८९. म किन सधैँ मेरो कर्तव्य निर्वाहमा अरूभन्दा अलग देखिन खोज्थेँ

वु यानद्वारा, चीन

जुन सन् २०२१ को अन्त्यतिर, चिनियाँ कम्युनिष्ट पार्टीले इसाईहरूलाई जताततै गिरफ्तार गरिरहेकाले, मेरो अतिथि घरमाथि निगरानी भइरहेको थियो। म तुरुन्तै घर छोडेर गएँ, तर पुलिसले मलाई पनि निगरानी गरिरहेको सम्भावना उच्च थियो, त्यसैले म काम गर्न घरमा लुक्नु पर्यो। त्यसबेला म केही समूहका कामको जिम्मेवारी ममाथि थियो। मेरो कामको बोझ बढ्दै गएको थियो र कुनै कामकुराहरू पत्र लेखेर मात्र गर्न सकिँदैनथ्यो, र यो प्रत्यक्ष भेटघाट गरेर गरिने सञ्चार जत्तिकै प्रभावकारी थिएन। त्यसैले, कामको आवश्यकता अनुसार, अगुवाले सिस्टर वाङ जेनलाई मेरो सहकर्मीका रूपमा नियुक्त गरे।

वाङ जेनले सुरुमा ब्रदर-सिस्टरहरूलाई राम्ररी चिन्दिनथिन्, त्यसैले हरेक भेला अगाडि उनलाई ब्रदर-सिस्टरहरूसँगको सङ्गतिमा अझ प्रभावकारी हुन मद्दत गर्न सम्बोधन गर्न आवश्यक मुद्दाहरूमा म उनीसँग कुराकानी गर्थेँ। त्यतिखेर, मैले सिस्टर ली फान सधैँ झाराटारूवा तरिकाले कर्तव्य निर्वाह गरिरहेको थाहा पाए। उनी धेरै चरणको सङ्गतिपछि पनि परिवर्तन भएकी थिइनन् र यसले कामलाई रोक्न थालिसकेको थियो। सिद्धान्तहरूका आधारमा, उनलाई तुरुन्तै बर्खास्त गर्न आवश्यक थियो। र त्यसैले, मैले ली फानको परिस्थिति र मानिसहरूलाई बर्खास्त गर्ने सिद्धान्तहरूका बारेमा व्याख्या गर्दै एउटा दस्तावेज तयार पारेँ, र वाङ जेनलाई समीक्षा गर्न दिएँ, र मैले ली फानलाई किन बर्खास्त गर्नुपर्ने थियो भन्ने बारेमा आफ्नो विचार उनलाई बताएँ, ताकि ली फानले आत्मचिन्तन गर्ने र आफूबारे जान्ने काममा लाभ पुगोस् भनेर वाङ जेनले उनीसँग राम्ररी सङ्गति गर्न सकून्। वाङ जेनले भोलिपल्ट गएर उनलाई बर्खास्त गरिन्। त्यस दिनको अन्त्यतिर जब वाङ जेन घर फर्किन्, उनले मलाई के-कस्तो भयो भनेर सुनाइन्, तर, तर त्यस क्रममा ब्रदर-सिस्टरहरूको बीच मलाई एक पटक पनि उल्लेख गरिनन् वा मैले उनलाई समझशक्ति प्राप्त गर्न वा समस्या सुल्झाउन मद्दत गरेकी थिएँ भनेर पनि भनिनन्। म अलि निराश भएँ। मैले पर्दा पछाडि के गरिरहेको छु भन्ने कुरा अरू कसैलाई थाहा छैन जस्तो लाग्यो। मैले उनीहरूले वाङ जेनले कर्तव्य सम्हालेपछि तुरुन्तै ली फानका समस्याहरूलाई बुझिन्, उनमा सत्यताबारे मभन्दा बढी बुझाइ र समझशक्ति छ भन्ने सोच्लान् कि भनेर विचार गरेँ। मैले गरेको धेरै काम, जसबारे कसैले थाहा पाएका थिएनन्, र जसले वाङ जेनलाई राम्रो देखाएको थियो, तीबारे सोच्दा म अलि दुःखी भएँ।

केही दिनपछि वाङ जेनसँग कामको छलफलको क्रममा एउटा समूहले झन् झन् खराब गरिरहेको भन्ने कुरा आयो। मैले समस्याको जरो बुझ्न सकिनँ, र उनले समूहको अगुवामा कुनै समस्या हुन सक्छ भनेर मलाई भनिन्। त्यसलाई ध्यानमा राख्दा र त्यो समूह अगुवाको निरन्तरको व्यवहारबारे सोच्दा, मैले देखेँ कि उनले केवल आफ्नो हैसियत जोगाउँथिन् र आफूलाई प्रतिष्ठा दिलाउने कामहरू मात्र गर्थिन्, तर उनले कहिल्यै वास्तविक काम गर्दिनथिन्, जसले काममा रोकावट ल्याइरहेको थियो। सिद्धान्तहरूका आधारमा उनलाई बर्खास्त गर्न आवश्यक थियो। मलाई थाहा थियो कि मैले यो समस्या व्यक्तिगत रूपमा समाधान गर्न सक्दिनँ, र मैले आफ्नो बुझाइ वाङ जेनलाई बताउनुपर्छ ताकि उनले अरूसँग अझ राम्ररी सङ्गति गर्न, उनीहरूलाई समझशक्ति प्राप्त गर्न मद्दत गर्न, र यो अगुवालाई तुरुन्तै बर्खास्त गर्न सकून्। तर जब म ली फानको बर्खास्तगी, मैले कसरी सिद्धान्तहरू खोजेको र दस्तावेज तयार पारेको, र वाङ जेनसँग कति धेरै सङ्गति गरेको, तर कसैलाई थाहासमेत नभएको भन्नेबारे फर्केर सोच्थेँ, मलाई लाग्थ्यो, यदि मैले यो पटक आफ्नो सबै विचारहरू उनलाई बताएँ र उनले त्यो समूह अगुवालाई बर्खास्त गरिन् भने, अरूहरूले पक्कै पनि सबै श्रेय उनलाई नै दिनेछन्। उनीहरूले सोच्नेछन् कि काममा केही समय बिताउनेबित्तिकै उनले दुईजना अयोग्य व्यक्तिहरूलाई खुट्ट्याइन्, जसलाई मैले लामो समयसम्म जिम्मेवारीको पदमा रहेर पनि बर्खास्त गरेको थिइनँ। उनीहरूले सोच्नेछन् कि उनमा सत्यताबारे अझ राम्रो समझशक्ति र बुझाइ छ। म मेरा केही विचारहरू आफूसँगै राख्न चाहन्थेँ ताकि वाङ जेनको सङ्गति स्पष्ट नहोस्, र अरूले उनलाई प्रशंसा नगरून्। तर यो सोचाइले मलाई आफू दोषी भए जस्तो महसुस भयो। यदि उनको सङ्गति स्पष्ट भएन र समूह अगुवाले आफ्नै समस्याहरू बुझिनन्, र उनले गलत बुझेर नकारात्मक बनिन् भने, त्यसले उनको आत्मचिन्तनमा असर पार्ने मात्र होइन, पछि उनको कर्तव्यमा पनि असर पार्नेथ्यो। साथै, यसरी जालझेल गर्नु र केही कुरा आफूसँग गोप्य राख्नाले निश्चित रूपमा परमेश्वरका लागि घृणास्पद हुनेथ्यो। त्यो सोचेर, मैले यो समूहको अगुवाका सबै परिस्थितिहरू वाङ जेनलाई बताएँ, तर वाङ जेन कामकुराहरू सम्हाल्न जानै लाग्दा मेरो मन खिन्न भयो। “यो काम गर्न मचाहिँ किन जान नमिल्नु सबैजनाले वाङ जेनले मानिसहरूलाई बर्खास्त गरेको र उनीहरूलाई खुट्ट्याएको देखे, तर त्यो सबैपछाडिको मेरो प्रयास कसले देख्यो?” मैले आफूले गरिरहेको सबथोकले केवल वाङ जेनलाई राम्रो देखाइरहेको र अरूमाझ उनको हैसियतलाई सुधारिरहेको देख्दा म त्यति खुसी भइनँ। मैले त परमेश्वरले मलाई यति खराब अवस्थामा राख्नुभएकोमा गुनासोसमेत गरेँ। उहाँले किन अचानक मलाई निगरानीमा राख्ने अनुमति दिइरहनुभएको थियो त? पछि, केही ब्रदर-सिस्टरहरूले आफ्ना कामका समस्याहरूबारे एकपछि अर्को गरी हामीलाई पत्र लेखे, र केहीले tतोकेरै ती समस्याहरू वाङ जेनले सम्हालिदिऊन् भन्ने माग गरे। यसले मलाई झन् धेरै दुःखी बनायो। मलाई सबैले केवल वाङ जेनलाई मात्र महत्त्व दिएको, तर पर्दा पछाडि मैले गरेको काम कसैले नदेखेको जस्तो लाग्यो। यसरी नै चलिरह्यो भने, के सबैले मलाई केवल कुनै काम नलाग्ने सहयोगी नभन्लान् र? वाङ जेन बाहिर दौडधुप गरिरहेकी भए पनि, मलाई घरमा सहज थिएन। कसैले पनि मेरो पूरा मेहनत देख्न सकेनन्। म यसबारे खुसी थिइनँ, त्यसैले मैले अवस्था परिवर्तन गर्ने तरीका सोच्न थालेँ। म बाहिर गएर ब्रदर-सिस्टरहरूलाई व्यक्तिगत रूपमा भेट्न नसकेपनि, म धेरै काम गर्दै छु र म अग्रभाग र केन्द्रमा छु भन्ने प्रमाणित गर्न, कार्यहरूको बन्दोबस्त गर्न पत्रहरू लेख्न सक्थेँ। ठिक त्यही बेला, हामीले केही समूहहरूबाट बन्दोबस्त गर्नुपर्ने सामान्य कार्यहरूबारे पत्र पायौँ। मैले ती कार्यहरूलाई व्यवस्थापन गर्नका लागि विस्तारमा जवाफ लेखेँ, र मैले नै यो सबको बन्दोबस्त गरेको हुँ, पर्दापछाडि सबै कुराको निर्णय म नै गर्दैछु भनेर सबैले जानून् भनी वाङ जेन कहिले उनीहरूलाई भेट्न जानेछिन् भन्नेबारे स्पष्टसँग लेखेँ।

एक दिन, मैले एक सिस्टरलाई पत्र लेखेँ र उनको स्थिति कस्तो छ भनेर सोधेँ। पत्र लेखेपछि, मैले सोचेँ, के उनलाई थाहा हुनेछ कि यो पत्र मैले नै लेखेको हुँ? यदि मैले कुनै सुराग छोडिनँ भने, उनले आफूबारे चिन्तित हुने त वाङ जेन हुन् भनी सोच्न सक्थिन्। त्यसरी त हुनेथिएन। सिस्टरलाई यो पत्र मैले नै लेखेको हो भनेर थाहा पाउने कुरा सुनिश्चित गर्नु आवश्यक थियो। तर, मेरो सुरक्षाका लागि, मैले आफ्नो नाम लेखेर पत्रमा हस्ताक्षर गर्न सक्दिनथेँ। त्यसपछि मलाई अचानक याद आयो कि केही समयअघि मैले त्यो सिस्टरलाई एउटा भजन सिफारिस गरेको थिएँ, त्यसैले मैले उनलाई त्यो सिकिरहेकी छिन् कि छैनन् भनेर सोध्न सक्थेँ, र यसरी यो मैले लेखेको हो भनेर उनले थाहा पाउन सक्थिन्। यही सोचेर, मैले छिट्टै पत्र लेखेँ र पठाइदिएँ। उनको जवाफबाट सिस्टरले यो पत्र मैले नै लेखेको भनेर थाहा भएको भन्ने बुझेँ, र म निकै खुसी भएँ। म पर्दा पछाडिबाट पनि आफूलाई राम्रो देखाउन, र मसँग वास्तविकताहरू छन् र म समस्याहरू समाधान गर्न सक्षम छु भनेर अरूलाई देखाउन सक्छु जस्तो मलाई लाग्यो। यसरी, मैले आफू सही स्थितिमा छैनँ भनेर कहिल्यै साँच्चै बुझिनँ। यो स्थिति त्यतिन्जेल रह्यो जब एक दिन एक सिस्टरले दुःखका साथ मलाई भनिन् कि उनका सहकर्मीले उनले धेरै मेहनत गरेर तयार पारेका केही अध्ययनका कागजातहरू ब्रदर-सिस्टरहरूलाई पठाइदिएका थिए, यसले उनलाई आफ्नो सहकर्मीले उनको कामको श्रेय चोरेको जस्तो महसुस गरायो, र उनले आफ्नो कर्तव्यप्रति कम उत्साह महसुस गरिन्। यो सुनेर म साँच्चिकै अचम्मित भएँ। के म हालसालै ठीक यही स्थितिमा बाँचिरहेकी थिइनँ र? मैले यसलाई समाधान गर्नका लागि सत्यताको खोजी पनि गरिरहेकी थिइनँ। त्यसैले, मैले मेरो स्थितिलाई समाधान गर्न परमेश्वरका वचनहरू खोजेँ। मैले परमेश्वरका वचनहरू पढेँ जसले यसो भने: “ख्रीष्टविरोधीहरूले कार्य गर्दा सधैँ निश्चित अभिप्रायहरू राखेका हुन्छन्। तिनीहरूका शब्द, कार्य, र आचरण, बोल्दा प्रयोग गरिने विशेष शब्दहरूसमेत जानाजानी रोजिएका हुन्छन्; तिनीहरू भ्रष्टता, सानो कद, मूर्खता वा अज्ञानता क्षणिक रूपमा देखाएर मात्र कार्य गरिरहेका, जहाँ गए पनि बकवास कुरा ओकलिरहेका हुँदैनन्—कुरा यस्तो हुँदै होइन। ख्रीष्टविरोधीहरूका विधि, तिनीहरूले कामकुरा गर्ने तरिका, र तिनीहरूका शब्द चयनलाई जाँच्दा, तिनीहरू निकै रहस्यमय र दुष्ट देखिन्छन्। तिनीहरू आफ्नो हैसियतका निम्ति र मानिसहरूलाई नियन्त्रण गर्ने लक्ष्य हासिल गर्न हरअवसर छोपेर देखावा गर्छन्, हर सानो मौका प्रयोग गर्छन्, र एउटा पनि मौका गुमाउँदैनन्। ल भन्, के यस्ता मानिसहरूले मेरो अगाडि यी विशेषताहरू प्रकट गर्नेथिए? (गर्नेथिए।) किन तँ तिनीहरूले प्रकट गर्नेथिए भनेर भन्छस्? (किनभने तिनीहरूको प्रकृति सार नै देखावा गर्नु हो।) के कुनै ख्रीष्टविरोधीको अन्तिम लक्ष्य नै देखावा गर्नु हो? उसले देखावा गर्नुको उद्देश्य के हो? तिनीहरू हैसियत प्राप्त गर्न चाहन्छन्, अनि तिनीहरूले यस्तो भन्न खोजेका हुन्छन्: ‘के तिमीलाई म को हुँ भनेर थाहा छैन? मैले गरेका कामकुरा हेर, यी असल कामकुरा गर्ने व्यक्ति मै थिएँ; मैले परमेश्वरको घरका लागि धेरै योगदान गरेको छु। अब तिमीले थाहा पाइसकेपछि, के तिमीले मलाई अझ महत्त्वपूर्ण काम दिनुपर्दैन र? के तिमीले मलाई उच्च सम्मान गर्नुपर्दैन र? के तिमीले गर्ने सबै काममा ममाथि भर पर्नु पर्दैन र?’ के यो जानाजानी भनिएको होइन र? ख्रीष्टविरोधीहरू जोकोहीलाई नियन्त्रण गर्न चाहन्छन्, चाहे त्यो जोसुकै होस्। नियन्त्रणलाई अर्को शब्दमा के भनिन्छ? तिकडम गर्नु, खेलाउनु—तिनीहरू केवल तँलाई शासन गर्न चाहन्छन्। उदाहरणका लागि, दाजुभाइ-दिदीबहिनीहरूले कुनै कुरा राम्ररी गरिएको रहेछ भनेर प्रशंसा गर्दा, कुनै ख्रीष्टविरोधीले तुरन्तै त्यो आफूले गरेको भन्छ, यसरी उसले सबैको धन्यवाद पाउँछ। के साँच्चिकै समझदार व्यक्तिले यस्तो व्यवहार गर्नेछ त? कदापि गर्नेछैन। जब ख्रीष्टविरोधीहरू अलिकति राम्रो काम गर्छन् तब त्यो सबैले थाहा पाऊन्, आफूलाई उच्च सम्मान र प्रशंसा गरून् भन्ने चाहन्छन—यसले उसलाई सन्तुष्टि दिन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रणमा राख्छन्)। मैले परमेश्वरका वचनहरूबाट ख्रीष्टविरोधीहरूले निरन्तर देखावट गरिरहेका हुन्छन् भन्ने देखेँ। उनीहरूले भन्न र गर्ने सबै कुरा केवल अरूको प्रशंसा प्राप्त गर्नका लागि हुन्छ, र त्यो केवल हैसियत प्राप्त गर्ने गुप्त प्रयास हो। परमेश्वरका वचनहरूलाई विचार गर्दा र मैले प्रकट गरेको स्वभावमाथि मनन् गर्दा, के म ख्रिष्टविरोधी जस्तै थिएनँ र? वाङ जेनले मलाई उल्लेख पनि नगरी ती दुई सिस्टरहरूलाई बर्खास्त गर्दा मलाई आफूमाथि अन्याय भएको महसुस भयो। मलाई लाग्यो कि तिनीहरूलाई मुख्य रूपमा मैले नै खुट्ट्याएकी थिएँ, तर अन्ततः सारा श्रेय वाङ जेनलाई गएको थियो। उनले मात्र आफ्नो अनुहार देखाएकी थिइन्, तर मैले जति देखाए पनि कसैले त्यो देख्दैनथे। यदि मैले चुपचाप काम गरिरहेको भए, कसैले पनि थाहा पाउने थिएन। यो कुरा अत्यन्तै झर्को लाग्दो थियो! ब्रदर-सिस्टरहरूले मेरो प्रशंसा गरून् रतिनीहरूको नजरमा मेरो हैसियत होस् भन्ने उद्देश्यले म देखावट गर्नका लागि आफ्नो दिमाग खियाइरहेको र निकै प्रयास गरिरहेको थिएँ। हेर्दा त, मैले केवल कामको बन्दोबस्त गर्न पत्र लेखिरहेको जस्तो देखिन्थ्यो, तर वास्तवमा, म सबैलाई उनीहरूले मेरो अस्तित्वलाई नबिर्सून्, र वाङ जेन त केवल मेरो तर्फबाट केही काम गरिरहेकी थिइन्, तर मुख्य रूपमा म नै जिम्मेवार थिएँ भन्ने कुरा गुप्त रूपमा सम्झाउने प्रयास गरिरहेको थिएँ सिस्टरको स्थिति सुधार गर्न मद्दत गर्ने बहानामा, मैले उनलाई आफ्नो घृणास्पद उद्देश्यहरू देख्न नदिई मेरो अस्तित्वको याद दिलाउन र उनको प्रशंसा प्राप्त गर्न उनीप्रति चिन्ता व्यक्त गरेजस्तो गरेँ। ममा कस्तो छली स्वभाव थियो! यदि मैले परमेश्वरका वचनहरू नपढेको भए, मलाई ती दुई सिस्टरहरू कर्तव्यका लागि उपयुक्त छैनन् भन्ने कुरा कहिल्यै थाहा हुने थिएन। साथै, उनीहरूलाई बर्खास्त गर्ने समयसम्म काममा धेरै क्षति भइसकेको थियो। विशेष गरी त्यो समूहको अगुवाका सम्बन्धमा यो कुरा साँचो थियो। वाङ जेनले त्यसबारे उल्लेख नगरेको भए, मैले यो कुरा खुट्ट्याने थिइनँ र उनलाई त्यसै पदमा राखिराख्नेथेँ। मैले आफ्नो काम राम्ररी गरिरहेको थिइनँ, र ममा ऋणीपन र दोषको अलिकति पनि बोध नभएको मात्र होइन, बरु, म निर्लज्ज भएर श्रेय माग्दै थिएँ र देखावट गर्न र हैसियत प्राप्त गर्न घृणास्पद उपायहरू पनि प्रयोग गर्दै थिएँ, सबैलाई मलाई सम्मान गर्ने तुल्याउन खोजिरहेको थिएँ। म अत्यन्तै निर्लज्ज थिएँ!

त्यसपछि मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “सत्यता अभ्यास गर्न सक्‍नेहरूले आफूले गर्ने कामकुराहरूमा परमेश्‍वरको छानबिन स्विकार्न सक्छन्। जब तैँले परमेश्‍वरको छानबिन स्विकार्छस्, तेरो हृदय सोझो बन्‍नेछ। यदि तँ अरूलाई देखाउनको लागि मात्र काम गर्छस्, र सधैँ अरूको प्रशंसा र आदर पाउन चाहन्छस्, तर परमेश्‍वरको छानबिन स्विकार्दैनस् भने, के अझै पनि परमेश्‍वर तेरो हृदयमा हुनुहुन्छ त? यस्ता मानिसहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुँदैन। सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, र हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्‍वरको घरको हितबारे विचार गर्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनुपर्छ। तँ परमेश्‍वरका अभिप्रायप्रति विचारशील हुनुपर्छ र तैँले तेरो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्धता छ कि छैन, तँ निष्ठावान बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तैँले तनमन दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामबारे सम्पूर्ण हृदयले सोच्‍ने गरेको छस् कि छैनस् भनी विचार गर्दै यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरूबाट मैले बुझेँ कि सत्यता अभ्यास गर्नका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा परमेश्वरको छानबिन स्विकार्नु हो, र हामीले मानिसले के सोच्छन् भन्ने कुराको वास्ता गर्नुहुन्न, तर परमेश्वरलाई सन्तुष्ट पार्ने र हाम्रो कर्तव्य पूरा गर्ने बारेमा मात्र ध्यान दिनुपर्छ। त्यसपछि, मेरा पत्रहरू र अरूसँगको सङ्गतिमा मैले प्रशंसा प्राप्त गर्न र उनीहरूको हृदयमा स्थान पाउनका लागि पत्रहरू प्रयोग नगरी सही उद्देश्य राख्न र परमेश्वरको छानबिन स्विकार्न प्रयास लगाएँ। मैले पावलले मण्डलीहरूलाई लेखेका ती सबै पत्रहरूका बारेमा सोचेँ। उनले ती पत्रहरूमा कहिल्यै प्रभु येशूलाई उच्च पारेनन् वा उहाँको गवाही दिएनन्, र उनले विश्वासीहरूलाई प्रभु येशूका वचनहरूको अनुसरण गर्न प्रेरित गरेनन्। आफूले कति काम गरेको, कति भोगेको भोगेको कुरा बताएर, उनले आफूलाई मात्र उच्च पारे र आफ्नै गवाही दिए। उनले भने, “म प्रमुख प्रेरितहरूभन्दा अलिकति पनि कम थिइनँ”, र मानिसहरूलाई आफूसँगै परमेश्वरको विरोध गर्ने मार्गमा हिँडाए। मैले ब्रदर-सिस्टरहरूलाई लेखेका पत्रहरूले परमेश्वरलाई उच्च पारेनन् वा उहाँको गवाही दिएनन्, तर म अप्रत्यक्ष रूपमा देखावाट गरिरहेको थिएँ। के मैले पनि मूलतः पावलले जस्तै गरिरहेकी थिइनँ र? मैले पश्चात्ताप नगरे, म पनि उहाँ जस्तै हटाइनेथेँ र दण्डित हुनेथेँ। यो बुझेर मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म मेरो हैसियतबारे धेरै चिन्तित छु। म यसबाट नियन्त्रित हुन र मण्डलीको कामलाई हानि पुर्‍याउने कुनै कुरा चाहन्न। चाहे म अरू भन्दा राम्रो गरूँ वा नगरूँ, म दृढताका साथ आफ्नो कर्तव्य पूरा गर्न मात्र चाहन्छु।”

त्यसपछिका केही दिनहरूमा, मैले सचेत रूपमा मेरो मानसिकतालाई सच्याएँ, मण्डलीका चासोहरू सबैभन्दा महत्त्वपूर्ण छन् भन्ने कुरा, र मेरो कर्तव्य राम्रोसँग निर्वाह गर्न आफूलाई सम्झाइरहेँ। त्यसपछि एक दिन, हामीले ब्रदर चेन जिकियाङले आफ्ना सहकर्मीहरूसँग राम्ररी मिल्न नसकेको कारण उल्लेख गर्दै पठाएको राजीनामा पत्र पायौँ। हामीले पहिले नै उसको समस्याबारे थोरै थाहा पाएका थियौँ। खासगरी, उनी धेरै अहङ्कारी र जिद्दी थिए, त्यसैले उनी अरूसँग राम्ररी काम गर्दैनथे। वाङ जेनले उनीसँग केही पटक सङ्गति गरिसकेका थिए तर उनी परिवर्तन भएनन्। उनले अहिले अचानक राजीनामा दिने निर्णय गर्दा, यो समस्या समाधान गर्न हामीलाई गाह्रो हुने जस्तो देखिन्थ्यो। जब वाङ जेन र मैले उनका मुद्दाहरूबारे छलफल गर्यौँ, मैले मेरो आफ्नै दृष्टिकोण व्यक्त गरेँ र परमेश्वरका वचनहरूका केही सान्दर्भिक खण्डहरू फेला पारेँ। वाङ जेनले यसरी सङ्गति गर्नु उपयुक्त भएको महसुस गरे। त्यतिबेला मेरो मनमा के आयो भने, मेरो सङ्गति जतिसुकै उपयोगी किन नहोस्, वाङ जेन वास्तवमा ऊसँग सङ्गति गर्न जाने व्यक्ति थिए। चिन्तित हुने र पर्दा पछाडि मूल्य चुकाउने मै थिएँ भन्ने कुरा कसले देख्थ्यो? त्यो सोचले मलाई वाङ जेनसँगको छलफल रोक्न मन लाग्यो, तर त्यसपछि मैले सोचेँ कि परमेश्वरले मेरा सबै सोचविचारहरूको छानबिन गर्दै हुनुहुन्छ, मलाई अलि अप्ठ्यारो लाग्यो। म किन सधैँ आफ्नो नाम र हैसियत जोगाउन चाहन्थेँ? मैले परमेश्वरका वचनहरूको एक खण्डको बारेमा सोचेँ जसले मलाई हैसियतको पछि लाग्नुका परिणामहरू बुझ्न मद्दत गर्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि कसैले सत्यलाई प्रेम गर्छु भन्छ र उनीहरू सत्यको पछि लाग्छौँ भनी भन्छन्, तर सारगत रूपमा उनीहरूको पछ्याउने लक्ष्य भनेको प्रतिष्ठा हासिल गर्नु, आफैलाई विशिष्ट बनाउनु, धाकरवाफ देखाउनु, मानिसहरूलाई उनीहरूको बारेमा उच्‍च सोच्ने बनाउनु, उनीहरूका आफ्नै स्वार्थ पूरा गर्नु हो र उनीहरू परमेश्‍वरमा समर्पित हुन वा उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, बरु त्यसको सट्टा ख्याति, प्राप्ति र हैसियत हासिल गर्न कर्तव्य निर्वाह गर्छन् भने, उनीहरूको खोजी अवैध हुन्छ। यस्तो मामिला हुँदा, जब मण्डलीको कामको कुरा आउँछ, के उनीहरूका कार्यहरू बाधा-व्यवधान हुन्छन्, कि उनीहरूले यसलाई अगाडि बढाउन सहयोग गर्छन्? उनीहरू स्पष्ट रूपमा बाधा-व्यवधान हुन्; उनीहरूले यसलाई अगाडि बढाउँदैनन्। केही मानिसहरू मण्डलीको काम गर्ने झन्डा फहराउँदै, आफ्नै व्यक्तिगत ख्याति, प्राप्ति र हैसियतको पछि लाग्‍ने, आफ्नै कार्यप्रणाली चलाउने, आफ्नै सानो समूह, आफ्नै सानो राज्य बनाउने गर्छन्—के यस किसिमका व्यक्तिहरूले आफ्नो कर्तव्य गरिरहेका हुन्छन् र? उनीहरूले गर्ने सबै कामहरूले अनिवार्य रूपमा वाधा, व्यवधान ल्याउँछन् र मण्डलीको कामलाई हानि गर्छन्। तिनीहरूको ख्याति, प्राप्ति र हैसियतको खोजीको परिणाम के हुन्छ? सबैभन्दा पहिले, यसले परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरका वचनहरू सामान्यतया कसरी खान्छन् र पिउँछन्, र कसरी सत्यता बुझ्छन् भन्‍ने कुरामा असर पुर्‍याउँछ, यसले उनीहरूको जीवन प्रवेशमा बाधा उत्पन्‍न गर्छ, उनीहरूलाई परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नबाट रोक्छ, र उनीहरूलाई गलत मार्गमा डोर्‍याउँछ—र यसले चुनिएका जनहरूलाई हानि गर्छ र बरबादीमा पुर्‍याउँछ। अनि, यसले अन्त्यमा मण्डलीको कामलाई के गर्छ? यो बाधा, क्षति, र विघटन हो। मानिसहरूले ख्याति, प्राप्ति र हैसियतको खोजी गर्दाको परिणाम यही हो। उनीहरूले यसरी कर्तव्य निर्वाह गर्दा, के यसलाई ख्रीष्टविरोधीको बाटो हिँड्नु भनेर परिभाषित गर्न सकिँदैन?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। मलाई सधैँ नाम र हैसियतको पछि लाग्नाले व्यक्तिको जीवन प्रवेशलाई मात्र असर गर्छ र जबसम्म हामी दुष्टता गर्दैनौँ, तबसम्म हामीले मण्डलीको काममा बाधा पुर्‍याउनेछैनौँ भन्ने लाग्थ्यो। म नाम र हैसियतको पछि लाग्नेलाई परमेश्वरले किन यति धेरै घृणा र तिरस्कार गर्नुहुन्छ भन्ने बुझ्दिनथेँ। परमेश्वरका वचनहरू पढ्नाले मलाई आफ्नो कर्तव्य निर्वाह गर्दा नाम र हैसियतको पछि लाग्नाले, र मण्डलीको हितको रक्षा नगर्नाले मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशलाई निश्चय नै हानि पुर्‍याउँछ भन्ने देखायो। यसले मण्डलीको काममा बाधा र अवरोध पुर्याउनेछ, र त्यसलाई परमेश्वरले निन्दा गर्नुहुन्छ। चेन जिकियाङको समस्याबारे छलफल गर्दा, मैले आइन्दा सङ्गति गर्न चाहिनँ, किनभने म चर्मामा आउन सकिनँ। यो ठूलो कुरा जस्तो देखिएन, तर सारमा यो साँच्चै गम्भीर थियो। यदि हामीले चेन जिकियाङलाई उनका समस्याहरू सुल्झाउन सङ्गति गर्नमा ढिलाइ गरेको भए, यसले उनको जीवन प्रवेशलाई मात्र हानि पुऱ्‍याउनेथिएन, यसले मण्डलीको कामलाई पनि असर गर्नेथ्यो। जिम्मेवारी सम्हालेको हुनाले, मैले मण्डलीको कामलाई सही दिशामा राख्नका लागि आफ्नो कर्तव्यमा सङ्घर्ष गरिरहेको जो कसैलाई तुरुन्तै मद्दत गर्नुपर्थ्यो। विशेष गरी कम्युनिष्ट पार्टीले धेरै गिरफ्तारी गरिरहेको सन्दर्भमा, वाङ जेनले भेला हुन बाहिर जाँदा हरेक पटक गिरफ्तारीको जोखिम उठाउँदै थिइन्। यदि उनी पर्याप्त रूपमा तयार भइनन् र भेलाहरूमा समस्याहरू समाधान गर्न सकिनन्, र जोखिम मोलेर पनि राम्रो नतिजा हासिल गर्न सकिनन् भने, के यो उनका लागि पीडादायी हुनेछैन र? म यी समस्याहरूलाई जति सक्दो चाँडो समाधान गर्ने वा सिस्टरको सुरक्षाबारे सोचिरहेकी थिइनँ। म उनले सम्भवतः मेरो प्रभाव कम गराउलिन् कि भन्ने कुराले मात्र चिन्तित थिएँ। म धेरै स्वार्थी थिएँ र ममा मानवताको कमी थियो! मैले सुपरभाइजरका रूपमा साँचो काम गरिरहेको थिइनँ। म मण्डलीको कामलाई बलि चढाएर भए पनि आफ्नो हैसियत जोगाउन प्रयासरत थिएँ। म ख्रीष्टविरोधीको मार्गमा थिएँ! पहिले म मात्र जिम्मेवार थिएँ, र त्यो चाहे जतिसुकै गाह्रो वा थकाइलाग्दो किन नहोस्, मैले आफ्नो सक्दो प्रयास गरेको थिएँ। तर पार्टीका गिरफ्तारीहरूका कारण, म बाहिर जानै सक्दिनथेँ—म पर्दा पछाडिबाट मात्र काम गर्न सक्थेँ। म आफ्नो कर्तव्य गर्न हिचकिचाउँथेँ, सधैं वाङ जेनसँग चर्चाका लागि प्रतिस्पर्धा गर्न चाहन्थेँ। त्यसपछि मैले बुझेँ कि पहिले मैले आफ्नो कर्तव्यमा देखाएको उत्साह केवल नाम र हैसियतका लागि थियो। त्यो परिस्थितिले मेरा गलत उद्देश्य र खोजीहरू प्रकट गरिरहेको थियो, ताकि मैले तिनलाई समयमै सुधार्न सकूँ। यो परमेश्वरले मलाई दर्शाउनुभएको प्रेम थियो।

पछि, मैले परमेश्वरका वचनहरू पढेँ जसले मलाई अभ्यासको मार्गमा अझ स्पष्टता दिए। परमेश्वरका वचनहरू भन्छन्: “तिमीहरूले परमेश्‍वरको कामको उद्देश्यका निम्ति, मण्डलीको फाइदाका निम्ति, अनि तिमीहरूका दाजुभाइ-दिदीबहिनीहरूलाई अघि बढ्न प्रोत्साहन दिनका निम्ति मैत्रीपूर्ण सहकार्य हासिल गर्नुपर्छ। हरेकले अर्कालाई सुधार्दै र कामको उत्तम नतिजा प्राप्त गर्दै परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नका निम्ति तैँले एकअर्कासित सहकार्य गर्नुपर्छ। साँचो सहकार्य भनेको यही नै हो, अनि यसमा लागिपर्नेले मात्रै साँचो प्रवेश पाउनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। इस्राएलीहरूले जस्तै सेवा गर्)। “व्यक्तिले आफ्‍नो कर्तव्य राम्रोसित निभाउनका लागि के गर्नुपर्छ? उसले आफ्‍नो सारा हृदय र सारा शक्तिले आफ्‍नो कर्तव्य निर्वाह गर्नुपर्छ। आफ्‍नो सारा हृदय र शक्ति प्रयोग गर्नु भनेको आफ्‍नो कर्तव्य निर्वाह गर्नमा मनमस्तिष्क लगाउनु हो र अरू कुरालाई दिमागमा बस्‍न नदिनु हो, र त्यसपछि आफूसँग भएको ऊर्जा लगाउनु, आफ्‍नो सम्पूर्ण शक्ति प्रयोग गर्नु, र आफ्‍नो क्षमता, वरदान, शक्ति, र आफूले बुझेको कुरालाई काममा लगाउनु हो। यदि तँमा बोध गर्ने र बुझ्ने क्षमता छ र तँसँग राम्रो विचार छ भने, तैँले यस बारेमा अरूलाई बताउनुपर्छ। सद्‌भावपूर्ण सहकार्य गर्नु भनेको यही हो। यसरी तैँले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नेछस्, र यसरी तैँले सन्तोषजनक कर्तव्यपालन हासिल गर्नेछस्। यदि तँ सधैँ सबै कुरा आफै गर्न चाहन्छस्, सधैँ एकलै महान् कामहरू गर्न चाहन्छस्, सधैँ ध्यान अरूमा होइन तँमा परेको चाहन्छस् भने, के तैँले आफ्‍नो कर्तव्य निभाइरहेको हुन्छस् त? तैँले जे गरिरहेको छस् त्यसलाई एकतन्त्री काम भनिन्छ; यो त नौटङ्की प्रदर्शन हो। यो शैतानी व्यवहार हो, कर्तव्यपालन होइन। व्यक्तिको सामर्थ्य, वरदान, वा विशेष प्रतिभा जे-जस्तो भए पनि, कसैले पनि सबै कुरा आफै गर्न सक्दैन; मण्डलीको काम राम्ररी गर्नु छ भने उसले सद्‌भावपूर्ण सहकार्य गर्न सिक्‍नुपर्छ। यही कारणले गर्दा, सद्‌भावपूर्ण सहकार्य आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा अभ्यास गर्नुपर्ने एउटा सिद्धान्त रहन गएको हो। जबसम्‍म तैँले आफ्‍नो सारा हृदय र सारा शक्ति अनि सारा बफादारी लगाएको हुन्छस्, र तैँले सकेजति सबै कुरा अर्पित गरेको हुन्छस्, तबसम्म तैँले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गरिरहेको हुन्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न मैत्रीपूर्ण सहकार्य चाहिन्छ)। मैले परमेश्वरका वचनहरूबाट हामीले कर्तव्य राम्रोसँग पूरा गर्न, परमेश्वरको हृदयलाई ध्यानमा राख्नुपर्छ र हाम्रा ब्रदर-सिस्टरहरूसँग सहकार्य गर्नुपर्छ भन्ने बुझेँ। हामीले यसमा आफ्नो सबथोक लगाउनुपर्छ र एक अर्काका कमजोरीहरूको परिपूर्ति गर्नका लागि आफ्ना सबलताहरूको उपयोग गर्नुपर्छ। यसरी मात्र हामीले परमेश्वरको अनुमोदन प्राप्त गर्न र हाम्रा काममा राम्रो परिणाम हासिल गर्न सक्छौँ। मैले वाङ जेन वा ममध्ये जसले स्वयम् उपस्थित भएर समस्याहरू समाधान गरे पनि फरक नपर्ने कुरा पनि बुझेँ। जबसम्म अरूका स्थिति र कठिनाइहरू समाधान गर्न सकिन्छ, मेरो मेहनत अदृश्य र पर्दा पछाडि भए तापनि, मैले कर्तव्य निर्वाह गरेर परमेश्वरलाई सन्तुष्ट पार्नाले मलाई आश्वासन र शान्ति मिल्थ्यो। त्यसपछि, मैले चेन जिकियाङको समस्या सम्बोधन गर्नका लागि के-कस्ता सत्यताहरूमाथि सङ्गति गर्नुपर्छ भन्नेबारे सोचेँ र वाङ जेनलाई समीक्षा गर्नका लागि परमेश्वरका केही सान्दर्भिक वचनहरू भेट्टाएँ। उनले पनि वाङ जेनको स्थितिलाई प्रस्ट पार्ने परमेश्वरका वचनका केही खण्डहरू फेला पारिन्, जसबारे मैले सोचेको थिइनँ। एकसाथ, यी सबै कुरा अझ विस्तृत थिए। त्यो क्षणमा, म अत्यन्तै लज्जित भएँ। म कामका लागि बाहिर जान नसकेतापनि, म आफूले देखेको र सोचेको सबै कुराबारे वाङ जेनसँग स्पष्ट रूपमा सङ्गति गर्न सक्थेँ। सङ्गै काम गर्दा, हामीले समस्याहरू अझ राम्ररी समाधान गर्न सकौँ भनेर तीबारे विस्तृत दृष्टिकोण अपनाउन थाल्यौँ। के त्यस्तो कुरा मण्डलीको कामका लागि धेरै लाभकारी थिएन र? हामीले सबै कुरा छलफल गरेपछि, वाङ जेन चेन जिकियाङसँग सङ्गति गर्न गइन्।

त्यसपछि एक दिन, हामीले केही ब्रदर-सिस्टरहरूबाट एउटा पत्र पायौँ। त्यस पत्रमा वाङ जेनको सङ्गतिमार्फत् उनीहरूले केही त्रुटिहरू सच्याउन सक्षम भएको र अझ राम्ररी आफ्नो कर्तव्य निर्वाह गरिरहेको भनेर लेखिएको थियो। त्यो पढेपछि म अलि निराश भएँ। मलाई लागेको थियो कि मैले ती त्रुटि र विचलनहरू पत्ता लगाएको थिएँ, तर सबैले देखेको भनेको वाङ जेनको काम मात्र थियो। म पर्दा पछाडि के गर्दैछु भनेर कसैले देखेन। त्यसपछि मलाई लाग्यो कि म फेरि नाम र लाभका लागि प्रतिस्पर्धा गरिरहेको छु, त्यसैले मैले प्रार्थना गरेँ र आफैँविरुद्ध विद्रोह गरेँ। मैले एउटा निबन्धमा परमेश्वरको वचनको एक खण्ड पढेँ, जुन मेरा लागि निकै मार्मिक थियो। परमेश्वरका वचनहरू भन्छन्: “यदि तँ सधैँ धाक दिने र तैँले भनेजस्तै गर्ने प्रयास गर्छस् भने, तैँले सद्‌दभावपूर्ण सहकार्य गरिरहेको हुँदैनस्। तैँले के गरिरहेको हुन्छस्? तैँले बाधा उत्पन्‍न गरिरहेको र अरूलाई कमजोर तुल्याइरहेको हुन्छस्। बाधा उत्पन्‍न गर्नु र अरूलाई कमजोर तुल्याउनु भनेको शैतानको भूमिका निर्वाह गर्नु हो; यो आफ्‍नो कर्तव्य निर्वाह गर्नु होइन। … तँसँग बल कम होला, तर यदि तँ अरूसँग काम गर्न र उपयुक्त सुझावहरू स्वीकार गर्न सक्षम छस्, र तँसँग सही प्रेरणा छ र तँ परमेश्‍वरको घरको कामको रक्षा गर्न सक्छस् भने, तँ सही व्यक्ति होस्। कहिलेकाहीँ तँ एउटै वाक्यले समस्या समाधान गर्न र सबैलाई फाइदा पुर्‍याउन सक्छस्; कहिलेकाहीँ तैँले सत्यताको एउटा कथनमा सङ्गति गरेपछि सबैले अभ्यासको मार्ग पाउँछन्, र एकसाथ मिलेर काम गर्न सक्छन्, र सबै साझा लक्ष्यतर्फ लागिपर्छन्, अनि समान विचार र धारणा साझा गर्छन्, अनि त्यसैले काम विशेष रूपमा प्रभावकारी हुन्छ। यो तैँले खेलेको यो भूमिका कसैले नसम्झे पनि, र तैँलाई आफूले त्यसमा धेरै मेहनत गरेको जस्तो नलागे पनि, परमेश्‍वरले तँ सत्यको अभ्यास गर्ने व्यक्ति होस, सिद्धान्तअनुसार काम गर्ने व्यक्ति होस् भनी देख्‍नुहुनेछ। तैँले त्यसो गरेको परमेश्‍वरले सम्झना गर्नुहुनेछ। यसैलाई बफादारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गरेको भनिन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न मैत्रीपूर्ण सहकार्य चाहिन्छ)। यो सत्य हो। पर्दापछाडिको मेरो काम कसैले देख्न नसके पनि, म परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्दै थिएँ। अन्य मानिसहरूले थाहा पाए पनि केही फरक पर्दैनथ्यो। सत्यता अभ्यास गर्नु र परमेश्वरलाई सन्तुष्ट पार्नु महत्त्वपूर्ण कुरा हो। सुपरभाइजरका रूपमा, अरूको त्रुटि र विचलन देखेपछि उनीहरूसँग सङ्गति गर्नु, र तिनीहरूलाई ती समस्याहरू समाधान गर्न मद्दत गर्नु मेरो जिम्मेवारी र कर्तव्य, अनि मैले गर्नुपर्ने काम थियो। त्यो मैले जस लिनुपर्ने कुरा थिएन। पहिले, म अरूको अगाडि सधैँ देखावट गर्ने कोसिस गर्थेँ, तर अहिले म पर्दा पछाडिबाट मात्र काम गर्न सक्थेँ। त्यो परमेश्वरको बन्दोबस्त र योजनाबद्ध कार्य थियो, र त्यो नै मलाई आवश्यक थियो। म त्यसमा समर्पित हुनुपर्थ्यो, कर्तव्य निर्वाह गर्दा सत्यता अभ्यासमा ध्यान केन्द्रित गर्नुपर्थ्यो, र आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न लागिपर्नुपर्थ्यो।

त्यसपछि जब मैले हाम्रो काममा समस्याहरू देख्थेँ, म सिस्टर वाङ जेनसँग सम्पर्क गर्न पहल गर्थेँ। कहिलेकाहीं मैले ब्रदर-सिस्टरहरूलाई समस्याहरूका बारेमा पत्र लेख्दा, मैले नै लेखिरहेकी हुँ भनेेर देखाउन चाहन्थेँ, तर मैले गुप्त रूपमा देखावट गरिरहेको र आफूलाई उच्च पारिरहेको महसुस गरेपछि, म प्रार्थना गर्थेँ र आफ्ना गलत उद्देश्यहरू त्याग्थेँ। म आफूलाई शान्त बनाउँथेँ र अरूलाई मद्दत गर्न सक्ने के कुरा लेख्न सकिन्छ, र आफ्ना जिम्मेवारी र कर्तव्य कसरी पूरा गर्न सकिन्छ भन्नेबारे सोच्थेँ। यसरी अभ्यास गर्दा मेरो हृदय उज्यालो हुन्थ्यो र म साँच्चिकै स्वतन्त्र महसुस गर्थें। यो आफूलाई आचरणमा ढाल्ने निकै राम्रो तरिका हो।

अघिल्लो: ८८. यो परमेश्‍वरको आवाज हो

अर्को: ९०. पुनः रोगको सामना

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१७. कमजोर क्षमता बहाना होइन

झुइक्‍वी, चीनविगतका समयमा, मैले मेरो कर्तव्य गर्ने समयमा कठिनाइको सामना गर्नु पर्दा, वा मैले नराम्रोसँग काम गर्दा, मेरो क्षमता कमजोर भएर हो...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

६२. असफलताको बीचमा माथि उठ्दा

फेङ्क्‍वी, दक्षिण कोरियामैले परमेश्‍वरलाई भेट्टाउनुभन्दा पहिले, मलाई चिनियाँ कम्युनिस्ट पार्टीले शिक्षा-दीक्षा दिएको थियो। आफ्‍नो लागि नाम...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्