४२. अनुभवात्मक गवाही लेख लेख्नुको फाइदा बल्ल बुझेँ
सन् २०२० मा म एक मण्डली अगुवा थिएँ। मैले केही ब्रदर-सिस्टरले केही राम्रा अनुभवात्मक गवाही लेख लेखेको देखेँ र मलाई डाह लाग्यो। तर, मैले यी लेख लेख्ने कुरालाई ज्यादा महत्त्व दिइनँ, म सधैँ क्षमता र लेखन सीप भएकाहरूले मात्र राम्रो लेख्न सक्छन् भन्ने सोच्थेँ। मेरो क्षमता कमजोर थियो, र सत्यताबारे मेरो बुझाइ छिपछिपे थियो। मलाई लेख लेख्नु समयको बर्बादी हो, र त्यो समयमा त केही बढी काम गर्न सक्नेछु भन्ने लाग्थ्यो। मैले राम्रो काम गरिनँ भने ममा भार-वहन चेत नभएजस्तो देखिनेथ्यो, र ब्रदर-सिस्टरहरूले मलाई नराम्रो सोच्नेथिए। त्यसबाहेक, लेख लेख्नु व्यक्तिगत विषय थियो, र मैले लेख्ने, नलेख्ने भन्ने ममै निर्भर थियो। मैले काम र भेलामा केही बढी ध्यान दिँदा नै राम्रो हुन्थ्यो, यसबाट ब्रदर-सिस्टरले मेरो भार-वहन चेतको प्रशंसा गर्नेथे। तसर्थ, म लेख लेख्न समय निकाल्न चाहन्नथेँ। म यसरी नै अघि बढिरहेँ, हरेक दिन केवल काम गर्ने र ब्रदर-सिस्टरसँग भेला हुनेमा मात्र केन्द्रित रहेँ। कुनै कुरा आइपर्दा म बिरलै आत्मचिन्तन गर्थेँ। कहिलेकाहीँ आफूले कस्तो भ्रष्ट स्वभाव प्रकाश गरेको छु भन्ने थाहा हुन्थ्यो, तर यसलाई हल गर्न सत्यता खोज्दिनँथेँ। मेरा साझेदार बनेका ब्रदर-सिस्टरहरूले म जीवन प्रवेशमा केन्द्रित नभएको बताउँथे, तैपनि तिनीहरूसँग तर्क गर्थेँ र उक्त कुरा स्विकार्दिनँथेँ। म हरेक दिन भेलाहरूमा व्यस्त रहे पनि, मैले आत्मचिन्तन, आत्मसमझ र सत्यता खोजीलाई महत्त्व नदिएकीले मैले कुनै जीवन प्रवेश पाइनँ, र भेलाका समयमा म केही धर्मसिद्धान्त वा अर्ती तथा प्रोत्साहनका शब्दहरूमात्र बोल्न सक्थेँ, वास्तविक समस्या हल गर्न सक्दिनँथेँ। मजस्तै धेरै ब्रदर-सिस्टर काममा व्यस्त थिए, र उनीहरूले जीवन प्रवेशमा ध्यान दिएनन्, उनीहरूको कर्तव्यले कुनै परिणाम हासिल गरेन, र उनीहरू अलि नकारात्मक भए। एक पटक, एक जना सुपरिवेक्षकले आफूले वास्तविक काम गर्न नसकेको, नकारात्मक स्थितिमा जिइरहेको र सुपरिवेक्षणको कर्तव्य गर्न नचाहेको बताए। मैले उनको नकारात्मकताको मूल कारण स्पष्ट देख्न सकिनँ र यसलाई कसरी हल गर्ने भन्ने मलाई थाहा भएन। पछि मेरो साझेदार बनेकी सिस्टरले उनीसँग सङ्गति गरेपछि मात्र यो समस्या हल भएको थियो। त्यो बेला, मैले आफ्नो स्थितिबारे चिन्तन गरिनँ, र अझै पनि दौडधुप र धेरै भेला गर्नुले नै ममा भार-वहन चेत रहेको जनाउँछ भन्ने सोचेँ। केही समयपछि, मेरो हदृय खाली हुँदै गयो, र मैले अलिकति पनि लाभ पाइनँ।
एक पटक, एक सिस्टले मलाई अनुभवात्मक गवाही लेख्नुभएको छ कि भनेर सोधिन्। उनले लेख लेख्नाले हाम्रो हृदय शान्त राख्न र सत्यता खोज्न हामीलाई प्रेरित गर्न सक्छ, हामीले जीवन प्रवेश पाउनेछौँ भन्दै मसँग सङ्गति गरिन्। पछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ जसले गवाही लेख लेख्नेबारे मेरो मनोवृत्तिलाई बदल्यो। परमेश्वर भन्नुहुन्छ: “तिमीहरूले प्राप्त गरेको कुरा मेरो सत्यता, बाटो र जीवन मात्र होइन, तर यूहन्नाको भन्दा पनि ठूलो दर्शन र प्रकाश हो। तिमीहरूले धेरैभन्दा धेरै रहस्यहरू बुझ्छौ र मेरो साँचो मुहारमा हेरेका छौ; तिमीहरूले मेरो न्याय धेरै स्वीकार गरेका छौ र मेरो धर्मी स्वभावलाई बढी जान्दछौ। त्यसै गरी, तिमीहरू आखिरी दिनहरूमा जन्मिएका भए तापनि तिमीहरूको बुझाइ विगतको जस्तो छ, र तिमीहरूले आजका कुराहरू पनि अनुभव गरेका छौ र यी सबै म स्वयम्ले गरेको थिएँ। मैले तिमीहरूसँग जे मागेको छु त्यो अत्याधिक छैन, किनभने मैले तिमीहरूलाई धेरै दिएको छु, र तिमीहरूले ममा धेरै देखेका छौ। यसैले, तिमीहरूले विगतका सन्तहरूलाई मेरो निम्ति गवाही देओ भन्ने म चाहन्छु र मेरो हृदयको एक मात्र इच्छा यही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्वरमा विश्वास गरेको यी केही वर्षमा, मैले केही सत्यता बुझेकी थिएँ, मेरा भ्रष्ट स्वभावबारे केही ज्ञान प्राप्त गरेकी र केही चिजलाई हेर्ने मेरो दृष्टिकोण बदलेकी थिएँ। यो परमेश्वरले ममा काम गर्नुभएको परिणाम थियो। मैले के प्राप्त गरेँ भन्नेबारे लेख्दा मैले परमेश्वरको गवाही दिइरहेकी हुनेथेँ; यो मेरो जिम्मेवारी थियो, कर्तव्य त झन् हुने भइहाल्यो। मैले यसलाई दायित्वका रूपमा लिनुपर्थ्यो; त्यो परमेश्वरको अभिप्रायअनुसारको हुनेथ्यो। तर, मैले अनुभवात्मक गवाही लेख्नु मेरो कर्तव्य हो भनी कहिल्यै ठानिनँ। बरु मैले यसलाई वैकल्पिक कुरा सम्झेँ, र यसलाई अति उदासीन मनोवृत्तिले हेरेँ। म बिलकुलै सक्रिय थिइनँ। मैले परमेश्वरको कामको अनुभव गरेकी थिएँ; यदि मैले मेरो अनुभवबारे नलेख्ने र परमेश्वरको गवाही नदिने हो भने, मैले उहाँको अनुग्रह र आशिषलाई छोपिरहेकी हुनेथेँ र ममा विवेक र समझको कमी हुनेथ्यो।
त्यसपछि, ममा अनुभवात्मक लेख लेख्न र परमेश्वरको गवाही दिन मैले देखाएको अनिच्छा सत्यतालाई प्रेम नगर्ने प्रकटीकरण हो भन्ने अस्पष्ट सचेतना पैदा भयो। त्यो समय, मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ, र त्यसलाई खोजेर पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “सत्यताप्रति वाक्क मान्ने मानिसहरूको सबैभन्दा प्रस्ट स्थिति भनेको तिनीहरू सत्यता र सकारात्मक कुराप्रति चासो राख्दैनन्, तिनीहरू ती कुराप्रति द्वेष समेत राख्छन् र तिनलाई घृणा गर्छन्, र विशेष गरी तिनीहरूलाई प्रचलनहरू पछ्याउन मन पर्छ। परमेश्वरले प्रेम गर्नुहुने कुराहरू र उहाँले मानिसहरूलाई गर्न लगाउनुहुने कुराहरूलाई तिनीहरूले आफ्नो हृदयले स्वीकार गर्दैनन्। बरु, तिनीहरू ती कुरालाई बेवास्ता गर्छन् र उदासीन बन्छन्, अनि कतिपय मानिसहरूले त परमेश्वरले मान्छेका लागि तोक्नुभएका मापदण्ड र सिद्धान्तहरूलाई प्रायः घृणासमेत गर्छन्। तिनीहरू सकारात्मक कुराहरूप्रति अमन गर्छन्, र ती कुराप्रति तिनीहरूको हृदयमा प्रतिरोध, विरोध, र निन्दै निन्दा हुन्छ। सत्यताप्रति वाक्क मान्नुको मुख्य प्रकटीकरण यही हो। … धेरै मानिसहरूले परमेश्वरमा विश्वास गर्छन्, उहाँको लागि काम गर्न मन पराउँछन् र उहाँको लागि उत्साहको साथ दौडधुप गर्छन्, अनि आफ्ना वरदान र सामर्थ्यहरू प्रयोग गर्नुपर्दा, आफ्ना रुचिहरूमा लिन हुँदा र आफ्नो प्रदर्शन गर्दा, तिनीहरूसँग असीमित जोस हुन्छ। तर यदि तैँले तिनीहरूलाई सत्यता अभ्यास गर्न र सत्यता सिद्धान्तअनुसार काम गर्न लगाइस् भने, तिनीहरूको त्यो जोश मरिहाल्छ र तिनीहरूमा कुनै उत्साह हुँदैन। तिनीहरूलाई आफ्नो प्रदर्शन गर्न दिइएन भने, तिनीहरू जाँगरहीन र उदास हुन्छन्। आफ्नो प्रदर्शन गर्नलाई किन तिनीहरूमा जोस भएको? अनि सत्यता अभ्यास गर्नलाई चाहिँ किन तिनीहरूसँग कुनै ऊर्जा नभएको? यहाँ समस्या के हो त? मानिसहरू सबैले आफूलाई विशिष्ट देखाउन मन पराउँछन्; तिनीहरू सबै खोक्रो महिमाको लोभ गर्छन्। आशिष् र इनामहरू प्राप्त गर्नका लागि परमेश्वरलाई विश्वास गर्ने क्रममा हरेकसँग अपार ऊर्जा हुन्छ, तर पनि सत्यता अभ्यास गर्ने र देहको विरुद्धमा विद्रोह गर्ने कुरामा तिनीहरूले किन जोसजाँगर गुमाउँछन्, तिनीहरू किन उदास बन्छन्? किन यस्तो हुन्छ? यसले मानिसहरूको हृदय अशुद्ध छ भन्ने प्रमाणित गर्छ। तिनीहरूले पूर्णतया आशिष्हरू प्राप्त गर्नकै लागि परमेश्वरमा विश्वास गर्छन्—सरल रूपमा भन्दा, तिनीहरूले स्वर्गको राज्यमा प्रवेश गर्नका लागि त्यसो गर्छन्। खोजी गर्नको लागि आशिष् वा लाभ नहुँदा, मानिसहरू जाँगरहीन र उदास बन्छन्, र तिनीहरूसँग कुनै उत्साह हुँदैन। यो सबै सत्यताप्रति वाक्क मान्ने भ्रष्ट स्वभावले निम्त्याएको हुन्छ। यो स्वभावको नियन्त्रणमा परेपछि, मानिसहरू सत्यता पछ्याउने मार्ग छनौट गर्न मान्दैनन्, तिनीहरू आफ्नै बाटोमा लाग्छन्, र गलत मार्ग रोज्छन्—प्रतिष्ठा, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्नु गलत कुरा हो भन्ने राम्ररी थाहा भएर पनि तिनीहरू यी कुराहरू नगरी, यी कुरालाई नपन्छाई बस्नै सक्दैनन्, र तिनीहरू अझै तिनकै पछि लाग्छन् र शैतानकै मार्गमा हिँड्छन्। यस्तो अवस्थामा, तिनीहरूले परमेश्वरलाई होइन, शैतानलाई पछ्याइरहेका हुन्छन्। तिनीहरूले गर्ने हरेक कुरा शैतानको सेवामा गरिएको हुन्छ, र तिनीहरू शैतानका सेवक हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। सत्यताप्रति वितृष्ण हुने मानिसले सकारात्मक कुरा नभएर नकारात्मक कुरा मन पराउँछ भनी परमेश्वरले खुलासा गर्नुभयो। म यस्तै थिएँ। मसँग भार-वहनको चेत छ भनी ब्रदर-सिस्टरहरूलाई देखाउन मैले दौडधुप गर्न र धेरै काम गर्न सकेँ भने वा मैले देखावा गरेर माथिल्लो अगुवाको प्रशंसा पाउन सकेँ भने, म यसमा असीमित प्रयास लगाउने थिएँ, जतिसुकै समय वा ऊर्जा खर्चन पनि हिचकिचाउने थिइनँ। तर, अनुभवात्मक गवाही लेख लेख्ने कुरामा मैले यो कार्य परमेश्वरको अभिप्रायअनुरूप छ र मेरो जीवन प्रवेशलाई फाइदा दिन्छ भन्ने राम्रोसँग जानेकी भए पनि, यसले मेरा काममा ढिलाइ गराउनेछ भन्ने मलाई लाग्यो, त्यसैले मैले विशेष गरी यसको विरोध गरेँ। म कारण खोज्थेँ र बहाना पनि बनाउँथेँ, काममा व्यस्त रहेकीले लेख्न समय छैन भन्थेँ। वास्तवमा, मसँग समय नभएको होइन, बरु मेरो प्रकृतिले सत्यताप्रति वितृष्णा देखाएको हो। म लेख लेख्न चाहन्नथेँ, न सत्यता पछ्याउने प्रयास गर्न चाहन्थेँ। सत्यताप्रति मेरो दृष्टिकोण निकै उदासीन रहेको देखेँ, र म सकारात्मक कुराप्रति घृणा, विरोध र वितृष्णा देखाउँथेँ। म परमेश्वरका माग विरुद्ध जाने गतल बाटो हिँडिरहेकी थिएँ। यो बुझेर म डराएकी थिएँ, र म बाटो बदल्न चाहन्थेँ।
मैले चिन्तन पनि गरेँ र लेख लेख्नुप्रतिको मेरो अनिच्छा मेरो भ्रामक दृष्टिकोणद्वारा प्रभावित छ भन्ने पनि बुझेँ; मैले म दक्ष लेखक होइन र राम्रो गवाही लेख लेख्न सक्दिनँ भन्ने सोचेँ। अहिले यसलाई हेर्दा, त्यो हास्यास्पद दृष्टिकोण रहेछ। लेख लेख्दा लेखक कत्तिको राम्रो छ भन्ने कुराले सरोकार राख्दैन। फुलबुट्टा भरेको भाषा प्रयोग गर्दैमा कसैले राम्रो गवाही लेख्न सक्दैन। महत्त्वपूर्ण कुरा भनेको व्यक्तिमा वास्तविक अनुभवात्मक बुझाइ हुनु हो। जस्तोसुकै लेखन सीप भए पनि, अनुभवविना व्यक्तिले खोक्रा धर्मसिद्धान्त मात्र लेख्न सक्छ। यो कुरा बुझेर मेरो मानसिकता निकै बदलियो, र म परमेश्वरसामु आएर उहाँलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मैले सधैँ बाहिरी दौडधुप र काम गर्नुलाई मात्र महत्त्व दिएकी छु, म तपाईँसामु तपाईँका वचनहरू चुपचाप मनन गर्न आएकी छैन। सत्यता नपछ्याई मैले धेरै समय बर्बाद गरेकी छु। अबदेखि म आफूलाई तपाईँसामु शान्त राखी सत्यता खोजेर समस्या समाधान गर्न तत्पर छु।”
त्यसपछि, मैले परमेश्वरका थप वचन पढेँ। “जहाँसम्म कामको कुरा छ, काम गर्नु भनेको परमेश्वरका निम्ति यताउति दौडनु, सबै ठाउँमा प्रचार गर्नु, र उहाँको खातिर अर्पित हुनु हो भन्ने मानिसले विश्वास गर्छ। यस्तो विश्वास सही भए पनि यो अत्यन्तै एकतर्फी छ; परमेश्वरले मानिसलाई आग्रह गर्नुभएको कुरा उहाँका निम्ति यताउति दौडधूप गर्नु मात्र होइन; त्योभन्दा बढी, यो काम आत्माभित्रको सेवकाइ र प्रबन्धसित सम्बन्धित छ। धेरै दाजुभाइ-दिदीबहिनीहरूले, यति धेरै वर्षको अनुभवपछि पनि परमेश्वरको निम्ति काम गर्नेबारेमा कहिल्यै सोचेका छैनन्, किनकि मानिसले जुन कामको बारेमा सोच्छ त्यो परमेश्वरले आग्रह गर्नुभएको कामसित नमिल्दो हुन्छ। त्यसकारण, मानिसमा कामको विषयमा कुनै पनि रुचि छैन, मानिसको प्रवेश एकतर्फी हुनुको मुख्य कारण यही हो। तिमीहरू सबैले परमेश्वरका निम्ति काम गर्दै आफ्नो प्रवेश सुरु गर्नुपर्छ, यसरी तिमीहरूले अनुभवको प्रत्येक पक्षलाई राम्ररी अनुभव गर्न सक्छौ। तिमीहरू प्रवेश गर्नुपर्ने यहीभित्र हो। कामले परमेश्वरको खातिर यताउति दगुरिहिँड्नु भन्ने बुझाउँदैन, यसले त मानिसको जीवन अनि ऊ जसरी जिउँछ त्यस कुराले परमेश्वरलाई आनन्द दिन्छ कि दिँदैन भन्ने कुरालाई बुझाउँछ। कामले परमेश्वरप्रतिको आफ्नो भक्ति र परमेश्वरसम्बन्धी आफ्नो ज्ञानलाई मानिसहरूले उहाँको निम्ति साक्षी दिन र मानिसको सेवा गर्नको लागि प्रयोग गर्नुलाई बुझाउँछ। मानिसको जिम्मेवारी यही हो र सबै मानिसहरूले बुझ्नुपर्ने यही हो। कसैले भन्न सक्छ कि तिमीहरूको प्रवेश नै तिमीहरूको काम हो, र तिमीहरूले परमेश्वरका निम्ति काम गरिरहेको बेला प्रवेश गर्ने कोसिस गर्छौ। परमेश्वरको कामको अनुभव गर्नु भनेको उहाँको वचन कसरी खाने र पिउने भनी जान्नु मात्र होइन; अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले परमेश्वरको बारेमा साक्षी दिन जान्नुपर्छ र तिमीहरूले परमेश्वरको सेवा गर्नका साथै मानिसको लागि सेवकाइ र आवश्यक प्रबन्ध गर्न सक्नुपर्छ। यही नै काम हो, र यो तिमीहरूको प्रवेश पनि हो; प्रत्येक व्यक्तिले हासिल गर्नुपर्ने कुरा यही हो। परमेश्वरका निम्ति यताउति दौडनु र सबै ठाउँमा प्रचार गर्नुमा मात्र ध्यान दिनेहरू धेरै छन्, तैपनि तिनीहरूले आफ्नो व्यक्तिगत अनुभवमा ध्यान दिँदैनन् र आत्मिक जीवनमा आफूले गर्नुपर्ने प्रवेशको बारेमा बेवास्ता गर्छन्। यही कुराले नै परमेश्वरको सेवा गर्ने मानिसहरूलाई परमेश्वरको विरोध गर्ने मानिसहरू बनाएको छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (२))। परमेश्वरका वचन पढेर मैले बुझेँ कि मण्डलीको काम सम्पादन गर्न व्यक्तिमा जीवन अनुभव हुनै पर्छ। व्यक्तिले सत्यतामा सङ्गति गरी वास्तविक समस्या हल गर्छ भने मात्र उसले वास्तविक काम गरिरहेको हुन्छ, र व्यक्तिले काममा नतिजा निकाल्छ भने मात्र उसले साँच्चै आफ्नो कर्तव्य गरेको हुन्छ। विगतमा, म ठान्थेँ कि मैले दौडधुप गरेँ र ब्रदर-सिस्टरसँग भेलामा धेरै सामेल भएँ भने, त्यो मैले वास्तविक काम गरिरहेको हो। यो एउटा गलत विचार हो, जुन परमेश्वरका वचनसँग मेल नै खाँदैन। ब्रदर-सिस्टरहरूसँग भेला भई सङ्गति गरेका सबै समय सम्झँदा तिनीहरूको स्थिति र कठिनाइलाई सम्बोधन गर्दा समस्याको मूल कारण छर्लङ्ग देख्न म सधैँ असमर्थ हुन्थेँ। म समस्याको जडलाई औँल्याउन सक्दिनँथेँ, केवल तिनीहरूलाई अर्ती दिने केही वचन र धर्मसिद्धान्त मात्र बोल्थेँ, कसरी कार्य गर्ने भनेर केही प्रावधानहरू बताउँथेँ, तर अभ्यासको मार्ग देखाउन सर्वथा असमर्थ थिएँ। मैले जतिसुकै सङ्गति गरे पनि त्यो अव्यावहारिक थियो र त्यसले ब्रदर-सिस्टरका समस्या हल हुँदैनथ्यो। ब्रदर-सिस्टरहरू परमेश्वरको काम कसरी अनुभव गर्ने भन्ने जान्दैनथे, र कठिनाहरू सामना गर्दा तिनीहरू आफ्नो भ्रष्ट स्वभावभित्र जिउँथे। तिनीहरूले आफूलाई नकारात्मक र कमजोर हुनबाट रोक्न सक्दैनथे, र तिनीहरूको काममा समस्या ज्यूँका त्यूँ रहिरहन्थे। यो मैले कर्तव्य निर्वाह गरिरहेको भन्ने कसरी भयो? मैले परमेश्वर र ब्रदर-सिस्टरहरू दुवैलाई मूर्ख बनाइरहेकी र छल गरिरहेकी थिएँ। यो बेलामा आएर मात्र मैले बल्ल सतही भार-वहन चेत साँचो भार-वहन चेत होइन भनी स्पष्ट देखेँ। धेरै काम र दौडधुप गर्नु भनेको निष्ठापूर्वक कर्तव्य निभाइरहेको हुँदैन, वास्तविक काम गरिरहेको हुने त झन् कुरै भएन। आफ्नो कर्तव्यप्रति साँचो भार-वहन चेत हुनु भनेको दौडधुप गर्नु होइन। बरु, यसको अर्थ जीवनमा आत्मिक आपूर्ति हुनु हो, कर्तव्यको दौरान परमेश्वरको काम अनुभव गर्न केन्द्रित हुनु र केही आइपर्दा सत्यता खोज्नु हो, अनि आफूमा भएका कमी चिन्ने प्रयास गरी अभ्यासका सिद्धान्त पत्ता लाउनु हो, त्यसपछि आफ्नो अनुभवात्मक ज्ञान प्रयोग गरेर ब्रदर-सिस्टरहरूको वास्तविक कठिनाइ र समस्या हल गर्नु हो। यसो गरेर मात्र व्यक्तिले कर्तव्यमा राम्रो नतिजा पाउन सक्छ, र केवल यो नै अरूको जीवन प्रवेशका लागि शिक्षाप्रद र लाभदायक हुन्छ। मैले के पनि बुझेँ भने अनुभवात्मक गवाही लेख लेखेमा यसले मलाई मेरो हृदय शान्त बनाउन, परमेश्वरका वचन मनन र आत्मचिन्तन गर्न प्रेरित गर्नेछ। मैले थप सत्यता बुझेर मेरा भ्रष्ट स्वभावबारे ज्ञान हासिल गरी तिनलाई कसरी समाधान गर्ने भन्ने सिकेर मात्र मैले ब्रदर-सिस्टरहरूको स्थिति र समस्या स्पष्ट देख्न र हल गर्न सक्थेँ। मेरो कर्तव्य राम्रोसँग गर्न मैले जीवन प्रवेशलाई महत्त्व दिनु थियो, र लेख लेख्नु सत्यता पछ्याउने निकै राम्रो मार्ग थियो। विशेषतः एउटा अगुवा भएर म सत्यता पछ्याउन झन् धेरै केन्द्रित हुनुपर्ने, र परमेश्वरको गवाही दिने लेख लेख्न पहल गर्नुपर्ने थियो। तब मात्र म मेरो कर्तव्य राम्रोसँग निभाउन सक्थेँ। गवाही लेख लेख्नु वैकल्पिक विषय होइन भन्ने देखेर ती लेख नलेख्न मसँग बनाउने कुनै बहाना थिएन।
मैले परमेश्वरका वचनको अर्को खण्ड सम्झेँ। “मण्डलीमा जति धेरै मानिसहरू भए पनि, अगुवा नै प्रमुख हुन्छ। त्यसो भए, अन्य सदस्यहरूमाझ यस्तो अगुवाले के भूमिका खेल्छ? तिनीहरूले मण्डलीमा रहेका सबै परमेश्वरका चुनिएका मानिसहरूलाई नेतृत्व गर्छन्। त्यसो भए, तिनीहरूले पुरै मण्डलीमा के प्रभाव पार्छन्? यदि त्यस अगुवाले गलत मार्ग लियो भने, त्यस मण्डलीका सबै मानिसहरूले गलत मार्गमा त्यस अगुवालाई पछ्याउँछन्, जसले मण्डलीमा रहेका परमेश्वरका सबै चुनिएका मानिसहरूमा ठूलो असर पुर्याउनेछ। उदाहरणका लागि, पावललाई लिऊँ। तिनले आफूले स्थापना गरेका धेरै मण्डलीहरू र परमेश्वरका चुनिएका जनहरूको नेतृत्व गर्थे। अनि जब पावल बरालिए, तिनले नेतृत्व गरेका मण्डली र परमेश्वरका चुनिएका मानिसहरू पनि बरालिए। त्यसैले, जब अगुवाहरूले आफ्नै विकृत मार्ग लिन्छन्, तब तिनीहरू आफै मात्र प्रभावित हुँदैनन्, तिनीहरूले नेतृत्व गर्ने मण्डली र परमेश्वरका चुनिएका मानिसहरूसमेत प्रभावित हुन्छन्। यदि अगुवा सही छ, ऊ सही बाटोमा हिँड्दैछ र उसले सत्यतालाई पछ्याउने र अभ्यास गर्ने गर्छ भने, त्यस्तो अगुवाले नेतृत्व गर्ने मानिसहरूले सामान्य तरिकाले परमेश्वरका वचनहरू खाने र पिउनेछन् र सामान्य तरिकाले सत्यता पछ्याउनेछन्, अनि यसै समयमा, अगुवाको जीवन अनुभव र प्रगति अरूको सामु देखिनेछ, र यसले तिनीहरूलाई प्रभावित पार्नेछ। यसैले, एक अगुवाले लिनुपर्ने सही बाटो के हो? यो अरूलाई सत्यको बुझाइ र सत्यमा प्रवेश गर्नेतर्फ डोर्याउन र अरूलाई परमेश्वरको अगाडि नेतृत्व गर्न सक्षम हुनु हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्)। परमेश्वरका वचन पढेर एउटा अगुवा र सेवकको रूपमा मैले पछ्याएको मार्ग धेरै महत्त्वपूर्ण छ भनी गहिरोसँग बुझेँ। मेरो कर्तव्यमा सत्यता पछ्याउन केन्द्रित नभएकी भए, र केवल मानिसको प्रशंसा खोज्न, दौडधुप गर्न, र प्रतिष्ठा र हैसियतका खातिर आफूलाई व्यस्त राखेकी भए, काम र सुसमाचार प्रचार गर्न आफ्नै बुद्धि र प्रतिभामा भर परेकी भए, मैले अगुवाइ गरेका ब्रदर-सिस्टरले पनि जीवन प्रवेशलाई महत्त्व दिने थिएनन्, र काम गर्ने स्थितिमा मात्र जिउने थिए। एउटा अगुवा भएर जीवन प्रवेश नहुनु केवल एउटा व्यक्तिगत विषय थिएन, यसले धेरै ब्रदर-सिस्टरहरूको जीवनलाई समेत हानि गर्ने थियो। यो बुझेर मलाई आत्मग्लानि र खिन्नता भयो, र मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म सत्यता पछ्याउँदिनँ, र गतल बाटो हिँडिरहेकी छु। एउटा अगुवाका रूपमा म आफ्नो काममा लापरवाह र असफल हुँदै आएकी छु। म ब्रदर-सिस्टरप्रति ऋणी छु, र तपाईँको आज्ञालाई मैले जसरी सम्हालेँ त्यो कुरामा मलाई लाज लाग्छ। हे परमेश्वर! म बाटो बदल्न चाहन्छु; बिन्ती, मलाई सत्यता पछ्याउने मार्गमा हिँड्न मार्गदर्शन गर्नुहोस्।”
यसपछि, मैले ब्रदर-सिस्टरहरूसँग परमेश्वरको अभिप्रायबारे र साथै मेरो आफ्नै अनुभवात्मक बुझाइबारे सङ्गति गरेँ। पछि, ब्रदर-सिस्टरहरूको स्थितिमा केही सुधार देखियो। केहीले कर्तव्यमा समस्या र कठिनाइ आउँदा आत्मचिन्तन गर्न थाले र आफूलाई चिन्ने प्रयास गरे, परमेश्वरका वचनबाट मार्ग खोज्ने र नकारात्मकताको स्थितिमा नजिउने कुरा सिक्न थाले। तिनीहरूले बिस्तारै आफ्नो कर्तव्यमा केही नतिजा हासिल गर्न थाले। यस्तो परिणाम देखेर मलाई यो पवित्र आत्माको काम र मार्गदर्शन हो, परमेश्वरका वचनअनुसारको अभ्यासको नतिजा हो भन्ने लाग्यो। मैले के पनि बुझेँ भने यदि कसैले आफ्नो कर्तव्य राम्रोसँग गर्न चाहन्छ भने सत्यता पछ्याउन केन्द्रित हुनु र जीवन प्रवेश पाउनु अत्यन्त महत्त्वपूर्ण छ। त्यसबेलादेखि, मैले सत्यता खोज्ने कुरालाई महत्त्व दिन सुरु गरेँ। आफूमा अनुभवात्मक बुझाइ हुँदा, म त्यसबारे लेख्ने अभ्यास गर्थेँ। पछि, मैले कैयौँ अनुभवात्मक गवाही लेख लेखेँ र मलाई केही प्राप्ति भएको महसुस भयो। केही लेखमा, म भ्रामक दृष्टिकोणलाई लक्षित भएँ र त्यसलाई बुझ्न सत्यता खोजेँ। जब मैले परमेश्वरसामु आफूलाई शान्त पारेँ र उहाँका वचन मनन गरेँ, तब मैले यो भ्रामक दृष्टिकोणमा के कुरा गलत थियो भन्ने बुझ्न सकेँ। साथै, यो भ्रामक दृष्टिकोणले मलाई सत्यता अभ्यास गर्न रोकेर काममा असर पारिरहेको छ भन्ने स्पष्ट देख्न सकेँ। अन्य लेखमा, मैले खास मामिलाका सम्बन्धमा प्रकाश गरेको भ्रष्ट स्वभावबारे आत्मचिन्तन गरेँ। परमेश्वरका वचनले खुलासा गरेको कुराबाट म स्वार्थी, घृणित रहेकी र साँचो मानवझैँ नजिएकी देखेँ, र मलाई शैतानले निकै गहिरोसँग भ्रष्ट पारेको छ भन्ने लाग्यो। साथै, विगतमा म जीवन प्रवेशमा केन्द्रित रहेकी थिइनँ र मैले ब्रदर-सिस्टरहरूको समस्या हल गर्न सकेकी थिइनँ। तर केही समयसम्म लेख लेख्ने अभ्यास गरेपछि मैले बिस्तारै केही सत्यता बुझ्दै जान थालेँ। मैले केही समस्या अधिक स्पष्ट देख्न सक्थेँ, र यी समस्याबारे मैले सङ्गति गर्दा ब्रदर-सिस्टरहरूलाई फाइदा पुग्थ्यो।
गवाही लेख लेख्ने कुराप्रति रहेको मेरो मनोवृत्तिमा चिन्तन गरेर म सत्यता पछ्याउने व्यक्ति होइन र मैले आफ्नो जीवन प्रवेशमा मैले जोड दिएकी छैन र ममा मलाई सत्यता पछ्याउनबाट रोक्ने धेरै गलत विचार थिए भन्ने देखेँ। यो सबले मलाई कर्तव्य निभाउँदा काम गर्नमा मात्र केन्द्रित गराइरहेको थियो, र म श्रम गर्ने मार्गमा हिँडिरहेकी थिएँ। यस्तो गरेर मैले सत्यता पाउने थिइनँ, बाहिरबाट चाहे म जतिसुकै व्यस्त किन नदेखिऊँ। मैले साँचो रूपमा आफ्नो कर्तव्य निभाउनुको अर्थ पनि बुझेँ र कर्तव्यमा साँचो भार-वहन चेत पाउन कसरी अभ्यास गर्ने भन्ने थाहा पाएँ। अनुभवात्मक गवाही लेख लेख्नु सत्यता पछ्याउने धेरै राम्रो मार्ग हो भन्ने पनि मैले बुझेँ। अहिलेको मेरा बुझाइ र प्राप्ति परमेश्वरको काम र मार्गदर्शनको नतिजा हो।