देहगत कष्ट सहन र परमेश्‍वरलाई सन्तुष्ट पार्न इच्छुक हुन सकौँ; यस्ता मानिसहरूलाई मात्र उहाँ सिद्ध बनाउन सक्नुहुन्छ। परमेश्‍वर मानिसको कष्ट सहने इच्छालाई शोधन गर्न र मानिसको परमेश्‍वरप्रतिको आस्था, प्रेम र साँचो समर्पणलाई सिद्ध पार्न सबै प्रकारका दुःखद वातावरणहरू प्रयोग गर्नुहुन्छ। मानिसहरूले आरामदायी वातावरणमा यस्ता सत्यता वास्तविकताहरू प्राप्त गर्न सक्दैनन्। यो ठिक त्यस्तै हो जस्तै यसपटक कम्युनिस्ट पार्टीको गिरफ्तारी र सतावटको वातावरण अनुभव गर्दा कसरी मैले आफ्नो साँचो कद स्पष्ट रूपमा देख्न सकेकी थिएँ। मैले परमेश्‍वरमा आफ्नो आस्था छैन रहेछ भन्‍ने देखेँ, अनि मैले आफ्नो स्वार्थी र घृणित भ्रष्ट स्वभावबारे केही ज्ञान पनि पाएँ। मैले बुझेँ, परमेश्‍वरले मानिसहरूको एउटा समूहलाई विजेता हुन सिद्ध पार्नका लागि कम्युनिस्ट पार्टीको उन्मत्त पक्राउ र सतावटलाई प्रयोग गर्नुभयो, अनि अविश्‍वासी र दुष्ट मानिसहरूलाई खुलासा गर्न र हटाउन पनि यसको प्रयोग गर्नुभयो। मैले परमेश्‍वरको बुद्धि सैतानको धूर्त योजनाका आधारमा लागू भएको देखेँ। यी सत्यताहरूलाई मैले आरामदायी वातावरणमा प्राप्त गर्नेथिइनँ।

यस अनुभवमार्फत्, मैले परमेश्‍वरको प्रतिरोध गर्ने कम्युनिस्ट पार्टीको दुष्ट प्रकृतिलाई अझ प्रस्टसित देखेँ। मेरो हृदयमा यसप्रति घृणा पैदा भयो र परमेश्‍वरलाई पछ्याउन म झन् कटिबद्ध भएँ। म सैतानलाई लज्जित बनाउन आफ्नो कर्तव्य अझ राम्रोसँग पूरा गर्न पनि इच्छुक भएँ। मैले “जीवन गवाही” गीतका शब्दहरू सम्झेँ: “मैले परमेश्‍वरको गवाही दिएको कारण एक दिन मलाई पक्राउ गर्न र सताउन सक्छन्। यो कष्टभोग धार्मिकताको खातिर हो भन्‍ने कुरा मलाई हृदयदेखि नै थाहा छ। यदि मेरो जीवन एक पलमै समाप्त भयो भने, मलाई अझै मैले यो जीवनमा ख्रीष्‍टलाई पछ्याउन र उहाँको गवाही दिन सक्छु भन्‍नेमा गर्व हुनेछ। यदि मैले राज्यको सुसमाचार विस्तारको महान् घटना देखिनँ भने पनि, म अझै पनि सबभन्दा सुन्दर शुभकामना दिनेछु। यदि मैले राज्य पूरा भएको दिन देख्‍न पाइन, तर आज शैतानलाई लाजमा पार्न सकेँ भने, मेरो हृदय आनन्द र शान्तिले भरिनेछ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। यो गीत मधुर स्वरमा गाउँदा, म भावनाले भरिएर रुन पुगेँ। र त्यसले अन्तसम्मै परमेश्‍वरलाई पछ्याउने मेरो सङ्कल्पलाई बलियो बनायो।

अघिल्लो: ४०. बर्खासीको अनुभव

अर्को: ४२. अनुभवात्मक गवाही लेख लेख्नुको फाइदा बल्ल बुझेँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

४१. ईर्ष्यालाई महानताले हटाऔं

फु डान, चीनकेही वर्ष पहिले, मण्डलीको अगुवाइका कार्य जिम्मेवारीहरूमा मलाई मद्दत गर्नको लागि सिस्टर जियाओजीलाई हाम्रो मण्डलीमा सरुवा गरिएको...

७३. परमेश्‍वरको मुक्ति

यिचेन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले...

३६. ख्याति र सम्पत्तिबाट मुक्ति

जियाओ मिन, चीनविश्‍वासी बन्नुअघि, म जहिले पनि नाम र हैसियतको पछि लागिरहेकी थिएँ, र यदि कसैले मलाई जित्यो भने म ईर्ष्या गर्थेँ र दुःखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्