४०. बर्खासीको अनुभव
सन २०२२ मा, मण्डली अगुवाले मलाई निकै राम्रो क्षमता भएका केही नयाँ विश्वासीलाई मलजल गर्न लगाउनुभयो। म यसबाट मनमनै गदगद भएँ, अगुवाहरूले मलाई यति उच्च सम्मान गर्छन् कि अन्य सबै मलजलकर्ताभन्दा मलाई नै यस कर्तव्यका लागि रोजेका छन्, त्यसको अर्थ मैले निकै राम्रो गरिरहेकी हुनुपर्छ भन्ने मलाई लाग्यो। दुई महिनापछि, चेन डान नाउँकी नयाँ सिस्टर हाम्रो टोलीमा आबद्ध भइन्। उनी निकै राम्रो क्षमताकी थिइन्, उनमा बुझ्ने क्षमता थियो, र उनले चाँडो प्रगति गरिन्। नयाँ विश्वासीहरूलाई मलजल गर्दा, उनी सत्यताहरूमा निकै स्पष्टसित र पूर्ण रूपमा सङ्गति दिन्थिन्, र भाषामा पनि उनको राम्रो दखल थियो, अनि उनी स्पष्ट र व्यवस्थित तरिकाले सङ्गति दिन्थिन्। मलाई तुरुन्तै सङ्कटको अनुभूति भयो, र सोचेँ, “चेन डानको क्षमता राम्रो छ र उनले छिटो प्रगति गरिरहेकी छिन्। यदि यो जारी रह्यो भने, के उनले मलाई उछिन्नेछैनन् र? यदि उनले उछिनिन् भने, त्यसको अर्थ म उनी जत्तिको राम्रो छैन भन्ने हुनेछ, अनि त्यसपछि मेरो के इज्जत बाँकी रहला र?” यो कुरा मनमा राखेर, मैले आफूलाई सत्यताले सुसज्जित पार्न र आफ्नो अभिव्यक्ति क्षमता सुधार्नका लागि कडा परिश्रम गर्ने गोप्य सङ्कल्प गरेँ, उनलाई कुनै पनि हालतमा मलाई उछिन्न नदिने अठोट गरेँ। तर, मैले जति नै कडा प्रयास गरे पनि, मेरो प्रगति थोरै थियो। समस्याहरू समाधान गर्दा, म जति आफूलाई राम्रोसँग व्यक्त गर्न चाहन्थेँ, त्यति नै अस्पष्ट बन्थेँ, आफूसँग पहिले नै भएको अभिव्यक्ति क्षमतासमेत प्रयोग गर्न सक्दिनथेँ। चेन डान समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति दिन सक्षम भएकी देखेर म एकदमै निरुत्साहित भएँ। केही समयपछि, चेन डानलाई टोली अगुवामा चयन गरियो। म ईर्ष्याले भरिएँ र मलाई आफ्नो आत्मसम्मान पूर्ण रूपमा ध्वस्त भएको महसुस भयो। मलाई उनी हृदयदेखि नै मन परेन, उनको उपस्थितिले मलाई एकदमै असजिलो बनाउँछ भन्ने मलाई लाग्यो। त्यसपछि, म हरेक दिन उदास हुन्थेँ, आफ्नो कर्तव्यमा उत्साह हुँदैनथ्यो, अनि उनीसँग भएको जस्तो राम्रो क्षमता नदिएकामा परमेश्वरलाई गुनासोसमेत गरेँ। कहिलेकाहीँ, चेन डानले मलाई निश्चित कामहरू खटाउँदा, म सहकार्य गर्दिनथेँ। अनि उनीप्रति कालो अनुहार बनाउँथेँ। उनले मेरो मलजलको काममा समस्याहरू औँल्याउँदा, मलाई प्रतिरोध गर्न मन लाग्थ्यो र म केही कठोर शब्दहरू भन्थेँ। पछि, हाम्रो टोलीमा थप दुई जना सिस्टर आबद्ध भए। जब मैले उनीहरूलाई मेरो सट्टा चेन डानबाट मद्दत मागिरहेको देखेँ, तब मलाई त्यो कुरा गालामा थप्पड हानेको जस्तो लाग्यो। त्यसबारे मलाई एकदमै दुःख लाग्यो, अनि मैले उनलाई मलाई ओझेलमा पारेकामा दोष लगाएँ, त्यसैले उनीप्रतिको मेरो ईर्ष्या झन्-झन् बढ्दै गयो। टोली अगुवाका रूपमा, चेन डान सबै विभिन्न कार्यको रेखदेख गर्नमा जिम्मेवार थिइन्। उनी कामको बोझले थिचिँदा, मलाई नयाँ विश्वासीहरूको संवर्धनमा मद्दत गर्न आग्रह गर्थिन्। म सोच्थेँ, “यदि मैले नयाँ विश्वासीहरूलाई राम्ररी संवर्धन गरेँ भने, के सबै जस तिमीलाई जानेछैन र?” त्यसैले मैले अस्वीकार गर्दै उनलाई भनेँ, “टोली अगुवा तपाईँ नै हुनुहुन्छ, नयाँ विश्वासीहरूलाई संवर्धन गर्नु तपाईँको काम हो।” एउटा भेलाका क्रममा, चेन डानले टोली अगुवा हुनु चुनौतीपूर्ण छ र आफू यस कर्तव्यबाट हट्ने विचार गर्दैछु भनेर सङ्गति दिइन्। यो सुनेर, मैले आत्मचिन्तन गर्नुको सट्टा, उनका कठिनाइहरूमा रमाएँ र मनमनै उनको खिल्ली उडाएँ, सोचेँ, “के तिमी हरेक हिसाबले मभन्दा राम्रो हुनुपर्थ्यो होइन र? त्यसोभए तिमीले नै सबै कुरा सम्हाल्नुपर्छ।” मैले धेरैपटक राजीनामासमेत दिएँ। अन्त्यमा, मलाई मेरो पदबाट बर्खास्त गरियो। किनभने उनको क्षमताप्रतिको मेरो ईर्ष्याले टोलीमा नराम्रो प्रभाव पारिरहेको थियो।
मैले आफ्नो भक्तिका क्रममा, परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “ख्रीष्टविरोधीहरूले सार्वजनिक रूपमै मानिसहरूलाई गर्ने दमन, निष्कासन, आक्रमण, र मानिसका समस्याहरू खुलासा गर्ने कार्यहरू सबै लक्षित हुन्छन्। निःसन्देह नै, तिनीहरूले सत्यता खोजी गर्ने र तिनीहरूलाई चिन्न सक्ने मानिसहरूलाई निसाना बनाउन यस्ता विधिहरू प्रयोग गर्छन्। यी मानिसहरूलाई जितेर, तिनीहरूले आफ्नै स्थान दह्रिलो बनाउने उद्देश्य हासिल गर्छन्। यसरी मानिसहरूलाई आक्रमण र निष्कासन गर्नु खराब प्रकृति हो। तिनीहरूको भाषा र बोल्ने शैलीमा आक्रामकता अर्थात् खुलासा गर्ने, दोष लगाउने, निन्दा गर्ने, र दुष्ट लाञ्छना लगाउने प्रवृत्ति हुन्छ। तिनीहरूले तथ्य बङ्ग्याएर सकारात्मकलाई नकारात्मक अनि नकारात्मकलाई सकारात्मकसमेत बताउँछन्। यसरी कालोलाई सेतो र सेतोलाई कालो भन्दै सही र गलतलाई उल्टोपाल्टो पार्दा मानिसहरूलाई जित्ने र तिनीहरूको बदनाम गर्ने ख्रीष्टविरोधीहरूको उद्देश्य पूरा हुन्छ। मतविरोधीहरूलाई यसरी आक्रमण र निष्कासन गर्ने यो कार्य कस्तो मानसिकताबाट उत्पन्न हुन्छ? धेरैजसो यो ईर्ष्यालु मानसिकताबाट आएको हुन्छ। दुराशयी स्वभावमा, डाहले कठोर घृणा बोकेको हुन्छ; अनि डाहका कारण ख्रीष्टविरोधीहरूले मानिसहरूलाई आक्रमण र निष्कासन गर्ने गर्छन्। यस्तो परिस्थितिमा, यदि ख्रीष्टविरोधीहरूलाई खुलासा र रिपोर्ट गरियो, तिनीहरूले आफ्नो हैसियत गुमाए, र तिनीहरूलाई आघात भयो भने, तिनीहरू यस कुरालाई न त स्विकार्छन् न यसप्रति खुसी नै हुन्छन्, र बदलाको कठोर मानसिकता विकास गर्नु तिनीहरूलाई झन् सजिलो हुन्छ। बदला एक प्रकारको मानसिकता हो, र यो भ्रष्ट स्वभावको प्रकार पनि हो। जब ख्रीष्टविरोधीहरूले कसैले तिनीहरूलाई हानि गर्ने काम गरेको, अरू तिनीहरूभन्दा सक्षम रहेको, वा कसैको अभिव्यक्ति र सुझाव तिनीहरूको भन्दा असल वा बुद्धिमानी रहेको, र सबैजना त्यस व्यक्तिको अभिव्यक्ति र सुझावमा सहमत भएको देख्छन्, तब तिनीहरूलाई तिनीहरूको पद खतरामा परेझैँ लाग्छ, तिनीहरूको हृदयमा डाह र घृणा पैदा हुन्छ, र तिनीहरूले आक्रमण गर्छन् र बदला लिन्छन्। बदला लिने क्रममा, ख्रीष्टविरोधीहरूले प्राय: आफ्नो निसानालाई पहिले नै प्रहार गरिहाल्छन्। जबसम्म अर्को पक्षले भनेको मान्दैन, तबसम्म तिनीहरूले पूर्वसक्रिय रूपमै मान्छेलाई आक्रमण गर्ने र तोड्ने काम गर्छन्। त्यसपछि मात्रै तिनीहरूलाई आफ्नो मनको बोझ हल्का भए झैँ लाग्छ। मानिसहरूलाई आक्रमण र निष्कासन गर्ने कार्यका अन्य प्रकटीकरणहरू के-के हुन्? (अरूलाई होच्याउनु।) अरूलाई होच्याउने कार्य पनि यो प्रकट हुने एउटा तरिका हो; तैँले जति नै राम्ररी काम गरे पनि, तँ नकारात्मक र कमजोर भएर सहनै नसक्ने अवस्थामा नपुगुन्जेल, ख्रीष्टविरोधीहरूले तँलाई होच्याउने छन् वा दोष दिनेछन्। त्यसपछि तिनीहरू खुसी हुनेछन्, र तिनीहरूले आफ्नो उद्देश्य पूरा गरेका हुनेछन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्छन्)। परमेश्वरले ख्रीष्टविरोधीहरूसँग क्रूर स्वभाव, ईर्ष्यालु हृदय र हैसियतको तीव्र चाहना हुन्छ भनेर खुलासा गर्नुभयो। ख्रीष्टविरोधीहरू आफू वरपरका कुनै व्यक्ति उनीहरूभन्दा राम्रो देखिएपछि र उसले उनीहरूको हैसियतलाई खतरामा पारेपछि, ईष्यालु बन्छन् र प्रतिशोधको मानसिकता विकास गर्छन्। तिनीहरूले आफ्नो हैसियत जोगाउनका लागि, आफूसित असहमत हुनेहरूलाई दबाउन र बहिष्कार गर्न विभिन्न रणनीति प्रयोग गर्न सक्छन्। मलाई चेन डान भर्खरै आइपुगेको बेलाको याद आयो, उनी राम्रो क्षमता भएकी र उनले मलाई सबै पक्षमा उछिनेकी देखेर, अनि टोलीका नयाँ सदस्यहरू पनि उनीतिर आकर्षित भएका र उनीहरूले उनलाई उच्च सम्मान दिएका देख्दा, मलाई नराम्रो लागेको थियो, मलाई यति धेरै असजिलो बनाउने चेन डान नै हुन् भन्ने लाग्यो, त्यसैले मैले उनीप्रति पालेको ईर्ष्या र द्वेष अनियन्त्रित रूपमा विष्फोट भयो। पछि, चेन डानले मलाई केही काम खटाउँदा, मैले सहकार्य गरिनँ, अनि उनलाई डेँढे नजरले हेरेँ, र उनीसँग अप्रसन्न भावमा बोलेँ, जसले उनको स्थितिलाई पनि असर गऱ्यो। कहिलेकाहीँ, जब हामी समस्याहरूबारे छलफल गरिरहेका हुन्थ्यौँ, तब मलाई चेन डानले भनेको कुरा सिद्धान्तअनुरूप छ भनेर थाहा हुन्थ्यो, तर म जानाजानी आफ्नै विचारहरूमा अडिग रहन्थेँ र ती त्याग्दिनथेँ, र अरूलाई पनि उनीविरुद्ध मेरो पक्ष लिन उक्साउँथेँ, जसले गर्दा काममा ढिलाइ हुन्थ्यो। मलाई त्यहाँ धेरै काम छ र चेन डान टोली अगुवाको भूमिकामा नयाँ भएकीले पक्कै पनि धेरै चुनौती सामना गर्नुपरेको छ भन्ने मलाई थाहा थियो, तर ईर्ष्याले गर्दा, मैले उनका लागि कामकुरा कठिन बनाइदिन र उनलाई निचा देखाउन आफ्नो कर्तव्य गर्न नचाहेर जानाजानी अवरोध पुऱ्याइरहेकी थिएँ। यी व्यवहारहरूबारे चिन्तन गर्दा, मैले आफू हैसियतको तीव्र चाहना भएको ठ्याक्कै ख्रीष्टविरोधीजस्तै रहेछु भनेर बुझेँ, अनि कसैले मेरो पदलाई खतरामा पार्दा, मलाई ईर्ष्या लागेको र बदला लिन मन लागेको थियो, अनि मण्डलीको कामलाई पूर्ण रूपमा बेवास्ता गरेकी थिएँ भन्ने बुझेँ, अनि मैले मेरो स्वभाव क्रूर छ र ममा मानवताको कमी छ भन्ने बुझेँ। मलाई मैले सुरुमा यस कर्तव्यमा तालिम लिन थाल्दा, हामीले सिद्धान्तहरू चाँडै बुझ्न र आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न सकून् भनेर अगुवाहरूले हामीलाई मार्गदर्शन र मद्दत गर्न विशेष रूपमा कसैको व्यवस्था गरेको कुरा याद आयो। मण्डलीले मलाई यसरी बढुवा र संवर्धन गरेको थियो, तर मैले सही बाटो पछ्याएकी थिइनँ अनि ख्याति र प्राप्ति खोजेकी थिएँ, आफूसँग असहमत हुनेलाई बहिष्कार गर्न र मण्डलीको काममा बाधा पुर्याउन हरसम्भव प्रयास गरेकी थिएँ। म साँच्चै खराब व्यक्ति थिएँ!
त्यसपछि मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ: “यदि कसैले सत्यलाई प्रेम गर्छु भन्छ र उनीहरू सत्यको पछि लाग्छौँ भनी भन्छन्, तर सारगत रूपमा उनीहरूको पछ्याउने लक्ष्य भनेको, आफैलाई विशिष्ट बनाउनु, धाकरवाफ देखाउनु, मानिसहरूलाई उनीहरूको बारेमा उच्च सोच्ने बनाउनु, उनीहरूका आफ्नै स्वार्थ पूरा गर्नु हो र उनीहरू परमेश्वरमा समर्पित हुन वा उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, बरु त्यसको सट्टा ख्याति, प्राप्ति र हैसियत हासिल गर्न कर्तव्य निर्वाह गर्छन् भने, उनीहरूको खोजी अवैध हुन्छ। यस्तो मामिला हुँदा, जब मण्डलीको कामको कुरा आउँछ, के उनीहरूका कार्यहरू बाधा-व्यवधान हुन्छन्, कि उनीहरूले यसलाई अगाडि बढाउन सहयोग गर्छन्? उनीहरू स्पष्ट रूपमा बाधा-व्यवधान हुन्; उनीहरूले यसलाई अगाडि बढाउँदैनन्। केही मानिसहरू मण्डलीको काम गर्ने झन्डा फहराउँदै, आफ्नै व्यक्तिगत ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने, आफ्नै कार्यप्रणाली चलाउने, आफ्नै सानो समूह, आफ्नै सानो राज्य बनाउने गर्छन्—के यस किसिमका व्यक्तिहरूले आफ्नो कर्तव्य गरिरहेका हुन्छन् र? उनीहरूले गर्ने सबै कामहरूले आधारभूत रूपमा बाधा दिन्छन्, अवरोध पुऱ्याउँछन् र मण्डलीको कामलाई हानि गर्छन्। तिनीहरूको ख्याति, प्राप्ति र हैसियतको खोजीको परिणाम के हुन्छ? सबैभन्दा पहिले, यसले परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरका वचनहरू सामान्यतया कसरी खान्छन् र पिउँछन्, र कसरी सत्यता बुझ्छन् भन्ने कुरामा असर पुर्याउँछ, यसले उनीहरूको जीवन प्रवेशमा बाधा उत्पन्न गर्छ, उनीहरूलाई परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्नबाट रोक्छ, र उनीहरूलाई गलत मार्गमा डोर्याउँछ—र यसले चुनिएका जनहरूलाई हानि गर्छ र बरबादीमा पुर्याउँछ। अनि, यसले अन्त्यमा मण्डलीको कामलाई के गर्छ? यो बाधा, क्षति, र विघटन हो। मानिसहरूले ख्याति, प्राप्ति र हैसियतको खोजी गर्दाको परिणाम यही हो। उनीहरूले यसरी कर्तव्य निर्वाह गर्दा, के यसलाई ख्रीष्टविरोधीको बाटो हिँड्नु भनेर परिभाषित गर्न सकिँदैन? जब परमेश्वरले मानिसहरूलाई ख्याति, प्राप्ति र हैसियत पन्छ्याउन लगाउनुहुन्छ, तब उहाँले तिनीहरूलाई छनौट गर्ने तिनीहरूको अधिकारबाट वञ्चित गरिरहनुभएको हुँदैन; बरु, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने क्रममा, मानिसहरूले मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा बाधा र अवरोध पुर्याउँछन्, र अझ धेरै मानिसहरूलाई परमेश्वरका वचनहरू खान-पिउन र सत्यता बुझ्न, अनि परमेश्वरको मुक्ति पाउनमा समेत असर पुर्याउँछन्, त्यसैले यसो गरिन्छ। यो निर्विवाद तथ्य हो। जब मानिसहरू आफ्नै ख्याति, प्राप्ति र हैसियतको पछि लाग्छन्, तिनीहरू सत्यताको पछि लाग्दैनन् र तिनीहरूले आफ्नो कर्तव्य विश्वासयोग्य तरिकाले पूरा गर्दैनन् भन्ने कुरा निश्चित हुन्छ। तिनीहरूले ख्याति, प्राप्ति र हैसियतको खातिर मात्र बोल्ने र व्यवहार गर्नेछन्, र तिनीहरूले गर्ने सबै काम अपवादरहित रूपमा तिनै कुराको लागि हुन्छ। त्यसरी व्यवहार र काम गर्नु भनेको ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नु हो भन्नेमा कुनै सन्देह छैन; यो परमेश्वरको काममा बाधा र अवरोध पुर्याउनु हो, र यसका विविध र हरेक परिणामहरूले राज्यको सुसमाचार फैलने प्रक्रिया र मण्डलीभित्रको परमेश्वरको इच्छाको स्वतन्त्र बहावमा रोकावट पैदा गरिरहेको हुन्छ। त्यसकारण, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने मानिसहरूले हिँड्ने मार्ग परमेश्वरको प्रतिरोध गर्ने मार्ग हो भनेर निश्चयतापूर्वक भन्न सकिन्छ। यो उहाँविरुद्ध जानीजानी प्रतिरोध गर्नु, उहाँलाई इन्कार गर्नु हो—यो परमेश्वरलाई विरोध गर्न शैतानसँग सहकार्य गर्नु र उहाँविरुद्ध उभिनु हो। यो मानिसहरूद्वारा गरिने ख्याति, प्राप्ति र प्रतिष्ठाको खोजीको प्रकृति हो। मानिसहरू आफ्ना हितहरूको पछि लाग्नुमा भएको समस्या भनेको उनीहरूले पछ्याउने लक्ष्यहरू शैतानका लक्ष्यहरू हुन्—ती दुष्ट र अनुचित लक्ष्यहरू हुन्। जब मानिसहरू ख्याति, प्राप्ति र हैसियतजस्ता आफ्नै हितहरूको पछि लाग्छन्, उनीहरू अनजानमा शैतानको हतियार बन्छन्, उनीहरू शैतानका लागि निकासद्वार बन्छन्, र यसबाहेक, उनीहरू शैतानकै मूर्तरूप बन्छन्। उनीहरूले मण्डलीमा नकारात्मक भूमिका खेल्छन्; मण्डलीको कामप्रति, र मण्डलीको सामान्य जीवन र परमेश्वरका चुनिएका मानिसहरूको सामान्य खोजीप्रति, उनीहरूले पार्ने प्रभाव भनेको बाधा पुर्याउने र कमजोर पार्ने मात्र हो; उनीहरूको केवल प्रतिकूल र नकारात्मक प्रभाव हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। म प्रतिष्ठा र हैसियत खोज्नु भनेको सत्यता पछ्याउनमा व्यक्तिगत असफलता मात्र हो, र त्यसले अरूलाई असर नगरी व्यक्तिको आफ्नै जीवनलाई मात्र नोक्सानी गर्नेछ भन्ने सोच्थेँ। मैले सधैँ त्यसलाई भ्रष्टता सानो प्रकटीकरण ठानेकी थिएँ, सबैमा यस प्रकारको भ्रष्टता छ र त्यसलाई रातारात परिवर्तन गर्न सकिँदैन; त्यसलाई क्रमिक रूपमा परिवर्तन गर्नुपर्छ भनेर सोचेकी थिएँ। परमेश्वरले प्रतिष्ठा र हैसियत पछ्याउनुलाई किन यति धेरै घृणा गर्नुहुन्छ भनेर मैले बुझेकी थिइनँ। मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेपछि के बुझेँ भने, प्रतिष्ठा र हैसियत पछ्याउनाले आफ्नो जीवनलाई हानि मात्र गर्दैन तर मण्डलीको कामलाई पनि बाधा दिन्छ। चेन डान टोली अगुवा थिइन्, र मैले उनको काममा उनलाई साथ दिनुपर्थ्यो र उनीसँग सहकार्य गर्नुपर्थ्यो। तर ईर्ष्याले गर्दा, मैले जानाजानी उनले गरेका कार्य बन्दोबस्तमा सहकार्य गरेकी थिइनँ र उनका लागि कामकुरा गाह्रो बनाएकी थिएँ, जसले मलजलको कामलाई असर गऱ्यो। समस्याहरूबारे छलफल गर्दा, मलाई उनको सङ्गति सही छ भन्ने थाहा भए पनि, मलाई उनको कुरा सुन्दा म तुच्छ देखिनेछु र मेरो इज्जत जानेछ भन्ने डर लाग्यो। त्यसैले, म हठी हुँदै आफ्नै दृष्टिकोणहरूमा अडिग रहेँ, जसको परिणामस्वरूप काममा ढिलाइ भयो। म जानाजानी अवरोधकसमेत भएकी थिएँ, मैले काम गर्न छोडेँ, र आफूले गर्न सक्ने काम गर्नसमेत अस्वीकार गरेँ, चेन डानलाई दबाब दिन उनीमाथि काम थोपरेँ। यसो हेर्दा, म ख्याति र लाभका लागि अरूसँग प्रतिस्पर्धा गरिरहेकी छु जस्तो देखिन्थ्यो, तर वास्तवमा, मैले परमेश्वरको प्रतिरोध गरिरहेकी थिएँ। मैले मण्डलीको काममा ढिलाइ गरेर आफ्नो अभिमान पूरा गरिरहेकी थिएँ। अब मात्र मैले धेरै ख्रीष्ट विरोधीलाई प्रतिष्ठा र हैसियत पछ्याएकाले वा तिनीहरूमा भ्रष्ट स्वभाव भएकाले नभई, प्रतिष्ठा र हैसियत पछ्याउने क्रमम तिनीहरू अरूलाई दबाउन र कठिनाइनाइमा पार्न कुनै पनि हदसम्म जाने, परमेश्वरको घरको कामलाई बाधा दिने र धेरै दुष्कर्म गर्ने भएकाले निष्कासित गरिन्छ भनेर बुझेँ। मेरा कार्य र ख्रीष्टविरोधीहरूका कार्यको प्रकृति एउटै थियो। यदि मैले पश्चात्ताप नगरेकी भए, म मेरा असङ्ख्य दुष्कर्मका लागि अन्ततः मण्डलीबाट निष्कासित हुनेथिएँ। यसबारे चिन्तन गर्दा मलाई डर लाग्यो। त्यो बेला म अलि निराश भएँ, यति धेरै दुष्टता गरेपछि अझै मुक्ति पाउने आशा छ त, र परमेश्वरले मलाई खुलासा गर्न र हटाउन यो परिस्थिति प्रयोग गरिरहनुभएको हो त भनेर सोचेँ।
पछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “आज तिमीहरू परमेश्वरलाई हेर्न मात्र सक्षम छैनौ, तर अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले सजाय र न्याय पाएका छौ, तिमीहरूले यो सबैभन्दा गहन मुक्ति पाएका छौ, भन्नुको मतलब, तिमीहरूले परमेश्वरको सबैभन्दा ठूलो प्रेम पाएका छौ। परमेश्वरले गर्नुहुने सबथोकमा, उहाँ तिमीहरूलाई साँचो प्रेम गर्नुहुन्छ। उहाँको कुनै खराब अभिप्राय छैन। तिमीहरूका पापका कारणले नै उहाँले तिमीहरूलाई न्याय गर्नुहुन्छ, ताकि तिमीहरूले आत्मचिन्तन गर्नेछौ र यो अत्यन्तै ठूलो मुक्ति पाउनेछौ। यो सबै मानिसलाई पूर्ण पार्ने उद्देश्यले गरिन्छ। सुरुदेखि अन्त्यसम्म, परमेश्वरले मानिसलाई मुक्ति दिन यथासक्दो गरिरहनुभएको छ, र उहाँका आफ्नै हातहरूले सृजना गर्नुभएका मानिसहरूलाई पूर्ण रूपमा नष्ट गर्न चाहनुहुन्न। आज, उहाँ तिमीहरूको माझमा काम गर्न आउनुभएको छ; के यो झनै मुक्ति होइन र? यदि उहाँले तिमीहरूलाई घृणा गर्नुहुन्थ्यो भने, के उहाँले तिमीहरूलाई व्यक्तिगत तवरमा मार्गदर्शन गर्न अझै यत्रो ठूलो काम गर्नुहुन्थ्यो र? उहाँले किन त्यस्तो कष्ट भोग्नुहुन्थ्यो? परमेश्वरले तिमीहरूलाई घृणा गर्नुहुन्न वा तिमीहरूप्रति कुनै खराब अभिप्राय राख्नुहुन्न। तिमीहरूलाई थाहा हुनुपर्दछ कि परमेश्वरको प्रेम सबैभन्दा वास्तविक प्रेम हो। मानिसहरू विद्रोही भएकाले मात्र उहाँले तिनीहरूलाई न्यायमार्फत मुक्ति दिनुपर्ने हुन्छ; यदि त्यसो नगरिने भए, तिनीहरूलाई मुक्ति दिन असम्भव हुनेथियो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (४))। परमेश्वरका वचनहरू पढेपछि, त्यसले मेरो हृदय छोयो र मलाई आफू कति असमझदार रहेछु भन्ने थाहा भयो। आज बर्खास्त हुनु मैले ख्याति र लाभ खोजेकी, म सही मार्गमा नहिँडेकी, बरु दुष्टता गरेकी र मण्डलीको काममा बाधा पुर्याएकी कारणले थियो। तसर्थ मैले परमेश्वरको अभिप्रायलाई गलत बुझ्नुभन्दा, अनुशासन र ताडना स्विकार्नुपर्छ। मैले किन यस्ता दुष्कर्महरू गर्न सकेँ भन्नेबारे पनि चिन्तन गरेँ। ममा प्रतिष्ठा र हैसियतको तीव्र चाहना हुनुका अलावा, परमेश्वरको डर मान्ने हृदयको पूर्ण कमी थियो। मेरो प्रतिष्ठा र हैसियतलाई खतरामा पार्ने कुनै पनि घटना हुँदा, म हठी व्यवहार गर्न, दुष्टता गर्न र परमेश्वरको प्रतिरोध गर्न उद्यत हुन्थेँ। मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पनि पढें: “त्यसो भए, परमेश्वरको डर मान्ने हृदय भएको व्यक्तिले चाहिँ कस्तो व्यवहार गर्नेछ? (उसले लापरवाही वा मनपरी काम गर्नेछैन।) यी दुई शब्दहरू एकदम उपयुक्त छन्। त्यसोभए तँ लापरवाही वा मनपरी काम नगर्नुलाई कसरी अभ्यास गर्छस्? (हामीसँग खोजी गर्ने हृदय हुनुपर्छ।) समस्या सामना गर्दा, केही मानिसहरू अरूबाट जवाफ खोज्छन्, तर अर्को व्यक्ति सत्यताअनुसार बोल्दा, त्यसलाई स्विकार्दैनन्, तिनीहरू त्यो पालन गर्न सक्षम हुँदैनन्, र हृदयमा यस्तो सोच्छन्, ‘म सामान्यतया ऊभन्दा असल छु। यदि मैले योचोटि उसको सुझाव सुनेँ भने, के ऊ मभन्दा उच्च देखिनेछैन र? अहँ, म यस विषयमा उसको कुरा सुन्न सक्दिनँ। म बस यसलाई आफ्नै तरिकाले गर्नेछु।’ त्यसपछि तिनीहरूले त्यो अर्को व्यक्तिको दृष्टिकोण काट्ने कारण र बहाना खोज्छन्। यदि कुनै व्यक्तिले आफूभन्दा राम्रो कसैलाई देख्छ र उसलाई होच्याउने प्रयास गर्छ, उसको बारेमा अफवाह फैलाउँछ वा उसलाई बदनाम गर्न र उसको प्रतिष्ठा गिराउन घृणित माध्यमहरू प्रयोग गर्छ—र उसलाई कुल्चिमिल्चीसमेत गर्छ—र यो सबै काम मानिसहरूको मनमस्तिष्कमा आफ्नो स्थान जोगाउनको लागि गर्छ भने, यो कस्तो प्रकारको स्वभाव हो? यो अहङ्कार र दम्भ मात्र होइन, यो त शैतानको स्वभाव हो, यो दुष्ट स्वभाव हो। यस व्यक्तिले आफूभन्दा राम्रा र सबल मानिसहरूलाई आक्रमण गर्न र एकल्याउन सक्नु कपटीपन र दुष्टता हो। अनि ऊ मानिसहरूलाई होच्याउन कहीँकतै नरोकिनुले ऊभित्र धेरै हदसम्म दियाबलस रहेको हुन्छ भन्ने देखाउँछ! यस्ता मानिसहरूले शैतानको स्वभावअनुसार जिएर, मानिसहरूलाई होच्याउन, तिनीहरूलाई फसाउने प्रयास गर्न, र तिनीहरूका लागि परिस्थिति गाह्रो बनाइदिन सक्छन्। के यो दुष्कर्म होइन र? अनि यसरी जिएर पनि तिनीहरूले म ठीक छु, म असल व्यक्ति हुँ भनी सोच्छन्—तर तिनीहरूले आफूभन्दा उत्तम कसैलाई देख्दा, तिनीहरूले दुष्ट काम गरेर तिनीहरूलाई गाह्रो परिस्थितिमा पार्न, तिनीहरूलाई कुल्चीमिल्ची पार्न सक्छन्। यहाँ समस्या के हो? के यस्ता दुष्ट कार्यहरू गर्न सक्ने मानिसहरूमा अनैतिक र मनोमानी हुँदैनन् र? त्यस्ता मानिसहरूले आफ्ना हितहरू मात्रै सोच्छन्, तिनीहरूले आफ्नै भावनाबारे मात्रै विचार गर्छन्, र तिनीहरू आफ्नै इच्छा, महत्त्वाकाङ्क्षा, र उद्देश्य हासिल गर्न मात्र चाहन्छन्। आफूले मण्डलीको काममा कति हानि पुऱ्याउँछु भनेर तिनीहरूले वास्ता गर्दैनन्, र तिनीहरू मानिसहरूको मनमस्तिष्कमा रहेको आफ्नो हैसियत र तिनीहरूको आफ्नै प्रतिष्ठा जोगाउन परमेश्वरको घरका हितहरूलाई बलि चढाउन रुचाउँछन्। के यस प्रकारका व्यक्तिहरू अहङ्कारी र आत्मधर्मी, स्वार्थी र नीच होइनन् र? यस्ता मानिसहरू अहङ्कारी र आत्मधर्मी मात्र हुँदैनन्, तिनीहरू त हदैसम्मका स्वार्थी र नीच पनि हुन्छन्। तिनीहरूले परमेश्वरका अभिप्रायलाई पटक्कै वास्ता गर्दैनन्। के यस्ता मानिसहरूमा परमेश्वरको भय मान्ने हृदय हुन्छ? तिनीहरूमा परमेश्वरको भय मान्ने हृदय पटक्कै हुँदैन। यसैकारण, तिनीहरूले कुनै दोषको भावनाविना, कुनै डरविना, कुनै चिन्ता वा फिक्रीविना र परिणामहरूलाई विचार नगरी छाडा व्यवहार देखाउँछन्, र आफूले जे चाह्यो त्यही गर्छन्। तिनीहरूले प्रायः यसै गर्छन्, र सधैँ यसरी नै व्यवहार गरेका हुन्छन्। त्यस्तो व्यवहारको प्रकृति के हो? यसलाई सरल रूपमा भन्नुपर्दा, त्यस्ता मानिसहरूमा व्यक्तिगत प्रतिष्ठा र हैसियतका निम्ति अति नै बढी जोस हुन्छ र अति नै बलियो चाहना हुन्छ; तिनीहरू अति नै छली र धूर्त हुन्छन्। यसलाई अझ कठोर रूपमा भन्नुपर्दा, समस्याको सार के हो भने, त्यस्ता मानिसहरूमा परमेश्वरको भय मान्ने हृदय पटक्कै हुँदैन। तिनीहरू परमेश्वरको भय मान्दैनन्, तिनीहरू आफैलाई अत्यन्त महत्त्वपूर्ण ठान्छन्, र तिनीहरू आफ्नो हरेक पक्षलाई परमेश्वरभन्दा उच्च र सत्यताभन्दा उच्च ठान्छन्। तिनीहरूका हृदयमा, परमेश्वर उल्लेखयोग्य हुनुहुन्न, बरु नगण्य हुनुहुन्छ, र तिनीहरूको हृदयमा परमेश्वरको कुनै हैसियत नै हुँदैन। के आफ्नो हृदयमा परमेश्वरका निम्ति कुनै स्थान नहुने, र परमेश्वरको भय मान्ने हृदय नहुने व्यक्तिहरूले सत्यता अभ्यास गर्न सक्छन्? कदापि सक्दैनन्। त्यसैले, जब तिनीहरू विशेष रूपले खुसी हुँदै यताउता गएर आफूलाई व्यस्त राख्छन् र धेरै ऊर्जा खर्च गर्छन्, तब तिनीहरूले के गरिरहेका हुन्छन्? त्यस्ता मानिसहरूले परमेश्वरको निम्ति अर्पित हुन आफूले सबै कुरा त्यागेका र धेरै दुःख भोगेका समेत दाबी गर्छन्, तर वास्तवमा तिनीहरूका सबै कार्यका अभिप्राय, सिद्धान्त र उद्देश्य तिनीहरूको आफ्नै हैसियत र प्रतिष्ठाको लागि, तिनीहरूको आफ्नै हित रक्षा गर्नको खातिर हुन्छन्। के तिमीहरू यस किसिमको मानिस डरलाग्दो हुन्छ भनी भन्छौ, कि भन्दैनौ? कस्ता किसिमका मानिसहरूले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेका भए पनि, तिनीहरूमा परमेश्वरको भय मान्ने हृदय हुँदैन? के तिनीहरू अहङ्कारी होइनन्? के तिनीहरू शैतान होइनन्? अनि कोसँग परमेश्वरको भय मान्ने हृदयको सबैभन्दा कमी हुन्छ? पशुहरूबाहेक, दियाबलस र ख्रीष्टविरोधीहरू, दियाबलस र शैतानका नोकरहरूमा त्यस्तो कुराको कमी हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमाथिको विश्वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्वरका वचनहरू पढ्दा, मलाई हृदयमा गहिरो पीडा महसुस भयो अनि मैले म ठ्याक्कै उहाँले खुलासा गरेको, परमेश्वरको डर मान्ने हृदय नभएको खालको व्यक्ति हुँ भन्ने बुझेँ। परमेश्वरले पशु, दुष्ट मानिस, ख्रीष्टविरोधी, दियाबलसहरू र शैतानमा मात्र परमेश्वरको डर मान्ने हृदय हुँदैन भनेर भन्नुभयो, अनि म त्यस्ता मानिसहरूप्रति परमेश्वरको तिरस्कार र घृणा महसुस गर्न सक्थेँ। यसबारे सोच्दा, मैले परमेश्वरमा विश्वास गरे पनि, मेरो हृदयमा उहाँका लागि कुनै ठाउँ थिएन; मैले सधैँ आफ्नै प्रतिष्ठा र हैसियतलाई प्राथमिकता दिएँ, यहाँसम्म कि, कुनै पनि माध्यमद्वारा अरूलाई दबाउने र बहिष्कार गर्ने हदसम्म गएँ। चेन डानमा ममा भन्दा राम्रो क्षमता रहेछ भन्ने देखेर, मलाई ईर्ष्या लाग्यो र मैले सबै कुरामा आफूलाई उनीसँग दाँजेँ। चेन डान टोली अगुवा बनेपछि, उनले काम अह्राउँदा मलाई मेरो आत्मसम्मानमा चोट पुगेको महसुस भयो। किनकि मैले उनीभन्दा लामो समयदेखि मलजल गर्ने काम गर्दै आएकी थिएँ। त्यसैले, मैले जानाजानी उनीसँग सहकार्य गर्न अस्वीकार गरेँ र उनका लागि कामकुरा गाह्रो बनाएँ। छलफलको क्रममा समेत, म उनका उचित सुझावहरू स्विकार्न नमानेर, सधैँ आफ्नो इज्ज्त बचाउने गरेकी थिएँ, किनभने उनको कुरा मान्दा म उनीभन्दा तुच्छ देखिनेछु भन्ने मलाई डर थियो। अन्ततः उनले मलाई हरेक पक्षमा उछिनेको र म उनीभन्दा श्रेष्ठ हुन नसकेको देखेर, मलाई आफू टोलीमा उत्कृष्ट हुने कुनै सम्भावना छैन भन्ने लाग्यो, त्यसैले म जानाजानी अवरोधकारी बनेँ र आफ्नो कर्तव्य निर्वाहमा प्रतिरोध गरेँ। यसले मेरो हृदयमा परमेश्वरको डर छैन र ममा मानवताको कमी छ भन्ने देखायो। यदि मेरो हृदयमा परमेश्वरको डर अलिकति पनि भएको भए, म यस्ता दुष्कर्महरू गर्नेथिइनँ, न त म मण्डलीको काममाथि आफ्नो कुण्ठा पोख्ने आँट नै गर्नेथिएँ। म आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्न असफल भएकी मात्र होइन, तर मैले अरूलाई पनि उनीहरूको काम गर्नमा र मण्डलीको काममा बाधा पुर्याएकी थिएँ। यसले कसरी परमेश्वरको घृणालाई उक्साउन सक्दैन र? यो बर्खासी परमेश्वरको धर्मी स्वभाव ममाथि आएको परिणाम थियो—मैले त्यो मागेकी थिएँ। मलाई गहिरो पछुतो र आत्मग्लानि भयो, अनि मैले चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, पाप स्विकारेँ, र पश्चात्ताप गरेँ।
त्यसपछि, मैले प्रतिभावान् र सक्षम व्यक्तिहरूको ईर्ष्या गर्ने आफ्नो समस्या कसरी समाधान गर्ने, अनि आफ्नो प्रतिष्ठा र हैसियत पछ्याउने मेरो महत्त्वाकाङ्क्षालाई कसरी सम्हाल्ने भनी पत्ता लगाउने प्रयास गरेँ। एक दिन, मैले परमेश्वरका यी वचन पढेँ: “मानिसहरूले जन्मँदै लिएर आएका खुबी र क्षमताहरू परमेश्वरले दिनुभएको हो। ती त धेरैपहिले नै परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको थियो। यदि परमेश्वरले तँलाई मूर्ख बनाउनुभएको हो भने, तेरा मूर्खतामा अर्थ लुकेको छ; यदि उहाँले तँलाई तेज दिमागवाला बनाउनुभएको छ भने, तेरो तेज दिमागको पनि अर्थ छ। परमेश्वरले तँलाई जुनसुकै प्रतिभा दिनुभए पनि, तेरा सबल पक्षहरू जेसुकै भए पनि, तेरो बौद्धिक स्तर जेजस्तो भए पनि, परमेश्वरका लागि ती सबैको उद्देश्य हुन्छ। यी सबै कुरा परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। तैँले जीवनमा खेल्ने भूमिका र तैँले पूरा गर्ने कर्तव्य परमेश्वरले धेरै पहिले नै पूर्वनिर्धारित गर्नुभएको हो। कतिपय मानिसहरू आफूमा नभएको सबल पक्ष अरूमा देख्छन् र तिनीहरू असन्तुष्ट हुन्छन्। तिनीहरू अझै धेरै सिकेर, अझै धेरै खोजेर, अनि अझै धेरै लगनशील भएर परिस्थिति बदल्न चाहन्छन्। तर तिनीहरूको लगनशीलताले हासिल गर्न सक्ने कुराको सीमा हुन्छ, र तिनीहरूले यी प्रतिभा र विशेषज्ञता भएकाहरूलाई उछिन्न सक्दैनन्। तैँले जति नै संघर्ष गरे पनि यो व्यर्थ हुन्छ। तँ के बन्नेछस् भन्ने कुरा परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ, र यसलाई कसैले पनि केही गरी परिवर्तन गर्न सक्दैन। तँ जुन कुरामा सिपालु छस्, तैँले त्यही कुरामा प्रयास गर्नुपर्छ। तँ जुन कर्तव्यका लागि उपयुक्त छस्, तैँले त्यही कर्तव्य निर्वाह गर्नुपर्छ। तेरो सीपको क्षेत्रबाहिर आफूलाई जबरजस्ती लैजाने प्रयास नगर् र अरूको डाहा नगर्। हरेकको आ-आफ्नै कार्य हुन्छ। तैँले सधैँ अरूको स्थान लिने र आफूलाई प्रदर्शन गर्ने इच्छा गर्दै सबै कुरा राम्ररी गर्न सक्छु वा तँ अरूभन्दा सिद्ध वा असल छस् भनेर नसोच्। यो भ्रष्ट स्वभाव हो। … जब तँसित यस्तो स्वभाव हुन्छ, तब तैँले सधैँ अरूलाई होच्याउने प्रयास गरिरहेको हुन्छस्, सधैँ तिनीहरूलाई उछिन्ने कोसिस गरिरहेको हुन्छस्, सधैँ चाल चलिरहेको हुन्छस्, सधैँ अरूबाट लिने कोसिस गरिरहेको हुन्छस्। तँ असाध्यै ईर्ष्यालु बन्छस्, तँ कसैसँग झुक्दैनस्, र आफूलाई भीडमा विशिष्ट देखाउने कोसिस गरिरहेको हुन्छस्। यसले समस्या नित्याउँछ; शैतानले यसरी कार्य गर्छ। यदि तँ साँचो अर्थमा परमेश्वरको सृष्टि गरिएको स्वीकारयोग्य प्राणी बन्न चाहन्छस् भने, आफ्ना सपनाहरूको पछि नलाग्। आफ्ना लक्ष्यहरू हासिल गर्नका लागि आफू जे हो त्योभन्दा श्रेष्ठ र सक्षम बन्ने प्रयास गर्नु खराब कुरा हो। तैँले परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू पालन गर्न सिक्नुपर्छ, र तँ एउटा मानवले ओगट्नुपर्ने ठाउँमा दृढतापूर्वक उभिनुपर्छ; यो मात्र समझको प्रदर्शन हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरका वचनहरू पढेपछि, त्यसले मेरो हृदय छोयो। म जब-जब म राम्रो क्षमता भएका मानिसहरूलाई भेट्छु, तब तब म ईर्ष्यालु बन्न थाल्दछु र आफूलाई उनीहरूसँग तुलना गर्छु, अनियन्त्रित रूपमा प्रतिष्ठा र हैसियत पछ्याउँछु भन्ने थाहा भयो। यस व्यवहारले सबै कुरामा अरूलाई उछिन्न चाहने मेरो आफ्नो अहङ्कारी स्वभावमा जरा गाडेको थियो। तर, ममा भएका प्रतिभा र क्षमता परमेश्वरद्वारा पूर्वनिर्धारित छन्, र यसमा परमेश्वरको असल अभिप्राय छ। मेरो अहङ्कारी स्वभावले सधैँ मलाई प्रतिष्ठा र हैसियत पछ्याउन मन लाग्ने बनायो, अनि यदि ममा साँच्चै यस्तो ठूलो क्षमता भएको भए, के थाहा म कति अहङ्कारी हुनेथिएँ। एकदमै धेरै दुष्टता गरेकामा र ख्रीष्टविरोधीको मार्ग पछ्याएकामा म मण्डलीबाट निष्कासित हुन सक्थेँ। परमेश्वरले मेरो औसत क्षमता पूर्वनिर्धारण गर्नु मेरा लागि सुरक्षाको एक तरिका हो। त्यसबाहेक, परमेश्वर हामी महामानव वा महान् मानिस र सबै कुरामा अरूभन्दा श्रेष्ठ होऔँ भन्ने माग गर्नुहुन्न। परमेश्वरले महत्त्व दिने कुरा भनेको, हामीले आफ्नो कद र क्षमताअनुसार, आफूले गर्न सक्ने कुराको पूर्ण उपयोग गर्नु, इमानदार हृदयले आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्नमा ध्यान दिनु हो। चेन डान अझ राम्रो क्षमताकी थिइन्, र टोली अगुवाका रूपमा समग्र कामलाई अगाडि बढाउन मद्दत गर्नु उनको कर्तव्य थियो। मैले उनलाई साथ दिनुपर्थ्यो र उनीसँग सहकार्य गर्नुपर्थ्यो, उनको क्षमताबाट सिक्नुपर्थ्यो र उनीसँग सद्भावपूर्वक काम गर्नुपर्थ्यो, ताकि मैले आफ्नो कर्तव्य अझ राम्रोसँग निर्वाह गर्न सकूँ। हाम्रो क्षमता राम्रो होस् वा खराब, सबैको साझा उद्देश्य भनेको आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नु हो र त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। अरूसँगको मेरो निरन्तर तुलना र प्रतिस्पर्धा वास्तवमा परमेश्वरको प्रतिरोध गर्नु र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित नहुनु थियो, र त्यसले गर्दा मैले शैतानको यातना मात्र भोगेँ। मैले कसरी आफ्नो कर्तव्य निर्वाह गर्ने अवसरको कदर नगरी, बरु, अरूसँग लड्न र प्रतिस्पर्धा गर्नमा ध्यान लगाएँ भनेर चिन्तन गर्दा, मलाई केही हदसम्म पछुतो भयो।
केही महिनापछि, अगुवाहरूले मलाई चेन डान र अरूसँग काम गर्ने व्यवस्था मिलाए। सुरुमा, म अलि चिन्तित भएँ, आफूले फेरि भ्रष्ट स्वभावहरू प्रकट गर्छु होला भन्ने डर लाग्यो। तर, मलाई यो परिस्थिति परमेश्वरले बन्दोबस्त गर्नुभएको हो र यो मेरा लागि पश्चात्ताप गर्ने अवसर हो भन्ने पनि थाहा थियो; म परमेश्वरलाई निराश पार्न चाहन्नथेँ, त्यसैले मैले यसको सामना गर्नुथियो। मैले सचेत रूपमा परमेश्वरलाई धेरै प्रार्थना गरेँ, उहाँको उपस्थितिमा जिउन सकूँ भनेर उहाँको सुरक्षा मागेँ, अनि ख्याति र प्राप्ति नखोज्न, वा अरूसँग तुलना नगर्न आफूलाई निरन्तर सम्झाएँ। मलाई याद आयो, एकपटक मैले एक सिस्टरले उल्लेखनीय प्रगति गरिरहेको देखेकी थिएँ, र म तुरुन्तै अलि अन्योल र चिन्तित भएकी थिएँ, ती सिस्टरले मलाई उछिन्नेछिन् र म टोलीमा सबैभन्दा खराब बन्नेछु अनि इज्जत गुमाउनेछु भनेर डराएँ। म फेरि आफूलाई अरूसँग तुलना गर्दै छु भन्ने मलाई तुरुन्तै थाहा भयो। अनि सचेत रूपमा परमेश्वरलाई मनमनै प्रार्थना गरेँ। मलाई आफूले पहिले पढेका परमेश्वरका वचनहरू याद आए: “यदि तँ साँच्चै आफ्नो कर्तव्य राम्ररी निभाउन चाहन्छस् भने, तैँले पहिले आफ्ना लागि सही स्थान खोज्नैपर्छ, र त्यसपछि तैँले जे गर्न सक्छस् त्यो तेरो सारा हृदयले, तेरो सारा मनले, तेरो सारा शक्तिले र आफूले सके जति गर्। यसले मानक पूरा गर्छ, र यस्तो कर्तव्य निर्वाहमा केही शुद्धता हुन्छ। वास्तविक सृजित प्राणीले गर्नुपर्ने कुरा यही हो। पहिले, तैँले सृष्टिको गरिएको वास्तविक प्राणी भनेको के हो त्यो बुझ्नैपर्छ: सामान्य सृजित प्राणी महामानव होइन, तर पृथ्वीमा व्यावहारिक तवरमा जिउने व्यक्ति हो; ऊ बिलकुलै असाधारण र अलिकति पनि विलक्षण हुँदैन, तर कुनै पनि सामान्य व्यक्तिजस्तै हुन्छ। यदि तँ सधैँ अरूलाई उछिन्न, अरूभन्दा माथि हुन चाहन्छस् भने तँ शैतानको अहङ्कारी स्वभावद्वारा नियन्त्रित छस्, र यो तेरो महत्त्वाकाङ्क्षाको कारण भएको भ्रम हो। वास्तवमा, तैँले यो कुरा हासिल गर्न सक्दैनस्, र तैँले त्यसो गर्नु असम्भव छ। परमेश्वरले तँलाई यस्तो प्रतिभा वा सीप दिनुभएन, न त यस्तो सार नै दिनुभयो। नबिर्सी, तँ मानवजातिको सामान्य सदस्य होस्, अरूभन्दा फिटिक्कै फरक छैनस्; यति मात्र हो, तेरो रूपरङ्ग, परिवार, र जन्मको पृष्ठभूमि मात्र फरक होला, अनि तेरो सबलता र प्रतिभामा केही भिन्नता होला। तर यो कुरा नबिर्सी: तँ जति नै बेजोड भए पनि, यो त यी स-साना तरिकामा मात्र हो, र तेरो भ्रष्ट स्वभाव अरूकै जस्तो छ। तेरोमा हुनुपर्ने मनोवृत्ति र तैँले आफ्नो कर्तव्य निर्वाहमा पालन गर्नैपर्ने सिद्धान्तहरू अरूकै जस्ता छन्। मानिसहरू आफ्ना शक्ति र प्रतिभामा मात्र फरक हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरका वचनहरूले मलाई के बुझ्न मद्दत गरे भने म साधारण सृजित प्राणी, एक सामान्य व्यक्ति हुँ। मलाई थाहा नभएका कुरा वा म अरू जत्तिकै राम्रो नभएका क्षेत्रहरू हुनु सामान्य कुरा हो। मैले पहिले नयाँ विश्वासीहरूलाई मलजल गर्न सुरु गरेँ भन्दैमा, त्यसको अर्थ म हरेक पक्षमा अरूभन्दा राम्रो हुनुपर्छ भन्ने थिएन। यसरी सोच्नु अहङ्कारी र अनुचित कुरा थियो। परमेश्वर म सामान्य व्यक्ति बनूँ, विवेकशील भई सक्दो गरूँ, र आफ्नो कद र क्षमताअनुसार आफ्ना क्षमताहरू पूर्ण उपयोग गरूँ भन्ने माग गर्नुहुन्छ। त्यसबाहेक, परमेश्वरले प्रत्येक व्यक्तिलाई फरक-फरक क्षमता र शक्ति दिनुभएको छ। सँगै काम गर्दा, हामी एकअर्काको शक्ति र कमजोरीहरूलाई परिपूर्ति गर्न, सद्भावपूर्वक सहकार्य गर्न सक्छौँ, जुन कर्तव्यका लागि लाभदायक छ। यदि ती सिस्टरसँग ममा नभएका साम्यर्थहरू छन् भने, मैले उनीबाट सिक्नुपर्छ, र यो पनि मेरा कमजोरीहरूको परिपूर्ति गर्ने परमेश्वरको तरिका हो। परमश्वरको अभिप्राय बुझ्दा मलाई राहतको अनुभूति भयो, म क्रमिक रूपमा आफ्नो कर्तव्यमा अझ बढी केन्द्रित भएँ। जब मैले चेन डानसँग फेरि काम गर्नुपर्यो, तब म उनको कामलाई साथ दिन र उनीसँग सद्भावपूर्वक सहकार्य गर्न सक्षम भएँ। जब आफूले नबुझेका कुराहरू आउँथे, तब म आफ्नो घमण्डलाई पन्छाएर उनीसँग सल्लाह लिन इच्छुक हुन्थेँ। यसरी अभ्यास गर्दा मलाई निश्चिन्त र राहत महसुस भयो, र मैले आफ्ना कर्तव्य निर्वाहमा केही प्रगति पनि गरेँ। यसका लागि म परमेश्वरलाई धन्यवाद दिन्छु!