मैले बल्‍ल आफ्‍नो बारेको सत्यतालाई देखेँ

शेन क्षिन्वेइ, इटाली

२०१८ मा मण्डलीमा मैले पाएको कर्तव्य भनेको सिस्टर झाङ्ग र सिस्टर लीयुसँग मिलेर डकुमेन्टहरू अनुवाद गर्नु थियो। हामी राम्ररी मिलेर काम गर्थ्यौं। एउटा भेलामा, हामीले कसरी एक जना झूटा अगुवाको बारेमा पत्ता लाग्यो भन्‍ने बारेमा सङ्गति गर्‍यौं। सिस्टर लीयुले झूटा अगुवाको बारेमा गरेको मूल्याङ्कन यस्तो थियो: “उसले कुनै सिद्धान्तहरूविना मानिसहरूलाई यता-उता सार्ने गर्छ। उसले सिस्टर झाङ्गलाई स्थानान्तर गर्‍यो तर अर्को सिस्टरलाई समूहमा राखिरह्यो जसले आफ्‍नो कर्तव्यमा ध्यान दिने वा कठिन परिश्रम गर्ने गर्दिनथिइन्।” जब अर्को अगुवाले दाजुभाइ-दिदीबहिनीहरूको सामने यो पढ्यो मेरो अनुहार तुरुन्तै रातो भयो। मलाई सिस्टर लीयुका शब्‍दहरू निश्‍चित रूपमा रूखो छन् भन्‍ने लाग्यो। मैले मेरो धैर्यतालाई कायम राख्‍न आफूलाई बाध्य गरेँ, तर भित्रभित्रै ममा उत्पात भइरहेको थियो। समूहमा हामी तीन जना मात्रै भएको हुनाले, उनले उल्‍लेख गरेको व्यक्ति म नै हुँ भन्ने्मा म निश्चिूत थिएँ। सबैले म मेरो कर्तव्यमा ध्यान दिने वा कठिन परिश्रम गर्ने व्यक्ति होइन भन्‍ने ठान्छन् भन्‍ने मलाई लाग्यो। त्यसपछि मैले कसरी मेरो शिर ठाडो पार्न सक्थेँ र? त्यो बेलादेखि मैले सिस्टर लीयुको विरुद्धमा ईख बोकेर हिँडे र हाम्रो सम्‍बन्ध झन्-झन् टाढा भयो।

केही समयपछि नै सिस्टर लीयुलाई समूह अगुवाको रूपमा छनौट गरियो। मैले अनुवाद गरेको सबै कुरा होशियारीको साथ जाँच गर्दै उनले अत्यन्तै कर्तव्यनिष्ठा काम गर्थिन्। सुरुमा मैले सकारात्मक आचरण राखेँ, तर केही समयपछि मैले उनी विरुद्ध प्रतिरोधको अनुभूति गर्न थालेँ। मलाई के लाग्थ्यो भने, मैले त्यो कर्तव्य गर्दै आएको निकै समय भइसकेको छ तर उनले मलाई अझै भरोसा गर्दैनन्, मानौं ममा सीपको कमी छ। उनले मलाई बेला-बेलामा सुझावहरू पनि दिने गर्थिन्, त्यसकारण उनले मलाई नीच नजरले हेर्छिन् र मेरो निम्ति काम कठिन बनाइरहेकी छिन् भन्‍ने मलाई लाग्यो। मैले सहनै नसकेको कुरा के थियो भने जब हामीले हाम्रो कामको बारेमा छलफल गर्थ्यौं, उनले सधैँ इन्चार्जको अघि मेरा कमीकमजोरीहरूको बारेमा कुरा उठाउथिन्। म सोच्थें, “के तिमीले मलाई उसको अघि नराम्रो देखाउने प्रयास गरिरहेकी छैनौ?” उनीप्रतिको मेरो द्वेष झन्-झन् बढ्दै गयो, र मेरो ईख झन्-झन् ठूलो हुँदै गयो। त्यसपछिको हाम्रो एकसाथको काममा, मलाई उनी देख्दा नै घृणा लाग्थ्यो र उनको कुरा सुन्न मन लाग्दैनथ्यो। उनले मेरो कामको बारेमा सोधपुछ गरेको मन पर्दैनथियो र उनले मेरा गल्तीहरू औँल्याउँदा म अनुहार बिचार्थें। कहिलेकहीँ म कसरी उनलाई नराम्रो देखाउन सक्छु र उनलाई तल्‍लो स्तरमा झार्न सक्छु भनेर सोच्थें। मलाई उनको कर्तव्यमा समस्याहरू देख्दा उनलाई सहयोग गर्न मन लाग्दैनथियो बरु उनलाई कमको सोच्थें र उनले उनको कर्तव्यमा ठक्‍कर खाऊन् र पाठ सिकून् भन्‍ने आशा समेत गर्थेँ। एक पटक, सिस्टर लीयुले एउटा सभामा मनको कुरा खोल्दै हाम्रो सहकार्यमा मद्वारा उनी दबिएको महसुस गर्छिन्, म झनक्क रिसाउने किसिमको छु र मसँग कसरी काम गर्ने उनलाई थाहा छैन भनेर भनिन्। उनले त्यो कुरा भन्‍ने बित्तिकै मेरो रिस उम्लेर आयो। मैले सोचेँ, “के तिमीले मनको कुरा खोल्‍ने नाममा अरूको अघि मेरो खुलासा गर्ने प्रयास मात्रै गरिरहेकी छैनौ र? अब तिमीप्रतिको मेरो रिस धेरै छ भन्‍ने कुरा सबैलाई थाहा भइसकेको हुनाले, तिनीहरूले मेरो बारेमा के विचार गर्नेछन्?” मैले यसको बारेमा जति धेरै विचार गर्थेँ मलाई त्यति नै रिस उठ्थ्यो। उनले मलाई नराम्रो देखाउने प्रयास गरिरहेकी छिन् भन्‍ने मलाई लाग्यो। ममा उनी विरुद्ध पूर्वाग्रहको विकास भयो र त्यसपछि भेलाको बाँकी समय म चुपचाप फुलिएर बसेँ। त्यसपछि, सिस्टर लीयुले मेरो रिस अलिक सेलाएको देखिन्, त्यसकारण तिनी आइन् र मलाई अरूले नसुन्‍ने गरी भनिन्, “तपाईंलाई रिस उठेको जस्तो देखिन्छ, अनि तपाईंले भेलामा केही पनि भन्‍नुभएन। यदि तपाईंको मनमा केही कुरा छ भने, म खुशीसाथ यसको बारेमा कुरा गर्न चाहन्छु। मसँग भएका कुनै पनि कमजोरीहरूको बारेमा पनि तपाईंले मलाई बताउन सक्‍नुहुन्छ।” तर मलाई उनी देख्दा नै रिस उठेको थियो र उनीप्रति घृणा बाहेक केही पनि अनुभूति गरिन। मैले सोचेँ, “तिमीले साँच्‍चै सोध्‍नुपर्छ र? तिमीले यसरी मनको कुरा ‘खोलेको’ सुन्दा को खुशी हुनेथियो र?” त्यसपछि तिनी मेरो छेउमै बसिन्। मैले उनलाई तिरस्कारले भरिएको नजरले झलक्‍क हेरेँ, र सबैको छेउमा मेरो बारेमा नराम्रो कुरा बोलेको बारेमा विचार गर्दा मैले मेरो रिस रोक्‍न सकिन। मैले उनका गल्तीहरू र उनले देखाएको भ्रष्टताको बारेमा मुख खोल्दै उनमा बुद्धिको कमी छ, र उनले अरूलाई जानी-जानी नराम्रो देखाउने, मानिसहरूलाई दबाउने गर्छिन्, र तिनी साँच्‍चै अहङ्कारी छिन् भनेर भनेँ। मैले यस्तै कुरा बताइरहेँ। उनले शिर निहुराउँदै उदास नजरले हेरिरहेको देख्दा मलाई सन्तुष्टिको अनुभूति भयो। मैले आफूमा जमिराखेका सबै रिस पोखाएँ। त्यसपछि सिस्टर लीयुले मलाई भनिन्, “मैले तपाईंलाई यति धेरै चोट पुर्‍याएको थिएँ भनेर मैले कहिल्यै कल्‍पना गरेको थिइन। म साँच्‍चै नै माफी चाहन्छु।” उनी मबाट फर्किएर आफ्‍नो आँशु पुछ्दै घोप्टो परेर आँसु पुछेको देख्दा मलाई पछुतोले घोच्यो। के मैले हद पार गरेँ? के यसले उनलाई नकारात्मक स्थितिमा पार्नेछ? तर त्यसपछि मैले सोचेँ, “म केवल इमान्दार भइरहें। उनले आफूलाई चिन्‍न सकून् भनेर नै मैले यसो भनेकी हुँ।” त्यससँगै, मेरो पछुतो बिलाएर गयो। त्यसपछि सिस्टर लीयु मबाट अझै बाध्यतामा परिन्, र उनले मेरो कामको बारेमा सोधपुछ गर्न छोडिन्, मलाई सुझावहरू दिने कुरा त परै जाओस्।

केही दिनपछि, हाम्रो मण्डली अगुवाले सबै जनालाई समूह अगुवाहरूको बारेमा आँकलन लेख्‍न लगायो ताकि उनले सिद्धान्तहरूअनुसार उनीहरूको प्रभावकारितालाई मूल्याङ्कन गर्न सकून्। यसको बारेमा सुन्दा म गोप्य रूपमा खुशी भएँ। सिस्टर लीयुले प्रकट गरेको सबै भ्रष्टता प्रकट गर्न मलाई हतार थियो ताकि उनी के हुन् भन्‍ने सबैले जान्‍न सकून्, र उनको अहङ्कार हट्न सकोस्। यस सोचले मलाई क्षणिक रूपमा असहज महसुस भयो र मैले मेरो सोचाइ गलत थियो, म निष्पक्ष र वस्तुगत हुनुपर्छ, र परमेश्‍वरको छानबिनलाई स्वीकार गर्नुपर्छ भन्‍ने मैले थाहा पाएँ। म मेरो मूल्याङ्कनमा निष्पक्ष र वस्तुगत हुन चाहन्थेँ, तर सिस्टर लीयुले सधैँ मलाई कसरी अरूको सामने नराम्रो देखाउथिन् त्यसको बारेमा विचार गर्दा म द्वेषभावले भरिएँ। अगुवाले उनलाई गम्‍भीर रूपमा निराकरण गर्नेछ वा उनलाई स्थानान्तर गर्नेछ भन्‍ने आशा गर्दै मैले उक्त आँकलनमा उनी विरुद्धका मेरा सबै पूर्वाग्रह पोखाएँ। तिनी मेरो समूहमा रहिनन् भने म खुशी नै हुनेछु। केही समयपछि नै सिस्टर लीयुलाई निकालियो। यो खबरले मलाई असहज महसुस गरायो। मैले सोचेँ, “के मैले लेखेको कुरासँग त्यसको कुनै सम्‍बन्ध छ? मैले उनका केही भ्रष्टताको बारेमा मात्रै लेखेकी थिएँ, तर त्यसले गर्दा उनलाई निकालिएको होइन, हो त?” त्यसपछि सिस्टर लीयु नकारात्मक स्थितिमा थिइन् भन्‍ने मैले देखेँ र ममा दोषको अस्पष्ट आभास थियो। मेरो कर्तव्यको लागि मसँग कुनै ऊर्जा थिएन।

दुई दिनपछि मैले अगुवासँग मेरो अवस्थाको बारेमा कुरा गरेँ, जसले मलाई सिस्टर लीयुलाई उनको कमजोर क्षमताको कारणले नै मुख्य रूपमा हटाइएको हो र उनी समूह अगुवा हुन योग्यकी थिइनन् भनी बताइन्। त्यसमा मेरो आँकलनको कुनै सम्बन्ध थिएन। तर उनले मलाई के भनिन् भने, उनका कमजोरीहरूप्रति म कठोर भएकी छु र मैले मानिसहरूलाई उचित रूपमा व्यवहार गर्न सक्दिन, म ईर्ष्यालु छु र मसँग द्वेषपूर्ण स्वभाव छ। त्यो कुरा सुनेपछि म त चकित भएँ। के “ईर्ष्यालु” र “द्वेषपूर्ण स्वभाव” भन्‍ने कुराहरू हामीले दुष्ट मानिसहरूको विषयमा भन्‍ने कुरा होइनन् र? उनले भनेको कुरालाई सम्झिँदा मलाई त्यसको केही दिनसम्‍म हैरानी हुन्थ्यो। म साँच्‍चै द्वेषपूर्ण व्यक्ति हुँ कि भन्‍ने बारेमा मैले विचार-विमर्श गरेँ। मेरो पीडाको बीचमा म परमेश्‍वरसामु प्रार्थनामा आएँ: “हे परमेश्‍वर, अगुवाले ममा द्वेषपूर्ण स्वभाव छ भनेर भनिन्, तर मैले यो देख्‍न सक्दिनँ। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि मैले आफूलाई साँचो रूपमा चिन्‍न सकूँ।”

प्रार्थना गरेपछि मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “मानिसहरू तिमीहरूलाई मन नपर्ने किसिमको भएकोले वा तिनीहरू तिमीहरूसँग मिलेर बस्न नसक्ने भएकोले के तिमीहरूले तिनीहरूलाई दण्ड दिने विभिन्न तरिकाहरूको बारेमा सोच्न सक्छौ? के तिमीहरूले पहिले कहिल्यै त्यस्तो काम गरेका छौ? तैँले कतिसम्म यस्तो काम गरेको छस्? के तैँले जहिल्यै पनि अप्रत्यक्ष रूपमा मानिसहरूलाई तुच्छ बनाइरहेको, र कटु वचनहरू भनिरहेको थिइनस्, र तिनीहरूप्रति व्यङ्ग्यात्मक भइरहेको थिइनस्? (हो।) त्यस्ता कुराहरू गर्दा तिमीहरू कस्ता अवस्थामा थियौ? त्यस बेला, तिमीहरूले रीस पोखाइरहेका थियौ, र तिमीहरूलाई खुसी लाग्यो; तिमीहरूले अधिकार जमाउन सक्यौ। तर पछि, तिमीहरूले मनमनै सोच्यौ, ‘मैले त्यस्तो घिनलाग्दो काम गरें। म परमेश्‍वरको भय मान्ने व्यक्ति होइनँ, र मैले त्यस व्यक्तिसित धेरै अनुचित व्यवहार गरेको छु।’ के तिमीले हृदयभित्र दोषी महसुस गर्‍यौ? (हो।) तिमीहरू परमेश्‍वरको भय नमान्ने भए पनि, तिमीहरूसित कम्तीमा विवेकको बोध छ। त्यसो भए, के तिमीहरूले भविष्यमा फेरि पनि त्यस्तै प्रकारको कार्य गर्न सक्छौ? के तँ मानिसहरूको विरुद्ध आक्रमण गर्ने र बदला लिने, तिनीहरूलाई समस्या दिने अनि जब-जब तँ तिनीहरूलाई तुच्छ ठान्छस् र तिनीहरूसँग मिलेर बस्न सक्दैनस्, वा जब तिनीहरूले आज्ञापालन गर्दैनन् वा तेरो कुरा सुन्दैनन् तब तिनीहरूलाई मालिक को हो भनी देखाउने कुरा विचार गर्छस्? के तँ यसो भन्नेछस्, ‘यदि तैँले मैले चाहेको कुरा गर्दैनस् भने, कसैले थाहा नपाई म तँलाई दण्ड दिने मौका खोज्नेछु। कसैले पनि थाहा पाउनेछैन, तर म तँलाई मेरो अगि अधीनमा बस्ने तुल्याउनेछु; म तँलाई मेरो शक्ति देखाउनेछु। त्यसपछि, कसैले पनि मसँग गडबडी गर्ने आँट गर्नेछैन!’ मलाई यो भन्: त्यस्तो कार्य गर्ने व्यक्तिले कस्तो मानवता धारण गरेको हुन्छ? उसको मानवताको हिसाबमा, ऊ दुर्भावनापूर्ण हुन्छ। सत्यता अनुसार तुलना गरेर भन्दा, उसले परमेश्‍वरलाई आदर गर्दैन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्नो विश्‍वासमा सही मार्गमा हुनका निम्ति आवश्यक पाँच अवस्था”)। परमेश्‍वरको न्यायका वचनहरू पढेपछि म अत्यन्तै दुःखी भएँ। ती वचनले मेरो वास्तविक स्थितिलाई प्रकट गरेका थिए। पछि फर्केर हेर्दा, सुरुमा सिस्टर लीयु र मैले राम्ररी मिलेर काम गर्ने गर्थ्यौं। अरू कसैको बारेमा उनले गरेको आँकलनले मलाई छुँदा र अरूको सामु मेरो इज्जतमा चोट पुग्दा उनीविरुद्ध मेरो पूर्वाग्रह विकास भयो। उनी समूह अगुवा बनेपछि उनले मेरा कमीकमजोरीहरूको बारेमा कुरा उठाउन थालिन्। मलाई त मैले मेरो इज्‍जत गुमाएको छु र मलाई सबैको सामने प्रकट गरिएको छ भन्‍ने लाग्यो। उनले मलाई साँच्चै दिक्क बनाउन थालिन् र म उनलाई मूर्ख बनाउन चाहन्थेँ। समाधान खोज्नको लागि उनले आफ्‍नो स्थितिको बारेमा कुरा खोल्दा, मलाई उनले त मेरा कमजोरीहरूको खुलासा गरिरहेकी छिन् र मलाई लाजमा पारिरहेकी छिन्, दाजुभाइ-दिदीबहिनीहरूको सामने मेरो छविमा दाग लगाइरहेकी छिन् भन्‍ने लाग्थ्यो। उनीप्रतिको मेरो पूर्वाग्रह बढ्दै गयो र मैले ईर्ष्या गर्दै र उनलाई नकारात्मक बनाउँदै उनलाई खुलासा गर्न उनका समस्याहरूलाई ठूलो बनाएँ। मैले उनको बारेमा मैले गरेको आँकलनलाई बदला लिने मौकाको रूपमा प्रयोग गरेँ। मैले उनका सबल पक्षहरूको बारेमा उल्‍लेख नै नगरिकन मैले देखेको उनका सबै कमजोरीहरू र भ्रष्टताहरूको बारेमा लेखेँ। मैले अगुवाले उनको बारेमा पत्ता लगाउन सकून्, र उनलाई स्थानान्तर गरियोस् भन्‍ने मात्रै चाहेकी थिएँ। मैले गरेको व्यवहारको तरिकालाई विचार गर्दा यो मेरो लागि निकै असहज थियो। सिस्टर लीयुका शब्‍दहरूले मेरो इज्‍जत र हैसियतलाई छोएको कारणले मात्रै मैले गुनासो गरेकी थिएँ, त्यसकारण मैले उनको विरुद्धमा शत्रुवत् अडान लिएकी थिएँ। मैले मलाई जे मन लाग्यो त्यही गरेँ। ममा परमेश्‍वरप्रतिको श्रद्धाको अभाव छ भन्‍ने मलाई थाहा भयो र मसँग साँच्‍चै नै द्वेषपूर्ण प्रकृति थियो! मलाई सधैँ म साँच्‍चै दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर बस्छु र कठिनाइ भोगिरहेको जोकोहीलाई पनि म सहायता गर्न तयार छु भन्‍ने लाग्थ्यो। मलाई म असल व्यक्ति हुँ भन्‍ने लाग्थ्यो किनभने मैले केही असल कामहरू गरेकी थिएँ। अब मैले कसैले पनि मेरा चासोहरूमा सम्झौता नगरेका हुनाले त्यसो भएको थियो भन्‍ने चाल पाएँ। जब मेरा चासोहरूमा बाधा पुग्यो तब मेरो शैतानी स्वभाव पूर्ण रूपमा प्रकट भयो। म प्रहार गरेर बदला नलिई बस्‍न सकिन। त्यो स्वभावलाई समाधान गरिन भने, मैले कुनै पनि बेला दुष्ट काम गर्न सक्छु भन्‍ने मैले थाहा पाएँ। त्यो साँच्‍चै नै खतरनाक कुरा थियो!

त्यसपछि मैले आफ्‍नै बारेमा मनन गरेँ। यदि म त्यस प्रकारको दुष्टता गर्न सक्‍ने थिएँ भने, मलाई के-कस्ता विचारहरूले नियन्त्रण गरिरहेका थिए? मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “परमेश्‍वरको विरुद्धमा मानिसको प्रतिरोध र विद्रोहको स्रोत चाहिँ शैतानद्वारा भ्रष्‍ट बनाइएको उसको भ्रष्‍टता हो। शैतानको भ्रष्‍टताको कारण मानिसको विवेक अचेत भएको छ; ऊ अनैतिक छ, उसका सोच विचारहरू पतित भएका छन्, र ऊसँग पिछडिएको मानसिक दृष्टिकोण छ। शैतानद्वारा उसलाई भ्रष्‍ट बनाइनुभन्दा अगाडि, मानिसले स्वाभाविक रूपमा परमेश्‍वरको अनुसरण गर्थ्यो र उहाँको वचनहरू सुनेपछि तिनीहरूको पालन गर्थ्यो। स्वाभाविक रूपमा उसको चेतना र विवेक सामान्य मानवको जस्तै स्वस्थ थियो। शैतानद्वारा भ्रष्‍ट बनाइएपछि, मानिसको मौलिक चेतना, विवेक, र मानवता सुस्त भएको थियो र शैतानद्वारा अस्वस्थ बनाइएको थियो। यसरी, उसले परमेश्‍वरप्रति उसको आज्ञाकारीता र प्रेम गुमाएको छ। मानिसको चेतना अस्वाभाविक बनेको छ, उसको स्वभाव एक पशुको स्वभावजस्तै बनेको छ, र परमेश्‍वरप्रति उसको विद्रोह निरन्तर बढिरहेको छ र घोर बनेको छ। तैपनि मानिसलाई यो कुरा थाहा छैन न त यो कुरा पहिचान नै गर्छ, र केवल विरोध गर्छ र अन्धाधुन्ध विद्रोह गर्छ। मानिसको स्वभाव उसले व्यक्त गर्ने चेतना, अन्तर्दृष्टि र विवेकमा प्रकट हुन्छ; किनकि उसको चेतना र अन्तर्दृष्टि अस्वस्थ छ, र उसको विवेक उच्‍च रूपमा सुस्त भएको छ, त्यसैले उसको स्वभाव परमेश्‍वरको विरुद्धमा विद्रोही भएको छ” (वचन देहमा देखा पर्नुहुन्छको “अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो”)। “मानिसहरू यस्तो विचार गर्छन्: ‘यदि तिमी दयालु हुँदैनौ भने, म धर्मी हुनेछैनँ! यदि तिमी मप्रति अभद्र भयौ भने, म पनि तिमीप्रति अभद्र नै बन्नेछु! यदि तिमीले मसित इज्जतसाथ व्यवहार गर्दैनौ भने, मैले किन तिमीलाई इज्जतसाथ व्यवहार गर्ने?’ यो कस्तो प्रकारको सोच हो? के यो बदला लिन चाहने किसिमको सोच होइन? साधारण व्यक्तिको विचारमा, के यस प्रकारको दृष्टिकोण व्यावहारिक छैन? ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत’; ‘जस्तालाई त्यस्तै, ढिँडोलाई निस्तै’—अविश्‍वासीहरूको माझमा यी सबै तर्कहरू उपयुक्त हुन्छन् र पूर्ण रूपमा मानवीय धारणाहरूसँग मेल खान्छन्। तापनि, परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको निम्ति—सत्यता बुझ्न खोज्ने र स्वभाव बदल्न खोज्ने व्यक्तिको रूपमा—के तँ त्यस्ता शब्दहरू सही छन् भन्छस् कि गलत छ भन्छस्? ती कुराहरूलाई बुझ्न तैँले के गर्नुपर्छ? त्यस्ता कुराहरू कहाँबाट आउँछन्? ती शैतानको दुर्भावनापूर्ण प्रकृतिबाट आउँछन्; तिनमा विष हुन्छ, र तिनमा शैतानको सारा द्वेष र कुरूपतासहित त्यसको वास्तविक अनुहार हुन्छ। तिनमा त्यस प्रकृतिको वास्तविक सार हुन्छ। त्यस प्रकृतिका दृष्टिकोणहरू, विचारहरू, अभिव्यक्तिहरू, बोली, र कार्यहरू समेत कस्तो प्रकारका हुन्छन्? के ती शैतानका होइनन्? के शैतानका यी पक्षहरू मानवतासँग मिल्दोजुल्दो हुन्छन्? के ती सत्यता अनुरूप हुन्छन् वा सत्यताको वास्तविकतासँग मेल खान्छन्? के ती परमेश्‍वरका अनुयायीहरूले गर्नुपर्ने कामहरू हुन्, र तिनीहरूमा हुनु पर्ने विचार र दृष्टिकोणहरू हुन्? (होइनन्।)” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “तेरो भ्रष्ट स्वभावको समाधानले मात्र तँलाई नकारात्मक अवस्थाबाट छुटकारा दिन सक्छ”)। शैतानको भ्रष्टताको कारणले नै मानिसहरू सम्पूर्ण रूपमा यति भ्रष्ट र दुष्ट छन् भन्‍ने मैले थाहा पाएँ। औपचारिक शिक्षा र सामाजिक प्रभावद्वारा, दियाबलस शैतानले यसका सबै विषहरू हामीमा हालिदिन्छ, जस्तै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “आइनलागिञ्‍जेल जाइलागिँदैन; आइलागे छोडिँदैन,” “जस्तालाई त्यस्तै, ढिँडोलाई निस्तै,” र “बदला लिन भलाद्‍मीलाई कहिल्यै ढिला हुँदैन।” मानिसहरूले थाहै नपाई यी भनाइहरूलाई आफ्‍नो अस्तित्वको नियमहरूका रूपमा लिन्छन्। तिनीहरू सधैँ झन्-झन् अहङ्कारी, धूर्त, स्वार्थी, र द्वेषपूर्ण बन्दै जान्छन्। मानिसहरू साँचो रूपमा वास्ता गर्ने वा क्षमा गर्ने हुँदैनन्, र तिनीहरूमा कुनै साँचो प्रेम हुँदैन। जब कुनै कुराले तिनीहरूको व्यक्तिगत रूचिमा छुन्छ तिनीहरू रिसाउँछन् र तिनीहरूले दूरी कायम गर्छन्। तिनीहरूले शत्रु बनाउने वा बदला लिने समेत गर्न सक्छन्। मानिसहरू झन्-झन् कठोर बन्छन् र टाढा बस्छन् र सामान्य मानवताका सबै चेतना गुमाउँछन्। सानो हुँदादेखि नै म त्यस प्रकारको सोचाइमा डुबेको थिएँ र म यिनै कुराहरूको आधारमा जिउथें। जब अरू कसैले मेरो रूचिहरूलाई असर गर्थ्यो, म तिनीहरूलाई घृणा नगरी र बदला नलिई बस्‍न सक्दिनथिएँ। सिस्टर लीयुसँगको मेरो समयमा, उनले मेरा रूचिहरूमा सम्झौता गर्ने कुराहरू भनिन् र गरिन्, त्यसकारण म आक्रोशित बनेँ र मैले उनलाई बदला लिने मेरो मौकाको प्रयोग गरेँ। म उनलाई म केले बनिएकी छु भनेर देखाउन चाहन्थेँ ताकि उनले मलाई फेरि रिस उठाउने आँट नगरून्। म उनलाई लखेट्न समेत चाहन्थेँ। मेरो व्यवहार कसरी मण्डलीले निष्कासित गरेका ख्रीष्ट-विरोधीहरू र दुष्ट मानिसहरूको भन्दा फरक थियो र? ती मानिसहरूले अरूको स्वीकृती र प्रशंसा मात्र पाउन चाहन्थे तर तिनीहरूको भ्रष्टतालाई खुलासा गर्ने कुनै साफ़ शब्‍दहरू सहन सक्दैनथिए। तिनीहरूलाई रिस उठाउने कुरा भन्‍ने वा गर्ने जोसुकैको विरुद्धमा तिनीहरूले प्रहार गर्थे। तिनीहरूका सबै दुष्टताद्वारा, तिनीहरूले परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गर्न पुग्थे, तिनीहरूले अरूलाई रिस उठाउँथे, र तिनीहरू मण्डलीबाट निकालिन्थे। तिनीहरूले उचित रूपमा नै मुक्ति पाउने तिनीहरूको मौका गुमाए। अनि सिस्टर लीयुका शब्‍दहरूले मेरो घमन्डमा चोट पुर्‍याएको हुनाले मैले उनलाई आक्रमण गरिरहेकी थिएँ। मैले उनलाई चोट पुर्‍याउने बाहेक केही पनि गरेकी थिइन। मैले दुष्ट काम गरिरहेकी थिएँ! ममा कति भयानक मानवता रहेछ, ममा पनि ख्रीष्ट-विरोधी, दुष्कर्मीको जस्तै दुष्ट प्रकृति र सार रहेछ, र यो परमेश्‍वरको लागि घृणित रहेछ भन्‍ने मैले थाहा पाएँ। यदि मैले तुरुन्तै पश्‍चात्ताप नगरेको भए, म ख्रीष्ट-विरोधी, दुष्कर्मी जस्तै दुष्टतामा डुब्‍नेथिएँ र परमेश्‍वरद्वारा दण्डित हुनेथिएँ! यसको बारेमा विचार गर्दा यसले मलाई झन् भयभीत तुल्यायो। म प्रार्थनामा परमेश्‍वरको अघि आएँ: “हे परमेश्‍वर, ममा मानवताको धेरै कमी रहेछ। म मेरो भ्रष्ट स्वभावमा जिइरहेकी रहेछु र मैले मेरी सिस्टरलाई रिस पोखाएँ। ममा मानवताको स्वरूप नै छैन। मलाई निराकरण गर्नको लागि तपाईंले यो परिस्थितिको सिर्जना नगर्नुभएको भए, मैले आफ्‍नो बारेमा कहिल्यै पनि मनन गर्नेथिइन। मैले दुष्ट काम गरिरहनेथिएँ र उनलाई चोट पुर्‍याइरहनेथिएँ। हे परमेश्‍वर, म पश्‍चात्ताप गर्न चाहन्छु। म उप्रान्त शैतानका विषहरूको आधारमा जिउन चाहन्‍न। बिन्ती छ मलाई मानवताको साथै विवेकशील, तर्कशील व्यक्ति भएर जिउन अगुवाइ गर्नुहोस्।”

त्यसपछि परमेश्‍वरका वचनहरूमा मैले यो कुरा पढेँ: “प्रेम र घृणा त्यस्ता कुराहरू हुन्, जुन सामान्य मानवतामा हुनुपर्दछ, तर तैँले कुन कुरालाई मन पराउँछस् र कुनलाई घृणा गर्छस् भन्ने कुराबीच तैँले स्पष्ट भिन्नता छुट्ट्याउनु पर्छ। तेरो हृदयमा तैँले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ, सत्यतालाई प्रेम गर्नुपर्छ, सकारात्मक कुराहरूलाई प्रेम गर्नुपर्छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्नुपर्छ, जबकि तैँले दुष्ट शैतानलाई घृणा गर्नुपर्छ, नकारात्मक कुरालाई घृणा गर्नुपर्छ, ख्रीष्ट-विरोधीहरूलाई घृणा गर्नुपर्छ, र दुष्ट मानिसहरूलाई घृणा गर्नुपर्छ। यदि तँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छस् भने, तँ तिनीहरूलाई दमन गर्ने र तिनीहरूसित बदला लिने प्रवृत्तिको हुनेछस्; यो धेरै डरलाग्दो कुरा हुनेछ। कतिपय मानिसहरूमा घृणा र दुष्ट योजनाहरूका विचारहरू मात्र हुन्छन्। केही समयपछि, यदि त्यस्ता मानिसहरू आफूले घृणा गरेको व्यक्तिसँग मिलेर बस्न सकेनन् भने, तिनीहरूले आफैलाई ऊबाट टाढा बनाउन थाल्नेछन्; तापनि, तिनीहरूले त्यसलाई तिनीहरूका कर्तव्यहरूलाई प्रभाव पार्न वा तिनीहरूको सामान्य पारस्परिक सम्बन्धलाई असर गर्न दिँदैनन्, किनकि तिनीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्छ र तिनीहरूले उहाँलाई आदर गर्छन्। तिनीहरूले परमेश्‍वरलाई दुःखी बनाउन चाहँदैनन्, र त्यसो गर्न डराउँछन्। यी मानिसहरूले कसैको बारेमा निश्चित धारणा राखे पनि, तिनीहरूले ती विचारहरूलाई कहिल्यै पनि व्यवहारमा अपनाउँदैनन् वा विषयदेखि बाहिर एक शब्द पनि बोल्दैनन्, किनकि तिनीहरू परमेश्‍वरलाई चिढ्याउन चाहँदैनन्। यो कस्तो प्रकारको व्यवहार हो? यो सिद्धान्त र निष्पक्षताका साथ आफ्‍नो व्यवहार प्रस्तुत गर्ने र परिस्थितिहरूलाई सामना गर्ने कार्यको उदाहरण हो। तँ कसैको व्यक्तित्वसँग अमिल्दो हुन सक्छस्, र तँलाई त्यो व्यक्ति मन नपर्न सक्छ, तर जब तैँले ऊसँग काम गर्छस्, तँ निष्पक्ष रहन्छस् र आफ्नो कर्तव्य पूरा गर्दा तेरा निराशाहरू व्यक्त गर्दैनस्, तेरो कर्तव्य बलिदान गर्दैनस्, वा परमेश्‍वरको परिवारका हितहरूमा तेरा निराशाहरू प्रस्तुत गर्दैनस्। तैँले सिद्धान्त अनुसार काम गर्न सक्छस्; त्यसैले, तँमा परमेश्‍वरप्रति आधारभूत श्रद्धा हुन्छ। यदि तँसँग त्योभन्दा थोरै मात्र बढी छ भने, जब तँ कुनै व्यक्तिमा केही दोषहरू वा कमजोरीहरू देख्छस्—यदि उसले तँलाई चोट पुऱ्याइएको वा तेरा आफ्नै हितहरूको हानि गरेको छ भने पनि—अझै पनि उसलाई सहायता गर्नको लागि त्यो तँसँग हुन्छ। त्यसो गर्नु अझ राम्रो हुनेछ; यसको अर्थ तँ मानवता, साँचो वास्तविकता छ र तँ परमेश्‍वरप्रति श्रद्धा राख्ने व्यक्ति होस् भन्ने हुन्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्नो विश्‍वासमा सही मार्गमा हुनका निम्ति आवश्यक पाँच अवस्था”)। परमेश्‍वरका वचनहरूबाट मैले परमेश्‍वरको डर मान्‍नेहरूले अरूलाई सत्यताका सिद्धान्तहरूअनुसार व्यवहार गर्छन् भन्‍ने देखेँ। कहिलेकहीँ तिनीहरूसँग दाजुभाइ-दिदीबहिनीहरूको विरुद्धमा केही पूर्वाग्रह हुन सक्छ, तर तिनीहरू आफ्‍नो अन्तरक्रियामा हठी हुँदैनन् र तिनीहरूले परमेश्‍वरलाई चिढ्याउने वा अरूलाई चोट पुर्‍याउने केही पनि गर्दैनन्। परमेश्‍वरको डर नमान्‍ने मानिसहरूले तिनीहरूको हिंस्रक हृदयले जे चाहन्छ त्यही गर्छन्, र त्यो दुष्ट काम गर्नु हो र यसलाई परमेश्‍वरले दोषी ठान्‍नुहुन्छ। सिस्टर लीयुले कुराहरू सीधै भन्थिन्, तर उनले मेरो बारेमा जे भनिन् त्यो साँचो थियो। यो मलाई निसाना बनाउनको लागि थिएन। उनले आफ्‍नो कर्तव्यलाई पनि गम्‍भीरताको साथ र जिम्‍मेवारीको साथ लिन्थिन् र उनको धेरैजसो सुझावहरू हाम्रो कामको लागि उपयोगी थिए। मैले जानी-जानी उनको लागि समस्याहरू पैदा गर्नु हुँदैनथियो। पछि, मैले मेरो भ्रष्टताको बारेमा उनलाई मन खोलेर बताएँ र माफी मागेँ। सिस्टर लीयुले मलाई उनले यसको बारेमा केही पनि विचार गर्ने नगरेको बताइन्, र उनले मलाई सहायता गर्नको लागि मसँग केही सत्यताको बारेमा सङ्गति गरिन्। मलाई लाज लाग्यो र आफैप्रति झन् बढी घृणा लाग्यो। मैले उप्रान्त मेरो भ्रष्ट स्वभावअनुसार जिउन चाहिन। त्यसपछि, जब सिस्टर लीयुले मलाई सुझावहरू दिन्थिन् वा उनले भनेको वा गरेको कुराले मेरो अभिमानमा चोट लाग्थ्यो, मैले यसलाई उचित तरिकाले सम्‍हाल्‍न र सत्यताको खोजी गर्ने र आत्म-चिन्तन गर्ने कार्यमा ध्यान केन्द्रित गर्न सकेँ। हामीले फेरि पनि एकसाथ मिलेर काम गर्न सक्यौं। यो मेरो लागि ठूलो राहतको कुरा थियो। म परमेश्‍वरको न्यायलाई धन्यवाद दिन्छु जसले मलाई यसरी सानो तरिकाले परिवर्तन गर्‍यो।

अघिल्लो: स्वार्थीपन त्याग्नुमा म स्वतन्त्र छु

अर्को: परमेश्‍वरको अगाडि जिउनु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कलेजो क्यान्सरबाट सिकेका पाठहरू

लि योङ्ग, चीनम इसाई भएपछि, म चिनियाँ कम्युनिस्ट पार्टीद्वारा धेरै पटक पक्राउ परेँ तर मैले कहिल्यै प्रभुलाई विश्‍वासघात गरिनँ। मैले केही...

आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको के हो मैले बल्‍ल बुझेँ

क्षुन्‍क्‍वी, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र...

परमेश्‍वरको मुक्ति

यिचेन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्