२५. परमेश्‍वरका वचनले मलाई जीवनको दिशा देखाए

सानो छँदादेखि नै मैले सधैँ राम्रो अङ्क ल्याउँदै आएकी छु र म साहित्य तथा कला प्रतियोगितामा भाग लिन्थेँ। पूरै शैक्षिक यात्रामा मैले राम्रो प्रगति गरेकी थिएँ। मेरो परिवारले मैले आफ्नो अलग पहिचान बनाउनेछु र परिवारको नाम चम्काउनेछु भन्‍ने आशा गरेको थियो। उहाँहरूले भन्‍ने गर्नुहुन्थ्यो: “ज्ञान हुनेको नै आदर, सत्कार हुन्छ र तिनीहरूले नै समाजमा आफ्नो जरा गाड्न सक्छन्। ज्ञान तथा शिक्षा नभएको मानिसलाई तुच्छ ठानिन्छ र ती कहिल्यै शीर ठाडो गरेर हिँड्न सक्दैनन्।” म आमाबुबाको विचारसँग पूर्ण सहमत थिएँ, र त्यसरी नै “बाँकीभन्दा अलग देखिनु, र पुर्खालाई सम्मान दिलाउनु” मेरो लक्ष्य बनेको थियो। यो लक्ष्य हासिल गर्न म बिहानदेखि रातिसम्म पढ्थेँ, जतिसुकै थकित हुँदा पनि लागिरहन्थेँ। खाली समयमा म अनलाइनमा थप अध्ययन गर्थेँ। कक्षा छुटाउने वा कक्षामा ढिलो पुग्ने गर्दिनँथेँ, प्रत्येक शिक्षकले पढाएको ध्यान दिएर सुन्थेँ। कक्षा सकिएपछि, अरू बाहिर खेल्न जान्थे, तर म कक्षाभित्रै बसेर गृहकार्य गर्थेँ। परीक्षा दिँदा मैले लेखेका उत्तरहरू राम्रोसँग चेकजाँच गरेर अन्तिममा मात्र उत्तरपुस्तिका बुझाउँथेँ। पढाइको चक्करमा बेलैमा खाना खान्नथेँ, वा व्यायाम पनि गर्दिनथेँ र प्रायः कम सुत्ने गर्थेँ। अथक प्रयासले मैले अन्ततः आफूले एकदमै चाहेको चियाङ्ग माई विश्‍वविद्यालयमा प्रवेश पाएँ। आमाबुबा, साथी र शिक्षकहरू सबैले यो खबर सुनेपछि मलाई प्रशंसा र ईर्ष्याले भरिएको नजरले हेरे। मलाई निकै खुसी लाग्यो। मैले सोचेँ, म अद्भुत, उल्लेखनीय जीवनको सुरुआत गर्दैछु, पढाइ सकेपछि धेरै कम्पनीहरू मलाई जागिरमा राख्न लाइन लाग्नेछन्, र मैले पक्कै नाम कमाउनेछु र अरू सबैलाई उछिन्नेछु। अचानक, मेरी आमालाई क्यान्सर भयो र अन्तिम स्टेजमा मात्र रोग पत्ता लाग्यो। डाक्टरले आमाको बाँच्ने समय थोरै रहेको बताए। यो खबर एउटा झट्का जस्तै थियो, जसले मलाई पूरै अभिभूत बनायो। आफूले बनाएको योजना सबै भताभुङ्ग भएको जस्तो लाग्यो। भविष्यमा असाधारण बन्न सकूँ, भविष्यमा आमाको सहारा बन्न र उहाँलाई गौरवान्वित बनाउन सकूँ भनेर मैले स्कुलमा निकै मेहनत गरेकी थिएँ। तर मैले पढाइ नसक्दै आमालाई क्यान्सर रोग लाग्न पुग्यो। म निकै उदास भएँ। म घर गएर आमाको रेखदेख गर्न चाहन्थेँ, तर विश्‍वविद्यालयमा प्रवेश पाउन आफूले गरेको मेहनत सम्झेँ, अनि वर्षौँसम्म मैले गरेका सबै प्रयास देखाउन मसँग केही हुनुपर्छ भन्‍ने सोचेँ। आमाको हेरचाह गर्न पढाइ छाड्दा के मेरा सारा मेहनत व्यर्थ हुने थिएन र? मनमा निकै द्वन्द्व चल्दै थियो र अघि कसरी बढ्ने भनेर भेउ पाउन सकेकी थिइनँ। एक पटक, आमाले मलाई फोन गरेर भन्नुभयोः “तैँले पढाइ सक्दासम्म म बाँचुला जस्तो लाग्दैन, तर आफ्नो भविष्यका लागि तैँले पढाइ पूरा गरेर राम्रो जीवन जिउनैपर्छ, त्यसो हुँदा म अलिकति पनि पछुतो नगरी मर्न सक्नेछु।” आमाले आश्‍वस्त पारेपछि म उहाँको हेरचाह गर्न घर फर्किनँ, मैले पढाइ जारी राखेँ। त्यसको केही समयपछि नै आमा बित्नुभयो। मलाई आमाको याद आइरह्यो, र उहाँले मलाई सुम्पेको कार्य मात्र सम्झेर बसेँ। मैले आमाको आशा पूरा गर्न मेहनतका साथ पढेर नाम कमाउने सङ्कल्प गरेँ।

सुरुमा त मैले आफ्नो विश्‍वविद्यालयको जीवनलाई सम्हालेँ, तर पछि त्यहाँको जीवन सुख्खा र निरस लाग्न थाल्यो, यो मैले कल्पना गरेजस्तो थिएन। विश्‍वविद्यालयको जीवन निकै प्रतिस्पर्धात्मक थियो। विद्यार्थीले आफ्नो पारिवारिक पृष्ठभूमिका आधारमा समूह बनाउँथे, त्यहाँ खिसीटिउरी र उपहास धेरै नै व्याप्त थियो। केही शिक्षकहरू राम्रो अङ्क ल्याउने वा पारिवारिक पृष्ठभूमि राम्रो भएका विद्यार्थीको साथमा लागेर खराब अङ्क ल्याउने वा गरिब परिवारका विद्यार्थीलाई गिज्याउँथे। यसले पहिल्यै हीनताबोध गर्ने विद्यार्थीलाई झन हीनताबोध गराउँथ्यो अनि कतिपय विद्यार्थी त विश्‍वविद्यालय नै बदल्थे वा पढाइ नै छोड्थे। मलाई त्यहाँको माहौल बिलकुलै मन पर्दैनथ्यो, तर आफूलाई अलग देखाउनका लागि राम्रो अङ्क पाउन म ढिट भएर पढाइमा लागिरहेँ। कडा मेहनत गरेर मैले पढाइ र पेशागत यात्रा दुवैमा राम्रो गरेँ। तल्लो कक्षाका सहपाठीहरू मलाई आदरको दृष्टिले हेर्थे, र आफ्नो पढाइमा अनुकरण गर्नुपर्ने आदर्श व्यक्ति मान्थे। मैले आफूले चाहेको प्रसिद्धि र लाभ पाएँ, तर मलाई भित्रैदेखि खोक्रोपन महसुस भइरहेको थियो, र मलाई बिस्तारै त्यो जीवनशैली निरस र दिक्कलाग्दो लाग्न थाल्यो। मानिसहरू किन त्यसरी जिउन खोज्थे भन्‍ने कुरा मैले बुझेकी थिइनँ। मैले सोचेकी थिएँ कि म पढेर अरूलाई उचिन्नेछु, सुख पाउनेछु र आफूले जिउन चाहेको जीवन जिउनेछु। अनि किन मलाई त्यो जीवन जति पछ्यायो त्यति खोक्रो र पीडादायी लाग्थ्यो? कहिलेकाहीँ म सोच्थेँ: के जीवनको उद्देश्य सफलता अनुभूति गर्न काम गर्नु र अन्तमा मर्नु हो? हामीले चिहानमा केही लैजादैनौँ र हामीसँग आफ्ना प्रयासलाई देखाउने केही हुँदैन भने यो सबैको अर्थ के छ र? जीवन जिउने योभन्दा बढी अर्थपूर्ण तरिका छैन र?

एक दिन मैले फेसबुकमा जीवनको साँचो अर्थबारे एउटा पोष्ट देखेँ। पोष्ट लाइक गरेर कमेन्ट गरेपछि मेरो एक जनासँग मित्रता भयो, अनि मसँग धार्मिक आस्थाका बारेमा कुराकानी हुन थाल्यो, कुराकानीको क्रममा उनी इसाई रहेको मैले थाहा पाएँ। उनले मलाई सर्वशक्तिमान परमेश्‍वरको आखिरी दिनहरूको मुक्तिको कामको सुसमाचार सुनाए। मैले सर्वशक्तिमान परमेश्‍वरका धेरै वचन पढेँ र पहिले कहिल्यै नसुनेका धेरै सत्यता थाहा पाएँ, जसमा मानिसको जीवनको स्रोत, मानिसको दुःखको जड, र शैतानले मानवलाई भ्रष्ट पार्ने तरिका, आदि थिए। परमेश्‍वरका वचनले जीवनका सत्यताप्रतिको मेरो प्यास बुझाए। मैले स्कुलमा यी कुनै पनि सत्यता कहिल्यै सुनेकी थिइनँ। त्यसपछि, मैले फेसबुकमा यो खण्ड भेटेँ: “मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र ज्ञान औजार बनेका छन्, र परमेश्‍वरलाई आराधना गर्न मानवका निम्ति पर्याप्‍त स्थान छैन, र परमेश्‍वरको आराधना गर्न अनुकूल परिस्थिति छैन। मानव हृदयमा परमेश्‍वरको स्थान सधैँ झन्झन तल खस्केको छ। मानवको हृदयमा परमेश्‍वर नहुनुभएको हुनाले उसको भित्री संसार अँध्यारो, आशा विहीन, र खाली भएको छ। यसरी नै परमेश्‍वरले मानवलाई सृष्‍टि गर्नुभयो भन्‍ने सत्यताको विरोध गर्न, मानवजातिको हृदय र मनलाई सामाजिक विज्ञानका सिद्धान्तहरू, मानव विकासवादको सिद्धान्त, र अन्य सिद्धान्तहरूले भर्न धेरै सामाजिक वैज्ञानिकहरू, इतिहासकारहरू, र राजनीतिज्ञहरू अगाडि आएका छन्। अनि यस तरिकाले, परमेश्‍वरले सबै थोक सृष्‍टि गर्नुभयो भनी विश्‍वास गर्नेहरू पहिलेभन्दा नै थोरै भएका छन्, र विकासवादको सिद्धान्तमा विश्‍वास गर्नेहरू सङ्ख्यामा पहिलेभन्दा धेरै भएका छन्। पुरानो करारीय युगमा भएका परमेश्‍वरका काम र उहाँका वचनहरूका अभिलेखहरूलाई धेरै मानिसहरूले दन्त्यकथा र पौराणिक कथाका रूपमा लिएका छन्। परमेश्‍वरको गरिमा र महानता, परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र सबै थोकमाथि उहाँको प्रभुत्व छ भन्‍ने सिद्धान्तमा मानिसहरू आफ्ना हृदयमा उदासीन बन्छन्। मानवजातिको अस्तित्व र देशहरू र राज्यहरूका नियति तिनीहरूका लागि महत्त्वपूर्ण रहँदैनन्, र मानव केवल खाने, पिउने, र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ। …(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि शासन गर्नुहुन्छ)। परमेश्‍वरका वचनको यो खण्ड पढेपछि, मैले बुझेँ कि मानिसको हृदय विज्ञान तथा ज्ञानले भरिएको र परमेश्‍वरका लागि कुनै ठाउँ नछोडेकोले खोक्रो हुँदै गएको रहेछ। त्यसैले तिनीहरू जीवनको उद्देश्य के हो, जीवनको के मूल्य छ, जीवनको अर्थ के हो भनेर अनुसन्धान गर्न खोज्छन्, तर यी विषयमा अनुसन्धान गर्न जति धेरै विज्ञान र ज्ञानको प्रयोग गर्छन्, वास्तविक उत्तर त्यति नै कम पाउँछन्। यो ज्ञानले मानिसलाई क्षणिक सान्त्वना मात्र दिन्छ, किनभने विज्ञान र ज्ञान सत्यता होइनन्, र तिनले जीवनको साँचो आपूर्ति गर्न सक्दैनन्। पहिले मलाई सधैँ लाग्थ्यो कि मानिससँग जति धेरै ज्ञान भयो, उसमा त्यति नै धेरै जीवनको अन्तर्दृष्टि हुन्छ, त्यति नै धेरै कामकुराहरूबारे अनुभूति हुन्छ, र ज्ञान खोज्ने मानिसलाई राम्रो सोचिने भएकाले तिनीहरू मूल्यवान जीवन जिउँछन् र अधिक सुख पाउन सक्छन्। तर यति धेरै विद्या पढेर पनि मैले जीवनको उद्देश्य के हो, मान्छे कहाँबाट आउँछ, उसको गन्तव्य के हो भनेर बुझ्न सकेकी थिइनँ, र मैले खोजेको खुसी पाएकी थिइनँ। परीक्षामा राम्रो गरेर कक्षामा पहिलो हुँदा र सबैबाट प्रशंसा पाउँदा पनि मलाई भित्रैबाट खोक्रोपन र पीडा महसुस हुन्थ्यो, र मैले सामना गरेका कठिनाइ हल भएका थिएनन्। विश्‍वविद्यालयका अन्य विद्यार्थीहरूले त्यो खोक्रोपन भर्न किनमेलमा जाने काराओकेमा गीत गाउने, बारमा जाने, प्रसिद्ध गायकहरूको कन्सर्ट हेर्न जाने गरेको मैले पाएँ। सुरुमा, तिनीहरूसँगै यस्ता प्रचलन पछ्याउँदा मलाई पनि मजा आएको थियो, तर पछि मलाई झन् धेरै खोक्रोपन महसुस हुन थाल्थ्यो। परमेश्‍वरका वचन पढेपछि मात्र मैले मानिसको आत्मिक खोक्रोपनको कारण विज्ञान र ज्ञानको पछि लाग्नु रहेछ भन्‍ने थाहा पाएँ। विज्ञान र ज्ञानले मानिसलाई मानिस परमेश्‍वरको सृष्टि हो भन्‍ने कुरालाई नकार्ने बनाउँछ। तिनीहरूलाई आफू परमेश्‍वरबाट आएको भन्‍ने थाहा हुँदैन, अनि परमेश्‍वरका वचन र कामलाई किंवदन्ती र मिथक समेत ठान्छन्। यसरी, मानिसको हृदयमा परमेश्‍वरको ठाउँ हराउँछ र तिनीहरू उहाँबाट झन् टाढा हुन्छन्। परमेश्‍वरलाई नजानेपछि र हृदयमा उहाँ र उहाँका वचन नभएपछि तिनीहरूको हृदय खोक्रो किन नहोस्? मेरो जीवन परमेश्‍वरबाट आएको हो। मेरो जीवनमा भएका सबै कुरा परमेश्‍वरका बन्दोबस्तले भएका हुन्। सृजित प्राणी भएको नाताले मैले राम्रो भाग्य पाउन परमेश्‍वरलाई पछ्याउनुपर्छ, आराधना गर्नुपर्छ। त्यसपछि मैले परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ र मलाई बल्ल घर फर्केको झैँ लाग्यो। केही समयसम्म भेलामा सहभागी भएपछि, मलाई आत्मिक सन्तुष्टि महसुस हुँदै गयो, आफैमा रमाउन, शान्ति र आनन्द महसुस गर्न थालेँ।

एक पटक, भेलापछि म अझै सर्वशक्तिमान परमेश्‍वरका अरू वचन पढ्न चाहन्थेँ, त्यसैले म परमेश्‍वरका वचनको पुस्तक खोज्न “राज्य अवरोहणको सुसमाचार” नामक वेवसाइटमा गएँ। वेवसाइटमा शैतानले मानवजातिलाई कसरी भ्रष्ट बनाउँछ भन्‍नेबारे एउटा खण्ड भेटेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “कुनै व्यक्ति ख्याति र प्राप्तिको दलदलमा फसेपछि, त्यसउप्रान्त उसले जुन कुरा चम्किलो र धर्मी छ, वा जुन कुराहरू सुन्दर र असल छन् ती कुराहरूको खोजी गर्दैन। किनभने ख्याति र प्राप्तिको मानिसहरूलाई लोभ्याउने शक्ति अत्यन्तै ठूलो हुन्छ; ती कहिल्यै अन्त्य नहुने गरी मानिसहरूले आफ्‍नो जीवनभरि र अनन्तसम्‍म पनि पछ्याउने कुराहरू बन्छन्। के यो साँचो होइन र? कतिपय मानिसहरूले भन्छन् कि ज्ञान सिक्‍नु भनेको पुस्तकहरू पढ्नु वा समयअनुसार पछि नपर्न वा संसारद्वारा पछि नछोडिनको लागि आफूलाई थाहा नभएका एकदुई वटा कुरा सिक्‍नुबाहेक केही पनि होइन। हातमुख जोड्न सकियोस् भनेर, आफ्‍नै भविष्यको खातिर, वा आधारभूत आवश्यकताहरू पूरा गर्नको लागि ज्ञान सिकिन्छ। के आधारभूत आवश्यकताहरू पूरा गर्नको लागि मात्रै, खानेकुराको समस्या समाधान गर्नको लागि मात्रै, एक दशकसम्‍म कठिन अध्ययन गर्न सक्‍ने कुनै व्यक्ति छ? छैन, यस्तो कोही पनि छैन। त्यसो भए, कुनै व्यक्तिले किन यति वर्षसम्‍म यस्ता कठिनाइहरू सहन्छ? यो ख्याति र प्राप्तिको लागि नै हो। ख्याति र प्राप्तिले तिनीहरूलाई टाढा बसेर प्रतीक्षा गरिरहेको हुन्छ, तिनीहरूलाई इसारा गरिरहेको हुन्छ र तिनीहरू आफ्नो लगनशीलता, कठिनाइ र संघर्षले मात्र आफूलाई ख्याति र प्राप्ति दिलाउने मार्गमा डोर्‍याउन सक्छ भन्‍ने विश्‍वास गर्छन्। त्यस्तो व्यक्तिले आफ्नो भविष्यको लागि, आफ्नो भविष्यको आनन्दको लागि र उत्तम जीवन प्राप्त गर्नको लागि यस्ता कठिनाइहरू भोग्‍नुपर्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। “शैतानले मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि ख्याति र प्राप्तिको प्रयोग गर्छ, र अन्ततः मानिसहरूले ख्याति र प्राप्तिबाहेक अरू केही सोच्‍न सक्दैनन्। तिनीहरूले ख्याति र प्राप्तिका लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र तिनीहरूले ख्याति र प्राप्तिकै लागि जुनसुकै मूल्याङ्कन वा निर्णय पनि गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र त्यो बन्धन हटाउन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट अलग बस्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, यही तरिकाले शैतानको ख्याति र प्राप्तिको माझमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका भयावह मनसायहरू अत्यन्तै घृणास्पद छैनन् र? सायद आज तिमीहरूले शैतानका भयावह मनसायहरूलाई देख्‍न सक्दैनौ किनभने तिमीहरूलाई व्यक्ति ख्याति र प्राप्तिविना बाँच्‍न सक्दैन भन्‍ने लाग्छ। तिमीहरूलाई त मानिसहरूले ख्याति र प्राप्तिलाई पछाडि छोडे भने, तिनीहरूले अबउप्रान्त अगाडिको बाटो देख्‍न सक्दैनन्, अबउप्रान्त आफ्ना लक्ष्यहरू देख्‍न सक्दैनन्, र तिनीहरूको भविष्य कालो, मधुरो र मलिन बन्छ भन्‍ने लाग्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरका यी वचन पढेर मैले बुझेँ कि मानिस प्रसिद्धि र लाभको लोभले बाँधिएका छन्। तिनीहरू प्रसिद्धि र लाभको पछ्याइलाई नै मानिसको प्रेरणा र जीवनको लक्ष्य मान्दछन्। यो गलत बाटो हो भन्‍ने तिनीहरूलाई थाहा हुँदैन अनि तिनीहरूमा यसबाट मुक्त हुने हिम्मत वा क्षमता हुँदैन। मैले अलग देखिने र पुर्खालाई सम्मान दिलाउने मेरो लक्ष्य, र यस्ता लक्ष्य हासिल गर्नेहरू जीवनका विजेता हुन् भनी ठान्ने गरेको कुरा सम्झेँ। यी सोचहरू म स्कुलमा हुँदा नै मभित्र रोपिएका थिए। आफ्ना लक्ष्य हासिल गर्न म वर्षौँसम्म पढाइमा घोटिएँ, ज्ञानको अध्ययन गरेँ, माथिल्लो डिग्री खोजेँ, यो सबैको उद्देश्य राम्रो जागिर पाउनु, असल जीवन जिउनु र राम्रो जीवनस्तर पाउनु थियो। म विशेष गरी आमाले भन्‍ने गरेको एउटा कुराबाट प्रभावित थिएँ: “अब्बल हुनका लागि ठूलो कष्ट सहनुपर्छ।” अलग देखिन र अब्बल हुन मैले सङ्घर्ष गर्नुपर्छ, कठिनाइ सहनुपर्छ, र सबै कठिनाइ सार्थक हुनेछ भन्‍ने मेरो विश्‍वास थियो। प्रसिद्धि र लाभ पछि लागेर मैले बाहिरी संसारलाई ध्यान दिइनँ, पढाइमा नै पूरै घोटिएँ, आमालाई घातक रोग लाग्दा पनि पढाइ छोडेर उहाँको हेरचाह गर्न गइनँ, यसो गर्दा मेरो पढाइ प्रभावित हुन्छ भन्‍ने चिन्ता गरेँ। मैले प्रसिद्धि र लाभको खोजीमा दश वर्षभन्दा बढी बिताएँ, र यसो गर्नु साँच्चै सार्थक कुरा हो त भनेर सोच्न एक क्षण पनि रोकिइनँ। साथीहरूबाट सम्मान र प्रशंसा पाए पनि, म वास्तवमा खुसी थिइनँ। बरु म झन्-झन् स्वार्थी, अहङ्कारी र अरूलाई तुच्छ सम्झिने व्यक्ति बनेकी थिएँ। म खास गरी जीविका कमाउनमा मात्र लाग्ने औसत मानिसलाई तुच्छ सम्झन्थेँ। बाहिर मैले यस्तो भावना व्यक्त नगरे पनि भित्रभित्रै तिनीहरूलाई तुच्छ ठान्थेँ। म गलत बाटोमा हिँडिरहेकी छु, मैले धेरै समय बरबाद गरेकी छु भन्‍ने लाग्यो। आखिरमा आफूले कल्पना गरेको खुसी र मूल्य पाउन म असफल भएकी थिएँ। परमेश्‍वरका वचनले गरेको प्रकाशबाट मैले यो कुरा बुझेँ: शैतानले मानिसलाई लोभ्याउन र भ्रष्ट बनाउन प्रसिद्धि र लाभको प्रयोग गर्दछ। प्रसिद्धि र लाभको पछि लाग्नुले मलाई कष्टप्रद जीवनमा पुर्यायो र मसँग केही बाँकी छाडेन। के म शैतानको छली षड्यन्त्रमा परेकी थिइनँ र? मलाई थाहा थियो, म गलत बाटो जाँदैछु, म प्रसिद्धि, लाभ र हैसियतको पछि लाग्नु हुँदैन, बरु परमेश्‍वरलाई पछ्याएर सत्यता खोजीको बाटो हिँड्नुपर्ने थियो। तर, मैले फेरि सम्झेँ मैले यतिका वर्ष मेहनत गरेकी छु, पढाइ सक्न र माथिल्लो डिग्री पाउन एक कदम मात्र बाँकी छ, जसले मलाई समाजमा सम्मान दिलाउनेछ। पछि, मैले काम गर्न जाँदा फलानो विश्‍वविद्यालयमा पढेकी हुँ भनेर भन्न सक्थेँ, र म गरिमासाथ व्यवहार गर्न सक्थेँ। मसँग पढाइ छोड्ने आत्मविश्‍वास थिएन, म स्नातकोत्तर र विद्यावारिधि गर्न चाहन्थेँ।

एक पटक कर्तव्य निर्वाहको क्रममा एक जना सिस्टरले मलाई भविष्यको योजना सोधिन्। मैले भनेकी थिएँ: “म स्नातकोत्तर र विद्यावारिधि गर्न चाहन्छु, तर मलाई केही सन्देह भइरहेको छ। उच्च शिक्षा अघि बढाउँदा पढाइमा नै मेरो धेरै समय जानेछ र मसँग कर्तव्य निर्वाह गर्ने समय कम हुनेछ। पढाइ अघि बढाउनु सही कुरा हो कि होइन भन्‍ने पत्ता लगाउन खोजिरहेकी छु।” मेरो सिस्टरले परमेश्‍वरका वचनको दुईवटा खण्ड पढेर सुनाइन्ः “पत्रुसको जन्म साधारण यहूदी किसान परिवारमा भएको थियो। तिनका बाबुआमाले खेतीपाती गरेर नै सम्पूर्ण परिवारको पालनपोषण गर्थे, र तिनी सबैभन्दा जेठो थिए र तिनका चार जना भाइबहिनीहरू थिए। अवश्य पनि, हाम्रो कथाको मुख्य भाग यो होइन; पत्रुस हाम्रा मुख्य पात्र हुन्। पाँच वर्षका छँदा, पत्रुसको बुबाआमाले तिनलाई लेख्न-पढ्न सिकाउन थाले। त्यो बेला, यहूदी मानिसहरू निकै पढालेखा थिए, र विशेष गरी कृषि, उद्योग र व्यापारजस्ता क्षेत्रमा अघि थिए। तिनीहरूको सामाजिक वातावरणले गर्दा, पत्रुसको बुबाआमा दुवैले उच्च शिक्षा प्राप्त गरेका थिए। गाउँमा जन्मेका भए पनि, तिनीहरू शिक्षित नै थिए र आजका औसत विश्‍वविद्यालयका विद्यार्थीहरू जत्तिकै थिए। के देखिन्छ भने, पत्रुस त्यस्तो अनुकूल सामाजिक अवस्थाहरूमा जन्मन पाउनु आशिष्‌को कुरा थियो। चलाख र छिटो सिक्न सक्ने भएकाले, तिनले नयाँ विचारहरूलाई सहजै आत्मसात् गर्थे। तिनले आफ्नो अध्ययन सुरु गरिसकेपछि कक्षाको दौडान तुरुन्तै कुरा बुझ्थे। त्यस्तो तेजिलो दिमाग भएको छोराप्रति तिनका बुबाआमाले निकै गर्व गर्थे, र तिनी उत्कृष्ट बन्नेछन् र समाजमा कुनै आधिकारिक पद प्राप्त गर्नेछन् भन्‍ने आशामा तिनलाई स्कूल पठाउनको लागि भरमग्दुर प्रयास गर्थे। थाहै नपाई, पत्रुसलाई परमेश्‍वरप्रति चासो जागेको थियो, जसको अर्थ तिनी चौध वर्षको हुँदा अर्थात् उच्च विद्यालयमा हुँदा, तिनी आफूले अध्ययन गरिरहेको प्राचीन ग्रीक संस्कृतिको पाठ्यक्रमप्रति वाक्क भए, विशेष गरी प्राचीन ग्रीक इतिहासका काल्पनिक मानिसहरू र बनावटी घटनाहरूबारे तिनी वाक्क भएका थिए। त्यहाँदेखि, पत्रुसले—जो भर्खरै आफ्नो जवानीको वसन्तमा प्रवेश गरेका थिए—मानव जीवन र बृहत् संसारबारे थप कुरा पत्ता लगाउने प्रयास गर्न थाले। तिनलाई आफ्नो विवेकले बुबाआमाले तिनको लागि भोगेका पीडाहरूको पैँचो तिर्न बाध्य गरेन, किनभने मानिसहरू सबै आत्म-छलको स्थितिमा जिइरहेका छन्, तिनीहरू सबैले सम्पत्ति र पहिचानको लागि गरेको सङ्घर्षको क्रममा आफ्नो जीवनलाई बरबाद गर्दै अर्थहीन जीवन जिइरहेका छन् भन्‍ने कुरा तिनले स्पष्टसित देखेका थिए। तिनले आफू हुर्केका सामाजिक वातावरणको कारणले नै मुख्य रूपमा त्यस्तो अन्तर्ज्ञान प्राप्त गरेका थिए। मानिसहरूसँग जति धेरै ज्ञान हुन्छ, तिनीहरूको पारस्परिक सम्बन्ध र भित्री संसार त्यति नै जटिल हुन्छ, त्यसकारण तिनीहरू अझै बढी शून्यतामा जिउँछन्। यी परिस्थितिहरूमा, पत्रुसले आफ्नो खाली समय विभिन्न भेटघाटहरू गरेर बिताउँथे, जुन भेटघाटहरूमध्ये सबैभन्दा बढी धार्मिक व्यक्तित्वहरूसँगको भेटघाट हुन्थ्यो। आफ्नो हृदयमा, तिनलाई मानव संसारका सबै अवर्णनीय कुरालाई धर्मले व्याख्या गर्न सक्छ भनेर अस्पष्ट अनुभूति थियो भन्‍ने देखिन्छ, त्यसकारण तिनी सेवाहरूमा सहभागी हुन प्रायजसो नजिकैको सभाघरमा जान्थे। तिनका आमाबाबुलाई यसबारे थाहा थिएन, अनि चाँडै नै, असल चरित्रका र राम्रो ज्ञान भएका पत्रुसलाई स्कूल जान मन पर्न छाड्यो। आफ्ना आमाबाबुको रेखदेखमा तिनले बल्लतल्ल उच्च विद्यालयको शिक्षा पूरा गरे। तिनले ज्ञानको सागरबाट पौडँदै किनारमा आइसकेपछि लामो सास फेरे; त्यसउप्रान्त तिनलाई कसैले पनि शिक्षा दिने वा बन्धनमा राख्ने काम गरेन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, पत्रुसको जीवनको बारेमा)। “पत्रुसले जीवनभरि नै जीविकाको लागि माछा मार्ने काम गरे, तर त्योभन्दा पनि बढी तिनी प्रचार गर्नलाई जिए। तिनले आफ्ना पछिल्ला दिनहरूमा पत्रुसका पहिलो र दोस्रो पत्रहरूका साथै तत्कालीन फिलाडेल्फिया मण्डलीको लागि धेरै पत्रहरू लेखे। त्यस समयका मानिसहरू तिनीद्वारा गहन रूपमा प्रभावित भएका थिए। तिनले आफ्नै योग्यताको प्रयोग गरी मानिसहरूलाई प्रवचन सुनाउनुको सट्टा, जीवनमा सुहाउँदो भरणपोषण प्रदान गरे। तिनले येशूले संसार छाड्नुअघि येशूले दिनुभएका शिक्षालाई कहिल्यै भुलेनन्, र आफ्नो जीवनभरि नै तिनै शिक्षाद्वारा प्रेरणा प्राप्त गरिरहे। येशूलाई पछ्याउँदाको समयमा, तिनले प्रभुको प्रेमको पैँचो मृत्युले तिर्ने र सबै कामकुरामा उहाँको उदाहरण अनुसरण गर्ने सङ्कल्प लिए। येशूले त्यस कुरामा सहमति जनाउनुभयो, त्यसकारण पत्रुस ५३ वर्षको हुँदा (येशूले स्वर्ग प्रस्थान गर्नुभएको २० वर्षभन्दा पछि), तिनलाई तिनको आकाङ्क्षा पूरा गर्न मद्दत गर्नको लागि येशू तिनीकहाँ देखा पर्नुभयो। त्यसपछिका सात वर्षहरूमा, पत्रुसले आफैलाई चिन्ने प्रयास गर्दै समय बिताए। ती सात वर्षपछि एक दिन, तिनलाई उँधोमुन्टो पारी क्रूसमा टाँगियो, यसरी तिनको असाधारण जीवनको अन्त्य भयो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, पत्रुसको जीवनको बारेमा)। यी दुई खण्ड सुनिसकेपछि, मैले आफ्नै परिस्थिति पत्रुसको जस्तै रहेको देखेँ। पत्रुस पनि आफूले स्कुलबाट सिकेको खोक्रो ज्ञानदेखि वाक्क थिए। उनले ज्ञानमा जीवन नरहेको र विद्यालय तथा समाज सङ्घर्षले भरिएको थाहा पाएँ। त्यसैले उनले पढाइ छोडेर सत्यता र जीवन पछ्याउने जीवन सुरु गरे। पत्रुसमा स्कुलको शिक्षा र समाजबाट दूर जाने सङ्कल्प थियो, अरूले आफूलाई कस्तो मूल्याङ्कन गर्छन् भन्‍ने वास्ता गरेनन्, स्नेहमा फसेनन्, बरु उनमा दृढ सङ्कल्प र व्यक्तिगत विश्‍वास थियो, चालू प्रचलनबाट प्रभावित थिएनन्, उनले सकारात्मक कुरा खोज्न धेरै मानिसले अपनाएको पुरानो जीवनशैली नअपनाएर परिवर्तन ल्याउने हिम्मत गरे। त्यो युगमा पत्रुसले त्यस्तो निर्णय गर्न सक्नु निकै अविश्‍वसनीय कुरा थियो, यसमा अत्यन्त धेरै आस्था चाहिन्थ्यो। परमेश्‍वरका वचनले ममाथि ठूलो प्रभाव पार्यो। बाहिरबाट हेर्दा, पत्रुसले अलिकति पनि प्रतिष्ठा वा लाभ नपाएको देखिन्थ्यो, तर उनले परमेश्‍वरको स्याबासी पाएका थिए। मैले बुझेँ कि सत्यता पछ्याउनु र सृजित प्राणीको नाताले आफ्नो कर्तव्य निर्वाह गर्नु, परमेश्‍वरका वचनअनुसार अभ्यास गर्नु, सत्यता वास्तविकतामा जिउनु, र परमेश्‍वरलाई चिन्नु र उहाँप्रति समर्पित हुनु वास्तवमा मूल्यवान र सार्थक जीवनका तत्त्व थिए। मैले पढाइमा गरेको मेहनतबारे सोचेँ: हाइस्कुल सकेपछि, म विश्‍वविद्यालयमा भर्ना भएँ, अहिले स्नातकोत्तर डिग्री पढ्नेबारे सोच्दैछु। के मैले अलग देखिन र अलग पहिचान बनाउन जतिबेला नि उच्च लक्ष्य तय गरिरहेकी थिइनँ र? के यो अर्थपूर्ण पछ्याइ थियो? आमाले पनि अलग देखिन र अब्बल हुन सानो हुँदादेखि पढाइमा मेहनत गरेको, आफ्नो व्यवसायमा लगनसाथ काम गरेको, र अन्ततः तीसको उमेरमा अब्बल भएको, विगतको कठिनाइबाट निस्केको, राम्रो भौतिक सुखसुविधाको आनन्द लिएको, प्रसिद्धि, लाभ र अरूबाट सम्मान पाएको कुरा सम्झेँ। बाहिरबाट, उहाँ सम्मानित नै देखिनुहुन्थ्यो, तर अन्तमा क्यान्सर लागेर मर्नुभयो। उहाँको प्रसिद्धि र लाभले उहाँलाई बिमारीबाट बचाउन सकेन। मैले प्रसिद्धि र लाभ खोज्नुको अर्थ वा मूल्य नरहेको देखेँ।

पछि, मैले परमेश्‍वरका वचनको अर्को दुईवटा खण्ड पढेँ, यसबाट कुन बाटो चुन्ने भनेर अझ स्पष्ट भयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तँ सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। यदि तैँले परमेश्‍वरको आराधना गर्दैनस् तर आफ्नै फोहोर देहमा जिउँछस् भने, के तँ मानिसको वस्त्र धारण गरेको पशु हुँदैनस् र? तँ मानिस भएकोले तैँले आफूलाई परमेश्‍वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र निर्धक्कसाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। यस संसारमा, मानिसले शैतानको वस्त्र लगाउँछ, शैतानबाट खानेकुरा लिएर खान्छ, र शैतानकै फोहोरमा कुल्चीमिल्ची भई त्यसकै अधीनमा रही काम र सेवा गर्दछ। यदि तैँले जीवनको अर्थ बुझ्दैनस् वा साँचो मार्ग प्राप्त गर्दैनस् भने, यस्तो प्रकारले जिउनुको के महत्त्व हुन्छ र? तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्ग पछ्याउँछन्, जसले सुधार खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्‍वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (२))। “जवान मानिसहरू आकाङ्क्षा, कर्मशक्ति र आफैलाई अझ उत्तम बनाउने उत्साही चाहनाविहीन हुनुहुँदैन; तिनीहरू आफ्ना सम्भावनाहरूको बारेमा निराश बन्‍नु हुँदैन, न त तिनीहरूले जीवनको आशा वा भविष्यको आत्मविश्‍वास नै गुमाउनुपर्छ; तिनीहरूमा तिनीहरूले अहिले रोजेको सत्यताको मार्गलाई निरन्तरता दिने धैर्य हुनुपर्छ—तिनीहरूको सम्पूर्ण जीवन मेरो निम्ति खर्च गर्ने तिनीहरूको इच्छालाई महसुस गर्न। तिनीहरू सत्यतारहित हुनु हुँदैन, न त तिनीहरूले ढोँगीपन र अधर्म नै लुकाउनु हुन्छ—तिनीहरू उचित अडानमा बलियोसँग खडा हुनुपर्छ। तिनीहरू त्यतिकै बहकिनु हुँदैन, तर न्याय तथा सत्यताको निम्ति बलिदानहरू गर्ने र संघर्ष गर्न साहस गर्ने आत्मा तिनीहरूमा हुनुपर्छ। अन्धकारका शक्तिहरूको थिचोमिचोको शिकार नहुने र आफ्‍नो अस्तित्वको महत्त्वलाई रूपान्तरण गर्ने साहस जवान मानिसहरूमा हुनुपर्छ। जवान मानिसहरूले विपत्तिहरूप्रति आत्मसमर्पण गर्नुहुँदैन तर आफ्‍ना दाजुभाइ दिदीबहिनीहरूप्रति क्षमाको आत्मा सहित खुला र स्पष्ट हुनुपर्छ। अवश्य, हरेकका निम्ति यी मेरा सर्तहरू र हरेकका निम्ति मेरा सल्लाहहरू हुन्। तर यसका अतिरिक्त, सबै जवान मानिसहरूका निम्ति यी मेरा सुखदायक वचनहरू हुन्। तिमीहरूले मेरा वचनअनुसार अभ्यास गर्नुपर्छ। विशेष रूपमा, जवान मानिसहरू विवादहरू सुल्झाउने र न्याय तथा सत्यताको खोजी गर्ने संकल्‍परहित हुनुहुँदैन। तिमीहरूले सबै सुन्दर र असल कुराहरूको खोजी गर्नुपर्छ र तिमीहरूले सबै सकारात्मक कुराहरूको वास्तविकता प्राप्त गर्नुपर्छ। तिमीहरू आफ्नो जीवनप्रति उत्तरदायी बन्‍नुपर्छ र यसलाई हल्का रूपमा लिनु हुँदैन। मानिसहरू पृथ्वीमा आउँछन् र मसँग जम्काभेट हुनु दुर्लभ कुरा हो, अनि सत्यताको खोजी गर्ने र त्यसलाई प्राप्त गर्ने अवसर प्राप्त गर्नु पनि दुर्लभ कुरा हो। यस सुन्दर समयलाई तिमीहरू यस जीवनमा खोजी गर्नुपर्ने सही मार्गको रूपमा किन महत्त्व दिँदैनौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जवान र वृद्धको निम्ति वचनहरू)। परमेश्‍वरका वचनले जीवनको नयाँ बुझाइ दिए। मान्छेले प्रसिद्धि र लाभको खोजीमा जिउनु हुँदैन, बरु परमेश्‍वरको आराधना गर्दै सत्यता पछ्याउनुपर्छ र परमेश्‍वरका लागि आफूलाई समर्पित गर्नुपर्छ। यो नै मूल्यवान र अर्थपूर्ण जीवन हो। सृजित प्राणीको नाताले हामीले प्रसिद्धि, लाभ र अरूको आदर पाए पनि हामीले परमेश्‍वरको आराधना गरेनौँ, सृजित प्राणीको नाताले हाम्रो कर्तव्य पूरा गरेनौँ भने हाम्रो जीवन व्यर्थ हुनेछ। सुरुमा म परमेश्‍वरलाई पछ्याउन, त्याग गर्न र आफूलाई समर्पित गर्न तयार छु भने पनि मैले यसलाई अभ्यास नै गरेकी थिइनँ। म अझै पनि देहसुख, राम्रा भावी सम्भावना र अरूको आदरको खोजीमा थिएँ। मैले अझै मानवजीवनको साँचो अर्थ र मूल्य बुझेकी थिइनँ। म परमेश्‍वरकै आशिष र अनुग्रहले आखिरी दिनहरूमा जन्मेकी थिएँ र सानो उमेरमै परमेश्‍वरको काम स्विकारेकी थिएँ। परमेश्‍वरले मलाई यस लाभप्रद वातावरणमा हुर्कने प्रबन्ध गर्नुभयो जहाँ मैले चिनियाँसहित धेरै भाषा बोल्न सिकेकी थिएँ, जसले गर्दा मैले परमेश्‍वरका वचन पढ्न र आफ्नो सीपलाई कर्तव्यमा प्रयोग गर्न पाएँ। मेरो उमेर, पृष्ठभूमि र भाषा क्षमता सबै सत्यता पछ्याउने र मेरो कर्तव्य निर्वाह गर्ने कुरामा उपयुक्त थिए। यदि म एकचित्त भएर प्रसिद्धि, लाभ र हैसियत खोजिरहेँ, अनि प्रसिद्धि र लाभ दुवै प्राप्त गरेँ तर परमेश्‍वर र सत्यतालाई पछ्याउने मौका गुमाएँ भने त्यो प्राप्तिको के अर्थ हुनेथ्यो र? यो संसरमा सत्यताको प्राप्ति जस्तो केही छैन, र मानिसले राम्रो ठानेको जीवन र परमेश्‍वरले सराहना गरेको जीवनका बीच कुनै तुलना छैन। परमेश्‍वरले सराहना गरेको जीवन नै अर्थपूर्ण र मूल्यवान हुन्छ। यो बुझेपछि मैले सत्यता पछ्याउने र परमेश्‍वरप्रति समर्पित भई उहाँलाई सन्तुष्ट बनाउने सङ्कल्प प्राप्त गरेँ। परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न म विश्‍वविद्यालय छोड्न पनि तयार थिएँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र भनेँ, म यो निरस र सुख्खा जीवनशैलीबाट मुक्त हुनैपर्छ, मैले सत्यता पछ्याई परमेश्‍वरको पछि लाग्नैपर्छ र जीवनको सही मार्गमा हिँड्नैपर्छ। पछि मैले मेरो सल्लाहकारलाई फोन गरेर पढाइ छाड्ने सोच बनाएको बताएँ, र पढाइ छाड्ने मेरो निवेदनमा हस्ताक्षर गर्न अनुरोध गरेँ। तर उनले हस्ताक्षर गर्न मानेनन्, बरु उनले यो पनि भनेः अब तिम्रो स्नातक सकिन एक वर्ष मात्र बाँकी छ। अहिले नै छाड्नु लाजमर्दो कुरा हुँदैन र? तिमीलाई राम्रोसँग थाहा छ, कलेजबाट स्नातक गरेकाको तलब नगरेकाको भन्दा धेरै हुन्छ। कलेजको डिग्री भएन भने जागिर पाउन पनि गाह्रो हुन सक्छ; मानिसले तिमीलाई उही नजरले हेर्नेछैनन्। तिमीलाई कुनै समस्या छ भने एक वर्षसम्म पढाइ स्थगित गरेर समस्या हल भएपछि फर्किन सक्छौ। के यो धेरै राम्रो विकल्प होइन र? मेरो सल्लाहकारको सल्लाह सुनेपछि म दुविधामा परेँ। मैले सोचेँ, उनले भनेजस्तै मैले स्थगित पो गर्नुपर्ला, अनि पछि फर्कनुपर्ला। त्यसरी, मैले स्नातक गरेर डिग्री पाउन सक्थेँ र राम्रो जागिर पाएर पछि सम्मानित हुन सक्थेँ। तर फेरि मलाई यो शैतानको छली चाल होला कि भन्‍ने पनि लाग्यो। शैतान मैले परमेश्‍वरलाई पछ्याउँ र आफ्नो कर्तव्य निर्वाह गरुँ भन्‍ने चाहँदैनथ्यो, त्यसैले मलाई लोभ्याउन प्रसिद्धि र लाभ प्रयोग गर्यो। मैले परमेश्‍वरका यी वचन सम्झेँ: “जब परमेश्‍वरले काम गर्नुहुन्छ, कुनै व्यक्तिको हेरचाह गर्नुहुन्छ, र उसलाई नियालेर हेर्नुहन्छ, र जब उहाँले त्यो व्यक्तिलाई स्विकार्नुहुन्छ र अनुमोदन प्रदान गर्नुहुन्छ, तब शैतान पनि त्यसको पछिपछि लाग्छ, र त्यसलाई भ्रममा पार्ने, र हानि गर्ने प्रयास गर्छ। परमेश्‍वरले त्यो व्यक्तिलाई प्राप्त गर्न चाहनुभयो भने, शैतानले परमेश्‍वरलाई अवरोध गर्न आफ्नो भएभरको शक्ति लगाउँछ, र प्रलोभनमा पार्न, बाधा दिन र परमेश्‍वरको कामलाई बिगार्न विभिन्‍न दुष्‍ट चालहरू प्रयोग गर्छ, र त्यसले आफ्नो गुप्‍त उद्देश्य हासिल गर्न यी सबै कार्य गर्छ। यो उद्देश्य के हो त? परमेश्‍वरले कुनै पनि व्यक्तिलाई प्राप्‍त गर्नुभएको त्यसले चाहँदैन; परमेश्‍वरले चाहनुभएका सबैलाई त्यसले आफ्नो कब्जामा लिन चाहन्छ, तिनीहरूलाई नियन्त्रण गर्न चाहन्छ, तिनीहरूलाई वशमा पार्न चाहन्छ, ताकि तिनीहरूले त्यसको आराधना गरून्, ताकि दुष्कर्म गर्नमा तिनीहरू त्यससँग हात मिलाऊन्, र परमेश्‍वरको विरोध गरून्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४)। परमेश्‍वरलाई पछ्याउन मैले पढाइ छोडेमा, सत्यता पछ्याउन र कर्तव्य निर्वाह गर्न मसँग धेरै समय हुनेथ्यो, तर मेरो सल्लाहकारले मलाई लोभ्याउन केही निश्चित कुरा भनेका थिए। बाहिरबाट, उनले मेरो ख्याल गरेको देखिए पनि पृष्ठभूमिमा शैतानको दुष्ट चालले काम गरिरहेको थियो। शैतानले म प्रसिद्धि, लाभ र हैसियत खोजिरहौँ अनि प्रसिद्धि र लाभ पछ्याइको भुमरीमा फसौँ भन्‍ने चाहन्थ्यो। तर म शैतानको चालमा फस्न हुँदैनथ्यो। यो बुझेर, मैले मेरो सल्लाहकारलाई यसो भनेँ: “तपाईँले भन्‍ने खोजेको कुरा मैले बुझेकी छु तर म अहिले परमेश्‍वरको जरुरी अभिप्रायबारे झन् बढी स्पष्ट भएकी छु। आस्थाको यो मार्ग चुन्नेबारे मैले धेरै समयसम्म सोचेँ र मैले मेरो मन बनाइसकेकी छु। म मेरो जीवन आस्थामा, परमेश्‍वरलाई पछ्याउनुमा अनि उहाँका लागि आफूलाई समर्पित गर्नमा अर्पण गर्नेछु, र पढाइका लागि कहिल्यै फर्कनेछैन। मैले पढाइ छोड्ने निर्णय गरेँ, आशा छ तपाईँ मलाई बुझ्नुहुन्छ।” मैले आफ्नो मन बनाइसकेको देखेर सल्लाहकारले मलाई सम्झाउने कोसिस गर्न छोडे, र मैले पढाइ छोड्ने कागजातमा हस्ताक्षर गरेँ।

पढाइ छाडेपछि, मसँग कर्तव्य निर्वाह गर्न झन् धेरै समय र ऊर्जा थियो, र म परमेश्‍वरसामु धेरै एकाग्र र शान्त बनेँ। मसँग परमेश्‍वरका वचन मनन गर्न, ब्रदर सिस्टरहरूसँग सङ्गति गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न झन् धेरै समय थियो। मलाई आफू परमेश्‍वरको झन् नजिक आइरहेको महसुस भयो। अहिले लगभग डेढ वर्ष भइसक्यो। मेरो कर्तव्य निर्वाह गर्ने क्रममा मैले आफ्ना भ्रष्ट स्वभावहरू प्रकाश गरेँ, तर यसबाट अरूसँग कसरी सौहार्दपूर्वक काम गर्ने भन्‍ने सिकेँ, र समस्या आइपर्दा म तिनमै अल्झिन्नथेँ, बरु तिनलाई हल गर्न सत्यता खोज्थेँ। गएको वर्ष मैले धेरै कुरा प्राप्त गरेँ। मैले आफ्नो कर्तव्य निर्वाह गर्न अर्को एक वर्ष पर्खेकी भए, मैले सत्यता प्राप्त गर्ने धेरै अवसर गुमाउनेथिएँ, जुन मेरा लागि निकै ठूलो क्षति हुनेथ्यो। मैले विश्‍वव्यापी सङ्कटहरू झन् गम्भीर हुँदै गइरहेको पनि देखेकी छु। युक्रेन र रुस युद्धमा छन्, विश्‍वभर ठूला द्वन्द्व देखा परेका छन्, महामारी तेजीले बढेका छन्, र भूकम्प तथा बाढीहरू झन् झन् धेरै देखिँदैछन्। मैले सोचेँ, जब विपत्तिहरू आउँछन्, तब मैले डिग्री लिएर प्रसिद्धि, लाभ र सम्मान प्राप्त गरेकी भए पनि जीवन नै नरहेपछि यी सबै अर्थहीन हुनेथिए। यो प्रभु येशूले भनेजस्तै होः “किनभने यदि एउटा मानिसले सारा संसार प्राप्त गर्छ, तर आफैलाई गुमाउँछ, वा ऊ फालिन्छ भने, उसलाई के फाइदा हुन्छ र?(लूका ९:२५)। मैले परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ, उहाँलाई सम्पूर्ण हृदयले पछ्याउनुपर्छ, यसरी म सत्यता र जीवन पाउन सक्छु। यो संसारकै सबैभन्दा मूल्यवान कुरा र उच्चतम आशिष् हो। परमेश्‍वरलाई पछ्याउन र सृजित प्राणीको नाताले आफ्नो कर्तव्य निर्वाह गर्न पढाइ छोड्ने मेरो निर्णय मैले गरेको सबैभन्दा राम्रो निर्णय हो। यो मार्गदर्शनका लागि परमेश्‍वरलाई धन्यवाद।

अघिल्लो: १३. पाष्टरहरूसँगको मेरो वादविवाद

अर्को: ३२. म ख्रीष्टविरोधीहरूका दुष्ट शक्तिविरुद्ध लड्ने आँट गर्छु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६१. सत्यले मलाई बाटो देखाएको छ

शिझाइ, जापानसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले...

७२. एक ढोङ्गीको पश्‍चात्ताप

क्षिनरुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्