५४. धरातलीय रहनुले शान्ति मिल्छ

मैले सन् २०१७ देखि मण्डलीमा नयाँ विश्वासीहरूलाई मलजल गर्ने काम थाल्दा, सक्दो छिटो काममा दक्ष बनूँ भनेर सबै सम्बन्धित सत्यता सिद्धान्त बढेर ज्ञान हासिल गर्न मलाई हतारो थियो। मैले धेरै मेहनत गरेँ र काममा ठुलो मूल्य चुकाएँ, अनि राम्रो नतिजा प्राप्त गर्दै गएँ। करिब एक वर्षपछि, मलाई समूह अगुवा चुनियो। ब्रदर-सिस्टर सबैले म समूह अगुवा बनेपछि तीव्र प्रगति भएको बताए। र उनीहरू सबै समस्याहरू भएमा सङ्गतिको लागि मसँग आउने गर्थे। मैले मनमनै सोचेँ, “सबैले मलाई साँच्चिकै अनुमोदन गरेका छन् जस्तो छ। मैले सत्यता पछ्याइ रहुन्जेल, मैले पक्कै पछि गएर अझ उच्च पदमा बढुवा हुने अवसर पाउनेछु। त्यति बेला सबैले मलाई साँच्चिकै सम्मान गर्नेछन्।”

केही समयपछि नै, हाम्रो समूहको सुपरभाइजरलाई वास्तविक काम नगरेका कारण हटाइयो। मैले मनमनै सोचेँ, “म सधैँ आफ्नो कर्तव्यमा धेरै सक्रिय रहँदै आएकी छु। मैले केही ब्रदर-सिस्टरका समस्या र कठिनाइहरू समाधान गर्न सकेकी छु र काममा म प्रभावकारी भइरहेकी छु। अहिले म समूह अगुवा पनि भएकी छु, र हामी चाँडै नयाँ सुपरभाइजर चयन गर्दै छौँ। पक्कै पनि म पहिलो रोजाइ हुनेछु। मेरा लागि यो आफैँलाई विशेष बनाउने शानदार अवसर हो!” तर केही दिनपछि नै, हाम्रा अगुवाले अर्को मण्डलीबाट एक सिस्टरलाई राम्रो क्षमता भएकी, सत्यता पछ्याउने, वृद्धिविकास गर्न योग्य भएको बताउँदै हाम्रो सुपरभाइजरको रूपमा सरुवा गर्नु भयो। यो समाचार सुनेपछि म साँच्चिकै निराश भएँ। मैले सोचेँ, “ए, यी सिस्टर वृद्धिविकासका लागि राम्रो उम्मेदवार हुन्, म चाहिँ हैन?” तर त्यसपछि मलाई लाग्यो, यदि यी सिस्टरले साँच्चै वास्तविक काम गर्न सके त सकारात्मक परिणाम हुने थियो। त्यो कुरा बुझेपछि, मैले आफूलाई अझ समर्पित गर्न सकेँ। पछि, मण्डलीको कामले ती सिस्टरलाई अर्कै कर्तव्यमा खटाइएपछि अति उत्साहित हुँदै मैले सोचेँ, “यस पटक पक्कै पनि उहाँहरूले मलाई सुपरभाइजर पदका लागि विचार गर्नुहुनेछ।” तर केही दिनमै, हाम्रा अगुवाले सिस्टर एडेललाई सुपरभाइजरमा बढुवा गर्नुभयो। यस पटक मैले यो कुरालाई त्यति सहजतापूर्वक लिइनँ। मैले सोचेँ, “म आफ्नो कर्तव्यमा साँच्चिकै कडा मेहनत गर्छु र केही वास्तविक समस्याहरू समाधान गर्न सक्षम छु। अगुवाले किन मलाई बढुवा गर्नुभएन? के उहाँले म वृद्धिविकास गरिन योग्य छैन भन्ने सोच्नुहुन्छ? के उहाँ मलाई कम आँक्नु हुन्छ? दुई पटक बढुवाको मौका गुमाएपछि अब ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्लान्? एडेल भर्खरै यहाँ सरुवा भएकी हुन् र काममा अभ्यस्त भइनसकेकीले प्रायः सल्लाहको लागि मसँग आउँछिन्। तैपनि हाम्रा अगुवाले किन उनलाई उच्च मान दिँदै वृद्धिविकास गर्दै हुनुहुन्छ?” यो सबै भएपछि मैले धेरै हतोत्साहित र अन्याय भएको महसुस गरेँ। पछि, जब एडेल काम सम्हालेर गति लिने प्रयासमा मसँग सल्लाह लिन आई धेरै प्रश्न गर्न थालिन्, म अधीर भएँ। मैले सोचेँ, “तिमी सुपरभाइजर हैन र? यदि मैले पहिले नै जवाफ दिइसकेका प्रश्नहरू बारम्बार सोधिरहन्छौ भने तिम्रो क्षमता त्यस्तो राम्रो पक्कै छैन!” कहिलेकाहीँ ब्रदर-सिस्टरहरू एडेलसँग नयाँ विश्वासीलाई मलजल गर्ने सम्बन्धमा उनले पहिले नसम्हालेका प्रश्न र कठिनाइ बोकेर आउँथे, र उनलाई तीबारे सङ्गति गरेर समाधान दिन सक्दिनथिन्, अनि मेरो सहयोग माग्थिन्। म जानीजानी भन्थेँ, “यो एउटा सामान्य समस्या हो। तपाईँले खाली समस्याको चुरो पहिचान गर्नु पर्छ र त्यसका बारेमा सत्यलाई स्पष्ट रूपमा सङ्‍गति गर्नु पर्छ।” त्यसपछि मैले यस्तै समस्याहरू कसरी हल गरेकी थिएँ भन्ने उदाहरणहरू दिन्थेँ। मैले सोचेँ, “मैले सबैलाई मसँग प्रतिभा भएको देखाउनु पर्छ। मसँग खुबी नभएको हैन, बरु मलाई सुपरभाइजर बन्ने अवसर नदिइएको चैँ हो।” पछि एडेलले हामी सँगै बसौँ भनिन्, ताकि समस्या देखापर्दा उनले मसँग परामर्श गर्न सकून्। मैले सोचेँ, “समस्या देखापर्ने बित्तिकै मसँग परामर्श गर्ने? तर समस्या हल भएपछि त्यसको सबै श्रेय पनि तिमीले पाउँछौ, मैले हैन नि। म तिम्रो पर्दापछाडिको सहयोगी किन बन्नु?” मेरो मनमा यस्तो आएपछि, मैले “नयाँ विश्वासीहरूलाई मलजल गर्ने व्यस्त तालिका भएका कारण मसँग समय छैन” भनेर उनको कुरा अस्वीकार गरेँ। एडेलले मलाई धेरै पटक फेरि अनुरोध गरिन्, तर मैले कहिल्यै स्वीकार गरिनँ। बिस्तारै, एडेल मेरा कारण केही खुम्चिएकी हुन् कि जस्तो मैले देखेँ। कामका बारेमा छलफल गर्न उनी केही निष्क्रिय भएकी थिइन्। तैपनि मैले यसबारे आत्मचिन्तन गरेर आफूलाई चिन्न सकिनँ। बरु, एडेललाई सुपरभाइजरको रूपमा काम गर्न कठिनाइ भइरहेको छ भन्ने सोचिरहेँ। अझ, मैले सोचेँ, यदि मैले सक्रिय रूपमा सहकार्य गर्दा उनको स्थिति सुध्रियो र आफ्नो काममा लय समातिन् भने, मेरो बढुवा हुने कुनै मौका आउने छैन। उनी जब नकारात्मकतामा डुब्थिन्, उल्टै यसले मेरो उत्साह र उद्देश्यलाई थप उजागर गर्थ्यो। त्यसैले, हामीले कामको बारेमा छलफल गरिरहेको बेला, म निकै सक्रिय र उत्साही रहन्थेँ, अनि आफूलाई फरक देखाउन नेतृत्वदायी भूमिका लिन्थेँ।

पछि, धेरैभन्दा धेरै मानिसहरूले परमेश्वरको आखिरी दिनहरूको कामलाई स्विकारिरहेकाले, हाम्रो समूहमा केही थप मलजलकर्ता नियुक्त गरियो। एडेलले मलाई नयाँ आएका ब्रदर-सिस्टरहरूलाई सहयोगका लागि अधिक समय दिन भनिन्। म यी अवसरहरूको उपयोग गर्दै आफूले नयाँ विश्वासीहरूका धारणा र भ्रमहरू हल गर्न कसरी सत्यताको खोजी गरेँ भनेर मानिसहरूलाई सुनाउँथे, व्यवस्थित रूपमा आफ्ना व्यक्तिगत अनुभव र तिनीहरूका लागि अभ्यासका मार्गहरू स्पष्ट पार्थेँ। त्यसपछि, हरेकपल्ट समस्या हुँदा ब्रदर-सिस्टरहरूले छलफलका लागि मलाई खोज्थे। कहिलेकाहीँ त मानिसहरू एडेलले हल गर्न नसकेका समस्याहरू पनि लिएर आउँथे। म आफैँसँग निकै खुसी भइरहेकी थिएँ, सोच्थेँ “मेरा सबै काम अहिले फलदायी भइरहेका छन् जस्तो छ। सबैले मलाई अनुमोदन गर्छन्। म सुपरभाइजर नहौँला, तर म सुपरभाइजरका धेरै काम सम्हाल्न सक्छु। अर्को पल्ट सेवक र अगुवाका लागि चुनाव हुन्छ। ब्रदर-सिस्टरहरूले पक्कै पनि मलाई भोट दिनेछन्।”

केही समयपछि नै वार्षिक चुनावको बेला भयो र म साँच्चै उत्साहित भइरहेकी थिएँ। मैले सोचेँ, “अगुवा चुनिएँ भने मसँग मण्डलीका परियोजनाहरूबारे निर्णय लिने अधिकार हुनेछ। मेरो सुपरिवेक्षणमा कामले गति लियो भने, ब्रदर सिस्टरहरूले पक्कै म मेरो स्थानका लागि योग्य छु भनी सोच्नेछन्। मेरो अझ बढी इज्जत गर्नेछन्।” तर मलाई अचम्मित पार्दै, परिणाम घोषणा हुँदा मेरो नाम आएन। मेरो अनुहार रातो भयो र अत्यन्तै लज्जित महसुस गरेँ। मेरो घाउमा नुन हाल्दै, ब्रदर-सिस्टरहरूले भने, म घमन्डी स्वभाव भएकी, प्रायः मानिसहरूलाई खुम्च्याउने, जीवन प्रवेशलाई प्राथमिकता नदिने, विरलै आत्मचिन्तन गर्ने, कुनै कुराबाट पाठ सिक्ने वा कुरा बुझ्ने प्रयास नगर्ने छु; सङ्क्षेपमा, मैले सत्यता पछ्याएकी छैन। त्यो सबै सुनेपछि मलाई अत्यन्तै नरमाइलो लाग्यो—अब सबै ब्रदर सिस्टरहरूलाई मैले सत्यता नपछ्याएको थाहा भयो। म आफूलाई फरक देखाउन मात्र असफल हैन कि, पूर्ण रूपमा आफूलाई लाजमर्दो बनाइसकेकी थिएँ। ती दिनहरूमा ब्रदर सिस्टरहरूले मैले त्यो परिस्थितिबाट के सिकेँ भनी कतै सोधी हाल्छन् कि भनेर म डराउँथेँ। कसैले मसँग कुरा गर्नेछैन, मेरो वास्तविकता बुझेर मबाट पर हुन खोज्नेछन् कि भनेर पनि म चिन्तित थिएँ। म भावनात्मक रूपमा यत्रतत्र छरिएकी थिएँ। खाली के भएको त्यस्तो मात्र मस्तिष्कमा आइरहेको थियो। आफ्नो कर्तव्यमा ध्यान दिन सकिनँ मैले। म भयानक पीडा र यातना महसुस गर्दै थिएँ। सोचिरहेँ, किन मैले यस प्रकारको कठिन परीक्षा सामना गर्नुपर्‍यो? पछि, केही ब्रदर-सिस्टरहरूले मसँग सङ्गति गरे, र मलाई कर्तव्यमा आफ्नो कार्यसम्पादन बारेमा आत्मचिन्तन गर्न बढी समय खर्चिन भने। तिनीहरूले इङ्गित गरेअनुसार, काममा मेरो केही दक्षता भए पनि, मैले सत्यताको पछ्याइलाई प्राथमिकता दिन्थिनँ , केवल प्रतिष्ठा र हैसियत मात्र खोज्थेँ र म गलत बाटोमा हिँड्दै थिए। ब्रदर सिस्टरहरूको सल्लाह र सहयोग परमेश्वरबाट आएको हो भन्ने मलाई थाहा थियो, त्यसैले म उहाँसामु आई प्रार्थना गरेँ। “हे परमेश्वर, यसरी खुलासा हुनु, मेरो लागि अत्यन्तै कठिन भएको छ। प्रिय परमेश्वर, कृपया मलाई अन्तर्दृष्टि दिनुहोस्। र, आत्मज्ञान पाउन र तपाईँको अभिप्राय बुझ्न अनुमति दिनुहोस्।”

एक दिन, परमेश्वरका शब्दहरू पढ्दै गर्दा, मैले केही खण्ड भेटेँ जसमा परमेश्वरले ख्रीष्टविरोधी कसरी प्रतिष्ठा र हैसियत खोज्ने हुन्छन् भनी उजागर गर्नु भएको छ। परमेश्वरका वचनहरू भन्छन्: “ख्रीष्टविरोधीहरूले जे-जस्तो कर्तव्य निर्वाह गरे पनि, तिनीहरूले आफूलाई उच्‍च पदमा, वरिष्ठताको पदमा राख्‍ने प्रयास गर्छन्। तिनीहरू साधारण अनुयायीको रूपमा रहेको आफ्‍नो स्थानप्रति सन्तुष्ट बन्‍न सक्दैनन्। अनि, तिनीहरू के कुरामा सबैभन्दा बढी उत्साहित हुन्छन्? मानिसहरूको अगाडि बसेर आदेश दिँदै र तिनीहरूलाई अह्राउँदै, उनीहरूलाई आफूले भनेअनुसार काम गर्न लगाउन पाउँदाको क्षणले। आफ्‍नो कर्तव्य कसरी उचित रूपमा निर्वाह गर्ने भनेर तिनीहरूले कहिल्यै विचार गर्दैनन्—आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सत्यता सिद्धान्तहरू खोजी गर्नु त परको कुरा हो। बरु, तिनीहरूले आफूलाई पृथक देखाउन, अगुवाहरूको नजरमा उच्‍च बन्‍न र बढुवा पाउनको लागि उपायहरू खोज्दै आफ्नो दिमाग खियाउँछन्, ताकि तिनीहरू आफै अगुवा वा सेवक बन्‍न सकून्, र अरूलाई नेतृत्व गर्न सकून्। तिनीहरूले सारा दिन यस्तै कुरा सोचिरहेका र आशा गरिरहेका हुन्छन्। ख्रीष्टविरोधीहरू अरूको नेतृत्वमा हिँड्न तयार हुँदैनन्, न त तिनीहरू साधारण अनुयायी हुन नै इच्‍छुक हुन्छन्, तिनीहरूले प्रसिद्धिविना आफ्‍नो कर्तव्य चुपचाप निर्वाह गर्न चाहनु त परको कुरा हो। तिनीहरूको कर्तव्य जे भए पनि, यदि तिनीहरू अगाडि र केन्द्रमा पर्न सक्दैनन् भने, यदि तिनीहरूले अरूभन्दा माथि पुगेर अरूलाई अगुवाइ गर्न सक्दैनन् भने, तिनीहरूलाई आफ्‍नो कर्तव्य निर्वाह गर्नु न्यास्रोलाग्दो लाग्छ, र तिनीहरू नकारात्मक बनेर सुस्त बन्‍न थाल्छन्। अरूको प्रशंसा वा आराधनाविना, तिनीहरूलाई काम त्यति रोचक लाग्दैन, र कर्तव्य निर्वाह गर्ने तिनीहरूको इच्‍छा घटेर जान्छ। यदि कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूले अगाडि र केन्द्रमा रहन र अन्तिम निर्णय गर्न पाउँछन् भने, तिनीहरू ढुक्‍क बन्छन्, र जुनसुकै कठिनाइ भोग्‍न पनि तयार हुन्छन्। कर्तव्यपालनको दौरान तिनीहरूले सधैँ व्यक्तिगत अभिप्रायहरू बोकेका हुन्छन्, र अरूलाई जित्‍ने आफ्‍नो जरुरत पूरा गर्न तिनीहरू सधैँ आफूलाई पृथक देखाउन, र आफ्‍नो इच्‍छा र महत्त्वाकाङ्क्षा पूरा गर्न चाहन्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। “ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, यी कुराहरू तिनीहरूको लागि नहुँदा पनि हुने बाह्य वस्तुहरू हुने कुरा त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन्, र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको आचरण होइन। त्यसो भए, तिनीहरूको आचरण के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक स्थिति, र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। यसकारण ख्रीष्टविरोधीहरूका लागि, प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि, यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले अझै पनि हैसियत र प्रतिष्ठाको खोजीलाई पन्छाउन सक्दैनन्। तिनीहरूलाई तैँले जुनसुकै समूहका मानिसहरूमाझ राख्‍न सक्छस् तर तिनीहरूले सोच्न सक्‍ने भनेकै प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरमा विश्‍वास त गर्छन्, तर तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियतको खोजीलाई परमेश्‍वरमाथिको विश्‍वास बराबर मान्छन् र यसलाई उही वजन दिन्छन्। भन्‍नुको मतलब, परमेश्‍वरमाथिको विश्‍वासको बाटोमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियतको पनि खोजी गर्छन्। के भन्‍न सकिन्छ भने ख्रीष्टविरोधीहरूले आफ्नो हृदयमा परमेश्‍वरमाथिको विश्‍वास र सत्यताको खोजी भनेकै प्रतिष्ठा र हैसियतको खोजी हो भन्‍ने विश्‍वास गर्छन्; प्रतिष्ठा र हैसियतको खोजी भनेको सत्यताको खोजी हो र प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो भन्ने विश्‍वास गर्छन्। यदि तिनीहरूलाई आफ्नो कुनै प्रतिष्ठा, लाभ वा हैसियत छैन, कसैले पनि आफूलाई सम्‍मान वा आदर गर्दैन, वा पछ्याउँदैन भन्‍ने लाग्यो भने, तिनीहरू अत्यन्तै निराश हुन्छन्, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्‍ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, ‘के परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास असफलता होइन र? के यो निराशलाग्दो छैन र?’ तिनीहरूले आफ्‍नो हृदयमा त्यस्ता कुराहरूबारे बारम्‍बार विचार गर्छन्, आफ्‍नो लागि परमेश्‍वरको घरमा कसरी स्थान लिन सकिन्छ, मण्डलीमा कसरी उच्‍च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ भनेर विचार गर्छन्, ताकि मानिसहरूले तिनीहरूको कुरा सुनून्, र तिनीहरूले गरेको काममा समर्थन जनाऊन्, र तिनीहरू जहाँ गए पनि तिनीहरूलाई पछ्याऊन्; ताकि तिनीहरूले मण्डलीमा अन्तिम निर्णय गर्न पाऊन्, र तिनीहरूले ख्याति, लाभ, र हैसियत पाऊन्—तिनीहरूले यस्ता कुराहरूमा साँच्‍चै ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले गर्ने खोजी यिनै हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनले खुलासा गर्छन्, ख्रीष्टविरोधीले प्रतिष्ठा र हैसियतलाई ठुलो महत्त्व दिन्छन्। चाहे जुन बेला जतासुकै होस्, राम्रो प्रतिष्ठा र उच्च हैसियत प्राप्त गर्नु तिनीहरूको एक मात्र उद्देश्य हुन्छ। तिनीहरू अलग देखिन र अरूको सम्मान पाउन मात्र परमेश्वरमा विश्वास गर्छन्। तिनीहरूको उद्देश्य भनेको हैसियतका लाभ प्राप्ति मात्रै हो। निर्णय गर्ने अधिकार र अरूमाथि शासन गर्ने शक्ति प्राप्त गर्नु उनीहरूको चाहना रहन्छ। हैसियत र प्रतिष्ठा प्राप्ति नभए, तिनीहरू परमेश्वरमा विश्वास गर्नु अर्थहीन रहेको र कर्तव्य गर्नुको कारण छैन भन्ने निष्कर्षमा पुग्छन्। परमेश्वरका वचन सम्झँदा, मैले प्रकट गरेको स्वभाव र पछ्याइबारे मेरो विचार ख्रीष्टविरोधी भन्दा कम थिएनन्। म हरपल सुपरभाइजर वा अगुवा बन्ने दाउमा लागिरहे। अगुवा र सेवकसँग निर्णय गर्ने अधिकार हुन्छ, महत्त्वपूर्ण निर्णय गर्न सक्छन्, उच्च आदर, सहयोग र सम्मान पाउँछन् भन्ने लागिरहन्थ्यो। समूहको अगुवा भएर मेरो अधिकार सीमित थियो अनि मैले आफूलाई अलग देखाउने मौका पाइरहेकी थिइनँ। काममा जब म राम्रो नतिजा प्राप्त गर्थेँ, मलाई अचानक थप शक्ति र अधिकार प्राप्तिको चाहना पलाउने गर्दथ्यो। यसले गर्दा सबै मानिस मेरो आसपास झुम्मिने थिए अनि सबैले मेरो सम्मान गर्ने थिए। मण्डलीमा नयाँ सुपरभाइजर चयन हुने सुन्ने बित्तिकै, चुनाव कहिले हुन्छ भन्ने प्रतीक्षा हुन थाल्यो मलाई। लाग्यो आफूलाई अलग देखाउने यो सुवर्ण अवसर हो। तर अगुवाले जब अर्कै मण्डलीबाट सरुवा गरेर नयाँ सुपरभाइजर ल्याए, मलाई यो स्विकार्न सजिलो भएन। म एकदमै निराश भएँ। अगुवाले मलाई तालिम लिने मौका दिन नखोजेजस्तो, कतै मेरो विरुद्ध पो छन् कि जस्तो लग्यो। अहिले नियुक्त सुपरभाइजर भन्दा म लायक छु भन्ने साबित गर्न मैले उनलाई असहयोग गरे। उनलाई अप्ठेरो पार्ने काम जानी जानी गरे। यसले उनलाई सङ्कुचित बनायो। सुपरभाइजर निर्वाचित हुने स्वार्थबाट प्रेरित भएर मैले ब्रदर-सिस्टरहरुलाई सक्दो सहयोग गरे। आफूलाई प्रमाणित गर्न देखावटी काम गरे। सबैले मलाई स्वीकार गरुन् अनि भोट पनि दिउन् भन्ने थियो। मैले केवल हैसियत र प्रतिष्ठा हेरे। र मैले जे गरे सब सहिसिय्त प्राप्तिका लागि मात्रै थियो। म ख्रीष्टविरोधी मार्गमा हिँड्दै थिएँ। यो बुझेर, ठुलो पछुतो महसुस भयो अनि परमेश्वरलाई प्रार्थना गर्न लागेँ। “हे परमेश्वर मैले आफ्नो कर्तव्यमा सत्यता पछ्याइरहेकी छैन। हैसियत र प्रतिष्ठाको पछि लागेर मैले परमेश्वरको इच्छा विपरीत काम गरे। हे परमेश्वर म अब पनि यही बाटोमा म हिँडिरहन चाहन्न। म पश्चात्ताप गर्न तयार छु। मलाई अन्तर्दृष्टि दिनुहोस्, ताकि मैले आफूलाई बुझ्न सकौँ।”

एक पटक भक्तिको समयमा मैले परमेश्वरका वचनको यो खण्ड भेटेँ: “जब शैतानी स्वभावले मानिसहरूमा जरा गाढेको हुन्छ र त्यो तिनीहरूको प्रकृति बनेको हुन्छ, तब त्यो तिनीहरूको हृदयमा अन्धकार र दुष्टताको बीउ रोप्न अनि तिनीहरूलाई गलत मार्ग पछ्याउने र छान्ने बाटोमा डोऱ्याउन पर्याप्त हुन्छ। भ्रष्ट शैतानी स्वभावको प्रेरक शक्तिअन्तर्गत मानिसहरूका आदर्श, आशा, महत्त्वाकाङ्क्षा, र जीवनका लक्ष्य र दिशाहरू के हुन्? के उनीहरू सकारात्मक कुराहरूको विपरीत दगुर्दैनन् र? उदाहरणका लागि, मानिसहरू सधैँ यश प्राप्त गर्न वा प्रसिद्ध व्यक्ति बन्‍न चाहन्छन्; उनीहरू ठूलो ख्याति र इज्‍जत प्राप्त गर्न चाहन्छन्, र उनीहरूका पुर्खाहरूको गौरव बढाउन चाहन्छन्। के यी सकारात्मक कुराहरू हुन्? यी सबै सकारात्मक कुराहरूसँग पटक्‍कै मेल खाँदैनन्; यसबाहेक, ती कुराहरू मानवजातिको भवितव्यमाथि परमेश्‍वरको सार्वभौमिकताको विपरीत छन्। … के तिमीहरू सधैँ आफ्‍नो पखेटा फैलाउन र उड्न चाहन्छौ, के तिमीहरू सधैँ एक्लै उड्न चाहन्छौ, फिस्टोको सट्टा चील बन्‍न चाहन्छौ? यो कस्तो स्वभाव हो? के यो मानव आचरणको सिद्धान्त हो? मानव आचरणसम्‍बन्धी तिमीहरूको खोजी परमेश्‍वरका वचनहरूमा आधारित हुनुपर्छ; परमेश्‍वरका वचनहरू मात्र सत्यता हुन्। तिमीहरूलाई शैतानले अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याएको छ, र तिमीहरूले सधैँ परम्‍परागत संस्कृति अर्थात् शैतानका वचनहरूलाई सत्यताका रूपमा, तिमीहरूको खोजीको लक्ष्यका रूपमा लिन्छौ, जसले गर्दा तिमीहरूले सहजै गलत मार्ग, परमेश्‍वरलाई विरोध गर्ने मार्ग लिन सक्छौ। भ्रष्ट मानवजातिका विचार र दृष्टिकोणहरू, र तिनीहरू लागिपर्ने कुराहरू परमेश्‍वरका चाहनाहरू, सत्यता, र सबै थोकमाथिको परमेश्‍वरको सार्वभौमिकता, सबै थोकमाथिको उहाँको योजनाबद्ध कार्य, र मानवजातिको नियतिमाथिको उहाँको नियन्त्रणका नियमविपरीत हुन्छन्। त्यसकारण यस्तो पछ्याइ मानव सोचाइ र धारणाहरूअनुसार जति नै उचित र मनासिब भए पनि, परमेश्‍वरका दृष्टिकोणमा ती सकारात्मक कुरा हुँदैनन्, र ती उहाँको अभिप्रायअनुरूप हुँदैनन्। तँ मानवजातिको नियतिमाथि परमेश्‍वरको सार्वभौमिकताको तथ्यविरुद्ध जाने हुनाले, र तँ एक्लै जान चाहने हुनाले, आफ्नो भाग्य आफ्नै हातमा लिने हुनाले, तँ सधैँ यति साह्रो गरी पर्खालमा ठोक्किन पुग्छस् कि तेरो टाउकोबाट रगत बग्न थाल्छ, अनि कुनै कुरा तेरो काम लाग्दैन। किन कुनै कुरा तेरो काम लाग्दैन? किनभने परमेश्‍वरद्वारा स्थापित नियमहरू सृष्टि गरिएको कुनै प्राणीले परिवर्तन गर्न सक्दैन। परमेश्‍वरको अख्तियार र शक्ति अरू सबै कुराभन्दा माथि छन्, सृष्टि गरिएको कुनै प्राणीले यसलाई उल्लङ्घन गर्न सक्दैन। मानिसहरू आफ्नो क्षमतालाई चाहिनेभन्दा बढी आँक्छन्। के कुराले गर्दा मानिसहरू सधैँ परमेश्‍वरको सार्वभौमिकताबाट मुक्त हुन, आफ्‍नो भाग्यलाई अँठ्याएर भविष्यको योजना बनाउन, अनि आफ्‍ना सम्‍भाव्यता, दिशा, र जीवन उद्देश्यलाई वशमा राख्‍न चाहन्छन्? यसको सुरुवात कहाँबाट हुन्छ? (भ्रष्ट शैतानी स्वभावबाट।) त्यसोभए, भ्रष्ट शैतानी स्वभावले मानिसहरूमा के ल्याउँछ त? (परमेश्‍वरको विरोध।) मानिसहरूले परमेश्‍वरको विरोध गर्नुको परिणाम के हुन्छ? (पीडा।) पीडा? यो विनाश हो! पीडा यसको आधा पनि हुँदैन। तँ आफ्नो आँखाअगाडि जे देख्छस् त्यो पीडा, नकारात्मकता, र कमजोरी हो, र यो प्रतिरोध र गुनासो हो—यी कुराहरूले कस्ता परिणामहरू ल्याउँछन्? सर्वनाश! यो सानो कुरा होइन, र यो कुनै खेल होइन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भ्रष्ट स्वभावलाई सत्यता स्विकारेर मात्र हटाउन सकिन्छ)। परमेश्वरका वचनले गरेको खुलासाबाट मैले बुझें जब मानिस सैतानबाट भ्रष्ट हुन्छ, उसको जिन्दगी सैतानी भ्रष्ट स्वभावले नियन्त्रित हुन्छ। उसमा घमन्ड, छल कपटजस्ता सैतानी अवगुण हाबी हुन्छन्। ऊ परमेश्वरको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुन छोड्छ, सधैँ महत्त्वाकाङ्क्षा र चाहनाले भरिन्छ, सधैँ महान् अनि प्रख्यात व्यक्ति बन्न प्रयासरत हुन्छ। उच्च हैसियत प्राप्त गरी महान मानिस बन्ने प्रयासमा हुन्छ। शैतनी दर्शन, जस्तै: “उँभोतिर जान्छ मानिस, खोला बग्छ उँधो” र “जनरल बन्ने चाहना नभएको सिपाही खराब सिपाही हो।” आदिले मेरो मनमा डेरा जमाइसकेका थिए। प्रतिष्ठा र हैसियत खोज्नु सही बाटो हो भन्ने बुझाई थियो मेरो। विद्यालयमा मैले सधैँ अब्बल विद्यार्थी बन्ने प्रयास गरे। परीक्षा राम्रो नहुँदा म कैयौँ दिन निराश हुन्थेँ, स्नातक सकेपछि जागिर गर्न थाले। त्यहाँ पनि उत्कृष्ट कर्मचारी बन्ने प्रयासमा खुब मेहनत गरे। म बिना पैसा ओभर टाइम गर्थेँ अनि अप्ठेरो कामहरू जिम्मा लिन्थेँ, खाली हाकिमको मन जित्न अनि बढुवा हुने लोभमा। जब म आस्थामा प्रवेश गरेँ, सबैको सम्मान र सहयोग पाउने लोभ थियो, मण्डलीको अगुवा वा सुपरभाइजर भएर। यसरी म हैसियतको खोजमा अघि बढे। विशेष गरी, जब म समूहको अगुवा भएर ब्रदर-सिस्टरले स्वीकार गर्ने अवस्थामा पुगे, मेरो महत्त्वाकाङ्क्षा र इच्छाले नयाँ उडान लियो। म निकै घमण्डी हुन थालेँ, आफूसँग सुपरभाइजर वा अगुवामा बढुवा हुन पुँजी र योग्यता दुवै छ भन्ने लाग्न थाल्यो। मेरा अगुवाले मभन्दा पहिले एडललाई बढुवा गर्दा, ममा प्रतिरोध जाग्यो र मलाई रिस उठ्यो अनि उसलाई साथ दिन र ऊसँग सहकार्य गर्न चाहिनँ। म सधैँ ऊसँग प्रतिस्पर्धा गर्ने प्रयास पनि गरिरहन्थेँ। म प्रायः अवसर पायो कि आफ्नो समस्या समाधान गर्न सक्ने क्षमता देखाउन खोज्थेँ। एकातर्फ, म एडललाई ऊ मेरा स्तरमा छैन भनेर सोच्न लगाउन चाहन्थेँ, अर्कोतर्फ, ब्रदर-सिस्टरहरूलाई म ऊभन्दा प्रतिभाशाली छु भनेर देखाउने कोसिस गर्दै थिएँ। यसरी, समस्या पर्दा सबै जना मकहाँ आउनेछन् र अर्का चुनावमा मलाई पहिले सम्झनेछन् भन्ने आशा गरेँ। मैले हैसियतलाई अरू कुराभन्दा महत्त्वपूर्ण ठानेँ र मैले आफू बारम्बार असफल भए पनि कहिल्यै आत्मचिन्तन गरिनँ। साथै, म झोँक्किन्थेँ र रिसाउथेँ, सोच्थेँ, ममा पूँजी छ किनभने म केही काम राम्ररी गर्न सक्छु र मलाई अरूको अगुवा बनाइनुपर्छ। म असाध्यै अहङ्कारी र निर्लज्ज थिएँ! यसलाई विचार गर्दा, मलाई आफू हैसियत खोज्न मात्र परमेश्वरमा विश्वास गर्छु भन्ने महसुस भयो। मैले सत्यता पछ्याउनुलाई प्राथमिकता दिइनँ र ममा सत्यता वास्तविकता एकदमै कम थियो—यस्तामा, मैले अगुवा र सेवकले गर्नैपर्ने कुनै पनि महत्त्वपूर्ण काम गर्नै सक्नेथिइनँ। ममा खराब मानवता पनि थियो, जसले मलाई अगुवा बन्न झनै अयोग्य बनायो। म अगुवा चयन भएको भए, ब्रदर-सिस्टर र मण्डली दुवैलाई हानि पुग्नेथ्यो।

त्यसपछि, मैले परमेश्वरको वचनका अन्य दुई खण्ड पढेँ। त्यसले मलाई प्रतिष्ठा र हैसियत पछ्याउनुको प्रकृति र नतिजा अझ राम्ररी बुझ्न मद्दत गऱ्यो। परमेश्वरका वचनले भन्छन्: “यदि कसैले सत्यलाई प्रेम गर्छु भन्छ र उनीहरू सत्यको पछि लाग्छौँ भनी भन्छन्, तर सारगत रूपमा उनीहरूको पछ्याउने लक्ष्य भनेको प्रतिष्ठा हासिल गर्नु, आफैलाई विशिष्ट बनाउनु, धाकरवाफ देखाउनु, मानिसहरूलाई उनीहरूको बारेमा उच्‍च सोच्ने बनाउनु, उनीहरूका आफ्नै स्वार्थ पूरा गर्नु हो र उनीहरू परमेश्‍वरमा समर्पित हुन वा उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, बरु त्यसको सट्टा ख्याति, प्राप्ति र हैसियत हासिल गर्न कर्तव्य निर्वाह गर्छन् भने, उनीहरूको खोजी अवैध हुन्छ। यस्तो मामिला हुँदा, जब मण्डलीको कामको कुरा आउँछ, के उनीहरूका कार्यहरू बाधा-व्यवधान हुन्छन्, कि उनीहरूले यसलाई अगाडि बढाउन सहयोग गर्छन्? उनीहरू स्पष्ट रूपमा बाधा-व्यवधान हुन्; उनीहरूले यसलाई अगाडि बढाउँदैनन्। केही मानिसहरू मण्डलीको काम गर्ने झन्डा फहराउँदै, आफ्नै व्यक्तिगत ख्याति, प्राप्ति र हैसियतको पछि लाग्‍ने, आफ्नै कार्यप्रणाली चलाउने, आफ्नै सानो समूह, आफ्नै सानो राज्य बनाउने गर्छन्—के यस किसिमका व्यक्तिहरूले आफ्नो कर्तव्य गरिरहेका हुन्छन् र? उनीहरूले गर्ने सबै कामहरूले अनिवार्य रूपमा वाधा, व्यवधान ल्याउँछन् र मण्डलीको कामलाई हानि गर्छन्। तिनीहरूको ख्याति, प्राप्ति र हैसियतको खोजीको परिणाम के हुन्छ? सबैभन्दा पहिले, यसले परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरका वचनहरू सामान्यतया कसरी खान्छन् र पिउँछन्, र कसरी सत्यता बुझ्छन् भन्‍ने कुरामा असर पुर्‍याउँछ, यसले उनीहरूको जीवन प्रवेशमा बाधा उत्पन्‍न गर्छ, उनीहरूलाई परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नबाट रोक्छ, र उनीहरूलाई गलत मार्गमा डोर्‍याउँछ—र यसले चुनिएका जनहरूलाई हानि गर्छ र बरबादीमा पुर्‍याउँछ। अनि, यसले अन्त्यमा मण्डलीको कामलाई के गर्छ? यो बाधा, क्षति, र विघटन हो। मानिसहरूले ख्याति, प्राप्ति र हैसियतको खोजी गर्दाको परिणाम यही हो। उनीहरूले यसरी कर्तव्य निर्वाह गर्दा, के यसलाई ख्रीष्टविरोधीको बाटो हिँड्नु भनेर परिभाषित गर्न सकिँदैन? जब परमेश्‍वरले मानिसहरूलाई ख्याति, प्राप्ति र हैसियत पन्छ्याउन लगाउनुहुन्छ, तब उहाँले तिनीहरूलाई छनौट गर्ने तिनीहरूको अधिकारबाट वञ्‍चित गरिरहनुभएको हुँदैन; बरु, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्‍ने क्रममा, मानिसहरूले मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा बाधा र अवरोध पुर्‍याउँछन्, र अझ धेरै मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान-पिउन र सत्यता बुझ्न, अनि परमेश्‍वरको मुक्ति पाउनमा असर पुर्‍याउँछन्, त्यसैले यसो गरिन्छ। यो निर्विवाद तथ्य हो। जब मानिसहरू आफ्‍नै ख्याति, प्राप्ति र हैसियतको पछि लाग्छन्, तिनीहरू सत्यताको पछि लाग्दैनन् र तिनीहरूले आफ्‍नो कर्तव्य विश्‍वासयोग्य तरिकाले पूरा गर्दैनन् भन्‍ने कुरा निश्‍चित हुन्छ। तिनीहरूले ख्याति, प्राप्ति र हैसियतको खातिर मात्र बोल्‍ने र व्यवहार गर्नेछन्, र तिनीहरूले गर्ने सबै काम अपवादरहित रूपमा तिनै कुराको लागि हुन्छ। त्यसरी व्यवहार र काम गर्नु भनेको ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नु हो भन्‍नेमा कुनै सन्देह छैन; यो परमेश्‍वरको काममा बाधा र अवरोध पुर्‍याउनु हो, र यसका विविध र हरेक परिणामहरूले राज्यको सुसमाचार फैलने प्रक्रिया र मण्डलीभित्रको परमेश्‍वरको इच्‍छाको स्वतन्त्र बहावमा रोकावट पैदा गरिरहेको हुन्छ। त्यसकारण, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्‍ने मानिसहरूले हिँड्ने मार्ग परमेश्‍वरको प्रतिरोध गर्ने मार्ग हो भनेर निश्‍चयतापूर्वक भन्‍न सकिन्छ। यो उहाँविरुद्ध जानीजानी प्रतिरोध गर्नु, उहाँलाई इन्कार गर्नु हो—यो परमेश्‍वरलाई विरोध गर्न शैतानसँग सहकार्य गर्नु र उहाँविरुद्ध उभिनु हो। यो मानिसहरूद्वारा गरिने ख्याति, प्राप्ति र प्रतिष्ठाको खोजीको प्रकृति हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। “मानिसहरूको हैसियत पछ्याउने कार्यलाई जति धेरै परमेश्‍वरले अरू केही कुरालाई पनि घृणा गर्नुहुन्न, किनभने हैसियत पछ्याउनु शैतानी स्वभाव हो, यो गलत मार्ग हो, यो शैतानको भ्रष्टताबाट पैदा भएको कुरा हो, यो परमेश्‍वरले निन्दा गर्नुभएको कुरा हो, र यो परमेश्‍वरले न्याय र शुद्धीकरण गर्नुहुने कुरा हो। मानिसहरूले हैसियत पछ्याउँदा जति धेरै परमेश्‍वरले अरू केहीलाई पनि घृणा गर्नुहुन्न, तैपनि तँ अझै हैसियतको लागि ढिपी गर्दै प्रतिस्पर्धा गर्छस्, निरन्तर हैसियतलाई कदर र रक्षा गर्छस्, र सधैँ हैसियतलाई आफ्नै हातमा लिने प्रयास गर्छस्। अनि प्रकृतिको हिसाबमा, के यो सबै परमेश्‍वरको विरुद्ध हुँदैन र? हैसियत मानिसहरूको लागि परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको कुरा होइन; परमेश्‍वरले मानिसहरूलाई सत्यता, बाटो, र जीवन दिनुहुन्छ, र अन्तिममा तिनीहरूलाई सृष्टि गरिएको स्वीकार्य प्राणी अर्थात् सृष्टि गरिएका साना र महत्त्वहीन प्राणी बनाउनुहुन्छ—हैसियत र प्रतिष्ठा भएको र हजारौँ मानिसहरूले सम्‍मान गर्ने व्यक्ति बनाउनुहुन्‍न। त्यसकारण, यसलाई जुन दृष्टिकोणले हेरे पनि, हैसियतको पछि लाग्‍नु भनेको गन्तव्यहीन मार्गमा हिँड्नु हो। हैसियतको पछि लाग्‍ने तेरो बहाना जति नै तार्किक भए पनि, यो अझै पनि गलत मार्ग नै हुन्छ, र परमेश्‍वरले यसलाई अनुमोदन गर्नुहुन्‍न। तैँले जति धेरै प्रयास गरे पनि वा जति ठूलो मूल्य चुकाए पनि, यदि तँ हैसियत पाउने इच्‍छा गर्छस् भने, परमेश्‍वरले तँलाई त्यो दिनुहुनेछैन; यदि परमेश्‍वरले दिनुहुन्‍न भने, त्यो प्राप्त गर्न लडाइँ गर्दा तँ असफल हुनेछस्, र यदि तैँले लडाइँ गरिरहिस् भने एउटै मात्र परिणाम आउनेछ: तेरो खुलासा गरिनेछ र तँलाई हटाइनेछ, र तैँले गन्तव्यहीन मार्ग सामना गर्नेछस्। कुरो बुझिस् नि, हैन?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचन पढ्दा, अनि उहाँले हैसियत र प्रतिष्ठा खोज्नेहरूको चिरफार र चित्रण गर्नुभएको हेर्दा, म मर्माहत भएँ। हैसियत र प्रतिष्ठा खोज्नुको प्रकृति र नतिजा कति गम्भीर हो भन्ने मलाई साँच्चै थाहा थिएन। मानिसहरूले यी कुराहरू खोज्दा, मण्डलीको काम सिधै विघटन गर्छन् र नष्ट गर्छन् र सैतानको नोकरका रूपमा काम गर्छन्। परमेश्वर यस्ता कामको निन्दा गर्नुहुन्छ। हैसियत खोज्नु परमेश्वरको मागविरुद्ध जानु र सिधै उहाँको विरोध गर्नु हो। यसरी व्यवहार गर्नु विनाशको मार्ग हिँड्नु हो! हाम्रो अघिल्लो सुपरभाइजर वास्तविक काम नगरेकाले बर्खास्त भएका थिए, त्यसैले एडल आएपछि मण्डलीको कामलाई एकदमै लाभ भयो। किनभने उनी सत्यता पछ्याउने व्यक्ति थिइन् र आफूलाई परिस्थितिहरू आइपर्दा, सत्यता सिद्धान्त खोज्न साँच्चै प्राथमिकता दिन्थिन्, र उनले केही वास्तविक काम गर्न सक्थिन्। मैले उनलाई साथ दिनुपर्थ्यो र उनीसँग सहकार्य गर्नुपर्थ्यो, तर म प्रतिष्ठा र हैसियतप्रति अति आसक्त भएकाले, एडल सुपरभाइजर नियुक्ति भएकी छिन् भनेर स्विकार्न सकिनँ। उनले मिलेर कामबारे छलफल गर्न प्रस्ताव राख्दा, मैले बारम्बार उनीसँग सहकार्य गर्न अस्वीकार गरेँ। यसले गर्दा एडललाई सीमित र नकारात्मक महसुस भयो र मण्डलीका काममा नकारात्मक असर पऱ्यो। मैले आत्मचिन्तन गर्न नसकेकी मात्र होइन, आफूले उनीप्रति गरेको कुराको जिम्मेवारी पनि लिइनँ, उनी आफू सुपरभाइजरको भूमिकाको योग्य नभएकाले नै नकारात्मक भएकी हुन् भन्न सोचेँ। उनले आखिर आफूलाई कहिल्यै त्यो अति बोझ लागेर छोड्लिन् भनेरसमेत मैले कुरेँ, किनभने त्यसपछि म उनका स्थानमा सुटुक्क घुस्न सक्नेथेँ। के मैले मण्डलीका काममा अवरोध र बाधा पुऱ्याइरहेको थिइनँ र? मैले त कामको छलफल गर्ने र ब्रदर-सिस्टरलाई मद्दत गर्ने अवसरको आफूलाई विशेष देखाउन दुरुपयोगसमेत गरेँ, ताकि तिनीहरू समस्या आइपर्दा मकहाँ आऊन्, र एडल केवल नामको अगुवा बनून्। मैले सैतानको नोकरका रूपमा काम गरिरहेको थिएँ अनि मण्डलीका काममा बाधा पुऱ्याइरहेको र विघटन ल्याइरहेको थिएँ। म दुष्टता र परमेश्वरको प्रतिरोध गर्दै थिएँ। परमेश्वरका वचन भन्छन्: “तैँले जति धेरै प्रयास गरे पनि वा जति ठूलो मूल्य चुकाए पनि, यदि तँ हैसियत पाउने इच्‍छा गर्छस् भने, परमेश्‍वरले तँलाई त्यो दिनुहुनेछैन; यदि परमेश्‍वरले दिनुहुन्‍न भने, त्यो प्राप्त गर्न लडाइँ गर्दा तँ असफल हुनेछस्, र यदि तैँले लडाइँ गरिरहिस् भने एउटै मात्र परिणाम आउनेछ: तेरो खुलासा गरिनेछ र तँलाई हटाइनेछ, र तैँले गन्तव्यहीन मार्ग सामना गर्नेछस्।” मैले आफू हैसियत खोजेर परमेश्वरको प्रतिरोध गर्ने मार्गमा हिँडिरहेको छु र त्यसको नतिजा मृत्यु मात्र हुनेछ भनेर बुझेँ। यसले गर्दा म डरले थुरथुर भएँ। हैसियत र प्रतिष्ठाको मेरो खोजाइ गम्भीर समस्या बनेको थियो र यदि मैले यस्तै गरिरहेमा, मेरो महत्त्वाकाङ्क्षा र चाहना निरन्तर बढ्नेथ्यो। यदि मैले वास्तवमै हैसियत पाएको भए, कस्ता दुष्ट कुरा गर्नेथिएँ, कसलाई थाहा! यदि मैले तुरुन्तै पश्चात्ताप नगरी पछ्याइको त्यस गलत मार्गमा हिँडिरहेको भए, अन्ततः कुनै ठूलो दुष्कर्म गरेर परमेश्वरद्वारा हटाइनेथिएँ र दण्डित हुनेथिएँ।

पछि, मैले एउटा भेलामा परमेश्वरको वचनको यो खण्ड देखेँ: “एक सृष्टि गरिएको मानवता भएको नाताले, व्यक्तिले आफ्‍नो स्थान कायम राख्नैपर्छ, र विवेकशील व्यवहार गर्नुपर्छ। सृष्टिकर्ताले तँलाई सुम्‍पनुभएको कुरालाई तैँले कर्तव्यनिष्ठ भई रक्षा गर्। नियमभन्दा बाहिर काम गर्ने, वा तेरो क्षमताभन्दा बाहिरका कुराहरू गर्ने वा परमेश्‍वरको लागि घिनलाग्दो कार्य गर्ने नगर्। महान् बन्‍ने, वा महामानव बन्‍ने, वा अरूभन्दा ठूलो हुन खोज्‍ने, वा परमेश्‍वर बन्‍ने प्रयास नगर्। मानिसहरूले यस्तो हुने इच्‍छा गर्नु हुँदैन। महान् वा महामानव बन्‍ने प्रयास गर्नु मूर्खता हो। परमेश्‍वर बन्‍ने प्रयास गर्नु अझै अपमानजनक कुरा हो; यो घृणास्पद, र तुच्‍छ कुरा हो। तारिफयोग्य कुरा, र सृष्टि गरिएका प्राणीहरूले अरू कुनै पनि कुरालाई भन्दा बढी पक्रिराख्‍नुपर्ने कुरा भनेको नै एक साँचो सृष्टि गरिएको प्राणी बन्‍नु हो; सबै मानिसहरूले पछ्याउनुपर्ने एक मात्र लक्ष्य यही नै हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)। परमेश्वरका वचन पढेर मैले मानव त केवल सृजित प्राणी हुन् भन्ने बुझेँ। त्यसैले सधैँ हामी आफ्नो नियुक्तिको पदप्रति निष्ठ हुँदै वर्तमान कर्तव्यमा केन्द्रित हुनुपर्छ। मानिस उसको महत्त्वाकाङ्क्षा, चाहाना र शैतानी स्वभावका कारण सधैँ ठूलो हैसियतसहितको महान् मान्छे बन्ने चाह राख्दछ। मण्डलीको अगुवा नियुक्त हुनु हैसियत प्राप्त गर्नु होइन, बरु सत्यता सिद्धान्तअनुसार आफ्नो कर्तव्य निर्वाह गर्नु हो। आफूसँग कुनै हैसियत होस् कि नहोस्, मैले इमानदार व्यवहारका साथ आफ्नो कर्तव्य गर्नु पर्दछ। मैले मनमनै प्रण गरेँ, जो सुकै अगुवा चुनिए पनि, म आफ्नो पदमा दृढ रहँदै आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गर्नेछु। म निर्वाचित वा माथिल्लो पदमा नियुक्त हौँ कि नहौँ, म अगुवाको काममा सहयोग गर्नेछु। मन मस्तिष्कमा एकताबद्ध भई अरूसँग मिलेर कर्तव्य निर्वाह गर्नेछु। केही दिनपछि नवनिर्वाचित अगुवा मसँग हाम्रो कामबारे सोधखोज गर्न आए, मैले सबै कुरा सविस्तार बताएँ, ताकि अगुवालाई काम राम्रोसँग बुझेर अगाडि बढ्न सहज होस्। कामबारे छलफल गर्दा, कुन प्रकारले कार्य गर्दा हाम्रो कामलाई सबभन्दा फाइदा हुन्छ भन्ने सोच्थेँ, र राम्रो सुझाव भए तुरुन्तै बताइहाल्थें। अगुवा जोसुकै होस्, काममा सहकार्य गर्दै आइपर्ने समस्याहरूको समाधान खोज्नु महत्त्वपूर्ण कुरा हो। जब मैले गर्नुपर्ने काममा केन्द्रित हुँदै हाम्रो कर्तव्यलाई कुशलतापूर्वक पूरा गर्न अरूसँग कसरी सहकार्य गर्ने विचार गर्न थालेँ, मलाई सहज लाग्दै आयो।

दुई महिनापछि, अगुवालाई अर्कै कर्तव्य दिइयो। त्यसपछि भएको चुनावमा, म बल्ल अगुवाको रूपमा छनौट भएँ। एक जना सिस्टरले मलाई भनिन्, “वास्तवमा तपाईं सधैँ प्रतिभावान सेवक अनि कर्तव्यप्रति जिम्मेवार रहनुभएको छ। यसअघि तपाईंले सत्यता पछ्याउनुभएको थिएन, त्यसैले हामीले भोट हाल्ने साहस गरेनौँ। अहिले परमेश्वरको वचनको न्याय र खुलासाको अनुभवपछि, तपाईंले आफ्नो भ्रष्ट स्वभाव बुझेर केही परिवर्तन भएको, कर्म र वचनमा धैर्यता आएको, भेलाको समयमा सङ्गति गर्दा भित्री अनि व्यावहारिक सोच प्रस्तुत गरेको देखेका छौँ। तपाईंले यति साना परिवर्तन गर्दा पनि सबैले फरक देख्न सक्थे, त्यसैले हामीले तपाईंलाई भोट हाल्यौँ।” सिस्टरका यति दयालु कुरा सुनेपछि म परमेश्वरप्रति कृतज्ञ भएँ। यो सबै परमेश्वरका वचनको न्याय र खुलासा हो, जसले मलाई आफ्नो कद र पहिचान बुझ्न सहयोग गर्‍यो। म त केवल एक प्राणी हुँ जसलाई सैतानले गहन रूपमा भ्रष्ट बनाएको छ र कुनै सत्यता वास्तविकता छैन। प्रतिभा र क्षमता भए पनि, म अन्य ब्रदर-सिस्टरभन्दा राम्रो थिइनँ। हैसियतप्रतिको मेरो महत्वाकाङ्क्षा बिस्तारै कमजोर हुँदै गए र मैले अरूलाई नम्र व्यवहार गर्न थालेँ। अगुवा छनोट भएपछि म आत्मरतिमा फुलेर बस्न छाडेँ—बरु, मलाई कर्तव्यको भार र जिम्मेवारी बोध महसुस हुन थाल्यो। ममा आएको यो सानो परिवर्तन परमेश्वरको मुक्तिले भएको हो। सर्वशक्तिमान्‌ परमेश्‍वरको जय होस्।

अघिल्लो: ५१. मेरा आफ्नाजनको आक्रमणपछाडि लुकेका कुराहरू

अर्को: ५६. सबै झूटमाथि वचनको विजय हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

३७. परमेश्‍वरका वचनहरूले झक्झकाएर मेरो आत्मालाई जगाएको छ

नान्‍नान, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यी आखिरी दिनहरूको परमेश्‍वरको कार्यको हालको चरणमा, उहाँले पहिलेजस्तो मानिसलाई...

६५. अहङ्कारको हल गरी मानव रूप प्राप्त गर्न सकिन्छ

झेन्क्षिङ्ग, अमेरिकामेरो कथा मार्च २०१७ मा सुरु हुन्छ। मैले मुख्यतः चलचित्रका पोस्टरहरू र भिडियोका थम्‍बनेलहरू बनाउने कामसँगै मण्डलीको लागि...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्