२४. अब म अपराधबाट बाँधिएकी छैनँ

मा जिए, चीन

सन् २००६ को जुलाईमा एक दिन, म सहकर्मीहरूसँगको एउटा बैठकमा जाँदै गर्दा अचानक पक्राउ परेँ। त्यो रात मलाई सोधपुछ गर्न एउटा गुप्त स्थानमा लगियो। प्रहरीले मबाट मण्डलीको पैसाको रसिद भेट्यो, र तिनीहरूले मलाई पालैपालो सोधपुछ गरे, मण्डलीको पैसाको रखवारी गर्ने व्यक्ति र माथिल्ला अगुवाहरूको नाम भन्न दबाब दिए। मैले नाम नभनेपछि, तिनीहरूले मलाई छालाको पेटीले हाने, मेरा नाडीमा हतकडी लगाएर मलाई फलामको सिक्रीमा झुण्ड्याए। तिनीहरूले मलाई यसरी एक हप्तासम्म यातना दिए। म भोकप्यासले व्याकुल भएँ, ममा कुनै तागत बचेको थिएन। कतिबेला म बेहोस भएछु। होस खुलेपछि, तिनीहरूले मलाई के पिलाएका थिए थाहा नै भएन, तर मुखमा अनौठो स्वाद थियो; सास थुनिएजस्तो भइरहेको थियो, र शरीरभरि असाध्यै पीडा भइरहेको थियो। त्यो बेला, मेरो देहको सहन सक्ने शक्ति सकिसकेको थियो, र तिनीहरूले अब मलाई के गर्लान् भन्ने थाहा थिएन। म एकदमै डराएकी थिएँ; यातना सहन नसकेर यहुदा पो बन्नेछु कि भन्ने डर थियो, त्यसैले हृदयबाटै परमेश्‍वरलाई प्रार्थना गरेर आउनो गवाहीमा दृढ रहन मद्दत मागेँ। मैले याताना भोगेर पनि मण्डलीका अगुवा र पैसाबारे कुरा नखोलेकी देखेर, प्रहरीले रणनीति बदल्यो र मलाई फकाउन पारिवारिक ममताको प्रयोग गर्दै भन्यो, “तँ घर नगएको केही वर्ष भइसकेछ, तेरो परिवार र छोराछोरीले तँलाई धेरै सम्झिरहेका होलान्। मण्डलीको पैसा कहाँ छ? हामीलाई सबै कुरा बताइस् भने तँलाई घर जान दिनेछौँ।” तिनीहरूले केही पैसा पनि निकाले र आफूहरूले मण्डलीको पैसाको रखवारी गर्नेहरूलाई भेटिसकेका छौँ भनेर बताए। यो सुनेर मैले मनमनै सोचेँ, “तिनीहरूले पैसा जफत गरिसकेका छन्, अब मैले बताउनु नबताउनुले केही फरक पार्दैन। मैले केही कुरा बताएँ भने, सायद मलाई अब यातना नदेलान् कि।” मैले तिनीहरूलाई मण्डलीको पैसा रखवारी गर्ने एउटा परिवारबारे बताएँ, र प्रहरीले त्यो पैसा लिन मलाई सँगै लिएर गयो। तब मात्र मलाई आफू तिनीहरूको जालमा परेको थाहा भयो। त्यो समयमा, मैले सक्दो सहेकी थिएँ। मैले मनमनै सोचेँ, “मैले रखवारी गर्ने परिवारलाई धोका दिइसकेकी छु। यदि मैले प्रहरीहरूलाई त्यहाँ लगिनँ भने, तिनीहरूले पक्कै मलाई यातना दिइरहनेछन्। त्यसबाहेक, म पक्राउ परेको एक हप्ता भइसकेको छ, मण्डलीको पैसा अर्कै ठाउँमा सारिसकियो होला।” यो गलत निर्णया गरेको बेला, मैले प्रहरीलाई रखावारी गर्नेको घर लगेँ। म पक्राउ परेको खबर सुन्नेबित्तिकै मण्डलीले पैसा सारिसकेको थियो। रखवारी गर्ने परिवारका ब्रदर झन्डै पक्राउ परेका थिए, तर परमेश्‍वरको सुरक्षाले उनी प्रहरीको छापाबाट बचे। प्रहरीले मण्डलीको पैसा नभेटेकाले मनमानी ढङ्गले मलाई एक वर्ष नौ महिना जेल सजाय दियो।

मैले जेलमा हरेक दिन कष्टै-कष्ट र पीडै-पीडामा बिताएँ, विशेषगरी परमेश्‍वरका ती वचन सम्झँदा, जसमा यसो भनेका भनिएको छ: “सङ्कष्टको समयमा मप्रति अलिकति पनि निष्ठा नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई एक पटक विश्‍वासघात गर्नेहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई बिक्री गर्नेहरूसँग संलग्न हुन झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। ती ब्रदरलाई बेचेर म यहुदा बनेकी छु भन्ने मलाई थाहा थियो। मैले परमेश्‍वरको स्वभावलाई चिढ्याएकी थिएँ; मैले अक्षम्य पाप गरेकी थिएँ। यो सम्झेर मेरो हृदयमा एकदमै पीडा भयो। मैले परमेश्‍वरलाई धोका दिएकी थिएँ; उहाँले पक्कै मलाई मुक्ति दिनुहुनेथिएन। परमेश्‍वरमा विश्वास गर्ने मेरो समय सायद पूरै सकिएको छ। तबदेखि, म एकदमै उदास भएँ, मैले हरेक दिन पीडामा बिताएँ। मेरो हृदयमा पीडा भइरहेको थियो, मलाई आफू मरे पनि हुन्थ्यो भन्ने लाग्यो। म आफू मर्ने र स्वतन्त्र हुने दिन कुरिरहेकी थिएँ। मैले अझै परमेश्‍वरलाई प्रार्थना गर्ने गरेको भए पनि, जब जब म आफ्नो अपराध सम्झन्थेँ, तब तब मलाई अब परमेश्‍वरले मलाई चाहनुहुन्न भन्ने लाग्थ्यो र म आफू उहाँसामु आउन योग्य छैनँ भन्ने सोच्थेँ। जेलबाट छुटेको दुई वर्षपछि ब्रदर-सिस्टरले मलाई भेटे, ममा केही आत्मज्ञान रहेछ भन्ने देखेर, मलाई मण्डली जीवन फेरि थाल्न दिए र मेरा लागि एउटा कर्तव्य बन्दोबस्त गरे। त्यसले मेरो हृदय एकदमै छोयो र परमेश्‍वरले मलाई पश्चात्ताप गर्ने मौका दिइरहनुभएको छ भन्ने लाग्यो, र मलाई आफू उहाँप्रति झनै ऋणी भएकी महसुस भयो। मैले भक्कानिएर रुँदै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! म साँच्चै तपाईँसामु आउन योग्य छैनँ। परिस्थिति सामना गर्दा, मैले पटक्कै कुनै गवाही दिइनँ। ब्रदरलाई धोका दिएर म यहूदा र लाजको प्रतीक बनेँ। आज, तपाईँले मलाई मण्डलीमा फर्कने र आफ्नो कर्तव्य पूरा गर्ने मौका दिनुभएको छ; म तपाईँको कृपा देख्न सक्छु।” मैले हृदयमा लगनशील भई कर्तव्य पूरा गर्ने, आफ्नो अपराधको प्रायश्चित गर्ने र परमेश्‍वरको प्रेमको ऋण चुकाउने सङ्कल्प गरेँ। पछि, मण्डलीले मलाई जुनसुकै कर्तव्य दिए पनि मैले त्यो सधैँ उत्सुकतापूर्वक गरेँ। मैले जस्तोसुकै प्रतिकूल परिस्थिति सामना गरे पनि, यी कठिनाइले गर्दा आफूलाई निराश हुन दिइनँ। म आफ्नो अपराधको प्रायश्चित गर्न सक्दो गर्न चाहन्थेँ।

एक दिन, मैले चेन हुआ पक्राउ परेको र यहुदा बनेर थुप्रै अगुवा, कामदार र रखवारी परिवारलाई धोका दिएको, अनि उनलाई मण्डलीबाट निकालिएको सुनेँ। यो खबर सुनेर, मैले आफ्नै अवस्था सम्झेँ। मैले पनि मानिसलाई धोका दिएकी थिएँ, जसले गर्दा प्रहरीले झण्डै मण्डलीको पैसा जफत गरेको थियो, र यस कारणले रखवारी गर्ने ब्रदर घर फर्कन सकेनन्। मैले यी ब्रदरलाई धोका दिएको प्रकृति चेन हुआको जस्तै थियो; यो एउटा ठूलो धब्बा थियो। परमेश्‍वरले मेरो अपराध क्षमा गर्नुहुने थिएन। अब चेन हुआलाई मण्डलीबाट निकालिएको थियो; सायद म पनि एक दिन निकालिने र हटाइनेछु। यो सोचेर, म एकदमै निराश भएँ। त्यसपछि, मण्डलीले दिएको जुनसुकै कर्तव्यको हकमा, मैले त्यो गर्ने भए पनि, ममा विगतमा जस्तो परमेश्‍वरप्रति आफूलाई समर्पित गर्ने जोस थिएन। कहिलेकाहीँ, म आफूले मूल्य चुकाउनुपर्ने र सत्यता सिद्धान्त खोज्नुपर्ने समयमा पनि त्यसो गदिनथेँ। म त निर्धारित तरिकाले काम पूरा गर्न र केही श्रम गर्नमै सन्तुष्ट हुन्थेँ। मैले आफूले गरेका कामले नतिजा ल्याइरहेको छ कि छैन भनेर पनि विचार गरिनँ, म आफ्नो कर्तव्य कायम राख्न निम्नतम स्तरको विवेकमा मात्र भर परेँ। मलाई याद छ, त्यो बेला एउटी सिस्टरले पक्राउ परिन्छ कि भन्ने डरले कर्तव्य पूरा गर्ने आँट गरेकी थिइनन्। उनलाई मद्दत र साथ दिनुपर्छ भन्ने थाहा मलाई थाहा थियो, तर मैले परमेश्‍वरलाई धोका दिएकीले कसरी म अरूसँग सङ्गति गर्न योग्य थिएँ र? म नतिजा हासिल गर्न कसरी सङ्गति गर्ने भनी सोच्ने मनस्थितिमा थिइनँ, र मैले केवल झारा टारेँ र धर्मसैद्धान्तिक ज्ञानबारे केही अलि बोलेँ। यस्तो मनोवृत्तिले कर्तव्य पूरा गर्नु परमेश्‍वरको अभिप्रायअनुरूप होइन भन्ने मलाई थाहा थियो, र म आफ्नो स्थिति बदल्न चाहन्थेँ, तर आफूले कसरी यस्तो ठूलो अपराध गरेकी थिएँ र मुक्ति पाउने कुनै आशा छैन भनेर सम्झनेबित्तिकै, मेरो हृदय थकित हुन्थ्यो र म हरेक दिन निरुद्देश्य बिताउँथेँ। जब म आफ्नो कर्तव्य निर्वाहमा भ्रष्ट स्वभावहरू प्रकट गर्थेँ, तब मलाई आफूले आफ्नो समस्या हल गर्न सत्यता खोज्नुपर्छ, र यसो गर्नु आफ्नो काम र जीवन प्रवेशका लागि फाइदाजनक हुनेछ भन्ने थाहा हुन्थ्यो, तर आफ्ना अक्षम्य अपराध र आफू निकालिन सक्ने कुरा सम्झनेबित्तिकै म सत्यता नै खोज्दिनथेँ। मलाई आफ्नो हरेक दिनको काम पूरा गर्नु नै पर्याप्त थियो, र मैले आफ्नो स्थिति हल गर्न सत्यता खोज्नमा ध्यान दिइनँ। पछि, मलाई अक्सर टाउको दुख्थ्यो र पेटको बिमार पनि बारम्बार बल्झियो। सुरुमा, म आफ्नो स्थितिलाई सही रूपमा लिन्थेँ, तर समय बित्दै जाँदा, मेरो बिमार निको भएन मात्र होइन, त्यो त झन् गम्भीर पनि भयो। मैले यो कतै परमेश्‍वरको दण्ड त होइन भनेर सोचेँ। विगतमा, मैले परमेश्‍वरलाई धोका दिएर आफूलाई उहाँको घृणा र तिरस्कारको पात्र बनाएकी थिएँ, र अब म बिमारी परेकी थिएँ। परमेश्‍वरले निश्चय नै मलाई चाहनुहुन्थेन। कहिलेकाहीँ, म आफ्नो कर्तव्यमा नतिजाहरू ल्याउँदिनथेँ, र परमेश्‍वरले ममा काम गरिरहनुभएको छैन भन्ने सोच्थेँ। मैले सत्यता पछ्याइरहनु र कर्तव्य पूरा गरिरहनु बेकार थियो। मलाई यस्ता सोचहरू आउँदा, मलाई हृदयमा बयान गर्न नसकिने दुःख लाग्थ्यो। मलाई त्यो बेला परमेश्‍वरलाई धोका दिएकामा साँच्चै पछुतो भयो। यदि मैले अलिबेर सहन सकेकी भए, के म आफ्नो गवाहीमा हुनेथिइनँ र? मैले किन ब्रदरलाई धोका दिएँ? मैले आफूलाई आफ्नो देहको अति ख्याल गरेकामा र आफूमा परमेश्‍वरलाई चाहिएको हृदय नभएकामा घृणा गरेँ। यदि म त्यो बेला आफ्नो गवाहीमा दृढ रहेकी भए, के मैले यो आत्मिक यातना सहनु पर्नेथिएन? मैले यसबारे जति सोचेँ, म उति नै दुःखी भएँ र प्रायः नकारात्मक स्थितिमा जिएँ।

एकपटक, मैले आफ्नो स्थितिबारे एउटी सिस्टरसँग छलफल गरेँ, र उनले परमेश्‍वरका वचनको एउटा खण्ड पढेर मलाई सुनाइन्: “मानिसहरू निराशाको संवेगमा डुब्‍नुको अर्को कारण पनि छ, र त्यो कारण के हो भने मानिसहरू वयस्क नभई वा वयस्क भएपछि केही खास घटनाहरू घट्छन्, अर्थात्, तिनीहरूले केही अपराध गर्छन् वा केही खराब, मूर्ख, र अज्ञानी कामकुराहरू गर्छन्। तिनीहरू आफूले गरेका यी अपराधहरू, यी खराब र अज्ञानी कामकुराहरूको कारण निराशामा डुब्छन्। यसप्रकारको निराशा आफैलाई दोष दिनु हो, र यसले तिनीहरू कस्तो प्रकारका व्यक्ति हुन् भन्‍ने कुरा पनि निर्धारित गर्छ। … अनि जब-जब तिनीहरूले सत्यतासम्बन्धी कुनै प्रवचन वा सङ्गति सुन्छन्, तब-तब यो निराशा बिस्तारै तिनीहरूको मनमा र तिनीहरूको अन्‍तस्‍करणमा प्रवेश गर्छ, र तिनीहरूले यसो भन्दै आफैलाई प्रश्‍नमाथि प्रश्‍न गर्छन्, ‘के मैले यसो गर्न सक्छु? के म सत्यता पछ्याउन सक्षम छु? के म मुक्ति प्राप्त गर्न सक्षम छु? म कस्तो प्रकारको व्यक्ति हुँ? मैले पहिले पनि त्यो काम गरेको छु, र म पहिले त्यस्तै व्यक्ति थिएँ। म मुक्ति दिन नसकिने व्यक्ति हुँ! के परमेश्‍वरले अझै पनि मलाई मुक्ति दिनुहुनेछ त?’ कतिपय मानिसहरूले कहिलेकहीँ आफ्‍नो निराशाको संवेग त्याग्‍न सक्छन्। तिनीहरूले आफ्‍नो इमानदारिता र आफूले बटुल्‍न सक्‍ने सबै ऊर्जा आफ्‍नो कर्तव्य, दायित्व, र जिम्‍मेवारी पूरा गर्नमा लगाउँछन्, तिनीहरू सत्यता खोजी गर्ने र परमेश्‍वरका वचनहरू मनन गर्ने कार्यमा आफ्‍नो सारा हृदय र मन लगाउन सक्‍ने हुन्छन्, र तिनीहरूले परमेश्‍वरका वचनहरूमा आफ्नो मेहनत लगाउँछन्। तर कुनै विशेष परिस्‍थिति वा अवस्था आइपर्नेबित्तिकै, तिनीहरूलाई फेरि पनि निराशाको संवेगले गाँज्छ र हृदयको गहिराइमा तिनीहरूलाई दोषी महसुस गराउँछ। तिनीहरूले मनमनै विचार गर्छन्, ‘तैँले पहिले पनि त्यो काम गरेको छस्, र तँ त्यस्तै व्यक्ति थिइस्। के तैँले मुक्ति पाउन सक्छस्? के सत्यता अभ्यास गर्नुको कुनै अर्थ छ? तैँले गरेको कुराप्रति परमेश्‍वरले के विचार गर्नुहुन्छ? के तैँले गरेको कामको सवालमा परमेश्‍वरले तँलाई क्षमा दिनुहुनेछ? के यसरी मूल्य चुकाएर तैँले त्यो अपराधको शोधभर्ना गर्न सक्छस्?’ तिनीहरू प्राय आफूलाई गाली गर्छन् र भित्री रूपमा दोषी महसुस गर्छन्, र तिनीहरू सधैँ शङ्का गर्ने र आफैमाथि प्रश्‍नहरू बर्साउने गर्छन्। तिनीहरू निराशाको यो संवेग त्याग्‍न वा हटाउन कहिल्यै सक्दैनन्, र तिनीहरू आफूले गरेका लाजमर्दा कुराहरूबारे सधैँ अप्ठ्यारो महसुस गर्छन्। त्यसकारण, परमेश्‍वरमा विश्‍वास गरेको वर्षौँ भएर पनि, तिनीहरूको अवस्था यस्तो हुन्छ मानौँ तिनीहरूले परमेश्‍वरले बोल्‍नुभएको कुनै कुरा पनि सुनेका वा बुझेका छैनन्। यस्तो लाग्छ मानौँ तिनीहरूलाई मुक्ति पाउने कार्य आफूसँग सम्‍बन्धित छ कि छैन, आफूलाई दोषमुक्त गर्न र छुटकारा दिन सकिन्छ कि सकिँदैन, वा आफू परमेश्‍वरको न्याय र सजाय अनि उहाँको मुक्ति पाउन योग्य छु कि छैनँ भन्‍ने नै थाहा छैन। तिनीहरूलाई यी सब कुराबारे थाहा हुँदा पनि हुँदैन। तिनीहरूले कुनै उत्तर नपाउने हुनाले, र तिनीहरूले कुनै सही फैसला नपाउने हुनाले, तिनीहरूलाई भित्री रूपमा सधैँ निराशा महसुस हुन्छ। तिनीहरू हृदयभित्र अन्‍तस्‍करणमा आफूले गरेका कुराहरूबारे बारम्‍बार विचार गरिरहन्छन्, ती कुराहरूलाई मनमा बारम्‍बार सम्झिरहन्छन्, यो सब कसरी सुरु भयो र कसरी अन्त्य भयो, सुरुदेखि अन्तिमसम्‍म याद गरिरहन्छन्। तिनीहरूले यसलाई जसरी याद गरे पनि, तिनीहरूलाई सधैँ पाप महसुस हुन्छ, र त्यसकारण तिनीहरूलाई यो विषयमा वर्षौँसम्‍म निराशा महसुस भइरहन्छ। तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गरिरहेको बेलामा पनि, तिनीहरूले निश्‍चित कामको मुख्य जिम्‍मा पाएको बेलामा पनि, तिनीहरूलाई आफूले मुक्ति पाउने कुनै आशा छैन भन्‍ने महसुस हुन्छ। त्यसकारण, तिनीहरूले सत्यता पछ्याउने कुरालाई सोझै सामना गर्ने र यसलाई सही र महत्त्वपूर्ण कुराको रूपमा लिने गर्दैनन्। तिनीहरूलाई आफूले विगतमा गरेको गल्ती वा गरेको कार्यलाई धेरैजसो मानिसहरूले खराब ठान्छन्, वा आफूलाई मानिसहरूले दोषी ठहर्‍याउँछन् र घृणा गर्छन्, वा परमेश्‍वरले समेत दोषी ठहर्‍याउनुहुन्छ भन्‍ने लाग्छ। परमेश्‍वरको काम जुन चरणमा भए पनि वा उहाँले जति धेरै वाणी बोल्‍नुभएको भए पनि, तिनीहरूले सत्यता पछ्याउने कुरालाई कहिल्यै पनि सही रूपमा लिँदैनन्। यस्तो किन हुन्छ? यस्तो किन हुन्छ भने, तिनीहरूसँग आफ्‍नो निराशालाई पछि छोड्ने साहस हुँदैन। यस्ता कुराहरू अनुभव गरेपछि यस प्रकारको व्यक्तिले निकाल्‍ने अन्तिम निष्कर्ष यस्तै हुन्छ, र यस्ता व्यक्तिहरूले सही निष्कर्ष ननिकाल्‍ने हुनाले, तिनीहरू आफ्‍नो निराशालाई पछि छोड्न नसक्‍ने अवस्थामा हुन्छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्‍वरका यी वचनहरू मेरो स्थितिसँग नजिकबाट सम्बन्धित थिए। वास्तवमा, यी केही वर्ष, यहुदा बनेकामा कसैलाई निष्कासित गरिएको सुन्दैपिच्छे, म त्यससँग आफूलाई जोडिहाल्थेँ, आफूले ब्रदरलाई धोका दिएकी छु, यहुदा बनेकी छु, र परमेश्‍वरसामु अपराध गरेकी छु भन्ने ठान्थेँ; त्यसपछि पनि, के परमेश्‍वरले मलाई चाहनुहुनेथ्यो? के मसँग अझै पनि मुक्ति पाउने आशा थियो? यसको सम्झना आउनेबित्तिकै म नकारात्मकतामा जिउँथेँ। मैले सतही रूपमा कर्तव्य पूरा गर्ने भए पनि, भित्र साँच्चै बोझ बोकिनँ, र मलाई सत्यता पछ्याउनुसँग मेरो सम्बन्ध छैन भन्ने झनै लाग्यो। मैले सधैँ आफूलाई सत्यता पछ्याउनेहरूको श्रेणीबाहिर राखेँ। मैले परमेश्‍वरको मार्गदर्शन, प्रोत्साहन वा अर्तीका वचनहरू स्विकार्ने आँट गरिनँ, ती वचनहरू मजस्ताका लागि बोलिएका होइनन् भन्ने सोचेँ। मलाई परमेश्‍वरसामु सपथ खाँदासमेत आफू अयोग्य छु, अनि उहाँका वचनको न्याय र सजाय स्विकार्न त झनै अयोग्य छु भन्ने लाग्थ्यो। विशेषगरी चेन हुआ यहुदा बनेको र निकालिएको सुन्दा त, मैले चेन हुआ र आफू एउटौ हौँ भन्ने सोचेँ। म आफ्नो ज्यान जोगाउन चाहन्थेँ, त्यसैले मैले मण्डलीको पैसा र ब्रदरलाई धोका दिएँ, परिणामस्वरूप, ब्रदर खेदोमा परे र घर फर्कन सकेनन्। मैले आफूलाई जोगाउन ब्रदरमाथि यस्तो ठूलो विपत्ति ल्याएँ। म साँच्चै अति स्वार्थी थिएँ, ममा मानवताको अत्यन्तै कमी थियो! मेरा कार्यको प्रकृति यहुदाको जस्तै थियो। मैले जे गरेकी थिएँ, त्यसलाई हेरेर परमेश्‍वरले मलाई जेपनि गर्न सक्नुहुन्थ्यो। यदि उहाँले मलाई नरक पठाउनुभएको भए पनि त्यो अति हुनेथिएन। तर परमेश्‍वरले मलाई मेरो अपराध हेरेर व्यवहार गर्नुभएको थिएन, अनि उहाँले मलाई मण्डली जीवन जिउने र कर्तव्य पूरा गर्ने मौका दिनुभयो। आज म जीवित रहेर कर्तव्य पूरा गर्न सक्नु परमेश्‍वरको अनुग्रह र उत्थान थियो। मैले सत्यता पछ्यानुपर्थ्यो र आफ्नो भ्रष्टता हल गर्नुपर्थ्यो, अनि पश्चात्ताप गर्नुपर्थ्यो र कर्तव्य राम्ररी पूरा गर्नुपर्थ्यो। तर, म अझै पनि आफ्नो अपराधमा अल्झिएकी थिएँ, जसले मलाई आफ्नो सम्भावना र नियतिबारे चिन्तित बनायो। उदासी र नकारात्मकताको स्थितिमा जिउँदा, म कर्तव्य पूरा गरेको बेला, झन्-झन् निष्क्रिय हुँदै गएँ, त्यसले मेरो काममा नोक्सानी मात्र गरेन, तर मेरो जीवन प्रवेशमा पनि बाधा पुऱ्यायो। मैले सत्यतमा प्राप्त गर्ने धेरै अवसर गुमाएँ। परमेश्‍वरका वचनको यो खण्ड पढेपछि, मलाई परमेश्‍वर मसँग आमने-सामने बोलिरहनुभएको छ भन्ने लाग्यो। उहाँ मानिसले अपराध गरेपछि उनीहरू उदासीमा परून् भन्ने चाहनुहुन्थेन; उहाँ मानिसहरूले आत्मचिन्तन गर्न र आफ्नो पछ्याइमा निरन्तर लाग्न सकून भन्ने चाहनुहुन्थ्यो। समय जस्तोसुकै भए पनि, व्यक्तिले सत्यता पछ्याउन छोड्नैहुँदैन। परमेश्‍वरको प्रेम कति वास्तविक छ भन्ने देखेर, मैले सत्यता खोज्ने र आफ्नो नकारात्मक स्थितिको जन्जिर फाल्ने सङ्कल्प गरेँ।

पछि, मैले परमेश्‍वरका केही वचन पढेँ: “मानिसहरूले आशिष्, इनाम, र मुकुट पाउन परमेश्‍वरमा विश्‍वास गर्छन्। के हरेकको हृदयमा यही कुरा हुँदैन र? हुन्छ, र यही तथ्य हो। मानिसहरूले यसबारेमा त्यति कुरा नगरे पनि, र तिनीहरूले आशिष्‌हरू पाउने आफ्‍नो मनसाय र इच्छालाई प्रायजसो लुकाउने भए पनि, मानिसहरूको हृदयभित्र हुने यो इच्छा र मनसाय सधैँ नै अटल रूपमा रही आएको छ। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य पूरा गरे पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आफ्‍नो हृदयमा लुकेको आशिष्‌ पाउने मनसाय कहिल्यै त्याग्न सक्दैनन्, र सधैँ चुपचाप यसको सेवामा दुःख गर्छन्। के मानिसहरूको हृदयको गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष्‌ प्राप्त गर्ने यो प्रेरणाविना, तिमीहरू कस्तो महसुस गर्नेथियौ? तिमीहरू कस्तो मनोवृत्तिले आफ्नो कर्तव्य गर्नेथियौ र परमेश्‍वरलाई पछ्याउनेथियौ? यदि यो आशिष्‌ प्राप्त गर्ने प्रेरणालाई मनबाट निकालेर फाल्न सके मानिसहरू कस्ता हुनेथिए? सायद धेरै मानिसहरू नकारात्मक हुनेथिए, र उनीहरूमध्ये धेरै जना आफ्नो कर्तव्यमा प्रेरणारहित बन्‍नेथिए। उनीहरूले आफ्नो हंस हराएझैँ परमेश्‍वरमाथिको विश्‍वासमा आफ्नो रुचि गुमाउने थिए। उनीहरू हृदय थुतिएका प्राणीजस्तै देखिने थिए। त्यसैले त म भन्छु, आशिष्‌ पाउने मनसाय भनेको मानिसहरूको हृदयको गहिराइभित्र लुकेको कुरा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। मैले परमेश्‍वर आफ्ना विश्वासीहरू सबैमा अन्तर्निहित मनसाय हुन्छ भनी खुलासा गर्नुहुन्छ। त्यो सब आशिष पाउनका लागि हुन्छ, अनि व्यक्तिका सम्भावना र नियति समावेश भएपछि, उसले आशिष पाउन नसकेपछि, ऊ परमेश्‍वरमा विश्वास गर्नु अर्थहीन हो भन्ने सोच्छ, उदासीको स्थितिमा जिउँछ र हृदयमा प्रयास गर्दैन। यो परमेश्‍वरप्रतिको विश्वासमा मान्छेको गलत पछ्याइ हो। मैले परमेश्‍वरका वचनका आधारमा आत्मचिन्तन गरेँ: त्यो बेला, जब मैले परमेश्‍वरको कामको यो चरण भर्खर स्विकारेकी थिएँ, तब म आशिष पाउनका लागि आफूलाई समर्पित गर्न र परिश्रम गर्न जेपनि गर्थेँ। पक्राउ परेपछि, मैले ब्रदरलाई धोका दिएँ र अपराधको अघि झुकेँ, किनभने मलाई कष्ट सहन र पीडा खपेर मर्न डर लाग्थ्यो। म मैले मुक्तिको अर्को मौका कहिल्यै पाउनेछैनँभन्ने सोच्थेँ, अनि उदासीको स्थितिमा जिउँथेँ र आफैलाई दोषी ठहराउँथेँ। जेलबाट निस्केपछि, जुनसुकै कर्तव्य स्विकार्ने र त्यसमा समर्पित हुने मेरो इच्छुकता केवल आफ्ना पापको प्रायश्चित गर्न र आशिष पाउनका लागि थिए, र त्यो साँचो पश्चात्ताप थिएन। मलाई जब आफूले मुक्ति र आशिष पाउन सक्दिनँ भन्ने लाग्यो, तब म यति नकारात्मक भएँ कि कर्तव्य पूरा गर्ने मुड नै भएन। मैले आफ्नो कर्तव्य त आशिष पाउनका लागि गरिरहेकी रहेछु, मैले परमेश्‍वरसँग लेनदेन गरिरहेकी रहेछु भन्ने देखेँ। म पावलजस्तै थिएँ। त्यतिबेला, पावलले प्रभु येशूलाई प्रतिरोध गर्न आफूले सक्ने जे पनि गरे, प्रभुका चेलालाई समाते र सताए, र अन्त्यमा उनलाई उज्यालो प्रकाशले प्रहार गऱ्यो। त्यो बेला, उनले आफ्ना पाप मात्र स्विकारे, र पछि, जब उनले प्रभुका खातिर सुसमाचार प्रचार गरे, त्यो पनि प्रायश्चित गर्नका लागि मात्र थियो; यीमध्ये कुनै पनि साँचो पश्चात्ताप र परिवर्तन थिएन। उनले परमेश्‍वरको प्रतिरोध गर्ने आफ्नै सार चिनेनन्, र आफ्नो काममा केही नतिजा आउँदा, उनले आफूसँग पुँजी छ भन्ने सोचे, यहाँसम्म कि उनले परमेश्‍वरसँग खुल्लमखुल्ला लेनदेन गरे, र भने, “मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:८)। उनले परमेश्‍वरको स्वभावलाई चिढ्याए, अनि परमेश्‍वरबाट श्रापित र दण्डित भए। परमेश्‍वरका वचन मनन गरेपछि, मैले आफूलाई झन् घृणा गरेँ। मैले यस्तो ठूलो दुष्टता गरेकी थिएँ, र अझै परमेश्‍वरसँग लेनदेन गरिरहेकी थिएँ; ममा पटक्कै समझ थिएन! भविष्यम मसित राम्रो परिणाम र गन्तव्य नभएको भए पनि, त्यो परमेश्‍वरको धार्मिकता हुनेथ्यो। त्यो मेरो आफ्नै दुष्कर्म र परमेश्‍वरप्रति विश्वासघातको कारणले हुनेथ्यो। मेरो पैतालको फोका म हिँडेको बाटोका कारण आएको हो; मैले जे रोपेकी थिएँ त्यही कटनी गर्नुपर्थ्यो। परिणाम जेसुकै हुन सक्ने भए पनि, मैले सृजित प्राणीका रूपमा आफ्नो स्थान लिनुपर्छ र आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्थ्यो; यो नै ममा हुनुपर्ने समझ र अभ्यास थियो। मैले परमेश्‍वरसामु आएर प्रार्थना गरेँ, “हे परमेश्‍वर! मैले आशिष र इनाम पाउन तपाईँमा विश्वास गरेँ, आफूले त्याग र समर्पण गर्दा तपाईँसँग लेनदेन गरिरहेकी थिएँ। मसँग पटक्कै समझ छैन! यदि कसैसँग कुकुर भएको भए, त्यस कुकुरले मालिकको ऋण चुकाउन र घरको रक्षा गर्न जान्नेथ्यो। तर म... तपाईँले मलाई यत्तिका धेरै सत्यताद्वारा मलजल र भरणपोषण गर्नुभयो, धेरै सत्यता दिनुभयो, मप्रति कृपा र सहनशीलता देखाउनुभयो, तर मैले तपाईँसँग लेनदेन गरेँ। जब मैले राम्रो गन्तव्य नपाउँला कि भन्ने सोचेँ, तब मलाई लगनशील भई कर्तव्य गर्न मन लागेन। म त कुकुरभन्दा नि खराब रहेछु! हे परमेश्‍वर, म पश्चात्ताप गर्न इच्छुक छु। भोलिका दिनमा मेरो परिणाम जे भए पनि, म निष्ठापूवर्क कर्तव्य पूरा गर्नेछु र अबदेखि आशिष् पाउनका खातिर तपाईँमा विश्वास गर्नेछैनँ।”

त्यसपछि, मैले परमेश्‍वरका केही थप वचन पढेँ, जसले मलाई उहाँको धर्मी स्वभावबारे केही ज्ञान दिए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “धेरैजसो मानिसले कुनै न कुनै तरिकाले अपराध गरेका र आफूलाई कलङ्कित पारेका छन्। उदाहरणका लागि, कतिपय मानिसले परमेश्‍वरको प्रतिरोध गरेका र निन्दात्मक कुरा बोलेका छन्; केही मानिसले परमेश्‍वरको आज्ञा इन्कार गरेका र आफ्नो कर्तव्य निर्वाह गरेका छैनन् अनि परमेश्‍वरद्वारा तिरस्कृत भएका छन्; कोही मानिसले प्रलोभन आउँदा परमेश्‍वरलाई धोका दिएका छन्; कोहीले पक्राउ पर्दा ‘तीन अभिव्यक्ति’ मा हस्ताक्षर गरेर परमेश्‍वरलाई धोका दिएका छन्; कतिपयले भेटी चोरेका छन्; कोहीले भेटीहरू फजुल खर्च गरेका छन्; कोहीले मण्डली जीवनमा बारम्बार बाधा पुऱ्याएका र परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गरेका छन्; कोहीले गुटबन्दी र अरूलाई रुखो व्यवहार गरेर मण्डलीलाई अस्तव्यस्त पारेका छन्; कतिपयले बारम्बार धारणा र मृत्यु फैलाएर दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुऱ्याएका छन्; र कतिपय चाहिँ व्यभिचार र स्वच्छन्द यौन सम्बन्धमा संलग्न भएर अत्यन्तै खराब प्रभाव पारेका छन्। सबैको आ-आफ्नो अपराध र कलङ्क हुन्छ भन्‍ने कुरा स्पष्ट छ। तैपनि कतिपय मानिस सत्यता स्विकार्न र पश्चात्ताप गर्न सक्छन्, अरूले भने सक्दैनन् र तिनीहरू पश्चात्ताप गर्नअघि नै मर्छन्। त्यसैले मानिसहरूलाई तिनीहरूको प्रकृति सार र एकनासको व्यवहारअनुसार व्यवहार गरिनुपर्छ। पश्चात्ताप गर्न सक्नेहरू परमेश्‍वरमा साँचो विश्‍वास गर्नेहरू हुन्; तर वास्तवमै पश्चात्ताप नगर्नेहरू, हटाइनुपर्ने र निष्कासित गरिनुपर्नेहरूलाई हटाइनेछ र निष्कासित गरिनेछ। … परमेश्‍वर हरेक व्यक्तिलाई उसको त्यस बेलाको परिस्थिति र पृष्ठभूमिको वास्तविक अवस्था, साथै त्यस व्यक्तिको कार्य, व्यवहार र प्रकृति सारको आधारमा व्यवहार गर्नुहुन्छ। परमेश्‍वरले कहिल्यै कसैलाई पनि गलत गर्नुहुनेछैन। यो परमेश्‍वरको धार्मिकताको एउटा पाटो हो। … परमेश्‍वरले व्यक्तिलाई गर्ने व्यवहार मानिसले सोचेझैँ सरल हुँदैन। उहाँले कुनै व्यक्तिप्रति घृणा वा जुगुप्सा गर्ने मनोवृत्ति राख्नुहुँदा, वा यस व्यक्तिले विद्यमान सन्दर्भमा के भन्छ भन्‍ने कुरामा, उहाँ उसको स्थितिलाई राम्ररी बुझ्नुहुन्छ। किनभने परमेश्‍वर मानिसको हृदय र सार जाँच्नुहुन्छ। मानिसहरूले सधैँ सोचिरहेका हुन्छन्, ‘परमेश्‍वरसँग आफ्नो ईश्‍वरत्व मात्र छ। उहाँ धर्मी हुनुहुन्छ र आफूलाई मानिसले चिढ्याउँदा सहनुहुन्‍न। उहाँ मानिसको कठिनाइको मतलब गर्नुहुन्‍न वा आफूलाई मानिसको ठाउँमा राखेर हेर्नुहुन्‍न। यदि कुनै व्यक्तिले परमेश्‍वरको प्रतिरोध गर्छ भने उहाँले त्यसलाई सजाय दिनुहुनेछ।’ त्यस्तो हुँदै होइन। यदि कसैले उहाँको धार्मिकता, उहाँको काम र मानिसप्रति उहाँको व्यवहारलाई त्यसरी बुझ्छ भने ऊ सरासर गलत हो। परमेश्‍वर हरेक व्यक्तिको परिणाम मानिसको धारणा र कल्पनामा नभई उहाँको धर्मी स्वभावको आधारमा निर्धारण गर्नुहुन्छ। उहाँले हरेक व्यक्तिलाई उसका कार्यअनुसार प्रतिफल दिनुहुनेछ। परमेश्‍वर धर्मी हुनुहुन्छ, र ढिलो-चाँडो उहाँले सबै मानिस पूर्ण विश्‍वस्त बनेको सुनिश्चित गर्नुहुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचन पढेपछि, मैले मानिसप्रतिको आफ्नो व्यवहारमा परमेश्‍वरसँग सिद्धान्तहरू छन् भन्ने बुझेँ। उहाँ क्षणिक अपराधका आधारमा मानिसहरूको परिणाम निर्धारण गर्नुहुन्न, बरु मानिसहरूका कार्यको प्रसङ्ग र प्रकृति, अनि उसले सत्यता स्विकार्न र साँचो पश्चात्ताप गर्न सक्छ कि सक्दैन भन्ने आधारमा निर्धारण गर्नुहुन्छ; यो परमेश्‍वरको धार्मिकता हो। यसलाई मनन गर्दा, मैले अचानक ज्योति देखेँ। मैले मानिसप्रति परमेश्‍वरको व्यवहारमा धार्मिकता मात्र नभई कृपा पनि छ भन्ने देखेँ। उहाँले मानिसहरूलाई एउटै तरिकाले व्यवहार गर्नुभएन। मैले आफनो देह कमजोर भएकाले परमेश्‍वरलाई धोका दिएको कुरा सम्झँदा, मैले के विश्वास गरेकी थिएँ भने, यस्तै कुरा गरिरहेँ भने मलाई दोषी ठहराई हटाइनेछ, र मैले जसरी पश्चात्ताप गरे पनि, मैले मुक्ति पाउने कुनै उपाय छैन। अहिले, मैले परमेश्‍वरको धार्मिक स्वभाव बुझेकी थिइनँ भन्ने देखियो। यो त चेन हुआ र म दुवैले परमेश्‍वरको घरका हितलाई दिएको जस्तै हो। मण्डलीले मलाई कर्तव्य पूरा गर्ने अर्को मौका दियो, र त्यो मुख्यतः मेरो विश्वासघातको प्रसङ्ग र प्रकृतिमा आधारित थियो, जुन मैले कर्तव्य निर्वाहमा देखाएको निरन्तर व्यवहारसँग तुलना गरी मापन गरिएको थियो। त्यतिबेला, प्रहरीले मलाई सात दिन सात रातसम्म यातना दिएको थियो, र मेरो शरीरले त्यसपछि सहन छोडेको थियो। मैले शैतानको धूर्त चाललाई छर्लङ्ग देख्न सकिनँ, र क्षणिक कमजेरीमा परमेश्‍वरलाई धोका दिएँ। यसले ठूलो नोक्सानी गरेन, र त्यसपछि मलाई पछुतो भयो र आफैप्रति घृणा लाग्यो। यसलाई गम्भीर अपराध मानियो र परमेश्‍वरको घरले मलाई पश्चात्ताप गर्ने मौका थियो। यसबीच, चेन हुआ पक्राउ परेपछि, प्रहरीले उनीसँग तब केही प्रश्न मात्र सोधेको थियो, जब उनी ठूलो रातो अजिङ्गरको दुर्व्यवहारपूर्ण शक्तिसामु झुकिन्, र उनले धेरै अगुवा, कामदार र पुस्तकको रखवारी गर्नेहरूको घरलाई धोका दिइन्, जसले गर्दा धेरै ब्रदर-सिस्टर पक्राउ परे, र मण्डलीको काममा ठूलो क्षति भयो। चेन हुआको अपराध क्षणिक कमजोरी थिएन; उनमा यहुदाको सार थियो। मण्डलीले उनलाई उनको कार्यको प्रकृति र त्यसले निम्त्याएका परिणामका आधारमा निकाल्यो। यो पूर्ण रूपमा परमेश्‍वरको धार्मिकता थियो। यति बुझेपछि, मैले परमेश्‍वरको धर्मी स्वभावबारे केही ज्ञान पाएँ, र उहाँको स्वभाव सुन्दर र असल रहेछ भन्ने देखेँ। तर, म परमेश्‍वरप्रति सावधान र शङ्कालु भएकी थिएँ, र अहिले मलाई उहाँप्रति झन् ऋणी भएको महसुस भयो। मैले पश्चापत्ताप गर्ने र बदलिने, अनि फेरि कुनै दिन पक्राउ परेर यातना पाएँ भने देहलाई जतिसुकै पीडा भए पनि, मेरो मृत्यु नै हुने भए पनि म परमेश्‍वरका लागि आफ्नो गवाहीमा दृढ हुनेछु र शैतानलाई लज्जित पार्नेछु, र परमेश्‍वरलाई अब धोका दिनेछैनँ भनी सङ्कल्प गरेँ।

पछि, मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ र आफ्नो अपराधलाई कसरी लिने भनेर सिकेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “अनि, परमेश्‍वरमार्फत तैँले कसरी माफी र क्षमादान पाउन सक्छस्? यो कुरा तेरो हृदयमा निर्भर हुन्छ। यदि तैँले इमानदारीपूर्वक पश्‍चात्ताप गर्छस्, साँच्‍चिकै आफ्‍नो गल्ती र समस्या पहिचान गर्छस्, आफूले गरेको कुरा—चाहे त्यो अपराध होस् वा पाप—पहिचान गर्छस्, साँचो स्वीकारको मनोवृत्ति अपनाउँछस्, आफूले गरेको कुराप्रति साँच्चै घिन मान्छस्, र साँच्‍चिकै आफूलाई परिवर्तन गर्छस्, र तैँले फेरि त्यस्तो गलत काम गर्दैनस् भने, अन्ततः त्यस्तो दिन आउनेछ, जब तैँले परमेश्‍वरको माफी र क्षमादान प्राप्त गर्नेछस्, अर्थात् त्यसउप्रान्त परमेश्‍वरले तैँले पहिले गरेका अज्ञानी, मूर्ख, र फोहोरी कुराहरूको आधारमा तेरो परिणाम निर्धारण गर्नुहुनेछैन। … कतिपय मानिसहरूले सोध्छन्, ‘परमेश्‍वरले मलाई क्षमा गर्नुभयो भनेर जान्‍नुपहिले मैले कति धेरै प्रार्थना गर्नुपर्छ?’ जब तँलाई यो कुराको कारण दोषी महसुस हुन छोड्छ, जब तँ यो मामलाको कारण निराशामा पर्न छोड्छस्, तब तैँले परिणामहरू हासिल गरेको हुन्छस्, र यसले तँलाई परमेश्‍वरले माफी दिनुभयो भन्‍ने देखाउनेछ। जब तँलाई कसैले पनि, र कुनै शक्ति र कुनै बाह्य बलले पनि बाधा दिन सक्दैन, र जब तँ कुनै पनि व्यक्ति, घटना, वा परिस्थितिको रोकावटमा पर्न छोड्छस्, तब तैँले परिणामहरू प्राप्त गरेको हुन्छस्। तैँले चाल्‍नुपर्ने पहिलो कदम यही हो। दोस्रो कदम के हो भने, परमेश्‍वरलाई माफीको लागि निरन्तर बिन्ती गरिरहेको बेला, तैँले आफ्‍नो कर्तव्य पूरा गर्दा पछ्याउनुपर्ने सिद्धान्तहरू सक्रिय रूपमा खोजी गर्नुपर्छ—यसो गरेर मात्रै तँ आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्षम हुनेछस्। यो अवश्य नै तेरो अपराधको शोधभर्ना गर्ने, र तैँले पश्‍चात्ताप गरेको छस् र आफूलाई प्रमाणित गरेको छस् भनेर प्रमाणित गर्ने व्यावहारिक कार्य, व्यावहारिक प्रकटीकरण र व्यावहारिक मनोवृत्ति पनि हो; यो तैँले गर्नैपर्ने कार्य हो। तैँले आफ्‍नो कर्तव्य, अर्थात् परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा कति राम्ररी पूरा गर्छस्? के तैँले यसलाई निराशाको मनोवृत्तिले लिन्छस् कि परमेश्‍वरले तँलाई पालना गर्न लगाउनुभएका सिद्धान्तहरूअनुसार लिन्छस्? के तँ आफ्‍नो बफादारिता अर्पित गर्छस्? परमेश्‍वरले कुन आधारमा तँलाई माफी दिनुपर्ने हो? के तैँले कुनै पश्‍चात्ताप अभिव्यक्त गरेको छस्? परमेश्‍वरलाई तैँले के देखाइरहेको छस्? यदि तँ परमेश्‍वरको माफी प्राप्त गर्न चाहन्छस् भने, सबभन्दा पहिले तँ इमानदार हुनुपर्छ: एकतर्फ तँमा उत्कट पापस्वीकारको मनोवृत्ति हुनुपर्छ भने, अर्कोतर्फ तैँले आफ्‍नो इमानदारिता अघि सारेर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ, नत्रभने कुरा गर्नुको कुनै अर्थ हुँदैन। यदि तँ यी दुई कुरा गर्न सक्छस् भने, यदि तैँले परमेश्‍वरले तेरो पाप माफ गर्नुहोस् भनेर परमेश्‍वरलाई आफ्‍नो इमानदारिता र असल विश्‍वासले मनाउन सक्छस्, र परमेश्‍वरलाई तेरो पाप माफ गराउन सक्छस् भने, तँ अरू मानिसहरूजस्तै हुनेछस्। परमेश्‍वरले तँलाई अरू मानिसहरूलाई जस्तै हेर्नुहुनेछ, अरू मानिसहरूलाई जस्तै व्यवहार गर्नुहुनेछ, र अरू मानिसहरूलाई जस्तै न्याय र सजाय, अनि जाँच र शोधन गर्नुहुनेछ—तँलाई फरक व्यवहार गरिनेछैन। यस तरिकाले तँसँग सत्यता पछ्याउने सङ्कल्प र इच्छा मात्रै हुनेछैन, तेरो सत्यता पछ्याउने कार्यमा परमेश्‍वरले पनि तँलाई त्यसरी नै अन्तर्दृष्टि, अगुवाइ, र भरणपोषण प्रदान गर्नुहुनेछ। अब तँसँग इमानदार र सच्‍चा इच्छा, अनि उत्कट मनोवृत्ति हुने हुनाले, परमेश्‍वरले अवश्यै तँलाई अरूलाई भन्दा फरक व्यवहार गर्नुहुनेछैन, र अरूले जस्तै, तैँले पनि मुक्ति पाउने मौका पाउनेछस्। तिमीहरूले यो कुरा बुझ्यौ नि, होइन त? (हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्‍वरका वचन मनन गरेर मैले के बुझेँ भने, व्यक्तिले विगतमा जस्तोसुकै अपराध गरेको भए पनि, परमेश्‍वरको चाहना भनेको उसले साँचो पश्चात्ताप गरोस्, र ऊ बदलिओस् भन्ने हो। कसैले कुनै गल्ती गऱ्यो भने, ऊ परमेश्‍वरसामु आएर इमानदारीपूर्वक आफ्ना पाप स्वीकार गर्नैपर्छ। त्यसपछि, उसले आफ्नो कर्तव्यमा अडिग रहेर त्यो बफादारीपूर्वक पूरा गर्नैपर्छ, आफ्ना अपराधको भरपाइ गर्न व्यावहारिक कदम चाल्नैपर्छ। ठिक दाउदजस्तै, जोसँग कुरा गर्न परमेश्‍वरले अगमवक्ता पठाउनुभएको थियो, किनभने उनले उरियाहकी पत्नीसँग सुतेर व्यभिचार गरेका थिए। दाउदलाई आफूले पाप गरेको छु भन्न थाहा थियो, र उनले त्यो स्विकारे र परमेश्‍वरसामु आत्म-पछुतो गरे। उनी यति धेरै रोए कि आँसुले ओछ्यान भिज्यो, र बृद्ध उमेरमा पुगेपछि, उनले आफ्नो कम्बल न्यानो बनाइदिने युवतीलाई छुँदैनसमेत थिए। यसबाहेक, उनले गहिरो पश्चात्ताप गर्नाका साथै, आफ्नो कर्तव्यमा अडिग रहनव्यावहारिक कदम पनि चाले, एउपवित्र मन्दिर बनाए र इस्राएलीहरूलाई यहोवा परमेश्‍वरको आराधना गर्न अगुवाइ गरे। आफ्नो अपराधप्रति दाउदको मनोवृत्ति कुनै दिक्दारी थिएन, बरु सकारात्मक हुनु र अघि बढ्नु थियो। उनमा साँचो पश्चात्ताप र परिवर्तन थियो। पत्रुस पनि थिए, जसले तीनचोटि प्रभुलाई इन्कार गरे र आफ्नो गवाही गुमाए। पत्रुसको मनोवृत्ति पनि कुनै दिक्दारी थिएन। बरु, उनले इमानदारीपूर्वक परमेश्‍वरसामु आफ्नो अपराध स्विकारे र साँचो पश्चात्ताप गरे। अन्त्यमा, उनलाई परमेश्‍वरप्रति आफ्नो प्रेमको गवाहीका रूपमा प्रभुका खातिर क्रूसमा उँधोमुन्टो टाँगियो। मैले दाउद र पत्रुसको उदाहरण पछ्याउनुपर्थ्यो, आफ्नो अपराधलाई सकारात्मक रूपले सामना गर्नुपर्थ्यो, आफ्नो निराशाको स्थितिलाई त्याग्नुपर्थ्यो, परमेश्‍वरसामु साँचो पश्चात्ताप पछ्याउनुपर्थ्यो र परिवर्तन हुनुपर्थ्यो। ममा हुनुपर्ने अभ्यास र मनोवृत्ति यही थियो।

पछि, मैले त्यतिबेला आफू पक्राउ पर्दा परमेश्‍वरलाई किन धोका दिएँ भन्नेबारे चिन्तन गरेँ। त्यो त म आफ्नो देहप्रति अत्यन्तै चिन्तत भएकीले र आफ्नो जीवनलाई अत्यन्तै महत्त्व दिएकीले गर्दा भएको थियो। मैले प्रभु येशूले भन्नुभएको कुरा सम्झेँ: “जसले आफ्नो ज्यान जोगाउनेछ उसले त्यो गुमाउनेछ, तर जसले मेरो खातिर आफ्नो ज्यान गुमाउनेछ, उसले त्यो जोगाउनेछ(लूका ९:२४)। खासमा, म जिउने वा मर्ने कुरा परमेश्‍वरद्वारा योजनाबद्ध र नियन्त्रित हुन्छ। प्रहरीले मलाई मर्ने हदसम्म यातना दिए पनि, आफू परमेश्‍वरको गवाहीमा दृढ रहेसम्म, मेरो मृत्युको मूल्य र अर्थ रहनेथ्यो। अब, मैले परमेश्‍वरलाई धोका दिएकी थिएँ, र मेरो देहले कष्ट सहिरहेको नभए पनि, मैले सहेको कुरा आफ्नो हृदयको कष्ट थियो। मलाई आफूले ब्रदर र मण्डलीको पैसालाई धोका दिएको कुराको सम्झना आउँदैपिच्छे, मुटु चक्कुले रोपेजस्तो पीडा हुन्थ्यो। यो मेरो स्थायी धब्बा; कहिल्यै अन्त्य नहुने पीडा बनेको थियो। वास्तवमा, दैहिक कष्ट अस्थायी हुन्छ, र यसलाई सह्यो मात्र भने, यो टरेर जानेछ, तर पीडित हृदय सधैँ रहिरहन्छ। मैले आफ्नो देहलाई त जोगाएँ, तर सबै शान्ति र आनन्द गुमाएँ; म जिउँदो लासजस्तै जिइरहेकी थिएँ। मैले जेलमा आफ्नो गवाहीमा दृढ रहेका ब्रदर-सिस्टरलाई सम्झेँ। तिनीहरूको देहले धेरै कष्ट सहे पनि, कतिपयलाई प्रहरीले कुटेर मारे पनि, तिनीहरू न्यायका लागि मरेका थिए। यस्तो मृत्युको मूल्य र अर्थ हुन्छ, र परमेश्‍वर यसलाई अनुमोदन र स्मरण गर्नुहुन्छ। मैले मण्डलीलाई धोका दिनुका कारणको अर्को पक्ष पनि छ भन्ने बुझेँ, जुन मैले प्रहरीको धूर्त चाल नखुट्ट्याउनु थियो। तिनीहरूले मण्डलीको पैसा फेला पारेका छौँ भन्दा, मैले सोचेँ, तिनीहरूले त्यो जफत गरिसकेकाले मैले कुनै कुरा भने पनि नभने पनि केही फरक पर्दैन। मैले बताएकी भए, अब यातना पाउनेथिइनँ। फलस्वरूप, मैले आफ्नो गवाही गुमाएँ। वास्तवमा, तिनीहरूले मण्डलीको पैसा भेटेका वा नभेटेका भए पनि, मैले मुख बन्द राख्नुपर्थ्यो। परमेश्‍वर मेरो बफादीर र गवाही चाहनुहुन्थ्यो। मैले आफ्नो असफलताको कारण भेटेपछि, सङ्कल्प गरेँ: भविष्यमा, यदि म फेरि पक्राउ परेँ भने, मर्नुपरे पनि मण्डलीका हितलाई धोका दिनेछैनँ। विगतका केही वर्षलाई सम्झँदा, म सधैँ यस समस्याबाट बच्दै आएकी थिएँ। म वास्तविकता सामना गर्न र आफ्ना समस्या सुल्झाउन अनिच्छिक थिएँ। मैले आफूलाई घृणा गरे पनि, आफूलाई साँचो रूपमा कहिल्यै चिनेकी थिइनँ। म आफ्नो दिक्दारीबाट निस्केकी थिइनँ। परमेश्‍वरका वचनको मार्गदर्शनमा मैले अन्ततः परमेश्‍वर र मबीच रहेको दूरी र गलतफहमी हटाएँ। अब, परमेश्‍वरले मलाई नयाँ विश्वासीहरूलाई मलजल गर्ने कर्तव्य दिएर अनुग्रह गर्नुभएको थियो, र मैले मलजल गर्ने आफ्नो काम सिद्धान्तअनुसार पूरा गर्नुपर्थ्यो, ब्रदर सिस्टहरूलाई सत्यता बुझ्न, साँचो मार्गमा जरा गाड्न, अनि असल कामको तयारी गर्न मार्गदर्शन गर्नुपर्थ्यो। अब मैले आफ्नो अपराधलाई सही ढङ्गले लिन सकेँ, अनि परमेश्‍वरलाई गलत बुझ्न र उहाँविरुद्ध सावधान हुन छोडेँ। मैले ब्रदर-सिस्टरहरूसँग असफलताको यस अनुभवबारे खुलेर सङ्गति पनि गरेँ, परमेश्‍वरको धर्मी स्वभावको गवाही दिएँ। हामी सानो समूहमा भेला हुँदा, म सक्रियतासाथ सङ्गति गर्थेँ, अनि आफ्नो कर्तव्यमा समस्या र कठिनाइ सामना गर्दा, म सचेत रूपमा सत्यता खोज्न र आत्मचिन्त गर्न सक्थेँ। मैले केही समयसम्म अभ्यास गरेर, आफ्नो स्थिति स्पष्ट रूपमा बदलेँ र परमेश्‍वरले मलाई कर्तव्य निर्वाहमा मार्गदर्शन गरिरहनुभएको थियो। परमेश्‍वरले मलाई मेरो अपराधका कारण त्याग्नुभएको छैन, अझै पनि मलाई अगुवाइ र मार्गदर्शन गरिरहनुभएको छ भन्ने देख्दा, यसले मलाई अपराध गर्नु नै सबैभन्दा भयावह कुरा होइन भनेर बुझायो। कसैले इमानदारपूर्वक पश्चात्ताप गरेसम्म र सिद्धान्तअनुसार सत्यता अभ्यास गर्न सकेसम्म, परमेश्‍वरको कृपा र मार्गदर्शन पाउन सक्छ। ठिक परमेश्‍वरले भन्नुभए जस्तै: “परमेश्‍वरको कृपा र सहनशीलता दुर्लभ छैनन्—मानिसको साँचो पश्चात्तापचाँहि दुर्लभ छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २)। मैले यो ज्ञान र यी व्यक्तिगत अनुभवहरू हासिल गर्न सक्नु सबै परमेश्‍वरको मार्गदर्शनले गर्दा नै हो! परमेश्‍वरको महिमा होस्!

अघिल्लो: २३. सुपरिवेक्षण अस्वीकार गरिएकोबारे आत्मचिन्तन

अर्को: २५. परमेश्‍वरका वचनले मलाई जीवनको दिशा देखाए

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

३६. ख्याति र सम्पत्तिबाट मुक्ति

जियाओ मिन, चीनविश्‍वासी बन्नुअघि, म जहिले पनि नाम र हैसियतको पछि लागिरहेकी थिएँ, र यदि कसैले मलाई जित्यो भने म ईर्ष्या गर्थेँ र दुःखी...

१५. झुटहरू पश्‍चात्

चेन शी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा,...

३४. आफ्नो देखावटी आवरणलाई उतार्दा कति राम्रो अनुभव हुँदो रहेछ

चेन युआन, चीनसेप्टेम्बर २०१८ मा, म मण्डलीको अगुवाको रूपमा चुनिएँ। त्यस बेला म निकै खुशी थिएँ। मेरा धेरैजसो दाजुभाइ र दिदीबहिनीहरूभन्दा म नै...

६१. सत्यले मलाई बाटो देखाएको छ

शिझाइ, जापानसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्