सही मार्गमा फर्केर आउनु

चेन गुवाङ्ग, अमेरिका

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले कहिले पनि परमेश्‍वरको सेवा गर्न सक्दैन। यदि तेरो स्वभावलाई परमेश्‍वरका वचनहरूद्वारा न्याय गरिएको र सजाय दिइएको छैन भने, तेरो स्वभावले अझै शैतानलाई नै प्रतिनिधित्व गर्दछ जसले के प्रमाणित गर्छ भने तैँले तेरो आफ्नै असल अभिप्रायहरूबाट सेवा गर्छस्, तेरो सेवा तेरो शैतानी स्वभावमा आधारित छ। तैँले आफ्‍नो स्वभाविक चरित्रद्वारा, र तेरा व्यक्तिगत अभिरुचिहरू अनुसार परमेश्‍वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सँधै सोच्छस् कि तैँले गर्न चाहेका कुराहरूले परमेश्‍वरलाई खुशी तुल्याउँछ, र तैँले गर्न नचाहने कुराहरू परमेश्‍वरको निम्ती घृणित छन्; तँ पूर्ण रूपमा तेरा आफ्नै अभिरुचिहरू अनुसार काम गर्छस्। के यसलाई परमेश्‍वरको सेवा गरेको भन्न सकिन्छ? अन्ततः तेरो जीवन स्वभावमा हल्का परिवर्तन पनि हुनेछैन; यसको सट्टामा, तेरो सेवाले तँलाई अझै हठी बनाउनेछ, जसद्वारा तेरो भ्रष्ट स्वभावले अझै गहिरो जरा गाड्छ, र त्यस्तै, परमेश्‍वरको सेवाको बारेमा तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा आधारित नियमहरू, र तेरो आफ्नै स्वभाव अनुसार तेरा सेवाबाट व्युत्पन्न अनुभवहरू बन्नेछन्। यी मानिसका अनुभवहरू र पाठहरू हुन्। यो संसारमा जिउने सम्‍बन्धी मानिसको दर्शनशास्त्र हो। यस्ता मानिसहरूलाई फरिसीहरू र धार्मिक अधिकारीहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ। यदि तिनीहरू कहिल्यै बिउँझिँदैनन् र तिनीहरूले कहिल्यै पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरू पक्कै झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरूमा परिवर्तन हुनेछन् जसले आखिरी दिनहरूमा मानिसहरूलाई धोका दिन्छन्” (वचन देहमा देखा पर्नुहुन्छको “धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ”)। जब मैले यो अंश पढेँ: “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले कहिले पनि परमेश्‍वरको सेवा गर्न सक्दैन। यदि तेरो स्वभावलाई परमेश्‍वरका वचनहरूद्वारा न्याय गरिएको र सजाय दिइएको छैन भने, तेरो स्वभावले अझै शैतानलाई नै प्रतिनिधित्व गर्दछ,” म गहन रूपमा प्रभावित भएँ। मैले विगतमा असफलताको अनुभव गरेको छु। त्यस समयमा म मेरो कर्तव्यमा अहङ्कारी, र घमण्डले भरिपूर्ण थिएँ। अरूले मलाई उच्च नजरले हेरून् भनेर मैले आफ्‍नै प्रदर्शन गर्थेँ। थाहै नपाई, मैले परमेश्‍वरको प्रतिरोध गर्न सुरु गरेको थिएँ। पछि परमेश्‍वरका वचनहरूको न्यायले, मैले मेरो शैतानी प्रकृति र प्रतिरोधको स्रोत थाहा पाएँ, र पश्‍चाताप गर्न थालेँ।

सन् २०१३ मा, म मण्डली अगुवाको रूपमा चुनिएको थिएँ। म उत्साहित थिएँ। मण्डलीका अरू मानिसलाई कुनै समस्या पर्दा म परमेश्‍वरका वचनहरूमा उनीहरूसँग सङ्गति गर्थें। उनीहरूको कठिनाइहरू समाधान भएपछि, उनीहरूले सँधैको जस्तै गरी आफ्नो कर्तव्य पूरा गर्दथे। केही महिनापछि, मेरो अगुवाले मलाई भने, “एउटा मण्डली छ, जहाँ धेरै सदस्यहरू नयाँ छन्। सबैले भन्छन् तपाईं त्यहाँको अगुवा हुनुपर्छ।” मैले आत्मविश्‍वासको साथ “हुन्छ” भनेर भनें। मैले सोचेँ यी नवआगन्तुकलाई मैले मलजल गर्नुपर्छ, ताकि उनीहरूले छिटै सत्यतालाई जानून्, आफूलाई सही मार्गमा राख्न सकून्। जब म मण्डली गएँ, मैले समग्र अवस्था बुझेँ, मैले दाजुभाइ तथा दिदीबहिनीको कठिनाइहरूको बारेमा नोट बनाएँ, त्यसपछि परमेश्‍वरको सान्दर्भिक वचनहरूले उनीहरूलाई मद्दत गर्ने योजना बनाएँ। मलाई के लाग्यो भने, यो ठाउँमा म नयाँ भएको हुनाले, धेरै दाजुभाइ तथा दिदीबहिनीहरूले मलाई चिन्दैनन्, त्यसैले मैले धेरै मेहनत गर्नुपर्छ र उनीहरूसँग धेरै सङ्गति गर्नुपर्छ। यदि मैले छोटो समयमा नै मण्डलीको कार्यमा राम्रो गर्न सकेँ भने उनीहरूले मसँग सत्यताको वास्तविकता छ, र म सक्षम छु भन्ने ठान्‍नेछन्, त्यसपछि अगुवाहरूले पनि मेरो बारेमा राम्रो सोच्नेछन्। मण्डलीले त्यो चरणमा प्रवेश गर्नुपर्ने सत्यहरूको एउटा सूचना जारी गरेको थियो, र हामीलाई परमेश्‍वरको केही सान्दर्भिक वचनहरू आवश्यक थियो। म उत्साहित थिएँ। यो आफूलाई साबित गर्ने एउटा मौका थियो। मैले सत्यताका यी पक्षहरूसँग सान्दर्भिक रहेका परमेश्‍वरको केही वचनहरू भेटेँ, र तिनीहरूलाई ध्यानपूर्वक सङ्गठित गरें, र पूरै समय के सोचिरहेको थिएँ भने, “भोलि सहकर्मीहरू भेला हुँदैछन्। म पूरै रात परमेश्‍वरका यी वचनहरूको खोजीमा बिताउँछु भन्ने मेरा सहकर्मीहरूले देख्नेछन्, र उनीहरूले म आफ्नो कर्तव्यमा कति धेरै जिम्मेवार छु भनेर भन्नेछन्।” त्यो रात मेरो काम सकिँदा झण्डै बिहान भइसकेको थियो। पक्कै पनि, मैले खोजेका परमेश्‍वरका सबै वचनहरूलाई लिएर मेरो सहकर्मीहरूले मेरो प्रशंसा गरे। कसैले भन्यो, “ब्रदर चेनले कति धेरै मेहनत गर्नुहुन्छ। उहाँले पूरै रात यी सान्दर्भिक खण्डहरूको खोजी गरेर बिताउनुभयो।” केहीले भने, “हो। ब्रदर चेनले पक्कै पनि परमेश्‍वरका वचनहरू धेरै पढ्नुहुन्छ।” अर्को ब्रदरले चिन्ता व्यक्त गर्दै भने, “ब्रदर चेन, तपाईंले परमेश्‍वरका वचनहरूमा यी सान्दर्भिक खण्डहरू खोज्दै कति अबेरसम्म जागै बस्‍नुभयो?” यो सुनेर मेरो मन रोमान्चित भयो। मेरो जागा रहनु व्यर्थ थिएन, र मैले कति धेरै मेहनत गरेको छु अरूले देख्न सक्थे। मैले अनुभूति गरेको उत्साह लुकाउँदै मैले भनें, “मैले यो सकाउँदा लगभग बिहान भइसकेको थियो। म मेरो कर्तव्य पूरा गर्ने क्रममा प्राय अबेरसम्म जागा रहन्छु, जुन गर्नु पर्ने कुरा नै। यसमा घमण्ड गर्ने कुनै कारण छैन। आज हामीसँग सङ्गति गर्नको लागि केही छ भन्ने कुरा मैले सुनिश्चित गर्नुथियो।” उनले त्यसपछि मलाई रातभर जागा रहँदै र कष्टहरू सहँदै भए पनि म आफ्नो कर्तव्यप्रति सचेत रहेको बताए। मेरो हृदय खुशीले गद्‌गद्‌ भयो: म अझ धेरै मेहनत गर्नेछु ताकि बाँकी सबैले म सक्षम छु भनेर भनून्।

पछि, हामीले सुसमाचार प्रचार गर्दै गयौं र केही अरू मण्डलीहरू स्थापना गर्यौं। हरेक दिन म बिहानदेखि बेलुकासम्म मेरो दाजुभाइ तथा दिदीबहिनीहरूलाई मलजल गर्दै बिताउथें। म समस्यामा परेका जोकोहीलाई परमेश्‍वरका वचनहरू पढेर सुनाउथें, उनीहरूलाई मद्दत गर्न सङ्गति गर्थें, र मानिसहरूले मलाई अझ उच्च रूपमा हेर्थे। एक पटक, केही दाजुभाइ तथा दिदीबहिनीले सुसमाचार प्रचार गर्ने क्रममा एउटा समस्याको सामना गरे। उनीहरूलाई नकारात्मक अनुभूति भयो, त्यसैले उनीहरू मकहाँ आए। मैले विगतमा सुसमाचार प्रचार गर्दाको अनुभव बताएँ। मैले भनें, “मैले यो कुरा बताएका धेरैले यो स्वीकार गर्दैनन्। केहीले त मलाई बाहिर समेत निकाल्थे। त्यो बेला, मलाई यो काम निकै कठिन छ भन्‍ने लाग्यो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरें। म परमेश्‍वरको सान्दर्भिक वचनहरू खोज्दै पूरै रात जागा रहेँ, र ती वचनहरूलाई लिएर सङ्गति गर्न गएँ। म तिनीहरूलाई आखिरी दिनहरूको उहाँको मुक्ति दिइयोस् भन्ने चाहन्थें। यो जतिसुकै मुस्किल भए पनि मैले हार मान्न इन्कार गरें। अन्तमा मैले तिनीहरूलाई ल्याएर नै छाडेँ…।” जब मैले मेरो कुरा सकेँ, एक जना ब्रदरले प्रशंसा गर्दै भने, “ब्रदर चेनले यस्तो कठिनाइ पनि सहनुभएको रहेछ। उहाँ निकै कडा हुनुहुँदो रहेछ।” कसैले भन्यो, “हामीले ब्रदर चेनले जस्तै सुसमाचार फैलाउनुपर्छ।” जब मैले आफ्नो बारेमा उनीहरूको उच्च राय रहेको देखेँ, मलाई त म आकाशमा छु जस्तै लाग्यो। त्यसपछि, आफ्नो कर्तव्यमा कठिनाइको सामना गर्ने अरू सबै मकहाँ मद्दत लिन आउन थाले, तर मेरो सहकर्मीसँग होइन। दाजुभाइ तथा दिदीबहिनीहरूले उनीहरूको कर्तव्यमा मैले भनेकै कुराहरू गर्थे। उनीहरूले मलाई उच्च ठानेको देखेर, मैले आफूलाई नै प्रशंसा गर्न लागेँ। मलाई यस्तो लाग्यो, म यो मण्डलीको खम्बा हुँ।

एउटा सभाको समयमा, मैले आफूले भोगेको पीडाको मात्रा, मेरो कर्तव्यमा मैले चुकाएको मूल्य, र मैले हासिल गरेको नतिजाहरूको बारेमा बताइरहेको थिएँ। एउटा सिस्टरले अचानक मलाई भनिन्, “ब्रदर चेन, तपाईंले आफ्नो कर्तव्यमा कति धेरै कष्ट भोग्‍नुभएको छ त्यसको बारेमा धेरै नै बताइरहनुभएको छ, तर तपाईंले आफ्नो कमजोरी वा भ्रष्ट स्वभावहरूको बारेमा, तपाईंले आफ्नो बारेमा के सिक्नुभयो, समस्याहरू समाधान गर्न तपाईंले सत्यहरू कसरी खोज्नुभयो त्यसको बारेमा कुरा गर्नुभएको छैन। यस्तो लाग्छ कि मानौं तपाईंमा कुनै पनि भ्रष्टपन छैन…।” उनले यो भनेपछि बाँकी अरूले पनि मतिर हेरे। म साँच्चै नै स्तब्ध भएँ। मलाई कठिन परिस्थितिमा राखिएको छ भन्‍ने महसुस भयो र मेरो अनुहार रातोपिरो भयो। मैले सोचेँ, “तिमीले जे भन्यौ त्यसले मलाई सबैको अगाडि खराब बनाइदियो। अब उनीहरूले मेरो बारेमा के सोच्नेछन् होला?” मेरो आफ्नै घमण्डलाई बचाउने प्रयासमा, मैले भनें “सिस्टर, तपाईंले सही भन्‍नुभयो। म त्यो कुरा स्वीकार गर्छु। तर अहिले हाम्रो दाजुभाइ तथा दिदीबहिनी आफ्नो कर्तव्यमा नकारात्मक भएका छन्। हामी केवल भ्रष्टपनमा मात्र केन्द्रित हुनु हुँदैन, बरु सकारात्मक अभ्यासहरूमा केन्द्रित हुनुपर्छ। दाजुभाइ र दिदीबहिनीले आफ्नो विश्‍वास पाउन सक्ने यो एकमात्र तरिका हो…।” पछि, केही अन्य दाजुभाइ तथा दिदीबहिनीले मलाई के बताए भने जब म आफ्नो अनुभवको बारेमा कुरा गर्छु, मैले आफूमा देखा परेको धेरैजसो भ्रष्टता छोडेको हुन्छु, र मैले आफ्नो कर्तव्यमा कति धेरै कष्ट भोगेको छु भन्नेमा धेरै कुरा बताइसकेकोले, यसले मलाई सत्यताको अभ्यासमा कुशल बनाएको जस्तो देखायो। जब उनीहरूले मलाई यी कुरा बताए, मलाई अलिक असहज महसुस भयो, र सोचें, के मैले भनेका कुरा उपयुक्त छैनन् र? कहिलेकाहीँ म आफू स्वार्थी छु भन्ने कुरालाई स्वीकार गर्थें। यसबाहेक, मैले सँधै आफ्नो कर्तव्यमा राम्रो नतिजाहरू हासिल गरेको छु, र मैले मण्डलीको कार्यमा मद्दत गरेको छु। त्यसको अर्थ मैले सही सङ्गति गरिरहेको छु भन्ने होइन र? त्यसैले मैले आफूलाई नियाल्ने काम गरिनँ।

पछि, मण्डलीको कामको आवश्यकताले मलाई मेरो कर्तव्यलाई निरन्तरता दिन अर्को मण्डलीमा सरुवा गरियो। एउटा सभाको समयमा ब्रदर झांगले मलाई गम्भीर हुँदै भने, “ब्रदर चेन, जब तपाईंले त्यो मण्डली छोड्नुभयो, केही दाजुभाइ तथा दिदीबहिनीले आफ्नो कर्तव्यमा रुचि गुमाएका छन्। जब उनीहरूको अगाडि चुनौती हुन्छ उनीहरूले परमेश्‍वरका वचनहरू पढ्दैनन्, न त सत्यताको खोजी नै गर्छन्, उनीहरूले यो तपाईंले नै ठीक गर्नुभएको होस् भन्‍ने चाहन्छन्। केही त सभामा पनि जान चाहँदैनन्। यसले के देखाउँछ भने तपाईंले परमेश्‍वरलाई माथि राखिरहनुभएको छैन, न त आफ्नो कर्तव्यमा उहाँको साक्षी दिइरहनुभएको छ। तपाईंले त केवल आफ्‍नो प्रदर्शन गर्ने काम गरिरहनु भएको छ, ताकि अरूले तपाईंलाई महान् ठानून्। यो दुष्टता हो। तपाईंले आफूलाई नियाल्नुपर्छ।” जब मैले यो कुरा सुनें, म अवाक् भएँ र मैले सोचेँ, “यो कसरी भयो? तिनीहरू सबैले मलाई मन पराउँछन्? त्यो एउटा ठूलो समस्या हो!” मलाई चिन्ता लाग्‍नथाल्यो। त्यसपछि, सङ्गति गरिँदै गरिएका कुनै पनि कुरामा मैले ध्यान दिन सकिनँ। मेरो विचार सबै अलमलिएको थियो। यसबाट म कसरी पार पाउनेछु मलाई थाहा थिएन। जब म घर गएँ, मैले ब्रदर झांगका शब्दहरूका बारेमा सोचेँ। पहिले, मैले के सोच्ने गर्थें भने, मेरो कर्तव्यले नतिजाहरू निकालेको छ र म सत्यताद्वारा मैले केही समस्याहरू सुल्झाउन सकेको छु। यसको यस प्रकारका परिणामहरू हुनेछन् भनेर मैले कहिल्यै सोचेको थिइन। यसले मलाई निकै दुःखी बनायो। धेरै नै। मैले असहाय भएर परमेश्‍वरलाई प्रार्थना गरें। मैले भनें, “परमेश्‍वर, कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि मैले आफ्नो समस्या समाधान गर्न र आफूलाई बुझ्न सकूँ।”

पछि मैले परमेश्‍वरका केही वचनहरू पढेँ, “ओह्रालो लाग्ने सबैले आफैलाई उच्च पार्दछन् र आफ्नै साक्षी दिन्छन्। तिनीहरू आफ्नै विषयमा घमण्ड गर्दै र आफ्नै बढाइचढाइ गर्दै हिँड्छन्, अनि तिनीहरूले परमेश्‍वरलाई आफ्नो हृदयमा राखेका हुँदैनन्। कै मैले बताएको कुराको बारेमा तिमीहरूसँग कुनै अनुभव छ? धेरै मानिसहरूले निरन्तर आफ्नै गवाही दिइरहेका हुन्छन्: ‘मैले यो र त्यो तरिकाले कष्ट भोगेको छु; मैले यो अनि त्यो काम गरेको छु; परमेश्‍वरले मसँग यस्तो वा त्यस्तो तरिकाले व्यवहार गर्नुभएको छ; उहाँले मलाई यस्तो र त्यस्तो कार्य गर्न लाउनुभयो; उहाँले मलाई विशेष रूपमा आदरको नजरले हेर्नुहुन्छ; अहिले म यस्तो र त्यस्तो छु।’ तिनीहरूले जानी-जानी निश्चित सोरमा बोल्छन् र निश्चित हाउभाउहरू अपनाउँछन्। अन्त्यमा, कतिपय मानिसहरूले यिनीहरूलाई नै परमेश्‍वर हुन् भनी सोच्न थाल्छन्। एक पटक तिनीहरू यस्तो स्थितिमा पुगेपछि, पवित्र आत्माले तिनीहरूलाई धेरै पहिले नै त्यागिसक्नुभएको हुन्छ। यस बीच, तिनीहरूलाई बेवास्ता गरिने, र निष्कासन नगरिने भए पनि, तिनीहरूका भाग्य निश्चित गरिएको हुन्छ, र तिनीहरूले गर्न सक्ने भनेको आफ्नो दण्ड पर्खेर बस्नु मात्र हुन्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्”)। “अन्यले आफ्नै गवाही दिन, आफ्नै बढाइचढाइ गर्न तथा मानिसहरू र हैसियतको निम्ति परमेश्‍वरसँग प्रतिस्पर्धा गर्नको निम्ति बारम्बार आफ्ना पदहरूलाई प्रयोग गर्न सक्छन्। तिनीहरूलाई मानिसहरू ले पुजून् भनेर अनेक विधि र उपायहरूको प्रयोग गर्छन्, मानिसहरूलाई जित्‍न र तिनीहरूलाई नियन्त्रणमा लिन निरन्तर प्रयास गर्छन्। केहीले आफूलाई परमेश्‍वर ठानेर र तिनीहरूलाई परमेश्‍वरलाई झैँ व्यवहार गरिनुपर्छ भनेर जानीजानी मानिसहरूलाई बहकाउँछन् पनि। तिनीहरूले आफू भ्रष्ट भएको कुरा कहिले पनि कसैलाई बताउँदैन्—कि तिनीहरू ज्यादै भ्रष्ट र अहंकारी भएको कारण तिनीहरूलाई पुजून् र तिनीहरूले जति नै असल गरेता पनि त्यो सबै परमेश्‍वरलाई उच्च पार्ने कामको कारणले हो र तिनीहरूले त आफूले गर्नुपर्ने कुरा मात्र गरेका हुन्। तिनीहरूले यीकुराहरू किन भन्दैनन्? किनकि मानिसहरूको हृदयबाट आफ्नो स्थान गुम्छ कि भन्‍ने गहिरो डर तिनीहरूमा छ। यसैले यस्ता मानिसहरूले कहिले पनि परमेश्‍वरलाई उच्च पार्दैनन् र परमेश्‍वरको गवाही कहिले पनि बन्दैनन्” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १”)। यो पढेपछि म व्याकुल भएँ। जब आफूलाई नियालेँ, मैले बाहिरी रूपमा आफूले कष्ट झेलेको जस्तो देखाए पनि, र अरूको समस्या समाधान गर्न परमेश्‍वरको वचनहरूमा सङ्गति गरेको जस्तो देखाए पनि, मैले त यो केवल आफूलाई राम्रो देखाउनको लागि गरिरहेको थिएँ, ताकि अरूले मलाई उच्च रूपमा हेरून्। त्यो बेला जब म नयाँ सदस्यहरू भएका मण्डलीको अगुवाको रूपमा चुनिएको थिएँ, मैले केवल उपलब्धिहरू हासिल गर्ने बारेमा सोचेको थिएँ, जसले मेरा दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो बारेमा उच्च सोच्न प्रेरित गर्नेथियो। यसको लागि, मैले ओभरटाइम काम गर्थेँ, परमेश्‍वरको वचनहरू पढ्दै रातभर जागा रहन्थें र हाम्रो सङ्गतिहरूको योजना बनाउथें। जब सुसमाचार फैलाउने कार्यमा अरूलाई समस्या हुन्थ्यो, मैले उनीहरूलाई परमेश्‍वरको इच्छा र सत्यताका सिद्धान्तहरूको बारेमा सङ्गति गरेको थिइनँ, बरु यसको साटो मैले अहमता देखाएको थिएँ, सुसमाचार फैलाउँदा मलाई कति धेरै कष्ट भएको थियो भन्ने कुरालाई प्रदर्शन गरें। जब मेरो काममा सुधार भयो, मेरा दाजुभाइ र दिदीबहिनीले मेरो प्रशंसा गरे। मैले केवल यसमा आनन्द लिएँ, र पवित्र आत्माको कार्यले जितेका नतिजाहरूको लागि व्यक्तिगत श्रेय लिएँ, त्यसलाई आफ्नो उपलब्धिहरूको रूपमा देखाइरहेको थिएँ। सभाहरूमा सङ्गति गर्दा म आफूलाई आकर्षणको केन्द्रमा राख्थें, केवल सकारात्मक कुराहरू गर्थें, मभित्र रहेको भ्रष्टताको बारेमा कुरा गर्दिनथें। यदि यस्तो कुनै कुरा आयो भने, म यस कुरालाई ढाकछोप गर्थेँ। जहाँसम्म मेरो कर्तव्यमा मेरो आफ्नै खराब मनसायको कुरा छ, म त्यसलाई चिरफार गर्न चाहन्नथें। मेरा समस्याहरू उल्लेख गर्नको लागि समय-समयमा परमेश्‍वरले मेरो दाजुभाइ तथा दिदीबहिनीको उपयोग गर्नुभयो, तर मेरो आफ्नै पद र मेरो छविको रक्षा गर्नको लागि, मैले केवल म यो कुरा स्वीकार गर्छु भनी भन्थें, तर आफूमा नियाल्ने काम गर्दिनथिएँ। सङ्गतिको समयमा म सबैलाई छल गर्नको लागि भव्य तरिकाले बोल्ने गर्थें। यसरी, म मेरो कर्तव्यमा जिम्मेवार रहेको र कठिनाइ सहन गर्न सक्छु भनेर मैले विश्‍वास गरेको थिएँ। मण्डलीमा वा मेरो दाजुभाइ तथा दिदीबहिनीलाई जुनसुकै कठिनाइ भए पनि, म पछि हट्दिनथिएँ, बरु उनीहरूलाई मद्दत गर्थें। तथ्यहरूले उजागर भएपछि मैले के देखेँ भने आफ्नो कर्तव्य गर्ने क्रममा मैले सत्यको अभ्यास गरिरहेको थिइनँ, न त परमेश्‍वरको इच्छालाई नै विचार गरिरहेको थिएँ। मैले देखाउनको लागि मेरो कर्तव्यको अवसरको फाइदा उठाएँ, पदप्रतिको मेरो इच्छा सन्तुष्ट पारेँ। त्यसो गर्दा, मैले मेरा दाजुभाइ तथा दिदीबहिनीलाई परमेश्‍वरको अगाडि ल्याइनँ। उनीहरूलाई मेरो पूजा गर्न लगाएँ। मैले पदको लागि परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेको थिएँ। मलाई त्यसपछि के महसुस भयो भने म परमेश्‍वरको प्रतिरोध गर्ने र गम्भीर अपराध गर्ने मार्गमा थिएँ। मलाई धेरै डर लाग्यो र दोषी पनि महसुस भयो। मैले आफैलाई सोधेँ: थाहै नपाइकन म परमेश्‍वरको प्रतिरोध गर्ने बाटोमा कसरी आएँ?

पछि मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “मानवजाति शैतानद्वारा भ्रष्ट पारिएको हुनाले, उनीहरूको प्रकृति परिवर्तन हुन थाल्यो र उनीहरूले बिस्तारै सामान्य मानिसहरूमा हुने तर्कशक्तिको बोध हराए। तिनीहरूले अब मानिसको स्थानमा रहेर मानवीय प्राणीहरूले जस्तो काम गर्दैनन्; बरु, तिनीहरूले मानिसको हैसियतलाई उछिन्ने चाहना गर्छन्, र तिनीहरू कुनै उच्च र ठूलो कुराको चाहना गर्छन्। र यो कुनै उच्च कुरा के हो त? तिनीहरूले परमेश्‍वरलाई उछिन्ने, स्वर्गलाई र अरू सबै कुरालाई उछिन्‍ने इच्छा गर्छन्। मानिसहरू यस्तो हुनुको मूल कारण के हो? समग्रमा भन्दा, मानिसको प्रकृति अति नै अहङ्कारी छ। … मानिसहरू प्रकृति र सारमा अहङ्कारी बनेपछि, तिनीहरू परमेश्‍वरको आज्ञा उल्लङ्घन र विरोध गर्न, उहाँका वचनहरूमा ध्यान नदिने कुराहरू गर्न, उहाँको विषयमा धारणाहरू उत्पन्न गर्ने कुराहरू, उहाँको विरुद्धमा विद्रोह गर्ने कुराहरू, तिनीहरूका आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने कुराहरू गर्न सक्‍ने हुन्छन्। तैँले तँ अहङ्कारी छैनस् भनी भन्छस्, तर मानौं तँलाई केही मण्डलीहरू दिइयो र तिनको नेतृत्व गर्ने अनुमति दिइयो; मानौं मैले तँलाई निराकरण गरिनँ, र परमेश्‍वरको परिवारका कसैले पनि तँलाई छिँवलेन: तिनीहरूलाई केही समय नेतृत्व गरिसकेपछि तैँले तिनीहरूलाई तेरो खुट्टामा ल्याउँछस् र तिनीहरूलाई तेरो अधीनमा बस्न लाउँछस्। अनि तँ किन त्यसो गर्छस्? यो तेरो प्रकृतिद्वारा निर्धारित भएको हुनेछ; यो प्राकृतिक प्रकटीकरणबाहेक अरू केही हुँदैन। यो सिक्नका लागि तँ मार्गबाट बाहिर जानु पर्दैन, न त तँलाई यो सिकाउन तैँले अरू कुनै व्यक्तिलाई खोज्‍नु नै आवश्यक हुन्छ। तैँले जानी-जानी यी कुनै पनि कुरा गर्नु पर्दैन; यस प्रकारको परिस्थिति प्राकृतिक रूपले नै तँकहाँ आउँछ: तँ मानिसहरूलाई तेरो सामु अधीनमा बस्ने, तेरो आराधना गर्ने, तेरो गुणगान गर्ने, तेरो विषयमा गवाही दिने, र सबै कुरामा तेरो कुरा सुन्ने बनाउँछस्, अनि तँ तिनीहरूलाई तेरो अधिकार क्षेत्रभन्दा बाहिर जाने अनुमति दिँदैनस्। तेरो नेतृत्वमा, यस्तो परिस्थिति आफै हुन आउँछ। अनि यस्ता परिस्थितिहरू कसरी हुन आउँछन्? ती मानिसका अहङ्कारी प्रकृतिद्वारा निर्धारित हुन्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो”)। परमेश्‍वरको वचनहरू पढेर मैले आफ्नो कर्तव्यमा परमेश्‍वरलाई सन्तुष्ट किन गर्न चाहेको थिएँ भन्ने कुरा बुझेँ तर अन्जानमै परमेश्‍वरको प्रतिरोध गर्न थालेको थिएँ। यसको स्रोत मभित्र रहेको घमण्डी शैतानी प्रकृति थियो। यो प्रकृतिको नियन्त्रणमा रहेर मैले आफूलाई उच्च ठानेको थिएँ, र मैले आफ्नो व्यवहार र बोलीवचनमा देखाउन काम गर्ने कोसिस गरें, ताकि अरूले मलाई प्रशंसा र आराधना गरून्। जब आफ्नो कर्तव्यहरू पूरा गर्ने कार्यमा अरूले समस्याहरूको सामना गर्थे, म उनीहरूलाई अभ्यासको मार्गको खोजीमा मद्दत गर्नको लागि सत्यतामा सङ्गति गर्दिनथिएँ। म आफूलाई राम्रो देखाउन केवल रित्तो शब्दहरू बोल्थें, र मेरो आफ्नै कष्ट र कार्यको अनुभवलाई देखाउने मार्गको रूपमा प्रयोग गर्थेँ। यसले दाजुभाइ तथा दिदीबहिनीलाई मेरो आदर गर्ने बनायो, मैले सत्यता बुझेको छु र उनीहरूलाई मद्दत गर्न सक्छु भन्ने विश्‍वास दिलायो। जब उनीहरूलाई समस्या हुन्थ्यो, उनीहरू मकहाँ आउथे, जब कि उनीहरूले परमेश्‍वरलाई हेर्नुपर्थ्यो र सत्यको खोजी गर्नुपर्थ्यो। उनीहरूको हृदयमा परमेश्‍वरको लागि कुनै स्थान थिएन। र जब मेरो सरुवा भयो, तिनीहरूमध्ये कतिपय त सभामा जान छोडे। त्यो मेरो कर्तव्य पूरा गरिरहेको कसरी भयो र? मैले निकै खराब रूपमा परमेश्‍वरको प्रतिरोध गरिरहेको थिएँ! मेरो दम्भ, मेरो अहङ्कारको कारणले मैले यसो गर्न सकेको थिएँ। मैले आफ्नो छविको रक्षा गर्दै आफूले आफैलाई धेरै माथि राखेँ, अरूलाई मेरो पूजा गर्न र मलाई केन्द्रमा राख्न लगाएँ। मैले हैसियतको लोभ गरेँ। मैले के देखेँ भने मेरो भित्री आत्मामा परमेश्‍वरको लागि कुनै सम्मान थिएन। जब तपाईं अहङ्कारी प्रकृति लिएर जिउनुहुन्छ, परमेश्‍वरको प्रतिरोध स्वाभाविक रूपमा हुन्छ। यो धेरै खतरनाक कुरा हो। मैले धार्मिक संसारमा रहेका पाष्टरहरूको बारेमा सोचेँ। उनीहरूले परमेश्‍वरको साक्षी दिँदैनन्, न त उहाँको वचनको अभ्यास गर्न विश्‍वासीहरूलाई मद्दत गर्छन्। उनीहरू विश्‍वासीहरूलाई छल गर्नको लागि केवल बाइबलको ज्ञान र सिद्धान्तको व्याख्या गर्छन्, उनीहरूले आफूले जीवनमा कति कष्ट झेलेका छन्, कतिलाई विश्वासी बनाएका छन्, कति धेरै मण्डलीहरू सुरु गरेका छन् भन्ने कुरा प्रदर्शन मात्र गर्छन्। यसले विश्‍वासीहरूलाई उनीहरूको सम्मान गर्ने, उनीहरूले जे भन्छन् त्यही गर्ने, र यहाँसम्म कि उनीहरूको पूजा गर्ने समेत बनाउँछ। कतिपयले सर्वशक्तिमान परमेश्‍वरका वचनहरू पढेका छन् र उहाँको वाणी सुनेका छन्, तर तिनीहरू पाष्टरकहाँ जान्छन् र उनीहरूसँग यसको बारेमा जाँच गर्छन्। अनुमतिविना उनीहरू सर्वशक्तिमान परमेश्‍वरको अनुसरण गर्दैनन्। धार्मिक संसारका पाष्टरहरूले मानिसहरूलाई पूर्ण रूपमा आफ्‍नो नियन्त्रणमा राखेका हुन्छन्। उनीहरू आफ्नो राज्य बनाउनको लागि परमेश्‍वरको प्रतिरोध गर्ने ख्रीष्ट-विरोधी मार्गमा हिँड्छन्। मैले मेरो कर्तव्यमा आफ्‍नो प्रदर्शन गर्ने प्रयास गरें, ताकि अरूले मलाई मन पराऊन्। म ती पाष्टर र एल्डरहरूबाट कसरी कुनै प्रकारले भिन्न थिएँ र? मैले मण्डलीमा रहेका ती नयाँ सदस्यहरूको बारेमा सोचेँ: उनीहरूले परमेश्‍वरको आखिरी दिनहरूको कामहरूका बारेमा सिके, तर अरू धेरै कुराहरू यस्ता थिए जो उनीहरूलाई अझै पनि थाहा थिएन। परमेश्‍वरले मलाई मण्डलीको नेतृत्व गर्ने कर्तव्य दिनुभयो, त्यसैले मैले परमेश्‍वरका वचनहरू र कार्यको बारेमा धेरै सङ्गति गर्नुपर्थ्यो, ताकि उनीहरूले सत्यताको बारेमा अझ धेरै जान्न सकून्, र सही मार्गमा जग बसाल्न सकून्। तर यसको साटो, कर्तव्यमा मैले गरेको प्रयासले के हासिल गर्यो? मैले उनीहरूलाई परमेश्‍वरको ज्ञान दिलाउनुको साटो मेरो पूजा गर्ने बनाएँ। मैले आफ्नो दाजुभाइ र दिदीबहिनीलाई हानि गरेँ, र मण्डलीको काममा बाधा दिएँ। म परमेश्‍वरको प्रतिरोध गर्ने ख्रीष्ट-विरोधी मार्गमा हिँडिरहेको थिएँ। मैले जति धेरै यस बारेमा सोचेँ, त्यति नै मलाई नराम्रो लाग्यो। मैले आफू धेरै अहङ्कारी भएको, आफूमा श्रद्धाको कमी रहेको देखेँ, र मैले परमेश्‍वरको स्वभावको उल्लङ्घन गरिरहेको थिएँ। यदि उहाँले मलाई निराकरण गर्न मेरा दाजुभाइ र दिदीबहिनीलाई त्यसरी उपयोग नगर्नुभएको भए, मैले यसमा चिन्तन नै गर्नेथिइनँ। यदि मैले यसलाई निरन्तरता दिएको भए परमेश्‍वरको क्रोध उत्पन्न हुने गरी मैले कति धेरै खराब कार्य गरेको हुने थिएँ भन्‍ने कसलाई के थाहा। डराएर म परमेश्‍वरको अगाडि झुकेँ र प्रार्थना गरें। मैले भने, “परमेश्‍वर, म घमण्डी रहँदै आएको छु। म सँधै आफ्नो कर्तव्यमा देखाउने काम गर्दछु, जसले तपाईंलाई अरूको हृदयमा बसाउनुको साटो उल्टै मेरो पूजा गर्नको लागि प्रेरित गरेको छ। मैले तपाईंको प्रतिरोध गरें। मलाई दण्ड दिइनुपर्छ। हे परमेश्‍वर। म पश्‍चाताप गर्न चाहन्छु, सत्यताको अनुसरण गर्न चाहन्छु र फेरि सुरु गर्न चाहन्छु।”

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “प्राणीहरूमध्येकै एक भएकोले, मानिसले आफ्‍नो हैसियतलाई कायम राख्‍नुपर्छ, र विवेकशील व्यवहार गर्नुपर्छ। सृष्टिकर्ताले तँलाई सुम्‍पनुभएको कुरालाई तैँले कर्तव्यनिष्ठा भई रक्षा गर्। नियमभन्दा बाहिर काम गर्ने, वा तेरो क्षमताभन्दा बाहिरका कुराहरू गर्ने वा परमेश्‍वरको लागि घिनलाग्दो कार्य गर्ने नगर्। महान् बन्‍ने, वा महामानव बन्‍ने, वा अरूभन्दा ठूलो हुन खोज्‍ने, वा परमेश्‍वर बन्‍ने प्रयास नगर्। मानिसहरूले यस्तो हुने इच्‍छा गर्नु हुँदैन। महान् वा महामानव बन्‍ने प्रयास गर्नु मूर्खता हो। परमेश्‍वर बन्‍ने प्रयास गर्नु अझै अपमानजनक कुरा हो; यो घृणास्पद, र तुच्‍छ कुरा हो। तारिफयोग्य कुरा, र प्राणीहरूले अरू कुनै पनि कुरालाई भन्दा बढी पक्रिराख्‍नुपर्ने कुरा भनेको नै एक साँचो प्राणीबन्‍नु हो; सबै मानिसहरूले पछ्याउनुपर्ने एक मात्र लक्ष्य यही नै हो” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय १”)। “मानिसहरूले चाहे जे खोजे पनि वा जे इच्छा गरे पनि, सृष्टिकर्ताको सामु फर्कनेहरू र उनीहरूले जे गर्नुपर्ने हो र उनीहरूलाई जे सुम्पिइएको छ त्यो काम कर्तव्यनिष्ठ भएर पूरा र समाप्त गर्नेहरू मात्र सहज विवेकको साथमा र कुनै कष्ट नभोगी सही र उचित तरिकाले जिउनेछन्। जिउनुको अर्थ र मूल्य यही नै हो” (परमेश्‍वरको सङ्गति)। परमेश्‍वरका वचनहरू पढेपछि मैले उहाँ सृष्टिका प्रभु हुनुहुन्छ, र यो कुरा मात्र प्राकृतिक हो—कि मनुष्यले उहाँको आराधना गर्नुपर्छ, उहाँप्रति समर्पित हुनुपर्छ भन्‍ने कुरा बुझेँ। त्यसैगरी, मलाई के थाहा भयो भने, म केवल एउटा भ्रष्ट मानव, एउटा सानो प्राणी थिएँ। मेरो प्रकृति शैतानी अहङ्कारी, छलकारी र दुष्ट थियो। तर पनि म सँधै प्रदर्शन गर्ने र मानिसको हृदयमा आफ्नो स्थान बनाउने कोसिस गरिरहेको थिएँ। म कारणभन्दा परको अहङ्कारी थिएँ। मलाई लाज भनेको थाहा थिएन। मलाई धेरैभन्दा धेरै लज्जित महसुस हुँदै गयो। परमेश्‍वरलाई नचिनेकोमा मैले आफैलाई घृणा गरें। म को हुँ भन्‍ने मलाई नै थाहा थिएन। आज मैले परमेश्‍वरको कृपाले नै मेरो कर्तव्य पूरा गर्न सकेको छु। मैले एक सृष्टि भएको प्राणीको रूपमा रहेको आफ्नो ठाउँ लिनुपर्छ, र एउटा इमान्दार व्यक्ति बन्नुपर्छ, जसले सत्यमा ध्यान दिन्छ, जसले परमेश्‍वरको साक्षी दिन्छ, र जसले आफ्नो कर्तव्य पूरा गर्दछ। तब मात्र मसँग हुनुपर्ने विवेक हुनेछ।

पछि मैले परमेश्‍वरका वचनहरूको माध्यमबाट प्रवेश मार्ग खोजेँ। परमेश्‍वरको यी वचनहरूले भनेका छन्, “परमेश्‍वरको बारेमा गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्‍वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले कस्ता-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्ने बारेमा नै धेरै कुरा गर्नुपर्दछ। तिमीहरूले तिमीहरूका अनुभवमा कति धेरै भ्रष्टता प्रकट गरिएको छ, तिमीहरूले कति धेरै सहेका छौ, र अन्त्यमा तिमीहरू परमेश्‍वरद्वारा कसरी जितियौ भन्ने कुराहरू पनि गर्नुपर्छ; तिमीहरूसँग परमेश्‍वरको कामको कतिसम्म वास्तविक ज्ञान छ, र तिमीहरूले कसरी परमेश्‍वरका लागि साक्षी दिनुपर्दछ र उहाँको प्रेमको ऋण चुकाउनुपर्छ भन्ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यस प्रकारको भाषामा ठोसता प्रदान गर्नुपर्छ, साथै यसलाई सरल तरिकाले प्रस्तुत गर्नुपर्छ। खोक्रा सिद्धान्तहरूको बारेमा कुरा नगर। धेरै व्यावहारिक भएर बोल; हृदयबाट बोल। तिमीहरूले अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउन आफैलाई गम्भीर देखिने, खोक्रा सिद्धान्तहरूले सुसज्जित नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र मूर्ख देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूको बारेमा बताउनुपर्छ, जुन साँचो हुन्छ र हृदयबाट निस्केको हुन्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूले ती देख्दा तिनको सराहना गर्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”)। जब मैले यो पढेँ, मेरो कर्तव्यमा परमेश्‍वरलाई कसरी माथि राख्नुपर्छ भन्ने कुरा थोरै भए पनि बुझेँ। परमेश्‍वरको लागि साक्षी दिने कार्यमा मैले उहाँको कार्यको बारेमा धेरै बोल्नुपर्छ, मसँग भएको भ्रष्ट स्वभाव, मैले उहाँको विरोध र प्रतिवाद कसरी गरें, कसरी मैले आफूलाई नियालेँ, उहाँको वचनहरूसँग आफूलाई तुलना गरें र पश्‍चाताप गरें र बदलिएँ सो भन्नुपर्छ। सत्यताको सङ्गति गरेर मैले मानिसहरूलाई परमेश्‍वरको माग, उहाँको मुक्तिको कार्य र उहाँको स्वभाव बुझ्न मद्दत गर्नुपर्छ, परमेश्‍वरको आदर गर्न र उहाँप्रति समर्पित हुन र हामीले गर्नुपर्ने आफ्नो कर्तव्यहरू पूरा गर्न सिकाउनुपर्छ। यो तरिकाले, म परमेश्‍वरको लागि साक्षी दिन सक्छु। मैले फेरि आफ्नो सङ्गतिको बारेमा सोचेँ। धेरै पटक मैले आफूले चुकाएको मूल्यको बारेमा, र मैले परमेश्‍वरको आशीर्वाद कसरी पाएँ भन्ने बारेमा मात्र कुरा गर्थेँ। जब भ्रष्ट स्वभावहरू वा मेरो खराब मनसायहरूको चिरफार गर्ने कुरा आउँथ्यो, म केवल तिनीहरूलाई ढाक्थें वा केही पनि भन्दिनथें। मलाई के चिन्ता थियो भने यदि अरूले मेरो भ्रष्टपन देखे भने मैले सम्मान गुमाउनेछु। मसँग साँच्चै नै छलपूर्ण प्रकृति थियो। यसलाई पहिचान गरिसकेपछि, मैले ब्रदर झांगलाई खोजेँ र मानिसहरूलाई छल गर्ने मेरो खराब कामहरूको बारेमा उनलाई बताएँ। मैले उनलाई मेरो पहिलेको मण्डलीमा जान पनि भनें, र त्यहाँ सबैलाई मैले के गरेको थिएँ बताउन भनें, ताकि उनीहरूले यसबाट सिक्न सकून्। सभाको समयमा, मैले सबैलाई मेरो खराब व्यवहारको बारेमा भन्न थालें, परमेश्‍वरको धर्मीपनको साक्षी दिएँ, र उनीहरूलाई मबाट सिक्न भनें, ताकि अरू पनि म हिँडेको मार्गमा नहिँडून्।

त्यसपछि मेरो कर्तव्यमा, मैले सचेत भएर परमेश्‍वरलाई उच्च राखेँ र साक्षी दिएँ। र उहाँको इच्छामा, उहाँको आवश्यकताहरू र मनुष्यप्रति उहाँको प्रेमको बारेमा सङ्गति गरें। मैले मेरो आफ्नै भ्रष्टपन, मेरो कुरूपता र मेरो कार्यहरू पछाडि रहेका मनसाय उजागर गरें। मैले आफ्नो कुरा खुलेर भनें र परमेश्‍वरको वचनहरूले मलाई आफूलाई चिन्न र सत्यताको अभ्यास गर्न कसरी मार्गदर्शन गरे भन्ने विषयमा सङ्गति गरें। यसरी, मेरा दाजुभाइ र दिदीबहिनीहरूले म पनि भ्रष्ट थिएँ भन्ने पनि थाहा पाउने थिए। अरूको समस्या समाधान गर्ने क्रममा कहिलेकाहीँ म अझै पनि मेरो विगतको उपलब्धिको बारेमा ठूलो कुरा गर्न चाहन्थें, तर म तुरुन्तै परमेश्‍वरसँग प्रार्थना गर्थें र आफूलाई इन्कार गर्थे। म उनीहरूसँग मिलेर सत्यता खोज्थें र अभ्यासको सिद्धान्तमा सङ्गति गर्थें। यस प्रकारको अभ्यासले मलाई मेरो हृदयमा शान्तिको भावना दियो। परमेश्‍वरको वचनअनुसार कार्य गर्दा अद्भुत महसुस भयो। परिवर्तन हुन सक्नु र सही मार्गमा फर्किनु सबै कुरा परमेश्‍वरबाट गरिएको न्याय, सजाय र काँटछाँट र निराकरणको कृपा थियो। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो: काटछाँट र निराकरण गरिएर फसल कटनी

अर्को: धाक रवाफ अब हुनेछैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

इमानदार व्यक्ति हुनलाई लडाइँ

वेइ झोङ्ग, चीनकेही वर्षहरू अघि मैले एउटा उपकरण मर्मत पसल खोलेँ। म इमानदार व्यवसाय चलाउन चाहन्थेँ, र अलिकति पैसा कमाउन चाहन्थेँ ताकि मेरो...

थोरै भए नि मानव रूपमा जिउनु निश्‍चय नै महान् कुरा हो

टाशी, क्यानडासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको...

पतनअघि अहङकार आउँछ

क्षिन्‍जिए, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्