५६. सबै झूटमाथि वचनको विजय हुन्छ

यो जून महिनामा, म मलजल डिकन चयन भएँ। एक दिन, सिस्टर चेङ लिन र म नयाँ विश्‍वासीहरूको भेला सञ्चालन गर्न गयौँ। नयाँ विश्‍वासीहरूमा थुप्रै धारणा हुन्छन्। मलाई मेरो सङगति अस्पष्ट होला र तिनीहरूको समस्या समाधान नहोला भन्ने डर थियो, त्यसैले मैले तिनीहरूको धारणाबारे परमेश्‍वरको वचनका केही खण्ड खोज्न पहिल्यै अगुवाको मद्दत मागेँ। भेलाको दिन, मैले पहिल्यै तयार पारेको नयाँ विश्‍वासीहरूको धारणाबारे परमेश्‍वरको वचनहरूमा सङगति गर्दा, मैले पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शन महसुस गरेँ र तिनीहरूको धारणा समाधान भयो। हामीले भेला अन्त्य गर्न लाग्दा, चेङ लिनले सोधिन्, “तपाईंले आज नयाँ विश्‍वासीहरूको प्रश्नको निकै विस्तृतजवाफ दिनुभयो। तपाईंले अगुवासँग अग्रिम सङगति गर्नुभएको थियो?” यो सुनेर, मेरो मन भुटभुटिन थाल्यो। म यस कर्तव्यमा नयाँ भएकीले, के उनले आजको प्रस्तुतिले मेरो वास्तविक स्तर देखाएन भनी शङ्का गरिरहेकी हुन्? तर यदि मैले साँचो कुरा बताएँ भने, चेङ लिनले मेरो साँचो कद देख्नेछिन् र मलाई असक्षम कामदार ठान्नेछिन् भन्ने मलाई डर भयो। यदि उनले मैले अधिकांश सङगति अगुवाबाट पाएको भन्ने थाहा पाइन् भने, मलाई अझै पनि सम्मान गर्नेछिन्? मनमनै सोचेँ, मैले उनलाई साँचो कुरा भन्नु हुँदैन। त्यसैले, मैले भनेँ, “हैन।” यसो भन्नासाथ, म आफ्नो विवेकको विरुद्धमा गएँ जस्तो लाग्यो। हो, अगुवा र मैले यसमा पहिल्यै सङगति गरेका थियौँ, तर मैले उनलाई पुलुक्क हेरेँ र हैन भनेँ। के म जानाजानी झूट बोलिरहेकी थिइनँ र? यदि कुनै दिन अगुवा आएको बेला चेङ लिनले त्यसबारे सोधिन् भने, मेरो झूट खुलासा हुनेथ्यो—कस्तो अपमानजनक! तिनीहरू सबैले मलाई अति छली भन्नेथिए। यसबारे जति सोचेँ मलाई उति अप्ठ्यारो लाग्यो। त्यस रात म घरी निदाउँदै घरी ब्यूँझँदै ओछ्यानमा पल्टिरहेँ। अर्को दिन गएर उनलाई खुलस्त बताउन तयार भएँ, तर शब्दहरू जिब्रोमै झुन्डिरह्यो, बाहिर निकाल्न सकिनँ। मलाई के डर भयो भने, यदि मैले चेङ लिनलाई बताएँ भने उनले मलाई तुच्छ ठान्नेछिन्, र म सीप नभएकी, ख्याति र हैसियतमा बढी केन्द्रित छु भन्ठान्छिन्। यस्तो सानो कुरामा झूट बोलेकोमा उनले मलाई साँच्चै धूर्त भन्लिन्। यी सबै विचार गरेपछि मैले केही भनिनँ। घर फर्कँदै गर्दा, मलाई परमेश्‍वरका वचनहरू याद आयो: “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्‍ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू)। मलाई अझ बढी दोषी महसुस भयो। मैले एउटा सच्चा कुरा भन्न सकिनँ। म कसरी परमेश्‍वरले रुचाउने इमानदार व्यक्ति बन्न सक्थेँ र? मेरो मन साह्रै भारी भो—मलाई नरमाइलो लाग्यो। मैले आफैलाई सोधेँ: परमेश्‍वर झूट बोल्ने विश्‍वासघाती लाई घृणा गर्नुहुन्छ भन्ने मलाई एकदमै राम्ररी थाहा छ, त्यसोभए, सत्य कुरा बताउन किन यति कठिन हुन्छ?

त्यसबारे चिन्तन गर्दा लाग्यो, मैले एउटा मात्र कुरामा झूट बोलेकी थिइनँ। म अरू कुरामा पनि प्रायः त्यसै गर्थेँ। एकपटक, अगुवाले हामीलाई प्रत्येक महिना कति जना नयाँ विश्‍वासीलाई मलजल गर्न सक्छौ भनी सोधे। म त्यो काममा नयाँ थिएँ र यसको सिद्धान्त पूर्णरूपमा बुझेकी थिइनँ, त्यसैले मैले त्यति धेरैलाई मलजल गर्न सकेकी थिइनँ। तर मैले साँचो कुरा बताएँ भने, अगुवाले ममा कमी छ, र कामका योग्य छैन भन्लान भनेर म डराएँ। त्यसैले, मैले मेरो सङ्ख्या अलि बढाएर भनेँ। मेरो सङ्ख्या पर्याप्त थियो, तर मलाई अझै ढुक्क लागेन। पछि ममा आत्म-चेतनाको कमी देखिने पो हो कि वा, अझ गम्भीर कुरा, यसले नयाँ विश्‍वासीहरूको जीवन प्रवेशमा ढिलाइ हुने हो कि भनेर डराएँ। तर मैले यो पहिल्यै भनिसकेकी थिएँ, र मलाई अगुवासँग खुलस्त हुन लाज लाग्यो। मैले फलामको चिउरा चपाउँदै अघि बढिरहनुपर्थ्यो। र केही दिनअघि, अगुवाले मलाई एक नयाँ विश्‍वासीको समस्या समाधान गर्न कति समय लाग्यो भनेर सोधे। मैले सुरुमा ती नयाँ विश्‍वासीको धारणा पूर्णरूपमा बुझेकी थिइनँ, त्यसैले मैले निकैपटक सङगति गरेकी थिएँ। अगुवाले त्यसबारे सोध्दा, यदि मैले सत्य कुरा बताएँ भने अगुवाले ममा क्षमताको कमी छ भन्लान् भन्ने डर लाग्यो। यस्तो सानो कुरामा धेरैपटक सङगति गर्नुपर्दा म सीप नभएकी र अदक्ष देखिन सक्छु। मैले आफ्नो छवि जोगाउन, झूट बोलेँ र एक सङ्गतिमै समाधान भयो भनेँ। त्यसपछि, एक दिन मेरो खुलासा हुनेछ भन्ने डरले म बेचैन भएँ। मेरो व्यवहारलाई फर्केर हेर्दा, मैले आफ्नो छवि जोगाउन र मानिसमा राम्रो छाप पार्ने प्रयासमा धेरै झूट बोलेकी पाएँ। म इमानदार व्यक्ति बन्ने परमेश्‍वरको मापदण्डभन्दा निकै पर, अन्धकार र पीडामा जिइरहेकी थिएँ। इमानदार मानिस बनेर छली प्रकृति हटाउन काम गरिरहेका ब्रदर-सिस्टरहरूबारे सोचेँ। केहीले त व्यक्तिगत गवाहीसमेत लेखेका थिए। तर वर्षौँसम्म विश्‍वासी भएर पनि म अझै धेरै झूट बोलिरहेकी थिएँ, ममा पूर्णतया इमानदारीको कमी थियो। यदि म सोहीरूपमा विश्‍वासमा रहिरहेँ भने, परमेश्‍वरले मलाई निश्चय हटाउनुहुनेथ्यो। मैले तुरुन्तै प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले तपाईंलाई वर्षौँदेखि विश्‍वास गर्दै आएकी छु। अहिले पनि, म आफ्नो हित मुछिँदा झूट बोल्छु र छल गर्छु, जुन तपाईंलाई घिन लाग्छ। म यसो गरिरहन चाहन्नँ। कृपया, मेरो झूट बोल्ने समस्या समाधान गर्ने मार्ग देखाउनुहोस्।”

मैले मेरो भक्तिको समयमा पढेको एउटा खण्ड यो थियो। “आफ्‍नो दैनिक जीवनमा, मानिसहरूले व्यर्थ, असत्य, अज्ञानी, मूर्ख, र बहानापूर्ण कुराहरू धेरै बोल्छन्। मूल रूपमा, तिनीहरूले आफ्‍नै अहम्‌को खातिर, आफ्‍नै अभिमानलाई सन्तुष्ट पार्नको लागि यी कुराहरू भन्छन्। तिनीहरूले यी झूटहरू बोल्‍नु भनेको तिनीहरूको भ्रष्ट स्वभावको प्रकटीकरण हो। यो भ्रष्टतालाई समाधान गर्ने हो भने त्यसले तेरो हृदयलाई धुन्छ, र त्यसरी तँलाई अझै शुद्ध र अझै इमानदार बनाउँछ। वास्तवमा, सबै मानिसहरूलाई आफूले किन झूट बोल्छु भन्‍ने कुरा थाहा हुन्छ: तिनीहरूले आफ्‍नै हित, इज्‍जत, घमण्ड र हैसियत बचाउन झूट बोल्‍छन्। अनि आफूलाई अरूसँग तुलना गर्ने क्रममा, तिनीहरूले आफ्‍नो वजनभन्दा धेरै परको कुरा गर्छन्। परिणामस्वरूप, तिनीहरूका झूटलाई अरूले खुलासा गर्छन् र देख्छन्, जसले गर्दा इज्‍जत जान्छ, चरित्र गुम्छ, र गौरव ढल्छ। यो धेरैभन्दा धेरै झूटको परिणाम हो। जब तैँले धेरै झूट बोल्छस्, तैँले बोल्‍ने हरेक शब्‍द दूषित भएको हुन्छ। यो सबै झूट हुन्छ, र योमध्ये कुनै पनि साँचो वा यथार्थ हुन सक्दैन। तैँले झूट बोल्दा आफ्‍नो इज्‍जत गुमाउने नै छस् भन्‍ने नभए पनि, भित्री रूपमा लज्‍जित महसुस गरिसकेको हुन्छस्। तँलाई आफ्‍नो विवेकले आफैलाई दोष दिएको महसुस हुनेछ, र आफैप्रति घृणा लाग्‍नेछ र तैँले आफैलाई नीच ठान्‍नेछस्। ‘म किन यस्तो दयनीय भएर जिइरहेको छु? के एउटा साँचो कुरा भन्‍न पनि साँच्‍चै नै यति गाह्रो हुन्‍छ? के मैले इज्‍जत जोगाउनकै लागि यी झूटहरू बोल्‍नुपर्छ? यसरी जिउनु किन यति थलकाइलाग्दो हुन्छ?’ तँ थकाइ नलाग्‍ने तरिकाले जिउन सक्छस्। यदि तैँले इमानदार व्यक्ति बन्‍ने अभ्यास गरिस् भने, तँ सहज र स्वतन्त्र रूपमा जिउन सक्छस्, तर जब तैँले आफ्‍नो इज्‍जत र अभिमानलाई रक्षा गर्न झूट बोल्‍ने निर्णय गर्छस्, तब तेरो जीवन अत्यन्तै थकाइलाग्दो र पीडादायी हुन्छ, मतलब यो आफैले ल्याएको पीडा हो। झूट बोलेर तैँले कस्तो इज्‍जत पाउँछस्? यो खोक्रो, पूर्ण रूपमा व्यर्थ कुरा हो। जब तैँले झूट बोल्छस्, तब तैँले आफ्‍नै चरित्र र मर्यादालाई धोका दिइरहेको हुन्छस्। यी झूटहरूका कारण मानिसहरूले आफ्नो मर्यादा, आफ्‍नो चरित्र गुमाउँछन्, र परमेश्‍वरले तिनीहरूलाई अप्रिय र घृणित ठान्‍नुहुन्छ। के तिनीहरू यसको योग्य छन्? बिलकुलै छैनन्। के यो सही मार्ग हो? होइन। प्रायजसो झूट बोल्‍नेहरू आफ्‍ना शैतानी स्वभाव र शैतानको राज्यक्षेत्रको बन्धनमा जिउँछन्, ज्योतिमा वा परमेश्‍वरको अघि जिउँदैनन्। तैँले प्रायजसो कसरी झूट बोल्‍ने भनी सोच्नुपर्छ, र झूट बोलेपछि त्यसलाई कसरी ढाकछोप गर्ने भनी सोच्नुपर्छ, र यदि तैँले राम्ररी ढाकछोप गरिनस् भने त्यो झूट बाहिर आउनेछ, त्यसकारण तैँले ढाकछोप गर्न आफ्‍नो दिमाग खियाउनुपर्छ। के यो जिउने थकाइलाग्दो तरिका होइन र? यो अति थकाइलाग्दो हुन्छ। के यसो गर्नु सार्थक हुन्छ? हुँदैन। अभिमान र हैसियतको लागि मात्रै झूट बोल्‍न र ढाकछोप गर्न आफ्‍नो दिमाग खियाउनुको अर्थ के हुन्छ? अन्त्यमा, तैँले यसबारेमा सोचेर भन्‍नेछस्, ‘आफूलाई किन यस्तो अवस्थामा पार्ने? झूट बोलेर ढाकछोप गर्नु अति थकाइलाग्दो हुन्छ। यसो गरेर हुँदैन। इमानदार व्यक्ति बन्‍नु नै योभन्दा सहज हुन्छ।’ तँ इमानदार व्यक्ति बन्‍न चाहन्छस्, तर तैँले आफ्‍ना इज्‍जत, अभिमान र हितहरू त्याग्‍न सक्दैनस्। यी कुराहरूको रक्षा गर्न तैँले झूट बोल्‍न र झूटको प्रयोग गर्न मात्रै सक्छस्। … झूट बोलेर तैँले चाहेको प्रतिष्ठा, हैसियत, र अभिमान बचाउन सकिन्छ भनेर सोच्छस् होला, तर यो ठूलो गल्ती हो। झूटले तेरो अभिमान र व्यक्तिगत इज्‍जतको रक्षा गर्न नसक्‍ने मात्र होइन, योभन्दा पनि गम्भीर कुरा त, यसले गर्दा तैँले सत्यता अभ्यास गर्ने र इमानदार व्यक्ति बन्‍ने मौका पनि गुमाउनेछस्। तैँले त्यो बेला आफ्‍नो प्रतिष्ठा र इज्‍जतको प्रतिरक्षा गरे पनि, तैँले सत्यता गुमाउँछस्, र परमेश्‍वरलाई धोका दिन्छस्, जसको अर्थ तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्ने र सिद्ध हुने अवसरलाई पूर्ण रूपमा गुमाउँछस्। यो सबैभन्दा ठूलो घाटा र अनन्त पछुतो हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र व्यक्तिले साँचो मानव स्वरूपमा जिउन सक्छ)। परमेश्‍वरका सबै वचनले मेरो वास्तविक अवस्था व्याख्या गर्छन्। म आफ्नो अभिमान र घमण्ड जोगाउन जहिले पनि झूट बोल्थेँ र छल गर्थेँ। म नाटक गरिरहेकी हुन्थेँ, जुन जिउने थकाइलाग्दो तरिका थियो, जसले गर्दा म दयनीय हालतमा पुगेँ। मैले सुरुमा नयाँ विश्‍वासीहरूलाई मलजल गर्न थाल्दा, चेङ लिनले मेरो सङगति नराम्रो पाइनन् र मैले अगुवासँग सङगति गरेकी थिएँ कि भनी सोधिन्। त्यो एकदमै सामान्य प्रश्न थियो। मैले सजिलै “हो त” भनेर जवाफ दिन सक्थेँ। तर यदि म सत्य कुरा बताएँ भने उनले मलाई तुच्छ ठान्नेछिन् भनेर डराएँ। मैले आफ्नो ख्याति सोचेर जानाजानी झूट बोलेँ। साथै, अगुवाले हामीलाई प्रत्येक महिना कति जना नयाँ विश्‍वासीलाई मलजल गर्न सक्नुहुन्छ भनी सोध्दा, मैले आफ्नो वास्तविक क्षमताको आधारमा जवाफ दिइनँ। मैले कम सङ्ख्या बताएँ भने अगुवाले मलाई अदक्ष ठान्नेछन् भनेर डराएँ। त्यसैले मैले जानाजानी सङ्ख्या बढाएर बताएँ। त्यसपछि मलाई त्यो सम्हाल्न सक्दिनँ भन्ने चिन्ता लाग्यो—म आफ्नो कर्तव्यको तनावले थकित हुन्थेँ। म नयाँ विश्‍वासीहरूलाई मलजल गर्दा पनि त्यस्तै गर्थेँ। सत्यताको सतही बुझाइले गर्दा, मैले नयाँ विश्‍वासीहरूको समस्या समाधान गर्न थुप्रै सङगति गर्नुपर्थ्यो। तर अगुवाले मलाई के सोच्लान् भनेर म सोचिरहेकी हुन्थेँ, त्यसैले, मैले एउटा मात्र सङगति गर्नुपऱ्यो भनेर भनेँ। मैले आफ्नो अभिमान र घमण्ड जोगाउन पटक-पटक झूट बोलेँ र छल गरेँ, ताकि अरूले मलाई अनुमोदन गरून्। म अति धूर्त र बनावटी थिएँ! म सोच्थेँ, मैले सत्य कुरा बताइनँ भने, अरू र अगुवाले मेरो सीपको साँचो स्तर थाहा पाउनेछैनन्, र म आफ्नो छवि जोगाउन सक्छु। तर परमेश्‍वर सबै देख्नुहुन्छ। म अरू मानिसलाई मूर्ख बनाउन सक्छु तर परमेश्‍वरलाई कहिल्यै सक्दिनँ। केही समयपछि, सबैले मेरो बारेमा बुझ्नेथिए। तिनीहरूले मलाई सत्यताको वास्तविकता नभएको र बारम्बार झूट बोल्ने व्यक्तिको रूपमा हेर्नेथिए। खासमा झूट बोलेपछि म भयभित भएँ। मलाई मेरो झूटको खुलासा हुने र मेरो वास्तविकता देखिने दिनको डर लाग्यो। मेरो इज्जत मात्र गुम्दैनथ्यो, अरूले मलाई उप्रान्त पक्कै विश्‍वास गर्नेथिएनन्। लामो समयसम्म, मलाई चिन्ता र अप्ठ्यारोपनले सतायो। म थकित भएँ। म अन्धकार र पीडामा थिएँ। निरन्तर झूट बोलेर र छल गरेर, सत्यता अभ्यास नगरेर वा इमानदार व्यक्ति नबनेर, मेरो जीवन कष्टकर भएको मात्र होइन, तर म मर्यादाविना जिइरहेकी थिएँ, जुन कुरालाई परमेश्‍वर घृणा गर्नुहुन्छ। मैले प्रभु येशूले भन्नुभएको कुरा सम्झेँ, “तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्: किनकि यीभन्दा बढी जे छ त्यो दुष्टबाट आउँछ(मत्ती ५:३७)। “तिमीहरू आफ्ना पिता दुष्टका हौ, र तिमीहरू आफ्ना पिताका अभिलाषाहरू पूरा गर्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यतामा बसेन, किनकि त्यसमा सत्यता छैन। जब त्यसले झूटो बोल्छ, त्यसले आफ्नै स्वभावअनुसार बोल्छ: किनकि त्यो ढँटुवा हो र त्यसको पिता हो(यूहन्‍ना ८:४४)। परमेश्‍वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र छलीलाई घृणा गर्नुहुन्छ। मैले परमेश्‍वरको वचनअनुसार बोल्नु र काम गर्नुपर्थ्यो, जे हो त्यही भन्नुपर्थ्यो। हो भने हो, र हैन भने हैन। तर मैले आफ्नो छवि जोगाउन बारम्बार झूट बोलेँ। त्यो कसरी दियाबलस अर्थात् शैतानभन्दा फरक हो र? दियाबलस जहिले पनि झूट बोल्छ—त्योसँग सत्यता भन्ने कुरा कहिल्यै हुँदैन। मैले पनि त्यतिञ्जेल थुप्रै झूट बोलेकी थिएँ। मैले पश्चाताप नगरेकी भए, मलाई परमेश्‍वरले निश्चय हटाउनुहुनेथ्यो। म आफ्नो छवि जोगाउन र केही तत्काल लाभ लिन झूट बोल्न र देखावटी गर्न दिमाग खियाइरहेकी थिएँ। तर नतिजास्वरूप, परमेश्‍वरलाई घृणा लाग्यो, मानिसहरू धपाइए, र म कष्ट भोग्दै थिएँ। त्यो मूर्खता थियो।

मैले आत्मचिन्तन गरिरहेँ, र परमेश्‍वरका वचनहरूबाट केही पढेँ। “जब मानिसहरू छलमा संलग्‍न हुन्छन्, यसबाट के-कस्ता अभिप्रायहरू पैदा हुन्छन्? अनि, उद्देश्य के हुन्छ? कुनै अपवाद छैन, यो हैसियत र प्रतिष्ठा पाउनको लागि हो; समग्रमा, यो तिनीहरूको आफ्‍नै हितको लागि हो। अनि, त्यो हितको खोजीको केन्द्रमा के लुकेको हुन्छ? यसको कारण के हो भने मानिसहरूले तिनीहरूका आफ्‍नै हितहरूलाई अरू सबै कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। तिनीहरू आफूलाई फाइदा पुर्‍याउनको निम्ति छलमा संलग्‍न हुन्छन्, र त्यसरी तिनीहरूको छली स्वभावहरू प्रकट हुन्छन्। यो समस्यालाई कसरी समाधान गर्नुपर्छ? सुरुमा तैँले हितहरू के हुन्, तिनले मानिसहरूलाई के दिन्छन्, र तिनको पछि लाग्दा के-कस्ता परिणामहरू आउँछन्, त्यो पहिचान गर्नु र जान्‍नुपर्छ। यदि तैँले त्यस्तो गर्न सक्दैनस् भने, तिनलाई त्याग्‍ने काम भन्‍न सजिलो तर गर्न गाह्रो हुन्छ। यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरूलाई आफ्‍ना हितहरू त्याग्‍नुजत्तिको गाह्रो अरू केही हुँदैन। किनभने तिनीहरूको जीवनदर्शन नै ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ र ‘कि त धनी बन्‍नू कि त कोसिस गर्दै मर्नू’ भन्‍ने हुन्छ। स्पष्‍टै छ, तिनीहरू आफ्‍नै हितहरूका लागि मात्रै जिउँछन्। मानिसहरूले के सोच्छन् भने तिनीहरूका हितहरूविना—तिनीहरूले आफ्‍ना हितहरू गुमाए भने—तिनीहरू बाँच्‍न सक्दैनन्, मानौँ तिनीहरूको अस्तित्वलाई तिनीहरूका हितहरूबाट अलग गर्न सकिँदैन, त्यसकारण धेरैजसो मानिसहरू आफ्‍नै हितहरूबाहेक अरू केही देख्दैनन्। तिनीहरूले यी कुराहरूलाई अरू कुनै पनि कुराभन्दा उच्‍च ठान्छन्, तिनीहरू आफ्‍नै हितका लागि मात्रै जिउँछन्, र तिनीहरूलाई तिनीहरूका हितहरू त्याग्‍न लगाउनु भनेको ज्यान दिन लगाउनुजत्तिकै हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो)। “छली व्यक्तिलाई उनीहरू चतुर छन्, उनीहरू झूटो बोल्न मन पराउँछन् र सत्य बोल्‍न मन पराउँदैनन्, र तिनीहरूले सधैँ आफूले गरिरहेका कुराहरू अरूबाट लुकाउने कोसिस गरिरहेका हुन्छन् भन्‍ने थाहा हुन सक्छ, तरै पनि तिनीहरूले आफ्नै बारेमा यस्तो सोचेर यसमा आनन्द लिनेछन्, ‘यसरी जिउनु एकदम राम्रो कुरा हो। मैले निरन्तर अरू मानिसहरूको आँखा छलेको छु, तर तिनीहरूले मलाई त्यसो गर्न सक्दैनन्। जहाँसम्म मेरो आफ्नै रुचि, अहङ्कार, हैसियत, र गर्वको कुरा छ, म त्यसमा प्रायजसो सधैँ सन्तुष्ट नै छु। काम-कुराहरू कुनै त्रुटिविना र सहजताको साथ मेरो योजनाअनुसार अगाडि बढ्छन्, र ती कुराहरूलाई कसैले पनि देख्न सक्दैनन्।’ के यस प्रकारको व्यक्ति इमानदार हुन इच्छुक हुन्छ? तिनीहरू इच्‍छुक हुँदैनन्। यो व्यक्तिले छलिपन र कुटिलतालाई बुद्धि र बौद्धिकताको रूपमा, सकारात्मक कुराको रूपमा लिन्छ। तिनीहरूले यी कुराहरूलाई बहुमूल्य ठान्छन् र ती नहुँदाको अवस्था सहनै सक्दैनन्। तिनीहरू सोच्छन्, ‘यो व्यवहार गर्ने राम्रो तरिका, र जिउने सहज तरिका हो। यसरी मात्रै जीवनको मूल्य हुन्छ, र यसरी मात्रै अरूले मेरो डाहा र आदर गर्छन्। शैतानी दर्शनअनुसार नजिउनु मेरो मूर्खता र पागलपन हुनेछ। मैले सधैँ घाटा बेहोरिरहेको हुनेछु—हेपाइ, पक्षपात र नोकरको जस्तो व्यवहार सहनुपर्नेछ। यसरी जिउनुको कुनै मूल्य हुँदैन। म कहिल्यै इमानदार व्यक्ति बन्‍नेछैन!’ के यस्तो व्यक्तिले आफ्‍नो छली स्वभाव त्यागेर इमानदार बन्‍ने अभ्यास गर्न सक्छ? अवश्यै सक्दैन। … तिनीहरूमा सकारात्मक कुराहरूप्रति कुनै प्रेम हुँदैन, तिनीहरू ज्योतिको तृष्णा गर्दैनन्, र तिनीहरूले परमेश्‍वरको मार्गलाई वा सत्यतालाई प्रेम गर्दैनन्। तिनीहरूलाई सांसारिक प्रचलनहरू पछ्याउन मन पर्छ, तिनीहरू हैसियत र प्रतिष्ठा भनेपछि हुरुक्‍कै हुन्छन्, तिनीहरू अरूमाझ उत्कृष्ट हुन मन पराउँछन्, तिनीहरू हैसियत र प्रतिष्ठाका पक्षधर हुन्, तिनीहरूले महान्‌ र प्रसिद्ध व्यक्तिहरूलाई श्रद्धा गर्छन्, तर वास्तवमा तिनीहरूले पिशाचहरू र सैतानलाई श्रद्धा गर्छन्। आफ्‍नो हृदयमा तिनीहरूले महान् र चर्चित मानिसहरूको आराधना गर्छन्, दुष्ट राजाहरूको पूजा गर्छन्, र तिनीहरूले हृदयमा सत्यता, वा सकारात्मक कुराहरूलाई पछ्याउँदैनन्, बरु सिकाइको वकालत गर्छन्। आफ्‍नो हृदयमा तिनीहरूले सत्यताको खोजी गर्ने र परमेश्‍वरको गवाही दिनेहरूलाई अनुमोदन गर्दैनन्; बरु, तिनीहरूले विशेष प्रतिभा र वरदान भएका मानिसहरूलाई अनुमोदन र आदर गर्छन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता पछ्याउने मार्गमा हिँड्दैनन्, बरु हैसियत, प्रतिष्ठा र शक्तिलाई पछ्याउँछन्, तिनीहरू दूर्बोध र कपटी बन्‍न लागिपर्छन्, तिनीहरू कुनै चर्चित मानिस बन्‍नको लागि समाजको उच्‍च स्तरमा आफूलाई स्थापित गर्ने प्रयास गर्छन्। उनीहरू जहाँजहाँ जान्छन् त्यहाँत्यहाँ उनीहरूलाई श्रद्धासाथ अभिवादन र स्वागत गरियोस् भन्‍ने चाहन्छन्; तिनीहरू मानिसहरूको आदर्श बन्‍न चाहन्छन्। तिनीहरू यस्तै प्रकारको व्यक्ति बन्न चाहन्छन्। यो कस्तो प्रकारको मार्ग हो? यो भूतात्माहरूको मार्ग हो, दुष्टहरू हिँड्ने बाटो हो। यो साँचो विश्‍वासीले लिने मार्ग होइन। मानिसहरूलाई उनीहरूको व्यक्तिगत भरोसाको आडमा ठग्‍नका निम्ति, उनीहरूलाई आफ्नो आराधना गर्न र आफ्नो पछि लगाउनका लागि, तिनीहरूले शैतानी दर्शन र त्यसको तर्क प्रयोग गर्छन्, र उनीहरूले हरेक परिस्थितिमा त्यसको हरेक चाल र हरेक छल प्रयोग गर्छन्। यो परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू हिँड्नु पर्ने बाटो होइन; यस्ता मानिसहरूले मुक्ति नपाउने मात्र होइन, परमेश्‍वरको दण्डसमेत प्राप्त गर्नेछन्—यसको बारेमा कुनै शङ्का हुन सक्दैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। धर्ममा रहेर वा धार्मिक विधिविधानमा सहभागी भएर मुक्ति पाउन सकिँदैन)। परमेश्‍वरका वचनहरूले मलाई मैले किन बारम्बार झूट बोल्न र छल गर्न सकेँ, तर किन कहिल्यै खुलस्त हुन र इमानदार व्यक्ति बन्ने आँट गरिनँ भन्ने कुरा देखाए। किनभने मेरो छली स्वभाव छ। म सत्यतादेखि दिक्क मान्थेँ र सकारात्मक कुराहरू मन पराउँदिनथेँ। मैले सत्यता प्राप्त गर्ने, परमेश्‍वरलाई खुसी दिलाउने व्यक्ति बन्ने खोजीलाई प्राथमिकता दिएकी थिइनँ। बरु, मैले “हरेक मानिस आफ्नै लागि हो”, “रुखको बोक्रा भनेझैँ मानिसको अनुहार”, र “झूट नबोलीकन ठूलो उपलब्धि हासिल गर्न सकिँदैन” जस्ता शैतानी दर्शनहरू, साथै आफ्नै छवि र हितलाई मूल्यवान् ठानेँ। म सानी छँदा, मेरो एक जना भर्खरै माध्यमिक शिक्षा सकाएका नातेदार थिए, तर उसले कलेज शिक्षा सकाएको हुँ भन्थ्यो। उसँग केही सीप नभएको स्पष्ट हुँदा पनि, मैले पढेको छु भन्दै फाइँफुट्टी लाउँथ्यो। उसले त्यसरी झूट बोल्दा र नाटक गर्दा, मानिसहरूले उसलाई तुच्छ नठानेका मात्र होइनन्, तर आदर र प्रशंसासमेत गर्थे। म त्यसले प्रभावित भएँ। थाहै नपाई मैले हृदयमा ती शैतानी तरिकालाई स्विकारेँ। कहिलेकाहीँ झूटले साँच्चिकै कुनै कुरा हल गर्न सक्छ भन्ने मलाई लाग्यो। तपाईंले प्रशंसा पाउन सक्ने मात्र होइन, चाहेको कुरा पाउन सक्नुहुन्छ। त्यसैले म परमेश्‍वरको घरमा आएपछि यही दृष्टिकोण बोकेर जिइरहेँ। यदि कुनै कुरामा मेरो छवि वा हित मुछिएको छ भने, म झूट नबोली, छल नगरी र नाटक नगरी सक्दै सक्दिनथेँ। झूट बोलेर दोषी महसुस हुँदासमेत मैले सबैसामु खुलस्त हुने आँट गरिनँ, म स्पष्टवादी बनेँ भने, उनीहरूले मेरो वास्तविकता छर्लङ्गै देख्छन् र मलाई राम्रो ठान्नेछैनन् भन्ने डर लाग्यो। लज्जित होइन्छ भन्ने त्यस्तो विचार—तपाईंले त मलाई मार्नुहुन्छ होला! मैले सत्य कुरा बोल्नुभन्दा अन्धकार र दुःखमा जिउनु रोजेँ, म झन्-झनै बनावटी र छली बनेँ। कम्युनिष्ट पार्टी ठ्याक्कै त्यस्तै छ। यसले जतिसुकै निन्दनीय र दुष्ट काम गरे पनि ती कहिल्यै खुलासा गर्दैन, बरु आफ्नो झूटले संसारलाई धोकामा राख्छ। यसले आफू महान्, गौरवशाली, र सही भएको छवि देखाएर सामान्य मानिसहरूलाई भर्माउँछ, सर्वसाधारणलाई मूर्ख बनाउँछ। यो अति घृणित र दुष्ट छ। मेरो झूट र छल वास्तवमा कम्युनिष्ट पार्टीकै जस्तो थिएन र? यसले मलाई परमेश्‍वरका यी वचनहरू याद दिलायोः “यो कस्तो प्रकारको मार्ग हो? यो भूतात्माहरूको मार्ग हो, दुष्टहरू हिँड्ने बाटो हो। यो साँचो विश्‍वासीले लिने मार्ग होइन। मानिसहरूलाई उनीहरूको व्यक्तिगत भरोसाको आडमा ठग्‍नका निम्ति, उनीहरूलाई आफ्नो आराधना गर्न र आफ्नो पछि लगाउनका लागि, तिनीहरूले शैतानी दर्शन र त्यसको तर्क प्रयोग गर्छन्, र उनीहरूले हरेक परिस्थितिमा त्यसको हरेक चाल र हरेक छल प्रयोग गर्छन्। यो परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू हिँड्नु पर्ने बाटो होइन; यस्ता मानिसहरूले मुक्ति नपाउने मात्र होइन, परमेश्‍वरको दण्डसमेत प्राप्त गर्नेछन्—यसको बारेमा कुनै शङ्का हुन सक्दैन।” परमेश्‍वर विश्‍वासिलो हुनुहुन्छ। अन्तिममा परमेश्‍वरको मुक्ति पाउन हामी इमानदार बनेको उहाँ माग गर्नुहुन्छ। तर शैतानले मानिसहरूलाई भर्माउन र भ्रष्ट पार्न सबै प्रकारका दर्शन र भ्रमहरू प्रयोग गर्छ, हामीलाई आफ्नो ख्याति र हैसियतका लागि निरन्तर झूट बोल्न र छल्न, र झन्-झन् धेरै झूटा र छली बन्न लगाउँछ। अन्त्यमा, हामी नरकमा झर्नेछौँ र त्योसँगै सजाय भोग्नेछौँ। त्यस मोडमा मैले शैतानको धूर्त र दुष्ट मनसाय स्पष्टरूपमा देखेँ। मैले यसलाई हृदयदेखि नै घृणा गरेँ र इमानदार व्यक्ति बन्ने प्रयास गर्न इच्छुक भएँ।

पछि मैले परमेश्‍वरको वचनमा अरू केही पढेँ। “परमेश्‍वरले मानिसहरूलाई इमानदार हुने आग्रह गर्नुभएको कुराले यो प्रमाणित गर्छ कि उहाँले छलीहरूलाई साँच्‍चै घृणा गर्नुहुन्छ, र उहाँले छली मानिसहरूलाई मन पराउनुहुन्‍न। छली मानिसहरूप्रतिको परमेश्‍वरको घृणा तिनीहरूले काम गर्ने तरिका, तिनीहरूको स्वभाव, तिनीहरूको मनसाय, र तिनीहरूको छली विधिहरूप्रतिको घृणा हो; परमेश्‍वरले ती सबै कुरालाई घृणा गर्नुहुन्छ। यदि छली मानिसहरूले सत्यता स्वीकार गर्न, र आफ्‍नो छली स्वभाव पहिचान गर्न सक्छन्, र परमेश्‍वरको मुक्ति स्वीकार गर्न इच्‍छुक हुन्छन् भने, तिनीहरूसँग पनि मुक्ति पाउने आशा हुन्छ, किनभने परमेश्‍वरले सबै मानिसहरूलाई समान रूपमा लिनुहुन्छ, र सत्यताले सबै मानिसहरूलाई समान व्यवहार गर्छ। त्यसकारण, यदि हामी परमेश्‍वरको प्रिय बन्‍न चाहन्छौँ भने, हामीले पहिले हाम्रो भवसम्बन्धी सिद्धान्तहरूलाई परिवर्तन गर्नुपर्छ: हामी अबउप्रान्त शैतानका दर्शनहरूअनुसार जिउनु हुँदैन, हामी झूट र छलको आधारमा अघि बढ्नु हुँदैन, हामीले सबै झूटलाई त्यागेर इमानदार व्यक्ति बन्‍नुपर्छ, र यस तरिकाले हामीप्रतिको परमेश्‍वरको दृष्टिकोण परिवर्तन हुनेछ। यसभन्दा पहिले, मानिसहरूमाझ जिउन मानिसहरूले सधैँ झूट, बहाना, र छलमा भर पर्दै आएका छन्, र शैतानी दर्शनहरूलाई अस्तित्वको आधार, जीवन, र आफ्‍नो बानीबेहोराको जगको रूपमा प्रयोग गरेका छन्। यो परमेश्‍वरले घृणा गर्नुहुने कुरा थियो। अविश्‍वासीहरूमाझ, यदि तैँले खुलस्त भई कुरा गरिस्, सत्य बोलिस्, र इमानदार व्यक्ति भइस् भने, तँलाई निन्दा, आलोचना, र इन्कार गरिनेछ, त्यसकारण तँ सांसारिक प्रचलनहरूलाई पछ्याउँछस्, शैतानी दर्शनहरूअनुसार जिउँछस्, अनि झन्झन्‌ झूट बोल्‍न सिपालु, र झन्झन्‌ छली बन्दै जान्छस्। तैँले आफ्‍ना उद्देश्यहरू हासिल गर्न र आफैलाई रक्षा गर्न धूर्त माध्यमहरूसमेत प्रयोग गर्छस्। तँ शैतानको संसारमा झन्झन्‌ सम्‍पन्‍न हुँदै जान्छस्, र फलस्वरूप, तँ पापको दलदलमा झन्झन्‌ डुब्दै जान्छस्, र आफूलाई मुक्त गर्नै नसक्‍ने अवस्थामा पुग्छस्। परमेश्‍वरको घरमा यसको ठीक विपरीत अवस्था हुन्छ। तैँले जति झूट बोल्छस् र चलाकी गर्छस्, परमेश्‍वरका चुनिएका मानिसहरू तँप्रति त्यति नै दिक्‍क हुनेछन् र तिनीहरूले तँलाई इन्कार गर्नेछन्। यदि तैँले पश्‍चात्ताप गर्न इन्कार गरिस् र अझै पनि शैतानी दर्शन र तर्कहरूमा लागिरहिस्, अनि वास्तविक रूप लुकाउन र देखावटी रूप धारण गर्न षड्यन्त्र र व्यापक युक्तिहरूको प्रयोग गरिरहिस् भने, तँ खुलासा भएर हटाइने सम्‍भावना धेरै हुन्छ। किनभने परमेश्‍वरले छली मानिसहरूलाई घृणा गर्नुहुन्छ; इमानदार मानिसहरू मात्रै परमेश्‍वरको घरमा फस्टाउन सक्छन्, र छली मानिसहरूलाई अन्त्यमा इन्कार गरेर बहिष्कार गरिनेछ। यो सबै कुरा परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। “सत्यता स्वीकार गर्नु र आफूलाई चिन्‍नु तेरो जीवन वृद्धि र मुक्तिको मार्ग हो, र यो तेरो लागि परमेश्‍वरको छानबिन स्वीकारी परमेश्‍वरको न्याय र सजाय स्वीकार्न, र जीवन र सत्यता प्राप्त गर्न परमेश्‍वरको अघि आउने मौका हो। यदि तँ हैसियत र प्रतिष्ठा, अनि तेरो आफ्‍नै हितको खोजीको लागि सत्यता खोजी गर्न छोड्छस् भने, यो परमेश्‍वरको न्याय र सजाय प्राप्त गर्ने र मुक्ति पाउने अवसरलाई त्याग्‍नुसरह हो। तैँले हैसियत र प्रतिष्ठा अनि आफ्‍नै हितहरू छनौट गरेको हुन्छस्, तर तैँले जे त्याग्छस् त्यो सत्यता हुन्छ, र तैँले जे गुमाउँछस् त्यो जीवन, र मुक्ति पाउने मौका हुन्छ। कुन धेरै अर्थपूर्ण हुन्छ? यदि तैँले आफ्‍नै हित छनौट गरिस् र सत्यता त्यागिस् भने, के तँ मूर्ख हुँदैनस् र? सीधै भन्दा, यो सानो फाइदाको लागि ठूलो नोक्‍सानी बेहोर्नु हो। प्रतिष्ठा, हैसियत, पैसा, र हित—यी सबै क्षणिक हुन्; ती सबै अल्पकालीन हुन्, जबकि सत्यता र जीवन अनन्त र अपरिवर्तनीय छन्। यदि मानिसहरूले हैसियत र प्रतिष्ठाको पछि लाग्‍न लगाउने आफ्नो भ्रष्ट स्वभाव समाधान गर्छन् भने, तिनीहरूले मुक्ति पाउने आशा हुन्छ। यसको साथै, मानिसहरूले प्राप्त गर्ने सत्यता अनन्त हुन्छ; शैतानले तिनीहरूबाट सत्यता खोसेर लान सक्दैन, न त अरू कसैले नै यसलाई खोसी लान सक्छन्। तैँले तेरा चासोहरूलाई त्यागेको हुन्छस् तर तैँले सत्यता र मुक्ति प्राप्त गरेको हुन्छस्; यी परिणामहरू तेरै हुन्। तैँले आफ्नै लागि यी परिणामहरू प्राप्त गरेको हुन्छस्। यदि मानिसहरूले सत्यताको अभ्यास गर्ने निर्णय गरे भने, तिनीहरूले आफ्‍ना हितहरू गुमाए पनि, तिनीहरूले परमेश्‍वरको मुक्ति र अनन्त जीवन प्राप्त गरिरहेका हुन्छन्। ती मानिसहरू सबैभन्दा बुद्धिमान मानिसहरू हुन्। यदि मानिसहरूले सत्यता गुमाएर लाभ प्राप्त गर्छन् भने, तिनीहरूले जीवन र परमेश्‍वरबाट प्राप्त हुने मुक्ति गुमाउँछन्; त्यस्ता मानिसहरू सबैभन्दा मूर्ख हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो)। परमेश्‍वरका वचनहरूले मलाई इमानदार व्यक्तिले मात्र मुक्ति पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न सक्छ भनेर याद दिलाए। छली मानिसहरूलाई परमेश्‍वरले खुलासा गरी हटाउनुहुन्छ। व्यक्तिले कुन मार्ग रोज्छ र ऊ कस्तो व्यक्ति हो भन्ने कुराले उसको अन्तिम गन्तव्यलाई प्रत्यक्ष प्रभाव पार्छ। तर म अति अन्धी थिएँ। सत्यतालाई प्रेम गर्नुको साटो म आफ्नो छवि कायम राख्नमा मात्र केन्द्रित भएँ, यतिसम्म कि मैले बारम्बार झूट बोलेँ र नाटक गरेँ। त्यसो गरेपछि ममा खुलस्त हुने साहस थिएन, र मैले आधारभूत झूटहरू अझै समाधान गरेकी थिइनँ। मैले आफ्नो स्वाभाव बिलकुलै परिवर्तन गरेकी थिइनँ। यदि म यसरी नै विश्‍वासमा रहिरहेकी भए, परमेश्‍वरले मलाई कसरी मुक्ति दिन सक्नुहुन्थ्यो र? मैले ख्यातिको वास्ता गर्नु र व्यक्तिगत प्राप्तिको पछि लाग्नुको कुनै मूल्य नभएको पाएँ। तपाईंले त्यसरी अरूको प्रशंसा र समर्थन प्राप्त गर्नुहोला, तर बारम्बार झूट बोलेर परमेश्‍वरको नजरमा घृणित बन्नु र मुक्ति पाउने मौका गुमाउनु सार्थक कुरा होइन।

इमानदार व्यक्ति बन्ने मार्गको खोजीमा, मैले परमेश्‍वरका वचनहरूमा यो देखेँ, “समस्या जे भए पनि, उत्पन्न हुने कुनै पनि समस्याको समाधान गर्नका लागि तैँले सत्यताको खोजी गर्नुपर्छ, अनि कुनै पनि प्रकारले आफैलाई फरक रूपमा देखाउने वा अरूको अगाडि झूटो अनुहार धारण गर्ने गर्नु हुँदैन। तेरा दोषहरू, तेरा कमीहरू, तेरा गल्तीहरू, तेरो भ्रष्ट स्वभाव—ती सबैका बारेमा पूर्ण रूपमा खुला बन्, र ती सबैका विषयमा सङ्गति गर्। ती कुरालाई भित्र लुकाएर नराख्। आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै जीवनमा प्रवेश गर्नेतर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुन्छ। यो कदम उठाउनुले के कुराको सङ्केत गर्छ? यसको अर्थ, तैँले आफ्नो हृदय खोल्दैछस् र तेरा राम्रा वा नराम्रा, सकारात्मक वा नकारात्मक, सबै कुरा देखाउँदैछस्, अरू मानिस र परमेश्‍वरले देख्ने गरी आफैलाई उदाङ्गो पार्दैछस्; परमेश्‍वरबाट केही लुकाएको छैनस्, केही गोप्य कुरा राखेको छैनस्, कुनै कुरालाई ढाकेर राखेको छैनस्, छल र चालबाजीबाट मुक्त छस्, र यस्तै गरी अरू मानिसहरूसँग खुला र इमानदार हुँदैछस्। यस प्रकारले, तँ ज्योतिमा जिउँछस्, र परमेश्‍वरले मात्र तँलाई छानबिन गर्नुहुन्‍न, तर अरू मानिसहरूले पनि तँ सिद्धान्त र केही हदसम्म पारदर्शितासहित काम गर्दछस् भनी देख्न सक्नेछन्। तैँले कुनै तरिका प्रयोग गरी आफ्‍नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छद्म रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्‍न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, निल र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्‍वरका वचनहरूबाट के सिकेँ भने कुमै कुरामा मेरो गर्व वा हित मुछिँदा, इमानदार बन्न र सत्य बोल्न, पहिला प्रार्थना गरेर परमेश्‍वरको जाँच स्विकार्नुपर्छ। ममा जेजस्तो त्रुटि वा कमजोरी भए पनि, वा मैले जेजस्तो भ्रष्टता देखाए पनि, मैले त्यो लुकाउनु वा ढाकछोप गर्नु हुँदैन। मेरो साँचो वास्तविकता देखाएर र सत्यता खोजेर मात्र यो झूट बोल्ने समस्या अलिअलि गरेर समाधान गर्न सकिन्छ। मैले जेजस्तो भ्रष्टता देखाए पनि, र ममा जेजस्तो त्रुटि र कमजोरीहरू भए पनि, वास्तवमा परमेश्‍वरले स्पष्ट देख्न सक्नुहुन्छ, त्यसैले म झूट र बहानाले ती ढाकछोप गर्न सक्दिनँ। अरू मानिसले मलाई सुरुमा राम्ररी नचिने पनि, समय बित्दै जाँदा सबैले मलाई स्पष्ट देख्नेछन्। र म मलजल कार्यका लागि जिम्मेवार भए पनि, म त्यस कर्तव्यमा नयाँ थिएँ र ममा अझै थुप्रै त्रुटि थिए। मैले नयाँ विश्‍वासीहरूको धारणा वा समस्या राम्ररी नबुझ्दा, वा आफूले राम्ररी नजानेको सत्यतामा स्पष्टरूपले सङगति गर्न नसक्दा, अगुवाको सहयोग खोज्नु सामान्य विधि थियो, बिलकुलै लज्जास्पद कुरा थिएन। मैले खुलस्तसित आफ्ना कमजोरीहरू सामना गर्नुपर्थ्यो र सत्य कुरा बताउन साहसी हुनुपर्थ्यो, सत्यता अभ्यास गर्नुपर्थ्यो, र इमानदार व्यक्ति बन्नुपर्थ्यो। यो अघि बढ्ने सही मार्ग हो। यसबारे सोच्दा मेरो हृदय प्रसन्न भयो। मैले प्रार्थना गरेँ र परमेश्‍वरसामु पश्चाताप गरेँ। म आफ्नो ख्याति र हितका लागि बोल्न र काम गर्न छोड्नेथिएँ, र परमेश्‍वरको वचनअनुसार अभ्यास गर्नेथिएँ। मैले पछि सिस्टर चेङ लिनलाई भेटेँ र आफ्नो झूट बोल्ने समस्याबारे उनलाई सबै बताएँ। मलाई साँच्चिकै आराम र स्वतन्त्र महसुस भयो। मलाई थाहा थियो, म छविबारे धेरै सजग थिएँ, र मानिसले मलाई के सोच्लान् भनेर सधैँ ध्यान दिन्थेँ। केही आइपऱ्यो भने ममा आफ्नो ख्याति र हित जोगाउने प्रवृति थियो, र म झूट नबोली सक्दिनथेँ। मैले परमेश्‍वरलाई प्रार्थना गरिरहेँ, उहाँलाई मेरो हृदयको रक्षा गरिमागेँ, जसले गर्दा मलाई आफूले झूट बोल्नलागेको थाहा हुनेथ्यो र तुरुन्तै मार्ग परिवर्तन गर्न, अनि म खुला र इमानदार व्यक्ति बन्न सक्थेँ।

एकपटक एक जना अगुवासँगको भेलामा, उनले सबैलाई नयाँ विश्‍वासीको समस्याबारे आफ्नो राय राख्न लगाए। म अत्यान्तै घबराएँ। अगुवा उपस्थित थिए। उनलाई सत्यता र सिद्धान्त मलाई भन्दा बढी थाहा थियो। म समस्या पहिचान गर्न सक्छु कि सक्दिनँ, म सही छु वा गलत, र विचलनहरू छन् कि छैनन् भन्ने कुरा तत्कालै स्पष्ट हुनेवाला थियो। मैले समस्याको चूरो देख्न वा समाधान गर्न सकिनँ भने, अगुवाले मलाई के सोच्ने हुन्? त्यसबारे सोच्दा म झनै घबराएँ, र शान्त बनेर यसबारे सोच्न सकिनँ। त्यसपछि मलाई परमेश्‍वरका यी वचनहरू यादा आयो, “तैँले कुनै तरिका प्रयोग गरी आफ्‍नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छद्म रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्‍न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, निल र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले सोचेँ, “त्यो साँचो हो। म इमानदार भई सत्य बोल्नुपर्छ। मैले समस्या देख्न सकूँ या नसकूँ वा म कुनै कुरामा गलत भए पनि वा नभए पनि, म स्पष्टवादी हुनुपर्छ, ढाकछोप गर्नु, भेष बदल्नु वा बहाना बनाउनु, वा अगुवाले मलाई के ठान्लान् भनेर सोच्नु हुँदैन। महत्त्वपूर्ण कुरा भनेको सत्यता अभ्यास गर्नु र परमेश्‍वरसामु इमानदार व्यक्ति बन्नु हो।” यो सोच्दा म शान्त भएँ। त्यसपछि, मैले आफ्नो राय बताउन सकेँ। अगुवाले त्यो सुनेपछि हामीले छुटाएको विषयमा सङगति थपे। मैले यस प्रकारको आदान-प्रदानबाट धेरै कुरा पाएँ। त्यसपछि मलजल गर्ने क्रममा, मैले नबुझेको समस्या आइपर्दा, अगुवालाई गुहारेँ, जसले ममा भएको कमीको आधारमा सहयोग गरे। मैले यसबाट अझ धेरै सिकेँ।

मैले यो अनुभवमार्फत, परमेश्‍वरले हामीलाई बताउनुभएझैँ सत्य बोल्नु कस्तो सुन्दर कुरा रहेछ भन्ने महसुस गरेँ। यो एकदमै आराम र स्वतन्त्र दिने कुरा हो। म झूटको असहजता र पीडामा बिलकुलै बाँचिरहेकी छैनँ। म परमेश्‍वरप्रति अति कृतज्ञ छु! यदि म यी परिस्थितिमा खुलासा नभएकी भए, वा परेश्‍वरको वचनद्वारा न्याय नगरिएकी र खुलासा नभएकी भए ममा यस्तो बुझाइ र परिवर्तन कहिल्यै आउने थिएन।

अघिल्लो: ५१. मेरा आफ्नाजनको आक्रमणपछाडि लुकेका कुराहरू

अर्को: ५८. आत्मसंरक्षणका परिणामहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२७. मेरो कर्तव्य सम्‍बन्धी मेरा मनसायहरूलाई सुधार्दा

जिया यु, चीनगत जुनमा म मण्डलीको अगुवाको रूपमा निर्वाचित भएको थिएँ। त्यस बेला, म खुशी भएँ र मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले मेरो बारेमा...

२२. आखिरमा आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर मैले सिकेँ

क्षिन्‍चेङ, इटालीसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्