३९. अन्तमा मानव जस्तै भएर जिउँदा

झोउ होङ्ग, चीन

जब म सन् २०१८ मा मण्डलीको अगुवा भएँ, मैले राम्रो क्षमता भएको अनि सत्यताको खोजी गर्ने याङ थर गरेकी एक जना सिस्टर छिन् भन्‍ने थाहा पाएँ। मैले मनमनै सोचेँ, “यदि मैले तिनलाई राम्रोसित तालीम दिन सकेँ भने, यसले मेरो जीवन सहज बनाउनेछ, हाम्रो काममा सुधार हुनेछ, र मेरो अगुवाले पनि मेरो प्रशंसा गर्नेछ।” त्यसैले तिनलाई तालीम दिन म बडो जोशका साथ लागेँ। तिनी समस्यामा पर्दा, म तिनलाई सङ्गति दिन्थें र मैले तिनलाई एउटा टोलीको अगुवा नियुक्त गरेँ। तिनले चाँडै प्रगति गरिन् र तिनी आफ्नो कर्तव्यमा ध्यान दिन्थिन्। चाँडै नै, उनको टोलीको कामले उन्नति गर्न थाल्यो। मैले सोचेँ, “यदि मसँग सिस्टर याङ जस्तै अझै बढी सिस्टरहरू भयो भने, हाम्रा मण्डलीको काममा उल्लेखनीय रूपले सुधार हुनेथियो। मैले पनि अलि चैन अनुभव गर्न सक्नेथिएँ र हामीले उत्तम परिणामहरू देख्नेथियौँ, अनि सबैले मैले राम्रो काम गरिरहेकी छु भनी भन्नेथिए।” एक दिन, हामीलाई ख्रीष्टविरोधीहरू र दुष्ट काम गर्नेहरूलाई शुद्ध गर्ने र बहिष्कार गर्ने विषयमा कागजातहरू संग्रह गर्ने एउटा व्यक्तिको तुरुन्तै आवश्यकता पर्‍यो। सिस्टर याङले यो काम सम्हाल्नुपर्छ भनेर मेरो सहकर्मी र म सहमत भयौं। मलाई नै छक्क पार्ने गरी तिनले चाँडै नै सिद्धान्तहरूलाई राम्ररी बुझिन् अनि कागजातहरू तयार गरिन् जुन वस्तुगत र सटीक दुवै थिए। त्यो समयमा, हामीसित कागजातहरू संग्रह गर्ने काममा राम्रो कुनै व्यक्ति छन् कि भनेर मेरो अगुवाले प्रायः सोध्दथे र सिस्टर याङ यसमा पोख्त छिन् भन्‍ने मलाई थाहा थियो। अनि जब मैले तिनी सरुवा हुने अनि यसले हाम्रो काममा पर्ने असरको बारेमा विचार गर्थेँ, तब मैले तिनलाई जान दिन चाहँदिनथिएँ अनि अगुवालाई पनि तिनको बारेमा सिफारिश गर्दिनथिएँ।

एक दिन एउटा भेलामा, अगुवाले तिनीहरूलाई ख्रीष्टविरोधीहरू र दुष्ट काम गर्नेहरूलाई शुद्ध गर्ने र बहिष्कार गर्ने विषयमा कागजातहरू संग्रह गर्ने एउटा व्यक्तिको आवश्यकता पर्‍यो भनी भने अनि हामीले कसैलाई पठाउन सक्छौं कि भनेर हामीलाई सोधे। मैले सोचेँ, “सिस्टर याङ यसमा राम्रो छिन् तर यदि मैले तिनलाई जान दिएँ भने मैले अरू कसैलाई तालीम दिनुपर्ने हुन्छ। यसमा धेरै मेहनत लाग्नेछ। यदि हाम्रो काम खस्कन थाल्यो भने अगुवाले मेरो बारेमा के सोच्नेछन्? सिस्टर ताङ पनि कागजात संग्रह गर्नमा सिपालु नै छिन् तर उनी आफ्नो काममा अलि निष्क्रिय छिन् अनि उनलाई धेरै सहायताको खाँचो पर्न सक्छ। बरु म तिनलाई सिफारिश गर्नेछु। यसरी, म उनलाई कामको लागि अरू कुनै व्यक्ति उपलब्ध गराउनेछु र सिस्टर याङ चाहिँ हामीसँगै रहनेछिन्। हाम्रो काममा पनि असर पर्नेछैन।” त्यसैले मैले सिस्टर याङलाई सिफारिश गरेँ अनि उनका सबल पक्षहरूको बारेमा प्रशंसा गरेँ अनि जानी-जानी सिस्टर याङ त्यति राम्रो छैन जस्तो आभास गराएँ। केही दिनपछि, सिस्टर ताङलाई कामको निम्ति चयन गरियो। पछि मैले सिस्टर ताङ एक्लैले समस्यालाई सफलतापूर्वक समाधान नसक्ने थाहा पाएँ। मैले सोचेँ, “केही समस्या छैन, सिस्टर याङले यसलाई सम्हाल्न सक्छिन्। तर, म उनलाई जान दिन चाहँदिनँ। उनी काममा यति राम्रो छिन्, यदि तिनले छोडेर गइन् भने हाम्रो कामलाई के हुनेछ?” त्यसैले, मैले सिस्टर याङलाई सिफारिश नगर्ने निर्णय गरेँ। त्यसको केही दिनपछि, मेरो अगुवाले निश्‍चित रूपमा नै सिस्टर याङलाई पठाउन अनुरोध गरे अनि तिनको बदलीमा तुरुन्तै अरू कुनै व्यक्तिलाई खोज्न हामीलाई अह्राए। म साँच्चि नै यस विचारको विरुद्धमा थिएँ। मैले सोचेँ, “यदि सिस्टर याङले छोडिन् भने कसले हाम्रा मण्डलीका कागजातहरू संग्रह गर्नेछन्? यदि हामीले कुनै योग्य व्यक्ति भेट्टाउन सक्यौं भने पनि तिनीहरू सिकारु मात्र हुनेछन् र तिनीहरूले सिद्धान्तहरू जानेका हुनेछैनन्। तिनीहरूलाई तालीमको आवश्यकता पर्नेछ। यसले गर्दा हाम्रो काममा नोक्सानी मात्र हुने होइन, तर यो काम कठिन पनि हुनेछ अनि मैले धेरै मेहनत गर्नु पर्नेछ।” यसरी सोच्नु मेरो गल्ती हो भन्‍ने मलाई थाहा भए पनि मैले आफैसित बहानाहरू बनाइरहेँ: “मैले सिस्टर याङलाई आफैले तालीम दिएकी हुँ। यदि उनले छोडिन् भने हाम्रो टोलीमा उनको काम गर्न सक्ने कोही पनि हुनेछैन। यो काम कसरी गर्न सकिनेछ? होइन, मैले यसको बारेमा मेरा सहकर्मीहरूसित छलफल गर्नुपर्छ अनि हामीले कसैलाई तालीम नदिएसम्म सिस्टर याङलाई केही महिनाहरूसम्म रहन दिनू भनी अगुवालाई लेख्नुपर्छ।” जब मैले मेरा दुई सहकर्मीहरूसित यो कुरा बाँडेँ, तिनीहरूले यसो भन्दै मलाई हप्काए, “हामी मानिसहरूलाई परमेश्‍वरको घरको काम गर्न तालिम दिन्छौं। सिस्टर याङ गइसकेपछि, हामी अरू कसैलाई तालीम दिन सक्छौं। सिस्टर याङलाई जान दिनदेखि रोकेर के तपाईं स्वार्थी भइरहनुभएको छैन र?” तर मैले आफ्नो बारेमा मनन गरिनँ, बरु यस्तो सोचेँ, “तिमी अति उदार छौ। तिमी मानिसहरूलाई तालीम दिन सजिलो छ भन्‍ने सोच्छौ?” मैले म झन्-झन् खिन्न र विरोधी भएको अनुभव गरिरहेको थिएँ अनि मेरा सहकर्मीहरूले मेरो पक्षबाट बुझ्न नसकेकोमा म तिनीहरूदेखि रिसाएँ। त्यसको केही समयपछि, मलाई जलन भइरहेको जस्तो महसुस हुन थाल्यो, मानौँ म आगोमा छु, अनि मैले पूरै शरीरमा कमजोरी अनुभव गर्न थालेँ। मैले सोचेँ, “मौसम ठीकै छ, र मलाई सर्दी लागेको छैन। यो त साँच्‍चै नै अनौठो छ।” यो परमेश्‍वरको ताडना र अनुशासन हो भनी मैले महसुस गरेँ। मैले परमेश्‍वरका यी वचनहरू याद गरेँ: “अहिले, मैले तिमीहरूको माझमा काम गर्दा त तिमीहरूले यस्तो व्यवहार गर्छौ—तिमीहरूको निरीक्षण गर्ने कोही नहुने दिन आउँदा, के तिमीहरू आफैलाई आफ्‍ना स-साना पहाडहरूका राजा घोषणा गर्ने डाँकाहरूजस्तै हुने छैनौ र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१))। परमेश्‍वरका वचनहरूले ठ्याक्कै मेरो अवस्था प्रकट गरिरहेको छ भनेर महसुस गरेर म स्तब्ध भएँ। मैले सिस्टर याङलाई आफ्नै सम्पत्ति जस्तो व्यवहार गरिरहेकी थिएँ। उनलाई मैले तालीम दिएकोले उनी मेरै हुनुपर्छ अनि उनी मेरो मण्डलीमा रहनुपर्छ र म राम्रो देखिनुपर्छ भनी मैले सोचेँ। म उनलाई कसैको हुन दिदिँनथिएँ। वास्तवमा, दाजुभाइ-दिदीबहिनीहरू सबैले परमेश्‍वरको घरमा आ-आफ्नो काम गर्छन् अनि तिनीहरूका नियुक्तिहरू सबै परमेश्‍वरबाट भएका हुन्छन्। परमेश्‍वरको घरलाई जहिले र जहाँ तिनीहरूको आवश्यकता पर्दछ, परमेश्‍वरले बन्दोबस्त गर्नुभएअनुसार तिनीहरूले आ-आफ्नो काम गर्छन्। तापनि म छली भएकी थिएँ अनि मेरा आफ्नै प्रतिष्ठा र हैसियतको निम्ति मैले अरूलाई ठगेकी थिएँ, यस क्रममा सिस्टरलाई आफूसँग मात्र राख्नको निम्ति मैले आफूले गर्न सक्ने कुरा गरिरहेको थिएँ। के म “आफैलाई आफ्‍ना स-साना पहाडहरूका राजा घोषणा गर्ने डाँकाहरूजस्तै” एउटा थिइनँ र? मैले सिस्टर याङलाई नियन्त्रण गर्ने अनि उनलाई परमेश्‍वरबाट खोस्ने कोसिस गरेकी थिएँ। ख्रीष्टविरोधीहरूले यही गरेका थिए अनि यो विनाशको बाटो थियो। यो महसुस गरेर मलाई साँच्चि नै आत्मग्लानि भयो। म अति अहङ्कारी र स्वार्थी थिएँ।

तब मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “कुन मापदण्डअनुसार व्यक्तिका कामहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो कुरा तेरा विचारहरू, शब्दहरू, र व्यवहारहरूमा तँसँग सत्यतालाई अभ्यास गर्ने र सत्यता वास्तविकतामा जिउने गवाही छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। यदि तँसँग यो वास्तविकता छैन वा तँ यसअनुसार जिउँदैनस् भने, तँ दुष्ट कार्य गर्ने व्यक्ति होस् भन्‍ने कुरामा कुनै शङ्का छैन(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। “यदि एक व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्छ तर उहाँका वचनहरूमा ध्यान दिँदैन, सत्यतालाई स्वीकार गर्दैन वा उहाँका बन्दोबस्तहरू र योजनाहरूप्रति ऊ समर्पित हुँदैन भने; यदि उनीहरूले केही निश्‍चित असल व्यवहारहरू मात्र देखाउँछन्, तर देहलाई छोड्न अनि तिनीहरूका अहङ्कार वा रुचिहरू केही पनि त्याग्न सक्दैनन् भने; यदि, सबैका अघि उनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका देखापरे पनि, उनीहरू अझै पनि आफ्नो शैतानी स्वभावअनुसार जिउँछन् र शैतानको जीवनदर्शन र अस्तित्वमा रहने तरिकाहरूलाई अलिकति पनि त्यागेका हुँदैनन् र उनीहरू परिवर्तन हुँदैनन् भने—तब उनीहरूले सम्भवतः परमेश्‍वरमा कसरी विश्‍वास गर्न सक्छन् र? त्यो त धर्ममा गरिएको विश्‍वास हो। त्यस्ता मानिसहरूले चिजबिजहरू त्याग्छन् अनि सतही रूपमा आफैलाई अर्पण गर्छन्, तर उनीहरू हिंड्ने मार्ग र उनीहरूले गर्ने सबै कुराको स्रोत र प्रेरक-शक्ति परमेश्‍वरको वचन वा सत्यतामा आधारित हुँदैनन्; यसको साटो, उनीहरूले निरन्तर आफ्नै कल्पना, इच्छा, र व्यक्तिगत अनुमानअनुसार कार्य गरिरहन्छन् र शैतानका जीवनदर्शन र स्वभावहरू नै निरन्तर उनीहरूको अस्तित्व र कार्यहरूको आधार भइरहेका हुन्छन्। ती विषयहरू, जसको सत्यता उनीहरूले बुझ्दैनन्, उनीहरूले त्यसको खोजी गर्दैनन्। ती विषयहरू, जसको सत्यता उनीहरूले बुझ्छन्, त्यो उनीहरूले अभ्यास गर्दैनन्, परमेश्‍वरलाई महान् ठानेर उच्‍च पार्दैनन्, वा सत्यतालाई मूल्यवान् ठान्दैनन्। उनीहरू नामको लागि मात्र परमेश्‍वरका अनुयायी हुन्छन्, तर त्यो पनि कुरामा मात्र हुन्छ; उनीहरूका कार्यहरूको सार उनीहरूका भ्रष्ट स्वभावहरूको अभिव्यक्तिबाहेक अरू केही हुँदैन। उनीहरूको आशय र इरादा सत्यताको अभ्यास गर्नु हो र परमेश्‍वरका वचनहरूअनुसार कार्य गर्नु हो भन्ने कुनै संकेत नै हुँदैन। जो मानिसहरू अरू सबै कुराभन्दा पहिले आफ्नै हितलाई विचार गर्दछन्, जसले पहिले आफ्नै चाहना र उद्देश्यहरू पूरा गर्छन्—के उनीहरू परमेश्‍वरको पछि लाग्‍ने मानिसहरू हुन् त? (होइनन्।) अनि के परमेश्‍वरको पछि नलाग्‍ने मानिसहरूले आफ्नो स्वभावमा परिवर्तन ल्याउन सक्छन् त? (सक्दैनन्।) यदि उनीहरूले आफ्नो स्वभाव परिवर्तन गर्न सक्दैनन् भने, के उनीहरू दयनीय हुँदैनन् र?(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “धर्ममाथिको विश्‍वासले कहिल्यै पनि मुक्तितर्फ डोर्‍याउँदैन”)। मैले परमेश्‍वरका वचनहरूमाथि चिन्तन गरेँ अनि मेरो व्यवहारको बारेमा मनन गरेँ। म परमेश्‍वरको निम्ति बलिदानहरू गर्ने व्यक्ति जस्तो देखिएको थिएँ तर मेरो कामप्रतिको मेरो अभिप्राय आफ्नै हितलाई सन्तुष्ट गर्नु थियो। जब मेरो अगुवाले मलाई कागजातहरू संग्रह गर्ने व्यक्ति मागे, मलाई सिस्टर याङ नै त्यो कामको निम्ति उपयुक्त छिन् भन्‍ने थाहा थियो। तर आफ्नो हितलाई रक्षा गर्न मैले ढाँटेँ र धोका दिएँ अनि उनको साटोमा, सिस्टर ताङलाई सिफारिश गरेँ। सिस्टर ताङलाई त्यो काममा संघर्ष गरिरहेकी देखेर अनि तिनले ढीला काम गर्छिन् भनेर जानेर पनि मैले अझै सिस्टर याङलाई सिफारिश गरिनँ। मैले परमेश्‍वरको घरको बारेमा सोचिनँ, न त परमेश्‍वरको इच्छालाई नै कुनै ध्यान दिएँ। मैले मेरो आफ्नै प्रतिष्ठा र हैसियतलाई रक्षा गर्नको निम्ति दाजुभाइ र दिदीबहिनीहरूलाई औजारको रूपमा मात्र प्रयोग गरेँ। म अति दुष्ट, स्वार्थी र नीच थिएँ। मैले वर्षौंसम्म परमेश्‍वरमा विश्‍वास गरेकी थिएँ तापनि मेरा विचारहरू र धारणाहरू सबै मेरो शैतानी स्वभाव र शैतानको बाँच्ने युक्तिहरूमा आधारित थियो। म परमेश्‍वरका वचनहरूअनुसार चलिनँ वा मैले वचनलाई अभ्यास गरिनँ। परमेश्‍वरका वचनहरूले व्याख्या गरेजस्तै म अविश्‍वासी थिएँ। अब म योभन्दा बढी स्वार्थी हुनु हुँदैनथियो। मैले कसैलाई प्रतिभासम्पन्न बनाउनुथियो अनि हाम्रो मण्डलीको निम्ति धेरै मानिसहरूलाई तालीम दिनुथियो। हाम्रो मण्डलीमा सिस्टर याङको काम गर्न हामीले अर्कै व्यक्तिको प्रबन्ध गर्यौँ अनि तिनको सरुवा भयो। पछि, सिस्टर याङले मानिसहरूलाई शुद्ध गर्ने र बहिष्कार गर्ने बारेमा कागजातहरू संग्रह गर्ने छिटो गर्छिन् भनेर मैले थाहा पाएँ। जब मैले यो सुनेँ, मलाई नराम्रो लाग्यो। यदि मैले उनलाई अलि चाँडै सिफारिश गरेकी भए अनि मेरो हितहरूलाई एकातिर पन्साएकी भए, यो काममा यति लामो ढिलाइ हुनेथिएन। यो मेरो स्वार्थको कारणले भएको थियो। मैले अपराध गरेकी थिएँ र खराबी गरेकी थिएँ। मैले यसलाई परमेश्‍वरको घरको सट्टा मेरा हितहरूलाई प्राथमिकता नदिनुको एउटा चेतावनीको रूपमा लिएँ।

यस अनुभवले मलाई अलिकति परिवर्तन गरेको छ भन्‍ने मलाई लागेको थियो, तर यही पुरानो समस्याले फेरि आफूलाई प्रकट गर्न ठीक परिस्थितिहरूको प्रतीक्षा गरिरहेको थियो। केही समयपछि नै, मेरो अगुवाले मसित सिस्टर लीयूको बारेमा सोधिन्। तिनले नजिकैको मण्डलीमा गएर त्यहाँ भएका नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काममा सहायता गरून् भन्‍ने उनी चाहन्थिन्। मैले यो कुरा त्यति मन परेको थिएन, तर मलाई म त्यति स्वार्थी हुनु हुँदैन, मैले मण्डलीको कामलाई सम्हाल्नुपर्छ अनि मैले सधैँ अरू कसैलाई तालीम दिन सक्छु भन्‍ने लाग्यो। मैले सिस्टर लीयूलाई जान दिएँ। तर त्यसपछि तिनले सिस्टर ली, जसले कागजातहरू संग्रह गर्ने काम सम्हालिरहेकी थिइन्, तिनको पदोन्नति हुन लागेको कुरा बताइन् र तिनको मूल्याङ्कन लेखिदिन मलाई भनिन्। यो मेरो लागि अति भयो। यदि सिस्टर लीले छोडिन् भने, कसले कागजातहरू संग्रह गर्ने काम सम्हाल्नेछन्? मैले सिस्टर लीलाई जान दिन चाहिनँ त्यसैले तिनको मूल्याङ्कन लेख्ने कामलाई मैले स्थगित गरेँ। मैले तिनलाई केही दिन ढिलाइ गर्न चाहेँ ताकि मेरो अगुवाले यस समयमा कसैलाई भेट्टाउन सकून् अनि सिस्टर लीलाई चाहिँ रहन दिऊन्। मैले मूल्याङ्कन लेखेको छैनँ भनी मेरो सहकर्मीले ख्याल गरिन् अनि त्यो काम गरिहाल्‍न मलाई दबाब दिइन्। मैले तिनलाई त्यत्तिकै टारेँ अनि म त्यो थालिहाल्नेछु भनी भनेँ, तर मैले अझै लेखेको थिइनँ। झण्डै १० दिनपछि, मेरी सहकर्मीले भनिन्, “हाम्रो अगुवाले सिस्टर लीलाई अरूबाट उनको बारेमा थाहा पाएपछि सरुवा गर्नुभएको छ।” यस कुरालाई स्वीकार्न मलाई केही समय लाग्यो। यो अति छिटो भइरहेको थियो! राम्रो क्षमता भएकाहरू सबैलाई लागिएको थियो। हामीले अब मण्डलीमा केही कुरा गर्न नसकिने भयो। यस्ता विचारहरूले मेरो मन भरिएर विष्फोटै हुन लाग्यो। मैले मेरो हृदय भारी बोझले थिचेको छ जस्तो मैले अनुभव गरेँ। केही दिनसम्म मेरो भोक पनि हराएको थियो। मैले कसरी मानिसहरूलाई खोज्नुपर्छ र ममाथि कति दबाब छ भन्ने कुराको बारेमा मात्रै मैले सोचेँ। यसमा निकै मेहनत लाग्नेथियो। मैले यसको बारेमा जति बढी सोचेँ, म त्यति नै बढी चिन्ताले ग्रसित भएँ अनि म लखतरान भएँ।

एक दिन, भर्याङबाट झर्दै गर्दा मेरो खुट्टा चिप्लियो। मैले मेरो खुट्टामा हड्डी भाँचिएको जस्तो आवाज सुनेँ। मैले सोचेँ, “अब खतम भएँ। म भाँचिएको खुट्टा लिएर काम गर्न सक्दिन।” यसद्वारा परमेश्‍वरले मलाई अनुशासित गरिरहनुभएको छ भन्‍ने मलाई थाहा थियो। मानिसहरू एक-एक गरेर सरुवा भएको मैले कसरी हेरेको थिएँ अनि मैले कसरी मेरो हृदयमा परमेश्‍वरसित तर्क र विरोध गरेकी थिएँ त्यो मैले सम्झेँ। मेरो कामप्रतिको मेरो आचरणले परमेश्‍वरलाई पक्‍कै पनि विरक्त पारेको हुनुपर्छ, त्यसैले परमेश्‍वरले मेरो कर्तव्य खोस्‍नुभयो। यो सोचेर म निकै डराएँ। मेरो खुट्टामा पनि अत्यन्तै पीडा भयो। मैले साँचो प्रकारले पश्‍चाताप गर्ने इच्‍छा गर्दै परमेश्‍वरलाई प्रार्थना गरिरहेँ। आश्चर्यको कुरो, त्यस दिन मध्याह्नको खानापछि, मेरो खुट्टा एक्कासि दुख्न छोड्यो मानौँ त्यसलाई कहिल्यै चोट लागेको थिएन। मलाई हृदयमा थाहा भयो, कि यो परमेश्‍वरबाट आएको चेतावनी थियो ताकि मैले आफ्नो बारेमा मनन गर्न सकूँ र आफैलाई चिन्न सकूँ। मैल सोचेँ, “किन म सधैँ मेरो आफ्नै हितलाई पहिलो प्राथमिकता दिन्छु?”

पछि मैले परमेश्‍वरका वचनहरू वाचन गरिएको एउटा भिडियो हेरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता हासिल नगरुञ्‍जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुशी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै तिमिहरूभित्र शैतानको विष हुनु हो। जहाँसम्म शैतानको विष के हो भन्ने कुरा छ, यसलाई शब्दहरूद्वारा पूर्ण रूपमा अभिव्यक्त गर्न सकिन्छ। उदाहरणको लागि, यदि तैँले “मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?” भनेर सोधिस् भने, मानिसहरूले जबाफ दिनेछन्, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।” यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको तर्क मानिसहरूको जीवन बनिसकेको छ। जेसुकै भए पनि, मानिसहरूले यो आफ्नै लागि मात्र गरिरहेका हुन्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन र दर्शनयही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। शैतानका यी शब्दहरू नै ठ्याक्‍कै शैतानको विष हो र जब मानिसहरूले यसलाई ग्रहण गर्छन्, तब यो तिनीहरूको प्रकृति नै बन्छ। शैतानको प्रकृति यी शब्दहरूबाट उदाङ्गो हुन्छ; यी शब्दहरूले त्यसको पूर्ण रूपमा प्रतिनिधित्व गर्छन्। यो विष मानिसहरूको जीवन र साथसाथै तिनीहरूको अस्तित्वको आधार स्तम्भ बन्छ, र भ्रष्ट मानवजाति हजारौं वर्षदेखि यही विषको प्रभुत्वमा रहिआएको छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “पत्रुसको मार्गमा कसरी हिँड्ने”)

परमेश्‍वरका वचनहरूले के भन्छन् भने, मानवजाति शैतानद्वारा भ्रष्ट भएपछि, सबै प्रकारका शैतानी विषहरू हाम्रा हृदयमा रोपिए अनि ती हाम्रो प्रकृति बने। उदाहरणको लागि “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” लाई नै लिऔं। सबै जना यही शैतानी विषद्वारा जिउँछन्, हामीले गर्ने हरेक कुरा हाम्रो आफ्नै लाभको निम्ति हुन्छ, अनि हामी यो सही र उचित हो भन्‍ने ठान्छौं, त्यसैले, हामी झन्-झन् स्वार्थी र छली बन्छौं। मैले आफ्‍नै बारेमा चिन्तन गरेँ। जब अगुवाले मानिसहरूलाई मेरो मण्डलीबाट सरुवा गरे, तब छल गर्ने हदसम्मै गएर मैले विरोध गरेँ अनि अवरोध खडा गर्ने कोसिस गरेँ। मैले मानिसहरूलाई यसरी विरोध गरेँ मानौँ ती मेरै हुन् अनि मैले तिनीहरूलाई परमेश्‍वरको घरद्वारा लिन दिन इन्कार गरेँ। म अति स्वार्थी र घिनलाग्दो, पूर्ण रूपले अविवेकी थिएँ। म परमेश्‍वरको घरको कामको बाटोमा खडा भइरहेको थिएँ! जब प्रभु येशू काम गर्न आउनुभयो, तब उहाँलाई पछ्याउनबाट मानिसहरूलाई रोकेर फरिसीहरूले आफ्नै हैसियत र रोजीरोटीलाई रक्षा गर्ने कोसिस गरे। तिनीहरूले विश्‍वासीहरूलाई आफ्नै पेवा हुन् जस्तो गरी व्यवहार गरे र तिनीहरूको निम्ति प्रभुसित होड गरे। अन्त्यमा, तिनीहरूले परमेश्‍वरको स्वभावलाई चिढ्याए र उहाँले तिनीहरूलाई दण्ड दिनुभयो। मैले कसरी फरिसीहरूभन्दा बेग्लै प्रकारले व्यवहार गरिरहेकी थिएँ र? दाजुभाइ-दिदीबहिनीहरू परमेश्‍वरका भेडाहरू हुन् अनि परमेश्‍वरको घरसँग त्यसले जसरी चाहन्छ, त्यसरी तिनीहरूको स्थान नियुक्त गर्ने अधिकार हुन्छ। मसित हस्तक्षेप गर्ने कुनै अधिकार थिएन। मण्डलीको अगुवाको हैसियतले, परमेश्‍वरको घरले माग गरेअनुसार अनि सिद्धान्तहरूसित मेल खाने गरी मैले आफ्नो काम गर्नुपर्छ, समस्याहरूलाई हल गर्न र मानिसहरूलाई तालीम दिन सत्यताको बारेमा सङ्गति गर्नुपर्छ। यो नै कर्तव्य काम, मेरो जिम्मेवारी थियो। तर मैले परमेश्‍वरको इच्छालाई ध्यान दिएको थिइनँ वा सिद्धान्तहरूसित मेल खाने गरी मानिसहरूको स्थान नियुक्त गरेको थिइनँ। म अझ धेरै मानिसहरूलाई तालीम दिने कुरामा मेहनत गर्न इच्छुक भएको थिइनँ। प्रतिभाशाली भनी मैले चिनेका मानिसहरूलाई मैले स्वेच्छाले तालिम दिएको थिइनँ तर तिनीहरूलाई काम गर्न लगाउँदै र मेरो आफ्नै प्रतिष्ठाको निम्ति सेवा गर्न लगाउँदै मेरो अधीनमा राख्ने कोसिस गरेको थिएँ। के मैले परमेश्‍वरको घरको विरुद्धमा गएर आफ्नै कुरा गरिरहेको थिइनँ र? मैले परमेश्‍वरलाई विरोध गरिरहेको थिएँ अनि ख्रीष्टविरोधीहरूको बाटोमा हिँडिरहेको थिएँ। यो सोचेर म डराएँ अनि मलाई अनुशासित गर्नुभएकोमा र धेरै दुष्कर्म गर्नबाट रोक्नुभएकोमा मैले परमेश्‍वरलाई धन्यवाद चढाएँ।

पछि, मैले परमेश्‍वरका वचनहरू वाचन गरिएको अर्को भिडियो हेरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानवजातिका भावनाहरू स्वार्थी हुन्छन् र ती अन्धकारको संसारका हुन्। यिनीहरू परमेश्‍वरका इच्छा र योजनाका निम्ति अस्तित्वमा आएका होइनन्, त्यसैले मानिस र परमेश्‍वरलाई एउटै स्थानमा राखेर कुरा गर्न मिल्दैन। परमेश्‍वर सदासर्वदा सर्वोच्‍च हुनुहुन्छ र उहाँ आदरयोग्य हुनुहुन्छ भने मानिस सदैव तुच्छ र मूल्यहीन छन्। यसैकारण परमेश्‍वरले सधैँ मानिसजातिका निम्ति आफैलाई बलिदान गर्नुहुन्छ र समर्पित गर्नुहुन्छ; मानिसले चाहिँ सधैँ आफ्नो निम्ति राख्‍छ र आफ्नै निम्ति मात्र प्रयत्‍न गर्छ। परमेश्‍वरले सदैव मानिसहरूको अस्तित्व कायम राख्‍न पीडा उठाउनुहुन्छ, तैपनि मानिसले कहिल्यै पनि ज्योति वा धार्मिकताको खातिर कुनै मूल्य चुकाउँदैन। मानिसले केही समयको लागि प्रयास गरे पनि, मानिसले एउटै प्रहार पनि सहन सक्दैन, किनभने मानिसको प्रयास सधैँ आफ्नै निम्ति मात्र हुन्छ, अरूको लागि हुँदैन। मानिस सधैँ स्वार्थी हुन्छ, भने परमेश्‍वर स्वार्थरहित हुनुहुन्छ। परमेश्‍वर न्याय, भलाइ र सुन्दर कुराहरूका स्रोत हुनुहुन्छ भने मानिसहरू घृणित र दुष्‍ट कुराहरू प्रकट गर्न मात्र सफल हुन्छन्। परमेश्‍वरले धार्मिकता र सुन्दरताको आफ्नो सारतत्त्व कहिल्यै अदलबदल गर्नुहुन्‍न, तर मानिसले पूर्ण रूपमा कुनै पनि समयमा कुनै पनि परिस्थितिमा धार्मिकतालाई धोखा दिएर परमेश्‍वरदेखि टाढा रहन सक्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ)। परमेश्‍वरका वचनहरूले मलाई परमेश्‍वर स्वार्थरहित हुनुहुन्छ भनी देखायो। उहाँले गर्नुहुने हरेक कुरा हामीलाई मुक्ति दिनको निम्ति गरिन्छ; यसले हाम्रो फाइदा गर्छ। परमेश्‍वरको घरले मानिसहरूलाई प्रवर्धन गर्छ र तालीम दिन्छ ताकि राम्रो क्षमता भएका सत्यताको खोजी गर्नेहरूले, धेरै अभ्यास गर्न पाऊन् र अन्ततः परमेश्‍वरका आज्ञाहरूको भार उठाउन सकून्। यसले दाजुभाइ-दिदीबहिनीहरू अनि परमेश्‍वरको घरको कामलाई फाइदा गर्छ। मेरो सम्बन्धमा चाहिँ, मैले परमेश्‍वरको घरबाट परमेश्‍वरका वचनहरूबाट प्रशस्‍त मलजल र सम्पोषण अनि तालीम पाएको थिएँ, तर मैले परमेश्‍वरको प्रेमको बदला तिर्न आफ्नो काम गर्ने बारेमा सोचिनँ। मैले सोचेको एउटै कुरा भनेको कसरी मानिसहरूलाई मेरो अधीनमा राख्ने भन्ने थियो। मेरो आफ्नै प्रतिष्ठा र हैसियतको निम्ति, परमेश्‍वरको घरको कामलाई साथ दिने मानिसहरूलाई तालीम दिने मार्गमा खडा हुन म हिचकिचाइनँ। म अति स्वार्थी र दुर्भावपूर्ण थिएँ, परमेश्‍वरको सामु बाँच्न पनि अयोग्य। म त्यस्तो प्रकारले जिउनु हुँदैन भन्‍ने मलाई थाहा थियो। मैले परमेश्‍वरको घरको निम्ति प्रतिभाशाली मानिसहरूको बन्दोबस्त गर्नुथियो ताकि धेरै दाजुभाइ-दिदीबहिनीहरूले ठीक ठाउँमा आफ्नो काम गर्न सकून्। मेरो मनमा यो कुरा प्रष्ट भएपछि, मैले चाँडै सिस्टर लीको काम सम्हाल्ने अर्को व्यक्ति खोजेँ अनि परमेश्‍वरलाई धन्यवाद चढाएँ। नयाँ व्यक्तिले सिद्धान्तहरू नजाने पनि अनि मैले बढी काम गर्नु परे पनि, मैले शान्ति र चैन अनुभव गरेँ। म आफूले गर्नसक्ने जुनसुकै कुरा गर्नको निम्ति बलिदानहरू गर्न अनि हाम्रो काम राम्रोसित गर्न मेरा दाजुभाइ-दिदीबहिनीहरूसित प्रार्थना गर्न इच्छुक थिएँ।

दुई हप्तापछि, मेरो अगुवाले भने, “हामी सिस्टर झाओलाई सरुवा गर्न चाहन्छौं, उनले आफ्नो कर्तव्य पूरा गर्न अर्को मण्डलीमा गएर दस्तावेजहरू सम्पादन गर्नेछिन्।” यो कुरा सुनेर मैले सोचेँ, “मैले परमेश्‍वरको घरको समग्र कामलाई विचार गर्नैपर्छ। म अब बढी स्वार्थी हुनु हुँदैन। त्यसपछि फेरि, हामीले अर्को सिस्टरलाई यो काम गर्न तालीम दिन सुरु मात्र गरेका थियौँ र उनलाई सिद्धान्तहरूबारे केही थाहा थिएन। हाम्रो कामले नोक्सानी व्यहोर्नु बाध्य छ। सिस्टर झाओ जहाँ छिन्, त्यहीँ बसेकै राम्रो।” मैले फेरि मेरो आफ्नै हितको बारेमा सोचिरहेकी छु भनी मैले महसुस गरेँ। म कसरी ख्रीष्टविरोधीको बाटोमा हिँडेर बारम्बार मण्डलीको कामलाई बाधा पुर्याउँदै र परमेश्‍वरको स्वभावलाई ठेस पुर्याउँदै आएकी थिएँ त्यसको बारेमा सोचेँ। मलाई अत्यन्तै डर लाग्यो। त्यहीबेला, मैले परमेश्‍वरका वचनहरू स्मरण गरें: “सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; तेरो आफ्नो कद, इज्जत वा प्रतिष्ठालाई मात्र विचार नगर्। साथै मानिसहरूको चासोमा पनि ध्यान नदे। तैंले पहिले परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनु आवश्यक हुन्छ। तैँले परमेश्‍वरको इच्छालाई ध्यान दिनुपर्छ र तँ आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्ध भएको छस् कि छैनस्, तैंले बफादार हुने सक्दो कोसिस गरेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गर्न सक्दो प्रयास गरेको छस् कि छैनस् र तँसँग भएका सबै कुराहरू दिएको छस् कि छैनस्, साथै तैंले परमेश्‍वरको घरप्रतिको आफ्नो कर्तव्य र कामका लागि सम्पूर्ण हृदयले ध्यान दिएको छस् कि छैनस् भनी विचार गरेर यो काम सुरु गर्नुपर्छ। तैंले यी कुराहरूलाई ध्यान दिनुपर्छ। तिनको बारेमा बारम्बार विचार गर्, र यसरी तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँ थोरै क्षमता, सतही अनुभव भएको व्यक्ति होस् भने वा तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र त्यसका परिणामहरू धेरै राम्रो नहुन सक्छ—तर तैंले आफ्नो सक्दो प्रयास लगाएको हुन्छस्। जब तैँले आफूले गर्ने कामहरूमा आफ्नै स्वार्थी चाहनाहरूको बारेमा सोचिरहेको हुँदैनस् वा आफ्नै हितको बारेमा विचार गरिरहेको हुँदैनस्, तर त्यसको साटो मनमा निरन्तर परमेश्‍वरको घरको हितहरूलाई ध्यान दिइरहेको छस्, र तेरो कर्तव्य राम्ररी पूरा गरिरहेको छस् भने, तैँले परमेश्‍वरको सामु असल कार्यहरू जम्मा गरिरहेको हुनेछस्। यस्ता असल कार्यहरू गर्ने मानिसहरू सत्यता भएका मानिसहरू हुन्; त्यसरी नै, उनीहरूले गवाही धारण गरेका हुन्छन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यास गर्ने बाटो दियो। म परमेश्‍वरको इच्छा र मण्डलीको कामप्रति सचेत हुनुपर्थ्यो। मैले स्वार्थी भएर प्रतिभालाई आफूसँगै राख्ने कोसिस गर्नु हुँदैनथियो। त्यसैले, मैले परमेश्‍वरसित प्रार्थना गरेँ: “प्रिय परमेश्‍वर, म सधैँ परमेश्‍वरको मण्डलीलाई मानिसहरूको बढुवा गर्नबाट र मण्डलीको कामलाई प्रभावित तुल्याउनबाट रोकेर स्वार्थी र नीच भएकी छु। म तपाईंलाई अब बढी विरोध गर्न चाहन्नँ। मेरो शरीरलाई त्याग्न र सत्यतालाई अभ्यास गर्नको निम्ति मलाई अगुवाई गर्नुहोस्।” प्रार्थना गरिसकेपछि, मैले गएर उनको सरुवाको बारेमा सिस्टर झाओसित कुरा गरेँ। उनको सरुवा भए पनि, मैले पहिलेजस्तो खिन्न अनुभव गरिनँ। बरु, मैले परमेश्‍वरको दया र आशिषको कारणले नै मैले परमेश्‍वरको घरको निम्ति त्यस्तो प्रतिभा जुटाउन सकेकी छु भन्‍ने अनुभव गरेँ। मैले आफ्नो काम पनि गर्न सकेकी थिएँ अनि मेरो हृदय शान्ति र आनन्दले भरिएको थियो। सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो: ३८. हैसियतबाट स्वतन्त्रता पाउने

अर्को: ४०. ईर्ष्याको उपचार

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६२. असफलताको बीचमा माथि उठ्दा

फेङ्क्‍वी, दक्षिण कोरियामैले परमेश्‍वरलाई भेट्टाउनुभन्दा पहिले, मलाई चिनियाँ कम्युनिस्ट पार्टीले शिक्षा-दीक्षा दिएको थियो। आफ्‍नो लागि नाम...

७१. प्रदर्शन गरेर भएको हानि

रुओयु, स्पेनकेही वर्ष पहिले, म उस्तै उमेरका केही दाजुभाइ-दिदीबहिनीहरूसँग मलजल गर्ने कर्तव्यमा लागेकी थिएँ। तिनीहरू अत्यन्तै उत्साहित र...

६३. अहङ्कारी स्वभाव परिवर्तन गर्न सकिँदैन भनेर कसले भन्छ?

झाओ फान, चीनपरमेश्‍वरका वचनहरूले भन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्