८७. मैले काटछाँटबाट के प्राप्त गरेँ

मिरियम, जापान

जुन २०२२ मा, म मण्डली अगुवा चुनिएँ। सबै कामका जिम्मेवारी लिने, विभिन्न प्रकारको अनुभव प्राप्त गर्ने, र यसले मेरो जीवन वृद्धिमा मद्दत गर्ने सोचेर, म अत्यन्त उत्साहित भएँ। म यो अभ्यास गर्ने अवसर पाएकीमा परमेश्‍वरप्रति आभारी पनि थिएँ। तर, अगुवाको भूमिकामा नयाँ भएकीले, मलाई धेरै सिद्धान्तहरू थाहा थिएन। यसबाहेक, समस्याहरू देखा पर्दा मैले सिद्धान्तहरू खोज्ने काम गरिनँ, बरु अन्धाधुन्ध तरिकाले जे उचित लाग्यो, त्यति मात्रै गरेँ। परिणामस्वरूप, चाँडै नै मेरो काममा समस्याहरू देखिन थाले। मैले छनोट गरेको एउटा सुपरभाइजरले कर्तव्यमा सधैँ झारा टारूवा बनेर काममा ढिलाइ गरिरहेकी थिइन्। जब माथिल्लो अगुवालाई यसको बारेमा थाहा भयो, उनले मलाई यसरी हप्काइन्, “कर्मचारी नियुक्त गर्ने जस्तो महत्त्वपूर्ण कुरामा, किन सिद्धान्तहरू बेवास्ता गरेर सहकर्मीहरूसँग छलफल नगरी मनोमानी तरिकाले निर्णय गर्नु? कस्तो अहङ्कारी र आत्म-धर्मी!” उनले यस्तो भनेको सुनेर मलाई निकै नराम्रो लाग्यो। मैले अहङ्कारी र आत्म-धर्मी भएको कुरा त स्वीकार गरेँ, तर मलाई निक्कै चिन्ता पनि लाग्यो। सोचेँ, अब मेरो समस्या खुलासा भइसकेको छ, अगुवा र अरू ब्रदर-सिस्टरहरूले म कत्तिको योग्य छु भनेर देख्न सक्ने छन्। यदि एउटै पुरानो समस्या दोहोरिरह्यो भने, के अगुवाले मलाई बर्खास्त गर्छिन् होली? अचम्म, केही समयपछि, मेरो अर्को कार्य पनि मैले आफ्नै तरिकाले गरेकीले फेरि गर्नुपर्‍यो, जसले काममा ढिलाइ गर्‍यो, र मलाई फेरि काटछाँट गरियो। मलाई भनियो, “अगुवाका रूपमा, तपाईंले व्यक्तिगत मामलाहरू सम्हाल्दै हुनुहुन्न, पूरै मण्डलीसँग सम्बन्धित काम गर्दै हुनुहुन्छ। अगुवाहरूले सबै मामलाहरूमा सिद्वान्तहरू खोज्नुपर्छ र सहकर्मीहरूसँग छलफल गर्नुपर्छ। किन तपाईं सधैँ आफ्नै इच्छाले काम गर्नुहुन्छ? तपाईं अत्यन्त अहङ्कारी र आत्म-धर्मी हुनुहुन्छ!” उनीबाट यो कुरा सुनेर मलाई आफ्नो हृदयमा छुरा रोपिएजस्तो लाग्यो, र मैले आँसु रोक्न सकिनँ। उनी सही थिइन्—उनले पहिले नै यो समस्या औँल्याइदिएकी थिइन्। किन मैले उही गल्ती गरेँ? यदि मैले सधैँ आफ्नै तरिकाले काम गरिरहेँ र कर्तव्य निर्वाहमा गडबडी गरेँ भने, मलाई ढिलो वा चाँढो बर्खास्त गरिने पक्का थियो। त्यस समयमा, मेरा वरिपरि केही व्यक्ति थिए जो आफ्ना कर्तव्य निर्वाहमा सत्यताको खोज्दैनथे, बरु आफ्नै तरिकाले कामकुराहरू गर्थे, जसले गर्दा काममा अवरोधहरू आए, अनि उनीहरू काटछाँटमा परे, र केहीलाई बर्खास्त समेत गरियो। यो देखेर म अझ बढी चिन्तित भएँ र डराएँ। मलाई अबदेखि मैले साँच्चै ख्याल गर्नुपर्छ र कहिल्यै गल्ती गर्नु हुँदैन भन्‍ने लाग्यो। अन्यथा, बर्खास्त हुने म अर्को व्यक्ति हुन्थेँ। यदि म साँच्चै बर्खास्त भएँ भने, के मैले अझै राम्रो परिणाम र गन्तव्य पाउँथेँ? त्यसपछि म आफ्नो काममा धेरै सावधानी हुन थालेँ। सामान्य कामको छलफलहरूमा पनि, हामीले आफ्नो विचार व्यक्त गर्नुपर्ने हुँदा, म गलत कुरा बोलेर मेरो समस्या खुलासा होला कि भन्‍ने डरले मुख खोल्न हिच्किचाउँथेँ। कामको फलोअप गर्दा देखिएका समस्यामा सुझाव दिनुपर्दा, फेरि आफैलाई सोध्थेँ, “के यो साँच्चै समस्या हो? म गलत रहेछु भने के अगुवाले मलाई काटछाँट गर्नेछिन्? आ होस्—यो कुरा नउठाउनु नै राम्रो होला। यसो गर्दा कम्तीमा म गलत त हुनेछैन, र मेरो काटछाँट हुनेछैन।” यही सोचले, म आफू निश्चित नभएका कामकुराहरूलाई बेवास्ता गर्थेँ। तर, त्यसले मलाई दोषी भएको महसुस गरायो, र म आफ्नो कामप्रति गैरजिम्मेवार भइरहेको अनुभूति गरेँ। मैले मेरा सहकर्मीहरूलाई सोध्नुपर्छ र उनीहरूको विचार बुझेर मात्र मामलाहरूलाई सम्हाल्नुपर्छ भन्‍ने लाग्यो। त्यसो गर्दा अगुवाले मलाई अहङ्कारी र आत्मा-धर्मी र मनोमानी काम गर्ने भनेर भन्‍ने थिइनन्। एक पटक, मण्डलीले सुसमाचार डिकन चयन गर्नुपर्ने भयो। एकजना ब्रदर सुसमाचार प्रचार गर्न राम्रो थिए, तर अरूले उनमा राम्रो मानवता छैन र उनी अरूमाथि आक्रमण गर्ने र बदला लिने गर्छन् भनी बताए। उनी योग्य उम्मेदवार हुन् कि होइनन्, भनेर मैले भन्न सकिनँ, त्यसैले मैले मेरा सहकर्मीहरूसँग यसबारे छलफल गरेँ। सबैैले उसलाई एक मौका दिनु पर्ने भने। त्यतिबेला मलाई केही असजिलो महसुस भयो र अझै छलफल गर्न चाहन्थेँ, तर फेरि सोचेँ, ती ब्रदर उपयुक्त छैनन् भन्‍ने मलाई मात्र लागेको हो। यदि मैले गलत सुझाव दिएँ भने, के अगुवाले मलाई सिद्वान्त नबुझेकी, अनि अहङ्कारी र आत्म-धर्मी समेत रहेकी भनेर काटछाँट गर्थिनन्? त्यसैले मैले आफ्ना सरोकारहरू उठान गरिनँ, र मैलेे आफूलाई यसरी सान्त्वना पनि दिएँ: मैले सबैको राय लिइसकेकी छु, त्यसैले केही गलत भइहालेमा, म एक्लै जिम्मेवार हुनेछैन। छिटै, माथिल्लो अगुवाले हाम्रो कामको बारेमा अनुगमन गर्दा ती ब्रदरमा राम्रो मानवता नभएको थाहा पाइन्। उनी अरूको सुझावहरू लिँदैनथे, बरु अरूसँग झगडा गर्थे, बदला लिन्थे। अगुवाले भनिन्, “यदि उनलाई तुरुन्तै बर्खास्त गरिएन भने, काम प्रभावित हुनेछ।” उनले यस्तो भनेको सुनेर मलाई निकै दुःख लाग्यो, किनकि मलाई पहिल्यै यो समस्या थाहा थियो, तर यसबारे मेरो निर्णय गलत भयो, र समस्या आइपर्‍यो भने मलाई काटछाँट गरिने डर थियो, त्यसैले मैले केही पनि भनेकी थिइनँ। भाग्यवश अगुवाले यो कुरा थाहा पाएर ती ब्रदरलाई बर्खास्त गरे, नत्र भने काम अवश्य नै प्रभावित हुन्थ्यो। मैले साँच्चै दोषी अनुभूति गरेँ। समस्या छ भन्‍ने मलाई स्पष्ट आभास थियो, तर किन मैले त्यसलाई उठाउने आँट गरिनँ? किन म मण्डलीको कामको रक्षा गर्न असफल भएँ? किन म काटछाँट हुने कुराले धेरै डराएँ? मैले परमेश्‍वरलाई मेरो समस्यालाई बुझ्न मार्गदर्शन गरिदिनुहोस् भनेर प्रार्थना गरेँ।

त्यसपछि एकदिन, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “काम गर्ने क्रममा कतिपय मानिसहरूले आफ्‍नै इच्‍छा पछ्याउँछन्। तिनीहरूले सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, अनि तिनीहरूलाई काटछाँट गरिँदा, तिनीहरूले केवल शब्दहरूले मात्र अहङ्कारी भएको स्विकार्छन् र तिनीहरूसँग सत्यता नभएकोले मात्रै तिनीहरूबाट गल्ती भएको हो भन्छन्। तिनीहरूले आफ्नो हृदयमा भने यसो भनेर गुनासो गर्छन्, ‘मबाहेक अरू कसैले पनि खतरा मोल्दैनन्—अनि अन्तिममा, केही गलत हुँदा, तिनीहरूले सबै जिम्मेवारी ममाथि थोपर्छन्। के यो मेरो मूर्खता होइन र? अर्को पटक म त्यसरी खतरा मोलेर त्यही कुरा गर्न सक्दिनँ। थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ!’ यस मनोवृत्तिको बारेमा तिमीहरूलाई के लाग्छ? के यो पश्‍चात्तापको मनोवृत्ति हो? (होइन।) यो के मनोवृत्ति हो त? के तिनीहरू धूर्त र छली बनिरहेका छैनन् र? तिनीहरूले आफ्नो मनमा यस्तो सोच्छन्, ‘यस पटक म भाग्यशाली भएँ, यसले विपत्ति ल्याएन। भनाइ नै छ, हरेक गल्तीबाट सिकिन्छ। भविष्यमा म अझै होसियार हुनुपर्छ।’ तिनीहरूले सत्यता खोजी गर्दैनन्, कुनै मामलासँग व्यवहार गर्न र त्यसलाई सम्हाल्न आफ्‍नो छुद्र चाल र चतुर युक्ति प्रयोग गर्छन्। के तिनीहरूले यसरी सत्यता प्राप्त गर्न सक्छन् र? सक्दैनन्, किनभने तिनीहरूले पश्‍चात्ताप गरेकै हुँदैनन्। पश्‍चात्ताप गर्दा गर्नुपर्ने पहिलो कुरा आफूले गरेको गल्ती पहिचान गर्नु हो: तैँले कहाँ गल्ती गरिस्, समस्याको सार के थियो, अनि तैँले कस्तो भ्रष्ट स्वभाव प्रकट गरिस् भनी बुझ्नु हो; तैँले यी कुराहरू मनन गर्नु र सत्यता स्विकार्नुपर्छ, त्यसपछि सत्यताअनुसार अभ्यास गर्नुपर्छ। यो मात्रै पश्‍चात्तापको मनोवृत्ति हो। अर्कोतर्फ, यदि तैँले विस्तृत रूपमा धूर्त शैलीहरूका बारेमा विचार गर्छस्, तँ पहिलेभन्दा छली बन्छस्, तेरा तरिकाहरू अझै चलाख र गुप्त हुन्छन्, अनि तँसँग परिस्थिति सामना गर्ने अझै बढी विधिहरू हुन्छन् भने, यो समस्या केवल छली बन्‍नुजस्तो सरल छैन। तैँले छलपूर्ण माध्यमहरूको प्रयोग गरिरहेको छस् र तँसँग रहस्यहरू छन्, जसलाई तँ खोल्न सक्दैनस्। यो दुष्टता हो। तैँले पश्‍चात्ताप नगरेको मात्र छैनस्, तँ झन् धूर्त र छलीसमेत बनेको छस्। परमेश्‍वरले तँलाई अत्यन्तै हठी र दुष्ट, सतही रूपमा आफ्नो गल्ती मान्‍ने अनि काटछाँट स्विकार्ने, तर वास्तवमा अलिकति पनि पश्‍चात्तापी मनोवृत्ति नभएको व्यक्तिको रूपमा हेर्नुहुन्छ। म किन यसो भन्छु? किनभने यो घटना भइरहेको वा भएपछिको अवस्थामा, तैँले सत्यता बिलकुलै खोज्दै खोजिनस्, चिन्तन गर्ने वा आफूलाई चिन्‍ने प्रयास गर्दै गरिनस्, र सत्यताअनुसार अभ्यास गर्दै गरिनस्। तेरो मनोवृत्ति भनेको समस्या समाधान गर्नको लागि शैतानका दर्शन, तर्क र विधिहरू प्रयोग गर्नु हो। वास्तवमा, तैँले यो समस्यालाई पन्छाइरहेको छस्, र यसलाई अरूले देख्दै नदेखून् भनेर, गल्तीको निशान नछोडी, राम्रोसित पोको पार्दै छस्। अन्त्यमा, तँलाई तँ निकै बाठो छस् भन्‍ने लाग्छ। परमेश्‍वरले यी कुराहरूलाई हेर्नुहुन्छ, तैँले आफूमाथि समस्या आइपर्दा साँचो रूपमा मनन गरेको, आफ्नो पाप स्वीकार गरेको, र पश्‍चात्ताप गरेको, त्यसपछि सत्यताको खोजी गर्न र सत्यताअनुसार अभ्यास गर्न अघि बढेको कुरालाई हेर्नुहुन्‍न। तेरो मनोवृत्ति सत्यताको खोजी गर्ने वा सत्यताको अभ्यास गर्ने मनोवृत्ति होइन, न त यो परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुने मनोवृत्ति नै हो, बरु यो त तेरो समस्यालाई समाधान गर्नको लागि शैतानका तरिका र विधिहरूको प्रयोग गर्ने मनोवृत्ति हो। तैँले अरूमा गलत छाप छोड्छस् र परमेश्‍वरद्वारा प्रकाश गरिने कुराको प्रतिरोध गर्छस्, अनि तँ परमेश्‍वरले तेरो लागि योजनाबद्ध गर्नुभएका परिस्‍थितिहरूविरुद्ध प्रतिरक्षा र मुकाबला गर्छस्। यसको अर्थ तेरो हृदय पहिलेको भन्दा बढी बन्द र परमेश्‍वरदेखि छुटिएको छ। अनि यसरी, के यसबाट कुनै राम्रो नतिजा आउँछ त? के तँ अझै पनि ज्योतिमा, शान्ति र आनन्दमा रमाउँदै जिउन सक्छस्? सक्दैनस्। यदि तँ सत्यताबाट अलग बस्छस् र परमेश्‍वरबाट पनि अलग बस्छस् भने, तँ निश्‍चय नै अन्धकारमा खस्‍नेछस् अनि रुनेछस् र दाह्रा किट्नेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै व्यक्तिले परमेश्‍वरबारे आफ्‍ना धारणा र गलतफहमीहरू समाधान गर्न सक्छ)। परमेश्‍वरका वचनहरूले मलाई सत्यतालाई प्रेम र स्वीकार गर्नेहरूले काटछाँटपछि सत्यताको खोजी गर्न सक्षम हुन्छन्, आत्म-चिन्तन गरेर आफ्नो गल्ती कहाँ भएको थाहा पाउँछन्, उनीहरूले कस्ता भ्रष्ट स्वभावहरू खुलासा गरे, र तिनलाई कसरी समाधान गर्नुपर्छ भन्‍ने कुरा बुझ्न सहयोग गरे। त्यसपछि, उनीहरूले सिद्धान्तअनुसार आफ्नो कर्तव्य पूरा गर्न सक्छन्। साँच्चै काटछाँट स्वीकार गर्नु र वास्तविक पश्चात्ताप देखाउनु भनेको यही हो। तर जब सत्यता स्वीकार नगर्नेहरूलाई काटछाँट गरिन्छ, उनीहरूले मुखले मात्र आफ्नो गल्ती स्वीकार्न सक्छन्, तर उनीहरूले सत्यताको खोजी गर्दैनन् वा आत्म-चिन्तन गरेर आफूलाई चिन्न खोज्दैनन्। बरु, उनीहरू चतुर र छली तरिकाहरू अपनाएर आफूलाई ढाकछोप गर्छन्, आफ्ना समस्याहरू अरूलाई देखाउँदैनन्, ताकि उनीहरूले आफूलाई बचाउन सकून्। त्यस्ता व्यक्ति छलकपट गर्ने मात्र होइन; उनीहरू दुष्ट पनि हुन्। मैले परमेश्‍वरका वचनहरूमा प्रकट भएका कुराहरूसँग आफूलाई दाँज्दै आत्मचिन्तन गरेँ। म पहिलो पटक अगुवा हुँदा, मलाई धेरै सिद्धान्त थाहा थिएन, र खोज्ने प्रयास पनि गरिनँ; मैले आफ्नै तरीकाले काम गरेँ। त्यसले काममा अवरोध पुर्‍यायो। अगुवाले मलाई सहयोग गर्नका लागि मेरो समस्या औँल्याइदिइन्। तर, मैले आफूले गल्ती गरेको स्विकारे पनि, त्यसपछि मैले आफूबारे चिन्तन गरिनँ, न त सिद्धान्तहरू बुझ्न प्रयास नै गरेँ। मैले केवल अनुमानको आधारमा काम गरेँ र सतर्क भइरहेँ। अगुवाले म कति योग्य छु भनी पहिल्यै देखिसकेकाले, अब मैले फेरि गल्ती गरे भने मलाई बर्खास्त गरिनेछ, जसले गर्दा मेरो परिणाम र गन्तव्य राम्रो हुनेछैन भन्‍ने सोचेँ। त्यसैले, सबैतिर आफूलाई जति सक्दो ढाकछोप गर्न खोजेँ, मेरा समस्या र कमजोरी अरूलाई देखाउन चाहिनँ। मैले जे बोल्थेँ र जे गर्थेँ, सबै कुरामा म अत्यन्तै सावधान हुन्थेँ। यदि मेरो विचार गलत भयो भने मलाई काटछाँट गर्लान र त्यसले मलाई थप समस्याहरू निम्त्याउन सक्छ भन्‍ने सोचेर, म कुनै समस्या उठाउन वा विचार व्यक्त गर्नुअघि फाइदा र बेफाइदाको हिसाबकिताब गर्थेँ। म केवल त्यतिबेला मात्र केही भन्थेँ जब कुनै पनि समस्या आइनपर्ने कुराको पूर्णरूपमा सुनिश्चित हुन्थ्यो। जुन कुरामा म अनिश्चित हुन्थेँ, त्यसबारे एक शब्द पनि बोल्दिनथेँ, र समस्यालाई बेवास्ता गर्दा काममा कस्तो असर पर्ला भन्‍ने विचार गर्दिनथेँ। अनि जिम्मेवारी लिन नपरोस् भनेर, कसैलाई चयन गर्नुपर्ने बेलामा, म सहकर्मीहरूको सुझाव माग्थेँ, तर यो केवल देखावटीका लागि थियो। उनीहरूको सुझावप्रति म सन्तुष्ट नभए पनि, थप छलफल गरिनँ, जसले गर्दा गलत व्यक्ति चयन हुन पुग्यो। त्यो कुरा ब्रदर-सिस्टर र कामका लागि समेत हानिकारक थियो। जब मेरो काटछाँट गरियो, मैले बिल्कुल कुनै पश्चात्ताप नदेखाएको पाएँ। बरु, म अझै चतुर र छलकपट गर्ने बनेँ, मैले कसरी गल्ती नगर्ने र काटछाँटबाट बच्ने भनेर निरन्तर सोचेँ, म परमेश्‍वर र अगुवाहरूबाट सधैँ सचेत रहेँ। मैले यसरी कर्तव्य निर्वाह गर्ने कुरा परमेश्‍वरको नजरमा घिनलाग्दो र अप्रिय थियो। यस्तो पाराले म कहिल्यै पवित्र आत्माको काम र मार्गदर्शन प्राप्त गर्न सक्दिनथेँ। यदि मैले पश्चाताप गरिनँ भने, अन्ततः मलाई परमेश्‍वरले तिरस्कार गर्नुहुनेछ र हटाउनुहुनेछ भन्‍ने मलाई थाहा थियो।

एक पटक मेरो भक्तिको क्रममा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, जहाँ उहाँले ख्रीष्टविरोधीहरूलाई काटछाँट गर्दा उनीहरूले कसरी प्रतिक्रिया दिन्छन् भन्‍ने बारे खुलासा गर्नुभएको छ, जसले मलाई मेरो आफ्नै समस्यालाई बुझ्न मद्दत गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरको घरमा काम गर्ने कतिपय ख्रीष्टविरोधीहरूले गल्तीहरू नगर्न, काटछाँट नभोग्न, माथिको रिस नउठाउन वा आफूले खराब काम गरेको अगुवाहरूलाई थाहा नदिन एकदमै सावधानीसाथ काम गर्ने मनमनै सङ्कल्प गर्छन्, र यदि तिनीहरूले असल कार्य गर्दै छन् भने त्यो कुरा मानिसहरूले देखून् भन्‍ने सुनिश्‍चित गर्छन्। तैपनि, जति नै सावधान भए पनि, तिनीहरूको मनसाय र तिनीहरूले लिने मार्ग गलत हुने भएकाले, अनि तिनीहरूले प्रसिद्धि, प्राप्ति, र हैसियतको लागि मात्र बोल्ने र काम गर्ने र सत्यता कहिल्यै नखोज्ने हुनाले, तिनीहरूले प्राय सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, मण्डलीको काममा बाधा र व्यवधान ल्याउँछन्, शैतानका दासहरूको रूपमा काम गर्छन् र बारम्बार धेरै अपराधहरूसमेत गर्छन्। त्यस्ता मानिसहरूले प्राय: सिद्धान्तहरू उल्‍लङ्घन गर्नु र अपराधहरू गर्नु एकदमै सामान्य र खाट्टी कुरा हो। त्यसकारण, तिनीहरू काटछाँटमा पर्नबाट जोगिन अवश्‍य नै निकै गाह्रो हुन्छ। तिनीहरूले के देखेका छन् भने कतिपय ख्रीष्टविरोधीलाई खुलासा गरेर हटाइएका छन् किनभने तिनीहरूलाई कडाइका साथ काटछाँट गरिएको छ। तिनीहरूले यी कुरा आफ्नै आँखाले देखेका छन्। ख्रीष्टविरोधीहरू किन यति सतर्कतासाथ काम गर्छन्? एउटा कारणचाहिँ पक्‍कै पनि के हो भने, तिनीहरू खुलासा हुने र हटाइने डर मान्छन्। तिनीहरू सोच्ने गर्छन्, ‘म अत्यन्तै होसियार हुनुपर्छ—आखिर, ‘सतर्कता नै सुरक्षाको आधार हो’ र ‘असल व्यक्तिको जीवनमा शान्ति हुन्छ।’ मैले यी सिद्धान्तहरू पालना गर्नुपर्छ र हरक्षण आफूलाई गलत काम गर्न वा समस्यामा पर्नबाट जोगिन स्मरण गराउनुपर्छ, अनि आफ्ना भ्रष्टता र अभिप्रायहरू दबाउनुपर्छ र ती कुराहरू कसैलाई देख्न लगाउनु हुँदैन। मैले गलत काम गरिनँ र म अन्त्यसम्‍मै दृढ रहेँ भने, आशिष्‌हरू प्राप्त गर्नेछु, र म विपत्तिहरूबाट जोगिनेछु, र परमेश्‍वरमाथिको विश्‍वासमा मैले केही प्राप्त गर्नेछु!’ तिनीहरूले प्राय यसरी नै आफूलाई प्रोत्साहन, उत्प्रेरणा र उत्साह दिन्छन्। भित्री रूपमा, तिनीहरूलाई लाग्छ कि यदि तिनीहरूले गल्ती गरे भने, आशिष्‌हरू पाउने तिनीहरूको मौका उल्लेखनीय रूपमा घट्नेछ। के तिनीहरूको हृदयको गहिराइमा यस्तै हिसाबकिताब र विश्‍वास हुँदैन र? ख्रीष्टविरोधीहरूको यो हिसाबकिताब वा विश्‍वास सही छ कि गलत छ भन्‍ने कुरालाई एकातिर पन्छाएर हेर्दा, यसको आधारमा तिनीहरूले आफ्नो काटछाँट हुँदा सबैभन्दा बढी के कुराको चिन्ता गर्छन्? (आफ्ना सम्‍भाव्यता र नियतिको बारेमा।) तिनीहरूले काटछाँट हुनुलाई आफ्नो सम्‍भाव्यता र नियतिसँग जोड्छन्—यो तिनीहरूको दुष्ट प्रकृतिसँग सम्‍बन्धित हुन्छ। तिनीहरूले मनमनै सोच्छन्: ‘के म हटाइन लागेको हुनाले मलाई यसरी काटछाँट गरिएको हो? के यो मेरो आवश्यकता नभएकोले गरिएको हो? के परमेश्‍वरको घरले मलाई यो कर्तव्य निर्वाह गर्नबाट रोक्दै छ? के म भरपर्दो देखिँदिनँ र? के मलाई मभन्दा असल व्यक्तिद्वारा प्रतिस्थापित गरिनेछ? यदि म हटाइएँ भने, के मैले अझै आशिष्‌ पाउन सक्‍नेछु? के म अझै पनि स्वर्गको राज्य प्रवेश गर्न सक्‍नेछु? मेरो कार्य प्रस्तुति त्यति सन्तोषजनक छैन जस्तो छ, त्यसकारण भविष्यमा म अझै होशियार हुनुपर्छ, र मैले आज्ञाकारी हुन र राम्रो व्यवहार गर्न सिक्‍नुपर्छ, र कुनै समस्या पैदा गर्नु हुँदैन। मैले धैर्य गर्न र शिर झुकाएर बाँच्न सिक्‍नुपर्छ। हरेक दिन जब म काम गर्छु, तब म तरबारको धारमा हिँडिरहेको छु भन्‍ने कल्‍पना गर्नुपर्छ। मैले आफ्नो सतर्कता त्याग्‍नु हुँदैन। यस पटक मैले लापरवाही रूपमा आफैले आफूलाई उदाङ्गो पारेर काटछाँटमा परेको भए पनि, तिनीहरूको भाव त्यति कडा सुनिएन। समस्या त्यति गम्भीर छैन जस्तो लाग्यो, मसँग अझै पनि मौका छ जस्तो छ—म अझै पनि विपत्तिहरूबाट उम्कन सक्छु र मैले अझै आशिष् पाउन सक्छु, त्यसकारण मैले यसलाई नम्रतासाथ स्वीकार गर्नुपर्छ। मलाई बर्खास्त गरिने, हटाइने वा निष्कासित गरिने जस्तो त पक्‍कै छैन, त्यसैले मैले यसरी नै काटछाँट स्विकार्न सक्छु।’ के यो काटछाँट स्विकार्ने मनोवृत्ति हो? के यो साँच्‍चै नै आफ्नो भ्रष्ट स्वभाव चिन्‍नु हो? के यो साँच्‍चै पश्‍चात्ताप गरेर नयाँ बन्‍न चाहनु हो? के यो सिद्धान्तहरूअनुसार काम गर्ने साँचो सङ्कल्प गर्नु हो? अहँ, होइन। त्यसोभए, तिनीहरूले किन यस्तो व्यवहार गर्छन्? तिनीहरूले विपत्तिहरूबाट उम्कन र आशिष् पाउन सकिएला भन्‍ने सानो आशाको कारण यसो गर्छन्। त्यो सानो आशा रहुन्जेलसम्‍म, तिनीहरूले आफूलाई त्याग्‍न सक्दैनन्, तिनीहरूले आफ्नो साँचो रूप प्रकट गर्न सक्दैनन्, तिनीहरूले अरूलाई आफ्नो हृदयभित्र के छ भनेर बताउन सक्दैनन्, र तिनीहरूले आफूभित्र रहेको द्वेषबारे अरूलाई थाहा दिन सक्दैनन्। तिनीहरूले यी कुराहरू लुकाउनैपर्छ, आफ्‍नो खास रूप लुकाउनैपर्छ, र अरूलाई तिनीहरू वास्तवमा को हुन् भनेर देखाउनै हुँदैन। त्यसकारण, काटछाँट भएपछि तिनीहरू पटक्‍कै परिवर्तन हुँदैनन्, र तिनीहरूले पहिलेकै शैलीमा कामकुरा जारी राख्छन्। त्यसैले, तिनीहरूको व्यवहारपछाडि रहेको सिद्धान्त के हो? सबै कुरामा आफ्नै हितहरू रक्षा गर्नु। तिनीहरूले जे-जस्ता गल्तीहरू गरे पनि, तिनीहरूले अरूलाई थाहा दिँदैनन्; तिनीहरूलाई आफू वरपरका सबैलाई तिनीहरू कुनै त्रुटि वा कमीकमजोरी नभएका सिद्ध व्यक्ति हुन्, र तिनीहरूले कहिल्यै गल्ती गर्दैनन् भनेर सोच्न लगाउनैपर्छ। तिनीहरू आफूलाई यसरी नै ढाकछोप गर्छन्। लामो समयसम्म आफ्नो रूप लुकाएपछि, तिनीहरूलाई विपत्तिहरूबाट उम्कने, आशिष् पाउने, र स्वर्गको राज्य प्रवेश गर्ने कुरा लगभग निश्‍चित छ भन्‍ने आत्मविश्‍वास हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। मैले परमेश्‍वरका वचनबाट के देखेँ भने जब ख्रीष्टविरोधीहरूलाई सिद्धान्त उल्लङ्घन वा दुष्टता गरेको कारणले काटछाँट गरिन्छ, तब उनीहरू सबैभन्दा धेरै चिन्ता हटाइन्छौँ र त्यसपछि कुनै पनि आशिष् पाउनेछैनौँ भन्‍ने कुराको हुन्छ। त्यसैले, त्यसपछि उनीहरू आफ्नो काममा अत्यन्तै सतर्क हुन्छन्, मानिस र परमेश्‍वरप्रति प्रतिरक्षात्मक बन्छन्। उनीहरू सोच्छन्, जबसम्म आफूहरूले कुनै गल्ती गर्दैनन् र अरूलाई आफ्नो कमजोरी पत्ता लगाउने ठाउँ दिँदैनन्, तबसम्म उनीहरूले आफ्नो पद कायम राख्न सक्छन् र उनीहरूको आशिष् सुनिश्चित हुनेछ। मैले ख्रीष्टविरोधीहरू अत्यन्तै स्वार्थी, घृणित, कपटी र दुष्ट देखेँ। उनीहरू आशिष् प्राप्त गर्नका लागि मात्र परमेश्‍वरमाथि विश्‍वास गर्छन्। जब उनीहरूलाई काटछाँट गरिन्छ, उनीहरूको ध्यान केवल आफ्नो भविष्य र स्वार्थमा केन्द्रित हुन्छ। उनीहरू केही समयका लागि देखावटी राम्रो व्यवहार गर्ने र आज्ञाकारी बन्ने प्रयास गर्न सक्छन्, ताकि उनीहरू विपत्तिबाट बच्न मण्डलीमा रहिरहन सकून्। मैले काटछाँटप्रतिको मेरो दृष्टिकोण ख्रीष्टविरोधीहरूको व्यवहार, काटछाँटलाई आशिष् प्राप्तिसँग जोड्ने कुरासँग मेल खाने देखेँ। जब म काटछाँट गरिएँ, मैले अगुवाले मलाई बर्खास्त गर्लिन् कि नगर्लिन् भनी अनुमान गरिरहेकी थिएँ, र मेरो भविष्य र गन्तव्य राम्रो हुन्छ-हुदैन भनेर चिन्तित थिएँ। त्यसपछि म आफ्नो कर्तव्य निर्वाहमा निकै सतर्क हुन थालेँ। मैले सुझाव दिनु पर्दा वा कुनै समस्या उठाउनु पर्दा त्यसबारे बारम्बार सोच्थेँ, किनभने मलाई गल्ती गरुँला र आफ्ना कमजोरीहरू खुलासा होलान् भन्‍ने धेरै डर थियो। त्यसपछि अगुवाले मेरो योग्यता थाहा पाएर मलाई बर्खास्त गर्नेथिइन्। जब मैले मेरो वरपरका अन्य ब्रदर-सिस्टरहरूलाई बर्खास्त गरेको देखेँ, म परमेश्‍वरप्रति अझै बढी प्रतिरक्षात्मक भएँ, मबाट गल्ती होला अनि फेरि काटछाँट वा बर्खास्तमा परुँला भनेर डराएँ। मैले साँच्चिकै काटछाँट स्वीकार गरेकी थिइनँ, न त आफूलाई आत्मचिन्तन गरेर आफ्नो गल्ती देखेकी थिएँ। म खालि अन्धो भएर परमेश्‍वरप्रति प्रतिरक्षात्मक भएँ र आफ्नो वास्तविक अनुहार लुकाउन कपटपूर्ण तरिका प्रयोग गरेँ। मैले सोचेँ, जबसम्म म आफ्नो कमीकमजोरी लुकाउँछु, र थप गल्ती गर्दिनँ वा काटछाँटमा पर्दिनँ, तबसम्म मलाई बर्खास्त गरिनेछैन, र त्यसपछि म मण्डलीमा रहिरहन र राम्रो परिणाम र गन्तव्य प्राप्त गर्न सक्नेछु। म सधैँ परमेश्‍वरसँग सतर्क थिएँ, आफ्नो व्यक्तिगत नाफा वा नोक्सान हिसाब गर्न दिमाग खियाइरहेकी थिएँ। मैले समस्याहरू देखेँ तर न त कुनै खोजी गरेँ न त तिनीहरूबारे जानकारी नै गराएँ। मैले केवल आफूलाई जोगाउनमा मात्र ध्यान दिएँ र मण्डली कामको बारेमा कहिल्यै विचार गरिनँ। म अति स्वार्थी र कपटी थिएँ। यसरी आफूलाई लुकाउँदा, मैले केही समयका लागि अगुवालाई छलेर तल्काल बर्खास्त हुनबाट बच्न सकेपनि, यदि मैले कहिल्यै आत्म-चिन्तन, पश्चाताप, वा परिवर्तन गरिनँ भने, ढिलो वा चाँडो मलाई परमेश्‍वरले खुलासा गर्नुहुनेछ र हटाउनुहुनेछ। यो कुरा बुझेपछि, मैले प्रार्थना गरेँ, पश्चाताप गर्न र आफ्नो समस्याको समाधानका लागि सत्यता खोज्न तयार भएँ।

मेरो खोजीमा, मैले काटछाँट हुँदा सही ढङ्गले कसरी सम्हाल्ने भन्‍नेबारे परमेश्‍वरका केही वचन पढेँ। परमेश्‍वरका वचनले भन्छन्: “वास्तवमा, परमेश्‍वरको घरले मानिसहरूलाई नितान्त रूपमा तिनीहरूले कर्तव्य निर्वाह गर्दा स्वेच्छाचारी र मनोमानी ढङ्गले काम गरेकोले, र यसरी परमेश्‍वरको घरको काममा बाधा र अवरोध ल्याएकोले, र तिनीहरूले मनन वा पश्‍चात्ताप नगरेकोले मात्र काटछाँट गर्छ—तब मात्रै परमेश्‍वरको घरले तिनीहरूलाई काटछाँट गर्छ। यस्तो अवस्थामा, के तिनीहरूलाई काटछाँट गरिनुको अर्थ तिनीहरूलाई हटाइनु भन्‍ने हुन्छ र? (अहँ, हुँदैन।) अवश्य नै हुँदैन, मानिसहरूले यसलाई सकारात्मक रूपमा स्विकार्नुपर्छ। यस प्रसङ्गमा, कुनै पनि काटछाँट, चाहे त्यो परमेश्‍वरले गर्नुभएको होस् वा मानिसले गरेको होस्, चाहे त्यो अगुवा र सेवकहरूबाट आएको होस् वा ब्रदर-सिस्टरहरूबाट आएको होस्, त्यो दुर्भावनाले गरिएको हुँदैन, र त्यो मण्डलीको कामका लागि फाइदाजनक हुन्छ। व्यक्तिले स्वेच्छाचारी र मनोमानी ढङ्गले काम गर्दा र परमेश्‍वरको घरको काममा बाधा दिँदा उसलाई काटछाँट गर्न सक्नु न्यायसङ्गत र सकारात्मक कुरा हो। यो इमानदार मानिसहरू र सत्यतालाई प्रेम गर्ने मानिसहरूले गर्नुपर्ने कुरा हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। “काटछाँट हुने कुरा आउँदा, मानिसहरूले कम्तीमा पनि जान्‍नुपर्ने कुरा के हो? व्यक्तिले आफ्‍नो कर्तव्य पर्याप्त रूपमा पूरा गर्न काटछाँट अनुभव गर्नैपर्छ—यो अपरिहार्य कुरा हो। यो मानिसहरूले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा मुक्ति प्राप्त गर्नका निम्ति दैनिक रूपमा सामना गर्नुपर्ने र नियमित अनुभव गर्नुपर्ने कुरा हो। काटछाँट गरिनबाट कोही पनि टाढा हुन सक्दैन। के कसैको काटछाँट गर्नु उसका सम्भाव्यता र भवितव्यसँग सम्‍बन्धित कुरा हो? (होइन।) त्यसो भए, कसैलाई केको लागि काटछाँट गरिन्छ? के यो उसलाई दोष दिनको लागि गरिन्छ? (होइन, यो मानिसहरूलाई सत्यता बुझ्न र सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्न मदत गर्नलाई गरिन्छ।) त्यो सही हो। यो यसको सबैभन्दा सही बुझाइ हो। कसैलाई काटछाँट गर्नु भनेको एक प्रकारको अनुशासन हो, एक प्रकारको ताडना हो, र स्वाभाविक रूपमा यो मानिसहरूलाई सहायता गर्ने र उपचार गर्ने तरिका पनि हो। काटछाँट गरिँदा, तैँले समयमै तेरो गलत खोजीलाई परिवर्तन गर्ने मौका पाउँछस्। यसले तँलाई हाल तँभित्र भएका समस्याहरूलाई तुरुन्तै पहिचान गर्न, अनि तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई समयमै पहिचान गर्न मदत गर्छ। जे-जस्तो नै भए पनि, काटछाँटले तँलाई तेरा गल्तीहरू चिन्न र सिद्धान्तअनुसार आफ्ना कर्तव्यहरू पूरा गर्न मदत गर्छ, यसले तँलाई विचलनहरू निम्त्याउन र बरालिनदेखि समयमै जोगाउँछ, र यसले तँलाई ठूला समस्याहरू पैदा गर्नदेखि बचाउँछ। के यो मानिसहरूका लागि सबैभन्दा ठूलो सहयोग, सबैभन्दा ठूलो उपचार होइन र? विवेक र समझ भएका व्यक्तिहरूले काटछाँट भोग्नुलाई सही रूपमा हेर्न सक्नुपर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। मैले उहाँको वचनहरूबाट काटछाँट गर्नु मानिसलाई शुद्ध पार्ने र सिद्ध बनाउने एक तरिका हो भन्‍ने थाहा पाएँ। यो जीवनमा वृद्धि हुने प्रक्रियामा हामीले सामना गर्नै पर्ने र भोग्नै पर्ने कुरा पनि हो। काटछाँटका वचनहरू कहिलेकाहीँ धेरै कठोर र मार्मिक हुन सक्छन्, तर ती हाम्रा भ्रष्ट स्वभावहरूप्रति लक्षित हुन्छन्। यसले हाम्रा भ्रष्टता र विद्रोहलाई सोझै खुलासा र विश्लेषण गर्छ। यसले हामीप्रति बिल्कुल कुनै पनि द्वेषभाव राख्दैन, र यो हामीलाई दोषी ठहर गरेर हटाउनका लागि होइन—यो हाम्रो भविष्य र भाग्यसँग सम्बन्धित छैन। तर मैले काटछाँट हुनु भनेको दोषी ठहरिनु हो, र मलाई बर्खास्त गरी हटाइनेछ भन्‍ने विकृत अर्थ लगाएँ। यसरी परमेश्‍वरलाई गलत बुझ्नु भनेको उहाँको धार्मिकतालाई अस्वीकार गर्नु र उहाँविरुद्ध निन्दा गर्नु हो! अगुवाले मलाई काटछाँट गर्नुको मुख्य कारण मेरो अहङ्कार र आत्म-धार्मिकता, अनि मनमानी ढङ्गले काम गरी मण्डलीको काममा बाधा पुर्‍याएकाले थियो, जुन साँच्चै क्रोधित पार्ने कुरा हो। मण्डलीको कामको रक्षाका लागि मैले छिटोभन्दा छिटो सुधार गरौँ भन्‍ने अगुवाको चाहना थियो। कडा स्वरमा कुरा गर्नु संसारकै सबैभन्दा सामान्य कुरा थियो, तर उनले मलाई बर्खास्त गर्न खोजिरहेकी थिइनन्। ती काटछाँटका शब्दहरूले मेरो समस्या, विचलन, र भ्रष्ट स्वभावहरूलाई ठ्याक्कै समातेका थिए, र तिनले समस्याको गम्भीरता बुझ्न मलाई सक्षम बनाए। मेरो मन यति संवेदनहीन र कठोर थियो कि त्यो विना, मैले सल्लाहका दयालु शब्दहरूलाई पूरै उपेक्षा गरेको हुने थिएँ, र उही गल्ती गरिरहने थिएँ। अनि, मैले आफ्नो कर्तव्यमा कहिल्यै प्रगति गर्ने थिइनँ। म दुष्टता गरिरहने र मण्डलीको काममा बाधा पुर्‍याइरहने थिएँ। प्रत्येक पटक मलाई काटछाँट गरिँदा, त्यसले मेरो विचलन र गल्तीलाई तुरुन्तै सुधार्थ्यो, र मेरो दुष्टतामा रोक लगाउँथ्यो। यही कुरा वास्तवमै मेरा लागि सबैभन्दा लाभदायक थियो। मैले सत्यतामा सबैभन्दा धेरै लाभ उठाएको समयलाई राम्ररी विचार गर्दा, त्यो तिनै क्षणहरूबाट आयो, जहाँ मैले ठेस खाएँ, लडेँ, र म काटछाँट परेँ। मैले साँच्चिकै के महसुस गरेँ भने काटछाँट गर्नु भनेको हामीलाई न्याय र शुद्धीकरण गर्ने सबैभन्दा परमेश्‍वरको राम्रो र प्रभावकारी तरिका हो। मेरा लागि काटछाँटको अनुभव गर्न पाउनु भनेको परमेश्‍वरको अनुग्रह र उहाँको विशेष कृपा हो। तर मैले सत्यता खोजिनँ, न त आत्म-चिन्तन गरेँ। म निरन्तर परमेश्‍वरप्रतिको गलत बुझाइभित्र जिइरहेकी, आफ्नो भविष्य र भाग्यको चिन्ता गरिरहेकी थिएँ। म सारै अविवेकी थिएँ र मेरा लागि के राम्रो हो भन्‍ने नै थाहा थिएन।

एक पटकको भेलामा, मैले परमेश्‍वरका वचनहरूका यो खण्ड पढेँ, जसले मलाई निकै प्रभाव पार्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि कसैले आफ्‍नो कर्तव्य निभाउँदा सधैँ आफ्‍नै हित र सम्भाव्यताहरूको लागि योजना बनाइरहेको हुन्छ, अनि मण्डलीको काम वा परमेश्‍वरको घरका हितहरूका बारेमा केही विचार गर्दैन भने, यो त कर्तव्य निर्वाह गर्नु होइन। यो अवसरवाद हो, यो आफ्नै लाभको लागि कामकुराहरू गर्नु र आफ्नै लागि आशिष्‌हरू प्राप्त गर्नु हो। यसरी, तिनीहरूको कर्तव्य गराइको प्रकृति परिवर्तन हुन्छ। त्यो परमेश्‍वरसित मोलमोलाइ गर्नु, र आफ्नो कर्तव्यपालन प्रयोग गरेर आफ्ना लक्ष्यहरू हासिल गर्न चाहनु मात्र हो। कामकुराहरू गर्ने त्यो तरिकाले परमेश्‍वरको घरको काममा बाधा पुर्‍याउने ठूलो सम्भावना हुन्छ। यदि त्यसले मण्डलीको काममा सानो क्षति मात्र पुर्‍याउँछ भने, अझै पनि छुटकाराको ठाउँ हुन्छ र तिनीहरूलाई हटाउनुको साटो अझै पनि कर्तव्य निभाउने अर्को अवसर दिन सकिन्छ; तर यदि त्यसले मण्डलीको काममा ठूलो क्षति पुर्‍याउँछ र परमेश्‍वर र मानिसहरू दुबैलाई क्रोधित तुल्याउँछ भने, तिनीहरूको खुलासा गरेर हटाइनेछ, र तिनीहरूलाई कर्तव्य निभाउने थप अवसर दिइनेछैन। कतिपय मानिसहरू यसरी नै बर्खास्त र निष्कासित हुन्छन्। तिनीहरू किन निष्कासित हुन्छन्? के तिमीहरूले यसको मूल कारण भेट्टाएका छौ? यसको मूल कारण के हो भने, तिनीहरू सधैँ आफ्नै फाइदा र क्षतिहरूबारे मात्र विचार गर्छन्, आफ्नै हितहरूमा लिप्त हुन्छन्, देहविरुद्ध विद्रोह गर्न सक्दैनन्, र परमेश्‍वरप्रति समर्पित मनोवृत्ति बिलकुलै राख्दैनन्, त्यसैले तिनीहरूमा लापर्बाहीपूर्वक व्यवहार गर्ने प्रवृत्ति हुन्छ। तिनीहरूले नाफा, अनुग्रह, र आशिष्‌हरू प्राप्त गर्नको निम्ति मात्र परमेश्‍वरमा विश्‍वास गर्ने तर सत्यता प्राप्त गर्नको निम्ति बिलकुलै विश्‍वास नगर्ने हुनाले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास असफल हुन्छ। समस्याको जड नै यही हो। के तिमीहरूलाई तिनीहरूको खुलासा गर्नु र तिनीहरूलाई हटाउनु अन्याय हो जस्तो लाग्छ? त्यो अलिकति पनि अन्याय होइन, त्यो त पूर्णतया तिनीहरूको प्रकृतिद्वारै निर्धारित कुरा हो। सत्यतालाई प्रेम नगर्ने वा नपछ्याउने जोकोहीलाई अन्त्यमा पर्दाफास गरेर हटाइने नै छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ)। परमेश्‍वरले खुलासा गर्नुहुन्छ, यदि तिमीले आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ आफ्नो स्वार्थ र भविष्यको बारेमा मात्र सोच्छौ र योजना बनाउँछौ भने, तिमीले गरिरहेको कामको प्रकृति परिवर्तन भएको छ, र यसलाई कर्तव्य निर्वाह गरेको मानिेनेछैन। तिमी दुष्टता गर्ने, मण्डलीको काममा बाधा पुर्‍याउने, त्यसपछि बर्खास्त गरी हटाइने अवस्थासम्म पुग्छौ। मैले आफू अगुवाको भूमिकामा नयाँ भएकीले कसरी सिद्धान्तहरू बुझिनँ र प्रायजसो मनपरी गरेँ भन्‍नेबारे सोचेँ। मलाई काटछाँट गरिएपछि पनि, मैले पश्चाताप नगरेकी मात्र होइन, मैले अझै आफ्नो भविष्य र भाग्यको बारेमा विचार गरिरहेँ र स्थानान्तरण हुने डरमा थिएँ। मैले स्पष्ट रूपमा समस्याहरू देखेकी थिएँ, तर आफूलाई जोगाउन, तिनलाई औंल्याउनुको सट्टा कामलाई अवरोध गर्न रुचाएँ। यो कर्तव्य निर्वाह गर्नु थिएन; यो मण्डलीको काममा सम्झौता गर्दै दुष्टता गर्नु थियो। मैले बर्खास्त गरिएका र हटाइएका भनी देखेका केही मानिसहरूले आफ्नो कर्तव्यमा सधैँ आफ्ना स्वार्थको रक्षा गरिरहन्थे। समस्याहरू देखा परेर उनीहरू काटछाँटमा परेपछि पनि, उनीहरूले सत्यताका सिद्धान्तहरूमा धेरै मेहनत गरेनन्, बरू केवल आफूलाई लुकाउन खोजे। उनीहरू परमेश्‍वर र अगुवाहरूप्रति सधैँ प्रतिरक्षात्मक बनिरहे। उनीहरू बर्खास्त हुने र हटाइने कुराले निरन्तर चिन्तामा थिए र सधैँ यस्तो दुष्चक्रमा जिइरहे। उनीहरूको परमेश्‍वरसँगको सम्बन्ध सामान्य थिएन, र उनीहरूले आफ्नो कर्तव्यमा कहिल्यै परिणामहरू हासिल गरेनन्। केहीले त दुष्टता गरेर मण्डलीको काममा समेत बाधा पुर्‍याए र अन्ततः खुलासा भएर हटाइए। उनीहरूको असफलताबाट मैले के देखेँ भने व्यक्तिको आस्था र कर्तव्यमा सही मनसाय र प्रारम्भिक बिन्दु छ कि छैन, र उसले कुन मार्ग रोज्छ भन्‍ने कुरा अत्यन्तै महत्वपूर्ण हुन्छ। यी कुराले सीधै उसको परिणाम र गन्तव्यलाई असर गर्छन्। मेरो स्थिति, मेरो व्यवहार, र मैले लिएको मार्ग पूर्ण रूपमा ती मानिसहरूको जस्तै थियो। कर्तव्य निर्वाहमा गल्ती गर्ने र काटछाँटमा पर्ने कुराले म सधैँ डराएँ, र कायर भएर परमेश्‍वरप्रति प्रतिरक्षात्मक बनेँ। म आफ्नो स्वार्थ र भविष्यमा अति लिप्त रहेँ, तर अगुवाले जुन मेरा समस्याहरूले गर्दा मलाई काटछाँट गरेकी थिइन्, तिनका समाधान गर्नका लागि सत्यताका सिद्धान्तहरू खोज्न मैले खासै मेहनत गरिनँ। यदि यो लामो समयसम्म जारी रहन्थ्यो भने, म आफ्नो कर्तव्यमा प्रगति गर्न असफल हुने मात्र होइन, यसले कामलाई समेत हानि पुर्‍याउने थियो, र मैले एउटा अपराध गरेर जाने थिएँ। यसको प्रकृति र परिणामहरू गम्भीर छन्। यो कुरा परमेश्‍वरले मलाई खुलासा गरेर हटाउनुभएको नभई, बरू म आफैले आफ्नो भविष्य बर्बाद गरिरहेकी हुने थिएँ। त्यस समयमा, मैले के बुझेँ भने मैले गर्नुपर्ने सबैभन्दा आवश्यक कुरा भनेको आफू बर्खास्त हुने र हटाइने कुराको चिन्ता नलिनु हो, बरु अगुवाले औँल्याएका समस्याहरूमा साँच्चिकै चिन्तन गर्नु, सत्यताका सिद्धान्तहरू खोज्न र विचार गर्न मेहनत गर्नु, र आफ्नो कर्तव्यमा सिद्धान्तहरू लागू गर्न लागिपर्नु हो। यदि मैले आफूले सक्दो प्रयास गर्दा पनि राम्रो गर्न सकिनँ र मलाई बर्खास्त गरियो भने पनि, मैले आफूलाई अझै पनि परमेश्‍वरको बन्दोबस्तहरूमा समर्पण गर्नुपर्छ।

त्यसपछि मैले अभ्यास र प्रवेश गर्नका लागि परमेश्‍वरका थप वचनहरू पाएँ। परमेश्‍वरका वचनहरूले भन्छन्: “तिमीहरूको गन्तव्य र तिमीहरूको भाग्य तिमीहरूको निम्ति धेरै महत्वपूर्ण छन्—ती गम्भीर चासोको कुरा हुन्। तिमीहरू विश्‍वास गर्छौ कि यदि तिमीहरूले ठूलो सावधानीका साथ कामहरू गरेनौ भने यसको अर्थ तिमीहरूसित गन्तव्य हुनेछैन, तिमीहरूले आफ्नै भाग्यलाई नाश गरेका हुनेछौ भन्‍ने हुन्छ। तर केवल आफ्नो गन्तव्यको खातिर मात्र श्रम गर्ने मानिसहरूले व्यर्थमा कडा परिश्रम गरिरहेका छन् भन्‍ने कुरा कहिल्यै तिमीहरूको मनमा आएको छ? त्यस्ता प्रयासहरू विशुद्ध छैनन्, ती नकली कार्य र छल हुन्। यदि त्यसो हो भने, जसले केवल आफ्नो गन्तव्यको खातिर मात्र मेहनत लगाउँछन्, तिनीहरू आफ्नो अन्तिम पराजयको सँघारमा छन् किनभने परमेश्‍वरप्रति विश्‍वासमा छलद्वारा नै असफलता आउँछ। मैले पहिल्यै नै भनेको छु कि मलाई चापलुसी वा लोलोपोतो गरेको वा कसैले उत्सुकता दिएर व्यवहार गरेको मन पर्दैन। मलाई मेरो सत्यता र मेरा अपेक्षाहरूको सामना गर्ने इमान्दार मानिसहरू मनपर्छ। अझ योभन्दा बढी, जब मानिसहरूले मेरो हृदयको सबैभन्दा बढी ख्याल राख्न सक्छन् अनि मेरो खातिर सबै कुरालाई परित्याग गर्न सक्षम हुन्छन्, म त्यस कुरालाई मन पराउँछु। यसरी मात्रै मेरो हृदयले सान्त्वना पाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। गन्तव्यको सम्‍बन्धमा)। “मानिसहरूले आफ्नो कर्तव्य र परमेश्‍वरलाई इमानदार हृदयले हेर्नुपर्छ। यदि तिनीहरूले त्यसो गर्छन् भने, तिनीहरू परमेश्‍वरको डर मान्‍ने मानिसहरू बन्‍नेछन्। इमानदार हृदय भएका मानिसहरूमा परमेश्‍वरप्रति कस्तो मनोवृत्ति हुन्छ? कम्तीमा पनि, तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ, अर्थात् सबै कुरामा परमेश्‍वरप्रति समर्पित हुने हृदय हुन्छ, तिनीहरू आशिष् वा दुर्दशा माग्दैनन्, तिनीहरू विभिन्‍न अवस्थाहरूबारे बोल्दैनन्, तिनीहरू आफूलाई परमेश्‍वरको योजनाबद्ध कार्यको कृपामा छोड्छन्—यिनीहरू नै इमानदार हृदय भएका मानिसहरू हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ)। परमेश्‍वर भन्नुहुन्छ, जो मानिसहरू कर्तव्य निर्वाह गर्दा सधैँ आफ्नो भविष्य र गन्तव्यको बारेमा मात्र विचार गर्छन् र जो आफ्नो स्वार्थको बारेमा मात्र सोच्छन्, उनीहरू परमेश्‍वरप्रति सच्चा छैनन्, बरु उनीहरू उहाँलाई प्रयोग गर्दैछन् र धोका दिइरहेका छन्। उनीहरू परमेश्‍वरका लागि घृणित हुन्छन्; उहाँले उनीहरूलाई घृणा गर्नुहुन्छ। परमेश्‍वरले इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ जो आशिष् वा श्रापको पर्वाह गर्दैनन्, कुनै शर्तहरू राख्दैनन्, र आफ्नो कर्तव्यमा सच्चा हुन्छन्। केवल त्यस्ता व्यक्तिले परमेश्‍वरको अनुमोदन प्राप्त गर्छन्। जब मैले परमेश्‍वरको अभिप्राय बुझेँ, मैले अभ्यासको मार्ग पाएँ। मेरो कर्तव्यमा, मैले इमानदार व्यक्ति बन्ने प्रयासमा ध्यान दिनुपर्ने, आफ्नो हृदय परमेश्‍वरको सामु खोल्नुपर्ने, र व्यक्तिगत नाफा वा नोक्सालाई त्याग्नुपर्ने थियो। काटछाँटमा पर्दा, अगुवाको मप्रति चाहे जस्तोसुकै दृष्टिकोण रहोस्, र म बर्खास्तमा परौँ-नपरौँ, मैले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सिद्धान्तहरू खोज्नुपर्छ—यो नै मुख्य कुरा हो। त्यस समयमा, अगुवाले मुख्यतया मेरो अहङ्कार र आत्म-धर्मिकता तथा मनमानी काम गरेका कारणले मलाई काटछाँट गरेकी थिइन्। यदि यो समस्याको सम्बोधन नगरिएको भए, म त्यसरी नै व्यवहार गरिरहन सक्थेँ। त्यसैले मैले देखा परेका हरेक समस्याको सारांश बनाएँ, र तिनलाई एक-एक गरेर सिद्धान्तहरूसँग तुलना गरेँ। कुनै कुरा मैले स्पष्ट नबुझेमा, म अरूसँग सङ्गति गर्न जान्थेँ। त्यसपछि पनि, आफू निश्चित नभएका कुराको सामना हुँदा, मैले आफूलाई विश्‍वास गरिहाल्ने, र आफ्नै विचारअनुसार कामकुराहरू गर्ने गरिनँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र शान्त भएर सिद्धान्तहरू खोजेँ। मैले सहकर्मीहरूसँग सहमतिमा नपुगुन्जेलसम्म छलफल पनि गरेँ। केही समय यसरी काम गरेपछि, मेरो कर्तव्य निर्वाहमा गल्तीहरू कम हुन थाले। म आफैले समाधान गर्न नसक्ने कुनै चुनौती आइपर्दा, म माथिल्ला अगुवाहरूसँग सहयोग माग्थेँ। मैले एक पटक सोधपुछ गर्दा, माथिल्लो अगुवासँग सङ्गति गरिसकेपछि पनि केही अनिश्चितता महसुस गरेँ। ममा अझै केही प्रश्नहरू रहेको जस्तो लाग्यो र म तिनलाई उठाउन चाहन्थेँ, तर ती सही प्रश्न नहोलान् र अगुवाले ममा क्षमताको कमी छ र तीक्ष्ण दृष्टि छैन भन्लान् कि भनेर म डराएँ। यसरी म हिचकिचाइरहेको बेला, म फेरि आफ्नो नाफा र नोक्सानबारे चिन्ता गरिरहेको छु भन्‍ने महसुस भयो। मैले बारम्बार परमेश्‍वरलाई प्रार्थना गर्न थालेँ, सत्यता अभ्यास गर्न र इमानदार व्यक्ति बन्न तयार भएँ। मैले समस्यालाई सही रूपमा देखौँ-नदेखौँ, म आफ्नो मनसाय सुधार्न र सत्यताको यस पक्षलाई स्पष्ट रूपमा बुझ्न इच्छुक थिएँ। अन्ततः, मैले आफ्ना प्रश्नहरू सोध्ने हिम्मत बटुलेँ। मैले प्रश्नहरू राखेपछि, अगुवाले ती साँच्चै समस्याहरू हुन् भने। उनले यो पनि सङ्गति गरे, “यदि अझै कुनै कुरा स्पष्ट छैन वा पूर्ण रूपमा सम्बोधन भएको छैन भने, तपाईंले तत्काल त्यसलाई उठाउनुपर्छ। यसले मण्डलीको कामलाई मद्दत गर्नेछ।” अगुवाले यस्तो कुरा भनेको सुनेपछि, म परमेश्‍वरप्रति साँच्चै आभारी भएँ, र व्यक्तिगत स्वार्थ त्यागेर इमानदार व्यक्ति बन्दा त्यसबाट आउने आन्तरिक शान्ति अनुभव गरेँ।

यी अनुभवहरू मार्फत, मैले काटछाँट हुनु वास्तवमा हाम्रो लागि राम्रो हो भन्‍ने बुझेँ। काटछाँट हुँदाको क्षणमा गाह्रो हुन सक्छ, तर अहिले म यसलाई सही रूपमा लिन सक्षम छु, र म आफ्ना समस्याहरू समाधान गर्न समर्पित भएर सत्यताका सिद्धान्तहरू खोज्न सक्छु। यसले मलाई धेरै सहज महसुस गराउँछ।

अघिल्लो: ८६. वास्तवमा कसले मेरो परिवार टुक्र्यायो?

अर्को: ८८. यो परमेश्‍वरको आवाज हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१८. मेरो गलत बुझाइ र स्व-आरक्षितपनद्वारा क्षति पुर्‍याइएको

सुक्षिङ, चीनकेही समय अघि, हाम्रो मण्डलीको अगुवाले आफ्नो पद गुमाइन् किनकि उनले सत्यलाई खोजी गरिरहेकी वा व्यावहारिक काम गरिरहेकी थिइनन् र अरू...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्