७८. धूर्त हुँदा कसरी मलाई हानि पुग्यो
एकपटक हामीले हाम्रो कामको सारसङ्क्षेप गर्दै गर्दा, मण्डली अगुवाले हाम्रो सुसमाचारको काम आजभोलि त्यति राम्रो भइरहेको छैन भनेर औँल्याए, र यसबारे मलाई स्पष्टीकरण मागे। त्यस बेला मात्रै मलाई हाम्रो प्रभावकारिता घटेको रहेछ भन्ने महसुस भयो। भेलापछि, मैले तुरुन्तै यस विषयमा अनुसन्धान गरेँ, र अघिल्लो महिनाको तुलनामा हाम्रो प्रभावकारिता आधा घटेको रहेछ भन्ने थाहा पाएँ। यसले गर्दा मलाई अलिक चिन्ता लाग्यो: “यदि हामीले यसरी नै खराब प्रस्तुति दिइरह्यौँ भने, के मलाई बर्खास्त गरिनेछ? त्यसरी त हुँदैन—मैले यसको जड पत्ता लगाएर हाम्रो प्रभावकारितालाई फेरि बढाउनुपर्छ।” त्यसकारण मैले हरेक ब्रदर-सिस्टरलाई तिनीहरूको कर्तव्यमा कुनै समस्या वा कठिनाइहरू छन् कि भनेर सोध्दै तिनीहरूसँग एक-एक गरी कुराकानी गरेँ। भेलाहरूमा, म विशेष गरी यी समस्याहरूबारे सङ्गति गर्थेँ र राम्ररी काम गरिरहेकाहरूलाई आफ्नो अनुभव सुनाउन लगाउँथेँ। त्यसपछिका केही दिनभित्र, हाम्रो काम अलिक राम्रो हुन थाल्यो र बल्ल मेरो मन ढुक्क हुन सक्यो: “यदि यस्तै भइरह्यो भने, हामी गत महिनाभन्दा अलिक राम्रो गर्नेछौँ। यदि मैले यस्तै गरिरहेँ, कुनै दुष्कर्म वा बाधा उत्पन्न गरिनँ भने, म मण्डलीमा रहन पाउनेछु र मलाई हटाइनेछैन।” त्यसपछि, मेरो तनाव कम हुन थाल्यो। महिनाको अन्त्यतिर, मैले हाम्रो कामका परिणामहरू अघिल्लो महिनाको जस्तै भएको देखेँ। मैले सोचेँ: “यदि हामीले यो महिना राम्रो गर्यौँ भने, मैले प्रगति गरिरहेकी छु भन्नेजस्तो देखाउन अर्को महिना हामीले अझै राम्ररी गर्नुपर्नेछ। त्यसको लागि अझै धेरै मेहनत गर्नुपर्छ। के मैले साँच्चै दबाब भोग्नुपर्छ र? जेहोस् यस महिना हामीले ठिकै गरेका छौँ—मलाई बर्खास्त गरिनेछैन वा हटाइनेछैन।” यसबारे त्यसरी सोच्दा मलाई एकदमै ढुक्क लाग्यो। म आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, झारा टार्थेँ र सन्तुष्ट बन्थेँ, अनि हाम्रो कामको त्यति रम्ररी अनुगमन गर्न छोडेँ। ब्रदर-सिस्टरहरूले आफ्ना कठिनाइहरूबारे बताउँदा, म ती समाधान गर्न सङ्गति गर्दिनथिएँ। कहिलेकाहीँ म तिनीहरूमध्ये कतिपयले आफ्नो कर्तव्यमा सिद्धान्तहरू उल्लङ्घन गरिरहेका देख्दा, त्यसबारे केही गर्दिनथिएँ। म यो व्यक्तिगत समस्या हो, र यसले हाम्रो समग्र प्रभावकारितामा असर गर्दैन भने ठिकै छ भन्ने मात्रै सोच्थेँ। कहिलेकाहीँ म ब्रदर-सिस्टरहरू आफ्नो कर्तव्यमा अल्छी भएका र तिनीहरूलाई आतुरी नलागेको देख्थेँ। यो समाधान गर्नुपर्ने समस्या हो भन्ने मलाई थाहा हुन्थ्यो, तर हामीले राम्रै परिणामहरू पाइरहेका छौँ भन्ने याद हुनेबित्तिकै, सुस्त हुनु सामान्य नै हो भनेर सोच्थेँ र देखे पनि नदेखेको जस्तो गर्थेँ। म त्यो स्थितिमा जिइरहेको बेला, मलाई साँच्चै आत्मिक अन्धकार महसुस भयो। मैले परमेश्वरका वचनहरूबाट कुनै अन्तर्दृष्टि वा ज्योति पाइरहेकी थिइनँ। न त मैले आफ्नो काममा कुनै समस्याहरू नै पत्ता लगाइरहेकी थिएँ—हामीले कामको सारसङ्क्षेप गर्दा मलाई निद्रा लाग्थ्यो र म झुल्थेँ। हाम्रो प्रभावकारिता घटिरहेको देख्दा मात्रै म आत्तिन थाल्थेँ—त्यसपछि हामीले कहाँ गल्ती गरिरहेका छौँ भनेर पत्ता लगाउन हतार-हतार ब्रदर-सिस्टरहरूसँग जाँच गर्न जान्थेँ।
त्यसपछि एउटा भेलामा एउटी सिस्टरले बोलेको सुनेँ: “कतिपय मानिसहरू आफूले राम्ररी कर्तव्य पूरा गरिरहेको छैन भन्ने महसुस गर्दा, आफू बर्खास्त होइन्छ भनेर डराउँछन्। तब भने तिनीहरू प्रयास गर्न थाल्छन्। तर तिनीहरू केही परिणाम प्राप्त गरेपछि, सुखको लोभ गर्छन् र आफ्नो बोझ बोक्न छोड्छन्। यो आफ्नो कर्तव्य पूरा गर्ने धूर्त तरिका हो—यो चलाक व्यवहार हो।” यसले ममा केही भावनाहरू जगायो। म आत्म-चिन्तन नगरी बस्नै सकिनँ: जब हाम्रो प्रभावकारिता घट्यो, तब मलाई अर्को काममा खटाइन्छ वा बर्खास्त गरिन्छ भन्ने डरले मैले आफ्नो ऊर्जा बटुलेँ। म अझै राम्रा परिणामहरू निकाल्न चाहन्थेँ। जब राम्रा परिणामहरू निक्लन्थे वा त्यस्तै रहन्थे, तब मलाई सुखचैनको लोभ लाग्थ्यो, र आफ्नो कर्तव्यमा म झारा टार्थेँ र सुस्त बन्थेँ। हरेक महिना उस्तै परिणामहरू प्राप्त गर्नु र बर्खास्त नहुनु नै पर्याप्त हुन्छ भन्ने सोच्थेँ। के त्यो धूर्त र चलाक हुनु होइन र? मलाई के महसुस भयो भने हरेकपटक यस्तो परिस्थितिमा पर्दा म उस्तै कुरा खुलासा गर्थेँ र उस्तै व्यवहार गर्थेँ। त्यो बेला मलाई अलिक डर लाग्यो।
मैले आफ्नो भक्तिको समयमा परमेश्वरका यी वचनहरू पढेँ: “हाल कर्तव्य निर्वाह गर्ने धेरै अवसरहरू छैनन्, त्यसैले तैँले सकेसम्म तिनलाई समात्नुपर्छ। कुनै कर्तव्य आइपर्दा नै तैँले वास्तविक प्रयास गर्नुपर्छ; त्यतिबेला नै तैँले आफूलाई अर्पण गर्नुपर्छ र परमेश्वरप्रति आफूलाई समर्पित गर्नुपर्छ र त्यतिबेला नै तैँले मूल्य चुकाउनु आवश्यक हुन्छ। कुनै पनि कुरा लुकाएर राख्ने, कुनै तिकडम पालेर राख्ने, कुनै छुट दिने, वा आफूलाई उम्कने बाटो छोड्ने काम नगर्। यदि तैँले कुनै छुट दिइस्, चालबाजी गरिस्, वा धूर्त भइस् र ढिलासुस्ती गरिस् भने, तैँले पक्कै काम राम्रोसँग पूरा गर्नेछैनस्। मानौँ तैँले भन्छस्, ‘मैले धूर्त्याइँ गरेको र ढिलासुस्ती गरेको कसैले देखेन। क्या गजब भो!’ यो कस्तो सोचाइ हो? के तँलाई तैँले मानिसहरूको आँखामा, र परमेश्वरको आँखामा पनि, छारो हालेको छस् भन्ने लाग्छ? तर, खास तथ्यमा, के तैँले के गरेको छस् भन्ने कुरा परमेश्वरलाई थाहा हुन्छ? थाहा हुन्छ। वास्तवमा, तँसँग केही समय अन्तरक्रिया गर्ने जो कोहीले पनि तेरो भ्रष्टता र कुरूपताको बारेमा थाहा पाउनेछ; कुरा यति मात्रै हो कि तिनीहरूले सोझै नभन्न सक्छन्: तिनीहरूले हृदयमा तेरो मूल्याङ्कन गर्नेछन्। धेरै मानिसहरू यस्ता थिए जसलाई प्रकट गरी हटाइयो किनभने धेरैजसो मानिसहरूले तिनीहरूको सार छर्लङ्गै देख्न सक्थे र त्यसैले तिनीहरू को हुन् भन्ने कुरा खुलासा गरे र तिनीहरूलाई मण्डलीबाट निकाल्न लगाए। त्यसैले, मानिसहरूले सत्यता पछ्याए पनि नपछ्याए पनि, तिनीहरूले आफ्नो क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ; तिनीहरू आफ्नो विवेकद्वारा डोऱ्याइनुपर्छ र तिनीहरूले केही वास्तविक कामकुरा गर्नुपर्छ। तँमा कमजोरीहरू हुन सक्छन्, तर यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्नमा प्रभावकारी हुन सक्छस् भने, तँलाई हटाइनेछैन। यदि तँ सधैँ आफू ठीक छु, मलाई पक्कै पनि हटाइनेछैन भनी सोच्छस् भने, यदि तैँले कहिल्यै चिन्तन गर्दैनस् वा आफूलाई चिन्ने प्रयास गर्दैनस्, र तैँले अझै पनि आफ्ना उचित कामहरूलाई बेवास्ता गर्छस् र सधैँ झारा टार्छस् भने, जब परमेश्वरका चुनिएका मानिसहरूले साँच्चै तँप्रति सहनशीलता गुमाउँछन्, तब तिनीहरूले तँ को होस् भन्ने कुरा खुलासा गर्नेछन्, अनि तँलाई हटाइनेछ। त्यसपछि, पछुताउन धेरै ढिलो भइसकेको हुनेछ, किनभने सबैले तँलाई छर्लङ्गै देखिसकेका हुनेछन्, र तैँले आफ्नो सबै इज्जत र निष्ठा गुमाइसकेको हुनेछस्। यदि कसैले तँलाई विश्वास गर्दैन भने, के परमेश्वरले तँलाई विश्वास गर्नुहुन्छ? परमेश्वरले मानिसको सबैभन्दा भित्री हृदयको छानबिन गर्नुहुन्छ: उहाँले यस्तो व्यक्तिलाई कदापि विश्वास गर्नुहुनेछैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ)। परमेश्वरका वचनहरूले के भन्छन् भने, मानिसहरूमा आफ्नो कर्तव्यप्रति आफ्नो हृदय लगाउने र मूल्य चुकाउने अनि सर्वस्व सुम्पने मनोवृत्ति हुनुपर्छ। तिनीहरूले अलिक बढी मूल्य चुकाएर असल परिणामहरू प्राप्त गर्न सक्छन् तर तिनीहरू पछि हट्छन्, आफ्नो कर्तव्यमा थोरै हासिल गरेकोमा नै सन्तुष्ट हुन्छन् भने, परमेश्वरसँग चाल चलिरहेका, र धूर्त बनिरहेका हुन्छन्। मैले आफ्नो कर्तव्यमा देखाएको व्यवहार देख्न सकेँ—मलाई बर्खास्त नगरियोस् भनेर पक्का गर्न मात्रै म थोरै कुरा हासिल गर्नमै सन्तुष्ट भएँ। मैले ब्रदर-सिस्टरहरूका समस्या र कठिनाइहरू समाधान गर्ने उपाय खोजिनँ। हाम्रो कामको सारसङ्क्षेप गर्ने क्रममा म झारा मात्रै टार्थेँ, र तिनीहरूमध्ये कतिपय आफ्नो कर्तव्यमा सिद्धान्तविपरीत गइरहेका वा अल्छी भइरहेका देख्दा, यसले हाम्रो समग्र उपलब्धिलाई असर गर्दैन भने ठिकै छ भन्ने सोच्थेँ। म यसप्रति आँखा चिम्लन्थेँ। स्पष्टै छ, मैले काममा हृदय लगाउँदा र अलिक बढी मूल्य चुकाउँदा हाम्रा परिणामहरू सुध्रिन सक्थ्यो, तर म थकित हुन वा तनावमा पर्न चाहन्नथेँ, त्यसकारण म छलछाममा लागेँ। मैले आफ्नो कर्तव्यमा तुच्छ चलाकी अपनाइरहेकी, षड्यन्त्र गरिरहेकी, र परमेश्वरलाई छल गरिरहेकी थिएँ। त्यो साँच्चै धूर्त व्यवहार थियो! अरूलाई काम दिँदा, सबैले इमानदार र भरपर्दो व्यक्ति चाहन्छन्—भरोसा गर्न लायक र आफूलाई ढुक्क लाग्ने व्यक्ति। तर तपाईंले तुच्छ चलाकी गर्ने र खेल खेल्ने व्यक्तिलाई काममा लगाउनुभयो भने, तिनीहरूले काम पूरा नगर्ने मात्र होइन, तर खराब तरिकाले काम गरे भने त्यो बरबादसमेत गर्न सक्छन्। त्यस्तो व्यक्तिमा विवेक वा समझ हुँदैन न त आचरणको आधारभूत मापदण्ड नै हुन्छ। तिनीहरू विश्वास गर्न वा कुनै कुरा सुम्पिन पटक्कै लायक हुँदैनन्। म पनि त्यस्तै रहेछु भन्ने मलाई थाहा भयो। मैले कर्तव्य त लिएँ तर यसमा सर्वस्व सुम्पिनँ। मैले परमेश्वरसँग खेल खेलेँ र धूर्त व्यवहार गरेँ। यस्तो लाग्थ्यो, मैले आफ्नो कर्तव्यमा केही परिणामहरू प्राप्त गरिरहेकी छु, र अरू मानिसहरूले कुनै समस्या देखेका थिएनन्, तर परमेश्वर सबै कुरा देख्नुहुन्छ। यदि म लामो समयसम्म सुस्त भइरहेकी भए, मलाई अन्तिममा खुलासा गरेर निकालिनेथ्यो। मलाई परमेश्वरका यी वचनहरू याद आयो: “प्रभु येशूले एकपटक भन्नुभयो, ‘किनभने जोसँग छ, उसलाई दिइनेछ, र ऊसँग अझै प्रशस्त हुनेछ: तर जोसँग छैन, ऊसँग भएको पनि ऊबाट खोसिनेछ’ (मत्ती १३:१२)। यी वचनहरूको अर्थ के हो? यिनीहरूको अर्थ हो—यदि तैँले आफ्नो कर्तव्य वा कार्य गरिनस् वा त्यसमा आफूलाई समर्पित गरिनस् भने, परमेश्वरले तँसित भएका कुरा ‘खोस्नुहुनेछ’। ‘खोस्नुहुनेछ’ भन्नुको अर्थ के हो? यसले मानिसहरूलाई कस्तो अनुभूति गराउँछ? हुन सक्छ, तैँले आफ्नो क्षमता र वरदानद्वारा प्राप्त गर्न सक्ने कुरा प्राप्त गर्न सक्दैनस्, र तँलाई केही महसुस हुँदैन अनि तँ ठ्याक्कै गैरविश्वासीजस्तै छस्। परमेश्वरले सबै कुरा खोस्नु भनेको त्यही हो। यदि तँ आफ्नो कर्तव्यमा लापरवाह छस्, मूल्य चुकाउँदैनस्, र तँ निष्कपट छैनस् भने, परमेश्वरले तँसित भएका कुरा खोस्नुहुनेछ, उहाँले तेरो कर्तव्य निर्वाह गर्ने अधिकार फिर्ता लिनुहुनेछ, उहाँले तँलाई यो अधिकार दिनुहुनेछैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति भएर मात्र वास्तविक मानव रूपमा जिउन सकिन्छ)। परमेश्वर धर्मी हुनुहुन्छ। म आफ्नो कर्तव्यमा धूर्त र कुटिल बनिरहेकी थिएँ, मैले आफूले गर्नुपर्ने काम गरिरहेकी थिइनँ, न त आफूले गर्न सक्ने काम नै गरिरहेकी थिएँ, त्यसकारण मैले स्पष्ट समस्याहरूलाई पनि देख्न सकिनँ, मलाई आफ्नो कर्तव्यमा सधैँ निद्रा लागिरहेको हुन्थ्यो, र मेरो प्रभावकारिता घट्यो। यो त परमेश्वरले मलाई आफ्नो स्वभाव प्रकट गरिरहनुभएको थियो। मैले पश्चात्ताप गर्न तयार हुँदै परमेश्वरालई प्रार्थना गरेँ र आफूलाई अझै राम्ररी चिन्न मार्गदर्शन मागेँ।
त्यसपछि मैले एउटा भेलामा परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मलाई निकै प्रभाव पार्यो। परमेश्वरका वचनहरूले भन्छन्, “परमेश्वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ, अनि उहाँ छली र छट्टु मानिसहरूलाई घृणा गर्नुहुन्छ। यदि तँ धूर्त व्यक्ति होस् र छट्टु पाराले चल्छस् भने, के परमेश्वरले तँलाई घृणा गर्नुहुनेछैन र? के परमेश्वरको घरले तँलाई त्यत्तिकै छोड्नेछ र? ढिलो वा चाँडो, तँलाई जबाफदेही ठहराइनेछ। परमेश्वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र धूर्त मानिसहरूलाई मन पराउनुहुन्न। सबैले यस कुरालाई स्पष्टसित बुझ्नुपर्छ, र भ्रमित हुन र मूर्ख कामहरू गर्न बन्द गर्नुपर्छ। अस्थायी अज्ञानता क्षमायोग्य हुन्छ, तर यदि कुनै व्यक्तिले सत्यता पटक्कै स्विकार्दैन भने, ऊ एकदमै हठी हो। इमानदार मानिसहरूले जिम्मेवारी लिन सक्छन्। तिनीहरूले आफ्नो लाभ र हानिलाई विचार गर्दैनन्; तिनीहरू बस परमेश्वरको घरको काम र हितको रक्षा गर्छन्। तिनीहरूको हृदय एकै नजरमा पीँधसम्म देखिने स्वच्छ पानीको कचौराजस्तै दयालु र इमानदार हुन्छ। तिनीहरूका काममा पारदर्शिता पनि हुन्छ। छली व्यक्ति सधैँ छट्टु पाराले चल्छ, सधैँ ढोँग गर्छ, कामकुरालाई ढाकछोप गर्छ र लुकाउँछ, र आफूलाई निकै कसेर बेर्छ। यस्तो व्यक्तिलाई कसैले पनि छर्लङ्ग देख्न सक्दैन। मानिसहरूले तेरा भित्री सोचहरू देख्न सक्दैनन्, तर परमेश्वरले तेरो भित्री हृदयका कुराहरूको छानबिन गर्न सक्नुहुन्छ। जब परमेश्वरले तँ इमानदार व्यक्ति होइनस्, तँ छट्टु होस्, तँ कहिल्यै सत्यता स्वीकार गर्दैनस्, सधैँ उहाँ विरुद्ध छल गर्छस्, र कहिल्यै आफ्नो हृदय उहाँलाई सुम्पँदैनस् भन्ने कुरा देख्नुहुन्छ, उहाँले तँलाई मन पराउनुहुन्न, र उहाँले तँलाई घृणा गर्नुहुन्छ र त्याग्नुहुन्छ। गैरविश्वासीहरूमाझ फस्टाउने अनि चिप्लो बोल्ने र तीक्ष्ण बुद्धिकाहरू कस्ता प्रकारका मानिस हुन्? के यो कुरा तिमीहरूलाई स्पष्ट छ? उनीहरूको सार के हो? उनीहरू सबै अत्यन्तै रहस्यमयी, अत्यन्तै छली र धूर्त, वास्तविक दियाबलस र शैतानहरू हुन् भनेर भन्न सकिन्छ। के परमेश्वरले यस्ता मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ? परमेश्वर दियाबलसहरू—छली र धूर्त मानिसहरूलाई भन्दा धेरै अरू कुनै कुरालाई घृणा गर्नुहुन्न—र उहाँले यस्ता मानिसहरूलाई पक्कै पनि मुक्ति दिनुहुन्न। … छली र धूर्त मानिसहरूप्रति परमेश्वरको मनोवृत्ति कस्तो हुन्छ? उहाँले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ, तिनीहरूलाई पाखा लगाउनुहुन्छ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुन्न, र तिनीहरूलाई जनावरका रूपमा हेर्नुहुन्छ। परमेश्वरका नजरमा, त्यस्ता मानिसहरूले केवल मानव खोल ओढिरहेका हुन्छन् र सारमा तिनीहरू दियाबलस र शैतान हुन्, तिनीहरू जिउँदा लास हुन्, र परमेश्वरले तिनीहरूलाई पटक्कै मुक्ति दिनुहुनेछैन। त्यसैले, अहिले यी मानिसहरू कस्तो स्थितिमा छन्? तिनीहरूका हृदयमा अन्धकार छ, तिनीहरूमा साँचो आस्थाको कमी छ, र तिनीहरूलाई जे आइपरे पनि, तिनीहरूले कहिल्यै अन्तर्दृष्टि र ज्योति पाउँदैनन्। विपत्ति र सङ्कष्टहरू सामना गर्नुपर्दा, तिनीहरू परमेश्वरलाई प्रार्थना गर्छन्, तर परमेश्वर तिनीहरूसँग हुनुहुन्न, अनि तिनीहरूले आफ्ना हृदयमा साँचो रूपमा भर पर्न सक्ने केही छैन। आशिष्हरू प्राप्त गर्नका निम्ति, तिनीहरू राम्रो देखिने कोसिस गर्छन्, तर तिनीहरूले आफूलाई रोक्नै सक्दैनन्, किनकि तिनीहरूमा विवेक र समझ हुँदैन। तिनीहरू चाहेर पनि असल मानिस बन्न सक्दैनन्: तिनीहरूले खराब कामकुरा गर्न बन्द गर्न चाहे पनि, आफूलाई नियन्त्रण गर्न सक्दैनन्, त्यसले काम गर्दैन। के तिनीहरूले खेदिएर हटाइएपछि आफूलाई चिन्न सक्नेछन्? तिनीहरूले आफू यसको लायक छु भन्ने थाहा पाउने भए पनि, तिनीहरूले त्यो कुरा कसैसामु स्विकार्नेछैनन्, अनि तिनीहरू कुनै कर्तव्य निर्वाह गर्न सक्षम देखिए पनि, तिनीहरूले अझै छट्टु पाराले काम गर्नेछन्, र तिनीहरूको कामले प्रस्ट नतिजाहरू ल्याउनेछैन। त्यसोभए तिमीहरू के भन्छौ: के यी मानिसहरू साँच्चिकै पश्चात्ताप गर्न सक्षम छन्? कदापि छैनन्। किनभने तिनीहरूमा विवेक वा समझ छैन र तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्। परमेश्वर यस्तो धूर्त र दुष्ट व्यक्तिलाई मुक्ति दिनुहुन्न। यस्ता मानिसहरूका लागि परमेश्वरमा विश्वास गरेर के आशा हुन्छ? तिनीहरूको विश्वास पहिलेदेखि नै महत्त्वहीन हुन्छ, र तिनीहरूले निश्चय नै त्यसबाट केही पनि प्राप्त गर्दैनन्। यदि मानिसहरूले परमेश्वरमा आस्था राखेको अवधिभरि सत्यता पछ्याउँदैनन् भने, उनीहरू जति नै वर्षदेखि विश्वासी भएका भए पनि, त्यसले कुनै प्रभाव पार्नेछैन; उनीहरूले अन्त्यसम्मै विश्वास गरे पनि, केही पनि प्राप्त गर्नेछैनन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८))। “चिप्ले,” “छली,” “असाधारण रूपले चतुर,” “परमेश्वरले तिनीहरूलाई कहिल्यै मुक्ति दिनुहुन्न” र “तिनीहरूले निश्चय नै त्यसबाट केही पनि प्राप्त गर्दैनन्” भन्ने यी वचनहरू पढ्दा मलाई दुःख लाग्यो। परमेश्वरले मलाई खुलासा गरिरहनुभएको छ र दोषी ठहर्याइरहनुभएको छ जस्तो लाग्यो। म सधैँ के सोच्थेँ भने हामी अति निष्कपट हुनु हुँदैन, चलाक हुनुपर्छ र गोप्य चाल चल्नुपर्छ। हामीले फाइदा लिनुपर्छ, अरूलाई फाइदा उठाउन दिनु हुँदैन, कुनै कुरा गर्नुअघि फाइदा हुन्छ कि हुँदैन भनेर तौलनुपर्छ, र थोरै प्रयासमा धेरै फाइदा लिने अपेक्षा गर्नुपर्छ भन्ने शैतानी दर्शनहरूअनुसार म जिउँथेँ। म त्यसरी व्यक्ति चलाख बन्छ भन्ने विश्वास गर्थेँ। मैले विश्वास ग्रहण गरेपछि पनि त्यो जीवन दर्शनलाई अपनाइरहेँ। सोच्थेँ, म आफ्नो कर्तव्यमा अति इमानदार हुनु हुँदैन वा यसमा सम्पूर्ण ऊर्जा लगाउनु हुँदैन, त्यसो गर्नु मूर्खता हो। यदि मलाई आशिष नमिलेको भए, के त्यो अत्यन्तै ठूलो घाटा हुनेथिएन र? म घाटा बेहोर्न पटक्कै सक्दिनथिएँ। थोरै मेहनत गरेर धेरै आशिष् पाउनु नै राम्रो हुन्छ—त्यो नै चलाख तरिका हो! त्यसकारण आवश्यक छ भन्ने लाग्दा मात्रै म आफ्नो कर्तव्यमा मेहनत गर्थेँ, र मेहनत गर्नुपर्छ कि पर्दैन भनेर सधैँ हिसाब लगाइरहेकी हुन्थेँ। म योजना मिलाउनमा अत्यन्तै सिपालु थिएँ। प्रभावकारिता राम्रो हुँदा म एक-दुई दिन आराम गर्थेँ। मैले काममा समस्याहरू छन् भन्ने देख्दा पनि, यदि यसले हाम्रो प्रभावकारितामा असर गर्दैन र आफू बर्खास्त होइन्दैन र हटाइन्दैन भने, मलाई कुनै आतुरी हुँदैनथ्यो, र म दिनहरू अल्याङटल्याङ गरेर बताउँथेँ। यदि हाम्रो काम राम्रो भइरहेको छैन र मैले परिणाम भोग्नुपर्छ भने, म कठिन परिश्रम गर्थेँ, यसको कारण खोज्थेँ, र समस्याहरू समाधान गर्थेँ। हामीले केही परिणाम प्राप्त गरेपछि मेरो चिन्ता हराउँथ्यो अनि म फेरि सुखभोग र आराममा रमाउन थाल्थेँ। म साह्रै धूर्त थिएँ! त्यो कसरी कर्तव्य पूरा गरेको वा परमेश्वरमा समर्पित भएको भयो र? मलाई आफू तीक्ष्ण बुद्धि भएको व्यक्तिजस्तो लाग्थ्यो, तर परमेश्वर सबै कुरा देख्नुहुन्छ। आफ्नो कर्तव्यमा सधैँ धुर्त्याइँ गर्ने मानिसहरूलाई परमेश्वरले पटक्कै मुक्ति दिनुहुन्न। परमेश्वर इमानदार मानिसहरू मन पराउनुहुन्छ—इमानदार मानिसहरू परमेश्वरका लागि आफ्नो हृदय खुला गर्छन्। तिनीहरू आफ्नो कर्तव्यमा सारा हृदय लगाउँछन्। तिनीहरू आफ्नो जिम्मेवारी पूरा गर्छन् र आफ्नो सर्वस्व सुम्पन्छन्, र तिनीहरू आफू उम्कने बाटो बनाउँदैनन् वा आफू आशिषित होइन्छ कि होइन्दैन भनेर सोच्ने गर्दैनन्। परमेश्वर त्यस्तो व्यक्तिलाई आशिष दिनुहुन्छ। म सुसमाचार कामको इन्चार्ज भएकी थिएँ, र मैले धूर्त बनेर, सुस्त भएर, अनि प्रगतिबारे वास्ता नगरेर अरूको नकारात्मक स्थिति र समस्याहरूलाई समयमै समाधान हुन दिइनँ, र हाम्रो कामको प्रभावकारिता खस्किन लगाएँ। यसले ब्रदर-सिस्टरहरूलाई चोट मात्रै पुर्याएन, तर मण्डलीको सुसमाचार काममा पनि बाधा दियो। त्यसबारे विचार गर्दा मलाई साह्रै पछुतो भयो र आत्मालोचना गर्न मन लाग्यो। मैले म पश्चात्ताप गर्न तयार छु भनेर परमेश्वरलाई प्रार्थना गरेँ, र अबदेखि कर्तव्यमा आफ्नो सम्पूर्ण ऊर्जा लगाउनेछु, अनि चतुर र सुस्त हुन छोड्नेछु भनेर शपथ खाएँ।
त्यसपछि मैले आफ्नो भक्तिको समयमा परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मलाई कर्तव्य पूरा गर्नुको अर्थ बुझ्न सहयोग गर्यो। परमेश्वरका वचनहरूले भन्छन्: “व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गर्ने भए पनि, यो सबैभन्दा उचित कुरा हो, र मानवजातिमाझ सबैभन्दा सुन्दर र न्यायवान् कुरा हो। मानिसहरूले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, र त्यसपछि मात्रै तिनीहरूले सृष्टिकर्ताबाट अनुमोदन प्राप्त गर्न सक्छन्; सृजित प्राणीहरू सृष्टिकर्ताको प्रभुत्वमा जिउँछन्, र तिनीहरू परमेश्वरद्वारा प्रदान गरिने सबै थोक, र परमेश्वरबाट आउने हरेक थोक स्वीकार गर्छन्, त्यसकारण तिनीहरूले आ-आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गर्नुपर्छ। यो पूर्ण रूपमा स्वाभाविक र न्यायसङ्गत कुरा हो, र यसलाई परमेश्वरले तोक्नुभएको हो। यसबाट के देखिन्छ भने, मानिसहरूले सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने कार्य यो मानव संसारमा जिउने क्रममा गरिने अन्य कुनै पनि कुराभन्दा न्यायसङ्गत, सुन्दर, र सद्गुणी हुन्छ; मानवजातिमाझ सृजित प्राणीको कर्तव्य पूरा गर्नुभन्दा बढी अर्थपूर्ण वा योग्य अरू कुनै कुरा छैन, र सृजित व्यक्तिको जीवनमा यसले जत्तिको ठूलो अर्थ र सार्थकता अरू कुनै कुराले ल्याउँदैन। पृथ्वीमा, साँचो रूपमा र इमानदार तरिकाले सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने मानिसहरूको समूह मात्रै सृष्टिकर्तामा समर्पित हुन्छ। यस समूहले सांसारिक प्रचलनहरू पछ्याउँदैन; तिनीहरू परमेश्वरको नेतृत्व र अगुवाइमा समर्पित हुन्छन्, र तिनीहरू केवल सृष्टिकर्ताका वचनहरू सुन्ने, सृष्टिकर्ताले व्यक्त गरेका सत्यताहरू स्विकार्ने, र सृष्टिकर्ताका वचनहरूअनुसार जिउने गर्छन्। यही नै सबैभन्दा साँचो, र सबैभन्दा गुञ्जायमान गवाही हो, र परमेश्वरमाथिको आस्थाको सर्वोत्तम गवाही यही हो। सृजित प्राणीले सृजित प्राणीको कर्तव्य निर्वाह गर्न, र सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्नु नै मानवजातिमाझको सबैभन्दा सुन्दर कुरा हो, र त्यो प्रशंसा गरिने आख्यानका रूपमा तिनीहरूमाझ फैलाइनुपर्छ। सृष्टिकर्ताले सृजित प्राणीहरूलाई सुम्पने कुनै पनि कुरालाई तिनीहरूले निसर्त स्वीकार गर्नुपर्छ; मानवजातिका लागि, यो खुसी र सौभाग्यको कुरा हो, अनि सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने सबैका लागि योभन्दा सुन्दर वा सम्झनलायक कुरा अरू केही छैन—यो सकारात्मक कुरा हो। … यस्तो सुन्दर र यस्तो महान् चीजलाई ख्रीष्टविरोधीहरूको वर्गले लेनदेनमा मोडेको छ, र यसमा तिनीहरू सृष्टिकर्ताको हातबाट मुकुट र इनामहरू माग्ने गर्छन्। यस्तो लेनदेनले सबैभन्दा सुन्दर र न्यायवान् चीजलाई सबैभन्दा कुरूप र दुष्ट चीजमा परिणत गर्छ। के ख्रीष्टविरोधीहरू यस्तै गर्दैनन् र? यसबाट मूल्याङ्कन गर्दा, के ख्रीष्टविरोधीहरू दुष्ट हुँदैनन् र? तिनीहरू वास्तवमा निकै धेरै दुष्ट हुन्छन्! यो तिनीहरूको दुष्टताको एउटा पक्षको प्रकटीकरण हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्वरले प्रकट गर्नुभएका वचनहरू पढ्दा ममा ठूलो प्रभाव पऱ्यो। परमेश्वरले भ्रष्ट मानवजातिलाई मुक्ति दिन चुपचाप आफ्नो सर्वस्व दिनुहुन्छ, हामीलाई चाहेको कुराद्वारा हाम्रो भरणपोषण गर्नुहुन्छ र हामीलाई कर्तव्य पूरा गर्ने मौका दिनुहुन्छ ताकि त्यो कर्तव्य पूरा गर्ने क्रममा हामीले सत्यताको पछि लाग्न, आफ्नो भ्रष्ट स्वभाव हटाउन, परमेश्वरको आज्ञा मान्न, उहाँप्रति समर्पित हुन, र उहाँको मुक्ति पाउन सकौँ। मण्डलीमा कर्तव्य पूरा गर्नु हाम्रो जिम्मेवारी, हाम्रो दायित्व हो, र यो परमेश्वरले हामीलाई सत्यता प्राप्त गर्न र मुक्ति पाउन दिनुभएको मौका हो। यो कुरा व्यक्तिले लिन सक्ने सबैभन्दा सुन्दर र उचित कार्य हो। तर ख्रीष्टविरोधीहरूले यो सुन्दर र धर्मी कुरालाई लिएर व्यवसायमा, लेनदेन गर्ने कुरामा परिणत गर्छन्। तिनीहरू आफ्नो विश्वास र कर्तव्यमा आशिष् पाउने आशालाई पक्रिरहन्छन्। तिनीहरूले सम्भवतः साँचो विश्वास पाउन सक्दैनन्, वा कष्ट भोग्न र मूल्य चुकाउनु सक्दैनन्। तिनीहरू गैरविश्वासी र अवसरवादी व्यक्तिका खाँटी उदाहरण हुन्। मैले आफ्नो कर्तव्यमा कस्तो व्यवहार गरेँ भन्ने हेर्दा, के म पनि तिनीहरूजस्तै थिइनँ र? मैले आफ्नो कर्तव्यमा परमेश्वरको इच्छाबारे विचार गरिरहेकी थिइनँ, र म सधैँ केही न केही कुरा लुकाउँथेँ। म एकदमै थोरै दिएर धेरै पाउन चाहन्थेँ। के मैले आफ्नो कर्तव्यलाई लेनदेनमा परिणत गरिरहेकी थिइनँ र? म सधैँ के सोच्थेँ भने, म आफ्नो कर्तव्यमा सफल रहेँ, मण्डलीमा रहन सकेँ, र मलाई बर्खास्त गरिएन भने, मुक्ति पाउन सक्छु। तर, ती त मेरा आफ्नै धारणा र कल्पनाहरू मात्रै रहेछन्, जुन परमेश्वरका वचनहरूअनुरूप छैनन् भनेर मैले बल्ल थाहा पाएँ। हामीले आफ्नो कर्तव्यमा थोरै उपलब्धि पायौँ, दुष्कर्म गरेनौँ, अनि बर्खास्त भएनौँ वा निकालिएनौँ भने, त्यसको अर्थ हामीले मुक्ति पाउनु हो भनेर परमेश्वरले कहिल्यै भन्नुभएको छैन। मानिसहरूले मुक्ति पाउन सक्छन् कि सक्दैनन् भन्ने कुरा परमेश्वरले तिनीहरू सत्यताको पछि लाग्छन् कि लाग्दैनन्, आफ्नो कर्तव्यमा सत्यताको वास्तविकतामा प्रवेश गर्छन् कि गर्दैनन्, र आफ्नो भ्रष्ट स्वभाव हटाउँछन् कि हटाउँदैनन् भन्ने आधारमा निर्धारण गर्नुहुन्छ। यसको लागि अरू कुनै चोरबाटो छैन। मानिसहरू सच्चा होऊन् भन्ने परमेश्वर चाहनुहुन्छ। यदि मानिसहरू आफ्नो कर्तव्यमा सधैँ धूर्त र सुस्त बन्छन् भने, तिनीहरूले केही कुरा हासिल गरे पनि, परमेश्वर तिनीहरूलाई घृणा गर्नुहुन्छ। परमेश्वरले तिनीहरूलाई खुलासा गरेर हटाउनुहुन्छ। मलाई प्रभु येशूले भन्नुभएका कुरा याद आयो: “त्यसैले तिमीहरू, न त चिसो न त तातो, तर मनतातो भएको हुनाले, म तिमीहरूलाई मेरो मुखबाट ओकलिदिनेछु” (प्रकाश ३:१६)। मैले आफ्नो कर्तव्यमा प्रगति गर्नेबारे सोचिरहेकी थिइनँ, र झारा मात्रै टारिरहेकी थिएँ। के त्यो न तातो न चिसो भएको मनतातो बन्ने मनोवृत्ति थिएन र? के परमेश्वरले मलाई मुखबाट थुकिदिनुहुनेथिएन र? परमेश्वरको स्वभावले कुनै अपराध सहँदैन भन्ने थाहा पाउँदा मलाई साह्रै डर लाग्यो। मैले प्रार्थना गरेँ, “हे परमेश्वर, म पश्चात्ताप गर्न चाहन्छु। म अबदेखि आफ्नो काममा आफ्नो सर्वस्व लगाउनेछु। मैले झारा टारेँ भने मलाई अनुशासनमा राख्नुहोस्।”
पछि मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ जसले मलाई अभ्यासको मार्ग दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा, तँ वास्तवमा आफूले जे गर्नुपर्ने हो त्यही गरिरहेको हुन्छस्। यदि तैँले यो कार्य परमेश्वरको अघि गर्छस् भने, यदि तँ इमानदारिताको मनोवृत्तिसहित हृदयबाटै आफ्नो कर्तव्य निर्वाह गर्छस् र परमेश्वरमा समर्पित हुन्छस् भने, के यो मनोवृत्ति धेरै नै सही हुँदैन र? त्यसो भए, तैँले यो मनोवृत्तिलाई कसरी वास्तविक जीवनमा लागू गर्न सक्छस्? तैँले ‘परमेश्वरलाई हृदय र इमानदारिताका साथ आराधना गर्नु’ लाई तेरो वास्तविकता बनाउनुपर्छ। जब-जब तँ झारा टार्न चाहन्छस्, जब-जब तँ अल्याङटल्याङ गर्न र अल्छी बन्न चाहन्छस्, र जब-जब तेरो ध्यान भङ्ग हुन्छ वा तँ रमाइलो गर्न चाहन्छस्, तैँले यो सोच्नुपर्छ: ‘यस्तो व्यवहार गर्दा, के म अविश्वसनीय भइरहेको छु? के यो मेरो हृदयलाई आफ्नो कर्तव्य निर्वाह गर्नमा लगाउनु हो? यसो गरेर, के म अर्पित हुन असफल भइरहेको छु? के म परमेश्वरले मलाई सुम्पनुभएको आज्ञा पूरा गर्नमा खरो उत्रन असफल भइरहेको छु?’ तैँले यसरी नै आफ्नो बारेमा मनन गर्नुपर्छ। यदि तैँले तँ आफ्नो कर्तव्यमा सधैँ झाराटारुवा भएको, अर्पित नभएको, र आफूले परमेश्वरलाई चोट पुर्याएको थाहा पाइस् भने, तैँले के गर्नुपर्छ? तैँले यसो भन्नुपर्छ, ‘त्यो समयमा, मलाई केही गलत छ भन्ने लागेको थियो, तर मैले यसलाई समस्याको रूपमा लिइनँ; मैले यसलाई त्यत्तिकै टारिदिएँ। अहिले मात्रै मलाई म साँच्चै झाराटारुवा थिएछु, मैले आफ्नो जिम्मेवारी पूरा गरेको रहेनछु भन्ने थाहा भयो। ममा साँच्चै नै विवेक र समझको कमी रहेछ!’ तैँले समस्या पत्ता लगाएको छस् र आफ्नो बारेमा थोरै भए नि थाहा पाएको छस्—त्यसकारण, अब तैँले आफूलाई सुल्टाउनैपर्छ! कर्तव्य निर्वाह गर्नेबारे तेरो मनोवृत्ति गलत थियो। तैँले त्यसलाई अतिरिक्त काम जस्तै व्यवहार गरिस् र देखावटी मेहनत मात्र लगाइस्, र तैँले यसमा आफ्नो मन लगाइनस्। यदि तँ यसरी नै फेरि पनि झाराटारुवा भइस् भने, तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र आफूलाई अनुशासनमा राख्न र ताडना दिन लगाउनुपर्छ। आफ्नो कर्तव्य निर्वाह गर्दा तँमा यस्तो सङ्कल्प छ भने मात्र तैँले साँचो रूपमा पश्चात्ताप गर्न सक्छस्। तेरो विवेक सफा छ र कर्तव्य निर्वाह गर्नेप्रति तेरो मनोवृत्ति रुपान्तरण भएको छ भने मात्रै तैँले आफूलाई सुल्टाएको हुनेछस्। जब तँ पश्चात्ताप गर्छस्, तैँले साँच्चै आफ्नो सारा हृदय, सारा मन, र सारा शक्ति कर्तव्य निर्वाह गर्नमा लगाउँछस् कि लगाउँदैनस् भनेर अक्सर चिन्तन गर्नैपर्छ; त्यसपछि, तैँले परमेश्वरका वचनहरू मापनका रूपमा प्रयोग गरेर र ती आफूमा लागू गरेर आफ्नो कर्तव्य निर्वाहमा अझै कस्ता समस्याहरू रहेछन् भनेर जान्नेछस्। यसरी निरन्तर समस्याहरू सुल्झाएर, के तैँले परमेश्वरको वचनअनुसार सारा हृदय, मन र शक्तिले आफ्नो कर्तव्य निर्वाहलाई वास्तविकतामा उतारिरहेको हुँदैनस् र? यस्तो तरिकामा आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको: के तैँले पहिल्यै सम्पूर्ण हृदय, मन, र शक्तिले त्यसो गरिसकेको होइनस् र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरू बारम्बार पढेर अनि सत्यता मनन गरेर मात्र पछ्याउने मार्ग प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरूले मलाई अभ्यासको स्पष्ट मार्ग दिए। मैले कर्तव्यमा आफ्नो हृदय प्रयोग गर्नुपर्छ र म इमानदार, मूल्य चुकाउन इच्छुक, ध्यान दिने र जिम्मेवार हुनुपर्छ, अनि आफ्नो सारा शक्ति लगाउनुपर्छ ताकि मैले आफ्नो कर्तव्य राम्ररी पूरा गरेर परमेश्वरलाई सन्तुष्ट पार्न सकूँ। साथै, मलाई सुस्त र अल्छी हुन मन लाग्दा, मैले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, देहसुख त्याग्नुपर्छ, र परमेश्वरको अनुशासन र ताडनाको लागि अनुरोध गर्नुपर्छ। त्यसरी, मैले देहलाई पछ्याउने सम्भावना त्यति हुँदैन।
त्यसपछि मैले परमेश्वरका वचनहरू पालना गरेँ। मैले आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गरेर प्रभावकारी बन्ने भनेर विचार गरेँ। टोलीका सबै ब्रदर-सिस्टरहरूमा सबल पक्ष र कमजोर पक्षहरू छन् भन्ने मलाई थाहा थियो, त्यसकारण मैले सबैको सबल पक्ष फस्टाउन सकोस् भनेर तिनीहरूको काम कसरी मिलाउने भन्नेबारे सोचेँ, र तिनीहरूलाई तिनीहरूसँग कमी रहेका क्षेत्रमा वास्तविक मार्गदर्शन र सहयोग दिएँ। साथै, यसअघि मलाई आफू सुपरभाइजर हुँ, मैले काम राम्ररी सम्हालेँ र अरूले आफ्नो कर्तव्यमा राम्रो गरे भने, त्यसको अर्थ मैले राम्ररी गरिरहेकी छु र अलिकति फुर्सद लिन सक्छु भन्ने लाग्थ्यो। अहिले म आफ्नो क्षमताले भ्याइञ्जेल सक्दो आफ्नो कर्तव्य पूरा गर्ने उद्देश्य बनाउँछु। हरेक दिन मेरो समय-तालिका पूर्ण भयो, र म पहिलेभन्दा व्यस्त भएँ, र कहिलेकाहीँ म साह्रै थकित हुन्थेँ, तर मलाई अत्यन्तै ढुक्क र शान्ति लाग्थ्यो। र अचम्मको कुरो, अर्को महिना हाम्रो कामको प्रभावकारितामा उल्लेखनीय वृद्धि भयो। मलाई साह्रै खुसी लाग्यो। हामी सच्चा भएको परमेश्वर चाहनुहुन्छ भन्ने कुरा मैले देख्न सकेँ। जब मैले आफ्नो दृष्टिकोण बदलेर सच्चा तरिकाले आफ्नो कर्तव्य पूरा गरेँ, तब मैले उहाँको मार्गदर्शन देख्न सकेँ र आफ्नो कर्तव्यमा परिणामहरू प्राप्त गर्न सकेँ। परमेश्वर धन्यवाद!