७९. असल व्यक्ति हुनु भनेको के हो बुझौँ

म सानै हुँदादेखि, मेरा आमाबुबाले मलाई अरूप्रति निष्पक्ष, तर्कशील, दयालु हुनुपर्छ, अरूको कठिनाइ बुझ्‍नुपर्छ, र सानातिना कुराहरूलाई बेवास्ता गर्नुपर्छ भनेर सिकाउनुभयो। त्यसो गर्दा व्यक्ति असल व्यक्ति बन्छ, र त्यसरी अरूको सम्‍मान र आदर पाउन सकिन्छ भनेर भन्‍नुहुन्थ्यो। मलाई पनि यसरी व्यवहार गर्नु राम्रो हो भन्‍ने लाग्थ्यो, र म आफूलाई करुणामय र दयालु हुन स्मरण गराइरहन्थेँ। मेरो परिवार र गाउँलेहरूका हकमा, म कहिल्यै पनि अरूसँग झगडा गर्दिनथिएँ र अरू सबैले मलाई कस्तो नजरले हेर्छन् भन्‍ने कुरामा म साँच्‍चै नै चिन्ता गर्थेँ। मेरा गाउँलेहरूले प्रायजसो मेरो तारिफ गर्थे, र ममा राम्रो मानवता छ र म बुझकी छु, र मलाई रिस उठाउँदा म कसैसँग पनि मुख फर्काउँदिन भनेर भन्थे। यस्तो तारिफ सुन्दा मलाई निकै खुशी लाग्थ्यो। म सोच्थेँ व्यक्ति भएर, म यसरी मिलनसार हुनुपर्छ, र कुनै व्यक्ति गलत भए पनि म बुझकी हुनुपर्छ। असल व्यक्ति बन्‍नुको मापदण्ड यही हो भन्‍ने कुरामा म निश्‍चित थिएँ। विश्‍वासी भएपछि पनि मैले त्यस्तै व्यवहार गरिरहेँ।

त्यसपछि नोभेम्बर २०२१ मा, म मण्डली डिकनको रूपमा निर्वाचित भएँ र अरू केही ब्रदर-सिस्टरहरूसँग सुसमाचार प्रचार गर्ने काम गर्न थालेँ। तिनीहरूमध्ये एक जना ब्रदर वाङ मेरै गाउँका थिए। तिनीसँग राम्रो क्षमता थियो र सुसमाचार प्रचार गर्दा तिनले स्पष्ट रूपमा तर्क गर्थे। साँचो मार्गको अनुसन्धान गरिरहेकाहरूलाई सहयोग गर्न तिनले कुराहरू व्याख्या गर्न उदाहरणहरूको प्रयोग गर्न सक्थे। तर तिनी अलिक अहङ्कारी छन् र अरूको सुझाव मान्‍न तयार हुँदैनन् भन्‍ने मलाई थाहा भयो। यसको साथै, प्रायजसो तिनले आफ्‍नो कर्तव्यमा सिद्धान्तहरू पछ्याउँदैनथिए र आफ्‍नो सुसमाचारमा तिनले परमेश्‍वरलाई उचाल्‍ने र उहाँको गवाही दिने गर्दैनथिए, तर तिनले कति जना मानिसहरूलाई विश्‍वासमा ल्याए त्यसको बारेमा धेरै बताउँथे। ब्रदर-सिस्टरहरू सबैलाई तिनको प्रचार सुन्‍न मन पर्थ्यो र तिनीहरूले तिनलाई निकै नै तारिफ गर्थे। एक पटक साँचो मार्गको खोजी गरिरहेको कुनै व्यक्तिले तिनलाई तिनीसँग राम्रो क्षमता छ र तिनले राम्रो प्रचार गर्न सक्छन् भनेर तारिफ गरे। तिनले आफूलाई उचाल्‍ने र निकै नै आफ्‍नो धाक लगाउने गर्दा रहेछन्, र तिनले सुसमाचार प्रचार गर्दा, परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा गवाही दिने वा मानिसहरूको धार्मिक धारणाहरूलाई समाधान गर्ने गर्दैनरहेछन् भन्‍ने थाहा पाएँ। म यो कुरा ब्रदर वाङलाई उल्‍लेख गर्न चाहन्थेँ, तर केही समय विचार गरेपछि अलिक समय पर्खिने निर्णय गरेँ। म दयालु, उचित व्यक्ति हुँ, म सानोतिनो कुरालाई कोट्याइरहँदिन भन्‍ने ब्रदर वाङलाई थाहा होस् भन्‍ने चाहन्थेँ। मैले तिनलाई अझै प्रोत्साहन र सहयोग दिनुपर्छ भन्‍ने लागेको थियो। पछि, अगुवाले प्रायजसो हाम्रो समूहमा सुसमाचार प्रचार गर्ने सम्‍बन्धी उचित सिद्धान्तहरू पठाउँथे र म ब्रदर वाङको व्यवहारसँग सम्‍बन्धित कुराहरू अप्रत्यक्ष रूपमा सङ्गति गर्थेँ। मैले सङ्गतिद्वारा तिनले आफ्‍ना समस्याहरूलाई देख्‍न सक्छन् भनेर आशा गरिरहेकी थिएँ। म फेरि तिनका समस्याहरू उठाउन चाहन्थेँ, तर त्यसपछि के सोचेँ भने तिनी अलिक अहङ्कारी भएका हुनाले, मेरो सल्‍लाह स्वीकार गर्दैनन् होला। तिनले मलाई अनुचित र निर्दयी ठान्‍नेछन्, र मप्रति नराम्रो सोच राक्‍नेछन् भन्‍ने मलाई डर लागेको थियो। यदि हाम्रो सम्‍बन्धमा यस्तो बाधा आयो र हामीले मिलेर काम गर्न सकेनौँ भने, असल व्यक्तिको रूपमा रहेको मेरो छवि बरबाद हुनेथियो। यो सोचेपछि, मैले मेरो शब्‍दहरूलाई त्यतिकै छोडिदिएँ। त्यो बेला मलाई अलिक नरमाइलो लाग्यो, त्यसकारण म प्रार्थना गर्न परमेश्‍वरको अघि आएँ, र सत्यता अभ्यास गर्न मलाई सामर्थ्य दिनुहोस् भनी अनुरोध गरेँ। त्यसपछि, ब्रदर वाङ, अरू एक-दुई जना ब्रदर-सिस्टरहरू र म एउटा गाउँमा सुसमाचार सुनाउन गयौँ। ब्रदर वाङले अझै पनि सङ्गतिमा आफ्‍नो धाक लगाउने गर्छन्, अनि तिनले पैसाको बारेमा वास्ता गर्दैनन् र परमेश्‍वरको लागि धेरै परिश्रम गर्छन् भनेर कुरा गर्ने गरेको, तर सत्यतामा सङ्गति गर्न ध्यान नदिएको देखेँ। घर आउँदा, मैले साहस बटुलेँ र तिनलाई भनेँ, “प्रचार र गवाहीमा तपाईंले सिद्धान्तहरूको प्रयोग गर्नुभएन। सुसमाचार प्रचार गर्न लायक मानिसहरूलाई तपाईंले सत्यतामा सङ्गति गर्न, अनि तिनीहरूलाई परमेश्‍वरको अगाडि ल्याउन ध्यान दिनुपर्छ—” मैले आफ्‍नो कुरा सकाउनुभन्दा पहिले, तिनले यसो भन्दै प्रतिक्रिया दिए, “मेरो सङ्गतिमा केही कुरा गलत छैन। तपाईंले बढी सोचिरहनुभएको छ।” मैले थप कुरा बताएँ भने तिनको स्वाभिमानमा चोट पुर्‍याउँछु, र हाम्रो सम्‍बन्धलाई नष्ट गर्छु होला भन्‍ने मलाई डर लाग्यो। तिनले मलाई नराम्ररी हेर्नेछन् र यसले मेरो सकारात्मक छविलाई बरबाद गर्नेछ भन्‍ने पनि मलाई चिन्ता लाग्यो, त्यसकारण मैले थप अरू केही पनि भनिनँ। मलाई त्यति भन्‍नु नै पर्‍याप्त छ र तिनले क्रमिक रूपमा आफ्‍नो वास्तविकता देख्‍न सक्छन् भन्‍ने लाग्यो। पछि मैले के थाहा पाएँ भने हामी सधैँ व्यस्त भए पनि, हामीले हाम्रो सुसमाचारको काममा त्यति असल परिणाम प्राप्त गरिरहेका छैनौँ। गाउँका कतिपय मानिसहरूले चासो राखेका थिए, तर ब्रदर वाङको सङ्गति एक-दुई पटक सुनिसकेपछि पनि तिनीहरूले केही बुझेका थिएनन्। यसको साथै, तिनीहरूलाई अफवाह, धारणाले प्रभाव पारेको थियो, र उप्रान्त यसको बारेमा खोजी-निधो गर्ने चाहना गर्न छोडेका थिए। कतिपय मानिसहरूले साँच्‍चै नै ब्रदर वाङलाई सम्‍मान गर्थे र तिनको सङ्गति मात्रै सुन्‍न चाहन्थे, तर अरू कसैको सङ्गति सुन्‍न चाहँदैनथिए। यो देख्दा मलाई निकै अप्ठ्यारो लाग्यो, र निकै ग्‍लानि भयो। यी समस्याहरूमा ब्रदर वाङको हात धेरै थियो। यदि मैले तिनका समस्याहरूका बारेमा पहिले नै कुरा उठाएकी भए, तिनले यी कुराहरूलाई देखेर तिनी परिवर्तन हुनेथिए, त्यसपछि हाम्रो सुसमाचार कार्यमा समस्या हुनेथिएन। तर त्यसपछि जब मलाई साँच्‍चै यो कुरा उठाउने इच्छा भयो, तब यसले हाम्रो सम्‍बन्धलाई बिगार्नेछ भन्‍ने चिन्ता लाग्यो, र मलाई अत्यन्तै दोधार भयो। मैले सोचेँ, मैले अगुवालाई कुरा गर्न लगाउनुपर्छ र उनलाई तिनीसँग सङ्गति गर्न लगाउनुपर्छ, त्यसपछि हाम्रो कर्तव्य सहकार्यमा असर हुनेछैन, र हामी अझै पनि मिलेर काम गर्न सक्छौँ। त्यसकारण, ब्रदर वाङको बारेमा मैले अगुवासँग कुरा गरेँ। उनले परमेश्‍वरका केही वचनहरू उल्‍लेख गरिन् र हामीलाई ती बुझ्‍न लगाइन्, र ब्रदर वाङ अलिक परिवर्तन भएको जस्तो देखिन्थ्यो। त्यसकारण, मैले यो कुरालाई छोडिदिएँ।

एक पटक, मैले अर्की सिस्टरलाई यो कुरा उल्‍लेख गरेँ र उनले मलाई म सधैँ अरूसँगको मेरो सम्‍बन्धको रक्षा गर्ने प्रयास गर्छु, र यो मानिसहरूलाई खुशी पार्दै हिँड्ने व्यक्तिको चिन्‍ह हो भनेर भनिन्। तर सुरुमा मैले यस कुरालाई त्यसरी बुझेकी थिइनँ। मैले सोचेँ, म कुनै पनि हालतमा मानिसहरूलाई खुशी पार्दै हिँड्ने व्यक्ति होइन, किनभने तिनीहरू धूर्त हुन्छन्, र मैले कुनै पनि धूर्त कार्य गरेकी छैनँ, त्यसकारण म कसरी तिनीहरूमध्ये एक हुन सक्छु? त्यो बेला म उनको सुझाव स्वीकार गर्न तयार थिइनँ, तर उनले भनेको कुरामा मैले सिक्‍नुपर्ने पाठ छ भन्‍ने कुरा पनि मलाई थाहा थियो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र म आफूलाई चिन्‍न सहयोग गर्नुहोस् भनेर अनुरोध गरेँ। पछि मैले परमेश्‍वरका वचनहरूमा यो वचन पढेँ: “मानिसहरूको आत्म-आचरण र संसारसँग व्यवहार गर्ने तरिकाहरू परमेश्‍वरका वचनहरूमा नै आधारित हुनुपर्छ; आफूलाई आचरणमा ढाल्ने सबैभन्दा आधारभूत सिद्धान्त यही हो। यदि मानिसहरूले आफूलाई आचरणमा ढाल्ने सिद्धान्तहरू बुझ्दैनन् भने तिनीहरूले कसरी सत्यता अभ्यास गर्न सक्छन्? सत्यता अभ्यास गर्नु भनेको खोक्रा कुराहरू भन्‍नु वा नाराहरू भट्ट्याउनु होइन। बरु यो, मानिसहरूले जीवनमा जेसुकै सामना गर्नु परे पनि, जबसम्म त्यसमा आफूलाई आचरणमा ढाल्ने सिद्धान्त, परिस्थितिबारे आफ्नो दृष्टिकोण, वा आफ्‍नो कर्तव्य निर्वाह गर्नु समावेश हुन्छ, तबसम्म कसरी तिनीहरूले नै निर्णय गर्नुपर्ने परिस्थिति आइपर्छ, अनि सत्यता खोज्नुपर्छ, र परमेश्‍वरका वचनहरूमा आधारका साथै अभ्यासका सिद्धान्तहरू र अभ्यासको मार्ग खोज्‍नुपर्छ भन्‍ने कुरा हो। यसरी अभ्यास गर्न सक्‍नेहरू सत्यता पछ्याउने मानिसहरू हुन्। व्यक्तिले सामना गर्ने कठिनाइहरू जति नै ठूला भए पनि, यदि ऊ यसरी सत्यता पछ्याउँछ भने, ऊ पत्रुसको मार्ग र सत्यता पछ्याउने मार्गमा हिँडिरहेको छ। उदाहरणका लागि: अरूसँग अन्तरक्रिया गर्दा कस्तो सिद्धान्त पालना गर्नुपर्छ? तेरो मूल दृष्टिकोण ‘सद्भाव खजाना हो; धैर्य सान हो,’ र तैँले सबैसित राम्रो सम्बन्ध कायम राख्नुपर्छ, अरूको इज्‍जतमा धक्‍का पुऱ्याउनु हुँदैन, र कसैलाई पनि चिढ्याउनु हुँदैन, ताकि भविष्यमा अरूसँग मिलेर रहन सजिलो होस्। यस दृष्टिकोणद्वारा बाँधिएर तँ अरूले खराब कामहरू गरिरहेको वा सिद्धान्तहरू उल्‍लङ्घन गरिरहेको देख्दा चुप रहन्छस्, न त तँ तिनीहरूलाई खुलासा गर्छस् न त रोक्छस्। तँ कसैलाई चिढ्याउनुभन्दा बरु मण्डलीको काममा क्षति हुन दिन्छस्। तँ चाहे जोसुकैसँग अन्तरक्रिया गरिरहेको होस्, तँ ऊसँग राम्रो सम्बन्ध कायम राख्न खोज्छस्। तँ बोल्दाखेरी सधैँ अरूसँगको आफ्नो सम्बन्ध र इज्जत जोगाउनेबारे सोच्छस्, र अरूलाई खुसी तुल्याउन सधैँ मिठा शब्दहरू बोल्छस्। तैँले कुनै व्यक्तिमा समस्याहरू छन् भन्‍ने थाहा पाइस् भने पनि, तँ ती सहनतिर लाग्छस्, र बस उसको पिठ्युँ पछाडि कुरा काट्छस्, तर उसलाई भेट्दा तँ अझै शान्ति बनाई राख्छस् र आफ्नो सम्बन्धलाई कायम राख्छस्। तैँले आफूलाई यसरी आचरणमा ढाल्नेबारे तँलाई के लाग्छ? के यो मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुनु होइन र? के यो निकै धूर्त होइन र? यसले आफूलाई आचरणमा ढाल्ने सिद्धान्तहरू उल्लङ्घन गर्छ। के आफूलाई यस्तो आचरणमा ढाल्नु निकृष्ट कुरा होइन र? यस्तो व्यवहार गर्नेहरू असल मानिस होइनन्, र यो आफूलाई आचरणमा ढाल्ने मर्यादित तरिका होइन। तैँले जतिसुकै कष्ट भोगेको र जतिसुकै मूल्य तिरेको भए पनि, यदि तँ सिद्धान्तविना आफूलाई आचरणमा ढाल्छस् भने, तँ आफ्नो आचरणमा चुकेको छस्, र तँलाई परमेश्‍वरसामु मान्यता दिइनेछैन, सम्झिइनेछैन वा स्विकारिनेछैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ)। परमेश्‍वरका वचनहरूको आधारमा मैले आफ्‍नो बारेमा मनन गरेँ। म मानिसहरूलाई खुशी पार्दै हिँड्ने व्यक्ति होइन जस्तो लागेको थियो, तर मैले कस्तो व्यवहार गर्थेँ त? त्यो अवधिमा, ब्रदर वाङले आफ्‍नो सुसमाचार कार्यमा धेरै धाक लगाउने गरिरहेका छन् भन्‍ने मैले देखेकी थिएँ र मैले तिनलाई आफ्‍नो बारेमा जान्‍न र तिनलाई सिद्धान्तहरू अनुसार आफ्‍नो कर्तव्य पूरा गर्न सहयोग गर्नको लागि मैले तिनलाई यो कुरा औँल्याइदिनुपर्थ्यो, तर सीधै भन्दा त्यसले हाम्रो सम्‍बन्धमा चोट पुर्‍याउँछ भन्‍ने मलाई चिन्ता लागेको थियो। त्यसकारण म सधैँ तिनका भावनाहरूको बारेमा चिन्ता गर्थेँ र अत्यन्तै सीधा तरिकाले कुनै पनि कुरा भन्‍ने आँट गर्दिनथिएँ। तिनलाई म असल व्यक्ति हुँ भन्‍ने देखाउनलाई, र मलाई उच्‍च नजरले हेरून् भनेर मैले तिनलाई अझै धेरै प्रोत्साहन पनि दिन चाहन्थेँ। तर वास्तवमा, कर्तव्य पूरा गर्दा ब्रदर-सिस्टरहरूसँग सहकार्य गर्ने क्रममा, जब हामीले समस्याहरू देख्छौँ तब हामीले तिनलाई औँल्याउनुपर्छ, अरूका दुर्बलताहरूलाई पूर्ति गर्नुपर्छ, र सँगै मिलेर मण्डलीको काम अघि बढाउनुपर्छ। तर मैले जानी-जानी गलत काम गरिरहेकी थिएँ र सत्यताको अभ्यास गरिरहेकी थिइनँ। परिणाम स्वरूप ब्रदर वाङले आफ्‍नो समस्यालाई पहिचान गरेनन् र सुसमाचार प्रचार गर्दा सत्यतामा सङ्गति गर्ने कार्यमा ध्यानै नदिई आफ्‍नो बारेमा धाक लगाइरहे। यसको अर्थ साँचो मार्गको अनुसन्धान गरिरहेका मानिसहरूका धार्मिक धारणाहरू समाधान भएनन् र बाधा आइपर्दा कतिपय मानिसहरूले भेलामा सहभागिता जनाउन छाडे। यसले हाम्रो काममा गरेको असर देखेँ र मलाई अलिक ग्‍लानि भयो, तर मैले सीधै बताएँ भने तिनी मप्रति पूर्वाग्रही बन्छन्, र यसले हाम्रो सम्‍बन्धमा क्षति पुर्‍याउँछ भन्‍ने मलाई डर लागेको थियो। त्यसकारण मैले चलाकी प्रयोग गरेर तिनीसँग सङ्गति गर्न मण्डली अगुवालाई लगाएँ ताकि मैले तिनलाई चिढ्याउन नपरोस्। मैले अरूसँगको सम्‍बन्धलाई रक्षा गर्ने र आफ्‍नो कर्तव्यमा तिनीहरूलाई पुलपुल्याउने गरेको रहेछु, मैले मण्डलीका हितहरूलाई साथ दिइरहेकी थिइनँ र ममा धार्मिकताको बोध थिएन, र मैले सिद्धान्त अनुसार अलिकति पनि व्यवहार गरिरहेकी थिइनँ। म सत्यताको अभ्यास गर्ने व्यक्ति थिइनँ। के मानिसहरूलाई खुशी पार्दै हिँड्ने व्यक्तिले त्यस्तै व्यवहार गर्दैन र? त्यसपछि, मैले ख्रीष्ट-विरोधीहरूको खुलासा गर्ने परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “सबैले देख्दा, ख्रीष्टविरोधीका वचनहरू अत्यन्तै दयालु, सभ्य र विशिष्ट देखिन्छन्। चाहे जसले सिद्धान्त उल्लङ्घन गर्ने वा मण्डलीको काममा अवरोध गर्ने र बाधा दिने काम गरे पनि ख्रीष्टविरोधीले यी मानिसहरूलाई खुलासा वा आलोचना गर्दैन; उसले आँखा चिम्लिन्छ, र मानिसहरूलाई आफू हर मामिलामा उदार भएको सोच्ने तुल्याउँछ। मानिसहरूले जस्तोसुकै भ्रष्टताहरू प्रकाश गर्ने र दुष्ट कार्यहरू गर्ने भए पनि, ख्रीष्टविरोधी बुझकी र सहनशील हुन्छ। ऊ क्रोधित हुँदैन, वा झनक्‍कै रिसाउँदैन, उसले केही गलत काम गर्दा र परमेश्‍वरको घरका हितलाई हानि पुऱ्याउँदा, ऊ झर्कँदैन र मानिसहरूलाई दोष दिँदैन। जोसुकैले दुष्कर्म गरेको र मण्डलीको काममा बाधा दिएको भए पनि, उसले आफूसँग यसको कुनै सरोकार छैनझैँ गरी यसलाई कुनै वास्ता गर्दैन, र यस विषयको खातिर उसले मानिसहरूलाई कहिल्यै चिढ्याउनेछैन। ख्रीष्टविरोधीहरूले सबैभन्दा धेरै केको चिन्ता गर्छन्? कति जना मानिसहरूले तिनीहरूलाई उच्च मान्छन्, र तिनीहरूले कष्ट भोग्दा कति मानिसहरूले देख्छन्, र यसका लागि प्रशंसा गर्छन् भन्‍ने कुरालाई लिएर तिनीहरू सबैभन्दा धेरै चिन्तित हुन्छन्। ख्रीष्टविरोधीहरू व्यर्थमा कष्ट कहिल्यै भोग्नु हुँदैन भन्‍ने विश्‍वास गर्छन्; तिनीहरूले जुनसुकै कठिनाइ सहे पनि, तिनीहरूले जुनसुकै मूल्य चुकाए पनि, तिनीहरूले जुनसुकै असल काम गरे पनि, तिनीहरू अरूप्रति जति नै हेरचाह गर्ने, विचारशील र प्रेमिलो भए पनि, ती सबै व्यवहार अरूको अगाडि नै गरिनुपर्छ, ताकि त्यो कुरा अझ धेरै मानिसहरूले देख्न सकून्। अनि, तिनीहरूले यसरी व्यवहार गर्नुको लक्ष्य के हो? मानिसहरूको निगाह पाउनु, अझ धेरै मानिसहरूलाई हृदयमा तिनीहरूका कार्यहरू, आचरण, र चरित्रको अनुमोदन र स्वीकृति महसुस गराउनु(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दस))। परमेश्‍वरका वचनहरू पढेपछि मलाई निकै ग्‍लानि भयो, मानौँ परमेश्‍वर मेरो अघि आएर मेरो शैतानी स्वभावलाई खुलासा गर्दैहुनुहुन्छ। यसको बारेमा विचार गर्दा के थाहा पाएँ भने म सधैँ करुणामय, दयालु व्यक्ति बन्‍ने प्रयास गरिरहेको हुन्छु किनभने त्यसो गरेर मैले अझै धेरै अरूको सम्‍मान र प्रशंसा पाउँछु, र मानिसहरूले मलाई मन पराउँछन्। ब्रदर-सिस्टरहरूसँग कर्तव्य पूरा गर्दा पनि म त्यस्तै व्यवहार गर्थेँ। ब्रदर वाङका समस्याहरूलाई खुलासा गर्न म केही भन्दिनथिएँ, किनभने मैले तिनको प्रतिष्ठामा चोट पुर्‍याउँछु, त्यसपछि हामी मिलेर बस्‍न सक्दैनौँ भन्‍ने मलाई डर लागेको थियो। तर वास्तवमा, मैले गर्ने सबै कुरा मेरो आफ्‍नै नाम र हैसियतको रक्षा गर्नको लागि थियो। मैले आफ्‍नो वास्तविक रूप लुकाउन र आफूलाई राम्रो देखाउन, अनि चापलुसी गर्नको लागि मैले सतही दयाको प्रयोग गरिरहेकी थिएँ ताकि मानिसहरूले मलाई दयालु, धैर्य, र सहनशील ठानून्, म असल र दयालु व्यक्ति हुँ भन्‍ने सोचून्। तर मैले मण्डलीको काममा वा ब्रदर-सिस्टरहरूको जीवनमा हानि हुन्छ कि हुँदैन भन्‍ने कुरालाई मैले हृदयमा राखिनँ। त्यसपछि मात्रै मैले म कति धूर्त र चलाक रहेछु भन्‍ने कुरा देखेँ। मैले कसैलाई कहिल्यै चिढ्याएको छैन, म असल व्यक्ति हो भन्‍ने जस्तो देखिन्थ्यो, तर वास्तवमा, मेरा सबै कार्य-व्यवहारमा मेरा आफ्‍नै खराब मनसायहरू लुकेका थिए। मैले मानिसहरूलाई धोका दिइरहेकी र परमेश्‍वरलाई छल गरिरहेकी थिएँ। मैले ममा पनि ख्रीष्ट-विरोधीको जस्तै स्वभाव रहेछ, मैले मण्डलीको काममा हानि गरेर आफ्‍नै छवि र हैसियतको रक्षा गरिरहेको रहेछु, र त्यो मार्गमा रहनु अत्यन्तै खतरनाक कुरा रहेछ भन्‍ने मलाई थाहा भयो। म परमेश्‍वरबाट झन्-झन् टाढा हुनेथिएँ र अन्त्यमा उहाँले मलाई हटाउनुहुनेथियो! यो महसुस गर्दा मलाई आफैप्रति साँच्‍चै घृणा जाग्यो, र म निकै व्याकुल पनि भएँ। मैले प्रार्थना गरेँ, “हे परमेश्‍वर, म सधैँ आफ्‍नो वास्तविकता लुकाइहरेकी हुन्छु र सकारात्मक छवि निर्माण गर्ने कार्यमा ध्यान दिँदै आफूलाई राम्रो देखाउने प्रयास गरिरहेकी हुन्छु। म यो मार्गमा रहिरहन चाहन्‍नँ। मेरो भ्रष्ट स्वभावलाई त्याग्‍न मलाई अगुवाइ गर्नुहोस्।”

त्यसपछि, मैले परमेश्‍वरका अझै धेरै वचनहरू पढेँ। “मानवले अरू मानवको मूल्याङ्कन गर्ने मानक उनीहरूको व्यवहारमा आधारित हुन्छ; जसको व्यवहार असल छ उनीहरू धर्मी हुन्छन्, जबकि जसको व्यवहार घिनलाग्दो छ उनीहरू दुष्ट हुन्छन्। परमेश्‍वरले मानवको मूल्याङ्कन गर्नुहुने मानकचाहिँ उनीहरूको सार उहाँमा समर्पित हुन्छ कि हुँदैन भन्‍ने कुरामा आधारित हुन्छ; परमेश्‍वरमा समर्पित हुने व्यक्ति धर्मी व्यक्ति हो, जबकि समर्पित नहुने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो, चाहे त्यो व्यक्तिको व्यवहार असल होस् वा खराब, र चाहे उसको बोलीवचन ठीक होस् वा बेठीक(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। “परमेश्‍वरमा विश्‍वास गरेको यतिका वर्षमा, तैँले कहिल्यै कसैलाई नसरापेको वा कुनै खराब काम नगरेको होला, तैपनि ख्रीष्टसँग सङ्गत गर्दा, तँ साँचो बोल्न, इमानदारीपूर्वक काम गर्न, वा ख्रीष्टको वचनप्रति समर्पित हुन सक्दैनस्; त्यसो हो भने, म भन्छु कि तँ संसारकै सबैभन्दा कपटी र दुर्भावपूर्ण व्यक्ति होस्। तँ तेरा नातेदारहरू, मित्रहरू, पत्नी (वा पति), छोरा-छोरीहरू, र आमाबुबाप्रति असाधारण रूपमा मिलनसार र अर्पित होलास् र कहिल्यै पनि अरूको फाइदा नउठाउलास्, तर यदि तँ ख्रीष्टसँग मिल्न सक्दैनस्, यदि तँ उहाँसँग सद्भावमा अन्तरक्रिया गर्न सक्दैनस् भने, तैँले आफ्‍ना छिमेकीहरूको राहतका निम्ति आफ्‍नो सब थोक खर्चिन्छस् या आफ्नो बुबा, आमा, र आफ्नो घरपरिवारका सदस्यहरूलाई मिहिन रूपमा हेरचाह नै गर्छस् भने पनि, म त भन्छु, तँ अझै पनि दुष्ट व्यक्ति होस्, अनि त्यसमाथि तँ धूर्त छलहरूले भरिएको व्यक्ति होस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टसँग नमिल्नेहरू निश्‍चय नै परमेश्‍वरका विरोधी हुन्)। परमेश्‍वरका वचनहरूबाट मैले के देख्‍न सकेँ भने अरूलाई मापन गर्ने मानिसहरूको मापदण्ड तिनीहरूले कति राम्रो व्यवहार गर्छन् भन्‍ने कुरामा आधारित हुन्छ। राम्रो व्यवहार गर्ने मानिसहरू असल मानिसहरू हुन्, जब कि खराब तरिकाले व्यवहार गर्ने मानिसहरू खराब मानिसहरू हुन्। तर त्यस सम्‍बन्धी परमेश्‍वरको मापदण्ड कुनै व्यक्तिले परमेश्‍वरको मार्ग पछ्याउँछ कि पछ्याउँदैन त्यसमा र परमेश्‍वरमा समर्पित हुने सम्‍बन्धी कसैको सार र उसको आचरणमा आधारित हुन्छ। उसको बाहिरी व्यवहार कति राम्रो छ त्यसको आधारमा यस कुरालाई निर्धारित गर्नु हुँदैन। परमेश्‍वरका वचनहरूको प्रकाशले मेरो हृदय छोयो। म सानो छँदादेखि नै, म परिवारका सदस्यहरू र अरू मानिसहरूसँग कहिल्यै पनि तर्क गर्दिनथिएँ वा कसैसँग पनि विवाद गर्दिनथिएँ। कसैले मसँग तर्क गर्न थाले पनि, म तिनीहरूको चित्त बुझाएर त्यो तर्क समाधान गर्थेँ। मेरा गाउँका मानिसहरूले सधैँ मलाई असल व्यक्ति भनी प्रशंसा गर्थे र म पनि त्यस्तो व्यवहार गर्नु असल व्यक्तिको मापदण्ड पूरा गर्नु हो भन्‍ने ठान्थेँ। अहिले मलाई के स्पष्ट भयो भने म दुष्ट देखिएकी त थिइन, तर बोलीवचन र व्यवहारमा मैले इमानदार व्यवहार गरिरहेकी थिइनँ। ब्रदर वाङले आफ्‍नो कर्तव्य सिद्धान्तहीन तरिकाले गर्छन् र सधैँ धाक लगाउँछन् भन्‍ने मैले देखेकी थिएँ, र यसले गर्दा हाम्रो कामको प्रभावकारीतामा असर पारेको थियो। र असल व्यक्तिको रूपमा रहेको मेरो छविलाई रक्षा गर्नको लागि, मैले तिनको खुलासा गर्ने वा तिनलाई सहयोग गर्ने गरिनँ, र मैले मण्डलीका हितहरूको रक्षा गरिनँ। त्यसकारण अरूले मलाई असल व्यक्ति ठाने पनि, परमेश्‍वरको अघि, मैले अझै पनि उहाँ र सत्यताको विरोधमा थिएँ, र मैले गरेको सबै कार्य दुष्कर्म थियो। मैले के देखेँ भने बाहिरी व्यवहारको भरमा कसैलाई असल वा खराब भनेर मूल्याङ्कन गर्नु सही मापदण्ड होइन। कतिपय मानिसहरूले धेरै राम्रा कार्यहरू गरेका देखिन्छन्, तर तिनीहरूले कट्टरताको साथ परमेश्‍वरको काम र वचनहरूलाई विरोध गर्छन् र दोष दिन्छन्। तिनीहरू दुष्कर्मीहरू हुन्। मलाई मसँग काम गर्ने सिस्टरको बारेमा याद आयो। मैले देखे अनुसार, उनले आफ्‍नो बोलीवचनमा कोमल वा दयालु हुने बारेमा वास्ता गर्दिनथिइन्, तर उनले सत्यतालाई स्वीकार गर्न र आफ्‍नो कर्तव्य कसरी सत्यताका सिद्धान्तहरू अनुसार पूरा गर्ने भन्‍ने बारेमा खोजी गर्न सक्थिन्। अरूले सत्यता अनुसार काम नगरेको देख्दा उनले भन्‍नुपर्ने कुरा भनिदिन्थिन्। उनले अरूका समस्याहरू औँल्याउन सक्थिन् र उनमा धार्मिकताको बोध थियो। यसको बारेमा विचार गरेपछि मैले असल व्यक्ति जस्तो देखिने प्रयास गर्ने सम्‍बन्धी मेरो गलत दृष्टिकोणलाई पछ्याउन छोड्नुपर्छ, यसको सट्टा परमेश्‍वरका वचनहरू अनुसार जिउनुपर्छ, र साँचो रूपमा असल व्यक्ति बन्‍ने प्रयास गर्नुपर्छ भनेर केही मात्रामा सङ्कल्‍प गरेँ।

मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ जसले मलाई अभ्यासको मार्ग दियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरूले सबैभन्दा बढी हासिल गर्न प्रयास गर्नुपर्ने कुरा भनेको परमेश्‍वरको वचनलाई आफ्‍नो आधार बनाउनु, र सत्यतालाई आफ्‍नो मापदण्ड बनाउनु हो; तब मात्रै तिनीहरू ज्योतिमा जिउन र सामान्य मानवको रूपमा जिउन सक्छन्। यदि तिमीहरू ज्योतिमा जिउन चाहन्छौ भने, तिमीहरूले सत्यताअनुसार व्यवहार गर्नुपर्छ; यदि तिमीहरू इमानदार बन्‍न चाहन्छौ भने, तिमीहरूले इमानदार शब्‍दहरू बोल्‍नुपर्छ, र इमानदार काम गर्नुपर्छ। सत्यताका सिद्धान्तहरूमार्फत मात्रै तिमीहरूको चालचलनको आधार प्राप्त हुन्छ; मानिसहरूले सत्यताका सिद्धान्तहरू गुमाएपछि, र असल व्यवहारमा मात्रै ध्यान केन्द्रित गर्न थालेपछि, यसले अपरिहार्य रूपमै नाटक र बहानाबाजी पैदा गर्छ। मानिसहरूको चालचलनमा कुनै सिद्धान्त छैन भने, तिनीहरूको व्यवहार जति नै राम्रो भए पनि, तिनीहरू ढोँगी हुन्छन्; तिनीहरूले अरूलाई केही क्षणको लागि झुक्याउन सक्लान्, तर तिनीहरू कहिल्यै पनि विश्‍वासयोग्य हुनेछैनन्। परमेश्‍वरका वचनहरू अनुसार व्यवहार र काम गरेमा मात्रै मानिसहरूले साँचो जग प्राप्त गर्छन्। यदि तिनीहरूले परमेश्‍वरका वचनहरू अनुसार व्यवहार गर्दैनन्, बरु राम्रो व्यवहार गरेको बहाना गर्नमा मात्रै ध्यान दिन्छन् भने, के तिनीहरू असल मानिस बन्‍न सक्छन्? अवश्य सक्दैनन्। असल व्यवहारले मानिसहरूको सारलाई परिवर्तन गर्न सक्दैन। सत्यता र परमेश्‍वरका वचनहरूले मात्रै मानिसहरूको स्वभाव, विचार, र दृष्टिकोणलाई परिवर्तन गर्न सक्छन्, र ती मात्रै तिनीहरूको जीवन बन्‍न सक्छन्। … कहिलेकहीँ, अरूका कमीकमजोरी, त्रुटि, र गल्तीहरूलाई सीधै औँल्याउनु र आलोचना गर्नु अत्यावश्यक हुन्छ। यसले मानिसहरूलाई ठूलो फाइदा दिन सक्छ। यो तिनीहरूको लागि वास्तविक सहयोग हो, र यसले तिनीहरूलाई सुधार गर्छ, होइन र? उदाहरणको लागि, मानौँ तँ औधी नै स्वेच्‍छाचारी र अहङ्कारी छस्। यसबारेमा तँलाई कहिल्यै थाहा थिएन, तर तँलाई राम्ररी चिन्‍ने व्यक्ति आउँछ, र तँलाई समस्या सीधै बताइदिन्छ। तैँले मनमनै विचार गर्छस्, ‘के म स्वेच्‍छाचारी छु? के म अहङ्कारी छु? कसैले पनि मलाई यसो भन्‍ने आँट गरेन, तर उसले मलाई बुझेको छ। उसले यस्तो कुरा भन्‍न सक्यो, यसले यो साँचो हो भन्‍ने जनाउँछ। मैले यसबारेमा केही समय मनन गर्नुपर्छ।’ त्यसपछि, तपाईंले त्यस व्यक्तिलाई भन्‍नुहुन्छ, ‘अरूले मलाई राम्रा कुराहरू मात्रै भन्छन्, तिनीहरूले मेरो गुणगान गाउँछन्, कसैले पनि मसँग यति व्यक्तिगत कुरा गर्दैन, कसैले पनि मलाई कहिल्यै मेरा यी कमीकमजोरी र समस्याहरूलाई औँल्याइदिएका थिएनन्। तपाईंले मात्रै मलाई बताउन, र यति व्यक्तिगत कुरा गर्न सक्‍नुभयो। मेरो लागि यो निकै राम्रो, निकै ठूलो सहयोग हो।’ हृदयदेखि कुरा गर्नु भनेको यही हो, होइन र? अलिअलि गर्दै, अर्को व्यक्तिले आफ्‍नो मनको कुरा, तेरो बारेमा आफ्नो विचार बतायो, र आफूसँग यस विषयमा धारणा, कल्‍पना, नकारात्मकता र कमजोरी रहेको, तर सत्यताको खोजी गरेर त्यसबाट उम्‍कन सकेको आफ्नो अनुभव बतायो। हृदयदेखि कुरा गर्नु भनेको यही हो, आत्मा-आत्माबीचमा सञ्चार हुनु भनेको यही हो। अनि समग्रमा भन्दा, बोल्‍नुको पछाडि रहेको सिद्धान्त के हो? यो यस्तो हो: हृदयमा भएको कुरा भन्‍नु, र साँचो अनुभवको बारेमा अनि तैँले वास्तवमा के सोच्छस् त्यही कुरा बोल्‍नु। ती शब्‍दहरू नै मानिसहरूको लागि सबैभन्दा लाभदायी हुन्छन्, यिनले तिनीहरूलाई भरणपोषण गर्छन्, सहयोग गर्छन्, र ती सकारात्मक हुन्छन्। नक्‍कली शब्‍दहरू बोल्‍न, मानिसहरूलाई फाइदा नदिने वा शिक्षाप्रद नहुने शब्‍दहरू बोल्‍न इन्कार गर्; यसले तिनीहरूलाई हानि हुन वा पछारिन, नकारात्मकतामा डुब्‍न र नकारात्मक असर पर्नबाट बचाउँछ। तैँले सकारात्मक कुराहरू भन्‍नुपर्छ। तैँले मानिसहरूलाई सक्दो सहयोग गर्ने, तिनीहरूलाई फाइदा पुर्‍याउने, तिनीहरूको लागि भरणपोषण गर्ने, तिनीहरूमा परमेश्‍वरप्रति साँचो विश्‍वास पैदा गर्ने प्रयास गर्नुपर्छ; र परमेश्‍वरका वचनहरू सम्बन्धी तेरा अनुभवहरू र समस्या हल गर्ने तेरा तरिकाहरूबाट तैँले मानिसहरूलाई मदत लिन र धेरै कुरा सिक्‍न दिनुपर्छ, साथै परमेश्‍वरको कामको अनुभव गरेर सत्यताको वास्तविकतामा प्रवेश गर्ने मार्ग बुझ्‍न, र यसरी तिनीहरूलाई जीवनमा प्रवेश गर्न र आफ्‍नो जीवनमा वृद्धि ल्याउन सहयोग गर्नुपर्छ—तेरा शब्‍दहरू सिद्धान्तहरू अनुरूप हुनु, र मानिसहरूलाई सुधार्ने किसिमको हुनुको प्रभाव यही हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। मैले परमेश्‍वरका वचनहरूमा आफ्‍नो व्यवहार सम्‍बन्धी सिद्धान्तहरू भेट्टाएँ। हामी परमेश्‍वरका वचनहरू अनुसार इमानदार मानिसहरू बन्‍नुपर्छ। अरूका समस्याहरू देख्दा, हामीले ती कुरालाई औँल्याउनुपर्छ र तिनीहरूलाई सहयोग गर्नुपर्छ, यसरी तिनीहरूलाई फाइदा हुन सक्छ। हामीले मण्डलीको काममा साथ दिनुपर्छ र अरूले हामीबाट सुध्रिने मौका पाउनुपर्छ। मैले यो मार्गको बारेमा बुझेपछि म तुरुन्तै सत्यता अभ्यास गर्न, ब्रदर वाङसँग स्पष्ट कुरा गर्न र तिनका समस्याहरूको बारेमा कुरा उठाउन चाहन्थेँ। यो तिनले आफ्‍नो कर्तव्यप्रतिको आफ्‍नो आचरणलाई सुधार गर्न सकून् र आफ्‍नो भ्रष्ट स्वभाव र आफ्‍नो कर्तव्यमा तिनले देखाउने कमीकमजोरीको बारेमा जान्‍न सकून् भनेर हो भन्‍ने मलाई थाहा थियो। मैले तिनलाई सहयोग गर्नुपर्थ्यो। त्यसकारण तिनका समस्याहरूका बारेमा तिनीसँग कुराकानी गर्न तयार हुँदै मैले तिनलाई भेटेँ। ठीक त्यही बेला, मलाई फेरि पनि तिनले मलाई के सोच्‍लान् भन्‍ने चिन्ता लाग्यो। तर मैले यसभन्दा पहिले कसरी सत्यताको अभ्यास नगरेर हाम्रो काममा समस्या आइरहेको थियो भन्‍ने बारेमा सोचेँ, र मलाई निकै ग्‍लानि भयो। परमेश्‍वरले मेरा विचार र व्यवहारलाई जाँच्‍नुहुन्छ भन्‍ने मलाई थाहा थियो र म इमानदार व्यक्ति हुनुपर्थ्यो। मैले उप्रान्त मेरो छविलाई रक्षा गर्न र सत्यतालाई बिर्सनु हुँदैनथियो। यो विचारले मलाई मेरो भ्रष्ट स्वभाव त्याग्‍ने र ब्रदर वाङलाई तिनका समस्याहरूको बारेमा साँचो कुरा बताउने साहस दियो। अचम्‍मको कुरा, तिनले मेरो कुरा सुनेपछि यो कुरालाई स्वीकार गर्न सके, र तिनले भने, “मैले कतिपय सिद्धान्तहरू साँचो रूपमा बुझेको छैन। भविष्यमा तपाईंले कुनै समस्या देख्‍नुभयो भने मलाई बताउनुहोस्। हामीले एक-अर्कालाई सहयोग गर्न सक्छौँ र मिलेर हाम्रो कर्तव्य राम्ररी पूरा गर्न सक्छौँ।” तिनले यसो भनेको सुन्दा मलाई निकै खुशी लाग्यो, र म परमेश्‍वरप्रति अत्यन्तै कृतज्ञ भएँ। पहिले मैले सत्यता अभ्यास नगरेकोमा मलाई लाज र ग्‍लानि पनि भयो। यदि मैले पहिले नै तिनलाई यो कुरा बताएको भए, हामीले चाँडै नै हाम्रा नतिजाहरू सुधार गर्न सक्थ्यौँ, र तिनले आफ्‍नो भ्रष्ट स्वभावको बारेमा पहिले नै थाहा पाउनेथिए। सत्यताको अभ्यास गर्दा यसले अरूलाई, आफूलाई, र आफ्‍नो कर्तव्यमा फाइदा पुर्‍याउँछ भन्‍ने कुरालाई मैले वास्तविक रूपमा अनुभव गरेँ। अहिले जब म ब्रदर-सिस्टरहरूका समस्याहरू देख्छु तब म सक्रिय रूपमा तिनलाई औँल्याउँछु किनभने मलाई थाहा छ, यसो गर्नु भनेको सत्यताको अभ्यास गर्नु हो, र तिनीहरूलाई सहयोग गर्नु हो। मैले के पनि अनुभव गरेँ भने परमेश्‍वरका मापदण्डहरू अनुसार जिउनु र सत्यताका सिद्धान्तहरू अनुसार काम गर्नु भनेको सत्यता अभ्यास गर्ने र असल व्यक्ति बन्‍ने एक मात्र तरिका हो।

अघिल्लो: ७८. धूर्त हुँदा कसरी मलाई हानि पुग्यो

अर्को: ८०. मेरो प्रभुलाई स्वागत गरेको कथा

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

मेरो जीवनको अधिकांश हिस्सा भागदौड गरेर, पैसा कमाउनमा मैले कसरी बिताएँ भनेर हेर्दा मैले आदर र प्रशंसा कमाएँ, तर मेरो जीवनको हरेक तहमा शैतानले मलाई यातना दिइरह्यो। तर परमेश्‍वरले मलाई मुक्ति दिनुभयो। उहाँले मलाई पैसाको हावा-हुरीबाट मुक्ति दिलाउनुभयो र मेरो जीवनको मार्ग परिवर्तन गरिदिनुभयो।

१४. इमानदार मानिस हुनुको स्वाद

योङ्ग्सुइ, दक्षिण कोरियाएक दिन मार्च महिनाको अन्ततिर एक भेलामा, एक जना अगुवाले गिरफ्तार गरेर क्रूर यातना दिइएका एकजना दाजुको बारेमा बताए।...

६९. सही मार्गमा फर्केर आउनु

चेन गुवाङ्ग, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्