८८. यो परमेश्‍वरको आवाज हो

पियरे, अमेरिका

मेरो जन्‍म इसाई परिवारमा भएको हो र बालक छँदा म मेरा आमाबुबासँग मण्डली सेवाहरूमा जान्थेँ। किन हो थाहा छैन, तर समय बित्दै गएपछि मलाई निरन्तर हृदयमा रित्तो अनुभव हुन थाल्यो; प्रार्थना गर्दा प्रभुलाई के भन्‍ने थाहा हुँदैनथियो र बाइबल पढ्दा मलाई अन्तर्दृष्टि पाएको अनुभव हुँदैनथियो। मलाई म प्रभुबाट निकै टाढा छु जस्तो लाग्थ्यो, र निकै पीडा हुन्थ्यो। पछि, म प्रायजसो पाष्टरहरूका प्रवचनहरू खोजेर सुन्थेँ र कसरी विश्‍वास स्थापित गर्ने भन्नेबारे धेरै चलचित्रहरू हेर्थेँ। म प्रभुका मापदण्डहरूसँग नमिल्ने कुराहरू गर्नबाट आफूलाई रोक्‍न पनि सक्दो प्रयास गर्थेँ, तर मेरो हृदय अझै पनि रित्तो लाग्थ्यो।

एक दिन, मेरी श्रीमती र मैले युट्युबमा प्रत्याशा नामक इसाई चलचित्र हेर्‍यौँ जसले हामीलाई प्रभावित गर्‍यो। चलचित्र सुरु हुँदा मुख्य पात्रले आफ्‍ना अनुभवहरू र बुझाइहरू लेखिरहेका थिए, र तिनले भने, “दुई हजार वर्ष पहिले प्रभु येशूले आफ्‍ना जनहरूलाई यसो भनेर प्रतिज्ञा गर्नुभयो, ‘अनि हेर, म चाँडै आउँछु(प्रकाश २२:१२)।” बाइबलको यो हरफले हामीलाई तुरुन्तै आकर्षित गर्‍यो। प्रकाशको पुस्तकका अगमवाणीहरू सबै रहस्यहरू थिए, र यहाँ मुख्य पात्रले पुस्तकका अगमवाणीहरूको यो खण्डको बारेमा कुरा गरिरहेका थिए। तिनले त्यसपछि के भन्लान्? हामीले उत्सुकताको साथ हेरिरह्यौँ। त्यसपछि चलचित्रको मुख्य पात्रलाई परमेश्‍वरमा विश्‍वास गरेको कारण चिनियाँ कम्युनिस्ट पार्टीले पक्राउ गर्छ। जेलमा हुँदा तिनले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्ने ब्रदर झाओ झिमिङ्लाई भेट्छन्। झिमिङ्ले मौका छोपेर तिनलाई खुसुक्‍क एउटा कागजको टुक्रा दिन्छन्। त्यसमा यस्तो लेखिएको हुन्छ: “निराश नबन्, कमजोर नबन्, अनि म तेरो लागि सबै कुरा स्पष्ट बनाउनेछु। राज्यमा पुग्‍ने मार्ग सहज छैन; कुनै पनि कुरा त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले तितो परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरो निम्ति तिमीहरूसँग भएको प्रेम बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ, केवल परीक्षाको कठिनाइ व्यक्ति अनुरूप फरक हुनेगर्छ। … तिनीहरू, जसले मेरा तिक्तताहरू बाँड्छन्, तिनीहरूले पक्कै पनि मेरो मिठास पनि बाँड्नेछन्। तिमीहरूका निम्ति मेरो प्रतिज्ञा अनि आशीर्वाद यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४१)। “यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दुःख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य रहनुपर्छ र आफुलाई उहाँकै कृपामा छोड्नुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्)। यी दुई वटा खण्डहरू पढिसकेपछि मुख्य पात्र प्रभावित हुन्छन्। तिनले निकै ठूलो सान्त्वना पाउँछन् र आफ्‍नो विश्‍वास र शक्ति प्राप्त गर्छन्। यी दुई वटा खण्डहरू देखेपछि मेरी श्रीमती र म पनि छक्‍कै परेका थियौँ। कसरी यी वचनहरू यति अख्तियारपूर्ण, शक्तिशाली, र हृदयस्पर्शी छन्? परमेश्‍वर सीधै हामीसँग बोलिरहनुभएको र हामीले के गर्नुपर्छ भनेर बताइरहनुभएको जस्तै लाग्यो। यी वचनहरूबाट मैले परमेश्‍वरलाई पछ्याउने मार्ग हिँड्दा कष्ट सहनुपर्छ भन्‍ने कुरा देखे पनि मलाई भित्रैबाट मिठास जागेको अनुभव भयो, र यी वचनहरू सुनेपछि मैले विश्‍वास र शक्ति पाएँ। मैले सोचेँ, “यी वचनहरू कहाँबाट आएका हुन्? के ती परमेश्‍वरबाट आएका हुन्? के प्रभु साँच्‍चै फर्केर आउनुभएको हो? तर प्रभु आउनुहुँदा बादलको सवारीमा आउनुपर्छ र हामीले अहिलेसम्‍म उहाँ बादलमा आउनुभएको बारेमा कुनै चिन्‍ह देखेका छैनौँ।” त्यो बेला म अलिक अन्योलमा परेको भए पनि मलाई यी वचनहरूले निकै आनन्द दिए, र श्रीमततिर फर्किँदै मैले भनेँ, “यी वचनहरू कति राम्रा रहेछन्! मैले यस्तो शक्ति सहितका वचनहरू पहिले कहिल्यै सुनेको छैनँ।” त्यसपछि मैले चलचित्रलाई रोकेँ, अनि नोटबुक लिएर यी वचनहरूलाई सारेँ। लेख्दै गर्दा मैले तिनलाई फेरि दोहोर्‍याएर पढेँ: “निराश नबन्, कमजोर नबन्, अनि म तेरो लागि सबै कुरा स्पष्ट बनाउनेछु। राज्यमा पुग्‍ने मार्ग सहज छैन; कुनै पनि कुरा त्यति साधारण छैन!” “राज्यमा पुग्‍ने मार्ग”? मैले सोचेँ, “राज्यमा प्रवेश गर्ने मार्ग के हो भन्‍ने कुरा परमेश्‍वर स्‍वयम्‌लाई मात्रै थाहा हुन सक्छ। यी वचनहरूले राज्यमा प्रवेश गर्ने मार्गका बारेमा बताइरहेका छन्, र ती पक्‍कै पनि कुनै पनि साधारण मानिसले बोलेको हुन सक्दैन—यो त परमेश्‍वरलाई मात्रै थाहा हुन सक्‍ने विषय हो!” म पढ्दै गएँ: “आज सबैले तितो परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरो निम्ति तिमीहरूसँग भएको प्रेम बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ, केवल परीक्षाको कठिनाइ व्यक्ति अनुरूप फरक हुनेगर्छ। … तिनीहरू, जसले मेरा तिक्तताहरू बाँड्छन्, तिनीहरूले पक्कै पनि मेरो मिठास पनि बाँड्नेछन्। तिमीहरूका निम्ति मेरो प्रतिज्ञा अनि आशीर्वाद यही हो।” यी वचनहरूका शैलीले मलाई यस्तो आभास गरायो कि यी वचनहरू सबै थोकको व्यवस्थापन गर्नुहुने, विश्‍वासको मार्ग हिँड्नु सहजताको बाटो होइन र हरेक व्यक्तिले फरक-फरक मात्रामा पीडा र कष्ट भोग्‍नुपर्छ, तर यो हाम्रो प्रेम र विश्‍वासलाई सिद्ध पार्नको लागि हो भनी प्रत्यक्ष रूपमा पूर्ण इमानदारीका साथ हामीलाई बताउनुहुने व्यक्तिले बोल्‍नुभएको हो। यो हामीप्रतिको परमेश्‍वरको प्रेम हो। मैले अचानक ज्योति देखेँ। म पहिले सधैँ के विश्‍वास गर्थेँ भने परमेश्‍वरमा विश्‍वास गर्नु भनेको जीवनमा सबै कुरा राम्ररी र सहजताको साथ अघि बढ्छ, र यो परमेश्‍वरको आशिष्‌ हो। यदि हामीले गैरविश्‍वासीहरूले जस्तै विपत्ति वा आपतको सामना गर्नुपर्‍यो भने त्यो खराब कुरा हो, र त्यसको अर्थ परमेश्‍वरले हामीलाई दण्ड दिइरहनुभएको हो भन्‍ने मलाई लाग्थ्यो। मैले २०१० मा भूकम्पको कारण मसँग भएको सबै कुरा गुमाएको थिएँ। त्यो बेला परमेश्‍वरले हामीलाई हेर्नुभएन वा रक्षा गर्नुभएन भन्‍ने सोचेको थिएँ, जले मलाई निकै व्याकुल तुल्यायो, र म परमेश्‍वरलाई गलत रूपमा बुझेर बसेको थिएँ। अहिले, यी वचनहरू पढ्दा त्यस्ता कठिन परिस्थितिहरूप्रतिको मेरो दृष्टिकोण परिवर्तन भयो। यसको साथै कठिनाइ र परीक्षाहरू आउँदा मैले परमेश्‍वरको आज्ञापालन गर्नुपर्छ, प्रार्थना गर्नुपर्छ र उहाँका कार्यहरूलाई बुझ्‍ने प्रयास गर्नुपर्छ, र यसो गरेर म कमजोर र नकरात्मक बन्‍नेछैनँ भन्‍ने कुरा पनि बुझ्‍न पुगेँ। मैले यी वचनहरूका बारेमा विचार गरिरहेँ: “तिनीहरू, जसले मेरा तिक्तताहरू बाँड्छन्, तिनीहरूले पक्कै पनि मेरो मिठास पनि बाँड्नेछन्। तिमीहरूका निम्ति मेरो प्रतिज्ञा अनि आशीर्वाद यही हो।” “पक्‍कै पनि,” “प्रतिज्ञा,” र “आशिष” जस्ता शब्‍दहरूले यी वचनहरू बोल्‍नुहुनेको अख्‍तियार र शक्तिलाई प्रकट गरेको थियो। उहाँले हामीबाट केही कुरा माग्‍नुहुन्छ, तर उहाँले हामीलाई प्रतिज्ञा पनि दिनुहुन्छ, यसको साथै उहाँसँग यी प्रतिज्ञाहरू पूरा गर्ने शक्ति छ। यी वचनहरूले मेरो हृदयलाई घच्घच्याए, र यी वचनहरूको शैली कसरी प्रभु येशूले प्रयोग गर्नुभएको शैली जस्तै हुन सक्यो भनेर मैले विचार गरेँ। जस्तै, प्रभु येशूले भन्‍नुभएको थियो, “म बाटो, सत्य र जीवन हुँ। मद्वारा बाहेक कुनै पनि मानिस पिताकहाँ आउँदैन(यूहन्‍ना १४:६)। “पुनरुत्थान, र जीवन म नै हुँ: जसले मलाई विश्‍वास गर्छ, ऊ मर्‍यो भने पनि जिउँनेछ(यूहन्‍ना ११:२५)। “अनि भन्‍नुभयो, साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरू परिवर्तन भएर साना बालबालिकाहरूजस्तै भएनौ भने, तिमीहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ(मत्ती १८:३)। यी सबै वचनहरूमा हामीप्रतिको परमेश्‍वरका मापदण्डहरू र हामीलाई दिनुभएका प्रतिज्ञाहरू छन्, र तिनमा परमेश्‍वरको पहिचान र हैसियत अन्तर्निहित छन्। जब हामी ती वचनहरू सुन्छौँ, तब हामीले परमेश्‍वरका वचनहरूको अख्‍तियार र शक्ति अनुभव गर्न सक्छौँ। यस चलचित्रमा दिइएका वचनहरू यस्तै छ भन्‍ने देखेपछि, मेरी श्रीमती र म दुवैलाई ती वचन परमेश्‍वरबाट आएका हुन्, र ती परमेश्‍वरका आवाज हुन् जस्तो लाग्यो। त्यो बेला म उत्साहित थिएँ, र दोधारमा पनि थिएँ: यी वचनहरू बाइबलमा छैनन्, त्यसो भए ती कहाँबाट आएका हुन्? हामीले चलचित्र हेर्ने कार्यलाई जारी राख्यौँ। चलचित्रमा झिमिङ्ले मुख्य पात्रलाई तिनीहरू काम गरिरहेका बेला प्रभु येशू फर्केर आइसक्‍नुभएको छ, र उहाँ देह बनेर आखिरी दिनहरूमा मानिसहरूलाई न्याय गर्ने र शुद्ध पार्ने काम गर्न गुप्तमा आउनुभएको छ भनेर भन्छन्। यहाँनेर मेरी श्रीमती र म अलिक अन्योलमा पर्‍यौँ, किनभने हामीले सधैँ प्रभु येशू एक दिन बादलको सवारीमा आउनुहुनेछ भनेर विश्‍वास गर्थ्यौँ। तर त्यसपछि चलचित्रमा झिमिङ्ले भने, “हामीले उहाँ बादलको सवारीमा आउनुहुने बारेमा दिइएका अगमवाणीका आधारमा मात्रै प्रभुलाई प्रतीक्षा गरिरहेका छौँ, तर हामीले प्रभुको पुनरागमनको बारेमा रहेका अरू अगमवाणीलाई बेवास्ता गरेका छौँ। यो निकै भयानक गल्ती हो! बाइबलको धेरै भागमा प्रभुको पुनरागमन सम्‍बन्धी अगमवाणी छन्। उदाहरणको लागि, प्रभुका यी अगमवाणीहरू: ‘हेर, म चोरजस्तै आउँछु(प्रकाश १६:१५)। ‘अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ(मत्ती २५:६)। प्रकाश ३:२० मा पनि यसो भनिएको छ, ‘हेर, म ढोकामा खडा हुन्छु र ढकढक्याउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ।’ र लूका १७:२४-२५ मा यसो भनिएको छ, ‘किनभने जसरी बिजुली आकाशमुनिको एउटा भागबाट चम्किँदा, आकाशमुनिको अर्को भागसम्म चम्किन्छ; मानिसको पुत्र पनि उहाँको दिनमा त्यस्तै हुनुहुनेछ। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ।’ यी अगमवाणीहरूले प्रभु चोरजस्तै गरी अनि मानिसको पुत्रको रूपमा आउनुहुनेछ भनेर उल्‍लेख गरेका छन्; उहाँले ढोका ढकढक्याउँदै मानिसहरूसँग बोल्‍नुहुन्छ, र यस्तै अन्य कुराको बारेमा यी अगमवाणीहरूले बताउँछन्। यसले के देखाउँछ भने प्रभुको पुनरागमन हुँदा उहाँ सार्वजनिक रूपमा बादलको सवारीमा ओर्लनुहुने बाहेक उहाँ गुप्तमा पनि आउनुहुनेछ। यदि हामी प्रभु बादलको सवारीमा ओर्लनुहुनेछ भनेर मात्रै विश्‍वास गर्छौं भने उहाँ गुप्तमा आउनुहुन्छ भन्‍नेबारेमा दिइएका अगमवाणीहरू पूरा हुन सक्दैनन्। आखिरी दिनहरूमा हुने प्रभुको पुनरागमनको बारेमा बाइबलमा धेरै अगमवाणी छन्। यदि हामीले अरू अगमवाणीलाई पन्छ्यायौँ, र बाइबलको एक-दुई वटा खण्डद्वारा नै प्रभुको पुनरागमन सेतो बादलको सवारीमा हुनेछ भनी सीमित गर्‍यौँ भने हामीले उहाँको पुनरागमनलाई स्वागत गर्ने मौका गुमाउन सक्छौँ, र उहाँद्वारा त्यागिन सक्छौँ।” यो सुनेर मेरी श्रीमती र मैले हाम्रो बाइबल निकालेर यी पदहरूलाई शब्द-शब्द गरी जाँच्यौँ। ती शब्दहरू जाँचेपछि मैले सोचेँ, “यी पदहरूले साँच्‍चै नै प्रभु गुप्तमा आउनुहुने बारेमा बताउँछन्, त्यसकारण प्रभु बादलको सवारीमा आउनुहुने कुरा उहाँको पुनरागमन हुने एक मात्र तरिका होइन रहेछ। यसले साँच्‍चै नै मेरो आँखा खोलिदिएको छ।”

मेरी श्रीमती र मैले चलचित्र हेर्ने कार्यलाई जारी राख्यौँ। झिमिङ्ले यसो भन्दै आफ्‍नो सङ्गतिलाई जारी राखे, “बाइबलले ‘म चोरजस्तै आउँछु(प्रकाश १६:१५) र, ‘अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ(मत्ती २५:६)। ‘तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ(लूका १७:२५) भनी बाइबलले अगमवाणी गरेको छ। सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको घटना र कार्यले यी अगमवाणीलाई पूरा गरेका छन्। बाहिरबाट हेर्दा उहाँ सामान्य व्यक्तिजस्तै देखिनुहुन्छ। उहाँ सामान्य मानवताभित्र रही बोल्‍नुहुन्छ। देखा पर्नुभएका प्रभु उहाँ नै हुनुहुन्छ भनेर कसले कल्‍पना गर्न सक्थ्यो र? यसले ‘म चोरजस्तै आउँछु’ भनी गरिएको अगमवाणीलाई पूरा गर्छ। सुसमाचार प्रचार गर्नेहरूले परमेश्‍वरको देखापराइको खोजी गर्नेहरू सबैलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको गवाही दिन्छन्, र उहाँका वचनहरूमा धैर्यताको साथ सङ्गति गर्छन्। प्रभुले ढोका ढकढक्याउनु भनेको यही हो! सर्वशक्तिमान्‌ परमेश्‍वर देखा परेर काम गर्न थाल्नुभएपछि उहाँ चिनियाँ सरकारको क्रूर खेदो र सतावटको निरन्तर निसाना बन्दै आउनुभएको छ, र उहाँले धार्मिक संसारको मूर्खतापूर्ण इन्कार, दोष, र अवहेलना भोग्‍नुभएको छ। अनलाइनमा सर्वशक्तिमान्‌ परमेश्‍वरलाई खुलेआम आक्रमण गर्ने, दोष दिने, र निन्दा गर्ने धेरै दुष्ट आत्‍माहरू र भूतहरू समेत रहेका छन्। यसले प्रभु येशूले बोल्‍नुभएको यो अगमवाणीलाई पूरा गर्छ: ‘तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ।’ यदि मानिसहरूले कल्‍पना गरेझैँ प्रभु महान् महिमासहित सार्वजनिक रूपमा बादलको सवारीमा ओर्लनुभएको थियो भने सामा, बाख्रा, दुष्ट नोकर, र ख्रीष्ट-विरोधीहरू अवश्य नै सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्न लम्पसार पर्नेथिए। त्यसोभए तिनीहरूलाई कसरी प्रकाश गरिनेथियो र? सर्वशक्तिमान् परमेश्‍वर आउनुभएको छ र मानवजातिलाई शुद्ध पार्ने र मुक्ति दिने सबै सत्यताहरू व्यक्त गर्नुभएको छ, र उहाँले आखिरी दिनहरूको न्यायको काम गर्दैहुनुहुन्छ। उहाँका भेडाहरूले उहाँको आवाज सुनेका छन्, र हरेक सम्प्रदायका बुद्धिमती कन्याहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूलाई सुनेका छन् र ती सत्यता हुन्, परमेश्‍वरको आवाज हुन् भनेर चिनेका छन्, र तिनीहरू सबै सर्वशक्तिमान्‌ परमेश्‍वरकहाँ फर्केका छन्। उठाई हुनु भनेको यही हो। यी मानिसहरू परमेश्‍वरको सिंहासनअघि उठाई लगिएका छन्, र ख्रीष्टको आसनको अघि न्याय र सजाय स्विकारेका छन्। परमेश्‍वरद्वारा शुद्ध पारिने, विजेताहरूमा परिणत गरिने, अनि पहिलो फल बन्‍ने प्रथम मानिसहरू तिनीहरू नै हुन्। यसले प्रकाश १४:४-५ को यो अगमवाणीलाई पूरा गर्छ, ‘यिनीहरू ती हुन् जो कुनै पनि स्त्रीहरूद्वारा अशुद्ध पारिएका छैनन्; किनकि तिनीहरू कुमार हुन्। यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्। परमेश्‍वर र थुमाका लागि पहिलो फल यिनीहरूलाई मानिसबीचबाट छुटकारा दिइएको थियो। अनि तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू निष्खोट छन्।’ परमेश्‍वर गोप्यमा ओर्लनुभई विजेताहरूको यो समूह निर्माण गर्नुभएपछि उहाँको महान् काम पूरा हुनेछ। त्यसपछि, उहाँ बादलको सवारीमा खुल्‍लमखुल्‍ला ओर्लनुहुनेछ अनि सबै राष्ट्रहरू र सबै मानिसहरूकहाँ देखा पर्नुहुनेछ। त्यसले प्रकाश १:७ को अगमवाणीलाई पूरा गर्नेछ, ‘हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि जुनले उहाँलाई घोचे: र उहाँका कारण पृथ्वीका सब सगोत्रीले विलाप गर्नेछन्।’ परमेश्‍वर बादलको सवारीमा ओर्लनुहुने दृश्य यही हुनेछ, र सबै आँखाले उहाँलाई देख्‍न सक्‍नेछन्। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई इन्कार गर्ने र दोष दिनेहरूले पनि उहाँ बादलको सवारीमा ओर्लनुभएको देख्‍न सक्‍नेछन्, त्यसैले ‘उहाँका कारण पृथ्वीका सब सगोत्रीले विलाप गर्नेछन्।’ परमेश्‍वरले चरणबद्ध रूपमा र योजना अनुसार काम गर्नुहुन्छ; अहिले प्रभुका पुनरागमन सम्‍बन्धी अगमवाणीहरू लगभग पूरा भइसकेका छन्, त्यसकारण अब विपत्तिहरूपछि परमेश्‍वर खुलेआम बादलमा ओर्लनुहुने सम्‍बन्धी अगमवाणीहरू पूरा हुन मात्र बाँकी छन्।” झिमिङ्को सङ्गति उचित र तथ्यगत रहेछन् भन्‍ने देखेपछि मलाई हृदयमा साँच्‍चै नै प्रभु फर्केर आइसक्‍नुभएको छ, उहाँ देह बन्‍नुभएको र मान्छेका बीचमा गुप्तमा आउनुभएको छ भन्‍ने कुरा थाहा भयो। मेरी श्रीमती र मैले प्रभु बादलको सवारीमा आउनुहुन्छ भन्‍ने विचारमा नै सधैँ टाँसिरहनु कति मूर्खता थियो भन्‍ने कुरा महसुस गर्‍यौँ, तर यसको साथै, प्रभु गुप्तमा आउनुभएको ठूलो खबर सुन्‍न पाएकोमा हामी खुशी थियौँ। म यस्तो विचार नगरी बस्‍न सकिनँ, “त्यसैले त यी वचनहरू त्यति अख्तियारपूर्ण र शक्तिशाली रहेछन्, र ती परमेश्‍वरका आवाज हुन् जस्तो सुनिँदो रहेछ। साँच्‍चै नै ती परमेश्‍वर स्‍वयम्‌ले बोल्‍नुभएका वचनहरू रहेछन्!” हामीले चलचित्रलाई उत्साहपूर्वक हेरिरह्यौँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको आफ्नै आँखाले देख्छौ, त्यो धार्मिकताको सूर्य सार्वजनिक रूपमा देखा पर्ने क्षण हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तर तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्‍ने समय तँ दण्ड भोग्‍नलाई नरक जाने बेला पनि हो भनी जान्‍नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्त्यको समय हुनेछ, र त्यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। किनकि सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्‍नुअघि नै परमेश्‍वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू परमेश्‍वरको सिंहासनसामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। ‘सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो’ भन्‍ने विश्‍वासमा अड्डी कस्‍नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्नुहने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने र साँचो मार्ग र जीवनको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसकारण, सेतो बादलमा येशूको खुल्लमखुल्ला पुनरागमन हुँदा मात्र उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति आत्मविश्‍वासी, अति अहङ्कारी छन्। यस्ता पतितहरूलाई येशूले कसरी इनाम दिन सक्‍नुहुन्छ? सत्यता स्वीकार गर्न सक्‍नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्‍नेहरूका निम्ति यो निन्दाको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्‍नुपर्छ र पवित्र आत्माको निन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताको तृष्णा र खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई फेरि बनाइसक्‍नुभएको हुनेछ)। यी वचनहरू सुनेपछि, “तथाकथित सन्त” भन्ने शब्दले उहाँ गुप्तमा आउनुहुँदा उहाँको कामलाई स्वीकार नगर्ने, र प्रभु येशू बादलमा आउनुहुन्छ भनेर प्रतीक्षा गर्नेहरूलाई जनाउँछ कि भनेर मैले सोचेँ। यतिका वर्षदेखि लगभग सारा धार्मिक संसार नै प्रभु बादलको सवारीमा आउनुहुन्छ भनेर प्रतीक्षा गर्दै आएको छ। तर यी वचनहरूले स्पष्ट रूपमा नै के बताउँछन् भने यदि हामी अन्धाधुन्ध प्रभु बादलको सवारीमा नै आउनुहुन्छ भन्‍ने विचारमा लागिरह्यौँ र परमेश्‍वर पहिले नै गुप्तमा मान्छेका बीचमा आइसक्‍नुभएको छ भन्‍ने तथ्यलाई स्वीकार गर्न मान्दैनौँ भने हामी उहाँद्वारा दण्डित हुन पुग्‍नेछौँ, किनभने त्यो बेलासम्‍म मानिसलाई न्याय गर्ने, शुद्ध पार्ने र पूर्ण मुक्ति दिने परमेश्‍वरको आखिरी दिनहरूको काम पूरा भइसकेको हुनेछ। यी वचनहरूको शैली अत्यन्तै कठोर छन्, तिनमा परमेश्‍वरको उल्‍लङ्घन गर्न नसकिने स्वभाव छन्, ती अख्‍तियार र शक्तिले भरिएका छन्, र तिनले हामीमा डर र भय भरेका छन्। यसको साथै, हामी सत्यताको खोजी गर्ने र त्यसलाई स्वीकार गर्ने मानिसहरू बन्‍न सकौँ, र परमेश्‍वरको कामलाई अन्धाधुन्ध सीमित गर्ने वा प्रभु फर्केर आइसक्‍नुभएको छ भन्‍ने तथ्यलाई इन्कार नगरौँ भन्‍ने आशाले यी वचनहरूले हाम्रा लागि सम्झौटो र उपदेश दुवैको काम गर्छ। मेरी श्रीमती र मलाई यो चलचित्र निकै मन पर्‍यो र हामीले यसलाई धेरै पटक हेर्‍यौँ। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले हामीलाई भित्रैबाट हलचल गराए। धेरै दिनसम्‍म हामी उत्साहित रह्यौँ।

एक दिन, म काममा गइरहेको बेला मैले मेरी श्रीमतीलाई फोन गरेँ, र हामीले यसको बारेमा जति कुरा गर्‍यौँ, हामीलाई यी पक्‍कै पनि परमेश्‍वरका वचनहरू हुन् भन्‍ने लाग्यो। उत्साहित हुँदै, उनले मलाई भनिन्, “हामीले यो किताब हात पार्नुपर्छ!” यसपछि हामीले के गर्ने र हामीले प्रभुलाई कसरी स्वागत गर्ने भनेर पत्ता लगाउन हामी यति इच्‍छुक थियौँ कि त्यस दिन घर पुगेपछि हामीले “सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली” भन्‍ने शब्‍द अनलाइनमा सर्च गर्‍यौँ र तिनीहरूको आधिकारिक वेबसाइट भेट्यौँ। त्यहाँ गएपछि, हामीले वचन देहमा देखा पर्नुहुन्छ भन्‍ने पुस्तक भेट्यौँ। सर्वप्रथम, प्रस्तावनामा सर्वशक्तिमान्‌ परमेश्‍वरले भन्‍नुभएको यो कुरा पढ्यौँ: “‘परमेश्‍वरमाथिको विश्‍वास’ भनेको परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु हो; परमेश्‍वरमा विश्‍वास गर्ने सम्बन्धमा सबैभन्दा सरल अवधारणा यही हो। यसबाहेक, परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु भनेको परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्नु सरह होइन; बरु, यो बलियो धार्मिक धारणा सहितको साधारण विश्‍वास हो। परमेश्‍वरप्रतिको साँचो विश्‍वासको अर्थ निम्न हुन्छन्: परमेश्‍वरले सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने विश्‍वासको आधारमा कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको कार्यको अनुभव गर्छ, उसको आफ्नो भ्रष्ट स्वभावलाई शुद्ध पार्छ, परमेश्‍वर का अभिप्रायहरू पूरा गर्छ, र परमेश्‍वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र ‘परमेश्‍वरमाथिको विश्‍वास’ भन्न सकिन्छ। तापनि मानिसहरूले परमेश्‍वरमाथिको विश्‍वासलाई प्रायजसो एउटा साधारण र सानोतिनो कुराको रूपमा हेर्छन्। यस्तो प्रकारले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ गुमाइसकेका हुन्छन्, र तिनीहरूले आखिरीसम्म विश्‍वास गरिरहे पनि, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैनन्, किनकि तिनीहरू गलत बाटोमा हिँड्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम)। यी वचनहरू कति महान् छन् भन्‍ने कुरा नसोची म बस्‍न सकिनँ, र ती साँच्‍चै नै सत्यता हुन् भन्‍ने कुरा मलाई थाहा भयो। यी वचनहरूले परमेश्‍वरमाथिको विश्‍वास सम्‍बन्धी मेरा पहिलेका अवधारणाहरूलाई साँच्‍चै नै परिवर्तन गरे। पहिले त मलाई हामीले बाइबल धेरै पढ्नुपर्छ, धेरै प्रार्थना गर्नुपर्छ, र धेरै प्रवचन सुन्‍नुपर्छ भन्‍ने मात्रै थाहा थियो, र हामीले आशिष्‌ र अनुग्रह पाउनको लागि मात्रै विश्‍वास गरेका थियौँ। परमेश्‍वरमाथिको साँचो विश्‍वास भनेको सबै थोकमाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने विश्‍वासको जगमा रही परमेश्‍वरका वचनहरू र कामलाई अनुभव गर्नु हो भन्‍ने कुरा मलाई थाहै थिएन। यी वचनहरूले परमेश्‍वरमाथिको साँचो विश्‍वासको अर्थलाई निकै गहन र सटीक रूपमा व्याख्या गरेका र अघि बढ्ने स्पष्ट मार्ग प्रदान गरेका थिए। यी वचनहरू परमेश्‍वरबाट आएका हुन् र यी परमेश्‍वरका आवाज हुन् भन्‍ने कुरामा म अझै विश्‍वस्त भएँ, किनभने परमेश्‍वरले मात्रै सत्यता बोल्‍न र परमेश्‍वरमाथिको विश्‍वासको साँचो अर्थलाई स्पष्ट रूपमा बताउन सक्‍नुहुन्थ्यो।

हामी पढ्दै अघि बढ्यौँ, र सर्वशक्तिमान्‌ परमेश्‍वरले यसो भन्‍नुभएको रहेछ भन्‍ने देख्यौँ: “परमेश्‍वरलाई मानिससँग तुलना गर्न सकिँदैन। उहाँको सार र उहाँको कार्य मानिसका लागि अति नै अथाह र बुझ्नै नसकिने हुन्छन्। यदि परमेश्‍वरले व्यक्तिगत रूपले आफ्नो कार्य नगर्नुभएको भए र मानिसको संसारमा उहाँका वचनहरू नबोल्‍नुभएको भए, मानिसले कहिल्यै पनि परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्‍नेथिएन। त्यसैले, आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरमा समर्पण गर्नेहरूले पनि उहाँको अनुमोदन प्राप्त गर्न सक्‍नेथिएनन्। यदि परमेश्‍वरले कामको सुरुवात गर्नुभएन भने, मानिसले त्यो काम जति नै राम्रो गरे पनि त्यो सब व्यर्थको हुनेछ, किनकि परमेश्‍वरका विचारहरू सधैँ मानिसका विचारहरूभन्दा उच्च हुन्छन्, र परमेश्‍वरको बुद्धि मानिसको समझभन्दा धेरै हुन्छ। यसैले म भन्छु कि जसले परमेश्‍वर र उहाँको कार्यलाई ‘पूर्ण रूपमा बुझेको’ दाबी गर्छन्, तिनीहरू धेरै अयोग्य छन्; तिनीहरू सबै अति अहङ्कारी र अनभिज्ञ छन्। मानिसले परमेश्‍वरको कार्यलाई सीमित गर्नु हुँदैन; यसबाहेक, मानिसले परमेश्‍वरको कार्यलाई सीमित गर्न सक्दैन। … हामी परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छौं, र हामी उहाँलाई सन्तुष्ट पार्न र उहाँलाई हेर्न चाहन्छौं, त्यसैले हामीले सत्यताको मार्ग खोज्नुपर्दछ, र परमेश्‍वरसँग मिल्ने उपायको खोजी गर्नुपर्छ। हामी उहाँप्रतिको हठपूर्ण विरोधमा खडा हुनु हुँदैन। त्यस्तो कार्यबाट के भलाइ हुन सक्छ र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। यो खण्ड पढेपछि, हामीले के महसुस गर्‍यौँ भने हामी सबै सृष्टि गरिएका, सदा सानो प्राणीहरू मात्र हौँ। अर्कोतर्फ, परमेश्‍वर सदासर्वदा नै परमेश्‍वर रहनुहुनेछ। उहाँका वचनहरू र काममा हामीले बुझ्‍न नसक्‍ने धेरै रहस्यहरू छन्। हामीले उहाँको कामप्रति नम्र र खोजी गर्ने आचरण राख्‍नुपर्छ, र हामीले स्वेच्‍छाचारी रूपमा निष्कर्ष निकाल्‍नु हुँदैन। त्यसपछि हामीले सर्वशक्तिमान् परमेश्‍वरका यी वचनहरू पढ्यौँ, “तैँले यो पुस्तक अनुसन्धान गर्ने उद्देश्यले वा स्वीकार गर्ने मनसायले खोलेको हुन सक्छस्; तेरो मनोवृत्ति जस्तोसुकै होस्, तैँले यो अन्त्यसम्म पढ्नेछस् र यसलाई सजिलै पन्छाउनेछैनस् भन्ने म आशा गर्दछु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। यो पढ्दा, मलाई यी वचनहरू कति सौहार्दपूर्ण छन् भन्‍ने अनुभव भयो, मानौँ परमेश्‍वरले हामीसँग प्रत्यक्ष रूपमा बोलिरहनुभएको छ, हामीलाई उहाँका वचनहरू र कामको खोजी गर्न अगुवाइ गरिरहनुभएको छ। हामीले यो पुस्तकलाई पढ्ने कार्यलाई जारी राख्‍ने र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको सम्पर्कमा आउने निर्णय गर्‍यौँ।

सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीको वेबसाइटको च्याट गर्ने ठाउँ प्रयोग गरी मेसेज पठायौँ, र मण्डलीका ब्रदर-सिस्टरहरूले तुरुन्तै हामीलाई सम्पर्क गरे। त्यसपछि, हामी प्रायजसो अनलाइनमा बसेर ब्रदर-सिस्टरहरूसँग सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्न थाल्यौँ, यस क्रममा हामी आ-आफ्‍ना अनुभव र बुझाइहरू साटासाट गर्थ्यौँ। हामीले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू जति धेरै पढ्दै गयौँ, त्यति नै मैले धेरै सत्यताहरू थाहा पाउँदै गएँ, जस्तै आखिरी दिनहरूमा परमेश्‍वरले कसरी न्यायको काम गर्नुहुन्छ, मुक्ति पाउनु र पूर्ण मुक्ति पाउनुको बीचमा रहेको भिन्‍नता, उठाइलगिनु भनेको के हो, कस्तो व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्न सक्छ, र देहधारणको रहस्य इत्यादि। सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनले भन्छ: “जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग ल्याउनुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूमा, परमेश्‍वर फेरि देह बन्नुभएको छ, र यो देहधारणमार्फत उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र राज्यको युग ल्याउनुभयो। परमेश्‍वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्ने सबैलाई राज्यको युगमा डोऱ्याइनेछ, र यसबाहेक तिनीहरूले व्यक्तिगत रूपमा परमेश्‍वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर मानिसलाई उसको शैतानी भ्रष्ट स्वभाव पूर्ण रूपमा फाल्ने तुल्याउन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो छ। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुनेले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। “यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणको कामसम्म, यी तीन चरणले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनलाई एउटै निरन्तर धागोमा समावेश गर्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्‍वर सधैँ मानवजातिको व्यवस्थापन गर्दै काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगमा र विभिन्न स्थानमा हुने कामका तीन चरणहरू निस्सन्देह रूपमा एकै आत्माले गर्नुहुने काम नै हुन्। ती तीन चरणहरूलाई अलग गर्ने सबै मानिसहरू परमेश्‍वरकै विरोधमा खडा हुन्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेपछि मलाई प्रभु येशूले मानवजातिलाई छुटकारा दिने काम मात्रै गर्नुभएको रहेछ, तर आखिरी दिनहरूमा मानवजातिलाई न्याय गर्ने, शुद्ध पार्ने, र पूर्ण मुक्ति दिने काम गर्नुभएको रहेनछ भन्‍ने थाहा भयो। हामीले प्रभुमा विश्‍वास गरेपछि हामी हाम्रो पापको दोषबाट मुक्त हुने भए पनि, हाम्रो पापी प्रकृति हटेको हुँदैन, त्यसैले हामी प्रायजसो पाप गर्छौँ, र त्यसका बन्धनहरूबाट मुक्त हुन सक्दैनौँ। प्रभु येशूको छुटकाराको कामको जगमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले मानिसलाई एक पटक सधैँको लागि शुद्ध पार्न र मुक्ति दिनको लागि सत्यताहरू व्यक्त गर्नुहुन्छ र आखिरी दिनहरूको न्यायको काम गर्नुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वर र प्रभु येशू एउटै हुनुहुन्छ, जसले फरक-फरक युगमा फरक-फरक नाम लिनुहुन्छ। सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामलाई अनुभव गरिसकेपछि मात्रै हाम्रो भ्रष्ट स्वभावहरू शुद्ध हुन सक्छन् र हामी परमेश्‍वरको राज्यमा प्रवेश गर्न योग्यका हुन सक्छौँ। यो जानकारी हामीले जान्‍नुपर्ने अत्यन्तै महत्त्वपूर्ण जानकारी हो! सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले परमेश्‍वरको काम सम्‍बन्धी यी रहस्यहरूलाई प्रकट गरिदिए, र हामीलाई भित्रैदेखि तरङ्गित बनाए। साँच्‍चै नै, यी वचनहरू परमेश्‍वरका वचनहरू र आवाज हुन्! किनभने परमेश्‍वरले मात्रै परमेश्‍वरको कामका रहस्यहरू प्रकट गर्न सक्नुहुन्छ, परमेश्‍वरले मात्रै पुरानो युगलाई अन्त्य गरेर नयाँ युगको सुरुवात गर्न सक्‍नुहुन्छ। कुनै पनि व्यक्तिले यो काम गर्न सक्दैन।

हामीले के पनि देख्यौँ भने सर्वशक्तिमान्‌ परमेश्‍वरले अभ्यास सम्‍बन्धी धेरै सत्यताहरू पनि व्यक्त गर्नुभएको छ, जस्तै विश्‍वासका सिद्धान्तहरू, इमानदार व्यक्ति बन्नेसम्बन्धी सिद्धान्तहरू, परमेश्‍वरप्रति समर्पित हुने सम्‍बन्धी सिद्धान्तहरू र परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्ने सम्‍बन्धी सिद्धान्तहरू। यी साँच्‍चै नै अर्थपूर्ण छन्, र यिनले प्रभु येशूका यी वचनहरूले पूर्ण रूपमा पूरा गर्छन्: “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तर, जब उहाँ, अर्थात् सत्यताका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)। हामी सर्वशक्तिमान्‌ परमेश्‍वर नै वास्तवमा फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू परमेश्‍वरका अभिव्यक्ति हुन्, र ती प्रकाशको पुस्तकमा अगमवाणी गरिएको चर्मपत्रको मुट्ठो हुन् भन्‍नेमा पूर्ण रूपमा विश्‍वस्त भयौँ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर, हामीले पहिले कहिल्यै नबुझेका धेरै सत्यताहरू बुझ्यौँ, र सर्वशक्तिमान्‌ परमेश्‍वरसँग प्रार्थना गरेर अनि उहाँका वचनहरू पढेर, हामीले आफ्‍नो दैनिक जीवनमा सामना गर्ने समस्याहरू सबै समाधान भए। हामी साँच्‍चै नै परमेश्‍वरको आमने-सामने रहेर जीवन जिउन थाल्यौँ, हामी अत्यन्तै आशिषित छौँ! प्रभुलाई स्वागत गर्ने विषयमा परमेश्‍वरको आवाज सुन्‍नु अत्यन्तै महत्त्वपूर्ण छ भन्‍ने मैले सिकेँ!

अघिल्लो: ८६. वास्तवमा कसले मेरो परिवार टुक्र्यायो?

अर्को: ८९. म किन सधैँ मेरो कर्तव्य निर्वाहमा अरूभन्दा अलग देखिन खोज्थेँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

३९. अन्तमा मानव जस्तै भएर जिउँदा

झोउ होङ्ग, चीनजब म सन् २०१८ मा मण्डलीको अगुवा भएँ, मैले राम्रो क्षमता भएको अनि सत्यताको खोजी गर्ने याङ थर गरेकी एक जना सिस्टर छिन् भन्‍ने...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्